News

Oct 31, 2009

प्ररायुसंघले लडाकुदस्ता युथफोर्सलाई क्रियाशील बनाउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा माओवादीका कार्यकर्ताले अन्य दलका नेता एवम् कार्यकर्तामाथि चौतर्फी आक्रमण भइरहेको अवस्थामा प्ररायुसंघ नेपालले आफ्नो लडाकुदस्ता युथफोर्सलाई क्रियाशील बनाउने भएको छ। युथ फोर्सका गतिविधि थांती राखिरहेको अहिलेको अवस्थामा एनेकपा माओवादीले हिंसात्मक गतिविधि बढाएपछि युथफोर्स परिचालन गरिन लागेको प्ररायुसंघ नेपालका अध्यक्ष अजम्बर राई काङमाङले बताउनुभयो।प्ररायुसंघ नेपालको यही कात्तिक १० देखि १२ दुई दिनसम्म भएको एघारौं बैठकको निर्णयसार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पार्टीभित्र भएको चरम गुटबन्दी अन्त्य गर्न माग गरिएको अध्यक्ष काङमाङले बताउनुभयो।

काँग्रेस युवा नेताहरुको दबाब आन्तरिक लोकतन्त्रका लागि

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
३१अक्टोबर,२००९, नेपाली काँग्रेसको महासमिति बैठक शुरु हुन एक दिन मात्र बाँकी रहँदा पार्टी युवा नेताहरुको भेला आज शनिबार काठमाडौं भएको छ । पार्टी एकल नेतृत्वमा नभई सामूहिक नेतृत्वमा जानुपर्ने, पार्टी आन्तरिक लोकतन्त्र मजबुत बनाउनुपर्ने भन्दै उक्त दबाबमूलक भेलाको आयोजना गरिएको युवा नेताहरुले बताएका छन् । पुरानो बानेश्वरस्थित एक घरमा भएको भेलामा भोलि आइतबारदेखि काठमाडौंमा शुरु हुने महासमिति बैठकमा उठाउने एजेण्डाहरु लगायतका बिषयमा छलफल भएको बताइएको छ । भेलामा काँग्रेसका युवा नेताहरु जगदीश्वरनरसिंह केसी, गगन थापा, एनपी साउद, प्रदीप पौडेल, चन्द्र भण्डारी, रामहरि खतिवडा, सुरेन्द्र पाण्डे लगायत दुई सयभन्दा बढीको सहभागिता रहेको छ । भेलामा सहभागी नेताहरुले पार्टीलाई सामूहिक नेतृत्वमा लैजानुका साथै पार्टी सामूहिक निर्णय पद्धति बसाल्नुपर्ने माग गरेका छन् । काँग्रेसका युवा नेताहरुले पार्टीका केन्द्रीय पदाधिकारी र सदस्यहरु सबैको निर्वाचन हुनुपर्नेमा समेत जोड दिएका छन् ।

मन्त्रीको सुरक्षा गर्न मञ्चमै प्रहरीको पर्खाल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मकवानपुर, बिहीबार कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको शिलान्यास गर्न गएका ऊर्जामन्त्री डा. प्रकाशशरण महतविरुद्ध माओवादीले उग्र प्रदर्शन गरेपछि तनाव भएको छ । मन्त्रीको सुरक्षामा सरकारले प्रहरी, सशस्त्र प्रहरी र सेना खटाएको थियो, तर पनि झडप हुँदा कांग्रेस र एमालेका कार्यकर्ता तथा प्रहरी घाइते भएका छन् ।माओवादीबाट उग्र विरोध हुने आशंकामा डा. प्रकाशशरण महतको सुरक्षाको निम्ति पाँच सयभन्दा बढी प्रहरी परिचालन गरिएको थियो । तर, कालोझन्डा बोकेका माओवादी कार्यकर्ताले मन्त्री, सरकार र राष्ट्रपतिविरुद्ध नाराबाजी गर्दै कार्यक्रमको मञ्चसमेत भत्काइदिएका थिए ।मन्त्रीको सुरक्षाका लागि प्रहरीले अतिथिहरूलाई समेत कार्यक्रमस्थलभन्दा करिब एक किलोमिटर अगाडिदेखि नै चेकजाँच गरेको थियो । तर, चुपचाप कार्यक्रमस्थलमा प्रवेश गरेका माओवादी कार्यकर्ताले मन्त्री आउनासाथ नाराजुलुस गरेका थिए ।मञ्चमै प्रदर्शन गर्न माओवादीका जिल्ला सेक्रेटरी इन्द्रबहादुर परियारसहित केही सभासद् पनि कार्यक्रमस्थलमा थिए । उनीहरूलाई सुरक्षा खतरा भएको भन्दै प्रहरीले घेरेर राखेको थियो ।मन्त्री महत मञ्चमा आउनेबित्तिकै कालोझन्डा देखाउँदै माओवादी कार्यकर्ता नाराबाजीमा उत्रिएपछि प्रहरीले लाठीचार्ज गरेका थियो । झडपमा एकजना प्रहरी जवान समीर केसी घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ । सभासद् प्रेमबहादुर पुलामीसहित दसजना माओवादी नेता तथा कार्यकर्ता पनि घाइते भएका छन् ।तनावबीच अतिथिकै रूपमा कार्यक्रममा आएकी माओवादीकी गाउँ कमिटी सेक्रेटरी अप्सरा लामालाई भने सुरक्षाकर्मीले गलहत्याएर बाहिर निकालेका थिए । प्रहरीले खानतलासी सुरु गरेपछि माओवादी कार्यकर्ताले मन्त्रीको कार्यक्रममा जनता आउन किन नपाउने भन्दै नाराबाजी गरेका थिए ।कार्यक्रम हाताभित्र सयजना सैनिक पनि परिचालन गरिएको थियो । तर, नेपाली सेनाको सुपारीटार ब्यारेकका कर्नेल भुपाल बस्नेतले हेलिकोप्टरको सुरक्षाका लागि मात्र सेना पठाएको बताए ।बिहानैदेखि माओवादी कार्यकर्ताले चारैतिरबाट कार्यक्रमस्थल घेरेका थिए । सुरुमा एक सयको हाराहारीमा प्रहरी तैनाथ गरिएको थियो । मध्यक्षेत्र प्रहरी प्रमुख नवराज ढकालको आदेशमा थप प्रहरी परिचालन गरिएको थियो । क्षेत्रीय प्रशासक रुद्र श्रेष्ठ पनि कार्यक्रममा थिए । प्रमुख जिल्ला अधिकारी हरि मैनालीले चार सयको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि ऊर्जामन्त्री महतले माओवादीले शान्तिपूर्ण आन्दोलन भने पनि खासमा यो आन्दोलन अराजक भएको बताए । देशलाई नयाँ संविधान दिन र विकास निर्माणको काममा सबै एकजुट हुनुपर्ने महतको धारणा थियो । तनावबीच पनि १४ मेगावाटको उत्पादन क्षमता रहेको आयोजनाको शिलान्यास पनि मन्त्री महतले गरे ।ऊर्जामन्त्रीसँगै राज्यमन्त्री चन्द्रसिंह भट्टराई, एमाले नेता रणध्वज कङ्दवा र कांग्रेस नेत्री महालक्ष्मी उपाध्याय डिना पनि थिइन् । बिहीबारको कांग्रेस बैठकमा केन्द्रीय सदस्य उपाध्यायले घटनाबारे जानकारी गराएकी थिइन् ।मन्त्री र नेताहरूमाथि आक्रमण भएको भन्दै कांग्रेसले माओवादीको निन्दा गरेको छ । मुख्यसचिव रामचन्द्र पोखरेलको हस्ताक्षरमा प्रकाशित विज्ञप्तिमा यस्ता आक्रमण नदोहोर्‍याउन माओवादीलाई चेतावनी पनि दिइएको छ ।

पूर्वाञ्चल क्षेत्रीय रंगशाला इनरुवामा निर्माण गरिनुपर्ने माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
३१अक्टोबर,२००९, पूर्वाञ्चल क्षेत्रीय रंगशाला सुनसरीको इनरुवामा निर्माण गरिनुपर्ने माग गर्दै फेरि इनरुवावासीहरु आन्दोलनमा उत्रिएका छन् । सुनसरीका इटहरी, इनरुवा र धरानका बासिन्दाहरुले आ-आफ्नो स्थानमा रंगशाला निर्माण गर्नुपर्ने माग गरेपछि विवाद कायमै रहेको छ । इटहरीमा रंगशाला निर्माण गर्नुपर्ने माग गर्दै अनिश्चितकालीन आमहड्ताल आह्वान गर्दै आन्दोलनमा उत्रिएका इटहरीबासीहरु सरकारले माग सम्बोधन गरेपछि शुक्रबारदेखि आमहड्ताल फिर्ता लिएका थिए । मन्त्रिपरिषदको बिहिबार बसेको बैठकले कृषि मन्त्रालयको मातहतमा रहेको साँढे सात बिगाहा जमीन रंगशाला निर्माणका लागि दिने निर्णय गरेपछि आन्दोलनमा उत्रिएका इटहरीबासीले आमहड्ताल फिर्ता लिंदै शुक्रबार बिहान बिजयोत्सव मनाएका थिए । इटहरीबासीले आन्दोलन फिर्ता लिएलगत्तै इनरुवावासी आन्दोलनमा उत्रिएका छन् । आन्दोलनकारीहरुले आज बिहानैदेखि महेन्द्र राजमार्ग अर्न्तर्गत इनरुवा चोकमा चक्काजाम गरेका कारण लामो तथा छोटो दूरीका सवारी साधन चलेका छैनन् भने र्सवसाधारण यात्रु अलपत्र परेका छन् ।
सरकारले चालू आवको बजेटमा सुनसरीमा क्षेत्रीय स्तरको रंगशाला निर्माण गर्ने घोषणा गरेपछि सुनसरीका इटहरी, इनरुवा र धरानका बासिन्दाहरुले आ-आफ्नो स्थानमा रंगशाला बनाउनुपर्ने माग गर्दै आएका छन् ।

चेलीबेटी बेचबिखनको आरोपमा प्रहरीले दुई युवतीसहित पण्डित पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
झापा, कात्तिक १४ - चेलीबेटी बेचबिखन गर्न लागेको आरोपमा प्रहरीले दुई युवतीसहित पूजा गर्दै हिँड्ने एक पण्डितलाई झापाको बुधबारेबाट शुक्रबार पक्राउ गरेको छ। मकवानपुर आमभञ्ज्याङ-३ का नारायण बञ्जरालाई काठमाडौँ ललितपुरकी १६ वर्षीया सरिता चौलागाईं र ३२ वर्षीया अम्बिका ढुङ्गानासहित पक्राउ गरिएको हो। ती युवतीलाई काठमाडौँबाट विक्रीका लागि भारततर्फ लैजाँदै भन्ने विशेष सुराकीको आधारमा सादा पोसाकमा खटिएका प्रहरीले बुधबारे चोकबाट पक्राउ गरेको हो। पक्राउ गरिएका तीनै जनालाई इलाका प्रहरी कार्यालय, काँकडभिट्टामा बुझाइएको प्रहरी चौकी बुधबारेका प्रमुख रामकाजी कटवालले जानकारी दिए।

Oct 30, 2009

सरकारले नेकपा माओवादीलाई वार्ताका लागि आवहान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारले प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीलाई वार्ताका लागि आवहान गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले एकीकृत नेकपा माओवादीको आन्दोलनका सन्र्दभमा छलफल गर्दै वार्ताको माध्यमबाट समाधान खोज्न एकीकृत नेकपा माओवादीलाई आवहान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री शङ्कर पोखरेलले जानकारी दिनुभयो । बैठकले बेलायत र इजिप्टका लागि राजदूतको नाम पनि सिफारिस गरेको छ । मन्त्री पोखरेलले बेलायतका लागि सुरेशचन्द्र चालिसे र इजिप्टका लागि श्यामलाल तवदारको नाम सिफारिस गरिएको जानकारी दिनुभयो । बैठकले विनोदकुमार पाण्डेलाई हङ्गकङ्गका लागि महावाणिज्यदूतमा नियुक्त गर्ने निर्णय पनि गरेको छ । प्रधानमन्त्रीको प्रत्यक्ष निर्देशनमा उच्चस्तरीय विकास निर्माण आयोजनाहरुको निरीक्षण र अनुगमन गर्न उहाँलाई प्रतिवेदन दिने हिसावले उच्चस्तरीय अनुगमन तथा निरीक्षण समिति, २०६६ गठन गर्ने निर्णय पनि गरेको छ । बैठकले राजनीतिक प्रकृतिका मुद्दाहरुको बारेमा छानविन गरी निरुपण गर्न गृहमन्त्रीको संयोजकत्वमा एक समिति गठन गर्ने निर्णय गरेको छ । यसैगरी प्रधानमन्त्रीको अध्यक्षतामा नौ सदस्यीय जलवायु परिवर्तनसम्बन्धी परिषद् गठन गर्ने निर्णय पनि गरिएको छ । मन्त्री पोखरेलले कुनै एक दिनलाई राष्ट्रिय दिवसको रुपमा तोक्ने भन्ने विषयमा छलफल भएको र त्यसलाई राजनीतिक समितिमा पठाउने निर्णय गरिएको जानकारी दिनुभयो । बैठकले दुग्ध विकास संस्थानको अध्यक्षमा झापाका भारतेन्दु मल्लिक, भूमिगत जलविकास समितिको निर्देशकमा प्रमोदराज शर्मा र कृषि सामग्री कम्पनी लिमिटेडको प्रवन्धकमा पशुपति गौतमलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ । बैठकले राष्टिय प्रसारण नियमावली, २०६६ स्वीकृत गरेको जानकारी दिदै मन्त्री पोखरेलले केही राजनीतिक प्रकृतिका मुद्धा फिर्ता लिने निर्णय भएको बताउनुभयो । बैठकले ललितपुरको इमाडोलमा मारिएका मृतक प्रदीप खडकालाई सहिदको रुपमा सम्मान गर्ने निर्णय समेत गरेको छ ।

दुई रेस्टुरेन्टबाट ४ युवा र ८ जना युवती निर्वस्त्ररूपमा पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एक दिनअगाडि अवैधरूपमा यौन क्रियाकलपामा लिप्त भएको अवस्थामा सूर्यविनाकस्थित दाजुभाइ रेस्टुरेन्टबाट पाँच युवती र दुई युवा पक्राउ परेको घट्ना सेलाउन नपाउँदै बिहीबार ठिमी क्षेत्रका दुई रेस्टुरेन्टबाट ४ युवा र ८ जना युवती निर्वस्त्ररूपमा पक्राउ परेका छन्। ठिमीस्थित फ्रन्डेसिप रेस्टुरेन्टबाट कपडा सबै खोलेर आपत्तिजनक अवस्थामा रहेका २ युवा र १ युवतीलाई ठिमीको चाइनारोड क्याविन रेस्टुरेन्टबाट ७ जना युवती र २ युवालाई पनि नाङ्गै अवस्थामा पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त ठिमीका निरीक्षक बलराम विष्टले जानकारी दिनुभयो। पक्राउ परेका सबैलाई अवैद्य यौनधन्दा सञ्चालन गरेको आरोपमा सार्वजनिक अपराधसम्बन्धी मुद्दा दर्ता गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।

ओलीले नै बहिष्कार गरे एमालेको चियापान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आज नेकपा (एमाले) उपत्यका समन्वय कमिटीले आयोजना गरेको चियापान कार्यक्रम उक्त पार्टीका प्रभावशाली नेता केपी शर्मा ओलीले भने बहिस्कार गरेका छन् ।आज अपरान्ह बसन्तपुर डबलीमा आयोजना गरिएको चियापान कार्यक्रममा अध्यक्ष झलनाथ खनाललाई प्रमुख अतिथि र प्रधानमन्त्री एवं वरिष्ठ नेता माधवकुमार नेपाललाई विशिष्ट अतिथिका रुपमा बोलाइएको थियो । आजको चियापान ओली लगायत ओली पक्षधर नेता तथा कार्यकर्ताहरुले बहिस्कार गरेका छन् । दुई पक्षको छुट्टाछुट्टै चियापान कार्यक्रमलाई मिलाई संयुक्त रुपमा गर्ने सहमति भए पनि ओली पक्षधर काठमाडौं जिल्ला कमिटीले भने भोलि शनिबार बसन्तपुरमा नै चियापान कार्यक्रम राखेको छ । अध्यक्ष खनालले दुवै कार्यक्रम रोकी नयाँ तिथिमा केन्द्रीय कमिटीको आयोजनामा चियापान कार्यक्रम गर्ने बताए पनि उपत्यका समन्वय कमिटीले संस्थापन पक्षकै कार्यक्रमलाई आफ्नो भनी प्रचार गरेपछि भोलिको चियापान कार्यक्रम नरोकिएको ओली पक्षधरहरुले बताएका छन् । पार्टीको विवाद मिलाउन एमालेका तीन पक्षका नेताहरुबीच सोल्टी बैठक र ओली निवासमा भएको सहभोज पनि विफल भएको छ । यसैबीच कार्यक्रममा बोल्दै अध्यक्ष झलनाथ खनालले बर्तमान समय आन्दोलन र मुठभेडको समय नभएको भन्दै सहमति र वार्तावाट मात्रै अघि बढ्न माओवादीलाइ आग्रह गर्नु भएको छ ।दीगो शान्ति , संविधान निर्माण र नयां नेपाल निर्माणका लागि नेपाली जनताले दिएको अभिभारा पुरा गर्न आन्दोलन र मुठभेडले नसकीने वताउंदै उहांले द्धन्द्ध वढाउने फुर्तिफार्ति नगरेर समझदारीको वोलिचालि र क्रियाकलाप गर्न माओवादीलाइ आग्रह गर्नु भयो ।

प्रधानमन्त्रीले भाइलाई हङकङको महावाणिज्यदूत नियुक्त गरेका

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कार्तिक १३ - प्रधानमन्त्री माधवकुमार नेपालले परराष्ट्र मन्त्रालयको सिफारिस बेवास्ता गर्दै भाइ विनोदकुमार उपाध्यायलाई हङकङको महावाणिज्यदूत नियुक्त गरेका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग मन्त्रालयका प्राविधिक सहसचिव उपाध्यायलाई महावाणिज्यदूतको जिम्मेवारी दिएको हो । नेपालले आपनै भाइलाई महावाणिज्यदूत नियुक्त गर्न उद्योग मन्त्रालयको सिफारिस दुई महिनादेखि लत्याएका थिए । प्रशासन समूहको व्यक्ति महावाणिज्यदूत हुनुपर्ने प्रावधानविपरीत प्रधानमन्त्री नेपालले इन्जिनियरिङ समूहको मेकानिकल विषयका सहसचिव उपाध्याय (नेपाल) लाई नियुक्त गरेको मन्त्रिपरिषद्का एक सदस्यले बिहीबार कान्तिपुरलाई बताए ।वाणिज्य मन्त्रालयका सहसचिव सूर्य सिलवाललाई महावाणिज्य दूतमा नियुक्तिका लागि मन्त्रिपरिषद्मा सिफारिस गर्न झन्डै डेढ महिनाअघि उद्योगले परराष्ट्र मन्त्रालयमा पत्राचार गरेको थियो । सिलवाल मन्त्रिस्तरीय निर्णयबाट सिफारिस गरिएका एक्लो उम्मेदवार थिए । स्रोतअनुसार परराष्ट्रले प्रधानमन्त्रीको आसय बुझेर मन्त्रि परिषद्मा सिफारिस गरेको थिएन । 'प्रधानमन्त्रीको चाहना उहाँका भाइलाई नियुक्त गर्ने भन्ने बुझेपछि मन्त्रिपरिषद्मा सिफारिस नभएको हो,' स्रोतले भन्यो । हङकङका महावाणिज्यदूत केशव भट्टराई सचिवमा बढुवा भएदेखि उक्त पद रिक्त छ । भट्टराई हाल लोकसेवा आयोगमा सचिव छन् । रिक्त हुनेबित्तिकै मन्त्रालयले सिलवाललाई सिफारिस गरेको थियो ।

