News

Nov 30, 2008

डिजेल र मट्टीतेल मूल्य फरक बनाउन चलखेल सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
डिजेल र मट्टीतेल मूल्य फरक बनाउन चलखेल सुरु भएको छ । मिसावट गर्ने केही पेट्रोलियम व्यवसायी र निगमको उच्च कर्मचारीको मिलेमतोमा डिजेलभन्दा मट्टीतेल मूल्य कम बनाउने चलखेल सुरु भएको हो । सरकारले गत महिना डिजेल र मट्टीतेल मूल्य समान बनाएको थियो । दुई पेट्रोलियम पदार्थको मूल्य फरक हुँदा मिसावट र अपचलन बढी हुने गरेको थियो । तर, अहिले मिसावट गर्न नपाएका व्यवसायी र निगममा मट्टीतेल अपचलन गरिरहेका केही समूहले मूल्य फरक बनाउन सरकारलाई समेत दबाब दिन थालेको उच्च स्रोतले बताएको छ । अहिले डिजेल र मट्टीतेल मूल्य प्रतिलिटर ६५ रुपैया रहेको छ । निगम उच्च स्रोतका अनुसार, डिसेम्बरमा गरिने मूल्य समायोजनमा पुनः यी दुई पेट्रोलियम पदार्थको मूल्य फरक बनाउन दौडधुप सुरु भएको छ । केही समूहले मूल्य फरक बनाउन लागेको थाहा पाएपछि निगमको दुई कर्मचारी सगठनले मूल्य समान राख्न दबाब दिएको थियो ।नेपाल आयल निगमका दुई कर्मचारी सगठनले मूल्य फरक बनाए आन्दोलन गर्ने चेतावनीसमेत दिएको थियो । सरकारले डिजेल र मट्टीतेल मूल्य समान बनाएपछि डिजेलमा हुने मिसावट रोकिएको छ भने औद्योगिक क्षेत्रमा बोइलरमा मट्टीतेल प्रयोग हुन छाडेको छ । मूल्य समान भएपछि मट्टीतेल खपतसमेत आधाले कम भएको छ । निगमका अनुसार, अहिले मासिक पाँच हजार किलोलिटर मात्र मट्टीतेल खपत भएको छ । डिजेल र मट्टीतेल मूल्य फरक हुँदा मट्टीतेल खपत मासिक १० हजार किलोलिटर हुने गरेको थियो । नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष सरोज पाण्डे डिजेल र मट्टीतेल मूल्य फरक बनाउन नहुने बताउँछन् । 'डिजेल र मट्टीतेल मूल्य फरक बनाउनु न्यायसंगत हुँदैन', उनले भने, 'त्यसो गरिए उपभोक्ता र सरकार दुवैलाई नोक्सानी हुनेछ ।' एसोसिएसनले डिजेल र मट्टीतेल मूल्य समान बनाउन आन्दोलनसमेत गर्दै आएको उनले जानकारी दिए । 'हामीले स्वच्छ व्यवसायका लागि डिजेल र मट्टीतेल मूल्य समान बनाउन आन्दोलन गरेका थियौं', पाण्डेले भने, 'सरकारले केही समूहको दबाबमा परेर मूल्य फरक बनाए यसले नकारात्मक परिणाम ल्याउँछ ।' तर, निगमका अधिकारी भने डिजेल र मट्टीतेल मूल्य समान रहने दाबी गर्छन् । निगमका कार्यकारी निर्देशक दिगम्बर झाले डिजेल र मट्टीतेल मूल्य समान बनाइने स्पष्ट पारे । 'हामीले १ तारिखको मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दैछौं', उनले भने, 'तर डिजेल र मट्टीतेल मूल्य समान रहनेछ ।' उनले डिजेल र मट्टीतेल मूल्य फरक बनाउन आफूलाई कुनै दबाब नआएको समेत स्पष्ट पारे । 'मलाई अहिलेसम्म कुनै दबाब आएको छैन', झाले भने, 'माथिल्ला निकायमा परेको भए अर्कै कुरा ।'

सरकारले १५ दिनभित्र भूमिसुधार आयोग गठन गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारले १५ दिनभित्र भूमिसुधार आयोग गठन गर्ने भएको छ । लामो समयदेखि आन्दोलनरत भूमि अधिकार मञ्च र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार भएको वार्तापछि सरकारका तर्फबाट सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराले आयोग बनाउने लिखित प्रतिबद्धता गरेका छन् ।सरकारको प्रतिबद्धतापछि मञ्चले आन्दोलनका सबै कार्यक्रम तत्कालका लागि फिर्ता लिएको छ । भूमिहीनका प्रतिनिधिसमेत सम्मिलित आयोग गठन गर्नुपर्नेलगायत पाँचसूत्रीय माग राख्दै भूमिहीनले २ मंसिरदेखि काठमाडौंको खुलामञ्चमा धर्ना दिइरहेका थिए । उनीहरूले जिल्लामा पनि आन्दोलनका कार्यक्रम जारी राखेका थिए । मञ्चका प्रतिनिधिसित भएको वार्तामा प्रधानमन्त्री प्रचण्डले वैज्ञानिक भूमिसुधारका लागि सरकारले १५ दिनभित्र भूमिसुधार आयोग गठन गर्ने प्रतिबद्धता जनाएका छन् । आयोगमा भूमिहीनको समेत प्रतिनिधित्व राख्न प्रचण्डले सहमति जनाएका छन् । सञ्चारमन्त्री महरा शनिबार खुलामञ्च पुगेर प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन् । 'सरकार आफ्नो प्रतिबद्धता पूरा गर्न तयार छ,' प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेपछि मन्त्री महराले भने । सरकारी प्रतिबद्धताअनुसार तोकिएको समयभित्र आयोग गठन नभए पुनः आन्दोलन गरिने मञ्चका अध्यक्ष बलदेव रामले बताए । यसअघि, राष्ट्रिय मानवअधिकार आयोगले शुक्रबार भूमिसुधार तथा कार्यान्वयन आयोग गठन गर्न सरकारलाई निर्देशन दिएको थियो । त्यस्तै, सरकारले सरकारले चाँडै उच्चस्तरीय मुक्तकमैया पुनस्र्थापना आयोग बनाउने प्रतिबद्धता पनि गरेको छ । खुलामञ्चमै चार दिनदेखि धर्ना बसेका मुक्तकमैयाका अगाडि सञ्चारमन्त्री महराले यस्तो प्रतिबद्धता जनाएका हुन् । आइतबार सरकारले यस सम्बन्धमा लिखित प्रतिबद्धता जनाउने मन्त्री महराले बताए ।

माओवादी आफ्नै कारण डुबिसके - गिरिजाप्रसाद

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नयाँ-नयाँ शब्दजाल बुनेर अरूलाई फसाउने माओवादी अहिले आफ्नै कारण डुबिसकेको बताएका छन् । उनले डुबेका माओवादीलाई आफूले मात्रै बचाउन सक्ने दाबी गरे । कांग्रेस कास्कीद्वारा शनिबार पोखरामा आयोजित जनजागरण सभालाई सम्बोधन गर्दै कोइरालाले माओवादी धोकेबाज र कपटी पार्टी भएको आरोपसमेत लगाए । 'उनीहरू धोकेबाज हुन्,' उनले भने, 'सम्झौता गर्दै अनि तोड्दै गर्ने माओवादीसँग अब कांग्रेसले कुनै सम्झौता गर्दैन ।'आफ्नो २३ मिनेटको सम्बोधनमा ६७ पटक माओवादीको नाम लिएका कोइरालाले माओवादीको शब्दजालबाट आफू 'बालबाल बचेको' समेत बताए । 'उनीहरू के-के शब्द बुन्दारहेछन्, झन्डै फसाएका,' कोइरालाले भने, 'गिरिजाप्रसादलाई फसाउन खोज्ने प्रचण्ड अहिले आफैं फसे ।' माओवादीले ज्ञानेन्द्रको भाषा बोल्न थालेको आरोप लगाउँदै कोइरालाले अब धेरै बकबक गरे प्रचण्डलाई पनि राजाकै बाटो लगाइदिने चेतावनी दिए । माओवादीले तानाशाही व्यवस्था ल्याउन संसदीय व्यवस्था असफल भएको तर्क गरेको उनको भनाइ थियो । 'जनगणतन्त्रको कुरा गरेर माओवादीले संविधान नबनाउने खेल सुरु गरे,' कोइरालाले भने, 'उनीहरूले संविधान बनाउँदैनन् । अब संबिधान कांग्रेसले मात्रै बनाउन सक्छ, गिरिजाप्रसादले बनाउँछ ।' माओवादी सेनालाई नेपाली सेनामा मिसाउन कुनै पनि हालतमा नदिने बताउँदै कोइरालाले माओवादीले अझै मान्छे मार्ने, अपहरण गर्ने र चन्दा उठाउने गरेको आरोप लगाए । 'तिम्रा मान्छे जता व्यवस्था गर्छौ गर, तर सेनामा मिसाउने सपना छोड,' कोइरालाले भने, 'आफैंले गरेको एगि्रमेन्ट तोड्ने, अनि अहिले एगि्रमेन्टका कुरा गरेर सेना मिसाउछौं भन्ने ?' कोइरालाले गोर्खा भर्ती केन्द्र बन्द गर्ने माओवादी भनाइको प्रतिवाद गर्दै गोर्खालीको इतिहास नबिगार्न चेतावनी दिए । 'बन्द गर्ने भए विकल्प देउ, नत्र नचाहिने कुरा किन गर्छौ ?'कोइरालाले अब कुनै कांग्रेस कार्यकर्तालाई हातपात गरे आफैं प्रतिवादमा उत्रने समेत बताए ।'को हुन् तिनीहरू, म लड्छु,' कार्यकर्तालाई आश्वस्त पार्दै कोइरालाले भने, 'तपाईंहरू किन डराउनुहुन्छ, जे गर्नुपर्छ गर्नुस् जेल जानुपरे गिरिजाप्रसाद जान्छ ।'नेपाली कांग्रेसले थुप्रै आन्दोलनबाट इतिहास बनाएको भन्दै कोइरालाले अब नयाँ संविधान लेखेर इतिहास बनाउने जिम्मेवारी पनि कांगे्रसकै भएको बताए । 'माओवादीले संविधान लेख्दैनन् भनेर म हिँडेको हुँ,' उनले भने, 'म बूढो भए पनि संविधान नबनाई मर्दिनँ ।'सभामा कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले माओवादीले आर्थिक, प्रशासनिक, न्यायिक क्षेत्रमा कब्जा गर्दै प्रजातन्त्र मास्न खोजेको बताए । उनले राजा र राणाहरूसँग लडाइँ लडेको कांग्रेसले अन्तिम लडाइँ माओवादीसँग पनि लड्नुपर्ने बताए । कास्कीकै कांगे्रस नेता तथा पूर्वसभामुख तारानाथ रानाभाटलाई पटकपटक कार्यकर्ताले मञ्चमा बोलाउन चिट पठाए पनि आयोजकले बेवास्ता गरेका थिए । उनलाई पछि सभापति कोइराला कार्यक्रमस्थलमा आएपछि मञ्चमा बोलाइएको थियो ।

विवाहका लागि घर जाने क्रममा दुर्घटनामा परी मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
काठमाडौंबाट दोलखाको सिंगटीतर्फ जाँदै गरेको यात्रुवाहक बस शनिबार दिउँसो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा चंखु- ३ हुलाक निवासी २० वर्षीया आङ्लमु शेर्पा र दोलखा सुन्द्रावती- ६ का ७३ वर्षीय लाहुरे भनिने पुड्के थामी छन् । मृतक शेर्पाको यही साता विवाह हुँदै थियो । उनी विवाहका लागि राजधानीबाट घर जाने क्रममा दुर्घटनामा परेकी हुन् । दुर्घटनामा तीन दर्जनभन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये एक दर्जनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका दोलखा खारेका बिर्खबहादुर थामी, झ्याकुका टपिन्द्र पाठक र सोही स्थानका सुकदेव पाठकलगायतलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । प्रहरी र स्थानीयवासीले घाइतेलाई उद्धार गरी सदरमुकाम ल्याएका थिए । घाइते हुनेमा अधिकांश एकै परिवारका सदस्य, साना बालबालिका, महिला तथा विद्यार्थी छन् । २५ जना घाइतेको सदरमुकाम चरिकोटस्थित च्छोरोल्पा अस्पताल र ११ जनाको गौरीशंकर जनरल अस्पताल दोलखामा उपचार भइरहेको छ । अरनिको यातायातको ना.३ख ३५४२ नम्बरको सो बस दोलखाको सुष्पाक्षमावती- ५ स्थित दामाराङ भन्ने स्थानमा शनिबार दिउँसो करिब साढे एक बजे दुर्घटना भएको थियो । छतमा समेत खचाखच यात्रु लिएर गएको सो बस चालकको लापरबाहीका कारण दुर्घटना भएको यात्रुले बताएका छन् । बसचालक दिलबहादुर मगर फरार छन् । दुर्घटनामा कन्डक्टर पुष्कर केसी पनि घाइते भएका छन् ।

प्रहरीमाथि फायरिङ गर्ने एक युवकलाई पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको गस्ती टोलीमाथि शनिबार ७ बजे हतियारधारी समूहले संकटमोचन मन्दिरनजिक फायरिङ गरेको छ। प्रहरीमाथि फायरिङ गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार संकटमोचन मन्दिरअगाडि सवारी जाँच गरिरहेको अवस्थामा बा१६प २९०८ नम्बरको हिरोहोन्डा मोटरसाइकलमा सवार भएर आएका तीन जना युवकले एक्कासि प्रहरीमाथि फायरिङ गरेका थिए। फायरिङ गर्नेमध्ये दुइ जना युवक फरार भएका छन् भने एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जनपा-११ वस्ने मुकेश दत्तलाई लोडेड पेस्तोल र मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको छ। फरार भएका २ जनाको खोजी कार्य भइरहेको प्रहरी उपरीक्षक यादवराज खनालले बताउनुभयो।

Nov 29, 2008

एकान्तको खोजीमा ५१ दिन राजेश हमाल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
घर होस् या सिनेमाघर । छायांकनस्थल होस् या अन्य सार्वजनिक स्थल । आफ्नो भेउ पाउनेबित्तिकै घेरा हाल्ने दर्शकबाट केही दिन हराउन चाहन्थे राजेश हमाल । नयाँ दिनसँगै पुरानो क्यामेराअगाडि उभिएर सुरु हुने दैनिकी केही दिनका लागि ब्रेक’ गर्न चाहन्थे उनी । एकै खालको दिनचर्याबाट मोनोटोनस’ उत्पन्न भएको थियो उनमा । वरदान’ हो या श्राप’ दुई दशकदेखि उनको व्यावसायिक जीवनले विश्राम पाएन । आफूलाई पर्खिरहेका सिनेमालाई यिनले लत्याउन सकेनन् । व्यवसायप्रति इमान्दार रहँदा निजी चाहना कुण्ठित भयो । यी नायकका लागि 'शनिबार’ नआएको कत्ति भयो कत्ति । चाडबाड पनि चटारोमै बित्छ । सँगै अभिनय गर्ने कलाकार बिरामी हुँदा र क्यामेरा बिगि्रँदा झुक्किएर छुट्टी पाएको सम्झना पनि साह्रै थोरै छ । यिनलाई 'खिचेको’ चलचित्रले सजिलै सावा उठाउने विश्वास गर्छन् निर्माताहरू । त्यसैले सिनेमामा भर्खर पाइलो टेकेकादेखि पाका निर्मातासमेत राजेशलाई पर्खिएर बस्छन् । उनी एक दिन बेखबर बस्दासमेत ठूलो हलचल मच्चिन्छ । यस्तो अवस्थाका बीच लामो यात्रामा निस्किउन् कसरी ? यतिका वर्ष उनले त्यो हिम्मत गर्न सकेका थिएनन् । तर, गएको दसैंदेखि तिहारसम्मको समय भने यात्रा गरेर बिताउने निर्णय गरे उनले । व्यस्तताको घेराबाट उनी केही समय फुक्का हुन चाहन्थे । उनी त्यस्तो एकान्त ठाउँको खोजीमा थिए, जहाँ 'राजेश हमाल’को परिचय नफैलिएको होस् । एकान्तमा रमाउने लामो समयदेखिको चाहना पूरा गर्ने योजना बनाएअनुरूप आउँदा चलचित्रको छायांकन-तालिका पर धकेल्न अनुरोध गरे । र, निस्किए 'मोनोटोनस ब्रेक’ गर्न । आफ्नो योजनाअनुरूप उनलाई स्वदेश यात्रा उपयुक्त लागेन । एकान्तवासको भरपुर उपयोग गर्ने गन्तव्यका रूपमा उनको छनोटभित्र पर्‍यो छिमेकी देश भारतको प्रसिद्ध पर्यटकीयस्थल गोवा । उनी फूलपातीको अघिल्लो दिन सो गन्तव्यतर्फ निस्किए । मुम्बई हुँदै गोवा जाँदै गर्दा उनले कल्पना गरेका थिए, 'स्वच्छन्द रूपमा समुद्री किनारमा पल्टिएर नितान्त निजी जीवन बिताउने । जहाँ नेपालका नायक राजेश हमाल हुनुले जोडिएका बन्धनहरू रहने छैनन् । त्यो अपरिचित ठाउँमा न अरूसँग मतलब हुनेछ, न त आफ्नो बारेमा चासो राख्ने नै कोही हुनेछन् ।’ तर, हमालको उक्त सोच सार्थक बनेन । 'म गोवा पुगेको कुरा दुई घन्टामै धेरैतिर फैलिसकेछ,’ उनको चाहना पहिलो गन्तव्यबाट पूरा भएन । एकान्त खोज्दै गोवा पुगेका हमाल अतिथि पो बन्न पुगे । त्यहाँ बसुन्जेल प्रत्येक दिन भेटघाट, चियापान र फिल्मी जिज्ञासाको समाधान गराउँदै समय बित्यो भन्छन् उनी । गोवाको यात्रा आफूले खोजेजस्तो नभएपछि उनी मुम्बई नै फर्किए । त्यहाँ उनले केही दिन छुट्टीको अनुभूति गर्न त पाए । तर, आफूले चाहेजस्तो 'एकान्त’ भेटेनछन् । बरु त्यहाँ रहेका नेपाली समुदायका अगुवाबाट प्रस्ताव आएछ- सांस्कृतिक कार्यक्रममा सहभागी हुने । 'तिहारको टाइम, मुलुकबाहिर रहेका नेपाली दर्शकको आग्रह टार्न सकिनँ । त्यसैले चारवटा कार्यक्रममा सहभागिता जनाएँ,’ राजेशले भने । मुम्बईका स्थानीय कलाकार र नेपालबाट गएका दोहोरी गायक-गायिकाको साथमा खुब जम्यो भन्छन् सांस्कृतिक कार्यक्रम । उनले नयाँ अनुभूति गरेछन्, 'मुख्य मिसन पूरा नभए पनि नौलो तरिकाले तिहार मनाउन पाएँ । विदेसिएका दर्शकको साथ रमाएर ।’ एकान्तको खोजीमा निस्किएका हमाल झन् भीडमा पो फस्न पुगेछन् । निजी यात्रामा निस्किएका हमाललाई न सिनेमाको बजार बुझ्नु थियो न त दर्शक प्रतिक्रिया नै । तथापि मुम्बई सहरमा नेपाली सिनेमा चलेको देख्दा चासो लाग्ने नै भयो । 'मुम्बईको एउटा हलमा साप्ताहिक रूपमा नेपाली सिनेमा चल्दो रहेछ,’ उनले भने, 'त्यहाँका दर्शकलाई नेपाली चलचित्रको बारेमा अपडेट पाउँदा चकित परें ।’ मुम्बईका चलचित्रप्रेमीसँग केही दिन रमाए राजेश । तर, उनलाई पुनः झक्झक्याउन थाल्यो आफ्नो मुख्य मिसनले । त्यसपछि उनी लागे थाइल्यान्डतर्फ । उक्त गन्तव्य नपुगुन्जेल उनी विश्वस्त थिए- त्यहाँ आफूलाई चिन्ने कोही भेटिनेछैनन् । तर, होटलबाट बाहिरिएको १५ मिनेट बित्न नपाउँदै 'राजेश दाइ’ भन्दै घेरा हाल्ने जमात देख्दा सोच्न पुगेछन्, 'यहाँको बसाइ पनि सोचेजस्तो नहुने भयो ।’ काठमाडौंमा भन्दा फरक लागेन उनलाई थाइल्यान्डमा बसाइ । उनी त्यहाँका दर्शकबारे बताउन थाले, 'बर्माबाट गएका नेपाली धेरै भेटिए थाइल्यान्डमा । गजबको कुरा के भने, उनीहरूले नेपाल टेकेका रहेनछन् । तर, नेपाली चलचित्रसँग भने एकदमै परिचित रहेछन् ।’ एकान्तको खोजीमा थाइल्यान्ड पुगेका यी नायकको समय चलचित्र चर्चामै बित्न थाल्यो । आफूले बिर्सिसकेको भूमिकाबारे दर्शकले चर्चा गरेको सुन्दा यिनले बुझेछन् चलचित्र माध्यमको महत्त्व । 'चलचित्रको छाप कति गहिरो हुँदो रहेछ भन्ने कुरा मैले त्यति वेला थाहा पाएँ । कतिपयले त १५ वर्षअगाडि मैले निर्वाह गरेको भूमिका र संवादसमेत सुनाए,’ यो उनका लागि आश्चर्यको विषय थियो । थाइल्यान्ड बसाइ पनि दर्शकको जिज्ञासा मेटाउँदैमा बित्यो भन्छन् हमाल । थाइल्यान्डमा एकान्तको आभास नभएपछि उनी लागेछन् हङकङतर्फ । तर, त्योभन्दा अगाडि नै चलचित्र विषको युनिट त्यहाँ पुगिसकेछ । चलचित्रको पहिलो प्रदर्शन हङकङमा । अनि चलचित्रका मुख्य नायक पनि त्यहीँ । अनि त निर्माण पक्षलाई के चाहियो, राजेशकै सहभागितामा भयो चलचित्रको पहिलो प्रदर्शन । निर्माण पक्षका लागि यो नसोचेको 'बोनस’ थियो । राजेश सो समारोहको आकर्षण थिए । चलचित्रको व्यापारिक सफलतामा उनको उपस्थितिले निकै महत्त्व राख्यो । तर, राजेशको चाहना भने हङकङमा पनि पूरा हुन सकेन । चार चौरास भौंतारिँदा पनि 'आफ्नै किसिमले बस्न नपाएको’ तिर्सना बोकेर उनी ५१ दिनपछि स्वदेश फर्किए । क्यामेराबाट टाढा रहे पनि दर्शकबाट टाढिन नसकेको निष्कर्ष निकाल्दै ।

