News

Feb 29, 2008

लिम्बुवान कार्यकर्ताद्वारा यात्रुबसमा तोडफोड

लिम्वूवान डट व्लगस्पोट डटकम,पथरी
संघीय लिम्बूवान राज्य परिषदले बन्दको अवज्ञा गरेको भन्दै विहीबार पथरीको जयचौकमा चारवटा यात्रुबाहक बसमाथि तोडफोड गरेको छ। संयुक्त मधेशी मोर्चाले बन्द खुलेको घोषणा गरेपछि पूर्वबाट काठमाडौ जाँदै गरेको ३ वटा गाडीमा परिषदका कार्यकर्ताहरुले तोडफोड गरेका हुन्। तोडफोडबाट गाडीका चालकहरु सामान्य घाइते भएपनि यात्रुहरु भने सकुशल रहेको पथरी प्रहरी चौकीले जनाएको छ।

गणतान्त्रिक मोर्चासितको वार्ता निश्कर्षविहीन

लिम्वूवान डट व्लगस्पोट डटकम, काठमाडौँ प्रतिनिधि
सरकारी वार्ता समिति र सङ्घीय गणतान्त्रिक राष्ट्रिय मोर्चाबीच भएको वार्ता हिजो बिना निष्कर्ष टुङ्गिएको छ। वार्ता आज पनि हुँदैछ।मोर्चाले राखेका पाँच बूँदे मागमध्ये राजतन्त्रको समूल अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा गर्ने, संविधानसभा निर्वाचन जातीय जनसङ्ख्याको आधारमा पूर्ण समानुपातिक प्रणालीअनुसार हुनुपर्ने र मोर्चासँग भएका सबै सहमतिका बुँदाको संवैधानिक सुनिश्चितता हुनुपर्ने मागमा दुवै पक्षबीच सहमति हुन नसक्दा वार्ता बिना निष्कर्ष टुङ्गिएको हो।
सरकारी वार्ता समितिका संयोजक एवम् शान्ति तथा पुनःनिर्माण मन्त्री रामचन्द्र पौडेलले मोर्चाका तर्फबाट तत्काल पूरा गर्न नसकिने केही अप्ठ्यारा माग अगाडि सारिएकाले वार्ता निष्कर्षमा पुग्न नसकेको बताउनुभयो। संविधान संशोधन, निर्वाचनप्रणाली परिवर्तन गर्ने कुरा अहिले गर्न नसक्ने अवस्था रहेकाले हामीहरूले मोर्चाका साथीहरूलाई आफ्ना मागका सम्बन्धमा पुनर्विचार गरेर आउन भनेका छौं, उहाँले भन्नुभयो-वार्ता भोलि पनि जारी रहने छ। मोर्चाको एक घटक दलित जनजाति पार्टी अध्यक्ष विश्वेन्द्र पासवानले आफूहरूको माग संवैधानिकरूपमा पुरा नहुँदासम्म सरकारसँग सहमति नगर्ने बताउनुभयो। वार्तामा सहभागी मोर्चाका केही नेताहरूले आफूहरूको माग प्रधानमन्त्रीले सम्बोधन गर्नुपर्ने अडान राखेका थिए। आज भएको वार्तामा सरकारी वार्ता समितिका संयोजक पौडेल तथा सदस्यहरू झलनाथ खनाल, देव गुरुङ, घनश्याम शर्मा पौडेल, सुनिल प्रजापति र कुमार बेल्वासे र मोर्चाका तर्फाट कमल छाराहङ, कुमार लिङ्देन, डि.के.बुद्धिस्ट, किशोरकुमार विश्वास, लक्ष्मण थारु, हृदयनारायण चौधरी र विश्वेन्द्र पासवान सहभागी हुनुहुन्थ्यो।

इटहरीमा श्रीजङ्गा लिपिको साइनबोर्ड

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौँ प्रतिनिधि
किरात याक्थुङ चुम्लुङ्ग, इटहरी शाखाको अगुवाइमा त्यहाँका लिम्बुहरुले हिजो इटहरी नगरपालिकामा श्रीजङ्गा लिपिका साइनबोर्ड राखेका छन्।नागरिक समाज, बुद्धिजीवी, समाजसेवी र स्थानियबासीसहितको उपस्थितिमा चुम्लुङ्गले लिम्बु भाषामा लेखिएको साइनबोर्ड राखेको हो। सङ्घीयताको कुरा उठिरहेकाले सोको थालनीस्वरुप नगरपालिकामा लिम्बु भाषाको साइनबोर्ड राखिएको चुम्लुङ्गकी नगरअध्यक्ष उषा लिम्बुले बताउनुभयो। सरकारी कार्यालयमा श्रीजङ्गा लिपिका बोर्ड राख्ने अभियान नै चलाउने योजना रहेको जानकारी पनि उहाँले दिनुभयो। यसअघि धरानका केही सरकारी कार्यालयमा श्रीजङ्गा (लिम्बु) भाषाका साइनबोर्ड राखिसकिएको छ।

लिम्बूवान राज्य प्राप्तिको लागि वेलायतमा रहेका लिम्बूवानवासीहरुको प्रतिबद्धता

लिम्वूवान डट व्लगस्पोट डटकम,राजु सुब्बा, लण्डन
नेपाल सरकारले देशलाई संघिय संरचनामा लैजाने निर्णय गरि सकेको अवस्थामा पूर्वी नेपालका लिम्बूवानवासीहरुले माग गरेको लिम्बूवान राज्यको माग जायज र न्यायोचित ठहर गर्दै वेलायतमा रहेका लिम्बूवानवासीहरुले पनि लिम्बूवान राज्य प्राप्तिको लागि चर्किएको आन्दोलनमा प्रतिबद्धता जाहेर गरेको छ। चर्किएको आन्दोलनलाई निर्णायक र फलदायी बनाउन सम्भावित सबै प्रकारका सहयोगका लागि पल्लो किरात लिम्बूवान क्षेत्रका वेलायतवासीहरु जुटेका छन्। गत २७ फेब्रुवरीका दिन लण्डनमा सम्पन्न भेलाले जे. याक्थुङ्बाको संयोजकत्वमा वेलायतमा लिम्बूवान स्वायत्त सघर्ष मञ्चको निर्माण भएको छ। भर्खरै निर्माण भएको १५ सदस्य मञ्चले अन्तरक्रिया लगायत आर्थिक सहयोग संकलनको कार्य पनि धमाधम अघि बढाएको छ। यो असारे रोपाइमा सबैको सहभागिता रहेको खण्डमा भोलि मंसिरमा पाक्ने बालि सामुहिक तवरले उठाउन मिल्दछ अन्यथा रोपाई गर्न नचाहने तर भोलि पाकेको बालि उठाउन तम्सिनु नमिल्ने भन्दै भोलिको स्वायत्त राज्य सबैको जित हुने कुरा उल्लेख गरेका छन्।
सयौ बर्षमा आउने यो फलाम तातिएको जस्तो एउटा विशिष्ट परिस्थितीलाई सबैले बुझ्नु पर्ने लगायत विदेशमै बसेको भए पनि देशको लागि, आफ्नो गाँउठाँउ र समाजको लागि केही न केही योगदान पुर्याउन सबैमा आग्रह गरेको छ। वेलायतमा बसोवास गर्नेहरुको नेपालमा आफ्नै पहिचान रहेकोले पनि झनै यो नयाँ संरचनाको संवेदनाशिल अवस्थामा सहभागिता हन अनिवार्य भएको हो उल्लेख छ।
स्वायत्त राज्यको सवालमा छलफल तथा विचारहरु आदान प्रदान गर्नको लागि limbuwanuk@gmail.com इमेल एकाउण्ट सबैको लागि खुल्ला गरिएको छ। प्रश्न सोध्नको लागि, सहयोग गर्न इच्छुक ब्यक्तिको लागि पनि सोहि इमेल प्रयोग गर्न आग्रह गरिएको छ। लिम्बूवान स्वायत्त सघर्ष मञ्च वेलायतले तत्कालको लागि नेपालको संघिय लिम्बूवान राज्य परिषद (कुमार लिङदेन समूह) संग निकट रही काम गर्ने उल्लेख छ। वर्तमान नेपालको स्थितीलाई औल्याउदै संयोजक याक्थुङबाले भने अहिलेको नेपालको अवस्था असक्षम डाक्टरले अप्रेशन गरेर बिगारेको घाउ जस्तै भएको छ र यसको समाधान शासक पक्षले संघिय पद्धतिको बारेमा अध्ययन गर्नु पर्दछ र आदिवासी तथा मधेसीहरुको पीडाको महसुस गर्नु पर्दछ। यो अत्यन्तै महत्वपूर्ण समयमा घरदेश र परदेशमा रहनु भएका सबै सबैलाई राजनैतिक चेतना र चासो राख्न पनि उनले आग्रह गरे।

Feb 28, 2008

लिम्वुवान राष्ट्रिय मोर्चाको जनजागरण कार्यक्रम सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ
२४ फेव्रुवरी २००८ को वेलुका याउ मा तेइ कम्युनिटी सेन्टरको एक सभाकक्षमा लिम्वुवान राष्ट्रिय मोर्चाको आयोजनामा लिम्वुवान भेला र लिम्वुवान सम्वन्धी जनजागरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको अध्यक्षता मोर्चाको अध्यक्ष दिल पालुङवा लिम्वुले गर्नुभएको थियो भने सञ्चालन र स्वागत मन्तव्य क्रमश महासचिव अविचन्द्र इङनाम र सदस्य डि.वी. पालुङवाले गर्नुभएको थियो ।विशेष गरेर लिम्वुवान सम्वन्धी हङकङवासी लिम्वु तथा लिम्वुवान वासीहरुलाई सचेत गराउने र नेपाल लिम्वुवानमा पनि सोही वमोजिम कार्य गर्न उत्साहित गर्नको लागि उक्त कार्यक्रम राखिएको थियो । उक्त कार्यक्रममा अध्यक्ष दिल पालुङवा लिम्वुवाट मूख्य गरेर जनजागरण गर्नु पर्ने विषयहरुको १० वुंदे प्रस्तावहरु वुंदागत रुपमा प्रस्तुत गर्नुभएको थियो । उक्त वुंदाहरु उपर लिम्वुवान विकास परिषदको अध्यक्ष प्रकाश यक्सो, वुद्धिजिवीहरु वीर वहादुर येङदेन, जीवन मेन्याङवो, कृष्ण लावती, गौमती गुरुङ र उपन्यासकार देश सुव्वाहरुले टिप्पणी गर्नु भएको थियो । प्रस्तुत प्रस्तावहरुमा मूख्य गरेर लिम्वुवानको सिमानाको सवालमा व्यापक कुरा उठेको थियो । माओवादीले प्रस्ताव गरेको कोचिला प्रदेश झापा, मोरङ र सुनसरी र किरात प्रदेशमा संखुवासभा राखिएकोले उक्त क्षेत्रहरु कुनै हालतमा पनि लिम्वुवानमा रहनु पर्ने र यस कुराको सवैले विरोध गर्नु पर्ने प्रसंग उठेको थियो । किनकी इतिहास देखिनै उक्त भूमिहरु लिम्वुवान राज्य अन्तर्गत रहेका थिए । मधेशमा कुनै कोचिला राज्यको अस्तित्व पनि थिएन ।
तसर्थ ऐतिहासिक पृष्ठभूमिको आधारमा पूर्वमा मेची, पश्चिममा सिस्वा संखुवा अरुण हुदै सप्तकोशी, उत्तरमा तिव्वत र दक्षिणमा भारत विचको ताप्लेजुङ, पानथर, इलाम, झापा, संखुवासभा, तेरथुम, धनकुटा, सुनसरी र मोरङ गरि नेपालको ९ जिल्लाहरु लिम्वुवान राज्य भित्र हुनुपर्ने छलफल भएको थियो । त्यस्तै गरेर लिम्वुवान स्वायत्त राज्य प्राप्तीको लागि विभिन्न पार्टीहरुमा आवद्ध लिम्वु तथा लिम्वुवानवासीहरुलाई पार्टीभन्दा माथि उठी सवै एक भएर लिम्वुवान स्वायत्त आन्दोलनमा लाग्न आग्रह गरिएको थियो । भेलाले उक्त कुराहरु पारित गरी हङकङवाट लिम्वुवानमा सुझाव तथा सन्देश पठाउने निर्णय गरेको थियो । भेलामा वोल्ने क्रममा अध्यक्ष पालुङवाले हामीलाई कुनै पनि हालतमा लिम्वुवान स्वायत्त चाहिन्छ साथै लिम्वुवान स्वायत्त आन्दोलनमा कसैले पनि लिम्वुवानको इतिहासलाई विगारेर धोका दिने हिसावले कार्य गर्नु हुदैन । यदि कसैले त्यस्तो कार्य गरेमा त्यस्ता कुतत्वलाई छोड्नु पनि हुदैन । हामीलाई हाम्रा पूर्खाहरुले जसरी वि.सं. १८३१ मा गोर्खासंग सम्झौता गर्दा दूरदर्शिता अपनाएर कार्य गरे । त्यस्तै हामीले पनि दूरदर्शिता अपनाई हाम्रा सन्ततिहरुलाई विरासत छोडिदिनु पर्ने वताउनु भएको थियो । त्यस्तै गरी महासचिव अविचन्द्र इङनामले पनि लिम्वुवान स्वायत्त राज्य हुनु पर्ने कुराको जिकिर गर्दै सवै जात जाति गोलवन्द भै कार्य गर्नु पर्ने वताउनु भएको थियो । साथै यदि लिम्वुवान स्वायत्त नभएमा आन्दोलनको स्वरुप फेरिएर शसस्त्र आन्दोलन गरेर भए पनि लिम्वुवान राज्य प्राप्त गरेरै छाड्ने वचनवद्धता गरेका थिए ।

लिम्बुवान राज्यपरिषद द्वारा जनमुक्ति सेनाको गाडीमा आगजनी

लिम्वूवान डट व्लगस्पोट डटकम, मोरङ
संघीय लिम्बुवान राज्यपरिषदका कार्याकर्ताहरुले बन्दको अवज्ञा गरेको भन्दै बुधवार विहान जनमुक्ति सेनाको गाडीमा आगजनी गर्नुका साथै एक लुटेर लगेका छन। मोरङको विराटचौकवाट टाँडीस्थित रत्‍न-सकुन्तल स्मृति ब्रिगेड बेसक्याम्प हिँडेका जनमुक्ति सेनाको मोटरसाइकललाई शनिश्‍चरे जिरिखिम्ति पुलनजिक विहान ६ बजे कब्जामा लिई आगजनी गरेका थिए। जनमुक्ति सेनाका छापामार विक्रम कार्कीको अनटेस्ट लेखिएको हिरोहोन्डा मोटरसाइकलमा आगजनी गरेका थिए भने अर्को तिभाग्य खनालले चलाएको वा ५ ट ५७४७ नम्वरको मोटरसाइकल लुटेर लगेको पीडित बिक्रम बताउँछन्। जनमुक्ति सेता तिभाग्यका अनुसार १५ जनाको समूहले आफूहरुलाई कब्जामा लिई मोटरसाइकलमा आगो लगाएको बताए। आफुहरु पनि १० बर्षसम्म जनयुद्ध लडेर आएकोले नडराएको तर उनीहरुसँग साथमा एकथान भरुवा बन्दुक र धारिलो हतियार भएकोले आफुहरुले प्रतिकार गर्न नसकेको तिभाग्य बताउँछन्। संघीय मञ्चका पथरी इञ्चार्जसँग बुझदा आफुले मोटरसाइकलमा आगजनी गरेको स्विकारे पनि हतियार नभएको बताउँछन्। पथरी प्रहरी चौकीका अनुसार घटनामा संलग्न व्यक्तिहरुको खोजी भइरहेको बताउँछन्।

Feb 27, 2008

लिम्बुवान कार्यकर्ताले झापामा तोडफोड

लिम्वूवान डट व्लगस्पोट डटकम, काठमाडौँ प्रतिनिधि
बन्दको अवज्ञा गरेको भन्दै सङ्घीय लिम्बुवान राज्यपरिषद्का कार्यकर्ताले पूर्व-पश्चिम महेन्द्र राजमार्गको झापा खण्डको बुट्टाबारीमा एक मोटरसाइकल तोडफोड गरेका छन् ।बिर्तामोडबाट काकरभिट्टातर्फगइरहेको ना१प १०५० नम्बरको मोटरसाइकल लिएर एक व्यक्ति सो स्थानको देवनिया पुल नजिक पुगेपछि सो परिषद्का कार्यकर्ताले रोकी गाडीमा तोडफोड गरेर आगो लगाउन खोज्दा तत्काल प्रहरी पुगेपछि उनीहरु जङ्गलतर्फ भागेको इलाका प्रहरी कार्यालय, बिर्तामोडले जनाएको छ ।

Feb 26, 2008

The Dialogue Between Govt. and FRNF Nepal Ended Without any Decision!

limbuwan.blogspot.com,DB angbung,Kathmandu Nepal/25th Feb. 2008
Federal Republican National Front, Nepal[FRNF] is a common front of some political organizations. It has been conducting its peaceful movement for the successful, meaningful and result oriented election of Constituent Assembly[CA] on time.
At first, the front had given a memorandum letter to Prime minister for listening and addressing the demands immediately. But, the government did not show any concern on these demands of front. So, the front started its peaceful movement for addressing the issues. Eventually, front compelled to announce a whole strike in Nepal for a decisive movement. Front declared an indefinite strike from 13th Feb. by releasing a press statement on 1st Feb. 2008.
When the whole strike of FRNF passed 8 days the government wrote a letter to Front for the dialogue. Front took this announcement of dialogue positively and sat on for so.
Dialogue between Govt and Front continued for three days formally and informally. Eventually, the dialogue ended without any conclusion on 25th Feb at Kathmandu. Government was not seen serious for the issues of front and ended the dialogue without any conclusion. Main leaders of all organizations had taken part on the dialogue with the government.
On the other hand, Front is continuing its indefinite strike in Limbuwan, Khambuwan, Madhesh, Tamangsaling and Tharuhat too. The political organizations of front decided not to take part in the election for CA in according to this mixed electoral system. The Political organizations remaining on this Federal Democratic National Front, Nepal are
1. Federal Democratic National Front
a. Federal Limbuwan State Council
b. Tamangsaling Autonomous State Council
2. Madheshee Jana Adhikar Forum, Madhesh
3. Sanyuktta Tharu Rashtriya Morcha, Nepal
4. Madheshee Democratic Front
5. Dalit Janajati Party
6. Democratic Madheshee Front


Demands of the Front are:
1. Establishment of Federal Democratic Republican with the complete eradication of monarch.
2. Management of full Proportional Electoral system for CA in the Base of Population.
3. Constitutional Guarantee of Federal Republican States on the base of historical background of Ethnicity, Linguistics and Regions with the right to self-determination, etc.