श्रीलंकन राष्ट्रपति महेन्दा राजपाक्षेले बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कार्तिक १३ - नेपालको तिनदिने भ्रमणमा आएका श्रीलंकन राष्ट्रपति महेन्दा राजपाक्षेले शुक्रबार भगवान बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । नेपाली सेनाको हेलिकप्टरबाट विहान लुम्बिनी आएका राष्ट्रपतिले माँयादेवी मन्दिर, अशोक स्तम्भमा बौद्ध धर्म परम्परा अनुसार पुजा आराधान गरेका थिए । भ्रमणका क्रममा संचारकर्मीहरुको जिज्ञासामा सक्षिप्त कुरा गर्दै राष्ट्रपति राजपाक्षले लुम्बिनीको भ्रमणबाट नेपाल र श्रीलंका बीचको सम्बन्ध अझ प्रगाढ र बलियो हुने बताए । हाल प्रति बर्ष ४० हजार श्रीलंकन नेपाल आउने गरेको उल्लेख गर्दै यस भ्रमण पश्चात् नेपालमा श्रीलंकनहरुको आगमनमा बृद्धि हुने उनले बताए । उनको साथमा धर्मपत्नी सिरान्ती राजपाक्षी, दाजु तथा श्रीलंकाका सामुन्दि्रक परिवहन मन्त्री चमल राजपाक्षे, परराष्ट्रमन्त्री रोहिता बोलोगामा लगायत् पाँचजना मन्त्री पनि थिए । राष्ट्रपती सहितको विशिष्ट टोलीलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष कर्मा साङ्वो शेर्पा लगायत्का कोषका पदाधिकारी, उच्च सुरक्षा अधिकारीहरु र भिक्षुहरुले स्वागत गरेका थिए ।मायाँदेवी मन्दिर परिसरमा विशिष्ट टोलीलाई कोषका कर्मचारीले लुम्बिनी गुरु योजनाका वारेमा जानकारी गराएका थिए । गुरुयोजनाको जानकारी लिएपछि श्रीलंकाका परराष्ट्र मन्त्री रोहिता बोलोगामाले लुम्बिनीको विकासमा श्रीलंका सरकारले निरन्तर सहयोग प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।संस्कृति मन्त्री मिनेन्द्र रिजालले नेपाल शान्ति प्रकृयामा गएपछि श्रीलंकाका पर्यटकको आगमन बढेको उल्लेख गर्दै नेपाल-श्रीलंका बीच हवाई उडान भएपछि नेपाल र श्रीलंकाको सामिप्यता अझ बढ्ने बताए । राष्ट्रपति राजपाक्षले आजै लुम्बिनीमा श्रीलंकाद्वारा निर्मीत श्रीलंकन बौद्ध मन्दिरको उद्घाटन गर्नुको साथै तीन दिन अघि श्रीलंकाबाट ल्याईएको भगवान बुद्धको अस्तुधातुको प्रतिस्थापन गरेका थिए । राष्ट्रपति राजपाक्ष सहितको श्रीलंकन टोलीको भ्रमणका वेला लुम्बिनीमा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको थियो । लुम्बिनी विकास कोष क्षेत्रमा रहेका जंगल, मन्दिर तथा विहार र खाली क्षेत्र जताततै हिजो रातिदेखि नै प्रहरी तैनाथ गरिएको थियो ।

माओवादी आन्दोलन दबाउन १० दलको सरकारलाई समर्थन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
३०अक्टोबर,२००९ माओवादी आन्दोलन चर्कने देखिएपछि त्यसलाई दबाउन सरकारलाई समर्थन गरेका दलहरुले कडा रुपमा प्रस्तुत हुन सुझाव दिएका छन् । तरिकाउनिहरुले जुनसुकैले भएपनि आन्दोलन दबाउन निर्देशन समेत दिएका छन्।ती दलहरुले शान्ति-सुरक्षा कायम गर्दै जनताको जिउ-धनको सुरक्षा गर्न क्रियाशील रहन जसरी भएपनि लागन निर्देशन दिएका हुन्। शुक्रबार प्रधानमन्त्री कार्यालयमा बसेको १० दलको बैठकले माओवादी आन्दोलन हिंसात्मक भए त्यसलाई नियन्त्रण गर्दै दृढतापूर्वक आवश्यक पाइला चाल्न सरकारसँग आग्रह गरेका छन्। माओबादीको आन्दोलन कानुन , बिधिको शासन र उछृङखल बन्दै गएमा नियन्त्रण गर्नकालागी सुझाव दिएको राप्रपाका अध्यक्ष पशुपति शम्सेर राणाले जानकारी दिनु भयो बैठकले आन्दोलनको नाममा कुनै पनि प्रकारका तोडफोड र हिंसात्मक र अराजक कामहरु नगर्न माओवादीलाई अनुरोध पनि गरेका छन्। सरकारलाई समर्थन गर्ने दलहरुको बैठक बोलाइए पनि १० दलका नेता मात्र त्यसमा उपस्थित थिए।बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, मधेसी जनअधिकार फोरम(लोकतान्त्रिक), नेकपा माले, तराई मधेश लोकतान्त्रिक पार्टी, सद्‌भावना पार्टी, नेकपा संयुक्त, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनशक्ति पार्टीको मात्र सहभागिता थियो। बैठकपछि पत्रकारहरुसँग कुरागर्दै नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले माओबादी आन्दोलन अराजक रहेको भन्दै आन्दोलनको अर्थ नरहेको बताउनु भयो । माओबादीको नाकाबन्दी लगाउने र स्वयत्त गणराज्य घोषणा गर्ने कार्यलाई स्वीकार गर्न नसक्ने भन्दै उहाले माओबादीलाई जिम्बेवार बन्नकालागी आग्रह समेत गर्नु भएको छ ।एमालेका नेता केशव बढालले सहमति र सहकार्यका साथ आगाडि बढ्नु पर्ने भन्दै माओबादीलाई निकासकालागी गम्भिर हुन आग्रह गरेको बताउनु भयो । उहाले संबिधान बनाउने र शान्ति प्रकृयालाई सहयोग गर्नु पर्ने बताउनु भयो।

सोमालियामा सय नाघेका बूढाले १७ वर्षीयालाई भित्र्याए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मोगादिसु, कात्तिक १३ मध्य सोमालियामा आफू १ सय १२ वर्षको भएको बताउने एक पुरुष र उनकी किशोर श्रीमतीको विवाह समारोहमा सयौं मानिस सहभागी भएका छन्। यसअघि नै ५ श्रीमतीबाट १८ सन्तानका पिता अहमेद मुहमेद डोरेले आफ्नी नयाँ पत्नीबाट धेरै अपेक्षा गरेको बताएका छन्। उनकी श्रीमती सफिआ दुब्दुलेह १७ वर्षकी मात्रै छिन्। 'आज भगवानले मेरा सपना साकार पारे', गालगुदुद क्षेत्रमा भएको विवाह पछि डोरेले भने। बेहुलीको परिवारले उनी 'उनका नयाँ पतिसँग खुशी रहेको' जनाएको छ। आफ्नो खनातीको उमेर बराबरको बेहुली र उनका पति डोर एकै गाँउका हुन्। उनले विवाहका लागि लामो समयसम्म हुर्किन पर्खिए बताएका छन्।'मैले उनलाई दवाव दिएको छैन, तर मैले मेरा अनुभव प्रयोग गरेर उनलाई मेरा मायामा कन्भिन्स गरे र त्यसपछि हामी दुवै बिहे गर्न सहमत भयौं', बेहुलाले भने।सोमालियाका इतिहासकारहरुले यस प्रकारको विबाह एक शताब्दी पछि पहिलो पटक भएको बताएका छन्।

Oct 29, 2009

भूपू गोर्खाहरु वेलायती सरकारको बिरुद्ध उच्च अदालतमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कार्तिक ११ - बेलायती साम्राज्यका लागि करिव दुइ सय वर्षको बफदारीपूर्ण सेवा गरेका गोर्खाहरु फेरी तिनै वेलायती सरकारको बिरुद्ध उच्च अदालतमा पुगेका छन् ।बेलायती सैनिक बराबरको पेन्सन माग गर्दै गोर्खाहरुले मंगलबार बेलायती उच्च अदालतमा मुद्दा दायर गरेका हुन् । त्यसमा यस पटक गोर्खा अभियानमा सहभागी जोहन लुम्लेलगायतले साथ दिएका छन् ।बेलायतले हङकङ छाडेको समय सन् १९९७ भन्दा अघि अवकास पाएका पूर्व गोर्खाहरुको पेन्सन बेलायती समकक्षीको बराबर हुनुपर्ने माग रिट निवेदनमा रहेको अन्तरराष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।बेलायती समकक्षीको तुलनामा ति गोर्खाहरुले एक तिहाई मात्र पेन्सन सुविधा पाउदै आएका छन् । मुद्दाको अगुवाई गोर्खा वेलफेयर सोर्साईटीले गरेको छ । सोसाइटीका अनुसार हाल यसरी विभेदमा २४ हजार पूर्व गोर्खाहरु र तिनका आश्रति रहेका छन् ।यसअघि गोर्खा भूतपूर्व संघले पनि यसअघि सन् २००४ मा पनि गोर्खाहरुलाई समान अधिकारको माग गर्दै बेलायती उच्च अदालतमा मुद्दाहरु दायर गरेको थियो । त्यस मध्ये समान पेन्सनबाहेक युद्धबन्दीहरुको क्षतीपूर्ती, बेलायतमा बसोबासलगायतका मुद्दाहरु जितेको थियो । गत बर्ष गोर्खाहरुले बेलायतमा बसोबास सम्बन्धी मुद्दा जितेपछि पूर्व गोर्खाहरु त्यता जाने लहर नै चलेको छ ।

नेपाल प्रज्ञाप्रतिष्ठानले बेकाममा १२ करोड स्वाहा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारी ढुकुटीको झन्डै १२ करोड रुपियाँ हाजिर गरी चिया खाएर दिन काट्ने कर्मचारीको तलबका लागि खर्च गरिएको छ। लोकतन्त्र स्थापनापछि नेपाल प्रज्ञाप्रतिष्ठान नामकरण गरिएको तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका १ सय ३६ जना कलाकार र कर्मचारीहरूले बिनाकाम झन्डै ४ वर्षेखि तलब खाइरहेका छन्।देशको भाषासाहित्य र कलासंस्कृतिबारे अध्ययन-अनुसन्धान गर्ने, पुस्तक प्रकाशन गर्ने, राष्ट्रिय रूपमा कविता र नाटय महोत्सवको आयोजना गर्ने तथा साहित्यकार, कलाकार र साहित्यिक पत्रकारका लागि औषधोपचार खर्च वितरण गर्नेजस्ता काम गर्दै आएको प्रतिष्ठानमा दोस्रो जनआन्दोलनपछि रिक्त भएको प्रज्ञापरिषद्मा पदपूर्ति हुन नसकेपछि यस्तो स्थिति आएको हो। प्रज्ञाप्रतिष्ठानको वाषिर्क बजेट झन्डै ४ करोड हुने र त्यसमध्ये ३ करोडजति प्रशासनिक र कर्मचारीको तलबभत्तामा खर्च हुने गरेको छ। यस हिसाबले ४ वर्षमा झन्डै १२ करोड रुपियाँ सरकारी कोषबाट कामविहीन कर्मचारीको तलबका लागि खर्च भएको छ।नेपाल प्रज्ञाप्रतिष्ठानको लोकतान्त्रिक कलाकार कर्मचारी संघका अध्यक्ष शैलेन्द्र सिम्खडा लोकतन्त्र स्थापनापछि प्रज्ञापरिषद्मा पदपूर्ति हुन नसकेकाले कर्मचारीले काम गर्न नपाएको र वृत्तिविकास हुन नसकेको बताउँछन्। ’कर्मचारीले हाजिर गरेर चिया खानेबाहेक अरू काम पाएका छैनन्। उनीहरूलाई काम लगाउन प्राज्ञपरिषद् छिटो गठन गरी योजनाहरू बनाएर कार्यान्वयन गर्नुपर्यो’ -उनको माग छ।एनेकपा माओवादीनिकटको राष्ट्रिय कर्मचारी संगठन प्रतिष्ठान एकाइका अध्यक्ष भीम सापकोटा पनि कर्मचारीको हाजिर गरेर तलब खानेभन्दा अरू काम नभएको स्वीकार गर्छन्। ‘कामै दिइएको छैन के काम गर्ने ? यो त सरकारले सोच्नुपर्ने कुरा हो’, उनी भन्छन्।हरेक वर्षराष्ट्रिय कविता महोत्सव र राष्ट्रिय नाटक महोत्सव गर्ने प्रतिष्ठानले २०६१ सालदेखि यसको आयोजना गर्न सकेको छैन। यसै गरी यसले प्रदान गर्दै आएका विभिन्न पुरस्कार पनि लामो समयदेखि रोकिएको छ।वर्तमान सरकारले नेपाल प्रज्ञाप्रतिष्ठान र यसै पालिदेखि बनाइएका नाटय संगीत र ललितकला प्रतिष्ठानमा पदपूर्तिका लागि असारको अन्तिममा गठन गरेको सिफारिस समितिले साउनको दोस्रो हप्तामै सरकारलाई सिफारिस बुझाइसकेको छ। संस्कृतिमन्त्री डा. मीनेन्द्र रिजालको नेतृत्वमा गठन भएको नेपाल प्रज्ञाप्रतिष्ठानको सिफारिस समितिमा डा. तुलसी भट्टराई र तोया गुरुङ सदस्य थिए। संगीत नाटय प्रतिष्ठानमा विमल कोइराला र शान्ति मास्के तथा ललितकला प्रतिष्ठानमा उत्तम नेपाली र शशिकला तिवारी सिफारिस समितिमा भए पनि उत्तम नेपाली र शशिकलाले भने राजीनामा दिएका थिए। साउनको दोस्रो साता संस्कृतिमन्त्रीलाई सिफारिस बुझाउँदा छिट्टै प्राज्ञपरिषद् गठन गर्ने आश्वासन पाएको सिफारिस समितिकी तोया गुरुङले बताइन्। ‘हामीले झन्डै तीन महिना पहिले सिफारिस बुझाइसकेका हौं, किन अहिलेसम्म गठन भएन केही बुझिएको छैन’ -उनले भनिन्। माओवादी सरकारका पालामा तीनवटै प्रज्ञाप्रतिष्ठानमा पदाधिकारी नियुक्तिको शुरुआत गरिए पनि चर्को विरोध र अदालतको आदेशका कारण सो निर्णयफिर्ता लिन सरकार बाध्य भएको थियो।

नेवानिले सन् २०१० भित्रमा दुईवटा जहाज ल्याइने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
११ कात्तिक,नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकारले सन् २०१० भित्रमा दुईवटा जहाज ल्याइने बताएका छन् ।जहाज खरिद प्रक्रिया सम्बन्धमा हालै निगम सञ्चालक समितिले गरेको निर्णयबारे जानकारी दिन बुधवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष कंसाकारले सो जानकारी दिएका हुन् । '२०१० को मध्यसम्ममा वाइडबडीको विमान भित्र्याउने तथा सोही वर्षको अन्त्यसम्म न्यारोबडीको जहाज भित्र्याउने योजना छ,' कंसाकारले भने । उनले जहाज भित्रिने निश्चित मिति भने कम्पनीसँगको खरिद सम्झौतापछि मात्रै तय हुने जानकारी दिए । निगम सञ्चालक समितिले जहाज खरिद प्रक्रिया अघि बढाउन एयरबसको टोलीलाई एक/डेढ महिनाभित्रै नेपाल बोलाउने तयारी गरेको छ । पत्रकार सम्मेलनमा अध्यक्ष कंसाकारले एयरबसको टोली नेपाल आएपछि, सिटको प्रकार, रंगरोगनलगायत अन्तिम मूल्यका विषयमा टुंगो लगाई सम्झौता गर्ने बताए ।कंसाकारले विमान छनोट प्रक्रिया पारदर्शी भएकाले शंका गर्नुपर्ने ठाउँ नभएको बताएका छन् । 'विमान छनोट गर्दा सार्वजनिक खरिद नियमावली तथा निगमको आफ्नै नियमावलीअनुसार नै एयरबस छनोट गरिएको हो । यसमा विवाद गर्नुपर्ने ठाउँ छैन,' उनले भने, 'लामो समयसम्म प्राविधिक तथा प्रत्यक्ष उडानमा संलग्न टोलीले एयरबस छनोट गरेको र सोही टोलीले एक वर्षसम्म मर्मतसम्भार जिम्मा लिने बताएको छ ।' अमेरिकी कम्पनी जेटको तुलनामा पान्स, जर्मनी तथा इंग्ल्यान्ड सरकारको संयुक्त लगानी भएको एयरबस कम्पनीको विमान गरिद गर्न २५ देखि ३० करोड रुपैयाँ सस्तो पर्ने दाबी निगम अध्यक्ष कंसाकारको छ । 'प्राविधिक तथा अन्य सेवा-सुविधाका हिसाबले दुवै कम्पनी समान भएकाले सञ्चालक समिति बैठकले कुनै एक आधार छान्नुपर्ने थियो,' उनले भने, 'लागत आधार मान्दा एयरबस सस्तो देखियो ।'निगम सञ्चालक समितिको ९ कात्तिकमा बसेको बैठकले एयरबस कम्पनीको विमान खरिद गर्ने निर्णय गरेको थियो । २५ वर्ष पुरानो दुई बोइङबाट अन्तर्राष्ट्रिय उडान भरिरहेको निगमले २०६५, २५ चैतमा वाइडबडीको एक तथा न्यारोबडीको एक गरी दुई विमान खरिदका लागि बोलपत्र आह्वान गरेको थियो । त्यसमा बोइङ र एयरबसले आवेदन दिएका थिए । किन्न लागिएको जहाजको वाइडबडीमा २ सय ७९ सिट क्षमता भएको ए ३३०-२०० तथा न्यारोबडीमा एक सय ५० सिट क्षमता भएको ए ३२०-२०० रहेका छन् ।

बुटवलमा अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव २०६६ हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कार्तिक १० - आदिवासीले आ-आफ्ना ठाउंबाट पहिचान र अस्तित्व खोजिरहेका बेला बुटवलमा अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव २०६६ हुने भएको छ । नयां पुस्तालाई आदिवासीहरुको रहनसहन चिनाउने तथा आदिवासीहरुको भाषा सस्कृति र सहिष्णुता संरक्षण तथा प्रवद्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिन लागेको हो । वरिष्ठ चलचित्रकर्मी नविन सुब्बाले क्षेत्रगत रुपमा छोटो समयमा चलचित्रको माध्ययमद्धारा आदिवासीको विगत, वर्तमान र भविष्यलाई चिनाउन सकिने भएकाले चलचित्र महोत्सव गर्न लागिएको बताए । "चलचित्रले मनोरञ्जनका साथमा चेतना अभिवृद्धि गर्छ" सोमबार बुटवलमा आदिवासी चलचित्रको औचित्य सम्भावना र भविष्य विषयक अन्तरक्रिया उनले भने "तिनै मनोरञ्जन लिन आएकामा आदिवासीको भाषा सस्कृति र सहिष्णुताको छाप बसोस् भनेर महोत्सव थालेका हौं ।' आदीवासी चलचित्रकर्मी संजोक लाफामगरले आदिवासीहरुलाई आफ्ना भाषामा चलचित्र निर्माण गर्न र व्यवसायिकीकरण गर्ने उद्देश्य महोत्सवमा राखिएको बताए । "आदिवासी चलचित्र, लघु चलचित्र र वृत्तचित्र धेरै बनेका छन्" उनले भने "तर तीनले व्यवसायिकता पाएका छैनन । आदिवासी चलचित्रमा अभिनय गरेर मात्र चलचित्रकर्मी बांच्ने स्थिति पनि छैन । हामीले त्यसलाई फेर्न चाहान्छौ ।"विश्वभरका आदिवासी चलचित्रकर्मीहरुको छाता संगठन अन्तराष्ट्रिय आदिवासी चलचित्र महासंघले महोत्सवको आयोजना गरेको छ । चलचित्र महोत्सवमा स्वदेशी तथा विदेशी आदिवासी चलचित्र, लघु चलचित्र र वृत्तचित्र गरी १३ वटा प्रदर्शन गरिने छ । विश्वका उत्कृष्ठ ती सबैजसो चलचित्रमा आदिवासीहरुले भुल्दै गएको सस्कृति र रहन सहनलाई उचारिएको छ । तिनको जगेर्ना नगरे आदिवासीको अस्तित्व नै समाप्त हुने करा उल्लेख छ । मंसिर १२ र १३ गते बुटवलको रुपन्देही उद्योग संघको सभाहलमा २ दिनसम्म हुने महोत्सवको स्थानीय संयोजनको जिम्मा राज्यसत्ता साप्ताहिक पत्रिकाले गरेको छ । चलचित्र महोत्सव बुटवलबाहेक धरान, विर्तामोडलगायतका ठाउंमा समेत प्रवर्द्धशन गरिने छ ।

