News

Feb 28, 2010

हङकङका भारोत्तोलनमा कीर्तिमानी नरबहादुर राई

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ/निर्मल श्रेष्ठ
फाल्गुन १७, ब्रिटिस गोर्खा सेनाका कारण बहादुर, सोझा र इमानदार छवि गाँसिएको हङकङेली नेपालीहरूमाझ नरबहादुर राईले खेलाडीका रूपमा अर्को परिचय थप्दैछन् । भारोत्तोलनतर्फ उनले गत वर्ष हङकङको राष्ट्रिय कीर्तिमान भंग गरेका छन् ।मास्टर वन हेभिवेट समूहका खेलाडी राईले २००९ मा आयोजित हङकङ पावरलिफि्टङ च्याम्पियनसिपमा डेडलिफ्टतर्फ १७५ र बेञ्चप्रेसतर्फ १ सय ३० किलोग्राम तौल उचालेर हङकङको नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । यसअघि सोही समूहमा चिनियाँ खेलाडीको १७२.५ र १२२.५ किलोग्रामको रेकर्ड थियो । उनी २००८ राष्ट्रिय च्याम्पियनसिपका समेत स्वर्णपदक विजेता हुन् । उक्त प्रतिस्पर्धामा कीर्तिमान नबने पनि उनी आफू सहभागी स्क्वायट, बेञ्चप्रेस र डेडलिफ्ट तीनै विधामा पहिलो भएका थिए ।चौध मुलुक सहभागी एसियन बेञ्चप्रेस च्याम्पियनसिपमा उनले सन् २००८ मा मै आयोजित उनले हङकङलाई कांस्यपदक दिलाएका थिए । राईले २००२ को प्रतियोगितामा सुरुआत नै यहाँ आयोजित अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट गरेको बताए । आफ्नो समूहमा सबैभन्दा बढी तौल उचाले पनि खेल नियम राम्रो नजान्दा उक्त प्रतिस्पर्धामा कांस्यपदकमै सीमित हुनुपरेको तीतो अनुभव पनि उनीसँग छ । यसअघि नेपालमा भएको प्रतियोगितामा समेत उनी सहभागी रहेका थिए । 'धरानमा आयोजित पूर्वाञ्चलव्यापी भारोत्तोलन प्रतियोगितामा प्रथम भएको थिएँ,' उनले भने ।राई अपि्रलमा आयोजना हुने राष्ट्रिय प्रतियोगितामा गत वर्षको आफ्नै कीर्तिमान उछिन्ने दाउमा छन् । उक्त प्रतियोगितालगत्तै फिलिपिन्समा हुने एसियन च्याम्पियनसिपमा हङकङका तर्फबाट उनी सहभागी हुनेछन् । 'हङकङका तर्फबाट सहभागी भए पनि मेरो सफलतामा यहाँका नेपालीको प्रतिष्ठासमेत गाँसिएको छ,' बाबुबाजेका कारण आजसम्म पनि नेपालीको बेग्लै पहिचान भएको उनले बताए । 'भावीपुस्ताका लागि हामीले पनि गर्विलो छाप छाड्नुपर्छ ।' ब्रिटिस गोर्खा सेनाका ४३ वर्षीय सन्तान राईले पारिवारिक समस्याका कारण बीचका केही वर्ष खेललाई निरन्तरता दिन नसकेको दुखेसो पोखे । खोटाङ, दिक्तेल, खार्तम्छाका राई चौध वर्षदेखि हङकङमा छन् । सुरक्षा पेसा अपनाएका उनले बचेका समय खेल अभ्यासमा दिने गरेको सुनाए । 'गाउँघरमा गह्रुँगा सरसामानहरू सजिलै उठाएको देख्दा साथीभाइ निक्कै बलियो छौ भन्दै हौस्याउँथे,' सम्भवतः हङकङमा भारोत्तोलन खेलतर्फका एक्ला नेपाली खेलाडी उनले यसतर्फको आकर्षण खोतल्दै भने, 'रोजगारीका सिलसिलामा सात वर्ष साउदी अरबमा रहँदा वलिष्ठ शरीर बनाउने ध्याउन्नमा जिमखाना धाइयो ।' हङकङ भित्रिएपछि भने राजकुमार र रोशन राईले अभ्यासका लागि सुझाएका उनले बताए । 'जिमखानामै भेटिएका क्यानेडियन मूलका चिनियाँले मैले भार उचालेको देखेर भारोत्तोलनमा सहभागी हुने सल्लाए दिए,' राईले जीउ तन्क्याउँदै भने, 'पहिलोपटकमै मिलेको सफलताले यसैमा रमाइयो ।' बढदो उमेरमा चुलिँदो चर्चा र सफलताले निकै हौसिएका नरबहादुर आफ्नो उमेर समूह र तौलअनुसार सहभागिता जनाइने भएकाले शरीरले साथ दिएसम्म खेललाई निरन्तरता दिने बताउँछन् ।

संघीय लिम्बुवान राज्य परिषदको प्रेस विज्ञप्ति

मितिः २०६६।११।१६
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालअन्तर्गत् जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा सङखुवा-अरुण-सप्तकोशीपूर्वको नौ जिल्ला-झापा, मोरङ्, सुनसरी, पान्थर, इलाम, ताप्लिजोङ्, तेह्रथुम्, धनकुटा र सङखुवासभा)लाई आत्मनिर्णयको अधिकारसहितको विशिष्ट लिम्बुवान स्वायत्त राज्य तथा लिम्बुवानअन्तर्गत् विभिन्न स्वायत्त क्षेत्रहरुको प्राप्तिको आन्दोलनलाई अझ सशक्त र निर्णायक बनाउन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्को विशेष विस्तारित बैठक लिम्बुवानको धरानमा आजबाट शुरुभएको जानकारी गराउँदछौं । २०६६ फागुन १६, १७ र १८ गरी तीन दिनसम्म चल्ने यस विस्तारित बैठकले लिम्बुवानको आजसम्मको आन्दोलनलाई सूक्ष्मरुपमा समीक्षा गर्दै विशेषतः लिम्बुवानका अभिन्न ऐतिहासिक भूभागहरु झापा, मोरङ्, सुनसरी, धनकुटा र सङखुवासभाका पूरै भूभागहरुलाई लिम्बुवान स्वायत्त राज्यभित्रै पर्ने गरी अब बन्ने संविधानमै सुनिश्चित गर्ने गरी महत्वपूर्ण र निर्णायक आन्दोलनबारे विशेष छलफल गरी सो निर्णायक आन्दोलनको घोषणा गर्नेछ । लिम्बुवानका नौवटै जिल्ला र काठमाडौं उपत्यकाबाटसमेत प्रतिनिधित्व रहेको यस विस्तारित बैठकको उद्घाटन प्रमुख अतिथि मञ्चका अध्यक्ष तथा मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्का अध्यक्ष कुमार लिङदेन 'मिराक' बाट गरिएको छ । धन्यवाद !
...............
सूर्य माखिम
महासचिव
मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद

मेशीनले पढ्ने पासपोर्ट जारी गर्ने म्याद बढाउन छलफल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अप्रील १ तारीखभित्र एमआरपी जारी गर्न नभ्याइने भनिएको बेला अब सो म्याद सार्न पहल थालिएको अधिकारीहरुले जनाएका छन्। टेण्डर प्रक्रियामा देखिएको विवादका कारण एमआरपी छाप्ने कम्पनी समेत हालसम्म छनोट हुन नसकेकोले अब आइकाओको समयसीमा नभ्याइने कुरामा शंका रहेन।उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले सो समयसीमा अब नभ्याइने पक्का भएको सार्वजनिक रुपमै स्वीकार गरेकि छिन्।त्यसैकारण अब त्यो समयसीमामै कुनै परिवर्तन गर्न सकिन्छ कि भनेर नेपाली अधिकारीहरुले आइकाओको मुख्य कार्यालयदेखि क्षेत्रीय कार्यालयसम्म सम्पर्क बढाएको परराष्ट्र मन्त्रालयका सचिव मदन भट्टराईले बताएका छन्। हामीले क्यानाडाको मन्ट्रियलस्थित आइकाओको मुख्यालय तथा थाइलैण्डको बैंककस्थित क्षेत्रीय कार्यालयमा सम्पर्क गरेर हाम्रो विशेष परिस्थितिबारे बताइरहेका छौं,” उनले भने। अप्रील १ पछि नयाँ पासपोर्ट बनाएर विदेश यात्रा गर्नेहरुको लागि कुनै वैकल्पिक व्यवस्था गर्न सकिन्छ कि भनेर समेत आइकाओसंग कुराकानी गरिएको भट्टराईले उल्लेख गरेका छन्। “हामीले समयमा नयाँ खालको पासपोर्ट जारी गर्न नसकेको स्थितिमा के गर्ने भनेर समेत छलफल गरेका छौं। यसबारे छिट्टै केही टुंगो लाग्छ,” भट्टराईले बताए। समयमा एमआरपी जारी हुन नसकेमा संसारको अगाडि लज्जाबोध हुने त छँदैछ, वैदेशिक रोजगारको लागि दैनिक विदेश जाने गरेका ६ सय नेपालीहरुलाई समेत अनौठो संकटमा पारिदिनेछ।

पूर्वअधिराजकुमारीको बिहे विज्ञापनमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पूर्वअधिराजकुमार धीरेन्द्र र प्रेक्षाकी छोरी सिताष्माले बिहे गरेको केही समयमै श्रीमान् अभिनेशको निधन भयो, सोसिएल नेटवर्कको साइट एक्सप्याट म्याच डट कममा आएको सन्देशअनुसार सिताष्माले अर्को बिहे गर्न चाहेकी छिन्, जसमा सिताष्माको परिचय र उनले चाहेको वरको योग्यता पनि विस्तृत रुपमा खुलाइएको छ । पूर्वअधिराजकुमारी सिताष्मा शाहले अहिले दरबारमार्गको अन्नपूर्ण होटरपरिसरमा बुटिक सुरु गरेकी छिन् । सात वर्षअघि बिहे गरेर डेढ वर्षअघि श्रीमान् अभिनेश गुमाएकी सिताष्माका तीन वर्षका छोरा पनि छन् । भविष्यका लागि जोडी खोज्दै उनै सिताष्माको परिचयबाट इन्टरनेटको म्याचिङ साइटमा सन्देश जारी भएको छ । साइटमा सिताष्माको तस्बिर छ तर प्रोफाइल लगइन आइरोनीबाट गरिएको छ । सन्देशमा सिताष्माका तस्बिर मात्र छैनन्, उनको उचाइ, मोटाइ, शैक्षिक योग्यतादेखि जोडीको अपेक्षित योग्यता पनि खुलाइएको छ । वेबसाइटमा सिताष्माको यस्तो विज्ञापन देखेपछि उनलाई सम्पर्क गरेको थियो । तर, उनले यस्तो सन्देश जारी गरेको अस्वीकार गरिन् । म आफैंलाई यस्तो फुर्सद र आवश्यकता छैन, तर फोटो र विवरण हेर्दा म नजिककै कसैले यो काम गरेको हुनुपर्छ,’ उनले भनिन् । तर, उनलाई सम्पर्क गरेलगत्तै उनको प्रोफाइलबाट तस्बिर भने हटाइएका छन् । तस्बिर हटाइए पनि विवरण भने अझै बाँकी छन् ।

प्रतिवद्धताविपरीत माओवादीद्वारा बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०१ मार्च,२०१०,एमाले निकट युथफोर्सका कार्यकर्ताहरुले वाईसीएल कार्यकर्ताको हत्या गरेको विरोधमा एकीकृत माओवादीले आज सोमबारदेखि अनिश्चितकालीन सुर्खेत बन्द आह्वान गरेको छ । तीन दिन अगाडि नेपाल भ्रमण बर्ष २०११ मा बन्द हड्ताल नगर्ने प्रतिवद्धतामा पार्टी अध्यक्ष प्रचण्डले हस्ताक्षर गरेको भए पनि माओवादीले आजदेखि सुर्खेत बन्द आह्वान गरेको हो । प्राप्त समाचार अनुसार बन्द आह्वानका कारण सुर्खेत लगायतका जिल्लाहरुमा सवारी साधन ठप्प बन्न पुगेको छ भने बजार बन्द छन् । दोषीमाथि कारवाही नभएसम्म बन्द जारी रहने घोषणा माओवादीले गरेको छ । शनिबार राती सुर्खेतको बोटेचौरमा भएको झड्पमा वाईसीएल कार्यकर्ता मैनतडाका आशाराम विकको मृत्यु भएको थियो । माओवादीले हत्यामा युथफोर्सको संलग्नता रहेको दावी गरेको छ भने युथफोर्सले अस्वीकार गर्दै आएको छ ।

प्रहरी चौकीमा माओवादी आक्रमण, सात प्रहरी घाइते

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०१ मार्च,२०१०,दैलेखको कुशापानीस्थित प्रहरी चौकीमा माओवादीका कार्यकर्ताहरुले आइतबार राती आक्रमण गरेका छन् । आक्रमणबाट प्रहरी चौकीका इञ्चार्ज प्रहरी नायब निरीक्षक सईसहित सात प्रहरी घाइते भएका छन् । माओवादी कार्यकर्ताहरुले चौकीमा रहेका केही हतियार समेत लुटेको प्रहरीले जनाएको छ । प्रहरीलाई उद्धृत गर्दै प्राप्त समाचार अनुसार होली पर्वका अवसरमा एक युवतीलाई रङ लगाएको बिषयमा प्रहरीले आफ्ना सहकर्मीलाई पक्राउ गरेको भन्दै घरेलु हतियारसहित आएका करिब ६० जनाको समूहमा रहेका माओवादी कार्यकर्ताहरुले आइतबार राती ९:३० बजेतिर प्रहरी चौकीमा घेरा हालेर आक्रमण गरेका थिए । आक्रमणबाट प्रहरी चौकी क्षतिग्रस्त भएको छ । गम्भीर घाइते प्रहरी जवान वरण थापाको नेपालगञ्जमा उपचार भईरहेको छ । अहिले इलाका प्रहरी कार्यालय, दुल्लुबाट थप प्रहरी घटनास्थलबाट पठाइएको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्न भएको आशंकामा केहीलाई पक्राउ गरी आवश्यक अनुसन्धान कारवाही गरिरहेको जनाएको छ । घटनास्थल दैलेखको सदरमुकामबाट पश्चिमतर्फ चार घण्टाको पैदल दूरीमा रहेको बताइएको छ ।

संविधानसभाको बैठक बुधबारबाट सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फाल्गुन १६,संविधान सभा बैठक आगामि बुधबार लागि बोलाइएको छ । ३ बजे बस्ने ९४ औं बैठकमा संवैधानिक निकायको स्वरुप निर्धारण समितिलाई अन्तिम रुप दिने बताइएको छ । त्यस्तै बैठकले संविधानसभाको कार्यसूचीसमेत १० औं पटक संशोधन गर्ने संविधानसभा स्रोतले जनाएको छ । गत माघ २१ गतेबाट संविधानसभाको बैठक स्थगित भएको थियो ।

धरानमा लिम्बुवानको विस्तारित बैठक हुँदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/ डी बी आङबुङ
धरान, फागुन १६,संघीय लोकतान्त्रिक गणतन्त्र नेपालअन्तर्गत् जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा सङ्खुवा-अरुण-सप्तकोशीपूर्वको नौ जिल्लाझापा मोरङ् सुनसरी पान्थर इलाम ताप्लिजोङ् तेह्रथुम् धनकुटा र सङ्खुवासभालाई आत्मनिर्णयको अधिकारसहितको विशिष्ट लिम्बुवान स्वायत्त राज्य तथा लिम्बुवानअन्तर्गत् विभिन्न स्वायत्त क्षेत्रहरुको प्राप्तिको आन्दोलनलाई अझ सशक्त र निर्णायक बनाउन संघीय लोकतान्त्रिक राष्ट्रिय माच सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्को विशेष विस्तारित बैठक लिम्बुवानको धरानमा आजबाट शुरुभएको छ। २०६६ फागुन १६ १७ र १८ गरी तीन दिनसम्म चल्ने यस विस्तारित बैठकले लिम्बुवानको आजसम्मको आन्दोलनलाई सूक्ष्मरुपमा समीक्षा गर्दै विशेषतः लिम्बुवानका अभिन्न ऐतिहासिक भूभागहरु झापा मोरङ् सुनसरी धनकुटा र सङ्खुवासभाका पूरै भूभागहरुलाई लिम्बुवान स्वायत्त राज्यभित्रै पर्ने गरी अब बन्ने संविधानमै सुनिश्चित गर्ने गरी महत्वपूर्ण र निर्णायक आन्दोलनबारे विशॆष छलफल गरी सो निर्णायक आन्दोलनको घोषणा गर्नेछ । लिम्बुवानका नौवटै जिल्ला र काठमाडौं उपत्यकाबाटसमेत प्रतिनिधित्व रहेको यस विस्तारित बैठकको उद्घाटन प्रमुख अतिथि माचका अध्यक्ष तथा माचसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्का अध्यक्ष कुमार लिङ्देन 'मिराक' बाट गरिएको छ ।

वनको उपभोक्ता समूहको चुनावमा पनि गोली चल्यो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२८ फेब्रुअरी, ०१०,समूदायीक वन उपभोक्ता समूहको निर्वाचनको मतगणना गर्ने क्रममा विवाद बढेपछि गोली चलेको छ ।मकवानपुरको मनहरी-७ स्थित ज्यामिरेकालिका सामुदायिक वन उपभोक्ता समूहको निर्वाचनपछि मतगणना भइरहँदा एकआपसमा विवाद बढ्दै जाँदा गोली समेत चलेको छ ।मत गणनाको समयमा माओवादी भातृ सङ्गठन वाइसीएल र एमाले निकट युथफोर्सबीच गोली चलेको प्रत्यक्षदर्शी रामजी दाहालले बताए । इलाका प्रहरी कार्यालय, मनहरीका प्रहरी निरीक्षक गोपाल धमलाले आफू मतपेटिका सुरक्षार्थ खटिएकाले गोली चलेको जानकारी नभएको बताएका छन् ।

योग्यता नुपगेका माओवादी लडाकु सम्पर्कबाहिर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
खोटाङ फागुन १६- अनमिनको प्रमाणीकरणमा योग्यता नुपगेका माओवादी लडाकु शिविरबाट बाहिरिए पनि माओवादीको सम्पर्कमा भने आएका छैनन्। सेनामा अयोग्य भन्दै निकालिनेमा खोटाङका मात्र २३ जना छन्। उनीहरुमध्ये एक जनाबाहेक सबै पार्टी सम्पर्कबाहिर छन्। उनीहरु विद्यालय उमेर समूहमा बुर्जुवा शिक्षा नलिने भन्दै माओवादी लडाईमा होमिएका थिए। तर, अहिले पश्चातापमा परेको उनीहरु बताउँछन्। लडाकुमा होमिनुअघिका समकक्षी साथीहरु कतिले डिग्री गरिसके त कति अहिले डिग्रीमा भर्ना भइसके- उनीहरुको गुनासो यस्तै हुने गरेका छन्। पार्टीले केही दिन्छ कि भनेर उदयपुरस्थित बेलसोत शिविरबाट निकालिएपछि, जिल्ला पार्टी कार्यालय दिक्तेल आएका बतासेका अर्जुन नेपाली त्यसै फर्किए। उनी कहाँ पुगेका छन्, के गर्दैछन्–माओवादी नेतृत्वलाई थाहा छैन। ऊ माओवादीको पूर्णकालीन कार्यकर्ता हो, माओवादी जिल्ला सचिवालय सदस्य देवी रिजालले भने– राजनीति गर्नबाहेक उसको अरु विकल्प छैन।शिविरबाट अयोग्य भएर घर फर्कने र पार्टी कार्यालयको सम्पर्कमा आउने एक मात्रै अयोग्य लडाकु हुन् उनी। जिल्लाका २३ जना अयोग्य लडाकुमध्ये उनीबाहेक कोही पनि पार्टी सम्पर्कमा नआएको माओवादीको क्रान्तिकारी पत्रकार सङ्घ खोटाङका अध्यक्ष डिएम चामलिङले बताए। पार्टीले केही व्यवस्था नगरेपछि उनीहरु पार्टी सम्पर्कमा नआएको उनी बताउँछन्। माओवादी जिल्ला सह–सेक्रेटरी उदिम किराती मुक्तिले अयोग्य प्रमाणित लडाकुहरु अहिले परीक्षाको तयारीमा भएकाले पनि पार्टी सम्पर्कमा नआएको बताए। उनका अनुसार अहिले ती लडाक अधिकांश एसएलसी दिँदैछन्। ती लडाकुले पढ्ने इच्छा राखेपछि अहिले परीक्षाको तयारीमा ऊनीहरु जुटेका हुन्।

