News

May 31, 2008

'प्रचण्डको भनाइ सहमति बिपरित'

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेठ १७ गते प्रचण्डले गरेको भाषण राजनीतिक सहमति बिपरित भएको तथा त्यो भनाईको धम्कीभन्दा धेरै अर्थ नभएको नेपाली कांग्रेस र एमाले नेताहरुले बताएका छन् । माओवादी अध्यक्ष प्रचण्डको राष्ट्रपति र प्रधानमन्त्री दुवै पद नछाड्ने, जनगणतन्त्र ल्याउने र अक्टोबर क्रान्ति गर्ने भाषणलाई नेपाली कांग्रेस र एमालको नेताहरुले सहमतिको राजनीति बिपरितको भनाइ मानेका छन् । लिम्वूवान डट व्लगस्पोट डटकमसँग कुरा गर्दै ती नेताले प्रचण्ड र माओवादीका अर्का नेता डा. बाबुराम भट्टर्राईको अन्य दलले संविधानसभा चुनावको गणित नबुझेको दावीलाई पनि माओवादीले नै चुनावको गणित नबुझेको तथा गलत अर्थ लगाएको भने । जेठ १७ गते राजधानीमा आयोजित सभामा माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद नछाड्ने अडान राखेका थिए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले हरेक दश जनामा तीन जनाले मात्र माओवादीलाई मत दिएको र सहमतिमा सरकार बनाउने हो भने माओवादीले आफूलाई मत नदिने सात जनाको चित्त बुझाउनुपर्ने पनि बताए । अक्टोबर क्रान्ति र कम्युनिष्ट गणतन्त्र ल्याउन माओवादीलाई जनताले मत नदिएको पनि रिजालको भनाइ थियो । 'सहमतिको सरकार बनाउने हो भने सहमतिमा आउनुपर्‍यो, होइन भने संविधानमा भएको ब्यवस्था अनुसार दुई तिहाई पुर्‍याउनु पर्‍यो' रिजालले भने । माओवादीको धम्कीले कोही नडराउने तथा शक्ति भए कम्युनिष्ट गणतन्त्र र अक्टुबर क्रान्ति गरे हुने पनि रिजालको भनाइ थियो । माओवादी अध्यक्ष प्रचण्ड र नेता डा. बाबुराम भट्टराईको अन्य दलले चुनावको गणित नबुझेको भनाइको प्रतिवाद गर्दै एमाले केन्द्रीय सदस्य शंकर पोखरेलले चुनावको गणित माओवादीले नै नबुझेको उल्लेख गरे । आफूले तीस प्रतिशत मात्र मत पाएको पनि माओवादीले बुझ्नुपर्ने पोखरेलले बताए । अन्तरिम संविधान अनुसार सरकार गठन गर्न कि माओवादीले दुई तिहाई पुर्‍याउनु पर्‍यो कि भने सामान्य बहुमतले सरकार गठन गर्न सक्ने बनाउन संविधान संशोधन गर्न तयार हुनुपर्‍यो भन्ने पनि पोखरेलको भनाइ थियो । 'सडकबाट बिद्रोह गर्ने माओवादीको धम्की मात्र हो, माओवादी सुरुमा ठूलो कुरा गर्छ, अन्तमा न्युनतम बिन्दुमा सम्झौता गर्छ' पोखरेलले भने । माओवादी अध्यक्ष प्रचण्डले जेठ १७ गते खुलामञ्चमा यस्तो बोलेका थिए 'ज्ञानेन्द्रको कुबुद्धिले गणतन्त्र आयो, कांग्रेस र एमालेले कुरा नबुझे जनगणतन्त्र आउछ ।
''अक्टोबर क्रान्ति लुकेर होइन, खुलमखुला हुन्छ ।''
दुनियाँलाई थाहा छ, हामीले राष्ट्रपति भनेर चुनाव लडयौं, अहिले हारेकाले राष्ट्रपति माग्ने ?''
कुनै पार्टी बिशेषलाई राष्ट्रपति दिन सहमति जनाएका छैनौं, राष्ट्रपति, प्रधानमन्त्री र अध्यक्ष यसलाई दिने भनिएको छैन । त्यसमा पनि जसलाई चुनावबाट जनताले हराएका छन्, तिनलाई राष्ट्रपति बनाउन तयार छैनौं ।
''हारिसकेपछि राजीनामा दिने संसारभरको चलन हो, मसँग अमेरिकाले यही भन्छ, कांग्रेस र एमालेसँग अर्कै भन्छ कि ?''
गणतन्त्र बनाउन राष्ट्रपति र उपराष्ट्रपतिमा सहमति जनाएकै हो, नभए संविधानसभाको पहिलो बैठक फुत्किने थियो ।'
'जनताको यति ठूलो आदेश पाउँदा पनि माओवादीलाई घेरा हाल्ने रे अब कसले कसलाई घेरा हाल्दो रहेछ, हेर्दै जाउँ ।''
हतियार नष्ट गर्नुपर्ने रे, सेना बिघटन गर्नुपर्ने रे, लाज नभएपछि जे भने पनि हुने, दुनियाँमा कहीँ नभएको आठौं आश्चर्य, हतियार ल्याएर कहाँ डढाइन्छ, बेइमानहरु ।
''कसैले बेइमानी गरे के गर्नुपर्छ भनेर जनताले मन बनाएर बसेका छन्, आर्मी, पुलिस सबैले कुरा बुझेका छन्, जित्नेको पछि लाग्ने कि हार्नेको ?''
हामी जति पनि लचिलो र कठोर हुने खालका छौं, हामी अर्कै जातका हौं ।हामीले पनि सहकार्य गर्न चाहेका हौं, माओवादीको नेतृत्वमा सरकार बनाउनुपर्छ, धेरै लोभचाहिँ नगर्नु ।
''गल्ती गर्‍यौं भने त्यतिबेला आलोचना गर्नुहोला, आन्दोलन गर्नु माओवादीभन्दा ठूलो र उल्टाउनु ।
''चुनाव जितेकाले दम्भ आउछ कि भन्ने डर छ, वाईसीएलको ब्यारेक सिस्टम हटाउन तयार छौं ।'

दरवार निरिक्षण गर्न समिति जाने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दरवारको सम्पतिको सुरक्षा गर्न सरकारले बनाएको समिति सुचना संकलनका निम्ति राजदरवार जादैछ । राजदरवारको सम्पति अभिलेखिकरण तथा सुरक्षा गर्न सरकारले बनाएको केन्द्रीय सुरक्षा समितिको बैठकले सूचना संकलनका लागि जेठ १९ गते गते राजदरवार जाने निर्णय गरेको छ । जेठ १८ गते सिंहदरवारमा बैठकपछि समितिका संयोजक मोदराज डोटेलले यस्तो जानकारी दिएका हुन् । डोटेलले पूर्व राजा तथा रानी अहिले पनि दरवारमै रहेका तथा त्यहाँको सुरक्षाको निम्ति अहिले करिब दुई हजार सेना तैनाथ रहेको पनि जानकारी दिए ।

ज्ञानेन्द्र शाहद्वारा सुरक्षाको माग, दरबारमा खानतलासी सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारले भूतपूर्व राजा ज्ञानेन्द्र शाह र उनको परिवारलाई दरबार छोड्न पत्राचार गरेपछि ज्ञानेन्द्र र उनको परिवार कहाँ बस्ने र उनीहरूको सुरक्षा व्यवस्था कसरी गर्ने भन्ने विषयमा गृहमन्त्रालयका अधिकारी र दरबारमा कार्यरत अधिकारीबीच छलफल भइरहेको छ ।
संविधानसभाले राजाको हैसियतमा ज्ञानेन्द्र शाहलाई दिइएको सबै सुरक्षा तथा सुविधा फिर्ता गरी नागरिक सरहको हैसियत दिइएकोले ज्ञानेन्द्रले नारायणहिटी छोडेपछि कस्तो सुरक्षा व्यवस्था मिलाउने भन्ने विषयमा शुक्रबार दिनभर भएको छलफल निष्कर्षा पुग्न नसकेपछि आज पुनः बैठक बस्ने भएको बताइएको छ । गृहमन्त्रालयले प्रवक्ता मोदराज डोटेलको संयोजकत्वमा पूर्व राजा ज्ञानेन्द्रको सुरक्षा व्यवस्थालगायत नारायणहिटीसहित पाँचवटा दरबारको सुरक्षाका सम्बन्धमा सुरक्षा अधिकारीसहितको समिति गठन गरेको छ ।
स्रोतका अनुसार ज्ञानेन्द्रले तीन दरबारमा रहेको कार्यालय प्रमुखलाई दरबार छोड्ने व्यवस्था मिलाउन र नौ अवकास प्राप्त कार्यालय प्रमुखलाई दरबारको आन्तरिक व्यवस्था मिलाउने जिम्मेवारी दिएका छन् । ज्ञानेन्द्रले सरकारसँग समन्वय गरेर मात्र दरबार छाड्ने बुझिएको छ । सरकारद्वारा गठित सुरक्षा कार्यदलले आज नारायणहिटीमा गई त्यसका सुरक्षा व्यवस्थाबारे अध्ययन गर्नेछ ।
सरकारद्वारा गठित लागत संकलन समितिले हिजैदेखि कार्यप्रारम्भ गरेको छ । समितिले हिजो दरबारको अवलोकन गरी त्यहाँ रहेको जिन्सी, नगद बहुमूल्य बस्नु, कागजपत्र तथा पुरातात्विक महत्वका सामाग्रीको विवरण दिन दरबारका कर्मचारीलाई निर्देशन दिएको छ । दरबारले त्यहाँ कार्यरत सबै कर्मचारीलाई त्यहाँको लगत संकलनमा सहयोग गर्ने आज बिदाको दिन पनि कार्यालय आउन निर्देशन दिएको छ । लागत संकलन गर्ने निहुँमा दरबारको खानतलासी समेत भएको छ ।

प्रधानमन्त्रीले राजीनामा दिन संवैधानिक संकट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सहमतिको राजनीतिक प्रयास भइरहेका बेला नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले राष्ट्रपति र प्रधानमन्त्री आफूले नछोड्ने जिकिर दोहोर्‍याएको छ ।राजधानीको खुलामंचमा आयोजित गणतन्त्र विजय सभामा बोल्दै माओवादी अध्यक्ष प्रचण्डले हामी राष्ट्रपति भनेर चुनावमा लड्यौ अहिले चुनाव हारेकाले राष्ट्रपति खोजेको भन्दै जनताले माओवादी नेतृत्वका निम्ति जनादेश दिएको हुँदा प्रधानमन्त्री र राष्ट्रपति आफ्नो पार्टी लिनुपर्ने जिकिर गरेका छन् । प्रचण्डले कुनै पनि दललाई राष्ट्रपति प्रधानमन्त्री दिने सहमति नभएको दावीसमेत गरेका छन् । कांग्रेस र एमालेप्रति त्रि्र आक्रोश पोखेका माओवादी अध्यक्ष प्रचण्डले ज्ञानेन्द्रको कुवुद्धिले गणतन्त्र आएको कांग्रेस र एमालेको कुवुद्धिले जनगणतन्त्र आउने ठोकुवा समेत गरे । अक्टोबर क्रान्ति नाम परिचित -लेनिनले रुसमा गरेको सत्ता कब्जा) आफूले लुकेर होइन खुल्लम खुल्ला गर्ने चेतावनी दिएका माओवादी अध्यक्ष प्रचण्डले क्यान्टोनमेनमा राखिएका आफ्नो हतियार नष्ट नगर्ने बताए । कांग्रेस र एमालेपछि संचारमाध्यम प्रति आक्रोश पोखेका प्रचण्डले नाम किटेर आफ्नो खेदो खनिरहेको हुँदा अब पनि खेदो खनिरहे राम्रो नहुने भन्दै चेतावनी दिएका थिए ।
यसैबीच, अन्तरिम संविधानको चौथो संशोधन पश्चात प्रधानमन्त्रीले राष्ट्रपतिसमक्ष राजीनामा गर्ने व्यवस्था भएकोले नयाँ सरकार गठनमा अर्को बाधा उत्पन्न भएको छ । राष्ट्रपतिको निर्वाचन नभएसम्म प्रधानमन्त्रीले राजीनामा दिन नमिल्ने भएकाले नयाँ सरकार गठन गर्न वाधा उत्पन्न भएको हो । संविधानमा अझै राष्ट्रपति निर्वाचनको विधिसमेत तोकिएको छैन । संविधान विज्ञहरूका अनुसार हतारमा संविधानको चौथो संशोधन गरिएकाले दलहरूलाई थप संकट आएको छ ।उता, राष्ट्रपतिको चयनका लागि सात दलीय कार्यदलको बैठक माओवादी प्रतिनिधिका अनुपस्थितिका कारण शुक्रबार शान्ति मन्त्रालयमा बस्ने भनिएको बैठक बस्न सकेन । उक्त कार्य दलले मन्त्रिपरिषद्ले गर्ने २६ सभासद्को चयन समेत गर्ने बताइएको छ ।

लिम्बूवान स्वायत्त संघर्ष मञ्च,वेलायत - विज्ञप्ति

मुक्तिगामी नेपालीहरुले जब देश सबैको साझा नभएको बोध गरे । आफ्नै देशमा शरणार्थी बन्नु पर्‍यो । एक जातिय हैकमले अत्याचारको सिमा नाघ्यो । समय नयाँ युगमा अघि बढि रहेको थियो तर नेपालका ब्राहृमणवाद चरम शोषणमा मस्त थिए तब आदीवासी जनजातिहरु मुक्तिका लागि जुर्मुराए । वास्तवमा त्यो समयको स्वत चक्र थियो ।
समयको परिवर्तन भनेको अबको नयाँ नेपाल सबै जाति, जनजातिको साझा नेपाल बन्नु हो । आजको यो क्षण समस्त नेपालीहरुको जितको अवसर हो । सामन्तवादका अवशेष निरकुंश राजतन्त्रको अन्त्यले मुलुक नयाँ युगमा प्रवेश गरेको छ । यो अवसर आउनको लागि योगदान दिनुहुने ज्ञातअज्ञात शहिद तथा योद्धा साथिहरुमा हार्दिक कृतज्ञता ब्यक्त गर्दै संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणाको हार्दिक स्वागत गर्दछौ ।
एक बस्तुको अन्त्य भनेको अर्को बस्तुको आवश्यकता हुनु हो । नेपालको इतिहासमै पहिलो पटक राष्ट्रपतिको ब्यवस्था गर्ने निक्यौल पछि अब राष्ट्रप्रमुखको रुपमा राष्ट्रपति चुनावी प्रकृयाबाटै स्थापना हुनु पर्दछ । नयाँ बन्ने सरकारमा यथा सम्भव सवै जाति सम्प्रदायलाई समेटनु पर्दछ भन्ने हाम्रो जोडदार माग रहेको छ । देशको नयाँ संरचना सम्बन्धमा सबैभन्दा विशिष्ट इतिहास रहेको तथा कुटनैतिक सम्बन्धले नेपालमा परिणत भएको लिम्बूवान राज्य अनिवार्य स्वायत्त हुनु पर्दछ भन्ने हाम्रो अनिवार्य माग हो । लिम्बूवान प्राप्तिको लागि हामी जुनसुकै मोल चुकाउन पनि तयार छौ र सम्पूर्ण लिम्बूवानवासीहरुमा तयार रहन आब्हान गर्दछौ ।
जय गणतन्त्र, जय लिम्बूवान
लिम्बूवान स्वायत्त संघर्ष मञ्च
वेलायत
३१ मे २००८

May 30, 2008

लिम्बूवान विकास परिषद, हङकङको - अपील

अपील २० मे २००८
नेपालको तेस्रो संशोधित् अन्तरिम संविधानले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र राष्ट्रको रुपमा सम्बोधन गरिसकेको छ । हालै सम्पन्न भएको संविधानसभाको चुनावको नतिजालाई हेर्दा अब नेपाल संघीय गणतन्त्रात्मक राष्ट्र बन्ने प्राय निश्चित भएको छ । यसै सर्न्दर्भमा लिम्बूवानवासीले लिम्बूवान स्वायत्तताको निमित्त संघर्ष गर्दै आइरहेको पनि दुइ दशक ज्यादा भइसकेको छ । अहिले १८ भन्दा बढी संघ संगठनहरु लिम्बूवान स्वायत्त राज्य प्राप्तिका लागि संघर्षरतछन् । सबैलाई विदितै भएको कुरा हो लिम्बूवान राज्य भनेको अरुण-सप्तकोशी नदी पूव, मेची नदी पश्चिम, उत्तर तिब्बत र दक्षिणमा भारतसम्म फैलिएको, यति चार किल्ला क्षेत्र -मेची र कोशी अञ्चल अर्न्तर्गतका भोजपुर जिल्ला बाहेक ९ जिल्लाहरु) लाई लिम्बूवान भनिन्छ । सन् १७७४ पूर्वसम्म लिम्बूवान एक स्वतन्त्र र सार्वभौम राज्य थियो । राजा पृथ्वीनारायण शाहको नेपाल एकिकरणको क्रममा नेपाल र लिम्बूवानबीच भएको ६ अगष्ट १७७४ को सन्धिले लिम्बूवानलाई नेपाल अर्न्तर्गत रहेने गरी एउटा विशिष्ट सह राज्य (प्रान्तिय सरकार) को रुपमा स्थापित गर्यो । जुन् सह राज्यधिकारलाई लिम्बूवानवासीले सन् १९६० सालसम्म उपभोग गर्दै आइरहेका थिए । यसरी लिम्बूवानवासीले लिम्बूवानमा एउटा लामो समयसम्म स्वायत्त शासनको रुपमा उपभोग गर्दै आइरहेको सह राज्यधिकारलाई नेपाल -केन्द्रीय) सरकारले एकपक्षीय रुपमा उलंघन गरेको छ । लिम्बूवानको यही ऐतिहासिक पृष्ठभूमि र सन् १७७४ मा भएको सन्धि सम्झौंताको आधारमा लिम्बूवानले अनिवार्य स्वायत्तता पाउनुपर्छ । अतः अब नेपालको नयाँ संघात्मक शासन व्यवस्था र नयाँ संविधानमा लिम्बूवानको अनिवार्य सम्बोधन गरिनुपर्छ भन्नका लागि नेपाल सरकार तथा सबै राजनैतिक दल र संविधान सभा सदस्यहरुमा लिम्बूवान विकास परिषद जोडदार अपील गर्दछ । यसकासाथै निम्नलिखित ५ सूत्रीय सुझावहरु पनि पेश गर्दछ ।
परिषदको ५ सूत्रीय सुझावहरु
१) लिम्बूवानको ऐतिहासिक नाम र भौगोलिक क्षेत्रलाई अखण्ड राखिनुपर्छ ।
२) ६ अगष्ट १७७४ मा नेपाल र लिम्बूवानबीच भएको सन्धिपत्र (लालमोहर) को आधारमा वर्तमान पूर्वी नेपालको कोशी र मेची अञ्चल अर्न्तर्गत पर्ने झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, संखुवासभा र ताप्लेजुङ्ग जिल्लालाई मिलाएर लिम्बूवान स्वायत्त राज्य गठन गरिनुपर्छ ।
३) नेपालको बन्न लागेको नयाँ संघात्मक संविधानमा लिम्बूवान क्षेत्रीय स्वायत्त राज्य (Limbuwan Regional Autonomy) को अनिवार्य उल्लेख गरिनु पर्दछ ।
४) परराष्ट्र, सुरक्षा र मुद्रा विषय वाहेक गृह, संचार, न्याय, प्रशासन, शिक्षा, स्वास्थ्य, व्यापार, विकासनिर्माण, यातायात, उद्योग, पर्यटन, अर्थ, जलस्रोत, खनिजपदार्थ, कृषि, भूमि र वन इत्यादि सवै विषय लिम्बूवान स्वायत्तता -लिम्बूवान सरकार) लाई दिइनु पर्दछ ।
५) नेपालको संसदमा लिम्बूवान स्वायत्तताको प्रतिनिधित्वको रुपमा लिम्बूवान क्षेत्रको लागि सांसद सदस्यहरुको आरक्षणको व्यवस्था हुनुपर्दछ ।

१) अध्यक्ष- प्रकाश यक्सो ६) सदस्य- जे. वी. याक्थुङ्बा
२) उपाध्यक्ष- वीर कुमार नाल्बो ७) सदस्य- दिल यक्सो
३) सचिव- देबेन्द्र कुमार शेर्मा ८) सदस्य- प्रेम थक्लुङ
४) कोषाध्यक्ष- हाङ्सामा लिम्बू (N.K.) सल्लाहकार- इङ्खङ थक्लुङ लिम्बू
५) सह कोषाध्यक्ष- अमन सोदेम्वा लिम्बू