सुजाता कोइरालाले सिङ्गो कांग्रेसको अपमान गर्न थालिन्

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली कांग्रेसका अधिंकाशं नेता कार्यकर्ताहरुको बिरोधमात्र हैन पार्टीको संस्थागत पद्धतीको समेत वेवास्ता गरी उपप्रधनमन्त्री बनाइएकी सुजाता कोइरालाले सिङ्गो कांग्रेसको अपमान गर्न थालेकी छन् ।
नेपाली कांग्रेसको राजनीतिमा बिना योगदान गिरिजाप्रसाद कोइरालाको छोरी भएकै कारण मुलुकको सर्वोच्च स्थानमा पुग्न सफल कोइराला उपप्रधानमन्त्री बनेपछि पार्टीको संस्थागत पद्धतिका बिरुद्ध लागि रहेको आम कांग्रेस कार्यकर्ताहरुले आरोप लगाउन थालेका छन् । केन्द्रिय समितिमा उनले बोलेका कुरा होस वा र्सार्वजनिक रुपबाट उनको अभिव्यक्तिले कार्यकर्ताहरुलाई निराश बनाएको छ । पार्टी महासमिति जस्तो महत्वपूर्ण बैठक जसलाई कुम्भमेलाको रुपमा समेत लिइएको छ । त्यसप्रति भने उनी त्यती चासो दिएर लागेकी छैनन् । कतिपय नेताहरुले सुजाता कोइराला महासमितिको बैठक अझै नहोस भन्नेमा लागेको आरोप समेत लगाएका छन् । जनपुकार डटकमलाई कांग्रेसको एक उच्च स्रोतले भन्यो । महासमितिको बैठकमा गिरिजाप्रसाद कोइरालालाई अनुपस्थित गराउने र उनका र्समर्थकहरुलाई कोइरालाको उपस्थिति बिनाको महासमितिको बैठकको अर्थ छैन भनेर कार्यक्रम स्थलमै हुटिङ गराउँदै महासमति स्थगित गराउने सम्मको योजनामा रहेको बुझिएको छ । त्यसो त सभापति कोइराला पनि आफ्नो इच्छा बिपरित गर्न लागिएको बैठकमा सहभागि नहुने मनस्थितिमा रहेको स्रोतको दाबी छ । यो उनको योजना कति सफल होला त्योत महासमितिमा थाहा नै भइहाल्छ । त्यस्तै उनले महासमिति व्यवस्थापनका बारेमा समेत नेताहरुमाथि रुखो र असभ्य भाषा प्रयोग गर्ने गरेको छिन् । एक टेलिभिजन मार्फ र्सार्वजनिक भएको उनको अभिव्यक्ति जो कोही कांग्रेस कार्यकर्ताका लागि स्वीकार योग्य थिएन । उनले रुखो भाषामा भनेकी छिन् 'सानो बुबाले त महासमिति नगरौं पैसा छैन भनेकै हो नी ।उनीहरुलाई नगरी भए न, अब गर्ने नै भएपछि प्रत्येक मन्त्रीबाट ५ लाखको दरले पैसा उठाएर सफल पारीदिन्छु । उनको यो अभिव्यक्ति हेर्दा कांग्रेस पार्टी होइन कोइराला परिवारको प्रतिष्ठान भएको छ । उनको यस्ता अभिव्यक्तिहरुलाई कांग्रेस नेताहरुले कसरी लिन्छन तर आम कार्यकताका लागि भने खल्लो भएको छ । आगामी महाधिवेशनमा सेरेमोनिएल सभापति सहित ८५ प्रतिशत केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था महासमतिले पारित गरेमा कांग्रेस साच्चिकै कोइराला प्रतिष्ठानबाट व्यवहारिक रुपमै प्रजातान्त्रिक पार्टीको रुपमा अघि बढ्ने थियोकी भन्ने कार्यकर्ताहरुको झिनो आशा रहेको छ ।

बलात्कारमा संलग्न दोषी प्रहरीमाथि कारबाहीको प्रक्रिया

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कैलाली, कात्तिक १२- जिल्ला प्रहरी कार्यालय अछाममा कार्यरत महिला प्रहरीमाथि भएको बलात्कारमा संलग्न दोषी प्रहरीमाथि कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरी नायब महानिरीक्षक पार्वती थापा मगरले बताएकी छिन्। उनले धनगढीमा आयोजित पत्रकार भेटघाटका अवसरमा उक्त जानकारी गराउँदै भनिन्- घटना छानविनका लागि गठन भएको टोलीको अनुसन्धान प्रतिवेदन र स्वयम् आफूले गरेको अनुसन्धानबाट दोषी ठहरिएका बलात्कारी प्रहरीलाई कारबाहीका लागि प्रक्रिया अगाडि बढाइसकिएको छ। बलात्कारको आरोपमा प्रहरी सहायक निरीक्षक दानसिंह भण्डारी, हवल्दारहरु वीरेन्द्र बम, करबिर थलाल, हिरादत्त बडू, प्रहरी जवान नरभान महत्तरा र जगदीश पाण्डे प्रहरी हिरासतमा रहेको उनले जानकारी दिइन।

Oct 28, 2009

तनाव बढेपछि भोजपुरमा निषेधाज्ञा जारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२८अक्टोबर,२००९, भोजपुर बहुमुखी क्याम्पसका प्रमुख पर्वतकुमार राईमाथि माओवादी निकट अखिल क्रान्तिकारीका कार्यकर्ताहरुले निर्घात आक्रमण गरि सख्त घाइते बनाएपछि उत्पन्न तनाव मत्थर पार्नको लागि स्थानीय प्रशासनले आज बुधबार बिहानदेखि भोजपुर बजारमा निषेधाज्ञा जारी गरेको छ । आज बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म भोजपुर बजार लगायत आसपासका क्षेत्रमा स्थानीय प्रशासनले निषेधाज्ञा आदेश जारी गरेको हो । भोजपुर सदरमुकामस्थित मुख्यबजार, रिङरोडभित्र र बाहिर ५ किलोमिटरको दुरीमा कर्फ्यु लगाइएको हो । भोजपुर बजारभित्र ५ जनाभन्दा बढीको समुहमा हिंडडुल नगर्न, लाठी, मुङ्ग्री, भाला, खुकुरी लगायत हातहतियार नबोक्न र सार्वजानिक वातावरणमा खलल पार्ने क्रियाकलाप नगर्न नगराउन आदेश गरिएको छ । क्रान्तिकारीका कार्यकर्ताहरुले गत आइतबार भोजपुर बहुमुखी क्याम्पसका प्रमुख पर्वतकुमार राईलाई छापामार शैलीमा निर्घात कुटपिट गरी सख्त घाइते बनाएपछि भोजपुर बजार असामान्य बन्न पुगेको छ । बिद्यार्थी संगठन र राजनीतिक दलहरुबीच उत्पन्न तनावले कुनै पनि बेला उग्ररुप लिनसक्ने आशंकामा जनजीवन आतंकित बन्न पुगेको छ ।अखिल क्रान्तिकारीको सांघातिक आक्रमणबाट सख्त घाइते भएका क्याम्पस प्रमुख र्राईलाई सोमबार थप उपचारका लागि काठमाडौं ल्याइएको छ । सोमबार बिद्यार्थीहरुले भोजपुर बजारमा माओवादी ज्यादतीविरुद्ध चर्का नाराबाजी गर्दै विरोध जुलुस समेत निकालेका थिए । क्याम्पस प्रमुखमाथि सांघातिक आक्रमण भएपछि उक्त क्याम्पसमा बुधबारदेखि हुने परीक्षाका सबै कार्यक्रम अनिश्चितकालसम्मका लागि स्थगित भएको छ । क्याम्पस प्रमुखमाथि भएको आक्रमणको विरोधमा प्राध्यापक तथा कर्मचारीहरुले पठनपाठन र प्रशासनिक काम ठप्प पारेका छन् ।

विदेशी ज्वाइँले पनि नेपाली नागरिकता पाउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अब विदेशी ज्वाइँले पनि नेपाली नागरिकता पाउने भएका छन्। नेपाली केटा वा केटीसँग विवाह गरेका विदेशी नागरिकले आफ्नो देशको नागरिकता त्यागेमा नेपालको नागरिकता पाउने भएका छन्। संविधानसभाको मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिअन्तर्गतको उपसमितिले नागरिकतासम्बन्धी व्यवस्थालाई टुंग्याउँदै विदेशी नागरिकले नेपाली नागरिकसँग विवाह गरी १५ वर्षनेपालमै बसेर आफ्नो देशको नागरिकता त्यागेमा अंगीकृत नागरिकता दिने व्यवस्था नयाँ संविधानमा गर्ने गरी तयार पारिएको प्रतिवेदन समितिलाई बुझाएको छ। उपसमितिले नागरिकतासम्बन्धी सम्पूर्ण अधिकार संघहरूमा नभई केन्द्रमा रहने व्यवस्था प्रस्ताव गरेको छ। उपसमितिको प्रतिवेदनमा नेपालको राष्ट्रप्रमुख तथा उपप्रमुख, संघीय वा राज्यस्तरको व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको प्रमुख र संवैधानिक अंग तथा निकाय प्रमुखको पदमा निर्वाचित वा नियुक्त हुन वंशजको आधारमा नागरिकता पाएको नेपाली नागरिक हुनुपर्ने उल्लेख छ। यसै गरी नयाँ संविधानमा आमा र बाबु दुवैको नामबाट नागरिकता वितरण गर्ने व्यवस्था र गैरआवासीय नेपालीलाई नागरिकता नभई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रयोग गर्न पाउने गरी नेपाली परिचयपत्र दिने व्यवस्था गर्न उपसमितिले सुझाव दिएको छ। वितरण भइसकेका नागरिकताको प्रमाणपत्रउपर संघीय सरकारले छानबिन गरी गैरनेपालीले लिएको नागरिकता रद्द गर्न सक्ने व्यवस्था नयाँ संविधानमा गर्न पनि उपसमितिले प्रस्ताव गरेको छ। उपसमितिले तयार गरेको प्रस्तावमाथि समितिमा आज बुधबार छलफल हुने समितिकी सभापति विन्दा पाण्डेले जानकारी दिनुभयो।

इटहरीमा प्रहरी र बन्दकर्ताबीच झडप हुँदा ७-८ जना घाइते

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
इटहरी कात्तिक ११- पूर्वाञ्चल क्षेत्रीय रङ्गशाला इटहरिमै बन्नुपर्ने माग राखेर बुधबारदेखि अनिश्चितकालीन आमहड्तालमा उत्रेका स्थानीयले दुई दर्जन सवारी तोडफोड गरेका छन्। एउटामा आगो नै लगाएका छन्। प्रहरी र बन्दकर्ताबीच झडप हुँदा ७-८ जना घाइते भएका छन्। प्रहरीसँगको झडपपछि बन्दकर्ताले सवारी साधन तोडफोड तथा आगजनी गरेका छन्। बन्दकर्ताले बिहानैदेखि सडकमा बाँस र ढुंगा राखेर अवरोध सृजना गरी यातायात बन्द गरेकोमा प्रहरीले अवरोध हटाई यातायात सञ्चालन गर्न खोज्दा इटहरीको पश्चिम चोक र चौरास्त चोकमा झडप भएको हो। झडपमा स्थानीय रवीन दाहाल, नारायण ढुंगाना, तीर्थ पराजुली, कोवित कार्की, रामु पोखरेललगायत् घाइते भएका छन्। घाइतेको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ। झडपपछि प्रहरीले शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप गरेको भन्दै बन्दकर्ताले सवारी तोडफोड गरिएको बताएका छन्। बन्दकर्ताले बस, ट्रक, ट्रयाक्टरलगायत् सवारीमा ढुङ्गा प्रहार पनि गरेका थिए। उनीहरुले मे १ ख १२८८ नम्बरको यात्रुबाहक बस आगजनी गरेका छन्। आगजनीबाट बस पूर्णरुपमा जलेको प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद सिटौलाले बताए। यात्रुलाई भने ओरालेर आगजनी गरेकाले मानवीय क्षति भने हुन पाएन्।धरानबाट इटहरी आउँदै गरेको उक्त बसलाई १२-१५ जनाको सङ्ख्यामा रहेका बन्दकर्ताको समूहले मट्टीतेल खन्याएर आगजनी गरेका सोही बसका कण्डक्टर मोहन बास्तोलाले बताए। 'बन्दकर्तालाई गाडी घुराउँछु भनेर हारगुहार गरें,' उनले भने- 'एक्कासि आएर कुरै नसुनी आगो लगाएर भागे।' सो बस आगजनी गरेको भन्दै प्रहरीले ट्याक्सी चालक इटहरी-४ का अमृत पुरीलाई निर्घात कुटपिट गरेको छ। आमहडतालका कारण इटहरी बजार, पसल, शैक्षिक संस्था, व्यापार-व्यवसाय ठप्प छ। क्षेत्रीय रङ्गशालाको निर्णय नगरुञ्जेलसम्म आमहड्ताल फिर्ता नलिने रङ्गशाला निर्माण सङ्घर्ष समिति सदस्य ईश्वरी पराजुलीले बताए। उनले शान्तिपूर्ण आमहड्तालको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरी कुटपीट गरेको दाबी गर्दै बिहीबारदेखि झन् कडा आन्दोलनमा उत्रने बताए।

नेपाल मै बन्यो सोलारबाट चल्ने कार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बाग्लुङ,कात्तिक ११-बाग्लुङस्थित अमृत आदर्श उच्च माविमा कक्षा १० मा अध्ययनरत १६ वर्षका कुशल केसीले सम्भवतः देशमै पहिलोपल्ट सोलारबाट चल्ने कार बनाएर गुडाएका छन्। उनले न कुनै तालिम लिएका छन्, न कुनै वैज्ञानिक वा प्राविधिकको सहयोग। उनले आफैं दिमाग लगाएर सोलारबाट चल्ने कार बनाएका हुन्। उनले अध्ययन गर्ने विद्यालयको प्रांगण सोमबार विद्यार्थी, अभिभावक, सञ्चारकर्मी, सर्वसाधारणले खचाखच थियो। ढाकाटोपी र दौरा सुरुवालमा सजिएका बालकले 'कुशल सोलार कार, सेभ द वर्ल्ड' लेखेको सेतो रङको कार हर्न बजाउँदै ल्याउँदा सवै अचम्मित भए। उनले बाग्लुङ बजारमा कार हुँइक्याउँदा सडकको छेउछाउ बसेका सबैले ताली बजाएर स्वागत गरे।सौर्य उर्जाबाट इन्धन आपूर्ति गर्ने भएकाले कारको नामै सोलार कार राखिएको हो। 'विश्वव्यापी रूपमा बढ्दो वायू प्रदूषण र तापक्रम न्यूनीकरण गर्न सोलारबाट चल्ने कार बनाएको हुँ,' केसीले सञ्चारकर्मीसँग भने, 'यो पहिलो परीक्षण हो, पाँच वर्षभित्र पेट्रोलबाट चल्ने कारले जति गति लिन्छ, त्यहीअनुसारका कार बनाउँछु।' अहिले सोलार कार ६० किलोमिटर प्रतिघण्टा दौडिने उनले बताए। चार घन्टा चार्ज गरेपछि यो ५० किलोमिटर दौडन्छ।
'पहिलो पटक अक्सफोर्ड विश्वविद्यालय लन्डनका विद्यार्थीले सोलारबाट चल्ने कार बनाए थिए,' केसीले भने, 'तर, उनीहरूले बनाएको कार दिउँसो मात्र गुड्थ्यो। तर,यो कार रात र दिन जुनसुकै समय पनि गुडाउन सकिन्छ।' कान्छो उमेरमा सोलारबाट चल्ने कार बनाएकाले उनले गिनिज बुकमा नाम दर्ता गराउन सबैसँग सहयोगको आग्रह गरेका छन्। 'सबैभन्दा सानो उमेरमा नयाँ आविष्कार गरेको छु,' उनले भने, 'गिनिज बुकमा नाम लेखाउन नेपाल सरकार र सबैको सहयोग आवश्यक छ।' प्रिन्सिपल महेशचन्द्र प्रधानले कुशलको कामलाई विद्यालयले सहयोग गर्दै आएको बताए। 'नयाँ परीक्षण भएको छ, गिनिज बुकमा नाम लेखाउन पहल गर्छौं,' उनले भने।केसीले ब्याट्री, मोटर र सोलार जोडेर कार बनाएका छन्। कारको अगाडि, छत र पछाडि २० वाटका ६ वटा सोलार प्यानल जडान गरिएको छ। सोलारबाट संकलन गरिएको ऊर्जा ब्याट्रीमा जडान गरेर चार्ज गरिन्छ। घाम लागेको समयमा भने ब्याट्रीको ऊर्जासमेत प्रयोग नगरी कार गुड्छ। बिजुलीबाट समेत चार्च गर्नमिल्ने व्यवस्था मिलाइएको छ।कारमा तीनवटा पांग्रा प्रयोग गरिएको छ। अगाडि एउटा र पछाडि दुईवटा। कारको अगाडि ड्राइभरसहित तीनजना बस्नमिल्ने सिट राखिएको छ।कार बनाउन आवश्यक सामग्री उनले चीन र भारतबाट किनेका थिए। उनले करिब ४० दिनमा कार बनाएका हुन्। यसअघि उनले हेलिकप्टर बनाएर पोखरा र काठमाडौंमा प्रदर्शन गरेका थिए।
कार बनाउँदा करिब ६ लाख रुपैयाँ खर्च भएको बाबु भीम केसीले बताए। यसका लागि नास्टबाट १० हजार र विद्यालयले आयोजना गरेको सांस्कृतिक कार्यक्रमलगायतबाट करिब २ लाख रुपैयाँ संकलन भए पनि अन्य रकमको जोहो गर्न मुस्किल परेको उनका बाबुले बताए।राष्ट्रकै शिर उचो बनाउने काम भए पनि कुनै निकायले सहयोग गरेको छैन,' बाबुले भने, 'ऋण काढेर भए पनि आवश्यक सामग्री जुटाएको हुँ। छोरोले राम्रो काम गरेकाले गर्व लागेको छ।' केसीको परिवार अहिले बाग्लुङ सदरमुकाममा बस्दै आएको छ। उनको प्रतिभा हेर्न उनको जन्मस्थानबाट एक दिन लगाएर काका, काकी, छिमेकीसमेत सदरमुकाम आएका थिए। उनलाई मंगलबारै विद्यालय तथा विभिन्न संघसंस्थाले अभिनन्दन गरेका थिए। बधाइ दिनेको घुइँचै थियो।

शेर्पा प्रदेशको माग गर्दै कडा आन्दोलन गर्ने चेतावनी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२८ अक्टोबर, २००९बिभिन्न जातजातिहरुले आ–आफ्नै जात अनुसारको प्रदेशको माग गरिरहदाँ नेपाल शेर्पा संघले स्वायत्त शेर्पा प्रदेशको माग गर्दै त्यसको सुनिश्चितता नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । आज राजधानीमा पत्रकार सम्मेलन गरी संघले पृथक भाषा र संस्कृतिसहित भिन्न भूगोलमा रहेका शेर्पाहरुको अधिकारसहितको प्रदेश निर्माणको माग गरेको हो । पत्रकार सम्मेलनमा संघका अध्यक्ष पेमा छिरी शेर्पाले ताप्लेजुङको कञ्चनजंघा हिमाल देखि पश्चिमको गणेश हिमाल सम्मको भूगोललाई जातीय आधारमा शेर्पा स्वायत्त प्रदेश स्थापना गर्नुपर्ने माग गरे । उनले प्रदेश निर्माणका लागि सम्पूर्ण राजनीतिक दलहरुलाई ज्ञापनपत्र दिने, शेर्पा समुदायको महान चाड ल्होसारलाई राष्ट्रिय पर्वको रुपमा मान्यता दिनु पर्ने लगायतका माग अघि सारेका छन् । संघले माग पूरा नभएसम्म शेर्पा स्वायत्त प्रदेशभित्र पर्ने सम्पूर्ण जिल्लाहरुमा दबाबमूलक कार्यक्रम गर्ने चेतावनी दिएको छ । साथै उसले दबाब मुलक कार्यक्रमबाट नयाँ संबिधानमा शेर्पा राज्यको गठन नभए जन बिद्रोह गर्ने चेतावनी समेत दिएको छ ।

