News

Sep 30, 2008

बसमा गोली प्रहार १ को मृत्यु, ४ घाइते

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आफूहरूले आ³वान गरेको तर्राई बन्दको अवज्ञा गरेको भनी मधेसी मुक्ति टार्इगर्स नवलपरासीका कार्यकर्ताले प्रहार गरेको गोली लागि आइतबार राति एक बसयात्रुको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएका छन्। नेपालगन्जबाट काठमाडौ तर्फ आउँदै गरेको ना२ख ५४२१ नम्बरको रात्री बसमा टाइगरका कार्यकर्ताले तिलकपुर गाविसको वासानजिक राति पौने २ बजे पूर्व-पश्चिम राजमार्गमा गोली प्रहार गरेका थिए।टार्इगर्सका कार्यकर्ताले हानेको गोली लागि बाँके जिल्ला रजला-८ का ३२ वषर्ीय राजेश बस्यालको मृत्यु भएको हो। ढाडमा गोली लागेका बस्यालको बुटवलमा उपचार हुन नसकेपछि काठमाडौर्ंतर्फ लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ। गोली लागेर बसका चालक बाँके कोहलपुरका शेरबहादुर भण्डारी, कैलालीनिवासी भक्तबहादुर शाही, सुनसरीका पुष्पबहादुर खड्का र चितवनका कृष्णप्रसाद पाठक घाइते भएका छन्।घाइतेमध्ये खड्का र पाठकलाई उपचारका लागि बुटवलबाट हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको छ। घाइतेहरूको खुट्टा, ढाड र छातीमा गोली लागेको छ। बन्दको अवज्ञा गरेको भन्दै टार्इगर्स कार्यकर्ताले बसभित्र अन्धाधुन्ध गोली प्रहार गरेका थिए। घटनाको टाइगर जिल्ला इन्चार्ज अञ्जलीले जिम्मा लिएका छन्।

सरकार ढाल्न आफू नलाग्ने - गिरिजाप्रसाद कोइराला

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली कांग्रेस वर्तमान सरकार ढाल्न लागेको माओवादी नेताहरुको आरोपको जवाफ दिदै निवर्तमान प्रधानमन्त्री तथा कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले सरकार ढाल्न आफू नलाग्ने बताएका छन्।
निवर्तमान प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले आफू सरकार ढाल्न नलागेको स्पष्टिकरण दिएका छन् । दशैंको अवशरमा पार्टीको भात्रृ संगठन नेपाल दलित संघले असोज १४ गते पार्टी केन्द्रीय कार्यलय सानेपामा आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै कोइरालाले भने, 'म आफैं ढल्न लागेको मानिसले सरकार ढाल्न प्रयास के गर्थें र ?' कार्यक्रममा उनले प्रजातन्त्र जोगाउन भने आफू जिवनभरी प्रतिबद्ध रहने स्पष्ट पारे ।
अमेरिकाबाट स्वदेश फर्केका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेपाली कांग्रेसलाई पनि सहमति ल्याउन प्रयास गरिने भनाईको प्रतिक्रिया दिदै कार्यक्रममा कोइरालाले आफूहरुलाई माओवादीले अपमानित गरिसकेका कारण सरकार अब सहभागि नहुने जानकारी दिए । प्रतिपक्षमा बसे पनि नेपाली कांग्रेसको हरेक ठाउँमा उपस्थिति देखिनुपर्नेमा जोड दिदै कोइरालाले संविधान बनाउन आफ्नो पार्टीको सहयोगि भूमिका रहने उल्लेख गरे ।

आफ्नो अमेरिका भ्रमण सफल - प्रधानमन्त्री

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अमेरिका भ्रमण सफल भएको बताउनुभएको छ । संयुक्त राष्ट्रसघको ६३ औ महासभामा भाग लिएर फर्केपछि त्रिभुवन विमानस्थलमा मंगलबार पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले अमेरिकासँग आफुहरुको कुटनैतिक सम्बन्धको सुरुवात भए पनि बैचारिक द्वन्द्व भने बाँकी नै रहेको बताउनुभयो ।भ्रमणक्रममा अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुशसँगको भेटबारे जानकारी दिदैं उहाँले बुशसँग नेपालको आर्थिक परिवर्तनमा सहयोग गर्न आग्रह गरेको बताउनुभयो । सबैभन्दा ठूलो दिमाग भएका कार्ल मार्क्स जन्मेको स्थानमा जान पाउँदा गर्वको महसुस भएको भन्दै प्रधानमन्त्री प्रचण्डले त्यहाँ भएका भेटहरुमा आफुले नेपालको राजनीतिक परिवर्तन नयाँ नेपाल र नयाँ संयुक्त सरकारको अवधारणाबारे जानकारी गराएको बताउनुभयो । आफ्नो १० दिने भ्रमण पूरा गरी जर्मनीको फ्रयांकफर्ट हुँदै प्रधानमन्त्री प्रचण्ड दिउँसो राजधानी आइपुग्नुभएको हो । महासभामा भाग लिन प्रधानमन्त्री सहितको १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डल गत असोज ४ गते अमेरिकाको न्युयोर्क प्रस्थान गरेको थियो ।त्यहाँ रहँदा प्रधानमन्त्रीले महासभालाई सम्वोधन गर्नुभएको थियो भने राष्ट्रसंघका महासचिव बान कि मुन, न्युयोर्कमा पुगेका विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखसँग पनि भेटघाट गर्नुभएको थियो । भेटमा प्रधानमन्त्री प्रचण्डले प्रजातान्त्रिक पद्धतिप्रतिको माओवादी प्रतिवद्धता रहेको भन्दै नेपाललाई सहयोग गर्न विशेष आहृवान गर्नुभएको थियो ।

नेपाल-भारत जलस्रोत समितिद्वारा कोसीक्षेत्र निरीक्षण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल-भारत जलस्रोत सचिवस्तरीय संयुक्त समिति जेसिडब्लुआरको एक टोलीले सप्तकोसी तटबन्ध कटान र त्यसबाट प्रभावित क्षेत्रको स्थलगत अध्ययन सुरु
गरेको छ । राजधानीमा सोमाबारदेखि सुरु समितिको वैठकमा सप्तकोसी उच्च बाँधबारे छलफल भएपछि विस्तृत जानकारी लिन टोली मंगलबार बिहान सुनसरी पुगेको छ ।टोलीले सुनसरीको चतरा बाँध निर्माण क्षेत्रको स्थलगत अध्ययनपछि निकालेको निस्कर्षमाथि राजधानीमा जारी बैठकमा बिस्तृत छलफल गरिने छ । बैठकमा कोसी बाढी, सप्तकोसी तटबन्ध, बहुउद्देश्यीय परियोजना, गण्डक तथा लक्ष्मणपुर बाँध, महलीसागर, कैलाशपुरी लगायतका बाँधबाट भएको डुवानका बिषयका आंशिक सहमति भइसकेको छ । प्रत्येक छ-छ महिनमा वैठक बस्नुपर्ने भए पनि समितिको वैठक चार वर्षपछि मात्र बसेको हो ।

मन्दिरमा भागदौड हुँदा भारतमा कम्तीमा सयजनाको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
छिमेकी मुलुक भारतको जोधपुरस्थित चामुण्डा मन्दिरमा मंगलबार बिहान भागदौड हुँदा कम्तीमा एकसय जनाको मृत्यु भएको छ । मन्दिरमा जाने साँधुरो बाटोमा रहेको पर्खाल भत्किएपछि भागदौड हुँदा चारसयभन्दा बढी घाइते भएका छन् । नवरात्रिको पहिलो दिन मंगलबार, घटस्थापना भएकाले पूजा गर्न हजारौ भक्तालुहरु मन्दिरमा पुगेका थिए ।भारतीय सञ्चारमाध्यमहरुका अनुसार घटनापछि मन्दिर वरिपरीको अवस्था सामान्य बन्न सकेको छैन । उद्धारकर्मीहरुले घाइतेहरुको उद्धार कार्य जारी राखेका छन् ।उता, अर्को मित्रराष्ट्र पाकिस्तानमा दुइवटा बस एक आपसमा जुध्दा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । उत्तर पश्चिमी मुल्तानको मुज्जफरगडमा सोमबार राति एक यात्रुबाहक बस र दुध बोकेको ट्यांकर एकापसमा जुध्दा अन्य केही घाइते भएको समाचार एजेन्सीहरुले जनाएका छन् ।

सम्झौता कार्यान्वयन नभएर सरकारमा बस्दैनौं - गच्छदार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदारले मधेसवादी दलहरूसँग भएका २२ बुँदे सहमति र आठ बुँदे सम्झौता कार्यान्वयन नभए मधेसी जनअधिकार फोरम सरकारबाट बाहिरिने बताउनुभएको छ । फोरमको सुनसरी जिल्ला पार्टी कार्यालयमा आयोजना गरिएको भेलामा कार्यकर्ताले अघिल्लो सरकारसँग मधेसवादी दलहरूद्वारा भएका सम्झौता र सहमति कार्यान्वयन नभएको बताएपछि गच्छदारले यस्तो बताउनुभएको हो ।उहाँले तराइमा बस्दै आएका नागरिकलाई राज्यले उपेक्षा गरेको विषयमा सबै मधेसवादी दल परिचित रहेको बताउँदै सरकारले ती सम्झौता र समझदारी अक्षरस कार्यान्वयन गर्ने इच्छाशक्ति नदेखाए सरकारमा बस्नुको औचित्य समाप्त हुने पनि उल्लेख गर्नुभयो । सप्तकोसी बाढीप्रभावित शिविर तथा चतरा पश्चिम उदयपुरको रामपुर ठोक्सिला सडकखण्डको स्तरवृद्धिको पछिल्लो प्रगतिको अवलोकन गरी मन्त्री गच्छदार सदरमुकाम इनरुवा पुग्नु भएको हो ।मन्त्री गच्छदारले पूर्वपश्चिम राजमार्गको विकल्पका रूपमा प्रयोगमा आएको चतरा-रामपुर सडकलाई एक भरपर्दो मार्ग बनाउन सरकारले भरमग्दुर प्रयास गरिरहेको जानकारी पनि दिनुभयो । यात्रुलाई कोसी नदीमा सजिलोसँग तार्न चितवनबाट दुइवटा जेटवाज ल्याउने काम भएको र अब ती जेटवाज चलाउने स्टेसनको तयारी भइरहेको जानकारी दिंदै मन्त्री गच्छदारले यसै सातादेखि जेटवाजले यात्रु ओसार्ने बताउनुभयो ।

लोकेन्द्र परियार भए - मिस्टर हंगकंग नेपाल २००८

लिम्वूवान डट व्लगस्पोट डटकम,हंगकंग
मिस्टर हंगकंग नेपाल २००८ शारीरिक सुगठन प्रतियोगितामा यस बर्षको उपाधि लोकेन्द्र परियारले जितेका छन । हंगकंग नेपाल बड़ी बिल्डिंग एशोसिएसनको आयोजनामा सेप्टेम्बर २८ तारीख आइतबारका दिन याऊ माँ तेई कम्युनिटी हलमा सम्पन्न प्रतियोगितामा आफ्नो ९ जना प्रतिस्पर्धिलाई पछि पार्दै लोकेन्द्र परियारले मिस्टर हंगकंग नेपाल २००८ को उपाधि जितेका हुन । परियारले बेस्ट पोजको उपाधि समेत जीते । प्रतियोगितामा फस्ट रनर अप मिस्टर हंगकंग नेपाल २००६ शम्भू कुमार तामांग भये भने सेकेण्ड रनर अप मिस्टर हंगकंग नेपाल २००१ दिलीप पोमो भए ।प्रतियोगितामा मिस्टर हंगकंग नेपाल २००८ को उपाधि बिजेता फस्ट रनर उप र सेकेण्ड रनर उपले क्रमश: ५ हजार,३ हजार र २ हजार हंगकंग डलरका साथै ट्र्फी मेडल र प्रमाण पत्र प्राप्त गरे ।प्रतियोगितामा प्रतियोगिहरू शम्भू कुमार तमांग, देउकाजी गुरुंग,हंग्सराज लिम्बू, कृष्ण आले, मान लिम्बू, लोक गुरुंग,लोकेन्द्र परियार,दिलीप पोमो,कृष्ण घले र एन बी राइ थिए । बिबिध कारणले शिव कुमार पुन, बिस्व थापा र रोहित राइले प्रतियोगिताको तयारीमा रहेता पनि भाग लिन सकेनन ।प्रतियोगिताको हंगकंग चाइना बड़ी बिल्डिंग एसोसिएसनको तिन सदस्य निर्णायक मंडल रहेको थियो । प्रतियोगिताको पहिलो राउंड पश्चात् टप सिक्समाँ क्रमश: शम्भू तामांग, हंसराज लिम्बू, कृष्ण आले,लोक गुरुंग,लोकेन्द्र परियार र दिलीप पोमो छानिये भने देउकाजी गुरुंग,मान लिम्बू,कृष्ण घले र एन बी राइ प्रतियोगीताबाट बहिरियेका थिए । प्रतियोगिताको तेस्रो चरण टप फोरमा क्रमश : दिलीप पोमो,लोकेन्द्र परियार,लोक गुरुंग र शम्भू तामांग छानियेका थिए भने कृष्ण आले र हंग्सराज लिम्बू प्रतियोगीताबाट बहिरियेका थिए । टप फॉर पश्चात सेकेण्ड रनर अप ,फस्ट रनर अप र मिस्टर हंगकंग २००८ को घोषणा गरिएको थियो ।प्रतियोगिताको औपचारिक कार्यक्रमको अधक्ष मेख गुरुंगले गरेका थिए । कार्यक्रमको बारेमा छोटो जानकारी संस्थापक अधक्ष,मिस्टर हंगकंग नेपाल १९९८ र वर्तमान कार्यसमितिका सल्लाहकार रोसन लिम्बुले गरेका थिए भने बिशेस अथिति र प्रमुख अतिथि क्रमश महाबाणिज्यदुत केशब भट्टराई र नेपाली महासंघका हेम लिम्बुले शुभकामना मंतब्य ब्यक्त गरेका थिए । स्थानीय नेपाली कलाकारहरुको गीत र नृत्यले कार्यक्रमलाई अझ रोचक बनाएको थियो । कार्यक्रममा स्टार भ्वाईस अफ हंगकंगका फाइनलिस्ट कमल राइ, ईस्ट लाइफ राजू गुरुंग, पूर्ब नेपथ्य बेन्डका भोकलिस्ट रबीन श्रेष्ट, मनीष रोय, टोपराज लामा, संतोष गुरुंग, अन्तिम राइले कर्णप्रिय गीतहरु प्रस्तुत गरेको थिए । सुनीता हितांग,मनु गुरुंग,सुनीता गुरुंग,रूबी गुरुंग र टयालेंन्ट हंट समुहले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रम देवराज राइ र लक्ष्मी थापा राइले सञ्चालन गरेका थिए ।सोही कार्यक्रममा आयोजक संस्था हंगकंग नेपाल बड़ी बिल्डिंगको तर्फबाट स्थापनाकालदेखी एसोसिएसनलाई साथ दिदै आएका सहयोगिहरू मिस हंगकंग २००० ममिता गुरुंग, संस्थापक रोशन लिम्बू ,संस्थाका सल्लाहकार लक्ष्मी थापा राइ , भीम पुन र अफिसीयल मिडिया पार्टनर एचके नेपाल डट कामका प्रधान संपादक पशन तमुलाई अधक्ष मेख गुरुंगले ट्र्फी तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।

कोरीयामा हिमालय नामक नेपाली बैण्डको स्थापना

लिम्वूवान डट व्लगस्पोट डटकम,कोरीया
सेप्‍टेम्‍बर २८ तारिख आइतबार ख्यङनाम किम्हे शहरमा हिमालय नामक नेपाली बैण्डको स्थापना भएको छ । NRN KOREA का अध्यक्ष श्री गंगाराज राईको प्रमुख आतिथ्‍य, YMCA PRESIDENT पार्क यङ जे, नेपाल प्रगतिशील मोर्चाको अध्यक्ष सुमन राई, किम्हे फरेन मिसन चर्चका पास्टर यग्यराज शुबेदी, नेपाल सम्पर्क समिती क्षेत्रिय अध्यक्ष उद्वव पाठक, एन आर एन क्षेत्रीय सम्मेलन संयोजक सुनिल लामिछाने, नेपाल सम्पर्क समिती पुसान साखा, उल्सान एकता समाज बिनोद चापागाई लगायतका ब्‍यक्तिहरूले शुभकामना मन्तब्य दिनु भएको उक्त कार्यक्रममा प्रमुख अतिथि गंगाराज राइले रिबन काटी कार्यक्रमको उदघाटन गर्नु भएको थियो। उक्त कार्यक्रम हिमालय बैण्ड मनेजर पुर्ण राईको सभापतित्वमा भएको थियो भने कृष्ण जोशी (सडाई) ले स्वागत भाषण दिनु भएको थियो। मन्तब्यको क्रममा प्रमुख अतिथि गंगाराज राईले बैण्डलाई जन्माउनु मात्र ठुलो होइन यसलाई निरन्तरता दिनु दायित्वको बोध हुन हो भन्‍नुका साथै उपस्‍थित नेपालीहरूमा हिमालय बैण्डलाई पु्र्णरुपले सहयोग गरिदिनु हुन आग्रह गर्नु भयो।हिमालय बैण्‍डको स्‍थापना भएकोमा नेपालबाट 1974 AD, सबिन राई, द एक्स बैण्ड, उपेन्द्र एण्ड फ्रेण्ड जस्ता ख्याति प्राप्त कलाकारहरुले भ्‍वाइस रेकर्डबाट शुभकामना दिनु भएको थियो भने क्रमश नेपाल कोरिया सांस्कृतिक मञ्च, भोजपुर परिवार तथा बिभिन्न थुप्रै संघ संस्थाहरूबाट शुभकामना दिनु भएको थियो।कार्यक्रमको पाहिलो चरण पुर्ण राईले सभा बिसर्जन गर्नु भएको थियो भने दोश्रो चरणमा हिमालय बैण्डले लाइभ कन्सर्ट गरेर मनोरञ्जन दिलाएका थिए। उक्त बैण्डमा क्रमश पुर्ण राई, शहदेब सुब्बा, फुर्बु छिरिङ लामा, राजु घले, जीवन थापा, शिल्‍पा राइ रहनु भएको छ ।