नेपालकै ठूलो गुफा पत्ता लाग्यो स्वाँरा गाविसमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
गोरखा, फागुन १६- नेपाल पर्यटन वर्ष २०११ लाई सफल पार्न गोरखामा नयाँ पैदलबाटोको खोजी गर्न गोरखाबाट हिँडेको सभासद्सहितको २५ जनाको टोलीले स्वाँरा गाविसमा नेपालकै ठूलो गुफा पत्ता लगाएको छ। स्वाँरा गाविस–८ मा रहेको सो गुफा स्वाँरा, सौरपानी, आरुआवाङ र आरुचनौटे गाविस हुँदै आरुघाटसम्म रहेको र योभन्दा लामो गुफा नेपालमा अर्को नरहेको स्वाँरा एकता क्लबका अध्यक्ष बुद्धिबहादुर गुरुङले बताए।ट्रेकिङ व्यवसायी, पत्रकार, स्थानीय राजनीतिक दल, सभासद्, पर्यटन व्यवसायीसहितको टोली यही फागुन १५ देखि सातदिने अभियानमा गोरखाबाट निस्केको थियो। नेपालको सबैभन्दा ठूलो मानिएको तनहुँको सिद्ध गुफाभन्दा गोरखाको स्वाँरामा रहेको सीता गुफा लामो र ठूलो रहेको स्थानीय धामी बरामले बताए।

लोला हान्ने र रङ दल्ने २ सय ९३ जना पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फागुन १६,होली खेल्ने क्रममा जबर्जस्ती गरेको अभियोगमा २ सय ९३ जना पक्राउ परेका छन्। प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट जबर्जस्ती लोला हान्ने र रङ लगाइदिएको अभियोगमा उनीहरुलाई पक्राउ गरेको हो। प्रहरीले काठमाडौंबाट २ सय ७७ जनालाई पक्राउ गरेको थियो भने ललितपुरमा १६ जना पक्राउ परेका थिए। पक्राउ परेका सबैलाई आइतबार बेलुका चेतावनी दिएर रिहा गरिएको प्रहरीले जनाएको छ। प्रहरीले होलीका दिन ट्राफिक नियम उल्लङ्घन गरेको अभियोगमा काठमाडौँमा २ सय ४१ र ललितपुरमा ११ वटा गरी २ सय ५२ वटा मोटरसाइकल नियन्त्रणमा लिएको थियो।

Feb 27, 2010

अनुगमन नगरेको भन्दै सरकार र अनमिनवीच जुहारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फागुन १५,नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिशन (अनमिन)ले शिविरमा रहेका माओवादी सेनाका सदस्यहरूको संख्या सरकारलाई दिन अस्वीकार गरेपछि सरकार र अनमिनवीच जुहारी चलेको छ।शिविर छाडिसकेका लडाकूको नाउँमा पनि माओवादी पार्टीले तलब लिइरहेको भन्ने विषय मिडियामा आएपछि सरकार लडाकूको यकिन संख्या पत्ता लगाउनतिर लागेको हो। सेना तथा हतियार ब्यवस्थापनको अनुगमनसम्बन्धी सम्झौताको धारा २ मा उल्लिखित गोपनीयताको विषयलाई आधार मान्दै अनमिनले शिविरमा रहेका लडाकुको तथ्याङक उपलब्ध गराउन अस्वीकार गरेको भोलीपल्टै सरकारका प्रवत्ता शंकर पोखरेलले अनमिन प्रमुखले शान्ति सम्झौता नै नपढेको वा अर्थ नबुझेको आरोप लगाएका छन्। 'अनमिन प्रमुखले शान्ति सम्झौता पढेका छैनन् या सम्झौताको अर्थ बुझेका छैनन्,' मन्त्री पोखरेलले भनेका छन्। अनमिनले प्रमाणित गरेका लडाकुमध्ये अधिकांश बाहिरिएको र पठाइएको रकम दुरुपयोग भएको आशंका गर्दै सरकारले तथ्याङक माग्दा नदिएपछि मन्त्री पोखरेल आक्रोशित भएका हुन्। सही लडाकुको हातमा पैसा (तलब) जाओस् भन्ने लागेर लगत लिन खोज्दा अनमिनले सहयोग नगरेपछि सरकार-अनमिन सम्बन्धमा दरार उत्पन्न भएको हो। शान्ति सम्झौताअनुरुप प्रधानमन्त्रीको संयोजकत्वमा गठित विशेष समितिले माओवादी लडाकुको लगत राख्नुपर्ने भएकाले पनि सरकारले अनमिनसँग तथ्यांक मागेको हो। अनमिनको भुमिकालाई लिएर यसअघि नै नेपाली काग्रेस, एमाले लगायतका राजनीतिक दलहरूले असन्तुष्टी जनाउदै आएका थिए। शिविरमा रहेका माओवादी लडाकुहरूको अनुगमन गर्ने जिम्मेवारी पाएको अनमिनले सम्झौतामा उल्लेख भएअनुसार अनुगमन नगरेको भन्दै काग्रेस-एमाले लगायतका दलहरूले असन्तुष्टी जनाउदै आएका थिए।

फागु पर्व आज परम्परागत रूपमा मनाईदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फाल्गुन १६,वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाईदैछ । आजै काठमाडौंको वसन्तपुरमा उपस्थित मानिसहरूले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउदै त्यहा गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुडिखेलमा लगी जलाउछन् । उक्त चीरमा राखिएका ध्वजापताकाहरू औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाउने गरिन्छ । फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिंगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु सुरु हुन्छ । यसैगरी ललितपुरमा उक्त दिन गाडिएको चीर आजै बागमतीमा लगेर सेलाउने गरिन्छ ।आजै राति टुडिखेलमा 'गुरुमापा' नामक राक्षसलाई इटुम्बहालदेखि कही पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको 'जधु' नामक धारामा चुठाउने प्रथा छ । दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आˆना पुत्र प्रहृलादलाई मार्ने उद्देश्यले ब्रहृमाबाट आगोले छुन नसक्ने वरदान पाएकी आˆनी बहिनी होलिकालाई प्रहृलादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफै भष्म भएकी तर भक्त प्रहृलादलाई आगोले छुन नसकेको हिन्दु धर्मशास्त्रहरूमा उल्लेख छ ।

विमानस्थल तीन महिनाभित्र सुधार गर्न निर्देशन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फागुन १५,पर्यटन तथा नागरिक उड्डयन मन्त्री शरतसिंह भण्डारीले विमानस्थलमा रहेका भौतिक पूर्वाधारलाई तीन महिनाभित्र सुधार गर्न निर्देशन दिएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको शनिबार निरीक्षण गरेपछि पर्यटन विभाग र मातहतका कर्मचारीलाई उनले यस्तो निर्देशन दिएका हुन।
आगामी वर्ष दश लाख पर्यटक नेपाल भित्र्याउने महत्वाकाङ्क्षी योजनाका साथ बिहीबार घोषणा गरिएको नेपाल पर्यटन वर्ष–२०११ लाई सफल पार्ने सन्दर्भमा मन्त्री भण्डारी निरीक्षणमा गएका थिए।

नेपालले अमेरिकालाई ५ विकेटले हरायो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२७ फेब्रुअरी,२०१०,आईसीसी लिग डिभिजन-५ क्रिकेट प्रतियोगितामा नेपालले अमेरिकालाई ५ विकेटलाई पराजित गर्दै च्याम्पियन बन्न सफल भएको छ ।कीर्तिपुरस्थित क्रिकेट मैदानमा आज शनिबार भएको खेलमा नेपालका महबुब आलमले अन्तिम चौका प्रहार गर्दै नेपाललाई बिजयी बनाएका हुन् । उनीसँगै ज्ञानेन्द्र मल्ल क्रिजमा रहेका थिए । ७ विकेट लिएका राहुल विश्वकर्मा म्याद अफ दी म्याच घोषित भए । राहुलले ८.२ ओभरमा दुई मेडनसहित १५ रन खर्चेर ७ विकेट लिएका थिए ।अमेरिका ४८ ओभरमा १ सय ७२ रन बनाएर आउट भएको थियो । यस प्रतियोगितामा नेपालका जितपछि नेपाललाई विश्वकप क्रिकेट छनोटमा भाग लिन पाउने बाटो खुला भएको छ । नेपालको जितपछि खेलाडी तथा हजारौंको संख्यामा रहेका दर्शकहरुले कीर्तिपुर क्षेत्रमा बिजयोत्सव मनाएका छन् ।

चिलीमा २५ बर्षयताकै शक्तिशाली भूँइचालो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२७ फेब्रुअरी,२०१०,चिलीमा आज शनिबार शक्तिशाली भूँइचालो गएको छ । यो २५ बर्षयताकै सबैभन्दा ठूलो भूकम्प भएको अन्तराष्ट्रिय मिडियाहरुले बताएका छन् । ८ दशमलव ८ रेक्टर स्केल मापन गरिएको भूकम्पमा परेर मृत्यु हुनेको संख्या ५० नाघिसकेको छ । चिलीका राष्ट्रपति मिसहेली बाचहेलटले सबै जनतासँगै धैर्यमा रहन आग्रंह गरेकी छन् । भूकम्पपछि सानटिगाओका सबै उडान अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको छ ।

१४ आयोगका प्रतिवेदन अहिलेसम्म गोप्य

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१४ फागुन,सरकारले जनआन्दोलन-२ यता देशका विभिन्न भागमा घटेका घटनाको छानबिन गर्न गठन गरेका आयोगले हालसम्म १ करोड ६६ लाखभन्दा बढी खर्च गरेका छन् । यस अवधिमा १९ वटा आयोग बनाइएका छन् तर, पाँचवटाका मात्र प्रतिवेदन सार्वजनिक भएका छन् । १४ वटा आयोगका अध्ययन प्रतिवेदन गुपचुप अवस्थामा नै राखिएका छन् । तिनीहरूमध्ये एउटै आयोगले झन्डै ३० लाखसम्म खर्च गरेको पाइएको छ । गठन भएका आयोगमध्ये सबैभन्दा बढी खर्च कैलालीका पत्रकार जगतप्रसाद जोशीको हत्यासम्बन्धमा गठित आयोगले गरेको देखिन्छ । २०६५ साल १८ मंसिरमा गठन भएको यो आयोगले २९ लाख ५३ हजार ५ सय १३ रुपैयाँ खर्च गरेको गृहमन्त्रालय स्रोतले जानकारी दियो । अधिवक्ता उमेशप्रसाद गौतमको अध्यक्षतामा गठित सो आयोगमा तीन जना सदस्य थिए ।१५ दिनभित्र काम पूरा गर्ने गरी गठन गरिएको सो आयोगले झन्डै एक वर्षको समय लगाएको थियो । १५ कात्तिकमा प्रधानमन्त्री माधवकुमार नेपाललाई प्रतिवेदन बुझाइएको भए पनि सरकारले हालसम्म सार्वजनिक गरेको छैन ।

मेची अंचलमा नेपाल टेलिकम अन्तर्गतका सम्पूर्ण सेवाहरु ठप्प

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
इलाम, फाल्गुन १५,दुई दिनदेखि मेची अंचलमा नेपाल टेलिकम अन्तर्गतका सम्पूर्ण सेवाहरु ठप्प हुदा सेवाग्राही मारमा परेका छन् । शुक्रबार दश बजेदेखि मेचीका झापा, इलाम, पाँचथर र ताप्लेजुङमा ल्याण्ड लाइन, जिएसएम, स्काई र सिडिएमए सेवा ठप्प छन् । त्यस्तै दूरसंचारवाट प्रदान गरिएको इमेल इन्टरनेट सेवा पनि अवरुद्ध छ । झापाको दमकदेखि विर्तामोडसम्मको अप्टिकल लाइनमा खरावी आएकाले समस्या भएको टेलिकमले जनाएको छ । मर्मतकार्य जारी रहेपनि कहिलेसम्ममा सेवा सुरु हुने निश्चित नभएको टेलिकमले जनाएको छ ।

Feb 26, 2010

दुई लिम्बुवान मिले, खम्बुवान अनमेलमै

लिम्वूवान डट व्लगस्पोट डटकम,तेह्रथुम,भरत इङ्नाम/रत्नप्रसाद आचार्य
तेह्रथुम/धरान १३ फागुनः संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद् र संघीय लिम्बुवान राज्य परिषद् पालुङ्वा समूहबीच तेह्रथुम जिल्लातहमा एकीकरण भएको छ । तेह्रथुम सदरमुकाम मेयङ्लुङ्मा बिहीबार पत्रकार सम्मेलन गरी दुबै संगठनका जिल्लाध्यक्षले एकीकरणको घोषणा गरेका हुन् । मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्का जिल्लाध्यक्ष देवनारायण सम्बाहाङ्फेका अनुसार एकीकरणपछि नाम पनि संघीय लिम्बुवान राज्य परिषद नै कायम गरिएको छ । पालुङ्वा समूहको जिल्लाध्यक्ष प्रेम तुम्बाहाङ्फेले लिम्बुवान स्वायत्त राज्य प्रप्तिका लागि लिम्बुवान संगगनहरुबीच एकीकरण आवश्यक रहेको बताए । उनले दुबै संगठनबीच जिल्ला तहमा एकीकरण गरिएको जानकरी दिए । पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा विभाजित लिम्बुवान संगठनहरुबीच एकीकरणका लागि केन्द्रीय नेताहरुलाई दवाब दिन जिल्ला तहमा एकीकरण गरिएको उल्लेख छ । दुबै संगठनका जिल्लाध्यक्षद्वारा हस्ताक्षरित विज्ञप्तिमा लिम्बुवान आन्दोलनलाई निर्णायक बनाउन केन्द्रीय तहमा पनि एकीकरण गर्न नेताहरुलाई आग्रह गरिएको छ । पालुङ्वा समूहका जिल्लाध्यक्षलाई परिषदको केन्द्रीय पार्षद्मा समावेश गर्ने र अन्य जिल्ला समितिका सबैलाई जिल्ला समितिमै समावेश गर्ने सहमति भएको छ । यस्तै, दुबै संगठनका भातृसंगठनलाई पनि जिल्ला तहमा एकीकरण गरिनेछ । यसैबीच, खम्बुवान राज्यको माग गर्दै पूर्वी पहाडी जिल्लामा शान्तिपूर्ण आन्दोलन गर्दै आएका खम्बुवान राष्ट्रिय मोर्चा र खम्बुवान डेमोक्रेटिक फ्रन्टबीच एकताको प्रयास भने विफल भएको छ । किरात खम्बुवान राष्ट्रिय मोर्चाका सचिव संगम किराती र सदस्य जगन किरातीको पहलमा बुधबार र विहीबार धरानमा एकीकरणको सम्बन्धमा छलफल भएको थियो । छलफलमा मोर्चाका महासचिव उत्तर खम्बू र फ्रन्टका महासचिव छिवाहाङ् राई सहभागी थिए । वार्तामा एकअर्काले आरोपप्रत्यारोप लगाएका कारण एकता प्रयास विफल भएको एक सदस्यले बताए । उलने एकता प्रयस विफल भए पनि फेरि वार्तामा बस्ने सहमति भएको जानकरी दिए ।

सुनकोशीको ठाउँमा वल्लो किराँत माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वल्लो किराँत संघीय राज्य परिषद्ले राज्य पुनःसंरचना तथा राज्य शक्ति बाँडफा’ड समितिद्वारा घोषित १४ प्रदेशभित्र सुनकोशी प्रदेश खारेज गर्न माग गरेको छ। यही २०६६ माघ १७ गते गठित राज्य परिषद्को निर्णयभन्दै शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराइएअुनसार सोलुखुम्बु, ओखलढुंगा, दोलखा, रामेछाप, सिन्धुली जिल्ला पूरै, उदयपुरको १८, काभ्रेको ५३, सिन्धुपाल्चोकको २२ गा.वि.स. र महोत्तरी, सिराह, धनुषाको चुरे पर्वत उत्तरी भूभागलाई पुनः संरचनामा वल्लो किराँत स्वायत्त प्रदेश घोषणा गर्नुपर्ने बताइएको छ।आई.एल.ओ. महासन्धि-१६९ लगायतका मानवअधिकार दस्तावेज प्रदेशहरूमा सुनिश्चित गर्नुपर्ने भन्दै केन्द्रीय तदर्थ समितिका संयोजक मनप्रसाद सुनुवार, सह-संयोजक युवराज जिरेल, इन्द्र हायु, कविराज थामी, कुमार जेरो, दन्तुराम बाहिङ, शुक्र सुरेल र लोकेन्द्र जेरोलगायतले संयुक्त पत्रकार सम्मेलन गरी संर्घषको घोषणा गरेका हुन्।

एशियाका दलहरुको सम्मेलन काठमाडौंमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२७ फेब्रुअरी,२०१०,दक्षिण एशियाका मुलुकहरुका राजनीतिक दलहरुको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन आज शनिबारदेखि काठमाडौंमा शुरु भएको छ ।नेकपा (एमाले)को आयोजनामा हुन लागेको सम्मेलनमा दक्षिण एसियाका भारत, चीन, फिलिपिन्स, भियतनाम लगायतका २० भन्दा देशका राजनीतिक दलहरुको सहभागिता रहेको छ । सम्मेलनमा दक्षिण एसियाका देशहरुको समग्र अवस्था, नेपालको आर्थिक समाजनीति, उन्नति लगायतका बिषयमा छलफल हुने बताइएको छ ।

महानिर्देशक र उपमहानिर्देशक नियुक्त

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फागुन १५,ऊर्जा मन्त्रालयले विद्युत् विकास विभागको महानिर्देशकमा सुनिलबहादुर मल्ललाई नियुक्त गरेको छ। ऊर्जाले सामान्य प्रशासन मन्त्रालयको सहमति लिएर विभागकै उपमहानिर्देशक मल्ललाई महानिर्देशकको जिम्मेवारी दिएको हो।विभागका महानिर्देशन श्रीरञ्जन लाकौललाई तीन साताअघि ऊर्जा मन्त्रालयमा सरुवा गरिएपछि उक्त पद रिक्त थियो।सरकारले विभागको उपमहानिर्देशकमा डीबी सिंहलाई नियुक्त गरेको छ। पञ्चेश्वर बहुउद्धेश्यीय परियोजना प्रमुख सिंहलाई विभागको उपमहानिर्देशकको समेत जिम्मेवारी दिइएको हो।