लिम्बूवान विकास परिषद, हङकङ
Elat-1302, Ngan ping house, Long ping estate, Yuen Long, NT, HK
Tel; 36262513, Email: 10limbuwan@gmail.com

हङकङमा प्रथम पटक गणतन्त्र दिवश सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ, ३० मई-२००८,
नेकपा एमाले ईकाई कमिटि हङकङले हङकङमा प्रथम पटक गणतन्त्र दिवश सम्पन्न गरेको छ । जोर्डनस्थित नाचघरको सभाहलमा आयोजना गरिएको उक्त गणतन्त्र दिवश समारोहलाई एमाले ईकाई कमिटि हङकङका सचिव ओमराज सम्वाहाम्फेले अध्यक्षता गरेका थिए भने कार्यक्रमलाई ईकाई कमिटि
हङकङका सचिवालय सदस्य भक्त गुरुङले संचालन गरेका थिए । नेपाली जनसम्पर्क समिति हङकङका अध्यक्ष प्रमुख अतिथि रहेको उक्त सभामा नेकपा एकिकृत हङकङका अध्यक्ष यम बुढाथोकी, feona हङकङका अध्यक्ष सत्य घले, एनआरएन हङकङका उपाध्यक्ष सुमल कुमार गुरुङ, च्याम्वर्सका प्रतिनिधि डाँसुराम पराजुली, जनजाती महासंघका अध्यक्ष भुपेन्द्र चेम्जोङ, किरात राई यायोख्खाका अध्यक्ष नरहाङ राई, किरात याक्थुम चुम्लुङ हङकङका अध्यक्ष ज्ञान माङयुङ (लिम्वू), अल्पसंख्यक जातिहरुको समाज बाट अध्यक्ष डिल्लिराम वि-क-, गेसो हङकङका अध्यक्ष मनि वान्तवा, खोटाङ समाजका सचिव सुवास राई, वाग्लुङ समाजका अध्यक्ष चुरा थापा, पाँचथर समाजका अध्यक्ष कृष्ण लावती लगायत हङकङका प्रायजसो सामाजिक संस्थाका प्रतिनिनिधिहरुलाई अतिथि आसन ग्रअण गराईएको थियो । आसन ग्रहणको समाप्ति पश्चात कमिटिका सदस्य ईन्द्र वनेमले उपस्थित सबैलाई छोटो स्वागत मन्तव्य दिएका थिए ।
मन्तव्यको क्रममा क्रमश : जनजाती महासंघका अध्यक्ष भुपेन्द्र चेम्जोङ, च्याम्वर्सका प्रतिनिधि डाँसुराम पराजुली, एनआरएनका उपाध्यक्ष सुमल कुमार गुरुङ, नेपाली जनसरोकार समाजका अध्यक्ष सन्तोष घले, feona का अध्यक्ष सत्य घले, हङकङ नेपाली महासंघका उपाध्यक्ष हर्क राना, नेकपा एकिकृतका अध्यक्ष यम बुढाथोकि रहेका थिए । आफ्नो मन्तव्यमा सबै वक्ताले नेपालमा अढाईसयबर्षदेखी जरा गाडेर बसेको सामन्ति सासनको शक्ति केन्द्र राज सत्ता विधिवतरुपमा हटेकोमा खुशी व्यक्त गरेका थिए । सन्तोष घलेले हङकङमा गणतन्त्र दिवश सबै नेपालीलाई एक ठाउँमा भेला गरेर गर्न पाएको भए यो अत्यन्तै सफल र सार्थक हुने थियो भन्ने बिचार राखेका थिए, घलेको उक्त भनाईप्रति उपस्थित सबै सहमत देखिएका थिए । कर्यक्रमको अन्त्यमा सभाअध्यक्ष ओमराज सम्वाहाम्फेले उपस्थित सबैलाई धन्यवाद दिदैं फेरी नेपालमा यस्तो आन्दोलन गर्न नपरोस भन्ने शुभेक्क्षा व्यक्त गर्दै सभा बिसर्जन गरेका थिए ।

गणतन्त्र नेपालको राष्ट्रपतिसम्बन्धी व्यवस्था

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राजतन्त्रको अन्त्यपछि त्यस ठाउंमा व्यवस्थापिका संसदको बैठकले संबैधानिक राष्ट्रपतिको व्यवस्था गरेको छ। संबिधान सभाको पहिलो बैठक सकेपछि मध्यरातमा व्यवस्थापिका संसद बैठक बसेको थियो।
बैठकमा पारित भएको राष्ट्रपतिसम्बन्धी व्यवस्था -
1.राष्ट्रपतिसम्बन्धी व्यवस्थानेपालमा एकजना राष्ट्रपति रहने छ ।
2.राष्ट्रपति मुलुकको राष्ट्राध्यक्ष हुनेछ र सोही हैसियतमा यस संविधान र प्रचलित कानुन बमोजिम निजले आफ्नो कार्य सम्पादन गर्नेछ ।
3.संविधानको संरक्षण र पालना गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ ।राष्ट्रपति नेपाली सेनाको सर्वोच्च परमाधिपति हुनेछ ।
4.राष्ट्रपतिले राजदूतहरूको ओहोदाको प्रमाणपत्र बुझ्नेछ ।
निर्वाचन:
राष्ट्रपतिको निर्वाचन संविधानसभाले गर्नेछ ।
पदावधिः
राष्ट्रपतिको पदावधि संविधानसभाबाट जारी हुने संविधान प्रारम्भ नभएसम्मका लागि हुनेछ ।
योग्यताः
राष्ट्रपति हुने कुनै पनि व्यक्तिले देहायको योग्यता पूरा गरेको हुनुपर्नेछः
(क) संविधानसभाको सदस्य हुन योग्य भएको,
(ख) कम्तीमा पैंतीस वर्षउमेर पूरा भएको ।
राष्ट्रपति पदमुक्त हुने अवस्थाः
देहायको अवस्थामा राष्ट्रपति आफ्नो पदबाट मुक्त हुनेछः
(क) उपराष्ट्रपतिसमक्ष राजीनामा दिएमा,
(ख) निजले संविधानको गम्भीर उल्लंघन गरेको आरोपमा संविधानसभाका तत्काल कायम रहेका सम्पूर्ण सदस्यहरूको कम्तीमा दुई तिहाइ बहुमतबाट निजका विरुद्ध महाभियोगको प्रस्ताव पारित भएमा
(ग) निजको मृत्यु भएमा ।
राष्ट्रपतिको शपथः
राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि प्रधान न्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनु पर्नेछ ।
उपराष्ट्रपति
नेपालमा एकजना उपराष्ट्रपति रहनेछ ।
राष्ट्रपति पदमुक्त भई अर्को राष्ट्रपति निर्वाचित नभएसम्म वा राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट गरिने कार्यहरू उपराष्ट्रपतिबाट सम्पादन गरिनेछ ।
उपराष्ट्रपति पदमुक्त हुने अवस्थाः
देहायको अवस्थामा उपराष्ट्रपति आफ्नो पदबाट मुक्त हुनेछः
(क) निजले राष्ट्रपतिसमक्ष राजीनामा दिएमा,
(ख) निजले संविधानको गम्भीर उल्लंघन गरेको आरोपमा संविधानसभाका तत्काल कायम रहेका सम्पूर्ण सदस्यहरूको कम्तीमा दुई तिहाइ बहुमतबाट निजका विरुद्ध महाभियोगको प्रस्ताव पारित भएमा, वा
(ग) निजको मृत्यु भएमा ।
उपराष्ट्रपतिसम्बन्धी अन्य व्यवस्थाः
(क) उपराष्ट्रपतिको योग्यता तथा निर्वाचन प्रक्रियासम्बन्धी व्यवस्था राष्ट्रपतिको सरह हुनेछ ।
(२) उपराष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्नेछ ।
राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधाः
राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा अन्य सुविधा ऐनद्वारा निर्धारण भएबमोजिम हुनेछ र त्यस्तो ऐन नबनेसम्म नेपाल सरकारले निर्धारण गरेबमोजिम हुनेछ ।
राष्ट्रपतिको सचिवालयः
(१) राष्ट्रपतिको कार्यलाई सहयोग पुर्‍याउनका लागि एक सचिवालय रहनेछ ।
(२) सचिवालयको कामकारबाही सञ्चालन गर्न आवश्यक कर्मचारी तथा व्यवस्थापनलगायत आवश्यक कुरा नेपाल सरकारले व्यवस्था गर्नेछ।

नेपाल सरकारले ज्ञानेन्द्रलाई १५ दिनभित्र नारायणहिटीबाट हट्न पत्र पठायो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल सरकारले भूतपूर्व राजा ज्ञानेन्द्रलाई १५ दिनभित्र नारायणहिटीबाट हट्न आज पत्र पठाएको छ। नेपालमा गत बुधबारदेखि गणतन्त्र कार्यान्यन भैसकेको जानकारीसहित पूर्व राजा ज्ञानेन्द्र र राजदरवार सचिवालयलाई १५ दिनभित्र नारायणहिटी खाली गर्न विहीबार बसेको मन्त्रीपरिषद राजनीतिक समितिको निर्णय अनुसार निर्देशन आग्रह गरिएको छ।
दरवार छोड्ने पत्रसंगै संबिधानसभाको पहिलो बैठकमा पारित भएको गणतन्त्र कार्यान्यनसम्बन्धी प्रस्ताव र निर्देशन, राजाको सट्टा राष्ट्रपति राख्न अन्तरिम संविधानमा गरिएको संशोधन प्रतिलिपि पनि पठाइएको छ। राजदरवार सचिवालयमा प्रशासनतर्फ ३ सय र दरवारको घरायसीतर्फ ६ सय गरी जम्मा ९ सय कर्मचारीहरु कार्यरत छन्। राजदरवार सचिवालयको खारेजीपछि त्यहाँका कर्मचारीलाई सामान्य प्रशासन मन्त्रालयमा हाजिर हुन निर्देशन दिइएको छ। ती कर्मचारीहरुलाई सरकारी निकायका रिक्त ठाउंहरुमा सरुवा गरिने छन् भने ५८ वर्ष उमेर नाघेका कर्मचारी स्वतः अवकाश पाउने भएका छन्।

ज्ञानेन्द्रले अझै दरवार छाडेका छैनन्

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पूर्व राजा ज्ञानेन्द्रले हिजो राति दरवार छोडेको भन्ने हल्ला बाहिर आए पनि ज्ञानेन्द्रले अझै दरवार छाडेका छैनन्। गृहमन्त्री कृष्णप्रसाद सिटौलाले सञ्चारकर्मीहरुसंग कुरा गर्दै पूर्व राजा अझै दरवारमै रहेको बताउनु भयो। सिटौलाले दरवारका सहसचिव राम केसी र प्रदीपकुमार अर्यालसंग जानकारी लिंदा उनीहरुले ज्ञानेन्द्र दरवारमै रहेको बताए। पूर्व राजा ज्ञानेन्द्रले सरकारको सल्लाह बमोजिम नै दरवार छोड्ने जानकारी दिएको बताए। दरवार निकट स्रोतका अनुसार ज्ञानेन्द्र तत्काल दरवार छोड्ने मनस्थितिमा रहे पनि पूर्व मुमा बडामहारानी रत्न (महेन्द्रकी पत्नी) का कारण तत्काल दरवार छोड्न ढिलाई भएको बताएको छ। रत्नले मृत्युपर्यान्त दरवारको महेन्द्र मञ्जिल नछोड्ने अडान लिएपछि ढिलाई भएको हो। अहिले दरवार र सरकारबीच महेन्द्र पत्नी रत्नको अडान र नयाँ वासस्थानका वारेमा वार्ता भै रहेको बताइन्छ।
त्यसै गरी, हिजो नारायणहिटीबाट दरवारकै कर्मचारीले शाही झण्डा हटाइएको छ भने सोही ठाउंमा नेपालको राष्ट्रिय झण्डा फहर्‍याएको छ। हिजो सम्पूर्ण शक्ति आफ्नो हातमा लिएर देशमा निरङ्कुशता लाद्न खोज्ने, जनताका प्रधानमन्त्रीलाई वरखास्त गर्ने, जननेताहरुलाई नजरबन्दमा राख्ने, नेपाली जनतालाई गुमराहमा राख्न खोज्ने, नेपाललाई विश्वबाट अलग्याउन सम्पूर्ण सञ्चार सम्पर्कहरु विच्छेद गरिदिने पूर्व राजा ज्ञानेन्द्र अहिले ज्ञानी देखिएका छन्। उनले सरकारको सल्लाह बमोजिम दरवार छोड्ने इच्छा प्रकट गरेका छन् भने दरवारमा कार्यरत कर्मचारीहरुलाई पनि त्यसै अनुरुप निर्देशन दिंदै आएको बुझिन्छ। गत बुधवार राति २ सय ४० वर्षको शाहवंशीय राजतन्त्रको विधिवत अन्त्यसंगै नेपालमा गणतन्त्र कार्यान्वयनको घोषणापछि पूर्व राजा ज्ञानेन्द्रले सरकारको सल्लाह बमोजिम भन्दै खुरुखुरु सबै आदेशहरु पालन गर्न वाध्य भएका छन्।
ज्ञानेन्द्रले कहिले दरवार छाड्लान् भन्ने यकिन नभएपनि आफू र पूर्व राजपरिवारले प्रयोग गर्दै आएका सामानहरु ट्रकका ट्रक ओसार्ने कामलाई तीव्रता दिएका छन्। ज्ञानेन्द्रबाट हुने हरेक राम्रा र नराम्रा कामहरु अक्सर शुक्रबार हुने र गरेका कारण सायद नारायणहिटीबाट पूर्व राजा ज्ञानेन्द्रको बहिर्गमन पनि शुक्रबार नै हुने होइन भनेर अड्कलबाजीहरु चलिरहेका छन्।

May 29, 2008

जेठ १५ गते देखि नेपाल गणतान्त्रिक राष्ट्र

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२ सय ४० वर्षलामो शाहवंशीय राजतन्त्रलाई अन्त्य गर्दै नेपाल लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक बनेको छ। संविधानसभाको बुधबार बसेको प्रथम बैठकले संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा कार्यान्वयन प्रस्तावलाई पारित गरेपछि राजतन्त्रको युग सदाका लागि अन्त्य भएको छ र राष्ट्रपतीय प्रणाली प्रारम्भ भएको छ। गणतन्त्र कार्यान्वयन भएपछि राजा भएबापत ज्ञानेन्द्र र उहाँका परिवारले पाएको सम्पर्ण सुविधाको अन्त्य गरिएको छ। गणतन्त्र घोषणासँगै राजा ज्ञानेन्द्रको हैसियत सामान्य नागरिकसरह भएको छ। राजा ज्ञानेन्द्रको वक्तव्य आउने हल्ला बुधबार दिनभर चले पनि रातिसम्म राजाको कुनै प्रतिक्रिया आएन। प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका तर्फाट गृहमन्त्री कृष्णप्रसाद सिटौलाले गणतन्त्र कार्यान्वयनको प्रस्ताव संविधानसभा बैठकमा प्रस्तुत गर्नुभएको थियो । प्रस्तावमा भनिएको छ- मुलुकमा विधिवत् लोकतान्त्रिक गणतन्त्र कार्यान्वयन भएकाले यससँग बाझिने सबै संवैधानिक प्रावधान, कानुन र प्रशासनिक व्यवस्था आजैका मितिदेखि बाझिएको हदसम्म खारेज भएको मानिनेछ। यो घोषणा पारित हुनुभन्दा तत्काल अघि प्रचलित कानुन, परम्परा, रीति, सामाजिक तथा सांस्कृतिक व्यवहार एवम् अभ्यासमा रहेका तत्कालीन राजा र निजका परिवारका सदस्यलाई आमनेपाली नागरिकलाई भन्दा भिन्नरूपमा प्राप्त सम्पर्ण अधिकार, सुविधा, हैसियत तथा उपाधि स्वतः अन्त्य हुनेछ।पृथ्वीनारायण शाहले विसं १८२५ मा काठमाडौंमा विजय हासिल गरेपछि नेपालमा शाहवंशीय राजतन्त्र शुरू भएको थियो। कुलमण्डन शाहले लमजुङमा खडा गरेको शाहवंशीय राजतन्त्र ज्ञानेन्द्र शाहपछि अन्त्य भएपछि नेपाली वर्णमालाको क’ देखि ज्ञ’ सम्मका अक्षर पूरा गरेर राजतन्त्र बिदा भएको रमाइलो टिप्पणी पनि जनमानसमा छ भने नेपाल राज्यको एकीकरण गरेका गोरखाका राजा पृथ्वीनारायण शाहलाई बालककालमा गुरु गोरखनाथले तिमीहरूको राज्य ११ पुस्तासम्म मात्र चल्नेछ’ भनी भविष्यवाणी गरेका थिए भनी प्रचारित कुराले पनि मेल खाएको छ।नेपालमा गणतन्त्र कार्यान्वयन भएपछि तत्कालै व्यवस्थापिका-संसद्को हैसियतमा बसेको बैठकले नेपालको अन्तरिम संविधान, २०६३ लाई संशोधन गरी राष्ट्रपति र उपराष्ट्रपति रहने व्यवस्था गरेको छ। राष्ट्रपति मुलुकको राष्ट्राध्यक्ष्ँ हुने र निजले संविधान र ऐनकानुनबमोजिम आफनो कार्यसम्पादन गर्ने विधेयक पनि बैठकले पारित गरेको छ। तर राष्ट्रपतिको अधिकारबारे बुधबार दिनभर दलहरूबीच भएको विवाद निष्कर्षा पुग्न सकेन, जसले गर्दा अर्को संशोधन गर्ने गरी संविधानसभाको पहिलो बैठक बस्ने निर्णय भएको थियो।राष्ट्रपतिको निर्वाचन अहिले संविधानसभाले गर्ने र संविधानसभाको पदावधि सकिएपछि राष्ट्रपतिको पनि पदावधि सकिने कानुनी व्यवस्था गरिएको छ।संशोधित अन्तरिम संविधानको प्रस्तावनामा राजतन्त्रको विधिवत् अन्त्य गरी नेपाल एक संघीय, लोकतान्त्रिक गणतन्त्रात्मक राज्य भएको बेहोरा उल्लेख गरिएको छ।संविधानसभा बैठकमा नेपालको अन्तरिम संविधानअनुरूप नेपाललाई लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक घोषणा गरियोस् भनी प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको तर्फाट गृहमन्त्री कृष्णप्रसाद सिटौलाले राख्नुभएको प्रस्तावको पक्षमा ५ सय ६० र विपक्षमा ४ मत परेको थियो। नेपाललाई गणतन्त्र घोषणा गर्ने प्रस्तावको विपक्षमा शाही सत्ताका गृहमन्त्री कमल थापाले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीेपालका सभासद्हरूले मतदान गरेका थिए। विगतमा राजावादी छवि भएका पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रिय जनशक्ति पार्टी भने गणतन्त्रका पक्ष्ँमा मतदान गरेका थिए। राप्रपा नेपालबाहेक २४ वटा पार्टी गणतन्त्र कार्यान्वयनको पक्षमा मतदान गरेका थिए। यद्यपि राप्रपाका प्रतिभा राणाले धर्मनिरपेक्ष्ँता, राष्ट्रिय जनशक्ति पार्टी डा. प्रकाशचन्द्र लोहनीले सरकार गठनको अस्पष्टता र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले संघीयता र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका चन्द्रबहादुर गुरुङले गणतन्त्र घोषणाको विषयमा फरक मत राखेको बैठकलाई जानकारी गराउनुभएको थियो। गणतन्त्र पारित भएको घोषणासँगै संविधानसभा हल तालीको गडगडाहटले गुन्जिएको थियो। सभामा लगातार करिब ५ मिनेट ताली लागेको थियो भने गणतन्त्र कार्यान्वयनको प्रस्ताव पारित हुनासाथ रातभर देशव्यापी रूपमा जनता सडकमा उत्रिएर स्वागत गरेका थिए र घरघर र सरकारी कार्यालयमा दीपावलीसमेत गरिएको थियो। गणतन्त्र घोषणालगत्तै पर्ूवराजा ज्ञानेन्द्र बसिरहेको नारायणहिटी राजदरबार १५ दिनभित्र खाली गर्राई सो सम्पत्ति नियन्त्रणमा लिएर राष्ट्रिय संग्रहालयका रूपमा स्थापित गर्न संविधानसभा बैठकले सरकारलाई निर्देश गरेको छ।संविधानसभाको बैठक बिहान ११ बजे बस्ने भनिएको भए पनि राष्ट्रपतिको अधिकार र जिम्मेवारीका विषयमा माओवादी, कांग्रेस र एमालेबीच फरक धारणा आएपछि १० घण्टा ढिलो गरी राति सवा ९ बजे मात्र बैठक प्रारम्भ भएको थियो। बालुवाटारको दिनभरको छलफलपछि साँझ ७ बजे अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा फर्किएका शीषास्थ नेताहरूबीचमा पुनः दुइ घण्टा भएको छलफलमा राष्ट्रपतिको व्यवस्था गर्न विधेयक ल्याउने र पछि सहमतिका आधारमा संशोधन गर्ने सहमति भए पछि बैठक प्रँरम्भ भएको थियो तर अझै पनि राष्ट्रपति र प्रधानमन्त्री को हुने, सरकारको संरचना कस्तो हुने, मनोनयन गर्न बाँकी २६ सभासद्मा कसलाई मनोनयन गर्ने भन्ने विषयमा सहमति भएको छैन।नेपाली कांग्रेसले राष्ट्रपति प्रधानमन्त्री कोइराला नै हुनुपर्ने र नेपाली सेनाको प्रमुख हुने, सरकार गठन र विघटन गर्ने र संकटकाल लगाउन सक्ने अधिकार राष्ट्रपतिलाई हुनुपर्ने माग गरेपछि सहमतिमा पुग्न ढिला भएको माओवादीले बताएको छ। संविधानसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले एक युगमा एकपटक आएको दिन यही हो भन्दै नेपाल नयाँ युगमा प्रवेश गरेको बताउनुभयो।संविधानसभा बैठक प्रारम्भ हुनुअगाडि पनि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सात दलका शीष नेताहरूको बैठक भएको थियो र गणतन्त्र कार्यान्वयन गरेर अगाडि जाने सहमति भएको थियो। गणतन्त्र कार्यान्वयनका लागि संविधानसभाको लागि बैठक बस्न ढिलाइ भएपछि सडकमा जनता उत्रिएर दबाब सिर्जना गरेका थिए। प्रधानमन्त्री कोइरालाको स्वास्थ्यस्थिति प्रतिकूल भएकाले उहाँको मन्तव्य शान्ति तथा पुनर्निर्माणमन्त्री रामचन्द्र पौडेल र गणतन्त्र कार्यान्वयन गरियोस् भन्ने प्रस्ताव गृहमन्त्री कृष्णप्रसाद सिटौलाले सभासामु प्रस्तुत गर्नुभएको थियो।बैठक ढिलाइ हुँदा कूटनीतिक नियोगका प्रमुखहरू आउँदै जाँदै गरेका थिए भने अन्य सभासद्, पत्रकार र कर्मचारीहरू हलमा न्रि्रा पुर्याइरहेका थिए। गणतन्त्र घोषणा कार्यान्वयन गरियोस् भन्ने प्रस्तावमाथि मतदान भएपछिको स्थितिमा बैठककक्ष्ँ अस्तव्यस्त भएको थियो र उपप्रधानमन्त्री रामचन्द्र पौडेल, जनमोर्चा नेपालका अध्यक्ष्ँ अमिक शेरचन संसदीय मर्यादाविपरीत सभाध्यक्षँसँग कुराकानी गर्न रोस्ट्रममा चढ्नुभएको थियो। सभासद्हरू रोस्ट्रम अगाडि अव्यवस्थित रूपमा उभिरहेको बेला सुर्खेतमा निर्वाचनताका हत्या गरिएका एमाले उम्मेदवार ऋषिराम अधिकारीकी पत्नी सभासद् कमला शर्माले कांग्रेस सभासद् पूण् बहादुर खड्कालाई मेरो पतिका हत्यारा भनी चप्पल प्रहार गर्नुभएको थियो। एमाले सभासद् हितकाजी गुरुङले रोकेपछि सांसद शंकर पोखरेलले शर्मालाई लिएर पछिल्तिर लैजानुभएको थियो। शर्माले आफूलाई गिज्याएको भनी चप्पल उठाएर प्रहार गर्नुभएको बताइएको छ। खड्काले आफूमाथि आक्रमण भएको भन्दै एमाले नेताहरूसमक्ष आपत्ति प्रकट गर्नुभएको थियो।