Sep 29, 2008

संविधान निर्माणको गृहकार्य शुरू भइसक्योः नेम्वाङ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले कार्यतालिका बनाएर निर्धारित समयमै संविधान निर्माण गर्ने गरी संविधानसभाले गृहकार्य थालिसकेको जानकारी गराउनुभएको छ।देशभरिका एफएम रेडियोहरूको संगठन सामुदायिक रेडियो प्रसारक संघ नेपालको राष्ट्रिय सम्मेलनलाई आइतबार राजधानीमा सम्बोधन गर्दै अध्यक्ष नेम्वाङले संविधानसभा नियमावली चाँडै नै टुंगो लाग्नासाथ संविधान निर्माणको कार्यतालिका र्सार्वजनिक गरिने स्पष्ट पार्नुभयो।उहाँले निरंकुशतन्त्रविरुद्ध महत्त्वपूर्ण भूमिका खेलेका सामुदायिक रेडियोहरू जनताको आवाज भएर स्थापित हुनुपर्छ भन्नुभयो। सो अवसरमा अध्यक्ष नेम्वाङले नेपालमा सामुदायिक रेडियो कानुनी व्यवस्था र आवश्यकता एवम् नेपालमा छुट्टै सामुदायिक रेडियो नीतिका लागि पक्षपोषण तथा वकालत रणनीति’ नामक दुइवटा पुस्तकको लोकार्पण पनि गर्नुभयो।सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष मीनबहादुर शाहीको अध्यक्षतामा भएको सम्मेलनमा महासचिव मोहन विष्टले ँनेपालमा सामुदायिक रेडियो नीतिगत चुनौती र सुझाव’ विषयक अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो।राष्ट्रिय सम्मेलनले एफएम रेडियोलाई अझ प्रभावकारी बनाउन, विद्यमान विभेदपूर्ण ऐन नियम संशोधन गर्नुपर्ने, राज्यले जनताको आवाज बनेका रेडियोलाई व्यवहारमै सकारात्मक रूपमा हेर्नुपर्ने जस्ता निष्कर्षहित घोषणापत्र पनि जारी गरेको छ।

जयकृष्ण गोइत निष्कासन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अखिल तर्राई मुक्ति मोर्चाबाट संयोजक जयकृष्ण गोइत (जनक) लाई साधारण सदस्यसमेतबाट निष्कासन गरिएको सो मोर्चाले जनँएको छ। मोर्चाको केन्द्रीय महाधिवेशन तयारी समितिको बैठकले सो निर्णय गरेको आइतबार प्रेषित वक्तव्यमा उल्लेख छ।गोइतबाहेक सबै सदस्यको बैठकमा उपस्थिति रहेको र बैठकले उनीमाथि सांस्कृतिक विचलन, आर्थिक भ्रष्टाचार, राजनीतिक अक्षमता एवम् एकमनावाद प्रवृत्ति हावी रहेको आरोप लगाएको वक्तव्यमा उल्लेख छ। सो मोर्चाले नयाँ संयोजकमा प्रतीकलाई चयन गरेको र केन्द्रीय सदस्य नौबाट १७ सदस्यीय बनाइएको समेत जनाएको छ।

'एक प्रदेशको सोचमा संघीयता लगिए दुर्घटना'

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले एक मधेश, हिमाल र पहाडको सोचमा संघीयतालाई लगे दुर्घटना हुने बताउनुभएको छ । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्युयोर्क पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले आइतबार राति अमेरिकामा रहेका नेपालीहरुले आयोजना गरेको एक कार्यक्रममा संघ निर्माण गर्दा जनताको हितलाई ध्यान दिनुपर्ने बताउनुभयो । नेपालमा संघीयताको निर्माण गर्दा भूगोल, जनसंख्या, जातजाति आदिको आधारमा वैज्ञानिक संघीयताको अवलम्बन गरिने जानकारी दिदै उहाँले राष्ट्रिय स्वतन्त्रता, स्वाभिमान र सम्बृद्धिलाई मुख्य प्राथमिकतामा राखिने बताउनुभयो ।नयाँ संविधान निर्माण सरकारको पहिलो प्राथमिकता भएको भन्दै प्रधानमन्त्री प्रचण्डले संसारभरका नेपालीलाई एउटै सूत्रमा बाँध्ने संविधान निर्माण गर्न सके सबै नेपालीलाई गौरवबोध हुने धारण राख्नुभयो । राष्ट्रले के दियो भन्दा पनि राष्ट्रलाई के दियौं भन्ने सोच सबै नेपालीमा भए नेपाल सम्बृद्ध बन्ने उहाँको भनाइ थियो ।-साथको तस्बिरमा प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघीय महासचिव वान कि मुनका साथ । राष्ट्रसंघ महासभामा सहभागी हुन न्युयोर्क जानुभएका प्रधानमन्त्रीले महासचिव मुन लगायत विभिन्न मुलुकका राष्ट्र तथा सरकार प्रमुखहरुसित भेटवार्ता गर्नुभएको थियो । तस्बिर सौजन्य, राष्ट्रसंघ ।

१० महिनाभित्र नयाँ संविधान निर्माण पूरा गर्ने - झलनाथ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेकपा एमालेका महासचिव झलनाथ खनालले १० महिनाभित्र नयाँ संविधान निर्माण गरेर सबैखाले संक्रमणको अन्त्य गर्ने बताउनुभएको छ । प्रेस चौतारी भक्तपुरले सोमबार आयोजना गरेको कार्यक्रममा महासचिव खनालले संविधान निर्माण प्रक्रियालाई राजनीतिक दललगायत कसैले पनि अवरोध पुर्‍याउन नहुनमा जोड दिनुभयो । माओवादी सेनालाई निश्चित प्रक्रिया पूरा गरी राष्ट्रिय सेनामा समायोजन गर्दै जाने जानकारी दिदै उहाँले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन सबै दल जिम्मेवार हुनुपर्ने बताउनुभयो । विगतका सहमति र प्रतिबद्धतालाई कार्यान्वयन गर्नेतर्फ माओवादी अझ बढी जिम्मेवार हुनुपर्ने बताउँदै महासचिव खनालले वैज्ञानिक भूमिसुधार र क्रान्तिकारी कृषि प्रणालीमार्फत सामन्तवादको समूल नष्ट गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

करको विरोधमा देशभर चलचित्र प्रदर्शन बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
स्वदेशी चलचित्रलाई टेवा पुग्ने खालको कार्यक्रम नल्याएको भन्दै चलचित्रकर्मीहरुले विरोध गरेका छन् । सरकारले हालै ल्याएको वजेटले स्वदेशी चलचित्रलाई सहयोग पुर्‍याउनुको साटो उल्टो थप कर लगाउने व्यवस्था गरेको भन्दै उनीहरुले विरोध स्वरुप सोमबार मुलुकभरका चलचित्र घरहरु बन्द गराएका छन् । उनीहरुको आन्दोलनमा साथ दिंदै चलचित्र घरका सञ्चालकले देशभर आज चलचित्र देखाएनन् ।नेपाल चलचित्र निर्माता संघका अध्यक्ष अशोक शर्माले नयाँ करको व्यवस्थाले रुग्ण बनेको नेपाली चलचित्र उद्योग थप समस्यामा पर्ने अवस्था रहेको भन्दै विरोध गरिएको सञ्चारकर्मीहरुलाई बताउनुभएको छ । सरकारले हालै गरेको कर बढाउने निर्णय नसच्याए आन्दोलनका थप सशक्त कार्यक्रम गर्ने चेतावनी संघले दिएको छ । १५ दिनभित्र निर्णय सच्याउन समय दिइएको शर्माले बताउनुभयो ।सरकारले महानगर र उपमहानगरमा चलचित्र हललाई १५ प्रतिशत अनि नगरपालिका र गाविसमा रहेका हललाई १० प्रतिशत विकास शुल्क तोकेको थियो । हल सञ्चालन भए पनि वा नभए पनि २० प्रतिशत न्यूनतम शुल्क तोकिएको भन्दै चलचित्रकर्मी आन्दोलित भएका हुन् ।

हवाइ टिकट दसैंसम्मलाई सकियो, यात्रु समस्यामा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालीहरुका महान चाड दसैंको पूर्वसन्ध्यामा कामका सिलसिलामा विभिन्न स्थानमा रहेकाहरुलाई घर पुग्न हतारो भए पनि जाने माध्यमका कारण समस्या पर्ने भएको छ । गत भदौ २ गते कोसी नदीको बाढीले तटबन्ध भत्किएपछि राजमार्ग क्षतिग्स्त भएको छ । यसले उक्त मार्ग भएर पश्चिम नेपालसँग पूर्वको सम्पर्क नै टुटेको छ ।यसक्रममा पूर्वबाट राजधानी लगायत पश्चिम जाने अनि उताबार पूर्व जानेहरुले हवाइ मार्ग प्रयोग गरिरहेका छन् । दसैंका लागि लामो समयसम्म हवाइ टिकट पनि बुक भइसकेकाले धेरै यात्रुहरु दसैंमा घर जान नपाउने भएका छन् । कतिपय यात्रुहरु भारतीय बाटो भएर आउजाउ गरिरहेका छन् ।हवाइ टिकट अहिलेदेखि नै पाइन छाडेको छ । यती एयरवेज, बुद्ध एयर र नेपाल वायुसेवा निगमका जहाजहरुको टिकट दसैंसम्मका लागि बिक्री भइसकेको छ । जहाजहरुमा पूर्वका भद्रपुर र विराटनगरका लागि टिकट लिने यात्रुहरुको चाप बढी रहेको हवाइ कम्पनीहरुले जनाएका छन् ।सामान्य दिनमा भन्दा जहाज थपेर हवाइ कम्पनीहरुले उडान भरिरहेको भए पनि टिकट अभावले यात्रुहरु समस्यामा परिरहेका छन् । मकालु ट्राभल्सका नवीनकुमार शर्माका अनुसार दसैंसम्मका लागि टिकट बिक्री भइसकेको छ । उहाँले दसैंमा आउनेमात्र नभइ फर्कने टिकट पाउन पनि समस्या पर्ने एनकेडटकमलाई जानकारी दिनुभयो ।

राष्ट्रपति बाढीपिडितहरूको अवस्थाबारेमा जानकारी लिन जाने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राष्ट्रपति डा. रामवरण यादव सुदूरपश्चिमका बाढीपिडितहरूको अवस्थाबारेमा जानकारी लिन आज सोमबार त्यसतर्फ जाँदै हुनुहुन्छ । बाढीपीडितहरूको स्वास्थ्य अवस्था, उनीहरूको बसोबास, र राहत सामग्रीको अवलोकन गर्न राष्ट्रपति डा. यादव सुदूरपश्चिम जान लाग्नु भएको हो । उहाँले कैलाली र कञ्चनपुरको बाढी प्रभावित क्षेत्र र विस्थापितहरूको अवस्थाबारे जानकारी लिनुहुने जनाइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट राष्ट्रपति डा. यादव कैलाली जाने कार्यक्रम रहेको छ । बाढीपीडितको अवस्थाबारे जानकारी लिएर उहाँ आजै काठमाडौ फर्कनु हुनेछ ।

ज्वाला सिंह समूहका क्षेत्रीय कमाण्डर पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रहरीले जनतान्त्रिक तराइ मुक्तिमोर्चा ज्वाला सिंह समूहका क्षेत्रीय कमाण्डरलाई आइतबार राति बाराको जितपुरबाट पक्राउ गरेको छ । पर्सा विरुवागुठी घर भएका शेखर सिंह भनिने कासिम देवान पक्राउ परेका हुन् । उनको साथबाट प्रहरीले एकथान नलकटुवा पेस्तोल, त्यसको चारराउण्ड गोलीका साथै २ थान मोबाइल फोन बरामद गरेको छ ।

नेपाल-भारत संयुक्त जलस्रोत समितिको सचिवस्तरीय बैठक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल-भारत संयुक्त जलस्रोत समितिको सचिवस्तरीय बैठक सोमबारदेखि काठमाडौंमा सुरु हुँदै छ । बुधबारसम्म चल्ने सचिवस्तरीय बैठकमा नेपालका तर्फबाट जलस्रोत मन्त्रालयका सचिव शंकरप्रसाद कोइराला र भारतीय तर्फको नेतृत्व त्यहाँका जलस्रोत मन्त्रालयका सचिव उमेशनाथ पन्जियारले गर्नुहुने भएको छ । चार बर्षपछि बस्न लागेको सचिवस्तरीय बैठकमा बिद्युत, सिचाइ, जलउत्पन्न प्रकोपका बिषयमा बृहत छलफल हुने बताइएको छ । बैठकमा कोसी बाढी, सप्तकोशी तटबन्ध, बहुउद्देश्यीय परियोजना, गण्डक, लक्ष्मणपुर बाँध, सुनकोशी डाइभर्सन, रसियावाल खुर्दलोटन, महलीसागर, कैलाशपुरी लगायतका बाँधबाट भएको डुवानका बिषयमा छलफल हुने जनाइएको छ । बैठकमा नेपालका तर्फबाट २६ जना र भारतीय पक्षबाट १४ जनाको सहभागीता रहने जलस्रोत मन्त्रालयका सहसचिव अनुप कुमार उपाध्याले जानकारी दिनुभयो ।

यात्रुबाहक बसमाथि गोली प्रहार गर्दा तीनजना घाइते

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अज्ञात समूहले आइतबार राति नवलपरासीको वासामा यात्रुबाहक बसमाथि गोली प्रहार गर्दा तीनजना यात्रु गम्भीर घाइते भएका छन् । बसका चालक शेख भण्डारी र कैलालीका भक्ति शाहीलाई भने सामान्य चोटपटक लागेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको तिलपुर-५ वासामा ना२ख ५४२१ नम्बर बसमा उक्त समूहले चलाएको गोली लागी तीनजना घाइते भएका हुन् । घाइते हुनेमा बाँके रजना-८ का ३२ वर्षीय राजेश बस्याल, सुनसरीका ३२ वर्षीय कुशकुमार खड्का र चितवन खैरेनीका ३२ वर्षीय कृष्णप्रसाद पाठक रहेका छन् ।घाइतेहरुको छाती त्रि्रा र टाउकामा गोली लागेको प्रहरीले जनाएको छ । घाइते तीनैजनाको लुम्बिनी अञ्चल अस्पताल वुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पूर्वराजा ज्ञानेन्द्रले दसैंको अवसरमा शुभकामना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सामान्य नागरिकको हैसियतमा पुगिसकेका पूर्वराजा ज्ञानेन्द्रले दसैंको अवसरमा शुभकामना दिनुभएको छ । उहाँले राजाबाट नागरिकमा रुपान्तरित भइसकेपछि पहिलोपटक यस्तो शुभकामना दिनुभएको हो । विजयादशमीको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिंदै उहाँले सन्देश प्रकाशित गर्नुभएको हो । यसअघि मुलुकमा गणतन्त्र घोषणा र कार्यान्वयन नभएको अवस्थामा उहाँले राजाकै हैसियतमा शुभकामना सन्देश दिने गर्नुभएको थियो ।सन्देशमा 'ज्ञानेन्द्र वीरविक्रम शाह र कोमल राज्यलक्ष्मीदेवी शाहबाट विजयादशमीको उपलक्षमा हार्दिक शुभकामना' भनिएकिो छ । उक्त शुभकामना सन्देशमा पहिले प्रयोग गर्ने गरिएको शाही चिह्न षटकोण र खड्ग चाहिँ प्रयोग गरिएको छ ।

श्रमजीवी पत्रकार ऐन तत्काल कार्यान्वयन गर्न सरकारसँग माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकार ऐन तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ । पोखरामा सम्पन्न महासंघको केन्द्रिय समिति वैठकले उक्त माग गरेको हो । यसैगरी वैठकले निजी तथा सरकारी सञ्चारमाधयमबाट निस्कासित पत्रकारहरुको पुनर्बहाली गर्न समेत माग गरेको छ । वैठकले ऐन तत्काल कार्यान्वयनको माग गरेको उल्लेख गर्दै महासंघका महासचिव पोषण केसीले यसका लागि दबाब दिइने समेत जानकारी एनकेडटकमलाई दिनुभयो ।सञ्चारमाध्यममा आउने सबै प्रकारका विज्ञापनको दुइ प्रतिशत रकम पत्रकार कल्याण कोषमा जम्मा गर्ने व्यवस्था गर्न र द्वन्द्वपीडित पत्रकारका लागि कोष स्थापना गर्न पनि माग गरिएको छ । प्रेस स्वतन्त्रता हनन र सञ्चारकर्मीमाथि भएका आक्रमणप्रति चिन्ता व्यक्त गर्दै वैठकले अध्ययन गर्न न्यायिक आयोग गठन गर्न पनि सरकारसित माग गरेको छ ।