पूर्वको झडपमा ५० भन्दा बढी घाइते

लिम्वूवान डट व्लगस्पोट डटकम,इनरुवा
सुनसरीको सदरमुकाम इनरुवामा सोमबार प्रदर्शनकारी तर्फबाट चलाइएको गोली लाग्दा सशस्त्र प्रहरीका एक वरिष्ठ हवलदारको मृत्यु भएको छ। इनरुवामा सोमबार भएको झडपमा प्रदर्शनकारी र प्रहरीतर्फ गरी कम्तीमा पनि ५० जना घाइते भएका छन्। उता, दुहबीमा स्थानीय पहाडे र मधेशी समुदायबीच भएको झडप नियन्त्रणको क्रममा प्रहरीले गोली चलाउदा तीन जना सर्वसाधारण घाइते भएका छन्। सशस्त्र प्रहरीको पुर्वाञ्चल मुख्यालय पकलीका वरिष्ठ प्रहरी उपरीक्षक कमल वस्नेतका अनुसार झडपको क्रममा प्रदर्शनकारी तर्फबाट चलेको गोली लागेर सिभिल पोशाकमा रहेका सशस्त्रका वरिष्ठ हवलदार शुक्रलाल माझीको आँखा र कञ्चटमा दुईवटा गोली प्रहार भएको पोष्टमार्टमको क्रममा देखिएको छ। इनरुवाको शिव मन्दिर अगाडिको नालामा माझीको शव साँझ ५:१५ वजे फेला परेको थियो। यसैबीच,तराई जनतान्त्रिक मुक्ति मोर्चा ज्वाला समूहका सुनसरी-मोरंग इञ्चाज कृषले टेलिफोनमार्फत मोरगंको कटारी स्थायी घर भएका चौधरीलाई आफ्नो कार्याकर्ताले कञ्चटमा गोली प्रहार गरी हत्या गरेको दाबी गरेका छन्। यसैगरी, सोमबार इनरुवामा पटक-पटक भएको झडपमा प्रदर्शनकारी र प्रहरीतर्फ गरी ५० भन्दा बढी घाइते भएका छन्। प्रत्यक्ष निर्वाचन प्रणालीको उम्मेदवारी दर्ता कार्यक्रममा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले अवरोध सिर्जना गर्न खोजेपछि इनरुवामा दिनभरि नै झडप भयो। सो क्रममा प्रदर्शनकारी र प्रहरीतर्फ ५० भन्दा बढी घाइते भएका छन्। प्रदर्शनकारीतर्फ ४५ र प्रहरीतर्फ ५ जना घाइते भएका छन्। प्रदर्शनकारीमध्ये गम्भीर अवस्थाका ९ जनाको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। अन्य सबै घाइतेहरुको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको छ। झडपको क्रममा प्रदर्शनकारीको ढुंगा र लाठी लागेर प्रहरी तर्फ डिल्ली लुईटेल, सोमबहादुर आलेमगर लगायत ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। घाइते सबै प्रहरीको अवस्था सामन्य रहेको छ। स्थानीय प्रशासनले उम्मेदवारी मनोनयन दर्ताको क्रम शुरु गरेपछि इनरुवास्थित नगरपालिका र महिला विकास कार्यालय रहेको क्षेत्रमा निषेधित क्षेत्रतिर बढन खोज्ने मोर्चाका कार्याकर्ता र प्रहरीबीच पटक-पटक झडप भएको थियो। झडपको क्रममा प्रहरीले स्थानीयको घरभित्र समेत प्रवेश गरी आतंक मच्चाएको थियो। पछिल्लो पटक साँझ ५ बजेतिर भएको झडपको क्रममा प्रहरीको लाठी प्रहारबाट आन्दोलनमा सहभागी नभएका दुई वृद्धा गम्भीर घाइते भएका छन्। उनीहरुमध्ये घरमै वसिरहेका ६५ वर्षीय राजकुमार मण्डललाई प्रहरीले बन्दुकको कन्दा, लाठी र वुटले प्रहार गरेको थियो। उनको अवस्था चिन्ताजनक रहेको र धरानमा उपचार भइरहेको आफन्तले जानकारी दिएका छन्। प्रहरीले पनि घरभित्र प्रवेश गरी कुटपिट गरेको स्वीकार गर्दै घरभित्रवाट ढुंगा हानिएकाले बाध्य भएर त्यसो गर्नुपरेको दाबी गरेको छ। सशस्त्र प्रहरीका वरिष्ठ हवल्दारको गोली प्रहारबाट हत्या गरिएपछि र झडपका कारण वजार क्षेत्र तनावपूर्ण बनेपछि स्थानीय प्रशासनले सुनसरी सदरमुकाम इनरुवामा साँझ ६ बजेबाट कर्फ्यु आदेश जारी गरेको छ। यो आदेश इनरुवा नगरपालिकाको पूर्वमा २ नम्बर र ९ नम्बरको सीमामा रहेको नहर पश्चिममा सुनसरी खोला, उत्तरमा राजमार्ग क्षेत्र र दक्षिणमा बबियाको सीमानासम्म मंगलवार विहान ६ बजे सम्म लागु हुने सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमनारायण शर्माले जानकारी दिनुभयो। उहाँका अनुसार यसअघि इटहरीको बुढीखोलाबाट कोशी व्यारेजसम्म प्रत्येक रात ९ बजेदेखि विहान ७ बजेसम्म र सोनापुरको फुटानी चौकबाट दुहबीको बूढाखोलासम्म ८ बजेदेखि विहान ५ बजेसम्म लाग्दै आएको कर्फ्यु आदेश यथावत रहने छ। यसैबीच प्रहरीको गोली लागेर सोमबार साँझ सुनसरीको दुहवीमा तीन जना स्थानीयवासी घाइते भएका छन्। दुई समुदायबीचको झडपका कारण दिनभर तनावग्रस्त बनेको दुहबीमा स्थानीय प्रशासनले साँझ ६ बजेवाट कर्फ्यु लगाएको थियो। कर्फ्युको समयमा घर बाहिर निस्केको भन्दै प्रहरी तर्फबाट गोली प्रहार हुँदा तीन स्थानीय घाइते भएका छन्। घाइतेहुनेहरुमा दुहवीका अमर अग्रहरी, राजन विश्‍वास र गोपाल साह रहेका छन्। विश्‍वासको खुट्टा, अग्रहरी र साहुको पाखुरामा गोली लागेको छ। तीनैजनाको स्थानीय सामुदायिक उपचार केन्द्रमा उपाचार भइरहेको छ। दिउसो ३ बजेतिर थारु कल्याणकारिणी सभाले निकालेको जुलुस कोणसभामा परिणत हुने क्रममा स्थानीय पहाडे मूलका बासिन्दासँग मधेशी मूलका बासिन्दाको विवाद भएको थियो। सामान्य विवाद झडपमा परिणत भएपछि त्याँहाको अवस्था ५ बजेसम्म तनावपूर्ण बनेको इलाका प्रहरि कार्यालय दुहवीका प्रहरी निरिक्षक नारायण चिमरियाले जानकारी दिनुभयो। प्रहरीले दुई पक्षबीचको झडप र तनावलाई नियनत्रणमा लिन दर्जनौ राउण्ड गोली र अश्रग्याँस प्रहार गरेको थियो। सो क्रममा दुवै समुदायका करिव ८ जना सामान्य घाइते भएका छन्। पटक-पटकको प्रयासपछि पनि दुवै समुदायले संयम नअपनाएपछि साँझ ६ बजेवाट मंगलबार विहान ५ बजेसम्मका लागि दुहवी क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको प्रशासनले जनाएको छ। यसैबीच, मधेसी जनाधिकार फोरमका कार्यकर्ताले सोमबार दिउँसो इटहरीबाट विराटनगरतर्फ हिडेको एक मोटरसाइकल तोडफोड गरेका छन्। बन्द उल्लङघन गरेको भन्दै विराटनगर-२२ का जयप्रकाश साहको को १ प ३४०२ नम्वरको मोटरसाइकल फोरम कार्यकर्ताले तोडफोड गरेको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ।

सङ्घीय लिम्बूवान राज्य परिषद्ले पाँचथरमा उम्मेदवारको नाम दर्ता

लिम्वूवान डट व्लगस्पोट डटकम, काठमाडौँ प्रतिनिधि
आ-आफ्ना माग पुरा नभई संविधानसभाको निर्वाचन कार्य अगाडि बढाउन नहुने भन्दै १३ दिनदेखि आन्दोलनमा उत्रिएको सङ्घीय लिम्बूवान राज्य परिषद्ले विरोध र छेकथुन नाराबाजी गर्दागर्दै पनि पाँचथरमा उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालयमा नाम दर्ता गराएका छन्।जिल्लाका २ निर्वाचन क्षेत्रमा नेपाली काङ्ग्रेस, एमाले, माओवादीले उम्मेदवारको नाम दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उम्मेदवार निर्वाचन अधिकृतको कार्यालयमा नाम दर्ता गराउन जाँदा परिषद्का कार्यकर्ताले अवरोध समेत पुर्याएका थिए। सुरक्षाकर्मीले उम्मेदवारलाई निर्वाचन अधिकृतको कार्यालयमा कडा सुरक्षा दिई लगे पनि निर्वाचन अधिकृतको कार्यालयबाहिर परिषद् कार्यकर्ताले उम्मेदवारविरोधी चर्का नाराबाजी लगाएका थिए।

Feb 25, 2008

Khambuwan also on its Movement for Khambuwan with FDNF

DB Angbung Limbu,Khambuwan Nepal/Feb. 24, 2008,
Khmbuwan National Front[Khambuwan Rashtriya Morcha] is also on its movement for Khambuwan Autonomous State in Federal Democratic Republican New Nepal. It has been doing own kind of movement alone and conjointly with other organizations too. Front had done its movement with Federal Democratic National Forum[FCNF] last year and also participated on the dialogue with the government. Then after, it was missing its way by leaving the movement of Forum. But, again it has come to the movement with FDNF now.
A meeitng held at Dharan on 24th Feb with FDNF agreed and decided to conduct movement with FDNF. FDNF is in indefinite whole strike with other 5 political organizations. And, now Khambuwan National Front[KNF] also came to this alliance. Then, KNF will also join on Federal Republican National Front, Nepal as soon as possible. According to the agreement done on 24th Feb, KNF will also remain under the political structure of Federal Democratic National Forum as Khambuwan Autonomous State Council.
A secretary for organizaion of FDNF Mr Surya Makhim and chairperson of KNF Mr Indrahang Khambu have signed on the ageement.

नवराज सुब्बाको मनको मझेरी सार्वजनिक

लिम्वूवान डट व्लगस्पोट डटकम,विराटनगर संवादाता,
प्राप्त समाचार अनुसार वाणी प्रकाशन विराटनगर नेपालले साहित्यकार नवराज सुब्बाद्वारा लिखितमनको मझेरी नामक निवन्धसङ्ग्रह विमोचित गरेको छ । गत माघ २८ गते अर्थात् सरस्वती पूजाको दिन एक समारोहमा वरिष्ठ आख्यानकार परशु प्रधानले उक्त पुस्तकको विमोचन गर्नुभयो । वाणी प्रकाशनका अध्यक्ष वरिष्ठ कवि कृष्णभूषण वलको अध्यक्षतामा सम्पन्न समारोहमा प्राज्ञ तथा समालोचक दधिराज सुवेदीले विमोचित पुस्तकको समीक्षा गर्नुभएको थियो । साहित्यकार सुब्बाका यसअघि जीवन मेरो शव्दकोशमा कवितासङ्ग्रह वाणी प्रकाशनबाटै २०६३ सालमा प्रकाशित भएको छ । सुब्बाका अनुसार उनको बीच बाटोमा ब्यूँझिएर कवितासङ्ग्रह पनि प्रकाशोन्मुख रहेको थाहा भएको छ ।

खरामोद्वारा हड्तालको घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम, धरान प्रतिनिधि
खम्बुवान राष्ट्रिय मोर्चाले खम्बुवान राज्यको माग गर्दै अनिश्चितकालीन आम हड्तालको घोषणा गरेको छ । मोर्चाका अध्यक्ष इन्द्रहाङ खम्बूले एक प्रेस विज्ञप्ति जारी गरी संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चाको आह्वानमा भइरहेको आमहड्तालको समर्थन गर्दै खम्बुवान क्षेत्र बन्दको घोषणा गरेको हो । मोर्चाद्वारा जारी विज्ञप्तिमा संघीय लिम्बुवान राज्य परिषद्को सञ्जुहाङ समूहले सहकार्य तोडेकोले मोर्चाले पूर्वमा आन्दोलनरत संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग सहकार्य गर्ने निर्णय गरेको जानकारी गराइएको छ । मञ्चसहित फोरमको भाग्यनाथ गुप्ता समूह र संयुक्त थारु राष्ट्रिय मोर्चालगायत सहभागी संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चाको आन्दोलनको समर्थन गर्दै र खम्बुवान प्राप्तिका लागि आम हड्ताल घोषणा गरेको विज्ञप्तिमा उल्लेख छ । यसैबीच संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र खम्बुवान राष्ट्रिय मोर्चाले एक संयुक्त विज्ञप्ति जारी गरी सहकार्य र कार्यगत एकताको घोषणा गरेका छन् । मञ्चका संगठन सचिव
सूर्यबहादुर माखिम र इन्द्रहाङ खम्बूले संयुक्त विज्ञप्ति जारी गरी सहकार्यको घोषणा गरेका हुन् । विज्ञप्तिमा सरकार राजनीतिक गतिरोध अन्त्यका लागि गम्भीर नभएको आरोप लगाउँदै खम्बुवान स्वायत्तता प्राप्तिका लागि खम्बुवान बन्दको घोषणा गरिएको उल्लेख छ । आन्दोलनरत पार्टी संगठन सहभागी राजनीतिक सम्मेलन, अन्तरिम संविधानको चौथो संशोधन, चुनावी सरकार गठन र संविधानसभाको निर्वाचन गर्न विज्ञप्तिमा माग गरिएको छ ।

मोर्चाद्वारा प्रदर्शन, कोणसभा र लाठी गस्ती

लिम्वूवान डट व्लगस्पोट डटकम, काठमाडौँ प्रतिनिधि
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले गरेको आमहडतालको ११ औ दिन पनि सुनसरी सदरमुकाम इनरुवामा प्रदर्शन र कोणसभा भएको छ। मोर्चाका कार्यकर्ताहरुले अपरान्ह लाठीगस्ती गरेका छन्। कार्यकर्ताहरुले लाठीसहित नगरक्षेत्रभरि गस्ती गरेका छन्। उनीहरुले एउटा पसलमा सामान्य तोडफोडको प्रयास गरेका थिए। बन्दको अवज्ञा गरी सटर खोलेको भन्दै तोडफोड प्रयास गरेको मोर्चाले जनाएको छ। मोर्चाको दैनिक कार्यक्रम अनुसार शनिवार पनि प्रदर्शन गरेका थिए। जिविस अगाडिवाट निकालिएको जुलुस नगरक्षेत्रको परिक्रमा गरी बसचौकमा पुगी कोणसभामा परिणत भएको थियो। कोणसभामा मोर्चाका रामकृष्ण मेहता, विश्‍वनारायण मेहता, डि एन मेहता, मनोज यादव लगायतले बोलेका थिए। मोर्चाको कोणसभामा बोल्ने अधिकांश वक्ताले माग पूरा नभए थप कडा संघर्षमा उत्रने वताएका थिए। त्यसैगरी मधेश बन्दको ११ औ दिन विराटनगर शान्त रहयो। विहीवारदेखि लगाइएको अनिश्चितकालिन कर्फ्यू प्रशासनले शनिवार बिहान १० बजेवाट हटायो। अपरान्ह मधेशी फोरम नेपाल र मधेशले जुलुस प्रदर्शन गरे।

खम्बुवानद्वारा पलुङवालाई छाडेर लिङदेन समूहसँग सहकार्य

लिम्वूवान डट व्लगस्पोट डटकम, काठमाडौँ प्रतिनिधि
खम्बुवान राष्ट्रिय मोर्चाले संघीय लिम्बूवान राज्यपरिषद (सँञ्जुहाङ पलुङवा समूह) सँगको सहकार्य तोडदै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (कुमार लिङदेन मूह) सँग आन्दोलनको सहकार्य गर्ने घोषणा गरेको छ। मोर्चा र मञ्चको आइताबार धरानमा सम्पन्न सयुंक्त बैठकले सहकार्यका लागि ६ बुंदे सो घोषणा गरेको जनाएको छ। उक्त सहमति कायम भएपछि मोर्चाले एक विज्ञप्ति जारी गर्दै संघीय लिम्बूवान राज्यपरिषद (सँञ्जुहाङ पलुङवा समूह) ले आफूसंगको सहकार्य तोडदै आन्दोलनवाट विमुख भएको सहकार्य तोडेको जनाएको छ। दुवै समूहको संयुक्त बैठकबाट भएको सहमति अनुसार अनिश्चितकालिन आमहडताल फागुन १३ गतेदेखि थप गरिएको छ। मञ्चका संगठन सचिव-सूर्यवहादुर माखिम र मोर्चाका अध्यक्ष इन्द्रहाङ खम्बुद्वारा हस्ताक्षरित सहमति पत्रमा अन्तरिम संविधानको चौथो संशोधन गर्न माग गरिएको उल्लेख छ। राजतन्त्रको समूल अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्नुपर्ने मिश्रित निर्वाचन प्रणालीको खारेज गरी जातीय जनसंख्याको आधारमा पूर्ण समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था गर्नुपर्ने साथै संविधानसभाको निर्वाचनअघि नै ऐतिहांसिक भाषिक र क्षेत्रिय आधारमा स्वायत्त राज्यहरुको स्थापना गर्नुपर्ने माग पूरा नभएसम्म आमहडताल जारी रहने विज्ञप्तिमा उल्लेख छ। प्रेस स्वतन्त्रता, मानवअधिकार र नागरिक समाजप्रति उच्च सम्मान रहने दुवै समूहद्वारा जारी सहमति पत्रमा उल्लेख छ।

Feb 24, 2008

अनिश्चितकालीन बन्दका कारण धनकुटामा लाखौँ रुपैयाँ बराबरको नोक्सान

लिम्वूवान डट व्लगस्पोट डटकम, काठमाडौँ प्रतिनिधि
सङ्घीय लिम्बुवान राज्य परिषद्ले आह्वान गरेको अनिश्चितकालीन बन्दका कारण आज बार्‍हौँ दिनसम्म पनि धनकुटामा कुनै पनि यातायातका साधन नचलेका कारण कृषकले उत्पादन गरेका ताजा तरकारी तथा दूध ढुवानी गर्न नपाई लाखौँ रुपैयाँ बराबरको नोक्सान भएको छ । सिधुवा लगायतका क्षेत्रबाट प्रत्येक दिन ७ /८ ट्रक ताजा तरकारी र हजारौँ लिटर दूध धरान,विराटनगर,झापालगायत छिमेकी राष्ट्र भारत,बङ्गलादेशमा आपूर्ति हुने गरेकामा अहिले बन्दका कारण तरकारी तथा दूध ढुवानी गर्न नसक्दा लाखौँ रुपैयाँ बराबरको क्षति भैरहेको बताइएको छ।
लगातार बन्दका कारण पूर्वी पहाडी जिल्लामा दैनिक खाद्यान्न सामाग्री,पेट्रोलियम पदार्थ ढुवानी गर्न नसक्दा ती सामग्रीको अभाव देखिएको छ । दैनिक सामाग्री ढुवानी हुन नसकेका कारण दैनिक उपभोग्य समाग्री र पेट्रोलियम पदार्थको एक्कासि मूल्यवृद्धि भएकाले उपभोक्ता मारमा परेका छन् ।