लाहुरेको सूचनामा सीमित छ आकाशवाणी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एक दशकअघिसम्म सूचना आदान-प्रदानको भरपर्दो माध्यमका रूपमा रहेको आकाशवाणी सेवा हाल केही लाहुरेको खबर आदान-प्रदानमा सीमित भएको छ । लाहुरेको खबर आदान-प्रदानमा सीमित आकाशवाणी अधिकांशका लागि बिरानो हुन पुगेको छ । राणा प्रधानमन्त्री मोहनशम्शेरको पालामा २००५ सालमा स्थापना भएको तत्कालीन 'मोहन आकाशवाणी' लाई हाल नेपाल दूरसञ्चार कम्पनीले सञ्चालन गरिरहेको छ । धेरैलाई जानकारी नभएको आकाशवाणी सेवामार्फत् अहिले पनि खबरहरू आदान-प्रदान भइरहेका छन् । काठमाडौंको त्रिपुरेश्वरमा रहेको केन्द्रीय टेलिग्राम कार्यालयबाट सर्वसाधारण र कूटनीतिक नियोगका कर्मचारीहरूले आकाशवाणीमार्फत् खबर आदान-प्रदान गरिरहेको कार्यालयका वरिष्ठ सहायक शम्भुबहादुर हमालले नयाँ पत्रिकालाई बताए । आकाशवाणी सञ्चारको सबैभन्दा पुरानो विद्युतीय माध्यम मानिन्छ । हमालका अनुसार टेलिग्राम मेसिनमार्फत् सूचना आदान-प्रदान भइरहेको छ । '१०/१२ वर्षअगाडि जस्तो सन्देश पठाउने मान्छेहरूको लर्को अहिले टेलिग्राम कार्यालयमा लाग्दैन,' हमालले भने । 'पहिले त सबै खबर पठाउन आउँथे, अहिले त भारतमा काम गर्ने लाहुरे र इन्डियन एम्बेसीको केही खबर मात्र आउँछ,' २०३६ सालदेखि आकाशवाणी सेवामा काम गरेका हमालले भने । उनका अनुसार, २०३६ सालदेखि १०/१२ वर्षअघिसम्म दैनिक झन्डै एक हजार खबर आदान-प्रदान हुने टेलिग्राम कार्यालयबाट अहिले दैनिक १५/१६ वटा मात्र खबर आदान-प्रदान हुन्छन् । त्यसमा अधिकांश भारतमा काम गर्ने गोर्खा सेनाहरूको हुन्छ भने केही अरबी मुलुकमा काम गर्ने नेपालीको पनि आउने गरेको छ । स्रोतका अनुसार जनआन्दोलन- २ पछि सत्ताच्यूत भएका पूर्वराजा ज्ञानेन्द्रले पनि विभिन्न मित्रराष्ट्रका राष्ट्राध्यक्षहरूलाई आकाशवाणीमार्फत् आफ्ना सन्देश पठाउने गरेका थिए । सरकारले राष्ट्राध्यक्षको मान्यता नदिए पनि उनले आफ्ना सन्देश पठाउन आकाशवाणीको सुविधा प्रयोग गरेका थिए । 'हाल ग्राहकहरू सन्देश पठाउन होइन्ा, लिन मात्रै आउँछन्,' हमालले भने । उनका अनुसार स्थापनाको सुरुवातमा आकाशवाणी सेवाका लागि छुट्टै कार्यालय स्थापना भएको थियो, तर प्रयोगमा कमी आएपछि आकाशवाणीलाई टेलिकमको शाखामा सीमित गरिएको छ । आकाशवाणीको केन्द्रीय कार्यालयमा हाल चारजना कर्मचारी मात्र आकाशवाणी शाखामा कार्यरत छन् । टेलिफोन, मोबाइल र इन्टरनेटको विकाससँगै प्रयोगविहीन भएको आकाशवाणी सेवालाई टेलिकमले हाल भि-स्याट प्रविधिमा लगेको छ । टेलिकमले ६ महिनाअघि मात्रै आकाशवाणीलाई पनि भि-स्याट प्रविधिमा लगेको हो । त्यसका लागि सोलुखुम्बुको किन्जा भन्ने ठाउँमा भि-स्याट लिंक राखिएको टेलिकमका महाप्रबन्धक रूपक हाल्डरले जानकारी दिए । उनका अनुसार सिंहदरबारमा ट्रान्समिट स्टेसन र छाउनीमा रिसिभर रहेको आकाशवाणीले अहिले पनि मेसिनमार्फत् विश्वभर नै सूचना आदान-प्रदान गर्न सक्छ । भि-स्याट प्रविधिमा जानुअघि आकाशवाणी सेवालाई मार्कफोर सेटमार्फत् सञ्चालन गरिँदै आएको थियो । आकाशवाणीमार्फत् अहिले पनि बैंकको टिटी, विवाहका खबर, रेडक्रस खबर र भारतीय दूतावासका खबर आउने गरेका छन् । विगतमा खबर टिपेर पुनः अर्को ठेगानामा टिपाउने गरिएकोमा हाल भने टाइप गरेर मेसिनमार्फत् निर्धारित ठेगानामा पठाइने गरिएको छ । देशभित्र सन्देश पठाउनका लागि ३० शब्दसम्मको तीन रुपैयाँ र त्यसभन्दा बढी शब्द लेख्नुपरेमा प्रतिशब्द पाँच पैसाका दरले शुल्क लिने गरिएको छ । कर्मचारीका अनुसार भारतमा सन्देश पठाउन भने प्रतिशब्द ७५ पैसा शुल्क लाग्छ । पुरानो प्रविधि भएकाले ग्राहकको आकर्षण घटे पनि सेवाका लागि मात्र आकाशवाणी सञ्चालन गरिरहेको महाप्रबन्धक हाल्डर बताउँछन् । वैदेशिक रोजगारीमा गएका नेपालीहरूको सन्देश बढी आउने भएकाले पनि तत्काल यसलाई बन्द गर्न नसकिएको उनको भनाइ छ । तर, टेलिकमले घाटामा सञ्चालन गरिरहेको यो सेवा केही वर्षपछि आफंै लोप हुने टेलिकम कर्मचारीहरू बताउँछन् । ग्राहकको संख्यामा निक्कै कमी आएकाले केही वर्षमा यो सेवा बन्द गर्न सकिने हाल्डरले बताए ।

बाहिरी चक्रपथबाट चीनले हात झिक्यो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बहुप्रतीक्षित बाहिरी चक्रपथ निर्माणका लागि चीन सरकारले तत्काल सहयोग नगर्ने भन्दै आफनो हात झिकेको छ। परियोजना विस्तृत प्रतिवेदन तयार पार्ने कार्यमा चीन शुरूदेखि नै सक्रिय रहँदै आएको भए पनि निर्माणको चरणमा सम्झौता नगरेको हो। सरकारले अब निजीक्षेत्रलाई परिचालन गरी सडक निर्माण प्रारम्भ गर्ने भएको छ। माओवादी नेतृत्वमा सरकार गठन भएका बेला चीनले सहयोगमा चासो नदिनुलाई अर्थपूर्ण रूपमा लिइएको छ। यसअगाडि बाहिरी चक्रपथ निर्माणमा चीन सरकारले चासो दिएकोमा आवश्यक जग्गा खाली नगरिएकाले चिनियाँ सहभागिताको सम्भावना तत्काल टरेको हो।काम अगाडि बढाउन केही दिनभित्रै सतुंगलदेखि चोभारसम्मको ६ किलोमिटर क्षेत्रको निर्माण प्रारम्भ गरिने बाहिरी चक्रपथ विकास आयोजनाका प्रमुख सुरेशप्रकाश आचार्यले बताउनुभयो।ँनिजीक्षेत्रको परिचालन गरी नेपाल सरकारले आफनै स्रोतबाट काम थाल्छ’ -प्रमुख आचार्यले भन्नुभयो।कुल लम्बाइ ७२ किलोमिटर हुने बाहिरी चक्रपथमा ६४ दशमवल ८ किलोमिटर सडक, २९ वटा पुल र कलभर्ट, ५४ वटा इन्टर सेक्सन निर्माण गर्नुपर्ने जनाइएको छ। त्यसका लागि झन्डै १४ अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ।सो चक्रपथको २ सय ५० मिटर दायाँबायाँ नमुना जग्गा एकीकरणमार्फत व्यवस्थित शहरीकरण गर्ने योजना र विस्तृत अध्ययन तथा हरिसिद्धिदेखि लुभुसम्मको जग्गा विकासको विस्तृत अध्ययन कार्य पूरा भइसकेको आयोजनाले जनाएको छ।काठमाडौंको शहरी र ग्रामीण क्षेत्रको सीमांकन गर्ने गरी निर्माण गर्न लागिएको चक्रपथले काठमाडौंका बागमती -चोभार), गाम्चा, सतुंगल, नैकाप, पुरानो भर्याङ, सीतापाइला, हलचोक, बालाजु औद्योगिक क्षेत्र, नेपालटार, गोंगबु, टोखागाउँ-चपली, कपन, जगडोल, सनटोल तथा थली डाँछीलाई छुनेछ।त्यसै गरी भक्तपुरको गामफेदी, पकाउनेपाटी, बाँसबारी, याङ्डोल, मसानडोल, भातेढिकुरो, नयाँ ठिमी, दधिकोट र ललितपुरको लुभु, ठैब, धापाखेल, ठेंचो, बुङ्मती हुँदै बागमती (चोभार) सम्म छुने योजना छ।काठमाडौंका २२ वटा गाविस, भक्तपुरका १२ र ललितपुरका ११ गाविस भएर बन्ने बाहिरी चक्रपथको कुल क्षेत्रको ३५ किमि काठमाडौंमा, २१ किमि भक्तपुरमा र १५ किमि ललितपुरमा पर्नेछ।आयोजना सम्पन्न गर्न आवश्यक पर्ने बाहिरी चक्रपथ वातावरणीय एवम् सामाजिक प्रभाव मूल्यांकन, परम्परागत बस्तीमा यसले पार्ने प्रभाव र अहिलेको चक्रपथ र बाहिरी चक्रपथलाई जोड्ने सहायक मार्ग विकास र सुधारबारे अध्ययनसमेत समानान्तररूपमा अगाडि बढाइएको आयोजना प्रमुख आचार्यले बताउनुभयो।उपत्यकाभित्रको शहरीकरणलाई व्यवस्थित गर्न र यातायात व्यवस्था सहज तुल्याउन सहायकसिद्ध हुने विश्वास गरिएको बाहिरी चक्रपथ निर्माण शुरू हुने कुराले ती क्षेत्रका जग्गाको मूल्य बढ्दै गएको छ।

सेना समायोजनबारे केही बोलेनन्, माओवादी नेता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सधैं छापामार समायोजनमा जोड दिने माओवादी नेताहरुले सशस्त्र युद्धमा मृत्यु भएका एक छापामार नेताको सम्झनामा ललितपुरमा आयोजित कार्यक्रम भने त्यसबारे केही नबोलेर आश्चर्यमा पारेका छन् ।
सशस्त्र द्वन्द्वको बेला मारिएका आफ्नो छापामार सेनाको पाँचौ डिभिजन कमाण्डर किमबहादुर थापा सुनिलको स्मृति दिवसमा भाग लिन आएका माओवादी नेताहरुले छापामार समायोजनबारे नबोलेर आश्चर्यमा पारेका छन् । मंसिर १४ गते ललितपुरमा आयोजित कार्यक्रममा बोल्ने माओवादी सचिवालय सदस्य वर्षामान पुनले मात्र युद्ध लडेर आएको आफ्नो पार्टीको सेना समायोजन गर्दा छाति नापेर गरिनुनुहने धारणा राखे । कार्यक्रममा उनीसहित माओवादी सचिवालय सदस्यहरु पोष्टबहादुर बोगटी र कृष्णबहादुर महरा तथा केन्द्रीय सदस्यहरु नन्दकिशोर पुन पासाङ र कुलबहादुर केसी सोनाम सहभागि थिए । कार्यक्रममा बोलेका सबै माओवादी नेताहरुले भक्तपुर खरिपाटीमा भर्खरै सकिएको राष्ट्रिय कार्यकर्ता भेलाले पार्टीलाई अझ बलियो बनाएकोबारे मात्रै बोलेका थिए ।
कार्यक्रमको प्रमुख अतिथि प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुने बताइएपनि उनी आएनन् । प्रचण्ड नआएपछि कार्यक्रमको अतिथि बोगटीलाई बनाइएको थियो ।

मुम्बाई हमलामा १ सय ६० को मृत्यु भएको पुष्टि

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भारतको आर्थिक राजधानी मुम्बाईमा गत बुधबारदेखि सुरु भएको अतंकवादी हमलामा परी मर्नेको संख्या १ सय ६० नाघेको छ। ताज होटलमा प्रहरी तथा सेनाको विशेष दस्ता परिचालित गरेर चलाईएको कारवाही पनि केहीबेर अघि सकिएको छ । झण्डै ६० घण्टा चलेको कारवाही समाप्त भएपछि ताज होटलमा थप तीन आतंकवादी को मृत्यू भएको पुष्टी भएको छ भने दोहोरो झडपमा थप २ परिचय नखुलेको लाश पनि सेनाको विशेष दस्ताले फेला पारेको छ । कारबाही पछि प्रहरीले ताजमा केही ग्रिनेड र ए के ४७ पनि बरामद गरेको जनाएको छ। यसअघि हिजै ओबरोय होटल र नरिमन हाउसमा लुकेका आतंकवादीहरुलाई भने सुरक्षा कारवाहीमा मारिएपछि ती दुई अपरेशन सकिएको थियो। नरिमन हाउसमा अतंकवादीले पाँचजना बन्धकको हत्या गरको प्रहरीले दावी गरेको छ। यद्यपी ताज होटलमा थप आतंकवादी हुन सक्ने आशंकामा खोज तलास भने जारी राखिएको सुरक्षा स्रोतलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमहरुले जनाएका छन्।

Nov 28, 2008

लिम्बुवान मुक्ति मोर्चाको पुनर्गठन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जिल्ला समिति सुनसरीको शनिवार पुनर्गठन गरिएको छ । जिल्ला समितिका पूर्वसल्लाहकार तिलविक्रम कङदङवाको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा प्रेमबहादुर इवाहाङ लिम्बू, नारायण लिम्बू चयन हुनुभएको छ । यसैगरी सचिव, सह-सचिव र कोषध्यक्षमा क्रमशःकमल सुब्बा, वविता थोप्रा, शकुन्तला सुब्बा र मोती केरुङ रहनुभएकोछ भने सदस्यहरुमा वालनध्वज लिम्बू, राजकुमार नेम्बाङ, गिरिबहादुर थोप्रा, चन्द्रमणि आङदेम्बे, सञ्चहाङ वनेम, हर्क सुब्बा जवेगु, मनु लिम्बू र हेमलाल लिम्बू रहनुभएको छ । भेलामा लिम्बुवान मुक्ति मोर्चाका केन्द्रिय अध्यक्षले लिम्बुवान प्राप्तिका लागि सम्पूर्ण लिम्बुवानवासी एक हुनुपर्नेमा जोड दिनुभयो ।

मोहन बैद्यको ठाउँमा कुवेर ओलीलाई चयन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
निर्वाचन आयोगले माओवादीको सिफारिश अनुसार मोहन बैद्यले राजीनामा दिएपछि खाली भएको संविधानसभा सदस्यमा कुवेर ओलीलाई चयन गरेको छ । माओवादीका वरिष्ठ नेता मोहन बैद्यले संविधानसभाबाट राजीनामा दिएपछि रिक्त रहेको संविधानसभा सदस्यमा माओवादीकै कुवेर ओलीलाई चयन भएका छन् । निर्वाचन आयोगले मंसिर १३ गते बिज्ञप्ती प्रकाशित गरी जनाए अनुसार, माओवादीको सिफारिशमा आयोगले ओलीलाई चयन गरेको हो । माओवादीको संगठन बिभाग प्रमुख छानिएपछि पार्टीको काममा लाग्ने बताउदै बैद्यले संविधानसभा सदस्यबाट राजीनामा दिएका थिए ।

उपाध्यक्षमा माओवादीका पूर्णाकुमारी सुवेदी बिजयी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लामो समय रिक्त रहेको संविधानसभा उपाध्यक्षमा माओवादी उमेदवार पूर्णाकुमारी सुवेदी बिजयी भएकी छन् । संविधानसभा उपाध्यक्षमा माओवादी उमेदवार पूर्णाकुमारी सुवेदी बिजयी भएकी छन् । मंसिर १३ गते संविधानसभामा भएको चुनावमा सुवेदीले ३४६ मत ल्याइन् भने उनको बिपक्षमा ६९ मत मात्रै पर्‍यो । ९० सभासदले पक्ष बिपक्ष कतै मत हालेनन् । सुवेदीलाई एमालेले समर्थन गर्ने घोषणा गरिसकेका कारण उनको बिजय दिउँसै सुनिश्चित भइसकेको थियो । उपाध्यक्षका लागि ६ जनाले उमेदवारी दिएका थिए । उपाध्यक्षका ६ उमेदवारमध्ये प्रतिभा राणा र खोभारी राय पराजित भए भने मालेका उमेदवार निलम केसीले मतदान नहुँदै उमेदवारी फिर्ता लिइन् । सुवेदी बिजयी भएका कारण बाँकि दुई उमेदवारमा मतदान भएन । संविधानसभाको अर्को बैठक मंसिर १७ गते बस्ने कार्यक्रम छ ।

प्रहरीले जाहेरी दर्ता गर्न मानेन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अरबीको सामूहिक बलात्कारपछि साउदी अरबबाट गर्भ बोकेर फर्किएकी सुनसरीकी १९ वषीया युवतीलाई साउदी पुर्‍याउने दलालविरुद्ध जाहेरी दर्ता गर्न गएका पीडितलाई जिल्ला प्रहरी कार्यालयले त्यसै फर्काइदिएको छ ।दलालले किर्ते नागरिकता र राहदानी बनाएर ६ महिनाअघि साउदी पुर्‍याएकी अञ्जु अरबी घर-मालिकको गर्भ बोकेर पाँच दिनअघि मात्र घर र्फकेको समाचार नयाँ पत्रिकाले बिहीबार प्रकाशित गरेको थियो । बिहीबार मुद्दा दर्ता गर्न जिल्ला प्रहरी कार्यालय सुनसरी पुगेका पीडित युवतीका परिवारलाई समयाभाव भन्दै प्रहरीले जाहेरी दर्ता नगरी फर्काइदिएको हो । पीडित अञ्जु मुसहर (नाम परिर्वतन) बुबा-आमालाई लिएर समयमै प्रहरी कार्यालय पुगे पनि प्रहरीले अनेक बहाना बनाएर जाहेरी दर्ता गर्न अस्वीकार गरेको थियो । शुक्रबार मात्र जाहेरी दर्ता गर्ने भन्दै प्रहरीले फर्काइदिएको पीडितका कानुनी सहयोगी ओरेक सुनसरीका प्रमुख विनोद चौधरीले बताए । पीडितका तर्फबाट बुधबार नै जाहेरी दर्खास्त लेखेर दर्ताका लागि जिल्ला प्रहरी कार्यालय पुगेको, तर प्रहरीले 'धेरै कुरा बुझ्न बाँकी छ' भन्दै बिहीबार बिहान १० बजे बोलाएको उनले बताए । प्रहरीकै सल्लाहअनुसार सबैजना जाहेरी दर्खास्त लिएर दर्ताका लागि जिल्ला प्रहरी कार्यालयपरिसर जाँदा अनेकौं बहानाबाजी बनाएर प्रहरीले जाहेरी दर्ता नगरेको पीडित किशोरीका बुबा धर्मे सदा (मुसहर) ले बताए । पक्राउ परेकालाई छुटाउन र पक्राउ नपरेकालाई भगाउनतर्फ प्रहरी नै लागेको आरोप अञ्जुका बुबाले लगाएका छन् । अञ्जुलाई साउदी लगेर बिक्री गर्ने गिरोहका नाइके मीना (सम्झना) खड्का इटहरीको मुख्य चोकमा घुमिरहेको तर प्रहरीले पक्राउ नगरेको मानवअधिकारकर्मी भेषराज पोखरेलले बताए । इटहरी-४ की मीना इटहरीमा घुमिरहेको नयाँ पत्रिकाका संवाददाताले समेत फेला पारेको थियो । नयाँ पत्रिकाका संवाददातालाई देख्नासाथ उनी एकाएक बेपत्ता भएकी थिइन् । ओरेकका विनोद चौधरीले सुनसरी प्रहरीले महिला हिंसा र पीडाका घटनामा सधैं जाहेरी दर्ता नगर्ने र संलग्नसँग मिलेर पीडितलाई थप पीडा दिने गरेको आरोप लगाएका छन् ।जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख राजेन्द्रमान श्रेष्ठले पीडितहरू जाहेरी लिएर समय सकिइसकेपछि आएकाले दर्ता नभएको बताएका छन् ।