Sep 28, 2008

चार देशमा श्रम सहचारी पठाउने तयारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारले विदेशस्थित चार नेपाली राजदूतावासमा श्रम सहचारीका रूपमा श्रम मन्त्रालयका कर्मचारीलाई पठाउने अन्तिम तयारी गरेको छ। परराष्ट्रका कर्मचारीले भने श्रमका कर्मचारीलाई सो पदमा पठाउन नहुने बताउँदै आएका छन्। यद्यपि सामान्य प्रशासन मन्त्रालयले विदेशस्थित नेपाली दूतावासमा श्रम सहचारी राख्नका लागि बनाएको प्रतिवेदन मन्त्रिपरिषद्मा केही दिनअगाडि पठाइसकेको बुझिएको छ। जसअनुसार सरकारले अन्तिम निर्णयो तयारी गरेको थाहा भएको छ।यसबारे श्रम मन्त्रालयका प्रवक्ता उद्धवप्रसाद बाँसकोटासँग जिज्ञासा राख्दा उहाँले भन्नुभयो- सामान्य प्रशासन मन्त्रालयले प्रतिवेदन मन्त्रिपरिषद्मा बुझाइसकेको छ र मन्त्रिपरिषद्बाट पास हुन मात्र बाँकी छ।’श्रम प्रवक्ता बाँसकोटाका अनुसार सरकारले तत्काललाई साउदी अरब, कतार, यूर्एइ र दक्षिण कोरिया गरी चार देशमा हाललाई एक-एक जना श्रम सहचारी राख्ने तयारी गरेको छ।दूतावासमा परराष्ट्रका कर्मचारीले मात्र कार्य गर्ने भन्ने सरकारी प्रावधान र परराष्ट्रमा प्रवेश गर्दा लोकसेवा आयोगले लिने कूटनीतिक सेवाको परीक्षा पास गरेर मात्र प्रवेश पाइने प्रावधानलाई कुल्चँदै सरकारले श्रम सहचारीको रूपमा श्रम मन्त्रालयबाट कर्मचारी पठाउन लागेकोमा परराष्ट्रका कर्मचारी असन्तुष्ट देखिएका छन्। परराष्ट्र स्रोतले भन्यो- दूतावासमा कर्मचारी थप्नुपरे परराष्ट्रकै कर्मचारी थप्नुपर्छ, अन्यत्रबाट लग्न पाइँदैन।’ कामदार पठाउँदा होसियारी अपनाउनुपर्ने परराष्ट्रका कर्मचारीको भनाइ पाइएको छ।प्रस्थानबिन्दुमा समाधान नभएको समस्या दोस्रो देशमा गएर गर्न नसकिने तर्क परराष्ट्रको छ। नेपालमै सबै संयन्त्र हुँदा पनि श्रम मन्त्रालयले गैरकानुनी रूपमा कामदार पठाउने कार्य रोक्न नसकेको जनाउँदै स्रोतले भन्यो- परराष्ट्रसँग लिंक गरेर पठाए समग्र दूतावास नै बदनाम हुन्छ। सरकारले श्रमका कर्मचारी श्रम सहचारी बनाएर पठाउने नै हो भने छुट्टै पठाउनुपर्छ।’ सरकारले २०४२ सालमा ५ हजारभन्दा बढी नेपाली कामदार रहेका देशमा श्रम सहचारी राख्ने निर्णय गरेको थियो।

योग्यताका आधारमा माओवादी सेना समायोजन गर्नुपर्ने - झलनाथ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादी नेताहरुको भनाईबिपरित माओवादी नेतृत्वको सरकारमा सहभागि दोश्रो ठूलो दल एमालेका महासचिव झलनाथ खनालले राष्ट्रिय सेनामा ब्यक्तिगत योग्यताका आधारमा माओवादी सेना समायोजन गर्नुपर्ने बताएका छन् । माओवादी नेतृत्वको सरकारमा सहभागि दोश्रो ठूलो दल एमालेका महासचिव झलनाथ खनालले राष्ट्रिय सेनामा समायोजन हुने माओवादी जनमुक्ति सेना ब्यक्तिगतरुपमा योग्य हुनुपर्ने तथा माओवादी पार्टीको सदस्यता त्याग्नुपर्ने बताएका छन् । माओवादी जनमुक्ति सेना राष्ट्रिय सेनामा सामूहिकरुपमा समायोजन हुनुपर्ने धारणा माओवादीका वरिष्ठ नेताहरुबाट आइरहेकोबेला असोज १२ गते एमाले महासचिवबाट राजधानीमा आयोजित एउटा कार्यक्रममा यस्तो धारणा आएको हो । रिपोर्टस क्लबले आयोजना गरेको कार्यक्रममा बोल्दै खनालले माओवादी जनमुक्ति सेनालाई राष्ट्रिय सेनामा समायोजन गर्नेसम्वन्धि बिस्तृत तरिका भने मन्त्री स्तरीय समितिले तय गर्ने उल्लेख गरे ।
माओवादी नेता तथा सभासदका माओवादी अंगरक्षकले संविधानसभा परिशरमा हतियार लानु शान्तिसम्झौता र बिगतका सहमति बिपरित भएको पनि कार्यक्रममा खनालले बताए । उप प्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतम र माओवादीका केही नेताबीच असोज ११ गतेदेखि सार्वजनिकरुपमा यो बिबाद चर्केको बेला एमाले महासचिव खनाल आफ्नो पार्टीका नेता तथा उप प्रधानमन्त्री गौतमको प्रतिरक्षामा उभिएका हुन् । 'माओवादी नेता तथा सभासदबाट अब हतियारसहितका अंगरक्षक नलाने प्रतिवद्धता आउनुपर्छ' कार्यक्रममा खनालले भने ।
सरकारको समिक्षा गर्ने बेला भइनसकेको बताउदै एमाले महासचिव खनालले माओवादीको ब्यवहारले सरकारको आयु निर्धारण हुने पनि धारणा राखे । शान्तिसुरक्षाको स्थितिमा सकारात्मक सुधार हुँदै गएको उल्लेख गर्दै कार्यक्रममा खनालले तराईका केही सशस्त्र समूहले धम्की दिदैमा राष्ट्र बिखण्डन नहुने बताए ।

वान की मुन कात्तिक १४ गते दुइ दिने नेपाल भ्रमणमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संयुक्त राष्ट्रसंघका महासचिव वान की मुन आगामी कात्तिक १४ गते दुइ दिने नेपाल भ्रमणमा आउनु हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र महासचिव मुनबीच शनिबार राति अमेरिकाको न्यूयोर्कमा भएको भेटमा भ्रमणको मिति तय भएको न्यूयोर्कस्थित राष्ट्रसंघका लागि प्रतिनिधि हीराबहादुर थापाले सञ्चारमाध्यमहरुलाई जानकारी दिनुभएको हो । प्रधानमन्त्री प्रचण्डसँगको भेटमा महासचिव मुनले नेपालको ऐतिहासिक राजनीतिक परिवर्तन र शान्ति प्रक्रियामा भइरहेको प्रगतिको प्रशंसा गर्नुभएको थियो भने नेपाली सेनाले शान्तिसेनामा पुर्‍याएको योगदानको पनि प्रशंसा गर्नुभएको थियो । प्रधानमन्त्री प्रचण्डले महासचिव मुनलाई नेपालको आर्थिक विकासमा निरन्तर सहयोगका लागि आग्रह पनि गर्नुभएको थियो । भेटका क्रममा महासचिव बानले प्रधानमन्त्रीलाई नेपालमा भएको ऐतिहासिक राजनीतिक रूपान्तरणका साथै शान्ति र लोकतन्त्र प्राप्तिमा देखिएको उपलब्धिका लागि बधाई दिनुभएको थियो । महासचिव मुनले आफु नेपाल आएपछि राष्ट्रसंघले नेपाललाई शान्ति कोषमार्फत दिदै आएको रकमबारे बिस्तृत कुराकानी गर्ने समेत बताउनु भएको थियो ।मुनले सुडानमा नेपाली शान्तिसेनाको संख्या थप्न र सोमालियामा शान्ति सेना पठाउन गरेको प्रस्तावमा प्रधानमन्त्रीले सुडानमा थप नेपाली सेना पठाउने निर्णय भइसकेको र सोमालियामा पनि पठाउन आफ्नो सरकार सकारात्मक रहेको प्रतिक्रिया दिनुभएको थियो । उहाँहरुबीच नेपालको शान्तिप्रकियामा सहयोग गर्न खटिएको राष्ट्रसंघीय मिसन अनमिनको भबिष्यका बारेमा पनि छलफल भएको थियो । महासचिव मुनले माओवादी सेनालाई लामो समयसम्म शिविरमै राखिरहनु व्यवहारिक नहुने धारणा ब्यक्त गर्नुभएको थियो । प्रधानमन्त्री प्रचण्डले पाकिस्तानका राष्ट्रपति आसिफ अलि जर्दारीसँग पनि भेट गर्नुभएको बताइएको छ । उहाँहरूबीच द्विपक्षीय र आपसी चासोका विषयमा छलफल भएको न्यूयोर्कस्थित नेपालको स्थायी नियोगले जनाएको छ । यसैगरी प्रधानमन्त्री प्रचण्डले भियतनामका उपप्रधानमन्त्री फाम गिया खेमसँग भेट गर्नुभएको छ ।

संघीयता विरोधमा देशव्यापी बन्दले जनजीवन प्रभावित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संघीयताको विरोधमा राष्ट्रिय जनमोर्चाले आहृवान गरेको नेपाल बन्दका कारण आइतबार बिहानैदेखि राजधानीलगायत देशका विभिन्न स्थानको जनजीवन प्रभावित भएको छ । बन्दका कारण बिहानैदेखि राजधानी लगायत अन्य कुनै पनि स्थानबाट लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेका छैनन् ।बन्दका कारण उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरलगायत मध्य, पूर्वी तथा पश्चिम तराइमा यातायात, उद्योग, कलकारखाना, शिक्षण संस्था बजार सबै बन्द रहेका छन् । बन्दका कारण सर्लाही, सिरहा, सप्तरी, रौतहट, भैरहवा, बुटवल, कपिलवस्तु, नवलपरासी, दाङ, विराटनगर लगायतका स्थानबाट लामो तथा छोटो दूरीका सवारीका साधन चलेका छैनन् । यातायातका साधन नचल्दा दसैको किनमेल तथा दसैंमा घर हिंडेका यात्रुहरु समस्यामा परेका छन् ।

अमेरिकामा रहेका नेपालीहरुको एक कार्यक्रममा प्रचण्ड

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वको सरकार वैधानिक राष्ट्रिय हितसहितको सम्वृद्धिका निम्ति अघि बढिरहेको बताउनुभएको छ । अमेरिकाको न्युयोर्कमा अमेरिकामा रहेका नेपालीहरुको एक कार्यक्रममा उहाँले हालै मात्र सम्पन्न आफ्नो चीन र भारत भ्रमण निकै सफल भएको भन्दै माओवादी अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले भ्रमणले नयाँ इतिहास कायम गरेको दाबी गर्नुभयो ।नेपालमा नयाँ संस्कृति र प्रकृया सुरु हुन लागेको भन्दै प्रधानमन्त्री प्रचण्डले ठिक ढंगले नेतृत्व गर्न सके नेपाल सम्वृद्धिको शिखरमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । संयुक्त राष्ट्रसंघको ६३ औं महासभा अन्तर्गत सहस्राव्दी विकास लक्ष्यको वैठकमा आफूले विश्व समुदायलाई दिएको चुनौतीबारे जानकारी दिनुभयो ।कार्यक्रम हाल अमेरिकामा रहेका नेपालीको सहभागिता रहेको थियो । सहभागी नेपालीहरुले माओवादी नेतृत्वको सरकारप्रति आफूहरुको ठूलो आशा र अपेक्षा रहेको बताएका थिए । उनीहरुले नेपालको सुनौलो भविष्यका लागि सबैले एकवद्ध भएर काम गर्नुपर्नेमा जोड दिइएको जनाइएको छ ।

नेपालका लागी कोरियाका राजदुतमा हुङृ सुङृ मोक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दक्षिण कोरिया राष्टपति लि म्यङृ बाक द्धारा नेपालका लागी कोरियाका राजदुतमा हुङृ सुङृ मोकलाई छनौट गरि राजदुतको ओहदा प्रमाण पत्र प्रदान गरेको छ । राजदुत मोक यस अघि फिलिपिन्‍समा प्रमुख काउन्‍सलरको रुपमा कार्यरत हुनु हुन्‍थ्‍यो । निवर्तमान राजदुतको कार्यकालको अवधि सकिए पश्चयात नेपालका लागी कोरियाली राजदुतको स्थान खाली थियो । नेपालका लागी कोरियाका राजदुतमा हुङृ सुङृ मोक ( 53 ) सिओल युनिभर सिटिबाट कानुन विषयमा उच्च शिक्षा हासिल गरेका हुनु हुन्छ । राजदुत मोक एशिया सम्बन्धी कानून विद पनि हुनु हुन्छ । वहांले फिलीपिन्समा प्रमुख काउन्सलको पदमा रहदा " दौडधुप गरेको समस्या समाधान गर्ने काउन्लर " को उपाधि पनि प्राप्त गरेका थिए ।

एक दशकभित्र संसारकै एक सुन्दर मुलुक नेपाल - प्रधानमन्त्री

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकाको न्यूयोर्क पुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई आगामी एक दशकभित्र संसारकै एक सुन्दर मुलुकका रुपमा स्थापना गर्ने दाबी गर्नुभएको छ । ऐतिहासिक राजीतिक परिवर्तनपछि अब नेपाल नयाँ दिशामा उन्मुख भएको भन्दै उहाँले यसका लागि आर्थिक सहयोग वृद्धि गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको छ ।न्यूयोर्कमा इन्डिया चाइना इन्सटिच्युटले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो । आगामी दश वर्षभित्र नेपाललाई विश्वकै सुन्दर बनाउने लक्ष रहेकाले यो अभियानमा सघाउने उहाँले आह्वान गर्नुभयो । छलफल कार्यक्रममा सहभागी नेपाली र विदेशी विद्यार्थीहरुले नयाँ नेपाल निर्माणमा माओवादीको दृष्टिकोण के कस्तो हो भन्ने जिज्ञासाहरु राखेका थिए ।उनीहरुको जिज्ञासाको जवाफ दिंदै प्रधानमन्त्री दाहालले आउँदो पाँच वर्षभित्र जनताले विकासको अनुभूति ग्न पाउने दाबी समेत गर्नुभयो । विविधता र प्राकृतिक स्रोतले सम्पन्न भएकाले नेपालका आगामी दिनमा विकासको गति तीव्र पारिने उहाँले उल्लेख गर्नुभयो । विश्वका जुनसुकै कुनामा बसेको भए पनि नेपालीहरुले आफ्नो देशको विकासका लागि आ-आफ्नो क्षेत्रबाट महत्वपूर्ण योगदान गर्न सक्ने बताउनुभयो ।

संसदमा अर्थमन्त्रीले जवाफ दिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानसभा ब्यवस्थापिका संसदको आइतबारको वैठकमा अर्थमन्त्री बाबुराम भट्टराइले बजेटका सम्बन्धमा सभासदहरुको सुझाव तथा यसअघि पढ्न छुटेका बजेटका बुँदाबारे सदनलाई जवाफ दिने हुनुभएको छ । संविधानसभा सचिवालयका अनुसार अर्थमन्त्रीले जवाफ दिने कार्यक्रम तय भएको छ ।नेपाली काग्रेस, तराइ मधेश लोकतान्त्रीक पार्टी र राप्रपा नेपालका सभासदहरुले बजेटमाथि सभासदहरुले दिएको सुझाव दस्तावेजका रुपमा ल्याइनुपर्ने माग राख्दै रोस्टम घेराउ गरेपछि शुक्रबार र शनिबार व्यवस्थापिका संसदको बैठक अबरुद्ध भएको थियो । अवरुद्ध हुँदा विनियोजन बिधेयक अन्तर्गत क्षेत्रगत तथा मन्त्रालयगत रुपमा छुट्याइएको बजेटमाथिको छलफल सुरु हुन सकेको थिएन ।

नेपाललगायत विश्वभर स्वस्थ मुटु दिवस

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विश्व मुटु दिवस आज आइतबार नेपाललगायत विश्वभर स्वस्थ मुटुको लागि विविध कार्यक्रम गरी मनाइदैछ । सेप्टेम्बर महिनाको अन्तिम आइतवार मनाइने यो दिवसको अवसर पारेर नेपालका स्वास्थ्यकर्मी तथा यससंघ आवद्ध संघसंस्थाले विविध कार्यक्रम आयोजना गरिरहेका छन् ।यसैगरी सूचना पाउने अधिकारबारे चेतना जगाउने विविध कार्यक्रम गरी विश्वभर आजै विश्व थाहा दिवस पनि मनाइदैछ । यो दिवस सन् २००२ देखि मनाउन थालिएको हो । नेपालका सूचनाबारे काम गर्ने संघसंस्थाले सूचनासम्मको पहुँचबारे चेतना जगाउने विविध कार्यक्रमको आयोजना गरिरहेका छन् । सरकारी तथा सार्वजनिक निकायमा रहेका सार्वजनिक सरोकारका सूचना, जानकारी आमजनताले माग्ने र पाउने अधिकारलाई कतै सूचनाको स्वतन्त्रता, जान्न पाउने अधिकार र कतै सूचनाको अधिकार/हक भनिन्छ । नेपालमा गत वर्ष व्यवस्थापिका संसदले सूचनाको हकसम्बन्धी ऐन पारित गरेपछि नेपाली नागरिक पनि सूचनाअधिकार सम्पन्न भएका छन् ।

बस दुर्घटना हुँदा दुइजनाको मृत्यु ५७ जना घाइते

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चितवनको चण्डीभङ्ज्याङमा शनिबार राति यात्रुबाहक बस दुर्घटना हुँदा दुइजनाको मृत्यु भएको छ । दुर्घटनामा ५७ जना घाइते भएका छन् । काठमाडौँबाट सिन्धुली गइरहेको ना२ख ८१७६ नम्बर बस दुर्घटना हुँदा सर्लाही जिल्ला रानीगञ्ज गाविस वडा ४ की २५ बर्षीया मुना राउत खडका र सनाखत हुन नसकेकी अर्की एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।दुर्घटनाका घाइतेमध्ये ३५ जनाको भरतपुर अस्पतालमा, ८ जनाको भरतपुर मेडिकल कलेजमा, २ जनाको पोखरा र अन्य १२ जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको प्रहरीले जनाएको छ । चक्का नियन्त्रण गर्न राखिने फलामे स्प्रिङ भाँचिएपछि बस सिमलताल सडकबाट त्रिशुली नदीमा ५० मिटर तल खसेर भिरमा अड्किएको प्रहरीले जनाएको छ ।