संविधानसभाका लागि २६ जना सदस्य मनोनयन नगरी पहिलो बैठक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानसभाका लागि २६ जना सदस्य मनोनयन नगरी पहिलो बैठकबाट भएको निर्णयको वैधानिकतामा प्रश्न लाग्न पुगेको छ। तीन प्रणालीबाट संविधानसभाका सदस्य चुनिने प्रावधानमध्ये मन्त्रिपरिषद्बाट मनोनयन गर्ने एक प्रणालीलाई उपेक्षा गरी बैठक नै बस्न नहुने धारणा संविधानविद्हरूको रहेको छ। वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले एउटा प्रणालीलाई नै उपेक्षा गरी संविधानसभाको बैठक बसेकोमा चिन्ता व्यक्त गर्नुभयो।उहाँ भन्नुहुन्छ- यस्तो हुनुमा राजनीतिक अविश्वास र अक्रमण हो। यसले गर्दा संविधानसभा पर्ण हुन सकेन। यस्तोमा वैधानिकता छ कि छैन भनेर कसले खुटयाउने-’नेपालको अन्तरिम संविधान, २०६३ मा संविधानसभामा पहिलो भई निर्वाचित हुने प्रणाली, समानुपातिक प्रणाली र मन्त्रिपरिषद्बाट मनोनयन हुने गरी तीन प्रणालीबाट सदस्य ल्याउने प्रावधान रहेको छ।मन्त्रिपरिषद्बाट मनोनयन हुने २६ जनाको बारेमा राजनीतिक पार्टीच सहमति कायम गर्न खोजिएको भए पनि त्यसले मूर्त रूप लिन सकेन।संविधानविद् भीमार्जुन आचार्यले दलहरूले एउटा प्रणालीलाई नै उपेक्षा गरी संविधानसभाको बैठक बसेकाले गणतन्त्रवादीहरू पनि निराश हुन पुगेको बताउनुभयो।उहाँले भन्नुभयो- २६ जना मनोनयन नगरी संविधानसभाको बैठक बसाउनु नेताहरूको नालायकीपन हो। संवैधानिक सवालमा यसले अप्ठेरो पार्न सक्छ।’संविधानसभाको पहिलो बैठकले मुलुकलाई गणतन्त्र घोषणा गरी राष्ट्रपतिको पनि व्यवस्था गरेको छ।सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष प्रकाश राउतले संवैधानिक तथा कानुनी प्रश्न उठाउने हो भने नेताहरूले यसलाई राजनीतिक विषय भनेर उछाल्ने निश्चित भएको बताउनुभयो।यसै गरी अधिवक्ता टीकाराम भट्टर्राईले नेताहरूले संविधानसभाको पहिलो बैठकबाटै संविधान मिच्ने कार्य गरेको बताउनुभयो।अधिवक्ता भट्टर्राई संवैधानिक त्रुटि गर्दा अवश्य पनि पछि अप्ठेरो स्थिति आउने उल्लेख गर्नुहुन्छ। ती कानुनविद्हरूको एउटै धारणा छ- २/३ घण्टा ढिलाइ गरेर भए पनि २६ जना मनोनयन गरी पहिलो बैठक बसेको भए साह्रै राम्रो शुरूआत हुने थियो।’

दलहरुबीच सहमति नबने नयाँ सरकार सम्भव नहुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अन्तरिम संशोधनका लागि दलहरुबीच सहमति नबने नयाँ सरकार सम्भव नहुने एमाले महासचिव झलनाथ खनालले बताएका छन् । एमाले महासचिव झलनाथ खनालले अन्तरिम संविधानमा संशोधनका लागि दलहरुबीच सहमति नबने नयाँ सरकार बन्न नसक्ने बताएका छन् । राजधानीमा जेठ १६ गते आयोजित एक कार्यक्रममा बोल्दै खनालले राजनीतिक सहमति बने आफ्नो पार्टी सरकारमा जाने तथा नबने नजाने उल्लेख गरे । आफूले भने अनुसार नभए सरकारमा नजाने माओवादी भनाइबारे बोल्दै एमाले महासचिव खनालले माओवादीले अब घुर्की र धम्कीको राजनीतिक छाड्नुपर्ने धारणा राखे । सरकार गठन र बिघटन बिधायिकाको सामान्य बहुमतले गर्नुपर्ने धारणा आफ्नो पार्टीले अन्तरिम संविधान बनाउदै राखेको दावी कार्यक्रममा एमाले महासचिव खनालले गरे । आफ्नो पार्टीको त्यसबेलाको मतमा अहिले नेपाली कांग्रेस सहमत भएको र माओवादीले पनि सहमत हुनैपर्ने खनालले उल्लेख गरे । संविधानसभाको दोश्रो बैठक हुने दिन जेठ २३ गतेअघि नै दलहरुबीच सहमति बन्नुपर्ने पनि खनालको भनाइ थियो । राष्ट्रपति र प्रधानमन्त्री एउटै पार्टीको हुनु असम्भव रहेको पनि कार्यक्रममा महासचिव खनालले बताए । संविधानसभा चुनावको जनादेश पनि दुवै पद एउटै पार्टीलाई दिने थिएन भन्ने खनालको दावी थियो । 'सरकारको नेतृत्व माओवादीले नै गर्नुपर्छ भने राष्ट्रपति सहमतिका साथ अर्कै दलको मानिसलाई बनाउनुपर्छ' खनालले भने ।

गणतन्त्र पारित जेठ १५ गते राती ११ बजेर २५ मिनेट जाँदा बहुमतले

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानसभा पहिलो बैठकले गणतन्त्र कार्यन्वयनको प्रस्ताव पारित गरेर मुलुकबाट राजतन्त्रलाई बिदा दिएको छ ।नेपाल अब संघीय गणतान्त्रिक मुलुक भएको छ । संविधानसभाको जेठ १५ गते भएको पहिलो बैठकले 'गणतन्त्र कार्यन्वयनको प्रस्ताव पारित गरियोस्' भन्ने मन्त्री परिषदको प्रस्ताव जेठ १५ गते राती ११ बजेर २५ मिनेट जाँदा बहुमतले पारित गरेपछि नेपाल गणतन्त्रको युगमा प्रवेश गरेको हो । संविधानसभा बैठकमा उपस्थित ५६४ सदस्यमा प्रस्तावको पक्षमा ५६० र बिपक्षमा ४ जना सभासदले मतदान गरेका थिए । सरकारको प्रस्तावको पक्षमा राप्रपा नेपालका सभासदबाहेक सबै सभासदले मतदान गरेको थिए । संविधानसभा बैठकले नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र भएको प्रस्ताव पारित गरेपछि बैठकको अध्यक्षता गरिरहेका जेष्ठ सभासद केबी गुरुङले पूर्व राजा ज्ञानेन्द्र शाहलाई १५ दिनभित्र नारायणहिटी दरबार छोडाउन सभाको तर्फबाट सरकारलाई आदेश दिएका छन् । यसैगरी, गणतन्त्र कार्यन्वयन भएको खुसियालीमा सरकारले १६ र १७ गते राष्ट्रिय पर्वका रुपमा दुई दिने राष्ट्रिय बिदा दिने घोषणा गरेको छ । संविधानसभा बैठकमा सरकारका तर्फबाट गृहमन्त्री कृष्णप्रसाद सिटौलाले लोकतान्त्रिक गणतन्त्र कार्यन्वयनको प्रस्ताव पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । यसैगरी बैठकमा मन्त्री परिषद बैठकको गणतन्त्र कार्यन्वयन तथा त्यस सम्बन्धि ५ निर्णय प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकोतर्फबाट गृहमन्त्री सिटौलाले पेस गरेका थिए ।

May 28, 2008

संविधान सभा बैठक बस्ने संकेत, 'राष्ट्रपति'को निर्णय हुन सकेन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेताहरुको आआफ्नै अडानले गर्दा लम्बिँदै गएको सात दलिय शिर्षनेताको बैठक केहीबेर अघि अधूरो निर्णय साथ टुंगिएको छ । बालुवाटारमा बसेको शिर्षबैठकले निर्णय ढिलाई गरेपछि संविधान सभा बैठक स्थलमा झड्प र नाराबाजी भएको थियो । अहिले त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । १६ दिन अघि तय गरीएको संविधान सभाको पहिलो बैठक आज 'राष्ट्रपति' को क्षेत्राधिकारको विषयलाई लिएर लम्बिँदै गए पनि संविधान सभाकै बैठकले त्यो अधिकार तोक्ने गरी साँझपख दलका नेताहरु निर्णय पुगेका छन् । पूर्व निर्धारित दिनमै संविधान सभा बैठक गर्नका लागि शिर्षबैठकले यस्तो निकाश खोजेको बताइएको छ । कुनै अप्रिय षड्यन्त्र भएन भने आज साँझसम्म संविधान सभा बैठक बस्ने र उक्त बैठकले गणतन्त्र घोषणा पक्कै पनि गर्नेछ ।

गणतन्त्र घोषणा राजतन्त्रको अन्त्य आज

१५ जेठ २०६५लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालकै इतिहासमा सबैभन्दा बढी महत्वका साथ हेरिएको ऐतिहासिक दिन र २ सय ४० वर्षीय शाहवंशीय राजतन्त्रको विधिवत अन्त्य र गणतन्त्र नेपाल घोषणा गरिने क्षणलाई नेपाली जनताहरु अधैर्य भएर पर्खिरहेका छन्। आज केही बेरमा नेपाल गणतन्त्रको रुपमा घोषित हुनेछ। संबिधानसभाको पहिलो बैठकबाट राजतन्त्रको विधिवत अन्त्य र गणतन्त्र नेपालको घोषणा गरिने छ। गणतन्त्र नेपालको औपचारिक घोषणा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट हुने छ। सरकारले नेपाललाई गणतन्त्र घोषणा गरिने अवसर पारेर देशभर एक दिन सार्वजनिक विदा दिइएको छ। नेपाली जनताले राजतन्त्रको अन्त्यसंगै गणतन्त्र नेपालको रुपमा नयाँ नेपालको युगमा प्रवेश गर्ने अनुभूति र खुशीयाली प्रकट गर्दै छन्। जताततै देश गणतन्त्रमय बनेको छ। गणतन्त्रको महाउत्सव र खुशीयाली मनाउन जनताहरु आतुर छन्। २ सय ४० वर्षीय शाहवंशीय राजतन्त्रको विधिवत अन्त्य र गणतन्त्र नेपालको औपचारिक घोषणा हुने यस ऐतिहासिक दिन र क्षणको अवसरमा सबै नेपालीहरुमा हार्दिक बधाई…शुभकामना …

प्रहरीले गोली चलाउदा कैलालीमा तीन जनाको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पत्रकार जुलुशमाथि आक्रमण गर्ने आएको समूहमाथि प्रहरीले गोली चलाउदा कैलालीमा तीन जनाको मृत्यु भएको छ । पत्रकारबिरुद्ध नाराबाजी गर्दै जिल्ला प्रसाशन कार्यलय घेराउ गर्न गएको उत्तेजित जुलुशमाथि प्रहरीले गोली चलाउदा धनगडीमा तीन जनाको मृत्यु भएको छ । पत्रकार प्रकाश शाहका अनुसार, मृत्यु हुनेमा कैलाली उर्मा गाविस रामबृक्ष राना र उर्माकै जागुराम चौधरी छन् । मारिएका एक जनाको नाम खुलेको छैन । प्रहरीको गोलीले अर्का एक जना गम्भीर घाइते भएका छन्, घाइतेलाई उपचारका लागि काठमाडौ लाने तयारी भइरहेको शाहले बताए । उर्मा गाउको मानव निर्मित पोखरीको भोगचलन र त्यही गाविसको बेडा बाबा मन्दिरमा लाग्ने मेलाको आमदानी हिनामिना भएको समाचार लेखे बापत जेठ १३ उर्मा पुगेका पत्रकार लक्की चौधरीलाई केही ब्यक्तिले कुटपिट गरेका थिए । चौधरीलाई कुटपिट गरिएको बिरोधमा जेठ १४ गते जिल्ला प्रसाशन कार्यलयमा जुलुशसहित गएको पत्रकार टोलीमाथि त्यही समूहले आक्रमण गरेको थियो । आज जेठ १५ गते पनि पत्रकार जुलुशमाथि आक्रमण गर्ने प्रयास गर्दा त्यो समूह र प्रहरीबीच झडप भएको पत्रकार शाहले बताए । यसैबीच, माओवादी कैलालीका इन्चार्ज उत्सवले घटनामा आफ्ना कार्यकर्ताको संलग्नता नभएको बताए । उनले पत्रकार पिट्ने तथा मारिने पनि आफ्नो पार्टीसँग सम्बद्ध नरहेको उल्लेख गरेको पत्रकार शाहले जानकारी दिए ।

सात दलबीच सहमति राष्ट्रपति र प्रधानमन्त्रीको लागि

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राष्ट्रपतिको काम, कर्तब्य र अधिकारबारे पछि निर्णय गर्ने सात दलबीच सहमति भएको छ ।
राष्ट्रपतिको काम, कर्तब्य र अधिकारबारे निर्णय गर्न १३ दलको बैठक हुने भनिए पनि त्यसबारे सात दलमै सहमति भएपछि १३ दलको बैठक बसेन । बैठकमा सहभागी एमाले महासचिव झलनाथ खनालका अनुसार, संविधानसभा बैठकबाट गणतन्त्र घोषणा भएपछि संवैधानिक राष्ट्रपति र कार्यकारी प्रधानमन्त्रीको ब्यवस्था गरिएको घोषणा गर्ने तर, राष्ट्रपतिको काम, कर्तब्य र अधिकारबारे पछि निर्णय गर्ने सात दलबीच सहमति भएको छ । माले महासचिव सिपी मैनालीले राष्ट्रपतिलाई सेनाको परमाधिपति बनाउने सहमति भएको पनि जानकारी दिए । यसैगरी राष्ट्रपतिको चयन पनि पछि गरिने सहमति भएको उनले उल्लेख गरे ।अब सात दलको सहमतिलाई मन्त्री परिषद बैटकको निर्णयपछि संविधानसभाको बैठकमा प्रस्तुत गरिनेछ । बैठक अहिले बेलुका ६ बजे हुनेछ ।

May 26, 2008

७७ वर्षीय मीनबहादुर शेरचन सगरमाथाको शिखरमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विश्वको सर्वोच्च शिखर सगरमाथामा विजयी झन्डा फहराउँदै म्याग्दीका ७७ वर्षीय मीनबहादुर शेरचनले सगरमाथा शिखर पुग्ने विश्वकै र्सवाधिक वृद्ध’ को नयाँ विश्वकीर्तिमान कायम गरेका छन्। शेरचनले आइतबार बिहान ८:४० बजे सर्वोच्च शिखरको सफल आरोहण गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन उद्योग महाशाखा प्रमुख दिनेशहरि अधिकारीले नेपाल समाचारपत्रलाई जानकारी दिए।महाशाखा प्रमुख अधिकारीका अनुसार ज्येष्ठ नागरिक सगरमाथा आरोहण अभियान नेपाल-२००८’ दलका शेरचनले साधारण रुटबाट सफल आरोहण गरेका हुन्।विसं १९८८ मा म्याग्दीको भुरुङ तातोपानी-९ मा जन्मिएका शेरचनले सगरमाथा आरोहण गर्नुअघि सन् २००६ सेप्टेम्बर ११ मा नयाँ खाँगा हिमाल (५८४४ मिटर) को सफल आरोहण गरेको उनको दलका संयोजक रामजिन्दाजी गुरुङले बताए।हालसम्मका सगरमाथा आरोहीमध्ये विश्वकै र्सवाधिक ज्येष्ठ आरोहीका रूपमा शेरचनले नयाँ विश्वकीर्तिमान कायम गरेका छन्’, संयोजक गुरुङले भने- सर्वोच्च शिखर सगरमाथामा नेपालीद्वारा बनाइएका कीर्तिमानमा यो नौलो कीर्तिमान हो। यसबाट नेपालको नाम फेरि एक पटक संसारमा चम्किएको छ।’शेरचनले २००३ जुन महिनामा काठमाडौंदेखि पोखरासम्मको २ सय किलोमिटर दूरी चार दिनमा तथा सोही वर्षो डिसेम्बरमा मेचीदेखि महाकालीसम्मको १ हजार २८ किलोमिटर दूरी २० दिनमा हिँडेरै पार गरेको जानकारी संयोजक गुरुङले दिए।पर्यटन मन्त्रालयका अनुसार पेम्बादोर्जेले एकै सिजनमा दुइ पटक सगरमाथाको सफल आरोहण गरी नयाँ कीर्तिमान कायम गरेका छन्। पेम्बादोर्जेले आइतबार शेरचनको दलबाट तथा गत बिहीबार प्रथम समावेशी महिला सगरमाथा आरोहण-२००८’ दलबाट सर्वोच्च शिखर चुमेका थिए।शेरचन सगरमाथाको सफल आरोहण गर्ने विश्वकै र्सवाधिक वृद्ध आरोही बन्न सफल भएको जानकारी नेपाल पर्वतारोहण संघका अध्यक्ष आङछिरिङ शेपाले नेपाल समाचारपत्रलाई दिए। उनका अनुसार यसअघिको उक्त विश्वकीर्तिमान जापानका ७१ वर्ष २ महिना २ दिन उमेरका कात्सुसुके यानागिसावाको नाममा थियो। उनले २००७ मे २२ मा सर्वोच्च शिखर आरोहण गरेका थिए।यसैबीच प्रथम समावेशी महिला सगरमाथा आरोहण-२००८’ दलकी सदस्य काठमाडौंकी चुनु श्रेष्ठ पनि शिखर पुगेकी छन्। सो दलका सबै महिलाले सफल आरोहण गरेका छन्।

