News

Apr 30, 2010

माओवादी आन्दोलनप्रति अमेरिकी चिन्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
३० अप्रिल, २०१०काठमाडौं- मे दिवसको अवसरमा भोलि शनिबार एकीकृत माओवादीले राजधानीमा गर्न लागेको शक्ति प्रदर्शनप्रति अमेरिकाले चिन्ता व्यक्त गरेको छ । अमेरिकाले आन्दोलन शान्तिपूर्ण बनाउन समेत माओवादीलाई आग्रह समेत गरेको छ ।
नेपालका लागि अमेरिकी राजदूत स्कट डेलिसीले आज प्रेस विज्ञप्ति जारी गरि एकीकृत माओवादीलाई शान्तिपूर्ण बनाउन आग्रह गरेका छन् । प्रदर्शन हिंसात्मक भए त्यसले कसैको हित नगर्ने विज्ञप्तिमा उल्लेख छ । नेपालका सुरक्षा निकायका वरिष्ठ सरकारी अधिकृत तथा प्रतिनिधिहरुसँग पनि कुराकानी गरेको बताएका डेलीसीले प्रदर्शनको सामना गर्ने क्रममा आत्मसंयम र सही विवेक प्रयोगगर्न आग्रह गरेको विज्ञप्तिमा उल्लेख छ ।

पर्यटन स्याटलाइट लेखा प्रणाली लागू गर्ने तयारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१७ वैशाख,पर्यटन मन्त्रालयले पर्यटन स्याटलाइट लेखा प्रणाली लागू गर्ने तयारी गरेको छ । कुल गार्हस्थ उत्पादन (जिडिपी) मा पर्यटन क्षेत्रको योगदान जानकारी पाउने उद्देश्यले सो प्रणाली लागू गर्न लागिएको हो ।
मन्त्रालयले पर्यटन स्याटलाइट लेखा प्रणाली कार्यान्वयनका लागि करिब ६ महिनाअघि नै प्रक्रिया थालेको हो । मन्त्रालयको तथ्यांक शाखाका प्रमुख उपसचिव रविप्रसाद कायस्थका अनुसार केन्द्रीय तथ्यांक विभाग र नेपाल राष्ट्र बैंकसँग समन्वय गरी त्यसलाई अघि बढाइएको छ । 'मन्त्रालय एक्लैले यो काम गर्न नसक्ने भएकाले राष्ट्र बैंक र तथ्यांक विभागसँग समन्वय गरिएको हो,' कायस्थले भने ।
पर्यटन स्याटलाइट लेखा प्रणाली लागू गर्ने सम्बन्धमा अध्ययन गर्न मन्त्रालयले गत महिना सहसचिवको संयोजकत्वमा केन्द्रीय तथ्यांक विभाग, राष्ट्र बैंक, नेपाल पर्यटन बोर्डका प्रतिनिधि र पर्यटन विज्ञ रहेको एक समिति गठन गरेको थियो । समितिले तयार गरेको अवधारणाअनुसार प्रक्रिया अगाडि बढाइएको कायस्थले बताए ।
अवधारणाअनुसार प्रणाली लागू गर्न कुन-कुन क्षेत्रको तथ्यांक चाहिने हो, त्यसको सूची तयार गर्न विभाग, मन्त्रालय र बोर्डका प्रतिनिधि सम्मिलित प्राविधिक समिति गठन गरिएको छ । 'समितिले सूची तयार गरेपछि प्रक्रिया अगाडि बढ्छ,' कायस्थले भने । अगस्तसम्ममा प्रारम्भिक प्रतिवेदन तयार गर्ने योजना मन्त्रालयको छ ।

जनसभामा पाँच लाख जनता उतार्ने माओवादीको दाबी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख १७ - मे दिवसको अवसरमा शनिबार खुलामञ्चमा हुने जनसभामा पाँच लाख जनता उतार्ने माओवादीले दाबी गरेको छ । माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले शुक्रबार पत्रकार सम्मेलन गरी त्यसलाई व्यवस्थित गर्न हजारौं स्वयंसेवक खटिनेसमेत जानकारी दिए । उनले शनिबारको प्रदर्शनको लागि सबै तयारी पुरा भएकोसमेत जानकारी गराएका छन् । राजधानीको १८ ठाउँबाट जुलुस निस्कने उक्त जुलुस खुलामञ्चमा गएर सभामा परिणत हुने उनले बताए ।
साथै भट्टराईल आफूहरुले प्रदर्शन शान्तिपूर्ण हुने र कसैले हिंसा गरेमा त्यसलाई तत्काल स्वयंसेवीहरुले नियन्त्रणा लिने पनि उल्लेख गरे । 'कसैले हिंसा गर्छ भने त्यो पार्टीको नीति विपरित हो' उनले भने, 'स्वयंसेवीहरुले नियन्त्रणमा लिने छन् ।' उनले सरकारले दमन गरे त्यसपछि उत्पन्न हुने परिणामको जिम्मेवार सरकार आफैं हुने पनि उनले बताए ।

संवैधानिक अंगहरूमा पदाधिकारी नियुक्ति वदर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संवैधानिक परिषद्ले विभिन्न संवैधानिक अंगहरूमा पदाधिकारी नियुक्तिका लागि गरेको सिफारिस हाल कार्यान्वयन नगर्न बिहीबार सर्वोच्च अदालतले सम्बन्धित निकायहरूलाई आदेश दिएको छ। न्यायाधीशहरू बलराम केसी, रामकुमारप्रसाद साह र मोहनप्रकाश सिटौलाको विशेष इजलासले संवैधानिक परिषद्को बैठकका लागि त्यसका सदस्यहरूलाई डाक्ने प्रक्रियामा कानुनी त्रुटि भएको जनाउँदै त्यस्तो सिफारिस हाल कार्यान्वयन नगर्न सम्बन्धित निकायहरूलाई अन्तरिम आदेश दिएको हो।संवैधानिक परिषद्का सदस्यसमेत रहेका एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई थाहा नै नदिई परिषद्को बैठक बर्साई संवैधानिक अंगहरूमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गरेकाले त्यसलाई बदर गर्न माग गर्दै यही वैशाख १२ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो।सो रिट निवेदन दायर भएको भोलिपल्ट बैठकमा प्रचण्डलाई डाकिएको हो/होइन भनी यकिन गर्न अदालतले परिषद्का सदस्यहरूलाई पठाइएको पत्रको नक्कल र बैठकले गरेको निर्णयकपी (माइन्युट) सक्कलै पठाउन संवैधानिक परिषद्लाई आदेश दिएको थियो।सो बमोजिम बिहीबार सक्कलै निर्णयकपी अदालतमा पुगेको थियो। तीन जना न्यायाधीशको विशेष इजलासले सक्कलै फाइल अवलोकन गरेपछि सदस्यहरूलाई बोलाउने प्रक्रियामा कानुनी त्रुटि देखेको थियो। संवैधानिक परिषद् ऐनको दफा ६ (२) मा परिषद्को बैठक बस्नु कम्तीमा ४८ घण्टाअघि त्यसका सदस्यहरूलाई एजेन्डासहित जानकारी दिनुपर्ने व्यवस्था छ।

आजदेखि नै अस्तव्यस्त राजधानी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
३० अप्रिल, २०१०,माओवादी आन्दोलन सुरु हुनु अघिल्लो दिननै माओवादीको चन्दा आतंक र अनावश्यक भ्रमका कारण आम जनता आतंकीत बन्न पुगेका छन् ।जनता अनावश्यक डर र त्रासले घर बाहिरै ननिस्कने अवस्था पुगेको छ भने राजधानीका अधिकांश पसलहरुसमेत बन्द भइसकेका छन् । आजदेखिनै राजधानीका सडकहरु समेत सुनसान भइसकेका छ्न।
सर्वसाधारण जनताहरुमा भोली के हुने हो भन्ने सन्त्रास छाएको छ । व्यस्त र मुख्य बजार मानिने ठाउँहरुमा माओवादीले प्रतिपसल १० हजार भन्दाबढी चन्दा माग्न थालेपछि व्यापारीहरु झन आतङ्कित बन्न पुगेका छन् ।
कतिपय राजधानीवासी त सहर छोडेरै बाहिरि सकेका छन । माओवादीले आफ्नो आन्दोलन शान्तिपूर्ण हुने बताएपनि उसका कार्यकर्ताहरुबाट प्रहरीले बरामद गरेको हतियार सहितका अति सम्वेदनसील वस्तुहरुबाट माओवादीको भनाइ र गराइमा एकरुपता पाइदैन । सरकारले पनि आन्दोलन हिंसात्मक भए सेना प्रयोग गर्न सक्ने चेतावनी समेत दिएको छ ।
राजधानीका केही बैंकहरुले पनि विधिक कारण देखाउँदै देखिनै सन्ध्याकालिन काउन्टर बन्द गरेका छन् । न्यूरोडमा हेको नबिल बैंकले आज एक सूचना टाँस गरी प्राविधिक कारणले आजको सन्ध्याकालिन काउन्टर बन्द हुने जनाएको छ ।
माओवादीको चन्दा आतङ्ले आजित भएर व्यारीहरु राष्ट्रपतिकहाँ गुहार माग्न समेत पुगेका छन् । नेपाल चेम्बर आफ कमर्सको टोली आज राष्ट्रपति कार्यालय पुगेर गुनासो गरिरहेको थियो । माओवादीले भोली अन्तर्राष्ट्रिय मजदुर दिवसका दिन गर्ने जनप्रदर्शन र पर्सीदेखिको आम राजनीतिक हड्तालका लागि भन्दै करिब दुइलाख कार्यकर्ता राजधानी भित्र्याइ सकेको छ ।
उसले विभिन्न सार्वजनिक स्थान र व्यक्तिको घरहरुलाई कब्जामा लिइ आफ्नो कार्यकर्ताहरु राखि रहेको छ । यसैबीच नेपाल चिकित्सक संघले आन्दोलनका समयमा घाइतेहुनेहरुको लागि उपचारको व्यवस्था मिलाएको जनाएको छ ।
संघले आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी आफू मातहतका सम्पूर्ण निकायहरुलाई तयारी हालतमा राखिएको जनाएको छ । संघले स्वास्थ्यकर्मीहरु पनि चन्दा आतङ्कबाट पिडित भएको भन्दै जबर्जस्ती चन्दा असुल्ने कार्य रोक्न माग समेत गरेको छ ।

आन्दोलनकारीलाई गोली हान्न आदेश

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
३० अप्रिल, २०१०,नेपाल प्रहरीले एकीकृत माओवादीको प्रदर्शन हिंसात्मक भएमा टुलुटुलु हेरेर नबस्ने जनाएको छ । प्रहरीले फिल्डमा खटिएका प्रहरीलाई उच्छृंखल कार्य गर्ने आन्दोलनकारीलाई घुँडामुनि गोली हान्ने आदेश दिएको प्रहरीले जनाएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालमा आज आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता बिज्ञानराज शर्माले माओवादीको प्रदर्शन हिंसात्मक भए प्रहरीले आवश्यक कारवाही गर्ने बताउनुभयो ।
उहाँले सामान्य अवस्था र हिंसात्मक अवस्थाका लागि प्लान ए र बी गरी छुट्टाछुट्टै कार्ययोजना निर्माण गरेर कार्यान्वयन गरिसकेको जानकारी समेत दिनुभयो । प्रवक्ता शर्माका अनुसार प्रदर्शनले हिंसात्मक मोड लिएमा पहिले सम्झाउने, त्यसपछि पनि नमाने लाठी प्रहार गर्ने र त्यसबाट पनि नियन्त्रण नभए पानीको फोहोरा हान्ने र त्यसपछि हवाई फायर र अझै नियन्त्रणमा नआए घुँडामुनि गोली हान्ने योजना रहेको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

राजधानीमा १८ ठाउँबाट जुलुस, मुख्य सहरमा पनि हुनेछ प्रदर्शन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादीले भोलिको जनप्रदर्शन राजधानीका १८ स्थानबाट गर्ने तयारी गरेको छ। कलंकी, भोटाहिटी, बागबजार, पद्मोदय चोक, महाराजगञ्ज, चाविहल, कोटेश्वर, गोंगबु, कालिमाटी, कुपन्डोल, सातदोबाटो, सुन्धारा, पुल्चोक, नयाँ वानेश्वर, लगनखेल, केशरमहलबाट जुलुश निस्कनेछ। माओवादी प्रचार विभागले भोलिदेखि हरेक दिनको प्रदर्शनबारे चार बजे पत्रकार सम्मेलन गरी जानकारी दिने जनाएको छ।राजधानी बाहिरका मुख्य सहरहरुमा समेत माओवादीले जनप्रदर्शनको तयारी पूरा गरेको प्रचार विभाग प्रमुख बाबुराम भट्टराईले बताए।

चाहियो प्रचण्डलाई नै प्रधानमन्त्री पद

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
३० अप्रिल, २०१०,एकीकृत माओवादीले वर्तमान सरकार विघटन भएपछि पार्टी अध्यक्ष प्रचण्डकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने निर्णय दोहोर्‍याएको छ । राष्ट्रिय सहमतिको सरकारको नेतृत्वमा प्रधानमन्त्री माधवकुमार नेपाल लगायत प्रमुख दलका नेताहरुले अध्यक्ष प्रचण्डको नेतृत्वमा विकल्प खोज्न माओवादीलाई आग्रह गरिरहेका छन् ।
अध्यक्ष प्रचण्ड निवास, नयाँबजारमा आज बसेको पदाधिकारीहरुको बैठकले अध्यक्ष प्रचण्डकै नेतृत्वमा आगामी सरकारमा जाने निर्णय गरेको हो । माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टर्राई लगायतका केही नेताहरुले प्रधानमन्त्री नेपालले राजीनामा दिए नयाँ बन्ने सरकारमा प्रचण्डको विकल्प पनि खोज्न सकिने बताउँदै आएका छन् ।
बैठकले प्रधानमन्त्री नेपालले राजीनामा दिए पनि भोलिको आन्दोलन भने नरोक्ने निर्णय गरेको माओवादी नेताहरुले बताएका छन् ।

Apr 29, 2010

संवैधानिक परिषदमा गरिएको सिफारिस तत्काल नगर्न आदेश

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख १६- संवैधानिक निकायहरुमा नियुक्तिका लागि संवैधानिक परिषद्ले गरेको सिफारिस तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। मुद्दाको टुङ्गो नलागेसम्मका लागि यस्तो अन्तरिम आदेश जारी भएको हो।
संवैधानिक परिषद्का सदस्य तथा एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले वैशाख १२ गते यसविरुद्ध दिएका रिटमा बिहीबार अदालतले यस्तो आदेश सुनाएको हो।विपक्षीका नाममा लिखित प्रत्युत्तर दिन पत्र पठाइएको र उक्त उत्तर आएको सात दिनपछि पूर्ण सुनुवाइ हुने पनि अन्तरिम आदेशमा उल्लेख छ।बलराम केसी, रामकुमारप्रसाद शाह र मोहनप्रकाश सिटौलाको विशेष इजलासले यस्तो निर्णय सुनाएको हो।
दाहालले वारेस मुरारी सापकोटामार्फत् दर्ता गरेको रिटमा परिषद् निर्णय बदर गर्न र अन्तिम निर्णय नभएसम्म अन्तरिम आदेश दिन माग गरेका थिए। माओवादीले परिषद्को सिफारिसविरुद्व अभियान चलाइरहेकाले संसदीय सुनुवाइलगायत् नियुक्ति प्रक्रियामा अवरोध पुगेको थियो।
प्रधान मन्त्री तथा मन्त्रिपरिषद कार्यालय, सिफारिस गर्ने समिति पदाधिकारी र सिफारिस हुनेलाई विपक्षी बनाइएको रिटमा परिषद्ले नियतवश दाहाललाई समयमा पत्र नदिएको दाबी छ। परिषद् सदस्य प्रधान न्यायाधीशलाई पनि विपक्षी बनाइएको छ। परिषद् अध्यक्षले बैठक बस्ने मिति, समय, स्थान र छलफलको विषय ४८ घन्टा अगावै सदस्यलाई पठाउनुपर्नेमा सोबमोजिम नगरिएको' रिटमा भनिएको थियो। सिफारिस १२ बुँदे सहमति, बृहत शान्ति सम्झौता, अन्तरिम संविधानको प्रस्तावनाको प्रतिकूल भएको रिटमा उल्लेख छ।
अन्तरिम संविधानअन्तर्गत बनेको कार्यविधिले सर्वसम्मतिबाट मात्र निर्णय हुने परिषद्को परिपाटी तोडेकाले यो विवाद जन्मिएको हो। २०४७ सालको संविधानअनुसार परिषद् बैठकमा सर्वसम्मतिले मात्र निर्णय गर्ने कार्यविधि २०६३ पछि फेरिएको छ।मुख्य सचिवका हैसियतले परिषद्को बैठक सञ्चालनको अनुभव सङ्गालेका विमल कोइरालाले भने- पहिला सर्वसम्मतिले मात्र निर्णय हुन्थ्यो। उनले अहिले बनेको कार्यविधिले ७५ प्रतिशतको उपस्थितिलाई गणपूरक मानेको बताए।७ सदस्य हुने संवैधानिक परिषदमा ६ सदस्यको उपस्थितिमा यो निर्णय भएको थियो। दाहाल सात वटा बैठकमा नआएपछि बाध्य भएर महत्त्वपूर्ण रिक्त स्थानहरुमा निर्णय गर्न बाध्य हुनुपरेको यसअघि नै उपप्रधान मन्त्री विजयकुमार गच्छदारले बताइसकेका छन्।