नारायणहिटीका नौ कर्मचारी अलपत्र

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नारायणहिटीमा कार्यरत करिब सात सय कर्मचारीमध्ये नौजनाको नाम सरकारी रेकर्डमा नपरेको खुलासा भएको छ । नारायणहिटी प्रशासनको लापरबाहीका कारण सरकारी रेकर्डमा नपरेका ती कर्मचारी हाल स्व. राजा त्रिभुवनकी ल्याइते श्रीमती सरला मानन्धरको निवासमा काम गरिरहेका छन् ।पूर्वराजाले राष्ट्रप्रमुख भएका बेला प्रशासनिक र निजी काममा खटाएका कर्मचारीलाई सरकारले सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखिसकेको छ । गणतन्त्र स्थापनापछि उनीहरूलाई सरकारी कर्मचारीका रूपमा समायोजन गरिएको थियो । तर, तत्कालीन राजप्रासाद प्रशासनले 'सानुरानी साहेब' सरलाको घरमा काम गर्दै आएका निजी कर्मचारीको नाम भने सरकारलाई उपलब्ध नगराएको खुल्न आएको छ । मिति गुजि्रसकेको परिचयपत्र बोकेर उनीहरू दरबार छिर्ने गरेका छन् । सरकारी रेकर्डमा नाम नभएकाहरूमा द्वारे राधा तामाङ (सिन्धुपाल्चोक) खरिदार दिलिप तण्डुकार (कोटेश्वर काठमाडौं), डोले मानबहादुर तामाङ (दोलखा), कोटे जंगबहादुर गुरुङ (धादिङ), नानीहरू सरस्वती खड्का (फुटुङ काठमाडौं) र गीता घले (रामकोट काठमाडौं), भान्से बज्यैहरू देवकी (जानकी) ढकाल (बाह्रबिसे सिन्धुपाल्चोक), दधिमाया (सुभद्रा) पौडेल (बाह्रबिसे) र प्रभावती रेग्मी (नयाँ बानेश्वर) छन् । दरबारको निजी शाखातर्फ काम गर्दै आएका उनीहरूको नाम दरबार प्रशासनले सरकारलाई नदिएका कारण सरकारी सुविधाबाट वञ्चित हुनुपरेको एक कर्मचारीले नयाँ पत्रिकालाई जानकारी दिए । उनीहरूमध्ये खरिदार दिलिप तण्डुकारबाहेक आठ कर्मचारी दरबारभित्र सरला बस्दै आएको घरमा बसिरहेका छन् । नारायणहिटी दरबारको तीनतले घरको पहिलो तलामा सरला बसेकी छिन् भने दुई पुरुषसहित आठ कर्मचारी दोस्रो तलामा बस्दै आएका छन् । कर्मचारी स्रोतका अनुसार द्वारेको तलब मासिक तीन हजार ६ सय, खरिदारके तीन हजार सात सय, डोले र कोटेको दुई हजार आठ सय, दुई नानीहरूको प्रतिव्यक्ति दुई हजार सात सय र भान्से बज्यैहरूको तीन हजार एक सय रुपैयाँ तोकिएको छ । स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्रले नै उनीहरूलाई तलब खुवाइरहेका छन् ।'नागार्जुनबाट पैसा आउँछ भन्ने सुनेका छौं,' नयाँ पत्रिकासित एक कर्मचारीले भने, 'तर, नारायणहिटीमा चाहिँ द्वारे आमाले तलब दिनुहुन्छ ।' हाल नौ कर्मचारीका प्रमुखका रूपमा द्वारे राधा तामाङ कार्यरत छिन् । अर्का एक कर्मचारीका अनुसार गत वर्षसम्म सबैको तलब दुई हजारभन्दा कम थियो । 'यस वर्ष हामीले नै गुनासो गरेपछि तलब बढेको हो,' उनले भने । नौमध्ये द्वारे राधा, भान्से बज्यैहरू दधिमाया र प्रभावतीको उमेर ६० वर्ष नाघिसकेको छ । सरलाकहाँ खटिएकामध्ये डोले मानबहादुर तामाङ २२ वर्षका छन् भने नानी गीता घले २० वर्षकी छिन् । 'वृद्ध अवस्थाका कर्मचारीले औषधी पनि खान पुगेन भनेर गुनासो गरेपछि यसपालि तलब बढेको हो,' एक कर्मचारीले भने । यसैबीच, सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको नाम छुटेको विषयमा अनभिज्ञता प्रकट गरेको छ । 'हामीलाई त जानकारी नै थिएन,' मन्त्रालयका उपसचिव कुमारप्रसाद दाहालले नयाँ पत्रिकासँग भने, 'हामी तत्काल यस विषयमा बुझ्नेछौं ।'

पोखरामा वन पैदावर संग्रहालय स्थापना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वन तथा वनस्पतिको बारेमा अध्ययन-अनुसन्धान गर्नका लागि पोखरामा वन पैदावर संग्रहालय स्थापना गरिएको छ । वन विज्ञान अध्ययन संस्थान पोखराद्वारा आफ्नै परिसरमा स्थापित वन संग्रहालयमा देशमा पाइने विभिन्न जडीबुटी तथा काठ संग्रह गरिएको छ । करिब आठ लाख लागतमा निर्माण गरिएको सो संग्रहालयमा काठ, काठबाट निर्मित वस्तु र जडीबुटी संग्रहित छन् । निर्माण समितिका संयोजक अजयकुमार दासका अनुसार संग्रहालयमा एक सय ५० प्रजातिका जडीबुटी, ८५ जातका काठसँगै बाघ, भालुलगायतका वन्यजन्तुको छालासमेत संग्रह गरिएका छन् । संग्रहालय वन पैदावरसम्बन्धी अध्ययन गर्ने विद्यार्थीका लागि उपयुक्त हुने विश्वास गरिएको छ ।

मुम्बईको ताजमहल होटलमा आक्रमण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भर्खर बुधबार रातको साढे नौ बज्दै थियो । मुम्बईमा सबैभन्दा सुरक्षित मानिएको ताजमहल होटलको बियर बारमा मधुर संगीतसँगै मदिरामा झुम्दै गरेका पाहुनाहरू त्यतिबेला झस्के जतिबेला उनीहरूको अगाडि एके-४७ बोकेका केही आतंककारी युवा देखिए । 'हतियार लिएर उभिएको एउटा कालो वर्णको मान्छेले चिच्याउँदै भन्यो, 'अमेरिकी र बि्रटिस नागरिकले हात उठाऊ । हामीहरू तिमीहरूलाई मार्न चाहन्छौं,' घटनाका प्रत्यक्षदर्शी बेलायती नागरिक राकेश पटेलले त्रासले सुकेका ओठ कपाउँदै भने, 'भाग्य भएर बाँचियो । त्यसपछि के भयो मेरो दिल र दिमागले काम गरेन ।' समुद्रमा डुंगा चढेर बेलुन उडाउँदै मुम्बई प्रवेश गरेका चरमपन्थी हतियारधारीहरूले ताज होटलमा प्रवेश गर्नुपहिले नै मुख्य रेल्वे स्टेसन छत्रपति शिवाजी टर्मिनलमा गोली वर्षाएका थिए । यसको लगत्तै खबर आयो- आक्रमण त टर्मिनलमा मात्र होइन रहेछ । लियोपोल्ड रेस्टुरेन्ट, मेट्रो ऐडलैब्स, नरमेन हाउस, विले पार्ले, मझगाव, जिटी अस्पताल र कामा अस्पतालमा पनि आक्रमणका कारण त्यत्तिकै आतंक छाएको रहेछ । ताज होटलको छतमा ठूलो विस्फोट हुँदा एकाध पाहुनाहरू होटलबाट भागेर बाहिर निस्किसकेका थिए । राति एघार बजेतिर ताजबाहिर घाइतेहरूलाई स्टे्रचरमा हालेर दौडाएको दृश्य त्यत्तिकै दर्दनाक थियो । ताज र ओवराय होटलभित्र स्वचालित हतियारसहित आतंककारीहरू छिरेको खबरपछि सडकमा हिँडेका बटुवाहरूसमेत रोइकराइ गरेको दृश्य देखियो । बाहिर सडकमा स्थानीय बासिन्दाहरू आफ्ना साथीभाइ, आफन्तहरूको खोजीमा दौडिरहेका थिए । मुम्बईका विभिन्न स्थानमा भएका आक्रमणमा बिहीबार साँझसम्म कम्तीमा एक सय ३२ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । घटनाहरूमा कम्तिमा तीन सय १४ घाइते भए । मृत्यु हुनेहरूमा प्रतिआतंकवाद स्कड प्रमुख हेमन्त कारेकारेसहित कम्तीमा २६ प्रहरी, नौ विदेशी, ८२ भारतीय नागरिक र पाँचजना संदिग्ध आतंककारी बताइएको छ । ताज र ओवराय होटललगायतका अन्य स्थानमा हमलापछि बिहीबार दिनभर चरमपन्थी लडाकु र भारतीय कमान्डोहरूबीच गोली हानाहान भइरह्यो । होटलहरूमा रहेका आतंककारीहरूलाई निस्तेज पार्न राष्ट्रिय सुरक्षा गार्ड (एनएसजी) र अन्य सुरक्षा फौजका निसानावाजहरू ती होटलमा खटिएका देखिए ।उनीहरूले सतर्कताका साथ होटलका कोठाहरूमा छापा मारिरहे । कारबाही थाल्नुअघि सुरक्षा फौजले बिहीबार बिहान वरपरका बस्तीबाट थुप्रै बासिन्दालाई उद्धार गरेका थियो । ताज होटलमा बिहीबार राति कमान्डोहरूले अन्तिम 'अपरेसन×' जारी राखेका छन् । भारतीय प्रहरीले ताजमा लुकेका सबै आतंककारी मारिएको दाबी गरेको छ । कमान्डो अपरेसन भएका सबै होटलहरूमा थुप्रै कर्मचारी पनि मारिएको बताइएको छ । घटनाको डेक्कन मुजाहिद्दिन नामक सञ्जालले जिम्मेवारी लिए पनि भारतीय सुरक्षा संयन्त्रले यसको आधिकारिकता पुष्टि गरेको छैन ।घटनाहरूपछि मुम्बई महानगरभर सन्त्रास छाएको छ । सबै शैक्षिक संस्था, निजी कम्पनी र कलकारखानाहरू बन्द गर्ने आदेश दिइएको छ । बैंकिङ कारोबार र स्टक एक्स्चेन्ज ठप्प छन् । महाराष्ट्रका मुख्यमन्त्री बिलासराओ देशमुखले 'स्थिति विकराल रहेको' बताए । 'मुम्बई अपरेसन'का लागि छिमेकी पुने र दियोलालीबाट करिब पाँच सय सैनिक र नयाँदिल्लीबाट दुई सय एनएसजी कमान्डो पनि थपिएका छन् । यो समाचार तयार पारुन्जेलसम्म ओवराय होटलमा कम्तीमा सयजना पाहुनालाई आतंककारीहरूले बन्धक बनाइरहेका छन् । यसैगरी, प्रधानमन्त्री मनमोहन सिंहले मुम्बईमा गरिएका आतंकवादी हमलामा संलग्नहरू भारतबाहिरका रहेका भन्दै यसको मूल्य आतंकवादीहरूले चुकाउनुपर्ने चेतावनी दिएका छन् । उनले घुमाउरो पारामा पाकिस्तानले आतंकवादीका लागि भूमि उपलब्ध गराएको र यो कुरा दह्रोसँग उठाइने बताए ।नेपालसहित विभिन्न मुलुकले मुम्बई घटनाको भत्र्सना गरेका छन् । अमेरिका, जापान, बेलायत र जर्मनले घटनाको निन्दा गर्दै आतंकवादविरुद्धको लडाइँमा सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन् । यसैबीच, मुम्बईमा भएको आतंकवादी हमलाको विषयलाई लिएर भारतको प्रमुख प्रतिपक्ष दल भाजपाले केन्द्र सरकारको विरोध नगर्ने भएको छ । आतंककारी हमलाको सन्दर्भमा विपक्ष दल भाजपाका नेता लालकृष्ण आडवाणीले अध्यक्षता गरेको आपतकालीन बैठकले आतंकवादलाई राजनीतिभन्दा माथि राखिनुपर्ने र समाज टुक्र्याउनेे मतभेद भुल्न सबैमा आह्वान गरेको छ । भाजपाका अध्यक्ष राजनाथ सिंहले आफ्नो चुनाव प्रचारको क्रममा आतंकवादको मुद्दाको विषयमा सरकारको आलोचना हाललाई रोकिने बताए । भाजपाको यो निर्णयले सत्तारुढ कांग्रेसलाई केही राहत दिएको छ । यति हुँदाहुँदै पनि यस हमलाले गर्दा नजिकिँदै गएको चुनावमा कंग्रेसलाई नराम्रो असर पर्ने सक्ने सम्भावना औंल्याइएको छ । 'घटनाले भारतीय सुरक्षा व्यवस्था कमजोर रहेको देखायो । 'भारतीय राजनीतिमा चुनावअगाडि भएको यो घटनाको प्रभाव पर्छ नै,' लामो समयसम्म भारतमा रहेर पत्रकारिता गरेका नेपाली पत्रकार युवराज घिमिरेले नयाँ पत्रिकासित भने, 'घटनाले भारत र पाकिस्तानको सम्बन्धलाई प्रभावित पार्ने देखिन्छ ।'(एजेन्सीको सहयोगमा)

Nov 27, 2008

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको प्रेस-विज्ञप्ति


संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको ऐतिहासिक दोस्रो राष्टि्य सम्मेलन २०६५ मंसिर ६ र ७ गते काठमाडौंमा सम्पन्न भयो । सम्मेलनमा प्रस्तुत अध्यक्ष र अध्यक्ष मण्डल सदस्यहरूको राजनीतिक अवधारणा-पत्र, कार्यवाहक महासचिवको राजनीतिक प्रतिवेदन, सम्वद्ध राज्य परिषद्हरूको राजनीतिक प्रतिवेदन र जन संगठनहरूको राजनीतिक प्रतिवेदनमाथि व्यापक छलफल र बहस गरी सम्मेलनबाट पारित निम्न राजनीतिक निर्णयहरू पत्रकार सम्मेलन मार्फत् सार्वजनिक गर्दछौ ।
१. संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको कार्यदिशा राष्ट्रिय मुक्तिका लागि शान्तिपूर्ण सशक्त आन्दोलन र वि द्रोह हुदै क्रान्तितर्फ उन्मुख हुने । यो कार्यदिशा मञ्च र यस सम्वद्ध सम्पूर्ण इकाईहरूमा लागू हुनेछ । मञ्चको तत्कालीन कार्यदिशा शान्तिपूर्ण सशक्त आन्दोलनको परिभाषा अर्न्तर्गत हुनेछ । जसको लक्ष्य संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा जातिहरूको ऐतिहासिक पृष्ठभूमि, भाषा र क्षेत्रको आधारमा आत्मनिर्णयको अधिकारसहितको लिम्बुवान, खम्बुवान, तामाङसालीङ, थरुहट, नेवाः,मगरात, तमुवान र खसानलगायतका स्वायत्त गणराज्यहरू स्थापना र विकास गर्नु हुनेछ ।
क. शान्तिपूर्ण सशक्त संघर्ष भन्नाले
अ. राज्य प्राप्तिका लागि जनतालाई संगठित, प्रशिक्षित र आन्दोलित गर्ने
आ. संविधान सभाद्वारा नयाँ संविधान लेख्ने प्रक्रियामा मुलुक रहेकोले एकात्मक अति जातिवादी र सामन्तवादीहरूले दिएको संघात्मक होइन कि हामीले चाहेको संघात्मक नेपालअर्न्तर्गत् स्वायत्त राज्यहरू नयाँ संविधानमा ग्यारेण्टी गर्न सदनभित्र र सदनबाहिर कठोर दवाव दिने कार्यक्रमहरू गर्ने
इ. राज्य प्राप्तिको लागि बन्दुक पड्काउने र साम्प्रदायिक दङ्गा फैलाउने बाहेकका सबै कार्यक्रमहरू गर्ने जस्तै राज्यलाई कठोर अल्टिमेटन दिने मोर्चावन्दी गरी आन्दोलन गर्ने हजारौंको जनप्रदर्शन र लाखौको हस्ताक्षर सङ्कलन,अनिश्चितकालनीन आम हड्ताल आदि,
र्इ. अस्तित्व, पहिचान स्थापना र अधिकार प्राप्तिका लागि बहुसङ्ख्यक् आदिवासी जनाजाति, दलित र महिलाहरूलाई एकतावद्ध गर्दै राजनीतिक विद्रोहमा सरिक गराउने ।
ख. विद्रोह भन्नाले
अ. राज्यले संवैधानिक र कानुनी रुपमा नागरिकमा लगाएका सबै खाले नियमहरूलाई उल्लङ्घन गर्दै जनताद्वारा स्थापित पूर्ण अधिकार प्राप्तिको लागि विद्रोह गर्दै राष्ट्रिय मुक्ति आन्दोलनको दिशामा अघि बढ्ने ।
ग. क्रान्ति भन्नाले
अ. शान्तिपूर्ण सशक्त आन्दोलन अथवा रचनात्मक आन्दोलनको उच्चतम् रुप हुनेछ ।
आ. राज्य प्राप्तिको लागि हाम्रो पार्टीले गरेको वि द्रोहलार्इ राष्ट्रिय मुक्तिका लागि हजारौ लाखौ जनता एकैपटक कलम,लट्ठी, खुकुरी लगायत आवश्यक सबैखाले हतियारहरू बोक्नेछन् र प्रतिगामी राज्यसत्तालाई खुलेआम आक्रमण गरी राज्यसत्ता कब्जा गर्ने ।
२. संविधान सभामा बन्ने नयाँ संविधान हाम्रो पक्षमा पार्नका लागि
क. मुद्दा मिल्ने दलहरूबीच मोर्चावन्दी गर्ने र ती राजनीतिक दलका सभासद्हरूबीच पनि मोर्चावन्दी गराउने
ख. पार्टीगत मोर्चाले सडक संघर्ष गर्ने र सभासद्हरूले सदन संघर्ष गर्ने
ङ. मञ्चको तर्फबाट संविधान सभालाई विकल्पको सविधान निर्माण गरी कार्यान्वयनको लागि दवाव दिने,
३. नेपाल सरकार र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबीच २०६४ फागनु १८ मा गरिएको पाँच बुदे सहमतिलाई तुरुन्त कार्यान्यवन गर्न राज्यलाई १५ दिने कडा अल्टिमेटम दिने र कार्यान्वयन नगरे कडा संघर्षमा जाने,
४. जातीय ऐतिहासिक पृष्ठभूमि, भाषा र क्षेत्रको आधारमा आत्मनिर्णयको अधिकारसहितको स्वायत्त गणराज्यहरु चाहने संघीय गणतन्त्रवादीहरूबीच वृहत् राष्ट्रिय राजनीतिक सम्मेलन गर्ने
५. महाधिवेशनको मिति तय गर्ने बारे
क. २०६५ चत्रै १३, १४ र १५ गते संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको दोस्रो राष्ट्रिय महाधिवशन काठमाडौमा गर्ने
६. विस्तृत शान्ति सम्झौता सहमति र सेना समायोजन बारे
क. विस्ततृ शान्ति सम्झौता र साझा सहमतिलगायत राज्यसँग भएका सबै सम्झौताहरूलाई कार्यान्वयन गर्दै संविधानसभा, राज्य र राजनीतिक दलहरू नयाँ संविधान निर्माणमा केन्द्रीत हुनुपर्ने
ख. विस्ततृ शान्ति सम्झौतामा भएको सहमति अनुसार तुरुन्त सेना समायोजनको विषयलाई समाधान राज्यले गर्नुपर्ने
ग. सेना कटौती गरी त्यहाँबाट बचेको अर्थले अनिवार्य सैनिक शिक्षा लागू गरी सम्पूर्ण नेपाली जनतालाई मातृभूमि रक्षाका लागि सुरक्षित दस्ता बनाउने,
७. संविधान सभा निर्वाचनदेखि अहिलेसम्म आईपुग्दा राज्य र राजनीतिक दलहरूले प्रतिवद्धता जनाएका जातीय मुक्ति र जातीय स्वायत्तराज्य प्राप्तिका सवालहरूलाई छाँयामा पार्दै लगेकोले ती पक्षहरूलाई कडा दवाव र चुनौती दिन जनतालाई जागरुक बनाउने र आन्दोलित गर्ने
८. भोलेण्टियर्सहरूलाई सम्बन्धित् राज्य परिषद्हरूमा सशक्त र अनुशासित बनाउँदै ती शक्तिलाई मुलुक भरि सञ्जाल बनाई परिचालन गर्न संघीय भोलेण्टियर्सलाई सक्रिय बनाउने,
९. मुक्तिको निर्णायक संघर्षका लागि जनता, राष्ट्रका राजनीतिक शक्ति र अन्तर्राष्ट्रिय शक्तिहरूलाई सन्तुलित रुपमा अगाडि बढाउँदै लैजाने,
१०. मञ्चमा महिलाहरूलाई सशक्त उपस्थित गाराउन मञ्च सम्बद्ध सबै राज्य परिषद्हरूले बढीभन्दा बढी मञ्चको संघीय कार्य समिति र सचिवालयमा सहभागी गराउने,
११. अरुण तेस्रो, कोशी उच्च बाँधलगायत् अन्य कुनै पनि किसिमका संघीय स्वायत्तता विरोधी राज्यका निर्णयहरू अविलम्ब बन्द गर्नुपर्ने
१२. खम्बुवान राज्यको भोजपुर घोडेटारस्थित् हतुवा गढी, तामाङसालीङ राज्यको रामेछापस्थित दोरम्बा गाविस वडा नं. ३ तल्जु गढी र लिम्बुवानको पान्थरथुम् सिलौटीस्थित् महागुरु फाल्गुनन्दको समाधिस्थलमा राज्यले सेना क्याम्प खडा गरी खम्बुवान,तामाङसालीङ र लिम्बुवान राज्यको ऐतिहासिक सम्पदामाथि ठाडो हस्तक्षेप गरेकोले उक्त सेना क्याम्प तत्कालै हटाउनु पर्ने ।
डि.के.वुद्धिष्ट तामाङ
अध्यक्ष
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
अ.तामाङसालीङ स्वायत राज्य परिषद