राजा हटाए प्रतिकारको चेतावनी राजाका आसेपासेहरू

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राजा ज्ञानेन्द्रको विषयमा र्सवत्र चासो प्रकट भइरहँदा राजाका आसेपासेहरू राजतन्त्र हट्न नहुने भन्दै भएमा प्रतिकार गरिने चेतावनी दिएका छन् । पञ्चायतकालमा पटकपटक मन्त्री भएका दिलबहादुर श्रेष्ठले राजतन्त्रको फैसला संविधानसभाबाट नभई जनमतसंग्रहबाट गर्नुपर्ने बताउँदै दरबार जनमतसंग्रहको पक्षमा रहेको बताएका छन् । संविधानसभाले जे निर्णय गरे पनि राजाले दरबार नछाड्ने भन्दै हटाउन खोजिए त्यसको कडा प्रतिकार गर्ने चेतावनी दिएका छन् । आफ्नो परिवारले राजासँग पटकपटक भेट्दा राजाको त्यस्तो आशय बुझेको उनले बताए । संविधानसभामा आफूहरूले कुनै सक्रियता नदेखाएको तर जनमत संग्रह हुने हो भने राजाको पक्षमा आफूले सक्रियतापूर्वक लाग्ने जनाए ।
यसैबीच, शाही गृहमन्त्रीसमेत भएका राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रतिनिधिसभाले विशेष घोषणापत्रमार्फ् गरेका प्रस्तावमा राजाको अधिकार कटौतीमात्र गरेको बताउँदै त्यसमा पनि राजतन्त्रको निरन्तरता रहने व्यवस्था गरेकाले कायम रहने दाबी गर्नुभयो । ठूला पार्टी कांग्रेस, एमालेलाई आफूले नै बनाएको कानुन उल्लंघन गरेर गणतन्त्रमा जाने अधिकार नभएको भन्दै थापाले प्रतिनिधिसभाले जेठ ४ मा गरेका ऐतिहासिक घोषणा म्याग्नाकार्टर् सन्धि रहेको स्पष्ट पार्दै गणितीय हिसाबले गणतन्त्रवादीहरू बहुमतमा रहेको स्वीकार गरे । जबरजस्ती रूपमा गणतन्त्र घोषणा गरिए देश थप जटिल द्वन्द्वमा फस्ने चेतावनी दिँदै त्यस्तो अवस्थामा राजाको भूमिका आवश्यक पर्ने बताए र उनले यसअघि नै राजाको पक्षमा आफ्नो पार्टी प्रतिकार गर्नसमेत तयार भएको घोषणासमेत गरेका थिए ।

आजदेखि दरबार वरिपरि निषेधाज्ञा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सम्भावित हुलहुल्जतलाई ध्यानमा राख्दै गृहमन्त्रालयले राजधानीका विभिन्न पाँच स्थानमा आजदेखि निषेधाज्ञा जारी गरेको छ । संविधानसभाको पहिलो बैठक जेठ १५ गते बस्ने भएको र बैठकमा दबाब दिन तथा बैठकले गर्ने निर्णय गरेपछि उत्पन्न हुने प्रतिक्रियाले अशान्त मच्याउन सक्ने भएको हुँदा बैठकस्थल अन्तराष्ट्रिय सम्मेलन केन्द्र, प्रधानमन्त्री निवास बालुवाटार वरपर, नारायणहिटी दरबार वरिपरि, सिंहदरबार वरिपरि र राजा ज्ञानेन्द्रको निजी निवास (निर्मल निवास) वरिपरी अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा जारी गरिएको क्षेत्रभित्र धर्ना, जुलुस प्रदर्शनका साथै खुल्ला व्यापार र सवारी पार्किङमा समेत रोक लगाइएको छ ।गणतन्त्र पारित गरी ज्ञानेन्द्रलाई नारायणहिटीबाट च्यूत गराउने समय नजिकँदै गर्दा लोकतान्त्रिक सरकारले दरवारको सुरक्षार्थ ठूलो संख्यामा अत्याधुनिक हातहतियारसहित सेना परिचालन गर्नु, निषेधाज्ञा लगाउनुजस्ता कार्यले जनमानसमा ठूलै शंसय पैदा गराएको छ । यद्यपि, कट्टर राजावादीले समेत ज्ञानेन्द्रले दरवार छाड्ने मुड बनाइसकेको बताउन थालेका छन् ।

दुइवटा बम विष्फोटन अन्तर्राष्ट्रिय सभा सम्मेलन केन्द्र परिसरमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानसभा सदस्यहरुको बैठक बस्न दुइ दिनमात्र बाँकी रहँदा बैठकस्थलमा बम विष्फोटन गराइएको छ ।बैठक स्थल विरेन्द्र अन्तर्राष्ट्रिय सभा सम्मेलन केन्द्र परिसरमा अपरान्ह ५३० बजे लगातार दुइवटा बम विष्फोटन गराइएको हो । बम विष्फोटनबाट खासै क्षति नपुगे पनि कडा सुरक्षा निगरानीमा रहेको उक्त क्षेत्रमा कसरी बम विष्फोटन गराइयो रहस्यको विषय बनेको छ ।बम विष्फोटनको जिम्मा रणदिप सेनाले लिएको छ । पर्सी १५ गते बस्ने संविधानसभाको पहिलो बैठकले मुलुकमा गणतन्त्र घोषणा गर्दै २४० वर्षदेखि रहेको राजतन्त्रलाई विदाई गर्ने भएको छ ।

राजनीतिक सहमतिका लागि ९ बुँदामा छलफल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादीले राजनीतिक सहमतिका लागि पेस गरेको ९ बुँदामा तीन दलबीच छलफल हुदैछ ।प्रधानमन्त्री निवास बालुवाटारमा जारी माओवादी, नेपाली कांग्रेस र एमालेका शीर्ष नेताबीचको छलफल माओवादीका ९ प्रस्तावमा केन्द्रित छ । श्रोतका अनुसार, माओवादी प्रस्तावको सारसंक्षेप यस प्रकार छ । गणतन्त्रको कार्यन्वयन दिन जेठ १५ गते सरकार र दलहरुको तर्फबाट बिशेष कार्यक्रम ल्याउने । राजनीतिक दलहरुबीच बिश्वासको वातावरण बढाउन बिगतका शान्ति सम्झौता, २३ बुँदे सहमति लगायत जनजाति र मधेशीसँगको सम्झौता र सहमति कार्यन्वयन गर्ने । कुटपिट, हत्या नगर्ने, शान्ति सुरक्षाको स्थिति सुदृढ पार्ने र वाईसीएलको सैनिक चरित्र अन्त्य गरि त्यसलाई पूर्णरुपमा राजनीतिक चरित्रको संगठन बनाउने । माओवादी जनमुक्ति सेनालाई शान्तिसम्झौता अनुसार राज्यको सुरक्षा बलमा समायोजन गर्ने । गिरिजाप्रसाद कोइरालालाई सम्मानित नेता बनाउने तथा उनलाई संरक्षकको भूमिका दिने । गणतन्त्र कार्यन्वयनपछि पनि प्रधानमन्त्रीले नै राष्ट्रप्रमुखको भूमिका निर्वाह गर्ने अहिलेको संवैधानिक ब्यवस्था कायम राख्ने । नयाँ सरकार गठनका लागि अन्तरिम संविधानमा ब्यवस्था गरिएको दुई तिहाई बहुमत आवश्यक पर्ने संवैधानिक प्रावधानलाई निरन्तरता दिने । नयाँ सरकारमा पार्टीहरुले तुलनात्मक हैसियतका आधारमा भाग पाउने । पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउने । माओवादीले प्रस्तुत गरेको ९ बुँदामा संविधान संशोधन नगर्ने उल्लेखित केही बुँदाबाहेक बिबादस्पद नभएको श्रोतले बताएको छ । दलहरुबीच राजनीतिक सहमति नबने पनि आजको छलफलले गणतन्त्र कार्यन्वयनको दिन सरकार र दलहरुले बिशेष कार्यक्रम ल्याउने बुँदामा भने सहमति गर्ने श्रोतको दावी छ ।

May 25, 2008

प्रवासी लिम्बु समूदाय र चुम्लुङ्ग बिच एकिकरण

लिम्वूवान डट व्लगस्पोट डटकम,कतार
यूएइ सम्वाददाता सयुक्त अरब इमिरेट्स यूर्एइमा रहेका लिम्बुहरुको संगठन प्रवासी लिम्बु समूदाय र किरात याक्थूङ्ग चुम्लुङ्ग बिच एकिकरण भएको छ । प्रवासी लिम्बु समूदायका अध्यक्ष पि एस. लिम्बुको अध्यक्षतामा बसेको एक भेलाले प्रवासमा छरिएर रहेका सम्पूर्ण लिम्बुहरुलाई एकिकृति गर्दै लैजाने हेतुले दुबईको होटल ऐभरेष्टमा सम्पन्न दुबै पक्षको साधारण भेलाले संगठनको नाम किरातँ याक्थुङ्ग चुम्लुङ्ग यूर्एइनै रहने गरी चन्द्र चेम्जोङ्गको अध्यक्षतामा नयाँ केन्द्रिय कार्यसमिति चयन गरेको छ । अन्य केन्द्रिय पदाधिकारीहरुमा प्रथम उपाध्यक्ष खगेन सिगु, द्धितिय उपाध्यक्ष शन्त कुमार सम्वाहम्फे, महा-सचिव मन कुमार लावती, सचिव निशान थोप्रा, कोषाध्यक्ष नन्द ताम्लीङ्ग, सह-कोषाध्यक्ष तेज बहादुर खजुम, सम्वाद सचिव सरोज पहाङ्गो, कला साहित्य र संस्कृति सम्योजक मिलन मेन्याङ्गवो, संगठन विस्तार सम्योजकर् इन्द्र लावती, जन सर्म्पर्क सम्योजक घनेन्द्र आङबुहाङ, खेलकुद सम्योजक लामा वनेम रहेका छन् भने सदस्यहरुमा तिर्थराज मावो, राज वनेम (फागो), रेवन्त चोङ्गवाङ्ग, बुध्दिराज वोखिम, लक्ष्मी इङनाम, मनिष तुम्वाहम्फे, सोम सेनेहाङ्ग, दिपेन्द्र आङबुहाङ्ग, दिनेश सिंगक रहेका छन् । प्रमुख सल्लाहकार पि.एस लिम्बु तथा सल्लाहकारहरुमा शेर बहादुर सम्वाहाम्फे, हरेन्द्र याक्थुम्वा (सिंगक) रहेका छन् । यूएइका अन्यर् इमिरेट्सहरुमा रहेका क्षेत्रिय समितिहरुको छिट्टै नाम परिवर्तन गरी रिक्त स्थानमा पदपुर्ति गर्ने निर्णय गरेको छ । साथै किरात याक्थुङ्ग चुम्लुङ्गको मुख पत्र चेसुङ्गको नाम परिवर्तन गरी तागेरा प्रकाशन गर्ने निर्णयपनि गरेको छ ।

दलहरुले निश्कर्ष निकाल्न नसकेपछि जेठ १३ गते पुन छलफल गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सहज राजनीतिक निकासका निम्ति माओवादी, नेपाली कांग्रेस र एमालेबीच भएको छलफलले निश्कर्ष निकाल्न नसकेपछि जेठ १३ गते पुन छलफल गर्ने सहमति भएको छ । राजनीतिक सहमतिका निम्ति भएको माओवादी, नेपाली कांग्रेस र एमालेका शीर्ष नेताहरुको बैठक जेठ १३ गते बिहान पुन हुने गरी सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जेठ १२ गते भएको बैठकमा माओवादी र नेपाली कांग्रेसले आफ्नो अडान नछाडेपछि बैठक सहमतिमा पुग्न नसकेको कांग्रेस महामन्त्री बिमलेन्द्र निधीले बताए । निधीका अनुसार, कांग्रेसले राजनीतिक सहमतिका निम्ति ७ बुँदे सर्त मान्न माओवादीलाई दबाब दियो भने माओवादीले अन्तरिम संविधान संशोधनमा सहमत हुननसक्ने अडान राख्यो । बैठकमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, माओवादी अध्यक्ष प्रचण्ड र एमाले महासचिव झलनाथ खनाललगायत नेताहरुको उपस्थिति थियो । भोली बिहान ८ बजे हुने बैठकमा माओवादीले सहमतिको खाका प्रस्तुत गर्ने तथा त्यसमा छलफल हुने सहमति भएको पनि कांग्रेस महामन्त्री निधीले जानकारी दिए ।

जेठ १५ गतेलाई राष्ट्रिय दिवसकारुपमा मनाउन माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
गणतन्त्र कार्यन्वयन हुने दिन जेठ १५ गतेका लागि कार्यक्रम ल्याउन नागरिक अगुवाहरुले सरकार र राजनीतिक दलहरुसमक्ष माग गरेका छन् । नागरिक समाजका प्रतिनिधिहरुले जेठ १५ गते गणतन्त्र कार्यन्वयन घोषणाको दिनलाई राष्ट्रिय दिवसकारुपमा मनाउन सरकार र राजनीतिक दलहरुले कार्यक्रम प्रकाशित गर्नुपर्ने माग गरेका छन् । राजधानीमा रिपोर्टस क्लबमा आयोजित कार्यक्रममा बोल्दै नागरिक समाजका अगुवाहरुले संविधानसभाबाट गणतन्त्र घोषणा र राजदरवारमा राष्ट्रिय झण्डोत्तोलन एकै समयमा हुनुपर्ने पनि माग गरे । गणतन्त्र घोषणालाई राष्ट्रिय पर्वकारुपमा मनाउन नागरिक अगुवाहरुले 'गणतन्त्र महाउत्सव नागरिक समिति' निर्माण गरेको पनि कार्यक्रममा घोषणा गरे । नागरिक समितिले जेठ १४ गते बेलुका ५ बजे राजधानीको शहीदमंचमा गणतन्त्र महाउत्सवको उपलक्षमा सास्कृतिक कार्यक्रम आयोजना गरेको छ भने जेठ १५ गते बिहान ७ बजे राजधानीको बसन्तपुरबाट प्रभातफेरी गर्दै संविधानसभा बैठकस्थल नयाँ बानेश्वरमा रहेको अन्तराष्ट्रिय सम्मेलन केन्द्र पुग्ने घोषणा गरेको छ । कार्यक्रममा बोल्दै पूर्व न्यायधिस लक्ष्मणप्रसाद अर्यालले जेठ १५ गते संविधानसभा बैठक गणतन्त्र कार्यन्वयनबाहेक अरु मुद्धामा प्रवेश गरे अन्तरिम संविधान उल्लंघन हुने बताए । राजनीतिक बिश्लेषक तथा पूर्व मन्त्री निलाम्बर आचार्यले अन्तरिम संविधानको धारा १९९ को उपधारा २ अनुसार संविधानसभा बैठक गणतन्त्र कार्यन्वयनबाहेक दायाँबायाँ लाग्न नपाउने धारणा राखे । नागरिक समितिका अगुवाहरुले राजदरवारको झण्डा हटाएर राष्ट्रिय झण्डा फहराउने बेला अन्तराष्ट्रिय समुदायको पनि उपस्थिति गराउनुपर्ने सुझाव दिए ।

May 24, 2008

रुङरीको बयान र नदी किनाराको विमोचन

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ
हिजो मे २३ तारिख सुक्रबारको दिन सृजनशील साहित्य समाज हङकङको आयोजनामा कवि देवेन्द्र खेरेसको कविताकृति "रुङ्रीको बयान र नदी किनारा"

प्रमुख अतिथि द्वय नेपाली महासंघ हङकङका अध्यक्ष हेम लिम्बू र जनजाति महासंघ हङकङका अध्यक्ष भूपेन्द्र चेमजोङ लिम्बूले लोकार्पण गरेका थिए । भयवादका प्रस्तोता तथा उपन्यासकार देश सुब्बाको अध्यक्षतामा सम्पन्न भएको यस कार्यक्रमको उद्घोषण सृजनशील साहित्य समाजका सचिव कवि नरेश सुनुवार र स्वागत मन्तव्य समाजका अध्यक्ष कवि हाङयुग अज्ञातले गरेका थिए । आदिवासी गीतकार समाज हङकङका अध्यक्ष प्रदिप कन्दङवा लिम्बू, खोटाङ डट कमका सम्पादक किन्दर र्राई, सृजनशील डट कमका रविन र्राई, एभरेष्ट साप्ताहिकका किसन र्राई, गीतकार बिमल र्राई, कवि चन्द्र मादेन लिम्बू, कथाकार प्रकाश कृष्ण बाक्सिला, कवियत्री, आशा विदिर्ण र्राई, कवि भोगेन एक्ले, गजलकार अशोक र्राई, जितेन र्राई, कवि कमल पौडेल, कवि हेजेन र्राई, जनजाति महासंघका अध्यक्ष तथा सनराइज साप्ताहिक हङकङका सम्पादक भूपेन्द्र चेमजोङ लिम्बू, नेपाली महासंघ हङकङका अध्यक्ष हेम लिम्बू, कवि देवेन्द्र खेरेस र देश सुब्बाले कृतिमाथि मन्तव्य व्यक्त गरेका थिए । मन्तव्यको क्रममा कवितामा भएको नयाँ चेतना, साँस्कृतिक चेतना र डायस्पोरिक साहित्यको चर्चा भएको थियो । कवि देवेन्द्र खेरेसले कविता लेखनको अनुभव, जातिय भाषाहरूको प्रयोग र डायस्पोराको चित्रण कवितामा गरेका छन् । कार्यक्रममा विभिन्न संघसंस्था र श्रोताहरूको पस्थिति भएको थियो ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको - प्रेस विज्ञप्ति


भर्खरै भएको का.म.न.पा. कोटेश्वर निवासी रामहरि श्रेष्ठको हत्या र यसले उब्जाएको गम्भीर सवालमा संघीय लाके तान्त्रिक राष्टिय मञ्चको ध्यानाकृष्ट भएको छ । यो अमानवीय घटनाको घारे भर्त्सना गर्दै पीडित पक्षले यथासीघ्र उचित न्याय र क्षतिपूर्ति पाउनुपर्दछ । साथै, श्रेष्ठका हत्याराहरुलाई अविलम्ब पहिचान गरी कडाभन्दा कडा कानुनी कार्वाही गर्न सरकारसमक्ष अनुरोध छ ।पुनश्चः यस घटनाको निहुँमा गरिएको शान्तिपूर्ण आन्दालेनमा प्रतिगमन चाहने र संघीय लोकतान्त्रिक गणतन्त्र नचाहने तत्वहरुले खेल्ने मौका पाउनु हुन्न । यस घट्नालाई आवश्यकताभन्दा बढी चर्काएर ऐतिहासिक संविधानसभाको पहिलो बैठक र यसले सम्पन्न गर्नुपर्ने गणतन्त्रको कार्यान्वयनको प्रतिक्रियालाई अवरोध गर्नुहुन्न । यसका लागि सम्पूर्ण नागरिक समाज, पत्रकार जगत र राजनीतिक पार्टीलगायत सम्वद्ध सबैपक्षलाई संवेदनशील भई सजगताका साथ आ-आफ्नो भुमिका निभाउन हनु हार्दिक अनुरोध गर्दछौ ।
धन्यवाद !
...........................
डीके बुद्धिष्ट तामाङ
अध्यक्ष
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
संघीय कार्य समिति
मितिः २०६५। ०२। ०७ मा