Oct 27, 2009

प्रथम श्रीजङ्गा फुटवल रनिङ शिल्ड १ नोभेम्बरमा हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,हंगकंग/रार्इ चन्द्र दुमी
किरात याक्थुङ्ग चुम्लुंग हंगकंगले आगामि १ नोभेम्बरमा फुटवल प्रतिस्पर्धा गराउँने जानकारी गराएको छ, द्यौसी समापन समारोह याक एण्ड यति रेस्टुरेण्टको सभाहलमा सचिव नन्द चंसुले बताएका छन । उन्को अनुसार ३,४ महिना अघिदेखीनै तयारीमा लागेको फुटवल खेल वलिहाङ्ग तङ्गनामको कारण छायाँमा परेजस्तो लागेतापनि यस्मा १३ फुटवल टिमहरुले प्रतिस्पर्धा गर्न आफ्नो टिम दर्ता गरिसकेको छन, चंसुले दोहोर्याए । प्रथम श्री जङ्गा फुटवल रनिङ्ग कप भनेर जनजातिहरुको गरिमा, गौरव श्रद्धेय श्री, श्री जंगाको नामबाट प्रतिस्पर्धा गरार्इने उक्त खेलमा प्रतिस्पर्धाको दिन २ हंगकंग फुटवल स्टारहरु, डि. ए. बी. पार्टी हंगकंगका बिशिष्ठ ४ ब्यक्तित्वहरु र हंगकंगका पार्टी संघसंस्थाका बिशिष्ट प्रतिनिधिहरुको पनि उपस्थिति रहने अध्यक्ष निर प्रसाद लिम्बुले जानकारी गराएका छन । हाम्रो सम्वाददाता दुमी संगको छोटो कुराकानीमा र्इच्छुक क्लव तथा टिमहरुले ग्राउण्ड र्इन अनुमति पाउँनकोलागि हंगकंग डलर १२ सयर् इन्ट्रान्स फि -दर्ता शुःल्क) कायम गरिएको र अवलाई टिम दर्ता समय अन्तिम भईसकेको नन्द चंसुले बताएका छन भने बेस्ट प्लेयर, खेल डिस्प्लेन, स्ट्रार्इकर लगायतका बिभिन्न टार्इटल अवार्डहरुपनि रहेको थाहा लागेको छ । खेल काउलुन पार्कको ग्राउण्डमा १ नोभेम्बर विहानदेखी सुरुहुने छ । हिजो २६ अक्टोवर साँझ चुम्लुंगले ५०६९ बर्षको वलिहाङ्ग तङ्गनाम समापन भएको घोषणा गर्दै अन्तिम लारिंगेक मनाएको थियो । वलिहङ्गा तङ्गनाम लारिङ्गेककोलागि आजसम्म खटने कलाकारहरुलाई सम्मान गर्दै रात्रीभोज दिनु र लिम्बुवानमाजस्तै सुरु गरेपछि अन्त भएको सार्वजानिक घोषणा गर्ने उदेश्य रहेको उक्त समारोहमा प्रमुख अतिथि नेपाली हंगक्रगका अध्यक्ष हेम लिम्बु रहेका थिए भने बिशेष अतिथि जनजाति महासंघ हंगकंग अध्यक्ष भुपेन्द्र चेम्जोङ्ग रहेका थिए । सल्लाहकार अविचन्द्र र्इङ्गनाम, निवर्तमान चुम्लुंग सल्लाहकार र्इन्द्र वनेम, तेह्रथुम सर्म्पर्क मञ्च हंगकंगका मनोज कन्दङ्गवा, चौविसे सेवा समाज धनकुटाका अध्यक्ष चन्द्र कुमार लिम्बु, खाम्लालुंग समाजका दिल कुमार सुब्बा र पत्रकार रार्इ चन्द्र दुमी अतिथिहरु रहेका थिए । सुभकामना मन्तब्य क्रममा भुपेन्द्र चेम्जोङ्गले वलिहाङ्ग तङ्गनाम कालान्तरमा हामी जनजातिहरुको पर्व रहेपनि बिचमा हिन्दूहरुकोपनि प्रवेश भएको हुनसक्ने बताउँदै काग तिहार, कुकुर तिहार, आदि तिहारहरुले जनजातिहरुसंग कुनै सम्बन्ध नराख्ने तर्क पेश गरेका थिए । रार्इ चन्द्र दुमीले हंगकंगमा याक्थुङ्गवा याक्थुम्माहरु संस्कार संस्कृतिप्रति जिम्मेवारमात्र नभएर शिक्षा, संगीत, साहित्य, खेल, राजनीति र ब्यापार ब्यावशायजस्ता हरेक स्थानमा अग्रणी भूमिका निर्वाह गर्दै आएको जातिहरु हुन यस्मा दुइ मत छैन यस्तो संस्थालाई सुभिकामना दिन पाउँदा आफुलाई गौरव लाग्ने करा बताएका थिए । सुरुमै हस्त लिवाङ्गको प्रतिनिधित्वमा लारिङ्गेक भट्याईएको कार्यक्रममा प्रमुख अतिथि हेम लिम्बु लगायतका ड्यासमा उपस्थित सवै अतिथिहरुले सुभकामना मन्तब्य दिएपछि अध्यक्षले कार्यक्रम समापन गरेका थिए । वलिहाङ्ग तङ्गनामको दान दिन बाँकिरहेका कति याक्थुङ्गवा हरु संस्थाहरुले दानपनि दिएका थिए ।

संयुक्त राष्ट्रिय सरकार संसदबाटै हुने माओवादीको भनाई

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रमुख प्रतिपक्षि एकिकृत नेकपा माओवादीका एकजना वरिष्ठ नेताले वैधानिक तरिकाबाटै आफ्नो पार्टीको नेतृत्वमा संयुक्त राष्ट्रिय सरकार गठन हुने बताएका छन्।माओवादीका एकजना उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले त्यसको समयसीमा भने तोकेनन्। माओवादीले आफूहरुसंग आइवार भएको वैठकमा प्रधानमन्त्रीले राजीनामा दिनु पर्ने सर्त राखेको भन्दै कांग्रेस-एमालेले सोमवार एउटा बैठक गरी सरकार परिवर्तनको निम्ति संसदमा वहुमत सिद्ध गर्न माओवादीलाई चुनौति दिएका थिए। उक्त निर्णय आए लगत्तै लिम्वूवानसंग कुरा गर्दै नेता प्रकाशले भने, “हाम्रो पार्टीको नेतृत्वमा राष्ट्रिय संयुक्त सरकार वैधानिक बाटोबाटै बन्छ। संविधानसभा व्यवस्थापिका संसदबाटै बन्छ।”

नेपाल भारत वाणिज्य सन्धि सात वर्षका लागि नवीकरण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कात्तिक ११- नेपाल-भारत वाणिन्य सन्धि आगामी सात वर्षका लागि नवीकरण भएको छ। वाणिज्य तथा आपूर्तिमन्त्री राजेन्द्र महतो र भारतीय समकक्षी आनन्द शर्माले मंगलबार सन्धिमा हस्ताक्षर गरे। वाणिज्य सन्धिसँगै अनधिकृत व्यापार सहयोग सम्झौता पनि भएको छ। सन्धि मंगलबारैदेखि लागू हुनेछ। प्रधानमन्त्री माधवकुमार नेपालको गत भदौ पहिलो साता भारत भ्रमणका बेला सन्धि नवीकरणमा दुवै मुलुक सहमत भएपछि सचिवस्तरबाट मस्यौदामा हस्ताक्षर भएको थियो। निजी क्षेत्रले सन्धि व्यापार बढाउने 'आधार' बनेको बताएका छन्। 'हामीले राखेका अधिकांश माग सन्धिमा समेटिएका छन्, व्यापार र लगानीमा देखिएका धेरै समस्या सन्धिले हल गरेको छ,' नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले भने। समस्या हल भए पनि निर्यात बढ्न निजी क्षेत्रको दक्षतामा भरपर्ने उनले बताए। सन् १९९६ मा भएको वाणिज्य सन्धिले नेपालको औद्योगिक र व्यापारिक विकासमा सहयोग गरे पनि २००२ मा नवीकरण हुँदा यो विपक्षमा थियो। अहिले नवीकरणमा राखिएका बुँदाले सच्चाउने काम गरेको छ। 'सन्धि नेपालमा लगानी र व्यापार प्रवर्द्धनमा सहजकर्ता बनेको छ,' नेपाल-भारत उद्योग वाणिज्य संघका अध्यक्ष अरुण चौधरीले भने। सन्धि सात वर्षका लागि भएको र एकपटक स्वतः नवीकरण हुने प्रावधानले लगानीकर्ता र व्यापारीमा दुवैमा आत्मविश्वास बढेको व्यापारीहरू बताउँछन्। 'करिव डेढ दशकसम्म पाइने सुविधाका कारण लगानीकर्ता र व्यापारीलाई फाइदा लिनसक्ने अवसर आएको छ,' चौधरीले भने।'सन्धि पूर्वाधार हो, यसको जगमा टेकेर हामीले निर्यात बढाउन सक्छौं,' उनले भने, 'निर्यात बढ्नु-नबढ्नुमा नेपाली व्यवसायीको क्षमतामा भर पर्नेछ।'निजी क्षेत्रले भारतले लगाउँदै आएको गैरभन्सार अवरोध, क्वारेन्टाइन परीक्षण, विशेष अतिरिक्त शुल्कजस्ता प्रावधान हटाउन माग गर्दै आएको थियो। परिमार्जित सन्धिले यी सबै अवरोध हटाएको छ।'सन्धिले नेपालको निर्यात व्यापार बढाई व्यापार घाटा कम गर्न सहयोग पुर्‍याउने छ,' वाणिज्यमन्त्री महतोले भने, 'भारत हामीले राखेका अधिकांश मागमा सहमत छ। गैरभन्सार अवरोध हटाउन, क्वारेन्टाइन परिक्षणलाई सजिलो बनाउन, पाँच वटा नाका थप्न, स्थल मार्ग र वन्दरगाहको सुविधा दिन र नेपाललाई भविष्यमा आउने थप समस्याबारे छलफल गर्न सहमत भएको उनले बताए। मुलुकको प्रमुख व्यापार साझेदार भारतसँगको व्यापार घाटा एक खर्ब आठ अर्ब नाघेको छ।वाणिज्यमन्त्री शर्मासँग मंगलबार भएको छलफलमा भारतले तत्कालका लागि रासायनिक मल, र नेपालले माग गरेअनुसार खाद्यवस्तु दिन सहमत भएको महतोले जानकारी दिए। अहिले भारतले मल र खाद्यवस्तु निर्यातमा रोक लगाएको छ।भारतीय मन्त्री शर्माले नेपालको विकासमा भारत साझेदार बन्न इच्छुक रहेको जनाउँदै दुई देशबीचको व्यापार र लगानीमा देखिने समस्या समाधान गर्न भारत तयार रहेको बताए। 'नेपाललाई आफ्ना समस्याबारे आग्रह गरे कुनै पनि किसिमका गैर भन्सार कर हटाउन भारतले सहयोग गर्नेछ,' उनले भने। भारतीय राज्य सरकारहरूले नेपाली वस्तुमा लगाएका अतिरिक्त शुल्क भने मंगलबारैदेखि हट्ने छैनन्। यस्ता शुल्क हटाउन नेपालले फेरि भारतसँग अनुरोध गर्ने र भारतले आन्तरिक कानुनमा संसोधन गरी सूचना जारी गरेपछि मात्र हट्नेछन्।

माओवादीले कात्तिक १६ गतेदेखि आन्दोलन गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२७ अक्टोबर, २००९,आन्दोलनबाट नै काँग्रेस र एमालेलाई गलाउने रणनीति बनाएको एकीकृत माओवादीले आफ्ना मागहरुप्रति सत्तारुढ दलहरु गम्भीर नभएको भन्दै थप आन्दोलनको घोषणा गरेको छ ।आगामी कात्तिक १५ गतेसम्म सहमतिका लागि समयसीमा दिएको माओवादीले कात्तिक १६ गतेदेखि आन्दोलन गर्ने जनाएको छ । आन्दोलनका कार्यक्रमहरु तय गर्न माओवादी मुख्यालय, पेरिसडाँडा, कोटेश्वरमा आज माओवादीसम्बद्ध संयुक्त राष्ट्रिय जनआन्दोलन समिति सचिवालयको बैठकले यही कात्तिक १५ गते देशभर मसाल जुलुस, त्यसपछि १६ गते गाविस र नगरपालिका घेराउ, सिंहदरबार घेराउ, काठमाडौं नाकाबन्दी, जिल्ला प्रशासन कार्यालय घेराउ, धर्ना लगायतका आन्दोलनका कार्यक्रमहरु तय गरेको छ । माओवादीले आजै विरोध कार्यक्रमहरु सार्वजनिक गर्ने जनाएको छ । आगामी कात्तिक १५ गतेसम्म सहमतिका लागि समयसीमा दिएको माओवादीले कात्तिक १६ गतेदेखि आन्दोलन गर्ने जनाएको छ । आन्दोलनका कार्यक्रमहरु तय गर्न माओवादी मुख्यालय, पेरिसडाँडा, कोटेश्वरमा आज माओवादीसम्बद्ध संयुक्त राष्ट्रिय जनआन्दोलन समिति सचिवालयको बैठक बसिरहेको छ । पहिलो चरणमा धर्ना, घेराउ, जनअवज्ञा, चक्काजामका कार्यक्रमहरु तय गरिने र त्यसपछि बन्द, आमहड्तालको कार्यक्रमहरु तय गरिने माओवादीस्रोतले जनाएको छ । सचिवालय बैठकले आन्दोलनका कार्यक्रमहरु तय गर्ने र आज नै केन्द्रीय समितिको बैठकले आन्दोलनका कार्यक्रम अनुमोदन गरेपछि पत्रकार सम्मेलनमार्फ र्सार्वजनिक गरिने स्रोतले जनायो । आन्दोलनको तयारीस्वरुप माओवादीले आफ्नो मधेश राज्य अर्न्तर्गत अवध, भोजपुरा र मिथिला राज्य समितिका इञ्चार्ज र केन्द्रीय सदस्यहरुलाई हिजो सोमबार आफ्नो मुख्यालय, पेरिसडाँडा कोटेश्वरमा प्रशिक्षण दिएको छ । माओवादी अध्यक्ष प्रचण्ड लगायतका नेताहरुले उनीहरुलाई जनपरिचालनमा जुटन प्रशिक्षण दिएका थिए । माओवादीले आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने अन्तिम तयारी गरिरहेको अवस्थामा सत्तारुढ दलका नेताहरुले भने माओवादीको आन्दोलनबाट आफूहरु नतर्सिने चेतावनी दिएका छन् ।

कांग्रेस नेता शेरबहादुर देउवा माथि माओवादीको आक्रमण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२७ अक्टोबर, २००९,नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलको कार्यक्रममा भाग लिन चितवन पुगेका नेपाली काङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवालाई माओवादीले आक्रमण गरेका छन् ।देउवा माथि माओवादीले गरेको यो दोस्रो आक्रमण हो । आज दिउँसो १ बजे कार्यक्रम स्थलतर्फ जादैँ गरेका देउवा माथि माओवादी कार्यकर्ताले आक्रमण गरेका हुन्।आक्रमणबाट देउवाको निजी गाडीमा क्षति पुगेको छ। देउवा र उनीसँगै रहेका अर्का काङ्ग्रेस नेता एवं सिंचाई मन्त्री बालकृष्ण खाँड सकुशल छन्। चितवनको क्याम्पाचौरमा देउवामाथि आक्रमण भएपछि माओवादी र कङ्ग्रेस कार्यकर्ताबीच झडप भएको थियो। सुरक्षाकर्मीलाई झडप नियन्त्रण गर्न हम्मे हम्मे परेको थियो । दुवैतर्फका करिब सयौं कार्यकर्ताले एक-अर्काविरुद्ध नारा लगाएका थिए। दुबै तर्फका कार्यकर्ताबीच झडप लामो समय चलेको थियो । नारायणी कला मन्दिरमा आयोजित तरुण दलको केन्द्रीय कार्यालयमा भाग लिन उनी त्यसतर्फ गएका थिए। उनीहरुले ढुङ्गा प्रहार गर्नुका साथै कालो झण्डा पनि देखाएका थिए। यसैबीच नेपाली कांग्रेसले देउवाको आक्रमणाप्रति खेद व्यक्त गर्दै माओवादी सत्ता छोड्दा अत्तालिएको मनस्थितिमा पुगेको बताएको छ । जनकपुसँग कुरा गर्दै कांग्रेस प्रवक्ता अर्जुननरसिंह केसीले यस्‍ता घटनाबाट कांग्रेस बिचलित नहुने बताए ।

जातीय संगठनहरुको बन्दका कारण पुर्वमा जनजीवन प्रभावित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२७अक्टोबर,२००९, विगतमा भएका सहमतिहरु कार्यान्वयन नभएको भन्दै विभिन्न जातीय संगठनहरुले आह्वान गरेको बन्दका कारण आज मंगलबार पूर्वी नेपालको जनजीवन प्रभावित बन्न पुगेको छ ।प्राप्त समाचार अनुसार संघीय लिम्वुवान राज्य परिषद ,आदिवासी जनजाति ,दलित जनतान्त्रिक मोर्चा, खम्वुवान राष्ट्रिय मोर्चालगायतका बिभिन्न जातिय संगठनहरुले गरेको बन्द आह्वानका कारण आज झापा, इलाम, मोरङ, सुनसरी, पाँचथर, धनकुटा, ताप्लेजुङ लगायतका जिल्लाहरुको जनजीवन प्रभावित बन्न पुगेको छ । बन्दकर्ताहरुको अवरोधका कारण ती जिल्लाहरुमा यातायात, बजार, शिक्षणसंस्था, उद्योग कलकारखाना सञ्चालनमा आएका छैनन् । बन्दले पुर्व-पश्चिम राजमार्ग तथा पूर्वी पहाडी जिल्लाहरु जोड्ने मेची तथा कोशी राजमार्गमा कुनै पनि सार्बजनिक यातायातका साधन चलेका छैनन् ।

Oct 26, 2009

थारुहट संयुक्त सङ्घर्ष समितिको प्रेस विज्ञप्ति

मितिः २०६६।०७।०९
प्रेस विज्ञप्ति
थारुहट संयुक्त संघर्ष समितिको नाम लिएर यही २०६६ कार्त्तिक १० गते गर्ने भनिएको कथित थारुहट, खम्बुवान, लिम्बुवान बन्द यस थरुहट संयुक्त संघर्ष समितिको आधिकारिक बन्दको कार्यक्रम नभएको जानकारी सम्पूर्ण जनसमुदाय तथा आम सञ्चार क्षेत्रमा अवगत गराउँदछौं । साथै, थारुहट संघर्ष समितिको नाम र नेतृत्वमा बन्द र हड्ताल गर्न खोज्ने कथित् समूहहरु थरुहट, खम्बुवान, लिम्बुवान र आदिवासी जनजातिको नाममा केवल सौदाबाजी गर्ने झुण्डमात्र भएकाले यस्तो भ्रमपूर्ण आन्दोलनलाई बढावा नदिन र त्यसमा नअल्मलिन हुनसमेत आम जनसमुदायमा अपील गर्दछौं ।धन्यवाद !जय थरुहट !!
............
लक्ष्मण थारु
थारुहट संयुक्त संघर्ष समिति
केन्द्रीय संयोजन समितिको तर्फबाट

Oct 25, 2009

बग्दाद बम हमलामा कम्तीमा १३० मृत्यु ५०० घाइते

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
इराकको राजधानी बगदादमा भएका दुई ठूला बिष्फोटनहरुमा १३० जना भन्दा बढीको ज्यान गएको छ भने ५०० भन्दा बढी घाइते भएका छन्। ती बिष्फोटनहरु शहरको केन्द्रमा रहेका दुई सरकारी भवनहरुलाई लक्षित गरेर भएका थिए। प्रहरीका अनुसार आक्रमण आत्मघाती बम हमलाकारीहरुले गरेका हुनसक्छ र हताहत हुनेहरुको संख्या बढ्ने आशंका गरिएको छ। बगदादको ब्यस्त भागमा बिहान भिड हुने बेला केही सेकेन्डको फरकमा विष्फोटकहरु भरिएका दुई गाडीहरु पड्केका थिए। पहिलोले न्याय मन्त्रालयको भवनमा ठूलो क्षति पु-याएको थियो र दोश्रो विष्फोटन स्थानीय राज्यपालको कार्यालयमा भएको थियो।

भारतले सुपुर्दगी सन्धि द्विपक्षीय सुरक्षा बैठक गर्न नेपालसँग प्रस्ताव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कार्तिक ९ - भारतले सुपुर्दगी सन्धि र नक्कली नोट नियन्त्रणका विषयलाई प्राथमिकतामा राखी द्विपक्षीय सुरक्षा बैठक गर्न नेपालसँग प्रस्ताव राखेको छ । आगामी कात्तिक २० र २१ मा काठमाडौंमा हुने गृहसचिवस्तरीय बैठकमा सीमा अपराध र सुरक्षा सहयोगबारे छलफल हुने बताइए पनि भारतले भने सुपुर्दगी सन्धि र नक्कली नोटलाई मुख्य एजेन्डा बनाएको छ । भारतीय पक्षले यसअघि नै दिल्लीमा भएको द्विपक्षीय बैठकमै सुपुर्दगी सन्धिमा हस्ताक्षर गर्न नेपाललाई आग्रह गरेको थियो । परराष्ट्र मन्त्रालय सम्बद्ध अधिकारीका अनुसार भारतीय पक्षले काठमाडांैमा हुने बैठकमा द्विपक्षीय भरपर्दो संयन्त्रसहितको आश्वासन चाहेको छ । 'ंसंयुक्त सरकार र राजनीतिक विषयसँग जोडिएका कारण सुपुर्दगी सन्धिको विषयमा यसपटक कुनै निर्णय र सहमति नहुन सक्छ,' गृह मन्त्रालयका एक उच्च अधिकारीले भने । 'मन्त्रालयले अहिलेसम्म एजेन्डा तय गरेको छैन तर विगतमा उठिरहेकै विषयहरू शान्ति सुरक्षा, सीमा अपराध, व्यवस्थापन, लागू पदार्थ ओसारपसार र स्थानीय अपराध नियन्त्रणका विषयमा छलफल हुन सक्छ,' गृह प्रवक्ता जयमुकुन्द खनालले भने । द्विपक्षीय बैठकमा सीमा अपराध नियन्त्रणका लागि सूचना आदानप्रदान गर्ने उद्देश्यले दुई देशका उच्चस्तरीय अधिकृतहरू रहने संयन्त्र बनाउनेसम्बन्धी विषयमा पनि छलफल हुने बताइएको छ ।बैठकमा १३ सदस्यीय भारतीय टोलीको नेतृत्व गृहसचिव जीके पिली र २० सदस्यीय नेपाली पक्षको नेतृत्व डा. गोविन्द कुसुमले गर्ने तय भएको छ । भारतीय सरकारले परराष्ट्र मन्त्रालयमार्फत पठाएको द्विपक्षीय बैठकको प्रस्तावलाई हालै मन्त्रिपरिषदको बैठकले अनुमति प्रदान गरेको छ । भारतीय गृहमन्त्री पी चिदाम्बरमले हालै भारतमा हत्या आतंक चर्काइरहेको माओवादीले बंगलादेश, म्यान्मार र नेपालबाट हतियार पाएका हुनसक्ने आंशका गर्दै विचार व्यक्त गरेका छन् ।

