News

Jan 31, 2009

विषाक्त रक्सी प्रकरण, छ जनाला‍ई ज्यान मुद्दा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माघ १९ - विषाक्त मदिरा बेचबिखनमा संलग्न छ जनालाई प्रहरीले कर्तव्य ज्यान अभियोगमा कारबाही सुरु गरेको छ । महानगरीय प्रहरी वृत्त बालाजुले कारबाही सुरु गरेकामा नुवाकोट अच्याङ घर भई बाइपासमा भट्टीपसल गर्ने मानबहादुर घलान लामा, धादिङ छत्रेदेउराली घर भई सोही ठाउँमा खुद्रापसल गर्ने उद्धवप्रसाद पाठक, दाङ सोहनपुर घर भई राजधानीको महादेवटार बस्ने पुरन चौधरी, नुवाकोट जिलिङका गोकुल पुडासैनी, रामेछाप सुनारपानी घर भई धुम्बाराही बस्ने मिलन कार्की र भारत सिहर जिल्ला अदौरी-१५ घर भई कुलेश्वर बस्ने सुरेन्द्र चौधरी छन् । केन्द्रीय प्रहरीले उक्त कार्यमा संलग्न १० जनालाई कालोबजार तथा केही सामाजिक अपराध र सजाय ऐनबमोजिम कारबाही प्रारम्भ गरेको जनाएको छ । कारबाही गरिएकामा गोरखा ताडाङ घर भई बालाजुस्थित खनाल कोल्ड स्टोर्सका कृष्णप्रसाद खनाल, मित्रनगर नयाँ बसपार्कस्थित सिसक्ति ट्रेडर्सका सविन उप्रेती, गोंगबु गणेशस्थानस्थित नव स्टोर्सका गणेशबहादुर कुताल, गोंगबु बानियाटारस्थित न्यू अर्याल सप्लायर्सका बाबुराम अर्याल, गोंगबु मित्रनगरस्थित धौलागिरि कञ्चनजंघा गेस्ट हाउसका मोहन मोक्तान, गोंगबु मित्रनगरस्थित अन्डरग्राउन्ड रेस्टुरेन्टका धनकुमारी तामाङ, कवाडी पसल बत्तीसपुतलीका नरेश भन्ने विनोदप्रसाद साह, कपनस्थित विवेक स्टोर्सका सन्जीवकुमार पृतम रौनियार, मित्रनगरस्थित न्यू थकाली गेस्टहाउसका लक्ष्मण हिराचन र मित्रनगरस्थित द मार्फा ट्रेडका सोम जहारचन छन् । फरार रहेका प्रमुख उत्पादकमध्ये धादिङ छत्रेदेउराली घर भई गोंगबु बस्ने राजकुमार भण्डारीको कोठाबाट प्रहरीले विभिन्न सामानहरू बरामद गरेको छ । उनको कोठाबाट बिल्यु रिभाइनको नीलो स्टिकर आन्तरिक राजस्व विभाग लेखिएको स्टिकर खाली सिसी, खाली बोतल, खाली ड्रम र मेथानल पाँचवटा किनेको सक्कल बिल दुई वटालगायत छन् उनी यसअघि पनि पक्राउ परेर छुटेका थिए । त्यतिबेला उनलाई मदिराको खाली बोतललगायतका सामानसहित पक्राउ गरिएको थियो । कालोबजारी र विभिन्न सामाजिक अपराध गरेको आरोप लगाएर उनलाई पक्राउ गरिए पनि प्रहरीले भदौ २८ मा ४० हजार रुपैयाँ धरौटी राखी छुटेका थिए । त्यसैगरी उनलाई सरकारी छाप दस्तखत किर्ते मुद्दामा काठमाडौं जिल्ला अदालतमा पेस गर्दा भदौ ३१ गते २० हजार रुपैयाँ धरौटीमा छुटेका थिए ।

अस्ट्रेलियन ओपन उपाधि सेरेनालाई

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मेलवर्न, माघ १८ गते । अमेरिकाकी सेरेना विलियम्सले शनिबार रुसकी डिनारा सफिनालाई एकपक्षीय रूपमा ६-०, ६-३ ले हराएर अस्ट्रेलियन ओपन महिला एकल उपाधि जितेकी छन् । सेरेनाले अस्ट्रेलियन ओपन जितेको यो चौथोपटक हो । सेरेनाले आˆनो दसौँ ग्रान्डस्लाम उपाधि जितका साथै डब्लूटीए वरीयतामा नम्बर एकको स्थान पनि हात पारिन् । सेरेनाको जितपछि सर्वियाकी येलेना यान्कोभिचले शीर्ष वरीयता गुमाएकी छन् । अस्ट्रेलियन ओपन महिला एकल फाइनलको इतिहासमा नै सर्वाधिक सहजमध्येको जित हात पारेकी सेरेनाले खेल अवधिभर तेस्रो वरीयताप्राप्त डिनारालाई दबाबमा राखिन् । पहिलो सेटमा मात्र आठ अङ्क गुमाउने सेरेनाले एक घण्टाभन्दा कम समयमा नै च्याम्पियनसिपमा कब्जा जमाइन् । यसअघि अस्ट्रेलियन ओपनको फाइनलमा ग्राफ (सन् १९९४) र माग्रेट स्मिथ
-सन् १९६२)ले मात्र सेरेनाले भन्दा सहज जित हात पारेका थिए ।एक दिनअगाडि दिदी भेनस विलियम्ससँग जोडी बनाई महिला डबल्सको उपाधि पनि जितेकी सेरेना यस प्रतियोगितापछि महिला खेलकुदमा सर्वाधिक पुरस्कार रकम प्राप्त गर्ने खेलाडी पनि बनेकी छन् ।सेरेनाले जितपछि दस अथवा दसभन्दा बढी ग्रान्डस्लाम जित्ने सूचीमा रहेकी स्टेफी ग्राफ र मार्टिना नाभ्रातिलोभाजस्ता खेलाडीसँग स्थान बनाउन पाउँदा गर्वको अनुभूति भइरहेको प्रतिक्रिया दिइन् ।

प्रधानमन्त्री दाहाल सहमतिको पक्षमा प्रतिबद्ध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ संविधान निर्माण तथा सेना समायोजन गर्दा सबै दलसँग सहमति गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । शन्ति प्रकि्रया संविधान निर्माण र आर्थिक विकासका विषयमा यूरोपेली युनियनका सदस्य राष्ट्रका राजदुतहरुसँग माघ १८ गते भएको छलफलमा प्रधानमन्त्री दाहालले सबैदलसँग मिलेर जाने र पूर्व सहमति अनुसारनै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार हिराबहादुर थापाले जानकारी दिए । पूर्वप्रधानमन्त्री तथा काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले सरकार अधिनायकवादी शैलीमा अघि बढेको तथा सहमती र सहकार्यको वेवास्ता गरेको भन्ने विज्ञप्ती आएको भोलिपल्ट प्रधानमन्त्रीले आफू सहमतीकै पक्षमा रहेको बताएका हुन । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा राजदुतहरुले सेना समायोजन र नेपाली सेनाको भर्ती प्रकि्रयामा देखिएको विवादबारे जिज्ञासा राखेको पनि सल्लाहकार थापाले जानकारी थिए । राजदुतहरुले सेना र सरकारबीच तथा दलहरुबीच देखिएको विवाद छिटो टुंग्याउन सुझाव दिए थिए ।

कपालले ट्रकलाई २ मिनेटमा करिब ७ मिटर तान्दा सबै चकित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भारतीय युवती रानी रैकवारले नौ टनको ट्रकलाई आफनो कालले शनिबार राजधानीमा तानेर आर्श्चर्यचकित पारेकी छन्। भारतको उत्तरप्रदेशस्थित भुपाल घर भएकी २५ वर्षीया रानीले काठमाडौंको नया“बानेश्वरमा आफनो कपालले ट्रकलाई २ मिनेटमा करिब ७ मिटर तानेकी थिइन्। ६ वर्ष उमेरदेखि कपालद्वारा अनौठो कार्य गर्दै आएको र दुइ दर्जन पटक भारतका विभिन्न शहरहरूमा रोडसो गरिसकेको राजधानीमा आयोजित्र पत्रकार सम्मेलनमा उनले जानकारी दिइन्। नियमित कपालको हेरचाह र खानपानमा विशेष ध्यान दिएमा जोकोहीले पनि उक्त कार्य गर्न सक्ने उनको भनाइ थियो। भविष्यमा हवाईजहाज कपालले तानेर गिनिज बुक्स अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गर्ने लक्ष्य लिएको उनले बताइन्। उनले सो काम गर्दा बानेश्वर क्षेत्रमा ४५ मिनेटजति आवातजावतमा अप्ठेरो भएको थियो। रोड सो सकिएपछि केही दर्शकहरूले उक्त कार्य तथ्यपूर्ण नभएको भनी रानीलाई घेरा हालेका थिए।आयोजक टेक मिडिया हाउस प्रालिका सञ्चालक रोशन प्रर्साईंले बुटवल, वीरगन्ज इटहरीलगायतका शहरमा पनि रोड सो गरिने जानकारी दिए।

घूस लिंदै भन्सार कर्मचारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लक्ष्यअनुसार राजस्व असुली गर्न सके सरकारले तलबबराबरकै थप दुइ गुणा अतिरिक्त सुविधा थपिदिने घोषणा गरेको छ। तर भन्सारका कर्मचारीहरू अनियमित तबरले रकम असुल्न छाडेका छैनन्। मुलुककै तेस्रो ठूलो भन्सार कार्यालय भैरहवा भन्सारका कर्मचारीहरू थप सुविधा घोषणा हुनु अघिजस्तै घूस लिइरहेका भेटिन्छन्। तात्त्विक रूपमा भन्सार कर्मचारीमा कुनै परिवर्तन आएको छैन, उस्तै र उसै गरी पैसा लिन्छन्’, भैरहवा भन्सारपरिसरमा भेटिएका एक व्यवसायीले नेपाल समाचारपत्रसँग भने- पैसा नदिए अनेक बहानामा ढिलासुस्ती हुन्छ।’ठूला पार्टी(व्यवसायी) सँग सीधै र अन्यसँग सामान जाँचपास गराउने एजेन्ट वा व्यवसायीका प्रतिनिधिसँग कर्मचारीले अनियमित पैसा लिने गरेको पाइएको छ। जाँचकीले अदत (पोका) को हिसाबले ५० देखि ५ सय रुपियाँ जाँचपासबापत तथा नगद फाँटमा राजस्व बुझाउने समयमा पनि सोही अनुपातमा अतिरिक्त रकम दिनुपर्ने एक भन्सार एजेन्टले जानकारी दिए। उनका अनुसार नगद फाँटका कर्मचारीसँग छापा मारे अवैध रकम पकेटमा सजिलै भेटाउन सकिन्छ।भैरहवा भन्सारमा व्यवसायीहरूसँग अतिरिक्त रकम असुल्नका लागि अनियमित तवरले सेवानिवृत्त भइसकेका दुइ कर्मचारी ज्यालादारीमा नियुक्त गरिएको छ। यात्रु शाखामा नारायणबहादुर श्रेष्ठ र लोकल शाखामा निमनारायण चौधरीलाई रकम असुल्नकै लागि नियुक्त गरिएको तथा उनीहरूले भन्सार भएर आयात/निर्यात हुने सामानमा विभिन्न बहाना झिकेर पैसा उठाइदिने गरेको पाइएको छ।

रिपब्लिकन पार्टीले अफ्रीकी मूलका पार्टी-अध्यक्षमा चयन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वासिङ्टन/ संयुक्त राज्य अमेरिकामा विपक्षी रिपब्लिकन पार्टीले आफ्नो डेढ सय वर्षको इतिहासमा पहिलोपटक अफ्रीकी मूलका अमेरिकीलाई पार्टी-अध्यक्षमा चयन गरेको छ । पार्टीमा भएको ६ चरणको मतदानपछि माइकल स्टिल रिपब्लिकन पार्टीको अध्यक्ष चुनिएका हुन् । उनी मेरिल्यान्ड प्रान्तका उप-गभर्नर हुन् । ५० वर्षीय माइकल स्टिलले अध्यक्ष बनेपछि पार्टीलाई नयाँ ढंगले स्थापित गर्ने बताए । 'हाम्रो पार्टी गरिबको पनि हो र केही भाग्यशालीको पनि । सबै जनताका लागि जमेर काम गर्छु भन्ने मलाई आशा छ,' उनले भने । केही समययता अफ्रीकनमूलका जनता रिपब्लिकन पार्टीबाट टाढा रहेको विज्ञहरूले बताएका छन् । अमेरिकी मिडियाले रिपब्लिकन पार्टीको अध्यक्षमा स्टिलको चयनको प्रशंसा गरेको छ । टाइम पत्रिकाले स्टिलको चयनलाई हेडलाइन बनाएको छ ।

Jan 30, 2009

भारतीय प्रहरीले कण्डम तस्करीलाई अपराधका रूपमा दर्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालमा निःशुल्क रूपमा वितरण हुँदै आएको कण्डम भारतमा लगेर बिक्री भइरहेको घटना यहाँ सार्वजनिक भएपछि त्यस कार्यलाई भारतीय प्रहरीले अपराधका रूपमा दर्ता गर्दै रोक लगाएको छ ।
भारतीय प्रहरीले बाँके जिल्ला नेपाल-भारत सीमापारी भारतीय बजार रूपैडिहाको रेल्वे मार्गमा खोजतलास गर्दा दुई वटा सुटकेशमा कण्डम भेटिएपछि भारतीय प्रहरीले कण्डम तस्करीलाई अपराधका रूपमा दर्ता गरेको हो ।भारत रूपैहिडाका थाना अध्यक्ष राम एकबालले नेपालबाट निःशुल्क कण्डम भारतमा ल्याउन नदिन अपराध रजिष्टेशन नम्बर ३४/०९ दर्ता गरेको बताउँदै सीमाक्षेत्रको भारतीय प्रहरी चौकीको जाँचमा कडाई गरिएको बताउनुभयो । बाँके जिल्ला जनस्वास्थ्य कार्यालयले जिल्लाका सबै स्वास्थ्यचौकी तथा स्वास्थ्य कार्यक्रमका क्षेत्रमा कार्यरत ५० भन्दा बढी गैरसरकारी संस्थाले यहाँ निःशुल्क कण्डम वितरण गर्दै आएका छन् ।

जनमुक्ति सेनाको संख्या ३२ हजार पुर्‍याउने - पासाङ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेकपा माओवादीको जनमुक्ति सेनाका कमाण्डर नन्दकिशोर पुन पासाङले जनमुक्ति सेनाको संख्या ३२ हजार पुर्‍याउने बताउनुभएको छ । आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले नेपाली सेनाले सैन्यभर्ती नरोकेकाले दरबन्दी पूर्ति गर्न आफूहरुले पनि आवश्यक प्रक्रिया थाल्ने बताउनुभएको हो । उहाँले आफूहरुसंग ३२ हजार जनमुक्ति सेनाको दरबन्दी रहेकोमा हाल १९ हजार मात्र रहेकाले पूर्ति गर्न प्रक्रिया थाल्ने बताउनुभयो । जनमुक्ति सेनाले वृहत शान्ति सम्झौता पालना गर्दै आएको दाबी गर्दै नेपाली सेनालाई उल्लंघन गर्नबाट रोक्न सरकारले कडा निर्देशन दिनुपर्ने बताउनुभयो ।

यसरी हुँदैछ एमालेमा शक्ति बाँडफाँडको खाका

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बहुपदीय प्रणालीमा जाने तयारीमा रहेको एमालेले अध्यक्षलाई वैचारिक र राजनीतिक तथा महासचिवलाई सांगठनिक र प्रशासनीक जिम्मेवारी दिँदै शक्ति बाँडफाँडको खाका बनाएको छ । महासचिव झलनाथ खनालद्वारा प्रस्तावित विधानमा उपाध्यक्ष भने भूमिकाविहीन छन् । आगामी महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव महासचिव झलनाथ खनालले बिहीबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीमाझ सार्वजनिक गरेका थिए । प्रस्तावित विधानमा अध्यक्षका चार अधिकार र कर्तव्य तोकिएको छ । राष्ट्रिय महाधिवेशन, केन्द्रीय कमिटी र स्थायी कमिटीका नीति निर्णयहरूको कार्यान्वयनमा पार्टीलाई नेतृत्व प्रदान गर्ने, पार्टीको विधान कार्यान्वयन गर्ने-गराउने, केन्द्रीय र स्थायी कमिटी तथा राष्ट्रिय प्रतिनिधि परिषद्का बैठकको अध्यक्षता गर्ने, पार्टीको प्रमुख नेताका रूपमा काम गर्ने र विधानको अधिनमा रही केन्द्रीय कमिटीले तोकेका अन्य काम अध्यक्षको कार्यक्षेत्रमा छन् । महासचिवका चार अधिकार र कर्तव्यहरूमा महाधिवेशनबाट पारित नीति निर्णयहरूको कार्यान्वयनका लागि कार्ययोजना तयार गरी स्थायी र केन्द्रीय कमिटीमा प्रस्तुत गर्ने, केन्द्रीय सचिवालय सञ्चालन गर्ने, अध्यक्षको परामर्शमा स्थायी कमिटी, केन्द्रीय कमिटी र राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलाउने र बैठकको कार्यसूची तयार गर्ने रहेका छन् । अध्यक्ष र महासचिवलाई तोकिएका यी सबै जिम्मेवारी यसअघि महासचिवमा निहित थिए । यसअघि तत्कालीन माले र माक्र्सवादीबीच एकीकरणपछि पार्टीको पाँचौं र छैटौं महाधिवेशनमा मनमोहन अधिकारीलाई अध्यक्ष बनाइए पनि उनको पद आलंकारिक मात्र थियो । अधिकारीको निधनपछि एमालेको अध्यक्ष पद नै खारेज गरेको थियो । ६ वर्षअघि सम्पन्न सातौं महाधिवेशनमा एमाले नेता केपी ओलीले बहुपदसहितको अध्यक्षात्मक प्रणालीको प्रस्ताव ल्याए पनि महाधिवेशनको हलबाट आफ्नो प्रस्ताव फिर्ता लिएका थिए । यसपटक बहुपदीय नेतृत्व संरचनाको प्रस्तावित विधानलाई महाधिवेशनले पारित गरेपछि एमालेमा अध्यक्ष, उपाध्यक्ष, महासचिव र सचिव रहने भएका छन् ।उपाध्यक्षलाई कुनै विशेष जिम्मेवारी दिइएको छैन । अध्यक्षको अनुपस्थितिमा मात्र उपाध्यक्ष सक्रिय हुने व्यवस्था गरिएको छ । सचिवले भने महासचिवका काममा सहयोग गर्ने र केन्द्रीय कार्यालय सञ्चालन गर्ने विधानमा उल्लेख छ ।
'प्रत्यक्ष चुनाव हुनसक्छ'
पार्टीको महाधिवेशनमा मुख्य नेतृत्व प्रत्यक्ष निर्वाचनबाट चुन्न सकिने महासचिव खनालले बताएका छन् । पार्टीद्वारा बिहीबार केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, निर्वाचित केन्द्रीय कमिटीले पदाधिकारी चुन्दा पनि हुने हो, तर महाधिवेशनले प्रत्यक्ष चुनौं भन्छ भने त्यसो पनि हुन सक्छ ।' प्रस्तावित विधानमा भने मुख्य पदाधिकारी निर्वाचित केन्द्रीय सदस्यहरूले चुन्ने प्रावधान छ । खनालले आफ्नो पार्टी नेपालको उच्चतम लोकतान्त्रिक पार्टी भएको दाबी गर्दै आठौं महाधिवेशनले पार्टीलाई विचार र संगठनको हिसाबले एकताबद्ध बनाउने बताए । महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटीले सर्वसम्मत पारित गरेकाले फरक मत नआउने उनको भनाइ थियो । 'केन्द्रीय सदस्यहरूको सुझाव समावेश गरेर प्रतिवेदनलाई उन्नत बनाइएको छ, त्यसलाई महाधिवेशनले उत्कृष्ट दस्तावेज बनाउनेछ,' खनालले भने । केन्द्रीय निकाय र विभागबाट फरक मत नआउने भए पनि महाधिवेशनका अन्य प्रतिनिधिले फरक मत ल्याए त्यसलाई स्वागत गरिने उनले बताए । महासचिव खनालले पार्टीको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादमा संशोधन वा परिमार्जन नगरिएको पनि जानकारी दिए । 'नबुझेर कतिपयले सिद्धान्त परिवर्तन गर्‍यो भनेका हुन सक्छन्, जबजको सिद्धान्त होइन कार्यनीति र कार्यक्रमका कतिपय पक्ष परिवर्तित समयअनुसार बदलिएका छन्,' खनालले भने । एक प्रश्नको जवाफमा महासचिव खनालले संविधान निर्माणमा सहकार्य गर्नुपर्ने दल कांग्रेस र माओवादी दुवै एमालेका शत्रु नभएको बताए । 'मुख्य शत्रु सामन्ती यथास्थितिवाद हो, त्यसका विरुद्ध कांग्रेस र माओवादी दुवैसँग एकता, सहकार्य र संघर्षको नीति अख्तियार गरिनेछ,' खनालले भने ।