कमल छाराहाङ
अध्यक्ष मण्डल सदस्य
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च

कुमार लिङ्देन
अध्यक्ष मण्डल सदस्य
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
अ.संघीय लिम्वुवान राज्य परिषद

लक्ष्मण थारु
अध्यक्ष मण्डल सदस्य
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
अ.थारुहट स्वायत राज्य परिषद

इन्द्रहाङ खम्वू
अध्यक्ष मण्डल सदस्य
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
अ.खम्वूवान स्वायत राज्य परिषद

विष्णु तुम्वाहाम्फे
अध्यक्ष मण्डल सदस्य
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च

मितिः २०६५।०८।०८

हराएका दुइ बालकको बाह्र दिनपछि शव प्राप्त

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नयाँ किनेको मोबाइलसेट चित्त नबुझेपछि फिर्ता गर्न घरबाट हिँडेका दुइ स्कुले बालकको १२ दिनपछि शव फेला परेको छ। काठमाडौं महानगरपालिका-१३ ताहाचलनिवासी १५ वर्षीय रीतेश रौनियार र सोही स्थान बस्ने आशिष मानन्धरको हत्या गरिएको अवस्थामा शव फेला परेको हो।दुवैको शव काठमाडौं महादेवस्थान-४ स्थित गुमाली सामुदायिक वनको खोंचमा फेला पारिएको महानगरीय प्रहरीवृत्त कालीमाटीले बुधबार जनाएको छ।दुवैका मुख चिन्नै नसकिने गरी काटिएका छन् भने शरीरका विभिन्न ठाउँमा धारिलो हतियार प्रहार गरिएको छ। बुधबार बिहान ९ बजे घटनास्थल पुगेका प्रहरीले शवनजिक थ्रीनटथ्री राइफलको एक थान गोली फेला पारेका थिए।कात्तिक ३० गते दिउँसो ४ बजे छाउनी जान निस्केका दुवै बालक भोलिपल्टसम्म घर नर्फर्केपछि परिवारजन किंकर्तव्यविमूढ भएका थिए। छोरा घरबाट निस्केको करिब ६ घण्टापछि मोबाइलमा सर्म्पर्क हुन छाडेपछि दुवैका परिवारले भोलिपल्ट प्रहरीवृत्त कालीमाटीमा उजुरी दिएका थिए। दुवै बालकको मंसिर १ गते राति २:३० बजेदेखि मोबाइलको स्विच अफ गरिएको थियो।हराएको भोलिपल्ट प्रहरीमा उजुरी दियौं, प्रहरीले वास्तै गरेन’, आशिषका बुबा श्रीप्रसाद मानन्धरले नेपाल समाचारपत्रसँग भने- प्रहरीको बेवास्ताकै कारण हाम्रा छोराहरूको हत्या भएको हो।’हत्या गरिएका बालकमध्ये मानन्धर बाफलस्थित न्यु जेनिथ बोर्डिङ स्कुल र रौनियार विल्सन एकेडेमीमा कक्षा ९ मा पढ्दै थिए।बुधबार बिहान शव लिन गएका प्रहरीले आफन्तलाई नबोलाएको भन्दै प्रहरीवृत्त कालीमाटीमा आफन्तजनले नाराबाजी गरेका थिए। उनीहरूले हत्यारा पत्ता नलागे कडा आन्दोलन गरिने चेतावनीसमेत दिएका छन्। आफन्तले रीतेशले लगाएको कर्न्भर्स जुत्ता र आशिषको टाटुबाट शव पहिचान गरेका थिए।छोराको हत्या भएको थाहा पाएपछि रीतेशकी आमा बेहोस अवस्थामा छिन्। दुवै बालकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ।घटना थाहा पाएपछि कालीमाटीस्थित प्रहरीवृत्तमा पुगेका सभासद नवीन्द्रराज जोशीले हत्याको जिम्मा प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री वामदेव गौतमले लिनुपर्ने बताउँदै उपत्यकाका जनताको सुरक्षा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिए।क्षतिपूर्ति र माफ माग्दैमा क्षमा दिन नसकिने बताउँदै उनले भने- हत्यारा सरकार नै हो।’एमाले नेता कृष्णगोपाल श्रेष्ठले घटना भएको जानकारी दिँदादिँदै वृत्तका प्रहरीप्रमुखले बेवास्ता गरेको आरोप लगाउँदै प्रहरीकै लापरबाहीका कारण दुइ बालकको हत्या भएको बताए।दुइ स्कुले बालकको हत्या भएपछि शोकाकुल बनेका एमाले नेता श्रेष्ठ प्रहरी कार्यालयमै बेहोस भएका थिए।प्रहरीले हत्या भएको स्थानबाट मुचुल्का नै नउर्ठाई बोरामा कोचेर शव लगेको आरोप स्थानीय बासिन्दाको छ। मलाई समेत जानकारी दिएनन्’, आशिषका बुबा श्रीप्रसादले भने- मेरो छोरो मैले हेर्न नपाउनु, कस्तो नालायक प्रहरी -’घटनाबारे अनुसन्धान भइरहेको बताउँदै वृत्तका प्रहरी नायब उपरीक्षक उमेश रञ्जितकारले घटनाका विषयमा केहीलाई पक्राउ गरिसकेको जानकारी दिए। अनुसन्धानका क्रममा पक्राउ गरिएकामध्ये केहीलाई पहिले नै छाडिएको उनले बताए।हत्याको छानबिन गर्न महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी नायब उपरीक्षक ठाकुर ज्ञवालीको संयोजकत्वमा एक समिति गठन गरिएको छ।हत्याकाण्डका विषयमा छानबिन गरिरहेको बताउँदै महानगरीय प्रहरीपरिसर काठमाडौंका प्रमुख प्रहरी उपरीक्षक नवराज सिलवालले अपराधीलाई पक्राउ गरेरै छोड्ने बताए।घटनाको विरोध जनाउँदै स्थानीय बासिन्दाले बुधबार राति कालीमाटीमा टायर बाली विरोध प्रदर्शन गरेका थिए। प्रदर्शनकारीहरूले नेपाल एफएमको बा६च ४४०० नम्बरको गाडीमा ढुंगा प्रहार गरी क्षति पुर्याएको सो एफएमले जनाएको छ।

नेपाल-भारत दुइ देशको सम्बन्धले नयाँ गतिमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
परिवर्तित जनचाहनालाई प्रतिविम्बित गर्ने गरी नेपाल-भारत दुइ देशको सम्बन्धले नयाँ गति लिएको उद्घोष गर्दै परराष्ट्रमन्त्री उपेन्द्र यादव र भारतका विदेशमन्त्री प्रणव मुखर्जीले बुधबार १६ बुँदे संयुक्त प्रेस विज्ञप्ति जारी गर्नुभएको छ। तीनदिने नेपाल भ्रमणको अन्तिम दिन बुधबार विदेशमन्त्री मुखर्जी स्वदेश फर्किनुअगाडि सो संयुक्त विज्ञप्ति जारी गरिएको हो। मंगलबार नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय बैठक सम्पन्न भएको थियो।विज्ञप्तिमा भनिएको छ- दुइ देशका उच्च अधिकारीबीच भएको छलफलले दुवै देशका जनताको परिवर्तित चाहना तथा हितलाई प्रतिविम्बित गर्ने गरी नेपाल-भारत सम्बन्धले नयाँ गति लिएको छ।’गत असोज महिनामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’को भारत भ्रमणका बेला दुवै देशका सरकारप्रमुखले जारी गर्नुभएको २२ बुँदे संयुक्त विज्ञप्तिमा उल्लेख गरिएका सीमा-अपराध, सीमासुरक्षा, जलस्रोत, व्यापारलगायतका निर्णय कार्यान्वयनमा आएको विज्ञप्तिमा जनाइएको छ। नेपाल-भारत द्विपक्षीय हितका निम्ति बनेका विभिन्न संयन्त्रलाई पुनः सक्रिय गर्नुका साथै यसलाई निरन्तरता दिनुपर्नेमा परराष्ट्रमन्त्री यादव र विदेशमन्त्री मुखर्जी दुवै सहमत भएको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा जनाइएअनुसार आउँदो १० वर्षभत्र नेपालले १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य पूर्ति गर्ने विषयमा द्विपक्षीय लाभको सहकार्यलाई कसरी छरितो बनाउन सकिन्छ भन्ने सम्बन्धमा पनि छलफल गरिएको थियो। कोसीबाँधको पुनर्निर्माण र कोसीनदीलाई पुरानै स्थानमा फर्काउने कार्य आगामी मार्चसम्ममा सकिने जनाइएको छ। नेपालको वर्तमान व्यापारिक वातावरणले यहाँस्थित भारतीय लगानीकर्तालाई नकारात्मक प्रभाव पारिरहेकोमा चिन्ता व्यक्त गर्दै तत्काल प्रभावकारी रूपमा यो समस्यालाई सम्बोधन गर्न विदेशमन्त्री मुखर्जीले आग्रह गर्नुभएको र नेपाल सरकारले भारतीय व्यापारीलाई लगानीमैत्री वातावरण सिर्जना गर्ने विश्वास दिलाएको विज्ञप्तिमा जनाइएको छ।

खाद्यान्न मूल्यवृद्धि २५ प्रतिशत घट्यो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालमा खाद्य पदार्थको मूल्य घट्ने भएको छ । मूल्यवृद्धि १४.१ प्रतिशत बढेर महँगोमा खाद्य खरिद गर्न बाध्य सर्वसाधारणले २५ प्रतिशत कम मूल्यमा अबदेखि खाद्यान्न आपूर्ति गर्न पाउने भएका छन् । यद्यपि वनस्पति घ्यूतेलमा ५० प्रतिशतसम्म मूल्य गिरावट भइसकेको उद्योगीहरू बताउँछन् । भारतलगायत तेस्रो मुलुकबाट आयात गरिने खाद्यान्न तथा कच्चा पदार्थको मूल्यमा आएको गिरावटका कारण नेपालमा पनि त्यसको मूल्य सस्तो पर्ने भएको हो । खाद्यान्नमा प्रयोग गरिने विभिन्न कच्चा पदार्थको मूल्यमा अहिले उच्च गिरावट आएको छ । तर, खाद्य पदार्थको खुद्रा मूल्यमा कुनै फरक नआएको ताहाचलमा किराना पसल गर्ने सीता महर्जनले बताइन् ।सर्वसाधारणले सुपथ मूल्यमा खाद्यान्न खरिद गर्न पाउने भए पनि खाद्य उद्योगीले भने नोक्सानी वेहोर्नुपर्ने अवस्था आएको छ । तेल, घ्यू, मैदा, आटालगायत खाद्य सामग्री तथा तयारी खाद्यान्न बनाउन प्रयोग गरिने वस्तुको मूल्य तीन महिना अन्तरालमा ४० देखि ५० प्रतिशतसम्म गिरावट आएको छ । यसले सर्वसाधारणको खरिद व्ययभार कम गर्नेछ भने उच्च मूल्य हुँदा मौज्दात राखेका व्यवसायीलाई भने अहिलेको बजारभाउअनुसार नै उत्पादन बिक्री गर्नुपर्ने भएकाले करोडौं रुपैयाँ नोक्सान हुने कृष्ण घ्यू उद्योगका मनीषकुमार अग्रवालले बताए । नेपालमा हाल करिब पाँच सय खाद्य सञ्चालनमा उद्योग छन् ।नेपाली बजारमा मात्र खाद्य उत्पादन बिक्री गर्दा खास नोक्सान नभए पनि अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने सामग्रीमा उच्च नोक्सान हुने अग्रवालको भनाइ छ । अहिले अन्तर्राष्ट्रिय बजारमा गहुँको पीठो प्रतिटन पाँच सय ३३ अमेरिकी डलर छ । तीन महिनाअघि त्यसको मूल्य सात सय ७५ थियो । यसैगरी मकैको तीन सय ५२, भटमासको आठ सय ८१, भटमास तेलको ३२, भटमासको खाना दुई सय ५६ र चामलको १३ अमेरिकी डलर बजार मूल्य छ । नेपाली उद्योगले सबैभन्दा बढी प्रयोग गर्ने अन्तर्राष्ट्रिय खाद्य कच्चा पदार्थ पाम आयलको मूल्य ११ सयबाट झरेर चार सय ३० डलरमा झरेको छ । तीन महिना अन्तरमै यति ठूलो रुपमा मूल्यमा गिरावट हुँदा खाद्य उद्योग संकटमा परेको अग्रवालले बताए । 'तीन महिनाको अन्तरमा यति ठूलो रुपमा मूल्य गिरावट हुन्छ,' उनले भने, 'महँगोमा कच्चा पदार्थ खरिद गरेर मौज्दात राखेका उद्योग झनै संकटमा पर्ने भए ।'यस्तै, अन्तर्राष्ट्रिय बजारमा बटर एक सय ४९, पाउडर दूध १५ र मासु ८५ अमेरिकी डलरमा उपलब्ध हुन थालेको छ । यसैगरी चिनी तथा कफी मूल्य घटेर क्रमशः १९ र एक सय १२ (प्रतिकेजी) अमेरिकी डलर छ । तीन महिनाअघि ती खाद्य सामग्री मूल्य ४० प्रतिशतसम्म महँगो थियो । सबैभन्दा बढी मार घ्यू तथा तेल उद्योगलाई परेको छ । घ्यूमा प्रयोग हुने पाम आयल मूल्यमा आएको उच्च गिरावटका कारण ती उद्योग धराशयी बन्दै गएको हुन् । 'घ्यू उद्योग त पहिलेदेखि नै रुग्ण हुन्', अग्रवालले भने, 'त्यसमाथि कच्चा पदार्थ मूल्यमा आएको गिरावटले बन्द अवस्थामा पुर्‍याएको छ ।'अन्तर्राष्ट्रिय रुपमा पेट्रोलियम पदार्थको मूल्यमा आएको गिरावटले पनि खाद्यान्न उद्योगलाई संकटमा पार्ने काम गरेको अग्रवालले बताए । उनका अनुसार, गहँु, मकै, उखु तथा तेल उत्पादन हुने अन्य अन्न इथानोल बनाउन प्रयोग गरिंदा एकाएक बढेको खाद्यान्न मूल्य पेट्रोलियम पदार्थ इथानोलभन्दा सस्तो बन्दै गए पनि खाद्यान्न मूल्य घटेको हो ।

उपाध्यक्ष पदको लागि ६ जनाले मनोनयनपत्र दर्ता गरे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१३ मंसिरमा हुने संविधानसभा उपाध्यक्ष पदको निर्वाचनका लागि ६ जनाले मनोनयनपत्र दर्ता गरेका छन् । उपाध्यक्ष पदका निम्ति मनोनयनपत्र दर्ता गराउनेमा राप्रपाकी प्रतिभा राणा, सद्भावना पार्टीका खोभारी राय, नेपाल मजदुर किसान पार्टीकी लीला न्याइच्याईं, माओवादीकी पूर्णाकुमारी सुवेदी, तराई मधेस लोकतान्त्रिक पार्टीका रमणी राय र मालेका नीलम केसी छन् ।

अरब गएकी नेपाली चेली अरबीको गर्भ बोकेर फर्किन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
६ महिनाअघि घरेलु कामदारका रूपमा साउदी अरब गएकी नेपाली चेली अरबीको गर्भ बोकेर फर्किएकी छिन् । दलालमार्फत साउदी अरब पुगेकी सुनसरी मधेली- ९ की अञ्जु मुसहर (नाम परिवर्तन) अरबीको सामूहिक बलात्कारपछि गर्भ बोकेर चार दिनअघि मात्र घर फर्किएकी हुन् ।वैदेशिक रोजगारकी दलाल मिना (सम्झना) खड्का क्षेत्रीले अञ्जुलाई मासिक १५ हजार तलब हुने आश्वासन दिएर आफ्ना सहयोगीमार्फत १६ जेठ ०६५ मा साउदी अरब पठाएकी थिइन् । उनलाई मिनाका सहयोगी सुनसरी डुम्राहा- ७ का मोस्ताकी मियाँ र मधेसा- ५ का वासुकी मोचीले मुम्बईको बाटो हुँदै साउदी अरब पुर्‍याएका थिए ।अञ्जुलाई लैजाने मियाँ र अन्य दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथर आङ्ना- ६ घर भई झापा दमक- १० डेरा गरी बस्ने ३६ वर्षीय इन्द्र सम्बाहाम्फे र सुनसरी मधेसा- ६ का ३६ वर्षका वासु राम (चमार) छन् । पीडितले पक्राउ परेका तीनजना र पाँचथर मौवा घर भई इटहरी- ४ बस्ने मिना खड्का, इटहरी- ४ की रेखा चौधरी र रामकुमार चौधरीविरुद्ध मानव बेचबिखन र सरकारी छाप किर्ते गरेको मुद्दा दर्ता गर्न खोज्दा जिल्ला प्रहरी कार्यालय सुनसरीले मुद्दा दर्ता गर्न अस्वीकार गरेको छ । प्रमाण नपुगेको भन्दै बिहीबार बिहान १० बजे पुनः आउनु भन्दै प्रहरीले निवेदन नलिएको पीडितका वकिल सुमन कार्कीले बताए । अञ्जुका बुबा धर्मे मुसहरले गरिब मुसहर, बाँतर, झाँगड समुदायका चेलीलाई वैदेशिक रोजगारमा पुर्‍याउने बहानामा गैरकानुनी रूपमा साउदी पुर्‍याएर बिक्री गर्ने गरेको बताए । टोलका दुई सय ५० भन्दा बढी महिलालाई उनीहरूले लगेपछि एक पैसा पनि खर्च गर्न नपर्ने र राम्रो ठाउँमा रोजगारी लगाइदिने आश्वासन दिएपछि आफूले पनि विश्वास गरेर छोरीलाई उनीहरूको साथ लगाएर पठाएको धर्मेले बताए । इनरुवाका अधिकारकर्मी भेषराज पोख्रेलका अनुसार एउटी महिलालाई फकाएबापत मिनाले गाउँका एजेन्टलाई पाँच सयदेखि दुई हजार रुपैयाँसम्म कमिशन दिने गरेकी छिन् । आफूलाई कहिले मिना तामाङ बताउने उनले सुनसरी र झापाका प्रहरीलाई समेत मासिक रूपमा रकम दिएर महिलालाई मुम्बईसम्म पुर्‍याउने गरेको तथ्य फेलापरेको उनले जनाएका छन् ।उनले काँकडभिट्टाका प्रहरीलाई एक महिलालाई काँकडभिट्टा नाका कटाएको पाँच सयका दरले रकम बुझाउँदै आएकी छिन् । यस विषयमा पटक-पटक जानकारी गराउँदा पनि प्रहरीले कुनै चासो नदिएको उनले बताए । मिना हाल इटहरी- ४ मा घर किनेर गोप्य रूपमा दलालको काम गरिरहेको स्रोतले जनाएको छ ।गैरकानुनी रूपमा गरिब, सोझा-सिधा महिलालाई मुम्बईको बाटो हुँदै खाडी राष्ट्र पुर्‍याउने गिरोह सुनसरीमा सक्रिय रहेको ओरेक सुनसरीका विनोद चौधरीले बताए । सो गिरोहका बारेमा पटक-पटक जिल्ला प्रहरी कार्यालयलाई जानकारी दिँदा पनि वास्ता नगरेको उनले बताए । उनका अनुसार ६ महिनाको गर्भ बोकेर घर फर्केकी अञ्जुलाई मिनासहितको गिरोहले नक्कली कागजात पेस गरेर साउदी पुर्‍याएको प्रमाण पनि फेलापरेको छ । साउदीबाट भागेर आउँदा उनले ल्याएको पासपोर्ट र नागरिकता अर्कैको हो । फोटो मात्र उनको भएको चौधरीले बताए । झापा जिल्ला प्रशासन कार्यालयबाट सन् २००७ सेप्टेम्बर १४ तारेखमा झापाको शनिश्चरे- ५ निवासी नीरीमाया धिमालको नाममा जारी पासपोर्टमा अञ्जुको फोटो टाँसेको पाइएको चौधरीले बताए । अञ्जुको फोटो टाँसेको सो पासपोर्टको नम्बर ३६९९९२२ हो । सो पासपोर्टमा नीरीमायाको जन्ममिति १९७९ सेप्टेम्बर २८ तारेख उल्लेख गरिएको छ । अञ्जुको फोटोमा होलोग्राम भने टाँसिएको छैन । पासपोर्ट मात्र होइन, उसको नागरिकतामा पनि अञ्जुकै फोटो टाँसिएको छ । १ साउन ०५० मा जारी सो नागरिकताको नम्बर भने २५७५ हो । नीरीमायालाई झापा जिल्ला प्रशासनका तत्कालीन प्रशासकीय अधिकृत चन्द्रप्रकाश अधिकारीले नागरिकता दिलाएका हुन् । नीरीमायाको नागरिकता र पासपोर्ट ती दलालहरूले कसरी कहाँबाट ल्याए, आफूलाई केही थाहा नभएको अञ्जुले बताएकी छिन् । नागरिकता र पासपोर्ट आफंै बनाइदिने बताएकाले आफूले त्यसतर्फ चासो नदिएको उनले बताइन् ।पछि साउदी उड्ने बेलामा मात्र आफूले थाहा पाई नाम नमिलेको बताउँदा केही नहुने जवाफ उनीहरूले दिएको उनले जनाएकी छिन् । सो गिरोहले दिल्ली र मुम्बईमा नै नक्कली काम गर्ने गरेको उनले बताइन् । सुनसरीका प्रहरी प्रमुख राजेन्द्रमान श्रेष्ठले आफू भर्खरै सरुवा भई आएकाले मियाँ पक्राउ परेको र दलालहरू जिल्लामा सक्रिय भएको विषयमा केही जानकारी नभएको बताए । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक शम्भु पोख्रेलले गाउँलेले मियाँलाई पक्रेर प्रहरीलाई बुझाएको र उनीमाथि छानबिन भइरहेको जनाए । पीडितबाट जाहेरी दर्ता भएपछि छानबिनलाई तीव्रता दिई प्रमाणित भएमा कानुनअनुसार कारबाही गर्ने उनले बताए ।