संघीय मञ्चद्वारा आन्दोलनको समर्थन र सर्वदलीय राष्ट्रिय सरकारको माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं,/डीबी आङबुङ
वैशाख १६, २०६७/ नेपालका संविधान सभामा सहभागी २५ वटा राजनीतिक दलहरुमध्ये एक संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले यही वैशाख १४ र १५ मा पार्टीको संघीय कार्य समितिको विशेष बैठक सम्पन्न गरी वर्तमान राजनीतिक अवस्था र त्यसको निकासका लागि आफ्नो राजनीतिक अवधारणा र आन्दोलनको कार्यक्रमहरु वैशाख १६ गते रिपोर्टस क्लब नेपालमा एक पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।पत्रकार सम्मेलनमा पार्टीको पे्रस विज्ञप्ति मञ्चका महासचिव खगेन्द्र माखिले पढेर सुनाएका थिए भने आफ्नो पार्टीको निर्णयप्रति प्रकाश पार्दै अध्यक्ष कुमार लिङदेन 'मिराक'ले सञ्चारकर्मीद्वारा सोधिएको प्रश्नको जवाफसमेत दिएका थिए । मञ्चद्वारा उक्त पत्रकार सम्मेलनमा प्रेसित प्रेस विज्ञप्तिमा भनिएको छ- ''संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय कार्य समितिको बैठक मञ्चका अध्यक्ष कुमार लिङदेन 'मिराक'को अध्यक्षतामा यही वैशाख १४ र १५ गते मञ्चको कार्यालय अनामनगरमा बसी निम्न निर्णयहरु गरेको छ ।
१ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको निर्णयविना कथित विशेष महाधिवेशन गरेको भ्रम फैलाई मञ्चको नाम र झण्डा अनाधीकृत रुपमा दुरुपयोग गरी केही व्यक्तिहरु दौडिरहेका छन् । यो राजनीतिक बेइमानीप्रति यस मञ्च घोर आपत्ति जनाउँदछ । यसपछि मञ्चको आधिकारिकताका लागि हामी बहुमत सदस्यहरुले निर्वाचन आयोगमा निवेदन दिएकाछौं र त्यसको कानुनी प्रक्रिया द्रुत गतिमा अघि बढिरहेको छ । मञ्चको आधिकारिकताबारे चाडो निर्णय गरिदिन निर्वाचन आयोगलाई आह्वान गर्दछौं ।
२ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको लक्ष्यहरु प्राप्त गर्न संविधान सभाभित्र र बाहिरको संघीय, लोकतान्त्रिक, गणतान्त्रिक, धर्मनिरपेक्ष र जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा आत्मनिर्णयको अधिकारसहितको स्वायत्त राज्यहरुको निर्माण पक्षधर राजनीतिक शक्तिहरुसँग मोर्चाबन्दी गरी सशक्त संघीय गणतान्त्रिक आन्दोलन अघि बढाउने निर्णय गरेको छ ।
३ यस मञ्चले तोकिएको समय जेष्ठ १४ गते नै संविधान घोषणा हुनुपर्छ भन्दै आएको छ तर कांग्रेस एमाले र ए माओवादीबीचको कुर्सीको झगडा र यी पार्टीहरुलाई उचाल्न र पछार्न भूमिका खेल्ने फोरम र तमलोपाको कारण तोकिएको समयमा संविधान बन्न नसक्ने पक्का भएको छ । इतिहासले यी पार्टीहरुलाई कहिल्यै माफ गर्ने छैन । यी दलहरुको कुर्सी लुछाचुडीको यही मौकालाई छोपेर प्रतिकि्रयावादी पुनरुत्थानवादी र एकात्मकवादी तत्वहरुले संविधान सभा असफल भएको र अब नयाँ चुनाव गराउनु पर्ने घातक आवाज उठाउन थालेका छन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च पुनः संविधान सभाको चुनाव गर्ने प्रतिक्रियावादी खेलमा सहमत छैन । संविधान सभामा उपस्थित दलहरुबीचको सर्वपक्षीय सहमतिमा अन्तरिम संविधानले व्यवस्था गरे अनुसार यही संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालअन्तर्गत नेपाल सरकार र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबीच २०६४ फागुन १८ गते सम्पन्न पाँचबुँदे सहमति अनुसार जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा आत्मनिर्णयको अधिकारसहितको लिम्बुवान, खम्बुवान, तामाङसालीङ, मिथिला, नेवाः, तमुवान, मगरात, थरुहट, खसान स्वायत्त राज्यसहितको संघीय गणतान्त्रिक नेपालको नयाँ संविधान घोषणा गरिनुपर्दछ भन्ने पक्षमा यस माच रहेको छ ।
४ अन्तरिम संविधानको भावना र नेपाली जनताको चाहना अनुसार यो सङ्क्रमणकालमा संविधान सभामा उपस्थित् दलहरुको साझा राष्ट्रिय सरकार बनोस् अहिले नै पक्ष-प्रतिपक्षमा नजाऊँ भनेर यस माचले शुरुदेखि नै आफ्नो धारणा प्रष्ट पार्दै आएको छ । तर लोकतान्त्रिक चुनावको उपहास गर्दै दुई ठाउँबाट पराजित व्यक्तिको नेतृत्वमा विभिन्न पार्टीहरुलाई तोडफोड गरेर कथित समर्थन बटुल्दै वर्तमान सरकार निर्माण भएको सर्वविदितै छ । यो सरकारका जिम्मेवार मन्त्रीहरु अन्तरिम संविधानमा उल्लेख भईसकेको संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र विस्तृत शान्ति सम्झौताको विपक्षमा खुलेआम भाषणवाजी गरिरहेका छन् । जमिन शाहको हत्यामा प्रहरी अधिकृतहरुको संलग्नता, बर्दियामा तीन दलित महिलाहरुको सेनाद्वारा रहस्यमय हत्या, एमआरपी छपाईसम्बन्धी राष्ट्रघाती निर्णयलगायतका दर्जनौं जनविरोधी कि्रयाकलापहरु वर्तमान सरकारले गरिरहेको छ । संघीय मञ्च र त्यससँग सम्बद्ध राज्य परिषदहरु र अन्य परिवर्तनकारी शक्तिहरुलाई पाखा लगाएर अप्राकृतिक गठबन्धन गरी चलेको यस सरकार अझ कायम रहे देश भयवाह स्थितिमा पुग्नेछ । त्यसैले, यस सरकारको तुरुन्त विघटन गरी संविधान सभामा उपस्थित सबै दलहरु सम्मिलित राष्ट्रिय सरकार बन्नु नै अहिलेको आवश्यकता र सही विकल्प हो । एनेकपा माओवादीले यही वैशाख १८ गतेदेखि यो सरकारको विरुद्धमा गर्ने भनेको आन्दोलनप्रति हाम्रो ध्यानाकर्षण भएको छ । आफूलाई संघीय गणतन्त्रको पक्षधर बताउने एनेकपा माओवादीले सरकारमा वा सडककमा रहँदा सोही मुद्दाको लागि सङ्घर्षरत अन्य शक्तिहरुसँग कुनै वार्ता सहकार्य नगर्ने उसको अहम र एकाङ्गी चरित्रको हामी आलोचना गर्दछौं । तर यो सरकार अत्यन्त जनविरोधी राष्ट्रघाती आदिवासी/जनजाति, महिला, दलित मुस्लिम आदिको हक अधिकार विरोधी भएकोले यसको विरुद्धमा आन्दोलन गर्नु जायज छ । एनेकपा माओवादीको वैशाख १८ गतेदेखिको सरकार विरोधी आन्दोलन कुनै खालको सहमतिमा नटुङ्गीकन साँच्चिकै नेपाली जनताको परिवर्तनकारी चाहना अनुसार नै आन्दोलन अघि बढ्छ भने उक्त आन्दोलनप्रति यस संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद, खम्बुवान स्वायत्त राज्य परिषद र तामाङसालीङ स्वायत्त राज्य परिषदको नैतिक समर्थन रहनेछ ।
५ यस मञ्चले आफ्नो आन्दोलनलाई अघि बढाउन र संगठन सुदृढ गर्न जेठ महिनाभित्रमा विभिन्न स्वायत्त राज्यहरुको निम्न स्थाहरुमा CCO (C= Contact (सम्पर्क) C=Counselling (परामर्श) र O= Organization (सङ्गठन मिर्माण) अभियान तथा एकात्मकवादी, संघीयता (जातीय संघीयता) र धर्म निरपेक्षता विरोधीहरुका विरुद्ध भण्डाफोर अभियान सञ्चालन गर्नेछ ।
कार्यक्रमः
लिम्बुवानको इटहरीमा वैशाख २६ गते विशाल आमसभा, खम्बुवानको उदयपुरमा,तामाङसालीङको सिन्धुली, दोलखा, रामेछाप, हेटौडा र उपत्यकामा संघीय गणतान्त्रिक नेपालमा तामाङसालीङ स्वायत्त राज्य विषयक विचार गोष्ठी, नेवाःको काठमाडौं उपत्यकामा संघीय गणतन्त्र नेपालमा संघीय संरचनाको पार्टीबारे वौद्धिक वर्गहरुसँग बृहत अन्तकि्रया, मिथिलाको जनकपुर वीरगाजमा, थरुहटको दाङ र कैलालीमातमुवानको पोखरामा, मगरातको पाल्पा, रुकुम र रोल्पामायसरी नै लाहान चितवन र बुटुवलमा पनि कार्यक्रम सञ्चालन गरिनेछ ।
६ शान्ति प्रक्रिया निष्कर्षमा नपुगेकोले अनमिनको म्याद थप्नुपर्ने,
७ सेना समायोजन विस्तृत शान्ति सम्झौता अनुसार हुनुपर्ने र त्यसबारेको छलफलमा २५ वटै दललाई समावेश गरिनुपर्दछ ।
८ आन्तरिक द्वन्द्वमा सेना परिचालन गर्न नहुने सेनालाई सिमाना रक्षाको लागि तैनाथ गर्नुपर्ने,
९ मञ्च संक्षिप्त संविधानको पक्षमा छैन। मञ्चले प्रस्ताव गरेको स्वायत्त राज्यहरुसहितको पूर्ण संविधान निर्माण हुनुपर्दछ ।
१० अन्तरिम संविधानमा नै संघीयता गणतन्त्र र धर्म निरपेक्षताको घोषणा भइसकेकोले यसको विरुद्धमा बोल्ने र विभिन्न अवाञ्छीत कि्रयाकलाप गर्नेलाई कानुनी कार्वाही गर्नुपर्ने,
११ कानुन निर्माण गरी आई.एल.ओ.महासन्धि १६९ लाई तुरुन्त लागू गर्नुपर्ने र संघीयतको घोषणा भइसकेकोले अहिलेको एकात्मक अन्तरिम सरकारले जल जङ्गल र जमिनसँग सम्बद्ध विभिन्न सम्झौताहरु गर्न तत्काल रोकिनु पर्न,
१२ राज्यको सम्पूर्ण अङ्गमा आदिवासी/जनजाति, दलित, महिला मेधेशी र मुस्लिमहरुलाई समानुपातिक प्रतिनिधित्व गरिनुपर्ने,
१३ सम्पूर्ण विद्यालयहरुमा इच्छुक विद्यार्थीहरुलाई मातृभाषामा शिक्षा लिनु पाउने व्यवस्था तुरुन्त गरिनुपर्ने,
१४ लिम्बुवान विश्वविद्यालय, खम्बुवान विश्वविद्यालय, तामाङसालीङ विश्वविद्यालय लगायतका स्वायत्त राज्ज स्तरिय विश्वविद्यालयहरु खोल्न तत्काल पहल गरिनुपर्ने,
१५ महङ्गी, लोडशेडिङ, भ्रष्टाचारको तत्काल नियन्त्रण गर्नुपर्ने र निजी विद्यालयहरुले मनोमानी गरेको शुल्कवृद्धि खारेज गर्नुपर्ने,
१६ बर्दियामा भएको तीन दलित महिलाको हत्याको सही छानवीन गर्न २५ दल सम्मिलित सर्वदलीय छानवीन समिति गठन गर्नुपर्ने । उक्त पत्रकार सम्मेलन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तामाङसालीङ स्वायत्त राज्य परिषदका अध्यक्ष तथा मञ्चका अध्यक्ष मण्डल सदस्य डीके बुद्धिष्ट तामाङ, अध्यक्ष मण्डल सदस्य तथा संघीय महिला मञ्चका अध्यक्ष विष्णु तुम्बाहाङफे र मञ्चसम्वद्ध खम्बुवान स्वायत्त राज्य परिषदका किरण खम्बूसमेतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन लिम्बुवानका महासचिव सूर्य माखिमद्वारा गरिएको थियो ।

तीन दलका शीर्षस्थ नेताहरुले एउटै मञ्चमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मुख्य प्रतिपक्षी दल एकीकृत माओवादी र गैह्र माओवादी सत्ताधारी गठबन्धन गंभीर मुठभेडको संघारमा उभिएका बेला ती दलका शीर्षस्थ नेताहरुले एउटै मञ्चमा उभिएर भविष्यप्रति आश्वस्त रहन अपील गरेका छन्।नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा निर्णायक बहसको संज्ञा दिइएको तीन घण्टा लामो कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका अध्यक्ष झलनाथ खनाल र नेपाली काँग्रेसका कार्यवाहक सभापति सुशील कोइराला सहभागी थिए। उनीहरुलाई आआफ्ना दलका दुई दुई जना नेताहरुले साथ दिएका थिए।

नेवार समुदायले संविधानसभा घेराउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेवाः स्वायत्त राज्य मंकाः संर्घष समितिको आयोजनामा नेवार समुदायले अभूतपूर्व रूपमा संविधानसभा घेराउ गरी समयमै संविधान घोषणा गर्न र नेवाः प्रदेशको सुनिश्चितताका लागि दबाब दिएको छ। पचासौं हजार जनसमुदायको सहभागिता रहेको मंकाः संर्घष समितिको घेराउ कार्यक्रममा विभिन्न वक्ताहरूले बोलेका थिए भने सांस्कृतिक कार्यक्रम पनि बीचबीचमा प्रस्तुत गरिएको थियो। संविधानसभालाई तीनतिरबाट घेराउ गरी सभासद्हरूलाई संविधान सभाबाट बाहिर निस्कन समेत नदिई गरेको उक्त घेराउ कार्यक्रम अभूतपूर्व रूपले सफल भएको आयोजकले दाबी गरेको छ। घेराउका लागि काठमाडौंको वसन्तपुरबाट सभासद् हितमान शाक्य, सभासद् हिसिला यमी, सभासद् तीर्थराम डंगोल, मानवअधिकारवादी नेता पद्मरत्न तुलाधर, मंका संर्घष समितिका अध्यक्ष सुजीव वज्राचार्यलगायतको नेतृत्वमा जुलुसले शहर परिक्रमा गरी संविधानसभा भवन नयाँ बानेश्वर पुगेको थियो। समयमै संविधान जारी गर्नुपर्ने, नेवाः स्वायत्त राज्य सुनिश्चित हुनुपर्ने, आदि नारा लगाउँदै जुलुसले नगर परिक्रमा गरेको थियो। त्यसै गरी अर्को समूह गौशाला र कोटेश्वरबाट बाजागाजासहित जुलुस निकाली नयाँ बानेश्वर पुगेको थियो भने कीर्तिपुरको नयाँ बजारबाट पनि जुलुस निकाली नयाँ बानेश्वर पुगी संविधानसभा भवन घेराउ गर्न सहभागी हुन आएको थियो।

गृहमन्त्रीको ब्रिफिङले प्रहरी अधिकृतनै छक्क

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२९ अप्रिल, २०१०,गृहमन्त्री भीम रावलले आज प्रहरी अधिकृतहरुलाई गरेको ब्रफिङले नेपाल प्रहरीमा हल्लीखल्ली मच्चिएको छ । ब्रिफिङमा सहभागि प्रहरी अधिकारीहरु गृहमन्त्रीले पार्टीका कार्यकर्तालाई निर्देशन दिएको हो वा प्रहरी प्रशासनलाई भन्नेमा अन्यौलता रह्यो ।
करिब दुई घण्टासम्म ब्रिफिङ गरेका उनले लामो समय माओवादीलाई गाली गर्नमा खर्चिए भने केही समयमात्रै प्रहरी अधिकारीहरुलाई आन्दोलनमा संयमता प्रदर्शन गर्न निर्देशन दिएको एक प्रहरी अधिकृतले बताए । उनका अनुसार मन्त्री रावलले आन्दोलन शान्तिपूर्ण भए अनावश्यक वल प्रयोग नगर्न निर्देशन दिएका थिए ।
यद्यपी उनले जनताको जीउ धनको सुरक्षा गर्नमा भने पछि नहटन निर्देशन दिँदै भने जनताको सुरक्षा गर्दा तपाइहरुलाई अप्ठ्यरो पर्छ भने त्यसको जिम्मेवारी म लिन्छु । राजनीतिक दलहरुको आन्लोलन सुरु हुँदा यसरी गृहमन्त्रीलेनै ब्रिफिङ गरेको यो पहिलो घटना भएको ती अधिकारीले बताए ।

विमानस्थल कब्जामा लिएर पारसको स्वागत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बारा, १५ वैशाख : वीरगन्जमा राजावादीहरूले विमानस्थल नै कब्जामा लिएर बुधबार पूर्वयुवराज पारसको स्वागत गरेका छन् । विमानस्थलका संवेदनशील तीनवटा गेट खोलेर भिभिआइपी कक्ष पुगेका राजावादीहरूले धावनमार्गमै पुगेर जयजयकार गर्दै पारसलाई फूलमाला लगाइदिएका थिए । बुधबार मध्याह्न चार घन्टा सिमरा विमानस्थल पारसका समर्थकहरूको नियन्त्रणमा थियो । राजधानी जाँदै गरेका उद्योगमन्त्री महेन्द्र राय यादव र गृहनगर वीरगन्ज आउँदै गरेकी कृषि राज्यमन्त्री करिमा बेगमको सुरक्षा गर्न पनि सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो ।विमानस्थलमा मन्त्रीहरूलाई देखेपछि राजावादीहरूले राजनीतिक दलविरुद्ध चर्का नाराबाजी गरेका थिए । मन्त्री यादवलाई राजधानीतर्फ उडाउन बाराका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद नेपाल, प्रहरी उपरीक्षक महेन्द्र पोखरेललगायत एक दर्जन सुरक्षाकर्मीले घेरा लगाई विमान चढाएका थिए ।सामुदायिक आँखा अस्पताल, वीरगन्जको उद्घाटन गर्न बुधबार पारस आउने हल्लाले बिहानैदेखि राजावादीको भीड सिमरा विमानस्थलमा जम्मा भएको थियो । विमानस्थलमा हरेक १५ मिनेटमा जहाज अवतरण गरिरहेका थिए । तर, बिहानैदेखि धावनमार्गमा जम्मा भएको भीडले यसमा त सरकार आइबक्स्यो होला भन्दै हरेक जहाजलाई घेरिरहेको थियो ।

धारामा नुहाउनेलाई रु. १५१ जरिवाना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सिन्धुलीमाढी,लामो समयदेखि पानी नपरेका कारण सिन्धुलीको बेलघारी र हत्पते गाउँ विकास समितिमा खानेपानीको समस्या हुन थालेपछि स्थानीयवासीलाई धाराको पानीमा नुहाउन बन्देज लगाइएको छ ।खडेरीका कारण बेलघारी गाविसका वडा नं. ५, ६, ७, ८ र हत्पते गाविसको वडा न. १, २, ३ मा पिउने पानीको कमी हुन थालेपछि धाराको पानीमा नुहाउन बन्देज लगाइएको स्थानीय बासिन्दाले जानाएका छन् ।स्थानीय बासिन्दाका अनुसार ती वडामा नयाँ नियमलाई कडाइका साथ पालना गराउन खानेपानी संरक्षण समितिसमेत गठन गरिएको छ ।नियम उल्लङ्घन गरी कसैले नुहाएमा रु. १५१ जरिवाना हुने गाविसका पूर्वअध्यक्ष छत्रबहादुर दाहालले बताउनुभयो ।लामो खडेरीका कारण सिन्धुलीका डाँढीगुराँसे, रानीचुरी, जरायोटार, बेलघारी, हत्पते गाविसलगायत कमलामाई नगरपालिकाको भीमानबजार क्षेत्रमा खानेपानीको समस्या भएको छ ।त्यस्तै खडेरीका कारण सिन्धुलीका कृषकले लगाएको मकैको बोट नै सुक्न थालेको छ । सिँचाइका लागि खोलामा पानी सुकेपछि सिन्धुलीका मरिण क्षेत्र, कमलाखोंचलगायतका सयौँ कृषकले लगाएको मकै सुक्न थालेको स्थानीय बासिन्दाले बताएका छन् ।

आन्दोलन दवाउन दलहरुको सुझाव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२९ अप्रिल, २०१०,एकीकृत नेकपा माओवादीले घोषणा गरेको आन्दोलनलाई नियन्त्रण गर्न दृढता पूर्वक लाग्न सत्तारुढ दलहरुले सरकारलाई सुझाव दिएका छन्। आज बसेको ती दलहरुको बैठकले संसदीय प्रकि्या पुर्याएर सरकार गठनका लागि आउन माओवादीलाई आब्हान गर्दै तत्कालका लागि आन्दोलन फिर्ता लिन आग्रह समॆत गरेको छ ।बैठकमा माओवादी आन्दोलन र त्यसपछि सुरक्षा अवस्थाको बारेमा पनि छलफल भएको नेताहरुले बताएका छन् ।
बैठक पछि सन्चारकमीहरुसँग प्रतिकि्रया दिदै नेपाली काग्रेसका प्रवक्ता अर्जुन नरिसंह केसीले माओवादी आन्दोलन विरुद्ध जनमत प्राप्त गर्न भातृ संगठनहरुलाई परिचालन गर्ने जानकारी दिनु भयो ।
उपप्रधानमन्त्री विजयकुमार गच्छदारले माओवादी रणनीति फेल बनाउन सरकार सक्षम रहेको बताउनु भयो ।सन्चारमन्त्री शकर पोख्रेलले जनपद र शसस्त्र प्रहरीले नै माओवादी आन्दोलन नियन्त्रण गर्न सक्षम रहेको दावी गर्नु भयो ।
यसैबीच माओवादी अध्यक्ष पुष्पकमल दाहालले तीन वटै सुरक्षा निकायका प्रमुखद्वारा आफूलाई ब्रिफिङ गराउने योजना असफल भएको छ। उनको आग्रहलाई गृह मन्त्री भीम रावलले अस्वीकार गरेका छन् । दाहालले पार्टीका विदेश विभाग प्रमुख कृष्णबहादुर महरामार्फत् यस्तो प्रस्ताव गरेका थिए ।रावलले बरु आफैं दाहाललाई ब्रिफिङ गर्न तयार रहेको तर सुरक्षा प्रमुखहरुलाई भने भेट्न नदिने बताएको स्रोतले जनाएको छ ।