सिमा क्षेत्रका प्रतिनिधिहरुबीच हुने वार्ताका लागि चिनियाँ टोलि नेपाल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल र चिनको सिमा क्षेत्रका प्रतिनिधिहरुबीच हुने वार्ताका लागि चिनियाँ टोलि आइतबार नेपाल आएको छ । नेपालको मुस्ताङ र चिनको स्वशाशित क्षेत्र तिब्बतको ढोङ वा का सरकारी अधिकारीहरुबीच हुने वार्ताका लागि चिनियाँ टोलि मुस्ताङको छोसेर गाविसस्थित नेचुङ भन्सार हुँदै साँझ लोमान्थाङ पुगेका हुन् । सिमावर्ति मध्ये मुस्ताङ विगत केहि वर्षदेखि तिव्वतियन गतिविधिको आशंकाले चिनिया पक्षले निकै संवेदनशिल मान्दै आएको क्षेत्र हो । अमेरिकी तथा भारतीय राजदुतको भ्रमणले पनि मुस्ताङ क्षेत्रको संवदेनशिलता बहुपक्षिय चासो बढेको अवस्थामा गत वर्षदेखि रोकिएको द्वीपक्षिय वार्ता अहिले हुन लागेको हो । वार्ता यहि ११ गते बुधबार मुस्ताङको सदरमुकाम जोमसोममा आयोजना गरिएको छ । झुङ बा का कार्यकारी प्रमुख छेङ झु को नेतृत्वमा ९ सदस्यीय टोलि आएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख एवं प्रहरी नायब उपरीक्षक भोला रावलले जानकारी दिएका छन् । उक्त टोलिमा ढोङ वा का सहायक कार्यकारी प्रमुख मिमा डन जेन, जन सुरक्षा निर्देशक डन जेङ का साथै कृषि, पशु क्षेत्रका सरकारी अधिकारीहरु सहभागि छन् । उनीहरुलाई नेपाली भुमि प्रवेशदेखि नै स्थानीयले भव्य स्वागत गरेको जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताएका छन् ।'सिमावर्ति बासिन्दाले यो बैठकलाई निकै महत्व दिने भएकोले स्वःस्फुर्त स्वागतमा जनसहभागिता हुने रहेछ' उनले भने । सीमाबाट करिब आधा घण्टाको मोटरबाट टोलि लोमान्थाङ आईपुगेको हो । प्रहरीको स्कर्टिङमा घोमिसम्म मोटरमा तथा त्यसपछी घोडामा आउने उक्त टोलि १० गते साँझ सदरमुकाम जोमसोम पुग्नेछ ।वार्तामा द्वीपक्षिय सिमा व्यापार तथा सुरक्षाका बिषयमा प्रमुख रुपमा कुराकानी हुने जनाईएको छ । वर्षैपिच्छे यस्तो वार्ता गर्ने र सिमा व्यवस्थित गर्ने भनिए पनि दुई वर्षपछि मात्र अहिले वार्ता हुन लागेको हो । सन् २००७ मा तिब्बतमा भएको वार्तामा २००८ मा नेपालमा हुने सहमति भएपनि गतवर्ष उक्त वार्ता हुन सकेको थिएन ।विगत वर्ष यता सिमाको ३० किलोमिटर सम्म जान पनि चिनियापक्षले निकै कडाई गरेका कारण नेपालिले समस्या झेल्दै आइरहेका छन् । कहिले ओलम्पिक त कहिले दलाई लामाको जन्म दिनमा गतिविधि हुने भन्दै चिनिया पक्षले नेपालीलाई जान दिने गरेका छैनन् । दुई वर्ष पहिले जिल्ला प्रशाशनले जारी गरेको परिचय पत्रका आधारमा ३० किलोमिटर क्षेत्रमा आवत जावत गर्न दिने सहमति दुइ पक्ष बिच भएको थियो । तर चिनिया पक्षले त्यसलाई व्यवहारमा कार्यान्वयन गरेको छैन । 'नेपालीको आवागमन अलि सरलिकृत गर्नुपर्ने नेपाल पक्षको प्रमुख एजेण्डा वार्तामा रहनेछ' स्रोतले भन्यो, 'चिनियाँहरुले भने चिन बिरोधि क्रियाकलाप हुन नदिन तथा नेपाल हुँदै अन्यत्र जाने तिब्बतियनलाई फर्काउनुपर्ने विषयलाई प्राथमिकतासाथ उठाउनेछन् ।' म्याग्दी संवाददाता घनश्याम खडकाका अुनसार प्रजिअ ढकालले चार गते नैसर्वपक्षिय छलफल आयोजना गरी जिल्लाबासिबाट वार्तामा उठाउनुपर्ने विषयका बारेमा राय संकलन गरेका थिए । उक्त छलफलमा परिचय पत्रको आधारमा ३० किलोमिटर क्षेत्रमा जान दिनुपर्ने, भेडा, चौंरी वारपार गरी चरिचरण गराउन पाउनुपर्ने, छोङरा व्यापार मेला पटक-पटक आयोजना गरिनुपर्ने तथा द्वीपक्षिय व्यापारलाई बृहद बनाउने बारेमा सुझाव आएका छन् । तिनै सुझावलाई नै समेटेर एजेन्डा बनाएको ढकालले बताएका छन् ।

सहमतीका लागि दलहरुबीच भएको दुई पक्षिय बार्ताहरु असफल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादीले साझा सहमतिको लागि अघि सारेको प्रस्तावमा कांग्रेस र एमालेले अस्वीकार गरेको छ । माओवादीको प्रस्तावमाथि छलफल गर्न आइतबार बसेको कांग्रेस र एमालेको बैठकले यस्तो निर्णय गरेको हो ।आइतवार दिनभर सहमतीका लागि दलहरुबीच भएको दुई पक्षिय बार्ताहरु असफल भएको छ । साँझ बसेको माओवादी-काँग्रेसको बैठक पनि कुनै सहमति विना नै टुंगीयो।आइतवार बिहान माओवादी र एकालेबीच बैठक भएको थियो । दिउँसो काँग्रेस र एमालेबीच र साँझ माओवादी-काँग्रेसबीच बैठक भएको थियो । तीनै वटा बैठक असफल भएको छ ।विगत लामो सययदेखि संसद अवरुद्ध गर्दै आएका माओवादीले साझा सहमतिको नाममा सरकार परिवर्तन र राष्ट्रपतिको कदम सम्बन्धमा सहमतिका लागि ल्याएको प्रस्ताव कुनै पनि हालतमा स्वीकार्य नभएको एमाले कार्यदलका सस्दय केशव बडालले बताए ।माओवादीले सहमतिका लागि पेश गरेको साझा संकल्प प्रस्ताव गम्भिर प्रकृतिको भएकाले सहमतिको प्रयास झिनो हुदै गएको उनले बताए ।साझा सहमतिको लागि आफूहरु हदैसम्म लचिलो भएर आएपनि माओवादीले निहु मात्र खोजेको भन्दै उनले माओवादीसित सहमतिको प्रयास सफल हुन नसक्ने समेत उल्लेख गरे ।बैठकपछि कांग्रेस कार्यदलका सदस्य अर्जुननरसिंह केसीले माओवादीले ल्याएको प्रस्ताव साझा सहमति भन्दा पनि सरकार परिवर्तनको उद्देश्य प्रमुख देखिएकोले सहमति प्रयासको कुनै अर्थ नरहेको बताए ।साझा सहमतिको लागि माओवादी गम्भिर र लचिलो नभएको भन्दै उनले सहमतिका लागि फेरि अन्तिम पटक माओवादीसित छलफल गर्ने बताए ।उनले नागरिक सर्वोच्चता कायम गर्ने नाममा आफ्नो सर्वोच्चता लाद्न खोजेको भन्दै सरकार परिवर्तनको प्रस्ताव कुनै हालतमा स्वीकार्य नहुने बताए ।कांग्रेस र एमालेले तयार पारेको साझा संकल्प प्रस्तावमा माओवादीले संशोधन गर्दै फरक प्रस्ताव पेश गरेको थियो । बिहान माओवादी र एमालेको कार्यदलबीच पनि यसै बिष्यामा छलफल भएको थियो । भोली सरकार समर्थित २२ दलको बैठक बोलाइएको छ ।

माओवादीले आफ्नै नेतृत्वमा नयाँ सरकार गठन हुनुपर्ने सर्त

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कात्तिक ९- संसदको गतिरोध अन्त्यको लागि राष्ट्रपतिको कदमको विषयमा छलफल भइरहेको बेला एकीकृत नेकपा माओवादीले आफ्नै नेतृत्वमा नयाँ सरकार गठन हुनुपर्ने सर्त सारेको छ।माओवादीले आइतबार सत्ता साझेदार दलहरू एमाले र नेपाली काग्रेससँग गरेको छुट्टाछुट्टैको भेटमा 'समग्र समस्यालाई प्याकेजमै डिल गर्ने' प्रस्ताव राखेका थिए। माओवादी उपाध्यक्ष बाबुराम भट्टराईको शान्तिनगरस्थित निवासमा भएको वार्तामा 'माओवादी नेताहरूले नयाँ कुरा ल्याएको' एमाले वार्ता टोली संयोजक भरतमोहन अधिकारीले जानकारी दिए। उनले भने, 'अहिलेको सरकारको विकल्पको विषय ल्याउनुभयो।'सरकार परिवर्तनसम्मको प्रस्ताव माओवादीले सारेपछि अपराह्न काग्रेस र एमालेबीच भेटघाट भएको थियो। 'मिलिसकेको कुरामा माओवादीले नयाँ कुरा थपे, राम्रो चाला छैन भन्दै एमाले नेताहरू आए', काग्रेस उपसभापति रामचन्द्र पौडेलले भने।माओवादी स्थायी समिति बैठकले विद्रोहमा जाने निर्णय गरेको हुनसक्ने र त्यसैअनुरूप माओवादीले यस्तो सर्त अघि सारेको आशंका काग्रेस-एमाले वार्ताकारले गरेका छन्।'माओवादीको रवैया फेरिएको निष्कर्ष आयो', एमाले वार्ता टोली सदस्य उर्मिला अर्यालले भनिन्, 'उहाँ (माओवादी)हरू कुरा मिलाउने भन्दा पनि विद्रोह र प्रतिरोधमा जाने देखियो।' साँझ माओवादी र काग्रेसवीच भएको छलफलमा पनि माओवादीले सरकारको विकल्पदेखि सबै विषयमा 'डिल' गर्नुपर्ने सर्त दोर्‍याएको थियो। 'उनीहरुले प्याकेजकै कुरा गरे' काग्रेस उपसभापति पौडेलले भने, 'हामीले यो प्याकेज-स्याकेज छाड्नुस्, पहिले सदन खोल्नुस् भन्यौं।'आफ्नो सरकार नबन्दासम्म समाधानको बाटो रोक्ने सर्त स्वाभाविक नभएको जिकीर गर्दै पौडेलले भने, 'यो त अल्पमतले बहुमतलाई बन्धक बनाउने काम भयो, यस्तो गर्न छाड्नुस भन्यौं।'माओवादी नेता देव गुरूङका अनुसार माओवादीले तीन विकल्प सारेको छ। त्यसअनुसार पहिलो विकल्प राष्ट्रपतिको कदम असंवैधानिक भनेर साझा संकल्प प्रस्ताव ल्याउने हो। 'यसलाई नस्वीकार्ने भए सदनमा यस विषयमा छलफल गर्न दिनुस् जसले सदनको सर्वोच्चता कायम हुन्छ भन्ने हाम्रो दोस्रो विकल्प हो', उनले भने। उक्त दुईमा सहमति नहुँदा आफूले नयाँ सरकार गठन हुनुपर्ने तेस्रो विकल्प राखेको उनले प्रष्ट गरे।'दुबै विकल्पमा सहमति हुँदैन भने संयुक्त राष्टिय सरकार बनाउनुपर्छ भन्ने हाम्रो धारणा हो', गुरूङले भने। आफनै नेतृत्वमा हुनुपर्ने भनेर छलफलमा नराखेको उनले दावी गरे। माओवादीले संविधानको औचित्य अन्त्य हुने गरी र नयाँ संविधान बन्न नदिने हिसाबले वाधा पुर्‍याइरहेको निष्कर्ष काग्रेस-एमाले वार्ताकारले निकालेका छन्। 'अल्पमतको बन्दी भएर बहुमत बस्न सक्दैन', अर्यालले भनिन्।शीर्ष नेताहरूको तहमै छलफल हुनुपर्नेमा दुबै पार्टीका नेताले जोड दिएका थिए। 'सम्भवतः भोलि (सोमबार) शीर्ष नेताहरूबीच छलफल हुन्छ', पौडेलले भने।यसैबीच काग्रेस र एमालेले सोमबार सत्ता गठबन्धन दलहरूको बैठक बोलाएका छन्।

एमाले र माओवादीका नेताहरुबीच भएको वार्तामा सहमति निकट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२५अक्टोबर,२००९,राजनीतिक गतिरोध निकासका लागि प्रमुख सत्तारुढ दल नेकपा (एमाले) र प्रमुख प्रतिपक्षी दल एकीकृत माओवादीका नेताहरुबीच आज भएको वार्तामा दुवै दल सहमति निकट पुगेको दावी गरिएको छ । राजधानीको शान्तिनगरस्थित माओवादी नेता डा. बाबुराम भट्टराईको निवासमा आज भएको वार्तामा नयाँ संविधान निर्माण गर्न प्रमुख तीन दल सहभागी छुट्टै कार्यदल गठन गर्न दुई दल सहमत भएका छन् । बैठकमा एकीकृत माओवादीले सबै समस्याको समाधान प्याकेजमा गर्न प्रस्ताव गरेको एमालेस्रोतले जनाएको छ । एमालेले प्याकेजमा समाधान गर्ने माओवादी प्रस्तावलाई अस्वीकार गर्दै आएको छ । बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै एमाले नेता भरतमोहन अधिकारीले देशको विद्यमान समस्या समाधानका लागि एमाले र माओवादी सहमति निकट पुगेको जानकारी दिनुभयो । यस्तै साझा सहमतिको संकल्प प्रस्तावका बिषयमा पनि एमाले र माओवादीबीच छलफल भएको छ । एमालेले आजै नेपाली काँग्रेससँग पनि छलफल गर्ने एमाले नेताहरुले बताएका छन् । आजको दुई दलीय बैठकमा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ 'प्रकाश', एमालेका नेता भरतमोहन अधिकारी लगायतको सहभागिता रहेको थियो । वार्तापछि पत्रकारहरुलाई माओवादी उपाध्यक्ष प्रकाशले भन्नुभयो- वार्ता सकारात्मक दिशातर्फउन्मुख भएको छ । यस्तै सहमतिको मस्यौदा तयार पार्न गठन गरिएको प्रमुख तीन दलीय संयुक्त समितिको बैठक आज बस्ने सम्भावना रहेको छ । लामो समयदेखि विद्यमान राजनीतिक गतिरोध अन्त्यका लागि साझा सहमतिको संकल्प प्रस्ताव तयार पार्ने बिषयमा केन्द्रीत रहने बताइएको छ ।

१२ मन्त्रीले फर्जी बिलको भुक्तानी नपाउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मन्त्रीहरूले दसैँबिदाको अनुगमनभत्ता नपाउने भएका छन् । दसैँ मनाउन घर जाँदा सरकारी कार्यालय अनुगमन गरेको भन्दै सरकारका १२ मन्त्रीले भत्ता र अन्य सुविधा माग गरेका थिए ।सबै सरकारी कार्यालय बन्द रहने दसैँबिदाको समयमा कार्यालय अनुगमन गरेको भन्दै मन्त्रीहरूले दैनिक भ्रमणभत्ता, यातायात तथा होटलखर्चबापतको रकम माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा फर्जी बिल पेस गरेका थिए ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बिदा अवधिमा मन्त्रीहरूले गरेको खर्चको बिल र भत्तारकम नदिने निर्णय गरेको हो । 'बिदा अवधि कटाएर मन्त्रीहरूलाई भत्ता र सुविधाबापतको रकम दिने निर्णय भएको छ,' प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयस्रोतले भन्यो । स्रोतका अनुसार उनीहरूले पेस गरेको बिलको रकमभन्दा कमै मात्र रकम भुक्तानी पाउनेछन् । मन्त्रीहरूलाई दसैँमा घर जाँदा-आउँदाको हवाइटिकट भने उपलब्ध गराइने निर्णय भएको छ ।मन्त्रीहरू बालकृष्ण खाँण, डम्बरकुमार श्रेष्ठ, सर्वदेव ओझा, मोहम्मद अफ्ताव आलम, गणेश तिवारी तथा राज्यमन्त्रीहरू चन्द्रसिंह भट्टराई, गोविन्द चौधरी, मानबहादुर शाही, खड्गबहादुर बस्याल, डिल्ली महत, रिजवान अन्सारी र सहायकमन्त्री चन्दा कलवारले दसैँ अवधिको बिदाको समयमा पनि सरकारी कार्यालय अनुगमन गरेको भन्दै फर्जी बिल पेस गरेको नयाँ पत्रिकाले समाचार प्रकाशित गरेको थियो ।समाचार प्रकाशित भएपछि फर्जी बिल पेस गर्ने तयारी गरेका अन्य मन्त्रीले बिल नबुझाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय निकटस्रोतले जनाएको छ । 'समाचार छापिनुअघिसम्म त्यस्ता बिल आउने क्रम जारी थियो, त्यसपछि रोकियो,' कार्यालयस्रोतले भन्यो ।स्रोतका अनुसार नक्कली बिल पेस गरेका मन्त्रीहरूले प्रधानमन्त्रीसँगको भेटमा आफूहरूले गोप्य रूपमा बिल पेस गरेको कसरी सार्वजनिक भयो भन्दै गुनासो गरेका थिए ।

'सरप्राइज बोनस' घोषणाले गुगल कर्मचारीहरु एकदमै खुसी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सिंगापुर, कात्तिक ८- गुगलका कर्मचारी अहिले एकदमै खुसी छन्। विश्वको सबैभन्दा लोकप्रिय सर्च इन्जिन गुगलले संसारभका आफ्ना कर्मचालाई 'सरप्राइज बोनस' वितरण गर्ने घोषणा गरेर अचम्ममा मात्र पारेन उनीहरुको मनमा खुसी पनि प्रवाह गदियो।कम्पनीले सरप्राइज बोनस दिने घोषणा अफ्नो वित्तीय योजना आएपछि गरेको हो। गत महिना कम्पनीले आफ्नो त्रैमासिक योजना प्रस्तुत गरेको थियो। सोमबार गुगलले सबै कर्मचालाई बोनस वितरण गरिने घोषणा इमेलमार्फत पठाएको छ। कम्पनीका एक माथिल्लो अधिकारीले बोनस वितरण गरिने कुराको पुष्टि गरिसकेका छन्। गुगुलका एपीएसी क्षेत्रका ह्युमेन रिसोर्स प्रमुख मनोज बर्गिजले बोनस वितरण गरिने बताए। 'आफ्ना कर्मचालाई जुन बोनस वितरण गर्ने घोषणा गरिएको छ यो वार्षिक रुपमा वितरण गरिने बोनसको एक हिस्सा हो,' उनले भने। बोनस विश्वभरिकै २० हजार कर्मचालाई वितरण गरिनेछ।सबै स्तरका कर्मचालाई यो बोनस वितरण गरिने उनले बताए।वार्षिक नाफाबाट बोनस पाइसकेका कर्मचालाई यो पटक घोषणा गरिएको बोनस किन वितरण गरिएको भन्ने जानकारी भने गराइएको छैन।