सेक्सगुरु रजनीशका सम्भोग-सूत्र

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चर्चित पुस्तक सम्भोगदेखि समाधिसम्मका लेखक ओशो रजनीशलाई पत्रकारले सोधे- 'तपाईं सेक्सगुरु हो ?' रजनीशले भने- 'यो संसार विक्षिप्त हो, म होइन । मेरो नामबाट ६ सय ५० कृति प्रकाशित छन्, बाँकी पुस्तकको किन कोही चर्चा गर्दैन ?' यही पुस्तकका कारण यी रजनीशलाई 'सेक्सगुरु' उपाधि दिनु न्यायसंगत हो कि होइन, त्यसमा बहस गर्न सकिन्छ । यद्यपि, यो पुस्तक रजनीशको 'मास्टरपिस' मान्ने गरिन्छ । यस कृतिमा रजनीशले तन्त्रले बताएका सम्भोग-पद्धतिहरूको विस्तृत व्याख्या गरेका छन् । उनी भन्छन्- 'सम्भोग एक मिनेटमा टुंगियो भने मानिस फेरि सम्भोग गर्न आतुर हुन्छ । तीन मिनेटसम्म लम्बियो भने एक सातासम्म सम्भोगको याद पनि आउँदैन । सात मिनेटसम्म लम्बिएमा तीन महिनाका निम्ति सम्भोगको कल्पना पनि आउँदैन । यदि तीन घन्टासम्म लम्बियो भने जीवनभरका निम्ति तृप्ति हुन्छ ।'सामान्यतया सम्भोग हाम्रा निम्ति क्षणिक सुखानुभूति हो । यसलाई तीन घन्टा लम्ब्याउने कुरा अपत्यारिलो र केही अव्यावहारिक पनि लाग्छ । जे भए पनि रजनीशको तर्कअनुसार, तलका विधि अपनाएर सम्भोगलाई तीन घन्टा लम्ब्याउन सकिन्छ । पहिलो सूत्रः सम्भोगका बेला लामो र गहिरो श्वास लिने र क्रमशः श्वासलाई शिथिल पार्नुर्होस् । यति शिथिल कि मानौँ श्वास चलिराखेकै छैन । श्वास जति शिथिल हुन्छ, उति सम्भोगको अवधि विस्तार हुन्छ । दोस्रो सूत्रः सम्भोगको क्षणमा ध्यान दुवै आँखाको बीच अर्थात् आज्ञाचक्रमा केन्दि्रत गर्नुहोस् । यसरी ध्यान सम्भोगमा नभई अन्यत्र केन्दि्रत गर्दा पनि 'ड्युरेसन' बढ्छ, आनन्दमा कमी आउँदैन ।तेस्रो सूत्रः सम्भोग आरम्भ गर्दा आफूलाई मनपर्ने देवताको मन्दिरमा प्रवेश गर्दाको जस्तो पवित्र भावदशा धारण गर्नुहोस् । त्यसबखत हामी समयशून्य अस्तित्वसँग एकाकार हुने चरणमा हुन्छौँ । ठीक त्यही बेला हो, कुनै अदृश्य स्रष्टाले सृष्टि गर्ने, नयाँ जीवनलाई जन्म दिएर । यतिखेर हामी त्यो स्रष्टाको निकटतम् हुन्छौँ ।समाधि अर्थात् समयशून्यताको स्थिति अनुभूति गर्न सम्भोग साधन हुन सक्दछ भन्ने रजनीशको तर्क हो । उनी भन्छन्- 'मानिसको हृदयमा हुने सम्भोगप्रतिको आकर्षण, आतुरता वा व्यग्रता समाधिका निम्ति हो, समयशून्यताको अनुभूतिका निम्ति हो । जो व्यक्ति सम्भोगको सम्पूर्ण रहस्य जान्न समर्थ हुन्छ, उसका लागि सम्भोग व्यर्थप्रायः हुन्छ । ऊ सम्भोगलाई अतिक्रमण गरेर पार हुन्छ ।'यौनका सम्बन्धमा अनुदार पूर्वीय समाजमा सम्भोगलाई सहज रूपमा लिन सिकाउन रजनीशले ठूलै साहसिक पहल गरेका हुन् । यो पहलका लागि उनी बन्दनीय मानिन्छन् । यौनको खुलेआम प्रचार गरेर वा विवादास्पद जीवन बिताएर उनी जति दुष्प्रचारित भए पनि हामीले बुभmनैपर्ने एउटा मुख्य कुरा हो- मानिस सम्भोगबाट जन्मन्छ । मानिसको मनोविज्ञान सम्भोगको ऊर्जाद्वारा संरचित हुन्छ । उसको सम्पूर्ण अस्तित्व सम्भोगको ऊर्जाले भरिएको हुन्छ । जीवनको एउटा मुख्य ऊर्जा सम्भोगको ऊर्जा हो । यस कुरालाई आधुनिक मनोविज्ञानले पनि स्वीकारिसकेको छ । यो ऊर्जालाई भरपूर उपयोग किन नगर्ने ?

तीन वर्षपछि भेटिए अपहरित बालक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तीन वर्षअघि अपहरित दाङका एक बालक बुधबार फेला परेका छन् । धर्ना बसन्तपुरका ११ वर्षीय सञ्जीव डिसीलाई तीन वर्षअघि काठमाडौंबाट अपहरण गरिएको थियो । दाङ, हेकुली-८ मिलनचोकका विजय न्यौपानेबाट ०६३ फागुनमा अपहरणमा परेका सञ्जीव बुधबार हेकुलीमा काम गरिरहेको अवस्थामा फेला परेका हुन् ।काठमाडौंस्थित ब्लु मुन बोर्डिङ स्कुलमा तीन कक्षामा पढ्दै गरेका सञ्जीवलाई अपहरण गरी विजयले बालकका आमा-बाबुसँग १३ लाख रुपैयाँ फिरौती मागेका थिए । 'सुरुमा फोन गरेर १३ लाख रुपैयाँ माग गरेको थियो, त्यतिवेला हामीले सक्दैनौँ भन्यौँ,' आमा सञ्जु डिसी (लामा) ले भनिन्, 'केही समयपछि त्यो विजय भन्ने मान्छे सम्पर्कमै आएन, हामीलाई खोज्न नै कठिन पर्‍यो । प्रहरीले पनि सकेन ।' विजयले बालकलाई आफ्ना काका नाता पर्ने गाउँकै केशवराज गौतमको घरमा राखेर काम गराइराखेको अवस्थामा फेला पारेको बालककी ठूलीआमा कमला न्यौपानेले बताइन् । 'कहिले बुटवलमा खोज्यौँ, कहिले पोखरामा खोज्यौँ, खोज्दाखोज्दा थाकिसकेका थियौँ, भेटिन्छ भन्ने आशै मरिसकेको थियो,' छोरो भेटिएपछि उनले भनिन्, 'बच्चालाई यातना दिएर काममा लगाइएको रहेछ ।'अपहरणमुक्त भएका बालक सञ्जीवले आफूलाई दिनदिनै कुटपिट गरेर राखिएको बताए । 'तेरा बा-आमाले पैसा दिन सकेनन्, त्यसैले दुःख पाइस्, अब तँलाई भारत लगेर बेचिदिन्छौँ भन्दै कुट्थे,' टाउकोका घाउ देखाउँदै उनले भने । पढ्दापढ्दै अपहरणमा परेकाले उनको पढाइ पनि छुटेको छ । 'पढाइ छुट्यो, कुटाइ खाइयो, मैले पहिले कहिल्यै पनि त्यसरी काम गरेको थिइनँ, सधैं भाँडा माझ्न र कपडा धुन लगाए,' सञ्जीवले रुँदै भने ।अपहरणकारी विजय १० महिनाअघि कतार गएको बताइएको छ । सञ्जीवका बुबा श्याम डिसी र आमा सञ्जु भारतको नयाँदिल्लीमा होटल गर्दै आएका छन् । छोरो भेटिएको खबर पाएपछि आमा सञ्जु बुधबार दाङ आइपुगेकी थिइन् ।

बजारमा ३० प्रतिशत नक्कली रक्सी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
रक्सीको सौखिन हुनुहुन्छ भने विचार पुर्‍याउनुहोस् । नक्कली रक्सी खाएर ज्यान जाला । काठमाडौं उपत्यकामा मात्रै ३० प्रतिशत नक्कली रक्सीको कारोबार भइरहेको आधिकारिक व्यवसायीहरूले दाबी गरेका छन् । सस्तो रक्सी उपभोग गर्ने बर्गमा दिनप्रतिदिन नक्कली रक्सीका उपभोक्ता बढ्दै गएको समेत उनीहरूको दाबी छ । उच्च, मध्यम र न्यून सबै कोटिका मदिराको नक्कली उत्पादन भइरहेको व्यवसायीहरूले बताए । नक्कली रक्सीको सेवनले सर्वसाधारणको ज्यान गए पनि सरकारले दोषीलाई कारबाही गर्न नसकेको व्यवसायीको गुनासो छ । 'हामी सरकारी नियम पालना गरी कर तिरिरहेका छौँ,' नेपाल पेय तथा चुरोट उद्योग संघका अध्यक्ष सविनलाल श्रेष्ठले भने, 'हाम्रो बिक्री-वितरण पनि पारदर्शी छ, तर साइकलमार्फत ढुवानी गरी लुकाएर बेचिने नक्कली मदिराका कारण हामीले समस्या झेल्नुपरेको छ ।'पाँचतारे होटलमा समेत नक्कली रक्सी बिक्री-वितरण हुने व्यवसायीको भनाइ छ । 'राजधानीको एउटा पाँचतारे होटलमा आयोजित पार्टीमा मदिराको स्वाद स्वाभाविक नलागेपछि कुरा उठाउँदा उनीहरूले तत्कालै अर्को मगाएर सर्भिस गरेका थिए,' उनले भने, 'त्यसैले यसमा ठूलै समूहको संलग्नता आशंका गर्न सकिन्छ ।' खुकुरी रम उत्पादन गर्ने द नेपाल डिस्टिलरीका प्रमुख कार्यकारी अधिकृत अमित गोश्वामीले बजारमा रम र भर्जिनका कारण मान्छेको मृत्यु भएको चर्चा चले पनि त्यो सत्य नभएको दाबी गरे । 'कुनै ब्रान्डको मदिरा पिएर होइन, नक्कली रक्सीले असर गरेको हो,' उनले भने, 'न्यूनदेखि उच्चकोटिको रेडलेबलसम्मका रक्सीको नक्कली उत्पादन भइरहेछ ।' विषाक्त रक्सीका कारण यो साता मात्रै एकजनाको मृत्यु भएको र चारले आँखाको ज्योति गुमाएको समाचार प्रकाशमा आएको थियो ।नक्कली मदिरा सस्तो मूल्यमा पाइने भएकाले उपभोक्ताले पनि विचार गरेर किन्नुपर्ने उनले बताए । 'दुई हजार पर्ने रेडलेबलको नक्कलीलाई एक हजार तीन सय मात्र पर्छ भने केसको तीन हजार पाँच सय हाराहारी पर्ने खुकुरी रम दुई हजारमा पाइन्छ,' उनले भने, 'सस्तो पाइयो भन्दैमा उपभोक्ताले झुत्ती खेल्ने होइन, गुणस्तर हेरेर किन्ने गर्नुपर्छ ।'अधिक उपयोग हुने र धेरै कर तिर्ने मदिराको बढी नक्कल भइरहेको हिमालयन डिस्टिलरीका संस्थापक अध्यक्ष विजय शाहले बताए । 'केही महिनाअघि नक्कली मदिरा (सोफी) का कारण २४ जनाको मृत्यु भए पनि सरकारले दोषीलाई कारबाही गर्न सकेन,' उनले भने, 'अहिले पनि त्यही प्रवृत्ति बल्झन खोज्दै छ ।' रक्सीमा स्टिकर लगाउँदा नै बिर्कोबाट बोतलको निकै तल्लो भाग ढाक्ने गरी लगाउन आफूहरूले प्रस्ताव गरे पनि सम्बन्धित निकायले अटेर गरेको उनले बताए । 'बिर्कोमा अलिकति स्टिकर टाँस्नुभन्दा बोतलको मध्यभागसम्म टाँस्न गरेको प्रस्ताव टेरिएन,' उनले भने, 'त्यसैले यसमा थप नियत जोडिएको आशंकासमेत गर्न सकिन्छ ।'हिमालयन डिस्टिलरीका प्रबन्ध-सञ्चालक रमेश श्रेष्ठले कार्टुनको सट्टा बोतलमै स्टिकर लगाउन थाले पनि केही उपलब्धि हुन नसकेको बताए । दण्डहीनता कायम हुन्जेल मदिरा उत्पादनको अपराध अन्त्य नहुने उनले दाबी गरे । 'नक्कली रक्सी बनाएको भेटे पनि ११/१२ हजार जरिवाना गरेर छोडिन्छ,' उनले भने, 'त्यस्तालाई कडा कारबाही गर्नुपथ्र्यो ।'नेपालमा घरपाला र उद्योगबाट वाषिर्क कति रक्सी खपत हुन्छ यकिन नभए पनि अर्बौंको व्यापार हुने अनुमान छ । देशभर खपत हुने रक्सीको ५० प्रतिशत राजधानीमा उपयोग हुने व्यवसायीहरू बताउँछन् ।

संक्रमण रोक्न औषधि अभावले जिउँदै गाडिए कुखुरा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सर्लाही/ कुखुरा मार्ने र संक्रमण रोक्न प्रयोग गरिने स्प्रे औषधि अभावमा जिउँदा कुखुरा गाडिएको छ । जिल्लाका स्थानीय पशु स्वास्थ्य, उप-केन्द्रमा आवश्यक औषधि तथा सामग्री नभएकाले जिउँदा कुखुरा गाडिएको हो ।बर्डफ्लु आशंकामा मुलुकभर शंकास्पद पक्षी र पक्षीजन्य सामग्रीमा निगरानी गरिए पनि जिल्लामा सरकारी निकाय स्रोत-साधनविहीन रहेका छन् । आवश्यक सामग्री अभावले जोखिमपूर्ण रुपमा पक्षी नष्ट भइरहेको स्थानीय कुखुरा व्यवसायी वेदप्रसाद उप्रेतीले बताए ।न्यूनतम औषधि नभएकाले बिहीबार हरिवनमा बेवारिसे अवस्थामा भेटिएका तीन दर्जनभन्दा बढी भारतीय चल्ला जिउँदै खाल्डोमा गाडिएको छ । पशु-उपकेन्द्र इन्चार्ज प्रभुकान्त झाले फर्मालिनलगायत विषादी चाहिने भए पनि जिल्ला पशु कार्यालयले औषधि उपलब्ध नगराएको जानकारी दिए । जिल्ला पशु सेवा कार्यालयका डा.सुशील अधिकारी पूर्णरुपमा भारतीय क्षेत्रबाट आयात नरोकिएको स्विकार्छन् । 'पहिलेभन्दा केही मात्रामा सुधार भए पनि खुला सीमाका कारण पूर्ण नियन्त्रणमा कठिनाइ भएको हो', उनले भने । 'प्रहरीको पहुँच सबै स्थानमा छैन, सर्वसाधारण बर्डफ्लुबारे अझै अनभिज्ञ छन्, त्यसैले कुखुरा र कुखुरापालनमा चाहिने सामग्री खुला रुपमा आएको छ,' उनले भने । उत्तरी क्षेत्रमा भारतीय चल्ला बिक्री निर्वाध हुनुले सीमामा नियन्त्रण कमजोर भएको पशु स्वास्थ्य कार्यकर्ता रामप्रसाद घिमिरेको भनाइ छ । अखिल नेपाल किसान संघका अध्यक्ष राजकुमार उप्रेतीले जिउँदै कुखुरा गाड्नु अमानवीय भए पनि बर्डफ्लु फैलिने त्रासकै कारण कुखुरा गाड्न बाध्य भएको गुनासो गरे ।

पत्रकार सिंहको हत्यामा मुख्य योजनाकार आफ्नै भाउजू

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पत्रकार उमा सिंहको हत्या सम्पत्ति विवाद र पारिवारिक झगडाका कारण गरिएको प्रहरीले दावी गरेको छ । प्रहरीले जनकपुरमा पत्रकार सम्मेलन गरी यस्तो दाबी गरेको हो । प्रहरी उपरीक्षक यादवराज खनालले सम्पत्ति हत्याउने नियतले सिंहको हत्या गरिएका आधार फेला परेको बताउनुभयो ।पत्रकार सिंहको हत्याको मुख्य योजनाकार सिंहकी भाउजू ललितादेवी रहेको स्पष्ट गर्दै उहाँले नेकपा माओवादीका सिरहा जिल्ला क्षेत्र ५ का इन्चार्ज श्रवण यादव, तराइ एकता परिषद्का अध्यक्ष स्वामीजी यादव उर्फ उमेश यादव र नेमलाल पासवान घटनामा प्रयोग भएका व्यक्ति भएको बताउनुभयो ।श्रवणसँग ललितादेवीको आत्मीय सम्बन्ध रहेको र श्रवणले नै योजनाअनुरूप उमाको हत्या गर्नका लागि स्वामीजीलाई एक लाख ५० हजार दिने सहमति कायम गराउनमा भूमिका खेलेको अनुसन्धानबाट थाहा भएको उहाँले जानकारी गराउनुभयो ।प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद कोइरालाले उमाका पिता र दाइलाई नेकपा माओवादीका कार्यकर्ताद्वारा बेपत्ता गरिएपछि सम्पत्तिको वारेस उमा भएको र उनको विवाह हुने निश्चित भएपछि भाउजूले उमाको हत्या गराउने योजना बनाएर घटना गराएको अनुसन्धानले पुष्टि भएको बताउनुभयो ।पत्रकार सिंहको नाममा १२ कठ्ठा जग्गा रहेको र सो जग्गा ललिताको नाममा गरिदिन सिंहकी आमा सुशीलालाई ललिताले श्रवण र स्वामीजीमार्फत धम्काउन लगाउने गरेको पनि अनुसन्धानबाट थाहा भएको छ । पत्रकार सम्मेलनमा ललिताले घटनामा आफ्नो कुनै संलग्नता नरहेको बताइन् ।प्रहरीले सिंहको हत्यामा संलग्न भएको आशङ्कामा ललिता, श्रवण, नेमलाल, अभिषेक सिंह र विमलेश झालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