स्वास्थ्य क्षेत्रमा सरकारको पूर्ण सहयोग रहने - गृहमन्त्री

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले स्वास्थ्य क्षेत्रमा सरकारको पूर्ण सहयोग रहने बताउनुभएको छ । माँ बागेश्वरी मल्टिपर्पोज कोअपरेटिभ सोसाइटी लिमिटेडद्वारा प्रवर्द्धित बागेश्वरी पोलिक्लिनिक एन्ड हेल्थ केयर प्रालिको राजधानीमा उद्घाटन गर्दै उहाँले स्वास्थ्य क्षेत्र जनताको प्रत्यक्ष सरोकार र संवेदनशील विषयको क्षेत्र भएको हुँदा यसमा सरकारको पूर्ण सहयोग रहने बताउनुभयो ।स्वास्थ्य क्षेत्रमा दिनानुदिन अराजकता वृद्धि भइरहेको बताउँदै उहाँले विधिको शासनलाई जो कोहीले पनि लत्याउन नहुनेमा जोड दिनुभयो । समुदायका तर्फबाट स्वास्थ्य क्षेत्रमा चासो दिइनु अत्यन्त महत्वपूर्ण कार्य भएको बताउँदै उपप्रधानमन्त्री गौतमले समुदाय एवं सहकारीको सक्रियतामा देशभर स्वास्थ्य सेवालाई बढावा दिनु आवश्यक भएकोमा जोड दिनुभयो ।

युथ फोर्सद्वारा सरकारी गाडी नियन्त्रणमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एमालेको युवा संगठन युथ फोर्सले सार्वजनिक विदाका दिन सरकारी गाडीको दुरूपयोग गरेको भन्दै शनिबार वीरगन्जबाट तीनवटा सरकारी गाडी नियन्त्रणमा लिएको छ । फोर्सले सिचाई कार्यालय पर्साको बा१झ १८२१, भूमिगत सिंचाई कार्यालय लहानको ज१झ ३०३ र बिद्युत प्राधिकरण पर्साको ब१ञ नम्बरको गाडी नियन्त्रणमा लिएको हो । युथ फोर्स पर्साका इन्चार्ज अजय कुशवाहाको नेतृत्वमा रहेको टोलीले उक्त गाडी जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ ।

Sep 27, 2008

FDNF has made great decisions special meeting at Kathmandu

limbuwan.blogspot.com/KTM,Db angbung
Federal Democratic National Forum[FDNF], a national political organization[party] of Nepal has just completed its special meeting at Kathmandu with
great decisions.FDNF has made its all decisions public by organizing a press meet program at Media Mission Kathmandu on Friday Sept 26. FDNF has made a decision to form a National Indigenous Ethnic Front to force the govt for the issue of indigenous ethnic peoples of Nepal specially for the inclusion of their issues on drafting Constitution of New Federal Republic Nepal. FDNF has clearly made the plans of the struggle and street movement for the fulfillment of indigenous issues through the Constituent Assembly.

बाढीपहिरामा परी मृत्यु हुनेको संख्या ६४ पुगे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
गत साता मुलुकको पश्चिमी जिल्लाहरुमा लगातारको भारी वर्षापछि आएको बाढीपहिरामा परी हालसम्म मृत्यु हुनेको संख्या ६४ पुगेको छ । यसैगरी करिब आधा दर्जन अझै पनि बेपत्ता रहेको जानकारी सरकारले दिएको छ । पश्चिमका कन्चनपुर, कैलाली, बाजुरा, डडेलधुरा, सल्यान, डोटी, बझाङ, दार्चुला लगायत जिल्लामा बाढीपहिराको बढी प्रभाव परेको थियो ।गृहमन्त्री वामदेव गौतमले संसदमा शनिबार बाढीपहिरोबारे जानकारी दिंदै बाढी प्रभावित क्षेत्रमा सरकराले तत्कालका लागि ७ करोड ७३ लाख रुपैयाँ निकासा गर्ने निर्णय भएको उल्लेख गर्नुभयो । राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिका जानुभएका प्रधानमन्त्री फर्केपछि सरकारले बाढी प्रभावित क्षेत्रका लागि एकीकृत रुपमा विशेष कार्यक्रम ल्याइने गौतमले बताउनुभयो ।

न्यूयोर्कमा रहनुभएका प्रचण्डले कुटनीतिक भेटलाई तीब्रता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संयुक्त राष्ट्रसंघको ६३ औं महासभामा भाग लिन अमेरिकाको न्यूयोर्कमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले कुटनीतिक भेटलाई तीब्रता दिनुभएको छ । यही क्रममा प्रधानमन्त्री प्रचण्ड र सर्वियाका राष्ट्रपति वोरिस टाडिकबीच भेटवार्ता भएको छ । न्यूयोर्कमा प्रधानमन्त्री प्रचण्ड र वंगलादेश सरकार प्रमुख फख्रुद्दिन र विश्व बैंकका उपाध्यक्ष इसावेल गुरेरोबीच पनि भेटवार्ता भएको छ । भेटका क्रममा नेपालको राजनीतिक तथा आर्थिक नीतिका साथै मानव तथा प्राकृतिक स्रोत साधनको उपयोगका विषयमा कुराकानी भएको जनाइएको छ । भेटमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि मधुरमण आचार्य, मुख्य सचिव डा. भोजराज घिमिरे, प्रधानमन्त्रीका प्रमुख निजी सचिव शक्तिबहादुर बस्नेत, परराष्ट्र सचिव ज्ञानचन्द्र आचार्य र प्रधानमन्त्रीका सल्लाहकार हीराबहादुर थापा पनि उपस्थित हुनुहुन्थ्यो ।

किरात याक्थुङ चुम्लुङ यु. एस. ए. को आयोजनामा रक्तदान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
किरात याक्थुङ चुम्लुङ यु. एस. ए. को आयोजना तथा अमेरिकी रेड्क्रस सोसाईटिको तत्वाधानमा "रक्तदान जीवनदान" नाराकासाथ न्यूयोर्कको अस्टोरियामा रक्तादान
कार्यक्रम अत्यन्तै सफलरूपमा सम्पन्न भएको छ ।न्यूयोर्कस्थित सबै सामाजिक सङघ संस्थाहरुमध्ये किरात याक्थुङ चुम्लुङ अमेरिकाले पहिलोपटक समाजसेवाको क्षेत्रमा ए्उटा अलग पहिचान बनाउंदै स्थानीय रेडक्रस सोसाईटिको सहयोगमा रेडक्रस ब्लड बैंकमा जम्मा हुनेगरि सो रक्तादान गरेको हो ।संस्थाका कार्यकारि सदस्य मुनिन्द्र बिक्रम नेम्बाङको प्रमुख संयोजकत्वमा भएको सो रक्तदान कार्यक्रमलाई सफल पार्न युगेस लिङदेन, बिनोद पोमो,बिक्रम नेम्बाङ,भरत लिम्बु,निलू सुब्बा लिम्बू, युन्छोमी लिम्बू,तारा बहादुर् लिम्बु,बिरेन्द्र लिम्बु,चुङ्ता गुरुङ,अनिता सुब्बा,दिपेश चबेगु, तिलक श्रेस्ठ,महेन्द्र भट्टराइ, फुदोर्जे शेर्पा,फू शेर्पा,पुर्ण ब लिम्बु र अर्जुन मैनलिहरूले सहयोग गरेका थिए ।सो अवसरमा रक्तदान गर्नेहरुको नामावलि क्रमश :महेन्द्र भट्टराई,दुर्गा लाल कार्की(दुर्गेश्),बाबु राम न्यौपाने,अनिल जे शाही,बिश्व बि शाह,अर्जुन मैनाली,डेजी नार्सिजो,कमला मुखिया,धनुका पोमो लिम्बू,ड्यान साल्ट्ज्म्यान,योगेन्द्र लिम्बु ईङनाम,चेत ब सुब्बा,कर्ण ब लिम्बु,अनिल लिम्बु,दिवाकर क्षेत्रि, क्रिती जोशी,सरन मोक्तान,बीरेन्द्र लिम्बु,हेम् सि मगर,जित ब गुरुङ,सोनम टि लामा,मिक्चेन मोक्तान, रबिन सुब्बा मेन्याङ्बो,तारा ब लिम्बु, प्रेम् लिम्बु मेङ्यङ्बो,राजु श्रेस्ठ,मनोज खनाल,रोशन ढुङाना, केशर ब लिम्बु,सन्तोष महर्जन,मनिका महर्जन,बिकाश तामाङ,सन्जय थापा,योगेश लिङदेन, लिज्बेथ वलेनेइया,राम के बिश्वकर्मा, भरत सुब्बा,अनिल थाम्सुहाङ,अनिता सुब्बा पोमु र सम्झना लिम्बु सम्बाहाम्फे थिए । सोहि दिन सम्पुर्ण उनान्चालिसजना रगतदाताहरुलाई किरात याक्थुङ चुम्लुङ यु.एस.ए. र अमेरिकी रेड्क्रस सोसाईटिकोतर्फबाट आभार ब्यक्त गर्दै प्रमाण-पत्र प्रदान गरिएको थियो ।

संयुक्त मोर्चाका कमान्डर मारिए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तराइमा सशस्त्र रुपमा संघर्ष गरिरहेको संयुक्त जनतान्त्रिक तराइ मुक्ति मोर्चाका पर्सा जनसरकार प्रमुख बताइएका सुधीर पाण्डे मारिएका छन् । उनी मोर्चाभित्रकै विवादका कारण भएको झडपका क्रममा उनीहरुकै कार्यकर्ताले चलाएको गोलीले मारिएको प्रहरीले जनाएको छ ।पर्सा जिल्लाको मनियारी भन्ने स्थानमा उनीहरुबीच आपसी विवाद चर्केपछि गोली हानाहान हुँदा मृत्यु भएको प्रहरीले दाबी गरेको छ । पर्साका प्रहरी प्रमुख योगेश्वर रोमखामीका अनुसार मोर्चाभित्रकै एक समूहको गोली प्रहारबाट पाण्डे मारिएका हुन् ।

जनसेनाको सुरक्षा नछाड्ने अडान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानसभा भवनमा हतियार सहित प्रवेश गरेको विषयमा विरोध भइरहेको बेला माओवादीका एक नेताले गृहमन्त्रीले भन्दैमा आफूहरुले जनसेनाको सुरक्षा नछाड्ने अडान व्यक्त गरेका छन् । माओवादी सचिवालय सदस्य टोपबहादुर रायमाझीले आफूहरुले शान्ति सम्झौता अनुरुप नै जनसेनाको सुरक्षा लिएको दाबी गर्दै उक्त अडान व्यक्त गर्नुभएको हो ।राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा उहाँले विगतमा पनि हतियार लिएरै संसदमा आउने गरेको समेत उल्लेख गर्नुभयो । माओवादी सभासदले जनसेना अनि हतियार सहित संविधानसभा भवनमा प्रवेश गरेको विषयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र अन्य प्रतिपक्षीले विरोध गर्दै आएका छन् । ती दलका सभासदले विरोध गर्दै संसदमै नाराबाजी गरेपछि शुक्रबार संसद वैठक स्थगित भएको थियो । उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले शनिबार संसदमा उपस्थित भएर हतियार लिएर प्रवेश गर्नु नहुने बताउनुभएको थियो ।

प्रतिपक्षीको अवरोधले संसद वैठक स्थगित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानसभा व्यवस्थापिका-संसदको शनिबारको बैठक पनि नेपाली कांग्रेसलगायतका प्रतिपक्षी दलको नाराबाजी र अवरोधका कारण स्थगित भएको छ । प्रतिपक्षी दलका सुझावलाई पनि बजेटमै समेटी छलफलमा ल्याउनुपर्ने माग गर्दै प्रतिपक्षी दलले नाराबाजी गरी रोस्ट्रम घेराउ गरेपछि सभाध्यक्षले सदनको कारबाही स्थगित गर्नुभएको थियो । अर्थमन्त्री डा. बाबुराम भट्टराइले आर्थिक वर्ष २०६५-०६६ को बजेटमा प्रतिपक्षी दलहरुका सुझाव समेटिने बताउनुभएको थियो । संसदको शनिबारको कार्यसूचीमा रहेको विनियोजन विधेयक, २०६५ को शिक्षा, स्वास्थ्य तथा जनसंख्या, पर्यटन तथा नागरिक उड्डयन, सामान्य प्रशासन, युवा तथा खेलकुद र वाणिज्य तथा आपूर्ति मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलको कार्यक्रमलाई छलफलका लागि सभामुखले आगामी कात्तिक ४ गते सोमबारका लागि तोक्नुभएको छ ।बैठकमा सभाध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पेस्की खर्च विधेयक २०६५ प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउनुभयो । संविधानसभा व्यवस्थापिका-संसदको अर्को बैठक आइतबार बस्नेछ ।

२९ औं बिश्व पर्यटन दिवस मनाइदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२९ औं बिश्व पर्यटन दिवस शनिबार बिभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइदै छ । आज पर्यटन क्षेत्रमा काम गर्ने बिभिन्न सरकारी तथा गैरसरकारी
संघसस्थाहरुले दिवसका अवसरमा बिबिध कार्यक्रम आयोजना गरेका छन् । पर्यटन बोर्डले बिहान राजधानीको भृकुटीमण्डपबाट साइकल र्‍यालीको आयोजना गरेको थियो ।यसैगरी बोर्डले त्रिभुवन बिमानस्थलमा ओर्लने पहिलो पर्यटकलाई भब्य स्वागत गरेको छ । दिवसकै अवसर पारेर पर्यटक व्यवसायीले पर्यटकहरुलाई बिभिन्न प्रवर्द्धधन तथा छुटका योजना समेत ल्याएका छन् । नगरकोटका होटलले बिदेशी पर्यटकलाई निशुल्क बास दिने भएका छन् भने स्वदेशी पर्यटकहरुलाई ३० प्रतिशत छुट दिने भएका छन् ।

सुनसरी र सप्तरीमा बम विस्फोट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सुनसरी र सप्तरीमा बम विस्फोट भएको छ । सुनसरीको पकली-६ स्थित सागर फिडको कार्यालय अगाडि मोटरसाइकलमा आएका चारजनाको अज्ञात समूहले शुक्रबार राति सुतली वम विस्फोट गराएको सुनसरी प्रहरीले जनाएको छ । विस्फोटबाट का।र्यालयका झ्याल र ढोका क्षत्रि्रस्त भए पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । यसैगरी सप्तरीको भारदह-१ स्थित कंकालिनी माध्यमिक विद्यालय अगाडि पूर्वपश्चिम राजमार्गमा अज्ञात समूहले दुइवटा सुतली बम विस्फोट गराएको प्रहरीले जनाएको छ ।

सुरक्षाकर्मी र हतियार लिएर प्रवेश नगर्ने स्पष्ट - गृहमन्त्री

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले संविधानसभामा आवश्यक सुरक्षा प्रवन्ध सरकारले मिलाएकाले निजी सुरक्षाको नाममा कसैले पनि सुरक्षाकर्मी र हतियार
लिएर प्रवेश नगर्ने स्पष्ट पार्नुभएको छ ।माओवादी सभासदले हतियारसहित निजी सुरक्षाकर्मी लिएर सभाहल छिरेको विषयमा सरकारको तर्फबाट सभालाई जवाफ दिदै गृहमन्त्री गौतमले सरकारले सभासदको सुरक्षाको विषयलाई गम्भिर रुपमा लिएको जानकारी दिनुभयो । मध्य तथा सुदुरपस्चिम क्षेत्रमा हालै गएको बाढीबाट भएको जनधनको क्षतिबारे सदनलाई जानकारी दिदै गृहमन्त्री गौतमले बाढीबाट त्यसक्षेत्रमा अहिलेसम्म ६४ जनाको मृत्यु भएको जानकारी दिनुभयो । उहाँले राहत तथा उद्धारको लागि सात करोड तीन लाख रुपैंयाँ निकासा दिएको जानकारी पनि दिनुभयो । सविधानसभा हल नयाँवानेश्वरमा जारी ब्यबस्थापिका संसदको बैठकमा विनियोजन विधयेक अन्तर्गत शनिकार शिक्षा, युवा तथा खेलकुद, आपूर्ति, स्वाथ्य तथा जनसंख्या, सामान्य प्रशासन मन्त्रालयको लागि छुट्याइएको बजेटवारे छलफल हुने कार्यक्रम छ ।

अनेरास्ववियुको अध्यक्षमा रामकुमारी झाँक्री

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सत्तारुढ दोस्रो घटक नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा रामकुमारी झाँक्री निर्वाचित हुनुभएको छ । पोखरामा शुक्रबार सम्पन्न १९ औं सम्मेलनमा भएको निर्वाचनमा झाँक्री सर्वाधिक मत प्राप्त गरी अध्यक्ष पदमा विजयी हुनुभएको हो । उक्त संगठनमा महिला नेतृत्व भएको यो नै पहिलो अपसर हो । झाँक्री गत जनआन्दोलनमा युवा-विद्यार्थीको नेतृत्व पंक्तिमा रहेर निकै चर्चित हुनुभएको थियो ।सम्मेलनमा भएको मतदानको गणनाअनुसार विजयी झाँक्रीले १ हजार ३ सय ८ मत पाउनुभएको थियो । उहाँको प्रतिस्पर्धी गोकुल घर्तीले ७ सय ७९ मत पाउनुभएको थियो । अनेरास्ववियुको उपाध्यक्षमा सोभियत ढकाल विजयी भएका छन् । महासचिवमा माधव ढुंगेल अनि सचिवमा किशोरविक्रम महत विजयी बनेका छन् ।यसैगरी कोषाध्यक्षमा नरबहादुर धामी विजयी भएका छन् । सम्मेलनमा कुल २ हजार ४ सय प्रतिनिधिले मत खसालेका थिए । प्रतिनिधि विवादले केही विलम्ब भएको सम्मेलन शुक्रबार राति सम्पन्न भएको थियो ।