बिद्यालयहरुले बृद्धि गरेको शुल्क फिर्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२९ अप्रिल, २०१०,निजी बिद्यालयहरुले बृद्धि गरेको शुल्क फिर्ता लिएका छन् । बढेको शुल्क फिर्ता लिएपछि माओवादी निकट अनेरास्ववियु क्रान्तिकारीले चार दिनदेखि गरिरहेको बिद्यालय बन्द फिर्ता लिएको घोषणा गरेको छ । शिक्षा मन्त्रालय, आन्दोलनरत अखिल क्रान्तिकारी र निजी बिद्यालयका सञ्चालकहरुबीच आज भएको वार्तामा शुल्क फिर्ता गर्न निजी बिद्यालयका सञ्चालकहरु सहमत भएका हुन् । यस अगाडि एन प्याब्सनले हाल निर्धारितशुल्क प्रस्ताव अवैज्ञानिक रहेको ठहर गर्दै स्थगन गर्ने निर्णय गरेको थियो ।

राजधानीमा माओवादी कार्यकर्ताहरुको मार्चपास

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२९ अप्रिल, २०१०,राजधानी भित्रिएका माओवादी कार्यकर्ताहरुले आज पनि राजधानीका बिभिन्नि स्थानमा मार्चपास गरेका छन् । काठमाडौंको सोह्रखुट्टबाट शुरु भएको माओवादी कार्यकर्ताहरुको मार्चपास लैनचौर, केशरमहल हुँदै शान्तिवाटिकामा पुगि कोणसभामा परिणत भएको थियो । माओवादी कार्यकर्ताहरुको मार्चपासका कारण राजधानीको यातायात व्यवस्थापन केही समय प्रभावित बन्न पुगेको थियो ।

Apr 28, 2010

राष्ट्रपतिको भोज बहिष्कार गरे माओवादीले

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राजनीतिक दलहरूबीचको विवाद चर्को रूपमा बढिरहेका बेला राष्ट्रपति डा. रामवरण यादवले लोकतन्त्र दिवस एवम् नयाँ वर्षको सर्न्दर्भमा मंगलबार आयोजना गर्नुभएको रात्रिभोज प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा (माओवादी) ले बहिष्कार गरेको छ। ‘देशमा अन्योल झन् बढेको, संविधानसभा शहीद हुन खोजेको अवस्थामा केको खुसीमा राष्ट्रपतिले रात्रिभोजको आयोजना गरेका हुन् -’ भन्दै माओवादीले राष्ट्रपति संवैधानिक हैसियतमा नबसी कार्यकारीले जस्तो संवाद गर्ने, परामर्श गर्ने यो आफैंमा संविधानविपरीत भएको भन्दै रात्रिभोजमा नजाने निर्णयगरेको जनाएको छ।संविधानसभाका २५ वटै दललाई बोलाइएको रात्रिभोजमा माओवादीबाहेकका अन्य दल सहभागी भएको र सो कार्यक्रममा राष्ट्रपति यादवले जसरी हुन्छ, सहमति र संवाद गरी राजनीतिक गतिरोध अन्त्य गर्नुपर्ने कुरामा जोड दिनुभएको कानुन तथा न्यायमन्त्री प्रेमबहादुर सिंहले जानकारी गराउनुभएको छ। रात्रिभोजको आयोजना शीतलनिवास राष्ट्रपतिभवनमा नै गरिएको थियो।

ठूलो संख्यामा सस्त्रसज्जित प्रहरी काठमाडौं केन्द्रीत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मे १ को जनप्रदर्शन नजिकिँदै गर्दा सरकारले विभिन्न जिल्लाबाट ठूलो संख्यामा सस्त्रसज्जित प्रहरी काठमाडौं केन्द्रीत गरिरहेको छ ।प्रहरीको एक उच्चस्रोतले जनाएअनुसार गएरातिमात्रै दिपायल, नेपालगञ्ज, बुटवल र विराटनगरबाट दुई-दुई सय र चितवनबाट पाँच सय गरी १३ सय जना प्रहरी काठमाडौं भित्रयाइएको छ ।त्यसैगरी, आजै राष्ट्रिय कर्मचारी संगठनको कार्यालयमा छापा मार्न पुगेको प्रहरी कर्मचारीहरुले विरोध गरेपछि र सञ्चारकर्मीहरु तत्कालै घटनास्थलमा पुगेपछि खालिहात फर्किएको छ ।

सार्क सम्मेलन भुटानको राजधानी थिम्पूमा सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
थिम्पू (भुटान), वैशाख १५- १६ औं सार्क शिखर सम्मेलन भुटानको राजधानी थिम्पूको ग्राण्ड एसेम्ब्ली हलमा बुधबार अपराह्न साँढे दुई बजे सुरु भएको छ। सम्मेलनको उदघाटन सार्क अध्यक्षको हैसियतले श्रीलङ्काली राष्ट्रपति माहिन्दा राजापाक्षेले गरे। भारतीय प्रधान मन्त्री मनमोहन सिंहको भ्रमण एक दिन ढिलो भएका कारण बुधबार बिहान हुने भनिएको उदघाटन अपराह्नलाई सरेको हो।सम्मेलनका लागि नेपालका प्रधान मन्त्री माधव नेपालसहित सार्कका सबै देशका राष्ट्र या सरकार प्रमुख सहभागी छन्। सार्कको २५ वर्ष लामो इतिहासमा भुटानले पहिलो पटक शिखर सम्मेलन आयोजना गर्दैछ।

पारश शाहाले राजतन्त्र फर्किन सक्ने संकेत गरे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२८ अप्रिल, २०१० विरगञ्ज,राजाको रुपबाट नागरीकमा रुपान्तरित भएका पूर्व राजा ज्ञानेनद्रले राजतन्त्र समाप्त भइनसकेको घोषणा गरेको केहीसमय नबित्दै पूर्व युवराज पारश शाहाले पनि राजतन्त्र फर्किन सक्ने संकेत गरेका छन् ।
केही दिनअघिमात्र सिङ्गापुरबाट स्वदेश फर्किएका पारसले आज विरगञ्जमा पत्रकारहरुसँग कुरागर्दै यस्तो संकेत गरेका हुन् । उनले भने जनताले चाहेमा राजतन्त्र फर्किन सक्छ तर व्यक्तिगतरुपमा मलाई राजा बन्ने इच्छा छैन ।
राजतन्त्र समाप्त भएर मुलुकमा गणतन्त्र स्थापना भइसक्दा पनि पूर्व राजपरिबारबाट यस्ता अभिव्यक्तिहरु बारबम्बार आइरहेका छन्। राजाको सक्रिय शासनकावेला समेत निकै आलोचित बनेका पारसको पछिल्लो अभिव्यक्तिले राजनीतिक रुपमा केही तरङ्ग मच्चाउने अनुमान गरिएको छ ।
नागरीकको रुपमा रहेपनि उनी राजर्षी ठाँटमानै बीरगञ्ज सामुदायिक आँखा अस्पतालको उद्‍घाटन गर्न पुगेका थिए । यसैबीच नेपाली कांग्रेस र एमालेका नेताहरले दिउँसै सपना देख्ने कष्ट नगर्न चेतावनी दिएका छन् । जनपुकारसँग कुरा गर्दै नेताहरुले पारसले भनेजस्तो जनता अब रैती नबन्ने दाबी गरे ।

स्वास्थ्यमा पनि माओवादी चन्दा आतंक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२८ अप्रिल, २०१०,माओवादीले आफ्नो पार्टीको नीजि कार्यक्रमका लागि चिकित्सकहरुसँग पनि चन्दा मागेको भन्दै नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ ।संघका अध्यक्ष आज एक विज्ञप्ती जारी गरी स्वास्थ्य सेवा जस्तो संवेदनशील र पवित्र संस्थामा कार्यरत चिकित्सक एवं स्वस्थ्यकर्मीमाथी अस्वभाविक र असान्दर्भीक तनाव सिर्जना गर्नु निन्दनीय घटना भएको जनाएका छन् । विज्ञप्तिमा संघले भनेको छ । आगामि दिनमा हुने आन्दोलनलाई मध्यनजर गर्दै स्वास्थ्य संस्था र चिकित्सकहरुको सुरक्षाको ग्यारेण्टी गर्न माग गर्दछ ।

माओवादीविरुद्ध सेना परिचालन हुनसक्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२८ अप्रिल, २०१०,उद्योग मन्त्री महेन्द्र यादवले माओवादीविरुद्ध सेना परिचालन हुनसक्ने बताउनुभएको छ । माओवादीले यही बैशाख १९ गतेदेखि गर्ने भनिएको आन्दोलन उत्तेजक भएर गए उसका विरुद्ध सरकारले सेना परिचालन गर्नसक्ने चेतावनी मन्त्री यादवले दिएका छन् ।
प्राप्त समाचार अनुसार बीरगञ्जमा आज पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री यादवले माओवादी प्रदर्शन उग्र हुँदै गए र जनता भयभित र त्रसित भएको खण्डमा सरकारले सेना परिचालन गर्ने निर्णय समेत लिनसक्ने बताउनुभयो ।
माओवादीले हाल शान्ति प्रक्रिया र संविधान निर्माणलाई भन्दा पनि सरकार निर्माणमा आफ्नो ध्यान केन्द्रीत गरेको उहाँले बताउनुभयो । गतिरोध अन्त्यका लागि सरकार बाधक नरहेको मन्त्री यादवको भनाई थियो । उहाँले राष्ट्रिय सहमति नै आजको आवश्यकता भएको र यसका लागि प्रधानमन्त्री समेत बाधक नभएको बताउनुभयो ।

भ्रष्टाचारी सुब्बालाई जेल र जरिवाना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२८ अप्रिल, २०१०,भ्रष्टाचार गरी अकुत सम्पत्ति जोडेको ठहर गर्दै बिशेष अदालतले एक नायब सुब्बालाई सवा करोड बिगोसहित एक बर्षकैद सजायँ तोकेको छ । अदालतले आन्तरिक राजस्व कार्यालय, काठमाडौंका नायबसुब्बा उमेश रेग्मीले भ्रष्टाचार गरेको ठहर गर्दै एक करोड ११ लाख ५९ हजार सात सय १८ रुपैयाँ जरिवाना र एक बर्षकैद हुने फैसला गरेको हो । अध्यक्ष गौरी बहादुर कार्की, सदस्यहरु ओमप्रकाश मिश्र र भोलाप्रसाद खरेलको इजलासले हिजो भ्रष्टाचार अभियोगमा सो बिगोबमोजिमको जरिवाना समेत हुने फैसला गरेको हो । पदको दुरुपयोग गरी अकुत सम्पत्ति कमाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रेग्मीमाथि २०५९ साल पुस २२ गते बिशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

Apr 27, 2010

हङकङमा श्रीमानश्रीमतीबीच झगडा हुदा नाबालकको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ
२४/४/२०१०का दिन वानचाई बसोबास गर्दैआएका उस्ना थापा मगर नेपाल धरान र उनको श्रीमान हेमकुमार गुरुङ दर्जेलिंग कालेम्पोंग बासिन्दा बीच झगडा हुदा आफ्नो छोरो नाबालक (साढे २ महिनाको) बच्चाको गत बिहिबार पोक फु लाम स्तिथ क़ुईन्स मेर्री अस्पतालमा मृत्यु भएको छ ।जानकारी अनुसार आमा उस्ना थापा मगर बाबा हेम कुमार गुरुङबीच बच्चा कै कुरालाई लिएर झगडा हुदा बाबा हेम कुमार गुरुङ ले आफ्नो नाबालक छोरामाथि दुर्ब्यबहार गरि कुटपिट गरेको बताइन्छ ।गत हप्ता यहाँका स्थानीय पत्रिकाहरु साउथचाइना मर्निंग पोष्ट र चाइना डेलीका अनुसार बाबा हेम कुमार गुरुङ को पिटाइ मार्फत नाबालक बच्चा लाइ टाउको,ढाड अनि पेट मा गम्भिर असर पारिएको जनाएको छ भने सोहि पत्रिका का अनुसार बच्चालाई कतै पेटमा गहिरो चोट(असर)परेको छ कि भन्ने अन्दाज पनि गरिएको छ भने उक्त पत्रिकाको भनाइ अनुसार सो नाबालक बच्चाको आउदो महिना मा पेट चिरेर छानबिन गरि हेर्ने कुरा पनि बताएको छ ।उपरोक्त दुई पत्रिका का अनुसार 10 -4 – 2010 का दिन सो नाबालक का आमा उस्ना थापा मगर र बाबा हेम कुमार गुरुङ ले अचेत अबस्थामा पुगेपछि वानचाईको रोतन जी अस्पताल मध्ये रातमा पुर्याइएको थियो जब नाबालक को स्तिथिति नाजुक अस्वाभाविक अबस्थामा अस्पताल पुर्याइए पछी बच्चा मदेखिएको स्तिथि अबलोकन गर्दै wanchai को रतन जी अस्पताल ले pok fu lam hospital मा सर्री दिएको थियो र अचेत अबस्थामा गत १ हप्ता देखि उक्त बच्चालाई क़ुईन्स मेरी अस्पतालको I.C.U कोठामा राखिएको थियो । आफ्नै बाबा हेम कुमार गुरुङ को कुटाइ बाट जीवन र मृत्यु को बिचमा रहदा उक्त बच्चाको गत बिहिबार दिन को १२:३० मा DOCTOR द्वारा मृत्युको घोसणा गरिएको थियो ।ति चाइनिज पत्रिकाहरुका अनुसार मृतक नावालकका बावु हेम कुमार गुरूंग र आमालार्इ प्रहरीले नाबालकलाई दुर्व्यवहार गरेको आशंकामा पक्राउ गरेको थियो। पक्राउपछि २३ वर्षीय आमालार्इ तारेखमा रिहा गरिएको थियो भने बावु हेम कुमारलाई भने गत अप्रिल १३ का दिन नाबालकमाथि दुर्व्यवहार तथा हेलचक्राइ गरेको अभियोगमा अदालत पेश गरिएको थियो । आमालाई कुनै अभियोग नलगाइए पनि बावुलार्इ अभियुक्त ठहराई हिरासतमा राखिएको छ । यस अभियोगमाथि अदालत आगामी मे २८ का दिन सुनुवाई हुने बताइएको छ।

थिम्पूमा सुरु हुने साह्रौं शिखर सम्मेलनमा प्रधानमन्त्री

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दक्षिण एसियाली सहयोग सङ्गठन, सार्कको भोलिदेखि भुटानको राजधानी थिम्पूमा सुरु हुने साह्रौं शिखर सम्मेलनमा सहभागी हुन भुटान जानेक्रममा गएराति काठमाडौँ आउनुभएका मालदिभ्सका राष्ट्रपति मोहम्मद नासिदसँग प्रधानमन्त्री माधवकुमार नेपालले आज शिष्टाचार भेट गर्नुभएको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा आज बिहान भएको सो भेटमा सार्कमा नेपाल र मालदिभ्सले उठाउने एजेण्डाका विषयमा छलफल भएको थियो ।भेटमा नेपालका हिमाल पग्लिएका कारण जलवायु परिवर्तनको असर परेजस्तै मालदिभ्समा पनि समुद्री सतहमा वृद्धि भई जलवायु परिवर्तनका क्षेत्रमा निकै गम्भीर असर पर्ने सङ्केत देखिएकोले सार्कको प्रमुख एजेण्डामा यसै विषयलाई समेटिनुपर्ने विषयमा छलफल भएको थियो ।प्रधानमन्त्री नेपालका प्रेस सल्लाहकार विष्णु रिजालका अनुसार भेटमा नेपाल र मालदिभ्सका द्धिपक्षीय हितका विषयका साथै हालसम्म मालदिभ्समा नेपालको कूटनीतिक नियोग नरहेकोले सो नियोग स्थापनाका सम्बन्धमा पनि उहाँहरूबीच कुराकानी भएको थियो ।गएराति ९.४० बजे काठमाडौँ आइपुग्नुभएका राष्ट्रपति नासिद आज बिहान थिम्पु प्रस्थान गर्नुभयो ।

प्रधानमन्त्री र माओवादी अध्यक्षबीच कुराकानी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकार र मुख्य विपक्षी दलबीच दुरी बढिरहेका बेला प्रधानमन्त्री माधव कुमार नेपाल र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चर्किंदो राजनीतिक संकटका बारे कुराकानी गरेका छन्। तीन ठूला दल एकीकृत माओवादी, नेपाली काँग्रेस र एमालेका शीर्षस्थ नेताहरु समेत सहभागी कुराकानीमा संकट निकासका बारे सहमति भने हुन सकेन। शनिबारदेखि शुरु हुने भनिएको माओवादीको सडक आन्दोलन र आन्दोलनको सामना गर्ने सरकारको तयारीमा केन्द्रित मानिसहरुको चासोका बीच प्रधानमन्त्री नेपालले माओवादी अध्यक्ष प्रचण्डलाई कुराकानीका निम्ति निम्त्याएका थिए।
एमाले अध्यक्ष झलनाथ खनाल र नेपाली काँग्रेसका कार्यवाहक सभापति सुशील कोइराला समेतको उपस्थितिमा भएको उक्त भेटघाटले गएको शनिबारदेखि स्थगित उच्चस्तरीय संयन्त्रको बैठकको झझल्को दिएको थियो।
भेटघाट आआफ्ना कुरा राख्ने काममै सीमित भएको थियो। प्रधानमन्त्री नेपालका प्रेस सल्लाहकार विष्णु रिजालका अनुसार लामो संवादहीनता तोड्ने उद्देश्यले गरिएको उक्त भेटघाटबाट ठोस सहमतिको अपेक्षा गरिएको थिएन।
सत्तापक्ष र विपक्षका बीच जमेको बरफ पगाल्ने प्रयासले तुरुन्त नतीजा दिने आशा धेरैले गरेका थिएनन्।
बरफ निक्कै कडा संग जमेको कुरा त उक्त बैठक अघि दुबै पक्षले सार्वजनिक गरेको अडानबाट प्रष्ट भएको थियो। प्रधानमन्त्रीसंग संवादको निम्ता मान्न एउटा पाँचतारे होटेल पुग्नु केही अबेर अघिमात्र अर्को पाँचतारे होटेलमा भएको पत्रकारहसंगको अन्तर्क्रियामा माओवादी अध्यक्ष प्रचण्ड निक्कै आक्रामक देखिएका थिए।
उनले भने, “मई दिवस (बैसाख १८ गते)को जनप्रदर्शनसम्म पनि शान्ति र संविधानको सुनिश्चितताका लागि आवश्यक सहमति नगरिएमा हाम्रो पार्टीले बैशाख १९ गतेदेखि अनिश्चितकालीन देशव्यापी राजनीतिक हडताल गर्नेछ।“ सत्ताधारी दश दलको बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकको निष्कर्ष पनि कम आक्रामक थिएन ।

'जनप्रदर्शन' हिंसात्मक नहुने प्रतिवद्धता माओवादीको

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२७ अप्रिल, २०१०,माओवादीले मे दिवस दिन गरिने 'जनप्रदर्शन' हिंसात्मक नहुने प्रतिवद्धता जनाएको छ ।
आज हिंसा अन्त्य अभियानका अगुवाहरुसँग आफ्नै निवास शान्तिनगरमा भेटदै माओवादी उपाध्यक्ष डा बाबुराम भट्टराईले उक्त प्रतिवद्धता जनाएका हुन् । भट्टराईले मे १ को जनप्रदर्श शान्तिपूर्ण हुने र आˆना कार्यकर्ताहरुबाट कुनै त्यस्तो हिंसात्मक गतिविध हुन नदिने बताए ।
अन्य संसदवादी दलहरुले आफुहरुलाई कमजोर ठानेको र गरिब जनताहरुको आवाजलाई वेवास्ता गरेकोले देशमा बहुसंख्यक तिनीहरु नै छन् भनी देखाउन उक्त दिन "शक्ति प्रदर्शन" गर्न लागेको उनले उल्लेख गरे । मे दिवश भन्दा अगाडी राजतनीतिक सहमति हुनसक्ने र त्यसो भएमा त्यसपछि सबै कार्यक्रमहरु फिर्ता हुने पनि बताउदै सकभर मे १ पछि आमहड्ताल गर्न नपर्ने अवस्था आउने तर्फ पनि उनले शंकेत गरे ।
एक अर्को प्रसंगमा उनले माओवादीले वहुदलीय प्रतिष्पर्धालाई २०६० सालमा रोल्पामा भएको बैठकबाटै आत्मसाथ गरिसकेकोले यस्मा शंका नगर्न सबैसँग उनले आग्रह गरे । अभिनेता मदनकृष्ण श्रेष्ठले माओवादीद्वारा आगामी मे दिवशको दिनमा गर्ने भनिएको जनप्रदर्शन शान्तिपूर्ण बनाउन आग्रह गर्दै हत्या हिंसाबाट कसैलाई पनि लाभ नहुने तथा जो मरे पनि नेपालीको सन्तान मर्ने भएकोले आन्दोलनलाई हिंसामुक्त बनाउन आग्रह गरेका थिए ।