संविधान निर्माण अभियानमा सबै लाग्न आह्वान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले मुलुक संविधान निर्माणको प्रक्रियामा रहेकाले यसलाई सार्थक बिन्दुमा पुर्‍याउन सबै नेपालीलाई एकजुट हुन आहृवान गर्नुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ उदयपुरद्वारा गाइघाटमा आयोजित पूर्वाञ्चल क्षेत्रीय महोत्सव उद्घाटन गर्नेक्रममा अध्यक्ष नेम्बाङले उक्त कुरा बताउनुभएको हो । नयाँ संविधान निर्माण नभएसम्मको अवस्थामा नेपाली जनताले खुट्टा टेक्ने आधार नहुने बताउदै उहाँले सबै राजनीतिक दलहरूलाई आपसी मतभिन्नता त्यागेर अघि बढ्न समेत आग्रह गर्नुभयो । कार्यक्रममा उद्योग वाणिज्य महासङ्घका अध्यक्ष कुशकुमार जोशीले मुलुकमा राजनीतिक सहमति कायम भएको अवस्थामा मात्र उद्योग, व्यवसाय फस्टाएर जाने बताउनुभयो ।स्थानीय तथा स्वदेशी उत्पादनहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित उक्त महोत्सवमा जिल्लाका कृषि, उद्योग, व्यापार, पर्यटन, कृषि, घरेलु तथा लघु उद्यम र विज्ञान प्रविधिको प्रदर्शन गरिएको छ । जिल्लाका स्थानीय कलाकारद्वारा कला प्रदर्शनी र विभिन्न जातजातिका झाँकीसमेत प्रदर्शन गरिएको उक्त महोत्सव १० दिनसम्म चल्ने जनाइएको छ ।

Jan 29, 2009

विश्वब्यापी वेभक्याम कविता प्रतियोगिताको वाचन कार्य शुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,वेलायत
सरस्वती पूजाको दिन गतबर्ष झै दोस्रो अनलाइन विश्व वेभक्याम कविता प्रतियोगिता २०६५ सम्पन्न हुने कार्यक्रमको अनलाइनमा वेभक्याम जोडेर कविता वाचन गर्ने कार्यको शुभारम्भ भइसकेको छ । प्रतियोगितामा विजयी कवीले अनलाइन सहितको नगद पुरस्कार १५ हजार, १० हजार, ५ हजार र प्रमाणपत्र प्राप्त गर्नुहुनेछ । यस बर्षे देखि नेपाली भाषा बाहेक मातृभाषा वा अन्य भाषाको कविता पनि समावेश गराइएको छ । विभिन्न मुलुकमा गोप्य तवरले मूल्याङ्कनकर्ताहरुको नियुक्ति गरिएको छ । श्रीपंचमी भन्दा २ दिन अगाडी देखि शुरु भएको यस प्रतियोगिताको पहिलो दिनमा २७ जनाले सहभागिता जनाएको उल्लेख छ ।
यस प्रतियोगितामा भाग लिनको लागि वेभ च्याट ठेगाना sahityaghar@yahoo.com वा आधिकारि वेभसाइट sahityaghar.com जानु पर्दछ । सबै स्रष्टाहरुलाई सहभागिताको लागि अनुरोध गरिएको छ । यो कार्यक्रम श्रीपंचमीको मध्येरातमा समाप्त हुनेछ ।

प्रतिभा प्रतिष्ठान बेलायतको प्रेस बिज्ञप्ति

प्रनेसासको नयाँ नेतृत्व र प्रभात पुरष्कार घोषणा गरिने शीर्षकमा अशिम प्यासी छदम नाम बाट गत हप्ता नेपाली सन्देसको बर्ष५ अंक १५ मा समाचार सम्प्रेषण गर्ने ब्यक्ति अरु कोहिपनि नभएर साहित्यकार तथा पत्राकार बिश्वासदीप तिगेलानै भएको प्रतिभा प्रतिष्ठान बेलायतलाई जानकारी प्राप्त भएकोले उनी जस्ता उज्वल भबिष्य बोकेका ब्यक्तिले यो कार्य गर्नु भनेको आफनो खुट्टामा आफै बन्चरो प्रहार गर्नु हो । प्रवासी नेपाली साहित्य समाज र नेपाली कला साहित्य तथा संगीतमञ्च बेलायतले संयुक्त बैठक बसी दुइ संस्थाको समायोजन गरि प्रतिभा प्रतिष्ठान बेलायत गठन भएको औपचारिक घोषणा गरेर आफनो कार्यलाई निरन्तर अगाडि बढाउने क्रममा गत माघ ८ गते नेपालमा भब्य कार्यक्रमको आयोजना गरि प्रतिष्ठानले सञ्चारकर्मी तथा साहित्यकार नविन विभासलाई सन २००८ को प्रभात पुरष्कार प्रदान गरि सकिएकोबारे जानकारी गराउन चाहन्छौं ।
प्रवासी नेपाली साहित्य समाजले बिगत एक दशक देखि बिभिन्न त्रियाकलाप गरेकाबारे सबैलाई सर्वबिदितै छ । बिगतमा प्रदान गरिएका पुरष्कारहरु प्रनेसासले प्रदान गरको हो भनेर कुनै दुइमत छैन । र नेपाली कला साहित्य तथा संगीतमञ्चले पनि गायक तथा संगीतकार चोक गुरुङ्ग तथा कवि तथा निवन्धकार दयाकृष्ण र्राईको एकल अभिब्यक्ति सृङला सम्पन्न गरिसकेको अबस्थामा दुबै संस्थाको पदाधिकारिहरुले परामर्श गरि बेलायतमा रहेका सबै स्रष्टाहरुलाई एउटै छातामा गोलबन्द गरेर लैजाने अभ्रि्रायले सन २००८ को सेप्टेम्बर १३ तारिकका दिन संयुक्त बैठक बसी बृहत छलफल गरि त्यहि मितिबाट दुबै संस्थालाई समायोजन गरि प्रतिभा प्रतिष्ठान बेलायतको प्रतिस्थापन गरि आगामी दिनहरुमा दुबै संस्थाले गर्ने क्रियाकलापहरु प्रतिष्ठानलेनै निरन्तरता दिने प्रतिबद्धताका साथ बैठकमा उपस्थित सबै पदाधिकारीहरुको सहर्षसहमतिमा बहुमतले पारित गरिएको र उक्त बिषयमा बिश्वासदीप तिगेला स्वयमले पनि सहमति जनाएको अवगत गराउन चाहन्छौं ।
आफु कुनै पनि संस्था सँग आबद्ध नरहेको मध्यमार्गी धारका कुरा गर्ने उनै तिगेलाजी प्रनेसासको उपाध्यक्ष पदमा रहेर छदम नामबाट समाचार सम्प्रेषण गरि प्रतिभा प्रतिष्ठान प्रति खेलबाड गरिरहेको बुझिन्छ । बिश्वासदीप तिगेलाजीले पत्रकारिता जस्तो प्रतिष्ठित स्थानमा रहेर बिभिन्न ब्यक्तिहरुको चारित्रिक हत्या गर्ने अभ्रि्रायले गत बर्षनि छदम नाम धारण गरेर खनिएको र युरोपको नेपाली पत्रको बिरुद्धमा समेत छदम नामबाटै खनिएकोले दुबै तर्फाट पीत पत्रकारिता गरे बापत कानुनी कार्यबाही गर्ने चेतावनी दिइ सकेको जानकारी प्राप्त भएको छ । यीनै चेतावनीको बाबजुदपनि हालै उनले मिजास (तेम्बे) नाम धारण गरेर मिजास स्वयमकै पारिवारिक संरचना ध्वस्त हुने गरि तथा प्रतिभा प्रतिष्ठान पनि बिघटन भई सकेको अभिब्यक्ति आफनो वेभ र्साईटमा झुठो समाचार सम्प्रेषण गरेर प्रतिभा प्रतिष्ठानकै प्रतिष्ठामा आँच आउने कार्य गरेकोले पतिभा प्रतिष्ठानले आगामी दिनहरुमा नीजको आचारणमा सुधार गरियोस भन्ने आग्रहका साथ यो प्रेस बिज्ञप्ति जाहेर गरेका छौं ।
अर्का ब्यक्ति कवि नवराज राई आफुलाई न्युट्रल तथा मध्यमार्गीनै हुँ भन्ने नारा घन्काईरहेका थिए । र उनी त्यस संयुक्त बैठकमा उपस्थित भएर सहमतिमा हस्ताक्षर पनि गरिसकेका छन भने । अहिले अप्रत्याशित रुपमा प्रनेसासको नयाँ कार्यसमितिको गठन भएको भ्रम फैलाएर महासचिबमा आशिन भएका छन र उनीहरुको यो गैर जिम्मेरवार र अबाञ्छानियकार्य प्रति प्रतिभा प्रतिष्ठानको गम्भीर ध्यान आकृष्ट भएको जानकारी गराउन चाहन्छौ । यस किसिमको भ्रामक र जालसाजी समाचार प्रति यहाँहरु कोहि पनि भ्रममा नपर्नु हुन प्रतिभा प्रतिष्ठान बेलायत हार्दिक अपिल गर्दै यस अबाञ्छानिय कार्य प्रति घोर भर्त्सना गर्दछ ।
प्रतिभा प्रतिष्ठान बेलायत

तमलोपाद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तराई मधेस लोकतान्त्रिक पार्टीले दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।मधेसवादी दल र तत्कालीन सरकारकाबीचमा वि.सं २०६४ फागुन १६ गते भएको मधेससम्बन्धी सम्झौताको कार्यान्वयनमा ढिलाई भएको भन्दै विगत केही दिनदेखि आन्दोलनलाई निरन्तरता दिन दोस्रो चरणको आन्दोलन घोषणा गरेको हो ।यही माघ १४ गते सुरुभई बिहीबार सम्पन्न सो पार्टीको केन्द्रीय कार्यसमितिको बैठकद्वारा पारित आन्दोलनका कार्यक्रममा तराई क्षेत्रमा बन्द विरोध एवम् हड्ताललगायतका दबाबमूलक कार्यक्रमहरू रहेका छन् ।यही माघ २३ गतेदेखि शुरुभई फागुन १६ सम्म सञ्चालन हुने कार्यक्रममा सो पार्टीका युवा एवम् महिला सङ्गठनको सहभागितामा कोणसभा विरोध जुलुस एवम् शान्तिपूर्ण बन्दका कार्यक्रम रहेको सो पार्टीद्वारा जारी विज्ञप्तिमा जनाईएको छ । यसैगरी आजै सम्पन्न केन्द्रीय समितिको वैठकले मधेसवादी दलसमेत सम्मिलित सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही माघ १२ गते गर्नुभएको सम्बोधनमा हाल आन्दोलित तराई मधेश र त्यहाँ जनताको समस्याका बारेमा कुनै सम्बोधन नगरिनु दुर्भाग्यपूर्ण भएको ठहर पनि सो बैठकले गरेको विज्ञप्तिमा जनाईएको छ । बैठकले संविधान लेखनको कार्यमा सक्रिय सहभागिता जनाउन रामचन्द्र कुशवाहाको संयोजकत्वमा पाच सदस्यीय समिति गठन गरेको छ भने धनुषा र मोरङमा आगामी चैत २८ गते हुने निर्वाचन सञ्चालनका लागि हृदयेश त्रिपाठीको संयोजकत्वमा १७ सदस्यीय उपनिर्वाचन परिचालन समिति गठन गरेको छ ।

माओवादीले हाम्रो सल्लाह माने - प्रणव मुखर्जी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भारतका विदेशमन्त्री प्रणव मुखर्जीले भारतले नेपालका माओवादीलाई हतियार बिसाएर राजनीतिक मूलधारमा ल्याउन मद्दत गरेको बताउनुभएको छ। अल जजिरा टेलिभिजनलाई बुधबार उहाँले दिनुभएको एक अन्तर्वार्तामा मुखर्जीले भारतको प्रयत्न छिमेकमा शान्ति स्थापना गर्ने कुरामा केन्द्रित रहेको समेत बताउनुभएको छ।उहाँले अगाडि भन्नुभएको छ- उदाहरणका लागि छिमेकी हिमाली देश नेपालमा जब समस्या थियो, हामीले त्यहाँका राजनीतिक पार्टी सम्झायौं, माओवादीले हिंसा त्यागे र मूलधारको राजनीतिक गतिविधिमा सहभागी भए। उनीहरूले हाम्रो सल्लाह सुने र मन्जुर गरे। जसअनुसार अन्य प्रजातान्त्रिक पार्टीग मिलेर सरकार बनाए। जुन सरकारको नेतृत्व उनीहरू (माओवादी) ले गरिरहेका छन्।’

राष्ट्रिय खेलकुद नीति अवधारणापत्र सार्वजनिक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
युवा तथा खेलकुद मन्त्रालयद्वारा गठित राष्ट्रिय खेलकुद नीति मस्यौदा सुझाव कार्यदलले बिहीबार आफ्नो अवधारणापत्र सार्वजनिक गरेको छ । कार्यदलद्वारा सार्वजनिक अवधारणापत्रमा खेल नीतिका लागि आधारभूत पक्षका रूपमा २५ बुँदा उल्लेख गरिएको छ । नीति निर्माणका लागि अवधारणापत्र सार्वजनिक गरेसँगै कार्यदलले पाँच विकास क्षेत्रमा पुगेर सुझाव संकलन गर्ने तयारीबारे पनि जानकारी गरायो । नीतिका लागि विभिन्न क्षेत्रमा संलग्न ११ समूहको छलफलको व्यवस्था पनि कार्यदलले गरेको छ । छलफलबाट आएको निष्कर्ष र सुझावलाई आधार मानि कार्यदलले नीति निर्माण गर्नेछ । खेलकुदको संरचनाका लागि संघीय शासन भएका छिमेकी मुलुकका खेल नीति अध्यन, जनस्तरको सुझाव संकलन गर्ने जनाएको छ । यस्तै खेलकुदलाई राष्ट्रिय प्राथमिकतामा पार्नका लागि राजनीतिक दलहरूको भूमिका, प्रतिभावान् खेलाडीको पहिचान र विकास तथा निजी क्षेत्रलाई खेलकुदप्रति आकर्षण गर्नका लागि ल्याइनुपर्ने कार्यक्रमका बारेमा पनि अवधारणपत्रमा उल्लेख गरेको छ । राष्ट्रिय संघ र त्यसको व्यवस्थापन, शैक्षिक संस्था र सुरक्षा निकायमा खेलकुद, साहासिक तथा पर्यटकीय खेलकुद, खेलकुदको व्यावसायिकता र आर्थिक स्रोतको परिचालनबारे पनि अवधारणपत्रमा उल्लेख छ । २३ पुसमा तीन महिनाको समय पाएको कार्यदलले फागुनको पहिलो सातासम्म सुझाव संकलन गर्ने, २५ पुससम्म त्यसको अध्ययन गर्ने र चैत दोस्रो सातासम्म खेल नीतिको मस्यौदा तयार गर्ने जनाएको छ ।

गिरिजालाई थप सुविधा नलिन सुशीलको सल्लाह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारले दिने भनेको थप सुविधा नलिन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई कार्यबाहक सभापति सुशील कोइरालाले सल्लाह दिएका छन् । 'सरकारले दिने भनेको थप सुविधा लिएर जनतालाई व्ययभार नथप्न गिरिजाबाबुलाई सल्लाह दिन्छु,' धनगढीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा सुशीलले भने ।सरकारले पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति कोइरालाको सम्पूर्ण खर्च बेहोर्ने निर्णय गरेको थियो । कोइरालालाई भेटेर पनि सरकारको निर्णय नमान्न अनुरोध गर्ने सुशीलले बताए ।सरकारको नेतृत्व गरिरहेको माओवादीले जताततै अराजकता बढाएर निर्धारित समयमा नयाँ संविधान निर्माण गर्न नचाहेको आरोपसमेत कांग्रेस कार्यबाहक सभापतिले लगाए । उनले भने, 'माओवादीले अशान्ति र दण्डहीनता बढाएर शान्ति र न्यायको कुरा गर्न सुहाउँदैन ।' रक्षामन्त्री रामबहादुर थापाले सेनाप्रति लक्षित गरी दिएको अभिव्यक्ति सेनाको मनोबल गिराएर नेपाललाई गृहयुद्धमा धकेल्न खोजेको आरोपसमेत सुशीलले लगाएका छन् । 'सबैको सहमतिमा नै सेना भर्ती खोलिएको हो, माओवादीले निहुँ खोज्नुपर्ने कारण नै छैन ।'मुलुकमा अधिनायकवाद र सर्वसत्तावाद लागू गर्ने अभ्यासमा रहेको माओवादीका गतिविधि नयाँ संविधान बनाउन नभएर बन्न नदिन केन्दि्रत रहेको उनको आरोप थियो । माओवादीको अराजकता र आतंकका कारण आठ सयभन्दा बढी उद्योग बन्द भइसकेका तथा उद्योगी र पुँजी पलायन भइरहेको र सपना बाँडेर आर्थिक क्रान्ति नहुने कांग्रेस नेता सुशीलले बताए ।'धर्म, संस्कृति, उद्योगधन्दा, कर्मचारीतन्त्र, सेना सबै क्षेत्रमाथि हस्तक्षेप गरेर अघि बढिरहेको माओवादीले सबै क्षेत्र ध्वस्त गरेर कस्तो नयाँ नेपाल निर्माण गर्न खोजेका हुन् ?,' उनको प्रश्न गरे ।