माओवादीबाट लोकतन्त्रमाथि आक्रमण भएको - गिरिजाप्रसाद

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले माओवादीबाट लोकतन्त्रमाथि आक्रमण भएको र त्यो आफ्नो दललाई अस्वीकार्य रहेको बताउनुभएको छ । राजधानीमा जहाँ स्कुल, त्यहाँ नेविसंघ अभियान अन्तर्गत शुक्रबार आयोजित कार्क्रममा उहाँले यस्तो बताउनुभएको हो । लोकतन्त्रमाथिको आक्रमण आफूलाई कुनै पनि हालतमा स्वीकार्य नहुने भन्दै कोइरालाले यसप्रति चिन्ता व्यक्त गर्नुभएको हो ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुर्जुवा संसदीय प्रजातन्त्रमा विश्वास छैन भन्नु लोकतन्त्र समाप्त पार्ने सुरुवात भएको टिप्पणी गर्दै कोइरालाले संसदीय व्यवस्था र लोकतन्त्रमाथिको आक्रमण आफूलाई सैह्य नहुने उल्लेख गर्नुभयो । प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डले लोकतन्त्रप्रति दिएको चुनौती हो भने आफू यो चुनौती सामना गर्न तयार रहेको समेत बताउनुभयो ।लोकतन्त्रलाई कमजोर बनाउका लागि माओवादी छापामार हतियार बोकेर संविधानसभा परिसर प्रवेश गरेको कोइरालाले उल्लेख गर्नुभयो । संसद परिसरमा आफ्ना बन्दुकधारी कार्यकर्ता प्रवेश गर्दा प्रधानमन्त्री दाहाल अमेरिकामा बसेर तमासा हेर्दै गरेको टिप्पणी समेत गर्नुभयो ।राष्ट्रिय सेनामाथि राजनीति नगर्न समेत माओवादीलाई कोइरालाले आग्रह गर्नुभयो । नेपाली सेना कसैको पकेटको आर्मी होइन भन्दै उहाँले राष्ट्रिय सेनामा कुनै पनि अवस्थामा राजनीतीकरण गर्नु नहुनेमा जोड दिनुभयो । वीपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिअनुरुप आफूले माओवादीसँग संवाद र सहकार्य गरेको उहाँले उल्लेख गर्नुभयो ।

हात्ती आक्रमणमा एकैदिन तीनको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सिरहामा जंगली हात्तीको आक्रमणबाट बिहीबार एकैरातमा थप तीनजनाको मृत्यु भएको छ । जंगली हात्तीले आक्रमण गर्दा उक्त जिल्लाको जमदह गाविस वडा ६ की ३५ वर्षीया फूलकुमारी विक र उनकी तीन वर्षीया छोरी रिमा तथा विष्णुपुर गाविस वडा ९ का २७ वर्षीय पदमबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाढीपीडितका लागि राष्ट्रसंघद्वारा एक अर्ब सहयोग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पूर्वी नेपालका बाढी प्रभावितहरुका लागि सहयोग पुर्‍याउन संयुक्त राष्ट्रसंघले १ करोड ५५ लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ । जसअनुसार नेपाली
रुपैयाँ एक अर्ब १४ करोड ७० रुपैयाँ सहयोग आउने भएको छ । बाढी पीडितहरुको सहयोगका लागि आएको यो निकै ठूलो परिमाणको रकम हो ।राष्ट्रसंघले दिने सहयोग रकमले बाढीपीडित र विस्थापितहरुका लागि ६ महिनासम्म ७० हजार जनाको आवश्यकता पूर्ति हुने राष्ट्रसंघकी मानवीय मामिला प्रवक्ता एलिजावेथ वायर्सले सञ्चारमाध्यमहरुलाई बताउनुभएको छ ।

Sep 26, 2008

हतियारबारे बोल्न गृहमन्त्रीलाई निर्देशन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादी नेता तथा सभासदहरु हतियारसहित संसदमा प्रवेश गर्नेगरेकोबारे संसदमा उठेका प्रश्नहरुको जवाफ दिन सभामुख सुवास नेम्वाङले उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतमलाई निर्देशन दिएका छन् । संविधानसभा अध्यक्ष तथा बिधायिका संसदका सभामुख सुवास नेम्वाङले संविधानसभा परिशरमा माओवादी नेता तथा सभासदहरु हतियारसहित प्रवेश गरेकोबारे संसदमा जवाफ दिन गृहमन्त्रीलाई निर्देशन दिएका छन् । उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतमले सम्भवतः असोज ११ गते संसदमा त्यसबारे जवाफ दिनेछन् । संसद ११ गते बिहान ११ बजे बस्नेगरी स्थागित भइसकेको छ ।असोज १० गते संसद बैठकमा सभासदहरुले संविधानसभा परिशरमा माओवादी नेताहरु हतियारसहित आउने गरेको बिरोधमा संसद अवरुद्ध पारेका थिए । सभामुखले संविधानसभा परिशरलाई २५ दलको बैठकबाट पहिल्यै हतियारमुक्त क्षेत्र बनाउने सहमति भइसकेको पनि संसदमा उल्लेख गरे । आधा घण्टा संसद अवरुद्ध भएर पुन सुरु हुनासाथ नेपाली कांग्रेसका महामन्त्री तथा सभासद बिमलेन्द्र निधीले माओवादी नेता तथा सभासदहरु हतियारसहित संसद आएकोमा सरकारको ध्यानाकर्षण भयो कि भएन भन्ने प्रश्न सोधेपछि सभामुखले त्यस्तो जवाफ दिएका हुन् ।
हतियार बिबादबारे गृहमन्त्रीले संसदलाई जवाफ दिनुपर्ने सभामुखको रुलिङपछि संसद नियमित प्रक्रियामा प्रवेश गर्नलाग्दा नेपाली कांग्रेस र तर्राई मधेस लोकतान्त्रिक पार्टीका सभासदहरुले बजेटमा आफ्ना सुझाव समावेश भए कि भएनन् भन्ने जानकारी माग्दै पुन संसद अवरुद्ध पारेका थिए ।

सभासद्हरू सम्पूर्ण स्वास्थ्य जाँच गराउन दौडधुपमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारले चाहेजति उपचार्रखर्च बेहोर्ने थाहा पाएपछि केही सभासद्हरू सम्पूर्ण स्वास्थ्य जाँच गराउन दौडधुपमा लागेका छन्। सभासद्हरू पहिले सम्पूर्ण स्वास्थ्य जाँच गराउने र त्यसपछि विषयगत रोग पहिचान गरी उपचार्रखर्च लिने धुनमा लागेको थाहा भएको छ।नियमअनुसार सरकारी अस्पतालमा जाँच गराएमा सबै र प्राइभेट अस्पतालमा जाँच गराएमा आधा खर्च सरकारले बेहोर्ने गर्दछ। त्यसरी सरकारले खर्च बेहोर्ने भएपछि सभासद्हरू उपचार्रखर्चको बिल लिएर संसद् सचिवालय जाने गरेका छन्।दैनिक ८-१० जना सभासद् उपचार्रखर्चको बिल लिएर सचिवालय जाने र त्यसको भुक्तानीका लागि दिनहुँ ताकेता गर्ने गरेको थाहा भएको छ। कसै-कसैले त सभासद् हुनुभन्दा अगाडि उपचार गराएको बिलसमेत जोडेर खर्च माग गरेको तर सचिवालयले त्यस्तो बिल भुक्तानी दिन अस्वीकार गरेको बुझिएको छ। कुनै कुनै सभासद्ले महिनाको दर्ुइ पटक जाँच गराएको भनी बिल पेस गर्ने गरेकाले सचिवालयका कर्मचारीहरू उपचार्रखर्च थाम्नै नसक्ने खालको हुने सम्भावना औंल्याउँछन्।सभासद् रामकुमारी यादवले २०६५ असार ३०, साउन १०, साउन २१ र भदँै १२ मा जाँच गराएको भनी खर्च भुक्तानीको माग गर्नुभएको छ। एक जना सभासद्लाई चिकित्सकले पाँचवटा टयाब्लेट औषधि खान भनी लेखिदिएको तर ती सभासद्ले २५ वटा टयाब्लेट खाएको भनी बिल बनाएर पेस गरेको खुलासा भएपछि सचिवालयले पाँचवटा टयाब्लेटको मात्र भुक्तानी गरेको छ।सभासद् लक्ष्मण लालकर्ण्र १६ हजार १ सय ७१ रुपियाँ, रामनारायण सिंहले ५ हजार ७ सय १, विमला मिजारले ४ हजार १ सय ३०, खुमा सुवेदीले २ हजार ६ सय ५०, रमेश रिजालले २ हजार ५ सय ५०, सुन्दरा थारूले ५ हजार १ सय, मीनाक्षी झाले १ हजार ५०, रेणु चौलागाईंले ४ हजार ५ सय ४१ रुपियाँ उपचार्रखर्चको बिल सचिवालयमा भुक्तानीका लागि पेस गर्नुभएको बुझिएको छ।सभासद् कृष्णा ठाकुर, तारा र्घर्ती मगर, हिमकुमारी सुनार, गौरी महतो, धीरेन्द्र कुमारी उपाध्यायलगायतका एक दर्जनभन्दा बढी सभासद्ले सम्पूर्ण स्वास्थ्य जाँच गराएको भन्दै त्यसको बिल पेस गर्नुभएको छ। बुझिएअनुसार स्वास्थ्य जाँच गराएका बिल पेस गर्ने सभासद्मा बढीजसो नेकपा (माओवादी) का छन्।नेपाली कांग्रेसका आमोदप्रसाद उपाध्यायले ५ लाख रुपियाँ उपचार्रखर्च माग गर्नुभएको छ भने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सभासद् राजकुमार लिम्बू नाम्बोलाई सरकारले ५ लाख रुपियाँ उपलब्ध गराउने निर्ण्र्ाागरिसकेको बुझिएको छ। महिनामा कतिपटक उपचार गराउने, एक सभासद्बराबर कतिसम्म खर्च बेहोर्ने भन्ने सीमा नतोकिएकाले जसरी पनि उपचार्रखर्च लिन केही सभासद्हरू लागेको अर्थ मन्त्रालयका अधिकारीहरूले नेपाल समाचारपत्रलाई बताए। केही दिनयता मात्रै ३९ जना सभासद्ले उपचार्रखर्चको बिल पेस गरेका छन्। त्यसमध्ये कतिपयको भुक्तानी भइसकेको छ भने केहीको बाँकी नै छ।एउटा दाँत बनाएको २२ हजार र कान कम सुन्नेले लगाउने एयर फोन खरिद गरेको भनी ४२ हजारको बिलसमेत पेस भएको तर सचिवालयले भुक्तानी दिन अस्वीकार गरेको बताइएको छ। माओवादी सभासद् भरत शाहलाई उपचार्रखर्चबापत १६ हजार बेलायती स्र्टर्लिङ पाउन्ड अर्थात् २१ लाख रुपियाँ उपलब्ध गराउने निर्णय भइसकेको छ। हातमा गोली लागेको भनी उहाँ बेलायतमा उपचार गराउन जानुभएको छ।त्यसै गरी आँखा जाँच गर्राई चस्मा खरिद गर्ने सभासद्को संख्या पनि निकै छ। आँखा जाँच गर्राई ५ देखि ७ हजार रुपियाँको चस्मा खरिद गरेको बिल पेस भए पनि सचिवालयले सोहीबमोजिम दिन नमिल्ने बताउँदा कसै-कसैले धम्क्याउनेसमेत गरेको थाहा भएको छ।विगतमा एक जना सांसदले सुत्केरीले खाने औषधिको बिल पेस गरेको दृष्टान्त प्रस्तुत गर्दै उपचार्रखर्चको बिल पेस नगर्ने सभासद्हरूले केही सभासद्ले गर्दा सबै सभासद् यस्तै हुन् भन्ने पर्ने हो कि भन्ने चिन्ता व्यक्त गर्न थालेका छन्। अन्य सांसद्को छविमा समेत आँच पुर्याएको जस्तो घटना पुनरावृत्ति हुने चिन्ता औषधोपचार खर्चको बिल पेस नगर्ने केही सांसदले व्यक्त गरेका छन्।

वर्तमान सरकारले एकै पटक ४५ जना सहसचिवको सरुवा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मन्त्रीले इच्छाएका कर्मचारीलाई सरुवा गर्ने राजनीतिक सहमति गर्दै निजामती नियमावलीमा समेत संशोधन गरेको वर्तमान सरकारले एकै पटक ४५ जना सहसचिवको सरुवा गरेको छ। राजस्वको संकलन परिचालन र व्यवस्थापनको जिम्मेवारी सम्हालेका अर्थ मन्त्रालयबाट मात्र सात जना सहसचिवलाई अन्यत्र सरुवा गरी ६ जनालाई बाहिरबाट ल्याइएको छ।राजनीतिक सहमतिका आधारमा कार्यवाहक प्रधानमन्त्री वामदेव गौतमको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले त्यति ठूलो संख्यामा सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो। माघ, साउन र चैतमा सरुवा गर्ने नियमावलीको व्यवस्थालाई संशोधन गर्दै गत ४ गते मन्त्रिपरिषद् बैठकले कर्मचारी सरुवाका लागि बाटो खुलाएपछि अहिले व्यापक मात्रामा कर्मचारीको सरुवा गर्न थालिएको छ।उक्त सरुवाअर्न्तर्गत अर्थ मन्त्रालयबाट बाहिरिने सहसचिवहरूमा महेश्वर शर्मा, लक्ष्मण पोखरेल, आत्माराम पाण्डे, शारदा त्रिताल, शिवबहादुर रायमाझी, श्रीराम पन्त र रमेशकुमार शर्मा रहेका छन्। त्यस्तै अर्थमा टंकमणि शर्मा, महेश दाहाल, लवकुमार श्रेष्ठ, मुक्तिनारायण पौडेल, महेन्द्रमान गुरुङ र जनमेजय रेग्मीलाई ल्याइएको छ।त्यस्तै गृहमा बाबुराम शर्मा, शंकर कोइराला, श्रीवत्स घिमिरे, केशरबहादुर बानियाँ, ताना गौतम र लक्ष्मी ढकाललाई सरुवा गरी ल्याइएको छ। त्यस्तै गणेश ढकाललाई वाणिज्यमा, लोकप्रसाद आचार्यलाई सूचना तथा सञ्चारमा, मुकुन्द रेग्मीलाई योजना आयोगमा, मोहनकृष्ण श्रेष्ठलाई श्रम तथा यातायातमा सरुवा गरिएको छ।

विदेशी मजदुरको न्युनतम तलबमा पनि १० प्रतिशत कटौती गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दक्षिण कोरिया सरकारको गत २५ तारिख बिहिबार बसेको मन्त्री परिषदको बैठकले वैधानिक रुपमा रोजगार गरि रहको विदेशी मजदुरको न्युनतम तलबमा पनि १० प्रतिशत कटौती गर्ने भएको छ । सो बैठकमा कानून मन्त्रालय तथा श्रम मन्त्रालयले निर्माण गरेको विदेशी मजदुरको कार्य निति योजनामा अवैधानिक मजदुरलाई कडा भन्दा कडा धडपकड गर्ने र साना तथा मझौला उघोगहरुको खर्चको भारलाई घटाउनको निम्ति रचनात्मक निति निर्धारण गर्ने उल्लेख गरिएको छ । अवैधानिक विदेशी मजदुरको संख्या घटाउन निम्ति प्रयोग गरिने ज्यादतीमय कोरिया सरकारको नितिले विदेशी मजदुरहरुको मानव अधिकारको हनन हुने अनुमान गरिएको छ । यस सम्बन्धमा आसान विदेशी मजदुर सेन्टरका प्रमुख उ साम यलले " विदेशी मजदुरहरु अवैधानिक हुन बाहेक अन्य उपाय नभएको वास्ताविकतालाई अन्जान झै बनेर सरकारले बनाएको नितिले विदेशी मजदुरहरुलाई अपराधिक गतिविधिको संघारमा पुरयाउन सक्छ " भन्नु भयो । कोरिया सरकार तथा कंम्पनीहरुले विदेशी मजदुरहरुलाई दिई रहेको न्युनतम तलबबाट खाने र बस्नमा लाग्ने रकम कटौती गरी भुक्तानी गर्ने विधानको परियोजना गरिएको बताएको छ । त्‍यस्‍तै कंम्‍पनीहरुले न्युनतम तलब पनि दिन नसक्ने अवस्था र अवकास भत्ताको समस्यालाई ध्यानमा राख्दै न्युनतम तलब विमा र स्वदेश फिर्ता हुने समयलाई मिलाएरअवकास भत्ता सम्बन्धी विमा गर्नु पर्ने अनिवार्य बनाएको पनि जनाएको छ । हालको विधान अनुसार विदेशी मजदुरलाई दिईने न्युनतम तलबको १० प्रतिशत ३ महिना सम्म नदिईने व्यवस्था छ । तर सो समयलाई पनि लम्वाउने निति निर्धारण गरिईने भएको छ । प्रवासी मजदुर युनियनका प्रतिनिधि लि जङृ वनले " निम्न स्तरीय वातावरणमा काम गरि रहेका विदेशी मजदुरलाई अझ सस्तो ज्यालामा काम लगाउने निति हो " भन्नु भयो स्मरणीय कोरिया सरकारको श्रम मन्त्रालयले तोकेको न्युनतम तलब ७,८६,४८० वन रहेको छ ।