प्रमुख दलका शीर्ष नेताहरु भारतको पटनामा भेला

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२७ फेब्रुअरी,२०१०,दलहरुबीचको तिक्तता र मतभेदका कारण नेपालको शान्ति प्रक्रिया र नयाँ संविधान निर्माण धरापमा परेको विश्लेषण भईरहेकै अवस्थामा समस्याको समाधान खोज्न प्रमुख दलका शीर्ष नेताहरु भारतको पटनामा भेला भएका छन् । प्राप्त समाचार अनुसार नेपालको राजनीतिक गतिरोध अन्त्यको उपाय खोज्नका लागि केही भारतीय नेताहरुको पहलमा प्रमुख दलका शीर्ष नेताहरु पटना पुगेका हुन् । भेलामा राष्ट्रिय स्वाधिनताको मुद्दा उठाई भारतविरुद्ध आन्दोलन गर्दै आएको एकीकृत माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराई, नेपाली काँग्रेसका महामन्त्री बिमलेन्द्र निधि, केन्द्रीय सदस्य प्रदीप गिरी, एमाले र मधेसी जनअधिकार फोरमका नेताहरुको सहभागिता रहेको बताइएको छ ।

सिराहाको धनगढी बजार तनावग्रस्त

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सिराहा, १४ फागुन,स्थानीय व्यवसायी र शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा शुक्रबार सिराहाको धनगढीमा प्रहरी र स्थानीयबीच झडप भएको छ । झडपका कारण धनगढी बजार दिनभर तनावग्रस्त बन्यो । गाढा गाविस-१ का शम्भु गुप्ताको अपहरणमा संलग्न रहेको आशंकामा प्रहरीले धनगढी बजारका तीन व्यवसायी र एक शिक्षकलाई बिहीबार राति नियन्त्रणमा लिएको हो । गुप्ता सोमबार राति आफ्नै घरबाट अपहरणमा परेका थिए । निर्दोषलाई नियन्त्रणमा लिइएको भन्दै स्थानीय बासिन्दाले शुक्रबार बिहानैदेखि धनगढी बजारमा प्रदर्शन गरेका थिए । उनीहरूको रिहाइको माग गर्दै सयौँको संख्यामा आएका स्थानीयले पूर्व-पश्चिम राजमार्गको धनगढी सडकखण्ड टायर बालेर अवरुद्ध गरे । राजमार्ग खुलाउने क्रममा प्रहरी र स्थानीयबीच पटक-पटक झडप भएको हो । झडपका क्रममा करिब आधा दर्जन स्थानीय र पाँचजना प्रहरी जवान घाइते भएका छन् । प्रहरीको कुटाइबाट मोहनपुर कमलपुर गाविसका देवनारायण यादव, मोहमद इस्लाम खान, धनगढी बजारका होटल व्यवसायी सरस्वतीदेवी साहलगायत ६ जना घाइते भएका छन् । स्थानीयले प्रहार गरेको ढुंगा लागेर वडा प्रहरी कार्यालय लाहानका प्रहरी जवान उमेश यादवसहित पाँचजना घाइते भएका छन् । घाइते स्थानीय र प्रहरी जवानहरूको लाहान अस्पतालमा उपचार भइरहेको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले चार सेल अश्रुग्याससमेत प्रहार गरेको थियो । झडपका क्रममा प्रहरीले स्थानीयवासीको घरभित्र प्रवेश गरेर कुटपिट तथा होटल तोडफोड गरेको घाइते सरस्वतीका पति शिवदयाल साहले बताए । उनले भने, 'झडपपछि प्रहरीको एक टोलीले होटलमै प्रवेश गरेर तोडफोड गरे ।' उनका अनुसार प्रहरीले सरस्वतीको शरीरमाथि तातो तेलको कराइ घोप्ट्याउँदा सरस्वती घाइते भएकी हुन् । गुप्ता अपहरणको आशंकामा प्रहरीले धनगढी बजारका व्यवसायी विजयकुमार महतो, महेन्द्र भगत, रामसुफल महतो र लाहान नगरपालिकाका शिक्षक गंगाराम यादवलाई पक्राउ गरेको थियो । उनीहरूलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको लाहानका प्रहरी निरीक्षक विपीन रेग्मीले बताए । उनले भने, 'नियन्त्रणमा लिएका चारैजनामाथि छानबिन हुँदै छ, दोषी नठहरिए छाड्छौँ ।'यसअघि गुप्तालाई अपहरणमुक्त गर्न प्रहरीले गरेका प्रयास असफल हुदै आएका छन् । प्रहरीले विशेष टोलीमार्फत अपहरित गुप्तालाई बिहीबार राति मुक्त गराउन बनाएको योजना पनि असफल भएको छ । सिराहाका प्रहरी नायव उपरीक्षक राजेन्द्र बस्नेतका अनुसार अपहरणकारीले आठ लाख फिरौती मागेका र फिरौती लिएर परिवारजनसँगै गए पनि अपहरणकारी उम्केका बताए । अपहरणकारीले गुप्ताको परिवारजनसँग आठ लाख फिरौती लिन लागेको थाहा पाएपछि पक्राउ गर्न अपहरितका छिमेकी विजय गुप्ताको सहयोगमा पक्राउ गर्ने योजना बनाएको उनले जानकारी दिए । 'परिवारजनसँगै फिरौती रकमसहित सिभिल ड्रेसमा सुरक्षाकर्मीको टोली अपहरणकारीले तोकेको स्थान धनगढी चौकस्थित नागवंशी पानपसलको छेउ पुग्यौँ,' प्रनाउ बस्नेतले भने, 'अपहरणकारीले फिरौती लिनुअघि हाम्रो टोलीले लगाएको नकाब खोल्न भने । नकाब खोल्नासाथ अपहरणकारीले सुरक्षाकर्मी भएको पत्तो पाएर गोली चलाए ।' सो क्रममा सुरक्षाकर्मीले पनि जवाफी फायरिङ गरेपछि अपहरणकारी भागेको उनले दाबी गरे । सुरक्षास्रोतले भने अपहरणकारीले गोली चलाएपछि भागेको प्रहरी टोलीले राजमार्गनजिकको बस्तीमा पुगेर हवाई फायर गरेको जनाएको छ । अपहरणकारी पक्राउ गर्न नसकेको प्रहरीले आशंका गर्दै अनाहकमा व्यवसायीलाई नियन्त्रणमा लिएको स्थानीय बासिन्दाले आरोप लगाएका छन् । अपहरणकारी पक्रन नसकेर भागेका प्रहरीले व्यवसायी तथा शिक्षकलाई पक्रनु न्यायसंगत नभएको स्थानीयको भनाइ छ । स्थानीय कृष्णबहादुर यादव भन्छन्, 'अपहरणकारीहरू गोली चलाउँदै भाग्दासमेत केही गर्न नसक्ने प्रहरीप्रति नै शंका उब्जिएको छ । यसमा प्रहरीको मिलेमतो देखिन्छ ।'

'नेपाल पर्यटन वर्ष २०११' को औपचारिक सुरुवात

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फागुन १४,'नेपाल पर्यटन वर्ष २०११' को औपचारिक सुरुवात गर्ने क्रममा विभिन्न ठाउँबाट राष्ट्रिय झण्डासहितको जुलुस टुँडिखेल सैनिक मञ्चमा भेला हुने क्रम जारी छ। प्रधानमन्त्री माधवकुमार नेपालले अपराह्न ३ बजे टुँडिखेलमा शान्तिदीप बालेर पर्यटन वर्ष उदघाटन गर्ने कार्यक्रम छ। दीप लुम्बिनीबाट ल्याइएको हो।टुँडिखेलको उदघाटन कार्यक्रममा जम्मा हुन सभागृहबाट राजनीतिक दल र भातृ संगठन, लैनचौरबाट पर्यटन व्यवसायी, प्रज्ञा प्रतिष्ठानबाट उद्योगी, व्यवसायी, पेसागत क्षेत्र, दशरथ रंगशालाबाट खेलाडी, सञ्चारकर्मी र वसन्तपुरबाट जातीय प्रतिनिधिलगायतले र्‍याली गर्दै आएका हुन्।

१७ जना तिब्बती नागरिकलाई प्रहरीले पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दोलखा, फाल्गुन १४, चीनसँग सिमा जोडिएको दोलखाका लामावगर नाका हुदै अवैधरुपले नेपाल प्रवेश गरेका १७ जना तिब्बती नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकामा दस महिला र सात जना पुरुष रहेका छन् । उनीहरु लामावगर नाका हुँदै भारतमा दलाई लामा भेट्न जान लागेको प्रहरीले जनाएको छ ।सीमा प्रहरी चौकी लामावगर र गोगरवाट टोलीले नेपाल प्रवेश गरेका उनीहरुलाई बिहीबार साँझ पक्राउ गरेको हो । पक्राउ परेका सवैलाई शुक्रवार दिउँसो जिल्ला प्रहरी कार्यालय दोलखामा ल्याइएको छ । शनिवार र आइतवार सार्वजनिक विदा परेकाले उनीहरुलाई सोमवार अध्यागमन विभागको जिम्मा लगाउने दोलखाका प्रहरी नायव उपरिक्षक धिरजप्रताप सिंहले वताए । उनीहरुसहित फागुनमा मात्र दोलखाको लामावगर नाका हुदै नेपाल प्रवेश गरेका ५० जना तीव्वती नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

गेष्ट हाउसमा आपत्तिजनक अवस्थामा ४३ जनालाई पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बनेपा, फागुन १३,प्रहरीले विभिन्न बनेपाका गेष्ट हाउसमा आपत्तिजनक अवस्थामा भेटिएका २६ र जुवातास खेलिरहेका ४३ जनालाई पक्राउ गरेको बताएको छ। इलाका प्रहरी कार्यालयको विशेष टोलीले आपत्तिजनक अवस्थामा रहेका पाँच जोडीलाई बनेपाको चण्डिका, चण्डेश्वरी, भ्याली र वेलकम गेष्टहाउसबाट पक्राउ गरेको छ। यसैगरी बुधबार साँझ शिव गेष्ट हाउस धनेश्वरबाट ७ युवती र फूलबारी रेष्टुरेण्ट आईस किलोबाट ३ युवा र ६ युवतीलाई पक्राउ गरको छ। पक्राउ पर्नेहरुमा १८ देखि २६ वर्ष उमेर समूहका रहेका छन्।विगतदेखि नै बनेपाका केही गेष्ट हाउसहरुमा खुल्लेआम यौनजन्य क्रियाकलाप भइरहेको स्थानीयबासीले गुनासो गर्दै आए पनि प्रहरीले कारबाही गर्ने हिम्मत गरेको थिएन।'एकहप्ता लामो रेकी (निगरानी) पछि कारवाही गर्न सकिएको हो' प्रहरी निरीक्षक रुपेश खड्काले जानकारी दिए।केही दिन पहिलेमात्र सरुवा भई बनेपा आएका उनले उपत्यकानजिकैको शहर बनेपामा सामाजिक अपराध बढ्दो क्रममा रहेको गुनासो आएकाले कारवाही तीव्र बनाएको समेत बताए।प्रहरीले बुधबारसम्ममा बनेपाका चार छुट्टाछुट्टै स्थानबाट जुवा-तास खेलिरहेका समुहलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरु बनेपा नपा-४ नयाँबस्तीबाट ८ जना, बनेपा-१० तरकारीबाजारबाट १४ जना, महेन्द्रज्योतीबाट ९ जना, बनेपा-१० गोदामचोकबाट १२ जना छन्। प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेकै अवस्थामा नगदसहित पक्राउ गरेको छ।अब आइन्दा यस्ता क्रियाकलाप नदोहोर्‍याउने शर्तमा पक्राउ परेकाहरुलाई छाड्ने प्रहरी निरीक्षक खड्काले बताए।

Feb 25, 2010

१६ दलले वर्षभरी बन्द हड्ताल नगर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फागुन १४,यदि आफ्नो प्रतिवद्धतामा कायम रहने हो भने आगामी वर्षभरी नेपालमा कुनै बन्द, हड्ताल र चक्काजाम हुने छैन्। दस लाख पर्यटक ल्याउने उद्देश्य लिएर घोषणा गरिएको 'नेपाल पर्यटन वर्ष २०११' सफल पार्न बिहीबारसम्ममा १६ दलले यसको लिखित प्रतिबद्धता जनाएका छन्।नेपाली काँग्रेस, एनेकपा माओवादी, नेकपा एमाले, मधेशी जनअधिकार फोरम, राष्ट्रिय जनशक्ति, नेपाल सद्भावना, तराई मधेश लोकतान्त्रिक, मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक), राष्ट्रिय प्रजातान्त्रिक, माले, नेपा राष्ट्रिय पार्टी, चुरे भावर, सद्भावना (आनन्दीदेवी), नेपाल समाजवादी प्रजातान्त्रिक, नेकपा संयुक्त र परिवार दलले पर्यटन वर्ष अवधिभर बन्द, हडताल र चक्काजाम नगर्ने लिखित प्रतिबद्धता जनाएका हुन्।प्रधानमन्त्री माधवकुमार नेपालले आज टुँडिखेलमा शान्तिदीप बालेर पर्यटन वर्ष उदघाटन गर्ने कार्यक्रम छ। दीप लुम्बिनीबाट ल्याइएको हो। टुँडिखेलको उदघाटन कार्यक्रममा जम्मा हुन सभागृहबाट राजनीतिक दल र भातृ संगठन, लैनचौरबाट पर्यटन व्यवसायी, प्रज्ञा प्रतिष्ठानबाट उद्योगी, व्यवसायी, पेसागत क्षेत्र, दशरथ रंगशालाबाट खेलाडी, सञ्चारकर्मी र वसन्तपुरबाट जातीय प्रतिनिधिलगायतले र्‍याली गर्दै आउनेछन्।पर्यटन वर्ष उदघाटनको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यका अधिकृत प्रचण्डमान श्रेष्ठले पर्यटन वर्ष अवधिभर राजनीतिक दलहरूले बन्द, हडताल र चक्काजाम नगर्ने लिखित प्रतिबद्धता जनाउनु महत्वपूर्ण कदम भएको धारणा राखे।'यो लिखित प्रतिबद्धता राजनीतिक दलको आर्थिक क्रान्तिप्रतिको धारणा जान्ने पक्षा हो,' उनले भने, 'उनीहरूको प्रतिबद्धताबाट हामी उत्साहित छौं।' राजस्व वृद्धि, रोजगार, व्यापार सन्तुलन, भुक्तानी सन्तुलन, प्राकृतिक, सांस्कृतिक, धार्मिक सम्पदास्थल संरक्षणका लागि पर्यटन वर्ष घोषणा गरिएको उनले बताए।'पर्यटन क्षेत्रलाई नेपालको आर्थिक विकास र नेपालीको सम्पन्नताको प्रमुख आधार बनाउने उद्देश्यले आयोजित नेपाल पर्यटन वर्ष २०११ अभियान सफल पार्न पर्यटक तथा पर्यटन सेवा प्रवाहमा प्रतिकूल असर पर्ने बन्द, हडताललगायतका कार्यहरू हुन नदिनेतर्फ पूर्ण प्रतिबद्धता व्यक्त गर्दछौं। साथै, मुलुकको मुहार फेर्न आर्थिक क्रान्तिको यो अभियान सफल पार्न सम्पूर्ण नागरिकहरूमा हार्दिक आह्वान गर्दछौं,' प्रतिबद्धतापत्रमा लेखिएको छ।पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव नगेन्द्रप्रसाद घिमिरेले सन् २०११ सुरुसम्ममा नेपाल उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको संख्या ३२ पुग्ने जानका दिए। हाल २५ कम्पनीले उडान गरिरहेका छन्।यसैबीच पर्यटन वर्ष २०११ सफल पार्न प्रमुख राजनीतिक दलका नेताहरू नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले भव्यरूपमा मनाउने प्रतिबद्धता जाहेर गरेको बुधबारको मन्त्रिपरिषद्मा जानका गराइएको छ। शुक्रबार पर्यटन वर्ष उदघाटन गर्नका लागि नेपाली सैनिक मञ्चमा भव्य कार्यक्रमको आयोजन गर्ने र त्यसमा सबै संवैधानिक निकाय र मन्त्रिपरिषदका सबै सदस्य आमन्त्रण गरिएको छ ।

नयाँ पासपोर्ट ल्याउने परराष्ट्र मन्त्रीको प्रस्ताव अस्वीकृत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फागुन १४, सार्वजनिक लेखा समितिको निर्देशनपछि मन्त्रिपरिषद्ले भारतबाट नयाँ पासपोर्ट ल्याउने परराष्ट्र मन्त्रीको प्रस्ताव अस्वीकृत गरेको छ। मन्त्रिपरिषद् बैठकले 'पासपोर्टसम्बन्धी परराष्ट्र मन्त्रालयको प्रस्ताव फिर्ता लिन' लगाएको सरकारका प्रवक्ता मन्त्री शंकर पोखरेलले संवाददाताहरूलाई जानकारी दिए।
सार्वजनिक लेखा समितिले आधुनिक राहदानी छपाइसम्बन्धी टेन्डर प्रक्रियालाई निरन्तरता दिन परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको केही घन्टापछि बिहीबारै बसेको बैठकले यस्तो निर्णय गरेको हो। भारतबाट मेसिन रिडेबल पासपोर्ट (एमआरपी) छपाई गर्ने परराष्ट्र मन्त्रालयको प्रस्तावमाथि छलफलमा बैठकले 'आवश्यकताअनुसार द्विपक्षीय वार्तालगायतका प्रक्रिया पूरा गरी मितव्ययी तवरमा समयभित्रै एमआरपी पासपोर्टको व्यवस्था मिलाउन' मन्त्रालयलाई निर्देशन दिएको छ। उपप्रधान तथा परराष्ट्र मन्त्री सुजाता कोइरालाले भने सरकारको निर्णयको आशय भारतलाई नै छपाइ गर्न दिने भएको जिकिर गरेकी छन्। 'यो भनेको भारतलाई नै दिने हो', उनले भनिन्,'त्यसका लागि एकजना मन्त्री छिट्टै भारत जाँदै हुनुहुन्छ।''नेपाललाई अप्रिल १ देखि नयाँ पासपोर्ट एमआरपीमा जाने भन्ने छ, त्योभन्दा अगाडि जुन पासपोर्ट लिइएका छन्, त्यो पासपोर्टका सम्बन्धमा पनि जानकारी गराइने छ,' मन्त्रिपरिषद्को निर्णय सुनाउँदै गृहमन्त्री भीम रावलले सञ्चारकर्मीलाई भने, 'अहिले जारी भएका पासपोर्ट ५ वर्षका लागि वैध हुन्छन्। त्यसका लागि अप्रिल १ मा नयाँ पासपोर्ट जारी गर्ने विशेष परिस्थिति भएकाले परराष्ट्र मन्त्रालयलाई जिम्मेवार भइ काम गर्न निर्देशन दिने निर्णय भएको छ।'

विश्वकै होचो व्यक्ति नेपालका खगेन्द्र थापामगर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२६फेब्रुअरी,२०१०,नेपालका खगेन्द्र थापा मगर विश्वकै होचो व्यक्ति बन्न सफल भएका छन् । खगेन्द्र होचो व्यक्तिका रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डस्मा दर्ता हुने भएका छन्। गिनिज बुकमा नाम लेखाउन केही दिन अगाडि इटली पुगेका खगेन्द्रको गिनिज बुकमा नाम लेखिने पक्कापक्की भएको खगेन्द्र थापामगर प्रतिष्ठानका छ। खगेन्द्र थापा प्रतिष्ठानका अनुसार खगेन्द्रको उमेर अनुसार उनी भन्दा होचो व्यक्ति अरु नभएकाले गिनिज बुकमा नाम लेख्न इटलीमा रहेको गिनिज बुक अफ वर्ल्ड रेकर्डस् सहमत भएको छ। कास्कीका १७ बर्षीय खगेन्द्रको उचाई २० इञ्च मात्र रहेको छ भने उनको तौल केवल ५ किलोग्राम रहेको छ ।