जातीय संघ-संस्थाहरुले संविधानसभा घेराऊ गरे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२७ अप्रिल, २०१०,शान्ति र संविधानका लागि भन्दै नेपाल आदिवासी जनजाति महासंघको आव्हानमा विभिन्न विभिन्न जातीय संघ-संस्थाहरुले संविधानसभा घेराऊ गरेका छन् । सवै राजनीतिक दलको साझा संस्था नेवाः स्वायत्त राज्य मंकाः संघर्ष समितिले पनि नेवाः राज्यको माग गर्दै संविधानसभा घेराऊ गरेका हुन् । संविधानसभा घेराऊ गर्नु अघि जनजातिहरुले राजधानीका विभिन्न ठाउँबाट झाँकीसहितको र्‍याली निकालेका छन् ।
जनजातिहरुहरुको घेराऊका कारण राजधानीको यातायात अस्तव्यस्त भएको छ । प्रहरीले नयाँ बानेश्वर भएर चल्ने सवारीलाई हनुमानस्थान, पुरानो बानेश्वर, माइतिघर, कोटेश्वरमा रोकेको छ । जनजातिहरुहरुको घेराऊ विभिन्न जिल्लाबाट आएका वाईसीएल कार्यकर्ताहरुको उपस्थिति पनि ठूलो छ । उनीहरुले शान्ति र संविधान भन्दा पनि कांग्रेस, एमालेविरुद्ध चर्का नारावाजी गरिरहेका छन् ।

सहमित खोज्न मानवअधिकार आयोगको सुझाव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२७ अप्रिल, २०१०,राष्ट्रिय मानवअधिकार आयोगले संवाद र सहमतिबाट राजनीतिक समस्याको निकास खोज्न आग्रह गरेको छ । आयोगले आज एक प्रेस विज्ञप्ती जारी गरी माओवादीले विभिन्न भागमा दिएको घरेलु हातहतियार सहितको सुरक्षा तालिमप्रति पनि आपत्ति जनाएको छ ।
राजनीतिक दलका कार्यकर्ताहरूबाट अपराधिक झडप र आक्रमणका गतिविधिहरू भइरहेको प्रति आयोगले चासो जनाएको हो । उसले सरकार तथा सम्बन्धित निकायहरुले जनतालाई शान्तिपूर्ण र निर्भयतापूर्वक बाच्न पाउने कुरामा आश्वस्त पार्न नसकेकोमा चिन्ता व्यक्त गरेको छ । आयोगले विज्ञप्तीमा भनेको छ –'विभिन्न दलका जिम्मेवार व्यक्तिहरूले दिएका धम्कीपूर्ण अभिव्यक्तिले देशका सबै तह र तप्काका जनतालाई भयातुर बनाएको छ' ।
उसले संविधान निर्माण गर्ने समयसीमा एक महिनामात्र बाँकी रहेको महत्वपूर्ण क्षणमा राजनीतिक तहमा सबैभन्दा बढी असमझदारी र दूरी बढेको पाइएको भन्दै आयोगले संविधान निर्माणको काम छिटो पूरा गर्न संविधानसभामा प्रतिनिधित्व गर्ने सम्पूर्ण राजनीतिक दलहरू, खासगरी सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच उच्च समझदारी, सहमति र सहकार्य हुनु अत्यावश्यक रहेको आयोगले सुझाव दिएको छ ।

खेलकुदमन्त्रीलाई मजदूरले तीन घण्टा थुनेर छाडे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२७ अप्रिल,२०१०,जनकपुर चुरोट कारखानाभित्र बास बसेका खेलकुदमन्त्री गणेश नेपालीलाई मजदूरले तीन घण्टा थुनेर छाडेका छन्। मन्त्रीका निजी सहायक सहित चार जना कार्यकर्ताले मध्यराति कारखानाका सुरक्षा गार्डलाई कुटपिट गरेको विरोधमा आज बिहान मजदूरले मन्त्रीमाथि आक्रोस पोखेका हुन्।
मजदूरले कारखानाको मूल गेटमै ताला लगाएर बिहानैदेखि थुनेपछि उनलाई बाहिर निकाल्न आज बिहान जिल्लास्थित सुरक्षा प्रमुखहरु कारखानास्थल गएका थिए।आक्रोसित प्रदर्शनकारीले मन्त्री नेपाली चढेको सरकारी गाडी तोडफोड गरेका छन्। प्रदर्शनकारीको ढुंगा प्रहारबाट मन्त्री नेपाली चढेको गाडीको सिसा फुटेका छन्। मन्त्रीलाई सुरक्षा दिन आएका तीन वटा प्रहरी भ्यान पनि प्रदर्शनकारीको छाडैनन‍ । मन्त्री नेपालीले आफूसँग पिए राजधानीबाटै नआएको बताए। राति के भएको मलाई थाहा नभएको बताएका छन्।

Apr 26, 2010

पन्थर मञ्च हङकङको बार्षिकोत्सव सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ
सन् २०१० अप्रील २५ तारीख आइतबारका दिन पन्थर मञ्च हङकङले मङकी हीलमा औपचारीक कार्यक्रम गरी बार्षिकोत्सव सम्पन्न गर्यो । पन्थर मञ्च हङकङका अध्यक्ष कृष्ण लावतीले अध्यक्षता गर्नुको कार्यक्रममा नेपाली महासंघ हङकङका अध्यक्ष हेम लिम्वु लगायत बिभिन्न संघसंस्थाका पदाधिकारीहरु अथितिका रुपमा आसीन हुनुहुन्थ्यो । साथै कार्यक्रम पाश्चात गीतसंगीत र बिबिक्यू कार्यक्रम समेत रहेको थियो ।

नरजीत राईको कृति "समुन्द्र माथिको सहर" विमोचन

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ
अप्रील २५, २०१०,काउलूनको जोर्डन स्थित सुनकोशी प्रा.लि.को कार्यलयमा एक औपचारिक कार्यक्रमको आयोजना गरि श्रष्टा नरजित राईको संस्मरण कृति "समुन्द्र माथिको सहर" नेपाली साहित्य प्रतिष्ठान हङकङका अध्यक्ष टंक सम्वाहाम्फे,आदिबासी गीतकार समाज हङकङका अध्यक्ष प्रदिप कन्दङवा,जनजाति महासंघ हङकङका अध्यक्ष तथा सनराईज साप्ताहिकका सम्पादक भूपेन्द्र चेम्जोङले संयुक्त विमोचन गर्नुभयो । किरात प्रकाशनव्दारा प्रकाशित लेखक राईको यो दोश्रो कृति हो भने उनको पहिलो कृति "आकाश खोज्दै जाँदा" केही बर्ष अगाडि बजारमा आईसकेको छ । लेखक स्वयंको आयोजनामा आयोजित यस कार्यक्रमको अध्यक्षता कवि टंक सम्वाहाम्फेले गर्नु भएको थियो भने प्रमुख अतिथि र अतिथिमा जनजाति महासंघ हङकङका अध्यक्ष तथा सनराईज साप्ताहिकका सम्पादक भूपेन्द्र चेम्जोङ र आदिवासी गीतकार समाज हङकङका अध्यक्ष तथा लेखक प्रदिप कन्दङवा रहनु भएको थियो । पिताम्वर राईद्वारा सन्चालित कार्यक्रममा कृतिकार राईले स्वागत मन्तव्य दिनुभएको थियो भने विमोचित कृतिको बारेमा कवि किराती भोगेन एक्लेले समिक्षा गर्नु भएको थियो ।

कुन्द दीक्षित हङकङमा नेपाली पत्रकारहरुबीच

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ
अप्रील २५, नेपाल टाइम्सका सम्पादक कुन्द दिक्षित हङकङ आएको अवसर पारी नेपाली पत्रकार संघले एक भेटघाट कार्यक्रमको आयोजना गरेको छ ।
जोर्डनस्थित लिटल बड्स किण्डर गार्टेनमा आयोजना गरिएको उक्त विशेष भेटघाट कार्यक्रममा पत्रकार दीक्षीतले नेपालमा भएको १० वर्ष लामो जनयुद्धसंग सम्बन्धित तस्बीरहरु संकलित आफ्नो पुस्तकहरु “युद्धमा जनता”, “फेरि यस्तो नहोस”, “युद्धपछि जनता” मा प्रकाशित तस्बीरहरुका बारेमा उपस्थित पत्रकारहरुलाई जानकारी दिएका थिए ।
उक्त भेटघाटको अवसरमा दीक्षितले “यद्धको खत” शीर्षकमा विभिन्न तस्बीरहरु स्लाइडमा प्रदर्शन गर्दै पहिलो पुस्तकमा प्रकासित तस्बीरहरुसंग सम्वन्धित पात्रहरुलाई खोज्ने र उनीहरुको अनुभूति संकलन गर्ने क्रममै क्रमस: दोश्रो र तेश्रो पुस्तकको जन्म भएको र यी पुस्तकहरुमा समेटिएका तस्बीरहरुको फोटो प्रदशनी लिएर देशको ४० भन्दा बढी जिल्लाको विभिन्न भागमा आफूहरु पुग्दाको अनुभव र अनुभूतिहरु उपस्थित पत्रकारहरुमाझ बाँडेका थिए ।
लामो समय विदेशमा रहेर विदेशी पत्रिकाको समाचार सम्वाददाताको हैसियतले युद्धग्रस्त विभिन्न देशको भ्रमण गरेका दीक्षितले विशेष गरेर अमेरिकामाजस्तो नेपालमा संचारमाध्यम तथा संचारकर्मीहरुको दायीत्व खालि समाचार संकलन र प्रकासनमात्र नभएर देशका समस्याहरुसंग आवश्यक सरोकार राख्दै तेसको निकासको लागि सकारात्मक भूमिका पनि निभाउनु पर्ने आफ्नो विचार रहेको जनाएका थिए ।
हङकङमा क्रियाशील अधिकंस पत्रकारहरुको उपस्थिति रहेको यस कार्यक्रममा रीपब्लिका दैनिकका किरण चापागाई समेत उपस्थित थिए ।दीक्षित तथा चापागाई इष्ट वेष्ट सेण्टरको आयोजनामा सम्पन्न हुन लागिरहेको इष्टरनेशनल मेडिया कन्फ्रेन्समा सहभागी हुन आएका हुन् । कन्फ्रेन्स अप्रेल २६ तारिखदेखि २८ तारिखसम्म हङकङ युनिभर्सिटीमा सम्पन्न हुने भएको छ ।

नेपाली ओभरसीज वर्कर्सले नयाँ वर्ष मनायो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/पूर्णिमा शाह
अप्रिल १८ तारिक २०१० का दिन नेपाली ओभरसीज वरकरले नेपाली नयाँ वर्ष २०६७ को उपलक्ष्यमा वान चाइ स्थित हिमालयन रेष्टुरेण्टमा एक भेटघाट कार्यक्रम सम्पन्न गर्यो । सोहि संस्थाको उपाध्यक्ष सविना बस्नेतको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि महावाणिज्यदुत विनोद उपाध्य(नेपाल) रहेको थियो भने अतिथिमा युनाइटेड फिलिपिनो एसोसिएसनबाट प्रतिनिधि रहेको थियो र सल्लाहकार हिमाल चन्द र लेखापाल हेम प्रताप गुरुङलाई पनि आशन ग्रहण गराइएको थियो ।
सचिव मायाँ थापा रजालीले सञ्चालन गरेको सो औपचारिक कार्यक्रमको स्वागत भाषण सह सचिव पूणिर्म शाहले गरेको थियो र कार्यक्रम उत्घाटन प्रमुख अतिथि महावाणिज्यदुत विनोद उपाध्यले पानसमा वत्ति बालेर गरेको थियो । कार्यक्रमको बिच बिचमा संगीत, नृत्य, कविता वाचन गरेको थियो र त्यस कार्यक्रमको सञ्चालन जयन्ती वोगटिले गरेको थियो । मायाँ थापा रजाली”इस्फुल” ले एकल गीत गायको थियो भने पूणिर्मा “पिम्मी” ले कविता वाचन गरेको थियो । राफल चिट्ठा सल्लाहकार हेम प्रताप गुरुङले खोलेको थियो र प्रथम पुरस्कार सलौजा मास्के र दोस्रो पुरस्कार हाइडी गुरुङलाई परेको थियो ।
नयाँ वर्षको शूभकामना तथा मन्तव्य सल्लाहकार हेम प्रताप गुरुङ, फिलीपिनो एसोसिएनको प्रतिनिधि, र प्रमुख अतिथिले दिएको थियो र प्रमुख अतिथि विनोद उपाध्यले ‘डोमेस्टिक वरकरको भिषा कसरी रोकियो भनी बुझेर अगाडि बढ्ने र आफै सचेत भए त्यसको समाधन हुन सक्छ’ भन्नु भयो । र कार्यक्रम समापनमा सविना बस्नेतले ‘यो संस्था अप्रवासीको मात्र नभइ घरेलु कामदार लगाएत सबैको भएको हुनाले उनिहरुले खोजेर आउनु पर्छ’ भन्नु भयो । कार्यक्रम बेलुकि ७ बजे सकिएको थियो ।

ब्रिटेन सरकारले धर्मगुरु पोप बेनेडिक्टसँग माफी मागे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लन्डन/ ब्रिटेन सरकारले सार्वजनिक रूपमा रोमन क्याथोलिक चर्चका धर्मगुरु पोप बेनेडिक्टसँग माफी मागेको छ । सरकारको आधिकारिक मानिएको दस्ताबेज सार्वजनिक भएपछि ब्रिटेन सरकारले पोपसँग माफी मागेको हो । सार्वजनिक भएको दस्ताबेजमा एक सरकारी अधिकारीले पोपले ब्रिटेन भ्रमणको अवसरमा 'बेनेडिक्ट कन्डम' ब्रान्डको लन्च गर्नुपर्ने बताएका थिए । यसैगरी, दस्ताबेजमा पोपले गर्भपतन गराउने क्लिनिकको उद्घाटन गर्नुपर्ने र समलिंगी विवाहित जोडीलाई आशीर्वाद दिनुपर्ने पनि उल्लेख छ ।
बालबालिकालाई यौनशोषण गरेको आरोप लागेका बिसपलाई पोपले बर्खास्त गर्नुपर्ने पनि दस्ताबेजमा बताइएको छ ।
यो दस्ताबेज एउटा पत्रिकाले फेला पारेपछि सार्वजनिक भएको थियो । ब्रिटेनको विदेश मन्त्रालयले यो 'मूर्खतापूर्ण' दस्ताबेज भएको बताएको छ । यस दस्ताबेजले सरकारको आधिकारिक प्रतिनिधित्व नगर्ने पनि विदेश मन्त्रालयले बताएको छ । राजदूत फ्रान्सिस क्याम्पबैलले म्याटिकनस्थित पोपको कार्यालय पुगेर दस्ताबेज घटनाप्रति बि्रटेन सरकारतर्फबाट खेद प्रकट गरेका छन् । पोपले कन्डम ब्रान्ड सञ्चालन गर्नुपर्ने सुझाब दिने अधिकारीलाई वर्तमान जिम्मेवारीबाट बर्खास्त गरेर अर्का जिम्मेवारी दिइएको बताइएको छ ।

चाडपर्व बिदा ऐच्छिक रूपमा लिन पाउने तयारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख १२,सरकारले अबदेखि कर्मचारीलाई एक वर्षमा पन्ध्र दिन चाडपर्व बिदा ऐच्छिक रूपमा लिन पाउने व्यवस्थाको तयारी गरेको छ । मुलुक धर्मनिरपेक्ष रहेको अवस्थामा हरेक चाडपर्वमा सबै धार्मिक आस्थाका कर्मचारीलाई बिदा दिइँदा कार्यालय नै बन्द हुँदा सेवाग्राही मर्कामा पर्ने तथा उत्पादन पनि बन्द हुने गरेका छन् । त्यसैले कर्मचारीलाई उसले चाहेको पर्वमा बिदा लिन पाउने गरी वाषिर्क पन्ध्र दिन चाडपर्व र वाषिर्क दस दिन राष्ट्रिय बिदा दिने प्रस्ताव मन्त्रिपरिषद्मा छ ।
यो प्रस्ताव अनुसार कर्मचारीले आफूले कहिले कहिले बिदा लिने हो भन्ने पूर्वजानकारी चाहिँ दिनुपर्नेछ । अर्थमन्त्री सुरेन्द्र पाण्डेले आइतबार व्यवस्थापिका-संसद्को अर्थ समितिमा धेरै बिदा, बन्द, हडतालजस्ता कारणले उत्पादन घटेको तर लागत बढेकोले अर्थतन्त्रमा असर परिरहेको सन्दर्भमा प्रश्न उठ्दा आफूले बिदासम्बन्धी नयाँ प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेको जानकारी दिनुभएको हो । उहाँका अनुसार मन्त्रिपरिषद्मा बिदासम्बन्धी यो प्रस्तावमा अनौपचारिक सहमति भइसकेको छ तर राजनीतिक दलहरूसँग छलफल गरी सहमतिका आधारमा निर्णयमा पुग्न खोजिएको छ । यसैगरी, सरकारी कार्यालयहरूमा समेत ट्रेड युनियन खोल्ने अधिकार हुने कि नहुने भन्ने विषयमा पनि राजनीतिक सहमति खोज्नुपर्ने अर्थमन्त्री पाण्डेले बताउनुभयो ।

वैशाख १९ देखि अनिश्चतकालीन आमहड्तालको घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख १३,नेकपा माओवादीले वैशाख १९ देखि अनिश्चतकालीन आमहड्तालको घोषणा गरेको छ। राजधानीको पाँच तारे होटलमा आयोजित सम्पादकहरुसँगको अन्तरक्रियामा माओवादी अध्यक्ष पुष्पकमल दाहालले हड्तालको घोषणा गरेका हुन्। हड्ताल काठमाडौं र सहर केन्द्रित हुने दाहालले बताए।
माओवादीका सबै वरिष्ठ नेताहरु उपस्थित भएको कार्यक्रममा अध्यक्ष दाहालले हड्तालकै बीचमा पनि सहमति र सम्वाद जारी राखिने बताए। 'हड्ताल हुँदैमा वार्ता र सम्वाद रोकिँदैन, त्यो पनि चलिरहन्छ ' दाहालले भने। मा
केन्द्रीय नेताहरुको उपस्थितिमा भएको पत्रकार सम्मेलनमा दाहालले हड्तालकै बिचमा पनि सहमति र संवादको ढोका खुला राख्ने जानकारी दिए। उनले माओवादी हड्ताललाई तेश्रो जनआन्दोलनकै रुपमा ग्रहण गर्न आग्रह गर्दै उद्योग कलकारखाना, यातायात, शैक्षिक संस्था बन्द गर्न अपिल गरे। आन्दोलन शान्तिपूर्ण हुने दाहालले बताए। 'सरकार दमनमा उत्रिए जनताले स्वभाविक रुपमा प्रतिकारमा उत्रिनेछन्', चेतावनीको भाषामा दाहालले भने- 'बल प्रयोग गरेर आन्दोलन हिंसात्मक बनाए त्यसको जिम्मेवारी सरकार नै हुन्छ।'