Feb 23, 2008

संघीय लिम्बुवान राज्य परिषदको प्रेस विज्ञप्ति

संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चा, नेपालमा संलग्न संगठन संघीय मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषदले आफ्नो राजनीकि मागहरू पूरा गराउन फागुन १ गते देखि जारिराखेको अनिश्चितकालीन लिम्बुवान बन्दलाई भोलि फागुन ११ गतेदेखि अझ कडा रुपमा अघि बढाउने निर्णय गरेको छ । पक्राउ गरिएका परिषदका ३० जना कार्यकर्ताहरूलाई आज ४ बजेसम्म विनासर्त रिहा गरी सरकारले वार्ताको वातावरण बनाओस् भनी परिषदले आग्रह गरेको थियो । तर, सरकारले कार्यकर्ताहरू रिहा गरेको छैन । पक्राउ गरिएका कार्यकर्ताहरूलाई रिहा गर्नुको सट्टा सरकार अझ क्रूर गरी दमनमा उत्रेको छ । हात भाचिएर व्याण्डेज गरी सुतेका १८ वर्षीय मणि पालुङ्वालाई धरान इलाका प्रहरीले १० बजे राति घरबाट अपहरण गरेको छ । सशस्त्र प्रहरीले प्रहार गरेकोलाठीले एल.भी. यमनाथ पुरीको टाउकोमा गम्भीर चोट लागेकोले सिलगुढीमा सिकिस्त अवस्थामा उपचार भइरहेको छ ।
भोलिदेखि थप हुने अनिश्चितकालील लिम्बुवान बन्दमा यातायात, विद्यालयका सम्पूर्ण गतिविधिहरू,बजार-पसल, सरकारी कार्यालयहरू, गा. वी. स./ नगरपालिका कार्यालयहरू पूर्ण रुपमा बन्द गरिनेछ । प्रत्येक दिन लिम्बुवानका गाउ बस्ती, शहर, सदरमुकामहरूमा नारा, जलुसु कोणसभा गर्ने कालोझण्डा गाड्ने र राकेजलुसु गर्ने जस्ता सशक्त कार्यत्रक्रमहरू गरिनेछ । बन्दमा प्रेस,मानव अधिकार, दमकल, एम्वुलेन्स, जन्ती, मलामी,यूएन् का गाडीहरू र चल्नेछन् र औषधि पसलहरू खुल्ला रहनेछन् । सदाझै सम्पूर्ण लिम्बुवानवासीहरू यस लिम्बुवान मुक्तिको आन्दोलनमा सक्रिय सहभागिता भइदिन हनु आगह्र गर्दछौ । कसैले पनि यस बन्दलाई उल्लङघन गरेमा हुने क्षतिको जिम्मेवारी उल्लङघनकर्ता स्वयम हुनु पर्नेछ । 'एकात्मक राज्यसत्ताको गोली बारुद र जेलका चिसा छिडिहरूले लिम्बुवान मुक्तिको महान यात्रालाईकहिल्यै रोक्नसक्ने छैन ।'
जय लिम्बुवान !
२०६४।११।१०
.........................
अध्यक्ष
कुमार लिङदेन 'मिराक्'

परिषद र वकर्सबीच सहकार्य

लिम्वूवान डट व्लगस्पोट डटकम,धरान
संघीय लिम्बूवान राज्य परिषद र किरात जनवादी वकर्स पार्टीबीच जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा संघीय राज्य स्थापनाको लागि आन्दोलन गर्न सहकार्य भएको छ। परिषदका अध्यक्ष सञ्जुहाङ पालुङवा र पार्टीका अध्यक्ष नवीन किरातीले एक विज्ञप्ति जारी गरी स्वायत्तता प्राप्तिको आन्दोलनलाई साझा सहकार्यमा सञ्चालन गर्न चार सदस्यीय हाइकमान्ड निर्माण भएको पनि विज्ञप्तिमा उल्लेख छ। संविधानसभा निर्वाचनलाई सशक्त बहिष्कार गर्दै सरकारी सुरक्षा संयन्त्रलाई विस्थापित गर्ने जनाएका छन्।

'भीसी फोर्स' को ज्यादतीले युवाहरू विस्थापित

लिम्वूवान डट व्लगस्पोट डटकम,विप्लव भट्टराई
इलाम, फागुन १० पश्चिमी बाझोस्थित माङसेवुङमा रहेको किरात धर्मस्थलमा 'भीसी फोर्स' को ज्यादतीले युवाहरू विस्थापित हुन थालेका छन् । मानव अधिकार मञ्च इलामले शुक्रबार प्रतिवेदन सार्वजनिक गर्दै एक सयको हाराहारीमा युवाहरू विस्थापित भएको बताएको छ । धर्मगुरु आत्मानन्द लिङदेनको आश्रम सुरक्षार्थ भन्दै गत कात्तिकमा गठित भीसी -भिलेज सेन्ट्री) दस्ताको ज्यादतीले उनीहरूले गाउ छोडेको मानव अधिकारकर्मीहरूले जनाएका छन् । प्रतिवेदन सार्वजनिक गर्दै मञ्चका अध्यक्ष डीएन पराजुलीले विस्थापितलाई तत्काल स्थापित गराउनुपर्ने बताए । 'विस्थापितहरूको अवस्था दयनीय छ,' अध्यक्ष पराजुलीले भने- 'समस्या समाधानका लागि सरकार गम्भीर हुनुपर्छ ।' त्यस अवसरमा प्रमुख जिल्ला अधिकारी रामप्रसाद घिमिरेले त्यहाको समस्या समाधानका लागि पहल भइरहेको बताए । 'त्यहाका समस्याबारेमा प्रशासनलाई जानकारी आएको छ,' प्रजिअ घिमिरेले भने- 'समाधानका लागि चाडै कदम चाल्नेछौं ।'
कार्यक्रममा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले समस्याप्रति राज्य उदासीन भएको भन्दै समयमै समस्या निदान नगरिए गम्भीर अवस्था आउन सक्ने चेतावनी दिए । 'राज्यले नै पृष्ठपोषण गरेकाले माङसेवुङमा अराजक गतिविधि बढेको हो,' माओवादीका जिल्ला इन्चार्ज रमणले भने । राजनीतिक स्वार्थका कारण पनि राज्यले त्यहाको समस्या समाधान गर्न नसकेको कांग्रेसका होम दुलालले बताए ।
विकृति र विसंगति हटाउने नाममा शारीरिक र मानसिक यातना दिएर युवाहरूलाई विस्थापित गराइएको प्रतिवेदनमा उल्लेख छ । भीसी फोर्सले आगन्तुकलाई चेक जाच गर्ने, रातको समयमा कफर्यु लगाउनेलगायतका क्रियाकलाप गर्ने गरेको छ । फोर्समा तीन सयको हाराहारीमा सदस्य छन् । १०-१२ वर्षा देखि ४५ वर्षउमेर समूहकाहरू फोर्समा आवद्ध रहेको स्थानीयवासीहरू बताउछन् । माओवादी द्वन्द्वकालमा काम्राङ नामको फोर्सले यस्तै गतिविधि गर्ने गरेको थियो । जनदबाबपछि त्यो समूह निस्क्रिय भएको थियो । गत कात्तिकदेखि गतिविधि थालेको भीसी फोर्सको नेतृत्व धर्मगुरु आत्मानन्द लिङदेनका माहिला छोरा 'द बोस' ले गरेका छन् । खास नाम पारस भएका उनलाई कर्र्णोल भनेर सम्बोधन गरिने गरेको प्रतिवेदनमा छ । एक साताअघि मानव अधिकारकर्मी, सञ्चारकर्मीलगायतले माङसेवुङको स्थलगत अनुगमन गरेका थिए । जिल्लाको दक्षिण पश्चिम क्षेत्रमा रहेको माङसेवुङमा द्वन्द्वकालमा विस्थापित भएर र धार्मिक आस्थाको कारण ठूलो संख्यामा सर्वसाधारण आएका थिए । धार्मिकस्थलमा अहिले करिब १२ हजार सर्वसाधारण बस्दै आएका छन् । यता भीसी फोर्सले विकृति र विसंगति हटाउदै सकारात्मक काम मात्र गरेको माङसेवुङ मिडिया सोसाइटीका अध्यक्ष सेसेहाङ फियाकले दाबी गरे ।

Feb 22, 2008

मोर्चाले गरेको अनिश्चितकालीन बन्दले झापाको सञ्चार क्षेत्र प्रभावित

लिम्वूवान डट व्लगस्पोट डटकम,बिर्तामोड
झापाबाट प्रकाशित हँदै आएका सम्पूर्ण दैनिक तथा साप्ताहिक अखबारहरु शुक्रबारदेखि अनिश्चितकालका लागि बन्द भएका छन् । ती अखबारहरुको बिहीबार बसेको आकस्मिक बैठकले कागज तथा मसी अभाव भएको एवं वितरणमा समेत समस्या सृजना भएको भन्दै शुक्रबारदेखि प्रकाशन बन्द गर्ने निर्णय गरेको हो ।
झापाबाट हाल ६ वटा दैनिक र एक दर्जन साप्ताहिक अखबार प्रकाशित हुँदै आएका छन् । अखबार प्रकाशनका लागि कागज, मसीलगायतका सामग्री आपूर्ति हुन छाडेको एवं पत्रिका वितरणमा हिँडेका सवारी साधनलाई बाटैमा रोकेर ध्वस्त बनाउने क्रम बढेकोले प्रकाशन बन्द गर्नुपरेको ती दैनिकका प्रतिनिधिले बैठकपछि जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा मधेशवादी दलहरु तथा संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चाले गरेको अनिश्चितकालीन बन्दले झापाको सञ्चार क्षेत्र गम्भीर रुपमा प्रभावित भएको ठहर गर्दै शुक्रबारदेखि सबै दैनिक तथा साप्ताहिक अखबारहरु अनिश्चितकालका लागि बन्द गर्नुपरेको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा पत्रिका प्रकाशनका लागि आवश्यक सामग्रीको व्यवस्था गर्न तथा समाचार संकलन एवं पत्रिका वितरणमा सहज वातावरण बनाउन सरकारसँग माग गरिएको छ । नेपाल पत्रकार महासंघ झापा शाखाले जारी गरेको सो विज्ञप्तिमा झापाका विवेचना, पूर्वाञ्चल, जनसंसद, मेची टाइम्स, अर्जुनधारा, पूर्व सन्देश दैनिक तथा साप्ताहिक/पाक्षिक पत्रिका राष्ट्रिय सञ्जाल, प्रेस चौतारी र क्रान्तिकारी पत्रकार संघ मेचीका प्रतिनिधिले हस्ताक्षर गर्नुभएको छ ।

लिम्वुवान राष्ट्रिय मोर्चाको - प्रेस विज्ञप्ती

यही फागुन १ गतेबाट संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चाले आफ्ना जायज मागहरुलाई लिएर शान्तीपूर्ण आम हडताल गरिरहेको अवस्थामा ती मागहरु वार्ताको माध्यमद्वारा समाधान गर्नको सट्टा मोर्चाको नेता तथा कार्यकर्ताहरुलाई प्रहरी हस्तक्षेप धरपकड जस्ता अप्रजातान्त्रिक निरङकुस प्रवृतिको सरकारी दमन तथा रवैयाको लिम्बुवान राष्ट्रिय मोर्चा घोर भर्त्सना गर्दछ ।
साथै लिम्वुवान स्वायत्त राज्य सम्वन्धि मागहरु पुरागर्न तथा आन्दोलनलाई सफलपार्न सानातिना आन्तरिक विवादहरुलाई थांतिराखेर अहिले हामी सम्पूर्ण लिम्वुवानवादीहरु एकजुट भई अघि बढ्न तथा लिम्वुवान स्वायत्त राज्यको सुनिश्चितता नहुन्जेलसम्म लडिरहन सम्वन्धित सबैमा आग्रह गर्दछौ । यसै सन्दर्भमा बिदेशमा रहनु भएका सम्पूर्ण महानुभावहरुलाई आ-आफ्नो ठाउवाट आन्दोलनलाई सफल पार्न आवश्यक सहयोग गर्न समेत सबैमा आव्हान गर्दछौ ।
अन्त्यमा गणतान्त्रिक मोर्चाको अध्यक्ष कमल छाराहाङ लगायत गिरफ्तार गरिएका सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई निशर्त र अविलम्व रिहा साथै घाइतेहरुको उपचारको ब्यवस्था गरी अरुण सप्तकोशीबाट पूर्वका ९ जिल्लाहरुलाई संविधानसभा अगावै ऐतिहासिक तथ्यको आधारमा लिम्बुवान स्वायत्त प्रदेश घोषित गरियोस भन्ने जोडदार माग गर्दछौ ।
महासचिव ---------------------------------------------------------------------अध्यक्ष
अबिचन्द्र इङनाम लिम्बु ----------लिम्वुवान राष्ट्रिय मोर्चा ---------दिल पालुङवा लिम्बु
मितिः २३- ०२ - ०८

Feb 21, 2008

राष्ट्रिय जनमुक्ति पार्टीले निर्वाचन आयोगमा निर्वाचनको लागि नाम पेश

लिम्वूवान डट व्लगस्पोट डटकम,धरान
राष्ट्रिय जनमुक्ति पार्टीले आसन्न संविधान सभाको निर्वाचनको लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत बिहिवार बन्दसूची निर्वाचन आयोगमा पेश गरेको छ। बन्दसुचिमा पार्टिका केन्द्रीय अध्यक्ष एम एस थापा, भिसी रामबहादुर लिम्बू र महिला नेत्रृ नन्दा चेम्जोङको नाम पनि बन्दसुचिमा दर्ता भएको छ। बन्दसुचिका नामावली यस प्रकारको रहेको छ।
क्रम नाम बिचकोनाम थर माता-पिता-पतिकोनाम उमेर लिङ्ग जिल्ला
१. नन्दा कुमारी लिम्बु मानवीर लिम्बु ३८ म सुनसरी
२. उर्मिला कुमारी नेपाली मान बहादुर दमै २६ म दाङ
३. छियामा राई स्व वागधन राई ६४ म सुनसरी
४. तौलेश्वरी थारु ऋषीराम थारु ३१ म कपिलबस्तु
५. कौशिला महरा चराम महावीर महरा ३८ म मोहत्तरी
६. शारदा कुमाल प्रेम बहादुर कुमाल ३३ म कास्की
७. दिल लक्ष्मि खडगी इन्द्रमान खडगी ३८ म भक्तपुर
८. शशीकला गुरुङ बुद्धी प्रसाद गुरुङ ४२ म रुपन्देही
९. सारदा थापा युवराज थापा ३२ म कपिलबस्तु
१०. मिना सुव्बा स्व. अमरजंग सुब्बा ४३ म झापा
११. दिलसरी लिम्बु विरबहादुर लिम्बु ४० म झापा
१२. जसमायाँ तमु भोजविर गुरुङ ६० म रुपन्देही
१३. रेश्मा देवी सदा भजन सदा ३५ म मोहतरी
१४. कमला विश्वकर्मा तारा लाल विश्वकर्मा ३१ म भोजपुर
१५. उमा थापा नन्दलाल थापा ३० म कपिलबस्तु
१६. धन कुमारी राना लालबहादुर राना २९ म गुल्मि
१७. उमा राना रास्कोटी भिमबहादुर राना २६ म कपिलवस्तु
१८. श्रीमति माला देवान लाल बहादुर देवान ५७ म सुनसरी
१९. जुनु बसेल तुल बहादुर सार्की ५४ म ललितपुर
२०. ललि मायाँ जर्घा थापा मगर भिम बहादुर जर्घा ३८ म महोतरी
२१. प्रेम (जुन) मायाँ (कुमारी) लुङगेली मगर कटक बहादुर लुङगेली मगर ३१ म मोहतरी
२२ इन्द्र कला सुब्बा मेधदल सुब्बा ३७ म सुनसरी
२३. राधा देवि लङगेली गुन्जबहादुर लुङगेली ३६ म मोहतरी
२४. दुगां देवि थापा उदविर थापा ५९ म रुपन्देही
२५. पुष्पा स्वर्णकार टिकाराम सुनार २६ म दाङ
२६. सीमा कुमारी वि. क. सतिश कुमार वि.क ३० म रुपन्देही
२७. सरस्वती स्वर्णकार गोपालसिंह गहतराज २९ म दाङ
२८. अमृता थापा ओम बहादुर थापा ३० म रुपन्देही
२९. विष्णु मायाँ अधिकारी गोपाल प्रसाद अधिकारी ४२ म रुपन्देही
३०. जौ मायाँ हेङजादली थापा मनबहादुर हेङजाली थापा २४ म रुपन्देही
३१ दालचिनी पुलामी मानबहादुर पुलामी ३० म रामेछाप
३२. विष्णु मायाँ थापा मगर गमबहादर थापा मगर ४३ म पाल्पा
३३ इन्द्र कला थापा बलबहादुर थापा ३२ म रुपन्देही
३४. ललमतिय देवि उमाधी कमल प्रसाद पासवान ३५ म बारा
३५. नन्द मायाँ महर्जन बलराम महर्जन ५९ म ललितपुर
३६. महेश्वरी महर्जन सनीकपुर महर्जन ४३ म ललितपुर
३७ अनिता कुमारी उराव बेचनदास उराव २३ म सुनसरी
३८. उमा तामाङ-लामा शुक्रबहादुर तामाङ ३२ म काठमाण्डौ
३९. उर्मिला देवि महतो राम सुन्दर महतो ४४ म मोहतरी
४०. नानु मायाँ थापा सुर्जराम थापा ३३ म तनहुँ
४१. रेनु क्षेत्री मधुसुदन क्षेत्री ३१ म पर्सा
४२. गौरी के. सी. माधव केसी ६० म ललितपुर
४३. कृष्ण मायाँ राना रामबहादुर राना ३९ म स्याङजा
४४. देवि मायाँ लिम्बू भक्त बहादुर लिम्बु ३१ म ताप्लेजुङ
४५. धन मायाँ गौली देविबहादुर गौली ४६ म तनहुँ
४६. खमेनी रावत उमेश रावत २९ म जुम्ला
४७. मन कुमारी मगर पुन तुलबहादुर पुन मगर ४७ म पर्वत
४८. टिका कुमारी विश्वकर्मा कृष्णलाल विश्कर्मा ४० म पाल्पा
४९. मालवर सिंह थापा कुलबबहादुर थापा ६५ पु रुपन्देही
५० दल बहादुर राई श्रीप्रसाद राई ६० पु सुनसरी
५१ रविन्द्र उच्च नेपाली आसाराम नेपाली ३७ पु दाङ
५२ भिसी राम बहादुर लिम्बु टेकबहादुर लिम्बु ७२ पु झापा
५३ दलमान सिं गुरुङ जसबहादुर गुरुङ ५४ पु तनहु
५४ अमृत कुमार शाही धनबहादुर शाही ४३ पु रुपन्देही
५५ हनुमान प्रसाद अग्रवाल कासीराम अग्रवाल ५६ पु सुनसरी
५६ हिरा चन्द्र चौलागाई गयाराम चौलागाई ३५ पु कालिकोट
५७ राम बहादुर तुम्बाहाम्फे जितबहादुर तुम्बाहाम्फे ६९ पु तेह्रथुम
५८ शिव प्रससाद आचार्य लालमणी आचार्य ५१ पु झापा
५९ तुल बहादुर बस्याल भैरे सार्की ५९ पु ललितपुर
६० खड‍्ग बहादुर विश्वकर्मा कालुमान विश्वकर्मा ६३ पु सुनसरी
६१ बन्दी राम उराव कुमारदास उराव ५१ पु सुनसरी
६२ तौ बहादुर गुरुङ जंगविर गुरुङ ३८ पु नवलपरासी
६३ केशर पुनमगर वृसराज मगर ७६ पु चितवन
६४ सागर नाथ रेग्मी कुलप्रसाद रेग्मी ५९ पु तेह्रथुम
६५ गौरी नारायण चौधरी अनुपलाल चौधरी ५१ पु सुनसरी
६६ रुक बहादुर पुन दलबहादुर पुन ३८ पु रुपन्देही
६७ अर्जुन लाल साशंकर रहलमान साशंकर ५२ पु महोत्तरी
६८ प्रम बहादुर मल्ल सत्तबहादुर मल्ल २३ पु मुगु
६९ देव बहादुर थापा रणजीत थापा ४३ पु तनहु
७० लाल बहादर साह टप बहादुर थापा ६८ पु गुल्मी
७१ नन्द बहादुर राई रणबहादुर राई ७३ पु सुनसरी
७२ केहर सिं रानामगर खडकबहादुर राना ४१ पु पाल्पा
७३ राना हाङ लिम्बु सेरबहादुर लिम्बु ६२ पु सुनसरी
७४ नर बहादुर काउचामगर नन्दे काउचा ६४ पु वागलुङ
७५ चन्द्र प्रसाद योङया शिवजंग योङया ७० पु झापा
७६ मोहन ओली रेमबहादुर ओली ३८ पु मुगु
७७ उमेश रावत कन्नवीर रावत ४१ पु जुम्ला
७८ कर्ण वहादुर बिश्वकर्मा टिकाराम विके ७१ पु रुपन्देही
७९ बालजी जयसवाल रामप्रसाद जयसवाल ५२ पु तनहुँ
८०. कैलासपति कर्ण हेमेन्द्र नारायण लाल कर्ण ४२ पु रुपन्देही
८१. कन्हैया लाल मेचे सतालसिह मेचे ५४ पु झापा
८२. डुप वाङगेल मोक्तान पृथ्वीध्वज मोक्तान २८ पु काभ्रे
८३ अमेरीका थारु मङगरा थारु ४१ पु नवलपरासी
८४. मोती उराव झागड बोलो उराव झागड ५६ पु सुनसरी
८५ राजु उराव झागड सानो रतिय उराव झागड ४० पु सुनसरी