सामाजिक तथा रूपान्तरण गर्ने तीन प्रमुख उद्देश्य - प्रधानमन्त्री

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले समावेशी, लोकतान्त्रिक र दूरदर्शी संविधान लेख्नु, शान्तिप्रक्रियालाई तार्किक एवं सफल निष्कर्षमा पुर्‍याउनु र सामाजिक तथा रूपान्तरण गर्नु नै आफ्नो तीन प्रमुख उद्देश्य रहेको बताउनुभएको छ । हाल संयुक्त राज्य अमेरिकाको भ्रमणमा रहनुभएका प्रधानमन्त्री प्रचण्डले न्यूयोर्कमा एसिया सोसाइटीद्वारा बिहीबार आयोजित 'नयाँ नेपालमा शान्ति र लोकतन्त्रका चुनौती' विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो ।'नयाँ नेपालको अर्थ पहिलाको भन्दा सुधार, विगतमा पछाडिपारिएका समूहको समावेशीकरण र सशक्तीकरण, विविध राजनीतिक विचारधारालाई स्थान र लोकतान्त्रिक तथा शान्तिपूर्ण माध्यमबाट समस्याहरूको समाधान हो भन्दै उहाँले नयाँ नेपालले केन्द्र नियन्त्रित सामन्तवादी राज्य व्यवस्थालाई बढी जिम्मेवार र समावेशी संघात्मक राज्यमा रूपान्तरण गर्ने अवधारणालाई पनि समेट्ने स्पष्ट गर्नुभयो ।'यी सबैको अर्थ नयाँ युगको प्रारम्भ हो, यसमा नेपाली जनता नै आफ्नो मालिक हुनेछन् र आफ्नो दैनिक जीवनमा ठूलो परिवर्तन महसुस गर्नेछन्' प्रधानमन्त्री प्रचण्डले भन्नुभयो । उहाँले देशमा आर्थिक क्रान्ति ल्याउने प्रतिबद्धता व्यक्त गर्दै अन्तर्राष्ट्रिय समुदायलाई नेपालमा भएको राजनीतिक विकासलाई विस्तृतरूपमा विश्लेषण गर्न र २१ औं शताब्दीमा कसरी द्वन्द्वको अवस्थालाई अवसरमा परिणत गर्न सकिन्छ भन्ने हेर्न आग्रह गर्नुभयो ।प्रधानमन्त्री प्रचण्डले नेपालमा भएको व्यापक परिवर्तन र रूपान्तरणलाई ध्यानमा राखी यसको शान्तिप्रक्रियालाई सहयोग गर्नु अन्तर्राष्ट्रिय समुदायको पनि दायित्व भएकोमा जोड दिनुभयो । प्रधानमन्त्री प्रचण्डले राष्ट्रसंघीय महासभामा भाग लिन पुगेका विभिन्न देशका नेताहरूसँग भेट गरी द्विपक्षीय हितका विषयमा छलफल गर्नुभएको पनि राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।यसक्रममा श्रीलंकका राष्ट्रपति महिन्दा राजापाक्ष, टर्कीका राष्ट्रपति अबदुल्ला गुल, भुटानका प्रधानमन्त्री जिग्मे वाई थिन्ले र नर्वेका अन्तर्राष्ट्रिय विकासमन्त्री एरिक सोल्हेमसँग प्रधानमन्त्रीले भेट गर्नुभएको तथा भेटघाटमा नेपालमा भएको राजनीतिक परिवर्तन र शान्तिप्रक्रियाबारे अवगत गराउनुभएको राष्ट्रिय समाचार समितिले जनाएको छ ।

दैवीप्रकोपबाट प्रभावितको लागि 'प्याकेज कार्यक्रम' ल्याइने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले दैवीप्रकोपबाट प्रभावित क्षेत्रमा पुनस्थापना र पुननिर्माण कार्यका लागि 'प्याकेज कार्यक्रम' ल्याइने जानकारी दिनुभएको छ । कैलालीको गेटा विमानस्थलमा आयोजित एक कार्यक्रममा उहाँले प्रधानमन्त्री स्वदेश फर्केपछि प्याकेज कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।उहाँले बाढी, डुबानबाट विस्थापितहरुलाई राहत सामग्री वितरण गर्न तत्कालका लागि केन्द्रीय दैवीप्रकोप उद्धार समितिबाट कैलाली जिल्लालाई तीन करोड रुपैयाँ उपलब्ध गराइने समेत घोषणा गर्नुभयो । उहाँले कैलाली, कञ्चनपुरलगायत जिल्लाका खास क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सकिने पनि बताउनुभयो ।बाढी र डुबानका कारण कैलालीमा १४ जनाको मृत्यु र १६ हजार ६५७ परिवार विस्थापित भएका छन् । यसैबीच, गृहमन्त्री गौतमले बाढीबाट विस्थापित भएकाहरुलाई खाली जमिन दिएर पुनस्थापित गरिने बताउनुभएको छ । सुदूरपश्चिममा आएको बाढी प्रभावित क्षेत्रको निरीक्षण क्रममा कञ्चनपुर शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै उक्त कुरा बताउनुभएको हो ।

खाद्यान्न,पेट्रोलियमको मूल्य वृद्धि तथा जलवायु समस्या समाधानका उपायहरु आवश्यक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले खाद्यान्न तथा पेट्रोलियम पदार्थको मूल्य वृद्धि तथा जलवायु परिवर्तनको समस्या समाधानका लागि दिर्घकालिन उपायहरु आवश्यक रहेको बताउनुभएको छ । गरिबी निवारणका लागि देखिएका समस्याहरुबाट नेपाल पनि अछुतो नरहेको भन्दै उहाँले नेपालमा समस्या समाधानका लागि तत्कालीन र दिर्घकालिन उपायहरु आवश्यक रहेको बताउनुभयो ।संयुक्त राष्ट्रसंघको सहस्राव्दी लक्ष्य सम्वन्धी सम्मेलनलाई सम्वोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कम विकसित देशहरुलाई विश्वको सहयोग र संयुक्त पहल आवश्यक रहेको बताउनुभयो । नेपालले शिक्षा तथा स्वास्थ्यमा जनताको पहुँच पुर्‍याउन सरकार अग्रसर रहेको उहाँको भनाई थियो ।प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वको सरकारले सिमान्तीकरणमा परेका जनतालाई केन्द्रमा राखेर काम गर्ने प्रतिवद्धता पनि जनाउनुभयो । सम्मेलनलगत्तै उहाँले वेलायती प्रधानमन्त्री गोल्डेन व्राउनसंग पनि भेट गर्नुभएको छ । यसैबीच प्रधानमन्त्रीले शुक्रबार संयुक्त राष्ट्रसंघका ६३ औं महासभालाई सम्बोधन गर्नुहुने भएको छ । सम्बोधनमा प्रधानमन्त्री प्रचण्डले नेपालको शान्ति प्रकृया, अन्मिनले गरेका र गर्न बाँकी रहेका कामहरु तथा राष्ट्रसंघले नेपाललाई गरेको सहयोगवारे महासभालाई जानकारी गराउनुहुने भएको छ ।

हात्ती आक्रमणमा मृत्यु हुनेको संख्या १२ पुग्यो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जंगली हात्तीको आक्रमणबाट सिराहाको उत्तरी क्षेत्रमा बिहीबार राति दुइजनाको मृत्यु भएको छ । यो सहित सिरहामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । मृत्यु हुनेमा जमडहकी गाबिसका फुलकुमारी बिक र बिष्णुपुरकट्टीका पदमबहादुर तामाङ्ग रहेका छन् । उदयुपरको जंगलतिरबाट आएका एक हुल हात्ती समूहले पुरै गाँउमा आक्रमण गरेका थिए ।हात्तीको आक्रमणबाट नाम खुल्न नसकेकी एक बालिका समेत गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । हात्तीले बिष्णुपुरका-१ दर्जनभन्दा बढी घरहरुमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ । दुइ सातायता हात्ती आक्रमणमा मर्नेको संख्या सिरहामा १२ पुगेको छ ।

अफगानिस्तानमा पनि करिब अढाइसय नेपालीको बिचल्ली

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
इराकी राजधानी बगदादमा सयौं नेपाली अलपत्र परेको खबर सार्वजनिक भएलगत्तै अफगानिस्तानमा पनि करिब अढाइसय नेपालीको बिचल्ली भएको तथ्य खुलासा भएको छ । रोजगारीका लागि गएका नेपाली युवकहरु अफगानिस्तानको काबुलमा अलपत्र अवस्थामा रहेको खुलेको हो ।झापा,रामेछाप, नवलपरासीलगायत स्थानका गरी करिब २ सय ५० नेपाली त्यहाँ अलपत्र परेको अलपत्र परेकाहरुले आफ्ना घरमा टेलिफोन गरी जानकारी दिएका हुन् । झापाको सतासीधामका विष्णुप्रसाद प्रसाइँले घरमा टेलिफोन गरी आफू सहितका नेपालीहरु बिचल्लीमा परेको जानकारी दिएका हुन् ।दलाल मार्फत ठूलो रकम तिरेर उनीहरु धेरै रकम कमाउने उद्देश्यले त्यता गएका हुन् । उनीहरुलाई भारतको दिल्ली हुँदै काबुल पुर्‍याइएको जनाइएको छ । यसैबीच, बिचल्लीमा परेकाहरुका परिवारले आफन्तलाई सुरक्षित घर फर्काइदिन आग्रह गरेका छन् ।यसैगरी, इराकको बगदादमा अलपत्र परेका नेपालीहरुको अवस्थाबारे बुझ्न साउदी अरेबिया र पाकिस्तानस्थित नेपाली कुटनीतिक नियोगले पहल थाल्ने भएका छन् । उनीहरुलाई परराष्ट्र मन्त्रालयले अलपत्र परेकाहरुबारे जानकारी लिइ उद्धार प्रक्रिया समेत बुझ्न निर्देशन दिएको हो

टाइगर्सका पर्सा जिल्ला इन्चार्ज देवालाई प्रहरीले पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सशस्त्र गतिविधि गरिरहेको तराइ मुक्ति टाइगर्सका पर्सा जिल्ला इन्चार्ज देवालाई प्रहरीले पक्राउ गरेको छ । वीरगन्ज घर भएका देवा भनेर चिनिने उनी २० वर्षीय विनोद महतो रहेको प्रहरीले जनाएको छ ।भारतको रक्सौलबाट वीरगन्ज आउनेक्रममा बिहीबार बेलुका मोटरसाइकलमा रहेका उनलाई सीमाक्षेत्रमा प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट एउटा पेस्तोल, पाँच राउन्ड गोली र पार्टीको लेटर प्याडसमेत बरामद भएको बताइएको छ ।

बाढी र पहिरामा परी मृत्यु हुनेको संख्या ३६ भन्दा बढी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सूदूरपश्चिमाञ्चल क्षेत्रमा असोज ३ गतेदेखि ५ गतेसम्म परेको वर्षपछि आएको बाढी र पहिरामा परी मृत्यु हुनेको संख्या ३६ भन्दा बढी पुगेको छ । कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी र मध्यपश्चिमाञ्चलका बर्दिया, बाँके, दाङ र सल्यानमा बाढी, पहिरो र डुबानका कारण त्यति गाउँलेको मृत्यु भएको हो ।यसैबीच, प्रकोपबाट प्रभावित क्षेत्रमा तत्कालीन उद्धार तथा राहतका लागि कैलालीमा ५० लाख, बाजुरा, कालीकोट र कञ्चनपुर जिल्लामा २०/२० लाख, अछाममा १५ लाख, डडेल्धुरा र गुल्मीमा १०/१० लाख तथा सल्यान, डोटी, दार्चुला, बझाङ, बर्दिया र संखुवासभामा पाँच/पाँच लाख रुपैयाँका दरले एक करोड ७५ लाख निकासा पठाउने सरकारले निर्णय गरेको छ ।

अनेरास्ववियुको अध्यक्ष पदका लागि रामकुमारी झाँक्री र गोकुल घर्ती भिड्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पोखरामा जारी एमाले निकट अनेरास्ववियुको १९ औ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वको निर्वाचनमा अध्यक्ष पदका लागि रामकुमारी झाँक्री र गोकुल घर्ती भिड्ने भएका छन् । सहमतीमा नयाँ नेतृत्व चयन प्रयास असफल भएपछि निर्वाचन प्रकृयाबाट नेतृत्व छनौट गर्न लागिएको हो ।पोखरामा जारी महाधिवेशनमा मनोनयनमा उपाध्यक्षमा पुरुषेत्तम आचार्य र सोबियत ढकाल, महासचिबमा उपेन्द्र पौडेल र माधव ढुङ्गेल, सचिबमा रुपेस खतिबडा र किशोरबिक्रम मल्ल तथा कोषध्यक्षमा नरबहादुर धामी र रत्न खत्रीले उम्मेदबारी दर्ता गराएका छन् । निर्वाचन प्रक्रिया अन्तर्गत सबै उम्मेद्वारहरु चुनाव प्रचार प्रसारमा लागेका छन् ।महाधिवेशनमा उपस्थित प्रतिनिधिले आआफ्ना उम्मेद्वारहरुलाई जिताउँन नारा जुलुस लगाइरहेका छन् । बिहीबारै रातिबाट निर्वाचन हुने जनाइएको छ ।

मस्यौदा समितिको विवाद समाप्त

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नयाँ संविधानको मस्यौदा समितिमा संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दलको प्रतिनिधित्व सुनिश्चित भएपछि संविधानसभा नियामावली मस्यौदा समितिमा देखिएको विवाद सकिएको छ ।समितिमा १४ जना माओवादीलाई नेपाली कांग्रेस र एमालेलाई ७/७ मधेशी जनअधिकार फोरमलाई ३ र अन्य दलहरुलाई प्रतिनिधित्वको सुनिश्चितता भएपछि बिहीबार बसेको मस्यौदा सहितको बैठकले ६१ सदस्यीय संवैधानिक समिति गठन गरेको हो । यसैगरी बैठकले अन्य १० वटा विषयगत तथा ३ वटा प्रक्रयागत समिति पनि गठन गरेको छ ।

माओवादी सेनालाई नेपाली सेनामा समायोजन गर्न दलहरु असहमत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादी सेनालाई नेपाली सेनामा समायोजन गर्ने विषयमा माओवादी बाहेकका दलहरु असहमत देखिएका छन् । बिहीबार राजधानीमा आयोजित कार्यक्रममा सहभागी नेपाली कांग्रेस, एमाले र जनअधिकार फोरमका नेताले सेना समायोजन गर्दैमा शान्ति प्रकृया टुङ्गोमा नपुग्ने बताए ।कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका प्रबक्ता अर्जुननरसिह केसी माओवादी सेनालाई नेपाली सेनामा समायोजन गर्दा सेनाभित्रै विद्रोह हुन सक्ने औँल्याउनुभयो । नेकपा एमालेका केन्द्रिय सदस्य इश्वर पोखरेलले सेना समायोजन गर्दैमा शान्ति प्रक्रिया टुङ्गोमा नपुग्ने बताउनुभयो । कार्यक्रममा मधेशी जनअधिकार फोरमका सर्वदेव ओझाले कुनै पनि दलको सेनालाई राष्ट्रिय सेनामा समायोजन गर्दा सेनाको अन्तर्राष्ट्रिय छविमा असर पर्ने उल्लेख गर्नुभयो । सैन्यविद इन्द्रजीत राइले सेना समायोजन गर्दा दुबै सेनाको आत्मसम्मानलाई ध्यान दिनुपर्ने बताउनुभयो ।

Sep 25, 2008

महसुल नबुझाएपछि सरकारी कार्यालयका टेलिफोन काटियो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल टेलिकम पोखराले अधिकांश सरकारी कार्यालयका टेलिफोन लाइन काटेको छ। फोनको महसुल नबुझाएपछि टेलिकमले लाइन काटेको हो। लाइन काटेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मी टेलिफोनविहीन भएका छन्। सरकारी कार्यालयले लामो समयदेखि महसुल नबुझाएकोले बाध्य भएर लाइन काटेको नेपाल टेलिकम पोखरा शाखाका प्रमुख र्सूयनारायण मालाकारले जानकारी दिए। मालाकारका अनुसार प्रहरीले प्रयोग गरेका फोनको महसुल तिर्न सबैभन्दा बढी रहेको छ। एउटा फोनको ५ लाखसम्म महसुल भइसकेको बताउँदै मालाकारले अब लिखित नगरीकन लाइन नजोड्ने बताए। लाइन काटिएलगत्तै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल आर्मी टेलिकमको कार्यलयमा पुगेको जनाइएको छ। उनीहरूलाई टेलिकम पोखराका लेखा प्रमुख कुमार खतिवडाले रकम तिर्ने लिखित प्रतिबद्धता नजनाएसम्म लाइन नजोड्ने बताए। लिखित प्रतिबद्धता पनि समय तोकेर यति समयभित्र तिर्र्छौं भन्नुपर्छ।’ -खतिवडाले भने।लेखा प्रमुख कुमारका अनुसार पहिलो चरणको कारबाही भएकोले टेलिकमले विभिन्न सरकारी कार्यालयका ७० वटा टेलिफोन लाइन एकतर्फी काटिदिएको छ। ती कार्यालहरूबाट करिब ८० लाख बाँकीबक्यौता रहेको उनले बताए। ती कार्यालहरू १० हजारदेखि माथि रुपियाँ बाँकी हुनेहरू हुन्। १० हजारभन्दा कम बक्यौता हुने सरकारी कार्यालहरूका १८ वटा लाइन भने काटिएको छैन। लेखा प्रमुख कुमारले रकम नतिर्नेमा जिल्ला प्रशासन कार्यालय कास्की रहे पनि लाइन भने नकाटिएको बताए। तर, पत्रको कुनै मौखिक र लिखित जवाफ नआएपछि सिडिओसँग कुरा गरेर लाइन काट्न बाध्य हुने टेलिकमले जनाएको छ। फोनविहीन जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक रमेशकुमार श्रेष्ठले पहिलादेखिको बक्यौता रहेको र अहिले बजेट अपुग भएकाले एकैचोटी तिर्न नसक्ने बताए।