माओवादीद्वारा क्याम्पस प्रमुखमाथि सांघातिक आक्रमण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
धनकुटा, कार्तिक ८- माओवादी र उसको भातृ संगठन अखिल क्रान्तिकारीका विद्यार्थीले भोजपुर बहुमुखी क्याम्पसका प्रमुख पर्वतकुमार राईमाथि सांघातिक आक्रमण गरी घाइते बनाएको छ। खुकुरी र खुँडा प्रहारबाट राईको टाउकोमा गम्भीर चोट लागेको छ। विहान ११ वजे सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा अन्य सहकर्मी र कर्मचारीसँग छलफल गरिरहेका राईलाई माओवादी कार्यकर्ताले क्याम्पसको बरन्डामा निकालेर कुटपिट गरेका थिए। माओवादीका ११ नं. एरिया सेक्रेटरी इन्सान र अनेरास्ववियू (क्रान्तिकारी) की जिल्ला अध्यक्ष सुनिता राईको नेतृत्वमा आएका माओवादी कार्यकर्ताको समूहले क्याम्पस प्रमुख राईमाथि खुकुरी, खुँडा, लाठी र रड लगातार प्रहार गरेको प्रत्यक्षदर्शी तथा शिक्षा संकायका संयोजक उत्तमसिं राईले बताए। खुकुरी र अन्य हतियारको लगातारको प्रहारले राई घटनास्थलमै ढलेका थिए। पाँच मिनेटसम्म लगातार कुटपिट गरेपछि माओवादी कार्यकर्ताहरु क्याम्पसबाट भागेका थिए। कुटपिटबाट गम्भीर घाइते राईको भोजपुर अस्पतालमा उपचार भईरहेको छ। जिल्ला अस्पताल भोजपुरका अनुसार क्याम्पस प्रमुख राईको टाउको र शरीरका अन्य भागमा २५ बढी टाँका लगाइएको छ।क्याम्पस प्रमुख राईमाथि आक्रमणको अभियोगमा प्रहरीले अनेरास्ववियू (क्रान्तिकारी) की जिल्ला अध्यक्ष सुनिता राई, उपाध्यक्ष नविन परियार र सचिव दिनेश खनाललाई भोजपुर बजारबाटै पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले बताए।उनले कुटपिटमा संलग्न अन्य भने फरार रहेको जनाएका छन्। 'क्याम्पस प्रमुखमाथि भएको यो जघन्य अपराधमा संलग्न जो सुकैलाई हामी कानूनी दायरामा ल्याउँछौं। कुटपिटमा संलग्न अन्य माओवादी कार्यकर्ताको पनि खोजी भईरहेको छ।' प्रजिअ खतिवडाले भने।क्याम्पस पम्रुख राईमाथि भएको कुटपिटको विरोधमा आइतवारै प्राध्यापक संघको नेतृत्वमा भोजपुर क्याम्पसका प्राध्यापकहरुले क्याम्पस परिसरमा पदर्शन गरेका छन्। उनीहरुले क्याम्पस जस्तो शिक्षाको मन्दिरमा भएको जघन्य अपराधका दोषीलाई दण्डित गर्न माग गरेका छन्।क्याम्पसमा कर्मचारी नियुक्तिको विषयलाई लिएर आपत्ती जनाउँदै क्याम्पस प्रमुख राईको राजिनामा माग्दै ५ महिनादेखि अखिल क्रान्तिकारी र नेपाल विद्यार्थी संघले आन्दोलनरत छन्। क्रान्तिकारीले क्याम्पस प्रमुख राईलाई यही विषयलाई लिएर कुटपिट गरेका हुन्। यस विषयमा नेपाल विद्यार्थी संघ भोजपुरले प्रेस विज्ञप्ती प्रकासित गरी क्याम्पस प्रमुख राईलाई कुटपिट गर्न आफ्नो संगठनको संलग्नता नभएको जनाएको छ।

हङकङको मिस पर्ल भईन् पोखरेली दीपा गुरुङ

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ
बहिनी ज्योतिले सेकेण्ड रनरअपको ताज पहिरिएको हेरिरहेकी दिदी दीपा मिस पर्ल हङकङमा आफ्नो नाम घोषणा भएपछि एकछिन अकमक्क परिन्। लगत्तै अगाडि सरेर ताज पहिरिइन् र बाहनीसँग फोटो खिचाउन लाइनमा बसिन्। दायाँपट्टी उभिइन् फस्ट रनरअप रोजी पुन। उनी पनि पोखराकै हुन्।पोखरेली दीपा गुरुङ (१८), रोजी पुन (१६) र ज्योति पुन (१६) भए मिस पर्ल हङकङ, फस्ट र सेकेण्ड रनरअप। सहोदर दिदीबहिनी दिपा र ज्योतिले मिस बेस्ट एन्जल र मिस चार्मिङको उपाधि पनि हात पारे भने रोजीले ४६१ मत पाएर अनलाइन पपुलर भोटको उपाधि पनि जितिन्। याउ मा तेईस्थित कम्युनिटी हलमा शनिबार राति भएको 'मिस पर्ल हङकङ नेपाल २००९' प्रतियोगितामा पविता गुरुङ मिस पर्सनालिटी, रोमा घले मिस जेनियस, सुमी गुरुङ मिस क्याटवाक, सुमिता गुरुङ मिस एटिच्यूट, सोनी लिम्बु मिस ड्रेसअप र सुस्मिता गुरुङले इन्टरटेनरको उपाधि जिते।टप फाइभमा आउन सफल ज्योती गुरुङ, सुस्मिता लिम्बु, रोजी पुन, दिपा गुरुङ र सुनिता गुरुङलाई सोधिएको एउटै प्रश्नको लिखित जवाफको आधारमा निर्णायकहरू डा. सर्मिला गुरुङ, किसन राई, श्यामसुन्दर थापा, निलिमा घले र प्रदिप कन्दङवाले तीन विजेता घोषणा गरेका थिए। प्रतियोगीहरूलाई करिब दुई महिनादेखि रिना गुरुङले प्रशिक्षण दिएकी थिइन। हङकङमा पहिलो पटक आयोजना गरिएको मिस पर्ल प्रतियोगितामा १२ जना सहभागी थिए। टप माउण्टेन तेक्वान्दो डोजाङ हङकङको संयोजन र हर्कबहादुर गुरुङको प्रायोजनमा प्रतियोगिता भएको हो।

Oct 24, 2009

माओवादी प्रादेशिक खाकामा जातीय मोर्चाकै विरोध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कात्तिक ८- एकीकृत माओवादीले राज्य पुनर्संरचना समितिमा बुझाएको संघीय खाकाप्रति उसकै जातीय संगठन मगराँत मुक्ति मोर्चाले असहमति जनाएको छ। मोर्चाको केन्द्रीय समितिले उक्त खाकाको विरोध गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएको छ। ११ जातीय, दुई क्षेत्रीय गरी १३ वटा स्वायत्त प्रदेशको खाका माओवादीले गत भदौमा पुनर्संचना समितिमा बुझाएको छ। प्रदेशभित्र पनि केन्द्र शासित चार प्रशासनिक क्षेत्र रहने भनिएको खाकाको मगराँतले विरोध गरेको हो। 'अन्य जाति (बाहुन, क्षेत्री, ठकुरी र सन्यासी) बाहुल्य रिडी, तामाकोसी क्षेत्र, नारायणी र विजयुपरमा भौगोलिक प्रशासनिक क्षेत्र वा इलाका गठन गर्न सक्ने' प्रस्ताव गरिएको छ।मगराँत क्षेत्र भनी घोषणा गरिएको रिडीलाई छुट्टै प्रशासनिक क्षेत्र घोषणामा उनीहरूको आपत्ति छ। 'हाम्रो केन्द्रीय समितिको बैठकले नै रिडीलाई छुट्टै प्रशासनिक क्षेत्र बनाउने निर्णय गरेकामा त्यसप्रति खेद व्यक्त गर्दै तत्काल सच्चाउन ज्ञापनपत्र बुझाइसकेका छौं,' मगराँतका सचिव दुर्लभ थापा मगरले नागरिकसित भने, 'पार्टी अध्यक्ष पुष्पकमल दाहालले अन्तिम होइन। छलफलका लागि मात्रै हो भन्नुभयो', थापा मगरले भने।पार्टीले राज्यको खाका बनाउँदा आफूहरुसँग परामर्शसमेत नगरेको आरोप मोर्चाले लगाएको छ। 'पार्टीको मूल नीति जातीय, क्षेत्रीय र भाषिक रुपमा संघीय राज्य हुने भनिए पनि यस्तो गम्भीर निर्णय गर्दा हामी (मगराँत मोर्चा) सँग छलफलसमेत गरिएन। यो प्रस्ताव नसच्चिए हामीले थप गम्भीर निर्णय लिन्छौं' मगरातका एक नेताले भने।आफूहरुले संचार माध्यमबाट पार्टीले रिडीलाई अर्को प्रशासनिक क्षेत्र बनाउने निर्णय गरेको जानकारी पाएको उनीहरुले बताएका छन्। 'यो विषयमा छलफलपछिमात्रै टुंगो लाग्नेछ। मगराँत मोर्चा आफ्नो अडानबाट पछि हटदैन', थापा मगरले भने।मगराँतका संयोजक सन्तोष बुढा र राज्य पुनर्संरचनाका सदस्य तथा पार्टीको कार्यदललाई समन्वय गरेकी ओनसरी घर्ती युरोप भ्रमणमा रहेका बेला पार्टीले त्यस्तो खाका पेस गरेको उनीहरुले आरोप छ।'गुरुङ पाराले खाका तयार गरिएछ। त्यसबारे अहिले मोर्चा र पार्टीमा बहस जारी छ। गरिडी र मगराँत बारे उहाँ (गुरुङ)लाई पनि अलिक भ्रम नै रहेछ' मोर्चाका ती नेताले भने। माओवादीका तर्फबाट राज्य पुनर्संरचनाको खाका प्रस्ताव गर्न गठित समितिको संयोजक देव गुरुङ थिए। ती मिश्रित क्षेत्रलाई कसरी नामाकरण गर्ने र नयाँ क्षेत्रलाई कुन स्वायत्त प्रदेशभित्र राख्ने भन्ने विषयसमेत पार्टीमा अस्पष्ट भएको उनीहरूले आरोप लगाएका छन्। प्रस्तावित प्रशासनिक क्षेत्रमध्ये विजयपुरलाई किराँत र लिम्बुवानले आ-आफ्नो भूमि भनी दाबी गर्दै आएका छन्।अन्य दलभन्दा बढी जातीय नारा दिएको माओवादीले यसअघि दुईपटक स्वायत्त प्रदेशहरुलाई हेरफेर गरिसकेको छ। सुरुदेखि मगराँत स्वायत्त प्रदेश छुट्ट्याए पनि यसपटक भने भौगोलिक सिमांकन गर्ने क्रममा मगराँतको विवाद सुरु भएको छ। यसअघि पार्टीमा लिम्बुवान, खुम्बुवान, थारुवानमा विवाद थियो। पछि पार्टीले किराँत र लिम्बुवान छुट्टाएको हो।अहिले प्रस्तावित राज्यको पुनर्संरचना खाकामा ११ जातीय, २ क्षेत्रीय र ७० जातीय इलाका रहेको छ। प्रस्तावित स्वायत्त प्रदेशमा सेती-महाकाली, भेरी-कर्णाली क्षेत्र, थारुवान, मधेश, मगराँत, तमुवान, ताम्सालिङ्ग, नेवाः, किराँत, लिम्बुवान, कोचिला, शेर्पा र भोटला स्वायत्त राज्य वा प्रदेश भनि प्रस्ताव गरिएको छ।

संसारका उत्कृष्ट एक सय सेक्सी महिलामा केली ब्रुक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कार्तिक ८ - 'संसारका उत्कृष्ट एक सय सेक्सी महिला' मा छानिएकी ब्रिटिस नायिका केली ब्रुक अन्य कुराभन्दा एउटै कारणले हैरान छिन् । त्यो हो किस । यी मोडेल एवं नायिकासँग अनुमति नै नलिई ओठमा ओठ जोड्न आउने फ्यानको संख्या एक/दुई होइन, सयौं हुने गरेको छ ।'फ्यानहरू मेरा छेउछाउ आइरहेका हुन्छन्, छडकँदै किस गर्न हतारिन्छन्,' २९ वर्षीया नायिकाको सधैँको भोगाइ छ- 'उनीहरू एकै निमेषमा किस गर्दै मेरो छेउबाट कतै गइरहेका हुन्छन्, मलाई थाहा पाउन पनि मुस्किल पर्छ ।' अचाक्लीसँग किस गर्नुपरेपछि कहिलेकाहीँ ब्रुक आवेशमा पनि आउने गर्छिन्, रिसाउँछिन् पनि । उनले आफ्ना अंगरक्षक र सहयोगीलाई ती किस गर्न आउने फ्यानलाई बेलैमा रोक्न निर्देशन दिएकी छन्, तर रोकीसाद्दे भए पो । 'मलाई भेट्न चाहने फ्यान छेकथुन गर्न र निश्चित संख्या तोक्न मेरा प्रबन्धक लागिरहेका हुन्छन्, सबैलाई म देख्न पनि पाउँदिनँ,' टिभी प्रेजेन्टरसमेत रहेकी ब्रुकले स्थानीय लोडेड पत्रिकालाई भनेकी छन्, 'फेरि मैले त्यस्तो अपिलिङ पोज पनि दिएकी हुन्नँ । फ्यानहरूबाट थुप्रै लुगा र फोटाहरू पाउने गरेकी छु जुन आफैंमा दिग्दारलाग्दो लाग्छ ।' तैपनि उनलाई के थाहा छ भने प्रसिद्ध भएपछि जीवनमा धेरै आरोह-अवरोह पनि स्वभावतः आउने गर्छन् । उपहारमा आउने निःशुल्क कार देखेर उनी निकै दंगदास पनि हुन्छिन्, तर कारभन्दा पनि गतिलो ड्राइभर बन्न सक्नु महत्त्वपूर्ण हुने उनको धारणा छ । ब्रुकका 'द इटालियन जब', 'हाउस अफ नाइन', 'फिसटेल्स', 'सर्भाइभल आइल्यान्ड', 'सर्टेड' लगायत फिल्म निकै लोकप्रीय छन् ।

कांग्रेसले मन्त्रीहरूलाई फिर्ता बोलाउने वा सचेत गराउने प्रस्ताव ल्याउने निर्णय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कार्तिक ८ - कांग्रेसका पदाधिकारीसहित केही सदस्यको सहभागितामा बसेको अनौपचारिक बैठकले पार्टी केन्द्रीय समितिको आगामी बैठकमा 'मन्त्रीहरूलाई फिर्ता बोलाउने वा आइन्दा गल्ती नदोहोर्‍याउन सचेत गराउने' मध्ये एक प्रस्ताव ल्याउने निर्णय गरेको छ । पार्टीका प्रेस प्रमुख पुरुषोत्तम बस्नेतको निवासमा शनिबार अपराह्न कार्यवाहक सभापति सुशील कोइराला, संसदीय दल नेता रामचन्द्र पौडेल, उपनेता प्रकाशमान सिंह, प्रवक्ता अर्जुननरसिंह केसीलगायतका नेताको उपस्थितिमा बसेको बैठकले त्यस्तो निष्कर्ष निकालेको हो । केन्द्रीय समिति, संसदीय दल र बाहिरबाट समेत सरकारबाट मन्त्रिहरूलाई फिर्ता बोलाउनुपर्ने दबाब बढेपछि नेताहरूले समाधान खोज्न केही दिनदेखि अनौपचारिक छलफल गर्दै आएका छन् । 'सबैको दबाब त मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाउनुपर्ने नै छ,' बैठकमा सहभागी एक नेताले कान्तिपुरलाई भने, 'तर गिरिजाबाबुसँग द्वन्द्व नचर्कने गरी सहज निकासका लागि पहल खोज्ने प्रयत्नमा छौं ।'प्रस्ताव ल्याउने निष्कर्षमा पुग्नुअघि सभापति कोइरालाको रायसुझाव लिनुपर्ने केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले कुरा उठाएका थिए । तर सहभागी अन्य नेताहरू 'गिरिजाबाबुले नमान्न सक्नुहुन्छ,' भन्दै दुईमध्ये एक प्रस्ताव ल्याउने निष्कर्षमा पुगेका हुन् । कोइरालाको दबाबमा प्रधानमन्त्री माधवकुमार नेपालले अघिल्लो साता सुजाता कोइरालालाई उपप्रधानमन्त्री नियुक्त गरेपछि कांग्रेसमा आन्तरिक विवाद चर्केको हो । पार्टी केन्द्रीय समितिमा यो प्रकरण चर्केपछि कार्यवाहक सभापति सुशील कोइरालाले सभापति कोइरालाकै उपस्थितिमा बैठक राखेर समाधान खोजिने बताई बैठक स्थगन गरेका थिए । स्रोतका अनुसार बैठकमा उपस्थित हुन आग्रह गर्न नेता पौडेल शुक्रबार कोइराला निवास पुगेका थिए । पौडेलले 'केन्द्रीय समितिमा गिरिजाबाबुकै उपस्थितिमा बैठक बोलाउन आग्रह भएको' भन्दै उपस्थित हुन आग्रह गरेका थिए । तर कोइरालाले आफ्नो स्वास्थ्यस्थिति बिग्रेकाले उपस्थित हुन नसक्ने जवाफ दिएका थिए । कोइराला अनुपस्थित हुने भएकाले आइतबार समेत बैठक हुन नसक्ने भएको छ । स्रोतका अनुसार केन्द्रीय समितिले सरकारबाट फिर्ता बोलाउने निर्णय नगरेमा संसदीय दलले त्यस्तो निर्णय लिनुपर्ने भन्दै दलका नेता पौडेललाई सभासदहरूले बैठक बोलाउन दबाब दिइरहेका छन् ।

नेपालले एएफसी यु१९ मा आज यमनविरुद्ध उत्रने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कात्तिक ८ आइतबार यमनविरुद्ध खेल्दै नेपालले एएफसी यु-१९ च्याम्पियनसिप छनोटको सुरुवात गर्दैछ। नेपाली टोलीको सुरुवाती ११ टुंगो अघिल्लो दिनसम्म लागेको छैन। कारण कप्तान नीराजन मल्ल हुन्। दस दिनअघि दाहिने खुट्टाको गोलीगाँठामा चोट बोकेपछि नीराजनको सहभागिता अनिश्चित बनेको हो। यद्यपि चार दिनअघि खुट्टाको प्लास्टर काटेपछि उनी यमनविरुद्ध उत्रने सम्भावना छ। तर प्लास्टर काटेयता नीराजनले अभ्यास गरेका छैनन्, त्यसैले उनी नखेल्ने सम्भावना पनि त्यतिकै छ। प्रमुख प्रशिक्षक राजु शाक्य आइतबार बिहान मात्र प्लेइङ ११ को टुंगो गर्ने सोचाइमा छन्। 'अझै प्लेइङ ११ टुंगो लागेको छैन,' उनले भने, 'नीराजनको अवस्था हेरौं, अनि टोलीको टुंगो लगाउँला।' अघिल्लो महिना यु-१६ को खराब प्रदर्शनले गर्दा यस टोलीमाथि राम्रो प्रदर्शन गर्नुपर्ने दबाब रहेको शाक्य बताउँछन्। 'यु-१६ को प्रदर्शनले हाम्रो टोलीमाथि दबाब छ,' शाक्यले भने, 'त्यो खराब प्रदर्शनलाई समेत मेटाउने गरी हामीले प्रदर्शन गर्नुछ, खेलाडीहरू त्यसमा दृढ छन्।'अन्य टोलीको जस्तै नेपालको पनि अघिल्लो चरण छनोट नै मुख्य लक्ष्य रहेको छ। 'अरु जस्तै अघिल्लो चरण पुग्ने हाम्रो लक्ष्य हो,' प्रशिक्षक शाक्यले थपे, 'हाम्रो टोलीमा त्यो क्षमता छ।'हारजित जे भए पनि टोलीले खेलबाट भने दर्शकलाई निराश नपार्ने दाबी शाक्य गर्छन्। 'टेक्निकली हामी पनि अरुभन्दा कमजोर छैनौं,'ं उनले भने, 'तर खेल जित्न गोल गर्नैपर्छ।' यही टोलीले दुई वर्षअघि इरानमा यु-१६ मा राम्रो प्रदर्शन गरेकाले पनि टोली गोल गर्न सक्षम रहेको शाक्यले बताए। 'हामीले इरानमा खेल नजितेपछि राम्रो टक्कर दिएका थियौं,' उनले थपे, 'मलाई विश्वास छ टोलीले सजिलै हार स्वीकार्ने छैन।'उनले टोलीको सबै पक्षलाई समानरूपमा हरेका छन्। 'कुनै एउटा पक्ष मात्र राम्रोभन्दा पनि टिमवर्क नै हाम्रो बलियो पक्ष हो,' उनले भने, 'पछिल्लो पाँच वर्षदेखि खेलाडीसँगै अभ्यास गर्दै आएकाले पनि टिम सेट छ।' घरेलु फुटबल भने यु-१९ ले आफ्नो क्षमता प्रदर्शन गरिसकेको प्रशिक्षक शाक्यले जनाए। गएको महिना यु-१९ आँबुखैरेनीमा सशस्त्र प्रहरीको एपिएफलाई हराएको यु-१९ ले आर्मीलाई कडा टक्कर दिएको थियो। फाइनलमा आर्मीसँग यु-१९ टाइब्रेकरमा पराजित भएको थियो। यु-१९ अनुभवी डिफेन्डर दीपक भुसाल पनि प्रशिक्षक शाक्यको भनाइमा सहमत हुँदै राम्रो नजिता दिनुपर्नेमा दृढ छन्। उनले भने, 'हामीले यु-१६ को खराब प्रदर्शनलाई बिर्साउने गरी राम्रो नतिजा दिनुछ।' दीपकसँगै अर्का डिफेन्डर रोहित चन्द टोलीका सबैभन्दा अनुभवी खेलाडी हुन्। यी दुवैले राष्ट्रिय टोलीबाट समेत खेलिसकेका छन्। उमेर समूहमा नीराजन, गणेश खड्का, शिव श्रेष्ठलगायतले राम्रै चर्चा कमाएका छन्। दुई वर्षअघि नीराजले यमन र जोर्डन दुवैविरुद्ध गोल गरेका थिए। यद्यपि ती खेलमा नेपाल पराजित भएको थियो। शाक्यका अनुसार नीराजन ९० प्रतिशत फिट छन्। 'आइतबार मात्र नीराजन खेल्ने नखेल्ने निर्णय हुन्छ,' उनले प्रस्ट पारे, 'म एउटा खेलका लागि धेरै जोखिम उठाउन चाहन्न। उसले लामो समय देशको सेवा गर्नुछ। पूर्ण फिट भएमात्र खेलाउने हो।'यमनका प्रशिक्षक सामी नासा टोलीको तयारीबाट सन्तुष्ट छन्। उनले नेपाललाई हल्का ढंगले लिए। 'हामी नेपालविरुद्ध खेल्न तयार छौं,' उनले भने, 'हामीलाई यहाँ समस्या भनेको मैदान मात्र हो, त्यसले हामीलाई केही फरक पार्न सक्छ। हामीले धैरै स्तरीय मैदानमा अभ्यास गर्दै आएका छौं ।' विगतको प्रदर्शनका कारण पनि उनले नेपाललाई घरेलु टोलीलाई कम आँकेका हुन सक्छन्। दुई वर्षअघि यु-१९ को एकै समूहमा पर्दा यमनले नेपाललाई ३-० ले हराएको थियो।