'गर्भवती भएपछि मार्ने योजनासम्म बनाए'

मिना खड्काले मलाई मासिक १५ हजार पाउने आश्वासन दिएर साउदी अरब जान अनुरोध गरेकी थिइन् । नाजुक आर्थिक अवस्था र एक पैसा पनि खर्च नलाग्ने भनेपछि म साउदी अरब जान तयार भएँ । १६ जेठ ०६५ मा मिनाका सहयोगी मोस्ताकी मियाँ, वासुकी मोची र अन्य दलालहरू मलाई लिन मेरो घर आए । घरबाट हिँडेपछि उनीहरूले मलाई इटहरीस्थित मिनाको घरमा पुर्‍याए । इटहरीबाट काठमाडौं हुँदै मियाँ र मोचीसँगै म मुम्बई पुगँ । मुम्बईमा एक महिनाको बसाइपछि मलाई साउदी अरब उडाए । साउदी अरब पुग्दासम्म मैले एक पैसा पनि खर्च गर्नुपरेन ।साउदी पुर्‍याएपछि एक व्यक्तिको घरमा कामदारको रूपमा राखिदिएर मियाँ र मोची हिँडे । काम गर्न थालेपछि सुरु भयो मेरो नारकीय जीवन । दैनिक घरमालिकसँग मात्र होइन, उनका पाहुनासँगसमेत यौनसम्पर्क राख्नुपथ्र्यो । राख्न नमाने ठूलो मानसिक एवं शारीरिक यातना खेप्नुपथ्र्यो । दैनिक ६ जनासम्मले मलाई जबर्जस्ती गर्थे । आधा पेट रोटी खान दिएर उनीहरूले मेरो अस्मिता लुटे । 'यस्तो नगर्नुहोस्, मलाई अरू नै काम लगाउनुहोस्' भन्दा पनि 'तँलाई यसैका लागि यहाँ ल्याएको हो, नमाने मारेर फ्याँकिदिन्छौं' भनेर धम्की दिन्थे ।बिहानदेखि साँझसम्म घरमालिकका कपडा धुने, भाँडाकुँडा माझ्नेलगायतका काम गर्नुपथ्र्यो । राति भएपछि मालिक र उनका पाहुनाले मदिरा पिएर जबर्जस्ती यौनसम्पर्क राख्थे । कहिलेकाहीँ बेहोससमेत हुन्थेँ । बेहोस भएपछि पानी छम्केर होसमा ल्याई फेरि जबर्जस्ती गर्न सुरु गर्थे । काम गर्ने घरमा र वरपर अरू नेपाली कामदार कोही थिएनन् । जति कराए पनि, गुहार मागे पनि मेरो केही नलागेपछि घर, आमा, बुबा र भाइबहिनी सम्झेर रुनुबाहेक केही उपाय थिएन । यौनसम्पर्ककै क्रममा घरमालिकको गर्भ बस्यो । गर्भ बसेकोबारे उसलाई जानकारी थिएन । गर्भवती हुँदासमेत मालिक र पाहुनाले यौनसम्पर्क राख्न छोडेनन् । गर्भवती भएको थाहा पाएपछि मालिकले मलाई मार्ने निर्णय गरेछ । सो कुरा चाल पाएपछि मालिकको घरनजिकैकी छिमेकी एक महिलाको सहयोगमा भागेर म काठमाडौं हुँदै घर आइपुगेकी हुँ । गरिबीको फाइदा उठाएर दलालले मेरो जिन्दगी बर्बाद पारे । दलालले मजस्ता धेरै सुकुम्बासीका छोरीबुहारीलाई साउदी पुर्‍याएर नारकीय जीवन बिताउन बाध्य बनाएका छन् । मिना खड्कालगायत मलाई साउदी पुर्‍याउने दलाललाई तत्काल कडा कारबाहीको माग गर्छु ।

Nov 26, 2008

यौनउत्तेजक औषधी चाँडै बजारमा आउँने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली कम्पनीद्वारा उत्पादित यौनउत्तेजक औषधी चाँडै बजारमा छ्याप्छ्याप्ती हुने भएका छन् । हाल दुई कम्पनीले यौनउत्तेजना बढाउने औषधी बजारमा लगिसकेका छन् भने थप नौ कम्पनीले उत्पादन अनुमति लिएका छन् । गत वर्षसम्म 'सिल्डेनाफिल साइट्रेट' समूहका यौनउत्तेजक औषधीको दर्ता गर्नसमेत औषधी व्यवस्था विभागले अस्वीकार गर्दै आएको थियो । गत वैशाखबाट मात्र यस्ता औषधीको उत्पादन अनुमति दिइएको हो । विभागले खुल्ला गरेलगत्तै एलाइभ फर्मास्युटिकल्स र कोयस्ट फर्मास्युटिकल्सले सो औषधी उत्पादन गरी बिक्री सुरु गरेका छन् । उत्पादनको अनुमति लिने अन्य कम्पनीहरूमा आर्या फर्मास्युटिकल्स, ओम फर्मास्युटिकल्स्, क्युरेक्स फर्मास्युटिकल्स, नेसनल हेल्थ केयर, एसआर ड्रग ल्याब्रोरेटरिज, एलाइभ फर्मास्युटिकल्स, एसियन फर्मास्युटिकल्स, एम्टेकमेड, फर्मास्युटिकल्स कम्पनी अफ नेपाल र डेनेनियम ल्याब्रोरेटरिज छन् । सहिद गंगालाल हृदय केन्द्रको अनुरोधमा सो समूहलाई औषधी उत्पादन गर्न दिने निर्णय गरिएको विभागका वरिष्ठ औषधी व्यवस्थापक नवीनप्रसाद श्रेष्ठको भनाइ छ । 'पल्मोनरी हाइपरटेन्सन' भएका बिरामीका लागि सो औषधी नभई नहुने रहेछ,' उनले भने । श्रेष्ठका अनुसार विभागले २५ र ५० मिलिग्रामको मात्र औषधि उत्पादन गर्ने अनुमति दिएको छ । मुटुरोगीका लागि आवश्यक भएकाले उत्पादनको अनुमति दिइएको भए पनि त्यसको दुरुपयोग भइरहेको विभागका अधिकारीहरू नै स्विकार्छन् । 'त्यो औषधी कहाँ प्रयोग भइरहेको छ, त्यो तपाईंलाई पनि थाहा छ, मलाई पनि थाहा छ,' श्रेष्ठले नयाँ पत्रिकासित भने । पल्मोनरी हाइपर टेन्सनबाहेक यौन उत्तेजना नहुने समस्या रहेकाहरूका लागि चिकित्सकले सो औषधी सिफरिस गर्छन् । वीर अस्पतालका वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डा. भाष्करमोहन कायस्थले यौन दुर्बलता भएकाहरूलाई 'मिडेग्रा' सिफारिस गर्ने गरेको बताए । 'हामी २५ मिलिग्रामभन्दा पनि थोरैबाट सुरु गर्छौं,' उनले भने ।सिल्डेनाफिल साइट्रेट समूहको औषधीको खतरनाक साइड इफेक्ट हुनसक्ने चिकित्सकहरू बताउँछन् । औषधीले नसा फुलाएर रगतको चाप बढाइदिने हुँदा तत्काल मुटु बन्द हुनसक्ने कायस्थले बताए । 'यौन क्रियाकलाप गर्दागर्दै मर्छन् कति त,' उनले भने, 'मुटुको औषधी 'जिटिएन' खाँदै गरेका बिरामीका लागि त झनै खतरनाक हुन्छ ।'सो औषधीले अनुहार सुनिने, लामो समयसम्म टाउको दुख्ने, आँखा धमिलो देख्नेलगायतका समस्या पनि देखिने गर्छन् । छाती दुखेर नाइट्रेट खाँदै गरेका बिरामीलाई यसले अचानक रक्तश्राव बढाउने चिकित्सकहरूको भनाइ छ । विदेशमा चिकित्सकको सिफारिसबिना सो औषधी बिक्री गर्न पाइँदैन । तर, नेपालमा पहिल्यै सो औषधी सेवन गरेर समस्या भएपछि आउने गरेेको कायस्थले बताए ।'डाक्टरलाई नसोधी पहिल्यै औषधी खाएर समस्या भएपछि क्लिनिकमा आउँछन्,' उनले भने । नेपालमा यौनउत्तेजक औषधीको बजार कति छ भन्नेबारे भने विभाग अनभिज्ञ छ । नेपाल औषधी उत्पादक संघका अध्यक्षसमेत रहेका कोयस्ट फर्मास्युटिकल्सका मालिक उमेशलाल श्रेष्ठ औषधी बजारमा लानुअघि कम्पनीले त्यसको बजार अनुसन्धान नगरेको बताउँछन् । कोयस्ट कम्पनीको २५ मिलिग्रामको मिडेग्राको मूल्य २० रुपैयाँ र ५० मिलिग्रामको मूल्य ३० रुपैयाँ छ ।

स्वदेशफिर्तीको पहल गरिदिन भुटानी शरणार्थीले आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
स-सम्मान स्वदेशफिर्तीको पहल गरिदिन भुटानी शरणार्थीले भारत सरकारसँग आग्रह गरेका छन् । भारतीय विदेशमन्त्री प्रणव मुखर्जीको नेपाल भ्रमणको अवसर पारेर शरणार्थीले सहयोगका लागि भारतसँग आग्रह गरेका हुन् । संयुक्त भुटानी स्वदेशफिर्ती परिषद्ले मंगलबार पूर्वीर् नाका काँकरभिट्टामा प्रदर्शन गर्दै स्वदेश फिर्तीका लागि बाटो दिन भारत सरकारसँग अनुरोध गरेको छ । प्रदर्शनपछि आयोजित कार्यक्रममा बोल्दै भुटान मानव अधिकार संगठनका अध्यक्ष एसबी सुब्बाले भारतीय सहयोगविना शरणार्थी समस्याको समाधान नहुने बताए । प्रदर्शनका क्रममा शरणार्थीले नेपाल र भुटानबीचको द्विपक्षीय वार्तामा शरणार्थी प्रतिनिधिलाई सहभागी गराउनुपर्ने माग राखे । यसअघि स्वदेशफिर्तीको माग गर्दै नारा जुलुससहित नेपाल-भारत सीमाको मेचीपुल पुगेका प्रदर्शनकारीमाथि प्रहरीले हस्तक्षेप गरेको थियो । प्रतिबन्धित क्षेत्रमा प्रदर्शन गरेको भन्दै जिल्ला प्रशासन कार्यालय झापाको निर्देशनमा प्रहरीले उनीहरूलाई पुनः काँकरभिट्टा फर्काइएको छ । सीमावर्ती क्षेत्रमा अपि्रय घटना हुनसक्ने भएकाले शरणार्थी गतिविधिमाथि कडाइ गरिएको झापाका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण हमालले बताए । १५ जेठ २०६४ मा स्वदेशफिर्तीका लागि मेचीपुलबाट शरणार्थीले सुरु गरेको लङमार्चका क्रममा भारतीय सुरक्षाकर्मीले चलाएको गोली लागेर शरणार्थी युवक सहबहादुर सिवाको मृत्यु भएपछि सीमावर्ती क्षेत्रमा शरणार्थी गतिविधिप्रति दुवै देशले कडाइ गर्दै आएका छन् । शरणार्थीले मंगलबार प्रदर्शन गर्न लागेको जानकारी पाएपछि मेचीपुल र आसपासका क्षेत्रमा हतियारसहित भारतीय सुरक्षाकर्मी परिचालित थिए । शरणार्थीका क्रियाकलापमाथि भारतीय पक्षले अघिल्लै दिनदेखि निगरानी बढाएको थियो । राज्य सरकारको निर्देशनमा सीमावर्ती क्षेत्रको सुरक्षा व्यवस्थामा कडाइ गरिएको भारतीय सुरक्षा अधिकारीले बताएका छन् ।

सुरक्षाकर्मीको पोसाक लगाएर सीमा क्षेत्रमा ठगी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सुरक्षाकर्मीको पोसाक लगाएर सीमा क्षेत्रमा ठगी गर्ने नक्कली प्रहरीलाई सक्कली प्रहरीले स्यालुट गर्ने गरेका छन् । नेपाल-भारत सीमा क्षेत्रमा सुरक्षाकर्मीको पोसाक लगाएर ठग्ने क्रम बढेको छ । ती ठगले नेपाली सेना, सशस्त्र र जनपद प्रहरीको पोसाक लगाउने गरेका छन् । ठग्दै हिँड्ने समूहले आफूलाई घुमुवा प्रहरी भएको भन्ने गरेका छन् । तिनै ठग नक्कली प्रहरीलाई सीमा गस्तीमा निस्केका सक्कली प्रहरीले पनि झुक्किएर स्यालुट गर्ने गरेका हुन् । सुरक्षाकर्मीको पोसाक लगाएर सीमा क्षेत्रमा ठगी गर्नेहरूबाट प्रहरीहरू आजित भएका छन् । नागरिकलाई सुरक्षाको अनुभूति दिलाउन लगाइने पोसाक लगाएर लुटपाट, ठगी र सीमाबाट अवैध कारोबार हुन थालेपछि सक्कली प्रहरी आजित भएका हुन् । बाँकेको प्रमुख व्यापारिक नाका जमुनाहामा सुरक्षाकर्मीको पोसाक लगाएर अवैध सामान सीमा वारपार गराउनेको चहलपहल बढेको छ । यस्ता नक्कली प्रहरीले सीमावर्ती बजार रुपैडिहामा पुगेरसमेत ठग्ने गरेका छन् । सीमा क्ष्ाेत्रमा देखिने उनीहरूलाई सक्कली प्रहरीले झुक्किएर स्यालुट गर्ने गरेको प्रहरी सहायक निरीक्षक कृष्ण गौतमले बताए । 'टाढैबाट सा'ब जय नेपाल' भन्दै स्यालुट गर्छन् र हात मिलाउन आइपुग्छन्, छुट्याउनै गाह्रो हुन्छ ।' अर्को ठाउँबाट गस्तीका क्रममा आएका आफ्नौ साथीहरू भएको हुन् कि भनेर प्रहरीहरू झुक्किने गरेको बताउँदै गौतमले भने, 'झुक्किएर हाम्रा केटाहरूले पनि उनीहरूलाई स्यालुट गर्छन् ।' सीमामा रहेको जमुनाहा प्रहरी चौकीको एक टोलीले हालै ठगहरूबाट सुरक्षाकर्मीको पोसाक बरामद गरेको छ । सहायक निरीक्षक गौतम भन्छन्, '१५ जनाको साथबाट पोसाक खोसेको छु ।' यसरी पोसाक लगाएर ठग्नेहरूले बजारमा किन्न पाइने दर्जाअनुसारको फुली लगाएको उनले बताए । उनका अनुसार सुरक्षाकर्मीको पोसाक लगाउने कतिपयले अन्जानमा लगाएको र कतिपयले लगाउन पाउनुपर्ने अडान लिएका छन् । 'अडान लिनेलाई कट्टु मात्र बाँकी राखेर नांगै पठाएको छु,' गौतमले भने । केही ठगहरूलाई पनि कारबाही गरिएको उनको भनाइ छ । बजारमा कमै किन्न पाइने भए पनि कतैबाट ल्याएर लगाएकाहरूलाई केही कारबाही नभएकाले सुरक्षाकर्मीको पोसाक दुरुपयोग भएको प्रहरीले बताएका छन् । पोसाक लगाउनेलाई कारबाही गर्ने आदेश नभएकाले त्यस्तै पोसाक लगाउने ठगहरूलाई नियन्त्रण गर्न पनि बाधा पुगेको गौतमले बताए । 'पोसाकको यसरी दुरुपयोग गर्नेलाईर् माथिबाट कारबाही गर्ने अधिकार दिनुपर्छ,' सीमामा अवैध सामान ओसारपसार गर्ने त्यस्ता नक्कली सुरक्षाकर्मीलाई पक्राउ गर्ने गरेको जनाउँदै उनले भने, 'माथिबाट आदेश आयो भने पक्रेकालाई कारबाहीका लागि पठाउन सकिन्छ ।' यसअघि सुरक्षाकर्मीको पोसाक लगाएर ठग्नेहरूलाई पक्राउ गरे पनि अधिकार नभएकाले अधिकांशलाई पोसाक मात्र खोलेर छाडिएको जमुनाहा प्रहरी कार्यालयले जनाएको छ । पोसाक दुरुपयोग गर्नेहरूले प्रहरी, आफन्त तथा साथीहरूसँग मागेर लगाउने गरेका छन् । केहीले भने धोएर सुकाएको बेला चोरेर लैजाने गरेको प्रहरीस्रोतले जनाएको छ । स्रोतका अनुसार गत वर्ष बाँकेको शम्शेरगन्जमा बससहित यात्रु लुटेको समूहले प्रहरीको पोसाक लगाएको थियो । सो समूहमा संलग्न कोहलपुरका एकजनाले आफ्नै काकाको प्रहरी पोसाक लगाएको थिए । मुलुकी ऐनमा नपाएको पगरी, भ्रष्टाचार र ठगीअनुसार सुरक्षाकर्मीको पोसाक लगाउनेमाथि मुद्दा चलाउन सकिने प्रावधान छ । सो प्रावधानअनुसार नपाएको पगरी पाएको भन्नेलाई पाँच हजार जरिवाना, ठगीमा पाँच वर्षसम्म कैद र भ्रष्टाचार मुद्दामा सामान्य कैददेखि दुई वर्षसम्म कैद सजाय तोकिएको छ । तर, आदेश नभएको भन्दै पोसाकसहित समातेका नक्कली प्रहरीलाई सक्कली प्रहरीको कार्यालयले कारबाही नै नगरी छाड्ने गरेको छ ।