अवैध ६० लाख भारतीय रुपियाँ काठमाडौं जिल्ला अदालतमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अवैध रूपमा भित्रिएका १ हजार र ५ सय दरका कुल ६० लाख भारतीय रुपियाँ काठमाडौं जिल्ला अदालतमा त्यत्तिकै थुपारेर राखेको पाइएको छ। त्यसलाई उचित रूपमा थान्को नलगाउने हो भने सो विदेशी रकम सडेर जाने अवस्थामा पुग्ने सो अदालतका स्रेस्तेदार गोपाल बास्तोलाले बताउनु भयो।बास्तोलाले सो रकम सक्कली भएको जानकारी दिनुभयो। उक्त रकम हाल काठमाडौं जिल्ला अदालतको दराजमा थन्क्याएर राखिएको छ।१ हजार र ५ सय दरका भारतीय रुपियाँ नेपालमा अवैध मानिएको हुनाले जिल्ला अदालतमा आएका त्यस्ता नोटहरू के गर्ने भन्ने अन्योलका कारण त्यत्तिकै थन्क्याएर राखिएको हो।स्रेस्तेदार बास्तोलाले भन्नुभयो- कागजी नोट हुन्। के गर्ने ती चाँडै नै गल्न पनि सक्छ। उचित रूपमा थान्को लागोस् भन्ने हाम्रो चाहना हो।’सर्वोच्च अदालत र काठमाडौं जिल्ला अदालतको पहलमा थुप्रिएका ६० लाख भारू कसरी थान्को लगाउने भनी नेपाल राष्ट्र बैंकको प्रतिनिधिको रोहबरमा केही दिनअघि बैठक पनि बसेको थियो।थुप्रिएको सो रकम राष्ट्र बैंकको जिम्मामा लिने भनी बैठकमा निर्णयभए पनि कहिलेसम्म सो रकम हस्तान्तरण गर्ने भनी समय किटान गरिएको छैन।

बस दुर्घटना हुंदा सभासदसहित १० यात्रु घाइते

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
काठमाडौंबाट कपिलबस्तुको तौलिहवातर्फ जादै गरेको यात्रुवाहक बस नवलपरासी जिल्लाको रामनगर-१ स्थित पूर्व पश्चिम लोकमार्गमा दुर्घटना हुंदा सभासदसहित १० यात्रु घाइते भएका छन्। लु १ ख ३३२० नम्बरको यात्रुवाहक बस आज विहान ४ बजे दुर्घटनामा परेको प्रहरीले बताएको छ। घाइतेहरूमा रुपन्देही क्षेत्र नं.-१ की सभासद् ववितादेवी धोवी, कपिलवस्तु जयनगरका ओमविकास बेलबासे, कृष्णनगरका नारायण कुँवर, पाल्पा तानसेनकी दीपा घिमिरे, पाल्पा अर्घलीका दामोदर पाण्डे, महोत्तरी बनौलीका बालन चौधरी, भारत बनासरका सजमुदिन खाँ र कुसीनगर भारतका विनोद पाण्डे र जनल सिद्धिकी रहेका छन्। बस चालक निदाएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले बताएको छ। घाइतेहरुको बुटवल अञ्चल अस्पतालमा उपचार भइरहेको छ।

संसद परिसरमा हतियार सहित माओवादीका सभासदहरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
व्यवस्थापिका संसद परिसरमा हतियार सहित माओवादीका सभासदहरु किन प्रवेश गरेको भन्दै प्रतिपक्षी सभासदहरुले गम्भीर आपत्ति प्रकट गरेका छन् । माओवादी नेताका अंगरक्षकहरुले हतियार लिएर संसद परिसरमा प्रवेश गर्ने गरेको घटना सार्वजनिक भएपछि सभासदहरुले यस्तो आपत्ति प्रकट गरेका हुन् ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभासदहरुले सत्ताको नेतृत्व गरेको माओवादीका नेताहरुले संसदभित्र हतियार बोकेर आउनुले उसप्रति गम्भीर आशंका उत्पन्न भएको जनाएका छन् । व्यवस्थापिका संसदको बुधबारको वैठकमा विशेष समय लिएर बोल्दै कांग्रेसका सभासद शोभाकर पराजुलीले ती हतियार वैध वा अवैध के हो खुलाउनुपर्ने माग गर्नुभयो ।उहाँले आक्रोसित हुँदै संविधानसभामा हतियार लिएर आएर कसलाई तर्साउन खोजेको भन्ने प्रश्न गर्नुभएको थियो । अर्का सभासद अर्जुनप्रसाद जोशीले हतियार कसरी प्रवेश भयो भन्ने जानकारी दिन माग गर्नुभयो । यसअघि पनि पुनस्थापित संसदमा माओवादीका सभासदले हतियारसहित प्रवेश गरेको भन्दै व्यापक विरोध भएको थियो ।

इराकमा सयौं नेपालीहरुको बिचल्ली

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
रोजगारीका लागि विदेश लगिदिने भन्दै सकारले प्रतिवन्ध लगाएको खाडी मुलुक इराक पुर्‍याउने क्रम रोकिएको छैन । पटक पटक इराकमा सयौं नेपालीहरुको
बिचल्ली अवस्था हुने गरेको समाचार सार्वजनिक हुने गरे पनि यो क्रम रोकिएको छैन । अन्यत्रै रोजगारीका लागि लगिदिने भनेर झुक्याएर इराक पुर्‍याउन सक्रियहरुले नेपाली कामदारहरुलाई बिचल्लीमा पार्ने गरेको पाइएको छ ।पछिल्लो समाचार अनुसार इराकको राजधानी बगदादस्थित साटको होटल नजिक अनि आसपास क्षेत्रमा करिब दुइसय नेपाली कामदार बिचल्ली अवस्थामा रहेका छन् । तीमध्ये कतिपय जन्डिस र ज्वरोले सिकिस्त परेको समाचार सार्वजनिक भएको छ । बगदाद विमानस्थलनजिकको एक सुरक्षा निकायमा कार्यरत सुनरीका कुमारजंग कार्कीले त्यहाँ नेपालीहरुको बिचल्ली भएको सञ्चारमाध्यमहरुलाई जानकारी दिएका छन् ।इराकमै रहेका झापाको गौरादहका एजेन्ट नगेन्द्र पुरीमार्फत एजेन्टलाई २ लाख २० हजारसम्म तिरेर नेपालीहरु त्यहाँ पुगेको जनाइएको छ । त्यहाँ बिचल्लीमा पर्नेहरुमा ललितपुर, धनुषा, झापा, मोरङ, सुनसरी लगायत जिल्लाका नेपाली युवा रहेको जनाइएको छ । सडक किनार अनि ठूलो कन्टेनरका आडमा भोकभोकै रोगसँग जुधेर उनीहरु बसिरहेको जनाइएको छ ।

दुइवटा नाउ पल्टँदा पाँचजना यात्रु बेपत्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सुनसरी जिल्लाको हरिपुर भण्टाबारी र पश्चिम कुशाहाको जुधगन्ज क्षेत्रमा बिहीबार दुइवटा नाउ पल्टँदा पाँचजना यात्रु बेपत्ता भएका छन् । दुवै घटनामा नाउ पल्टिएर नदीमा खसेका अन्य आठजनालाई भने सकुशल उद्धार गरिएको छ । सुनसरीको पश्चिम कुशाहा-८ स्थित जुधगन्जमा सातजना यात्रु लिएर लौकही जाँदै गरेको नाउ पल्टँदा नदीमा खसेका सातजनामध्ये दुइजनाको सकुशल उद्धार गरिएको र पाँचजना यात्रु बेपत्ता भएको सुनसरी प्रहरीले जनाएको छ ।यसैगरी हरिपुरको भण्टाबारी इलाकाको कोसी नदीमा छजना यात्रु लिएर लौकही जाँदै गरेको नाउँमा सवार सबै यात्रुलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । बेपत्ता भएकाहरुको खोजीका लागि प्रहरी टोली पठाइएको जिल्ला प्रहरीले जनाएको छ ।

चीनबाट आयात हुने दुग्धजन्य पदार्थमा सरकारले प्रतिवन्ध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विषाक्त पदार्थ मिसावट भएकाले गर्दा चीनबाट आयात हुने दुग्धजन्य पदार्थमा सरकारले प्रतिवन्ध लगाएको छ । त्यस्ता पदार्थ चीनबाट आयात गर्न अनि बिक्री वितरण गर्नमा सरकारले प्रतिवन्ध लगाएको हो । चीनमा उत्पादित दूधमा 'मेलामाइन' नामको औद्योगिक रसायन पाइएपछि सरकारले यस्तो प्रतिवन्ध लगाउको हो । प्रतिवन्ध अर्को सूचना जारी नभएसम्म लागू हुने् जनाइएको छ ।चीनबाट धूलो दूध, चकलेट जस्ता दुग्धजन्य वस्तु आयात र बिक्री वितरणमा रोक लगाइएको हो । मेलामाइन भन्ने रसायन खान नहुने औद्योगिक पदार्थ हो । प्लास्टिक, मल, जोड्ने पदार्थका सामान बनाउने काममा प्रयोग हुने यो रसायन मानव स्वास्थ्यका लागि हानीकारक मानिन्छ ।त्यस्तो पदार्थ मिसावट भएको दुग्ध पदार्थ सेवनबाट चीनमा चार बालबालिकाको मृत्यु भएको थियो भने ५४ हजारभन्दा बढी बालबालिका बिरमी भएका थिए । यो घटनापछि उक्त रसायन हानीकारक भएको पुष्टि भएको थियो । उक्त घटनापछि अन्य विभिन्न मुलुकले पनि चीनबाट दुग्धजन्य पदार्थ आयातमा प्रतिवन्ध लगाएका छन् ।

पिटिसी इन्डिया लिमिटेडले ६० मेगावाटसम्म विद्युत् उपलब्ध गराउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालको वर्तमान विद्युत्को कमीलाई पूर्ति गर्न पिटिसी इन्डिया लिमिटेडले ६० मेगावाटसम्म विद्युत् उपलब्ध गराउने भएको छ । पिटिसीले दुवै पक्षको आपसी सहमतिमा निर्धारण गरिएको महसुलमा व्यापारिक नीतिअनुरूप ६० मेगावाटसम्मको विद्युत् चौबीसै घण्टा आपूर्ति गर्नेछ ।साठी मेगावाटमध्ये ४० मेगावाट विद्युत् दुहवी-कटैयाको १३२ केभी प्रसारण लाइन र २० मेगावाट टनकपुर-महेन्द्रनगरको १३२ केभी प्रसारण लाइनबाट आपूर्ति गरिने छ । कोसी बाढीले भत्काएको दुहवी-कटैया १३२ केभी प्रसारण लाइनको नेपाल भागमा पर्ने प्रसारण लाइनको नेपाल विद्युत् प्राधिकरणले मर्मत सम्भार पुरा गरेपछि विद्युत् आपूर्ति सुरु हुनेछ ।सोसम्बन्धी समझदारीपत्रमा प्राधिकरणका कार्यकारी निर्देशक अर्जुनकुमार कार्की र पिटिसी इन्डिया लिमिटेडका अध्यक्ष तन्त्रनारायण ठाकुरले हस्ताक्षर गर्नुभयो । पिटिसिद्वारा आपूर्ति गरिने विद्युतले विशेषतः काठमाडौँ उपत्यकामा विद्युत आपूर्तिको सुधार गर्न मद्दत पुर्‍याउने विश्वास गरिएको छ ।

बजेटले न्यायपूर्ण समाज र समुन्नत नेपाल बनाउने - अर्थमन्त्री

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अर्थमन्त्री डा. बाबुराम भट्टराइले नयाँ नेपाल निर्माणका लागि केन्द्रित भएर तयार गरिएको चालु आर्थिक वर्षको बजेटले न्यायपूर्ण समाज र समुन्नत नेपाल बनाउनेतर्फ आधारको कार्य गर्ने बताउनुभएको छ । व्यवस्थापिका संसदको बैठकमा बजेटमाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अथमन्त्रीले बजेटको आकार बृद्धिका कारण मूल्यवृद्धि हुने र आगामी सरकारलाई अप्ठेरो स्थिति आउँछ भन्ने आरोपमा सत्यता नरहेको बताउनुभयो ।बजेट घाटा कुल गार्हस्थ्य उत्पादनको पाँच प्रतिशतभन्दा कम रहेको, आन्तरिक ऋण र कुल गार्हस्थ्य उत्पादनको अनुपात २ दशमलव ७ रहेको, राजस्व असुलीको स्थिति सन्तोषजनक रहेको तथा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर कमी आइरहेकाले मुलुकले धान्नै नसक्ने गरी मूल्यवृद्धि नहुने बताउनुभयो ।अर्थमन्त्री डा. भट्टराइले ग्रामीण क्षेत्रमा बजेटको ठूलो हिस्सा प्रवाहित हुन लागेकाले यसबाट विगतदेखि निरन्तर चलिरहेको अमौद्रिक अर्थतन्त्रलाई मौद्रिकरूपमा रूपान्तरण गरिरहेको बताउनुभयो । बजेटप्रति प्रतिपक्षी दलबाट अभिव्यक्त भइरहेका नकारात्मक टिप्पणी र आलोचनाप्रति नम्रभाषामा कटाक्ष गर्दै अर्थमन्त्रीले भन्नुभयो- हामीले हाम्रो कालोचश्मा फेरौं, नेपालले विगतमा लिएको अर्थनीति बजार कट्टरतावादको सिद्धान्तमा आधारित थियो, अब त्यसलाई त्याग्न म आग्रह गर्दछु ।उहाँले सार्वजनिक निजी साझेदारीका आधारमा प्रचलित सिद्धान्तलाई स्वीकार गरेर ठूला संरचनाको प्रवर्द्धनमा सरकारले ध्यान दिने बताउँदै त्यस्ता संरचनालाई सरकारले नियन्त्रण गर्दैछ भन्ने भ्रम त्याग्न आग्रह गर्नुभयो । प्रधानमन्त्रीको अध्यक्षतामा गठन हुने लगानी बोर्ड र अन्य समिति मूलतः निजी क्षेत्रलाई आकर्षित गरी सार्वजनिक निजी क्षेत्रबाट व्यापक लगानी भित्र्याउने क्रममा देखिन सक्ने बाधाव्यवधान हटाउन गठन गरिएको स्पष्ट गर्दै मन्त्री डा.भट्टराइले उक्त समितिले विगतदेखि नै क्रियाशील समितिलाई प्रभावित नगर्ने बताउनुभयो ।

'आयोगको सिफारिस सरकारले बेवास्ता गर्‍यो'

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष केदारनाथ उपाध्यायले मानवअधिकार हननमा कारवाहीका लागि आयोगले गरेको सिफारिसप्रति सरकारले बेवास्ता गरेको बताउनुभएको छ । आयोग पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराद्वारा सुरु भएको मानवअधिकार सञ्चार विषयक तीनदिने तालिम उद्घाटन गर्दै उहाँले अन्तर्राष्ट्रिय मापदण्डअनुरूपको मानवअधिकारको संरक्षण हुनुपर्नेमा जोड दिनुभयो ।नेपाल पत्रकार महासङ्घका क्षेत्रीय संयोजक पुण्य पौडेलले सधैँ जनताको पक्षमा रहेको प्रेसको राज्यले संरक्षण गर्न नसकेको आरोप लगाउनुभयो । तालिममा गण्डकी र धौलागिरि अञ्चलका २८ सञ्चारकर्मीको सहभागिता छ ।

परराष्ट्रमन्त्री राष्ट्रसंघ ६३ औँ महासभामा भाग लिन न्यूयोर्कतर्फ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
परराष्ट्रमन्त्री उपेन्द्र यादव संयुक्त राष्ट्रसंघको ६३ औँ साधारणसभामा भाग लिने सिलसिलामा बिहीबार अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्नुभएको छ । उहाँले साधारणसभाका साथै भूपरिवेष्ठित देशहरूका आवश्यकतासम्बन्धी मध्यावधि समीक्षा बैठकमा पनि भाग लिनुहुनेछ । साथै गत वर्षहरूमा जस्तै परराष्ट्र मन्त्रीले सार्क मन्त्री परिषद्को अनौपचारिक बैठकमा पनि भाग लिनुहुनेछ । न्यूयोर्क जानेक्रममा उहाँले कोपेनहेगनमा डेनमार्कका परराष्ट्रमन्त्रीसँग पनि भेट गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै उहाँले कोपनहेगनमा रहँदा नेपाली राजदूतावासको औपचारिक उद्घाटन गर्नुहुनेछ । डेनमार्कमा नेपालले सन् २००७ जुनदेखि राजदूतावास सञ्चालन गर्दैआएको छ । परराष्ट्रमन्त्री असोज २५ गते स्वदेश फर्कने जनाइएको छ ।

स्वास्थ्य शिक्षामा थप शुल्क लगाइएकामा विरोध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालका निजी अस्पताल एवं क्लिनिकहरूको संस्था एफिनले नेपाल सरकारद्वारा प्रस्तुत बजेटमा थप पाँच प्रतिशत शुल्क स्वास्थ्य शिक्षामा लगाउने गरी ल्याइएको प्रावधान अपारदर्शी भएको भन्दै प्रावधानको विरोध गरेको छ । यसअघि नै स्वास्थ्य शिक्षामा १० प्रतिशत अतिरिक्त शुल्क लगाइँदै आएकोमा त्योसमेत अव्यावहारिक रहेको भन्दै यसक्षेत्रबाट उक्त प्रावधान खारेजीको माग विगत लामो समयदेखि हुँदै आएकोमा झन यसपटक पाँच प्रतिशत शुल्क थपिनु अन्यायपूर्ण रहेको संस्थाद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।निजी क्षेत्रको स्वास्थ्यसेवालाई बैंक व्याज सस्तोमा उपलब्ध गर्राई र्सवसाधारणलाई सस्तो र सर्वसुलभ सेवा प्रदान गर्न, यस्ता संस्थामा आवश्यक सामग्री खरिदमा भन्सार छुटको व्यवस्था गर्न, यातायातका साधनमा छुट दिन, एम्बुलेन्स आयातमा सुविधा दिन निकै अघिदेखि निजी स्वास्थ्य संस्थाहरूले माग गर्दै आएकोमा ती कुनै पनि मागप्रति वास्ता नै नगरी करमात्र थोपर्ने गरी बजेट आउनुले यसक्षेत्रका व्यवसायी मर्माहत भएको विज्ञप्तिमा उल्लेख छ ।विगत लामो समयदेखि स्वास्थ्य क्षेत्र असुरक्षित हुँदै गएकाले स्वास्थ्य क्षेत्रको संरक्षण र सुरक्षासम्बन्धी ऐन 'स्वास्थ्य व्यवसाय सुरक्षा ऐन' ल्याउन गरिएको मागलाई सरकारले बेवास्ता गरेकोप्रति दुख व्यक्त गर्दै विज्ञप्तिमार्फत संस्थाका अध्यक्ष डा.भोला रिजालले उक्त करको प्रावधानलाई तत्काल खारेज र स्वास्थ्य संस्थाहरूका मागप्रति गम्भीर हुन सरकारसँग आग्रह गर्नुभएको छ ।