पूर्वराजा ज्ञानेन्द्रको 'बुलेटप्रुफ' कोठामा उपेन्द्र यादव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पूर्वराजा ज्ञानेन्द्रको 'बुलेटप्रुफ' कोठामा सजाइएको कुर्चीमा बस्दा हँसिलो मुद्रामा देखिन्थे परराष्ट्रमन्त्री उपेन्द्र यादव । आफ्नो मन्त्रालय शीतलनिवासबाट नारायणहिटी सरेपछि उनले नयाँ कुर्चीमा बस्दै भने, 'बडो मजा लाग्यो मलाई ।'मन्त्रालय सरेपछि बुधबार मध्याह्न १२:४० मा बा१झ ८२३३ नम्बरको राष्ट्रिय झन्डाबाहक गाडीमा चढेर नारायणहिटीको पश्चिम गेटबाट भित्र छिरेका मन्त्री यादवको अनुहारमा दिनभर कौतुहलता र उत्साह देख्न सकिन्थ्यो । कार्यकक्ष छिर्नुअघि उनले बाहिरैबाट नारायणहिटी दरबार क्षेत्रलाई एकटकले हेरिरहे । दरबार हत्याकान्ड घटेको क्षेत्रतिर पनि उनले पटक-पटक दृष्टि पारे । मन्त्री यादवले कर्मचारीहरूसँग दरबार कान्ड भएको त्यही ठाउँ होइन ? भनेर सोधे पनि ।त्यसपछि उनी १२:४५ मा छिरे सुविधासम्पन्न कार्यकक्षमा । जुन बुलेटप्रुफयुक्त थियो । 'मचाहिँ राजा होइन है, जनताको छोरो,' पूर्वराजा ज्ञानेन्द्रले बनाएको बुलेटप्रुफ झ्यालतर्फ हेर्दै उनले भने । मन्त्री यादवले आफ्नो कार्यकक्ष त्यही कोठालाई बनाएका छन्, जुन कोठामा पूर्वराजा ज्ञानेन्द्रले दरबारको प्रशासनिक कार्य गर्थे । 'किन यही बुलेटप्रुफ कोठा रोज्नुभयो ?' सञ्चारकर्मीको जिज्ञासामा मन्त्री यादवले ठट्यौलो पाराले जवाफ दिए, 'पत्रकारका लागि समाचारको विषय बनोस् भनेर नि ।' उनी मुस्कुराउँदै थिए । 'जनताको छोरो बस्न पाउनु कम्ती चानचुने कुरा होइन् यस्तो सुरक्षित र पहिलाका राजा-महाराजा बस्ने ठाउँमा,' यादवले भने, 'वास्तवमा हामी नेपालीले छुट्टै इतिहास बनाएका छौं, यो विश्व जगतका लागि उदाहरणीय बनेको छ ।'गोलीको दाग लागेको उनी बसेकोभन्दा पछाडिको बुलेटप्रुफ सीसातर्फ देखाउँदै सञ्चारकर्मीले जिज्ञासा तेस्र्याए, 'त्यो त पूर्वराजा ज्ञानेन्द्र आफैंले गोली चलाएर बनाएको दाग रे नि ?' प्रश्नप्रति केही क्षण मौनता साँधेर उनले जवाफ फर्काए, 'यो त उनैलाई सोध्नुपर्छ । जे भए पनि हामी जनताका छोराछोरी यहाँ आएका छौं, यो त ठूलो परिवर्तन हो नि ।'उनले राजशाही सदाका लागि समाप्त भएर अब लोकशाही सुरु भएको विश्लेषण पनि सुनाए सञ्चारकर्मीलाई । 'अब राजा-महाराजाहरू इतिहासको पानामा सीमित भइसके, उनीहरूको आगमन अब असम्भव छ,' उनले ठोकुवा गरे ।मन्त्री यादवले पूर्वदरबारको सचिवालय रहेको भवनमा रहेका कोठामध्ये सबैभन्दा राम्रो कोठा आफूले रोजेको बताए । भने, 'कार्य सम्पादन गर्न सजिलो होस् भनेर यही रोजेको,' उनले हाँस्दै भने, 'वास्तविकता यही हो, राजा बसेको भएर चाहिँ होइन ।' 'दरबार हत्याकान्ड त्यही नजिकै भएको थियो नि, कस्तो अनुभूति भइरहेको छ त ?' नयाँ पत्रिकाको जिज्ञासामा उनले भने, 'त्यो इतिहासको दुखद क्षण थियो । त्यसको उचित छानबिन होला । तर, सोही घटनाका कारण नै हामी आतंकित हुने कुरै आउँदैन, किनकि हामी भौतिकवादमा विश्वास गर्ने २१औं शताब्दीका मान्छे हौं ।' पूर्वराजा ज्ञानेन्द्रलाई यही कोठा फापेन नि भन्ने अर्को जिज्ञासामा उनले भने, 'कोठा र कुर्चीका कारण होइन उनको आफ्नै कारणले त्यस्तो भएको हो । हातले बिगारेको ।'दरबार हत्याकान्ड भएको त्रिभुवन सदनको बिलियार्ड हल परराष्ट्रमन्त्री यादव बस्ने बुलेटप्रुफ कोठाबाट झन्डै पाँच सय मिटरको दूरीमा पर्छ । सो हल पूर्वराजा ज्ञानेन्द्रको निर्देशनमा भत्काइसकिएको छ । 'ए ! शौचालय र बाथरुम पनि बुलेटप्रुफ नै छ हगि ?' सञ्चारकर्मीसँगको भेटघाटपछि शौचालयतर्फ मोडिँदै यादवले भने । झन्डै एक घन्टा मन्त्री यादवले सञ्चारकर्मीसँग बिताएपछि उनले सोही बुलेटप्रुफ कोठामा नै आधा घन्टा जति परराष्ट्र-सचिव ज्ञानचन्द्र आचार्य, प्रवक्ता सुरेश प्रधानलगायत मन्त्रालयका उच्च अधिकारीसँग छलफल गरेका थिए । छलफल १:४५ देखि २:१५ सम्म भएको थियो ।त्यसपछि २:१५ मा मन्त्री यादव अस्ट्रेलियन राजदूत ग्रयाहम लेटको पदावधि सकिएकाले झन्डै पन्ध्र मिनेटजति उनको औपचारिक बिदाइ कार्यक्रममा सहभागी बने । त्यस अवसरमा लेटले समेत बुलेटप्रुफ कोठा र त्यसको ऐतिहासिक पक्षका बारेमा मन्त्री यादवसँग जानकारी लिएका थिए ।मन्त्री यादवले राजदूत लेटलाई उपहारस्वरूप नेपाली कलात्मक सिंहको मूर्ति प्रदान गरे । त्यसपछि केही समय प्रशासनिक कार्यमा जुटेका मन्त्री यादव २:५५ मा बुलेटप्रुफ कोठाबाट बाहिरिएका थिए ।

पैसासँग बच्चा साटिन्छ छोरी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
५० वषीया महबुबाका चार छोरा छन् । तर, सधैं उनलाई छोरीको चाहना हुन्थ्यो । छोरीको चाहना पूरा गर्न उनले सजिलो उपाय रोजेकी छिन्- छोरी किन्ने । धर्मपुत्री ग्रहण गर्न जटिल प्रक्रियाबाट बच्न उनले छोरी किनेकी हुन् । उनी भन्छिन्, 'एउटा अस्पतालमा एक महिलाले नवजात छोरी बेच्ने बताएकी थिइन् । म तुरुन्तै त्यहाँ गएँ ।' नवजात छोरी बेच्ने आमाका पहिले नै थुपै्र थिए । छैटौँ बच्चाको पालनपोषण गर्न उनी असमर्थ थिइन् । त्यसैले उनले महबुबालाई एक सय अमेरिकी डलरमा नवजात छोरी बेचिन् । महबुबाले किनेकी छोरी अहिले १० वर्षकी भइसकिन् । ताजिकिस्तानमा नवजात शिशुको किनबेच सामान्य घटना हुन् । नवजात शिशुको किनबेच प्रायः अस्पतालमा हुने गर्छन् । कयौँ आमाहरू शिशुलाई अस्पतालमै छोडेर हिँड्छन् । एक ताजिकिस्तानी नर्सका अनुसार एउटा अस्पतालमा एक आमाले मृत शिशु जन्माइन् । चिकित्सकले ती महिलालाई अर्का अस्पतालबाट जीवित शिशु ल्याएर दिए । यस घटनामा पैसाको कारोबारबारेमा आफू अनभिज्ञ भएको उनी बताउँछिन् । नर्स भन्छिन्, 'चिकित्सकले त ती महिलालाई सहयोग गर्न चाहेका मात्र हुन् ।' २००८ मा बच्चा किनबेचका १३ घटना सार्वजनिक भए । तर, यस्ता किनबेचका मामिलाको संख्या कयौँ गुणा ज्यादा भएको बताइएको छ । तुरसुनजोदा गाउँकी ४० वर्ष काटेकी महिलाविरुद्ध आफ्नै छोरालाई दुई सय डलरमा बिक्री गरेको आरोप लागेको छ । उनलाई दुई वर्षको जेल सजाय सुनाइएको थियो । तर, उनी जेलबाहिर नै छिन् । यी महिला पछिल्लो २० वर्षदेखि एक प्रसूति अस्पतालमा काम गरिरहेकी छिन् । गृह मन्त्रालयका मानव तस्करी मामिला हेरिरहेका अजिमजान इब्रागिमोव भन्छन्, 'बच्चाको तस्करी एक जटिल समस्या हो । यो समस्या अझ बढ्दो रूपमा छ ।' उनका अनुसार सन्तान नभएका दम्पतीले बच्चा किन्छन् । बच्चाको किनबेच अपराध भएको बारे ती दम्पती अनभिज्ञ भएको बताउँछन् इब्रागिमोव । अविवाहित आमाले प्रायः बच्चा बेच्ने गरेको उनी बताउँछन् । 'तर , कहिलेकाहीँ घरमा धेरै सन्तान भएका विवाहित आमाले पनि सन्तान बेच्छन्,' उनी भन्छन् । मध्यएसियामा अवस्थित ताजिकिस्तान सबैभन्दा गरिब राष्ट्र मानिन्छ । अधिकांश पुरुषहरू कामको खोजीमा विदेश गएका हुन्छन् । परिवारको हेरविचारको जिम्मा महिलाको काँधमा रहेको छ । सामाजिक कार्यकर्ता मोहम्मद पिरनाजारोवा भन्छिन्, 'हाम्रो समाजमा पुरुषहरू कामको खोजीमा विदेश जानु नै महिलाको सबैभन्दा ठूलो समस्या हो,' उनी भन्छिन्, 'केही पुरुषले आफ्नो परिवारका लागि पैसा पठाउँछन्, तर कयौँ पुरुष विदेश गएपछि त्यतै भुल्छन् ।' आर्थिक अवस्था नाजुक भएपछि बच्चासँग पैसा साट्नु ताजिकिस्तानी आमाको यथार्थ भएको छ ।

सिंगापुरका एक जोडीले नांगै १५ मिनेट परेड

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सिंगापुर/ सिंगापुरका एक जोडीले नांगै १५ मिनेट परेड गरेको छ । उनीहरूको परेड देखेर कयौँ मानिस लाजले भुतुक्कै भएका थिए भने कयौँले खुसी भएर ताली बजाए । हल्यान्ड भिलेजमा यस जोडीले शनिबार बेलुका लुगा फुकालेर हिँडेको आफूले देखेको पब म्यानेजर टेरेन्स चियाले बताए । हल्यान्ड भिलेज लोकपि्रय रात्रिजीवनका लागि परिचित छ । 'लुगा फुकालेपछि उनीहरूले हातमा लिए र बिन्दास पाराले हिँडे,' चियाले भने । उनका अनुसार पबबाहिर खाना खाइरहेका करिब दुई सय मानिसले नांगै हिँड्ने जोडीको तस्बिर लिएका थिए । 'सबै ताली बजाउँदै तस्बिर खिच्दै गरेका देखिन्थे ।' प्रहरीले नांगा जोडीलाई पक्राउ गरेको छ । उनीहरूलाई अहिले धरौटीमा छोडिएको छ । २० वर्षका जस्ता देखिने त्यो जोडीविरुद्धको अपराध प्रमाणित भएमा उनीहरूले तीन महिना जेल तथा करिब एक हजार तीन सय ३० अमेरिकी डलर जरिवाना तिर्नुपर्छ ।

विभिन्न कार्यक्रम गरी शहिद दिवस मनाइए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एक सय चार वर्षे जहानियाँ राणा शासन, तीस वर्षे पन्चायत हुदै निरङकुस राजतन्त्रको अन्त्यसम्ममा आउदा हजारौ–हजार नेपालीले आफ्‍नो प्राण आहुति देशका निम्ति चढाएका छन्‍ ।विशेष गरेर विस १९९७ मा एकल जहानियाँ राणा शासनका विरुद्धमा लागेको अभियोगमा मृत्युदण्ड दिइएका चार जना सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र, गङ्‍गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीको सम्झनामा आज माघ १६ गते देशभर नै विभिन्न कार्यक्रम गरी शहिद दिवस मनाइएको छ । यसैविच प्रंधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शहिद दिवसका अवसरमा आजै लैनचौरमा रहेकोसहिद स्मारकमा शहिद प्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । त्यसै गरी सहिद दिवसकै अवसरमा आज विभिन्न राजनितिक दलका नेता, विभिन्न संघ संगठनहरुले पनि विभिन्न कार्यक्रम गरी शहिद प्रति श्रद्धाञ्जदली अर्पण गरेका छन्‍। शहिद गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई १९९७ माघ १५ गते गोली हानि एकै ठाउँमा मारिएको थियो भने विस १९९७ माघ १० गते शुक्रराज शास्त्रीले हाँसीहाँसी देशाको निम्ति फाँसिलाई स्वीकार गरेका थिए । उनलाई टेकुको पचलीन नजिकैको खरीको रुखमा झुन्ड्‍याएर फाँसी दिइएको थियो त्यस्तै अर्का शहिद धर्मभक्त माथेमालाई विस १९९७ माघ १३ मा सिफलमा झुन्ड्‍याई फाँसी दिएको थियो । त्यसो त १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनमा गरी १३ औं हजार भन्दा बढी नेपालीले देशको निम्ति आफ्‍नो जीवन चढाएका छन्‍ । हालसम्म सरकारले नै घोषणा गरेको सहिदको संख्या भने २०६२–६३ सालको जनआन्दोलनदेखि हालसम्म ७५ जना र २०४७ साल अगाडीका चारजना मात्र रहेको जानकारीमा रहेको छ । सहिद कसलाई मान्ने भन्ने राज्यले स्पष्ट मापदण्ड निर्माण गर्न नसक्दा वास्तविक सहिदहरु पनि ओझेलमा परेका छन्‍ भने सोही कारणले सहिद सम्मान गर्ने परिपाटीको पनि विकास हुन सकेको छैन ।

एनआरएन द्वारा अन्तराष्ट्रिय विमानस्थलमा एक सय ट्रली हस्तान्तरण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालको एकमात्र अन्तराष्ट्रिय विमानस्थलमा देखिएको ट्रली समस्यालाई हृदयंगमन गर्दै गैरआवासीय नेपाली संस्था (एनआरएन) ले मंगलबार एक सय ट्रली प्रदान गरेको छ। मंगलबार विमानस्थलमा आयोजित हस्तान्तरण कार्यक्रममा गैर आवासीय नेपाली संघका तर्फबाट उपलब्ध गराइएको एक सय ट्रलीहरुलाई पर्यटन मन्त्री हिसिला यमी मार्फत विमानस्थलका अधिकारीहरुलाई जिम्मा लगाइएको थियो ।सो अवसरमा पर्यटन मन्त्री हिसीला यमीले नेपालको पर्यटन प्रबद्धनमा मात्र होइन देशको चौतर्फी विकासमा गैरआवासीय नेपालीको भूमिका बढेको बताउनुभयो भने एनआरएनका अन्तरार्ष्टिय अध्यक्ष डा. उपेन्द्र महतोले सरकारको दृष्टिकोण र सद्‍भाव अनुसारको आफुहरुको भूमिका निर्धारण हुने कुरा बताउनुभयो । ट्रलीको अभावमा स्वदेशी तथा विदेशी यात्रुहरुले बेहोर्नुपरेको समस्यामा अब कमी हुँदै जाने विश्वास नागरिक उड्‍यन प्राधिकरका अधिकृत पूर्ण प्रसाद चुडालले बताउनुभयो ।

Jan 28, 2009

संविधानसभा समितिको कार्यक्षेत्र विवाद टुंगियो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानसभाका कतिपय समितिहरुको कार्यक्षेत्रमा दोहोरोपन हटाउन मंगलबार बसेको सभापतिहरुको बैठकले कार्यक्षेत्र विवाद टुंगो लगाएको छ। संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले राख्नुभएको सो बैठकले अघिल्लो बैठकद्वारा गठित अग्नि खरेल, खिमलाल देवकोटा, राधेश्याम अधिकारी, रामजनम चौधरी र लक्ष्मण कर्ण्र्ााहनुभएको कार्यदलले समितिहरुको कार्यक्षेत्र, कार्य विवरण र कार्यतालिकामा थप स्पष्टता र दोहोरोपन हटाउने गरी प्रस्तुत गरेको प्रतिवेदनलाई पारित गरेपछि सो विवाद निरूपण भएको हो।अध्यक्ष नेम्वाङकै अध्यक्षतामा बसेको बैठकले समितिहरुका कामलाई थप प्रभावकारी र यो कार्यमा लाग्दा सकभर बिदा नलिने र साँझ-बिहान नभन्ने कुरामा जोड दिएको छ। अध्यक्ष नेम्वाङले निर्धारित समयमै संविधान निर्माण कार्य पूरा गर्न समितिहरुको कार्यक्षेत्रमा रहेका केही अस्पष्टतालाई प्रस्ट गरेर पछि अझ तीव्र गतिका साथ काम हुने बताउनुभयो।संविधानसभाको न्यायप्रणाली, सांस्कृतिक सामाजिक ऐक्यबद्धताको निर्धारण समितिको मंगलबार बसेको बैठकमा विज्ञहरुबाट रायसुझाव लिइएको थियो।

एकै दिन विश्व बजारबाट ७० हजारले रोजगारी गुमाए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आर्थिक मन्दीका कारण एकै दिन विश्व बजारबाट ७० हजारले रोजगारी गुमाएका छन् । सोमबार मात्रै सात कम्पनीले एकैपटक यति धेरै कामदार कटौती गरेका हुन् । सबैभन्दा बढी संकट झेलिरहेको कन्स्ट्रक्सन कम्पनी क्याटरपिल्लरले बढी कामदार कटौती गरेको छ । घाटामा रहेको सो कम्पनीबाट मात्र २० हजार कामदार कटौती हुनेछन् । त्यस्तै, युरोपको फिलिप्स कम्पनी, कोरस र आइएनजी बैकले पनि ठूलो संख्यामा कामदार कटौती घोषणा गरेका छन् । क्याटरपिल्लरका प्रमुख कार्यकारी अधिकृत जिम ओवेन्सले सन् २००९ कम्पनीका लागि सबैभन्दा संकटको समय भएको बताए । जुन कम्पनीले कामदार कटौती घोषणा गरेका छन्, ती कम्पनीको अवस्था अत्यन्त दयनीय अवस्थामा छ । क्याटरपिल्लरको मुनाफा गत वर्षको चोथौ त्रैमासिकमा ३२ प्रतिशत गिरावट आएको छ । त्यस्तै, अमेरिकी कम्पनी टेक्सास इन्स्ट्रुमेन्टले ३४ सय कामदार कटौती निर्णय गरेको छ । मोबाइल चिप उत्पादक सो कम्पनीका उत्पादन माग घटेकाले कामदार कटौतीको घोषणा गर्नुपरेको बताइएको छ । अमेरिकाकै अर्को औषधी कम्पनी फाइजरले २० हजार कामदार कटौती घोषणा गरेको छ । त्यस्तै, मोटर कम्पनी जनरल मोर्टस् कम्पनीले कार माग घटेपछि मिसिगन र ओहायोको कारखाना बन्द गरिसकेको छ । सो कम्पनीमा कार्यरत दुई हजार कामदार कटौती निर्णय गरेको छ । नेदरल्यान्डको आइएनजी बैकले समेत सात हजार कर्मचारी कटौती घोषणा गरेको छ ।आर्थिक संकटसँगै कामदार कटौती रोक्न अमेरिकी राष्ट्रपति बाराक ओबामाले आर्थिक प्याकेज प्रस्ताव गरेका छन् । उनले अमेरिकी संसद्मा ८ सय २५ अर्ब अमेरिकी डलर बराबरको आर्थिक प्रस्ताव प्रस्तुत गरेका छन् । सो प्याकेजमा करको दर कमी गर्ने र सरकारी लगानी बढाउने विषयलाई महत्त्व दिइएको छ । ओबामाले रोजगारी गुमाएका परिवारको सपना बर्बाद हुनबाट जोगाउनुपर्ने धारणासमेत राखेका छन् ।