नेपालमा पनि अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइँदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौँ प्रतिनिधि
नेपालमा पनि अन्तर्राष्ट्रिय मातृभाषा दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ।युनेस्कोको आह्वानमा सन् १९९९ नोभेम्बर १७ मा संयुक्त राष्ट्रसङ्घको महासभाले एक प्रस्ताव पारित गरी हरेक वर्ष फेब्रुअरी २१ तारिख लाई अन्तराष्ट्रिय मातृभाषा दिवसका रूपमा मनाउन थालेको हो। नेपालको अन्तरिम संविधान २०६३ ले नेपालमा बोलिने सबै मातृभाषाहरूलाई राष्ट्रभाषा मान्दै स्थानीय निकायमा मातृभाषा प्रयोग गर्न कुनै बाधा नपुर्याइने सुनिश्चित गरेको छ।
संविधानको धारा १७ मा प्रत्येक समुदायलाई आफ्नो मातृभाषामा आधारभूत शिक्षा लिन पाउने हक प्रदान गरिनुका साथै नेपालमा बसोबास गर्ने प्रत्येक समुदायलाई आफ्नो भाषा, लिपि संरक्षण र सर्म्बर्द्धन गर्नेसम्बन्धी हक प्रत्याभूत गरेको छ। यसैबीच राष्ट्रिय मानवअधिकार आयोगले वि.सं २०५८ को जनगणनामा अभिलेख गरिएका १२४ भाषाभाषी लगायत नेपालभित्र बोलिने सबै मातृभाषाहरूलाई राष्ट्रभाषाका रूपमा नागरिकले अनुभूति गर्नेगरी उचित सङ्रक्षण र सर्म्बर्द्धन गर्ने कार्यमा सरकारले उपयुक्त वातावरण बनाउनु पर्ने बताएको छ। मानवअधिकारको विश्वव्यापी घोषणापत्रको धारा दुइमा भाषाका आधारमा कसैलाई पनि विभेद गरिने छैन भनी उल्लेख गरिएको छ

संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चामा आवद्ध संगठनहरुलाई वार्ताका लागि पत्र

लिम्वूवान डट व्लगस्पोट डटकम,दमक
सरकारले आन्दोलनरत संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चा र त्यसमा आवद्ध सात वटा संगठनलाई वार्ताका लागि औपचारिक रुपमा बुधबार पत्र पठाएको छ । मोर्चाले भने विभिनन चारवटा शर्त अघि सार्दै शर्त पूरा भए मात्र बन्द फिर्ता लिएर वार्ता गर्ने जनाएको छ । मोर्चामा आवद्ध २ वटा प्रमुख घटक संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष तथा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिव कुमार लिङ्देनले मोर्चाले राखेका शर्त पूरा गरे यस सरकासँग वार्ता गर्ने प्रतिक्रिया दिनुपभयो । उहाले शर्त पूरा नभएस
म्म बन्द, हडताल फिर्ता नगर्ने र वार्तामा पनि नबस्ने स्पष्ट पार्नुभयो ।
सरकारले वार्ताका लागि पत्र पठाएपछि मोर्चाले पक्राउ परेका नेता, कार्यकर्तालाई विनाशर्त रिहा गर्नुपर्ने घाइतेको उपचार गर्नुपर्ने, आन्दोलनमा भइरहेको दमन बन्द गर्नुपर्ने, माग पूरा नभएसरम्म निर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगित गर्नुपर्ने र मोर्चाले राखेका माग प्रति सकारात्मक प्रतिबछचता आएपछि मात्र वार्ता गर्ने सशर्त राखेको छ । पूर्ण समानुपातिक निर्वाचन प्रणालीलगायत विभिन्न माग राखी मोर्चाले फागुन १ गतेदेखि बन्दको आह्वान गरेको थियो । बन्दको क्रममा मोर्चाको एक प्रमुख घटक संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष कमल छाराहाङसहित लिम्बुवान मञ्च पकिरषदका २ दर्जन कार्यकर्तालाई झापामा प्रहरीले पक्रमाउ गरिराखेको छ ।
यस क्रममा बुधबार थप दश जना लिम्बुवान कार्यकर्तालाई प्रहरीले झापाको शनिश्चरेबाट पक्राउ गरेको थियो । पक्राउ परेका अन्य कार्यकर्तासहित सबैलाई विनाशर्त मुक्त गर्नुपर्ने मोर्चाले पहिलो शर्त राखेको अध्यक्ष लिङदेनले जानकारी दिनुभयो । सरकारका तर्फाट बुधबार शान्तिमन्त्री रामचन्द्र पौडेलले मोर्चामा सम्बद्ध संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान राज्य परिषद, मधेशी जनअधिकार फोरम -भाग्यनाथ गुप्ता समूह) तामाङ सालिङ राज्य परिषद, खम्बुवान राज्य परिषदलगायतका सातवटा संगठनलाई वार्ताका लागि पत्र पठाएको हो । सरकारको तर्फबाट पठाएको पत्र पाएको स्वीकार गर्दै परिषदका अअध्यक्ष लिङदेनले भन्नुभयो, हाम्रा सबै शर्त पूरा भए मात्र वार्ता हुन्छ शर्त पूरा नहुनन्जेल आम हड्ताल जारी राख्छौं ।'

आम हड्तालका कारण तेह्रथुम जिल्लामा खाद्यान्न सङ्कट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौँ प्रतिनिधि
सङ्घीय लिम्बुवान राज्यपरिषद्को आहृवानमा भएको अनिश्चितकालीन आम हड्तालका कारण तेह्रथुम जिल्लामा खाद्यान्न सङ्कट भएको छ।एक हप्तादेखि लगातार यातायात पूर्ण रुपमा बन्द भएपछि जिल्ला सदरमुकाम म्याङलुङका अतिरिक्त जिल्लाका प्रमुख व्यापारिक केन्द्रमा खाद्यान्न तथा इन्धन सकिएकाले सर्वसाधारणलाई ठूलो मर्का परेको तेह्रथुम उद्योग वाणिज्य सङ्घका अध्यक्ष सभा पौड्यालले बताए।यसैबीच तेह्रथुमबाट सञ्चालित रेडक्रसका दुइवटा एम्बुलेन्स पनि इन्धन अभावका कारण हिजोदेखि थन्किएको नेपाल रेडक्रस सोसाइटी तेह्रथुमले जनाएको छ। बन्दका कारण जिल्लाका शैक्षिक संस्था ठप्प भएका छन् भने विद्यालयले लिन लागेको वाषिर्क परीक्षासमेत प्रभावित भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ। यसैबीच तेह्रथुमका विभिन्न १७ वटा सामाजिक सङ्घसंस्थाले एक प्रेस विज्ञप्ति जारी गरी बन्द फिर्ता लिन सम्बद्ध पक्षसँग आग्रह गरेको छ।

Feb 19, 2008

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको - प्रेस विज्ञप्ति

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च आवद्ध संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चामा संलग्न विभिन्न राजनीतिक संगठनहरूको फागनु १ गते देखिको अनिश्चितकालीन आमहडताल जारिरहको छ । सफल, सार्थक र परिणाममुखी संविधानसभाको निर्वाचनका लागि चुनावअगावै राजतन्त्रको समूल अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन; संविधान सभाको प्रयोजनका लागि जातीय जनसङ्ख्याको आधारमा पूर्ण समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था; जाति, भाषा र क्षेत्रको ऐतिहासिक पृष्ठभूमिको आधारमा आत्मनिर्णयको अधिकारसहितको स्वायत्त गणराज्यहरूको सुनिश्चितता र मोर्चाको आन्दोलनमा लिम्बुवान र मधेशमा राज्यद्वारा हत्या गरिएका कार्यकर्ताहरूलाई राष्ट्रिय शहीद घोषणा गरी परिवारलाई उचित क्षतिपूर्ति दिएर घाइतहे रूलाई उपचार गर्नुपर्ने लगायतका मागहरू सरकार समक्ष राखेर मोर्चा र आवद्ध संगठन तथा मञ्च र सम्वद्ध राज्य परिषदहरूको शान्तिपूर्ण सशक्त आन्दोलन अझ उत्कर्षा अघिबढिरहेको छ । शान्तिपुर्ण सशक्त अनिश्चितकालीन आमहडताल सफलतापूर्वक आज सातौ दिन पार गरिसक्दा पनि
सरकारले सम्बोधन गर्नुको सट्टा व्यापक दमन र धरपकडमा उत्रिएकाले उपरोक्त राजनीतिक सवाहरूको सम्बोधन, कार्यान्वयन र सुनिश्चितताका नगरी गरिने कथित संविधान सभाको चुनावको कुनै सार्थकता र औचित्य नरहने ठहर गरी भोलि फागुन ८ गतेदेखि घोषित निर्वाचनका कुनै पनि कार्यक्रममा सहभागिता नजनाउने र त्यस्तो कार्यक्रमको सशक्त अवज्ञासमते गरिने कुरा सम्वद्ध सबैमा जानकारी गराउन चाहन्छौ ।आन्दोलनको क्रममा आदिवासी जनजाति, मधेशी, दलित र महिलालगायत सम्पूर्ण राष्ट्रिय मुक्तिको नाउँमा जो कोहीले जस्तोसुकै फरक कार्यक्रमको घोषणा गरे वा फिर्ता लिए पनि यस मोर्चाको मागहरू पूरा नभएसम्म हाम्रो आन्दोलन निरन्तर जारिरहने छ । शान्तिपूर्ण आन्दोलनमा सरकारद्वारा व्यापक धरपकड गरी गिरफ्तार गरिएका सबै नेता तथा कार्यकर्ताहरूलाई विनार्सत तुरुन्त रिहा गर्न गराउनका लागि सरकार, नागरिक समाज, कूटनीतिक नियोग, मानव अधिकारवादी सघं सगं ठन र समस्त सञ्चार जगतमा हादिर्क अनुरोध गदछौ ।
धन्यवाद !
...........................
डीबी आङबुङ लिम्बू
सचिवः प्रचार-प्रसार
संघीय लोकेकतान्त्रिक राष्ट्रिय मञ्च

आदिवासी गीतकार समाज हङकङको स्थापना

लिम्वूवान डट व्लगस्पोट डटकम,नविन लामा हङकङ
नेपालमा मात्र नभएर संसारभरी चलिरहेको आदिवासी जनजातिहरुको आन्दोलनलाई संगीत मार्फ उजागर गर्ने प्रमुख उदेश्य सहित फेब्रुअरी १७ तारिखका दिन कगंन रेष्टुरेन्टले आयोजना गरेको "हङकङका कवि र

कविताहरु" नामक कवि गोष्ठिको अवसर पारेर आदिवासी गीतकार समाज हङकङ गठन भएको घोषणा गरिएको छ । नेपालमा चलिरहेको आदिवासी जनजातिहरुको आन्दोलनलाई संगीत मार्फत सम्बोन्धन गर्ने काम धेरै ढिलो भइसकेको भन्दै नवगठित गीतकार समाजका अध्यक्ष प्रदीप कन्दङवाले संगीत मार्फत बब मार्ली र नेपालमा बामपन्थिहरुले उनीहरुको आन्दोलनमा ठूलो उभार ल्याउन सकेको प्रसंग कोट्याएका थिए ।
उक्त समाजको सक्रियतामा अब छिट्टै नै आदिवासी जनजातिहरुको आन्दोलन र भावनालाई सम्बोधन गरिएका गीतहरुको गीति एल्बम आदिवासी भाग १ बजारमा ल्याउने जानकारी पनि समाजका अध्यक्षले गराएका थिए । जम्मा ११ जना कार्यकारी सदस्य रहेको उक्त गीतकार समाजमा सचिब असोक र्राई र सदस्यहरुमा क्रमशः देश सुब्बा, डि.बि. पालुङवा, किराती भोगेन एक्ले, आषिश साम्पाङ, तिलक थापा, दीप निरिह, गीता पालुङवा, र हिमकला र्राई रहका छन ।
त्यसैगरी १३ जना सल्लाहकारहरु रहेकोमा बरिष्ठ सल्लाहकारहरु क्रमशः दिनेश सुब्बा, नागेन्द्र श्रेष्ठ, रामकृष्ण बान्तवा, टंक सम्बाहाम्फे, लाजेसा भगत सुब्बा र गणेश पराजुली रहेका छन् भने सल्लाहकार सदस्यमा क्रमशः चन्द्र दुमी, भुपेन्द्र चेमजाङे, गणेश इजम, मोति चाम्लिङ, चन्द्र मादेन, शरण सुब्बा र बिशेष सल्लाहकारमा हाङयुग अज्ञात रहेका छन् । आदिवासीहरुको गीतकार समाजमा गैर आदिवासी सदस्य र सल्लाहकार सदस्यको के औचित्य रहन्छ भन्ने जिज्ञासा
राख्दा समाजका अध्यक्ष प्रदीप कन्दङवाले नेपालमा चलिरहेको आदिवासी जनजातिहरुको आन्दोलन वास्तवमा आदिवासीहरुको मात्र नभएर सम्पूर्ण न्यायप्रेमी र देशप्रेमी नेपाली जनताहरुको आन्दोलन भएकोले त्यो आन्दोलनलाई र्समर्थन गर्ने र यो समाजमा रहेर त्यसको गतिविधिलाई सहयोग पुयाउने जो कोही पनि यो समाजमा अटाउन सक्ने भएकोले वहाँहरुको सदस्यता यो समाजमा औचित्यपूर्ण रहेको कुरा ब्यक्त गरे साथै आदिवासी गीतकार समाज हङकङ भविश्यमा सृजनसिशल साहित्य समाज हङकङ र आदिवासी गीतकार समाज नेपालसंग पनि सहकार्य गर्दै जाने कुराको पनि जानकारी गराए ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष कमल छाराहाङ्ग पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,बिर्तामोड
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष कमल छाराहाङ्गलाई सोमबार प्रहरीले बिर्तामोडबाट पक्राउ गरेको छ । काकडभिट्टाबाट बिर्तामोडतर्फआउँदै गरेको को१ख १८३७ नम्बरको यात्रुबाहक मिनीबसमा तोडफोड गर्दागर्दै इलाका प्रहरी कार्यालय बिर्तामोडले अध्यक्ष छाराहाङ्ग र मञ्चका कार्यकर्ता मिलन लिम्बूलाई पक्राउ गरेको हो ।
छाराहाङ्गसहित मञ्चका कार्यकर्ताको आक्रमणबाट सो बसको अगाडिको सिसा फुटेको प्रहरीले जनाएको छ । मञ्चका कार्यकर्ताले बन्दको अवज्ञा गरी सवारी साधन चलाएको भन्दै मे२प ११०१ र मे१प ६२४ नम्बरको मोटरसाइकलको चाबी खोसेर लगेका थिए । प्रहरीले मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्का थप ५ जना कार्यकर्तालाई पनि सोमबार पक्राउ गरेको छ । पक्राउ परेकालाई र्सार्वजनिक मुद्दा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच मञ्चका महासचिव एवं परिषद्का अध्यक्ष कुमार लिङ्देनले एक विज्ञप्ति जारी गरी पक्राउ परेका छाराहाङ्गसहितका नेता तथा कार्यकर्तालाई रिहा नगरे आन्दोलन चर्काउने चेतावनी दिनुभएको छ । लिङ्देनद्वारा जारी विज्ञप्तिमा अनिश्चितकालीन बन्दको कार्यक्रम फिर्ता नलिने र झन कडाइका साथ प्रस्तुत हुने उल्लेख छ । शान्तिपूर्ण रुपमा समस्याको समाधानका लागि परिषद् तयार रहेको उल्लेख गर्दै संयुक्त राष्ट्रसंघको मध्यस्थतामा मात्रै सरकारसँग वार्तामा बस्ने विज्ञप्तिमा जनाइएको छ ।
जारी विज्ञप्तिमा आन्दोलनका क्रममा हालसम्म २७ जनालाई प्रहरीले पक्राउ गरेको जानकारी गराउँदै पक्राउ परेकालाई विना शर्त तत्काल रिहा नगरे परिषद कठोर रुपमा प्रस्तुत हुने चेतावनी दिइएको छ । संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चासम्बद्ध लिम्बुवान राज्य परिषद्को आह्वानमा जारी बन्दका कारण मोरङको बेलबारी, लक्ष्मीमार्ग, भाउन्ने, खोर्साने, केराबारी,पथरी, उर्लाबारी, लेटाङ, मधुमल्लाको जनजीवन कष्टकर बनेको छ । बन्दले झापाको दमक, बिर्तामोड, कर्खा, सुरुङ्गा, झिलझिले, काकडभिट्टा र इलाममा पूर्ण प्रभाव परेको छ ।

हङकङमा 'हङकङका कवि र कविताहरु'