पहिलो विश्व बाघ कार्यशाला काठमाडौंमा हुँदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कात्तिक ८- सबैभन्दा आर्कषक मानिने र खतरामा रहेको बाघको संरक्षण रणनीति तय गर्न उक्त दुर्लभ प्राणी पाइने विश्वका चौधै देशसहित २० देशका विशेषज्ञ र संरक्षणकर्मीको पहिलो कार्यशाला काठमाडौंमा मंगलबार सुरू हुँदैछ। आहाराको कमी, वासस्थान विनास र चोरीसिकारका कारण खतरामा परेको बाघबारे २ सय १० विशेषज्ञ/संरक्षणकर्मीले काठमाडौंमा छलफल गर्दै छन्। बाघ खतरामा पर्दै गएपछि विश्व बैंकको प्रमुख सहयोगमा पहिलो विश्व बाघ कार्यशाला हुँदै गरेको हो। कार्यशालाले यसपछि हुने मन्त्रीस्तरीय बाघ सम्मेलनका लागि ठाउँ पनि तय गर्ने छ। बाघ पाइने देशहरूको मञ्च ग्लोबल टाइगर फोरम (जिटिएफ) को अध्यक्ष राष्ट्रका हैसियतमा नेपालले कार्यशाला आयोजना गरेको हो।जिटिएफको अध्यक्षका रूपमा नेपालको यो दोस्रो कार्यकाल हो। कार्यशालाको अघिल्लो दिन सोमबार जीटिएफ कार्यकारी समितिको तेह्रौं बैठक बस्ने छ। जिटिएफ सदस्य राष्ट्रहरूले सन २०१० लाई बाघ वर्षका रूपमा मनाउने निर्णय गरेका छन्।नेपालले कार्यशालामा प्रमुख मुद्दाका रूपमा बाघको संख्या बढाउन प्रमुख जैविकमार्गको संरक्षण र बर्दिया राष्ट्रिय निकुञ्जलाई दोब्बर विस्तार गर्न प्रस्ताव लैजाँदै छ। १० वर्षभित्र नेपालमा बाघको संख्या २ सय ५० पुर्‍याउने लक्ष्य छ।बाघको वासस्थान जोगाउने, अन्तर्राष्ट्रिय व्यापारमा प्रतिबन्ध लगाउने र संरक्षणका लागि क्षेत्र तोकेर आहाराको समेत संरक्षण गर्ने छलफलका विषय हुन्। वन्यजन्तु अंगव्यापारको ठूलो बजार मानिने चीनको उपस्थितिमा व्यापारको केन्द्र बनेको नेपालमा भइरहेको कार्यशालामा अवैध व्यापार रोक्न छलफलका लागि एक दिन छुट्टयाइएको छ।विश्वमा ३ देखि ४ हजार हाराहारी बाघ रहेको मानिन्छ। दुई महिनाअघि सार्वजनिक बाघ गणनाको तथ्यांकअनुसार नेपालमा १ सय २१ वयस्क बाघ छन्। तीमध्ये चितवनमा ९१, बर्दियामा १८, शुक्लाफाँटामा ८ र पर्सामा ४ छन्। चितवनको अवस्था सन्तोषजनक रहे पनि अन्यन्त्र बाघको संख्या चिन्ताजनक रहेको विज्ञहरूको भनाइ छ। २००६ को 'क्यामेरा ट्रयापिङ' मा शुक्लाफाँटा आरक्षमा २७ वटा बाघ थिए। तीन वर्षभित्र त्यस आरक्षमा बाघको संख्या १९ घटेको छ।राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता शिवराज भट्टका अनुसार वन्यजन्तु अंग तस्करीको अन्तर्राष्ट्रिय बाटो बन्दै गएको नेपालमा चोरीसिकार र अवैध व्यापारका कारण खतराका परेको बाघबारे हुँदै गरेको कार्यशालालाई सहभागी देशले महत्वपूर्ण रूपमा लिएका छन्।
कार्यशालापछि जारी हुने काठमाडौं घोषणापत्रमा बिडालवंशी यो जीव संरक्षणका साझा धारणा र प्रतिवद्धता सार्वजनिक हुनेछन्। 'ठूलो लगानी भए पनि बाघ संरक्षणमा सफल नभएको नेपालका लागि सम्मेलन ठूलो अवसर हो,' उनले भने। कार्यशालामा थाइल्यान्डका प्राकृतिक स्रोतसाधन तथा वातावरणमन्त्री स्विप खुनकिट्टी पनि सहभागी हुनेछन्। नेपाल, भारत, चीन, बंगलादेश, थाइल्याण्ड, म्यानमार, भुटान, रसिया, कम्बोडिया, भियतनाम, मंगोलिया, मलेसिया, लाओस र दक्षिण कोरियामा बाघ पाइन्छ।विश्व बैंकअर्न्तगतको ग्लोबल टाइगर इनिसियटिभ, सेभ द टाइगर फन्ड अमेरिका, विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) र विश्व संरक्षण संघ (आइयुसिएन) को सहयोगमा नेपालले कार्यशाला आयोजना गर्दै गरेको हो।दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी अभिसन्धि साइटिसले बाघका अंगको व्यापारमा प्रतिबन्ध लगाएको छ भने 'आइयुसिएन' को रातो किताबमा यो प्राणी खतराको सूचीमा छ।आधिकारिक रूपमा सन् १९९९ देखि प्रत्येक ५ वर्षमा नेपालमा बाघगणना हुन्छ। सन् १९९९ मा १ सय २३ वयस्क बाघ थिए।डमरु हुर्किनेबित्तिकै पुनः प्रजनन तयारीमा लाग्ने बाघ संरक्षणको वातावरण भए चाँडै संख्या बढ्नसक्ने भए पनि अहिलेसम्म चोरी सिकार र अवैध व्यापारका कारण यसो हुन नसकेको विभागका उपनिर्देशक मेघबहादुर पाण्डे बताउँछन्। 'चोरीसिकार नभएको भए नेपालमा अहिले चार सय बाघ पुगिसक्थे,' उनले भने।

पाकिस्तानको ब्रिग्रेडियर जनरल आक्रमणकारीको गोलीबाट हत्या

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
इस्लामावाद, कात्तिक ५ ,मोटरसाइकल चढेर आएका दुई बन्दूकधारीले पाकिस्तानको राजधानी इस्लामावादमा बिहीबार बिहान सेनाका एक वरिष्ठ अधिकारीको गोली हानी हत्या गरेका छन्।आक्रमणकारीको गोलीबाट ब्रिग्रेडियर जनरल मोइन हैदरको मृत्यु भएको हो।सेनाका यति वरिष्ठ अधिकारीको हत्या भएको यो पहिलो घटना हो। यसले पाकिस्तानमा इस्लामी लडाकू र सरकारबीच जारी युद्ध नयाँ रणनीतिमा प्रवेश भएको संकेत दिएको छ। यसअघि सेनालाई राजधानीमा घुमफिर गर्न कुनै डर मान्नुपर्ने आवश्यकता थिएन।प्रत्यक्षदर्शीका अनुसार बिहान साढे नौ बजे सडकमा ट्राफिक जाम भएको बेला सेनाको जिपमा गोली हानेर आक्रमणकारीहरु फरार भएका थिए।

माग पूरा नभएसम्म संसद् सुचारु नगर्न सभासद्हरूलाई आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादीले शुरू गरेको दशवर्षो द्वन्द्वमा परिवार गुमाएका परिवारका सदस्यहरूले माओवादीले उठाएको माग पूरा नभएसम्म संसद् सुचारु नगर्न सभासद्हरूलाई आग्रह गरेका छन्। माओवादीसम्बद्ध जनक्रान्ति शहीद परिवार नेपालको प्रथम जिल्ला अविधेशनका लागि लमजुङ सदरमुकाम बेंसीशहरमा आएका शहीद परिवार सदस्यहरूले उपस्थित सभासद्लाई त्यस्तो आग्रह गरेका हुन्। लामो समय सदन अवरुद्ध हुँदा बजेट पारित हुन नसक्दा सभासद् तथा मन्त्रीको पनि तलबभत्ता रोकिन लागेको जानकारी बाहिर आएपछि उनीहरूले सभासद्लाई संसद् सुचारु गरेर हार्नुभन्दा बरु तलबभत्ता नै नलिन आग्रह गरेका हुन्।सदरमुकाममा भेला भएका शहीद परिवारका सदस्यहरूको कार्यक्रमलाई सम्बोधन गर्दै एकीकृत नेकपा (माओवादी) का केन्द्रीय सदस्य एवम् तमुवान राज्यसमितिका सेक्रेटरी हरि अधिकारीले सिंहदरबारमा रगत बगाएरै भए पनि शहीदले देखाएको बाटोबाट पार्टी विचलित नहुने बताउनुभयो। कार्यक्रममा माओवादी सभासद् बुद्धिराम गुरुङ, हिमकुमारी सुनार, जिल्ला इन्चार्ज देवेन्द्र पराजुली, केन्द्रीय सल्लाहकार ऋषिराम पौडेललगायतले अबको माओवादी आन्दोलनले शहीदका सपना पूरा हुने भएकाले आन्दोलनमा शहीद परिवार, बेपत्ता परिवार, किसान, मजदुर, विद्यार्थी, शिक्षकलगायतलाई सहभागी हुन आहवान गरेका थिए।

डिएगो म्याराडोनाको खेलाडीदेखि प्रशिक्षकसम्मको यात्रामा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विश्व फुटबलमा डिएगो म्याराडोना जति चर्चित छन्, त्यत्तिकै आलोचित अनि घमन्डी पनि ।खेलाडीका रूपमा अर्जेन्टिनालाई १९८६ को विश्वकप उपाधि दिलाउँदा होस् वा प्रशिक्षकका रूपमा अघिल्लो साता अर्जेन्टिनालाई विश्वकपमा छनोट गराउँदा, म्याराडोनाको सकारात्मक चर्चाभन्दा पनि आलोचना नै बढी भयो । खेलाडीदेखि प्रशिक्षकसम्मको यात्रामा उनी कहिल्यै आलोचनाबाट मुक्त रहन सकेनन् ।टोलीलाई दक्षिण अपिकामा हुने विश्वकपमा छनोट गराएपछि उनले सञ्चारकर्मीको उपस्थितिमा एक महिलालाई अपशब्द बोले । जसका कारण फिफा उनलाई कारबाही गर्न तयार भयो । म्याराडोना निकै खुसी हुँदा राति डिस्कोमा जाने गर्थे ।जीवनको यो उताव-चढावबीच म्याराडोनाको अर्को बानी भने निकै रोचक छ । उनी खुसी मनाउन लागूऔषधको प्रयोग गर्ने तथा डिस्कोमा जाने गर्छन् । यसपटक पनि विश्वकपमा स्थान पक्का गराएपछि म्याराडोनाले त्यस्तै चर्तिकला देखाउने अनुमान गरिएको थियो । उनले डिस्कोमा गएर नशाको धुवाँ तान्ने अनुमान थियो ।समर्थक र मिडियाका अनुमानलाई गलत सावित गर्दै उनी न त डिस्कोभित्र छिरे न लागूऔषध नै सेवन गरे । निकै शान्तपाराले आफ्नो टोलीका मित्रसँग मात्र खुसियाली बाँडे । म्याराडोनाको त्यो क्रियाकलाप देखेर सबै अचम्मित भए । वास्तवमा पछिल्लो पाँच वर्षदेखि लागूऔषध तथा डिस्कोबाट टाढै छन्, उनी । १९९४ को विश्वकपमा गि्रसविरुद्ध उनले बायाँ खुट्टाले उत्कृष्ट गोल गरेका थिए । जुन गोल उनको विश्वकपमा आठ वर्षपछि सम्भव भएको थियो । पाको उमेरमा पनि युवा अवस्थाकै जोश देखेर एन्टी ड्रोपिङ संस्थाले उनको रगत परीक्षण गर्‍यो । जसमा प्रतिबन्धित औषधि कोकिन सेवन गरिएको भेट्टाइयो । तत्कालै म्याराडोनालाई १६ महिना जेल सजाय भयो । त्यसपछि पनि उनले निरन्तर रूपमा कोकिन सेवन गर्दै गए । यसरी आएको थियो, म्याराडोनाको कोकिनसहितको जिन्दगी । त्यही कुलतका कारण २००४ मा उनको मुटुमा समस्या देखियो । जीवन-मरणको संघारमा पुगेका म्याराडोनाले जीवन दान पाए पनि । दोस्रो जीवन पाएलगत्तै उनले लागूपदार्थ नखाने कसम खाएका रहेछन् । कोकिनको लतबाट मुक्त हुनुपछाडि उनले भगवान्लाई श्रेय दिएका छन् । स्वयं उनले नै आफू पाँच वर्षदेखि डिस्को नगएको तथा कोकिन सेवन नगरेको खुलासा गरेका छन् ।'धन्यवाद छ भगवान्लाई, विगत पाँच वर्षयता मैले ड्रग्स लिएको छैन, नाइटक्लबमा पनि गएकै छैन,' उनले भने, 'ती सबै दिन मैले राष्ट्रिय टोलीमै केन्दि्रत गरँे ।' प्रशिक्षकका रूपमा अर्जेन्टिनालाई सम्हालेपछि उनले प्रत्येक खेलाडीलाई तिखार्ने काम गरेको तथा एक सफल प्रशिक्षक बन्ने अभियानमा लागेको बताए । 'मेलै पूरै जीवन अर्जेन्टिनी राष्ट्रिय टोलीलाई समर्पित गरेको छु,' उनले भने, 'योबाहेक अरू केही पनि छैन ।' गत आइतबार अर्जेन्टिनाले उरुग्वेलाई १-० ले पराजित गर्दै विश्वकपका लागि छनोट हुँदा आफ्नो खुसीको सिमाना नै नभएको उनले बताए । अर्जेन्टिनालाई विश्वकपमा छनोट गराउन नसके आफैंलाई गोली हानेर सजाय दिने अभिव्यक्तिसमेत दिएका थिए, उनले । 'प्रशिक्षक र खेलाडीका रूपमा सफल भएँ, यदि प्रशिक्षकका रूपमा गत साता टोलीलाई छनोट गराउन नसकेको भए, म आफैँलाई गोली ठोक्ने थिएँ होला,' उनले भने ।तर पनि घमण्डी म्याराडोनाको घमन्ड भने अहिलेसम्म चुर हुन सकेको छैन । त्यसैले होला, फिफाले कारबाही गर्ने चेतावनी दिँदासमेत उनले सञ्चारकर्मीसँग माफी नमाग्ने बताएका छन् । उनको यही घमन्डले उनलाई प्रशिक्षकका रूपमा पाँच खेलको प्रतिबन्धसँगै २० हजार अमेरिकी डलरसम्म जरिवाना तिराउन सक्छ ।

क्षेत्रीलाई आदिवासी जातीमा सूचीकृत गर्न माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
खस क्षेत्रीलाई आदिवासी जातीमा सूचीकृत गरिनुपर्ने माग तीब्र रुपमा उठिरहेको छ । खस क्षेत्रीलाई आदिवासी जातीमा सूचीकृत गरी जनसंख्याको आधारमा राज्यका हरेक अंग र तहमा समानुपातिक प्रतिनिधित्व गराउनुपर्ने क्षेत्री समाज राष्ट्रिय महासंघले जोडदार माग गर्दै आएको छ । महासंघको कीर्तिपुर नगर समितिले माग पूरा गर्न दबाब दिंदै मोटरसाइकल र्‍याली निकालेको छ । कीर्तिपुरबाट शुरु भएको र्‍याली भत्क्या पाटी, चोभार, टौदह, चम्पादेवी, मच्छेगाउँ हुँदै भत्क्यापाटीमा पुगेर कोणसभामा परिणत भएको थियो । र्‍यालीमा सहभागीहरुले सम्पूर्ण क्षेत्रीहरु एक हौं, क्षेत्रीलाई आदिवासी जातीमा सूचीकृत गर लगायतका नारा लेखिएका प्लेकार्ड झुण्ड्याएका थिए ।

एमालेमा खनाल र ओली पक्षबीच चर्काचर्की

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मुलुकको पछिल्लो अवस्थाका बारेमा छलफल गर्न प्रमुख सत्तारुढ दल नेकपा (एमाले) स्थायी समितिको बैठक आज पार्टी मुख्यालय, बल्खुमा बसेको छ । यस्तै पार्टीमा देखिएको विभाजन र असन्तुष्टिका बारेमा पनि बैठकमा छलफल भएको एमालेस्रोतले जनाएको छ । सरकारको नेतृत्व, माओवादीसँगको सम्बन्ध लगायतका बिभिन्न बिषयहरुमा पार्टी संस्थापन पक्ष र प्रभावशाली नेता केपी शर्मा ओली पक्षधरबीच तीब्र मतभेद देखिएको अवस्थाबारे पनि बैठकमा छलफल भएको छ । आजको बैठकले कुनै ठोस निर्णय भने गर्न सकेन । बैठकमा राजनीतिक गतिरोध अन्त्यका लागि पार्टीका तर्फबाट दलीय समझदारी खोज्ने प्रयास जारी राख्ने निर्णय भएको छ । यस्तै बैठकमा पार्टी अध्यक्ष झलनाथ खनालको आसन्न भारत भ्रमणका बारेमा पनि छलफल भएको एमालेका वरिष्ठ नेता एवं प्रधानमन्त्री माधवकुमार नेपालले सञ्चारकर्मीहरुलाई बताउनुभयो । यस्तै पार्टी अनुशासन आयोगको निर्णयविपरीत विभिन्न जिल्लामा समानान्तर संगठनहरु खोलिएको बारेमा पनि छलफल हुने एमालेस्रोतले जनाएको छ । अध्यक्ष खनाल पक्षधरले निर्वाचितहरुलाई पाखा लगाएर आफ्नो पक्षलाई काँखी च्याप्ने काम गरेको भन्दै ओली पक्षधरले विभिन्न जिल्लामा समानान्तर संगठन खोलेका छन् । पार्टीका शीर्ष नेताहरुबीच मतभेद बढ्दै गएपछि केही दिन अगाडि प्रधानमन्त्री माधवकुमार नेपाल, अध्यक्ष झलनाथ खनाल र केपी शर्मा ओलीबीच राजधानीको फाइभ स्टार होटल सोल्टीमा वार्ता भएको थियो । पछिल्लो समयमा अध्यक्ष खनाल र ओलीबीच बोलचाल समेत बन्द भएको चर्चा राजनीतिक वृत्तमा चलेको छ । दुई पक्षमा स्पष्ट रुपमा विभाजित पार्टी नेताहरुबीच आजको बैठकमा चर्काचर्की भईरहेको समेत स्रोतले जनाएको छ ।