एक जोडी तेस्रोलिंगी घरबाट लखेटिए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रेमविवाह गरेको एक जोडी तेस्रोलिंगी घरबाट लखेटिएको छ । बिहे गरेकै कारण सिन्धुलीको दुधौलीस्थित माओवादी सेनाको क्याम्पबाट निकालिएपछि घर पुगेका उनीहरूलाई आमा-बुबा र छिमेकीले लखेटेका हुन् । सबैतिरबाट निकालिएका उनीहरू अहिले तेस्रोलिंगीकै क्षेत्रमा काम गर्ने मानवकल्याण समाजको शरणमा पुगेका छन् । ०६२ सालदेखि दुधौली क्याम्पमा तालिम लिएर बसेका सप्तरीको खोक्सार पर्वाह-४ की तेस्रोलिंगी २१ वषर्ीया सरिता यादव र सिराहाको गोविन्दपुर-५ की २० वषर्ीया रीता यादव समाजको शरणमा पुगेका हुन् । प्रेम बिहे भएको थाहा पाएपछि क्याम्पबाट निकालिएको उनीहरूले बताएका छन् । क्याम्पमै रहँदा दुवैजनाले घरबिदा लिएर जनकपुरको रामजानकी मन्दिरमा गई बिहे गरेका हुन् । स्वेच्छाले माओवादी छापामार भएको बताउने सरिताले भनिन्, 'हामी रहर र कसैले फकाएर छापामार भएका होइनाँै । तर, क्याम्पमा बसेर तालिम लिँदै गर्दा एक-अर्कालाई मन परायौँ र बिहे गर्‍यौँ । तालिम लिएर सँगै बस्ने क्रममा साथीहरूले हाम्रो प्रेमका बारेमा कमान्डरलाई भनेछन् । अनि सँगै बस्न दिइएन ।' प्रेम बिहे स्विकार्न आग्रह गर्दा पनि सुनुवाइ नभएको रीताले बताइन् । सँगै बस्न नदिए आत्महत्या गर्ने बताएपछि क्याम्पबाट निकालिएको उनीहरूको भनाइ छ । क्याम्पबाट लखेटिएपछि उनीहरू सरिताको सप्तरीस्थित घरमा पुगेका थिए । 'साथी भनेर रीतालाई केही दिन घरमा राखेँ । परिवारलाई ढाँटेर कति दिनसम्म बस्ने भन्ने लागेर मन्दिरमा बिहे गरेको जानकारी गराउनासाथ आमा-बुबाले सातो खाए,' बिहेको चाल पाएपछि सरिताका बुबाआमा र छिमेकीबाट एक साताअघि घरबाट निकालिएकी सरिताले भनिन्, 'समाजमा नपच्ने काम तिमीहरूलाई कसले गर्न लगायो ? भन्दै घर र गाँउबाटै लखेटे ।' बिहेपछि आपmनो घरमा पनि गएको रीताले बताइन् । तर, उनको घरपरिवारले भने सरितालाई केटा सम्झेर केही गरेका छैनन् । 'उहाँहरूले सरितालाई केटा नै सम्झिरहनुभएको छ । मैलै केटी हो भन्दा पनि पत्याउनुभएन,' समलिंगी बिहे गरेको बताउँदा पनि परिवारले विश्वास नगरेको रीताले बताइन् । इटहरी आइपुगेका उनीहरूले समाजमा विकृति भित्र्याउन खोजेका नभई तेस्रोलिंगीको मान्यता र अन्य नागरिकसरहको सम्मानजनक व्यवहार खोजेको बताए । समाजले समलिंगी बिहेलाई नपचाएसम्म दुवैजना जनचेतना फैलाउन सक्रिय हुने उनीहरूको भनाइ छ । समाजका कार्यक्रम निर्देशक सञ्जय शर्माले पनि उनीहरूले ठूलो अपराध नगरेको बताए । सर्वोच्च अदालतले दिएको निर्देशन सरकारले कार्यान्वयनमा ल्याउन नसकेका कारण तेस्रोलिंगी घरपरिवार तथा समाजबाट लखेटिनुपरेको उनीहरूको तर्क छ ।

चर्पीमा कविता टाँस्नाले ट्वाइलेट पेपर प्रयोगमा कमी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
टोकियो/ चर्पीमा कविता टाँस्नाले ट्वाइलेट पेपर प्रयोगमा कमी आउने ट्वाइलेट पेपर कम प्रयोग अभियान समूहले बताएको छ । चर्पीमा पढ्न मिल्ने स्थानमा कविता टाँस्दा ट्वाइलेट पेपर प्रयोगमा २० प्रतिशत कमी आउने जापान ट्वाइलेट ल्याबो सर्वेक्षणले देखाएको छ ।ट्वाइलेट पेपर बचाउ अभियानले कविता एक हजार सार्वजनिक ट्वाइलेटमा टाँस्ने बताएको छ । 'ट्वाइलेट पेपर र तपाईंको भेट एकपटक मात्र हुन्छ,' एक कवितामा लेखिएको छ । 'पेपरलाई पट्याउनुहोस्, फेरि पट्याउनुहोस्,' अर्का कवितामा लेखिएको छ । 'चर्पीलाई प्रेम गर्नुहोस्' भन्ने कविता पनि लेखिएको छ । 'वातावरण संरक्षणका लागि चर्पीमा हामी के गर्न सक्छौँ भनेर सौच्यौँ, जापान ट्वाइलेट ल्याबोका रुइसुके नागाहारा भन्छन्, 'ट्वाइलेट पेपर र पानी कम प्रयोग गर्नसके वातावरण केही संरक्षण गने सकिने उत्तर पायौँ ।'विगत केही वर्षयता जापानमा ट्वाइलेट पेपरको प्रयोग बढ्दो छ । सार्वजनिक चर्पीहरूमा मानिसले ट्वाइटेल पेपर बढी प्रयोग गर्ने गरेको बताइएको छ ।

एक आमाले एकैपटक आठ सन्तानलाई जन्माइन्

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वासिङ्टन/ अमेरिकाकी एक आमाले एकैपटक मंगलबार आठ सन्तानलाई जन्म दिएकी छिन् । एकैपटक आठ सन्तान जन्माउने उनी विश्वकी दोस्रो महिला हुन पुगेकी छिन् । उनले क्यालिफोर्नियाको लस एन्जेलस अस्पतालमा अपरेसन गरेर ६ छोरा र दुई छोरी जन्माएकी हुन् । बच्चाहरू २९ हप्तामा जन्मिएका हुन् । बच्चाहरूको तौल आठ सय २० ग्रामदेखि एक केजी ४७ ग्रामसम्म छ । आमा र बच्चाको स्वास्थ्य राम्रो भएको चिकित्सकले बताएका छन् । आमाको पहिचान सार्वजनिक गरिएको छैन । बच्चाहरू पाँच मिनेटको फरकमा जन्मिएको बताइएको छ । सात सन्तानलाई अपरेसनमार्फत जन्माउने चिकित्सकले पूरा तयारी गरेका थिए तर, आठौँ बच्चा जन्मिँदा उनीहरू आफैं अचम्ममा परेका थिए । तीन सन्तानलाई स्वास फेर्न सहयोग दिइएको भए पनि अन्यले आफैं स्वास फेरिरहेका छन् । बच्चालाई इन्क्युवेटर्समा कम्तीमा ६ हप्तासम्म राखिनेछ । सबै आठ सन्तानलाई आमाले स्तनपान गराउने अस्पतालका अधिकारीले बताएका छन् ।पहिलोपल्ट अमेरिकाको टेक्सासकी महिला केम चुकबुले १९९८ को डिसेम्बरमा एकैपटक आठ जीवित सन्तान जन्माएकी थिइन् । तर, एक सन्तानको मृत्यु एक हप्तापछि नै भयो । बाँचेका सात बच्चा डिसेम्बरमा १० वर्ष पुगेका छन् । चुकबुले आठ सन्तान जन्माउने आमालाई शुभकामना दिएकी छिन् । 'आठ सन्तान एकपल्ट जन्माउँदाको मज्जा लिनुहोस् । यो अवसर एउटा सौभाग्य हो,' उनले भनिन् ।

जागिर गुमेपछि श्रीमतीसहित पाँच सन्तानलाई गोली हानेर मारे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लसएन्जलस/ आर्थिक मन्दीका कारण जागिर गुमेपछि संयुक्तराज्य अमेरिकाका एक बाबुले आफ्नी श्रीमतीसहित पाँच सन्तानलाई मंगलबार गोली हानेर मारेका छन् । परिवारका सदस्यलाई गोली हानेर मारेपछि ४० वर्षीया इर्भिन लुपो आफैंले पनि आत्महत्या गरेका छन् । श्रीमती र छोराछोरीलाई मार्नुअगाडि एक स्थानीय टेलिभिजन स्टेसनलाई उनले दुई पाना लामो फ्याक्स पठाएका थिए । श्रीमती र आफ्नो रोजगारी गुमेपछि त्यसको परिणामबाट भाग्न श्रीमती र आफूले सामूहिक हत्या गर्ने योजना बनाएको फ्याक्समा उल्लेख गरेका छन् । 'अर्काका हातमा आफ्ना सन्तान किन सुम्पने,' बाबु इर्भिन लुपोले केएबिसी टेलिभिजनको वेबसाइटमा फ्याक्समार्फत पठाएको पत्रमा लेखेका छन् । मेडिकल टेक्निसियनका रूपका कार्यरत लुपो दम्पतीलाई अस्पतालमा झगडा परेपछि निकालिएको बताइएको छ । आर्थिक मन्दीका वेला अर्का काम पाउन असम्भवजस्तै भएको लुपोले फ्याक्समा लेखेका छन् । टेलिभिजन स्टेसनले फ्याक्स पाएपछि तुरुन्तै प्रहरीलाई खबर गर्‍यो । यसबाहेक, प्रहरीलाई एक पुरुषले फोन गरेर 'म भर्खर घर फर्के । मेरो पूरा परिवारलाई गोली हानिएको छ,' भनेको प्रहरीले बताएको छ । घटना घटेको केही मिनेटभित्रै प्रहरी घटनास्थल पुगे । तर, फ्याक्समा श्रीमती एना लुपोले परिवारका सबै सदस्यको हत्याको योजना बनाएको प्रहरी लेफ्टिनेन्ट जोन रोमिरोले बताए । घटनाका लागि इर्भिन लुपो दोषी भएको हुनसक्ने उनले बताएका छन् । उनका अनुसार बन्दुक इर्भिनको शरीरनजिकै भेटिएको थियो । एना लुपोको शरीर दुई वर्षका जुम्ल्याहा छोरासँग माथिल्लो तलाको कोठामा भेटिएको थियो । आठ वर्षकी छोरी र पाँच वर्षका दुई जुम्ल्याहा छोरीको शरीर इर्भिन लुपोको शरीरनजिकै अर्का कोठामा भेटिएका थिए । सबैको टाउकामा गोली लागेको साहायक प्रहरी अधिकारी इद विन्टरले बताए । इर्भिन लुपोले एक साताअघि आफ्ना तीन सन्तानलाई स्कुलबाट निकालेका थिए । केन्सास सहरमा बसाइँ सर्ने बताउँदै छोराछोरी स्कुलबाट निकालेको स्कुलका प्रधानाध्यापकले बताएका छन् । इर्भिन लुपो र उनकी श्रीमती एना लुपो पश्चिम लस एन्जेलसमा रहेको केसर पर्मानेट मेडिकल सेन्टरमा मेडिकल टेक्निसियनका रूपमा काम गर्थे । चिठीको अन्त्यमा इर्भिनले लेखेका छन्— 'हे भगवान् के विधवाका छोराका लागि केही आशा छैन ?' सोसल नेटवर्किङ साइट फेसबुकमा इर्भिन लुपोले छोरीको कराँते खेलिरहेको तस्बिर राखेका थिए । लुपोका छिमेकी तथा रिटार्यड ट्रक ड्राइभर जेमी सोलेचेका अनुसार उनका छिमेकमा भएका प्रायः घरहरू बैंकको कालो सूचीमा परिसकेका थिए । यस क्षेत्रमा विगत केही समययता आर्थिक मन्दीका कारण सामूहिक हत्याका घटनाहरू बढेका छन् । डिसेम्बर २४ मा क्रिसमसको पूर्वसध्यामा एक पुरुषले रोजगारी गुमाएपछि पूर्व श्रीमतीसहित उनका आठ आफन्तलाई गोली हानेर मारेका थिए । सबैलाई मारेपछि ती पुरुषले आफैंलाई गोली हानेर आत्महत्या गरेका थिए । अक्टोबरमा सान फर्नान्डो भ्यालीका एक बेरोजगार आर्थिक व्यवस्थापकले पैसाको अत्यन्त संकट परेपछि श्रीमती, तीन सन्तान र सासूलाई गोली हानेर मारेपछि आफूले पनि आत्महत्या गरेका थिए । जुनमा एक टर्किस-अमेरिकन परिवारका पाँच सदस्यको शव आफ्नै एपार्टमेन्टमा मरिरहेको अवस्थामा फेला परेको थियो । अनुसन्धानकर्ताले यो आत्महत्या भएको हुनसक्ने बताएका छन् ।

सेनाले सरकारको आदेश पालना गर्नैपर्छ - बादल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
रक्षामन्त्री रामबहादुर थापा बादलले नेपाली सेनाले सरकारको आदेशको पालना गर्नुपर्ने बताउनुभएको छ । संविधानसभाको राष्ट्रिय हित संरक्षण समितिको मंगलबारको बैठकमा उहाँले नयाँ सैन्य भर्ना प्रक्रिया स्थगित नभए सरकार कठोर कदम चाल्न बाध्य हुने चेतावनी दिदैं भन्नुभयो-'आदेश दिने काम सरकारको हो, आदेश उल्लङ्घन गर्न पाइँदैन । सरकारको आदेश पालना नगरे चिज अर्कै बन्छ ।' सैन्य भर्ना प्रक्रिया स्थगन गर्न रक्षा मन्त्रालयले निर्देशन दिइसकेकाले मन्त्रालयको निर्देशनलाई सेनाले पालना गर्नुपर्ने बताउँदै रक्षामन्त्री थापाले सेना भर्नाको विषयलाई उचालेर रक्षामन्त्री र प्रधानसेनापतिलाई जुधाउने प्रयास भइरहेकामा आपत्ति जनाउनुभयो । नेपाली सेनाका उच्च अधिकारीले सरकारको निर्देशन पालना गर्न तयार रहेको बताए पनि केही विषयमा सरकारी निर्देशन पालना नभएकामा रक्षामन्त्रीले आपत्ति प्रकट गर्नुभयो । यसैबीच, रक्षामन्त्री थापाले साम्राज्यावादीलाई परास्त गरेर नेपाली जनताले प्राप्त गरेको उपलब्धि अझै अपुरो भएकाले गन्तव्यसम्म पुग्न थप संघर्ष गर्नुपर्ने बताउनुभएको छ । उहाँले तामाङ समुदायले उठाएको ताम्सालिङ प्रदेश -तामाङ स्वायत्त प्रदेशको माग जायज भएको र जनताका यस्ता जायज माग पूरा गर्न सरकार प्रतिबद्ध छ भन्नुभयो । बौद्धधर्मअन्तर्गत महायान सम्प्रदाय (तामाङजाति) को सांस्कृतिक चाड ल्सोसार राजधानीमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । रक्षामन्त्री बादलले सबै जनजातिको रक्षाका निम्ति सरकारले राष्ट्रिय सुरक्षा नीति तयार पार्न लागेको पनि उल्लेख गर्नुभयो ।नेकपा एमाले स्थायी समिति सदस्य केशव बडालले शताब्दिऔ पुरानो सामन्तवादको अन्त्य भइ सबै जातजाति र भाषाभाषीको अधिकार स्थापनाका लागि संविधान लेखन कार्य प्रारम्भ हुन लागेकाले यस कार्यमा सबैले हातेमालो गरेर अघि बढ्नुपर्छ भन्नुभयो ।

नयाँ संविधान बनाउने प्रक्रिया संविधानसभाले धमाधम

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं

गणतान्त्रिक नेपालको नयाँ संविधान बनाउने प्रक्रिया संविधानसभाले धमाधम अघि बढाइरहेको छ । संविधानसभा, संवैधानिक समितिको मंगलबारको बैठकले संविधानको प्रस्तावनालगायत विभिन्न भागको मस्यौदा गर्न विभिन्न पाँचवटा उपसमिति गठन गरेको छ ।समितिका सभापति माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकले सर्वसम्मतिका रूपमा गठित उपसमितिहरूमा संविधानको प्रस्तावना, संविधानको पहिलो भाग, संविधान संशोधन, राजनीतिक दल सम्वन्धी संवैधानिक व्यवस्था र संक्रमणकालीन व्यवस्थासम्वन्धी छन् ।ती समितिका संयोजकहरूमा सभासद्हरू खिमलाल देवकोटा, सपनामल्ल प्रधान, निलम बर्मा, निलाम्बर आचार्य, लक्ष्मणलाल कर्ण रहनुभएको छ । ती उपसमितिले यही माघ मसान्तभित्र अवधारण तयार गरी ती विषयबारे प्रारम्भिक मस्यौदा समितिलाई बुझाउनुपर्ने गरी तोकिएको छ ।

Jan 27, 2009

आदिवासी-जनजाति महासंघले आन्दोलन गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री प्रचण्डले सरकारको प्रभावकारीताको निम्ति सबैको सहयोग मागिरहेका बेला तराईका दलहरु जस्तै आदिवासी जनजातिहरुले पनि सडक आन्दोलनमा उत्रने भएका छन् । नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष पासाङ शेर्पाकाअनुसार संविधानसभालाई दवाव र दलहरुलाई हाम्रो मुद्दाप्रति जिम्मेवारीबोध गराउन आन्दोलन गर्नुपरेको हो । नीति तथा कार्यक्रममा जनजातिका मुद्दा समावेश नगर्नुले पनि सरकार विगतका सहमतिप्रति गम्भिर नरहेको पुष्टी भएको अर्को आरोप अध्यक्ष पासांग शेर्पाको रहेको छ ।

संखुवासभा समाज हङ्कङको पाँचौ अधिवेशन सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,हङ्कङ्ग/चन्द्रसूर्य
संखुवासभा समाज हङ्कङ्गको पाँचौ अधिवेशन जनवरी २५ तारिख जोर्डन स्थित कङ्गन रेस्टुरेन्टमा सम्पन्न भयो । समाजका बयोबृद्ध टेकबहादुर गुरुङले उदघाटन गर्नुभएको कार्यक्रममा खेमहाङ जिमिको सभापतित्व थियो भने कार्यक्रमको सन्चालन संखुवासभा समाजका सचिव कर्ण गुरुङले गर्नुभएको थियो । कार्यक्रममा समाजका सल्लाहकार राजकुमार राईले शुभकामना मन्तव्य दिदै समाजले हङ्कङमा बृक्षारोपनलगायत सङ्खुवासभाको विकासमा टेवा दिने जस्ता प्रशंसनीय कामहरू गरेकोमा आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरू ल्याउन सुझाव दिदै नेपालमा हुन गईरहेको संबिधान निर्माणमा व्यक्तिगत र संस्थागत सुझाव दिन अनुरोध गर्नुभयो । समाजका कोषाध्यक्ष्य टिका गुरुङले आयव्ययको प्रतिवेदन पेश गर्दै हङ्कङ डलर ८३,०००.०० त्रियासी हजार मौज्दात रहेको जानकारी दिनु भयो भने सदस्य प्रेम कोरङ्गीले समाजको गतिविधीमा प्रकाश पार्नु भएको भेलामा उपाध्यक्ष्य हेम राईले स्वागत मन्तव्य दिनुभएको थियो ।
राजकुमार राई, उपेन्द्र कोरङ्गी, खड्ग गुरुङको अधक्ष्य मण्डलले समाजको नया कार्यसमिति घोषणा गर्‍यो । जसअनुसार अधक्ष्यमा हेम राई र कर्ण गुरुङको नाम भेलाबाट आएपनि कर्ण गुरुङले हेम राईलाई समर्थन गर्नुभएको थियो । यसैगरी उपाध्यक्ष्यमा तुलबहादुर गुरुङ, सचिव प्रेम कोरङ्गी, सहसचिव सुश्री शान्ता गुरुङ, कोषाध्यक्ष्य कृष्णबहादुर गुरुङ चुनिनुभएको छ, यसैगरी सदस्यहरू एम. बी. राई, चन्द्रबहादुर राई, बिरबहादुर राई, नैनासिंह गुरुङ, कुमार गुरुङ, बालकुमार घले रहनुभएको छ भने दुई सदस्य समितिले पछि मनोनयन गर्ने भएको छ ।