सर्तसहित प्रधानमन्त्री राजीनामा दिन तयार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१२ वैशाख,प्रधानमन्त्री माधवकुमार नेपालले प्रमुख तीन दलसँग राष्ट्रिय सहमतिको प्रस्ताव माग्ने भएका छन् ।उनले तीन दल एकमत भए आफू तत्काल राजीनामा दिन तयार रहेको बताएका छन् ।उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकका लागि एमाले स्थायी समितिले पार्टीको धारणा तय गर्न आइतबार डाकेको बैठकमा प्रधानमन्त्री नेपालले शान्तिप्रक्रिया, संविधान निर्माण र राष्ट्रिय सहमतिका लागि दलहरू एकमत भए आफू बाधक नहुने बताएका हुन् ।
शान्ति र संविधान निर्माण तथा शक्ति बाँडफाँडबारे तीन दल सहमतिमा पुगेपछि राजीनामा गर्ने मनसाय प्रधानमन्त्रीले व्यक्त गरेको बैठक स्रोतले बतायो । 'शान्ति र संविधान निर्माणलाई कसरी टुंगोमा पुर्‍याउने भन्ने विषयमा मुख्य दलबीच ठोस सहमति भए र शक्तिबाँडफाँडमा दलहरू टुंगोमा पुगे म बाधक बनेर बस्दिनँ,' प्रधानमन्त्री नेपालको भनाइ उद्धृत गर्दै बैठक स्रोतले भन्यो, 'अब यस विषयमा दलहरूसँग साझा प्रस्ताव माग्नुपर्छ ।'
बैठकमा संयन्त्रमा निकासका लागि प्रधानमन्त्री र पार्टीले खेल्नुपर्ने भूमिकाबारे छलफल भयो । स्रोतका अनुसार प्रधानमन्त्री नेपालले शान्ति, संविधान र सत्ता साझेदारीबारे प्रमुख तीन दलसँग साझा धारणा माग्ने र पार्टी केन्द्रीय कमिटी बैठकले पारित गरेको सर्तका आधारमा राष्ट्रिय सहमतिको दृष्टिकोण प्रस्तुत गर्ने निर्णय स्थायी समितिले गरेको छ ।

सद्भावना अध्यक्ष कोमल आमरण अनसनमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
गौशाला,नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) महोत्तरीका अध्यक्ष कोमल यादव आज बिहानदेखि आमरण अनसनमा बस्नुभएको छ ।उहाँ आफ्नो पार्टीका जिल्ला उपाध्यक्ष रामएकवाल राय यादवको १३ औँ पुण्यतिथिको अवसरमा आज बिहान नौबजेदेखि जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका-२ स्थित ब्रहृमचारी कुटीमा आमरण अनसनमा बस्नुभएको छ ।यही वैशाख १ गते आफ्नो पार्टीका उपाध्यक्ष यादवका हत्यारालाई अबिलम्ब गिरफ्तार गरी कारबाही गर्नुपर्ने लगायतको माग उहाँको छ ।अध्यक्ष यादवले आजैदेखि आफूले पार्टीको अध्यक्षबाट राजिनामा दिएको घोषणा पनि गर्नुभएको छ ।

अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतमा रिट दायर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२६ अप्रिल,२०१०,आफ्नो उपस्थितिबिना नै संवैधानिक परिषदले विभिन्न संवैधानिक निकायका पदाधिकारीहरु नियुक्तिका लागि गरेको सिफारिस गैरकानूनी भएको भन्दै प्रमुख प्रतिपक्षी दल एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ । संवैधानिक परिषदको सिफारिसविरुद्ध परिषदका सदस्य नै अदालत गएको यो पहिलोपटक हो । परिषदका सदस्य समेत रहनु भएका प्रचण्ड सातौं पटकसम्म परिषदको बैठकमा उपस्थित नभएपछि परिषदको केही दिन अगाडि बसेको बैठकले संवैधानिक निकायहरुमा एघार जनालाई नियुक्तिका लागि सिफारिस गरेको थियो ।

Apr 25, 2010

दमन भए प्रतिकार गर्ने माओवादीको चेतावनी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख ११,एकीकृत नेकपा माओवादीले यही १८ गते गर्ने शान्तिपूर्ण जनप्रदर्शनलाई सरकारले दमन गर्ने तयारी गरेको आरोप लगाएको छ। शनिबार माओवादी पदाधीकारी वैठकले शान्तिपूर्ण प्रदर्शनको दमन गरे त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेबार सरकार नै रहने चेतावनी दिएको छ। सरकारले माओवादी प्रदर्शन हिंसात्मक हुने भनेर प्रचार गरेको आरोपसमेत माओवादीले लगएको छ। 'हिंसात्मक भनेर सरकारले जुन अवफाह फैलाएको छ। कार्यक्रममा हस्तक्षेप गरे त्यसको प्रतिकार गरिने छ,' माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नागरिकन्युजसँग भने, 'यसबाट निस्कने सबै परिणामको जिम्मेबार सरकार नै हुनेछ।'वैठकले मजदूर दिवशका अवसरमा गर्ने जनप्रदर्शनलाई शान्तिपूर्ण र भव्यरुपमा सम्पन्न गर्ने निर्णय गरेको छ। संवैधानिक समितिको हिजोको नियुक्तिलाई माओवादीले आपत्ती समेत जनाएको छ। नियुक्तिको विषयमा भोली हुने उच्चस्तरीय राजनीतिक संयन्त्रमा कुरा उठाइने समेत श्रेष्ठले जानकारी दिए। हिजो संवैधानिक समितिको वैठकमा प्रतिपक्षको तर्फबाट उपस्थिति थिएन।

माइक्रोसफ्टको 'फिक्स इट' नयाँ सफ्टवेयर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माइक्रोसफ्ट कर्पारेसनले अपरेटिङ सिस्टममा देखापरेका समस्या समाधान तत्कालै समाधान गर्नका लागि 'फिक्स इट' नामको नयाँ सफ्टवेयर ल्याएको छ । यो सफ्टवेयरले विन्डोज सेभेन तथा पुराना अपेरेटिङ सिस्टममा अटोमेटिक डाइगनोसिस सिस्टम इन्स्टल गर्नेछ । हाल बिटा भर्सनमा उलब्ध यो सफ्टवेयर खासगरी विन्डोजको भिस्टा र एक्सपीका प्रयोगकर्ता लक्षित भएको कम्पनीले जनाएको छ । यो प्याकेजले कुनै पनि सफ्टवेयर इन्सटल गर्दा कम्प्युटरमा उत्पन्न हुने सम्भावित जोखिमका बारेमा पूर्वानुमान गर्दै सल्लाहसमेत दिने गर्छ । एकपटक इन्स्टल गरेपछि यो सफ्टवेयरले अपेरटिङ सिस्टमलगायत कम्प्युटरमा जोडिएका अन्य उपकरणमा देखिएका समस्या पहिचान तथा समाधानमा समेत सहयोग पुर्‍याउने कम्पनीको दाबी छ । कम्पनीका अनुसार फिक्स इटले अपरेटिङ सिस्टमलाई सञ्चालन हुन अवरोध पुर्‍याउने व्यापक देखिएका ३ सयथरीका समस्या समाधान गर्ने क्षमता राख्छ ।
यसबाहेक फिक्स इटले आफूले पहिचान गर्न नसकेका समस्या संग्रह गरी समाधानका लागि माइक्रोसफ्टको विशेषज्ञ टोलीसमक्ष पुर्‍याउनेछ । माइक्रोसफ्टको होमपेजमा भएको सपोर्ट सेक्सनमा गएर डाउनलोड गर्न सकिने यो सफ्टवेयरलाई अन्य अपरेटिङ सिस्टममा पनि चलाउन सकिने कम्पनीले जनाएको छ । विन्डोज एक्सपीको सर्भिसप्याक-३ का प्रयोगकर्ताले मात्रै यसको प्रयोग गर्न सक्नेछन् ।
विन्डोज सेभेनअघिको अपरेटिङ सिस्टम भिस्टमा देखिएको समस्या समाधान गर्नका लागि सन् २००८ को अन्त्यतिर यस्तैखालको सेवा सुरु गरेको भए पनि प्रभावकारी हुन सकेको थिएन । सोही सेवालाई परिमार्जित गर्दै कम्पनीले सफ्टवेयर नै तयार गरेको हो ।

चिन्ता र निराशाबीच लोकतन्त्र दिवस

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधान लेख्न संविधानसभालाई दिइएको म्याद जेठ १४ मा सकिनै लाग्दा मुख्य दलहरुले समस्या समाधानको निम्ति भनेर शनिवार डाकेको बैठक समेत बस्न सकेन। खासगरी राजनीतिक दलहरुको यस्तै ढिलाइले मानिसहरुको चिन्ता र निराशा बढेको छ। “लोकतन्त्र आएपछि जनताले शान्ति पाउँछ भन्थे तर पाएनन्,” पूर्वी नेपालको विर्तामोड शहरकी एक महिलाले भनीन्।
खासगरी नयाँ संविधान निर्माणमा उनीहरुले सहमति गर्न नसकेकै कारण मुख्य दलहरुप्रति मानिसहरुको गुनासो बढेको धेरैको धारणा छ।यो कुरा शीर्ष नेताहरुलाई पनि राम्रै थाहा छ भन्ने कुराको एउटा उदाहरण प्रधानमन्त्री माधवकुमार नेपालले शनिवारै दिए।लोकतन्त्र दिवसको उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा आयोजित औपचारिक कार्यक्रममा बोल्ने क्रममा प्रधानमन्त्री माधवकुमार नेपालले प्रतिपक्षी माओवादीप्रति संकेत गर्दै विमति टुंग्याउन आह्वान गरे।
“फुटेर होइन, जुटेर अघि बढौं, बेमेलबाट होइन, मेलबाट समस्या समाधान गरौं, आरोप प्रत्यारोपबाट होइन, छलफल र बहसबाट समस्या समाधान गरौं,” प्रधानमन्त्री नेपालले भने। प्रधानमन्त्रीले सहमतिबाट असम्भव कुराहरु सम्भव बनाएको विगतको सम्झना पनि गरे।

कम्प्युटरमा प्रतिसेकेन्ड १ सय साइबर आक्रमण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रविधिको उच्च प्रयोसँगै यसको दुरुपयोग पनि उच्च दरमा बढ्न थालेको छ । सिमेन्टेक कर्पारेसनले सार्वजनिक गरेको तथ्यांकले विश्वभरमा कम्प्युटरमा प्रतिसेकेन्ड एक सयको दरमा आक्रमण हुने गरेको देखाएको छ । अध्ययनका अनुसार प्रतिसेकेन्ड एक सय आक्रमण भए पनि प्रतिसाढे चार सेकेन्डमा एक कम्प्युटर प्रभावित हुने गरेको छ । अर्थात् धेरैजसो आक्रमण प्रभावहीन हुन्छन् ।
कम्पनीका अनुसार हानिकारक सफ्टवेयर निर्माणमा भएको बृद्धिसँगै इन्टरटेटमा आधारित आक्रमण बढेको हो । सिमेन्टेकका अनुसार २००८ को तुलनामा हानिकारण सपटवेयर २००९ मा ७१ प्रतिशत बढेका छन् । जसअनुसार हालसम्म भेटिएका हानिकारक सफ्टबेयर, टोर्जान तथ भाईरसमा ५१ प्रतिशत २००९ मा मात्रै बनेका थिए । सिमेन्टेकका अनुसार २००९ को १२ महिने अवधिमा मात्रै २९ लाख हानिकारक तत्त्व तयार भए ।
भाइरस तथा अन्य हानिकारक तत्त्व तयार गर्न सिकाउने खालका सामग्री निःशुल्क र धेरै मात्रामा पाइन थालेकाले यो संख्या उच्चदरमा बढेको सिमेन्टेकका प्रविधि व्यवस्थापक टोनी ओस्बर्नले बताए । जिउस नामक एक सन्दर्भसामग्री भने ७ सय डलर महँगो भए पनि उच्च बिक्री भएको अध्ययनमा देखिएको छ । यसको उत्पादनले टेलिफोनमार्फत सर्पोट सुविधा दिएकाले यसको प्रयोग बढेको उनले बताए ।
२००९ मा जिएसको आधारमा तयार गरिएका ९० हजारभन्दा बढी मालवेयर फेला परेका छन् । जिएसको आधारमा तयार गरिएका मालबेयरहरू स्पाममार्फत इमेलमा छिरेर कम्प्युटरमा इन्स्टल हुने गरेका छन् । गत वर्ष ७० लाख कम्प्युटरमा यस्ताखालका मालबेयर फेला परेको सिमेन्टेकले जनाएको छ ।
अध्ययनले ब्राजिल, भारतजस्ता विकासशील मुलुकमा इन्टरनेट आक्रमण बढेको देखाएको छ । यस्ता मुलुकहरुमा इन्टरनेट प्रविधिको विकास दू्रतगतिले भएकाले परिवर्तनशील प्रविधिमा आक्रमण गर्न सहज हुने मौका छोपिएको अध्ययनको निष्कर्ष छ ।
यसैगरी, विकासशील मुलुकमा इन्टरनेटबाट हुने ठगी तथा अपराधबारे पर्याप्त ज्ञान नभएकाले पनि यस्ता आक्रमण बढ्दै गएको हुन सक्ने अध्ययनले देखाएको छ ।
कसरी जोगिने ?
*
कम्प्युटर भाइरस मात्र नभई स्पाइवेयर, मालवेयर, रुटकिटजस्ता सबैखाले हानिकारक तत्त्व हटाउन सक्ने सेक्युरिटी सपटवेयर प्रयोग गर्ने ।
*
अपरेटिङ सिस्टमा भएको फायरवाललाई एक्टिभेट गर्ने ।
*
अपरेटिङ सिस्टमका अपडेट उपलब्ध हुनेबित्तिकै अपडेट गर्ने किनभने यस्ता अपडेट हानिकारक तत्त्व हटाउन सक्ने क्षमताका साथ आएका हुन्छन् ।
*
अपरिचित तथ सन्दर्भहीन इमेल तथा लिंकमा क्लिक नगर्ने । विशेषगरी एट्याचमेन्टसहितका अपरिचित इमेलमा सकेसम्म क्लिक नगर्ने । प्रख्यात संस्था वा मानिसको नाम सेन्डरमा देखिने यस्ता इमेलमा नै धेरै हानिकारक तत्त्व हुने गरेको पाइएको छ ।
*
आपनो ब्राउजरलाई अपडेट गरिराख्ने किनभने ब्राउजर यस्ता तत्त्वहरूलाई ब्लक गर्न सक्ने विशेष क्षमतासहित अपडेट गरिन्छन् ।

प्रधानमन्त्री नेपाल अब राजीनामा दिने मुडमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री माधवकुमार नेपाल अब राजीनामा दिने मुडमा देखिएका छन्।आज राजधानीमा पत्रकारहरुसँग कुराकानी गदै उनले आफु राजीनामा दिने तर माओवादी अध्यक्ष पुष्पकमल दाहाल आफ्नो विकल्प हुन नसक्ने बताएका छन् । सुर्खेत घटनामा घाइते भएकाहरु त्रिवि शिक्षण अस्पताल आज भेटन पुगेका प्रधानमन्त्री नेपालले हिंसात्मक कार्यलाई बढावा दिने दाहाललाई प्रधानमन्त्री बनाउन नसकिनेबताएका हुन। उनले प्रधानमन्त्रीका लागि अन्य विकल्प आए आफूले सोंच्न सक्ने समेत बताए।
शान्ति प्रक्रिया र जनादेशलाई माओवादीले उपेक्षा गरेको बताउँदै उनलेसहमति र सहकार्यका साथ अघि बढी सङ्क्रमणकाल व्यवस्थापन गर्नुपर्ने अवस्थामा पनि रचनात्मक नभई अराजक र विध्वंसात्मक शक्तिका रुपमा माओवादी प्रस्तुत हुनु देश र जनताका लागि दुर्भाग्यपूर्ण भएको बताए। एमाले, कांग्रेस लगायत भिन्न मत राख्ने अन्य पार्टीका नेता तथा कार्यकर्ताको हातखुट्टा भाँच्ने, सर्वसाधारण जनतालाई आतङ्कित तुल्याउने, आमसञ्चारमाध्यममा डर र त्रासको वातावरण सिर्जना गर्ने, उद्योगधन्दा बन्द गर्नेजस्ता अराजक गतिविधिलाई प्राथमिकता दिई मुलुकमा आफ्नो सर्वसत्तावाद लाद्ने एक सूत्रीय अभियानमा माओवादी लागिपरेको उनको आरोप थियो ।

देशभरका निजी बिद्यालयहरु बन्द आह्वान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२५ अप्रिल,२०१०,एकीकृत माओवादी निकट अखिल क्रान्तिकारीले आजदेखि देशभरका निजी बिद्यालयहरु बन्द आह्वान गरेको छ । निजी बिद्यालयहरुले मनोमानीरुपमा शुल्क बढाएको विरोधमा उक्त बिद्यार्थी संगठनले बन्द आह्वान गरेको हो । बन्द आह्वानका कारण आज देशभरका निजी बिद्यालयहरु ठप्प बन्न पुग्दा १५ लाख भन्दा बढी बिद्यार्थीहरु पठनपाठनबाट वञ्चित भएका छन् । देशभर झण्डै आठ हजार निजी बिद्यालय रहेका छन् ।
यस अगाडि अखिल क्रान्तिकारीले गत बैशाख ६ गतेदेखि निजी बिद्यालयको लेखा शाखामा तालाबन्दी गर्दै आएको छ । तालाबन्दीका कारण निजी बिद्यालयहरुमा कुनै पनि आर्थिक गतिविधि हुन सकेको छैन । अखिल क्रान्तिकारीले भने बढेको शुल्क फिर्ता नभएसम्म बन्द जारी रहने चेतावनी दिएको छ ।
यसैबीच शिक्षामन्त्री सर्वेन्द्रनाथ शुक्लाले अनिश्चितकालीन निजी बिद्यालय बन्द कार्यक्रम तत्काल फिर्ता लिएर सम्बाद र बार्ता मार्फत समस्या समाधान गर्न आन्दोलनरत बिद्यार्थी संगठनलाई आग्रह गरेका छन् ।आज भैरहवामा पत्रकारहरुसँग कुराकानी गर्दै उनले आवश्यक परे वार्ताका लागि सरकार मध्यस्थता गर्न तयार रहेको पनि बताए ।निजी बिद्यालयले आफू खुसी शुल्क बढाएको भन्दै आन्दोलनमा उत्रिएको अखिल क्रान्तिकारीले आइतबारबाट अनिश्चितकालीन निजी बिद्यालय बन्द घोषणा गरेको छ । शुक्लाले तत्काल निजी बिद्यालय ब्यबस्थापक र बिद्यार्थी संगठनलाई बार्तामा बसी सम्बाद गर्न आग्रह गर्दै आबश्यक परे सरकार मध्यस्तता गर्न तयार रहेको बताए । मन्त्री शुक्लाले अनिश्चितकालीन बिद्यालय बन्द गर्नु नाजायज भएको उल्लेख गर्दै बिद्यार्थीको भबिश्यमाथि खेलवाड नगर्न आग्रह गरे ।