रिक्त पाँच सचिव पदमा पदोन्नति गर्न सिफारिस

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फागुन १३,बढुवा समितिले रिक्त पाँच सचिव पदमा पदोन्नति गर्न सिफारिस गरेका १५ जनामध्येबाट मन्त्रिपरिषद्ले ५ सचिव नियुक्त गरेको छ। आज बसेको बैठकले समितिले योग्यताक्रमअनुसार सिफारिस गरेकामध्ये अघिल्ला ५ जनालाई नै सचिव छानेको हो। यसरी छानिने सचिवमा शितलबाबु रेग्मी, विमल वाग्ले, महेन्द्र श्रेष्ठ, माधव घिमिरे र आनन्द पोखरेल छन्।बढुवा समितिले पठाएको सूचीअनुसार नै मन्त्रिपरिषद बैठकले १ देखि ५ नं. सम्मका योग्यताक्रमका सहसचिवलाई सचिवमा छानेको हो।लोकसेवा आयोगका अध्यक्ष कृष्ण पोखरेलको अध्यक्षतामा बुधबार बसेको समितिको बैठकले सचिवका लागि योग्यता पुगेका सहसचिवमध्येबाट कार्यसम्पादन मूल्याङ्कन र जेष्ठताका आधारमा उनीहरुको नाम सिफारिस गरेको हो।समितिले निजामती ऐन तथा नियमावलीअनुसार सचिव बढुवाका लागि आवश्यकभन्दा तेब्बर बढी नाम सिफारिस गरेको हो।

विवाहमण्डपबाटै खोसिइन् बेहुली

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कपिलवस्तु, १३ फागुन,विवाहमण्डपमा जब बेहुलाले बेहुलीको सिन्दुर रंगाउन हात उठाउँछ, एकाएक अर्को व्यक्तिको प्रवेश हुन्छ, जसले बिहे रोक्छ र बेहुलीलाई उठाएर लैजान्छ ।फिल्ममा थुप्रै देखिने यस्तो दृश्य बुधबार कपिलवस्तुमा प्रत्यक्ष देखियो । विवाहमण्डपबाट बेहुलीलाई उनका प्रेमीले उठाएर लगे भने बेहुलीको सिन्दुर रंगाउन ठीक परेका बेहुला रित्तो हात फर्के । कपिलवस्तुको पत्थरदेइया-५ चौवाका रामबहादुर सुनारकी छोरी मञ्जुको रूपन्देहीको रुद्रपुर-८ का कुलबहादुर विकसित बिहे हुन लागेको थियो । जन्तीसहित बेहुली लिन आएको विक परिवारले फिल्मी शैलीमा बेहुली अर्कैले लैजाँदा हेरेकोहेर्‍यै हुनुपर्‍यो । मञ्जुको घरदेखि डेढ किलोमिटर टाढा पत्थरदेइया-४ अमलवानिवासी मधु गौतमसित दुई वर्षदेखि प्रेमसम्बन्ध रहेको खुलेको छ । बेहुलाकै पहिरनमा हुर्रिंदै आएका मधुले बेहुली लगेमा जन्ती फर्किन नदिने चेतावनी दिएपछि खाली हात फिर्ता पठाएको मञ्जुका बाबु रामबहादुरले बताए । उनका अनुसार मञ्जुले आफ्नो थर फेरेर घिमिरे लेख्दै आएकी थिइन् । 'उसको अर्कैसित लभ परेको रहेछ, हामीलाई थाहा भएन,' रामबहादुरले भने । उनका अनुसार मञ्जुले कुलबहादुरसित बिहेका लागि सहमति जनाएकी थिइन् । तर, विवाहमण्डमा सिन्दुर लगाउने वेला अर्का बेहुला प्रकट भएपछि सबै चकित परेका थिए । मधुले धम्की दिन थालेपछि केही समय तनाव उत्पन्न भएको थियो । बेहुला रूपन्देही रुद्रपुरका विकले आफूलाई खालीहात पठाएर इज्जतमाथि दाग लगाइएको आरोप लगाएका छन् । जन्ती खाली हात फर्किएपछि घरमा अशुभ हुने भन्दै बेहुला विक परिवारदेखि टाढा गएका छन् । परम्परागत मान्यताअनुसार बिहेका लागि लगनगाँठो कसेपछि बेहुली नआए अर्कै भए पनि बेहुली भित्र्याउनैपर्छ ।
यता, मञ्जु र मधुलाई लिखित कागज गराएर बिदा गरिएको छ । बिहेपछि मञ्जुले आफ्नो नाटकका कारण विक परिवारलाई दुःख पर्न गएकोमा आत्मग्लानि महसुस गरेको बताएकी छिन् । यता, मन पराएकी बेहुलीलाई श्रीमतीका रूपमा पाउँदा खुसीको सीमा नै नरहेको मधुको प्रतिक्रिया छ ।
'यस्तो बिहे कहिल्यै देखेको थिइनँ,' स्थानीय उमेश पौडेलले भने ।

Feb 24, 2010

संघीय मञ्चको नयाँ अध्यक्षमा लिम्बुवानका लिङदेन निर्वाचित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/ डी बी आङबुङ
फागुन ११, २०६६,संविधान सभामा रहेका दलहरुमध्ये एक संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले माच सम्वद्ध संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष तथा मञ्चका अध्यक्ष मण्डल सदस्य कुमार लिङदेन 'मिराक'लाई आगामी एक वर्षका लागि कार्यकारी अध्यक्षमा चयन गरेको छ । मञ्चले तत्कालीन अध्यक्ष लक्ष्मण थारुलाई पार्टीको हित र निर्णय विपरीत कार्य गरेको तथा नयाँ पार्टीको खोलेकोले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेर नयाँ अध्यक्षमा लिङदेनलाई चयन गरेको जानकारी काठमाडौंको रिपोर्टर्स क्लवमा एक पत्रकार सम्मेलन गरी दिएको हो ।मञ्चका नवनिर्वाचित अध्यक्ष कुमार लिङदेन 'मिराक' द्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ- "संघीय लोकतान्त्रिक राष्ट्रिय माच 'जनआन्दोलन २' मा भाग लिएको स्थापनाकालदेखि नै गणतन्त्रप्रति प्रतिवद्ध संघीय संरचना भएको संविधान सभामा उपस्थित् २५ वटा पार्टीहरुमध्ये १४ औं पार्टी हो । यस मञ्च केन्द्र संघ मा छाता संगठनको रुपमा रहन्छ र यसले प्रस्ताव गरेका राज्य परिषदहरु यसमा सम्बद्ध छन् । हालसम्म, यसमा मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्, खम्बुवान स्वायत्त राज्य परिषद्, तामाङसालीङ स्वायत्त राज्य परिषद्, थरुहट स्वायत्त राज्य परिषद् सम्बद्ध छन् । यस मञ्चको अध्यक्ष मण्डल सदस्यहरु एक वर्षका लागि पालैपालो कार्यकारिणी अध्यक्ष हुन्छन् । संविधान सभा निर्वाचनको बेला यस मञ्चले चुनाव चिन्ह प्रदान गरेपछि लक्ष्मण थारुलगायत थरुहटका अन्य साथीहरुले यस मञ्चमार्फत् निर्वाचनमा भाग लिए । गतवर्षको चैत्रमा एक वर्षको लागि मञ्चका अध्यक्ष भएदेखि नै लक्ष्मण थारुले मञ्चप्रति अनास्था ढुलमुलेपन र गम्भीर षडयन्त्रको आभाष दिन थालेका थिए । तर, मञ्चले सिङ्गो थरुहटवासी जनतालाई अपार श्रद्धा गर्ने भएकोले निजको गलत क्रियाकलापलाई सहन बाध्य भइरहेको थियो । यसैक्रममा मञ्चको नाम झण्डा विधान र संरचना नै फेर्नुपर्छ भनेर हौवा पिटाउन थाले र कथित् नयाँ पार्टीको विधान पुनरुत्थानवादी-प्रतिकि्रयावादीहरुद्वारा लेखाउन थाले । हामीहरु मञ्चको संस्थापक र गणतन्त्रप्रति प्रतिवद्ध भइरहेकोले उनको त्यो गलत कार्यलाई सहमति दिन सकेनौं । ठीक त्यहीबेला उनले मञ्च र थरुहटवासी जनताको भावना विपरीत 'एक मधेश-एक प्रदेश'वादीहरुसँग रातारात गठबन्धन गरे । जबकि, एक दिनअघिसम्म हामीहरुले कुनै डकुमेन्टहरु लेख्दा कतै 'मधेशी र मधेश' शब्द पर्यो भने मधेश र मधेशी कहाँ छ भन्दै प्रतिवाद गर्थे । उनले निर्वाचन आयोगमा दर्ता भएका मञ्चको १७ जना केन्द्रीय संघीय कार्य समितिमध्ये १४ जनाको कुनै स्वीकृति र निर्णयविना नै संविधान सभाको चुनाव धोका हो भन्दै हिँडेका व्यक्तिकहरु संलग्न गराई कथित महाधिवेशन गराए । मञ्चको नाम फेरेर मञ्चको वैधानिक नामलाई अवैधानिक बनाउनकै लागि पुनरुत्थानवादी तत्वहरुको प्रत्यक्ष निर्देशनमा उनले माचको कथित् सम्मेलनको कुरा गरिरहेका थिए । तर, रातारात कार्यकर्तालाई भ्रममा पार्न पुनः कसैको निर्देशनमा कथित महाधिवेशन गरी त्यही माचको नाम र झण्डा प्रयोग गर्ने दूष्प्रयास गरेका छन् । यसरी मञ्चको हित र उद्देश्य विपरीत कार्य गरेपछि विधान अनुसार माचको नीति विपरीत एक मधेश एक प्रदेशवादीहरुसँग किन गठवन्धन गरेको र माचको वैधानिक दुई-तिहाई केन्द्रीय सदस्यहरुको स्वीकृति नलिई कथित महाधिवेशन गरी कथित नयाँ पार्टी किन घोषणा गरेको भनी लक्ष्मण थारुलगायत संलग्न दुई जना सचिवालय सदस्यहरुलाई स्पष्टीकरण सोधिएको थियो । तर, निजहरुबाट कुनै स्पष्टीकरण नआएपछि मञ्चका अध्यक्ष मण्डल सदस्य कुमार लिङ्देन 'मिराक'को अध्यक्षतामा २०६६ फागुन ९ गते बसेको मञ्चको पूर्ण बैठकले तत्कालीन अध्यक्ष लक्ष्मण चौधरी थारु र सचिवालय सदस्यद्वय रविन्द्र थिङ र बुद्धछिरिङ मोक्तानलाई मञ्चको साधारण सदस्यबाटसमेत निष्काशन गरिएको छ । सोही दिन मञ्चका संस्थापक १७ जनामध्ये १४ जना केन्द्रीय समिति सदस्य स-शरीर उपस्थित् भएर निर्वाचन आयोगमा निजहरुको निष्काशन बारे जानकारी पत्र दर्ता गराइसकिएको छ र हामी १४ जनाले आधिकारिकताको दाबी गरी हाम्रो हस्ताक्षर सनाखत गरियोस् भन्ने निवेदन पनि आयोगमा दर्ता गराइसकिएको छ । यसरी नै २०६६ फाल्गुन १० गते बसेको मञ्चको पूर्ण बैठकले अध्यक्ष मण्डल सदस्य तथा हाल मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषद्का अध्यक्ष कुमार लिङदेन 'मिराक' लाई विधानतः एक वर्षको लागि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको नयाँ अध्यक्ष पदमा निर्वाचित गरिएको छ सोको जानकारी पनि आजै निर्वाचन आयोगलाई दिइसकिएको छ । साथै सोही पूर्ण बैठकले मञ्चको भातृ संगठन संघीय विद्यार्थी युनियनका अध्यक्ष झन्त पालुङ्वा 'लासिम' लाई मञ्चको साधारण सदस्य र विद्यार्थी अध्यक्ष पदबाट पनि हटाइसकिएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सदैव संघीयता, गणतन्त्र, लोकतन्त्र र जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा आत्मनिर्णयको अधिकारसहित बन्ने लिम्बुवान, खम्बुवान, तामाङसालीङ, नेवाः मण्डल, तमुवान, मगरात, मैथिल, थरुहट र खसानलगायतका स्वायत्त राज्यहरु भएको संघीयतामा विश्वास गर्दछ । यस मञ्चअन्तर्गत् रहेर पूर्व लिम्बुवानदेखि पश्चिम थरुहटसम्मका सबै आन्दालेनहरु जातीय हिङ्सा तथा साम्प्रदायिक दङ्गामा नजाऊन् र ती आन्दोलनहरु राजनीतिक प्रकृतिको होऊन् भनी यस मञ्चले अनवरत प्रयास गरेको छ । यस मञ्च थरुहट, थरुहटवासी जनता, र सम्पूर्ण थारु समुदायप्रति सदैव उच्च सम्मान र श्रद्धा व्यक्त गर्दछ । तर 'असली र नक्कली' तत्व समयमै पहिचान गर्न अनुरोध गर्दै थरुहटका मुक्ति चाहने सच्चा सहयोद्वाहरुलाई यस मञ्चमा सम्वद्ध हुन हार्दिक आग्रह पनि गर्दछौं । यस मञ्चको नाम र झण्डा अनधीकृत व्यक्तिहरुले दुरुपयोग गरिरहेका छन् उक्त दुष्कार्य तुरुन्त रोकियोस् । र मञ्चको समानुपातिक सभासद राजकुमार लिम्बू नाल्बोलाई बर्खास्त गरियोस् भनी संविधान सभामा रितपूर्वक निवेदन चढाएको यतिका महिना बितिसक्दा पनि कुनै कार्वाही गरिएको छैन । जबकि त्यसभन्दा धेरैपछिको सभासदका मुद्दाहरु किनारा लागिसकेका छन् यसमा पनि गम्भीर षडयन्त्र छ । सम्बन्धित् पक्षले चाडोभन्दा चाडो फैसला सार्वजनिक गरोस् नत्र कडा आन्दोलनमा उत्रन बाध्यहुने चेतावनीसमेत दिन चाहन्छौं । मञ्चको आन्तरिक संगठनलाई मजवुत गर्ने र जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा संघीय गणतन्त्रको सुनिश्चित गर्न यस मञ्चले आगामी दिनमा चाडै सशक्त आन्दोलन ल्याउने जानकारी गराउँदछौं । साथै मञ्च र सम्बद्ध राज्य परिषद् तथा जनसंगठनहरुमा आवद्ध एवम् आस्थावान देश विदेशमा रहनुभएको सम्पूर्ण नेतृत्व कार्यकर्ता तथा शुभेच्छुकहरुमा कुनै भ्रम र विचलनमा नपरी आ-आफ्नो ठाउँ र क्षेत्रबाट अनवरत जुटेर साथ सहयोग गरिरहन हुनसमेत हार्दिक आग्रह गर्दछौं ।"

पाँच सचिवका लागि १५ सहसचिवको नाम सिफारिस

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२५ फेब्रुअरी,२०१०,लोकसेवा आयोगको बढुवा समितिले रिक्त रहेका पाँच सचिवका लागि १५ सहसचिवको नाम मन्त्रिपरिषदसमक्ष सिफारिस गरेको छ । आयोगका सदस्य टीकादत्त निरौलाको अध्यक्षतामा बसेको समितिको बैठकले १५ सहसचिवको नाम सचिवका लागि सिफारिस गरेको हो । योग्यता, कार्यसम्पादन र ज्येष्ठताका आधारमा उनीहरुको नाम सिफारिस गरिएको बताइएको छ । बढुवा समितिको सिफारिसका आधारमा कार्यकुशलता र ज्येष्ठताका आधारमा सरकारले सचिवमा बढुवा गर्ने कानूनी प्रावधान रहेको छ । बढुवाका लागि सिफारिस भएका सहसचिवहरुमा तुलसी सिटौला, महेन्द्र श्रेष्ठ, विश्वप्रकाश पण्डित, शारदाप्रसाद त्रिताल, कमल पाण्डे, सुमन शर्मा, शीतलबाबु रेग्मी, विमल वाग्ले, माधव घिमिरे, आनन्द पोखरेल रहेका छन् । यस्तै श्यामसुन्दर शर्मा, सोमलाल सुवेदी, कृष्णचन्द्र पौडेल, ज्ञानदर्शन उदास र सुरेशमान श्रेष्ठ पनि बढुवाका लागि सिफारिस भएका छन् ।

आजबाट ग्याँसको बिक्री पूर्ण बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२५ फेब्रुअरी,२०१०,बजारको माग अनुरुप ग्याँसको आयात हुन नसकेको भन्दै एलपी ग्याँस उद्योग तथा ग्याँस बिक्रेताहरुले आजबाट खाना पकाउने एलपी ग्याँसको आयात तथा बिक्री पूर्ण रुपमा बन्द गरेका छन्। उद्योग तथा महासङ्घले हिजो संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरी एलपी ग्याँसको आयातमा नेपाल आयल निगम तथा सम्बन्धित मन्त्रालयको गैरजिम्मेवारीप्रति आपत्ति प्रकट गर्दै आयात र विक्री बन्दको घोषणा गरेका हुन् । उनीहरुले निगमले तेस्रो व्यक्ति वा उद्योगसँग गरिएको सम्झौता तुरुन्त खारेज गरी तेस्रो पक्षीय बीमाको व्यवस्था गर्नु पर्ने निगमले नयाँ उद्योगलाई लाइसेन्स दिइ अन्य क्षेत्रका लगानी संकुचित बनाउन खोजेकोले लाइसेन्स दिने काम तुरुन्त बन्द गरिनुपर्ने र आपूर्तिलाई सहज बनाउनु पर्ने माग अगाडि सादै विक्री र आयत बन्न गराएका हुन।

चाभेज र कोलम्बियाका राष्ट्रपति अल्भारोबबीच भनाभन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मेक्सिको सिटी/ भेनेजुयलाका राष्ट्रपति ह्युगो चाभेज र कोलम्बियाका राष्ट्रपति अल्भारो उराइबबीच सोमबार भनाभन भएको छ । ल्याटिन-अमेरिकी राष्ट्रहरूको सम्मेलनमा उनीहरूको भनाभन भएको हो ।उराइबले चाभेजलाई 'अब परिपक्व बन' भन्ने सल्लाह दिए । यसको जवाफमा चाभेजले उराइबलाई 'गो टु हेल' तिमी नर्क जाऊ भने । ल्याटिन-अमेरिकी राष्ट्रहरूको दुईदिने सम्मेलन मेक्सिकोमा भइरहेको छ ।चाभेज र उराइबको विवाद क्युबाका नेता राहुल क्यास्ट्रो र मेक्सिकोका राष्ट्रपति फिलिप कालडि्रनले मिलाउन प्रयास गरेका थिए । एउटा बैठकमा उराइबले कोलम्बियाविरुद्ध भेनेजुयलाको व्यापारिक नाकाबन्दीसम्बन्धमा गुनासो पोखे । उराइबको गुनासोले चाभेजको रिस उठ्यो । उराइबले आफ्नो हत्या गर्ने योजना बनाएको आरोपसमेत चाभेजले लगाए । सम्मेलनबाट बाहिरिने धम्की पनि उनले दिए । यतिन्जेलसम्म कोलम्बियाका राष्ट्रपति उराइबको पारो पनि चढिसकेको थियो । उनले पनि चाभेजलाई चिच्याउँदै भने, 'अब परिपक्व बन । यो फोरम ल्याटिन-अमेरिकी देशको मामिला छलफल गरिने ठाउँ हो  । लामो दूरीका मामलामा छलफल गर्न तिमी माहिर भए पनि प्रत्यक्ष छलफलमा डरपोक छौ ।'गत वर्ष अमेरिका र कोलम्बियाबीच भएको सैनिक सम्झौतापछि कोलम्बिया र भेनेजुयलाको सम्बन्ध बिग्रीदै गएको छ । चाभेज अमेरिकाका कडा आलोचकका रूपमा चिनिन्छन् ।