आफ्नै परिवारले अपहरण गराएको घटना सार्वजनिक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सामाजिक हैसियत बढाउन बाँकेस्थित बेतहनी- २ को एउटा परिवारले आफ्नै १६ वर्षीया चेलीको नाटकीय अपहरण गराएको घटना सार्वजनिक भएको छ । विद्यालय व्यवस्थापन समिति र सामुदायिक वनको अध्यक्ष हुन नपाएपछि आफ्नै काकाद्वय कैयुम खाँ र जमालुद्दिन खाँले आठ कक्षा पढ्दै गरेकी किशोरी छोरी बाहिदा खातुनलाई नाटकीय अपहरण गराएका हुन् । घटनामा बाहिदाकी आफ्नै आमा र बाबुको संलग्नता रहेको सम्भावना पनि देखिएको छ । परिवारद्वारा अपहरणको जाल गरी भगाइएकी बाहिदा दुई सातापछि भागेर नेपालगन्ज आएपछि घटनाबारे विवरण प्राप्त भएको हो ।झोरा सामुदायिक वन र हल्बल डोली नेरा प्राविको व्यवस्थापन समितिको अध्यक्ष हुन नपाएको भन्दै काका कैयुम खाँ र जमालुद्दिन खाँले 'ज्यान मार्ने धम्की दिई आफूलाई भगाएर नाटक रचेको' भतिजी बाहिदाले बताइन् ।बाहिदालाई भगाउनुअघि झोरा सामुदायिक वन र हल्बल डोली प्राथमिक विद्यालयको सञ्चालक समितिको अध्यक्ष पद हत्याउन खाँ दाजुभाइले अर्को एउटा समूहलाई मरणासन्न हुने गरी कुटपिट गरेका थिए । कुटपिट प्रकरणपछि प्रहरीले बाहिदाका काकाहरूलाई प्रक्राउ गर्न खोजिरहेका वेला उनीहरूले आफ्नै छोरीलाई भगाएपछि घटनाले अर्कै मोड लिएको स्थानीयवासीले बताए । 'उनीहरूले जसलाई पिटेका थिए छोरी अपहरण गरे भनेर पीडितहरूकै विरुद्धमा उजुरी गरे,' बेतहनीका एक स्थानीयवासीले नयाँ पत्रिकासित भने, 'त्यसपछि त घटना नै अर्कै भयो ।'कुटपिट प्रकरणपछि छोरी अपहरण गरेको भन्दै बाबु सब्बिर खाँले बनकट्टी- २ हलबलडोलीका बदरु दर्जी खाँ, बबर खाँ, बद्री अलाम खाँ, मोहम्मद जकिर खाँ, युनिस खाँ, रफिउद्दिल खाँविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दरखास्त दर्ता गराएका थिए । यता नेपालगन्जस्थित मानवअधिकारवादी संघसंस्थामा पनि खातुनको रिहाइका लागि निवेदन परेको थियो ।जाहेरी दरखास्त परेपछि जिल्ला प्रहरी कार्यालय, बाँकेले अभियोग लागेकाहरूसँग बयान लिई घटनाबारे अनुसन्धान सुरु गरेको थियो । अधिकारकर्मी र सञ्चारकर्मीले भारतबाट सोमबार नेपालगन्ज ल्याई सार्वजनिक गरिएकी बाहिदाले बेपत्ताको रहस्य खुलेकाले घरपरिवारबाटै आफू असुरक्षित भएको बताएकी छिन् ।अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय नेपालगन्जमा छोरी भेट्न आएका बाबु र काकासँगसमेत छोरी बाहिदा केही बोल्न चाहिनन् । अधिकारकर्मी र सञ्चारकर्मीसँग उनको अनुरोध थियो, 'मलाई घर फिर्ता नपठाउनुस् । मलाई खतरा छ ।'खातुनको अनुरोधलाई स्वीकार गर्दै अधिकारवादीहरूले उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक मिंगमार लामाको जिम्मा लगाएका छन् ।

ब्राजिलियन सुन्दरी मारियानाको निधन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दुई पटकसम्म 'मिस वल्र्ड फाइनलिस्ट' बनेकी २० वर्षीया ब्राजिलियन सुन्दरी मारियाना बि्रडीको शनिबार बिहान निधन भएको छ । स्युडोमोनास एरुजिनोसा ब्याक्टेरियाको संक्रमणका कारण उनको मृत्यु भएको बताइएको छ । उनलाई संक्रमणबाट बचाउन चिकित्सकले उनका हातखुट्टा काटे । तर, संक्रमण रगतमा फैलिसकेका कारण सबै प्रयास निरर्थक भए । गएको डिसेम्बर ३० मा बिरामी भएपछि उनलाई अस्पताल लगिएको थियो । चिकित्सकले रोगको गलत पहिचान गरेको कारण बि्रडीको स्वास्थ्य झन् खराब भएको उनका प्रेमी थाइअगो सिमोइजले आरोप लगाएका छन् । आफैं श्वास फेर्न नसक्ने भएपछि बि्रडीलाई अस्पतालको होमो डायालसिसमा राखिएको थियो । रगतमा फैलिएको भाइरसका कारण ओछ्यान परेपछि यसै साता उनको आकस्मिक शल्यक्रिया गरिएको थियो । 'उनको मृत्युले हामीलाई निकै विक्षिप्त बनाएको छ । हामी उनको आत्माको शान्तिका लागि प्रार्थना गछौं,' उनका शोकाकूल प्रेमी थाइअगो सिमोइजले भने । 'हामीले उनलाई अस्पताल पनि लग्यौँ तर उनलाई किड्न स्टोन भएको गलत पहिचान गरियो,' सिमोजले भने, 'चिकित्सकले बि्रडीलाई केही औषधी दिएर घर पठाए । तर दुई दिनपछि नै उनको स्वास्थ्य झन् खराब भयो ।'बि्रडीलाई पुनः अस्पताल लगियो । त्यतिवेला चिकित्सकले उनलाई गम्भीर संक्रमण भएको बताए । सिमोइजका अनुसार बि्रडी झन्-झन् बिरामी पर्दै गइन् र हातखुट्टामा रगत प्रवाह हुनै छोड्यो । पहिला उनले खुट्टा गुमाइन्, त्यसपछि मंगलबार उनको दुवै हात काटियो । 'तर बि्रडी निकै बहादुर थिइन्, उनको बाँच्ने चाहना धेरै थियो । जस्तोसुकै अवस्थामा पनि उनी बाँच्नुपर्छ भन्ने हामी चाहन्थ्यौँ, त्यसैले हातखुट्टा काट्ने अनुमति दियौँ,' प्रेमी सिमोइजले भने । तर शल्यक्रियापछि उनको स्वास्थ्य झन् खराब भयो । शरीरमा रक्तसञ्चार नहुने अर्को समस्या देखियो । बुधबार दिउँसो उनको आकस्मिक अप्रेसन गरियो । मिस बि्रडी सन् २००६ र २००७ मा ब्राजिलबाट छानिएकी मिस वल्र्ड प्रतिस्पर्धाकी फाइनलिस्ट थिइन् । सन् २००७ मा उनी 'मिस विकिनी अन्तर्राष्ट्रिय प्रतिस्पर्धा'मा ब्राजिलको प्रतिनिधित्व गर्दै चीन गइन् । उनी रित्तो हात फर्किनन् । 'निकै सुन्दर शरीर'को पुरस्कार हात पारिन् । ५० प्रतिस्पर्धीमध्ये उनी छैटौं स्थान ओगट्न सफल भएकी थिइन् ।

आन्दोलनरत समूहको ४२ भन्दा बढी बुँदा अलपत्र

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आन्दोलनरत समूहसित राज्यले विभिन्न समयमा गरेका सम्झौता कुनै पनि पूर्ण पालना हुन सकेका छैनन् । आन्दोलनलाई थामथुम पार्न हचुवाको भरमा जुनसुकै सम्झौता गर्ने परिपाटीले सरकारलाई अविश्वसनीय बनाउँदै लगेको छ । पछिल्लो समयमा विभिन्न आठ समूहसँग सहमति भएका ७८ बुँदामध्ये अहिलेसम्म ३६ बुँदा मात्र कार्यान्वयन भएका छन् । ४२ भन्दा बढी बुँदा अलपत्र परेका छन् । ०६४ साउन २२ देखि ०६५ भदौ २० गतेसम्म सरकारले ती समूहसित सम्झौता गरेको थियो । हालसम्म मधेसी जनअधिकार फोरमसँगका आठ, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँगका पाँच, चुरेभावर प्रदेश एकता समाजसँगको पाँच, नेपाल आदिवासी जनजाति महासंघ तथा आदिवासी जनजाति संयुक्त संघर्ष समितिसँगको नौ, राष्ट्रिय वादी अधिकार संघर्ष समितिसँगको एक, संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चासँगको तीन, संघीय लिम्बुवान राज्यपरिषद्सँगको दुई र राष्ट्रिय हलिया मुक्ति समाज महासंघसँगको तीनवटा बुँदा मात्र कार्यान्वयन भएका छन् । मन्त्रिपरिषद्को बैठकले विभिन्न राजनीतिक दल र समूहसँग गरेको सहमति कार्यान्वयनका लागि शान्ति तथा पुनर्निर्माणमन्त्रीलाई जिम्मा दिएको छ । सरकारले अहिलेसम्म संविधानसभा निर्वाचन, आन्दोलनका घाइतेलाई उपचारखर्च, मृतकलाई सहिद घोषणा र सीमित परिवारलाई राहत, केही ऐनको संशोधन, विभिन्न समुदायको चाडपर्वमा सार्वजनिक बिदाजस्ता सामान्य सहमति र सम्झौता कार्यान्वयन गरेको छ । विभिन्न आयोग गठन गर्ने, संघीयताको स्वरूपजस्ता राजनीतिक महत्त्व राख्ने सहमति र सम्झौता कार्यान्वयन भएका छैनन् ।सद्भावना पार्टीका नेता लक्ष्मणलाल कर्णले विगतमा भएका सहमतिको पूर्णरूपमा कार्यान्वन हुन नसकेको बताए । उनले सामान्य मागहरू सरकारले पूरा गरेजस्तो गरे पनि महत्त्वपूर्ण बुँदाहरूको कार्यान्वयन गर्न कुनै चासो नदेखाएको आरोप लगाए । उनले भने, 'सरकार एउटा कुरा गर्छ, काम अर्को गर्छ ।'मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले मधेसवादी दलहरूसँग भएका आठबुँदे सहमति निश्चित सयम-सीमासम्म कार्यान्वयन नभए सरकार र सदनसमेत छाडेर सडक संघर्ष गर्ने चेतावनी दिए । परराष्ट्रमन्त्रीसमेत रहेका यादवले सहमति कार्यान्वयनका लागि मन्त्रिपरिषद्मा पटक-पटक प्रस्ताव राखे पनि प्रधानमन्त्रीबाट चासो नदेखाएको आरोपसमेत लगाए । तराई-मधेस लोकतान्त्रिक पार्टीका नेता हृदयेश त्रिपाठीले पनि मोर्चासँग भएको सहमति कार्यान्वयनमा सरकारले चासो नदिएको गुनासो गरे । सरकारले विगतको सहमति र सम्झौताको उपेक्षा र उल्लंघन गरेको आरोप लगाउँदै उनले भने, 'विगतमा भएको सहमति पालना गराउन अब हामी शान्तिपूर्ण आन्दोलन गर्छौं ।'सरकारले ०६४, १३ भदौमा फोरमसँग २२ बुँदे, १६ फागुनमा संयुक्त मधेसी मोर्चासँग आठबुँदे, २७ भदौमा चुरेभावरसँग १० बुँदे, २२ साउनमा आदिवासी जनजातिसँग २० बुँदे, २८ असोजमा वादी अधिकारसँग दुईबुँदे, १८ फागुनमा संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चासँग पाँचबुँदे, ६ चैतमा संघीय लिम्बुवान परिषद्सँग पाँचबुँदे र ०६५, २० भदौ राष्ट्रिय हलिया मुक्ति समाजसँग पाँचबुँदे सहमति गरेको थियो ।
कार्यान्वयन गर्न बाँकी बुँदाहरु
नेपाल आदिवासी जनजाति महासंघ
४. नेपालको राष्ट्रिय एकता, अखण्डता र सार्वभौमिकतालाई सर्वोपरि राखी जाति, भाषा, भौगोलिक क्षेत्र तथा आर्थिक आधार र सांस्कृतिक विशेषताको आधारमा राज्य पुनर्संरचना आयोग गठन गर्ने भनिए पनि गठन हुन सकेको छैन ।
५. आदिवासी जनजाति आयोग गठन गर्न कानुनी संरचनाका लागि स्थानीय विकास मन्त्रालयले कार्य सुरु गरेको छ ।
६. नेपाली भाषा र स्थानीय स्तरमा बोलिने मातृभाषालाई समेत मान्यता प्रदान नागरिकहरूको भाषिक अधिकारलाई सुनिश्चित तुल्याउन स्थानीय विकास मन्त्रालयमार्फत जनजाति प्रतिष्ठानबाट भाषिक सर्वेक्षणको काम सुरु भएको र अन्य विषय संविधानसभाबाट हुनेछ ।
८. राष्ट्रिय समावेशीकरण आयोग गठन गर्ने भनिए पनि अहिलेसम्म सो आयोग गठन भएको छैन । सो प्रयोजनका लागि सरकारले ५ मंसिरमा मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरेको छ ।
९. सन्तुलित र समानुपातिक प्रतिनिधित्वका लागि निजामती, नेपाल प्रहरी र सशस्त्र प्रहरी सेवातर्फ कानुनी व्यवस्था भइसकेको र नेपाली सेना र स्वास्थ्य सेवातर्फ कानुन संशोधनका क्रममा रहेको उल्लेख छ ।
१०. विभिन्न वर्ग, क्षेत्र, लिंग र समुदायको सरोकारका विषयमा निर्णय लिँदा सम्बन्धित पक्ष र निकायहरूको सल्लाह र परामर्श लिने विषयमा सरकारले आत्मसात् गर्ने ।
१२ आदिवासी जनजातिको अधिकारसम्बन्धी राष्ट्रसंघीय घोषणापत्रलाई अनुमोदन गर्नेसम्बन्धमा आवश्यक कानुनी प्रक्रिया पूरा गरी अविलम्ब उपयुक्त कदम चालिनेछ, कार्यान्वयन जारी छ ।
१४. अन्तरिम योजनालगायतका विकास योजना तथा कार्यक्रमको कार्यान्वयनमा लैंगिक मूलप्रवाहीकरणको मर्म र भावनालाई आत्मसात् गर्दै कार्यक्रमको कार्यान्वयन तथा लाभको बाँडफाँटमा महिला विविधतालाई दृष्टिगत गरी आदिवासी जनजाति, दलित र मधेसी महिलाहरूको समेत समान सहभागितामा जोड दिइनेछ । कार्यान्वयन जारी छ ।
१५ जैविक विविधतासम्बन्धी महासन्धिको पक्ष राष्ट्रको हैसियतले आदिवासी जनजातिको परम्परागत ज्ञान, सीप, अभ्यास र प्रविधिको उपयोग र संरक्षणमा राज्यले विशेष ध्यान दिनेछ । कार्यान्वयन जारी छ ।
१८. मुक्त कमैया पुनस्र्थापन कार्यलाई अगाडि बढाउने ।१९.मधेसी, महिला, दलितलगायतका विभिन्न वर्ग र समुदायबाट उठाइएका मागका सम्बन्धमा सरकारले वार्ताटोली गठन गरी काम सुरु गरेको छ ।
फोरम
१. मधेस आन्दोलनका क्रममा सहिद भएकाहरू परिवारलाई दस लाख सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरूमार्फत उपलब्ध गराइसकिएको छ । छुटका २१ जनालाई सहिद घोषणा गरेको, तर राहत प्रदान गर्न बाँकी छ ।
३. मधेस आन्दोलनका क्रममा फोरमका १३ जनाको मुद्दा फिर्ता गर्न प्रक्रिया अघि बढाइएको छ । करिब तीन सयजनाको मुद्दा फिर्ताका लागि गृह, कानुन, न्याय तथा संविधानसभा व्यवस्था मन्त्रालयले कारबाही अगाडि बढाएको छ ।
४. निजामती, नेपाल प्रहरी, सशस्त्र प्रहरी आदि सेवामा कानुनी व्यवस्था गरी समानुपातिक प्रतिनिधित्व गराउने व्यवस्था मिलाएको र नेपाली सेना र स्वास्थ्य सेवा सम्बन्धमा कानुन संशोधनका क्रममा छ ।
५. सरकारले राज्यको पुनर्संरचनासम्बन्धी आयोग गठनको क्रममा रहेको छ भने सरकारले राज्य पुनर्संरचना सम्बन्धमा बेग्लै मन्त्रालयको समेत गठन गरेको छ ।
९.मुस्लिमहरूको मुख्य चाड-पर्वमा सार्वजनिक बिदा दिने, मदरसा बोर्ड मुख्य चाड-पर्वमा सार्वजनिक बिदा दिने व्यवस्था लागू गरिसकेको छ । साथै मदरसा बोर्ड पनि गठन भई कार्यरत रहेको छ । अन्य विषयको हकमा कार्यान्वयन जारी छ ।
१०. जाति, भाषा, लिंग, धर्म, संस्कृति, राष्ट्रिय तथा सामाजिक उत्पत्ति, राजनीतिक तथा अन्य विचार आदिका आधारमा गरिने सबैखाले विभेद अन्त्य गरी मानवअधिकारको पूर्ण प्रत्याभूति गर्ने । कार्यान्वयन जारी छ ।
११. सरकारी काम-काज, शिक्षा तथा अन्तर्राष्ट्रिय सम्पर्क गर्दा (क) मातृभाषा (ख) नेपाली भाषा र (ग) अंग्रेजी भाषाको त्रि- भाषीय नीति कायम गर्न मन्त्रालय कार्यान्वयन गर्न सक्ने विषयहरू कार्यान्वयन गर्न अनुरोध गरिएको छ । प्रस्तुत विषय संविधानसभाको कार्यक्षेत्रअन्तर्गत रहेको छ ।
१४.मधेस तथा विकट क्षेत्रलाई राज्यबाट प्राप्त राजस्व र आम्दानीको सन्तुलित बाँडफाँटको व्यवस्था संविधानसभाबाट हुनेछ, एवं न्यायोचित वितरण नीति अपनाउने ।
१५.माओवादीद्वारा कब्जा गरिएका घर-जग्गा र सम्पत्ति फिर्ता गर्ने गराउनेक्रम जारी रहेको र सम्पत्ति फिर्ताका लागि मातहतका संगठन र कार्यकर्तालाई निर्देशन भएको छ ।१६.औद्योगिक सुरक्षाबल गठन गर्ने उद्योग तथा गृह मन्त्रालयबाट गृहकार्य भइरहेको छ ।
१८. सरकारी सञ्चारमाध्यमहरू टिभी, रेडियो, छापामा मधेसी सञ्चारविद् एवं पत्रकारको सञ्चार मन्त्रालयबाट नियुक्ति र सरकारी सञ्चार आयोग, निकायहरू तथा प्रतिनिधिमण्डलमा मधेसीको समानुपातिक समावेशी सहभागिता गराउँदै जाने । कार्यान्वयन जारी छ ।१९.मधेसी युवा फोरमको उपत्यका अध्यक्ष जितेन्द्र साहको खोजतलास र अनुसन्धान गर्न एक जाँचबुझ आयोग गठन गरेको छ । यथाशीघ्र स्थिति सार्वजनिक गर्ने ।
२०. राष्ट्रिय समावेशीकरण आयोग गठन गर्ने विषयमा नेपाल सरकार (मं.पं.)समक्ष प्रस्ताव पेस गरिएको छ ।
२१. जातीय, भाषिक र धार्मिक अल्पसंख्यकको अधिकारको संवैधानिक प्रत्याभूति गर्न स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिइसकिएको छ ।
चुरेभावर
१.आन्दोलनका क्रममा चुरेभावर प्रदेश एकता समाजको नौजना व्यक्तिको मुद्दा फिर्ताका लागि आवश्यक कागजातसहित कानुन न्याय तथा संविधानसभा व्यवस्था मन्त्रालयमा अनुरोध गरिसकिएको छ ।
४. तराईका विभिन्न सशस्त्र समूहको हमलामा परी मृत्यु भएका व्यक्तिका परिवारलाई पनि अरूसरह राहत उपलब्ध गराउने कार्यलाई निरन्तरता दिने । कार्यान्वयन जारी छ ।
६.सरकारको०६४/११/२७ को निर्णयानुसार राज्यको पुनर्संरचनासम्बन्धी आयोगको कार्य क्षेत्रगत सूची स्वीकृत भई आयोग गठनको क्रममा रहेको छ । राज्य पुनर्संरचना मन्त्रालयसमेत गठन भएको छ ।
७. चुरेभावर क्षेत्रभित्रका विकास निर्माणका काम, वनसँग सम्बन्धित काम, ढुंगा, बालुवा, गिट्टी, माटो आदि ठेक्का बन्दोवस्त गर्न स्थानीय निकायसँग सहमति कायम गर्न ०६४/८/५ मा बसेको मन्त्रिपरिषद् राजनीतिक समितिको बैठकले क्षेत्रगत मन्त्रालयले क्रमशः कार्यान्वयन गर्दै जाने निणयअनुसार सबै मन्त्रालयमा ०६४/८/१४ गते अनुरोध गरिएको ।
८. तराई-मधेस, पहाड, हिमाल सबै क्षेत्रका जनतालाई आपसी सद्भाव खलबलिन नदिन र आपसी समझदारी विकसित गराई राष्ट्रिय एकता र अखण्डतालाई सुदृढ गराउन सबै पक्षको कार्य जारी छ । शान्ति सद्भाव यात्राको गरिएको छ ।
वादी अधिकार संघर्ष समिति
२. वादी समुदायका बालबालिकालाई छात्रवृत्ति उपलब्ध गराउने सरकारले तोकेको राजपत्रांकित प्रथम श्रेणीको अधिकृतको संयोजकत्वमा गृह मन्त्रालय, स्थानीय विकास मन्त्रालय, अर्थ मन्त्रालय, श्रम तथा यातायात व्यवस्था मन्त्रालय, भूमिसुधार तथा व्यवस्था मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, वन तथा भू-संरक्षण मन्त्रालय र महिला मन्त्रालयको सहभागितामा ०६४/६/३० गते कार्यदल गठन भई मिति ०६५/९/११ मा प्रतिवेदन बुझाएको छ ।वादी समुदायको यौन शोषणको अन्त्य भएको घोषणा तत्कालै गर्ने तयारीमा रहेको छ । बालबालिका तथा समाजकल्याण मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकृतस्तरका प्रतिनिधिका साथै वादी समुदायका एकजना महिलासहित दुईजना प्रतिनिधिसमेत सम्मिलित एक अध्ययन कार्यदल सरकारले तत्काल गठन गर्ने । उक्त कार्यदलले ६ महिनाभित्र सम्पूर्ण अध्ययन पूरा गरी सहमति कार्यान्वयन गराउनेछ ।
मधेसी मोर्चा
२. संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा भइसकेको छ । राज्यको पुनर्संरचनालगायतका कार्य संविधानसभाबाट हुनेछन् । नेपाल सरकारको मिति ०६४/११/२७ को निर्णयानुसार राज्यको पुनर्संरचनासम्बन्धी आयोगको कार्य क्षेत्रगत सूची संघीय संरचनामा केन्द्र र प्रदेशका बीच स्पष्ट रूपमा शक्तिको बाँडफाँट सूचीको आधारमा गरिनेछ । प्रदेशहरू पूर्णरूपले स्वायत्त र अधिकारसम्पन्न हुनेछन् । नेपालको सार्वभौमिकता, एकता र अखण्डतालाई अक्षुण्ण राख्दै स्वायत्त प्रदेशहरूको संरचना, केन्द्र र प्रदेशका सूचीहरूको पूर्ण विवरण र अधिकारको बाँडफाँट संविधानसभाबाट निर्धारण गरिनेछ ।
६.संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, तराईमा संघर्षरत सबै सशस्त्र समूहलाई शान्तिपूर्ण राजनीतिक प्रक्रियामार्फत सबै समस्याको समाधान वार्ताबाटै गर्न नेपाल सरकार (मं.प.) को मिति ०६५/६/१७ को निर्णयअनुसार शान्ति तथा पुनर्निर्माणमन्त्रीको संयोजकत्वमा स्थानीय विकासमन्त्री र शिक्षामन्त्रीसमेत सदस्य रहेको सरकारी वार्ताटोली गठन भएको छ । मधेसी भाइरस किलर्स, संयुक्त जनतान्त्रिक तराई मुक्तिमोर्चा र तराई संयुक्त जनक्रान्ति र तराई जनतान्त्रिक मुक्तिमोर्चा राजन समूहसँग प्रथम चरणको वार्ता सम्पन्न भएको छ । अन्यसँग सरकार वार्ता गर्ने क्रममा रहेको छ ।
७. फोरमसँग ०६४/५/१३ मा भएको २२ बुँदे सम्झौता क्रमशः कार्यान्वयन भइरहेको छ । फोरमका कार्यकर्तामाथि लगाइएका मुद्दाहरू फिर्ता गर्ने, सम्झौताका बाँकी बुँदा कार्यान्वयन गर्ने । १३ जनाका मुद्दा फिर्ता लिन संयन्त्रको सिफारिसमा गृह मन्त्रालयमा लेखी पठाइएको र करिब तीन सयजना छानबिनका क्रममा रहेका छन् ।
गणतान्त्रिक राष्ट्रिय मोर्चा
१.लिम्बुवान, खम्बुवान, ताम्सालिङ, थरुहट, दलित आदि जनताको आन्दोलनमा सहादत प्राप्त सहिदहरूलाई सम्मानका साथ सहिद घोषणा गरी आश्रति परिवारलाई दस लाख रुपैयाँका दरले राहत प्रदान गर्ने । सहिद परिवारका एक सदस्यलाई रोजगारी र निःशुल्क शिक्षाको व्यवस्था गर्ने, ५० जना घाइतेको उपचारखर्च उपलब्ध गराई सकिएको सहिद र घाइतेहरूको पहिचान गर्न शान्ति तथा पुनर्निर्माण मन्त्रालयका सह- सचिवको संयोजकत्वमा दुवै पक्षको सहभागितामा एक कार्यदल निर्माण गरी कार्यरत रहेको ।
३. वैज्ञानिक स्वशासनयुक्त स्वायत्त गणराज्यसहितको संघीय शासनप्रणालीको संविधानसभाबाटै व्यवस्था गरिनेछ । राज्यको पुनर्संरचना आयोग गठन भएपछि यो सम्झौता कार्यान्वयनका लागि पठाइनेछ । राज्यको नयाँ संरचनाको सम्बन्धमा गठन हुन गइरहेको पुनर्संरचना आयोगमा यो सम्झौता कार्यान्वयनका लागि पठाइनेछ ।
संघीय लिम्बुवान राज्यपरिषद्
१. लिम्बुवानवासी जनताको उत्कट चाहना र आन्दोलनलाई सम्बोधन गरी राष्ट्रिय एकता, अखण्डता र सार्वभौमिकतालाई अक्षुण्ण राख्दै संविधानसभाबाट राज्यको पुनर्संरचना आयोग गठन भएपछि यो सम्झौता कार्यान्वयनका लागि पठाइनेछ । सरकारको मिति ०६४/११/२७ को निर्णयअनुसार राज्यको पुनर्संरचनासम्बन्धी आयोगको कार्य क्षेत्रगत सूची (त्इच्)स्वीकृत भई आयोग गठनको क्रममा रहेको छ । २. स्व. राजकुमार आङदेम्बे (माङतोक) को परिवारलाई सम्मानस्वरूप दस लाख उपलब्ध गराइएको । मागबमोजिम उपचारखर्च र क्षतिपूर्ति उपलब्ध गराउने कार्य प्रक्रियामा रहेको छ ।
३. राज्यको पुनर्संरचना आयोग गठन हुँदा सहमतिबमोजिम परिषद्को पनि प्रतिनिधित्व गराइदिने व्यवस्थाका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संस्कृति तथा राज्यपुनर्संरचना मन्त्रालयमा लेखी पठाइएको छ ।
हलिया मुक्ति समाज
२.राष्ट्रिय हलिया मुक्ति समाज, महासंघका ११ बुँदे माग अध्ययन गरी ठोस कार्य गर्न पीडित हलिया र सम्बन्धित व्यक्तिका तर्फबाट ६ जना र सरकारी निकायबाट तीन गरी नौ सदस्यीय कार्यदलले ०६५/६/१० मा प्रतिवेदन पेस गरिसकेको छ ।
४. राष्ट्रिय हलिया मुक्ति समाज, महासंघका ११बुँदे मागप्रति सकारात्मक रहँदै सबै मागका सम्बन्धमा कार्यदलले गरेको सिफारिसमा नेपाल सरकारले समस्या समाधानका लागि कारबाही सहमतिअनुसार राष्ट्रिय हलिया मुक्ति समाज महासंघले पेस गरेको मागका सम्बन्धमा अध्ययन गरी अगाडि बढाउने । मुक्त हलियाको तथ्यांक संकलन गर्ने प्रयोजनका लागि एक समिति गठन भई कार्यरत छ ।
(शान्ति तथा पुनर्निर्माण मन्त्रालयबाट उपलब्ध प्रगति विवरण)