Apr 24, 2010

माओवादीले दर्जा अनुसार चन्दा रकम तोक्यो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बाग्लुङ, वैशाख १०- एकीकृत नेकपा माओवादीका कार्यकर्ताले अन्तिम लडाईँका लागि भन्दै बाग्लुङमा चन्दा अभियानलाई तीब्रता दिएको छ। मुलुक मुठभेडतर्फ गइरहेको अवस्थामा लडाईँका लागि भन्दै चन्दा सङ्कलन गर्न थालेपछि कर्मचारीदेखि सर्वसाधारण त्रसित बनेका छन्।
माओवादीको मगरात राज्य समितिका सचिव पूर्णबहादुर घर्ती मगर आभासद्वारा हस्ताक्षर गरिएको पत्र र रसिद कर्मचारीलाई थमाएका छन्। व्यापारी र निजी विद्यालयमा अब उठाउने तयारी भइरहेको माओवादी स्रोतले बतायो।माओवादीले सेकेण्ड क्लास अफिसर (अधिकांश सरकारी कार्यालय प्रमुख) लाई १०, तेस्रो तहका अधिकृतलाई ८ र नासुलाई ५ हजार रुपैयाँका दरले रकम माग गरेको छ। तर उनीहरुले बार्गेनिङ गरी घटाएर दिने गरेका छन्। सेकेण्ड क्लास अफिसरले ३५ सयदेखि ५ हजार, तृतीय श्रेणीका अधिकृतले २ हजारदेखि ३ हजार, सुब्बासरहले १ हजारदेखि २ हजारसम्म दिएका छन्। तल्लो तहका कर्मचारीले न्युनतम ५ सय रुपैयाँ दिएको कर्मचारी बताउँछन्। माओवादीले स्वेच्छिक चन्दा भने पनि कर्मचारीले जबर्जस्ती गरेको आरोप बताएका छन्। 'सुरुमा ८ हजार रुपैयाँ मागेका थिए, त्यत्रो रकम दिन सक्दैनौँ भनेपछि बार्गेनिङ गर्दा २ हजार रुपैयाँमा झर्‍यो, जिल्ला शिक्षा कार्यालयका एक अधिकृतले भने- अन्तिम लडाईँ हो। ख्याल गर्नुस् नत्र...? भनेपछि दिनैपर्‍यो।' कर्मचारीहरु चन्दा दिएकोबारे खुलेर बोल्न चाहँदैनन्।अघिल्लो महिना नेकपा एकिकृतबाट नेकपा माओवादीमा प्रवेश गरेका एक जिल्ला नेताले भने- 'पहिला हामी (एकिकृतमा छँदा) जाँदा २ सय दिन नमान्ने कर्मचारीले अहिले २ हजार रुपैयाँ सजिलै दिएका छन्।' गाविस सचिवहरुलाई जिल्ला विकास समितिमा हुने गाविस सचिवको मासिक बैठकमा नै गएर रकम दिन पत्र थमाएका थिए।'अब हामी फेरिफेरि रकम उठाउन आउँदैनौँ। यो अन्तिम युद्धका लागि हो भन्दै पाराले दबाब दिएका छन्- एक गाविस सचिवले भने।

डेढ करोड ठगी गर्ने प्रहरीलाई हिरासतमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बाग्लुङ, वैशाख ११- डेढ करोड रुपैयाँ ठगेर एक दशकअगाडि फरार गलकोट हटियाका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। गाउँलेको १ करोड ७० लाख रुपैयाँ ठगी गर्ने हटियाका ओमबहादुर खडकालाई बागलुङ प्रहरीले पक्राउ गरेको हो।
सुरुमा गाउँलेसँग पैसाको लेनदेन गरेका खड्काले पछि व्याज तिर्ने सर्तमा गाउँमा लाखौँ रुपैयाँ उठाएर फरार भएका थिए। पैसा लिएर नदिएको भन्दै पीडितले प्रहरीमा उजुरी दिएपछि बागलुङ प्रहरीले खड्कालाई शुक्रबार पक्राउ गरेको हो। २०५५ सालदेखि गाउँमा पैसा लगानी गर्दै आएका खड्काले मासिक १ सयको २ रुपैयाँ ब्याजमा लिएर साँढे २ रुपैयाँ व्याज तिर्ने सर्तमा रकम उठाएका थिए। घटनाको अनुन्धान भइरहेको बाग्लुङका प्रहरी नायव उपरीक्षक विकासराज खनालले बताए। आफूलाई ब्याज तिर्ने सर्तमा १३ लाख ७४ हजार लगेकाले व्याजसहित रकम फिर्ता गर्नुपर्ने पीडितमध्येका स्थानीय कृष्णदत्त रेग्मीले बताए।

विश्वविद्यालय आन्दोलनले यातायात ठप्प

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सुर्खेत, वैशाख ११- मध्यपश्चिमाञ्चल विश्वविद्यालयसम्वन्धी व्यवस्थापिका संसदमा दर्ता भएको विधेयक फिर्ता लिने सरकारी निर्णयविरुद्ध सञ्चालित आन्दोलनका कारण शनिबार सुर्खेतकौ यातायात ठप्प भएको छ। विश्वविद्यालय स्थापना सङ्घर्ष समितिले शनिबार र आइतबार दुई दिन यातायात बन्द आह्वान गरेको थियो।
सङ्घर्ष समितिले आह्वान गरेको बन्दका कारण सुर्खेतबाट बाहिर जाने र बाहिरबाट सुर्खेत भित्रिने सबै सवारी साधन ठप्प भए। उपत्यकामा पनि सवारी साधन गुडेका छैनन्। सङ्घर्ष समितिले स्थानीयले स्वस्फूर्तरुपमा यातायात बन्दमा साथ दिएको जनाएको छ। समितिका सचिव महेन्द्रकुमार मल्लले भने- जनताले अरुबेला आयोजित बन्दमा जस्तो डर र त्रासका कारण बन्द गरेका छैनन्, विश्वविद्यालयप्रतिको चिन्ताले आफैं बन्द गरेका छन्।' माग सम्वोधन नभए बन्द भोलि पनि जारी रहने मल्लले बताए।विश्वविद्यालय सङ्घर्ष समितिले तेस्रो चरणको आन्दोलनअन्तर्गत यसअघि शैक्षिक संस्था बन्द, बजार बन्द, सरकारी तथा गैरसरकारी कार्यालय बन्द गरिसकेको छ। सरकारले विश्वविद्यालयसम्वन्धीसम्बन्धी दर्ता भएको विधेयक फिर्ता लिने निर्णय नसच्याए १५ गतेदेखि अनिश्चितकालीन आमहड्ताल गर्ने घौषणा गरिएको छ। त्यस्तो स्थिति आएमा समग्र मध्यपश्चिमको जनजीवन प्रभावित हुने स्थानीय बताउँछन्। 'मध्यपश्चिमका पहाडी जिल्लाहरुको प्रमुख मार्गका रुपमा रहेको सुर्खेतमा आमहड्ताल भएमा त्यसको सोझो मार पहाडी जिल्लाका बासिन्दाले पनि भोग्नुपर्नेछ,' विश्वविद्यालय स्थापना सङ्घर्ष समितिका प्रचार संयोजक गोविन्द कोइरालाले भने- त्यसैले हामी सरकारले समयमै समस्या समाधान गरोस् भन्ने चाहन्छौं।

सभासदहरुलाई जिल्ला प्रवेश निषेध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२४ अप्रिल,२०१०,नेपाली काँग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघ, सिन्धुपाल्चोकले संविधानसभाका सभासदहरुलाई जिल्ला प्रवेश निषेध गरेको छ । प्राप्त समाचार अनुसार शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुयाई लोकतान्त्रिक संविधान निर्माण नहुञ्जेलसम्मका लागि संघले सभासदहरुलाई जिल्ला प्रवेशमा रोक लगाएको हो । सभासदहरुलाई संविधान निर्माण कार्यमा लाग्न दबाब दिंदै औपचारिक कार्यक्रममा भाग लिन नदिने निर्णय गरिएको सिन्धुपाल्चोक नेविसंघले जनाएको छ । नेविसंघ, सिन्धुपाल्चोकले संविधानसभा भवन, नयाँ बानेश्वरबाट सभासदहरुलाई बाहिर जान नदिन प्रमुख जिल्ला अधिकारीमार्फत सभाध्यक्षलाई समेत ज्ञापनपत्र बुझाएका छन् ।

अमेरिकी सेनाप्रमुख एडमाइरल नेपाल आउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अमेरिकी सेनाका प्यासिफिक कमान्डप्रमुख एडमाइरल रोबर्ट एफ. विलियार्ड आगामी मंगलबार नेपाल भ्रमणमा आउने भएका छन् । प्रधानसेनापति छत्रमानसिंह गुरुङको निमन्त्रणामा विलियार्ड ६ दिने भ्रमणमा नेपाल आउन लागेका हुन् ।
सैनिक प्रवक्ता रमीन्द्र क्षेत्रीले प्रधानसेनापति गुरुङको निमन्त्रणामा अमेरिकी सेनाप्रमुख नेपाल आउन लागेको जानकारी दिए । 'नियमित भ्रमणका क्रममा उहाँ आउन लाग्नुभएको हो,' सैनिकप्रवक्ता क्षेत्रीले भने, 'भ्रमणका क्रममा द्वीपक्षीय सम्बन्ध, हित र चासोका विषयमा छलफल हुनेछ ।' उनका अनुसार गतसाता प्रधानसेनापति गुरुङले विलियार्डलाई भ्रमणका लागि निम्तो पठाएका थिए ।
स्रोतका अनुसार नेपाली सेनालाई सहयोग बढाउन प्रधानसेनापतिले विलियार्डसँग औपचारिक प्रस्ताव गर्नेछन् । गतमाघमा अमेरिकी राष्ट्रपति बाराक ओबामाले सिनेटमा प्रस्तुत गरेको बजेटमा नेपाली सेनालाई दिँदै आएको सहयोगको निरन्तरताका लागि विभिन्न सर्त राखिएका छन् ।

आइपडको चर्को आवाज कानका लागि खतरा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चर्को आवाजमा आइपड बजाउने किशोर/किशोरीको बानीका कारण उनीहरूको सुन्ने क्षमतामा ह्रास आइरहेको हुन्छ । संगीत सुन्दा युवायुवती आइपडको आवाज पूरै खोल्छन्, जुन जेट इन्जिनको आवाजबराबर हुने अनुसन्धानले देखाएको छ । एम्पिथ्रीको भोल्युम उच्च बनाएर कानमा इयरफोन लगाउँदा सुन्ने क्षमतामा ह्रास आउने विशेषज्ञहरूको दाबी छ । 'यल युनिभर्सिटी स्कुल अफ मेडिसिन'का प्राध्यापक पिटर रोबिट्जका अनुसार केही म्युजिक प्लेयर्सको ध्वनि एक सय २० डेसिबलबराबर हुन्छ, जुन जेट इन्जिनको ध्वनिबराबर हो । युरोपियन कमिसनले आउने दशकमा ३० वर्ष उमेर समूहका १० प्रतिशत युवायुवतीको कानमा सुन्ने यन्त्र हुने दाबी गरेपछि प्राध्यापक रोबिट्जको चेतावनी आएको हो । युवायुवती हेडफोनमार्फत चर्को आवाजमा संगीत सुन्ने गर्छन् । युरोप र अमेरिकाको ९० प्रतिशत युवायुवतीले दैनिक थुप्रै घन्टा उच्च भोल्युममा संगीत सुन्ने गरेको सर्वेक्षणले देखाएको छ । बि्रटिस मेडिकल जर्नलको अनलाइनमा प्राध्यापक रिट्वेज लेख्छन्, 'चर्को ध्वनिमा सुन्ने बानीले बालबालिका तथा युवायुवती कम सुन्न थालेका छन्, यसप्रति चासो पनि बढ्दो छ ।' मोबाइल फोनबाट चर्को स्वरमा संगीत सुन्दा त्यसले निम्त्याउने परिणाम गम्भीर हुन्छ । थुप्रै अध्ययनले ठूलो स्वरमा संगीत सुन्नेहरूको श्रवणशक्तिमा दीर्घकालीन ह्रास आइरहेको देखाएको छ ।

Apr 23, 2010

मनिल तामाङको परिवारलाई राहत रकम हस्तान्तरण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/डीबी आङ्बुङ
वैशाख ८, २०६७, विर्तामोड, स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन समानुपातिक चुनावप्रणालीमा हुनुपर्छ भनी संघीय विद्यार्थी युनियन लिम्बुवान राज्य परिषदले अघि बढाएको आन्दोलनमा २०६५ चैत्र ६ गते झापाको धुलाबारी क्याम्पसमा एकात्मक राज्यसत्ताले गोली हानी हत्या गरेका विद्यार्थी शहीद मनिल तामाङको परिवारलाई २०६६ वैशाख ८ गते विर्तामोड झापा, लिम्बुवानमा क्षतिपूर्तिस्वरुप राहत रकम हस्तान्तरण गरिएको छ । विर्तामोड झापाको मुक्ति चोकमा एक कार्यक्रम आयोजना गरी संघीय लोकतान्त्रिक राष्ट्रिय माचसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङदेन 'मिराक'ले नेपाल सरकार गृहमन्त्रालयबाट प्राप्त रु. दशलाखको चेक शहीदका बुबा भरत तामाङ र आमा ममिता तामाङलाई हस्तान्तरण गरेका हुन् । सो राहत रकम प्रदान गर्ने कार्यक्रममा बोल्दै प्रमुख अतिथि लिङ्देनले भने- "नेपालको विद्यमान एकात्मक सरकारले स्ववियुको चुनाव समानुपातिक प्रणालीमा हुनुपर्छ भनेर आन्दोलन गर्दा उल्टै लिम्बुवानी विद्यार्थी मनिल तामाङलाई गोली हानी हत्या गर्यो । अर्का विद्यार्थी मानबहादुर शेर्पा अझै घाइते अवस्थामा उपचार पनि गर्न नपाई बसेका छन् । विद्यार्थी साथी मनिलको हत्या गर्नसक्ने एकात्मक सरकारले लिम्बुवानमा अझ पनि स्ववियुको चुनाव गर्न सकेको छैन । हामीले भनेको जस्तो समानुपातिका चुनावप्रणालीमा चुनाव गरेर समावेशी किसिमको स्ववियु निर्माण गर्नुभन्दा पहिलेकै शैलीमा हालीमुहाली गर्न पल्केका एकात्मक चरित्रका अन्य विद्यार्थी पनि चुप छन् । यो दुखद् कुरा हो । सरकार र सम्बद्ध निकायको लाचार र नालायकीपना हो । मनिलको हत्यापछि हामीले उनलाई शहीद घोषणा गराउन अर्को आन्दोलन गर्नुपर्यो । २०६५ जेष्ठ ११ गते विद्यार्थी शहीद घोषणा गरेको मनिल तामाङको परिवारलाई शहीद घोषणपछि दिइने १० लाख रकम दिन एकात्मक सरकारले धेरै आनाकानी गर्यो । र फेरि हामीले मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको भातृसंगठन संघीय विद्यार्थी युनियन लिम्बुवान राज्य परिषदको अगुवाईमा गत चैत्रमा फेरि वारपारको आन्दोलन घोषणा गर्दामात्र बल्ल शहीद परिवारलाई राहत रकम प्रदान गर्न मन्त्रिपरिषद बाध्य भयो । र, सो राहत रकम आज बल्ल हामी शहीद परिवारलाई हस्तान्तरण गर्न सफल भएका छौं । यो राहत रकम शहीद परिवारको लागि खास केही होइन । लिम्बुवान आन्दोलको लागि पनि यस्ता क्षतिपूर्तिले शहीदको सपना साकार हुँदैन । यो त केवल शहीदको परिवारलाई दिइएको केही सान्त्वना मात्र हो । योभन्दा महान कार्य हामीले जुन अभियान र लक्ष्यमा लड्दा-लड्दै शहीद मनिल र माङतोकले सहादत प्राप्त गरे त्यही महान लक्ष्य सङ्खुवा-अरुण-सफ्तकोशीपूर्वको नौ जिल्ला लिम्बुवानको प्राप्ति र विकास हो । शहीदहरुको सपना यो आन्दोलनलाई हामीले जसरी पनि पूरा गरेरै छाड्नेछौं । अन्ततः सत्यको जित हुनेछ मञ्चसम्बद्ध परिषदको जित हुनेछ र लिम्बुवानलाई मागीखाने भाँडो बनाउनेहरु अन्यहरु धुलो भएर सिद्धिनेछन् ।"
सोही कार्यक्रमलाई सम्बोधन गर्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिव खगेन्द्र माखिमलॆ भने- "हाम्रो पार्टी संविधान सभाको २५ मध्ये १४ औं दल भएकोले हामी वैधानिक र राजनीतिक तरिकाले लडेर नौ जिल्ला लिम्बुवान प्राप्त गरिछाड्नेछौं ।" यसरी नै मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका प्रथम महासचिव सूर्य माखिले भने- "मनिलसँगै गोली लागेका घाइते मानबहादुर शेर्पालाई केही कथित विद्यार्थी समूहरुले हाम्रो सम्पर्कमा आउन दिएका छैनन् तर हाम्रो संगठन नीज घाइते शेर्पाको उपचारार्थ राहतको लागि जस्तोसुकै कदम चाल्न पनि तयार रहेको छ ।" उक्त कार्यक्रमलाई संघीय लिम्बुवान महिला परिषदका अध्यक्ष शान्ता योङहाङ संघीय विद्यार्थी युनियन संघीय कार्य समितिका महासचिव नादङ चेम्जोङ संघीय विद्यार्थी युनियन लिम्बुवान राज्य परिषदका अध्यक्ष जेण्टल लावतीले पनि सम्बोधन गरेको थिए । मञ्चसम्बद्ध परिषदका झापा अध्यक्ष मानबहादुर साँवाको अध्यक्षता जिल्ला सचिव सुवास राईको स्वागत मन्तव्य र सचिवालय सदस्य लोकसागर साम्बाको उद्घोषणमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । त्यहीबेला, केही कथित विद्यार्थी समूहले पत्रकार सम्मेलन गरेर सो राहत आफूहरुमार्फत हस्तान्तरण हुनुपर्ने भन्दै विरोधसमेत गरेको थिए ।

महावाणिज्यदूतावास र जनजाति महासंघ हङकङबीच सम्झदारी कायम

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ
२२, अप्रील,नेपाली महावाणिज्यदूतावास हङकङ र जनजाति महासंघ हङकङबीच भएको छलफलले आज एक सम्झदारी कायम गरेको छ ।जनजाति महासंघ हङकङले लामो समयदेखि हङकङको लागि नेपाली महावाणिज्यदूतमा जनजाति मूलको महावाणिज्यदूतको माग गर्दै आइरहेको परिप्रेक्षमा नेपाल सरकारले पछिल्लो पल्ट पनि महासंघको उक्त मागलाई बेवास्ता गर्दै गैरजनजाति मूलकै महावाणिज्यदूत नियुक्त गरेपछि उक्त निर्णयको विरोध स्वरुप अन्तिम चरणमा महावाणिज्यदूतलाई औपचारिक बहिसकार गर्दै दूतावासको उपस्थिति रहेको कुनै पनि कार्यक्रममा सहभागिता नजनाउने तथा महासंघमा आवद्ध संघ संस्थाले आफ्नो कार्यक्रममा आमन्त्रण नगर्ने निर्णय गरेको थियो । महासंघले अवलम्वन गरेको यस नीतिले बहुसंख्यक जनजाति र विभिन्न जतीय संस्थाहरु रहेको यस हङकङमा दूताबास र जातीय संस्थाहरुबीच ठडिएको एक अदृष्य पर्खालले अति अफ्ठेरोको अनुभूति गराएको थियो । यो गाभीर्यतालाई महसुस गरेर विभिन्न समयमा पत्रपत्रिकाहरुमा पनि विभिन्न खाले विचारहरु बाहिर आइरहेका थिए । ठीक यसै बेला आज यस समस्यालाई मध्यनजरमा राखेर महावाणिज्यदूतावासको कार्यकक्षमा जनजाति महासंघका पदाधिकारीहरुले महावाणिज्यदूत विनोदकुमार उपध्यायसंग छलफल गरेका छन् । जनजाति महासंघ हङकङका अध्यक्ष भूपेन्द्र चेम्जोङ, किरातराई यायोक्खाका अध्यक्ष किसन राई, मगर संधका अध्यक्ष मिनबहादुर थापा मगर, तामाङ घेदुङ संघका कुलमान तामाङ, तमु ट्हो ह्युलका रिता गुरुङ, याक्थुङ चुम्लुङका उत्तरमान लिम्बु, सुनुवार समाजका लोकविक्रम सुनुवारलगायतका प्रतिनिधिहरुसंग भएको महावाणिज्यदूत उपाध्यायको उक्त छलफले निम्न तीन बुँदामा सहमति कायम गरेको छ ।
१. जनजाति आन्दोलनलाई सहयोग गर्ने ।
२. जनजाति महासंघ र दूतावासको सम्वन्धलाई सुमधुर पार्दै सहकार्य गर्ने ।
३. जनजाति आन्दोलन र दूतावासको कार्यलाई लिएर एकापसमा कुनै पूर्वाग्रह नराख्ने ।
माथिका तीन बुँदाहरुमा प्रस्ट नलेखिएकोले यस सन्दर्भमा पंक्तिकारले महासंघका अध्यक्ष भूपेन्द्र चेम्जोङसंग सम्पर्क गरी, के अब महासंघले आफ्नो पूर्व घोषित ‘बहिस्कार’ को कार्यक्रम फिर्ता लिएको हो ? भनि जिज्ञासा राख्दा अध्यक्ष चेम्जोङले यस विषयमा भोलि महासंघको बैठक बसी निर्णय गरिने बताएका छन् ।