भ्रष्टाचारी शिक्षा मन्त्री बर्खास्त/शिक्षा मन्त्रीमा शुक्ला

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२४ फेब्रुअरी,२०१०,शिक्षक राहत कोटा वितरणमा अनियमितता गरेको आरोप खेपिरहेका शिक्षामन्त्री रामचन्द्र कुशवाहलाई आज प्रधानमन्त्रीले पदमुक्त गरेका छन् । सत्तारुढ तराई मधेस लोकतान्त्रीक पार्टीका तर्फबाट सरकारमा सहभागी कुशवाह लामो समयदेखि विवादमा पर्दै आएका थिए । शिक्षामन्त्रीमा लमलोपाले पार्टी प्रवक्ता सर्वेन्द्रनाथ शुक्ललाई सिफारिस गरेपछि नियूक्त गरिएको छ । उहाँ आबद्ध रहेको पार्टी तमलोपालेले फिर्ता बोलाउने निर्णय गर्दै प्रधानमन्त्रीसँग आग्रह गरेपछि प्रधानमन्त्री माधवकुमार नेपालले आज फिर्ता पदमुक्त गर्नु भएको हो । सुक्ललाई आजै अपरान्ह चार बजे राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहका विच प्रधानमन्त्री नेपालले सपथ ग्रहणसमेत गराउनु भएको छ । सपथग्रहण पछि सन्चारकर्मीलाई सक्षिप्त प्रतिक्रिया दिँदै नवनियूक्त शिक्षामन्त्री सुक्लले आफूले अन्तर्राष्ट्रिय सहयोगी एजेन्सीहरुको विश्वास प्राप्त गरेर मुलुकको शिक्षा नीतिलाई कार्यान्वयन गराउने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

संघिय लिम्बुवान भु.पु. सैनिक हङ्गकङ्ग र सिंगापुर परिषदको कार्य समिति गठन

लिम्वूवान डट व्लगस्पोट डटकम,हङ्गकङ्ग/श्याम इङ्नाम
अव वन्ने नेपालको संघिय स्वायत्त राज्यहरुमा लिम्बुवान पनि एउटा विशिष्ट स्वायत्त राज्य हुनु पर्ने र त्यसको भौगोलिक सिमाना ऐतिहासिक दस्तावेज तथा प्रमाणहरुको आधारमा नेपालको संखुवा खोला - अरुण - सप्तकोशी नदीपूर्वको नौंवटा जिल्लाहरु हुनु पर्छ भन्ने दृढ संकल्पका साथ संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्वद्ध संघिय लिम्बुवान राज्य परिषद हङ्गकङ्ग प्रवास कार्य समीतिको भात्रृ संगठन संघिय लिम्बुवान गोर्खा भु.पु. सैनिक तथा सिंगापुर प्रहरी परिषद गठन भएको छ । २१ फेब्रुअरी २०१० आइतवारका दिन जोर्डन, काउलून स्थित हङ्गकङ्ग नेपाली महासंघको कार्यालयमा अधिवेशन गरी गठन गरिएको हो । सो कार्यक्रममा प्रमूख अतिथि संलिरा परिषदका अध्यक्ष श्री नवराज काम्वाङ्ग लिम्बु, अतिथि नवप्रवेशी भु.पु. गोर्खा मेजर श्री शरण कुमार पालुङ्वा, कार्यक्रम सञ्चालन संलिराप हङकङ प्रवास समितिका जनसंगठन सचिव श्री गज वहादुर काम्वाङ्गवाट भएको थियो भने गोर्खा भु.पु.सैनिक तथा सिंगापुर प्रहरी परिषदका संयोजक तथा प्रमुख श्री मन प्रसाद आङ्देम्वेको सभापतित्वमा सम्पन्न भएको थियो । सो कार्यक्रमवाट भु.पु.गोर्खा डब्लूओटु मन प्रसाद लिम्बुआङ्देम्वेलाई निर्विरोध अध्यक्षमा चुनिएको छ, त्यस्तै उपाध्यक्षमा मन वहादुर चोङवाङ, सचिवमा देउ वहादुर लिम्बु, अर्थ सचिवमा तर्न वहादुर लिङ्देन, सल्लाहकारहरु भु.पु.गोर्खा मेजर शरण कुमार पालुङ्वा, गोर्खा भु.पु.सैनिक लगत साम्सोहाङ, चिनाहाङ पन्धाक र सदस्यहरु कृष्ण प्रसाद मादेन, के.वि. मादेम्बा, श्री प्रसाद योङहाङ, एल.वि.काम्वाङ, गौरी प्रसाद राई, ज्ञान वहादुर खेवा लिम्बु र बि.बि. हुक्पाचोङवाङ हरुलाई चुनिएका छन् । नव निर्वाचित पदाधिकारीहरुलाई परिषदका अध्यक्ष नवराज काम्वाङ्गद्धारा संलिरापको विधान २०६२ अनुसार पद तथा गोपनीयताको सपथ खुवाउने कार्यक्रम पनि सम्पन्न गरीएको छ । त्यसै दिन अन्य पार्टी छाडी संघिय लिम्बुवान राज्य परिषदमा प्रवेश गर्नु हुने याम वहादुर सैम्वु, डम्वर वनेमलाई परिषदको साधारण सदस्यता प्रदान गरिएको छ ।

विनाटेन्डर भारतीय कम्पनीलाई पासपोर्ट छाप्न दिने तयारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१० फागुन,सरकारले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) छपाइको ठेक्का भारतीय कम्पनीलाई दिने तयारी गरेको छ । परराष्ट्र मन्त्रालयले गत भदौमा सुरु गरेको टेन्डर पुसमा रद्द गराएकी उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले विनाटेन्डर भारतीय कम्पनीलाई ठेक्का दिन थालेकी हुन् । परराष्ट्र मन्त्रालयको तयारीअनुसार भारतको सरकारी कम्पनी सेक्युरिटी प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनलाई छपाइको जिम्मा दिने तयारी भएको हो । परराष्ट्र स्रोतका अनुसार मन्त्री सुजाताले औपचारिक निर्णयका लागि केही दिनभित्र मन्त्रिपरिषद्मा यस्तो प्रस्ताव लग्दै छिन् ।१० वर्षअघि नै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) बाट निर्देशन पाए पनि करिब साढे नौ वर्ष मौनप्रायः बसेको सरकारले गत भदौदेखि मात्र मेसिन रिडेबल पासपोर्ट (एमआरपी) छपाइको प्रक्रिया सुरु गरेको थियो । तर, 'प्रिक्वालिफाइड' भएका चार कम्पनीमध्ये एउटालाई छान्ने वेलामा परराष्ट्र मन्त्रालयले १ पुसमा अचानक ठेक्का-प्रक्रिया नै रद्द गरेको थियो । पुसमा ठेक्का-प्रक्रिया रद्द भएपछि अब अर्को प्रक्रिया सुरु गरेर नयाँ पासपोर्ट तयार गर्न कम्तीमा ६ महिना लाग्छ । तर, आइकाओले १० वर्षअघि नै दिएको निर्देशनअनुसार १० अपि्रल २०१० (आगामी २८) चैतउता अहिलेको जस्तै कागजी पासपोर्ट बनाउने नेपाली नागरिक विदेश उड्न नपाउने स्थिति छ । तर, कमिसनका लागि अन्तिम अवस्थामा परराष्ट्रमन्त्री सुजाताले ठेक्का-प्रक्रिया रद्द गरेको आरोप लागेको छ । अनियमितता भएको आशंकामा संसद्को सार्वजनिक लेखा समितिले मन्त्री सुजातासँग स्पष्टीकरण लिएको छ ।

जातीय युद्ध मच्चिने बिजुक्छेको चेतावनी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भक्तपुर, फागुन १२- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले ठूला राजनीतिक दलले सङ्घीय राज्यको नाममा जातीय राज्य अगाडि सारेर मुलुकभर जातीय आतङ्क फैलाइरहेको बताएका छन्। उनले जातीय राज्य बनाइए मुलुकमा जातीय युद्ध मच्चिने चेतावनी पनि दिए। प्रभात सार्वजनिक शैक्षिक गुठीद्वारा सञ्चालित प्रभात उच्च माध्यमिक विद्यालयको २८ औं वार्षिकोत्सव समारोहको आज उदघाटन गर्दै उनले सङ्घीयताका नाममा जातीय सङ्घीय राज्य अगाडि सारेपछि गाउँगाउँमा अल्पमतमा परेका जाति आतङ्कित भइरहेको बताए।जातीय राज्यको नारा अघि सारेपछि तराईबाट पहाडिया र अन्य क्षेत्रबाट अल्पमतमा परेका जाति विस्थापित हुनुपरेको बताउँदै उनले जातीय राज्य कार्यान्वयन भए मुलुकमा जातीय युद्ध मच्चिने पनि बताए।बिजुक्छेले तीन ठूला दलले स्पष्ट दृष्टिकोण राखेमा र कुनै बाधा व्यवधान खडा नभए जेठ १४ गतेभित्र संविधान निर्माण हुन सक्ने बताएका थिए।संविधान नबने तीन ठूला दलकै कारण नबन्ने बताउँदै उनले माओवादीले सत्ताका लागि लडेको तर प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको बताए।उनले तीन राजनीतिक दलको उच्चस्तरीय संयन्त्र चिया खाएर गफ गर्ने थलो भएको आरोप लगाउँदै संयन्त्रले जस्तोसुकै निर्णय गरे पनि त्यसले कानुनी मान्यता नपाउने बताए।संयन्त्रमा अन्य राजनीतिक दललाई समावेश गर्नुपर्ने कुनै अर्थ नरहेको स्पष्ट पार्दै अध्यक्ष बिजुक्छेले संयन्त्रमा गर्ने छलफल र निर्णय संसदमै हुनुपर्ने बताए।योग्यताको आधारमा माओवादी लडाकूको समायोजन हुनुपर्ने बताउँदै उनले लडाकुलाई सिधै नेपाली सेनामा समायोजन गर्न नहुने बताए।

जमिमको हत्याबारे प्रहरीसँग बयान लिन सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
११ फागुन,सञ्चारउद्यमी जमिम शाहको हत्याबारे छानबिन गर्न गठित न्यायिक आयोगले सम्बन्धित प्रहरीसँग बयान लिन सुरु गरेको छ । जमिम हत्या भएको भोलिपल्ट २५ माघमा पूर्वन्यायाधीश गोविन्द पराजुलीको संयोजकत्वमा गठन गरिएको आयोगले ३ फागुनमा काम सुरु गरेको थियो ।सोमबारसम्म हत्याकाण्डका विषयमा प्रहरीले तयार पारेका प्रतिवेदन, सम्बन्धित कागजात मगाएर त्यसको अध्ययन गरिएको र मंगलबारदेखि जमिमको हत्या भएको समयमा खटिएका प्रहरी, हत्याकाण्डमा संलग्न भएका भनिएका प्रहरी र सम्बन्धित प्रहरी अधिकारीसँग बयान लिन सुरु गरिएको आयोग स्रोतले बताएको छ । आयोगमा पूर्वन्यायाधीश पराजुलीसहित नेपाल प्रहरीबाट डिआइजी राजेन्द्रसिंह भण्डारी, अनुसन्धान विभागका निर्देशक देवेन्द्रकुमार सिंह र सहमहान्यायाधिवक्ता राजेन्द्रकुमार पोखरेल सहभागी छन् । आयोगले राष्ट्रिय सभागृहमा कार्यालय स्थापना गरेको छ । आयोग स्रोतका अनुसार, जमिमको हत्यामा संलग्न अभियुक्तसँग नियमित सम्पर्कमा रहेका भनिएका प्रहरी अधिकारीसँग पनि बयान लिइनेछ । यसअघि प्रहरीले गठन गरेको छानबिन समितिले प्रतिवेदन सार्वजनिक गर्दै जमिमको हत्यामा संलग्न व्यक्तिसँग केही वरिष्ठ प्रहरी अधिकारीको नियमित सम्पर्क रहेको सार्वजनिक गरेको थियो । उनीहरूको नाम भने खुलाइएको छैन ।

रातारात ओलीको घरमा बिद्युत प्राधिकरणको गाडी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२४ फेब्रुअरी,२०१०,कर्मचारीहरुले खोसेको एमाले नेता केपी शर्मा ओलीले चढ्ने गरेको नेपाल विद्युत प्राधिकरणको गाडी कार्यालय परिसर, रत्नपार्कबाटै मंगलबार राती गायब भएपछि कर्मचारीहरु आज बुधबार कार्यालय परिसरमा धर्ना बस्नुका साथै मूलगेटमै तालाबन्दी गरेका छन् । ओलीले चढ्दै आएको बा५च ४७१८ नम्बरको गाडी प्राधिकरणका केही कर्मचारीहरुले केही दिन अगाडि आफ्नो नियन्त्रणमा लिएका थिए । उनीहरुले प्राधिकरणको गाडी दुरुपयोग बन्द गर्न नेताहरुले चढ्ने गरेको गाडी फिर्ता लिने अभियान जारी रहेको जनाएका छन् । गायब भएको सवारी साधनको बिषयमा व्यवस्थापनले वार्ता गर्न नचाहेपछि कर्मचारीहरु धर्नामा उत्रिएको नेपाल बिद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी संगठनले जनाएको छ । कर्मचारीहरुले प्रशासनले रातारात ओलीलाई गाडी बुझाएको भन्दै तत्काल गाडी फिर्ता नल्याइए आन्दोलन सशक्त पार्ने चेतावनी दिएका छन् । स्रोतका अनुसार व्यस्थापनले हिजो राती मन्त्रालयको दबाबमा ओलीलाई गाडी बुझाएको थियो । प्राधिकरण कार्यकारी निर्देशक जिवेन्द्र झाले भने प्रहरीले आफूहरुलाई भर्पाइ गरी गाडी लगेको स्पष्टीकरण कर्मचारीहरुलाई दिएका छन् । हिजो मात्रै प्राधिकरणको व्यवस्थापनले पत्रकार सम्मेलनको आयोजना गरी गाडीको दुरुपयोग हुन नदिने र दबाबको भरमा कसैलाई पनि गाडी उपलब्ध नगराउने सार्वजनिक गरेको थियो ।

'ब्लु फिल्म'को अभियोगमा चार जना पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फागुन १२, 'ब्लु फिल्म'को सिडी/भिसिडीको कारोवार गरेको अभियोगमा चार जना पक्राउ परेका छन्। सुराकीको आधारमा महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको टोलीले विशालबजार र महाबौद्धका चार वटा पसलबाट एक सय १२ वटा 'ब्लु फिल्म'का सिडी सहित उनीहरुलाई पक्राउ गरको हो। महाशाखाका प्रमुख रणबहादुर चन्दका अनुसार उपत्यकाका विभिन्न स्थानमा ब्लु फिल्मको सिडी/भिसिडी बिक्रीवितरण भइरहेको जानकारी आएपछि महाशाखाले टोली परिचालन गरेको थियो। टोलिले विशालबजार र महाबौद्धका शंकास्पद पसलहरुमा छापा मार्नेक्रममा ब्लु फिल्मका सिडी र भिसिडी फेला परेपछि चार जना कारोवारीहरुलाई पक्राउ गरेको थियो।प्रहरीले राजन पौडेलको पसलबाट १३ वटा,निरज भन्डारीको पसलवाट ३० वटा,मनोज श्रेष्ठको पसलवाट १९ वटा र उबिन खड्गीको पसलवाट ५० वटा अश्लिल चलचित्रका सिडी र भिसिडी जफत गरी चारै जनालाई समाजमा अश्लिलता फैलाएको अभियोगमा पक्राउ गरी कार्वाही प्रकृया अगाडि बढाएको छ।

प्रधानमन्त्री र मन्त्रीहरुले चढने गाडीको विवरण माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२४ फेब्रुअरी,२०१०,व्यवस्थापिका संसद अन्तर्गत सार्वजनिक लेखा समितिले प्रधानमन्त्री, मन्त्री तथा उच्च तहका सरकारी कर्मचारीहरुले चढ्ने सवारी साधनको विवरण माग गरेको छ । समितिको आज बुधबार बसेको बैठकले सात दिनभित्र प्रयोगमा रहेका सवारी साधन र सुविधाको विवरण माग गरेको हो । विभिन्न सार्वजनिक संस्थानका सवारी साधनहरु दुरुपयोग भएको गुनासो आएपछि समितिले विवरण माग गरेको हो ।

Feb 23, 2010

चलचित्र दशगजा प्रतिबन्ध पछि कलाकारहरु असन्तुष्ट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२३ फेब्रुअरी,२०१०,निर्माणकै क्रममा विवादित बनेको गोल्डेन आई फिल्मस प्रालीले निर्माण गरेको दशगजा नामक नेपाली चलचित्रलाई प्रतिबन्ध लगाईएको छ ।उक्त चलचित्रलाई सचारमन्त्रालयको सेन्सरबोर्डले प्रतिबन्ध लगाएको हो । यस विषयमा चलचित्रकर्मीले असुन्तुष्टी व्यक्त गरेका छन । गोल्डेन आई फिल्मस प्रालीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा चलचित्रका निर्माता एवं नायक नवल खडकाले राष्ट र राष्ट्रियताप्रतिको भवना बोकेको चलचित्रलाई राज्यले प्रतिबन्ध लगाएकोमा दुख ब्यक्त गरे । उहाले २५ लाखभन्दा बढी नागरिकता बाडेको बिषय, सीमा आतिक्रमणको बिषय लगायत नेपालीले भोग्नुपरेको तिथो यथार्थलाई चलचित्रमा समेटीएको बताउनुभयो । बिर नेपालीको ईतिहास कायम राख्नका लागि पनि चलचित्रमाथिको रोक राज्यले हटाउनपर्ने दावि नायक खडकाको भनाइ थियो । चलचित्रका निर्देशक दयाराम दाहालले नेपालीहरुको विवशतालाई प्रतिकात्मक रुपमा चलचित्रको माध्यमबाट प्रतिबिम्बीत गर्न खोजेकाले राज्यले अविलम्ब प्रर्दशनका लागि वातावरण बनाउन पर्ने कुरामा जोड दिनुभयो ।संडीतकार मणी थापाले राष्ट्रियताप्रतिको बिषयलाई समेटेर बनाएको चलचित्रलाई राज्यले रोक लगाउनु भनेको मुलुकको प्रजातन्त्र र स्वतन्त्रतामाथिको गम्भीर प्रहार भएको बिचार ब्यक्त गर्नुभयो ।