लोकतान्त्रिक राष्ट्रिय जनगणतन्त्र कायम गर्ने निर्णय माओवादीमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेकपा (माओवादी) को मंगलबार बसेको केन्द्रीय समितिको बैठकले अध्यक्ष प्रचण्डको राजनीतिक दस्तावेजमा वरिष्ठ नेता मोहन वैद्यका क्रान्तिकारी विचार र राष्ट्रिय भेलाबाट आएका सुझावलाई समावेश गरी एकीकृत दस्तावेजको रूपमा बुधबार बिहान ८ बजे हुने राष्ट्रिय भेलामा प्रस्तुत गर्ने निर्णयगरेको छ। भेलामा प्रस्तुत गर्ने प्रतिवेदनको नारा संघीयतासहितको जनताको लोकतान्त्रिक राष्ट्रिय जनगणतन्त्र कायम गर्ने निर्णय पनि पार्टीकेन्द्रीय समितिको बैठकले गरेको छ। पार्टीचिवालयको बैठकमा प्रतिवेदनमाथि तीव्र विवाद भएपछि पार्टी केन्द्रीय समितिको बैठक दिउँसो पौने ३ बजे बसेको थियो। पार्टीचिवालयको औपचारिक तथा अनौपचारिक बैठक बिहान १० बजेदेखि बसेको थियो। तीन घण्टा बसेको केन्द्रीय समितिको बैठकले मोहन वैद्यको प्रतिवेदनमा समावेश गरिएका क्रान्तिकारी पक्षलाई समेटी एकीकृत दस्तावेजको रूपमा लाने, जनताको पक्षमा संविधान नबनेमा वैद्यको प्रतिवेदनमा उल्लिखित कार्यदिशाबमोजिम सत्ता कब्जा गरेर जनगणतन्त्रमा जाने, पार्टीत्रको सैद्धान्तिक बहस महाधिवेशनसम्म लाने सहमति कायम गरेपछि मात्र बैठकले अन्तिम निर्णयगरेको पार्टी एक केन्द्रीय सदस्यले बताए। पार्टी प्रचण्ड पक्षधर भनिएका केन्द्रीय सदस्य टोपबहादुर रायमाझीले प्रचण्डको प्रतिवेदन नै पार्टी लाइन भएकाले प्रचण्डको प्रतिवेदनमा केही सुधार गरी पारित गरेको जिकिर गर्नुभयो। यद्यपि वैचारिक र सैद्धान्तिक विषयमा बुधबार हुने भेलामा पुनः छलफल हुने बताइएको छ।दुइवटै दस्तावेजले समेट्न नसकेका सैद्धान्तिक तथा वैचारिक विषयहरू र संयुक्त साझा दस्तावेजलाई अंगीकार गर्न नसकेका दुवै प्रतिवेदनका बाँकी विषयवस्तुको बहस पार्टी महाधिवेशनमा छलफल गर्ने निर्णयपनि पार्टी बैठकले गरेको छ। बैठकले दुवै प्रतिवेदनले पार्टीकतालाई थप उचाइमा पुर्याएको, पार्टी कार्यकर्तालाई सैद्धान्तिक विषयमा चिन्तनशील बनाएकाले राष्ट्रिय भेलाबाट जनतामा सकारात्मक सन्देश पुग्ने र पार्टी थप मजबुत तथा गतिशील बनाउने अपेक्षा गरेको पार्टीकेन्द्रीय सदस्य नारायण शर्मा कमलप्रसाद’ले जानकारी दिनुभयो।पार्टीेन्द्रीय सदस्य देवेन्द्र पौडेलका अनुसार दुवै पक्षलाई गम्भीरतापूवक लिएर क्रान्तिकारी पार्टीे रूपमा विकसित गर्ने सुझाव कार्यकर्ता पंक्तिबाट आएको छ।२१औं शताब्दीको कम्युनिस्ट पार्टीरम्परागत शैलीको कम्युनिस्ट हुन नसक्ने भएकाले तत्काललाई संघीयतासहितको जनताको लोकतान्त्रिक राष्ट्रिय जनगणतन्त्रमा जाने म्यान्डेट पार्टी लिएको केन्द्रीय सदस्य पौडेलले बताउनुभयो। भेलामा टोली नेताहरूले पार्टी'mटेर नभई नयाँ वैचारिक छलफलको आधारमा क्रान्तिकारी दिशा तय गर्नुपर्ने सुझावसहितको समूहगत निष्कर्षनिकालेको थियो। पार्टी कार्यशैली ब्रि्रेकोमा र मधेसमा पार्टीमजोर हुँदै गएकोमा सबै कार्यकर्ताले चिन्ता व्यक्त गरेकाले संगठनिक नीति पनि नयाँ शैलीको अपनाउने निधो गरिएको छ।पार्टी्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री कृष्णबहादुर महराले बुधबार बस्ने पार्टी लामा अध्यक्ष प्रचण्डले पार्टीकेन्द्रीय समितिका तर्फाट भेलालाई सम्बोधन गर्ने र समूहगत रूपमा आएका सुझाव तथा टिप्पणीका बारेमा मोहन वैद्यले पनि जबाफ दिएपछि पार्टीेलाले एकीकृत प्रतिवेदनलाई पारित गर्ने जानकारी दिनुभयो।भेलाको समूहगत प्रतिवेदनमा उठेका सवालहरूलाई वैद्य पक्षधरले महाधिवेशनमा मात्र टुंग्याउनुपर्ने अडान राखेपछि अनौपचारिक रूपमा बसेको केन्द्रीय बैठक औपचारिक रूपमा बस्न सकेको थिएन। पार्टीेन्द्रीय समितिका तर्फाट एकीकृत रूपमा प्रस्तुत गरिने प्रतिवेदनमा सेना समायोजन छ महिनाभित्र गर्ने र सेना समायोजनमा शत्रुहरूले बखेडा गरेको खण्डमा र उत्पीडित, पिछडिएका वर्गलाई दबाई नै राख्ने प्रपञ्च रचिएमा जनता व्रि्रोहमा उत्री जनगणतन्त्र आउने उल्लेख गरिएको एक केन्द्रीय सदस्यले बताए। भेलामा दुवै नेताको पक्ष र विपक्षमा कार्यकर्ताहरू देखिएको अनि दुवै प्रस्ताव मूत नभएको भन्ने एकथरी देखिएको र दुवै प्रस्ताव मिलाएर लानुपर्छ भन्ने अर्कोथरी देखिएकाले एकीकृत दस्तावेज बनाउन पार्टीकेन्द्रीय समितिलाई हम्मेहम्मे भएको छ।

संविधानसभाको उपाध्यक्ष पदमा सहमति भएन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानसभाको उपाध्यक्ष पदमा राजनीतिक सहमति नभएपछि मंगलबार उम्मेदवारी दर्ता भएन। राजनीतिक सहमति भएमा मंगलबार उम्मेदवारी गर्ता गर्ने कार्यक्रम थियो। उपाध्यक्ष पद नेपाली कांग्रेस, नेकपा माओवादी, तर्राई मधेस लोकतान्त्रिक पार्टीनेकपा (माले) र अन्य साना १३ पार्टी पनि आफूले पाउनुपर्ने दाबी गरेका छन्। तर नेकपा (एमाले) ले भने सहमतिका आधारमा उपाध्यक्ष पदमा अन्य पार्टीई र्समर्थन गर्ने निर्णयर्सार्वजनिक गरिसकेको छ।साना १३ दलले प्रतिभा राणाको नाम प्रस्ताव गरेका छन्। संविधानसभाको पाँचौं पार्टीमलोपाले संसद्को बनावट र प्राकृतिक न्यायको सिद्धान्तका आधारमा पनि उपाध्यक्ष आफनो पार्टी पाउनुपर्ने जिकिर गरेको छ। राजनीतिक सहमति नभएपछि आज दाबी गरेका पार्टीले उम्मेदवारी दर्ता गर्नेछन्।

Nov 25, 2008

वैदेशिक रोजगारीका लागि इजरायल जान रोक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारले व्यक्तिगत प्रयासमा वैदेशिक रोजगारीका लागि इजरायल जान रोक लगाएको छ। श्रम तथा रोजगार प्रवर्द्धन विभागले व्यक्तिगत प्रयासमा रोजगारीका लागि इजरायल जानका लागि रोक लगाएको हो। झन्डै डेढ वर्षघिबाट इजरायलले नेपाली कामदारलाई भिसा दिन रोक लगाएकोमा दुइ महिना अघिबाट खोलिएको थियो।इजरायलस्थित नेपाली दूतावासबाट व्यक्तिगत प्रयासमा गएकाहरूको समस्या आउन थालेको जनाउँदै नपठाउन आग्रह आएकाले व्यक्तिगत प्रयासमा कामदार पठाउनका लागि स्वीकृति दिने कार्य रोकिएको हो’ -श्रम तथा रोजगार प्रवर्द्धन विभागका निर्देशक शरद अधिकारीले जानकारी दिनुभयो। संस्थागत रूपमा गएकाहरूको समस्या आएको खण्डमा सम्बन्धित म्यानपावर कम्पनीलाई झिकाएर कारबाही गर्न सजिलो हुने भए पनि व्यक्तिगत रूपमा जानेहरूको हकमा त्यस्तो कार्य कठिन भएपछि अब संस्थागत (म्यानपावर कम्पनी) मार्फ मात्र इजरायल जानका लागि स्वीकृति दिइने उहाँले बताउनुभयो।स्रोतका अनुसार इजरायलमा व्यक्तिगत प्रयासमा रोजगारी नै पाइँदैन। तर त्यहाँका म्यानपावर कम्पनीले नेपालका म्यानपावर कम्पनीलाई कामदारको अर्डर गर्ने र यहाँका कम्पनीहरूले मागपत्रलाई टुक्रयाएर व्यक्तिगत रूपमा पठाउने कार्य गर्दै आएका छन्। यहाँबाट व्यक्तिगत रूपमा पठाए पनि कामदार स्वीकार गर्दा भने संस्थागत रूपमै त्यहाँ पुग्ने तर नेपालमा भने कागजी रूपमा व्यक्तिगत देखिएकाले समस्या बढेको जनाउँदै राजदूतावासले गत साता पत्र पठाएको थियो।
-->

गणतान्त्रिक खेलकुद महोत्सव आयोजना गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल गणतान्त्रिक खेलकुद महासंघले माघ-फागुन महिनामा तेस्रो गणतान्त्रिक खेलकुद महोत्सव आयोजना गर्ने भएको छ । १३ वटा राज्यसमितिभित्र खेलाडी चयन गरी तेस्रो संस्करणको खेलकुद महोत्सव हुने जानकारी सोमबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष जयेन्द्रबहादुर चन्दले दिए । यसैगरी, सोही १३ राज्यसमितिको आयोजनामा प्रथम गणतान्त्रिक प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितासमेत हुने महासंघले जनाएको छ । काठमाडौंको दशरथ रंगशालामा हुने सो फुटबल प्रतियोगितामा नेपाली टोलीलाई दुई समूहमा विभाजित गरिनेछ । जसमा, नेपाल रातो र नेपाल नीलोसहित दक्षिणकोरिया, भारत, चीन, श्रीलंका, भुटान तथा थाइल्यान्डको सहभागिता रहने बताइएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताको आयोजना गर्न सात करोड रुपैयाँ खर्चिने महासंघको तयारी छ । सो खर्च उठाउन युवा तथा खेलकुद मन्त्रालयसँग प्रतियोगिता सञ्चालन गर्न बजेट माग भएको पनि महासंघले जनायो । यद्यपि, मुख्य प्रायोजकबाट एक करोड ७५ लाख रुपैयाँ उठाउने लक्ष्य रहेको छ ।

निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि घटाउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि घटाउने भएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल मूल्यमा आएको गिरावटपछि निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउन लागेको हो ।निगमले प्रत्येक महिनाको ३ तारिखमा मूल्य समायोजन गर्ने नीति लिएको छ । सो नीतिअनुसार ३ डिसेम्बरमा पेट्रोलियम पदार्थको मूल्य घट्नेछ । निगम स्रोतका अनुसार, पेट्रोल, डिजेल र मट्टीतेल मूल्यमा प्रतिलिटर पाँच रुपैयाँ घटाउने तयारी भइरहेको छ । निगमले कच्चा तेल मूल्यमा आएको कमीसँगै पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ र डिजेलमा प्रतिलिटर पाँच रुपैयाँ घटाएको थियो भने मट्टीतेल मूल्य कटौती गरेको थिएन । सरकारले ९ कात्तिकमा मूल्य समायोजन गरेर डिजेल र मट्टीतेले मूल्य समान बनाएको थियो । । १६ नोभेम्बरपछि पेट्रोल र डिजेलमा निगमलाई नाफा बढेपछि मूल्य घटाउन लागेको हो । निगमले भारतीय आयल कर्पोरेसनसँग १६ तारिखमा लिएको मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर २७ रुपैयाँ, डिजेलमा आठ र हवाई इन्धनमा ३७ रुपैयाँ नाफा भएको छ । निगमले भारतमा पेट्रोलियम पदार्थको मूल्य नघटेकाले तत्काल धेरै अनुपातमा मूल्य कटौती गर्नसक्ने अवस्था नभएको बताइएको छ । भारतमा अहिले पेट्रोल प्रतिलिटर ८५ र डिजेल ६१ रुपैयाँ रहेको छ । भारतमा भन्दा नेपालमा सस्तो भए पेट्रोलियम पदार्थ अपचलन हुने भएकाले भारतको भन्दा कम मूल्य निर्धारण नगर्ने निगमका एक अधिकारीले बताए । सोअनुसार निगमलाई प्रतिमहिना ६० करोड रुपैयाँ नाफा हुने निगमका एक उच्च अधिकृतले जानकारी दिए । ३ तारिखमा आउने मूल्यअनुसार निगमको नाफा अझ बढ्नेछ । अहिले निगमले ७० प्रतिब्यारेल मूल्यमा तेल आपूर्ति गरिरहेको छ ।तर, अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ४८ अमेरिकी डलरभन्दा कममा आइपुगेको छ । निगमले एलपी ग्यासमा मात्र घाटा व्यहोर्नुपरेको छ । निगमका अनुसार, एलपी ग्यासमा प्रतिसिलिन्डर तीन सय ६१ रुपैयाँ घाटा छ । निगम स्रोतका अनुसार, आइओसीको अर्को मूल्यअनुसार ग्यासको घाटासमेत कटौती हुनेछ । अन्तर्राष्ट्रिय स्तरमा देखिएको मूल्य प्रवृत्तिले ग्यास घाटा डेढ सय रुपैयाँ कम हुने निगमको ठहर छ ।

सरकारले कब्जा गरेको जग्गा अझैसम्म फिर्ता नगरेको

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
युद्धकालमा माओवादीले कब्जा गरेका घर-जग्गा फिर्ताको माग उठिरहेका वेला ०६० सालमा सरकारले कब्जा गरेको जग्गा अझैसम्म फिर्ता नगरेको गुनासो मोरङ बेलबारीका सर्वसाधारणले गरेका छन् । माओवादीले बेलबारी प्रहरी-चौकी आक्रमण गरेको भोलिपल्ट १५ मंसिर ०६० मा इलाका प्रहरीसँग जोडिएको सो जग्गा सरकारले कब्जा गरेको थियो । '१४ भदौ ०६० मा माओवादीले प्रहरी कार्यालय आक्रमण गर्‍यो, त्यसको भोलिपल्टै इलाका प्रहरी कार्यालय, बेलबारीले १३ कठ्ठा १० धुर जग्गा कब्जामा लियो,' पीडित जग्गाधनी अनन्त सुवेदीले भने, 'जग्गाफिर्ताको माग गर्दै पटक-पटक जिल्ला प्रशासन कार्यालयलाई गुहार्दा पनि सुनुवाइ भएको छैन ।' माओवादी र प्रहरीबीचको सो भिडन्तमा पाँच माओवादी छापामार मारिएका थिए । घटनालगत्तै त्यहाँ बसेको संयुक्त सुरक्षा फौजले सुरक्षात्मक उपायका लागि इलाका प्रहरी कार्यालय आसपासको जग्गामा काँडेतार र एम्बुस बिछ्याउन जग्गा कब्जा गरेको हो । अनन्त सुवेदीको पाँच कठ्ठा १० धुर, अम्बरबहादुर सुवेदीको दुई कठ्ठा १० धुर र कर्णमाया सुवेदी पाँच कठ्ठा १० धुर नम्बरी जग्गा सरकारले कब्जा गरेको छ । शान्तिस्थापनापछि कब्जा गरिएको १३ कठ्ठा १० धुरमध्ये आठ कठ्ठा जग्गा फिर्ता गरिए पनि कब्जा भएको अवधिको उब्जनीको क्षतिपूर्ति र पाँच कठ्ठा जग्गा भने अझै प्रहरीकै कब्जामा छ । इलाका प्रहरी कार्यालय स्थापना गर्न निःशुल्क जग्गादान दिएका अन्नत अहिले त्यही प्रहरी कार्यालयबाट पीडित भएका छन् । 'गाउँका भद्रभलादमीको आग्रह र सुरक्षा निकायको आवश्यकता महसुस गरी मेरै बुबाले दुई कठ्ठा जग्गा निःशुल्क दिएर थाना स्थापना भयो, अहिले त्यसैबाट म पीडित भएँ,' उनको गुनासो छ । तत्कालीन परिस्थितिमा संयुक्त सुरक्षा फौजको विरोध गर्ने स्थिति नभएपछि चुपचाप बसेका जग्गाधनीले स्थिति सहज भएपछि जग्गा फिर्ता र उब्जनीको क्षतिपूर्तिका लागि पहल सुरु गरे पनि अहिलेसम्म उनीहरूको समस्या प्रमुख जिल्ला अधिकारीले गम्भीरतापूर्वक नलिएको गुनासो छ । 'सिडिओहरू कब्जा जग्गा निरीक्षण गरी फिर्ताको सिफारिस गर्ने आश्वासन दिन्छन्, तर कसैले गम्भीरतापूर्वक लिएको देखिएन,' पीडित अम्बरबहादुरले भने । पछिल्लो पटक पाँच मंसिर २०६४ मा इलाका प्रहरी कार्यालय, बेलबारीमा भएको सर्वपक्षीय छलफलले सो जग्गा सरकारले खरिद गरी चलनचल्तीको मूल्य दिनुपर्ने सिफारिस गरेको थियो । त्यस्तै कब्जामा रहेको अवधिको उब्जनीबापत क्षतिपूर्ति दिन पनि इप्रकाले सिफारिस गरेको थियो ।

सभासद् सञ्जयकुमार साहलाई पक्राउ गरी २० मिनेटपछि रिहा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रहरीलाई अपहरण गरेको आरोपमा मुछिएका मधेसी जनअधिकार फोरमका धनुषा जिल्ला अध्यक्ष एवम् सभासद् सञ्जयकुमार साहलाई प्रहरीले पक्राउ गरी २० मिनेटपछि रिहा गरेको छ। जनकपुर बन्द घोषणाप्रहरीले आफनो चरित्र हत्या गर्न खोजेको भन्दै सोमबार बिहान पार्टी कार्यालयबाट जुलुससहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउन पुगेका सभासद् साहलाई प्रहरीले लछारपछार गर्दै नियन्त्रणमा लिएको थियो।प्रहरीले सभासद् साहलाई नियन्त्रणमा लिई फोरमका कार्यकर्तामाथि लाठी चार्ज गरेको थियो। प्रहरीको लाठी चार्जबाट सभासद् साहसहित १६ जना कार्यकर्ता घाइते भएका छन्। घाइते हुनेहरूमा फोरमका केन्द्रीय सदस्य रत्नेश्वरलाल गोइत, महाशंकर ठाकुर, पवन झा, रुबी मिश्र, नगेन्द्र मण्डल, सुमित्रा देवी, विजय मस्त, सुनैना देवी, लरुवती देवी, सीताराम मुखिया, राजनारायण यादव तथा सभासद् साहका सुरक्षागार्ड प्रमोद साह रहेका छन्।प्रहरीले सभासद् साहलाई नियन्त्रणबाट मुक्त गरेपछि उनीसहित फोरमका कार्यकर्ता जिल्ला प्रशासन कार्यालयनजिक धर्नामा बसेका थिए। जनकपुर बजारसमेत बन्द गराएका उनीहरूले नगरको विभिन्न चोकमा टायर बालेर विरोध प्रदर्शन गरेका थिए।प्रमुख जिल्ला अधिकारी शम्भु कोइरालाले सभासद् साहको उपस्थितिमा सुरक्षाकर्मीलाई अपहरण गर्न खोजिएको दाबी गर्नुभएको थियो।उहाँले सभासद्सहितको टोली एक्कासि आफनो कार्यालयमा आक्रमणको शैलीमा आएका कारण स्थितिलाई नियन्त्रणमा लिनका लागि सामान्य बल प्रयोग गरिएको बताउनुभयो। उहाँले सादा पोसाकमा परिचालन गरिएका प्रहरीबाट गल्तीहरू हुने गरेको बताउँदै त्यस्ता कार्यलाई सुधार गर्नका लागि स्थानीय सुरक्षा निकाय समीक्षा गर्ने कार्यमा जुटिसकेको बताउनुभयो। यता जिल्ला सुरक्षा समितिले सभासद् साहको सुरक्षाका लागि उपलब्ध गराएका सुरक्षा गार्ड प्रमोद साहले प्रहरीलाई अपहरण गरी कुटपिट गरेको आरोपमा कुनै सत्यता नरहेको जनाएको छ।यसैबीच सभासद् साहले सोमबार पत्रकार सम्मेलन आयोजना गरी एमालेका नेता रघुवीर महासेठको दबाबमा प्रहरीले आफना विरुद्ध मिथ्या आरोप लगाएको बताउनुभयो। घुमुवा प्रहरीहरू तर्राईमा सक्रिय सशस्त्र समूहहरूसँग मिलेर चन्दा, अपहरणजस्ता क्रियाकलापमा लिप्त रहेको आरोप लगाउँदै साहले आफूमाथि लगाइएको आरोप कपोलकल्पित हुनुका साथै राजनीतिक चरित्र हत्या गर्ने उद्देश्यले योजनाबद्ध रूपले गरिएको दुष्प्रयास भएको बताउनुभयो। साहमाथि आइतबार राति प्रहरी हबलदार जयलालप्रसाद यादव र जवान अवधेशप्रसाद यादवलाई अपहरणको प्रयास गरेको आरोप लगाइएको छ। केही समयअघि डाका मुद्दामा पक्राउ गरिएका व्यक्ति आफनो मान्छे रहेको भन्दै प्रहरीलाई सभासद् साहले अपहरणको प्रयास गरेको आरोप प्रहरीको रहेको छ। घटनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा कार्यरत सुरक्षाकर्मीले कुनै काम नगरी विरोध जनाएका छन्। उनीहरूले घटनामा संलग्न रहेका सभासद् साहलाई कारबाही गरिनुपर्ने माग गरेका छन्। रातिदेखि नै नगरमा तैनाथ गरिएका सुरक्षा गस्ती खुकुलो बनाइएको थियो। जनकपुरस्थित सुरक्षा बिटमा खटिएका प्रहरीहरूले रातिदेखि नै जिल्ला प्रहरी कार्यालय, धनुषामा गई हडताल गरेका हुन्। प्रहरीहरूले प्रहरी कार्यालयमा तालाबन्दीसमेत गरेका छन्। सोही घटनाको विरोधमा मधेसी जनअधिकार फोरमले विभिन्न माग राख्दै मंगलबारदेखि अनिश्चितकालीन जनकपुर बन्दको घोषणा गरेको छ।फोरमका जिल्ला सचिव गजाधर यादवद्वारा जारी विज्ञप्तिमा कार्यकर्ताहरूमाथि लगाइएको मुद्दा फिर्ता, गिरफतार कार्यकर्ताहरूको रिहाइ, सभासद् साहमाथि लगाइएको आरोपप्रति क्षमायाचना, प्रहरी इन्स्पेक्टर र सशस्त्रका डीएसपीमाथि कारबाही नभएसम्म बन्द घोषणा गरिएको जनाइएको छ।