माओवादी आन्दोलनको प्रतिकार गर्ने चेतावनी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रमुख सत्तारुढ दल नेकपा एमालेका भातृ संगठन युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले माओवादीले गर्ने भनिएको आन्दोलनको प्रतिकार गर्ने चेतावनी दिएका छन् ।भक्तपुरमा आज आयोजित एक कार्यक्रममा सञ्चारकर्मीको जिज्ञासाको उत्तर दिंदै अध्यक्ष बस्नेतले माओवादी आन्दोलनको प्रतिकारका लागि तयारी अवस्थामा रहन देशभरिका युवाहरुलाई निर्देशन दिईसकेको समेत जानकारी दिए ।
र्सवसाधारणलाई आतंकित पार्ने, जबर्जस्ती चन्दा उठाउने माओवादी कार्यलाई निर्मूल पार्र्छौं, उनले भने- हामी हातमा दही जमाएर बस्दैनौं । एमालेविरुद्ध माओवादी जाईलाग्छ भने एमाले पनि चुप लागेर नबस्ने चेतावनी बस्नेतले दिए ।
यसैबीच माओवादी अनुपस्थित हुने भएपछि भोली बस्ने भनिएको उच्चस्तरीय राजनीतिक सं‍यन्त्रको बैठक स्थगित गरिएको छ । माओवादीले आन्दोलनको तयारी गरिरहेकोले बैठकमा उपस्थित नहुने जनाएपछि बैठक स्थगित गरिएको हो । माओवादी आन्दोलनको तयारीको कारण परिस्थिति झन जटिल हुँदैँ गएको छ ।

सङ्गीत तथा नाटय प्रतिष्ठानको कुलपतिमा अम्बर गुरुङ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री माधवकुमार नेपालले नेपाल सङ्गीत तथा नाटय प्रतिष्ठानको कुलपतिमा नियुक्त वरिष्ठ सङ्गीतकार अम्बर गुरुङलाई शुक्रबार राजधानीमा कुलपतिको पद तथा गोपनीयताको सपथ गराउनुभयो ।प्रधानमन्त्री सो प्रतिष्ठानका संरक्षक हुनुहुन्छ । वरिष्ठ सङ्गीतकार गुरुङ व्याकुल माइलाद्वारा रचित नेपालको राष्ट्रिय गानका सङ्गीतकार पनि हुनुहुन्छ ।प्रधानमन्त्री कार्यालयमा आज बिहान आयोजित सोही सपथ समारोहमा कुलपति गुरुङले सो प्रतिष्ठानका उपकुलपति प्रचण्ड मल्ल, सदस्यसचिव तीर्थ श्रेष्ठ र सदस्यहरुलाई पनि शपथ गराउनुभयो ।सो प्रतिष्ठानका सदस्यहरुमा तीर्थ थापा, यज्ञराज उपाध्याय, मिथिला शर्मा, कविता आले, रमेशरञ्जन झा र रामकृष्ण दुवाल हुनुहुन्छ ।झा भने काठमाडौँबाहिर रहनुभएकाले सपथ ग्रहण समारोहमा अनुपस्थित हुनुहुन्थ्यो ।सरकारले सो प्रतिष्ठानको कुलपतिमा वरिष्ठ सङ्गीतकार गुरुङलाई बिहीबार नियुक्त गरेको हो । प्रधानमन्त्री नेपालले प्रज्ञा प्रतिष्ठान ऐन, २०६४ अनुरूप नौ सदस्यीय परिषद् र २४ सदस्यीय सभा मनोनयन गर्नुभएको हो ।प्रतिष्ठानको २४ सदस्यीय सभामा गुरुङ, मल्ल, श्रेष्ठ, शर्मा, उपाध्याय, दुवाल, थापा, झा, कविता आले र रमेश बुढाथोकी रहनुभएको छ ।यसैगरी, हरिबहादुर थापा, आलोकश्री, चेतनारायण राई, मदनदास श्रेष्ठ, हरिदेवी कोइराला, शकुन्तला प्रधान, विष्णुभक्त फुयाँल, श्रवण मुकारुङ, भरत नेपाली, शान्तिराम राई, बृजकिशोर सहनी, कृष्ण शाह यात्री, उन्नतिशिला बोहरा र नमुना शर्मा रहनुभएको छ ।प्रतिष्ठानका पदाधिकारी र सदस्यको नाम मनोनयनका लागि सङ्घीय मामिला, संविधानसभा, संसदीय व्यवस्था तथा संस्कृतिमन्त्री डा.मीनेन्द्र रिजाल अध्यक्ष र सदस्यद्वय डा.विमल कोइराला र शान्ति मास्के रहनुभएको तीन सदस्यीय समितिले सिफारिस गरेको थियो ।

चितवन राष्ट्रिय निकुञ्जभित्रै गैँडा मारियो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चितवन/ वन्यजन्तु सप्ताह सकिएको दुई दिन बित्न नपाउँदै चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मारिएको छ । निकुञ्जको तमोरतालभन्दा पाँच सय मिटरपूर्व गैँडा मारिएको निकुञ्जले जनाएको छ ।
निकुञ्जको मुख्य कार्यालय कसरादेखि साढे दुई किलोमिटर दक्षिण सो क्षेत्रमा बुधबार साँझ साढे पाँच बजे गोली चलेको आवाज सुनेर गएको टोलीले साढे ६ बजे वयस्क गैँडा मृत अवस्थामा फेला पारेको हो । पेटमा गोली लागेको र  खाग, खुर काटिएको अवस्थामा अन्दाजी १८-१९ वर्षको भाले गैँडा भेटिएको चितवन राष्ट्रिय निकुञ्जका रेञ्जर रूपक महर्जनले बताए ।

आठ सचिवको सरुवा तथा पदस्थापना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२३ अप्रिल,२०१०,सरकारले पुराना र नयाँ आठ जना सचिवहरुको सरुवा तथा पदस्थापना गरेको छ । जस अनुसार शंकर पाण्डे शिक्षा, दिनेश अधिकारी श्रम, महेन्द्र श्रेष्ठ महिला तथा समाजकल्याणमा पठाइएको छ । यस्तै बृन्दा हाडालाई सूचना आयोग, शितलबाबु रेग्मीलाई शिविर व्यवस्थापन कार्यालय, बिमल वाग्लेलाई प्रधानमन्त्री कार्यालय, माधव घिमिरेलाई महालेखा नियन्त्रकको कार्यालय र आनन्दराज पोखरेललाई काठमाडौं महानगरपालिकाको जिम्मेवारी दिइएको छ ।
यस अगाडि सचिवको पदस्थापनका लागि सिफारिस गर्न उपप्रधानमन्त्री बिजयकुमार गच्छदारको नेतृत्वमा तीन सदस्यीय समिति गठन भएको थियो । समितिमा सामान्य प्रशासन मन्त्री रविन्द्र श्रेष्ठ र संस्कृति मन्त्री मिनेन्द्र रिजाल सदस्य रहेका थिए । समितिले सचिवहरुको पदस्थापन र सरुवाका लागि सिफारिस गरेको थियो ।

Apr 22, 2010

वाइसिएलले चार शिक्षक कुटेपछि विद्यालय बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बाग्लुङ,वैशाख ९- परीक्षाफल प्रकाशित गर्दा नाम छुटेको विषयलाई लिएर वाइसिएल कार्यकर्ताले चार शिक्षक कुटेपछि त्यसको विरोधमा बिहीबारदेखि लेखानी उच्च मावि बन्द भएको छ। विद्यालय बन्द भएपछि सो विद्यालयमा अध्ययन गर्ने करिव ४ सय विद्यार्थीको पढाई प्रभावित भएको छ।
शैक्षिक संस्थामा प्रवेश गरी कुटपिटमा संलग्नलाई कारबाहीको माग गर्दै विद्यालय बन्द गरेको शिक्षक हिमानन्द कँडेलले बताए। 'शिक्षक-विद्यार्थी सुरक्षित हुने अवस्था रहेन, विद्यार्थीसमेत त्रसित छन्। दोषीलाई कारवाही हुनुपर्छ'- कँडेलले भने।बुधबार वाइसिएल कार्यकर्ता नरबहादुर क्षेत्रीको नेतृत्वमा गएको समूहले शिक्षकलाई कुटपिट गरेको विद्यालयले जनाएको छ। कुटपिटबाट उच्च माविका प्राचार्य विष्णुदत्त सुवेदी, शिक्षक खिमानन्द कंडेल, खगराज कँडेल, देवीप्रसाद गौतम घाइते भएका थिए।वाइसिएल कार्यकर्ताले अफिस कोठामा प्रवेश गरी रेडियो, कम्युटर तोडफोड र कागजातसमेत च्यातेको प्रअ सुवेदीले बताए।क्षेत्रीले भने शिक्षकले आफूलाई चाहिँ आक्रमण गरेको बताए ।कुटपिटको विषयलाई लिएर शिक्षकहरुको एक टोली जिल्ला शिक्षा कार्यालय बाग्लुङमा पुगेको छ।

तत्काल चुनाव गर्न निर्वाचन आयोग तयार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तोकिएको समयमा संविधान जारी गर्न नसकिने आशंका र संविधानसभाको म्याद थप र नयाँ निर्वाचनका बारेमा चर्चा चलिरहँदा निर्वाचन आयोगले भने आफूहरू तत्काल निर्वाचन गर्न सक्ने अवस्थामा रहेको जनाएको छ। आयोगले तत्काल निर्वाचन, स्थानीय निकाय निर्वाचन र जनमतसंग्रह गर्न सक्ने अवस्थामा रहेको जानकारी दिएको छ। संसद्को राज्य व्यवस्था समितिको बुधबार बसेको बैठकमा उपस्थित निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त नीलकण्ठ उप्रेतीले तत्काल निर्वाचनमा जान भने संविधानमा नै व्यवस्था नभएकाले त्यसतर्फभने सोचाइ नभएको बताउनुभयो। उहाँले भन्नुभयो- ‘हामीसँग कम्तीमा तीनवटा निर्वाचन गर्न सक्ने क्षमता छ तर निर्वाचनबारे हाम्रो ऐनमा व्यवस्था नै छैन।’निर्वाचन आयोगमा आवश्यकताअनुसार कर्मचारीको अभाव र निर्वाचनको तयारीका लागि परिचयपत्रदेखि लगत संकलनसम्मका काम गर्नुपर्ने भएकाले कामको चाप बढेको कार्यवाहक प्रमुख आयुक्त उप्रेतीले बताउनुभयो। उहाँले आगामी पहिलो निर्वाचनका लागि निर्वाचन खर्च झन्डै ६ अर्ब रूपियाँ अनुमान गरिएको जानकारी दिँदै निर्वाचन व्यवस्थापनका लागि झन्डै ४ अर्ब रुपियाँ र विद्युतीय उपकरणका लागि झन्डै ३ अर्ब रुपियाँ खर्च हुने अनुमान गरिएको बताउनुभयो। उहाँले विद्युतीय उपकरणका लागि भने भारत सरकार र त्यहाँको निर्वाचन आयोगसँग सहयोगका लागि कूटनैतिक पहल शुरू भइसकेको जानकारी समितिलाई गराउनुभयो।समितिले निर्वाचन आयोगको तयारीबारे जानकारी लिन बुधबार आयोगका पदाधिकारीहरूलाई समितिमा बोलाएको थियो। समितिले नागरिकता परिचयपत्र, राहदानी, मतदाता परिचयपत्र, गृह मन्त्रालयले दिने कार्ड, रासन कार्डलगायतका कार्ड बोक्नुपर्दा नेपाली नागरिकले परिचयपत्र मात्रै ६/७ वटा बोक्नुपर्ने अवस्था आउनेतर्फआफ्नो ध्यानाकर्षा भएको भन्दै आयुक्तहरूसँग आयोगले तयारी गरेको परिचयपत्र वितरणबारे जानकारी माग गरेको थियो।

फकाएर बालिका बिहे गर्ने प्रहरी खोरमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बाग्लुङ, वैशाख ९- आफ्नै छोरीलाई भेट्न पनि प्रहरी गुहार्नुपर्‍यो, जिल्ला प्रहरी कार्यालय परिसरमा भेटिएका बाग्लुङ नगरपालिका-७ का बलबहादुर किसानले भने। 'खाई नखाई छोरीलाई पालेँ, हुकाएँ। मलाई थाहै नदिई मेरी छोरीलाई भगाउने (बिहे गर्ने) ? उनले आक्रोश पोखे। छोरीलाई देख्दासाथ झम्टिए र खुसी व्यक्त गरे।
वैशाख ४ गते किसानकी १२ वर्षीय छोरी गौरी किसानलाई आफ्नै भाइले फकाएर बाग्लुङको धम्जा गाविस वडा नं ७ का हिरा किसानसँग बिहे गराएपछि प्रहरीको सहयोगमा छोरी फर्काएका छन्। बालिकालाई लिन केटाको घरमा पुगेका बाबु बलबहादुर किसानलाई उल्टै धम्की दिइएपछि प्रहरीमा उजुरी दिएका थिए। प्रहरीले छोरीलाई फर्काएर भेट्न पाउँदा हर्षका आँशु झारे।'सानो नानीलाई फकाएर लैजाने। खोज्न जाँदा लुकाएर धम्की दिने, मैले न्याय पा'म हजुर, किसानले प्रहरीसमक्ष भने। 'काममा गएको थिएँ। कामबाट घर आउँदा त छिमेकीले तेरी छोरी त पोइल गई भनेपछि आकाशबाट खसेजस्तो भएँ- उनले घटना सम्झिए।उनैको उजुरीको आधारमा बालिका बिहे गर्ने बाग्लुङको धम्जा गाविस वडा नं ७ का २१ वर्षीय हिरा किसानलाई प्रहरीले पक्राउ गरेको छ। किसानसँगै बालिकालाई फकाएर घरबाट भगाउन सहयोग गर्ने बालिकाका काका रामु किसान र काकी जमुना किसानलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो। बालिकालाई भगाएर लगेपछि एक दिन केटाको घरमा राखेर त्यसपछि दिदी पर्नेको घरमा लुकाएका थिए। दलित समुदायमा भगाएर बिहे गर्ने चलन छ। बालिकाले आफूलाई फकाएर लगेको बताइन्। 'राम्रो केटा छ। तिमीलाई सुख दिन्छ। भारत घुम्न जान पाइन्छ भनेर प्रलोभन देखाए, काकाले केही हुँदैन जाउ भनेपछि गएकी हुँ- बालिकाले भनिन्। बालिकालाई प्रहरीले अभिभावकको जिम्मा लगाएको छ। बालिका कक्षा २ पढ्दापढ्दै बीचैमा छाडेर घरमै भाइबहिनी हेरेर बस्ने गर्थिन्।बाल विवाह गर्ने हिरा किसान र भगाउन सहयोग गर्ने तीनै जनालाई मुलुकी ऐनको बालविवाह महलअन्तर्गत मुद्दा दर्ता गर्ने तयारी भएको बाग्लुङका प्रहरी नायव उपरीक्षक विकासराज खनालले बताए।

माओवादीव्दारा भोजपुरामा दस हजारलाई तालिम 

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बारा/ माओवादी भोजपुरा राज्यले दस हजार युवायुवतीलाई युद्ध र सैन्यतालिम दिइरहेको छ । ४ वैशाखदेखि बाराको सिमरामा सुरु भएको सो तालिममा बारा, पर्सा, रौतहटका मजदुर, किसान, समर्थक युवायुवती सहभागी छन् । 'विद्रोहको तयारी र आत्मरक्षाका लागि तालिम दिएका हौँ,' भोजपुरा राज्य इन्चार्ज विष्णु लामाले भने, 'राजनीतिक र वैचारिक प्रशिक्षण दिएका छौँ ।' दैनिक सात-आठ सय युवायुवतीले तालिममा सहभागिता जनाउँदै आएको र तीन जिल्लाका दस हजारले तालिम लिएको लामाले जानकारी दिए ।तालिममा सहभागीलाई भीड नियन्त्रण गर्ने, विपक्षीलाई घेराउ पार्ने, लाठी चलाउने तालिम दिइएको माओवादीले जनाएको छ । अन्तिम विद्रोहका लागि मानसिक रूपमा तयार रहन युवायुवतीलाई तालिम दिइएको इन्चार्ज लामाले जानकारी दिए ।

कविहरुले नदिने भए सभासदहरुलाई भत्ता खान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२२ अप्रिल, २०१०,निर्धारित समयमा संविधान निर्माणका लागि दबाब दिंदै कविहरुले 'भत्ता खान पाइँदैन' शीर्षकको कवि आन्दोलन सञ्चालन गर्ने भएका छन् । पारिजात स्मृति केन्द्रको अगुवाईमा कविहरुले संविधानसभा भवन, नयाँ बानेश्वर अगाडि संविधान समयमा नबने 'भत्ता खान पाइदैंन' भन्ने आन्दोलन सञ्चालन गर्न लागेका हुन् । जनताको एक मात्र चाहना समयमा नै संविधानको कामनालाई सफल पार्न उक्त केन्द्रले संविधानसभा भवन अगाडि कवि सम्मेलन गर्ने जनाएको छ । समयमा नै संविधान निर्माण गर्न नसके न्यूनतम सहमति कायम गर्नुपर्ने माग कविहरुको छ ।

Apr 21, 2010

हङकङमा मञ्च सम्वद्ध सल्लाहकार समिति गठन

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ/श्याम इङ्नाम,
मञ्च सम्वद्ध संघिय लिम्बुवान राज्य परिषद प्रवास कार्य समिति हङकङले १८ अप्रिल २०१० आइतवारको दिन हङकङ वर्कस युनिवनमा एक कार्यक्रम गरी सल्लाहकार समितिको चयन गरेको छ । सो कार्यक्रममा नव प्रवेशी प्रदिप कन्दङवाको आथित्वमा, परिषदका हङकङ अध्यक्ष नबराज काम्बाङ्गको सभापतित्वमा र उपाध्यक्ष विष्णु इङ्नामद्वारा संचालन भएको थियो । त्यसैदिन अन्य पार्टी छाडी मञ्च सम्वद्ध संघिय लिम्बुवान राज्य परिषदमा प्रवेश गर्नुहुने प्रदिप कन्दङ्वा, लाल वहादुर लिम्बु, सुक वहादुर नाल्वो, भिम चेम्जोङ लाई स्वागत गरी सदस्यता प्रदान गरिएको थियो । र सो कार्यक्रमवाट परिषदको प्रवास कार्य समिति हङकङको सल्लाहकारहरुमा प्रदिप कन्दङ्वा, नविन सांवा, हेम कुमार लावती, भूपु वृटिश गोर्खा मेजर शरण कुमार पालुङ्वा, गंगा वहादुर थक्लुङ, लगत साम्सोहाङ्ग चयन गरेको छ । सो कार्यक्रममा अतिथि प्रदिप कन्दङ्वाद्वारा ऐतिहासिक लिम्बुवान प्राप्तिको लागि सवै लिम्बुवासीहरु एक हुनु पर्ने कुरा राख्नु भएको थियो । र अध्यक्ष नवराज काम्बाङ्गद्वारा सल्लाहकार समितिको औचित्यवारेमा र अरुण-सप्तकोशी नदीहरु पूर्वका नौंवटा जिल्लाहरु प्राप्तिको लागि परिषदको केन्द्रिय समितिले सञ्चालन गरेको विशेष अभियान मिशन “डि एस” धनकुटा, संखुवासभा र “जे एम एस” झापा, मोरङ, सुनसरी को वारेमा संक्षिप्त जानकारी गराउदै कार्यक्रम समापन गर्नु भएको थियो ।