राजालाई नारायणहिटी छोडाउने नाटकको पर्दाफास

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आउँदो १५ गते के होला भनेर विभिन्न कोणबाट विभिन्न अड्कल काट्ने कार्य भइरहँदा जनआन्दोलन भाग २ का मुख्य अपराधीको लिस्टमा परेका नेपाल प्रहरीका निलम्बित दुइ एआईजी कृष्ण बस्नेत र रुपसागर मोक्तानलाई सफाइ मिलेको छ । अस्ती बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले दुबै एआईजीलाई खोसीएको बर्दी र जिम्मेवारी फिर्ता गरेको हो । यद्यपि, यसको औपचारिक जानकारी भने बैठकमा सहभागि कसैले पनि गर्ने आँट गर्न सकेका छैनन् ।
राजाको तत्कालिन निरंकुश सत्ता सञ्चालन अवधिमा नाटकिय रुपमा एआईजी बनेका तत्कालिन उपत्यका प्रहरी प्रमुख कृष्ण बस्नेतले सोही गुन तिर्न आन्दोलनकारीमाथि बर्बर यातना दिन प्रहरी सञ्चार सेटबाटै मातहतका अधिकारीलाई आदेश दिएका थिए । 'सालेहरुलाई, फेरि आउनै नसक्ने गरी ठोक न !' भन्दै सेटबाटै खोक्ने निलम्बित एआईजी बस्नेतमाथि ज्यान मुद्दा लगाउनु पर्ने आवाज उठीरहेका बेला सरकारले पुनः जिम्मेवारीमा फर्काएको छ । यसैगरी, गंगोबुमा भएको आन्दोलनमा शाही सत्ता जोगाउन आफ्नो घरलाई सेल्टर बनाउन लगाएका अर्का दमनकारी एआईजी रुपसागर मोक्तानको घरबाट आन्दोलनकारीमाथि गोली चलाइएपछि उनीसमेत सोही कारण निलम्वनमा परेका थिए ।
राजाको निगाहामा एआईजी भएका दुबै एआईजीमाथि कडा कारवाहीको माग जनताबाट भइरहेको र जनआन्दोलन दबाएको भन्दै आयोगले समेत कारवाही सिफारिस गरेका उनीहरुलाई राजालाई नारायणहिटी छोडाउन दबाब परिरहेका बेला सफाइ दिइनुले थप रहश्य जन्माएको छ ।
स्रोतका अनुसार पन्ध्र गते राष्ट्रको कार्यकारी भूमिका समेत निर्वाह गरिरहेका बर्तमान प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजीनामा दिने मनस्थितिमा पुगेकाले छोरी सुजाताको आग्रहपूर्ण दबाबमा यस्तो निर्णय गरिएको बताइएको छ । जनही पचास लाखका दरले रकम बुझेर मण्डिखाटारको दबाबमा गरिएको भनिएको यो निर्णय प्रति स्वयम् गृहमन्त्री कृष्ण सिटौलासमेत असन्तुष्ट रहेको बताइएको छ । जनआन्दोलनको सफलतासँगै देशविदेशमा समेत प्रतिष्ठाको उचाइमा रहेका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले यदि साँच्चिकै छोरी सुजाताको दबाबमा यस्तो गलत निर्णय गरेका भए उनको राजनैतिक भविष्य यसै निर्णय सँगै समाप्त हुने निश्चित छ ।
नेपाल प्रहरीको पुनः जिम्मेवारी तोकिएका दुबै एआईजी जनआन्दोलतको सफलतासँगै निलम्वनमा परे पनि प्रहरी ऐनअनुसार ६ महिनाभन्दा बढी निलम्वनमा राख्ने कानुनी प्रावधान नरहेकाले यसअघि गृहमन्त्रालयमा हाजिर गर्दै आएका थिए ।
उता, दमनकारी सुरक्षा अधिकारीलाई पुनः जिम्मेवारीमा फर्काइनुले नेपाल प्रहरीभित्र उथलपुथल हुने आशंका गरिएको छ । एक साथ निलम्वनमा परेका अर्का एआईजी राजेन्द्रबहादुर सिंहले भने सेवाअवधि पूरा भएकाले अवकाश पाइसकेका छन् । उनलाई माओवादीले गृहराज्यमन्त्री या सुरक्षा सल्लाहकारमा लैजाने हल्ला चलाउन थालिएको छ भने अर्का अवसरबादी पूर्व आईजी मोतीलाल बोहोरा नेपाल प्रहरीको महानिर्देशक बन्न माओवादीको चाकडीमा धाइरहेका छन् ।
ससाना विषयमा ठूलो असहमती गर्ने माओवादीले यत्रो सोच्नै नसकिने निर्णय हुँदा समेत 'चुँ' नबोल्नुले कोही पनि सत्तासीनहरु जनताप्रति प्रतिवद्ध छन् भन्ने विश्वासको आधार हटेर गएको छ । साथै, राजालाई नारायणहिटीबाट हट्न दिएको धम्की पनि हल्लै मात्र त होइन आशंका बढेको छ ।

जनमुक्ति सेनाको डिभिजन कमाण्डरबाट निलम्बित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
रामहरि श्रेष्ठको हत्यामा संलग्न भएको आरोप लागेका बिबिध माओवादी जनमुक्ति सेनाको डिभिजन कमाण्डरबाट निलम्बित भएका छन् । कोटेश्वरका ब्यवसायी रामहरि श्रेष्ठको हत्यामा संलग्न भएको आरोप लागेका माओवादी जनमुक्ति सेना तेश्रो डिभिजन कमाण्डर कालिबहादुर खाम बिबिधलाई जनमुक्ति सेनाले निलम्बन गरेको छ । जेठ १० गते जनमुक्ति सेनाका डेपुटी कमाण्डर जनार्दन शर्मा प्रभाकरले बक्तब्य जारी गर्दै श्रेष्ठको हत्या प्रकरणको अनुसन्धानलाई सहयोग पुर्‍याउन निलम्बन गरिएको जानकारी दिएका छन् । बक्तब्यमा उनले माओवादीले बनाएको छानवीन आयोगलाई सहयोग पुर्‍याउन बिबिधलाई निलम्बन गरिएको उल्लेख छ । श्रेष्ठको हत्या प्रकरणको छानवीन गर्न माओवादीले जेठ ९ गते पार्टीको सचिवालय सदस्य पोष्टबहादुर बोगटी दिवाकरको संयोजकत्वमा तीन सदस्यीय छानवीन आयोग बनाएको थियो ।

प्रचण्डलाई माओवादी नेतृत्वको सरकार बनाउन कोइरालाको आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादी अध्यक्ष प्रचण्डलाई माओवादी नेतृत्वको सरकार बनाउन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले औपचारिकरुपमा आग्रह गरेका छन् । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले माओवादीलाई सरकार निर्माण गर्ने औपचारिकरुपमा आग्रह गरेका छन् । किरात पर्व उभौली/उधौलीको जेठ ११ गते राजधानीमा उदघाट्न गर्दै माओवादी अध्यक्ष प्रचण्डले यस्तो जानकारी दिएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा भर्खरै सम्पन्न माओवादी, नेपाली कांग्रेस र एमालेका शीर्ष नेताबीचको बैठकमा प्रधानमन्त्रीले आफूलाई यस्तो आग्रह गरेको प्रचण्डले उल्लेख गरे । प्रचण्डले कार्यक्रममा आफ्नो पार्टीको नेतृत्वमा सरकार निर्माणका लागि पहल सुरु भइसकेको पनि जानकारी दिए । सरकारले मनोनित गर्न पाउने २६ संविधानसभासदबारे पनि दलहरुबीच सहमति भइसकेको कार्यक्रममा प्रचण्डले बताए । अधिकांश संविधानसभासद जनजाति हुने पनि कार्यक्रममा प्रचण्डले दावी गरे ।

May 23, 2008

एकैदिनमा ७७ जनाले सगरमाथा आरोहण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सर्वोच्च शिखर सगरमाथा बिहीबार एकैदिन हालसम्मको सबैभन्दा धेरै ७७ जनाले आरोहण गरेका छन् । यसअघि सन् २००२ मे १६ मा ६२ जनाले बनाएको कीर्तिमान २००५ मे ३० मा ६५ जना चढेर तोडिएको थियो । चीनले ओलम्पिक ज्योति सर्वोच्च शिखर पुर्‍याउने अवधिमा मे १ देखि ८ दिन आरोहण रोकेर फुकुवा गरेपछि आरोहीका धेरै दल एकसाथ अघि बढेका थिए । आरोहण क्रम जारी छ ।
पर्यटन मन्त्रालयले ७५ जनाले बिहीबार आरोहण गरेको पुष्टि गरेको छ । तिनमा ३० विदेशी र ४५ जना नेपाली छन् । चर्चित आरोही आप्पा शेर्पाले बिहीबारै सगरमाथा टेकेको नेपाल पर्वतारोहण संघले जानकारी दिएको छ । आप्पा र उनीसंगै पुगेका अर्का शेर्पासहित कुल आरोही ७७ पुगेको हो । तीन दिनमा सगरमाथा चढ्ने आरोहीको संख्या १ सय १२ पुगेको छ ।

इराकमा हत्या गरिएका ९ जनाका परिवारले मासिक १५ हजार क्षतिपूर्ति पाउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तीन वर्षअघि इराकमा हत्या गरिएका १२ मध्ये ९ जनाका परिवारले अब मासिक रूपमा १५ हजार रुपैयाँका दरले क्षतिपूर्ति पाउने भएका छन् । अमेरिकी श्रम मन्त्रलायअर्न्तर्गतको प्रशासनिक कानुन न्यायाधीश कार्यालयले त्यस्तो फैसला दिएको हो ।
पीडितका परिवारले सो रकम जीवनभर पाउने गरी मुद्दा लड्ने दुइ अमेरिकी वकिलहरूले जनाए । मृतकका आमाबाबु तथा श्रीमतीले बाँचेसम्म सो रकम पाउने गरी मुद्दा लड्ने अमेरिकी वकिलद्वय म्याथ्यु हृयान्ड्ली र एगनेष्टा प्रिmजम्यानले जनाएका छन् । सो अदालतले १५ हजार वरावरको डलर दिने भए पनि कति समय भने तोकिएको छैन । मासिक रूपमा त्यसरी रकम पाउनेमा झापाका प्रकाश अधिकारी, ललितपुरका रमेश खड्का, धनुषाका लालसिंह कोइरी, सञ्जयकुमार ठाकुर, मनोजकुमार ठाकुर, गोरखाका जितबहादुर थापा, खोटाङका ज्ञानेन्द्र श्रेष्ठ, राजेन्द्र श्रेष्ठ र लम्जुङका विष्णुहरि थापा रहेका छन् ।
पीडितको पक्षबाट निःशुल्क मुद्दा लडेका वकिलद्वयले बाँकी तीन मृतक वुधन र मगलका बाबुआमा या पत्नी बच्चा नभएकाले अमेरिकी कानुनअनुसार मुद्दा हाल्न नमिलेको र भेषबहादुरको परिवारले मुद्दा हाल्न नमानेको कारण उनीहरूले सो रकम नपाउने भएका हुन् । वकिलद्वयले अमेरिकी अखबार सिकागो टाइम्सले प्रकासित गरेको समाचारको आधारमा सो मुद्दा लडेको बताइएको छ । मृतकका परिवारलाई जोर्डनका कम्पनी विसारात एन्ड पार्टनर्स कम्पनीमा काम गर्न जाने क्रममा मृत्यु भएकाले क्षतिपूर्ति सोही कम्पनीले तिर्नुपर्ने भएको छ । सो कम्पनी अमेरिकी कम्पनी हृलालिवर्टन अर्न्तर्गतको केविआरको उपठेगेदार थियो । १२ जनासँगै सोही कम्पनीमा काम गर्न पुगेका बुद्धि गुरुङ भाग्यबस बाँच्न सफल भई उसलाई डाउडले काम लगाएको थियो । पछि अमेरिका बुद्धिले आफ्नो करारपत्र वकिलहरूलाई उपलब्ध गराएकै भरमा मुद्दा लड्ने सजिलो भएको बताइएको छ । आश्रति परिवारले सो रकम बाँचुन्जेल पाउने भएको छ ।

गणतन्त्र पाँच दिन बाँकी रहँदा राजा ज्ञानेन्द्रको अन्तिम छटपटाहट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
गणतन्त्र नेपालको विधिवत घोषणा गर्न मात्र पाँच दिन बाँकी रहँदा राजा ज्ञानेन्द्रको अन्तिम छटपटाहट सुरु भएको छ । नारायणहिटी छोडी नागार्जुन पुगेर गणतन्त्रको भवितव्यबाट कसरी जोगिन सकिन्छ भनी तानावाना बुन्न व्यस्त राजा ज्ञानेन्द्रकै आग्रहमा उनकै एक मात्र छोरी ज्वाईं राजबहादुर सिंहले माओवादी अध्यक्ष प्रचण्डसँग बिहीबार भेटवार्ता गरेको समाचार छ । आवश्यकता पर्‍यो भने राजा ज्ञानेन्द्रसँगै वार्ता गर्न तयार रहेको बताउँदै राजाका सहयोगीसँग भेटवार्ता गर्दै आएका प्रचण्डले बिहीबार राजाका ज्वाईंसँग रसुवाको एक होटलमा वार्ता गरेको स्रोतको दाबी छ । संविधानसभाको जेठ १५ गते बस्ने पहिलो बैठकबाट राजालाई फ्याँक्दै गणतन्त्रको घोषणा गर्ने तयारी भइरहेका बेला राजाले आफ्ना सबै संयन्त्र प्रयोग गर्दै साढे दुइ सय वर्षेखिको विरासत जोगाउने प्रयास गरिरहेका छन् ।
राजालाई फाँसी दिनुपर्छ भन्ने माओवादीका नेताहरु पछिल्लादिनमा सम्मानजनक बर्हिगमन तथा सांस्कृतिक अधिकार र भत्ताको समेत व्यवस्था गर्ने कुरा गर्न थालेका छन । कमल थापाजस्ता शाही मतियारलाई जेल हाल्नुपर्छ भनिएकाहरूसँग माओवादीको गोप्य भेटवार्ता हुन थालेपछि जेठ १५ गते साँच्चै गणतन्त्रको घोषणा हुन्छ भन्ने विषयमा आशंका समेत बढेर गएको छ । स्रोतले दिएको जानकारीअनुसार बिहीबार रसुवाको अन्नपूर्ण होटलमा प्रचण्ड-राजबहादुरबीचको भेटवार्ताका क्रममा राजाका तर्फाट सेरेमोनियल राजाको रूपमा आफू बस्न तयार रहेको अथवा त्यो सम्भव नभए प्रथम राष्ट्रपतिको निम्ति सहयोग गर्न प्रस्ताव अघि सारिएको बताइएको छ । संविधान संशोधन नगरी गणतन्त्रको घोषणा भए संवैधानिक संकट उत्पन्न हुन सक्नेतर्फसचेत गराउँदै राजालाई सहयोग गरे राजाले आफ्नो सम्पूर्ण शक्ति प्रयोग गरी माओवादीको साथ दिने बचन दिएको जनाइएपनि माओवादीका तर्फाट कस्तो प्रक्रिया रहृयो खुल्न सकेको छैन । यद्यपि, वार्ता सकारात्मक ढंगबाट अगाडि बढेको बुझिएको छ । बिहीबार बिहान डाइनेष्टी एयरलाइन्सको हेलिकप्टर चार्टड गरी धुन्चे पुगेका प्रचण्ड र राजबहादुर सिंहबीच एक घन्टा वार्ता भएको र उक्त वार्तामा माओवादी केन्द्रीय सदस्य अग्नीप्रसाद सापकोटा र केही सहयोगी रहेका थिए भने सिंहका साथमा उनका विजनेस पार्टनर अजय सुमार्गी (जो राजाको कानुनी सल्लाहकारसमेत हुन) रहेको जनाइएको छ । वार्तापछि सुमार्गीको विवादास्पद हिमालय नेचुरल मिनरल उद्योग तथा चिलिमे जलविद्युत् आयोजनाको समेत भ्रमण गरिएको समाचार स्रोतले जनाएको छ । माओवादीको राजासँग घाँटी जोडिएको आरोप लागिरहेका बेला प्रचण्ड र राजाका दूतसँग पटकपटक हुने गोप्य एवम् रहश्यमय भेटवार्ताले आरोपलाई थप बल पुर्‍याएको छ । हाल नागार्जुनस्थित दरबारमा बस्दै आएका राजा ज्ञानेन्द्र आफ्नो विरासत जोगाउन गरेको पहल कति प्रभावकारी हुन्छ । पाँच दिनसम्म कुर्नुपर्ने भएको छ । यसैबीच, जेठ १५ गते उर्लने जनउभारले नारायणहिटी दरबार कब्जा गर्न सक्ने आशंकामा नारायणहिटीको सुरक्षार्थ पाँचवटा सुरक्षा घेरा बनाउनुका साथै विद्युतीय गेट र ट्याकसमेत तैनाथ गरिने बताइएको छ । उक्त दिन राजधानीका धेरै स्थान प्रवेश निषेध तोकिने तयारी भइरहेको बुझिएको छ ।

सभामुख सुवास नेम्वाङले संविधानसभा पहिलो बैठकको कार्यविधि प्रस्तुत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानसभामा प्रतिनिधित्व गर्ने २५ दलका प्रतिनिधिबीच अन्तरिम संसदका सभामुख सुवास नेम्वाङले संविधानसभा पहिलो बैठकको कार्यविधि प्रस्तुत गरेका छन् । अन्तरिम संसदका सभामुख सुवास नेम्वाङले संविधानसभामा प्रतिनिधित्व गर्ने २५ दलका प्रतिनिधिसामु 'संविधानसभाको अन्तरिम कार्यविधी २०६५' को मस्यौदा प्रस्तुत गरेका छन् । जेठ १० गते प्रस्तुत कार्यविधी मस्यौदामा संविधानसभाको जेठ १५ गते हुने बैठकको अध्यक्षता जेष्ठ संविधानसभासदले गर्ने तथा त्यही बैठकले अध्यक्ष र उपाध्यक्ष चयन गर्ने उल्लेख छ । अध्यक्ष र उपाध्यक्ष चयनपछि अध्यक्षले बैठकको अध्यक्षता गर्ने र संविधानसभा अन्तरिम संविधानमा उल्लेख भए अनुसार गणतन्त्र कार्यन्वयनको बिधीमा प्रवेश गर्ने पनि कार्यविधीमा भनिएको छ । दलहरुले जेठ १२ गतेसम्म कार्यविधीमा संशोधन गर्न पाउने सभामुख नेम्वाङले बताए । कार्यक्रममा गृहमन्त्री सिटौलाले अन्तराष्ट्रिय सम्मेलन केन्द्रलाई पनि सिंहदरवार जस्तै सुरक्षित बनाउन ब्यवस्था गरिएको जानकारी दिए । सिटौलाले सम्मेलन केन्द्रको वरिपरि सिंहदरवार जस्तै निषेधित क्षेत्र घोषणा गर्ने पनि उल्लेख गरे । गृहमन्त्रीको भनाइप्रति माओवादी केन्द्रीय सदस्य जनार्दन शर्मा प्रभाकर र एमाले केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले निषेधित क्षेत्र घोषणा गर्दा जनताको अभिब्यक्ति स्वतन्त्रता प्रभावित हुनुनहुनेमा ध्यानाकर्षण गराए ।