नाडालको अँगालोमा गायिका शाकिरा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बार्सिलोना/ स्पेनी टेनिस स्टार राफेल नाडाल कोर्टमा त सधैँ रमाउँछन् नै, अब त उनी विश्वप्रसिद्ध गायिका शाकिराको अँगालोमा पनि रमाइरहेका छन् । नाडाल र शाकिरा प्रेममा भने फसेका होइनन् । शाकिराको नयाँ गीत 'जिप्सी' को म्युजिक भिडियोका लागि मात्रै नाडाल उनको अँगालोमा रमाएका हुन् ।आगामी २६ अपि्रलमा सार्वजनिक हुने सो म्युजिक भिडियोमा नाडालले शाकिराको हात सुम्सुम्याएको अनि अँगालोमा बाँधेको हेर्न पाइनेछ । ती दुईबीच कुनै गलत सम्बन्ध छैन भन्ने प्रमाणका रूपमा ती दुई प्रेमी-प्रेमिका उभिएका छन् । ३३ वर्षीया शाकिरा अहिले पूर्वअर्जेन्टिनी राष्ट्रपति फर्नान्डो डे ला रुवाका छोरा एन्टोनियो डे ला रुवासँग विवाह गर्ने योजनामा छिन् । उता २३ वर्षीय नाडाल भने स्कुले जीवनमै बनेकी प्रेमिकासँग रमाइरहेका छन् । म्युजिक भिडियोमा देखा पर्ने नाडाल नै पहिलो व्यावसायिक टेनिस खेलाडी भने होइनन् । यसअघि २००१ मा इरिन्क इग्लेसियाजको इस्केप म्युजिक भिडियो खेलेकी अन्ना कुर्निकोभाका प्रशंसकहरू अहिले पनि त्यसलाई सम्झन्छन् ।नाडालले खेलको सो 'सेक्सी' म्युजिक भिडियो 'गिताना' को नाममा स्पेनी भाषामा पनि बन्ने छ । बेली नाचकी रानीकी रूपमा प्रसिद्धी कमाएकी शाकिराले 'चकलेटी' अनुहारका नाडालका साथ म्युजिक भिडियोलाई 'सेक्सी' बनाउन कुनै कसर बाँकी राखेकी छैनन् अनि नाडाललाई आफ्नो आँखामा बाध्न । गत महिना बार्सिलोनामा सुटिङ गरिएको सो म्युजिक भिडियोको छायांकनको क्रममा ती दुवै सेलिब्रेटीले आकर्षक कार्य गरेको तथा त्यसलाई हेर्दा उनीहरू 'रियललाइफ कपल' झैँ देखिएका थिए । जसलाई केही सञ्चारमाध्यमले आफ्नो खुराकसमेत बनाए ।सुटिङकै क्रममा एक साँझ शाकिरा र नाडाल एकै टेबलमा देखा परेपछि उनीहरूबीच प्रेम मौलाएको हल्ला पनि फैलिएको थियो, तर उनीहरूले आफ्नो सम्बन्ध 'असल मित्र' का रूपमा मात्रै परिभाषित गरे । नाडालका प्रबन्धक कार्लोस कोस्टा तथा भिडियोका निर्देशक जुम डे लिगुनाले समेत उनीहरूबीच प्रेमसम्बन्ध नरहेको प्रस्टयाइ सकेका छन् ।

इलामको वन क्षेत्रमा फेरि भेटियो रेडपाण्डा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
इलाम (मङगलबारे), फागुन ११- इलामको माबुस्थित सुर्के राष्ट्रिय वन क्षेत्रमा अर्को एउटा रेडपाण्डा भेटिएको छ। विश्वमा दुर्लभ मानिएको रेडपाण्डाको अध्ययन गर्न हङ्कङबाट आएको टोलीले उक्त रेडपाण्डा भेट्टाएको हो। सुर्के वन क्षेत्र रेडपाण्डाको बासस्थान रहेको स्थानीयको भनाइका आधारमा टोलीले त्यहाँ खोजी गरेको थियो। सुर्के वनक्षेत्रमा अन्य दुईवटा रेडपाण्डासमेत रहेको स्थानीय दावातेम्बा शेर्पाले बताए। माइमझुवाको छिन्टापु, जोगमाईको मागेटागेलगायत् ठाउँमा रेडपाण्डा रहेका र ती स्थानमा थप अनुसन्धान गरिने बताइएको छ।

केन्द्रीय समिति विस्तारमा माओवादीभित्र किचलो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२३ फेब्रुअरी,२०१०,एकीकृत माओवादीको हिजो स्थगित भएको केन्द्रीय समितिको बैठक बसिरहेको छ ।
केन्द्रीय कार्यालय, कोटेश्वरमा जारी बैठकमा केन्द्रीय समिति विस्तार लगायतका बिषयमा छलफल जारी रहेको माओवादी नेताहरुले बताएका छन् । केन्द्रीय समिति एक सय ७५ सदस्यीय बनाउने निर्णय गरेको माओवादीमा केन्द्रीय सदस्य मनोनयनका बिषयमा तीब्र विवाद रहेको छ । पार्टीका वरिष्ठ नेताहरुले आफू निकटका पात्रहरुलाई मनोनयन गर्ने तयारी गरेपछि माओवादीमा विवाद बढेको हो । यद्यपि माओवादी प्रवक्ता दीनानाथ शर्माले भने बाहिर आएजस्तो पार्टीभित्र विवाद नभएको बताएका छन् । माओवादीमा केन्द्रीय सदस्य मनोनयनका बिषयमा तीब्र विवाद रहेको छ । आजको बैठक यसै बिषयमा केन्द्रीत रहेको छ ।

Feb 22, 2010

आर्थिक वृद्धि लक्ष्यभन्दा डेढ प्रतिशत कम

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चालू आर्थिक वर्षा देशको आर्थिक वृद्धिदर ४ प्रतिशत मात्र हुने भएको छ। चालू आवमा सरकारले बजेट प्रस्तुत गर्दा देशको आर्थिक वृद्धिदर साढे ५ प्रतिशत हुने प्रक्षेपण गरे पनि यो वर्षलक्ष्यभन्दा डेढ प्रतिशतले आर्थिक वृद्धि कम हुने भएको हो। मौसमी प्रतिकूलताले गर्दा कृषि-उत्पादनमा गिरावट आउनुका साथै बन्द, हडताल, मजदुर समस्या तथा लोडसेडिङले गर्दा औद्योगिक उत्पादन सन्तोषजनक नभएकाले सरकारको उक्त लक्ष्य पूरा नहुने भएको हो। सरकारले चालू आवको बजेटको मध्यावधि मूल्यांकन प्रतिवेदन आइतबार र्सार्वजनिक गर्दै सो जानकारी दिएको हो। चालू आवमा कृषि-उत्पादन ४ प्रतिशतको हाराहारीमा हुनुका साथै अन्य क्षेत्रको योगदान निरन्तर हुने अनुमान गरे पनि सो लक्ष्य पूरा नहुने भएकाले समग्र आर्थिक वृद्धिमा असर पारेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाले जानकारी दिनुभयो। उहाँले यो वर्षसमग्र कृषिक्षेत्रको वृद्धिदर १ प्रतिशत मात्र हुने बताउनुभयो। यो वर्षप्रमुख बाली धानको उत्पादन ११ प्रतिशत तथा मकैको करिब ४ प्रतिशतले घट्ने डा. खतिवडाले जानकारी दिनुभयो। कृषि तथा उत्पादनमूलक क्षेत्रको न्यून वृद्धि भएकाले कुल गार्हस्थ उत्पादनको समग्र वृद्धिदरमा असर पारेको हो।

पेस्तोलको बिगबिगी देशभरि

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
९ फागुन,खुल्ला सिमानाका कारण भारतबाट निष्पिक्री भित्रिने साना हतियार देशभरि छ्यापछ्याप्ती बन्दै गएका छन् । त्यसमा पनि अपराधीको प्रिय बन्दै गएको पेस्तोल प्रहरीका लागि टाउकोदुखाइ सावित भइरहेको छ । प्रहरीकै तथ्यांकअनुसार माघमा मात्रै पेस्तोलको प्रयोगबाट देशभरि ४० वटा आपराधिक घटना भएका छन् । राजधानीमा जमिम शाह हत्याकाण्डलगायतका चर्चित घटना पेस्तोलबाटै गराइएका हुन् । तर, अपराध रोक्न प्रहरी प्रधान कार्यालयसँग कुनै योजना छैन ।आर्थिक वर्ष ०६४/६५ मा ४३ वटा साना हतियार प्रहरीले बरामद गरेकोमा आर्थिक वर्ष ०६५/६६ मा यो संख्या ५९ पुग्यो । आर्थिक वर्ष ०६६/६७ को माघ महिनासम्म ४० वटा पेस्तोल प्रहरीले बरामद गरिसकेको छ । माघमा राजधानीमा अत्यधिक आपराधिक घटना भएका थिए, जसमध्ये अधिकांशमा पेस्तोल प्रयोग भएका छन् । ६ माघमा गोठाटारमा गोली चल्दा बालक सन्तोष कार्कीले अनाहकमा ज्यान गुमाए । ९ माघमा गैह्रीधाराका सम्यकरत्न शाक्यको घरमा पेस्तोल देखाएर बन्दी बनाई लुटेराले दुई करोड मागे । उनीहरूलाई पक्राउ गर्न गएका प्रहरीमाथि नै लुटेराले पेस्तोल तेस्र्याए । १० माघमा विशालबजार सुपरमार्केटको पार्किङस्थलमा सुन व्यवसायी प्रकाश राजभण्डारीलाई टार्गेट गरी गोली प्रहार भयो, उनी बालबाल बचे । २४ माघमा लाजिम्पाटमा दिनदहाडै सञ्चार व्यवसायी जमिम शाहको हत्या भयो ।

सामुदायिक सूचना केन्द्रमा ब्लु फिल्मको व्यापार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दाङ, फागुन ९- युवा सञ्जालले जिल्लास्थित एक सामुदायिक सूचना केन्द्रमा ब्लु फिल्म (अश्लील चलचित्र)को व्यापार हुने गरेको आरोप लगाएको छ।पत्रकार सम्मेलन गरी जिल्ला युवा सञ्जालले नारायणपुरस्थित सामुदायिक ग्रामीण सूचना केन्द्रका अध्यक्ष तथा पदाधिकारीले यस्तो कार्य गर्दै आएको आरोप लगाएको हो। गाविस परिषद्मा रहेका राजनीतिनक दलका प्रतिनिधिहरूले यो केन्द्र सञ्चालन गरेका छन्।युवा सञ्जालले सूचना केन्द्रबाट बरामद गरिएको भन्दै ब्लु फिल्मका डिभिडीहरू समेत पत्रकार सम्मेलनमा सार्वजनिक गरेको थियो। केन्द्रमा भइरहेका अनियमितताबारे बुझ्न जाँदा पलङमुनि राखिएका अवस्था ती डिभिडीहरू वरामद गरिएको सञ्जालका अध्यक्ष विष्णुकुमार देवकोटाले बताए। समितिले केन्द्रका पदाधिकारीले रातीराती कार्यालयमा बसेर ब्लु फिल्म 'कपी' गरेर बेच्ने गरेको दाबी गरेको छ। केन्द्रका अध्यक्ष गोविन्दबहादुर न्यौपानेले भने 'आफूले नगरेको तर केन्द्रका कर्मचारीले त्यस्तो काम गर्ने गरेको' बताएका छन्। सोही काममा संलग्न रहेकाले एक कम्प्युटर प्रशिक्षकलाई जागिरबाट निष्कासन गरेको समेत अध्यक्ष न्यौपानेले बताए। 'म कम्प्युटरको क समेत जान्दिनँ,' उनले भने, 'कसरी म त्यो काम गर्नसक्छु?' केन्द्रबाट निष्कासित कम्प्युटर प्रशिक्षक दुर्गाप्रसाद भन्डारीले भने पत्रकार सम्मेलनमा केन्द्रमा भएको भ्रष्टाचार रोक्न खाज्दा निकालिएको बताए। 'जबर्जस्ती र दुर्व्यवहार गरेर मलाई निकालियो', उनले भने। कार्यालय सहायक रहेकी दिलकुमारी चौधरीलाई समेत संस्थाबाट निकालिएको थियो। अध्यक्ष न्यौपानेले राती पनि काम गर्नुपर्छ भनेको र उनको कुरा नमान्दा जागिरबाट निकालिएको चौधरीले बताइन्। 'ठूला मान्छेले जतिबेला भन्छन्, त्यतिबेला काम गर्नुपर्छ भन्दै धम्क्याउने गर्थे,' उनले भनिन्।स्थानीय युवाहरूले गठन गरेको उक्त सञ्जालमा निष्कासित कर्मचारी दुर्गा भन्डारी र चौधरीले निवेदन दिएका थिए। घटनाबारे छानविन गर्ने इलाका प्रहरी कार्यालय नारायणपुरले जनाएको छ।सञ्जालले गाविस तथा जिविसमार्फत आएका थुप्रै रकम केन्द्रका पदाधिकारीले हिनामिना गरेको समेत आरोप लगाएको छ। सञ्जालका अध्यक्ष देवकोटाले संस्थाले मनोमानी ढंगले रकम खर्च गर्ने गरेको र पदाधिकारीहरूले फर्जी बिल बनाएर रकम निकासा गरेको दाबी समेत गरे। पूर्व कर्मचारी दुर्गा भन्डारीले ८/९ हजारको कम्प्युटर मर्मत खर्चलाई ३२ हजार देखाएर रकम निकासा हुने गरेको बताए।सञ्जालले सूचना केन्द्रमा भएको भ्रष्टाचार छानविनको माग गर्दै सूचना केन्द्रमा धर्ना दिनेदेखि तालाबन्दी गर्नेसम्मका चरणवद्ध आन्दोलनको घोषणा गरेको छ।ग्रामीणस्तरका जनतालाई सहज सूचना तथा प्रविधि उपयोग गर्ने/गराउने उद्देश्यले स्थानीय निकायहरूको सहयोगमा २०६३ सालमा उक्त सूचना केन्द्र स्थापना भएको हो। केन्द्रले न्यूनतम मूल्यमा कम्प्युटर प्रशिक्षण, फोन, फ्याक्स, इमेल, इन्टरनेटलगायतका सेवा उपलब्ध गराउँदै आएको छ।

मदन भण्डारीको हत्यामा प्रचण्ड संलग्नता रहेको शंका

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२२ फेब्रुअरी, २०१०,एमाले केन्द्रीय कमिटी बैठकमा पार्टीका पूर्वमहासचिव मदन भण्डारीको हत्यामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उनको पार्टीको संलग्नता रहेको शंका देखिएकाले उनलाई छानबिनको घेरामा ल्याउनुपर्ने माग गरिएको छ । पार्टी केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले आइतबारको बैठकमा पूर्वमहासचिव मदन भण्डारीको हत्यामा माओवादी अध्यक्ष प्रचण्डको संलग्नता हुनसक्ने आशंका गर्दै उनीमाथि छानबिन गर्नुपर्ने माग गरेका हुन् । 'जिउँदो रहुन्जेल मदनलाई संशोधनवादको नाइके भनेर खेद्ने र आफ्नो सशस्त्र संघर्षको कार्यनीतिको दुश्मन ठान्ने प्रचण्डले एकमात्र साक्षी अमर लामाको हत्या आफैँले गराएपछि भारतले हत्या गर्‍यो भनेका छन्,' खतिवडाले भने, 'उनले मदनको हत्यारा मलाई थाह छ पनि भनेका छन्, उनीमाथि अनुसन्धान अघि बढाउन पार्टीले पहल गरोस् ।' मदन भण्डारीको जनताको बहुदलीय जनवादलाई संशोधनवाद भनेर संशोधनवादलाई नै मुख्य दुश्मन बताउने माओवादीको तत्कालीन नीति र अहिले हत्याको प्रमाण आफैँले नष्ट गरिसकेपछि अन्तरध्वंशको राणनीति प्रचण्डले लिएको खतिवडाको आरोप छ । '

राप्रपा नेपालको बन्दले राजधानी ठप्प

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२२ फेब्रुअरी, २०१०,संवैधानिक राजतन्त्र, संघीयता र धर्मनिरपेक्ष राज्य बारे जनतम संग्रह गरिनुपर्ने माग राख्दै राप्रपा नेपालले आज उपत्यका बन्द गराएको छ । बन्दका त्रममा आह्वानकर्ताले विहान उपत्यकाको विभिन्न स्थानमा हिन्दू धर्म र राजसंस्थाको पक्षमा नारावाजी गरेका छन् । प्रहरीले नयाँ बानेश्वर, गोंगवु, नयाँ बजार, सोरखुट्टे, कलंकी लगायतका स्थानमा एक सय बढी प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।
जनआन्दोलन- २ मा तत्कालीन राजा ज्ञानेन्द्रका मुख्य सहयोगीको भूमिका निर्वाह गरेका कमल थापाको दल राप्रपा नेपालले सोमबार उपत्यका बन्दको आह्वान गरेको छ।१४ जेठमै संविधान जारी गर्न तथा महँगीविरुद्ध पनि आन्दोलन गरेको उसले जनाएको छ। बन्द सफल पार्न आइतवार साँझ राप्रपा नेपालका कार्यकर्ताले राजधानीमा मसाल जुलुस प्रदर्शन गरेका थिए। उपत्यका बन्दका लागि राप्रपा नेपालले बिभिन्न जिल्लाबाट शनिबार र आइतबार कार्यकर्ता राजधानी भित्र्याएको छ। संघीयताको विरोधमा राप्रपा नेपाल र बामपन्थी दल राष्ट्रिय जनमोर्चा आन्दोलन गर्दै आएका छन्।

Feb 20, 2010

भयबाद बिषयक बिमर्श कार्यक्रम सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,हंगकंग
२० फेब्रुबरी, २०१०जोर्डन, हंगकंग आज कंगन रेष्टुरेन्टमा भयबाद अध्ययन केन्द्र हंगकंगको आयोजनामा भयबाद समन्धी एक बिमर्श कार्यक्रम सम्पन्न भएकोछ । नेपालबाट आउनु भएका प्राज्ञ प्रा. डा. गोविन्दराज भट्टरार्इ प्रमुख अतिथि तथा बक्ता रहनु भएको सो कार्यक्रमको सभापतित्व भयबाद अध्ययन केन्द्र नेपालका अध्यक्ष प्रा. डा. टंक प्रसाद न्यौपानेले गर्नु भएको थियो । कार्यक्रमको संचालन स्वयं भयबादी बिचारक देश सुब्बाले गर्नु भएको थियो । भयबाद : एक बिमर्श नाम दिइएको सो कार्यक्रममा देश सुब्बाले स्वागत सहितको मन्तब्यमा भयबादको पृष्ठभुमीको चर्चा गर्दै यसमा आधारीत उपन्यास आदिबासी आइसकेको तथा यसलाई नाटकीकरण गरिने तयारी भएको भन्दै प्रविण कुमार रार्इबाट भयबादी नाटक हेत्छाकुप्पा लेखिसकिएको कुरा बताउनु भयो । आफूले यसको प्रयोग र ब्याख्यालाई अझ फराकिलो पार्न निरन्तर प्रयास जारि राखेको भन्दै यसको प्रभावलाई मनोबिज्ञान र चिकित्सा बिज्ञानमा पनि खोजिएको बताउनु भयो । प्रमुख अतिथि डा. भट्टरार्इले मन्तब्यको क्रममा नेपाली साहित्यमा उदाएका बिभिन्न बाद, आन्दोलन र बिचारहरुको चर्चा गर्दै भयबाद कान्छो भएर पनि महत्वपूर्ण रहेको ब्याख्या गर्नु भयो । बिभिन्न समयमा उदाएका बादहरुमा पाच ओटा पुर्बबाट उदाएको र यसका सर्जकहरु सबै आदिवासी जनजाति भएको कुरा बताउनु भयो । मोती मण्डली र झर्रोबाद भारतीय भुमीमा जन्मीएको त्यसपछि भयबाद मुलुक बाहिरबाट आएकोले यो नेपाली साहित्यमा ऐतिहासिक महत्वको भएको चर्चा गर्नु भयो । यसका लागि देश सुब्बालाई बधाइ दिदै हंगकंगका बौद्धिक बर्गहरुले वहालाई सहयोग एबं प्रोत्साहन गर्नु पर्ने धारणा राख्नुभयो । कार्यक्रममा बोल्दै भयबादी अध्ययन केन्द्र नेपालका अध्यक्ष तथा आजको कार्यक्रमका अध्यक्ष डा. टंक प्रसाद न्यौपानेले आफ्नो मन्तब्यमा भयबाद दर्शन भएकोले अन्य बाद तथा आन्दोलनसित यसलाई तुलना गर्न नमिल्ने कुरा बताउनु भयो । भयबाद बिश्व चेतना भएको भन्दै भयबादले भयको निरुपण पनि दिने प्रयास गरेको तर त्यो पुर्ण स्पष्ट नभएकोले यसमा थप ब्याख्याको आबश्यकता भएको कुरा औंल्याउनु भयो । वहाले आफु भयबादको प्रबक्ता नभएको भन्दै भयबादी अध्ययन केन्द्रको अध्यक्षको हैसियतमा यो केन्द्रलाई सकेको सहयोग मात्र गर्ने कुरा बताउनु भयो ।करिब पन्ध्र जना श्रष्टा तथा पत्रकारहरुको उपस्थिति रहेकेा सो कार्यक्रमको अर्को चरणमा अनौपचारिक छलफल पनि भएको थियो । प्रदिप कन्दङ्गवा, रार्इ चन्द्रदुमी, कमल पौडेल र दिनेश सुब्बाले उठाउनु भएको प्रश्नको उत्तर डा.द्धय तथा भयबादी चिन्तक देश सुब्बाले दिनुभएको थियो ।