गायक उदीतनारायण झा पद्मश्री सम्मानबाट सम्मानित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पाश्र्व गायक उदीतनारायण झा पद्मश्री सम्मानबाट सम्मानित भएका छन् । उदीतसहित अभिनेता अक्षय कुमार, अभिनेत्री ऐश्वर्या राय, सत्तरी दशककी नृत्यंगना हेलेनलगायत ९३ जनालाई पद्मश्री सम्मान प्रदान गरिएको छ ।भारत सरकारले गणतन्त्र दिवसको अवसरमा उक्त सम्मान प्रदान गर्दै आएको छ । यस वर्ष विभिन्न क्षेत्रका एक सय ३३ जनालाई पद्म पुरस्कार प्रदान गरिएको थियो ।पद्म पुरस्कारमध्ये पद्म विभूषण सबैभन्दा ठूलो सम्मान मानिन्छ । यस वर्ष दसजनालाई प्रदान गरिएको थियो भने पद्म भूषणबाट इन्डियन एक्सप्रेसका सम्पादक शेखर गुप्तासहित ३० जना सम्मानित भएका छन् ।

झापाबाहेक अन्त बर्डफलु भेटिएन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
छिमेकी मुलुक भारत हुँदै नेपालको झापामा देखा परेको बर्डफलु नियन्त्रणका लागि कृषि तथा सहकारी मन्त्रालयले प्रभावित क्षेत्रमा परीक्षण गर्नुका साथै पन्छी र पन्छीजन्य वस्तु नष्ट गर्ने कार्य पूरा गरिसकेकाले अन्य क्षेत्रका व्यवसायी र उपभोक्ताहरू त्रसित हुनु नपर्ने सो मन्त्रालयका प्रवक्ता डा. हरि दाहालको कथन छ। डा. दाहालले यस्तो संवेदनशील विषयमा सरकारले प्रभावित क्षेत्रमा तुरुन्तै कारबाही अगाडि बढाउनुका साथै जनतालाई आवश्यक र्सतर्कता अपनाउनसमेत समयमै सूचित गर्ने हुनाले अनावश्यक हल्लाका पछाडि नलाग्नसमेत कृषक र उपभोक्तालाई अनुरोध गर्नुभएको छ। कुखुरा विभिन्न कारणले मर्छन्, सबै बर्डफलु लागेर मरेको नभई फरक प्रकारका भाइरसले पनि परेका छन्। बर्डफलु नेपालको काँकडभिट्टामा बाहेक अन्त नआएको उहाँको दाबी छ।यो रोग फैलिन नदिनका लागि कुखुरापालक कृषकले सजगता अपनाउँदै मुखमा माक्स लगाउने, हातमा ग्लोबस लगाउने, कुखुरालाई सुरक्षित स्थानमा सफासँग राख्ने, सफा साबुन पानीले हातगोडा धोएर सरसफाइमा पूर्ण ध्यान दिने र चिकित्सकको सल्लाहअनुसार हेरविचार गर्नुपर्ने सम्बद्धविज्ञहरूको भनाइ छ।अहिलेसम्म बर्डफलु फेला परेका कुखुरामा खुला रूपमा छाडा छोडेर पालिएका स्थानीय जातका कुखुरा भएको पाइएको मन्त्रालयले जनाएको छ। नेपालमा ब्वाइलर कुखुरा उत्पादन र विक्रीवितरण व्यवस्थित भएकाले यस्ता कुखुराको मासु र अण्डा ७० डिग्रीको तापमा पकाएर खान हुने बताउँदै हाटबजारमा खुला बिक्री गरिएका कुखुरा र हाफ ब्वाइलर अण्डा भने नखान डा. दाहाल सल्लाह दिनुहुन्छ।

कियाचु कोरियाद्धारा भेटघाट तथा रात्रि भोज कार्यक्रम सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,गंगा तुम्बाहाङ्फे/द,कोरिया
किरात याक्थुङृ चुम्लुङृ दक्षिण कोरिया द्धारा कोरियाको नयां बर्ष सलनालको उपलक्ष्यमा जेनवरी २६ तारिख सोमबारका दिन सिओलको सुयु स्थित छावियेछिपमा भेटघाट तथा रात्रि भोज कार्यक्रम भव्यताका साथ सम्पन्न भएको थियो । सो कार्यक्रममा कोरिया स्थित विभिन्न पेशामा आवद्ध लिम्बु तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको बृहत उपस्थित रहेको थियो । कार्यक्रममा लिम्बु गीत एवम सांङृगीतक क्षेत्रमा धेरै बर्ष अघि देखि ख्‍याती प्राप्‍तका साथै सरहनिय योगदान पुरयाउदै आएकी र एक महिना अघि ईपीएस मार्फत दक्षिण कोरिया आई हाल आनसानमा रहेकी गायिका मन्जु साम्बाहाम्फेलाई चुम्लुङृका अध्यक्ष नारद लिम्बुले दोसल्ला ओढाई सम्मान गरेको थियो । गायिका साम्बाहाम्फेले लिम्बुका धेरै गीतहरु गाउनको साथै गीतको एलवम सेप्माङृ "सपना" निकाली सकेको र नेपाली गीत पनि डविङृ सकेर चांडै बजार आउने बताउनु भयो । चुम्लुङृ द्धारा आयोजित भाग्यशाली चिठठा कार्यक्रमको प्रथम पुरस्कार बोध राज गौतम,दोस्रो पुरस्कार मधु सुदन सिलवाल, तेस्रो पुरस्कार बिनिता सिलिङृ र सान्तावाना पुरस्कारमा क्रमश नरेन्द्र लावती,मिलन साम्बाहाम्फे,सनिस लुङृफुहवा रहेको कोषाध्यक्ष दिल लिम्बुले बताउनु भएको छ ।

Jan 26, 2009

नयाँ संविधानका लागि बिज्ञहरुसँग परामर्श लिनेक्रममा छलफल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नयाँ संविधानका लागि बिज्ञहरुसँग परामर्श लिनेक्रममा संविधानसभा अन्तर्गतको संवैधानिक समितिले २०४७ को संविधानका मस्यौदाकारहरुसँग छलफल गरेको छ । संविधानसभाको संवैधानिक समितिले संविधान निर्माणबिज्ञहरुसँग परामर्श गर्नेक्रममा २०४७ सालको संविधानका निर्माताहरुसँग परामर्श थालेको छ । माघ १३ गते सिंहदरवारस्थित समितिको कार्यालयमा २०४७ सालको संविधानका मस्यौदाकारहरु सुर्यनाथ उपाध्याय, भरतमोहन अधिकारी लक्ष्मणप्रसाद अर्यालयसँग समितिका अध्यक्ष र सदस्यहरुले संविधान निर्माणबारे छलफल गरे । समितिका अध्यक्ष र सदस्यहरुसँग २०४७ सालको संविधानका मस्यौदाकार उपाध्यायले आफूहरुले ०४७ को संविधान बन्दा दिएका धेरै सुझाव कार्यान्वयन नभएको दावी गरे भने त्यसबेलाका अर्का मस्यौदाकार तथा एमाले नेता भरतमोहन अधिकारीले मुलुक संघीयतामा जाने निश्चित भएकाले नयाँ संविधानमा विकेन्द्रीकरण ब्यवहारिक हुनुपर्ने उल्लेख गरे । अर्का मस्यौदाकार अर्यालले महिला, दलित, अपाङ्गका समस्यालाई ध्यान दिएर संविधान बनाउनुपर्ने धारणा राखे ।

नवलपरासी दुर्घटनामा ९ को मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कपिलवस्तुबाट नवलपरासीको त्रिवेणीधाम जाँदै गरेको ट्याक्टर गएराती दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ ।माघे औँसी मेला हेर्न गएको लु.१त ९४३२ नं.को उक्त ट्रयाक्टर दुर्घटनाबाट थप २३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनाबाट मृत्यु हुनेमा कपिलवस्तु जिल्लाको बैदौली गाविस-८ बस्ने वर्ष ५० का सोनाम कलवार, वर्ष १०का चमना कलावर, वर्ष ३५का खोजी कलवार, वर्ष ४० का भुटिया कलवार, वर्ष ४०का सुनमति कलावार, वर्ष २५का चतुरवेदी पासी, भारतसिंह बस्ने वर्ष ६०का सन्तराम पासी र उनकी श्रीमती वर्ष ५५की वसन्ती पासी रहेका छन् । मृतकमध्य एक जनाको सनाखत भएको छैन । बढी कुहिरो लागेका कारण दुर्घटना भएको र घटनास्थलमा सात जनाको र उपचारका क्रममा पृथ्वीचन्द्र अस्पताल परासीमा दुई जनाको मृत्यु भएको थियो । घाइतेमध्ये गम्भीर रहेको पाँच जनालाई उपचारका लागि मेडिकल कलेज भैरहवा लगेर उपचार गरिदैछ भने बाँकी १८ जनाको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कोसीलाइ आफ्नै बाटोमा फर्काइयो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पाँच महिनाअघि पश्चिम कुसहामा पूर्वी तटबन्ध भत्काउँदै धार बदलेर सुनसरीको पश्चिम कुसाहा, हरिपुर, श्रीपुरतर्फ बगेको कोसीको पानी सोमबारदेखि पुरानै बाटोमा फर्काइएको छ । कोसीमा रहेको ११ हजार ४ सय ४७ क्युसेक पानीमध्ये १० हजार ७ सय क्युसेक पानी प्रतिसेकेन्ड पुरानै बटोबाट बगेको छ ।
भारतीय ठकेदार कम्पनी वशिष्ठा एन्ड वशिष्ठका इन्जिनियरहरूले कोसीमा रहेका तीनवटा भङ्गालोमा बफर ड्याम बाँधी कोसीलाई पहिलेकै बाटोमा फर्काएका हुन् ।