माओवादी केन्द्रीय समितिको बैठक मंसिर ११ गते

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादी केन्द्रीय समितिको बैठक नसकिएका कारण राष्ट्रिय कार्यकर्ता भेला मंसिर ११ गते बिहान मात्रै सुरु हुने भएको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता मोहन बैद्य किरणका प्रतिवेदनबारे केन्द्रीय समिति बैठकले निर्णय गर्न नसकेका कारण उक्त पार्टीको राष्ट्रिय कार्यकर्ता भेलाले निरन्तरता पाउन सकेन । मंसिर १० बिहान ११ बजे सुरु भएको केन्द्रीय समितिको बैठक अहिले पनि जारी छ र भेला मंसिर ११ गते बिहान ८ बजे मात्र सुरु हुने बताइएको छ । भेलामा प्रस्तुत दुई नेताका प्रतिवेदनमा ब्यापक मतभेद देखापरेपछि त्यसलाई निश्कर्षमा पुर्‍याउन केन्द्रीय समितिको बैठकले प्रयास गरिरहेको श्रोतले बताएको छ ।

Nov 24, 2008

डा. देवकोटाकी छोरी अपहरणका मुख्य योजनाकार पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वरिष्ठ चिकित्सक डा. उपेन्द्र देवकोटाकी छोरी मेघाको अपहरण काण्डका मुख्य योजनाकार फरार अभियुक्त सिद्धार्थ लामा पक्राउ परेका छन् ।अपहरण काण्ड सार्वजनिक भएलगत्तै फरार रहेका मुख्य योजनाकार लामालाई नेपाल प्रहरीले भारतको दार्जिलिङदेखि पिछा गरेर नेपालको सिमानाभित्र पक्राउ गरेको रहस्योद्घाटन भएको हो । प्रहरीका अनुसार प्राप्त सूचनाका आधारमा 'विशेष योजना' बनाएर अभियुक्त लामालाई पछ्याइएको थियो । 'पक्राउ पर्दा उनीसँग पहिचान नखुलेका एकजना अर्का साथी पनि थिए,' प्रहरी स्रोतले नयाँ पत्रिकासँग भन्यो, 'पहिचान नखुलेको उसको साथीका विषयमा पनि अनुसन्धान भइरहेको छ । छिट्टै यस विषयमा खुलस्त हुनेछ ।' लामालाई पक्राउ गर्न प्रहरी निरीक्षक कृष्ण कोइरालाको नेतृत्वमा विशेष टोली खटिएको थियो । टोलिले तीन महिनाको प्रयासपछि लामालाई पक्राउ गरेको हो । गत १९ साउनमा अपहरणमा परेकी डा. देवकोटाकी छोरी मेघा २० साउन बेलुका एक करोड ३० लाख फिरौती बुझाएर रिहा भएकी थिइन् । मेघा रिहा भएलगत्तै प्रहरीले उनलाई अपहरण गरी राखेको बल्खुको घर पहिचान गरी अपहरणमा संलग्न हेमबहादुर मगरलाई पक्राउ गरेको थियो । मगर पक्राउ परे पनि अपहरणमा संलग्न लामासहित राजु थापा, कृष्ण चन्द राई, केशव दर्लामी मगर र गोकुल गिरी फरार भएका थिए । पक्राउ परेका लामालाई गोप्य रुपमा २ नम्बर गणमा राखिएको छ ।

राजा महाराजाका शालिकका स्थानमा अब जनताका शालिक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राजा महाराजाका शालिकका स्थानमा अब जनताका शालिक राख्ने अभियानले तीव्रता पाउने भएको छ।राजधानीको कालिमाटीमा राजा महेन्द्रको ठाउँमा कवि चित्तधर हृदयको शालिक राखेको केही अन्तरालमै पोखरामा पृथ्वीनारायण शाहको ठाउँमा नेपालका पहिलो शहीद लखन थापाको शालिक राखिने भएको छ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ले उद्घाटन गर्ने तयारीमा रहेको आठ फटि अग्लो धातुको शालिक मगर समाजले निर्माण गर्न लगाएको हो।मगरले नै शालिक बनाउने भनिए पनि कलाकार यमबहादुर मगरले बनाउन नसकेपछि विष्णुप्रसाद बरालले निर्माण गरेका हुन्।७ लाख रुपियाँमा निर्माण गरिएको पूर्ण् कदको सो शालिक ६ महिना लगाएर निमँण गरिएको कलाकार बरालले बताए।तत्कालीन मगर राज्य गोर्खाबाट मगरलाई नै हराएपछि सत्ता लिएका राजा पृथ्वीनारायणको ठाउँमा मगरकै शालिक प्रतिस्थापन गर्न लागिएको हो।जनआन्दोलन-२ का शहीदका शालिक राख्ने अभियान चलिरहेको अवस्थामा देशका अधिकांश स्थानमा राजा महाराजाका शालिक भत्किसकेका छन्।उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले राजा महाराजाका शालिक संग्रहालयमा थन्क्याएर जनताका नेताहरूका शालिक निर्माण गरिने बताएपछि यो क्रमले अझ तीव्रता लिने देखिएको छ।गणतन्त्र स्थापनालगत्तै त्रिभुवन विश्वविद्यालयका उपकुलपति कार्यालयअगाडि तथा नुवाकोट, गोर्खा, हेटौंडा, बुटवल, झापालगायत दर्जनौं जिल्लाका मुख्य चोकमा राखिएको शालिक भत्काएर जनताको शालिक निर्माण गर्ने तयारी भइरहेको छ।एकातिर इतिहास रचिएका शालिक भत्काएर शहीद वा चर्चित व्यक्तित्वको शालिक प्रतिस्थापन गर्ने क्रम चलेको छ भने अर्कोतिर राजधानीका लक्ष्मणसिंह खड्का राजा महाराजाका पुराना शालिक रक्षा गर्न व्यस्त छन्। खड्काले अहिलेसम्म राजधानीका एक दर्जन शालिकमा रंगरोगन गरेका छन्।सिंहदरबार अगाडिको पृथ्वीनारायण शाह, त्रिपुरेश्वरको त्रिभुवन, नारायणहिटी दरबार अगाडिको महेन्द्र, जावलाखेलको वीरेन्द्र, कोटेश्वरको टंकप्रसाद आचार्य, शहिदगेटका चार शहीद र त्रिभुवन, डिल्लीबजारको लक्ष्मीप्रसाद देवकोटा, सिफलको धर्मभक्त माथेमा, दरबार हाइस्कुल अगाडिको भानुभक्त आचार्य र चक्रपथको नारायणगोपालको शालिकमा रंग लगाएर उनले राष्ट्रिय झन्डा फहराएका छन्।गणतन्त्र घोषणा भएलगत्तै एक समूहले सिंहदरबारस्थित पृथ्वीनारायण, दरबारमार्गस्थित राजा महेन्द्रको शालिक फोड्ने प्रयास गरेका थिए भने त्यस क्रममा पृथ्वीनारायणको शाकिलको श्रीपेच र तरबार चोरी भइसकेको थियो। राष्ट्रले सुरक्षा र संरक्षण गर्नुपर्ने शालिकको मैले संरक्षण गर्न पाउँदा सौभाग्य महसुस गरेको छु’ -खड्काले भने।राजधानीका राजाहरूका शालिकको सुरक्षार्थ सुरक्षाकर्मी राखिएको भए तापनि एउटा व्यक्तिले मनखुसी रंग लगाउँदा दिने वा नदिने भन्ने विषयमा भने राज्यले चासो देखाएको छैन। अझ एक दर्जन शलिकमा रंग लगाउने लक्ष्य राखेको छु’ -खड्काले भने।

माओवादीको राजनीतिक प्रतिवेदनमाथि २१ वटा समूहमा छलफल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सत्तारुढ प्रमुख घटक नेकपा माओवादीको राष्ट्रिय भेलाको तेस्रो दिन आइतबार केन्द्रीय कमिटीका तर्फबाट प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल सकिएको छ । भेलामा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र वरिष्ठ नेता मोहन वैद्य किरणले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि २१ वटा समूहमा छलफल भएको पार्टी प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराले जानकारी दिनुभयो ।समूहगत छलफलबाट आएका निचोडलाई टोली नेताले राष्ट्रिय भेलामा प्रस्तुत गर्ने कार्यक्रम रहेको मन्त्री महराले बताउनुभयो । दुइवटा प्रतिवेदन प्रस्तुत भएपछि आ­-आफ्नो विचार स्वतन्त्ररूपमा राख्नसकिने उल्लेख गर्दै उहाँले राष्ट्रिय भेलामा स्वच्छ ढङ्गले छलफल र बहस चलिरहेको बताउनुभयो ।सिङ्गो मुलुक र राजनीतिलाई दिशानिर्देश गर्न छलफल केन्द्रित भएको बताइएको भेलामा देशभरका एक हजार २ सयजना सहभागी रहेको जनाएको छ ।

कतारमा नेपालीका लागि अस्पताल स्थापना हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कतारमा कार्यरत विभिन्न देशका आप्रवासी कामदारको स्वास्थ्य तथा उपचारमा देखिएको प्राविधिक समस्यालाई ध्यानमा राखी विभिन्न आप्रवासीहरूको बसोवास भएको क्षेत्रमा छुट्टाछुट्टै अस्पताल खोलिने भएको छ । कतारका जनस्वास्थ्य मन्त्री डा. शेख घालिया विन मोहम्मद अल थानीले कतारका लागि नेपाली राजदूत डा. सूर्यनाथ मिश्रसँगको भेटघाटमा आप्रवासीका लागि छुट्टाछुट्टै अस्पताल खोल्ने र सम्बन्धित समुदायका स्वास्थ्यकर्मीको व्यवस्था गर्ने जानकारी गराएका छन् ।आप्रवासी नागरिकहरूलाई सहज तरिकाले स्वास्थ्य सेवा पुर्‍याउनका लागि यो प्रबन्ध गर्न लागिएको बताइएको छ । आप्रवासी नेपालीका लागि खोलिने अस्पतालको व्यवस्थापन, चिकित्सक र कर्मचारीहरू नेपाली नै रहने भए पनि यसको अनुगमन र गुणस्तर परीक्षण भने कतार सरकाले आफ्नो मापदण्ड अनुरूप गर्ने डा.थानीले जानकारी दिनुभयो । कतारको दोहा, दुखान र अलखोर औद्योगिक क्षेत्रमा यस्ता अस्पताल खुल्ने बताइएको छ । 'अस्पताल स्थापनाको प्रारम्भिक लागत खर्च कुन पक्षले गर्ने र यसमा वैदेशिक लगानी रहने नरहने भन्ने विषयमा टुङगो लाग्न बाँकी छ' राजदूत मिश्रले पत्रकारहरूलाई भन्नुभयो ।

सवारी भाडालगायतका विषयमा अल्टिमेटमसहितको ज्ञापनपत्र

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विभिन्न दलनिकट आठ विद्यार्थी सङ्गठनले सवारी भाडालगायतका विषयमा सरकारले आफ्नो मागप्रति बेवास्ता गरेको भन्दै माग पूरा गर्न सात दिनको अल्टिमेटमसहितको ज्ञापनपत्र दिएका छन् ।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन एकीकृतको केन्द्रीय कार्यालयमा भएको ती विद्यार्थी सङ्गठनको बैठकको निर्णयबमोजिम उक्त ज्ञापनपत्र दिइएको हो । श्रम तथा यातायात र वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत सरकारलाई दिइएको ज्ञापनपत्रमा पेट्रोलियम पदार्थको मूल्य घटाउन, औद्योगिक र सर्वसाधारणका लागि दोहोरो मूल्य निर्धारण गर्न, विद्यार्थी र सर्वसाधारणलाई रासन कार्ड व्यवस्था गर्न, सार्वजनिक यातायातमा वैज्ञानिक भाडादर निर्धारण गर्न, सम्पूर्ण सार्वजानिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत सहुलियतको सम्झौता क्रियान्वयन गर्न, नेपाल आयल निगमभित्रको चुहावट र अनियमितता नियन्त्रण गर्नलगायतका माग पुरा गर्न आग्रह गरिएको छ ।अनेरास्ववियु एकीकृतका महासचिव जागृत रायमाझीद्वारा जारी प्रेस विज्ञप्तिमा सरकारले यातायातमा थोरै भाडा घटाउनेबाहेक कुनै सकारात्मक पहल नगरेको र जनताको जनजीवीकासँग गम्भीर सरोकार राख्ने सवालमा हेलचेक्र्याइ गर्ने काम गरेको भन्दै वार्ता र सम्वादका माध्यमबाट जनचासो सम्बोधन गर्ने प्रयास असफल भएपछि आन्दोलनमा जान बाध्य भएको जनाइएको छ ।

भारतीय विदशेमन्त्री नेपालको तीनदिने औपचारिक भ्रमणमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भारतीय विदशेमन्त्री प्रणव मुखर्जी नेपालको तीनदिने औपचारिक भ्रमणमा आज सोमबार विशेष विमानबाट काठमाडौं आउनु हुनेभएको छ । परराष्ट्रमन्त्री उपेन्द्र यादवको निमन्त्रणामा आउन लाग्नुभएका विदेशमन्त्री मुखर्जीले नेपाल भ्रमण क्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, संविधानसभाका अध्यक्ष र परराष्ट्रमन्त्रीसँग भेट गर्नुहुनेछ ।उहाँले नेपाली काङ्ग्रेसका सभापति, नेकपा एमालेका महासचिव तथा अन्य राजनीतिक दलका नेतासँग पनि भेट गर्नुहुने जनाइएको छ । यसैगरी उहाँले कोसी तटबन्धको निरीक्षण गर्नुहुनेछ ।

नग्न तस्विर देखाएर यौनसम्बन्धका लागि दबाब

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
छात्राको नक्कली रुपमा बनाइएको नग्न तस्विर देखाएर यौनसम्बन्धका लागि दबाब दिएको आरोपमा एक युवकलाई वीरगञ्ज उपमहानगरपलिका-१४ श्रीपुरस्थित सिजन्स रेस्टुरेन्टबाट प्रहरीले पक्राउ गरेको छ ।वीरगञ्ज उपमहानगरपलिका-१० का २२ वर्षीय मनीष थापाले १९ वर्षीया एक छात्रालाई यौनसम्बन्ध नराखे नग्न तस्विर सार्वजनिक गर्ने धम्की दिइरहेको अवस्थामा पक्राउ गरिएको पर्साका प्रहरी निरीक्षक केपी शर्माले बताउनुभयो । विभिन्न वेभसाइटबाट युवतीहरूको नग्न तस्विर सङ्कलन गरी त्यस तस्विरमा अरु केटीको अनुहार जोडेर आफ्नो मोबाइलमा राख्ने गरेको र त्यस अनुहारसँग सम्बन्धित केटीलाई आफूसँग यौनसम्बन्ध नराखे उसको नग्न तस्विर सार्वजनिक गर्ने धम्की दिदैं आएको आरोप थापा माथि लागेको बताइएको छ ।

Nov 22, 2008

भुटानका सञ्चारमन्त्रीले नेपाल सरकारलाई सुझाव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भुटानका सञ्चारमन्त्री नन्दलाल राईले राज्य चलाउने जिम्मा जनतालाई दिनुपर्ने सुझाव नेपाल सरकारलाई दिएका छन् । उनले नेपाली जनता अझै पनि राज्य चलाउने जिम्मेवारीबाट वञ्चित हुनुपरेको बताए ।'नयाँ सरकार बनेको छ । तर, स्थानीय निकायहरू जनप्रतिनिधिविहीन छन् । त्यसैले नेपाली जनताले राज्य चलाएको अनुभूति गर्न पाएका छैनन्,' उनले कुनै नेपाली नेताको जस्तै शैलीमा भने, 'यस्तो भएन भने रिक्तता हुन्छ । त्यो जनपक्षीय हुँदैन ।' नेपालगन्जमा बिहीबार साँझ आइपुगेका मन्त्री राईले जनता नै देशको सबैभन्दा महत्त्वपूर्ण अंग रहेको जिकिर गरे ।आफ्नो देशमा विमानस्थल निर्माणका लागि नेपालका विकट जिल्लामा रहेका विमानस्थल अवलोकन भ्रमणका लागि नेपाल घुम्दै गरेका भुटानी मन्त्री राई नेपालगन्जसम्म आइपुगेका हुन् । भौगोलिक बनावट एकै प्रकारको रहेकोले विमानस्थलको भ्रमणमा आएको उनले स्पष्ट पारे । उनी शुक्रबार बिहान जुम्लाको विमानस्थल भ्रमणमा गए । नयाँ नेपाल निर्माणबारे उनको धारणा के रहेछ भनेर राखिएको जिज्ञासाको जवाफ दिँदै उनले 'नेपालले नयाँ सरकार गठनसँगै देशले गति लिएको' बताए । नेपाल सरकारले चुनौतीलाई सामना गर्न नसके ठूलो दुर्घटना हुनसक्ने पनि उनले चेतावनी दिए । तर, नेपाल सरकार र नेपाली जनता ती चुनौतीको सामना गर्न सक्षम रहेको उनको भनाइ थियो ।'नेपाली जनताले लोकतन्त्र स्थापनाका लागि जस्तोसुकै चुनौतीको सामना गरे । त्यसैअनुरूप नयाँ नेपाल निर्माणमा पनि उनीहरू जस्तोसुकै चुनौती सामना गर्न सक्षम छन्,' उनले भने ।स्पष्ट नेपाली भाषा बोल्ने भुटानी सञ्चारमन्त्री राईले जनतामाथि कुनै पनि दमन र शोषण स्वीकार नहुने बताए । 'जहाँका जनतामाथि दमन र शोषण हुन्छ त्यहाँ लोकतन्त्र फस्टाउन सक्दैन,' उनले भने, 'शोषण र दमनले विद्रोह जन्माउँछ ।'

बिल तिर्न नसक्दा कांग्रेस केन्द्रीय कार्यालय फोनविहीन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
टेलिफोनको बिल तिर्न नसक्दा कांग्रेस केन्द्रीय कार्यालय फोनविहीन बनेको छ । कार्यालय प्रयोजनका लागि जडान गरिएको चार लाइन फोनको पैसा नतिरेपछि नेपाल टेलिकमले चार दिनअघि चारवटै लाइन काटिदिएको छ । २०४६ सालको राजनीतिक परिवर्तनपछि अधिकांश समय सत्तामा रहेको कांग्रेस मुख्यालय सानेपामा रहेको ५५५५१८८/१८९/२६४ र ५५५०९२४ नम्बरको टेलिफोन लाइन टेलिकमले काटेको हो । कांग्रेसले चार लाइन टेलिफोनको ३६ हजार चार सय ५४ रुपैयाँ ३१ पैसा तिर्न बाँकी रहेको टेलिकमले जनाएको छ । ५५५५१८८ को आठ हजार तीन सय ४५ रुपैयाँ ३७ पैसा, ५५५५१८९ को पाँच हजार आठ सय ११ रुपैयाँ ३२ पैसा, ५५५५२६४ को १० हजार पाँच सय १३ रुपैयाँ ९९ पैसा र ५५५०९२४ को ११ हजार सात सय ८३ रुपैयाँ ६३ पैसा तिर्न बाँकी छ । नाम उल्लेख नगर्ने सर्तमा टेलिकमका एक अधिकारीले भने, 'टेलिफोनको पैसा तिर्न पटकपटक ताकेता गर्दा पनि पैसा नबुझाएपछि लाइन काट्न बाध्य भएका हौं ।' कांग्रेस मुख्य-सचिव जीवनपे्रम श्रेष्ठले पार्टी केन्द्रीय कार्यालयको टेलिफोन केही दिनदेखि 'बिगि्रएको' बताए । पैसा नतिरेर लाइन काटिएको हो ? भन्ने नयाँ पत्रिकाको जिज्ञासमा उनले अनभिज्ञता प्रकट गर्दै भने, 'अफिस नगएको धेरै दिन भयो, पैसा नतिरेकोजस्तो त लाग्दैन ।' यसैबीच, कांग्रेसका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले प्रयोग गरेको टेलिफोन लाइन पनि काटिएको छ । बिल नतिर्दा २ मंसिरदेखि उनले प्रयोग गरेको एक लाइन टेलिफोन काटिएको हो । टेलिकमका एक कर्मचारीले ५५६०९१८ नम्बरको टेलिफोनको बिल नतिरेकाले लाइन काटेको बताए । सरकारी आश्रम ललितपुरको बाँडेगाउँमा बस्दै आएका नेता भट्टराईले प्रयोग गरेको सो टेलिफोनको २७ हजार चार सय ५१ रुपैयाँ ७ पैसा बुझाउन बाँकी रहेको छ । सरकारले नेता भट्टराईको गाँस, बाससहित सम्पूर्ण व्यवस्था गर्ने निर्णय गरेको थियो ।