एमालेमा प्रधानमन्त्रीलाई राजीनामा गर्न दबाब

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री माधवकुमार नेपालले नेतृत्व गरेको सरकारले समयमा संविधान निर्माण गर्न, शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन र बृहत् राष्ट्रिय एकता कायम गर्न असफल भएकाले तुरुन्त राजीनामा दिएर सहमतिको बाटो खोलिदिन एमाले केन्द्रीय नेताहरूले माग गरेका छन्। पार्टीको जारी केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै नेताहरूले नेपालको नेतृत्वमा अझै पनि सरकार कायम राख्नुलाई समय बर्बाद गर्नु मात्र भएको टिप्पणी गरेका छन्।‘यो सरकार एउटा विशिष्ट अवस्थामा बनेको थियो र यसलाई प्रभावकारी बनाउन आवश्यक छ’ -सरकार-माओवादी वार्ता हुँदा सरकारी वार्ताटोलीका सदस्यसमेत रहनुभएका एमाले नेता प्रदीप ज्ञवालीले भन्नुभयो- ‘सरकार हट्दैमा सहमतिको वातावरण बनिहाल्छ भन्ने त छैन तर माओवादीले आफूलाई पूरै निःशस्त्र बनाएर गम्भीरताका साथ आउँछ भने सरकारको विकल्पको विषयमा पनि छलफल गर्न सकिन्छ।’माओवादीका लडाकू र हतियार व्यवस्थापन शान्ति प्रक्रियाको मुख्य विषय भएकाले सरकारले त्यो विषयमा आफूलाई केन्द्रित गर्नुपर्ने सुझाव दिँदै उहाँले अझैसम्म पनि हतियार व्यवस्थापन र लडाकू समायोजन हुन नसकेकोमा असन्तुष्टि व्यक्त गर्नुभएको थियो।

थारू संस्थाले संर्घषका कार्यक्रम सार्वजनिक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आठवटा थारू संस्थाले तराईलाई बहुप्रदेश बनाउनुपर्ने माग गर्दै संर्घषका कार्यक्रम सार्वजनिक गरेका छन्।थारू कल्याणकारी सभा, थरुहट संर्घष समिति, नेपाल लोकतान्त्रिक थारू संघ, नेपाल स्वशासित थारू संघ, राष्ट्रिय प्रजातान्त्रिक थारू संघ, थारू विद्यार्थी समाज, थारू युवासभा र थारू महिलासभाले शुक्रबार संयुक्त विज्ञप्ति जारी गरी बहुप्रदेश गठन हुँदा तराई र त्यहाँका जनतालाई फाइदा पुग्ने उल्लेख गरेका छन्।विज्ञप्तिमा थरुहट तराईलाई एउटै प्रदेश बनाएर कथित मधेसवादी ठेकेदार नेताहरूले एकलौटी शासन चलाउने षड्यन्त्रका विरुद्ध सम्पूर्ण तराईवासीलाई संर्घषका निम्ति उठ्न आ≈वान गरिएको छ।‘थरुहट तराई भनेको प्रदेश होइन, भूमि हो’, विज्ञप्तिमा भनिएको छ- ‘जुनसुकै नामको प्रदेश बनाए पनि पहाड या हिमाल भन्ने नाम जीवित रहन्छ, त्यसै गरी जुनसुकै नामका धेरैवटा प्रदेश बनाए पनि थरुहट तराईको नाम जीवित रहन्छ।’ ती संगठनहरूले फागुन २० गते जिल्ला प्रशासन कार्यालयहरूमार्फ संविधानसभालाई खबरदारीपत्र बुझाउने, फागुन २१ गते काठमाडौंमा संविधानसभा घेराउ गरी धर्ना दिने, फागुन २५ गते सबै जिल्लामा ‘थोरै प्रदेश अभिशाप, बहुप्रदेश लाभ’ नाराका साथ संयुक्त सभा गर्ने, फागुन २९ गते देशव्यापी मसाल जुलुस निकाल्ने र चैत १ गते थरुहट तराई बन्द गर्ने कार्यक्रम सार्वजनिक गरेका छन्।

उपेन्द्र यादव र विजय गच्छदार अहिले पानी बाराबार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
७ फागुन,एक समयका सहयात्री उपेन्द्र यादव र विजय गच्छदार अहिले पानी बाराबारको अवस्थामा छन् । मधेसी जनअधिकार फोरम विभाजन भएयता उनीहरूबीच झुक्किएर पनि भेटघाट र बोलचाल भएको छैन । संयोगले होइन, नियोजित रूपमै दुई नेता एक-अर्काबाट टाढिन्छन् । उपेन्द्र सहभागी भएको कार्यक्रममा गच्छदार जाँदैनन् भने गच्छदार भएका ठाउँमा उपेन्द्र पाइलो राख्दैनन् । यसबीचमा, दुई-तीनपटक उनीहरू भेट हुने संयोग जुरेको थियो, तर दुवैले त्यसलाई टारे । यादव र गच्छदारको अन्तिम भेट गत जेठ १५, १६ र १७ गते सम्पन्न फोरमको बैठकमा भएको थियो । त्यो पार्टी फुट्नुभन्दा अघिको अन्तिम बैठक थियो । त्यसयता उनीहरूबीच जम्काभेट पनि भएको छैन । 'हो, भेट भएको छैन,' लोकतान्त्रिक फोरमका वरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादव भन्छन्, 'भेट्नुको कुनै औचित्य पनि छैन ।'
सम्बन्ध बिगि्रनुमा उपेन्द्र गच्छदारलाई र गच्छदार उपेन्द्रलाई दोषी देखाउँछन् । दुवैले एक-अर्काको चरित्र र नैतिकतामाथि समेत प्रश्न उठाउने गरेका छन् । 'गच्छदारले आफ्नो चरित्र, व्यवहार र नैतिकतामा सुधार गरे मात्र उनीसित सम्बन्ध हुन सक्छ,' फोरम अध्यक्ष यादव भन्छन्, 'अन्यथा कुनै किसिमको सम्बन्ध हुने सम्भावना छैन ।' गच्छदारको शैली पनि उस्तै छ । यादवप्रति आक्रोश व्यक्त गर्दै उनले भने, 'उहाँसित अहिले कुनै किसिमको राजनीतिक सम्बन्ध छैन । बोलचाल गर्नुको कुनै अर्थ पनि छैन ।' यादव र गच्छदारलाई मिलाप गराउन अर्को मधेसी दल तराई मधेस लोकतान्त्रिक पार्टीले समेत प्रयास गरेको थियो । सो पार्टीले दुईपटक यस्तो प्रयास गरे पनि सफल हुन सकेन । संसद्मा प्रस्तुत संविधान संशोधन विधेयकमाथि छलफलका लागि तमलोपाले बोलाएको पाँच मधेसवादी दलको बैठकमा यादव र गच्छदार दुवै उपस्थित भएका थिए, तर फरक समयमा । सुरुमा यादव आए । गच्छदार आउने थाहा पाएपछि उनले 'म हतारमा छु, बैठकले गरेका सबै निर्णय मान्छु' भन्दै निस्किएको स्रोतले बतायो । उनी हिँडेपछि गच्छदार आएका थिए । तमलोपाले भोलिपल्ट यही विषयमा बैठक बोलायो । तर, यादवले सहअध्यक्ष्ा जेपी गुप्तालाई बैठकमा पठाए । लोकतान्त्रिक फोरमबाट गच्छदार आफैँ आए । गुप्ता र गच्छदारबीच पनि बोलाचाल भएन । पार्टी फुट्नुभन्दा अघिको बैठकमा यी दुई नेताबीच भनाभनसमेत भएको थियो । सार्वजनिक कार्यक्रममा र मिडियासित दुवै नेता एक-अर्काको उछित्तो काढ्न बाँकी राख्दैनन् । 'गच्छदार राजनीतिक मान्छे नै होइन, ऊ अवसरवादी हो । जहिले पनि अवसर र सत्तामात्र हेर्छ,' यादव भन्छन् । गच्छदारले पनि यादव अधिनायकवादी भएको आरोप लगाउँछन् । आरोप लगाउँदै आएका छन् । 'यादवले अधिनायकवादी ढंगले पार्टी चलाउन खोजेका थिए, त्यसकारण हामी अर्को पार्टी खोल्न बाध्य भयौँ,' गच्छदारले भने । पहिले कांग्रेसमा रहेका गच्छदार संविधानसभाको चुनावपूर्व फोरममा प्रवेश गरेका थिए । तर, माधव नेपालले नेतृत्व गरेको वर्तमान सरकारमा सहभागी हुने या नहुने विषयमा गच्छदार र यादवबीच विवाद भई पार्टी फुटेको हो । फुट्नुभन्दा अघि रहेको कार्यालय शंखमूलबाट दुईवटै पार्टी अन्यत्र सरेका छन् । लोकतान्त्रिक फोरमको केन्द्रीय कार्यालय सानेपामा छ भने फोरमको बालकुमारीमा । उपेन्द्र कम्युनिस्ट पृष्ठभूमिका हुन् भने गच्छदार कांग्रेसका । दुवैको गृहजिल्ला सुनसरी हो । ०४२ सालमा दुवै नेता सेन्ट्रल जेलमा एकैसाथ रहेका थिए ।

झापामा भूटानी शरणार्थी नेताको हत्या

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२० फेब्रुअरी,२०१०,अज्ञात समूहले शुक्रबार साँझ झापामा एक भूटानी शरणार्थी नेताको गोली हानी हत्या गरेको छ । प्राप्त समाचार अनुसार झापाको मेचीनगर नगरपालिका धुलाबारीको भूटानी चोकमा अज्ञात समूहले हानेको गोली लागि भूटानी शरणार्थी नेता रमेश सुब्बाको मृत्यु भएको हो । सुब्बा युनाइटेड रिभोलुसनरी फ्रन्ट अफ भूटानका प्रमुख हुन् । प्रहरीका अनुसार हत्याको कसैले पनि जिम्मेवारी लिएको छैन ।

मिस शेर्पाको अन्तिम प्रतिस्पर्धाको तयारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मिस शेर्पा २०१० का लागि पहिलो चरणमा बीस प्रतियोगी छनोटमा परेका छन् । नेपाल शेर्पा संघको सहयोगमा कलासंस्कृति संरक्षण केन्द्रद्वारा आयोजना गरिएको मिस शेर्पाको अन्तिम प्रतिस्पर्धा यही फागुन २८ गते राष्ट्रिय नाचघरमा हुँदै छ । पहिलो चरणमा छनोटमा परेका प्रतियोगीहरूको व्यक्तित्व विकासका लागि प्रशिक्षण सञ्चालन भइरहेको केन्द्रका अध्यक्ष सन्तोष रौनियारले बताए । प्रतियोगीहरूलाई कोरियोग्राफर प्रभा अमात्यले व्यक्तित्व विकाससम्बन्धी प्रशिक्षण दिइरहेकी छिन् ।

सडक र सदन आन्दोलन चर्काउने भो माओवादीले

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२० फेब्रुअरी,२०१०,एकीकृत माओवादीको केन्द्रीय समितिको आज शनिबार बस्ने बैठकले तीन महिने कार्ययोजना तय गर्ने भएको छ । हालै सम्पन्न दुई दिने राष्ट्रिय प्रशिक्षण भेलाको सुझावको आधारमा उसले पार्टीको भावी कार्यदिशा तय गर्ने भएको छ । आज बस्ने केन्द्रीय समितिको बैठकले शुक्रबार बसेको स्थायी समितिको बैठकले गरेका निर्णयहरु अनुमोदन गर्ने माओवादीस्रोतले जनाएको छ । बैठकले तीन महिने जनपरिचालन कार्यक्रम तय गर्ने भएको छ । स्थायी समितिको बैठकले नयाँ संविधान निर्माणका लागि जनदबाब सिर्जना गर्ने निर्णय गरेको थियो । माओवादीले निर्धारित समयमा संविधान जारी गर्नको लागि आलटाल हुन लागेको भन्दै संविधान जारी गर्न दबाबस्वरुप सदन र सडक आन्दोलन चर्काउने निर्णय गरेको छ ।

Feb 19, 2010

साब्लाबुङ नामक साहित्यिक पत्रिकाको लोकार्पण सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ
लोहोरुङ याख्खावा युयोङ हङकङले मंगलवार बेलुकी जोर्डन स्थित मगर संघ हङकङको कार्यलयमा साब्लाबुङ नामक साहित्यिक पत्रिकाको लोकार्पण सम्पन्न गरेको छ। कार्यक्रमका प्रमुख आतिथि, आठ पहराइ राई भाषामा पीएचडी गर्नु भएका प्राध्यापक टंक प्रसाद न्यौपाने र बिशेष आतिथि डा प्राध्यापक गोविन्द भट्टराईले संयुक्त रुपमा पत्रिकाको बिमोचन गरेका थिए। साब्लाबुङ पत्रिकाको बारेमा पत्रकार चन्द्र दुमी राई, बिशेष आतिथी वरिष्ठ साहित्यकार डा गोविन्द भट्टराई र प्रमुख आतिथी डा टंक प्रसाद न्यौपानेले मन्तव्य दिएका थिए। मन्तव्य दिने क्रममा डा टंक प्रसाद न्यौपानेले राई लिम्बु बस्तिमा खाइखेली हुर्केका एक जना बाहुनको छोराले आठ पहराइ राई भाषामा पीएचडी गर्नको लागि निवेदन गर्दा बाहुनको छोरा त्यै माथि नेपाली भाषाका शिक्षकले राई भाषामा पीएचडी किन गर्नु पर्यो भनेर डिन को अफिस बाट स्विकृति नहुँदा बिदेशी गोराहरुले नेपाल आएर गुरुङ, मगर, राई, लिम्बुहरुको भाषाको बारेमा पीएचडी गर्न पाउने तर म एक जना नेपालीको छोराले राई भाषामा पीएचडी गर्छु भन्दा किन नपाउने भनेको रमाइलो प्रसँगलाई जोड्दै आफुले राई भाषामा किन र कसरी पीएचडी गर्नु पर्‍यो, पिएचडी गर्न के कस्तो झमेला भोग्नु पर्‍यो भनेर सबै सामु छर्लङ पारेका थिए।आगामी अङ्कहरुमा डा गोविन्द भट्टराई र डा टंक प्रसाद न्यौपानेको पनि सहयोग रहने र पत्रिकाको निरन्तरताको कामना दुबै जना अतिथिहरुले गरेका थिए। पत्रिकाको बारेमा सम्पादक राज कुमार राईले पनि मन्तव्य दिएका थिए। कार्यक्रमको अध्यक्षता लोहोरुङ याख्खावा युयोङ हङकङका अध्यक्ष तथा साब्लाबुङ पत्रिकाका ब्यवस्थापक जित बहादुर राईले गरेका थिए भने कार्यक्रमको सन्चालन मात्रिदिप राईले गरेका थिए। प्रमुख आतिथि डा टंक प्रसाद न्यौपाने र बिशेष आतिथि वरिष्ठ साहित्यकार डा गोविन्द भट्टराईलाई सँस्थाको तर्फबाट सम्मान पत्र हस्तान्तरण गरिएको थियो। कार्यक्रममा जनजाती महासंघ हङकङका अध्यक्ष भुपेन्द्र चेम्जोङ, नेपाली साहित्य प्रतिष्ठान हङकङका अध्यक्ष टंक सम्वाहाम्फे, पत्रकार चन्द्र दुमी, कुलप्रसाद गुरुङ लगायत अन्य गन्यमान्य ब्यक्तिहरुको पनि उपस्थिति रहेको थियो।

प्रजातन्त्रलाई जीवन्त राख्न पुर्व राजाको आह्वान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१९ फेब्रुअरी, २०१०,पुर्वराजा ज्ञानेन्द्र शाहले शहीदहरुको उर्त्र्सग, प्रजातन्त्र पक्षधर राजनीतिक शक्तिहरुको संलग्नता तथा नेपाली जनताको चाहनाअनुरुप प्राप्त प्रजातन्त्रलाई जीवन्त राख्न आह्वानगरेका छन् । प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिंदै पुर्व राजा ज्ञानेन्द्रले राष्ट्रहितलाई सर्वोपरी ठान्ने विचार पद्धति, पारदर्शी शासन शैली, जनतालाई अभिप्रेरित गर्ने राजनीति तथा सबैको साझा प्रतिवद्धताको आवश्यकता रहेको समेत जनाएका छन् । ' प्रजातन्त्रको उज्यालो घाम नेपालीका गाउँवस्ती र घरघरमा झल्मलाओस्, सबै नेपाली शान्त, सुखी र समृद्ध होउन, नेपालीहरुबीच सद्भाव र एकता कायम रहोस्, यही मेरो शुभकामना छ, सन्देशमा भनिएको छ.। लोकसम्मति, नेपालको ऐतिहासिक पृष्ठभूमि र प्रजातान्त्रिक आदर्शलाई आत्मसात गरेर नेपालीहरुको आकांक्षाअनुरुप शान्तिसुरक्षा, सुशासन र राजनीतिक स्थिरताको प्रत्याभूति साथै प्रजातान्त्रिक आदर्शको जनपक्षीय भूमिका, राष्ट्रिय अस्मिता, अस्थित्व एवं मान्यता समग्र रुपमा निर्वाह होस् ।

Feb 18, 2010

ओझेलमा पर्‍यो संविधान निर्माण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१९ फेब्रुअरी, २०१०,प्रमुख तीन दल एमाले, नेपाली काँग्रेस र एकीकृत माओवादी आ-आफ्नै कार्यक्रममा व्यस्त रहेपछि नयाँ संविधान निर्माण कार्य प्रभावित बन्न पुगेको छ । तीनै दलका नेताहरु पार्टीका बैठक तथा अन्य कार्यक्रमहरुमा व्यस्तता जनाएपछि संविधान निर्माण कार्य स्थगित भएको छ । एकीकृत माओवादीको बुधबार र बिहिबार भक्तपुरको खरीपाटीमा दुइ दिने केन्द्रीय प्रशिक्षण कार्यक्रममा नेताहरु व्यस्त थिए भने नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक बुधबारदेखि जारी छ । यस्तै एमालेको केन्द्रीय कमिटीको बैठक पनि पार्टी मुख्यालय, बल्खुमा बसिरहेको छ । संविधान निर्माणको कार्यतालिका अनुसार यही फागुन २१ गतेभित्र संविधानसभाका ११ वटा बिषयगत समितिको प्रतिवेदन पारित गरी पठाउने र त्यसको आधारमा संवैधानिक समितिले एकीकृत मस्यौदा तयार पार्ने काम सक्नुपर्नेछ ।