लिम्वूवान डट व्लगस्पोट डटकम,देवराज राई, हङकङ / February 18, 2008
प्राय पार्टी भोजभतेर भइरहने व्यस्त कङ्गन रेष्टुरेण्टमा फेब्रुअरी १७ तारिखको अपरान्ह माहोल अलि बेग्लै प्रकारको थियो । हङकङेली माटोमा पलाएका, यहीको माटोको वास्ना आउने नेपाल र नेपाली स्मरण गराउने कवि लेखकहरु एकै ठाउँमा भेला भएका थिए । धेरैले आफ्ना नयाँ सृजनाहरु गीत, कविताहरुलाई खुल्ला छातीले वाचन गरिरहेको देखिन्थे । अरुले वाचन गरिरहँदा ध्यानमग्न भई सुनिरहेको थिए । भनौ वातावरण पुरै साहित्यमय थियो ।
हङकङमा पहिलो पटक नेपाली साहित्यलाई आधार बनाएर कलम चलाइरहने कवि, गीतकारहरु एकै ठाउँमा भेला भएका थिए । थोरै नयाँ अनुहार, धेरै भने नाम चलेका, अलि जान्नेसुन्ने कविहरु पनि भेला भएका थिए ।
वातावरण साच्चिकै रमाइलो थियो । कार्य व्यस्तताको वावजुद पनि कविहरु आफ्ना कविताहरु सुनाउन हतार गरिरहेको पनि देखिन्थे । थोरै समय निकालेर भएपनि भेला भएका कविमनहरुले ४ घंटासम्म व्यतित गरेका थिए । कङ्गन रेष्टुरेण्टको आयोजनामा कमल पौड्यालको सक्रियतामा आयोजित "हङकङका कवि र कविताहरु" कार्यक्रममा पहिलो पटक सम्पूर्ण कवि, लेखकहरुको उपस्थिति भएको थियो ।
अनौपचारिक कार्यक्रमको रुपमा कवियत्री लाराको संचालनमा शुभारम्भ गरिएको कवि गोष्ठीमा अंग्रजी वर्णाणुक्रमको आधारमा कवि र कवियत्रीहरुलाईलाई आफ्नो रचनाहरु पाठ गर्ने अवसर प्रदान गरिएको थियो । केशव प्रसाद भट्टराई, सुशील लम्सालसहित उत्तम न्यौपाने पहिलो पटक दूतावासको नेतृत्व नगरी अन्यसरह कवि भएर उपस्थित भएको उक्त कार्यक्रममा यनआरयन हङकङका अध्यक्ष त्रिलोक गुरुङ,च्याम्वर अफ कमर्शका अध्यक्ष, तेज राई, प्यासिफिक क्राउनका प्रशासन व्यवस्थापक वेद खड्का, जन सम्पर्क समिति हङकङका अध्यक्ष सन्तोष घले र हिन्सका अध्यक्ष बुद्दि बहादुर थापा आदिका श्रोताको रुपमा उपस्थिति रहेको थियो । ‘अल्फाबेटिकली’ कविता पाठ गर्न बोलाइएकोमा साना स्कुले भाइबैनीहरुसहित समाजमा अन्य क्षेत्रमा सफल व्यक्तित्वहरु पनि सो समयमा कविताको वाचन गरेका थिए । आकाश राई, अनिता गुरुङ, अशोक राई, आशा दाहाल, आशा भुटिया, हाङयुग अज्ञात, नरेश सुनुवार, भूपेन्द्र चेम्जोङ, भोगेन एक्ले, चन्द्र मादेन, रोशन लिम्बू, दिनेश सुब्बा, खेरेस देबेन्द्र, गणेश पराजुली, गँगा गुरुङ, कमल पौड्याल, केशव भट्टराई, लक्ष्मी राई, नागेन्द्र श्रेष्ठ, डीबी पालुङ्वा, मोती चाम्लिङ, नीर खड्का, प्रकाश नन्द बाक्सिला, प्रदीप कन्दङ्वा, प्रकाश छान्छाराई, राजेन्द्र थापा, सुशील लम्साल, सुप्रिया गुरुङ, शरण सुब्बा, शहर्ष कार्की, सोम थापा, सुरेन लिम्बू, रुपा बूढाथोकी, टँक सम्वाहाम्फे, उत्तम न्यौपाने, हिमकला राईले कविता, गजल पाठ गरेका थिए ।
एचनेपाल डटकमबाट प्रत्यक्ष प्रशारण गरिएको थियो । कवि गोष्ठीको अर्को संस्करण आगामी ६ महिना पछि अगष्ट २० सम्ममा पुनः आयोजना गर्ने आयोजक कवि कमल पौड्यालले जानकारी दिनु भएको थियो । दिवाभोज सहित सम्पन्न भएको गोष्ठीमा कविहरुका नयाँ रचनाहरुलाईलाई संकलन गरिएको थियो । लाराको संचालनमा सम्पन्न भएको कार्यक्रममा रोशन लिम्बूले पनि उदघोषणमा साथ दिएका थिए ।

Feb 18, 2008

संघीय लिम्बुवान राज्य परिषदको - प्रेस विज्ञप्ति

संघीय लिम्बुवान राज्य परिषदको छाता संगठन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका कार्यकारिणी अध्यक्ष श्री कमल छाराहाङ आज सोमबार दिनको ३ :०० बजे झापा विर्तामोडको चोकबाट प्रहरीद्वारा गिरफ्तार गरिएका छन् । राज्यसत्ताको यो चरम दमनप्रति संघीय लिम्बुवान राज्य परिषद घोर भर्त्सना र विरोघ गर्दछ । अध्यक्ष कमल छाराहाङज्युको तत्काल विनासर्त रिहाइका लागि यो परिषद जोडदार माग गर्दछ । यदि रिहा नगरिएमा आन्दोलनले अझ उग्र रुप लिन सक्नेछ । अध्यक्षज्युको शारीरिक अवस्था विसञ्चो- रोग भएको हुदा उहाको स्वास्थ्यकोबारेमा मानवअधिकारवादी संघ संस्थाले चासो राखी दिनहुन अनुरोध गर्दछु ।
२०६४।११।०६
.........................
अध्यक्ष
कुमार लिङदेन 'मिराक्'
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चः
संघीय लिम्बुवान राज्य परिषद

संघीय लिम्बुवान राज्य परिषदको - प्रेस विज्ञप्ति

संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चा नेपालमा संलग्न संगठन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषदले संघीय गणतन्त्रको स्थापना जातीय समानुपातिक चुनावप्रणालीको अवलम्बन गरी सार्थक र परिणाममुखी संविधान सभाको निर्वाचन; जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा 'लिम्बुवान स्वायत्त गणराज्य' को सुनिश्चितता र लिम्बुवानको आन्दोलनको क्रममा शहीद भएका राजकुमार आङदेम्बे 'माङतोक' लाई राष्ट्रिय सम्मान एवम् परिवारलाई क्षतिपुर्ति दिनुपर्ने मागहरु राखी यही फागनु १ गतदेखि आहृवान गरकोअनिश्तिकालीन लिम्बुवान बन्द आज छैटौ दिनमा उचाइका साथ जारिरहकोछ ।
परिषदका मागहरुलाई सम्वोधन गर्नुको सट्टा एकात्मक राज्यसत्ताले परिषदका कार्यकर्ताहरुलाई पक्राउ गर्ने क्रूर यातना दिने र दमन गर्ने कार्य तीव्र पारकोछ । आइतबार बेलुकी दमकको किरात भवनमा खाना खादैरहेको अवस्थामा भवनको ताला-चाबी तोडी परिषदका सचिवालय सदस्य थाङसाङ लावती, झापा जिल्ला सचिव चन्द्र नेम्बाङलगायत १८ जनालाई पक्राउ गरी निर्घात कुटपिट गरेको छ । झापाकै धुलाबारीबाट झापा जिल्ला अध्यक्ष मानबहादुर साँवालगायत ५ जना, विर्तामोडबाट ज्वाला लिम्बूलगायत ३ जना र मोरङ लक्ष्मीमार्गबाट नवीन धिमाल गरी जम्मा २७ जना कार्यकर्ताहरुलाई पक्राउ गरिएको छ । परिषद यो सरकारी दमन र धरपकडकोघोर भर्त्सना र विरोध गर्दछ । यदि २४ घण्टाभित्र कार्यकर्ताहरु रिहा नगरिए आन्दोलनले उग्ररुप लिनसक्ने र त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने चेतावनी दिन चाहन्छौ।
सरकारले हाम्रा मागहरु सम्बोधन गरे संघीय लिम्बुवान राज्य परिषद संयुक्त राष्ट्रसंघको मध्यस्थतामा वार्ता गर्न तयार छ । लिम्बुवानलाई वार्ता र सहमतिमा नलिई गरिएको संविधान सभा सार्थक र परिणाममुखी हुन सक्दैन । लिम्बुवान आन्दोलकारीहरुको सहभागिताबेगरको निरर्थक संविधानसभाले लिम्बुवानमा कुनै अर्थ नराख्ने परिषकोठहर छ । सातौ शताब्दीदेखि वि. सं १६६८ सम्म सार्वभौम रहेको लिम्बुवान वि. स. १६६८ देखि १८३० सम्म सेनमकवानवंशी अन्तर्गत स्वायत्त रहयो । वि.सं. १८३१ मा एउटा सन्धिमार्फत् लिम्बुवान नेपालसंग जोडियो ।
वि.सं १८३१ देखि वि.सं २०२१ सालसम्म काठमाडौ अन्तर्गत लिम्बुवान स्वायत्तता कायम रह्यो । आज त्यही ऐतिहासिक लिम्बुवान भूमिमा लिम्बुवान मुक्तिको आन्दोलन उठिरहेको छ । यो आन्दोलन लिम्बुवानवासीको मुक्तिको बाटो त हो नै, साथै नेपालको सम्पूर्ण संघीय गणतन्त्रवादी र जातीय स्वायत्तता चाहनेहरुको लागि आसाको केन्द्रविन्दु बनिरहेको छ । त्यसैले, यस आन्दोलनलाई सफलताको शिखरमा पुर्‍याउनका लागि सम्पूर्ण लिम्बुवानवासी संघ संस्था, संगठन , लिम्बुवानवासी जनता र नेपालका सम्पूर्ण संघीय गणतन्त्रवादी आदिवासी जनजाति, दलित र मधेशीहरु आन्दाले नमा सरिक हनु हार्दिक अनुरोध गर्दछौ । हाम्रा मागहरु सम्बोधन नगरिञ्जेल अनिश्चितकालीन आमहड्ताल जारिरहने छ । बन्दको अवज्ञा गर्न षडयन्त्रकोतानाबाना बुनिरहेको सबै पक्षहरुले हाम्रा मागहरु पूरा गराउन राज्यपक्षलाई दवाब दिऔ। लिम्बुवान बन्दको अवज्ञा गर्ने जुनसुकै पक्षको लिम्बुवान राज्य परिषदले कडा प्रतिरोध गर्नेछ । प्रतिरोधको क्रममा भएकोक्षतिको जिम्मेवारी अवज्ञाकर्ता स्वयम् हुनु पर्नेछ ।
जय लिम्बुवान !
२०६४।११।०६
.........................
अध्यक्ष
कुमार लिङदेन 'मिराक्'

Feb 17, 2008

More than 36 activists of Limbuwan are arrested

limbuwan.blogspot.com/DB angbung limbu,Kathmandu
More than 36 activists of Limbuwan are arrested at different places of Limbuwan on Sunday.
Federal Democratic National Forum condemed for this arresting job of government rather than addressing it. Federal Democratic National Forum are continuing Indefinite Whole Strike for its decisive result more confidently. We would like to request all of Civil Siciety, Human Right Orgs and Medias to help and co-operate for the ovservation of human rights and releasing process without any terms and conditions immediately.

अनलाइन विश्व वेभक्याम कविता प्रतियोगितामा कवि नवराज सुब्बा प्रथम

लिम्वूवान डट व्लगस्पोट डटकम,वेलायत
अनलाइन नेपाली साहित्य मंचद्धारा आयोजित अनलाइन विश्व वेभक्याम कविता प्रतियोगिता २०६४ मा विराटनगरका कवि नवराज सुब्बाले प्रथम स्थान हासिल गरेका छन भने अमेरिकाका युवाकवि सहदेव पौडेल दोस्रो भएका छन त्यस्तैगरि जापानका रवीन्द्र प्रसाद ढकाल तेस्रा भएका छन् । निजहरुले क्रमशः नेरु १५ हजार, १० हजार र ५ हजार पुरस्कार अनलाइन लगायत प्राप्त गरेका छन । उनीहरुले अनलाइन पुरस्कार, नगद पुरस्कार लगायत प्रमाणपत्र प्राप्त गर्नेछन । कविताको कुनकुन विधालाई हेरिएको थियो भन्ने सवालमा मूल्याङ्कन टिमका सदस्यहरुले आ-आफ्नो विचार पनि अनलाइनमै राख्नुभएको छ भने मूल्याङकनकर्ताहरुलाई को को मूल्याङ्कन टिममा रहेका छन् भन्नेकुरा थाह दिइएको थिएन । सोचे भन्दा तेब्बर सहभागिता रहेको र मूल्याङ्कन कार्य पनि संन्तोषप्रद ढङ्गले सम्पन्न भएको उल्लेख गर्दै अनलाइन नेपाली साहित्य मंचको तर्फबाट आयोजक विश्वास दीप तिगेलाले पुरस्कृत स्रष्टा, सहभागि स्रष्टाहरु, प्रत्येक्ष अप्रत्येक्ष सहभागि तथा सहयोगि ब्यक्ति तथा संघसंस्थाहरुलाई बधाई तथा धन्यवाद ज्ञापन गर्नुभएको छ ।

उत्कृष्ट कविहरु निम्नअनुसार रहेका छन्:

प्रथमः नवराज सुब्बा, विराटनगर
दोस्रोः सहदेव पौडेल, अमेरिका
तेस्रोः रवीन्द्र प्रसाद ढकाल, जापान
चौथोः श्रीमति इन्दिरा चाम्लिङ, पोर्चुगल
पाचौः गोपीकृष्ण प्रसाइ, जर्मनी
छैठौः आनन्द रानोहोछा र्राई, वेलायत
सातौः चन्द्र मादेन "आन्छन् " , हङकङ
आठौः श्रीमति नम्रता गुरागाई, अमेरिका
नवौं : पिपलमनि सिग्देल, काठमाण्डौ नेपाल
दशौः धुब्रकुमार थापा, अफगानिस्तान
यसपटकको पुरस्कारहरु मध्ये अनलाइन पुरस्कार १० हजार बरावरको डोमेन नेम र होस्टिङ, ७ हजार बरावरको डामेन नेम र होस्टिङ, ३ हजार बराबरको डोमेन नेम र होस्टिङ www.realDomainHost.com तथा www.datingNepal.com ले प्रदान गरेको छ । सबै सहभागिहरुलाई प्रमाण पत्र प्रदान गरिने भएकोले सबैलाई आफ्नो हूलाकी ठेगाना पठाउन अनुरोध गरिएको छ ।
प्रथमः नवराज सुब्बा, विराटनगर -------- सातौः चन्द्र मादेन "आन्छन्" हङकङ

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको - प्रेस विज्ञप्ति

सार्थक, सफल र परिणाममुखी संविधानसभाको निर्वाचनका लागि चुनावअगावै राजतन्त्रको समूल अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन; संविधानसभाको लागि जातीय जनसङ्ख्याको आधारमा पूर्ण समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था; जाति, भाषा र क्षेत्रको ऐतिहासिका पृष्ठभूमिको आधारमा आत्मनिर्णयको अधिकारसहितको स्वायत्त गणराज्यहरूको सुनिश्चितताका साथै मोर्चाको आन्दोलनमा सरकारद्वारा हत्या गरिएका कार्यकर्ताहरूलाई शहीद घोषणा गरी उचित क्षतिपूर्ति दिनुपर्ने लगायतका मागहरू सरकारसमक्ष राखेर अहिले संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चामा आवद्ध विभिन्न राजनीतिक संगठनहरूको निश्चितकालीन आमहड्ताल जारिरहेको छ ।आन्दोलनरत मोर्चामा आवद्ध यस संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा यससंग सम्वद्ध संघीय लिम्बुवान राज्य परिषद र तामाङसालीङ स्वायत्त राज्य परिषदलगायतको आन्दोलन थप उत्कर्षा पुग्नलागेको छ । लिम्बुवानमा आन्दोलनरत मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्यपरिषदको अनिश्चितकालीन आमहडताल विभिन्न अवराधे हरूलार्इ परास्त गर्दै सफलतापवूर्क अघिबढिरहेको छ ।
वर्तमानको कथित सातदलीय लोकतान्त्रिक सरकारले 'जनआन्दालन २' को भावना र मर्मलाई बिर्सेर आफ्ना जायज मागहरू राखी आन्दोलनमा रहेका संगठनहरूको सवाललाई सम्बोधन गरेर जानुको सट्टा उल्टै निरङ्कुश शाही सरकारकै शैलीमा दमन र धरपकडको नीति लिइरहेको छ । यसैक्रममा, आजैमात्र लिम्बुवानका विभिन्न ठाउँबाट तीन दर्जनभन्दा बढी नेता तथा कार्यकर्ताहरूलाई गिरफ्तार गरिएको छ । आइतबार साँझ झापाको दमकमा खाना खाइरहेको अवस्थामा आई अमानवीय तवरले लिम्बुवानका नेता तथा कार्यकर्ताहरू थाङसाङ लाओती, सचिवालय सदस्य; चन्द्र नेम्बाङ झापा जिल्ला सचिव; सम्शेर तिगेला, झापा जिल्ला सदस्य; सुमन लाओती, भाइचुङ लिम्बूलगायत २७ जना; झापाकै धुलाबारीबाट मानबहादुर साँवा, झापा जिल्ला अध्यक्ष; इन्द्र योङहाङलगायत ५ जना; र विर्तामोडबाट ज्वाला इम्बुङलगायत लगायत ३ जना गरी जम्मा तीन दर्जनभन्दा बढी कार्यकर्ताहरू गिरफ्तार गरिएका छन् ।यो सर्वसत्तावादी सरकारको यस्तो दमलले लिम्बुवानलगायत आन्दोलनरत सबै संगठन र त्यसका नेता तथा कार्यकर्ताहरूलाई निष्तेज पार्नको सट्टा झनै आक्रोसित बनाएको छ । सरकारको यस्तो नीतिकोविरुद्ध झनै सशक्तताकासाथ आमहड्तालको कार्यक्रमलाई थप उचाइमा पुर्‍याउने प्रतिवद्धताका साथ सम्पूर्ण आन्दोलनरत संगठनहरूलाई साम्प्रदायिक सद्भाव नभडक्ने गरी धर्यै तापवूर्क शान्तिपर्ण आन्दोलनमा लागिरहन आगह्र गर्दछौ । जनताका आधारभतू आवश्यकताका साधनहरू विजुली र इन्धनसमेत नभएको बेलामा लाचार बनी त्यसको समाधान गर्नको सट्टा सरकार एकोहोरो आन्दोलनको दमनमा उत्रिरहेको यो संवेदनशील अवस्थामा सम्पूर्ण सर्वसाधारण जनतालाई धैर्यधारण गरी हाम्रो आन्दोलनमा थप बल पुर्‍याई ऐक्यवद्धता जनाई दिनहनु समते हार्दिक आगह्र गर्दछौ ।
जनताको पीडा र भावनालाई बुझेर जानुपर्ने सरकार यसरी उल्टै हिङसा र दमनमा उत्रिरहको बेला जनताकै सुरक्षार्थ खटिएका प्रहरी र सेनाबाट असुरक्षित हुने अवस्थामा गिरफ्तार गरिएका हाम्रा सम्पूर्ण कर्ताहरूको सुरक्षा, मानव अधिकारको निगरानी र विनासर्त तुरुन्त रिहाइका लागि पहल र सहयागे गरिदिन हनु यसै प्रेस -विज्ञप्तिमार्फत आम नागरिक समाज, मानव अधिकारवादी संघ संगठन र पत्रकार जगतमा हार्दिक अनुरोध गर्दछौ ।
धन्यवाद !
...........................
डीबी आङबुङ लिम्बू
सचिवः प्रचार-प्रसार
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च