संविधानसभाको निर्णय नमाने राजा ज्ञानेन्द्रलाई मुद्धा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानसभाको निर्णय नमाने राजा ज्ञानेन्द्रलाई मुद्धा चलाएर कारवाही गरिने माओवादी सचिवालय सदस्य सिपी गजुरेलले चेतावनी दिएका छन् 
माओवादीका केन्द्रीय सचिवालय सदस्य सिपी गजुरेलले संविधानसभाको निर्णय मान्दै राजा ज्ञानेन्द्रले सहजरुपमा दरवार छाडे सम्मानित नागरिक भएर बस्न पाउने अन्यथा उनलाई मुद्धा चलाइने बताएका छन् । जेठ १० गते राजधानीमा रिपोर्टस क्लबद्वारा आयोजित कार्यक्रममा बोल्दै गजुरेलले राजाको बहिर्गमनलाई सजिलो बनाउन पार्टी अध्यक्ष प्रचण्डले दरवार नजिककाहरुसँग भेटघाट गरिरहेको उल्लेख गरे । गजुरेलले कार्यक्रममा तत्काल अन्तरिम संविधान संशोधनको पक्षमा आफ्नो पार्टी नरहेको स्पष्ट पारे । 'अहिले संविधान संशोधन गर्ने हो भने बिभिन्न समुदाय संशोधनको पक्षमा आउन सक्छन् र मुख्य मुद्धा ओझेलमा पर्न सक्छ' गजुरेलले भने । राष्ट्रपति र प्रधानमन्त्री एउटै पार्टीको तथा एउटै मानिस बन्न सक्ने पनि गजुरेलको भनाइ थियो । नेपाली कांग्रेसका उपसभापति गोपालमान श्रेष्ठले सहमतिको राजनीति अघि बढाउने तथा सहमतिको सरकार बनाउने हो भने संविधान संशोधन गर्नुपर्ने धारणा राखे । एउटै दलको राष्ट्रपति तथा प्रधानमन्त्री बन्नु नहुने पक्षमा आफ्नो पार्टी रहेको पनि श्रेष्ठले उल्लेख गरे । माओवादीले नेपाली कांग्रेसको समर्थन चाहने हो भने आफ्ना सात शर्तको अध्ययन गर्नुपर्ने तथा पूरा गर्नुपर्ने पनि उनको भनाइ थियो । 'सरकार गठन गर्न प्रधानमन्त्रीले १५ दिन पहिले नै आह्वान गरिसक्नुभएको हो, जुनसुकै बेला पद छाड्न प्रधानमन्त्री तयार हुनुहुन्छ' श्रेष्ठले भने । कार्यक्रमका अर्को वक्ता एमाले केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले जेठ १५ गते गणतन्त्र दिवस मनाइनुपर्ने तथा दरवारमा रहेको राजाको झण्डा हटाएर राष्ट्रिय झण्डा राख्नुपर्ने बताए । सरकारको नेतृत्व माओवादीले गर्ने निश्चित भए पनि कसैले एकल सरकार गठन गर्नसक्ने अन्तरिम संविधानमा ब्यवस्था नभएकाले माओवादीले एकल सरकार गठन गर्ननसक्ने उल्लेख गरे । 'सरकार गठनबारे माओवादीको प्रस्ताव कस्तो हुन्छ त्यसै आधारमा एमालेले सरकारमा जाने या नजानेबारे निर्णय गर्नेछ, एमाले अहिले शक्ति वाँडफाँडमा केन्द्रित छैन' ज्ञवालीले भने । कार्यक्रममा राष्ट्रिय जनशक्ति पार्टीका उपाध्यक्ष प्रकाशचन्द्र लोहनी, राष्ट्रिय प्रजातन्त्र पार्टीका खेमराज पण्डितलगायतकाले पनि बोलेका थिए ।

May 22, 2008

माओवादीविरुद्ध कांग्रेसद्वारा आन्दोलनको घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादीद्वारा हत्या, हिंसा, आतंकका घटनाहरुलाई निरन्तरता दिई र्सवसाधारणमाथि ज्यादति गर्न थालेपछि नेपाली कांग्रेसले माओवादीविरुद्ध देशव्यापी आन्दोलनको घोषणा गरेको छ । प्राप्त समाचारअनुसार कांग्रेसले हिजो आफ्ना भ्रातृ संगठन तथा शुभेच्छुक संघसंस्थालाई माओवादीविरुद्धको आन्दोलनमा सहभागी हुन आहृवान गर्दै चारदिने देशव्यापी आन्दोलन तय गरेको छ । कांग्रेसद्वारा तय गरिएको आन्दोलन भोलि १० गतेदेखि १४ गतेसम्मको रहेको छ । आन्दोलनको संयोजन कांग्रेसले काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कार्यसमितिले गर्नेछ । १० गते १२ बजे रत्नपार्कमा भेला भई बागबजार, मैतिदेवी, पुरानो बानेश्वर भई नयाँ बानेश्वरमा पुगी २ बजे विरोध सभामा परिणत हुन निर्देशन दिएको छ । देशव्यापी रूपमा आफ्नो नेता तथा कार्यकर्ता र्सवसाधारणमाथि भइरहेको आक्रमणको विरोधमा त्यस्ता आन्दोलनका कार्यक्रम गर्ने भएको हो ।कांग्रेसले आन्दोलनका निम्ति नेविसंघ, तरुण दल, महिला संघ, दलित संघ, टे्रड युनियनलगायतका भ्रातृ संगठनलाई छुट्टाछुट्टै मिति र स्थान दिई आन्दोलन गर्न निर्देशन दिएको छ । राजधानी केन्द्रित आन्दोलनमा नेविसंघ र तरुण दलले सक्रिय भूमिका खेलिरहेको अवस्थामा कांग्रेसले माओवादीविरुद्ध आन्दोलन चर्काउन दिएको निर्देशनले दुइ पार्टी विचको सहकार्यमा बाधा पुग्ने निश्चित छ ।

१४ वर्षीया किशोरी र १५ वर्षीय किशोरको विवाह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१४ वर्षीया किशोरीलाई नवलपरासीको कुस्मा-२ का १५ वर्षीय किशोरले अवैध सम्बन्ध राखी गर्भ बोकाएको थाहा भएपछि गाउँलेले उनीहरूबीच विवाह गराइदिएका छन् । प्राप्त समाचारअनुसार स्थानीय शिव हरिजनकी छोरी निरुको पेटमा गर्भ रहेको उनकी आमाले थाहा पाएपछि गर्भपतन गराउन परासीस्थित परिवार नियोजन संघमा लगेकी थिइन् । तर त्यहाँका चिकित्सकले निरुको पेटमा ६ महिनाको बच्चा रहेकाले गर्भ तुहाउन नसकिने जनाएपछि स्थानीयवासीले घटनाबारे थाहा पाएका थिए । निरुले आफ्नो गर्भमा रहेको बच्चा स्थानीय राधेश्याम हरिजनका १५ वर्षीय दीपकको भएको बताएपछि केटी पक्षकाले प्रहरीमा उजुरी दिएका थिए । उजुरीपछि इलाका प्रहरी कार्यालय पिपरहवाले यी दुइबीच विवाह दर्ता गराइएको भए पनि दीपकले परम्पराअनुसारको विवाह नगरी घर भित्र्याउन नसक्ने जनाएपछि गाउँलेले पैसा उर्ठाई यिनीहरूबीच विवाह गराइदिएका हुन् ।

प्रचण्डबाट ब्यवसायी रामहरि श्रेष्ठको परिवारलाई भेट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रचण्डबाट पाएको आश्वासन ब्यवहारमा लागू भएपछि मात्र आफूले बिश्वास गर्ने माओवादी जनमुक्ति सेनाबाट मारिएका कोटेश्वरका ब्यवसायी रामहरि श्रेष्ठकी पत्नीले बताएकी छिन् । माओवादी अध्यक्ष प्रचण्डले आफ्नो जनमुक्ति सेनाबाट मारिएका कोटेश्वरका ब्यवसायी रामहरि श्रेष्ठको परिवारलाई भेटेका छन् । जेठ ९ गते बिहान राजधानीको ठमेलस्थित होटल बैशालीमा प्रचण्डसँगको भेटपछि मृतक श्रेष्ठकी पत्नी रमिलाले संचारकर्मीसँग कुरा गर्दै आश्वासनभन्दा आफूले माओवादीको काम हेर्ने बताइन् । श्रेष्ठको पारिवारिक श्रोतले माओवादी अध्यक्ष प्रचण्डले घटनाबारे माफी माग्नुसँगै जनमुक्ति सेना चितवनका डिभिजन कमाण्डर बिबिधलाई कानुनी कारवाहीको दायरामा ल्याउने वचन दिएको बताए । प्रचण्डले श्रेष्ठ परिवारसँगको भेटमा उच्चस्तरीय छानवीन आयोग गठन गर्न सरकारलाई पुन अनुरोध गर्ने पनि वचन दिएको श्रेष्ठकी पत्नी रमिलाले संचारकर्मीलाई बताइन् । यसैबीच, आजै मन्त्री परिषदको बैठक बस्ने भएको छ । उच्चस्तरीय आयोग मन्त्री परिषदको निर्णयले मात्र गठन हुनसक्छ ।

जेठ १५ गते संविधानसभा बैठकले गणतन्त्र कार्यन्वयन हुने - सभामुख सुवास नेम्वाङ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानसभाको जेठ १५ गते हुने पहिलो बैठकले नै गणतन्त्र कार्यन्वयन गर्ने निर्णय गर्ने बताउदै गणतन्त्र कार्यन्वयन नहुने कुनै कारण बिद्यमान नरहेको अन्तरिम संसदका सभामुख सुवास नेम्वाङले उल्लेख गरेका छन् । अन्तरिम संसदका सभामुख सुवास नेम्वाङले जेठ १५ गते संविधानसभा बैठकले गणतन्त्र कार्यन्वयनबारे निर्णय गर्ने बताएका छन् । संविधानसभा बैठक हुने अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा जेठ ९ गते बैठकबारे संचारकर्मीलाई जानकारी दिदै सभामुख नेम्वाङले जेठ १५ गते संविधानसभा बैठक सुरु हुने तथा गणतन्त्र कार्यन्वयनबारे निर्णय गर्न केहीले नरोकेको उल्लेख गरे । नेम्वाङले गणतन्त्र कार्यन्वयनको प्रस्ताव सरकारले ल्याउने निश्चित भइसकेको बताए । जेठ १४ गते नै संविधानसभासदहरुको सपथ ग्रहण गरिने पनि नेम्वाङले जानकारी दिए । सभामुख नेम्वाङका अनुसार, अन्तरिम संसद सदस्यहरुलाई जेठ १३ गते धन्यवाद ज्ञापन तथा बिदाई गरिने कार्यक्रम तय भइसकेको छ । बैठकको सुरक्षाको सम्पूर्ण जिम्मा गृहमन्त्रालय तथा प्रहरी प्रधान कार्यलयलाई दिइएको र सुरक्षा सम्बन्धि तयारी पनि पूरा भइसकेको उनले उल्लेख गरे । संविधानसभाका अध्यक्ष, उपाध्यक्ष र सचिवालयको कार्यलय सम्मेलन केन्द्रमा हुने तर संसदीय दलका कार्यलय भने सिंहदरवार मै रहने पनि नेम्वाङले जानकारी दिए । संविधानसभा बैठक अघि नै राजनीतिक दलहरुबीच कतिपय बिषयमा एक मत हुनुपर्ने पनि सभामुख नेम्वाङले बताए । यद्यपी, उनले दलहरु एक मतमा पुग्नुपर्ने बिषय के हुन् तथा दलहरुबीच एक मत नबन्दा के हुन्छ भन्नेबारे भने केही उल्लेख गरेनन् ।

सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,धनकुटा,
गत चैत्र ९, २०६४ का दिन धनकुटा नगरपालिकाको सभा कक्षमा धनकुटा प्रतिभा पुरस्कार तथा सम्मान वितरण कार्यक्रम सम्पन्न भएको छ । इतिहासकार शिव कुमार श्रेष्ठको प्रमुख आतिथ्य तथा झमक
घिमिरेको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा वरिष्ठ लोकगायक नविनकिशोर राइलाई सम्मान र साहित्य तर्फ मोमिला, संगीत तर्फ गायिका नेपाल स्टार विष्णु चेम्जोङ र खेलकुद क्षेत्रमा र्सार्क खेलमा स्वर्ण पदक विजेता कुशल श्रेष्ठलाई प्रदान गरिएको थियो । कार्यक्रममा स्वागत मन्तब्य जनार्दन घिमिरे
पाँचथरेले गर्नु भएको थियो भने, संस्था स्थापना अपरिहार्यताको बारे एस. पी. गणेश ठाडामगर र वेलायत च्याप्टर प्रतिनिधि विश्वास दीप तिगेलाले बोल्नु भएको थियो । वेलायत च्याप्टर अध्यक्ष ज्ञानबहादुर लिम्बूले पठाउनु भएको सन्देश पनि पढेर सुनाइएको थियो । सम्मानित तथा पुरस्कृत स्रष्टाहरुले आफूहरुलाई जिल्लावासीहरुले सम्झेकोमा आभार ब्यक्त गरे भने बक्ताहरुले देशविदेशमा रहेका धनकुटेली दाजुभाईहरुको प्रसंसा गरे । अतिथि बक्ता साहित्यकार रमेश पौडेलले धनकुटाले उद्धाहरण प्रस्तुत गरेको बताउनु भयो । कार्यक्रमको सभापतित्व तेजनारायण सिं राइले गर्नु भएको थियो भने कार्यक्रम सचिव जयपूर्ण भूजेलले संचालन गर्नुभएको थियो ।

May 21, 2008

शव बेपत्ता पार्न अस्पताल पनि संलग्न

लिम्वूवान डट व्लगस्पोट डटकम, (चितवन)
काठमाडौंका व्यवसायी रामहरि श्रेष्ठको हत्याबारे माओवादी सेनाले ढाँटेको खुलासा हुने गरी मंगलबार नयाँ तथ्य र्सार्वजनिक भएको छ। माओवादी सेनाले ढाँटेको खुलासामेडिकल कलेज शिक्षण अस्पताल भरतपुरमा कार्यरत डा. भोजराज अधिकारीले यातना र कुटपिटबाट अचेत बनेका श्रेष्ठको वैशाख २६ गते सोही अस्पतालमा मृत्यु भएको जानकारी दिनुभएको हो। यो तथ्यसँगै शव बेपत्ता पार्न अस्पतालले पनि सघाएको हुन सक्ने आशंका प्रहरीले गरेको छ।डा. अधिकारीका अनुसार अत्यधिक कुटाइका कारण मस्तिष्क, मिर्गौला, मुटु र फोक्सोले एकैसाथ काम गर्न छाडेपछि श्रेष्ठको मृत्यु भएको हो। बेहोस अवस्थामा वैशाख २५ गते अस्पताल पुर्याइएका श्रेष्ठलाई भोलिपल्ट बिहान सघन उपचारकक्ष (आईसीयू) मा सारिएपछि त्यहीं मृत्यु भएको थियो।मैले हेदा उनी कोमा (पूण अचेत अवस्था) मा थिए। शरीरभरि चोट र नीलडामहरू थिए। ब्रेन फेल थियो, मिर्गौलाले काम गरिरहेको थिएन। रक्तचाप अत्यन्तै कम देखिएकाले डायलोसिस (मिर्गौला सफाइ) गर्न सम्भव भएन। अनि धेरै अंगहरू एकैचोटि असफल भई उनको मृत्यु भयो’ -डा. अधिकारीको भनाइ छ।माओवादी सेनाको तेस्रो डिभिजन कार्यालय चितवनले आफनो नियन्त्रणमा रहेका श्रेष्ठलाई उनीहरूकै एक ब्रिगेड कमान्डर र अर्का एक बटालियन कमान्डरले कुटेर बेहोस बनाएको र उपचार गर्न काठमाडौं लगिँदै गर्दा वैशाख २८ गते राति बाटैमा मृत्यु भएको जानकारी गत शुक्रबार आमसञ्चारमाध्यम र प्रहरीलाई लिखित रूपमा गराएको थियो। हत्यामा संलग्न देखिएका भनी प्रहरीसमक्ष बुझाइएका अर्का ब्रिगेड कमान्डर गोविन्दबहादुर बटाला -जीवित) ले पनि त्यस्तै विवरण दिएका थिए।उपचारमा संलग्न डा. अधिकारीले मंगलबार बिहान पत्रकारहरूलाई दिएको जानकारी स्थानीय एफएम रेडियोहरूबाट प्रसारण भएपछि अस्पताल प्रशासनले श्रेष्ठको उपचार तथा मृत्युसम्बन्धी अभिलेखहरू लुकाएको छ।त्यसअघि बिहानै प्राप्त अभिलेखअनुसार श्रेष्ठलाई वैशाख २५ गते बेलुका ८ः४५ बजे सुमन नाम बताउने व्यक्तिले अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि ल्याएका थिए। जुटपानी-३, चितवन ठेगाना उल्लेख गरिएका श्रेष्ठको आकस्मिक दर्ता नम्बर १२१३३ र टिकट नम्बर ३९०९ लेखिएको थियो।श्रेष्ठलाई सबैभन्दा पहिले अस्पतालका र्सजन डा. अमन अग्रवालले जा“चेका थिए। आकस्मिक कक्षमा केहीबेर राखेर उनलाई राति नै क्याबिनमा सारिएको थियो। अवस्थामा सुधार नआएपछि भोलिपल्ट बिहान ९ बजे क्याबिनबाट पनि आईसीयूमा लगिएको थियो। डा. भोजराज अधिकारीले श्रेष्ठलाई त्यसैबेला हेरेका थिए।आईसीयूमा राखिएको सवा एक घण्टापछि बिहान १०ः१५ बजे उनलाई मृत घोषित गरियो। त्यसबेला आईसीयूमा डा. सुवास गुरुङ थिए। उनले नै श्रेष्ठको मृत्यु प्रमाणित गरिदिएका थिए। त्यसपछि अस्पतालले शव कसलाई बुझायो र कहा“ लगियो भन्ने अभिलेख छैन।

संविधान संशोधन गर्दै कार्यवहाक राष्ट्राध्यक्ष बनाउन माओवादी तयार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं,
संविधानसभाको पहिलो बैठकको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरू आगामी सरकार गठन र संविधानसभाको कार्य सूचिको विषयमा छलफल सुरु गरेका छन् । संविधान संशोधन नगरी दुइ तिहाई बहुमतले सरकार गठन गर्न कुनै पनि दलले नसक्ने भएपछि साधारण बहुमतले सरकार गठन गर्न सक्ने प्रावधानसहित शक्तिमा आएका नयाँ पार्टी लाई पनि सत्तामा ल्याउन मिल्ने गरी संविधान संशोधन गर्ने भएको छ । यसअघि माओवादीले संविधान संशोधनका लागि तयार नभएपनि हिजोको छलफल पछि लचिलो बनेका छन् । संविधान संशोधन गर्न तयार हुँदै माओवादीले कांग्रेस र एमालेलाई आफ्नो नेतृत्वको प्रधानमन्त्री नै कार्यवहाक राष्ट्राध्यक्ष बनाउन तयार हुनुपर्ने र्सत राखेका थिए । संविधानसभाको पहिलो बैठक गणतन्त्र कार्यान्वयन र सरकार गठनलगायतका विषयमा भएको छलफलमा माओवादी लचिलो रुपमा प्रस्तुत भएको बताइन्छ ।
एमाले कार्यालय बल्खुमा माओवादी, कांग्रेस र बाममोर्चासँग भएको छलफलमा नयाँ सरकार गठन र शक्ति बाँडफाँड बारे छलफल भएको बताइएको छ । भेटवार्तापछि माओवादी अध्यक्ष प्रचण्डले सरकार गठन र शक्ति बाँडफाँडको विषय १/२ दिनपछि नै सहमतिमा आउने बताएका छन् । कानुन व्यवसायीसहित बसेको बैठकमा कानुनी प्रावधानका विषय पनि छलफल गर्दै नेताहरूले संविधानसभाको बैठकको कार्यसूचीको बारेमा पनि छलफल गरेको बताइएको छ ।

राजावादीहरू राजा रहने मनगणन्ते भाषण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं,
गणतन्त्र घोषणा भएर राजा ज्ञानेन्द्र घोक्रेठ्याक लाग्ने दिन आउनै लाग्दा राजावादीहरू राजा रहने मनगणन्ते भाषण गरेर कार्यकर्ताको चित्त बुझाउने निर्रथक प्रयास गरिरहेका छन् । राजाका सत्ता सहयोगीका रुपमा रहेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले गणतन्त्र आएपनि राजा रहने दावी गरेका छन् । आफ्ना पार्टी बाट समानुपातिक तर्फाबाट निर्वाचित भएकाहरूलाई सम्मान गर्न आयोजित कार्यक्रममा थापाले आफू व्यक्तिगत विश्वास र सैद्धान्तिक निष्ठाका आधारमा राजा रहन्छन् भन्नेमा छु भन्दै दलहरूले गणतन्त्रवादीले जितेको छ तर हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने काम नगर्न आग्रह गर्दै त्यस्तो कार्य नगर्न आग्रह गरे । अबका दिन चुनौतिपूर्ण रहेको बताउँदै थापाले उग्रवामपन्थीकरण, विखण्डीकरण र विदेशी चलखेलबाट बच्न गाह्रो पर्ने विचार व्यक्त गरे । राजालाई गलत सल्लाह दिएर यो अवस्थामा पुर्‍याउने थापाहरूले अहिले मनको लड्डु घ्युसँग खाने भने झैं राजा बचाउनुपर्ने आवाजबाहेक केही गर्ने हैसियत देखाएका छैनन् । उनले बेलाबेलामा राजा नरहेको खण्डमा अनिष्ट हुन्छ भन्दै आएका छन् । आफ्ना सांसदहरूलाई राप्रपा नेपालले राजासहितको प्रजातन्त्रको पक्ष र गणतन्त्रको विपक्षमा आवाज बुलन्द पार्ने बताएका छन् । यद्यपि राजा भने केही दिनपछि नारायणहिटी छाडेर नागार्जुनतिर बस्न थाल्ने बताइन्छ ।