रामबहादुर बम्जन पुनः तपस्यामा फर्कने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बाराको हलखोरिया जंगलमा केही दिनअघि सार्वजनिक भएका तपस्वी रामबहादुर बम्जन पुनः तपस्यामा फर्कने भएका छन् । २५ कात्तिकमा सार्वजनिक भएका बम्जनले शुक्रबार अन्तिम प्रवचन दिएका थिए । करिब १० मिनेटमा प्रवचन टुंग्याएका तपस्वी बम्जनले उपस्थित दर्शनार्थीलाई 'आशीर्वाद' (वाङ) दिए । तपस्वीका दिदी राजकुमारी बम्जनले उपस्थित देश-विदेशबाट आएका दर्शनार्थीलाई धन्यवाद दिँदै तपस्वी (भाइ) शनिबारदेखि पुनः ब्रजासनमा बसी तपस्या गर्ने बताइन् । तपोवन संरक्षण समितिका अध्यक्ष वेदबहादुर थिङले तपस्वी बम्जन पुनः बोधिसत्व ज्ञान प्राप्तिका लागि तपस्यामा फर्कने जानकारी दिए । सञ्चारकर्मीको प्रश्नमा उनले तपस्वीले खाए-नखाएकोमा आफूहरू अनविज्ञ भएको बताए । २५ कात्तिकदेखि शुक्रबारसम्म करिब दस लाखले तपस्वी बम्जनको दर्शन गरेको अध्यक्ष थिङले बताए ।

एक दर्जन सहसचिवलाई विभिन्न विभाग सरुवा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
शिक्षामन्त्री रेणु यादवले मन्त्रालयभित्रै चलाखीपूर्ण निर्णयगरी एक दर्जन सहसचिवलाई विभिन्न विभाग र मन्त्रालयमा सरुवा गर्नुभएको छ। मन्त्री भएलगत्तै विभिन्न निकायको क्रियाकलापप्रति असन्तुष्टि जनाउनुभएकी मन्त्री यादवले सामान्य प्रशासन मन्त्रालयसँग पछि अनुमति लिने गरी सहसचिवहरूलाई काजमा सरुवा गर्नुभएको हो।मन्त्रालयअर्न्तर्गतका विभाग र विभिन्न निकायबाट एकैचोटि सरुवा गरिएपछि मन्त्रालयभित्रै सरुवा आतंक मच्चिएको छ। मन्त्रालयले बुधबार सरुवा गरेका अधिकांश सहसचिवले शुक्रबार पदबहाली गरेका थिए। प्रक्रियागत रूपमा नियमअनुसार काजमा सरुवा गरिएको बताउँदै शिक्षा सचिव रामस्वरूप सिन्हाले कुनै गल्ती नभएको दाबी गर्नुभयो।काजमा सरुवा हुनेहरूमा शिक्षा विभागका महानिर्देशक जनार्दन नेपाललाई मन्त्रालय, विभागकै निर्देशक महाश्रम शर्मालाई महानिर्देशकमा बढुवा गरिएको छ। विभागका निर्देशक उषा दीक्षितलाई शैक्षिक जनशक्ति विकास केन्द्रको निर्देशक, एसएलसी परीक्षा नियन्त्रक हर्कप्रसाद श्रेष्ठलाई शैक्षिक जनशक्ति विकास केन्द्रको कार्यकारी निर्देशक, शिक्षा मन्त्रालयका अशोककुमार अर्याललाई शैक्षिक जनशक्ति विकास केन्द्रको निर्देशक पदमा सरुवा गरिएको छ।

माओवादी पार्टी कुनै हालतमा नफुट्ने - प्रचण्ड

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री एवम् नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी कुनै हालतमा नफुट्ने बताउनुभएको छ । माओवादीको राष्ट्रिय कार्यकर्ता भेलाको राजधानीमा उद्घाटन गर्दै उहाँले माओवादीलाई फुटाउन विभिन्न षड्यन्त्र भइरहेको आरोप लगाउँदै पार्टी फुटाउन प्रयास गर्ने षडयन्त्रकारीको सपना चकनाचुर हुने बताउनुभयो ।प्रधानमन्त्री प्रचण्डले जनयुद्धका क्रममा पनि पार्टीभित्र थुप्रै बहस, छलफल र सङ्घर्ष चलेको उल्लेख गर्दै वर्तमान परिवेशमा पनि पार्टी र सिङ्गो मुलुकलाई दिशानिर्देश गर्न व्यापक बहस र छलफलका बीच नया“ कार्यदिशाका साथ माओवादी अगाडि बढ्ने उल्लेख गर्नुभयो । साथै उहा“ले पार्टीभित्र बहस र छलफलबाट खारिँदै देशको आवश्यकताअनुसार पार्टी झन बलियो र खारिँदै जाने बताउनुभयो । सरकारको तीनमहिने गतिविधिबाट जनता खासै उत्साहित नभएको भनिए पनि माओवादी नेतृत्वबाहेक अर्को विकल्प नभएकोसमेत प्रधानमन्त्रीले स्पष्ट गर्नुभयो ।प्रधानमन्त्री प्रचण्डले जनताका आकांक्षा पूरा गर्न पार्टीका तमाम कार्यकर्ता सङ्गठित र एकजुट भएर अघि बढ्नु पर्नेमा जोड दिनुभयो । माओवादीका केन्द्रीय सदस्य हीतमान शाक्यले भेलाले नयाँ सोच, नयाँ विचार र नयाँ कार्यदिशा तय गरी पार्टीलाई एकढिक्का बनाउने बताउनुभयो ।अर्का केन्द्रीय सदस्य वर्षमान पुन 'अनन्त' ले पार्टीभित्रको वैचारिक सङ्घर्षले ताप र प्रकाश दुवै उत्पन्न गरी पार्टीलाई अझ मजबुत बनाउनेछ भन्नुभयो । चार दिनसम्म चल्ने भेलामा देशभरका एक हजार २०० जना पार्टी कार्यकर्ताको सहभागिता छ ।

यात्रुबाहक बस त्रिसुली नदीमा खस्दा ६ जना यात्रुको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तनहुँको आँबुखैरनीबाट एउटा यात्रुबाहक बस त्रिसुली नदीमा खस्दा ६ जना यात्रुको मृत्यु भएको छ । अन्य २२ जना यात्रु घाइते भएका छन् । शुक्रबार अपराह्न भएको दुर्घटनामा परी घाइते हुनेहरुमध्ये पाँचजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुको चितवनस्थित भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।दुर्घटनामा परी मृत्यु हुनेहरुमा गोरखा जिल्ला मनकामना गाविसका २१ वर्षीय जुबी जोशी र बुटवल निवासी दिलप्रसाद घर्ती छन् भने अन्य चारजनाको नाम खुल्नसकेको छैन । पोखराबाट नारायणगढ जाँदै गरेको ग१ख ५२२६ नम्बर यात्रुबाहक बस तनहुँ जिल्लाको आँबुखैरेनी नजिकबाट त्रिशुली नदीमा खसेको थियो ।

प्रहरी कारबाहीमा सशस्त्र कार्यकर्ता मारिए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रहरीले हानेको गोली लागि रणवीर सिह नेतृत्वको जनतान्त्रिक तराइ मुक्तिमोर्चाका एक कार्यकर्ताको शनिबार बिहान मृत्यु भएको छ । मोर्चाका सिरहा क्षेत्र नम्बर २ का एरिया इन्चार्ज बिष्णुपुरकट्टी ७ निबासी ३० वर्षीय करण सिह भनिने राम नारायण यादबको मृत्यु भएको प्रहरीले जनाएको छ ।आज बिहान घरबाटै पक्राउ परेका यादवलाई भाग्न खोज्दा हानेको गोली लागि मृत्यु भएको सिराहा प्रहरीले जनाएको छ ।

जनगणतन्त्रको कार्यदिशा तय गर्न माओवादी राष्ट्रिय कार्यकर्ता भेला

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जनगणतन्त्रको कार्यदिशा तय गर्न नेकपा माओवादी राष्ट्रिय कार्यकर्ता भेलामा आज शनिबारदेखि छलफल सुरु हुने भएको छ । भक्तपुरको विद्युत प्राधिकरण केन्द्रमा जारी भेलामा केन्द्रीय समितिले निर्णय गर्न नसकेका कार्यदिशाका विषयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता मोहन बैद्य किरणको छुट्टाछुट्टै प्रतिवेदनमथि २० छुट्टाछुट्टै समितिमा छलफल हुनेछ । राज्य समितिस्तरका झण्डै ११ सय बढी कार्यकर्ताको सहभागिता रहेको भेलामा अहिले प्रतिवेदनमाथिको छलफलका लागि समिति बनाउने काम भइरहेको छ भने मध्याहृनबाट मात्र बन्द सत्र शुरु हुने नेता पोष्टबहादुर वोगटी दिवाकरले जानकारी दिनुभयो । यसअघि हिजो सकिएको केन्द्रिय समिति बैठकले अध्यक्ष प्रचण्ड र नेता किरणको प्रस्तावमाथि निर्णय गर्न नसकी निर्णय भेलामा पठाएको थियो । प्रचण्डको राजनीतिक प्रतिवेदनमा संघीय र प्रतिस्पर्धात्मक जनपक्षीय गणतन्त्रमा जाने उल्लेख छ भने नेता किरणको प्रस्तावमा विद्रोहका माध्यमवाट जनगणतन्त्रमा जाने कार्यदिशा तय गरिनु पर्ने बताइएको छ । अब चार दिनसम्म चल्ने भेलाले पार्टीको आगामी कार्यनीति तय गर्ने माओवादीले जनाएको छ ।

Nov 21, 2008

प्रवासी धनकुटा समाज कल्याण समितिद्धारा राहत संकलन गरियो

लिम्वूवान डट व्लगस्पोट डटकम,साउदी/जबेगु दिलीप लिम्बू
साउदी अरब दम्माम शहरको रोयल रेष्टुरेष्टको एक कक्षमा प्रवासी धनकुटा समाज कल्याण समिति साउदी अरब समितिले अन्तरक्रिया कार्यक्रमको आयोजना गरी निम्न कुराको जानकारी गराएको थियो । धनकुटा नगरपालिका वार्ड नं. ७ डाडागाउँ निवासी हरिमान आले मगरको २० बर्षिय छोरी, धनकुटा बहुमुखी क्याम्पसमा आई.ए.मा अध्यानरत सूश्री कल्पना आले मगरको दुर्इवटै किड्नी फेल भएर जीवन र मृत्युको दोसादमा संघर्ष गरिरहेकी तर निजको पारिवारिक आर्थिक स्थिति कम्जोर भएको हुनाले पिडीतको उपचार हुन नसकेकोमा सम्पूर्ण महानुभावहरुमा सहयोगको अपेक्षा राखी सहयोगको अनुरोध गरेकोले सो अनुराधलाई मानवीय सहयोगको मान्यताका साथ प्रवासी धनकुटा समाज कल्याण समिति साउदी अरबको संयोजकत्वमा सोहि समितिका संरक्षक चेम्जोङ प्रेम लिम्बू र खगेन्द्र कुँवर ज्यूहरुको सक्रियतामा, साउदी अरबमा कार्यारत नेपाली दाजुभाई, दिदीबहिनी तथा विभिन्न संघ सस्थाबाट आर्थिक संकलन गरेको कुरा यहि अन्तक्रिया कार्यक्रम मार्फ जानकारी गराएको छ । यस अन्तरक्रिया कार्यक्रमको अध्यक्षता समितिका संरक्षक चेम्जोङ प्रेम लिम्बू ज्यूले गर्नुभएको थियो भने समितिका सचिव खगेन्द्र कुँवर द्धारा कार्यक्रम संचालन गरीएको थियो । बिषेश अथिति प्रवासी नेपाली सेवा समितिका अध्याक्ष तारानाथ भष्डारी ज्यू हुनुहुन्थ्यो भने अथितिमा प्रवासी किरात एकता संघ राष्ट्रिय समितिका साउदी अरबका बरिष्ट उपाध्यक्ष पाहिम मान ब.लिम्बू ,ताप्लेजुङ जिल्ला समितिका अध्याक्ष क्याक याम लिम्बू लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि ज्यूहरु एवं सम्पूर्ण सहयोगि महानुभावहरु हुनुहुन्थ्यो यस अन्तरक्तिया कार्यक्रममा उल्लेखिय बुद्धीजीबीहरुको पनि उपस्थिति रहेको थियो । यो हयोग संकलनले एक थुकी सुकी र हजार थुकी समुन्द्र भन्ने उखानलाई प्रमाणीत गरेको छ । हुनत यस्ता राहत सहयोग साउदी अरबबाट यो पहिलो पटक भने होईन, याहाँ साउदी अरबमा कार्यारत नेपाली दाजुभाई, दिदीबहिनी तथा विभिन्न संघ सस्थाहरुले विभिन्न समस्याहरु जस्तै व्याक्तिगत, सामाजिक, संघ सस्था र प्राक्रितिक प्रकोप जस्ता भैपरि आउने समस्याहरुमा पनि सरसहयोगहरु गर्दै आईरहेको छ । यस आर्थिक संकलनको शिलसिलामा उत्कृष्ट सहयोग उपलब्द गराउने संस्था प्रवासी किरात एकता संघ राष्ट्रिय समिति, साउदी अरब र उत्कृष्ट संकलक नवराज र्राईलाई आयोजक प्रवासी धनकुटा समाज कल्याण समितिले मायाको कोसेली स्वरुप चिनो दिएको थियो । आजको मिती सम्ममा साउदी रियाल १८,८६२ नेपाली रुपैया ३,८५,१६२.०४ जम्मा भैइ सकेको र अरुपनि संकलन भैइरहेको कुरा चेम्जोङ प्रेम कुमार लिम्बूज्यूले जानकारी गराउनु भएको थियो । साथै यो संकलन सहयोग रकमलाई तुरुन्त पिडीतलाई उपलब्द गराउने कुरा समेत स्पस्ट पार्नु भएको थियो । यस अन्तकृया कार्यक्रममा उपस्थित सम्पूर्ण वक्ताहरुले मानवमा मानवताको यस्ता उदारणीय सहयोग र सद्भावहरु सदै कायम रहिरहोस् । एकतामा अनेकता होइन, अनेकतामा एकता भएर अगाडी बढ्न सकु भदै पिडीको शुस्वाथ, दीर्घायुको कामना गरिएको थियो ।पिडीतको लागी सहयोग संकलन गर्ने तपसिल बमोजिमका संघ सस्था र व्याक्तिहरुबाट तपसिल अनुसारको सहयोग रकम संकलन भएको संस्थाका संरक्षक चेम्जोङ प्रेम लिम्बू ज्यूले जानकारी दिनुभएको छ ।

संस्थागत सहयोग ।
प्रवासी किरात एकता संघ राष्ट्रिय समिति, साउदी अरब - सा.री. -१,६९४/-
ताप्लेजुङ सेवा समिति साउदी अरब - सा.री. - १,१६१/-
प्रवासी धनकुटा समाज कल्याण समिति (आयोजक) - सा.री. - १,०५१/-
स्टार लाईट रेष्टुरेष्ट दम्माम - सा.री. - ५०१/-
नेपाली जनप्रगतीसिल मञ्च - सा.री. ३५१/-
स्वार्गिक मार्ग - सा.री. ३४०/-
प्रवासी लाङघाली मगर संघ - सा.री. २०१/-
रोयल रेष्टुरेष्ट दम्माम - सांरी. ११७/-
प्रवासी नेपाली सेवा समिति, साउदी अरब - सा.री. १०५/-
नवल परासी सर्म्पर्क समिति, साउदी अरब - सा.री. १०१/-
तामाङ्ग समाज सेवा समिति - सा.री. ८५/-

साउदी अरबमा कार्यारत नेपाली दाजुभाई तथा दिदीबहिनीहरु द्धारा निम्न व्याक्तिहरुले तल उल्लेख गरेनुसारको सहयोग रकम संकलन गरिएको छ -

श्री खगेन्द्र कुँवर सा.री. १,३३५/-
श्री चेम्जोङ प्रेम लिम्बू सा.री. १,००४/-
श्री नवराज राई सा.री. ९०७/-
श्री याम सुब्बा सा.री. ८५७/-
श्री भबिन्द्र बस्नेत सा.री ७८४/-
श्री चुडा मणी राना सा.री. ७०९/-
श्री चक्र गिरी सा.री. ६२७/-
श्री शुल बहादुर बि.क. सा.री. ५३४/-
श्री शुबास राई सा.री. ५०७/-
श्री लाला बहादुर पूलामी सा.री. ५००/-
श्री डिल्लीश्वर राई सा.री. ४८४/-
श्री र्सुय नेवार सा.री. ४५०/-
श्री तीलक रोईला सा.री. ४००/-
श्री धन बहादुर बि.क. सा.री. ३९२/-
श्री जयसिं पाख्रिन सा.री. ३७५/-
श्री बिनोद महत सा.री ३७०/-
श्री डम्बर आले सा.री. ३५८/-
श्री टेक बहादुर थापा मगर सा.री. ३३८/-
श्री विर बहादुर न्यौपाने सा.री. २९५/-
श्री कुमार लामा सा.री. २९५/-
श्री हेम सागर दाहाल सा.री. २७५/-
श्री सोभित लिम्बू सा.री. २६२/-
श्री बाल कृष्ण कुँवर सा.री. २४०/-
श्री हरी पाम्फू सा.री. २०७/-
श्री गोबिन्द कटुवाल सा.री. १८२/-
श्री भक्त शहादुर लिम्बू सा.री. १७०/-
श्री टिका घिमीरे सा.री. १४७/-
श्री बेघा सोम लिम्बू सा.री. १११/-
श्री बाल कुमार गुरुङ्ग सा.री. ४०/-

सहयोगको याचना
सेवानै धर्म हो, धर्म नै जीन्दगी ।
दैव पनि कत्ति निष्ठूरी, खाउ-खाउ र लाउ-लाउको कलकलाउदो उमेरमा मृत्युको मुखमा धकेली दिने । के गरीव र दुःखीको जीन्दगी जीवननै होईनर - जन्म अनि कर्म पछिको जीन्दगी अन्त्यमा मरण त यो मर्त्य लोकको आकट्य नियमनैहो तर पनि आफ्नै आँखा अगाडी आफ्नो मृत्युलाई अगाल्नु पर्दा कस्तो होला यो जुनी - यस्तै भएको छ यहाँ धनकुटा नगरपालिका वार्ड नं. ७ डाडागाउँ निवासी हरिमान आले मगरको २० बर्षिय छोरी, धनकुटा बहुमुखी क्याम्पसमा आई.ए.मा अध्यानरत सूश्री कल्पना आले मगरको दुइवटै किड्नी फेल भएर जीवन र मृत्यूको दोसादमा संघर्ष गरिरहेकी छिन । परिवारको आर्थिक अवस्था कम्जोर भएको कारण निजको उपचार गर्न सकिरहेको छैन । कल्पना आफ्नो जीन्दगीको भिक मागी रहेकी छे उपचारको लागि संघ, सस्था तथा कोही दानबी दयालु सहयोगी महानुभावहरु संग यथेष्ठ सहयोगको आसा गर्दै, सहयोग प्राप्त भएमा उनको उपचार भै यो समाज र देशको लागि केही गर्नसक्ने थिईन । तपाई हाम्रो सानो सहयोगले कल्पनाको जीवनमा पुनरजन्म पाउछे भने किन ?

कल्पनाको जीवन बचाउन हामी सबैले सहयोग गरौ ।

सम्पूर्ण प्रवासी, आप्रवमसी दाजुभाई, दिदीबहिनी तथा संघ,सस्थाहरुमा मानवीय माया र ममताको साइनोलाई अगाडी बढाउदै कल्पनाको उपचारार्थको निम्ती सहयोगको हातेमालो गरी सहयोगी हातहरु अगाडी बढाउँ ।

प्रवासी धनकुटा समाज कल्याण समिति साउदी अरब ।

चेम्जोङ प्रेम लिम्बू - फोन - ००९६६ ५४११२७६७४
खगेन्द्र कुँवर - फोन - ००९६६ ५०८५०२६५७
सम्पर्कः वुवा - हरिमान आले मगर
फोन न. ००९७७ ९८४२०६२७५४