बम विस्फोटमा घटनास्थलमै एकको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तराई आर्मीले रौतहटको कटहरिया बजारमा आइतबार अपरा³न बम विस्फोट गराउँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।साताको दुइपल्ट हाट लाग्ने उक्त स्थानमा बीच बजारमा रहेको पीपलको बोटमा तराई आर्मीले छाडेर गएको बम विस्फोट हुँदा कर्कचकर्मैया गाविस-४ का ३० वर्षीय जयनारायण महतोको घटनास्थलमै मृत्यु भएको छ भने कटहरियाकै हरिनारायण राय यादव, कटहरिया-३ का सुक्री खातुन र इस्फारुक खातुन घाइते भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।घाइतेहरूको वीरगन्ज अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बम विस्फोटको जिम्मा तराई आर्मीका उपाध्यक्ष सहान्साले सञ्चारकर्मीलाई टेलिफोन गरी लिएका छन्।यसअघि पनि तराई आर्मीले रौतहटको चन्द्रनिगाहपुरमा दुइपल्ट बम विस्फोट गराउँदा पाँच जनाको मृत्यु भइसकेको छ । यस्तै एक यात्रुवाहक बसमा नाइट्रोजन बम विस्फोट गराउँदा बाराको पसाहापुलमा नौ यात्रीको मृत्यु भएको थियो भने ५० भन्दा बढी घाइते भएका थिए।

राजकुमार ह्यारीको चेल्सी डेभीसँग सम्बन्ध समाप्त

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बेलायतका राजकुमार ह्यारी (चाल्र्स र डायनाका छोरा) को उनकी प्रेमिका चेल्सी डेभीसँग सम्बन्ध समाप्त भएको छ । ह्यारीको सैनिक करिअरको दबाब थेग्न नसक्ने बताउँदै चेल्सीले सम्बन्ध समाप्त गर्ने निर्णय गरेकी हुन् ।२३ वर्षीया चेल्सीले दक्षिण अफ्रिका र मोजाम्बिक घुमेर र्फकेको केही दिनमा सम्बन्ध-विच्छेद गर्ने बताएकी छिन् । चेल्सीले ह्यारीसँगको आफ्नो सम्बन्ध सकिएको साथीभाइलाई भनिन् । सोसल नेटवर्किङ साइट फेसबुकको प्रोफाइलमा पनि परिमार्जन गर्दै उनले आफू एकल भएको उल्लेख गरेकी छिन् । शनिबार राजदरबारको विशेष स्रोतले समेत राजकुमार ह्यारी र उनकी गर्लफ्रेन्ड चेल्सी डेभीको सम्बन्ध सकिएको पुष्टि गरेको छ । मरिससमा बिदा मनाएर र्फकेको तीन हप्तापछि नै उनीहरूको 'ब्रेकअप' भएको हो । गत अपि्रलमा सात हप्तासम्म अफगानिस्तानमा तैनाथ भएपछि ह्यारीको सैनिक कप्तानमा बढुवा भएको थियो । आर्मी एयर कप्र्सको १८ महिने तालिम सुरु गरेपछि ह्यारीले प्रेमिकालाई समय दिन सकेका थिएनन् । प्रेमिकालाई समय दिन नसकेकामा उनी आफैं पनि चिन्तित भएको बताइएको थियो । तालिम लिनुअघि नै ह्यारीलाई सैनिक प्रशासनले तालिम निकै संवेदनशील भएकाले परिवार तथा प्रेमिकालाई थोरै समय मात्रै दिन सकिने बताएको थियो । सैनिक प्रशासनले यसबारे द मेल पत्रिकालाई जानकारीसमेत दिएको थियो । केही समयअघि मात्र आफ्ना सहकर्मीलाई होम भिडियोमा 'लिटल पाकी' भनेर सम्बोधन गरेकामा ह्यारीको आलोचना भएको थियो । जिम्बाबेकी चेल्सी बेलायतको लिड्स युनिभर्सिटीमा कानुन विषय पढ्दै छिन् । प्रेमी ह्यारीसँग नजिकिनका लागि उनले लन्डनमै स्थायी ठेगाना बनाउने समेत बताएकी थिइन् । दरबारभित्र ह्यारी र चेल्सीको सम्बन्ध समाप्त हुनु सामान्य केटाकेटी खेल नभएर स्थायी नै भएको गाइगुइँ चलिरहेको छ । चेल्सीले आफ्ना साथीभाइलाई अब आफ्नो भविष्यका बारे राम्रोसँग सोच्ने बताएकी छिन् । चेल्सीले स्नातक गरेपछि 'सिटी ल र्फम एलेन एन्ड ओभरी'मा काम गर्ने योजना बनाएकी छिन् । सो कम्पनीले चेल्सीलाई काम गर्न प्रस्ताव गरेको छ भने उनले पनि प्रस्ताव स्वीकार गरिसकेको बताइएको छ । पढाइमा तेज चेल्सी भविष्यमा सफल वकिल हुन चाहन्छिन् । ह्यारीसँगको प्रेम-सम्बन्ध सकिएपछि उनी दक्षिण अपफ्रिका नै फर्किनसक्ने पनि उनका साथीहरूले बताएका छन् । प्रेमी ह्यारीले पर्याप्त समय दिन नसकेका कारण सम्बन्ध बिगि्रएको चेल्सीका साथीहरू ठान्छन् । ह्यारीले भने सैनिक करिअर नै आफ्नो जीवनमा सबैभन्दा अगाडि आउने बताएका थिए । आफ्नो स्थान सधैं दोस्रोमा आउँदा चेल्सीलाई दिक्क लाग्थ्यो । चेल्सी र ह्यारीको भेट २००४ को ग्रीष्ममा भएको थियो । त्यसवेला चेल्सी १९ वर्षकी थिइन् । उनी चेलटेनह्याम लेडिज कलेजमा पढ्थिन् । सो कलेज ह्यारीका बाबु चाल्र्सको हाइग्रोभ फार्मनजिकै पर्छ । चेल्सी र ह्यारीले ब्युनर्सआयर्समा बिदा मनाइरहेका वेलामा सञ्चारमाध्यमले फेलापारेपछि उनीहरूको प्रेम-सम्बन्ध सार्वजनिक भएको थियो । त्यसपछि ह्यारीका दाजु राजकुमार विलियमले भाइ ह्यारी प्रेममा पागल भएको बताएका थिए । कतिपयले ह्यारीका लागि चेल्सी विवादित प्रेमिका भएको बताएका छन् । किनभने, चेल्सीका अरबपति बाबु जिम्बाबेमा सफारी सञ्चालन गर्छन् । रोबर्ट मुगाबेसँग उनी निकट भएको बताइएको छ । २००५ अपि्रलमा ह्यारी १७ वर्षीया आकर्षक किशोरीसँग लहसिएको रिपोर्ट पनि आएका थियो । तर, त्यस्तो रिपोर्ट झुटो भएको उनले बताएका थिए । २००७ जुनमा क्यानडामा सैनिक तालिममा रहँदा उनले दुई महिलालाई बारमा चुम्बन गर्दै गरेका तस्बिरहरू सार्वजनिक भएका थिए । २००७ मा नै राजकुमारसँग नजिकिन र अध्ययन गर्न चेल्सी लन्डनको लिड्समा बसाइँ सरेकी थिइन् । आफ्नो छुट्टै पहिचान बनाउन आफूलाई 'स्पेस' चाहिएको कुरा उनले वेलावेला प्रेमी ह्यारीलाई भन्ने गर्थिन् ।

अमेरिकी सेनाद्वारा सर्वसाधारणको हत्या

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
काबुल/ १६ जना सर्वसाधारणको हत्या हुने गरी भएको अमेरिकी सेनाको कारबाहीको अफगानिस्तानका राष्ट्रपति हमिद कारजाईले विरोध गरेका छन् । १६ जना सर्वसाधारणको हत्याको विरोधमा आइतबार सयौँ व्यक्तिले विरोध प्रदर्शन गरेका छन् । अमेरिकी कारबाहीका क्रममा निर्दाेष सर्वसाधारण मारिनुले अतिवादीलाई बलियो बनाउने कारजाईले बताए । अमेरिकी सैनिक कारबाहीमा अफगानिस्तानलाई निरीक्ष्ाण गर्न थप अधिकार दिने सम्झौताको मस्यौदा प्रतिरक्षा मन्त्रालयले अमेरिका पठाएको पनि कारजाईले बताए । यही सम्झौतापत्र नेटोको प्रधान कार्यालयमा पनि पठाइएको छ । सैनिक कारबाहीमा सर्वसाधारणको विषयलाई लिएर अफगानिस्तान सरकारले अमेरिकासहित पश्चिमी राष्ट्रको विरोध गर्दै आएको छ भने अमेरिकी नेता तथा नेटोका वरिष्ठ अधिकारीले अफगानिस्तानमा ज्यादै न्यून गतिमा प्रगति भएको भन्दै कारजाईको आलोचना गर्ने गरेका छन् । शनिबार लागम्यान प्रान्तमा गरिएको गस्तीमा अमेरिकी सेनाले एक महिलासहित १५ लडाकू मारिएको दाबी गरेको छ, तर अफगानी अधिकारीले मर्नेहरू सर्वसाधारण भएको बताएका छन् । मर्ने १६ जनामा दुई महिला र तीन केटाकेटी भएको कारजाईले विज्ञप्तिमा बताएका छन् । लागम्यानको राजधानीमा सयौँ प्रदर्शनकारीले अमेरिकी सैनिकविरुद्ध नारा लगाएका छन् । साथै, रातमा गरिने खानतलासीको अन्त्य गर्नुपर्ने माग पनि उनीहरूले गरेका छन् । अमेरिकी सैनिकका वरिष्ठ अधिकारी, मर्नेका आफन्त, अफगानी अधिकारी र कारजाईका दुई सल्लाहकार यस विषयमा छलफल गर्न भेटेको गभर्नर लातिफुल्ला मासहालले बताएका छन् । 'अमेरिकी सैनिकले घटनाप्रति क्षमा मागेका छन् । यस घटनापछि अफगानी सैनिकले अमेरिकी सैनिकको कारबाहीमा सहकार्य गर्छौं,' मासहालले भने । कांग्रेसको नेतृत्व परिवर्तन हुँदैन नयाँ दिल्ली/ भारतीय कांग्रेस पार्टीले सरकारको नेतृत्वमा कुनै परिवर्तन नहुने स्पष्ट गरेको छ । प्रधानमन्त्री मनमोहन सिंहको अस्वस्थतालाई लिएर राजनीतिक वृत्तमा नेतृत्व परिवर्तनको प्रसंग चलिरहेका वेला कांग्रेसको यस्तो भनाइ सार्वजनिक भएको हो । कांग्रेसका वरिष्ठ नेता बिरप्पा मोइलीले सरकारको भावी नेतृत्वका सम्बन्धमा उठेका प्रश्न अप्रासंगिक भएको उल्लेख गर्दै प्रधानमन्त्री सिंहले नै सरकार चलाउने स्पष्ट गरेका छन् । सत्तारूढ दल कांग्रेसभित्र राहुल गान्धीलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरिएपछि पार्टीले सरकारको नेतृत्वमा कुनै परिवर्तन नहुने स्पष्टीकरण दिएको हो । यद्यपि, राहुल गान्धीको चर्चा भने सेलाएको छैन । लोकसभाको निर्वाचनपछि पनि सरकारको नेतृत्व प्रधानमन्त्री सिंहले नै गर्ने नेता मोइली बताउँछन् । हिजो प्रधानमन्त्री सिंहको मुटुको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेका चिकित्सकले उनले तीन दिनसम्म सघन उपचारकक्षमा तथा एक सातासम्म अस्पतालमा रहनुपर्ने बताएका छन् । प्रधानमन्त्री सिंहको स्वास्थ्य स्थिर रहेको उल्लेख गर्दै उनीहरूले चारदेखि ६ सातापछि मात्र प्रधानमन्त्री काममा र्फकन सक्ने जनाएका छन् । प्रधानमन्त्रीको अनुपस्थितिमा उनले सम्हाल्दै आएको जिम्मेवारी विदेशमन्त्री प्रणव मुखर्जीले सम्हाल्नेछन् । गणतन्त्र दिवसका अवसरमा आइतबार हुने परम्परागत कार्यक्रमका निम्ति विभिन्न मन्त्रीहरूलाई तोकिएको छ । द्विपक्षीय सम्बन्ध सुधारमा वार्ता बोगोटा/ कोलम्बियाको भ्रमणमा रहेका भेनेजुयलाका राष्ट्रपति र कोलम्बियाका राष्ट्रपतिबीच आइतबार भएको भेटवार्ता आर्थिक सहयोग आदानप्रदानका साथै द्विपक्षीय सम्बन्ध सुदृढीकरणमा केन्दि्रत भएको अधिकारीले बताएका छन् । विश्व अर्थतन्त्रमा आएको मन्दीका कारण उत्पन्न चुनौती सामना गर्न तथा द्विपक्षीय व्यापार अभिवृद्धि गर्न दुवै राष्ट्रपति सहमत भएका छन् । आपसी व्यापार तथा आर्थिक गतिविधि बढाउन द्विपक्षीय आर्थिक संयन्त्र निर्माण गर्न राष्ट्रपतिद्वयले सहमति जनाउनुका साथै साना तथा मझौला निर्यात व्यापार प्रवर्द्धनका लागि स्थापना गरिने विशेष कोषमा १० करोड डलर योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । दुई संदिग्ध विद्रोहीको हत्या नयाँ दिल्ली/ भारतको राजधानी नयाँ दिल्लीबाहिर भारतीय सुरक्षाकर्मीले दुई संदिग्ध पाकिस्तानी विद्रोहीलाई आइतबार बिहानै गोली हानेर मारेको छ । स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा भारतले सुरक्षा-व्यवस्थालाई सुदृढ पारेका वेला हिंसाको समाचार बाहिर आएको हो । सहरबाट २० किलोमिटर टाढा नोइडा चोक पार गर्नुअघि भारतीय आतंकवादविरोधी सुरक्षा-दस्ताले दुई संदिग्ध व्यक्ति चढेको कारलाई पिछा गरेको वरिष्ठ प्रहरी अधिकारी बि्रजलालले बताए । घटनापछि बरामद गरिएका दुईवटा पासपोर्टबाट ती मृतक पाकिस्तानी नागरिक भएको पुष्टि भएको र उनीहरूको लस्कर-ए-तोइबासँगको आबद्धता निक्र्योल गर्न प्रहरीले अनुसन्धान गरिरहेको छ । भारतले मुम्बई हमलामा लस्कर-ए तोइबाको हात रहेको दाबी गर्दै आएको छ । 'उनीहरू पाकिस्तानी हुन्, तर कागजातको अध्ययनविना हामी कुनै निष्कर्षमा पुग्न सक्दैनौँ,' उनले भने । आतंकवादीलाई आत्मसमर्पण गर्न भारतीय सुरक्षा-दस्ताले आदेश दिएपछि प्रहरी अधिकारीमाथि नै उनीहरूले गोली बर्साउन थालेका र त्यसपछि भएको दोहोरो गोली हानाहानमा ती दुई व्यक्ति मारिएको उनले बताए । मुम्बई हमलासँग जोडिएको कार्यालय कब्जामा लाहोर/ मुम्बई हमलासँग जोडिएको एक कल्याणकारी संस्थाको मुख्य कार्यालयलाई पाकिस्तानले आइतबार औपचारिक रूपमा कब्जामा लिएको छ । पाकिस्तानले जमात उद दावा संस्थाका थुप्रै कार्यालय, विद्यालय र सम्पत्तिलाई यसअघि नै बन्द गर्ने वा नियन्त्रणमा लिने काम गरिसकेको थियो । आइतबार नवनियुक्त प्रशासकीय अधिकृतले पन्जाब प्रान्तको मुरिड्के सहरअवस्थित ७५ एकड परिसरलाई कब्जामा लिए । भारतले मुम्बई आतंककारी हमलाका लागि लस्कर-ए-तोइबालाई जिम्मेवार ठहर्‍याएपछि यसैको प्रमुख विभागका रूपमा सक्रिय जमात-उद-दावाको नाम राष्ट्रसंघसमक्ष अघि सारेको थियो । पन्जाब प्रान्तका वरिष्ठ अधिकारी सलमान इजाजले त्यस संस्थाका सबै जायजेथा अब प्रान्तीय सरकारको नियन्त्रणमा आएको बताए । यस संस्थाका अधिक सम्पत्ति र कार्यालयहरू पन्जाब प्रान्तमा रहेका छन् । इजाजका अनुसार ती सबै सम्पत्तिको व्यवस्थापनका लागि एक प्रशासक नियुक्त गरिएका छन् । त्यस संस्थामातहतका विद्यालय एवम् अस्पताललाई यथावत् रूपमा सञ्चालन गर्न दिइनेछ । साथै उनले त्यस संस्थाको कल्याणकारी गतिविधि विशेष गरी बैंक खाताहरूको परिमाण नाप्ने प्रयास आफूहरूले गरिरहेको बताए ।

सरकार ढल्ने सपना नदेख्न प्रधानमन्त्रीको चेतावनी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहालले सचिवहरूलाई सरकार ढल्ने सपना देखेर विगतमा जस्तो आफ्नो कामप्रति ढिलासुस्ती नगर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री दाहालले आइतबार गरेको सम्बोधनमा व्यक्त प्रतिबद्धता कार्यान्यन गराउन सवै सचिवलाई सोमबार बोलाएर उक्त निर्देशन दिनुभएको हो ।प्रधानमन्त्रीले सचिवहरूलाई "सरकार ढल्छ" भन्ने मानसिकता तत्काल हटाउन आग्रह गर्दै भन्नुभयो- 'सरकार ढल्छ भन्ने मानसिकता तत्काल आउट गरेर काम गर्नुहोस् । उहाँले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा नपुर्‍याउँदासम्म र नयाँ संविधान नलेखिंदासम्म सरकार कसैले चाहेर पनि ढलाउन सक्दैन भन्दै सरकार नयाँ संविधान बनाएपछि हुने चुनावपछि मात्र ढल्ने बताउनुभयो ।सम्बोधनमा व्यक्त प्रतिबद्धताको मर्म र भावना अत्यन्तै संवेदनशलि भएको सचिवहरूलाई स्पष्ट पार्दै उहाँले भन्नुभयो- 'जनतालाई झुक्याउन यो प्रतिबद्धता व्यक्त गरिएको होइन, त्यसैले तपाईंहरू आजैदेखि कार्यान्वयन गर्नतिर लाग्नोस् । उहाँले मालपोत र भुमिसुधारलगायतका क्षेत्रमा हुने ढिलासुस्ती तत्काल हटाउन निर्देशन दिँदै भन्नुभयो- हामी जीवनमरणको क्षणमा छौँ, त्यसैले तपाईंहरू आआफ्नो मन्त्रालय र कार्यालयमा डटेर काम गर्नुहोस, तपाईंहरूको पनि इतिहासको पानामा नाम लेखिने छ ।सबै सचिवले सरकारको निर्दशनअनुसार इमान्दारीका साथ काम गर्ने प्रतिबद्धता गरेका थिए । उनीहरूले प्रधानमन्त्रीको सम्बोधनमा व्यक्त प्रतिबद्धता नयाँ नेपाल निर्माणका लागि कोसेढुंगा साबित भएकाले जसरी पनि पुरा गर्ने अठोट पनि व्यक्त गरे ।