हरेक कार्यक्रममा राष्ट्रिय झण्डा र पोसाक अनिवार्य लगाउनुपर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कात्तिक ७ - नयाँ संविधान तर्जुमाका लागि गृहकार्य भइरहेका बेला मुलुकको एकताका प्रतीक मानिने राष्ट्रिय गान, झण्डा, पोसाक तथा चराको नाम बदल्नु पर्दछ भन्ने आवाजलाई चुनौती दिँदै नेपाली काङ्ग्रेस समर्थित मजदुर सङ्गठनको एक समितिले भने राष्ट्रिय पोसाक र झण्डालाई अनिवार्य गरेको छ।नेपाल ट्रेड युनियन काङ्ग्रेस-स्वतन्त्र क्षेत्रीय समिति बागमतीको हालै बसेको बैठकले समितिका पदाधिकारीहरूले समितिद्वारा आयोजना गरिने हरेक कार्यक्रममा राष्ट्रिय पोसाक अनिवार्य लगाउनुपर्ने र कार्यक्रममा राष्ट्रिय झण्डा राख्ने निर्णय गरेको हो। 'राष्ट्रिय पोसाक, झण्डा आदिले हरेक मुलुकको पहिचान कायम राख्ने भएकोले वर्षौंदेखि प्रचलनमा रहेका यी राष्ट्रिय धरोहरहरूको जगेर्ना गर्नु आवश्यक ठानी हामीले यस्तो निर्णय गरेका हौँ', क्षेत्रीय समितिका अध्यक्ष खगेन्द्र खत्रीले बताए। 'यस निर्णयलाई क्रमशः अन्य समितिहरू हुँदै नेपाल ट्रेड युनियन काङ्ग्रेस-स्वतन्त्र र सिङ्गो पार्टीमा पनि लागु गराउन पहल गरिने छ,' उनले भने। उनले सङ्घीयताको नाममा मुलुकलाई विखण्डन गर्न खोज्ने प्रवृत्ति हावी भइरहेकोले यसलाई निरुत्साहित गर्दै राष्ट्रिय एकता, सार्वभौमिकता र अखण्डताका लागि राज्यको पहिचान राख्ने केही प्रमुख आधारस्तम्भहरूलाई भत्किन दिन नहुनेमा जोड दिए।

कांग्रेस कार्यालयमा नेविसंघको ताला

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
उदयपुर, ६ कात्तिक, आफूभित्रको विवाद पार्टीले नमिलाइदिएको भन्दै नेपाल विद्यार्थी संघ उदयपुरले कांग्रेस उदयपुर जिल्ला कार्यसमितिको कार्यालयमा शुक्रबार तालाबन्दी गरेको छ । विवाद समाधान नगरेसम्म पार्टीले गर्ने जुनसुकै कार्यलाई पनि अवरोध गर्ने संगठनले जनाएको छ । तालाबन्दी गर्नुअघि पार्टी कार्यालयमा भेला भएका नेविसंघका पदाधिकारीले एक विज्ञप्ति पढेर सुनाएका थिए । विज्ञाप्तिमा भनिएको छ, 'गत शुभदीपावलीको अवसरमा नेविसंघले दुईवटा खेमामा विभाजित भई देउसी खेलेकोबारेमा पार्टीलाई जानकारी दिई समस्या मिलाउन शुक्रबार साढे तीन बजेसम्म अल्टिमेटम दिँदा पनि पार्टीले त्यसको बेवास्ता गरेका कारण तालाबन्दी गर्नुपरेको हो ।' विज्ञप्तिमा नेविसंघ उदयपुर अध्यक्ष राजकुमार राउत र त्रियुगा जनता बहुमुखी क्याम्पसका नेविसंघ इकाइ अध्यक्ष विनोद कोइरालाले हस्ताक्षर गरेका छन् । नेविसंघका केन्द्रीय सदस्य राकेस खत्रीको उपस्थितिमा पार्टी कार्यालयमा ताला लगाइएको थियो ।

४९ अतिकम विकसित राष्ट्रहरूको नेतृत्व नेपालले गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अमेरिकाको न्युयोर्कमा हालै सम्पन्न संयुक्त राष्ट्र संघको महासभाले नेपाललाई एउटा गतिलो जिम्मेवारी सुम्पेको छ - संसारका ४९ अतिकम विकसित राष्ट्रहरूको नेतृत्व गर्ने। अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालले अहिलेसम्म पाएको सबभन्दा ठूलो भूमिका यही हो। यसअघि लामो समयदेखि बंगलादेशले यो जिम्मेवारी लिँदै आएको थियो। सरकारी अधिकारी तथा अन्तर्राष्ट्रिय बजार विश्लेषकहरूले यसलाई 'सुनौलो अवसर' का रूपमा लिए पनि यसमा खरो उत्रन सजिलो छैन। सन् १९८१ मा स्थापना भएको यो समूह गरिब राष्ट्रहरूको सबभन्दा ठूलो अन्तर्राष्ट्रिय फोरम हो। यसले उठाउने एजेन्डा मान्न विकसित राष्ट्रहरूलाई दबाब पुग्छ। त्यसको नेतृत्व तहमा पुग्नु भनेको नेपालको अन्तर्राष्ट्रिय छविलाई बढावा मिल्नु पनि हो। अबदेखि नेपालले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो कुरा राख्दा त्यसको वजन पहिलेभन्दा बढी हुनेछ। अतिकम विकसित राष्ट्रहरूको जुन समूह लिएर नेपाल अघि बढ्छ, त्यसको बललाई कसैले उपेक्षा गर्न सक्दैन।'अन्तर्राष्ट्रिय फोरमहरूमा अतिकम विकसित समूहको एजेन्डा निर्क्यौल गर्नमा हाम्रो ठूलो हात हुन्छ,' व्यापार विशेषज्ञ रत्नाकर अधिकारी भन्छन्, 'त्यसमध्ये पनि हामी भूपरिवेष्ठित अतिकम विकसित मुलुकहरूका एजेन्डालाई बढी प्राथमिकता दिन सक्छौं। अप्रत्यक्ष रूपमा यसले नेपाललाई फाइदा गरिरहेको हुन्छ।' सार्क सचिवालयका निर्देशक निरञ्जन मानसिंह बस्न्यातका अनुसार अब गरिब देशको हितका निम्ति विकसित देशसँग भिड्ने काम नेपालले गर्छ। 'विकसित देशबाट अतिकम विकसित देशहरूले कति सहयोग ल्याउन सक्छन् भन्ने कुरा हाम्रो रणनीतिक क्षमतामा भर पर्छ,' उनी भन्छन्, 'हाम्रो सफलता र हित यसैसँग जोडिएको छ।' अहिलेसम्मको कूटनीतिक इतिहासमा नेपालले यति ठूलो फोरम र यति ठूलो अधिकार पाएको थिएन। भारतजस्तो देश पनि यो हैसियतमा पुग्न सकेको छैन। ऊ संसारकै शक्तिराष्ट्र बन्ने दौडमा छ, तर आफ्नै छिमेकी राष्ट्रको पूर्ण समर्थन पाउन सकेको छैन। 'नेपालको पछाडि भने अब अतिकम विकसित देशहरूको समर्थन छ। अमेरिका, युरोपेली युनियनमात्र होइन, भारतजस्तो विकासोन्मुख राष्ट्रले पनि हाम्रो एजेन्डा मान्न बाध्य हुनुपर्नेछ,' अधिकारी भन्छन्, 'नेपालको शक्ति यसमै छ।'सरकारी अधिकारीहरू पनि यसमा सहमत छन्। 'नेपालले सुनौलो अवसर पाएको छ,' परराष्ट्र मन्त्रालयको राष्ट्र संघ मामिला हेर्न उपसचिव रुद्रकुमार नेपाल भन्छन्, 'यो सहज रूपमा पाइने अवसर होइन।'

Oct 23, 2009

अर्थमन्त्रीले कर्मचारीहरुको तलब रोक्का हुन सक्ने चेतावनी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अर्थमन्त्री सुरेन्द्र पाण्डेले आउने महिनादेखि दशौं हजार सरकारी कर्मचारीहरुको तलब रोक्का हुन सक्ने चेतावनी दिएका छन्। माओवादीले संसद चल्न नदिएकोले पूर्ण बजेट पारित हुन नसकेको भन्दै उनले पेश्कीबाट खर्च चलाउन अब नसकिने बताए। संसदले साउनमा पारित गरेको पेश्की विधेयक बमोजिम हरेक शीर्षकको कुल बजेटको एक तिहाइमात्र सरकारले खर्च गर्न पाउँछ। उक्त एक तिहाइको सीमा नाघिसकेको हुनाले मन्त्री र सभासदहरुको तलब यसै महिनादेखि रोक्का भएको छ। संसद गतिरोधका कारण पूर्ण बजेट पारित नभएको हुनाले अब सरकारको हातमा खर्च गर्न मिल्ने पैसा रित्तिएको अर्थमन्त्री सुरेन्द्र पाण्डेले बताएका छन्। “गएको महिनादेखि मन्त्रीहरुको तलब रोकियो। यो महिनादेखि सभासदहरुको रोकिएको छ। मंसीरपछि कर्मचारीहरुकोपनि रोकिन्छ,” पाण्डेले भने। तलब भत्ताको साथसाथै बजेट पारित नभएमा विकासलेपनि धक्का बेहोर्ने मन्त्रीले बताए। यसै त कछुवा गतिमा विकास खर्च गरेको अर्थविद्हरुले आरोप लगाइरहेको बेला, मन्त्री पाण्डेले पुस महिनापछि त विकास खर्च ठप्पै हुने जनाए। “विकास खर्चमा पुस महिनापछि प्रभाव पर्ने छ। थोरै खर्च भएकोले त्यतिञ्जेल धान्न सकिन्छ,” उनले बताए। तर त्यो स्थिति आउनुभन्दा पहिलेनै राजनीतिक गाँठो फुकिसक्नेमा उनी आशावादी छन्। पाँच महिनादेखि संसद अवरोध गरीरहेको प्रमुख प्रतिपक्षी एकिकृत नेकपा माओवादीले असार मसान्तमा बजेट पेश गर्नको निम्ति भन्दै केही समय संसद चल्न दिएको थियो। त्यस्तै सदाशय माओवादीले एक पटक फेरी देखाउनेमा अर्थमन्त्री ढुक्क छन्।“बजेट भनेको कुनै दलसंगमात्र सम्बन्धित कुरा होइन। यसले समग्र जनतालाई मर्कामा पार्ने हुनाले मलाई विश्वास छ छिट्टै संसदमार्फत नै पूर्ण बजेट पारित हुन्छ,” मन्त्री पाण्डेले उल्लेख गरे। संसदको गतिरोध चाँडै नसुल्झिएमा बजेट संकट समाधान गर्ने वैकल्पिक उपायहरुबारे सरकारले अहिलेसम्म केही नसोचेको मन्त्रीको भनाई थियो।अध्यादेश ल्याएर भएपनि बजेट अगाडि बढाउने विकल्प अहिले नसोचिएको उनले बताए। कुल झण्डै तीन खर्ब रुपियाँको बजेटमाथि मडारीएको अनिश्चयको कालो बादलले साढे पाँच प्रतिशतको आर्थिक वृद्धिको लक्ष्यलाई ओझेलमा पारीदिएको छ।

भारतीय जहाज नेपाली आकाशमा उडाएपछि सर्वसाधारण त्रसित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भारतीय वायुसेनाले लगातार दुई दिन नेपाली आकाशमा सुपरसोनिक जहाज उडाएपछि सर्वसाधारण त्रसित भएका छन् । सुपरसोनिक जहाज मंगलबार र बुधबार पटक-पटक नेपाली आकाशमा प्रवेश गरे पनि नेपाल सरकारले कुनै प्रतिक्रिया जनाएको छैन । मंगलबार पहिलोपटक बिहान १० बजे ठूलो आवाज र धुवाँको मुस्लोसहित सुपरसोनिक दार्चुला सदरमुकाम खलंगामाथिको आकाशमा देखिएको थियो । केही क्षणमै विमान भारतीय सीमाक्षेत्र धार्चुलातिर हान्निएर दृश्यबाट हराएको थियो ।स्रोतका अनुसार वायुसेनाको जहाजले भारतको पिथौरागढबाट उडान भरेको थियो । जहाज महाकाली नदीको किनारैकिनार कहिले नेपाली आकाशमा त कहिले भारतीय आकाश हुँदै उडिरहेको थियो ।तीव्र वेग, भयंकर आवाज र धुवाँको मुस्लोसहित जहाज उडेपछि सीमाक्षेत्रका नेपाली मंगलबार नै त्रसित भएका थिए । तर, नेपाली प्रशासनले कुनै प्रतिक्रिया नजनाएपछि बुधबार बिहान सुपरसोनिक फेरि नेपाली आकाशमा देखिएको थियो ।मंगलबारजस्तै बुधबार पनि सुपरसोनिक दार्चुला सदरमुकाम खलंगामाथिको आकाश चक्कर लगाएर उत्तरी सीमातिर लागेको थियो ।दार्चुलाका प्रहरीप्रमुख डिएसपी डिल्लीराज विष्टले पनि भारतीय जहाज सुपरसोनिक नेपाली आकाशमा प्रवेश गरेको बताए । 'महाकाली नदी हुँदै जहाज उत्तरतिर उडेको हो, नदी त नागवेली छ, तर जहाज सीधा उडेकोले कहिले नेपाल त कहिले भारतको आकाशमा उडेको होला,' डिएसपी विष्टले भने ।उनले सुपरसोनिक नेपाली आकाशमा प्रवेश गरेपछि बुधबार दिउँसो भारतको धार्चुलाका प्रशासनिक तथा सुरक्षा निकायसँग जानकारी लिन खोजेको जानकारी पनि दिए । भारतीय अधिकारीले सीमाक्षेत्रको नियमित गस्ती गरेको जानकारी दिएका थिए ।तर, सीमाक्षेत्रको गस्ती गर्दा जहाज नेपाल किन प्रवेश गर्‍यो भन्ने विषयमा कुनै छलफल नभएको नेपाली अधिकारीको भनाइ छ । 'उनीहरू (भारतीय सुरक्षा अधिकारी) सँग कुरा गरेका थियौँ, नियमित पेट्रोलिङ हो भन्ने जानकारी आयो,' डिएसपी विष्टले नयाँ पत्रिकासित भने, 'महाकाली-महाकाली भएर उत्तरी क्षेत्रमा पेट्रोलिङ गरेको हो भनेका छन्, यो त नियमित प्रक्रिया हो भन्ने कुरा आयो ।'दार्चुलाका प्रमुख जिल्ला अधिकारी खम्बराज थानीले पनि नेपाली आकाशमा अचानक भारतीय जहाज आएको बताए । 'भारतीय सेनाले सीमाक्षेत्रमा त्यस्तो जहाज उडाउँदैछ भन्ने हामीलाई पूर्वजानकारी थिएन,' उनले भने, 'जहाजले चक्कर लगाएर गयो, त्यसपछि पनि भारतीय पक्षले केही भनेको छैन ।'

चितवन र नवलपरासी क्षेत्रमा ८ सय यौनकर्मी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चितवन कात्तिक ६ - चितवन र नवलपरासीका प्रमुख राजमार्गमा करिब ८ सय यौनकर्मी महिला भएको पाइएको छ। यस क्षेत्रमा काम गर्दै आएको एक संस्थाका कार्यकारी निर्देशक शालिग्राम शर्माले यो क्षेत्रमा यौन व्यवसाय गर्नेहरु बढ्दै गएको बताए। र, भने- आर्थिक अवस्था कमजोर रहेका महिला यस पेशामा लागेको पाइयो। चितवनमा पछिल्लो समयमा मुख्य राजमार्ग क्षेत्रमा यौन व्यवसाय गर्ने महिला बढ्दै गएको सरोकारवाला संघ संस्थाले जानकारी दिएका छन्। सहभागी संस्थाले संचालन गरेको सुरक्षित राजपथ जनस्वाथ्य कार्यक्रम तथा एकिकृत स्वास्थ्य सेवा कार्यक्रमले गरेको अनुसन्धानले राजमार्ग क्षेत्रमा यो व्यवसाय सजिलै फस्टाउँदै गएको पत्ता लागेको जानकारी दिइयो। तर राजमार्गमा हुने यौन व्यवसायलाई सुरक्षित बनाउन पनि उत्तिकै चुनौतीपूर्ण रहेको संस्थाका प्रतिनिधिले बताए।यस पेशामा लागेका महिला खुलेर समाजमा आउन नसकेका कारण रोकथाममा अप्ठेरो परेको वक्ताले बताएका थिए। आर्थिक सहयोग नहुनु, यौन पेशाबाट फर्केका महिलालाई समाजमा गरिने हेय, भेदभाव, दुर्व्यवहार जस्ता कारणले उनीहरु यो पेशा छाडेर आउन नचाहने गरेको उनीहरुको भनाई थियो। साथै यौनकर्मी महिला कम शिक्षित भएकाले उनीहरुमा आफ्नो स्वास्थ्य र भविष्यबारे सचेत हुने सम्भावना पनि नरहेको अनुसन्धानले देखाएको कार्यक्रममा जानकारी दिइएको थियो। उनीहरुको पुनर्स्थापनाका लागि राज्यको कुनै पनि नीति तथा प्रष्ट योजना नहुनु र पुग्दो आर्थिक सहयोग प्राप्त नभएकाले पनि समस्या थपिएको राजमार्गमा अपनाइने यो पेशाको अध्ययनमा संलग्न कर्मचारीले बताए। सुरक्षित यौन व्यवसायको कानुन नेपालमा नभएकाले पनि यकिन तथ्याङक बाहिर आउन नसकेको सहभागी संस्थाले जनाएका छन्। यस पेशाले यौनकर्मीमा मात्र नभई त्यसमा संलग्न रहने पुरुष र तिनका परिवारसमेत जोखिम पार्ने भएकाले स्वास्थ्य कार्यक्रमहरु राजमार्गमा व्यवस्थित गर्नुपर्ने वक्ताहरुको जोड थियो। समुचित कार्यक्रम आए जिल्ला विकास समितिले यस क्षेत्रमा काम गर्न सक्ने चितवनका स्थानीय विकास अधिकारीको भनाई थियो। यस क्षेत्रलाई सुरक्षित स्वास्थ्य प्रदान गर्नेखालका काम गर्न संघ-सस्थालाई सुझावसमेत उनले दिए। जसका लागि राजमार्गका सुरक्षाकर्मी, स्वास्थ्य निकायलगायतलाई सहभागी गराएर अगाडि बढ्नुपर्ने आवश्यकता उनले औल्याए।

माओवादीले १५ कात्तिकसम्म दुई दललाई अल्टिमेटम

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा माओवादीले १५ कात्तिकसम्म चित्तबुझ्दो साझा संकल्प प्रस्ताव तयार गर्न अरु दुई दललाई अल्टिमेटम दिएको छ । कोटेश्वरस्थित केन्द्रीय कार्यालयमा आज बसेको स्थायी समिति बैठकले १५ गतेसम्म सहमतिको प्रयास जारी राख्ने निर्णय गरेको प्रवक्ता दिनानाथ शर्माले जानकारी दिए ।बैठकमा सेनापति थमौती गर्ने राष्ट्रपति डा।रामवरण यादवको कदमले नागरिक सर्वोच्चताको हनन गरेको भन्ने कुनै न कुनै रुपमा सम्बोधन हुनुपर्ने अडान कायम राखेको छ ।बैठकले वर्तमान सरकारको आलोचना गदै सरकार नागरिक सर्वोच्चतालाई टेकेर गठन भएकाले विकल्प खोज्नेबारे पनि छलफल भएको स्रोतले बतायो ।बैठकले १५ गतेसम्म सहमति नभए कडा आन्दोलन थाल्ने निर्णय गरेको छ । त्यस अगाडि सामान्य धर्ना एवं विरोध कार्यक्रम जारी राख्ने निर्णय गरेको प्रवक्ता दिनानाथ शर्माले जानकारी दिए। यसैबीच माओवादी अध्यक्ष प्रचण्डले माओवादीलाई एक्ल्याउने षड्यन्त्र भइरहेको भन्दै कात्तिक १५ सम्ममा पनि सहमति नभए आन्दोलनको तुफानलाई कसैले रोक्न नसक्ने चेतावनी दिए । यद्यपी उनले संबिधान निर्माण प्रक्रियामा माओवादी एक्लै भएपनि पछि नहट्ने बताए । प्रचण्डले नेवा राज्य समितिले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा यस्तो धारणा राखेका हुन् ।