लिम्बूवान कार्यकर्ताहरु बिच साझा झण्डामा सहमत

लिम्वूवान डट व्लगस्पोट डटकम, धरान
दुई समूहमा बिभाजित संघीय लिम्बूवान राज्यपरिषदको दुवै नेतृत्व विवादित झण्डालाई साझा रुपमा प्रयोग गर्न सहमत भएका छन्। झण्डाको विषयमा विहीबार संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च आबद्ध परिषद र सञ्जुहाङ पालुङवाको नेतृत्वमा रहेको परिषदबीच झडप भएपछि लिम्बूवान संस्थाहरुको पहलमा सो सहमति भएको हो। धरान-१५ स्थित चुम्लुङ हिममा शुक्रवार भएको सो वार्तामा झण्डा साझा रुपमा प्रयोग गर्ने साथै झण्डाको स्वामित्वलाई अदालती प्रक्रियाबाट टुंगो लगाउने समेत दुवै पक्ष सहमत भएका छन्। विभिन्न संस्था, वुद्धिजीवीसमेत सहभागी सो वार्तामा अव अप्रिय घटना हुन नदिने समेत दुवैपक्ष सहमत भएका छन्। वार्तामा मञ्च आवद्ध कुमार लिङदेनको नेतृत्वमा रहेको परिषदका तर्फबाट सचिवालय सदस्य सूर्य माखिम र लासिम पालुङवा सहभागी थिए भने अर्को पक्षका केन्द्रीय सदस्य विक्रम तुम्वाहाम्फे र मिक्लुक थुमक सह-सचिव तारा पन्धाक सहभागी थिए। गत पुष महिनामा सञ्जुहाङ पालुङवाको अध्यक्षतामा रहेको परिषदलाई मन्ञबाट छुट्टै अस्तित्वमा लान खोजेको आरोप लगाउदै अध्यक्ष पालुङवा महासचिव फागोहाङ वनेम, केन्द्रीय सदस्य जनक चेम्जोङ र रामभक्त कुरुम्वाङलाई निष्कासन गरेको विज्ञप्तिपछि परिषद्‍मा विवाद शुरु भएको थियो। परिषद गठन भएदेखि नै मञ्च आवद्ध रहेका र केही व्यक्तिहरुले अलग गर्न खोजेकोले निष्कासन गरेको मञ्च आवद्ध परिषदका अध्यक्ष कुमार लिङदेनको दावी छ। उता पालुङवाको नेतृत्वमा रहेको परिषदले भने गठनदेखि नै परिषद स्वतन्त्र सामाजिक संस्था रहेको जिकिर गर्दै आएको छ। परिषद आधिकारिकताको विवाद त्यतिमा सीमित रहेन। परिषदको विवादसंगसंगै सेतो पृष्ठभुमिमा १७ वटा कोठा भएको सूर्य अंकित झण्डाको स्वामित्व आधिकारिताको विवाद पनि उत्तिकै चर्कियो। राष्ट्रिय मञ्चले आफूलाई पार्टीको रुपमा दर्ता गरी चुनाव चिन्हसमेत प्राप्त गरिसकेको छ। पालुङवा नेतृत्व रहेको परिषदले यही कुरालाई आधार मानेर मञ्च आवद्ध परिषदलाई परिषद्को नाम र झण्डा लिएर कार्यक्रम नगर्न भन्दै आएको थियो। उहाँहरु मञ्चको नाममा पार्टीको रुपमा दर्ता भइसकेकोले परिषदको नाम र झण्डा प्रयोग नगर्न भनेको हौ। - पालुङवा नेतृत्व रहेको परिषदका केन्द्रीय सदस्य जनक चेम्जोङले भने। झण्डाको विषयमा दुवैपक्षको विवादले गम्भीर मोड लिइसकेको विहीवार धरानको घटनाले पुष्टि गरेको छ। मञ्च आवद्ध परिषदले आव्हान गरेको आमहड्तालको क्रममा धरानमा गरेको जुलुसको क्रममा परिषदले झण्डा प्रयोग गरेको भन्दै अर्को पक्षले आक्रमण समेत गर्‍यो सो क्रममा एक व्यक्ति घाइते भएका छन् भने २ जना आक्रमणमा संलग्न भएको आशंकामा पक्राउ परेका छन्।

Feb 15, 2008

उजन नेम्बाङको सोलो एल्बम ' फ्रेन्डसिप

लिम्वूवान डट व्लगस्पोट डटकम / काठमाडौं,
उजन नेम्बाङ सोलो एल्बम ' फ्रेन्डसिप ' मार्फत श्रोतामाझ आएका छन् । यसमा लोक, रक, पप शैली सुन्न सकिन्छ । एल्बममा 'सुबेदारकी छोरी कान्छी,' 'तिमीलाई खुसी,' 'कसरी भनू“ तिमीलाई,' 'पोखराको तालैमा,' आई लभ यु,' 'धेरै दिनको बिछोड' लगायत आठ गीत छन् । 'सुबेदारकी...' मा सुनीता सुब्बा तथा 'पोखराका...' र 'तिमीलाई...' मा रोशन लामाको संगीत र शब्द रहेको छ । अन्य उजनले नै लेखेका हुन् । अन्य गीतमा धुन भर्न उजनलाई परशुराम राई, बाबु बोगटीले सघाएका छन् ।

लिम्बूवानका कार्यकर्ताहरुबीच विहीबार धरानमा झडप

लिम्वूवान डट व्लगस्पोट डटकम,धरान
दुई समूहमा विभाजित संघीय लिम्बूवान राज्यपरिषदका कार्यकर्ताहरुबीच विहीबार धरानमा झडप भएको छ। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च आवद्ध कुमार लिङदेन समूह र आफूलाई आधिकारिक दाबी गर्ने सञ्जुहाङ पालुङवा समूहका कार्यकर्ताबीच झडप भएको हो। मञ्च आवद्ध लिङदेन समूहका कार्यकर्ताहरुले परिषदको नाम र झण्डामा जुलुस निकालेपछि दुई समूहबीच झडप भएको थियो। मञ्च आवद्ध परिषदका कार्यकर्ताहरुको जुलुस भानुचौकतर्फ जाँदैगर्दा धरान-५ महेन्द्र पथमा पालुङवाको नेतृत्वमा रहेको परिषदका कार्यकर्ताहरुले आक्रमण गरेका थिए। हतियारसहित मोटरसाइकलमा आक्रमणकारीहरु आएपछि ३०-४० जनाको जुलुस भागभाग भएको थियो। तत्कालै वडा कार्यालयका प्रहरीहरु घटनास्थलमा पुगेको कारण कुनै अप्रिय घटना हुन पाएन। आक्रमणकारीहरु प्रहरी देखेपछि दुईवटा मोटरसाइकल छाडेर भागेका थिए। पालुङवा पक्षका आक्रमणबाट जुलुसमा सहभागी मोरङ टाँडीका २२ बर्षीय राम मगर घाइते भएका छन्। घाइते मगरको टाउकोमा चोट लागेको छ। आक्रमणकारीले मोटरसाटकलबाटै आफूलाई खुकुरीले प्रहार गरेको उनले बताए। आक्रमणमा संलग्न भएको आंशकामा प्रहरीले पालुङवा पक्षका २ कार्यकर्ताहरुलाई घटना लागत्तै नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा धरान-११ का ३२ वर्षीय रमेश राई र धरान-१२ को २० बर्षीय उत्तम राई रहेका छन्। साथै आक्रमणकारीले घटनास्थलमा छाडेको को १ प ८६२८ र बा २२ प १६६६ नम्बरको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा राखेको छ। लिङदेनको नेतृत्वमा रहेको परिषदले आफूलाई राष्ट्रिय मञ्चको भातृसंगठन मान्दै आएको छ। तर पालुङवाको नेतृत्वमा रहेको परिषदको नेतृत्वमा रहेको परिषदले भने लिङदेन समूह संघीय लोकतान्त्रिक मञ्चको नाममा पार्टी दर्ता भइरहेको हुनाले त्यो अस्तित्वमा नरहेको दावी गर्दै आएको छ। लिङदेनले मञ्चको नाममा पार्टी दर्ता गरिसकेको छ त्यसैले मञ्चको नाम गरेको कार्यक्रममा हामीलाई आपत्ति छैन। पालुङवापक्षका शुभहाङ भन्छ 'तर संघीय लिम्बूवान राज्यपरिषदको नाम र झण्डा बोकेर उनीहरुले कुनै कार्यक्रम गर्न पाउदैनन्। लिङदेन समूहमा आवद्ध मञ्चले आव्हान गरेको आमहडतालको क्रममा बिहीबार धरानमा कुमार लिङदेनले सम्बोधन गर्ने कार्यक्रम रहेको थियो। तर, पालुङवा पक्षका कार्यकर्ताहरुले मञ्चले परिषदको नाम र झण्डा बोकेको भन्दै अवरोध पुर्‍याएपछि कार्यक्रम सफल हुन सकेन।

Feb 14, 2008

लाओती परिवार हङ्गकङ्गको बाषिर्क भेटघाट कार्यक्रम सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,खगेन लाओती/हङ्गकङ्ग
9 feb 2008 का दिन तिन शु वाई BBQरिशडमा लाओती परिवार हङ्गकङ्गको बाषिर्क भेटघाट तथा BBQ कार्यक्रमको आयोजना गरीयो । उक्त भेटघाट कार्यक्रममा
आफ्नो परिवारको न्यानो काख छाडी बध्यतावस बिदेशमा रहे पनि धेरै बर्षपछि दाजुभाई चेलीबेटी र ज्वाईचेलाहरु बिच भेटघाट गर्न पाउदा आज एकै परिवारमा रहेको अनुभुति भएको थियो । प्रदेशमा भएका दुःखहरु लाई भुली बाह्र बर्षअगाडी बितेका कुराहरु लाई स्मरण गर्दै आज फेरी एकै ठाउँ एउटै चुलामा दाजुभाई तथा चेलीबेटीहरु बिच भेटघाट हुन पाउदा ज्यादै खुशीको लहर छाएको थियो । उक्त कार्यक्रमको संञ्चालन खगेन लाओतीले गर्नु भएको थियो भने कृष्णराज लाओतीले स्वागत मन्तव्य दिनु भएको थियो । कोषध्यक्ष राजु लाओतीले बाषिर्क आय व्याय प्रस्तुत गर्नु भएको थियो । होम लाओतीले यस परिवारको बारेमा स्पष्ट पार्नु भएको थियो भने बिमल लाओतीले हामी बिदेशमा रहे पनि हामी जन्मेको ठाउँ, आफ्नो बंश, रीतिरिवाज र परम्परीणलाई कहिले पनि भुल्नु हुदैन आफ्नो परिचय आफै खोज्नु पर्छ भन्नु भएको थियो । कार्य समितीको कार्यकाल समाप्त भएकोले आज नयाँ कार्य समितीको चयन गरियो । अध्यक्ष हेम लाओती कोषध्यक्ष राजु लाओती सचिब खगेन लाओती सदस्यहरु कमान लाओती, बिरेन लाओती, मनोज लाओती, कमल लाओती सल्हाकार कृष्णराज लाओती, हेम लाओती, प्रेम लाओती, पदम लाओती । औपचारिक कार्यक्रम समापन पछि बिभिन्न कार्यक्रमका साथ नाँचगान गरी रमाईलोका साथ कार्यक्रमको अन्त गरियो ।

हड्ताल फिर्ता लिन माग

लिम्वूवान डट व्लगस्पोट डटकम, काठमाडौँ प्रतिनिधि
सङ्घीय गणतान्त्रिक राष्ट्रिय मोर्चा नेपाल सम्बद्ध सात समूह, सङ्घीय खुम्बुवान राज्य परिषद्लगायतले विभिन्न माग राखी आजदेखि अनिश्चितकालीन आम हड्तालको घोषणा गरेको समाचारप्रति नेपाल मानवअधिकार सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सो सङ्गठनले एक अपिल प्रकाशन गरी बन्दबाट पूर्वी तराईलगायत पूर्वी पहाडी भागमा नागरिक जनजीवनमा गम्भीर असर पर्नेतर्फ सम्बन्धित सबैको ध्यानाकर्षण गराउँदै आन्दोलनकारीहरूका मागलाई उचित सम्बोधन गर्न सरकारसमक्ष माग गरेको छ।
विज्ञप्तिमा यस्ता कार्यले सर्वसाधारण नागरिक र विद्यार्थीलाई नकारात्मक प्रभाव पार्ने हुँदा बन्दका कार्यक्रम फिर्ता गरी संवादको माध्यम खोज्न सङ्घीय गणतान्त्रिक राष्ट्रिय मोर्चा-नेपालसमक्ष अपिल गरिएको छ।

अनिश्चितकालीन बन्दका कारण जनजीवन प्रभावित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौँ प्रतिनिधि
संयुक्त राष्ट्रिय लोकतान्त्रिक मोर्चा र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले हिजोदेखि आह्वान गरेको अनिश्चितकालीन बन्दका कारण जनजीवन प्रभावित भएको छ।आत्मनिर्णयसहितको जातीय स्वायत्तशासन हुनुपर्ने, पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने, मधेस र लिम्बुवान आन्दोलनमा मारिएकालाई सहिद घोषणा गरिनुपर्ने लगायतका माग राख्दै उनीहरुले सो बन्दको आह्वान गरेको बताइएको छ। यसैबीच मोरङको महेन्द्र राजमार्ग खण्डमा हिजो प्रहरीले स्कर्टिङ गरी एक दर्जन सवारीका साधनलाई गन्तव्यस्थलसम्म पुर्याएका छन्।
बन्दका कारण परासीबाट चल्ने छोटा र लामा दूरीका सवारीसाधन चल्न सकेनन् भने महेशपुर, सेमरी, वासा, गोपिगन्जका क्षेत्रमा पनि यातायात, उद्योग, कलकारखाना, पसल, शैक्षिक संस्था पूर्ण रुपमा ठप्प भए।
उता बन्दका आह्वानकर्ताले महेन्द्र राजमार्गअर्न्तर्गत नवलपरासीको वासामा बिहानैदेखि प्रदर्शन गरी बाटो अवरुद्ध गरेका कारण सो क्षेत्रमा समेत यातायात पूर्णरुपमा ठप्प भयो।
बन्दको समयमा अस्पताल, कूटनीतिक, रेडक्रस, उखु किसान, प्रेस, दमकल, एम्बुलेन्स, अनमिन, विवाह, शववहन, मानवअधिकारवादीका सवारीसाधन सञ्चालनमा ल्याउन दिने मोर्चाले जनाएको छ। बन्द आह्वानले महोत्तरी जिल्लाको दक्षिणवर्ती भेगको जनजीवन प्रभावित बनेको छ। बन्द आह्वानको पहिलो दिन जिल्ला सदरमुकाम जलेश्वरलगायत भारतीय सीमावर्ती बजार बन्द रही यातायात सेवा पनि नचलेकाले जनजीवन प्रभावित बनेको हो।
सो बन्द आह्वानले जिल्लाका मटिहानी, पिपरा, सम्सी, मनरा, भिठ्ठामोडलगायतका बजार क्षेत्र बन्द रहे।यता जिल्लाको उत्तरवर्ती क्षेत्रमा भने बन्दको असर देखिएको छैन। उत्तरवर्ती बर्दिवास क्षेत्रका व्यापारिक, शैक्षिक प्रतिष्ठान र पूर्व पश्चिम राजमार्ग एवम् बर्दिवास-सिन्धुली सडकका यातायात सेवा पूर्ववत् सञ्चालनमा रहेका छन्। उता जनकपुर, जलेश्वर-भिठ्ठामोड, जलेश्वर-मटिहानी, जलेश्वर-बर्दिवास सडकखण्डमा यातायातका साधन चलेनन्।त्यसैगरी जलेश्वर, बर्दिवास, गौशाला, मटिहानी, सम्सीजस्ता प्रमुख बजार बन्दका कारण पूर्णतया प्रभावित भए।
अनिश्चितकालीन बन्दका कारण शैक्षिक संस्थासमेत प्रभावित हुन पुगे। सदरमुकाम जलेश्वरलगायत जिल्लाका सम्पूर्ण प्रमुख बजार तथा गाउँका पसल, शैक्षिक संस्था र यातायातका साधन पूर्णतया बन्द रहे।

शान्तिसुरक्षाको स्थितिमा पूर्ण सुधार हुन नसकेको आम जनताको गुनासो

लिम्वूवान डट व्लगस्पोट डटकम , काठमाडौँ प्रतिनिधि
सशस्त्र द्वन्द्वको अन्त्य भई मुलुक संविधानसभाको निर्वाचनमा होमिसके पनि शान्तिसुरक्षाको स्थितिमा पूर्ण सुधार हुन नसकेको गुनासो आम जनताले गरेका छन्। सेल्फर वर्ल्डले सार्वजनिक गरेको “नेपालमा सार्वजनिक सुरक्षा र प्रहरी सेवाः सामुदायिक सुरक्षा र प्रहरी सेवाप्रति सार्वजनिक अवधारण विश्लेषण” विषयक प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको छ।
नेपाली जनताको सुरक्षा तथा प्रहरी सेवाप्रतिको दृष्टिकोण, अपेक्षा र सरोकार विषयमा मुलुकका पाँच विकास क्षेत्रमा गत वैशाख १३ देखि १८ गतेसम्म गरिएको छलफल तथा वैशाख २५ देखि जेठ १९ गतेसम्म गरिएको अन्तरवार्ताका आधारमा सो प्रतिवेदन तयार पारिएको हो। नेकपा (माओवादी) र सरकारबीच भएको शान्तिसम्झौतापछि लामो सशस्त्र द्वन्द्वले निकास पाउने अपेक्षा बढेको र भविष्यमा सो स्थितिको पुनरागमन नहुने आशा पलाएको धारणा छलफलका सहभागीहरूले व्यक्त गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
प्रतिवेदनमा ५७ प्रतिशत सहभागीले मुलुकको गतिविधि सकारात्मक दिशातर्फ अघि बढेको विश्लेषण गरे भने १३ प्रतिशतले अवस्था बिग्रँदो रहेको धारणा राखेको उल्लेख छ। प्रतिवेदनले करिब ७० प्रतिशत सहभागीले एक वर्ष पहिलेको अवस्था हेर्दा वर्तमानको स्थितिमा उनीहरूका क्षेत्र निकै सुरक्षित रहेको जनाएको भएपनि मुलुकका विभिन्न भागको यात्रामा हाल पनि सामान्य कठिनाइ कायमै रहेको जनाएको औंल्याएको छ।
प्रतिवेदनका अनुसार शान्तिसम्झौतापछि मुलुकको शान्तिसुरक्षामा सुधार आएको भएपनि २८ प्रतिशत सहभागीले सरकारले विधिको शासन कायम गर्न नसकेको धारणा राखेका थिए भने ४२ प्रतिशतले भने अपराधबाट पीडित भएको बताएका थिए।
प्रतिवेदनमा तर्राईमा असुरक्षाको ठूलो समस्या रहेको उल्लेख छ। र्सवेक्षणमा सहभागीमध्ये मध्यमाञ्चल विकास क्षेत्रका ३८ प्रतिशत र पूर्वी क्षेत्रका ३२ प्रतिशत सहभागी आपराधिक गतिविधिको सिकार हुने डरले अति चिन्तित रहेको बताएको जनाइएको छ। छलफलमा सहभागी तीन हजार १० जना तथा अन्तरवार्तामा सहभागी १५० जनाको धारणाका आधारमा सो प्रतिवेदन तयार पारिएको बताइएको छ।