रामहरि श्रेष्ठको हत्याको प्रमाण लुकाउने प्रयास

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं,
माओवादी अध्यक्ष प्रचण्डलाई ज्ञापनपत्र बुझाएका जवाफदेहिता निगरानी समितिका सदस्यहरुले संचारकर्मीबीच रामहरि श्रेष्ठको हत्याको प्रमाण लुकाउन प्रयास भइरहेको बताएका छन् । रामहरि श्रेष्ठको हत्यामा संलग्नहरुलाई कारवाही गर्न अनुरोध गर्दै 'जवाफदेहिता निगरानी समिति' ले माओवादी अध्यक्ष प्रचण्डलाई भेटेर ज्ञापनपत्र दिएको छ । जेठ ८ गते बिहान प्रचण्डलाई भेटेपछि राजधानीमा रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्दै समितिका संयोजक मन्दिरा शर्माले श्रेष्ठको हत्यासम्बन्धि प्रमाण लुकाउन भइरहेको प्रयासप्रति सचेत हुनुपर्ने बताइन् । समितिका सदस्य चरण प्रसाईले कार्यक्रममा माओवादीले नै श्रेष्ठको हत्यामा संलग्न भएको स्विकारेका दुई छापामार बेपत्ता रहेको तथा उनीहरु पनि मारिनसक्ने आशंका गरे । समितिका अर्का सदस्य सुशिल प्याकुरेलले २४ घण्टा संयुक्त राष्ट्र संघीय मिशनको पहरा हुनुपर्ने छापामार शिविरमा हत्या हुनुले अनमिनको असफलता प्रमाणित भएको धारणा राखे । प्याकुरेलले श्रेष्ठको हत्यामा माओवादीसँगै सरकार पनि दोषी रहेको पनि उल्लेख गरे । हत्यापछि अनुसन्धानको काममा तत्परता नदेखाएकाले सरकार दोषी रहेको उनको धारणा थियो । माओवादी अध्यक्ष प्रचण्डलाई समितिले बुझाएको दुई पेज लामो ज्ञापनपत्रमा 'तपाईको नेतृत्वमा रहेको जनसेनाबाट रामहरि श्रेष्ठको हत्या नियोजित प्रकरण देखिएकोले तपाईले जनसेनाको सुप्रीम कमाण्डर भएको नातामा यस हत्याको जिम्मेवारी लिदै यसको जवाफदेही किटान गरि समस्त दोषीलाई कानुनी दायरामा ल्याएर जनतालाई आश्वस्त पार्नु आवश्यक छ ।'

कांग्रेस, एमाले र मधेशी फोरमबीच अलङ्कारिक राष्ट्रपतिको सहमति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं,
अलङ्कारिक राष्ट्रपति, कार्यकारी प्रधानमन्त्री र सामान्य बहुमतले सरकार गठन तथा सरकारबिरुद्ध अबिश्वास प्रस्ताव पारित गर्न सकिने ब्यवस्था गर्न नेपाली कांग्रेस, एमाले र मधेशी जनअधिकार फोरमबीच सहमति भएको छ । नेपाली कांग्रेस, एमाले र मधेशी जनअधिकार फोरमबीच अलङ्कारिक राष्ट्रपति, कार्यकारी प्रधानमन्त्री तथा सरकार गठन तथा सरकारबिरुद्ध अबिश्वास प्रस्ताव सामान्य बहुमतबाट गर्न सकिने संवैधानिक ब्यवस्था गर्न अनौपचारिक सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जेठ ८ गते भएको तीन दलका नेताबीचको छलफलले यस्तो सहमति गरेको ती दलका नेताहरुले बताए । जेठ १० गतेसम्म संविधानसभा बैठकको कार्यविधि तथा अन्तरिम संविधान संशोधनबारे पनि सबै दलबीच सहमति बन्ने ती दलका नेताहरुले दावी गरे ।एमाले महासचिव झलनाथ खनालले बालुवाटारको छलफलपछि संचारकर्मीसँग कुरा गर्दै अलङकारिक राष्ट्रपति र कार्यकारी प्रधानमन्त्रीको संवैधानिक ब्यवस्था गर्न तीन दलबीच अनौपचारिक सहमति बनेको बताए । मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले जेठ ९ गते कांग्रेस, एमाले, फोरम र तराई मधेश लोकतान्त्रिक पार्टीका नेताबीच यिनै बिषयमा छलफल हुने तथा सहमति बन्ने जानकारी दिए । नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले माओवादी अझै यी बिषयमा सहमत नभए पनि उसलाई समेत सहमतिमा ल्याउन सकिने बिश्वास ब्यक्त गरे ।

May 20, 2008

चौविसे क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा चिनाईने

लिम्वूवान डट व्लगस्पोट डटकम,धरान
मुलुकमा संघिय राज्यको वारेमा वहस भई रहदा पूर्वाञ्चलमा रहेका लिम्वुवान वासिहरुले आफनो सस्कृति तथा पर्यावरणीय क्षेत्रको वारेमा जानकारी गराउने उद्धेश्यका साथ चौविसे क्षेत्रका महत्वपूर्ण स्थानलाई होडिङ्ग वोर्ड मार्फत प्रचार प्रसार गर्ने भएका छन् ।राजा पृथ्वी नारायण शाहको पालामा रहेका चौविसे राज्य अन्र्तगत पर्ने पूर्वाञ्चलको विभिन्न जिल्ल्ाामा रहेका महत्वपूर्ण पर्यटकीय क्षेत्रलाई पर्यटकीय हिसावमा प्रवर्द्धन गर्न सके सवैलाई फाईदा हुन सक्ने भन्दै धनकुटाको भेडेटारमा जानकारी मुलक वोर्ड स्थापना गरिएको छ । वोर्डको स्थापना गर्ने चौविसे समाज तथा चौविसे एकिकृत पर्यटन विकास धनकुटा र प्राकृतिक वातावरण स्रोत तथा नास्ट भेडेटारले शनिवार एक कार्यक्रमको आयोजना गरि महत्वपूर्ण स्थानको संरक्षण तथा प्रवर्द्धनका लागि पर्नु पर्ने कु्रामा जोड दिएका थिए ।धनकुटाको भेडेटारमा स्थापना गरिएको वोर्डको माध्यमवाट पूर्वाञ्चलको पर्यटन व्यवसाय तथा स्थानिय क्षेत्रको विकासमा टेवा पुग्ने सो अवसरमा जानकारी गराईएको थियो ।यसै वीच सो वोर्डको समुदधाटन स्थानिय समाजसेवि तथा वुद्धिजिवी हरि लिम्वुले एक समारोहका वीच गर्नु भयो ।कार्यक्रममा पर्यटकीय क्षेत्रको प्रर्वदनका लागि सरकारी चासो वढाउन दवाव मुलक कार्यक्रम संचालन गर्ने सहभागिहरुले वताएका थिए ।

गोरेवहादुर खपाङगी राष्ट्रिय जनमुक्ति पार्टीमा फर्कने

लिम्वूवान डट व्लगस्पोट डटकम,धरान
भुतपूर्व महिला वालवालिका तथा समाजकल्याण मन्त्री गोरेवहादुर खपाङगी राष्ट्रिय जनमुक्ति पार्टीमा फर्कने भएको छ। प्रत्यक्ष राजाको शासन कालमा मन्त्री हुन पुगेका खपाङगी पार्टीको हित विपरीत कार्य गरेकोले कारवाहीमा परेका थिए। राष्ट्रिय जनमुक्ति पार्टीको तत्कालिन महा सचिव रहेका खपाङगीले केन्द्रीय कार्य समितिका चार जना सदस्य सहित पार्टी छाडी प्रजातान्त्रिक जनमुक्ति पार्टी खोलेका थिए। त्यस पार्टीको अध्यक्ष समेत हुनहुन्छ खपाङगी। स्रोतका अनुसार खपाङगी दलबलकासाथ राष्ट्रिय जनमुक्ति पार्टीमा फर्कनको लागि जनमुक्तिका केन्द्रीय नेताहरुसगँ दैनिक सम्पर्क गरिरहेको बुझिएको छ। आदिवाशी जनजाति नेता भनेर विरोधीहरुले समेत स्वीकारी सकेको खपाङगी स्पष्टवक्ता, तर्कसील,विचारशील र राजनीतिज्ञको रुपमा परिचित हुनहुन्छ। खपाङगीसगँ रामचन्द्र थापा, गणेश वम र मोर्चाका पूर्व अध्यक्ष सुरेन्द्र थापा लगायत अन्य राजनीतिक पार्टीवाट वाकदिक भएका जनजाति, मधेशी, दलित, पिछडिएका जातिका नेताहरु पनि जनमुक्तिमा प्रवेस गर्ने स्रोतले वताएको छ। राष्ट्रिय जनमुक्ति पार्टीको हाल बसेको केन्द्रीय कमिटिको वैठकले खपाङगीलाई पार्टी प्रवेशमा सहजहोस भन्नको खातिर पार्टीका उपमहासचिव केसव सुर्यवंशीको संयोजकत्वमा विभिन्न राजनीतिक दलहरुसँग एकता, मोर्चा र गठबन्धन गर्न तिन सदस्यीय स्थायी राजनीतिक समिति गठन भएको छ। खपाङगी जनमुक्तिमा फर्कने समाचारले अहिले जनमुक्ति पार्टी भित्र सनसनी फैलिएको छ। कतिपय जनमुक्तिका नेताहरु खपाङगीले पार्टीमा आउदा फरक नपर्ने वताउछन् तर केही नेताहरुले खपाङगीमाथि शकां गरिरहेका छन्। राष्ट्रिय जनमुक्ति पार्टीभित्र नेतृत्वको विवाद चलिरहेको वेलामा खपाङगीको पार्टी प्रवेशलाई जनमुक्तिले स्वागत योग्य मान्नुपर्छ। अव राष्ट्रिय जनमुक्ति पार्टीले आफ्नो सैढान्तिक विचार मिल्ने जनमुक्ति पार्टी नेपाल, तामासालिङ, खम्बुवान, किरात वकर्स पार्टी, दलित जनजाति पार्टीहरुसगँ एकिकरण गर्ने भएको छ। तर कसरी एकिकरण गर्ने वारे वताइएको छैन। भर्खर सम्पन्न संविधानको निर्वाचनमा राष्ट्रिय जनमुक्ति पार्टीले सन्तोषजनक मत ल्याउन नसकेपछि विचार मिल्ने साना दलहरुसगँ एकिकरणको लागि अगाडि वढने भएको छ। केहि महिना भित्रै एकिकरण हुने स्रोत वताउछ। संविधानसभाको निर्वाचनको समीक्षा जनमुक्तिले देशव्यापी चलाइएको छ। धेरै जिल्ला कार्य समितिले माघ १९ को राजाको कदमलाई स्वागत गर्नु, शाही नगर निर्वाचनमा सहभागी हुनु, चुनावको मुखमा राजावादी सुर्यवहादुर थापासगँ मोर्चावन्दी गर्नु र संघात्मक माअ‍ोवादी जस्ता स्पष्ट ढाँचा पार्टीले तयार नगर्नु पराजयको प्रमुख कारण भएको निर्वाचनको समीक्षामा उल्लेख भएको पार्टी स्रोतले जनाएको छ। तर, स्पष्ट संघात्मक खाका आउनुपर्ने आम कार्यकर्ताहरुको माग छ।

'कू' हुनसक्ने खतरा बिश्लेषक निलाम्बर आचार्यले बताए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं,
कोटेश्वर घटनाले माओवादी सेनाबाट लोकतान्त्रिक पद्धतिबिरुद्ध 'कू' हुनसक्ने खतरा देखिएको राजनीतिक बिश्लेषक निलाम्बर आचार्यले बताएका छन् । राजनीतिक बिश्लेषक निलाम्बर आचार्यले माओवादी जनमुक्ति सेनाबाट कोटेश्वरका ब्यवसायी रामहरि श्रेष्ठको हत्या हुनुले मुलुकमा माओवादी सेनाको 'कू' हुने सम्भावना बढेको बताएका छन् । जेठ ७ राजधानीमा रिपोर्टस क्लबले आयोजना गरेको अन्तरक्रियामा बोल्दै आचार्यले संविधानसभा चुनावपछि पूर्व शाही नेपाली सेना अर्थात राष्ट्रि सेनाबाट 'कू' हुने खतरा नरहेको तर लोकतान्त्रिक पद्धतिबिरुद्ध माओवादी सेनाबाट 'कू' हुने खतरा बढेको धारणा राखे । माओवादी नेताबीचको खिचलो तथा माओवादी नेतृत्वले गर्ने जनमुक्ति सेनामाथिको अनुशाषन कारवाहीका कारण हुनसक्ने 'कू' संग सतर्क रहन पनि आचार्यले माओवादी नेतृत्वलाई आग्रह गरे ।
संविधानसभाले राजतन्त्र समाप्त गरेको तथा गणतन्त्रले अन्तराष्ट्रिय मान्यतासमेत पाईसकेकाले राजालाई पत्र पठाउनु र दरवार छाडन राजालाई आग्रह गर्नु वाहियात भएको बिचार कार्यक्रममा आचार्यले राखे । 'संविधानसभाको निर्णयले राजतन्त्र फाल्ने हो, राजासँग सल्लाहा गरिरहनुपर्ने आवश्यक्ता छैन' आचार्यले भने । गणतन्त्र कार्यन्वयनपछि राष्ट्रपति, प्रधानमन्त्री र सरकार गठनबारे छलफल गर्नु उपयुक्त हुने पनि आचार्यको बिचार थियो ।
कार्यक्रमका अर्का वक्ता माओवादी जनमुक्ति सेनाका डेपुटी कमाण्डर तथा माओवादी केन्द्रीय सदस्य जनार्दन शर्मा प्रभाकरले कोटेश्वर घटना माओवादीलाई सच्चिन प्रेरित गर्ने घटना भएको बताए । कोटेश्वर घटनाको पार्टीले अनुसन्धान गर्ने, सरकारले उच्चस्तरीय छानवीन आयोग बनाएर अनुसन्धान गर्नुपर्ने तथा हत्यामा संलग्नहरुलाई कारवाही गर्न पार्टीले अवरोध खडा नगर्ने पनि प्रभाकरले उल्लेख गरे । नयाँ सरकार गठन गर्न प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजीनामा दिई बाटो खोल्नुपर्ने पनि प्रभाकरको भनाइ थियो ।
एमाले स्थायी समिति सदस्य भरतमोहन अधिकारीले रामहरि श्रेष्ठको हत्याको घटनाले माओवादीको ब्यवहार अझै नसुध्रिएको प्रमाणित भएको तथा यस्तो अवस्थामा माओवादीले एमालेको सहयोग पाउने सम्भावना कम रहेको बताए । सरकारको स्वरुपबारे माओवादीले अहिलेसम्म कुनै प्रस्ताव नल्याएकाले एमालेले सरकारमा जाने या नजानेबारे निर्णय नगरेको कार्यक्रममा अधिकारीले उल्लेख गरे । जेठ १५ गते गणतन्त्र दिवस मनाउन सरकारले कार्यक्रम अघि सार्नुपर्ने पनि अधिकारीको भनाइ थियो ।
जनमोर्चा अध्यक्ष अमिक शेरचनले संविधानसभा बैठकले गणतन्त्र कार्यन्वयनको घोषणा गर्ने तथा गणतन्त्र दिवस दुई दिन मनाउनुपर्ने धारणा राखे ।

कोइरालाले पदप्रति लोभलालच नभएको बताए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं,
प्रधानमन्त्री पद छाड्न नचाहेको आरोप लागिरहेको बेला प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पदप्रति आफूलाई कुनै लोभलालच नभएको बताएका छन् । प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले पदप्रति आफूमा कुनै लोभलालच नभएको बताएका छन् । प्रधानमन्त्री पद छाड्न नचाइरहेको आरोप लागिरहेको बेला जेठ ७ गते बुद्ध जयन्तीको अवशरमा गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आयोजित बुद्ध बाटिका र शान्ति बाटिकाको अनावरण कार्यक्रममा प्रधानमन्त्री कोइरालाको यस्तो भनाइ आएको हो । कार्यक्रममा प्रधानमन्त्रीले अरुलाई पनि लोभलालचको भावना नराख्न आग्रह गरे । कार्यक्रम दक्षिण कोरियाली संस्थाको आयोजनामा भएको थियो ।
कार्यक्रममा प्रधानमन्त्री कोइरालाले देशमा स्थायी शान्ति कायम गर्न वुद्धको दर्शन र ज्ञानगुनका कुरा अङ्गिकार गर्नुपर्नेमा जोड दिए । स्थायी शान्तिले मात्र देशको उन्नती हुने भएकाले स्थायी शान्ति ल्याउन वुद्ध दर्शन अपरिहार्य भएको पनि प्रधानमन्त्रीको भनाइ थियो । कोरियाले लुम्बिनीमा निर्माण गरिदिएको बुद्ध प्रतिमाले नेपाली र कोरियालीको सम्बन्ध गहिरो हुने बिश्वास पनि कार्यक्रममा प्रधानमन्त्रीले ब्यक्त गरे । कार्यक्रममा अन्तरिम संसदका सभामुख सुवास नेम्वाङले दलहरुबीचको समन्वय भए नेपालको शान्तिप्रक्रिया अघि बढ्ने बताए ।

गणतन्त्र कार्यन्वयन नहुने दावी कमल थापाको

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं,
संविधानसभाको पहिलो बैठकले गणतन्त्र कार्यन्वयन गर्ने निश्चित भइसकेको बेला राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा सधै राजा रहने तथा गणतन्त्र कार्यन्वयन नहुने दावी गरेका छन् । 
राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा राजा सधैं रहने तथा संविधानसभा पहिलो बैठकले गणतन्त्र क्रियान्वयन गर्न नसक्ने चुनौती दिएका छन् । संविधानसभाको समानुपातिक प्रणालीबाट निर्वाचित पार्टीका चार सभासदको सम्मानमा जेठ ७ गते आयोजित कार्यक्रममा बोल्दै थापाले संविधानसभामा गणतन्त्रवादीको ठूलो हैसियत र संख्या भए पनि गणतन्त्र कार्यन्वयन नहुने उल्लेख गरे । कार्यक्रममा थापाले राजतन्त्र हटाउनु तथा गणतन्त्र ल्याउनु प्रधानमन्त्री र सरकार फेरे जस्तो नभएको दावी गरे ।
कार्यक्रममा बोल्दै थापाले राजनीतिक दलहरुलाई राजतन्त्रबारे संविधानसभा पहिलो बैठकबाटै निर्णय नगर्न आग्रह गरे । जेठ १५ गतेको बैठकबाट राजतन्त्रबारे निर्णय भए मुलुकमा ठूलो दुर्घटना निम्तिने चेतावनी पनि थापाले दोहोर्‍याए । कार्यक्रममा थापाले संविधानसभा चुनाव भएपनि नेपालमा संविधान नै नलेखिनसक्ने दावी गरे । संघीयता, आत्मानिर्णयको अधिकार र सेना समायोजन बिषयले संविधान लेखनलाई वाधा पुर्‍याउनसक्ने उनको भनाइ थियो ।

May 18, 2008

हङकङमा सेक्युरिटी युनियनको अध्यक्ष र सचिवलाई एवार्ड प्राप्त

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ,
एएसएफ सेक्युरिटी कम्पनीमा कार्यरत गोर्खाज सेक्युरिटी गार्डस युनियन हङकङको अध्यक्ष दिल पालुङवा लिम्वु -सिनीयर सेक्युरिटी अफिसर) र सचिव विष्णु पाख्रिन
(दायांवाट क्रमशःएसएसओ चाप व.क्षेत्री, एसएस तिलोकसिं चोङवाङ लिम्वु, युनियन अध्यक्ष एसएसओ दिल पालुङवा लिम्वु, एसएस कृष्ण व. गुरुङ)
तामाङ(सेक्युरिटी सुपरभाईजर)लाई उहांहरुको कार्यस्थानको मेनेजमेन्र्ट इसि ह्यारिस कम्पनीले राम्रो कार्य गरेवावत हङकङ डलर १००० (एक हजार) एवार्डको रुपमा प्रदान गरेको छ भने कार्यरत कम्पनीले प्रमाणपत्र प्रदान गरेको छ । उहांहरु लगायत उक्त कम्पनीले सिनीयर सेक्युरिटी अफिसर चाप वहादुर क्षेत्री, सिनीयर सेक्युरिटी सुपरभाईजर विष्णु व. पुन, सेक्युरिटी सुपरभाईजरहरु भीम चन्द्र. र्राई, ज्ञान व. र्राई, इन्द्र प्र. गैरे, सिनीयर सेक्युरिटी गार्डहरु कुमार सुव्वा, तिलोकसिं चोङवाङ लिम्वु, कृष्ण व. गुरङ र दिपक र्राई रहनु भएको छ ।प्राप्त समाचार अनुसार एएसएफमा आन्दोलनरत युनियनले धेरै सफलता हासिल गरिरहेको छ भने साभिल कम्पनी अर्थात इमीग्रेशनमा कार्यरत सेक्युरिटीको आन्दोलन र सेक्युरिकर कम्पनीमा कार्यरत सेक्युरिटीहरुको आन्दोलनलाई पनि नजिकवाट अवलोकन गरिरहेको वुझ्नमा आएको छ । यदी सेक्युरिटी कम्पनीहरुले समान काम र तलवको सम्वन्ध लगायत विविध पक्षमा विभेद गरेमा युनियनले त्यस्तो खराव पक्षको विरुद्धमा हरदम आन्दोलन गर्ने वुझिएको छ । आउदा दिनहरुमा सेक्युरिटीहरुको पक्षमा राम्ररी जमेर कार्यगर्ने तर्फउक्त युनियन लागिरहेको वुझिएको छ ।