रक्षामन्त्री थापाद्वारा चिनियाँ अधिकारीसँग भेट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चीन भ्रमणमा जानुभएका रक्षामन्त्री रामबहादुर थापा 'बादल' ले बेइजिङमा उहाँका चिनियाँ समकक्षी रथी लियाङ कुवाङ लिए तथा चीनको केन्द्रीय सैन्य आयोगका कार्यकारी उपाध्यक्ष को पो सियोङसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुभयो ।भेटका अवसरमा द्विपक्षीय चासो र आपसी हितका विषयमा छलफल भएको थियो । चीनका लागि नेपाली राजदूत टंकप्रसाद कार्की तथा दूतावासका सैनिक सहचारी कर्णेल राजेन्द्रबहादुर कार्कीको उपस्थिति थियो ।चीन सरकारको निमन्त्रणामा चिनियाँ जनमुक्ति सेनाको सैन्य अभ्यासको अवलोकन एवं सद्भावना भ्रमणको सिलसिलामा तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री बादल चीन जानुभएको हो । उहाँ असोज ११ गते स्वदेश फिर्ने कार्यक्रम रहेको जनाइएको छ ।

Sep 24, 2008

बादलले चिनियाँ सेनाको अभियान अवलोकन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चीन भ्रमणमा रहेका रक्षामन्त्री रामबहादुर थापा बादलले चिनियाँ सेनाको 'वारियर २००८' नामको सैनिक अभियान अवलोकन गर्दैछन् । रक्षामन्त्री रामबहादुर थापा 'बादल' ले असोज ८ गते चिनियाँ रक्षामन्त्री रथी लियाङ कुवाङ लिए तथा चीनको केन्द्रीय सैन्य आयोगका कार्यकारी उपाध्यक्ष को पो सियोङसँग छुट्टाछुट्टै भेटवार्ता गर्दैछन् । बादल चीन सरकारको निमन्त्रणामा चिनियाँ जनमुक्ति सेनाको सैन्य अभ्यासको अवलोकन गर्न तथा सद्भावना भ्रमणनिम्ति असोज ७ गते बेइजिङ पुगेका हुन् । रक्षामन्त्रीकासाथ नेपाली सेनाका उपरथी छत्रमान सिंह गुरुङ तथा रक्षामन्त्रीका स्वकीय सचिव प्रतीक थापा भ्रमणमा छन् ।
बेइजिङ आउनुअघि चीनको प्रमुख व्यापारिक सहर ग्वान्झाउ पुगेका रक्षामन्त्रीले त्यहाँका चीनका क्षेत्रीय सैन्य कमान्डरहरुसँग भेटवार्ता गरेको राष्ट्रिय समाचार समितिले जनाएको छ । ग्वान्झाउ विमानस्थलमा रक्षामन्त्रीलाई बेइजिङस्थित नेपाली दूतावासका सैनिक सहचारी कर्नेल राजेन्द्रबहादुर कार्की तथा स्थानीय सैन्य अधिकारीहरुले स्वागत गरेका थिए ।
"वारियर २००८" नाम दिइएको चिनियाँ जनमुक्ति सेनाको सैन्य अभ्यास अवलोकन गर्न रक्षामन्त्री असोज ८ गते साँझ चीनको भित्री मङ्गोलिया स्वायत्त प्रदेश जाँदैछन् । उक्त कार्यक्रम अवलोकन गर्न चीनको रक्षा मन्त्रालयले नेपाली रक्षामन्त्रीसहित ३६ देशका सैन्य अधिकारीहरुलाई निमन्त्रणा गरेको छ । रक्षामन्त्री असोज ११ गते शनिबार स्वदेश फर्कदैछन् ।

सगरमाथामा स्काइ डाइभिङ खेल गरिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विश्वको सर्वोच्च शिखर सगरमाथामा स्काइ डाइभिङ खेल गरिने भएको छ । प्यारासुट लगाएर जहाजबाट तल झर्ने साहसिक यो खेलका लागि विश्व
च्याम्पियनहरुसहितको ४५ जनाभन्दा बढीको टोली नेपाल आएको छ । टोलीमा विश्वविख्यात स्काइ डाइभर बेलायती नागरिक रेयाम ज्याक्सन समेत रहेका छन् । उनी पेसाले चिकित्सक भए पनि स्काइ डाइभिङ गरी सगरमाथा र आसपासका हिमालय क्षेत्रलाई अवलोकन गर्ने अठोटमा छन् ।उक्त खेलमा सहभागी हुने टोलीमा बेलायती लिगेल गिफोर्ड, साउदी मूलका अमेरिकी च्याम्पियन ओमार अल्हेगेलेन, न्युलिल्यान्डकी महिला बेन्डी स्मिथ लगायत रहेका छन् । टोलीमा समावेश मध्ये केही विज्ञहरुको टोली लुक्ला पुगिसकेको आयोजकले जनाएका छन् । स्क्स्प्लोर हिमालय एडभेन्चरको आयोजनामा खेल हुन लागेको हो । खेल असोज १६ गतेदेखि २१ गतसम्म सञ्चालन हुने जनाइएको छ ।

भ्रष्टाचार हुने मुलुकहरुको सूचीमा नेपाल १२१ औं स्थानमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भ्रष्टाचार हुने मुलुकहरुको सूचीमा नेपाल १२१ औं स्थानमा परेको छ । भ्रष्टाचारविरोधी संस्था ट्रान्सपरेन्सी इन्टरनेसनलले विश्वभर सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांमा विश्वका १८० मुलुकमध्ये नेपाल
१२१ औं स्थानमा रहेको जनाइएको हो । सन् २००७ मा दुइ दशमलव पाँच अंक प्राप्त गरी १३१औँ स्थानमा पुगेको नेपालले यस वर्ष भने दुइ दशमलव सात अंक प्राप्त गरी भ्रष्टाचार नियन्त्रणमा केही प्रगति देखिएको छ । भ्रष्टाचारको मापनमा शून्यदेखि दश अंक प्रयोग गरिने र जसमा अत्रि्रष्ट मुलुकले सुन्ना र अति स्वच्छ मुलुकले दश अंक प्राप्त गर्छन् भने तीन दशमलव सुन्नाभन्दा कम अंक पाउने मुलुकलाई भ्रष्टाचारव्याप्त मुलुकमा गणना गरिँदै आएको छ । नेपालले सन् २००४ मा दुइ दशमलव आठ, सन् २००५ देखि २००७ सम्म दुइ दशमलव पाँच र यस वर्ष भने दुइ दशमलव सात अंक प्राप्त गरेको हो । एसियाली विकास बैंक, वर्ल्सट्सम्यान फाउन्डेसन, विश्व बैंक, मर्चेन्ट गु्रप, ग्लोबल इन्साइट र डब्लुइएफले गरेको सर्भेक्षणका आधारमा नेपालले सो अंक प्राप्त गरेको हो । ट्रान्सपरेन्सी इन्टरनेसनलले सर्वेक्षणमा नेपालको सार्वजनिक क्षेत्रमा भ्रष्टाचार, भ्रष्टाचारको मात्रा, भ्रष्टाचारविरोधी कारबाही तथा उपलव्धि, स्वार्थको द्वन्द्व, सरकारी कामकारबाही, राजनीतिक भ्रष्टाचारलगायतका विषयमा भएको अनियमितताबारे अध्ययन भएको जनाएको छ । यस वर्षको सूचीमा डेनमार्क, न्युजिल्याण्ड र स्विडेन नौ दशमलव तीन अंक प्राप्त गरी सबैभन्दा स्वच्छ मुलुकको श्रेणीमा रहेका, एसियाली राष्ट्र सिङ्गापुर नौ दशमलव दुइ अंक प्राप्त गरी दोस्रो सूचीमा रहेको र अफि्रकी मुलुक सोमालिया भने एक दशमलव सुन्ना अंक प्राप्त गरी सबैभन्दा बढी भ्रष्ट मुलुकमा सूचीकृत भएको उल्लेख गरिएको छ । दक्षिण एसियाली राष्ट्रहरूमध्ये भुटानले पाँच दशमलव दुइ, भारतले तीन दशमलव चार, श्रीलङ्काले तीन दशमलव दुइ, नेपालले दुइ दशमलव सात, पाकिस्तानले दुइ दशमलव पाँच, बङ्गलादेशले दुइ दशमलव एक र अफगानिस्तानले एक दशमलव पाँच अंक पाएका छन् ।

बाढीपहिरो पीडितको लागि तत्काल एक करोड ५५ लाख रुपैयाँ निकासा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पश्चिम नेपालका विभिन्न जिल्लामा केही दिनयता भएको बाढीपहिरोको क्षत्रि्रति गम्भीर हुँदै सरकारले पीडितको उद्धार र राहत सहयोगका लागि तत्काल एक करोड ५५ लाख रुपैयाँ निकासा गर्ने भएको छ । यो घोषणा उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले गर्नुभएको हो । बाढी पहिरोका कारण पश्चिममा करिब तीन दर्जनको मृत्यु भइसकेको छ । हजारौं विस्थापित भएका छन् ।कार्यबाहक प्रधानमन्त्री समेत रहनुभएको गौतमले संसदमा जानकारी दिंदै प्रकोप प्रभावित क्षेत्रमा तत्काल राहतका लागि कैलाली, कन्चनपुर, डोटी, बाजुरा, कालीकोट लगायतका जिल्लाका लागि उक्त रकम निकासा गरिएको बताउनुभयो । पीडितको उद्धारका लागि सेना, प्रहरी, रेडक्रसकर्मी लगायत परिचालन भएको पनि उहाँले जानकारी दिनुभयो ।

आफूले मन्त्री पद छाडे पनि पार्टी नछाड्ने - मातृका यादव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सिरहाको मिर्चैयामा रहेको सर्वसाधारणको घरजग्गा आफ्नै सक्रियतामा कब्जा गर्न लगाएर विवादास्पद बनेका माओवादी केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मातृकाप्रसाद यादवले आफूले मन्त्री पद छाडे पनि पार्टी नछाड्ने बताउनुभएको छ । जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो ।आफूले गरिब र दलितका पक्षमा सिरहामा काम गरेको तर कुनै गल्ती भने नगरेको उहाँले बताउनुभयो । जग्गा कब्जा घटना निकै विवादास्पद बनेपछि उहाँले मन्त्री पदबाट राजीनामा दिनुभएको थियो । राजीनामा स्वीकृत समेत भइसकेको छ । प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यादवमाथि आवश्यक कारबाही हुने समेत बताइसक्नुभएको छ ।यी घटनापछि यादव भूमिगत हुने भन्ने चर्चा व्यापक रुपमा चलेको थियो । तर यादवले भने आफू भूमिगत हुने कुरा हल्लामात्र भएको बताउनुभयो । पत्रकारहरुसित कुरा गर्दै उहाँले आफू पार्टीमै रहेर काम गर्ने स्पष्ट पार्नुभयो ।

दसैंका लागि कोसीमा छवटा जेटबोट चलाइने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कोसी तटबन्ध भत्केर क्षतिग्रस्त बनेको राजमागर्गका कारण आवागमन अवरुद्ध भइरहेका बेला कोसी नदी आरपार गर्न यात्रुको सुविधाका लागि सरकारले मोटरबोट सञ्चालन गर्ने भएको छ । यसै साता सञ्चालन गरिने बताइएको मोटरबोट भारतबाट ल्याउन लागिएको सडक विभागले जनाएको छ ।एउटा बोटबाट १० जना यात्रु कोसी तर्न सक्ने जनाइएको छ । कोसी कटानका कारण पूर्वपश्चिम राजमार्गको करिब १४ किलोमिटर क्षेत्र क्षतिग्रस्त भएकाले यातायात गत भदौ २ गतेदेखि सञ्चालन हुन सकेको छैन । यसले गर्दा दैनिक हजारौं यात्रुहरु समस्यामा परेका छन् । भारतीय बाटो हुँदै सवारी साधन पश्चिम नेपालतर्फ जाने क्रम जारी रहे पनि असुरक्षा र लामो अनि झन्झटिलो यात्राले यात्रु समस्यामा परेका छन् ।

बार अध्यक्ष मैनालीमाथि गरिएको कारवाही फिर्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सर्वोच्च अदालतको पूर्ण बैठकले नेपाल बार एसोसिएसनका अध्यक्ष विश्वकान्त मैनालीमाथि गरिएको कारवाही फिर्ता लिएको छ । यो निर्णयसँगै बार र बेन्चबीचको विवाद अन्त भएको छ । सहमतिपछि बार एशोसिएसनले गरेको आन्दोलन स्थागित गरेको छ । देशभरका कानुन व्यवसायीहरुले अदालतहरुमा बहस पैरवी बहिस्कार गर्दै आएका थिए ।सर्वोच्च अदालतका रजिष्ट्रार डा. रामकृष्ण तिमल्सेना र बारका महासचिव रमनकुमार श्रेष्ठले सहमतिपत्रमा हस्ताक्षर गरेर विवाद अन्त भएको घोषणा गर्नुभएको हो । बार अध्यक्ष मैनालीले गत भदौ ३१ गते आयोजित एक कार्यक्रममा बोलेको कुराले न्यापालिका र न्यायाधीशमाथि वितृष्णा र अपमान भएको भनी सर्वोच्च अदालतको पूर्ण बैठकले मैनालीलाई छ महिनासम्म कुनै पनि अदालतमा बहस गर्न नपाउनेगरी बन्देज लगाएको थियो ।सर्वोच्च अदालतको उक्त निर्णयपछि वारका पदाधिकारी सर्वोच्चको निर्णय प्राकृतिक न्यायको सिद्धान्तविपरीत, गैरसंवैधानिक र त्रुटिपूर्ण रहेकाले अविलम्ब फिर्ता लिनुपर्ने माग राखी बहससमेत बहिष्कार गर्दै शुक्रबारदेखि विरोधमा उत्रिएका थिए ।

युवतीहरुलाई जिस्क्याउने २१ जना पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विद्यालय, क्यामपस जस्ता ठाउँ आसपास बसेर युवतीहरुलाई जिस्क्याउने चलन विकृति निम्तिने गरेको भन्दै यस्ता कार्यको विरोध हुने गरेको छ । कतिपय स्थानमा यस्तै निहुँका कारण झडप समेत हुने गरेका छन् । यसै क्रममा बाँके जिल्लामा विद्यालयको अगाडि बसेर छात्राहरुलाई जिस्काउने कार्यमा संलग्न २१ जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त जिल्लाको सरस्वती माध्यमिक विद्यालय, नारायण मावि, मंगलप्रसाद मावि र महेन्द्र माविको गेटमा बसेर छात्राहरूलाई जिस्काउने युवकहरूलाई पक्राउ गरिएको हो । प्रहरी निरीक्षक विनोद शर्माका अनुसार छात्रालाई दुख दिएको गुनासो उनीहरूका अभिभावकहरूबाट आएपछि छापा मारेर पक्राउ गरिएको हो । पक्राउ परेका २१ मध्ये पाँचजना पटकपटक बिभिन्न अभियोगमा पक्राउ परिसकेको र १६ जना नयाँ अनुहारका रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका मध्ये पाँच जनालाई सार्वजनिक ऐनअन्तर्गत कारबाही गरी छोडिने प्रहरीले जनाएको छ ।

Sep 23, 2008

बस दुर्घटना हुँदा ६ जना यात्रुको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
ललितपुरको गगुवाघाटमा बस दुर्घटना हुँदा ६ जना यात्रुको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन दर्जनभन्दा बढी यात्रु घाइते भएको प्रहरीले जनाएको छ । भट्टेडाँडाबाट चापागाउँ गइरहेको बस सडकबाट करिब तीन सय मिटर तल खस्दा उनीहरुको मृत्यु भएको हो ।मृत्यु हुनेमा प्रहरी हवल्दार कृष्णप्रसाद घिमिरे, निर्मला अधिकारी, वीरबहादुर पाखरिन, भुजुङ तामाङ, ज्ञानु तिमिल्सिना र दुर्थानाथ घिमिरे रहेको जनाइएको छ । घाइतेहरुको राजधानीका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।

जनकपुर अभिनन्दन समारोहमा राष्ट्रपति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राष्ट्रपति डा.रामवरण यादवले विभिन्न विसंगति तथा समस्या सुल्झाउनका लागि समन्वयको संस्कृति निर्माण अहिलेको आवश्यकता भएको बताउनुभएको छ । उद्योग वाणिज्य संघ, जनकपुरधामद्वारा आयोजित अभिनन्दन समारोहमा उहाँले हिंसात्मक प्रवृत्तिले राष्ट्र निर्माण हुन सक्दैन भन्दै आवेशपूर्ण क्रियाकलापले लोकतान्त्रिक संस्कृतिको विकासमा गतिरोध उत्पन्न गर्नसक्ने धारणा राख्नुभयो । प्रत्येक व्यक्तिलाई सार्वभौम नागरिकका रूपमा अधिकार दिलाउन वैज्ञानिक ढंगले मुलुकको संरचना निर्माण हुनु जरुरी छ भन्दै उहाँले संविधानसभामार्फत न्यायपूर्ण सामाजिक संरचना निर्माण गर्ने संविधान बनाउने गहन दायित्व सभासद्हरूलाई रहेको बताउनुभयो । राष्ट्रपति डा.यादवले विगतमा स्रोत, साधन र विभिन्न अवसरको समानुपातिक वितरण नभएका कारण राष्ट्र तरल अवस्थामा रहेको उल्लेख गर्दै मानवीय स्वाभिमान कमजोर हुने क्रियाकलाप हुन नदिइ समयमै संविधान निर्माण गर्नु सबैको सामूहिक जिम्मेवारी हो भन्नुभयो ।