Feb 12, 2008

चौविसे समाज हङकङको आफ्नो भेटघाट कार्यक्रम सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ
२००८ फेव्रुवरी ९ तारीखका दिन चौविसे समाज हङकङले आफ्नो भेटघाट कार्यक्रम औपचारीक कार्यक्रम सहित सम्पन्न गर्यो । उक्त औपचारीक कार्यक्रममा नेपाली महासंघ लगायत विभिन्न क्षेत्रिय संघसंस्थाका पदाधिकारीहरु अतिथीको रुपमा आसीन हुनुहुन्थ्यो । औपचारीक कार्यक्रम पाश्चात मनोरञ्जनको लागि तम्वोला र संगीतीक कार्यक्रम समेत सञ्चालन गरीएको थियो। औपचारीक कार्यक्रमलाई सम्वोधन गर्दै चौविसे समाज हङकङका अध्यक्ष नीर प्रसाद लिम्वूले आगमी वर्ष भित्र चौविसेका सम्पूर्ण गा.वि.स.का विभिन्न विषय वस्तुहरु समेटेर डकुमेन्ट्रि निर्माण गर्ने घोषणा समेत गर्नु भयो । चौविसे समाज हङकङ सन् १९९७ मा स्थापना भए पाश्चात हरेक वर्ष भेटघाट कार्यक्रम आयोजना गर्दै आएको छ ।

संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चाको आव्हानमा अनिश्चितकालीन आमहड्ताल सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम, डीबी आङ्बुङ लिम्बू
गत माघ १८ गते वीरगञ्जमा पत्रकार सम्मेलन गरेर ईमेलमार्फत पनि हाम्रो माग र आन्दोलनका कार्यक्रमहरू वर्तमान सातद्लीय सरकारसमक्ष राखेर यदी सो सुनुवाई वा सम्बोधन नभएमा फागुन १ गतेदेखी देसब्यापी अनिश्चितकालीन आमहड्ताल गर्ने जानकारी सम्वद्ध सबैलाई गराएका थियौं । आखिर, सो मागको सुनुवाई र सम्बोधन नगरी जनतालाई थप पीडा र सास्ती दिने खालकै आन्दोलनले मात्र सरकारको ध्यान आकृष्ट हुने भएकोले पुन: पनि तेस्रो निर्नायक चरणको आमहड्ताल सुरु गरिएको जानकारी सम्पूर्ण जनसमुदायमा गर्न गराउन चाहन्छौं। पूर्व घोषित फागुन १ गतेदेखिको अनिश्चितकालीन आमहड्ताललाई सफल पार्न सङ्केतिक रुपमा माघ २९ गते लिम्बुवानको विर्तामोड र उर्लाबारी लगायतका प्रमुख ठाउँहरूमा व्यापक जनसहभागीताकासाथ राँके जुलुस गरिएको छ। त्यसैगरी, थरुहटलगायत तराईका विभिन्न स्थानहरुमा पनि सफलता पूर्वक मसाल जुलुस सम्पन्न गरीयो ।संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषद र तामाङसालीङ स्वायत्त राज्य परिषदले छुट्टा-छुट्टै अपील जारी गरी यो आमहड्ताललाई निर्णायक चरणमा पुर्याई सहयोग गर्नका लागि सम्पूर्ण जनसमुदायमा हार्दिक अपील गरेका छन । साथै, कतै कोहीबाट बन्दको अबग्या गर्न खोजिएमा त्यसबाट हुने क्षतिको जिम्मेवारी पनि बन्द अबग्याकर्ता स्वयम नै हुनुपर्ने चेतावनीसमेत लिम्बुवानले दिएको छ।
आन्दोलनका मागहरू:
१ संविधान सभाको निर्वाचन अगावै राजतन्त्रको समूल अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्नुपर्ने,
२ संविधान सभाको चुनावमा पूर्ण समानुपातिक निर्वाचन प्रणालीको व्यस्था हुनुपर्ने,
३ जाती, भाषा र क्षेत्रको ऐतिहासिक पृष्टभूमिको आधारमा स्वायत्त गणराज्यहरुको सुनिश्चितता हुनुपर्ने आदी ।
आयोजक:
संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चा,
नेपाल मोर्चामा आवद्द राजनीतिक संगठनहरू:
1. संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
क. संघीय लिम्बुवान राज्य परिषद
ख. तामाङसालीङ स्वायत्त राज्य परिषद
2. संयुक्त थरू राष्ट्रिय मोर्चा, नेपाल
3. मधेशी जन अधिकार फोरम, मधेश
4. दलित जनजाती पार्टी
5. लोकतान्त्रिक मधेशी मोर्चा
6. मधेशी लोकतान्त्रिक मोर्चा
7.संघीय गणतान्त्रिक मोर्चा, झापा

विश्व वेभक्याम कविता प्रतियोगिताको पहिलो चरण भब्यताका साथ सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,सुहिम याक्थुङ, केन्ट, वेलायत १२ फेव्रुवरी ००८
अनलाइन नेपाली साहित्य मंचद्धारा आयोजित नेपाली साहित्यकै इतिहासमा पहिलो पटक विश्व वेभक्याम कविता प्रतियोगिता २०६४ को पहिलो चरण अत्यन्तै भब्यताका साथ सम्पन्न भएको छ । विश्वका २७ मुलुकबाट १०३ जना कवि तथा साहित्यकारहरुले अनलाइनको वेभक्याम मार्फत सहभागिता जनाउनुले स्वंय आयोजकहरु अचम्मित भएका छन् । उनीहरुले आस गरेभन्दा तेब्बर सहभागिता रहेको कुरा उल्लेख गरेका छन् । अत्यधिक सहभागिताको कारण उत्कृष्ट कविताहरुको घोषणा आगामी शनिवार मात्र गरिने जानकारी गराएका छन् । प्रतियोगिता संचालन र नियन्त्रणको लागि विशिष्ट सप्टवेयर प्रयोग गरिएकोले यो कार्यक्रम सम्भव भएको थियो । प्रतियोगिताको लागि प्रस्तुत गरिएका सबै कविताहरु विभिन्न देशमा रहेका मूल्याङ्कनकर्तालाई पठाउनेक्रम जारी रहेको र ती सबै कविताहरु चाडै अनलाइनमै पनि सबैले हेर्न सक्ने कुरा जनाइएको छ । कार्यक्रम श्रीपंचमी अर्थात सरस्वती पूजाको दिन संचालन गरिएको थियो । उत्कृष्ट कविताहरुको नतिजा मंचका आधिकारिक वेभपेज www.sahityaGhar.com मा प्रकाशन गरिने भएको छ । विजयी कविहरुले १५ हजार रुपैया नगद लगायत पुरस्कार प्राप्त गर्नेछन ।

FRNF warns to launch new string of agitation

Limbuwan.blogspot.com/KATHMANDU, Feb 12
Federal Republican National Front (FRNF), an agitating group active in the eastern-hilly and Terai region, warned to launch a new string of agitation programmes if its demands are not met by Tuesday.
On February 1, FRNF had announced a nation-wide indefinite general strike from today if its demands remain unaddressed.
FRNF has been pressing for its demands that include implementation of motions seeking an arrangement for declaring the country a republic and adoption of an all-out proportional system for the Constituent Assembly (CA) polls passed by the special session of house and federal autonomous state with right to self-determination, among others.
An FRNF leader said that the group is ready to hold dialogue with the government if the environment, which guarantees its demands would be fulfilled, is created.
The agitating front comprises of Madhesi Peoples Rights Forum—Bhagyanath Gupta faction, Khumbuwan, Limbuwan,Tamsaling, among other groups.

Feb 9, 2008

किरात याक्थुङ चुम्लुङ शाखा मलेसियाको प्रथम अधिवेशन सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,रुसाहाङ चेम्जोङ, मलेसिया
क्वालालम्पुर चौतारी होटलको पाँचौ तलामा हालै याक्थुङ चुम्लुङ शाखा मलेसियाको प्रथम अधिवेशन सम्पन्न भएको छ। किरात याक्थुङ चुम्लुङको पूर्व कमिटिका पदाधिकारीहरु निष्कृय भएर त्यतिकै अस्ताएको कारण दुई महिना अगाडि परिचालन, उप कमिटि गठन गरी संगठनलाई अगाडि बढाइएको थियो। त्यस्तै गरी चाइनिज नयाँ वर्षको छुट्टीको मौकालाई मध्यनजर गर्दै मलेसियाको विभिन्न ठाउँमा छरिएर रहेका सम्पूर्ण लिम्बू दाजुभाई तथा दिदी बहिनीहरुलाई अधिवेशनमा समावेश गरिएको थियो। टाढा-टाढाबाट उपस्थित प्रतिनिधिहरुको मध्यनजर गर्दै पहिलो दिन अर्थात ०७ तारिख पूर्व महासचिव संग्रामसिंह लिम्बूको नेतृत्वमा २१ कार्यसमितिको चयन तथा गठन प्रजातान्त्रिक ढंगबाट गरिएको थियो। उक्त पदाधिकारीहरु यस प्रकारका रहेका छन् । १) अध्यक्ष- जीतमान इम्बुङ “लिम्बू” २) उपाध्यक्ष - मोहोन थेवे “लिम्बू” ३) उपाध्यक्ष द्वितीय कृष्ण आङदेम्बे ४) सचिव- देवेन्द्र खापुङ “लिम्बू” ५) सह-सचिव तथा प्रचार प्रसार रुसाहाङ चेम्जोङ “लिम्बू” -५) कोषाध्यक्ष- इन्द्र लुम्फुङवा “लिम्बू” -७) सह-कोषाध्यक्ष सबिना “लिम्बू” -८) प्रवक्ता सन्त कुमार फेउदेन “लिम्बू” -९) सदस्य धन कुमार माबो लिम्बू र अन्य सदस्यहरु रहेका छन्।०७ बन्द शत्र समापन पश्चात ०८ तारिख खुल्ला आमसभाका लागि संचालक देवेन्द्र खापुङ “लिम्बू” सभापति कियाचुका नवनियुक्त अध्यक्ष जीतमान इम्बुङ “लिम्बू”, प्रमुख अतिथि परशुराम चोङबाङ “लिम्बू”, त्यसतैगरि अतिथिहरु प्रवासी नेपाली तामाङ एकता समाजका संयोजक विनु लामा “दुःखीया”, अनेसास मलेसियाका अध्यक्ष जीवन देवन गाउँले, किरात राई यायोख्खा मलेसियाका विश्व राई, दलित संघ मलेसियाका ललित विश्वकर्मा, डा. उमेश रिजाल, विभिन्न क्षेत्रका संचारकर्मिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको समुदघाटन लिम्बू बिभूतिहरु तेयुङहाङ सिरिजंङगा, फाल्गुनन्द लिङदेन, इमानसिंह चेम्जोङको तस्विरमा माल्यार्पण र एक मिनेटको मौनधारण पश्चात व्यानर खोलेर सुरुवात गरिएको थियो। त्यस्तैगरि कार्यक्रमलाई सुचारुरुपमा अगाडि बढाउनलाई सबिना लिम्बूबाट अतिथिहरुलाई व्याज वितरण गरिएको थियो भने प्रमुख अतिथिको नेतृत्वमा कियाचुका नवनियुक्त पदाधिकारीहरुलाई लिम्बू भाषामा सपथग्रहण गराइएको थियो। सन्तकुमार फेउदेन “लिम्बू” बाट कार्यक्रमको स्वागत मन्तव्य राखिएको थियो भने, विश्व राई, डा. उमेश रिजाल, ललित विश्वकर्मा, जीवन देउवन गाउँले, विनु लामाबाट शुभकामना मन्तव्य राखिएको थियो।
खुल्ला आमसभाकै अवसरमा मलेसियामा कार्यरत युवाहरुको “ट्याक्सी चडेर” नामक गीति क्यासेट पनि विमोचन गरिएको थियो। उक्त क्यासेटको समिक्षा रुसाहाङ चेमजोङबाट भएको थियो। त्यस्तै गरी कार्यक्रमको धन्यवाद मोहोन थेवे “लिम्बू” ले राख्नु भएको थियो भने कार्यक्रको अन्त्यमा कार्यक्रमको विसर्जन सभापति जीतमान इमबुङ “लिम्बू” बाट गरिएको थियो।

Feb 8, 2008

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको - प्रेस विज्ञप्ति

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संविधानसभाको पक्षमा रहेको राजनीतिक संगठन हो । मञ्च यथासीघ्र शान्तिपूर्ण वातावरणमा हुने सार्थक, सफल र सबै जाति, समुदाय, पक्ष तथा क्षेत्रको प्रतिनिधित्वको सुनिश्चित हुने परिणाममुखी संविधानसभाको निर्वाचन चाहन्छ । यस्तो निर्वाचनका लागि मञ्चले तीन सूत्रीय मागहरू वर्तमान सातदलीय सरकारसमक्ष राखेर सम्पूर्ण आदिवासी जनजाति, मधेशी, दलित, अल्पसङ्ख्यक्, अपाङ्ग र महिला आदिको तर्फबाट सशक्त र शान्तिपूर्ण आन्दोलन गरिरहेको छ ।
तर, सातदलीय र्सवर्स त्तावादी सरकार अझै पनि उक्त जायज मागहरूको सम्बोधन त के सनु वाइसम्म पनि गर्ने पक्षमा देखिएको छनै । बरु, आफ्नो एकात्मक र सर्वसत्तावादी सामन्ती चिन्तनलाई बढावा दिदै शोषित-पीडित र सदीयौ देखि बहिष्कृत जन समुदायको न्यायोचित मागलाई बेवास्ता गर्दै जसरी पनि आफलै मात्र सत्ताको बागडोर कब्जा गरी पनु जनतालाई शासन गर्ने नियतले अन्धाधुन्ध अघि बढिरहको छ । साथै अर्कोतिर जनताले पहिल्यै गलहत्याई सकको राजतन्त्रलाई पनु काखी च्यापरे ब्यूताउदै लागेको छ भने यति नै खेर विदेशी हस्तक्षपे र दादागिरी पनि मौलाइरहको छ । यस्तो संवेदनशील परिस्थिति र तरल अवस्थाबाट देश र जनतालाई सही निकास दिदै समयमै सार्थक र परिणाममुखी संविधानसभाको निर्वाचन गरी अघिबढ्नको लागि मञ्चले संविधानसभाको चुनावअगावै राजतन्त्रको समूल अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन, संविधानसभाको लागि जातीय जनसङ्ख्याको आधारमा पूर्ण समानुपातिका निर्वाचनप्रणालीको व्यवस्था र जाति, भाषा तथा क्षेत्रको ऐतिहासिका पृष्ठभूमिको आधारमा आत्मनिर्णयको अधिकारसहितको स्वायत्त गणराज्यहरूको सुनिश्चितता हनु पर्नेलगायतका मागहरू राखरे अझै पनि निरन्तर आन्दोलनमै रहको छ । मञ्च र सम्वद्ध स्वायत्त इकाई सघीय लिम्बुवान राज्य परिषदसमते आवद्ध रहको संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चाले तिनै उपरोक्त मागहरू अघि सारेर सही राजनीतिक निकासको विकल्पसहित निर्णायक आन्दोलनको लागि यही आउँदो फागुन १ गतेदेखि देश व्यापीरुपमा आमहड्तालको घोषणा गरिसकेको छ । केवल आवाज र अनुरोधले मात्र एकात्मक सर्वसत्तावादी शासकहरूको मन मष्तिकलाई नछुने भएकोले आखिर तिनै पीडित जनतालाई थप पीडा दिने खालको बन्द र हडतालको आयोजना गर्न यही सातदलीय सर्वसत्तावादी सरकारले बाध्य बनाएको कु रा सबैमा जानकारी गराउदँ छौ ।
यसै परि प्रे क्ष्यमा संगठनको मागहरू गाउगाउमा पु-याउनका लागि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चः संघीय लिम्बुवान राज्य परिषदको आयोजनामा लिम्बुवानको पहाड ताप्लिङजोङदेखि तर्राईको मोरङसम्म विभिन्न आमसभाको आयोजता भइरहेको छ । आज माघ २५ गते ताप्लिङजोङको फुङलिङमा पहिलो आमसभा भव्यताकासाथ सम्पन्न भएको छ । त्यसैगरी, माघ २६ गते पान्थरको फेदेन, २७ गते इलामको इलामबजार, २८ गते झापाको विर्तामोड र २९ गते मोरङको पत्थरीमा उक्त आमसभा सम्पन्न हुने कार्यक्रम रहेको छ । यस कार्यक्रमको उद्देश्य वर्तमान सातदलीय सरकारको बदनियतपूर्ण कार्यबारे जनतालाई सूसुचित गर्नु सार्थक र परिणाममुखी संविधानसभाको निर्वाचन बारे सचते गराउनु र आउदो फागनु १ गतदेखि गरिने आमहड्तालको लागि जनतालाई प्रशिक्षित गरी तयारी गराउनु आदि रहेको छ ।
यस कार्यक्रममा मञ्चका अध्यक्ष कमल छाराहाङ, मञ्चका महासचिव तथा संघीय लिम्बुवान राज्य परिषदका अध्यक्षकुमार लिङदेन, मञ्चकै संगठन सचिव सुर्य माखिम, तामाङसालीङ स्वायत्त राज्य परिषदका महासचिव रविन्द्र थिङ तामाङ र संयुक्त थारु राष्ट्रिय मोर्चाका तर्फबाट चन्द्र नारायण थारुलगायत महिला वक्ताहरू पनि रहेका छन् ।
...........................
डीबी आङबुङ
सचिवः प्रचार-प्रसार
मितिः २०६४।१०।२५

धनकुटामा युवा मोर्चाको तदर्थ समिति गठन

लिम्वूवान डट व्लगस्पोट डटकम,धनकुटा
राष्ट्रिय युवा मोर्चा तदर्थ समिति सन्तोष लिम्बूको अध्यक्षतामा ९ सदस्य जिल्ला कार्यसमिति माग २४ गते गठन भएको छ। तदर्थ समितिको उपाध्यक्ष हिम कुमार राई, सचिव किसोर लिम्बू, सहसचिव भत्त लिम्बू र कोषाध्यक्ष कुमार लिम्बू चैन भएको छ। यसै गरि सदस्यहरुमा सुक बहादुर इवा, नविन लिम्बू, सुनिल आङला र हेमा आङला रहेका छन्।