लिम्वुवान राज्य सम्वन्धी दस्तावेज माथि छलफल सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,हंगकंग,
११ मे २००८ को वेलुका लिम्वुवान राष्ट्रिय मोर्चाको तत्वावधानमा उक्त मोर्चाद्वारा तयार पारिएको लिम्वुवान राज्य सम्वन्धी दस्तावेजमाथि वृहत छलफल भएको छ । विषेश गरेर अव वन्ने नेपाल सरकार र संघीय आयोगको लागि तयार पारिएको उक्त दस्तावेज विभिन्न पार्टीहरुलाई पनि प्रदान गर्ने वुझिएको छ ।
(वाया क्रमश लिरामो महासचिव अविचन्द्र इङनाम, विच अध्यक्ष दिल पालुङवा लिम्वु, सचिव सुरेश सुव्वा)
संविधान सभाको पूर्वाद्धमा लिम्वुवान राज्य हुनुपर्ने जिकिर गरिरहेको यो मोर्चाले लिम्वुवानवादीहरुसंगको वार्ता अनुसार सरकारले संविधानसभा पश्चात वन्ने सरकारले उक्त लिम्वुवान राज्यको सवालमा लिम्वुवानलाई ऐतिहासिक पृष्ठभूमिको आधारमा राज्य निर्माण गर्ने र सरकारद्वारा वन्ने संघीय आयोगमा एक जना प्रतिनिधीको प्रतिनिधित्व हुने लगायतमा सहमती भएकोले उनीहरुरुद्वारा संविधान सभामा अवरुद्ध नगर्ने निर्णय गरिएको थियो । मोर्चाद्वारा तयार पारिएको उक्त दस्तावेजमा वि.सं.१८३१ अगाडिको लिम्वुवान राज्यको अवस्था, लिम्वुवानको भूमिपुत्र तथा अन्य जातिको वसोवास, पृथ्वीनारायणसंगको सम्भौता, वि.सं.१८३१ को लालमोहर तथा विभिन्न समयको लालमोहरको साथै वि.सं.२०१७ को लालामोहर, वि.सं.१८३१ सालको तर्राईको स्थिती, वि.सं.२०२०/३० सालको तर्राईमा वृहत आप्रवासन आदिको वारेमा सुक्ष्म ढंगले वर्णन गरिएको छ । दस्तावेज अझै लिम्वु तथा लिम्वुवानविदहरुविचमा छलफल ल्याई कार्यन्वयन पक्षमा ल्याउने वुझिएको छ ।

ज्वाला सिंह मोर्चाबाट निष्कासित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं,
जनतान्त्रिक तर्राई मुक्ति मोर्चाका अध्यक्ष नागेन्द्र पासवान (ज्वाला सिंह) लाई मोर्चाको पोलिट ब्युरो बैठकले निलम्बन गरेको छ। ज्वाला सिंहमाथि विभिन्न आरोपसहित पोलिट ब्युरो बैठकले निलम्बन गरेको प्रेस विज्ञप्तिमार्फ जानकारी गराइएको छ। उनलाई निलम्बन गरी कार्यवाहक अध्यक्ष पदमा रणवीर सिंहलाई तोकिएको छ।ज्वाला सिंहमाथि लगाइएका आरोपहरूमा सिरहा मिर्चैयाका राजेश्वर साह र विन्देश्वर साहको जग्गा हालसम्म फिर्ता नगरेको, संविधानसभा निर्वाचनमा मोर्चाको नकारात्मक प्रस्तुतिमा जिम्मेवारी नलिएको, भारतको मधुवनी जिल्लास्थित पर्सा गाउँमा श्रीमतीको नाममा एक बिघा १५ कट्ठा घडेरी खरिद गरेकोलगायतका आरोप विज्ञप्तिमा लगाइएको छ।यसबारे मोर्चाका अध्यक्ष ज्वाला सिंहले टेलिफोनमार्फ नेपाल समाचारपत्रलाई शनिबार संक्षिप्त प्रतिक्रिया दिँदै तर्राई मुक्ति आन्दोलनका क्रममा केही साथीहरूमा विश्वासमा कमी आएको बताए। उनले भने- हामी कमीकमजोरीबाट चाँडै सुध्रिनेछौं।’

कोइरालाबाट कसैले अहम्ता नराख्न आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं,
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संविधानसभा निर्वाचनले कसैलाई पनि बहुमत नदिएकाले कसैले अहम्ता नराख्न आग्रह गर्नुभएको छ। हिमाल मिडियाद्वारा शनिबार आयोजित जनआन्दोलनदेखि संविधानसभा निर्वाचनसम्मका महत्त्वपर्ण तस्वीर प्रदर्शनी कार्यक्रममा प्रधानमन्त्री कोइरालाले सहमति र सहकार्यको संस्कार विकसित गर्नु अहिलेको जनादेश र आवश्यकता भएको बताउनुभएको छ।सहमति र एकताबाटै नयाँ संविधान निर्माणकार्य सम्पन्न हुने र त्यसैतर्फकेन्द्रित हुनु सबैको दायित्व रहेको बताउँदै प्रधानमन्त्री कोइरालाले कसैप्रति कसैले पनि अनावश्यक टिप्पणी गर्दै हिँड्नु सहमतिविपरीतको कुरा भएको उल्लेख गर्नुभयो।माओवादीप्रति लक्षित गर्दै प्रधानमन्त्री कोइरालाले भन्नुभयो- अहिले कसैको पनि बहुमत छैन। त्यसैले संयम भएर जिम्मेवारी पूरा गर्नपट्ट लाग्नु उपयुक्त हुन्छ।’सो अवसरमा प्रधानमन्त्री कोइरालाले विधिको शासन र लोकतान्त्रिक प्रक्रियालाई मजबुत बनाउन प्रेस जगत्को सबैभन्दा महत्त्वपर्ण भूमिका हुने उल्लेख गर्दै चौथो अंगलाई अझ मर्यादित र सम्मानित बनाउनुपर्छ भन्नुभयो।यसैबीच नर्भिक हस्पिटलको १५औं वाषिर्कोत्सव समारोहलाई शनिबार नै सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले नयाँ संविधान नबनुन्जेलसम्म संयुक्त सरकारको आवश्यकता रहेको उल्लेख गर्नुभएको छ।प्रधानमन्त्री कोइरालाले आपसी विवादलाई बिर्सिएर त्यस्तो सरकारका लागि तयार रहन आग्रह गर्नुभएको हो। कोइरालाले संविधानसभाले समावेशीकरण संस्कृति निर्माण गरेको भन्दै विवेकका आधारमा सहकार्य संस्कृतिलाई बचाइराख्न सबैसँग आग्रहसमेत गर्नुभयो।कसैको मेजोरिटी छैन, त्यस्तो अवस्थामा सहकार्यको सरकार बनाउनुपर्छ। तर यसतर्फकसैको ध्यान गएको छैन’ -उहाँले भन्नुभयो। कोइरालाले व्यक्तिगत रूपमा संविधान लेख्ने आफनो दायित्व बाँकी नै रहेको भन्दै त्यसलाई पूरा गर्न सहयोगको आवश्यकता औंल्याउनुभयो। मैले एउटा सपना देखेको छु, त्यसलाई पूण गर्न अठोट लिएर सबैले सहयोग गर्नुस्’ -कोइरालाले थप्नुभयो।कोइरालाले स्वास्थ्य र शिक्षा राष्ट्रको रक्तसञ्चार भएको जनाउँदै त्यसलाई सामान्य जनतासम्म पुर्याउन बाँकी रहेको टिप्पणी गर्नुभयो।निजी स्वास्थ्य संस्थाले पुर्याउँदै आएको स्वास्थ्यसेवा महँगो भएको भन्दै त्यसलाई सामान्य जनताको पहुँचमा पुर्याउन सञ्चालकहरूसँग प्रधानमन्त्रीले आग्रहसमेत गर्नुभयो।हस्पिटलका अध्यक्ष वसन्त चौधरीले नर्भिकले अत्याधुनिक सेवामा नयाँ फड्को मार्दै गएको बताउनुभयो। सो अवसर प्रधानमन्त्रीले हस्पिटल हाताभित्र निर्मित गंगादेवी चौधरी क्याथल्याबको उद्घाटन गर्नुभएको थियो।

किरात याक्थुङ चुम्लुङ नेपाल सँग सम्बन्धन

लिम्वूवान डट व्लगस्पोट डटकम,एम.बी.सान्वा
एक्काएिसौ सताब्दिको खुल्ला प्रतिस्प्राधात्मक परीवेशमा बैदेशिक रोजगारको क्रममा विश्वका बिभिन्न मुलुकहरुमा जाने क्रम रोकिएको छैन मुलुकमा भर्खरै संबिधान सभाको निर्वाचन सम्पन्न भएको छ र यस संबिधानसभाको निर्वाचनले २३८ बर्ष देखिको सामन्तबादी एकात्मक राज्य ब्यबस्थाको नाइकेको रुपमा रहेको राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सस्थागत गर्न नेपाली जनताहरुले राजनैतीक पार्टिहरुलाई जनादेश दिएका छन नेपाली जनताहरुले अबको नेपाल समुन्नत नेपाल र संघीय नेपालमा आफ्नै स्वदेश्को कुनै न कुनै रोजिरोटिको ग्यारेन्टी राज्यले गर्नु पर्छ र गर्छु भन्ने कुरामा आशाबादी रहेको कुरा शहज रुपमा अनुमान गर्न सकिन्छ त्यती मात्र होइन स्थाई शान्ती र दिगो विश्वाशको समेत नेपाली जनताहरुले पूर्ण भरोसा गरेको विश्वाश गर्न सकिन्छ अबको सम्ब्रिध्द नेपालमा ति बिदेशिएका युवा शक्तिहरुको श्रम शिप ज्ञान र अनुभवलाई सदुपयोग गर्नको लागि बातावरण तयार पार्ने जिम्मेबारी राज्यको हो यसरी मानिष जहाँ सुकै रहेता पनि आफ्नो भाषा लिपी धर्म सस्क्रिती र रितिरिवाज भुल्न सग्दैन यसै गरी कतारमा बिभिन्न ब्यवसाय र पेशामा कार्यरत लिम्बुहरुले पनि आफ्नो लोप हुँदै गैरहेको भाषा लिपी धर्म सस्क्रिती र रितिरिवाजको समरक्षण गर्ने र कतारमा भई परी आउने समस्याहरुको निराकरण गर्ने उध्देश्यका साथ लिम्बु जातिहरुको साझा सस्था २००२ मा किरात याक्थुङ एकता समाज स्थापना भएको हो सस्थाको स्थापना हुनु पूर्व देखिनै मुलुकमा सन्चालित लिम्बु जातिहरुको एक मात्रा साझा सस्था किरात याक्थुङ चुम्लुङको शाखा सन्चालन गर्ने मान्यता सस्थापक पक्षहरुको समेत रहेको पाईन्छ यसै क्रममा किरात याक्थुङ चुम्लुङ नेपालको केन्द्रिय नेत्रित्व सँग पटक पटक सम्वाद र लिखित रुपमा बुदागत माग र सुझाबहरु समेत किरात याक्थुङ एकता समाज कतारले राखी सकेको अवस्था हो तर सस्थाको बिधानमा प्रवासमा शाखा दिने प्रावधान नभएकोले सम्बन्धन समिती मात्र दिन सक्ने प्रावधान रहेकोले यस भन्दा अगाडि पनि किरात याक्थुङ हङ्कङ सँग सम्बन्धन समितिको लागि सम्झौता पत्र तयार भईसकेको छ र पछील्लो समयमा किरात याक्थुङ एकता समाज कतारले पनि सम्बन्धन समिती प्राप्त गर्नको लागि आवश्यक प्रकृयाहरु अगाडि बढाउनको लागि किरात याक्थुङ एकता समाज कतारको केन्द्रिय कमिटीको ९ औ पूर्ण बैठकले सस्थाका अध्यक्ष श्री दिल किरण खजुमको सन्योजकत्वमा ५ सदस्सिय सम्झौता मस्यौदा समिती गठन गरेको छ यसमा अन्य सदस्स्यहरु श्री ज्ञानेन्द्र कुमार पन्दाक श्री लोकेन्द्र कुमार तुम्रोक श्री मान बहादुर सान्वा र ललित माबो रहनु भएको छ उक्त समितिका बिभिन्न मिती गरी दुई पटक बैठक बसी किरात याक्थुङ चुम्लुङ नेपाल सँग सम्बन्धन समिती लिने दिने सम्बन्धी १४ वटा बुदाहरु तयार भईसकेको मसौद समितिका सन्योजक तथा सस्थाका अध्यक्ष श्री दिल किरण खजुमले याक्थुङ समाज डट कमलाई जानकारी दिनु भयो तर ति बुदाहरुमा के के कुराहरु उल्लेख भएको छ त्यो भने खुलासा गर्नु भएन उहाले अगाडि थप्नु भयो समय देश काल र परिस्थिती अनुसार ति बुदाहरुमा दुबै सस्थाको मिलेमतोमा थपघट गर्न सकिने कुरा समेत बताउनु भयो यो हाम्रो कतारको लागि किरात याक्थुङ एकता समाजले तयार पारेको ड्राफ्ट हो यसमा दुबै सस्थाको बिचमा बसेर छलफल गर्दा अन्य छुटफुट भएका कुराहरु थपघट हुने कुराको पनि सन्केत गर्नु भयो यसरी समान उध्देश्य प्रप्तिको लागि खोलिएको सस्था बीच शहकार्य गर्नु भन्दा अर्को कुनै बिकल्प छैन हामी स्वर्णिम लिम्बु समाजको लागि अगाडि बढी रहेका छौ प्रवासमा सम्बन्धन समिती प्राप्त भए पनि शाखा सरहको हैसियत प्राप्त हुने भएकोले सम्बन्धन समितिको लागि पनि सस्था तयार रहेको बताउनु भयो हामी प्रवासमा बसेर बचेँको समय आफ्नो सस्थाको लागि समय दिनु आँफैमा प्रसन्सनीय कार्य हो यस्तो महान कार्यको सही रुपमा मुल्याङ्कन हुनु पर्दछ त्यसैले विश्वका बिभिन्न मुलुकमा छरिएर रहेका लिम्बु संघ सस्थाहरुले आफ्नो मुल घर किरात याक्थुङ चुम्लुङ सँग शहकार्य गरेर जान ढिलो गर्नु हुँदैन

एमालेको आठौं महाधिवेशन मंसिर १ देखि ५ गतेसम्म

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं,
एमाले केन्द्रीय कमिटी बैठकले पार्टीको आठौं महाधिवेशन मंसिर १ देखि ५ गतेसम्म राजधानीमा गर्ने निर्णय गरेको छ । एमालेको आठौं महाधिवेशन आउँदो मंसिर १ देखि ५ सम्म काठमाडौंमा हुने भएको छ । एमालेका नवनियुक्त महासचिव झलनाथ खनालको अध्यक्षतामा जेठ ५ बसेको एमाले केन्द्रीय कमिटीको १९ औं बैठकले यो निर्णय गरेको हो । बैठकमा खनालले अहिलेको कार्यनीति, कार्यभार तथा कार्यबिभाजन नामको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । खनालको प्रतिवेदन पारित गरेर बैठक आजै सकिने सम्भावना रहेको श्रोतले बतायो ।
एमाले बैठकले केही महत्वपूर्ण कार्यबिभाजनसमेत गरेको छ । श्रोतका अनुसार, बैठकले एमालेको सचिवालय सचिवमा स्थायी समिति सदस्य युवराज ज्ञवाली, संसदीय बिभाग प्रमुखमा बिष्णु पैडेल, प्रचार प्रमुखमा इश्वर पोखरेल, संगठन प्रमुखमा अमृतकुमार बोहोरा, बिदेश बिभाग प्रमुखमा माधवकुमार नेपाल, पार्टी स्कुल बिभाग प्रमुखमा केपी ओलीलाई चयन गरेको छ । यसैगरी, काठमाडौं उपत्यका इन्चार्जमा राजेन्द्र श्रेष्ठ, निर्वाचन समिक्षा कार्यदल प्रमुखमा अशोक राई, राज्य पुनर्संरचना कार्यदल प्रमुखमा बामदेव गौतम, आर्थिक सामाजिक रुपान्तरण कार्यदल प्रमुखमा केशव बडाल र संविधानसम्बन्धि कार्यदल प्रमुखमा भरतमोहन अधिकारीलाई बैठकले चयन गरेको श्रोतले बतायो ।

May 17, 2008

पूवाञ्चलको यातायात बन्द शुक्रबार साँझबाट फिर्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं,
सवारी दुघटनामा परेर मृत्यु हुने व्यक्तिको क्षतिपूतिलगायतको विषयलाई लिएर विगत चारदिनदेखि सञ्चालित पूवाञ्चलको यातायात बन्द शुक्रबार साँझबाट फिर्ता भएको छ। शुक्रबार सरोकारवाला मन्त्रालय र यातायात व्यवसायी, मजदुर प्रतिनिधिहरूबीच भएको सात घण्टा लामो छलफलपछि व्यवसायीले बन्द फिर्ता लिएका हुन्। छलफलको क्रममा सरकार र व्यवसायीबीच सातबुँदे सहमति भएको छ। श्रम तथा यातायात मन्त्रालयमा भएको वार्तामा गृहमन्त्री कृष्णप्रसाद सिटौला, सचिव उमेशप्रसाद मैनाली, श्रम तथा यातायात व्यवस्था मन्त्री रमेश लेखक, सचिव श्यामप्रसाद मैनाली, अर्थ मन्त्रालयका सचिव विद्याधर मल्लिक र यातायात व्यवसायी राष्ट्रिय महासंघको तर्फाट अध्यक्ष दिनेश भण्डारीलगायत एक दर्जन व्यवसायी एवम् तीनवटै ट्रेड युनियनको सहभागिता थियो। वार्तामा सवारी दुघटना पर्दा पीडितले पाउने क्षतिपूर्तिको विषयमा पुनरावलोकन गरेर १५ दिनभित्र सुझाव पेस गर्न अर्थ मन्त्रालयका सचिव विमलप्रसाद वाग्लेको संयोजकत्वमा समिति गठन गर्ने निर्णय भएको छ।

कानुन विपरीत काम गर्ने वाइसिएल कार्यकर्तालाई कारबाही

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं,
जथाभावी कुटपिट र आक्रमण जस्ता गतिविधि जारी राखेको माओवादी भातृ संगठन वाइसिएलको तीव्र आलोचना भइरहेका बेला नेकपा माओवादीका नेता रामबहादुर थापा बादलले वाइसिएलको बचाउ गर्नुभएको छ । एमाले, कांग्रेस जस्ता प्रमुख दलहरुले वाइसिएल विघटन हुनुपर्ने अनि मात्रै सहकार्य गर्न सकिने भनिरहेका बेला बादलले कुनै पार्टीले भन्दैमा वाइसिएल विघटन नहुने समेत बताउनुभएको छ ।चितवनमा शनिबार सभासदहरुको सम्मानमा आयोजना गरिएको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । अराजक गतिविधिमा संलग्नलाई कारबाही गर्न माग गर्नु जायज भएको उहाँको भनाइ थियो । कानुन विपरीत काम गर्ने वाइसिएल कार्यकर्तालाई कारबाही गर्न सबै पार्टीले सघाउनुपर्ने उहाँले बताउनुभयो ।वाइसिएल विघटन गर्ने भए १० वर्षको जनयुद्धका क्रममा १० हजार मान्छे मार्ने नेपाली कांग्रेस र नेकपा एमाले पनि विघटन हुनुपर्छ भन्नुभयो । सहकार्यका लागि कांग्रेसले अघि सारेका सात बुँदे सर्तको पनि बादलले आलोचना गर्नुभएको थियो ।