अमेरिकी राष्ट्रपतिको लोकप्रियता घट्दो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वासिङ्टन/ राष्ट्रपति पद सम्हालेको वर्ष दिन पुग्दा-नपुग्दै अमेरिकी राष्ट्रपतिको लोकप्रियता घट्दो छ । सिएनएनद्वारा गरिएको एक सर्वेक्षणमा ५२ प्रतिशत अमेरिकी मतदाताले बाराक ओबामा दोस्रो कार्यकालका लागि पुनः राष्ट्रपति हुनलायक नभएको बताएको उल्लेख गरिएको छ । अमेरिकामा २०१२ मा राष्ट्रपति चुनाव हुँदै छ । ४४ प्रतिशत मतदाता भने ओबामा पुनः दोस्रो कार्यकालका लागि योग्य भएको बताएका छन् । सर्वेक्षणका अनुसार ४९ प्रतिशत अमेरिकी मात्रै ओबामाको कामदेखि सन्तुष्ट छन् भने ५१ प्रतिशत मतदाताले ओबामाको कामप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।ओबामाले इराक-अफगानिस्तान युद्ध समाप्त गर्ने, विश्वमा अमेरिकाको बिग्रेको छवि सुधार्नेलगायतका आश्वासन दिएर चुनाव जितेका थिए । तर, उनले राष्ट्रपतिको कार्यभार सम्हालेको एक वर्षमा प्रतिबद्धता पूरा गर्ने कुनै लक्षण देखिएको छैन । 'बहुसंख्यक अमेरिकी ओबामालाई मध्यमवर्गीय व्यक्ति मान्न तयार छैनन्,' सिएनएनका सर्वेक्षण निर्देशक केटिङ हल्यान्ड भन्छन्, 'केवल चार प्रतिशत अमेरिकीले मात्र आफूलाई उच्च वर्ग बताउँछन् । तर, ४५ प्रतिशत अमेरिकीले ओबामा उच्च वर्गमा पर्ने बताउँछन् । ४२ प्रतिशत अमेरिकी भने उनी मध्यमवर्गीय परिवारका मानिस भएको ठान्छन् ।

संयन्त्रमा सरकारको विषयमा पनि छलफल हने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फागुन ७,राजनीतिक गतिरोध अन्त्य गर्ने उद्देश्यका साथ आज बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा मुख्य तीन दल सत्ता साझेदारीको विषयमा पनि छलफल गर्न सहमत भएका छन्। उच्चस्तरीय राजनीतिक संयन्त्रमा सत्ता साझेदारीको विषयले ‍औपचारिक प्रवेश पाएको यो पहिलो पटक हो। यसअघिको बैठकमा एकीकृत माओवादीले यस विषयमा पनि छलफल हुनुपर्ने प्रस्ताव राखेको थियो। काँग्रेस सभापति गिरिजाप्रसाद कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच यस्तो सहमति हुँदा संयन्त्रका आमन्त्रित सदस्य प्रधानमन्त्री माधवकुमार नेपाल भने उपस्थित थिएनन्। यसैगरी मुख्य तीन दल राजनीतिक गतिरोध समाधानका लागि पुनः साझा संकल्प प्रस्तावमै फर्किएका छन्। यसअघि पटक पटकका तीन दलीय बैठक संकल्प प्रस्तावको व्यहोराको भाषा नमिल्दा निश्कर्षविहीन बनेको थियो। काङ्ग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको महाराजगन्जस्थित निवासमा आज बिहान बसेको बैठकमा संकल्प प्रस्तावको व्यहोरा तयार पार्न तीन दलको कार्यदललाई जिम्मा दिइएको जानकारी एमाले अध्यक्ष खनालले दिए। 'सहमतिको पहिलो बूँदा दुई दिनमा साझा संकल्प प्रस्तावको टुंगो लगाउने भन्नेछ', उनले भने। काङ्ग्रेस नेता अर्जुननरसिंह केसीका अनुसार कार्यदलले पर्सि अपराह्नको संयन्त्रको बैठकमा प्रस्तावको मस्यौदा पेश गर्नेछ। हरेक बिहीबार संयन्त्रको बैठक बस्ने भनिए पनि हिजो नेताहरु पार्टीका बैठकहरुमा व्यस्त भएकोले आज बैठक बसेको हो। बैठकमा माओवादी लडाकुको समायोजन, पुनर्स्थापनसम्बन्धमा पनि छलफल हुने बताइएको थियो। यसअघिको बैठकमा संयन्त्रका आमन्त्रित सदस्य प्रधानमन्त्री माधवकुमार नेपालले लडाकु समायोजन सम्बन्धमा छलफल गर्न राखेको प्रस्तावलाई एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पहिले राजनीतिक गतिरोधको अन्त्य हुनुपर्ने भन्दै इन्कार गरेका थिए। माओवादीले सेनापति थमौति मामिलामा राष्ट्रपतिले चालेको कदमले नागरिक सर्वोच्चता हनन् भएको भन्दै गरिरहेको चरणवद्ध आन्दोलन संयन्त्र गठन भएपछि खुकुलो पारेका थिए। यो मामिला नसल्टिएसम्म अरु विषयमा प्रवेश नगर्ने उसको अडान छ।

डिजल र मट्टितेलमा मूल्यवृद्धि प्रति लिटर एक रुपैयाँ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१९ फेब्रुअरी, २०१०,नेपाल आयल निगमले आजदेखि लागु हुने गरी डिजल र मट्टितेलमा प्रति लिटर एक रुपैयाँ वृद्धि गरेको छ । मूल्यवृद्धिपछि अब डिजल र मट्टितेलको भाउ पहाडी जिल्लामा प्रति लिटर ५९ र तराईमा ५७ रुपैयाँ ५० पैसा पुगेको छ ।निगमलाई घाटा भइरहेकाले मूल्यवृद्धि गर्नुपरेको निगमका प्रवक्ता मुकुन्द ढुङ्गेलले जनाएका छन्। बुधबार राति अबेर बसेको निगम बोर्ड बैठकले मूल्य बढाउने निर्णय गरेको थियो ।

Feb 17, 2010

करिब ५ सय निजामती कर्मचारीको सरुवा बदर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फागुन ५,सरकारले माघ महिनामा गरिएको करिब ५ सय निजामती कर्मचारीको सरुवा बदर गरेको छ। सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक सूचना प्रकाशित गरी माघको २०, २६ र २९ गते तीन चरणमा भएको ४ सय ८८ जनाको सरुवा बदर गरेको हो। सामान्य प्रशासन मन्त्रालयले निजामती ऐनअनुसार कुनै एक ठाउँमा २ वर्ष काम गरेका कर्मचारीलाई माघ महिनामा सरुवा गर्न पाउँछ। सामान्यले माघ २० मा राजपत्र अनकित १ सय ३, शाखा अधिकृत १८, माघ २६ मा कार्यालय सहयोगी र सवारी चालक गरी ८६, नासु ८६, शाखा अधिकृत २० र विशेष बढुवावाला शाखा अधिकृत २५ तथा माघ २९ मा खरिदार ८६ र विभिन्न पदका ५७ जना कर्मचारी सरुवा गरेको थियो।सामान्यले कानुनबमोजिम भएको सरुवालाई बिना कारण बदर गरेको हो। सामान्य प्रशासन मन्त्रालयले मानव संशाधन मन्त्रालयमा रूपान्तरण हुने क्रममा रहेकाले सरुवा बदर गरिएको दाबी गरेको छ।सामान्य प्रशासन सचिव बालानन्द पौडेलले रूपान्तरणको क्रममा रहेको मानव संशाधन मन्त्रालयलाई सरुवा निजामती कर्मचारीको वृत्ति विकास, कल्याणकारी काम, सरकारलाई आवश्यक जनशक्ति छनोटमा केन्द्रित गर्न सरुवा बदर गरिएको बताए।उनले कुन मन्त्रालय कस्ता कर्मचारी चाहिन्छन् भन्ने निर्णय उसैलाई गर्न दिने, सरुवाको जिम्मा लिने र दिने मन्त्रालयलाई नै दिन भएका सरुवा बदर गरिएको जानकारी दिए।

प्रकाशमान सिंहलाई आफ्नै पार्टीका कार्यकर्ताले हातपात

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
५ फागुन,कांग्रेस उपसभापति प्रकाशमान सिंहलाई आफ्नै पार्टीका कार्यकर्ताले हातपात गरेका छन् । कांग्रेस र कांग्रेस प्रजातान्त्रिकबीच एकतापछि पनि जिल्लामा रहेको विवाद समाधान गर्न नसकेको भन्दै संखुवासभा र ओखलढुंगाका कार्यकर्ताले उपसभापतिलाई हातपात गरेका हुन् । कांग्रेस केन्द्रीय समितिको बैठकमा भाग लिन बुधबार बिहान झन्डै सवा एघार बजे उपसभापति सिंह सानेपास्थित पार्टी कार्यालय पुगेका थिए । तर, एकताका नाममा अन्याय भएको भन्दै उपसभापति सिंहलाई संखुवासभा र ओखलढुंगाका कार्यकर्ताले हातपात गरेका हुन् । पार्टी एकतापछि जिल्लामा उत्पन्न विवाद समाधान समितिका संयोजकसमेत रहेका सिंहलाई प्रेमराज राई, मित्रसेन दाहालसहितको नेतृत्वमा केन्द्रीय कार्यालय सानेपामा धर्नामा बसेका कार्यकर्ताले आक्रमण गरेका हुन् । पार्टी एकताको भावनाविपरीत विवाद समाधान समितिले संखुवासभा र ओखलढुंगाको जिल्ला सभापति परिवर्तन गरेको भन्दै धर्नामा बसेका असन्तुष्ट कार्यकर्ताले उनलाई आक्रमण गरेका हुन् । धर्नामा बसेका कार्यकर्ता र उपसभापति सिंहबीच भनाभन बढ्दै जाँदा सिंहमाथि कार्यकर्ताले आक्रमण गरेका हुन् । धर्नामा सहभागीले उपसभापति सिंहका विरुद्ध चर्को नाराबाजी गर्दै निर्णय फिर्ता नगरेसम्म कार्यालय प्रवेश गर्न नदिने अडान राखेका थिए । धर्नामा बसेका कांग्रेस कार्यकर्ताले सिंहमाथि आक्रमण गर्नुका साथै पार्टी कार्यालयका प्लास्टिकका कुर्सीसमेत भाँचिदिएका छन् । धर्नामा सहभागीले उपसभापति सिंहलाई भगौडा नेता भनेका थिए । 'हिजो (मंगलबार) पछिल्लो ढोकाबाट भित्र छिरेका नेता उतैबाट गए, यस्ता भगौडा नेता चाहिन्न,' कार्यकर्ताको भनाइ थियो । तर, आफूलाई भगौडा नेता भनेपछि उपसभापति सिंह उत्तेजित बनेका थिए । सिंहले आफू हिजो -मंगलबार) पनि अगाडिको बाटोबाट भित्र छिरेको भन्दै आज (बुधबार) पनि त्यही ढोकाबाट छिरेको दाबी गरेका थिए । उत्तेजित उपसभापति कार्यकर्तालाई धकेल्दै कार्यालय प्रवेश गरेका थिए । तर, उनी कार्यालयभित्र प्रवेश गरिसक्दा धर्नामा रहेकाले केही झापड हानेका थिए । उनले पनि केही झापड फर्काएका थिए । धर्नामा बसेका कांग्रेस कार्यकर्ताले उपसभापति सिंहले आफूहरूमाथि हातपात गरेको दाबी गरेका छन् । धर्नामा बसेका मनोज घिमिरे, टेकबहादुर कटवाल र रामकुमार थापा घाइते घाइते भएको दाबी छ । उनीहरू स्टार हस्पिटलमा उपचार गराएर फर्किएका छन् । उपसभापति सिंहले भने सकेसम्म सबैको भावना समेटेर नै निर्णय गर्ने प्रयास गरेको दाबी गरेका थिए । उनले विवाद समाधान समितिमा पनि सहमति जुट्न नसकेपछि कुनै न कुनै प्रक्रियाबाट निर्णयमा पुग्न समिति बाध्य भएकाले बहुमतको आधारमा निर्णय गरेको जिकिर गरेका थिए ।तर, असन्तुष्ट कार्यकर्ताले आफूहरूप्रति अन्यायपूर्ण निर्णय गरेको आरोप लगाएका थिए । उनले विवाद समाधान समिति र पदाधिकारीको संयुक्त बैठक रहेको भन्दै कार्यालय प्रवेश गर्न दिन आग्रह गरेका थिए । संखुवासभा र ओखलढुंगाका कार्यकर्ताले मंगलबार पनि पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका थिए । उनीहरूले कार्यवाहक सभापति सुशील कोइरालासहितका केही केन्द्रीय सदस्यलाई मंगलबार साढे एक घन्टा केन्द्रीय कार्यालय प्रवेशमा रोक लगाएका थिए ।सिंहमाथि आक्रमण भएपछि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा ठूलो संख्यामा प्रहरी परिचालन भएको थियो । प्रहरीले स्थितिलाई सामान्य बनाएको थियो । दिनभरि नै केन्द्रीय कार्यालय वरपर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

भारतीय सीमा सुरक्षाबलले भौतिक संरचना हटाउन थाले

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
इलाम, ५ फागुन,भारतीय सीमा सुरक्षाबल (एसएसबी) ले इलामको पूर्वी सीमावर्ती क्षेत्रमा नेपाली भूमि मिचेर निर्माण गरेका भौतिक संरचना हटाउन थालेका छन् । पशुपतिनगरस्थित पुलखोला र हिलेनजिकैको चारमाइलमा बनाइएका भौतिक संरचना र तारबार एसएसबीले चार दिनदेखि हटाइरहेको छ । चारमाइलमा रहेका ७१/९, ७१/१० र ७१/११ नम्बरका सीमास्तम्भबीचको क्षेत्रमा भारतीय पक्षबाट निर्माण गरिएका भौतिक संरचना एसएसबीले हटाइसकेको छ । पुलखोलाको ७०/३ बि-टु र ७०/४ एम-टु क्षेत्रमा राखिएको सुरक्षा क्याम्पसमेत एसएसबीले भारतीय भूमितर्फ सार्न थालेको पशुपतिनगरका कमल गदालले बताए । एसएसबीले पुलखोलास्थित दसगजा क्षेत्रको खेलमैदानमा निर्माण गरेको फलामको गेटसमेत भत्काउँदै छ । सीमा प्रशासन कार्यालयमा सीमाको नापनक्सा र त्यहाँको यकिन तथ्यांक छैन । राज्यस्तरबाट आउने सीमा निरीक्षण टोलीले सीमा कार्यालय र जिल्ला प्रशासनमा समेत सम्बन्धित सीमाक्षेत्रको नापनक्सा नदिने गरेको सीमा प्रशासन पशुपतिनगरका प्रमुख यज्ञराज आचार्यले बताए । 'कति भूमि अतिक्रमण भएको छ भन्ने तथ्यांक हामीलाई पनि थाहा छैन,' आचार्यले भने, 'माथिबाट सीमा निरीक्षणमा कहिले, को आउने भन्नेसम्मका जानकारीसमेत हुँदैन ।' इलाका प्रहरी कार्यालय र सीमा प्रशासनले सातामा दुई-तीनपटकसम्म सीमा क्षेत्रको निरीक्षण गरिरहेका छन् । लामो समयदेखि भएको सीमा अतिक्रमणको विरोध र स्थानीयवासीको निगरानीले अतिक्रमित भूमिबाट एसएसबी पछि हट्दै गएको स्थानीयको भनाइ छ । इलामको पूर्वी सीमावर्ती क्षेत्रका विभिन्न स्थानमा २० रोपनीभन्दा बढी नेपाली भू-भाग भारतीय पक्षबाट अतिक्रमण भएको विभिन्न समयमा खटिएका राज्य र स्थानीयस्तरका सीमा निरीक्षण टोलीको ठहर छ । जिल्लाको पूर्वी अन्तु गाविसको गुफापातालमा ११ रोपनी, उत्तरी सन्दकपुरमा चार रोपनी र पूर्वी पशुपतिनगरस्थित हिले, मानेभञ्ज्याङ, छब्बिसेलगायत स्थानमा सो क्षेत्रफलको नेपाली भू-भाग मिचिएको यसअघि ठहर भएको थियो । भारतीय पक्षबाट इलामको छब्बिसेमा रहेको ७२/५ नम्बरको स्तम्भ, पशुपतिनगर-५ पुलखोलामा ७२/२ र ७२/३ नम्बरको सहायक स्तम्भका बीचमा तथा पशुपतिनगर-४ स्थित हिलेमा ७१/८, ७१/९ र ७१/१० नम्बरको सहायक स्तम्भको आसपासमा भारतीय सुरक्षा बलले क्याम्प बनाई तारबारसमेत गरेपछि नेपाली भू-भाग त्यसभित्रै गाभिएको छ । भारतले श्रीअन्तुको छब्बिसेमा जवाहर नवोदय भारतीय विद्यालय दसगजाभित्रै बनाइएको छ भने फाटक, मानेभञ्ज्याङ, सीमानाबजार, सन्दकपुरलगायत क्षेत्रमा दसगजा मिचेरै बस्ती बसालिएको छ । भारतपट्टी धेरै भिरालो जमिन भएकाले पनि दसगजाको सजिलो जमिन मिचिने गरेको पशुपतिनगरका मिलन क्षेत्रीले बताए । राज्य पक्षकै उदासिनताको फाइदा उठाएर एसएसबीले सीमाअतिक्रमण जारी राखेको छ । एसएसबीले पटक-पटक नेपाली भू-भाग मिचेर क्याम्पसमेत खडा गर्दै आएको छ । संविधानसभा चुनावका वेला सुरक्षाको कारण देखाउँदै सन्दकपुर, गुफापाताल, छब्बिसे र हिलेका विभिन्न स्थानमा एसएसबीले दसगजा क्षेत्र मिचेर क्याम्प खडा गरेको थियो । तीन-तीन किलोमिटरको दूरीमा रहेका ती क्याम्प यतिका समय बितिसक्दा पनि नहटाउँदा सीमाका नेपालीले सास्ती भोग्नुपरेको छ । पूर्वी पशुपतिनगरस्थित भारततर्फ प्रवेश गर्ने मुख्य द्वारमा नेपाली भू-भागमै राखिएको एसएसबीको चेकपोस्ट अहिले पनि त्यही स्थानमा छ । सीमा अवलोकन र अध्ययनका क्रममा मेची अञ्चलमा मात्र दुई हजार हेक्टरभन्दा बढी भूमि भारतले अतिक्रमण गरेको पाइएको संविधानसभाअन्तर्गतको मानवअधिकार तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिले जनाएको छ । समितिका सभापति पदमलाल विश्वकर्माका अनुसार नेपालको ६० हजार हेक्टरभन्दा बढी जमिन भारतले मिचेको छ ।

कर्मचारीले ओलीको गाडी खोस्दा एमालेमा हलचल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
८,फेब्रुअरी,२०१०,एमालेका प्रभावशाली नेता केपी शर्मा ओली चढ्दै आएको गाडीमाओवादी समर्थित नेपाल बिद्युत प्राधिकरणका कर्मचारीहरुले खोसेका छन् । बुधबार दिउँसो इन्धन मर्मत खर्च लिन प्राधिकरण गएको बेलामा ओली चढ्दै आएको बा५च ४७१८ नम्बरको निसान गाडीकर्मचारीहरुले खोसेका हुन् । प्राधिकरणले ओलीलाई केही महिना अगाडिदेखि उक्त गाडी उपलब्ध गराएको थियो । माओवादी निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन र कर्मचारी कल्याण परिषदले भने प्राधिकरणको गाडी अनाधिकृतरुपमा प्रयोग भईरहेकाले मर्मत तथा तेल लिन आएका बेला गाडीको साँचो लिएको जनाएको छ । यसैबीच एमालेले उक्त कार्यको विरोध गर्दै आइन्दा यस्तो कार्य नगर्न चेतावनी दिएको छ । नेता ओलीले पूर्व गृहमन्त्रीका हैसियतमा सरकारले उपलब्ध गराउँदै आएको सुविधा अनुरुप आफूले प्रयोग गरेको वताए ।