राष्ट्रिय युवा मोर्चाव्दारा माघ २३ गते धरानमा जनजागरण सभा

लिम्वूवान डट व्लगस्पोट डटकम,धरान
राष्ट्रिय युवा मोर्चाको केन्द्रीय अध्यक्ष अशोक पुनले एकात्मक साशनको अन्त नगरी नेपाली जन्ताको समस्या हल नहुने कुरा बताउनु भएको छ। राष्ट्रिय युवा मोर्चाले माघ २३ गते धरानको लोकतान्त्रिक चौतारीमा आयोजना गरिएको जनजागरण सभालाई सम्बोधन गर्ने क्रममा सो कुरा बताउनुभएको हो। उहाँले भन्नुभयो बर्तमान सरकार र आन्तरिम संसदको बिघटन गरि सर्बदलिय सरकारको गठन नगरे संविघान सभाको चुनाव हुन नसक्ने ठोकुवा गर्नु भयो। जनजागरण सभालाई सम्बोधन गर्ने क्रममा राष्ट्रिय युवा मोर्चाका केन्द्रीय उपाधयक्ष राजेन्द्र राईले ५४ ठाउंमा भारतले सिमा मिच्दापनि सात दलका युवा संगठनहरु टुलु टुलु रमिते भएर हेरिरहेको आरोप लागाउनु भयो। अर्का बक्ता राष्ट्रिय युवा मोर्चाका केन्द्रिय महासचिव टोप अस्लामीले राजनीतिक भ्रष्ट्रचारको अन्त नभइ देशमा शान्ती सुरक्षा नहुने ठोकुवा गर्नु भयो। सभालाई बिष्णु थामदेम र चम्पा चोङबाङले पनि सम्बोधन गरेका थिए।

Feb 7, 2008

नेपाल आदिबासी जनजाती महासंघले राजनीतिक सम्मेलन गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
महासंघले संविधानसभामा समानुपातिक प्रतिनिधित्व र आदिवासी जनजाति महासंघ र नेपाल सरकारवीच भएको सहमति कार्यन्यवन गराउनको लागि दबाव मुलुक कार्यक्रम गर्ने भएको छ । काठमाडौंमा माघ २१ गते सम्पन्न महासंघको विस्तारित बैठकले सो निर्णय गरेको हो ।
महासंघका अध्यक्ष पासाङ्ग शेर्पाले दिएको जानकारी अनुसार माघ २३ गते सबै राजनीतिक दलको कार्यलयमा धर्ना दिने, २८ र २९ गते जनसभा तथा जनजाति भेला गर्ने भएको छ । भेला सुनसरीको धरान, सिराहाको लहान, चितवनको नारायणगढ, रुपन्देहिको बुटवल, कास्कीको पोखरा, दाङको लमही, बाँकेको नेपालगंज र कैलालीको धनगढी बजारमा गरिने छ ।
फागुन ४ गते काठमाडौंमा राष्ट्रिय राजनीतिक सम्मेलन र ६ गते आन्दोलनरत विभिन्न पक्षहरुसँग संयुक्त छलफल गर्ने भएको छ । यसै गरी महासंघले फागनु ८ र १३ गते काठमाडौं कान्तीपथ स्थित निर्वाचन आयोगको कार्यलय घेर्ने र प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरिएको छ । महासंघले संविधानसभा विथोल्ने खाले कुनै पनि कार्यक्रम नगर्ने अध्यक्ष शेर्पाले जानकारी दिए ।

लिम्बुवान आन्दोलनकारीहरु अझै थुना मै संघात्मक्ताको माग झनै चर्किदै छ

लिम्वूवान डट व्लगस्पोट डटकम, माङ्गेन्ना याक्थुङ्मा / काठमाडौं, February 6, 2008
अघिल्लो मन्त्रिमण्डलका शान्ति तथा पुनस्थापना मन्त्रि रामचन्द्र पौडेलको लापरवाहिले दोश्रो चरणको वार्ताको मिति तोकिएपनि वार्ता नभएको कारण चुलिंदै गएको गणराज्यको नामाकरणको आन्दोलन सिङ्गो नेपालको राजनितिको आधार क्षेत्र लिम्बुवान तथा खम्बुवान क्षेत्रमा चरम आन्दोलनको अवस्थामा पुगेको छ । लिम्बुवानको नामाकरणको शान्तिपुर्ण आन्दोलनमा लिम्बुवान भोलुन्टियर राजकुमार आङदेम्बे लिम्बू २०६४ असोज २० गते आइतबारका दिन शहिद भइ सकेकाछन् भने धेरै सँख्यामा लिम्बुवान भोलुटियर्सहरु घाइते भएका छन् ।लिम्बुवान आन्दोलप्रति सरकारको लाचारपनाले आज सम्पुर्ण आदिवासी नेपाली जनजातिहरुले संघीय लोकतान्त्रिक गणतान्त्रिक मोर्चा गठन गरेर निर्वाचन आयोगमा दर्ता गरी दापसहितको खुकुरी चुनाव चिन्ह समेत प्राप्त गरि सकेकाछन् भने मुलुकभरि चरणबद्द शान्तिपुर्ण आन्दोलन गर्दै अगाडि बढिरहेका छन् । लिम्बुवानवासिहरुको राजनैतिक प्रतिरोधका कारण लिम्बुवानमा कुनैपनि सातदलको राजनैतिक कार्यक्रमहरु भएका छैनन् । आन्दोलनकारीहरु त्यस क्षेत्रको नारा "नो लिम्बुवान नो इन्ट्रि” को सफलता ठान्दछन् । भरखरै सरकार आफ्नो पराजित मनस्थिति देखाउँदै त्यहाँको आन्दोलनलाइ सशस्त्र बलले दबाई रहेको छ । सरकार शान्तिपुर्ण आन्दोलनलाइ वार्ताको माध्यमबाट समाधान गर्नुको बदला आन्दोलनकारीमाथि हतियार प्रयोग गर्ने तथा उनीहरुलाई धरपकड गर्दै थुनामा राख्ने जस्ता अप्रजातान्त्रिक क्रियाकलापमा अग्रसर छ । नेतृत्व तहका राजनितिज्ञहरु र पार्टि नेताहरु मधेशको आन्दोलनलाई गहन र आदिवासी जनजातिहरुको संयम र शान्तिपुर्ण आन्दोलनलाई गौण ठानेर दबाउन खोजिरहेकाछन् ।

Feb 6, 2008

सहमति पश्चात् संघीय लिम्बूवान राज्य परिषदको पूर्वाञ्चल बन्द फिर्ता

लिम्वूवान डट व्लगस्पोट डटकम / झापा सम्बाददाता
संघीय लिम्बूवान राज्य परिषदका पक्राउ परेका कार्यकर्तालाई रिहा गर्ने सहमति भएपछि संघीय लिम्बूवान राज्य परिषदले चार दिनदेखि जारी रहेको यातायात बन्द फिर्ता लिएको छ ।सरकार र बन्द आयोजकहरुका बीच मानवअधिकारकर्मीहरुको रोहवरमा मंगलबार भएको वार्तामा सो सहमति भएको थियो । झापाका प्रमुख जिल्ला अधिकारी शंकरप्रसाद कोइरालाको कार्यकक्षमा मंगलबार राति १० बजेसम्म बन्द खोल्ने विषयमा वार्ता भएको जनाइएको छ ।पक्राउ परेको १५ जना लिम्बूवान कार्यकर्तालाई कानूनी प्रक्रिया पूरा गरी रिहा गर्ने सहमति भएपछि परिषदको वार्ता टोली बन्द फिर्ता लिन सहमत भएको वार्तामा सहभागी एड्बोकेसी फोरमका भीम बरालले बताउनु भयो । प्रमुख जिल्ला अधिकारी कोइराला, झापाका एसपी राजेन्द्र श्रेष्ठ, मेची अञ्चलका एसएसपी विमला थापा, परिषदका कानून विभाग प्रमुख यानबहादुर गुरुंग, केन्द्रीय सदस्य देवकुमार सुब्बा लगायतको उपस्थितिमा वार्ता सम्पन्न भएको थियो । उक्त वार्तामा मानवअधिकारकर्मीहरुका तर्फबाट केबी सुवेदी, नारायण पराजुली लगायतको पनि उपस्थिति रहेको थियो ।गत शुक्रबार इलाम झापा सीमाको किटेनीमा माओवादील् राखेको ढाट हटाउने क्रममा प्रहरी र लिम्बूवान कार्यकर्ताबीच झडप भएको थियो । उक्त झडपमा प्रहरीले लिम्बूवानका केही कार्यकर्तालाई नियन्त्रणमा लिएको थियो । सोही पक्राउको विरुद्धमा उक्त अनिश्चितकालीन बन्दको अहृवान गरिएको हो ।

संघीय लिम्बूवान राज्यको सुनिस्चितता हुनुपर्ने माग

लिम्वूवान डट व्लगस्पोट डटकम / धरान सम्बाददाता
लिम्बुवान संघर्ष समन्वय समिति संजालको दुइदिन सम्म धरान स्थित किरात याक्थुङ चुम्लुङहिममा बसेको दोश्रो पूर्ण बैठकले ऐतिहासिक पृष्ठभूमिको आधारमा संविधान सभा निर्वाचन अगावै आत्मनिर्णय अधिकार सहितको संघीय लिम्बूवान राज्यको सुनिस्चितता हुनुपर्ने माग दोहोर्‍याएको छ ।
बैठक पछि आज विहान धरानमा पत्रकार सम्मेलनको आयोजना गरी समिति संजालले जाति, भाषा, क्षेत्र र जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा लिम्बुवान स्वायत्तता जायज माग भएको ठहर गरेको छ । समितिले सरकार र दलले लिम्बूवान स्वायत्तता माग गर्ने राजनितिक मोर्चा र संघसंस्थाहरुलाई विस्वासमा लिन सकेमा संविधान सभाको निर्वाचन औचित्यपूर्ण हुने ठहर गरेको छ । समितिले संविधानसभा आफैमा अग्रगामी र लोकतान्त्रीक प्रकृया भएकोले तोकिएको मिति चैत २८ मा संविधानसभाको निर्वाचन हुनुपर्नेमा जोड दिएको छ । तर सो निर्वाचन निर्वाध रुपले सम्पन्न गर्न अन्तरिम संविधानमा चौंथो संसोधन गरेर लिम्बूवान सहितको स्वायत्त राज्यहरुको सुनिस्चितता गर्नु पर्ने समितिले माग गरेको छ ।
अन्तरिम संविधान संसोधन नगरे सम्म लिम्बूवान स्थापनाको लागि संजालले शान्तिपूर्ण आन्दोलनलाई शशक्त बनाउदै लैजाने संजालका सदस्य तथा किरात याक्थुङ चुम्लुङका केन्द्रिय अध्यक्ष अर्जुन नुगोले बताए । उनले संविधानसभाको निर्वाचन नजिकै आए पनि लिम्बुवान स्वायत्तता नभएमा सो निर्वाचन लिम्बुवानबासीका लागि कागलाई बेल पाक्यो हर्षन विस्मात जस्तै हुने पनि बताए । लिम्बूवान स्वायत्तताको अर्थ लिम्बूजातिको लागि मात्र नभएर सम्पूर्ण लिम्बूवानबासीको हक अधिकार र मुक्तीको लागि भएको पनि स्पस्ट पारे ।
संजालका संयोजक उत्तमसिं थाङ्देनद्धारा हस्ताक्षरित जारी विज्ञप्तीमा सरकारले राज्य पुनसंरचना आयोग अविलम्ब गठन गरेर सो आयोगमा लिम्बूजातिको प्रतिनिधित्व गराउनु पर्ने, अन्तरिम संविधानले अङ्गीकार गरेको भाषिक समानतालाई व्याबहारिक रुप दिन सरकारले लिम्बूवान क्षेत्रको सम्पूर्ण सरकारी कार्यालयमा लिम्बू भाषा र किरात सिरिजङ्गा लिपिमा साइनबोर्ड राख्नु व्यबस्था गर्नु पर्ने माग गरेको छ । समितिले लिम्बूवान प्राप्तको आन्दोलनमा शहादत प्राप्त गरेका राजकुमार आङ्देम्बे लगायत सबैलाई राज्यले शहिद घोषणा गरी परिवारलाई उचित क्षतिपूर्ती दिन पनि माग गरेको छ ।
लिम्बूवान सुनिश्चितताको माग पुरा नगरेमा संजालले गर्ने आन्दोलन सरकार र ठूला राजनितिक दलले देखाउने रवैयामा भर पर्ने पत्रकार सम्मेलनमा जनाइएको थियो । लिम्बूवान स्वायत्तताको बल पछिल्लो समयमा सरकार र राजनितिक दलको कोर्टमा पुगेको ठहर गर्दै ऐतिहासिक निर्णयको प्रतिक्षामा रहेको संजालका संयोजक उत्तमसिं थाङ्देनले पत्रकार सम्मेलनमा बताए ।
संजालमा विभिन्न राजनितिक दलका भातृ संगठन स्वतन्त्र सामाजिक संस्थाका रुपमा रहेका किरात याक्थुङ चुम्लुङ, संघीय लिम्बुवान राज्य परिषद, लिम्बूवान स्वायत्त सरोकार मञ्च, लिम्बूवान राष्ट्रिय मूक्ती मोर्चा, संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्च, लिम्बुवान मुक्ती मोर्चा, नेपाल लोकतान्त्रिक किरात लिम्बू संघ लगायत १९ सगठन आवद्ध छन् ।

Feb 5, 2008

दमकमा लिम्बूवान बन्दको असर

लिम्वूवान डट व्लगस्पोट डटकम,दमक सम्वादाता
संघीय लिम्वूवान राज्य परिषदले आव्हान गरेको पूर्वान्चल बन्दको तेस्रो हिजो सोमवार पनि जनजिवन प्रभावित बन्यो । आन्दोलनकारी र स्थानिय व्यापारीहरु बिच सहमति कायम भएपछि दमकका सम्पूर्ण खुला रहे पनि यातायात र शैक्षिक संस्था अवरुध्द रहे । यसै बिच हिजो सोमवार पनि मोरङको बेलवारी र उर्लावारीबाट आठ लिम्वूवान कार्यकर्तालाइ प्रहरीले पक्राउ गरेको संघीय लिम्वूवान राज्य परिषदका महासचिव मिसेकहाङ थाम्सुहाङले जानकारी दिनुभयो ।पक्राउ पर्नेहरुमा अजित धिमाल सहित बेलवारीमा चार र उर्लावारीमा चार रहेको जानकारी दिनुभयो । थाम्सुहाङ कै जानकारी अनुसार शनिवार पक्राउ परेका लिम्वूवान कार्यकर्ता यलम्बर खम्बू सहित नौ जनाले रिहाइका निम्ति झापा जिल्ला प्रहरी कार्यालय चन्द्रगढी परिसर मै अनशन सुरु गरेको बताइन्छ ।

संघीय लिम्बुवान राज्य परिषद्को - प्रेस विज्ञप्ति

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषद्का
कार्यकर्ताहरूलाई माघ १७ गते इलामको किटेनीबाट सशस्त्र प्रहरीद्वारा गिरफ्तार गरिएपछि ती कार्यकर्ताहरूको विनार्सत रिहाइको लागि पहिले मेची सडकमार्ग हुदै सम्पूर्ण लिम्बुवानभर बन्द र चक्काजाम गरिएको कुरा सर्वविदितै हनु पर्दछ । यसै शान्तिपूर्ण आन्दोलनको क्रममा जम्मा १८ जना कार्यकर्ताहरू लिम्बुवानको विभिन्न ठाउँबाट गिरफ्तार गरिएका छन् । उक्त लिम्बुवान बन्दको क्रममा गिरफ्तार गरी इलाममा राखिएका परिषदका कार्यकर्ताहरू गणेश आङदेम्बे,सरन फागो र सुनिल फागो; झापामा राखिएका परिषदका कार्यकर्ताहरू यलम्बर खम्बू , सुःश्री नदिरा र्राई 'बुनु', सुःश्री अनिता लिम्बू , सुःश्री भीमा लिम्बू , विनोद लिम्बू , गोविन्द लिम्बू , जयकुमार र्राई, लिचन थेबे, साहिल लिम्बू , विजय नेम्बाङ, र साम्सोहाङ माइला लिम्बू ; साथै मोरङको बाहुन्नेबाट गिरफ्तार गरिएका परिषदका कार्यकर्ताहरू श्रीप्रसाद धिमाल, सुमन धिमाल, बाबुराम धिमाल र जीवन धिमाल रहेका छन् । उपरोक्त गिरफ्तार गरिएका कार्यकर्ताहरूमध्ये झापामा राखिएका महिला कार्यकर्ताहरू सुःश्री नदिरा र्राई 'बुनु', सुःश्री अनिता लिम्बू र सुःश्री भीमा लिम्बू तथा मोरङमा राखिएका कार्यकर्ताहरू श्रीप्रसाद धिमाल, सुमन धिमाल, बाबुराम धिमाल र जीवन धिमाल विभिन्न मानवअधिकारवादी सघं सगंठनको पहल र आन्दोलनको दबावमा विनासर्त सकुसल रिहा भएका छन् ।
कार्यकर्ताहरू रिहा गर्नका लागि २२ गते मंगलबार झापामा सम्वद्धराज्यपक्ष, मानवअधिकारवादी र आन्दोलनरत पक्षको वार्ता भएको हो । यस वार्तामा
परिषदका गिरफ्तार गरिएका कार्यकर्ताहरू २ दिनभित्र रिहा गर्ने गरी झापामा चक्काजाम खुल्ला गर्ने निर्णय गरिए पनि सो एकपक्षीय तवरको निर्णय झापा जिल्लाको हकमामात्र भएकोले यसलाई सुधार गरी इलाममा पनि हाम्रा कार्यकर्ताहरू गिरफ्तार रहेकाले त्यहाँ पनि वार्ता र सहमति भई सबै कार्यकर्ताहरूलाई विनार्सत पहिले रिहा गरिएपछि मात्र सबै ठाउँको चक्काजाम फिर्ता लिइने कुरा सम्वद्ध सबैमा जानकारी गराउदछौ । यसर्थ सबै कार्यकर्ताहरू एकैसाथ रिहा नभई लिम्बुवानभर अनिश्चितकालका लागि घोषणा गरिएको चक्काजाम कतै पनि फिर्ता नगरिने र नगरिएको व्यहोरा र्सवसाधारण सबैमा सहर्षजानकारीका लागि अनुरोध गर्दछौ ।संविधनसभाको निर्वाचन अगावै संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन, जातीय जनसङ्ख्याको आधारमा पुर्ण समानुपातिक चुनावप्रणालीको व्यवस्था, लिम्बुवान स्वायत्त गणराज्यको सुनिश्चितता, र सशस्त्र प्रहरीद्वारा असोज २० गते हत्या गरिएका लिम्बुवान भोल्युण्टियर्स -एल.भी.) राजकुमार आङदेम्बे 'माङतोक्'लाई राष्ट्रिय शहीद घोषणा गरी शहीद परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्नू पर्ने लगायतका आन्दाले नका मागहरू रहका छन । यस शान्तिपूर्ण आन्दाले नमा भएको सरकारी ज्यादती र प्रहरी दमनको घोरभर्त्सना गर्दै अमानवीय रुपले गिरिफ्तार गरिएका परिषदका सबै कार्यकर्ताहरूको विनार्सत रिहाईका लागि मानवअधिकारवादी संघ-संगठन,नागरिकसमाज र पत्रकारआदिलाई साथ सहयागे का लागि हार्दिक अनुरोध गर्दछौ ।
२०६४।१०।२२
.........................
अध्यक्ष
कुमार लिङदेन 'मिराक्''