Apr 20, 2010

लिम्बुवानलाई टुक्राउन नपाइनेः महिलाहरुद्वारा विरोधसभा

लिम्वूवान डट व्लगस्पोट डटकम,झापा/ शान्ता लोहोरुङ
वैशाख ४, २०६६,संघीयता, गणतन्त्र र जातीय ऐतिहासिक पृष्ठिभुमिको आधारमा सङ्खुवा-अरुणपूर्व नौ जिल्ला लिम्बुवानको माग गर्दै र संविधानसभाअन्तर्गत राज्यको पुनर्संरचना समितिले तयार गरेको प्रस्तावित राज्यको पुनर्संरचनामा लिम्बुवानको केही जिल्ला तथा गाविसहरुलाई टुक्राएर अन्य राज्यमा गाभेको विरुद्धमा मञ्चसम्बद्ध संघीया लिम्बुवान राज्य परिषद्को भातृ संगठन संघीय लिम्बुवान महिला परिषद केन्द्रीय समितिले २०६७ वैशाख ४ गते दमक, झापामा विरोधसभा सम्पन्न गरेकोछ ।राज्य पुनःसंरचना समितिले १४ राज्यहरुको सिमाङ्कन गर्दा सङ्खुवाखोला-अरुण-सप्तकोशीपूर्वका नौ जिल्ला लिम्बुवानको ऐतिहासिक सिमानाहरुलाई बङ्ग्याएर लिम्बुवान टुक्राउने षडयन्त्र गरेको विरोधमा आयोजित उक्त विरोध आमसभा महिला परिषदका सचिवालय सदस्य हरिदेवी राईको अध्यक्षतामा सम्पन्न भएको थियो भने सोको उद्घोषण उषा दाहाल र एविश्चा लाबुङद्वयले गरेका थिए ।
सभा सुरु हुनुअघि महिलाहरुको नेतृत्वमा दमक नगरमा जुलुश प्रदर्शन गरेको थियो । उक्त जुलुशमा 'अरुणपूर्व नौ जिल्ला टुक्राउन पाइदैन, सबै लिम्बुवानी महिलाहरु एक होऔं, लिम्बुवान आन्दोलन जारी छ, आई.एल.ओ. महासन्धि १६९ कार्यान्वयन गर' जस्ता नाराहरु लगाइएको थियो । उक्त विरोध आमसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङदेन 'मिराक'ले भने- 'सम्पूर्ण लिम्बुवानी महिलाहरु संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र नौ जिल्ला लिम्बुवानको पक्षमा एकजुट भएर उठ्नुपर्दछ ।' महिलाहरु देश, जनता र लिम्बुवानप्रति इमान्दार हुन्छन् । तर, सुजाता कोइरालाको एम.आर.पी. काण्ड र विद्या भण्डारीको बर्दिया दलित महिला हत्या काण्ड ढाकछोप गर्ने प्रवृत्तिले सिङ्गो राष्ट्र दुःखी भएको छ । सरकारको उक्त कार्यप्रति अध्यक्ष लिङदेनले कडा आलोचना गर्नुभयो । विश्वका ४० वटाभन्दा बढी कम्युनिष्ट देशहरु छन् तर कुन देशमा महिला राष्ट्रपति नियुक्त भएको छ भन्ने प्रश्न गर्दै लिम्बुवान स्वायत्त राज्यको स्थापना भएपश्चात महिला पुरुष दुवैलाई समान ढङ्गले अधिकार सम्पन्न बनाइने जानकारी दिनुभयो । साथै, वहाँले लिम्बुवानका महिला नेतृत्वहरु प्रगतिशील र देशभक्त हुन आग्रह गर्नुभयो । अब बन्ने संविधानमा सङ्खुवा-अरुण-सप्तकोशीपूर्व नौ जिल्ला लिम्बुवान नलेखिए लिम्बुवानवासी कसैले पनि त्यो संविधान नमान्ने चेतावनी दिनुभयो । यदि जेष्ठ १४ गते संविधान जारी नभए आफूहरु चुप बसे पनि लिम्बुवानी जनताहरु चुपलागेर नबस्ने अवगत गराउनुभयो । आफू १० टुक्रा हुन तयार छौं तर लिम्बुवानको भूभागलाई एक इञ्च पनि टुक्राउन नदिने प्रण गर्दै सङ्खुवाखोला-अरुण-सप्तकोशीपूर्व नौ जिल्ला लिम्बुवान कायम नभइञ्जेल आफ्नो सङ्गठन संघीय मञ्च तथा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद जस्तोसुकै परिस्थितिमा पनि लडिरहने बताउनु भयो । लिम्बुवानभित्र विभिन्न खाले कुतत्वहरुको चलखेल बढिरहेको बताउँदै लिङ्देनले त्यस्तो तत्वहरुलाई निस्तेज पार्न सम्पूर्ण महिला, विद्यार्थी युवा तथा एल.भी. सबै परिचालित हुन आग्रह गर्नुभयो । सभालाई सम्बोधन गर्नेक्रममा पार्टीका महिला विभाग प्रमुख तथा महिला परिषदका अध्यक्ष शान्ता योङहाङले जातीय मुक्ति, भूमि मुक्ति नभई महिला मुक्ति नहुने भएकोले सम्पूर्ण उत्पीडित महिलाहरुको मुक्तिको लागि संघीय लिम्बुवान महिला परिषदले प्रतिनिधित्व गर्ने बताउनु भयो । अरुणपूर्व नौ जिल्ला लिम्बुवान नभइञ्जेल लिम्बुवानका सबै महिलाहरु आन्दोलनरत रहनेछन् । लिम्बुवान राज्य स्थापना गर्न रोकिएको खण्डमा एकात्मकवादीहरुलाई अरुण-सप्तकोशी काटेर आउन नदिइने चेतावनीसमेत दिनुभएको थियो । जेष्ठ १४ गते संविधान नआए लिम्बुवानी महिलाहरु चुप नबस्ने र आफ्नो ऐतिहासिकतालाई कुनै पनि हालतमा गुम्न नदिने जिकिर गर्नुभयो ।
अर्का वक्ता महिला परिषदका महासचिव अमृता थेबेले भने- 'एकात्मकवादीहरुले लिम्बुवानलाई मरुभुमीकरण गरिरहेका छन् ।' थेबेले लिम्बुवानमा अई.एल.ओ. १६९ लागू गरी लिम्बुवानको जल, जमिन र जङ्गलको रक्षा गरिनु अत्यन्त आवश्यक भएको कुरा बताउनु भयो । महिलाहरु ३३ प्रतिशतको आरक्षणमा बस्न चाहँदैनन् । उनीहरु पूरै कोटामा बस्न चाहन्छन् । राज्यले उनीहरुमाथि खेलबाड गरेकोले अब लिम्बुवानी महिलाहरु चुप नबस्ने बताइन् । नेपालको ऐनले हिजो महिलाहरुमाथि अन्याय गरेको छ १० वर्षसम्म कुनै महिलाले सन्तान जन्माएन भने पुरुषले स्वतः दोस्रो विवाह गर्न पाउनेजस्ता नेपालको घृणित कानुनप्रति लिम्बुवानी महिलाको घोरआपत्ति रहेको थेबेले बताइन् ।
अर्का वक्ता परिषदका सङ्गठन सचिव निश्चलता लावतीले महिलाहरुको मुक्तिको लागि अब महिलाहरु आफै सक्षम भएर अगाडि आउन आवश्यक रहेको कुरा अवगत गराउनु भयो । त्यसैलेगर्दा अब महिलाहरु राजनीतिक पार्टीमा आवद्ध हुनुपर्ने कुरामा जोडदिनु भयो ।
यसैगरी, केन्द्रीय सदस्य मञ्जु धिमालले धिमाल जातिहरु अरुणपूर्वको नौ जिल्ला लिम्बुवान स्वायत्त राज्यअन्तर्गत रहेर धिमालहरुको इतिहास बोकेको मोरङ, झापा, सुनसरीमा धिमाल स्वायत्त क्षेत्र स्थापना गर्ने चाहना र प्रतिवद्धता जाहेर गर्नुभयो ।
त्यसैगरी, सभालाई मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका सचिवालय सदस्यहरु विसेन्द्र चेम्जोङ, लोकसागर साम्बा तथा महिला परिषदका सचिवालय सदस्य निश्चलता लावती, केन्द्रीय सदस्य वन्दना लिम्बू, विराट चमेली बेघा, एविश्चा लाबुङ, सविता पङ्धाक र विद्यार्थी नेतृ सुशिला नेम्बाङले समेत सम्बोधन गर्दै अरुणपूर्व नौ जिल्लालाई जसरी पनि लिम्बुवान राज्यको रुपमा संविधानमा सुनिश्चित गराउनुपर्ने कुरामा जोडदिए ।

वायुसेवा निगमलाई कम्पनीमा परिणत गरिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नयाँ विमान खरिदअगावै नेपाल वायुसेवा निगमलाई वर्तमान संरचनामा परिवर्तन गरी कम्पनीमा रूपान्तरण नगरेसम्म सरकार जमानीमा विमान खरिद गर्न नहुने सुझाव अर्थ मन्त्रालयले दिएको छ। व्यवस्थापिका संसद्को र्सार्वजनिक लेखा समितिले विमान खरिद प्रक्रिया पारदर्शी नभएको जिकिरका साथ निगमको व्यवस्थापन सुधार गर्नुपर्ने जनाउँदै विमान खरिदमा अवरोध पुर्याएको थियो। निगमले विमान खरिदका लागि कर्मचारी सञ्चय कोषसँग १० अर्ब रुपियाँ सापटी माग गरेको थियो। सोका लागि कोषले सरकारको जमानी नभएसम्म ऋण नदिने अडान राख्दै आएको छ। निगमलाई ऋण दिन र विमान खरिद प्रक्रिया सम्बन्धमा अध्ययन गर्न सरकारले अर्थ मन्त्रालयका तत्कालीन सहसचिव विमल वाग्लेको संयोजकत्वमा समिति गठन गरेको थियो।

संबिधानसभाको म्याद थप्न सरकारले प्रस्ताव लैजाने तयारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
धनगढी, बैशाख ७- अर्थमन्त्री सुरेन्द्र पाण्डेले संबिधानसभाको म्याद थप्न सरकारले संसदमा प्रस्ताव लैजाने तयारी गरिरहेको बताएका छन। माओवादीका कारण म्याद थप्ने प्रस्ताव पास नभएर संबिधान बन्न नसकेमा त्यसको जिम्मेवारी माओवादीले नै लिनुपर्ने उनले बताए। मंगलवार धनगढीमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री पाण्डेयले जेठ १४ गतेभित्र कुनै हालतमा पनि संबिधान बन्न नसक्ने भएकाले सरकार केहि दिनमै ससदमा संबिधानसभाको म्याद थप्न संबिधान संसोधन प्रस्ताव लैजाने तयारी गरिरहेको बताए।
संबिधान सभाको ११ वटा समिती मध्य ३ वटा समितीले मात्र संबैधानिक समितीमा पतिबेदन आएको र ८ वटाको आउनु नै बाँखी रहेकोले जेठ १४ गतेभित्र संबिधान बन्न असम्भव भएको उनले बताए।'८ वटा समितीको प्रतिबेदन आउनु नै बाँखी छ। सवैको प्रतिबेदन आएपछि संबैधानिक समितीले लेखन गरेर संबिधान सभामा लगेर पारित गर्नुपर्छ।' उनले भने - अब ३७ मात्र बाँखी दिनमा यी काम गर्न संभव छैनन्।संबिधान सभाको म्याद थप्नुको वाहेक बिकल्प नभएको उनले बताए।

माओवादीले आधारभूत सैन्य तालिम दिन सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
डोटी (दिपायल),एकीकृत नेकपा (माओवादी)ले डोटीका विभिन्न स्थानहरूमा आफ्ना युवा सङ्गठनहरूलाई आधारभूत सैन्य तालिम दिन सुरुगरेको छ । जिल्लाका भूमिराजमाडौँ, सानागाउँ, जोरायल, मुडभरा, बर्छैन, सिमचौर र खातिवडा गाविसमा तीन दिनदेखि तालिम शिविर सञ्चालन गरेको स्थानीय बासिन्दाले बताएका छन् । तालिममा हातहतियार र लौरो चलाउने बारेको आधारभुत तालिम दिइएको छ । एकीकृत नेकपा माओवादीका डोटी जिल्ला सचिव विवेक कुमालले सबै नेपालीलाई आधारभूत सैन्य तालिम दिने रणनीति अनुसार यो तालिम सञ्चालन गरेको बताएका छन् ।वैशाख ३ गतेदेखि १० गतेसम्म तालिम सम्पन्न गरिसक्ने बताइएको सो तालिममा वाईसिएल, विद्यार्थी सङ्गठनसँग आवद्ध युवा सहभागी रहेका छन् ।माओवादीले एउटा ईलाकाबाट १५ जनाका दरले २७५ जनालाई तालिम दिइरहेको बताएपनि स्थानीय बासिन्दाहरूले भने जर्बजस्ती गाउँबाट सयौं युवालाई भेला हुन दबाब दिइएको बताएका छन् ।नेपाली काङ्ग्रेस डोटीका सचिव रामप्रशाद उपाध्याय माओवादीको यो तालिम शान्ति सम्झौता विपरीत भएको बताउनुहुन्छ ।जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक मुकेशकुमार सिंह आफ्नो कार्यालयलाई त्यस्तो तालिम सञ्चालन भइरहेको भन्ने खवर आएको भएपनि राजनीतिक वा सैन्य के तालिम हो त्यसको बारेमा बुझ्न बाँकी रहेको बताउनुभयो ।

एमआरपीको नयाँ टेण्डर आह्वान गर्ने तयारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२० अप्रिल,२०१०,मेसिन रिडेबल पासपोर्ट एमआरपी छपाईका लागि परराष्ट्र मन्त्रालयले टेण्डर आह्वानको तयारी गरेको छ । यही बैशाखको तेस्रो साता मन्त्रालयले एमआरपी छपाईका लागि नयाँ टेण्डर आह्वान गर्ने तयारी गरेको हो । सर्वोच्च अदालतले यही बैशाख १३ गते एमआरपी सम्बन्धी रिटमा फैसला गर्दैछ । फैसला भएको एक साताभित्र एमआरपी छपाईका लागि नयाँ टेण्डर आह्वान गर्ने तयारीमा मन्त्रालय रहेको अधिकारीहरुले बताएका छन् ।

Apr 19, 2010

हङकङमा युनिसन नयाँ गीति एलबम सार्वजानिक

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ
हिमालयन टोन्स म्यूजीक एकेडेमीमा सरगम प्रशिक्षण लिई रहेका गायक कलाकारहरुको सक्रियतामा संगीतकार दिनेश सुब्बाद्वारा संगीतबद्ध कलाकारहरुको नयाँ सांगीतिक एलबम युनीसन अप्रेल १८ तारिखका दिन जोर्डन हङकङको याक एण्ड यति रेष्टरेण्टमा एक समारोह बीच नेपालकी चर्चित गायिका अञ्जु पन्तले सार्वाजानिक गरिन् । युनिसन एलबममा विमला राई, हरिचन्द्र राई, विष्णुनन्द राई, शुशिला राई, मोहन गुरुङ र कमल राईको स्वर रहेको छ । एलबममा दिनेश सुब्बा, आशा विदीर्ण राई, प्रतीक चाम्लिङ, विष्णुनन्द चाम्लिङ, मोहन गुरुङ र हाङयुग अज्ञातको शब्द रहेको छ । यस एलबममा दिनेश सुब्बाले कल्चर इन मोशन कार्यक्रममा प्रस्तुत गरिएको जन्मभूमि जननी गीत समेत संलग्न गराइएको छ ।हिमालयन टोन्सको ब्यानरमा सम्पन्न विमोचन समारोहमा हङकङेली गायक कलाकारहरुको उपस्थिति रहेको थियो । दिनेश सुब्बाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गायिका अञ्जु पन्तलाई प्रमुख अतिथिको रुपमा निमन्त्रण गरिएको थियो ।कार्यक्रममा हङकङ नेपाली कलाकार संघका अध्यक्ष सुरेन लिम्बू, गीतका टंक साम्बाहाम्फे, एनआरएनका गणेश इजम, आदिवासी गीतकार समाज हङकङका अध्यक्ष प्रदीप कन्दङ्वा लगायतका व्यक्तिहरु उपस्थित थिए । गायक कमल र्राईले स्वागत मन्तव्य व्यक्त गरेका थिए । रबीन राईले एलबमको समीक्षा गरेका थिए ।विमोचन समारोहलाई गायिका अञ्जु पन्त, टंक साम्बाहाम्फे, गणेश इजम तथा सुरेन लिम्बूले समेत शुभकामना मन्तव्य राखेका थिए । नेपाली संगीत तथा एलबम सम्बन्धि अध्यक्ष दिनेश सुब्बाले समेत विमोचन समारोहलाई सम्बोधन गर्नु भएको थियो ।

सृजना गुरुङ बनिन् हङकङ नेपाली डान्स आइडल

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ/देवराज राई
फियोना हङकङले आयोजना गरेको हङकङ नेपाली डान्स आइडल प्रतियोगिताको दोश्रो संस्करणमा १५ वर्षीय सृजना गुरुङ उत्कृष्ट बनिन् । नृत्य विधाको यस प्रतियोगितामा सुनिता गुरुङ फस्ट रनरअप तथा सुकु लिम्बू सेकेण्ड रनरअप बनेकी छिन् । विजयी कलाकारहरुले ट्रफी एवं नगद पुरस्कार पाएका थिए । प्रथम, दोश्रो र तेश्रोलाई क्रमशः हङकङ डलरमा ५ हजार १ सय, ३ हजार १ सय र २ हजार १ सय नगद पुरस्कार समेत प्रदान गरिएको थियो । याउ मा तेइ कम्युनिटी हलमा खचाखच दर्शकहरु तथा सहभागी कलाकारहरुका अभिभावक, परिवारहरुको उपस्थितिमा सम्पन्न भएको ग्राण्ड फिनालेमा उत्कृष्ट १० प्रतियोगीहरु बीच प्रतिस्पर्धा भएको थियो । विजयी सृजना गुरुङले खुशी हुँदै सफल्ताको श्रेय परिवार आमाबुबा, भाइबहिनी, विद्यालय तथा गुरुहरुलाई जाने बताइन् । मेहनत र लगणशीलताले सफल्ता पाएकोमो आफू प्रशन्न भएको बताईन । उनले भनिन् -"नृत्यमा पाएको यो ठूलो सफलता हो । यो मेरो सातौ पुरस्कार हो । यस अघि पनि विद्यालयहरुबाट धेरै पटक थुप्रै ट्यालेण्ट शोहरुमा भाग लिई पुरस्कार पाएकी छु ।"
हङकङमा जन्मिएर यतै हर्किएकी उनी सर एलिस कादुरी उच्चतर माध्यमिक विद्यालयको र्फम ४ मा अध्ययनरत छिन् । गत साल समेत आइडलमा सहभागी भई उत्कृष्ट पाँचौ स्थानसम्म पुगेकी थिइन् ।
भानुजयन्ती, देवकोटाजयन्ती, नेपाली सप्ताह, पुर्खादिवस जस्ता कार्यक्रमहरुमा समेत अग्रपंक्तिमा देखा परिरहेकी सृजना गुरुङ कविता तथा कार्यक्रम संचालन गर्दै आफ्ना पुस्तका साथीहरुलाई डोर्‍याउँदै आएकी छिन् ।
प्रतियोगितीहरुले एकल, सामुहिक तथा युगल नृत्यहरु प्रस्तुत गरेका थिए । नेपाली डान्स आइडल ग्राण्ड फिनाले नाम दिएको कार्यक्रममा सहभागीहरु यस अघिको अडिसन राउण्ड तथा फस्ट राउण्ड पार गरी टपटेनमा छनौट भएका थिए । उत्कृष्ट १० औं स्थानमा परेकाहरुलाई नेपालबाट आएका नृत्य निर्देशक मनकुमार श्रेष्ठले प्रशिक्षण प्रदान गरेका थिए ।
जौं गुरुङ, विनोद चौलागाई, योगिता गुरुङ, राजु श्रेष्ठ तथा रोशन गुरुङले निर्णायकको भूभिका निर्वाह गरेका थिए । हङकङ नेपाली डान्स आइडल प्रतियोगिताकालागि १९ जना महिला कलाकारहरुले आइडलमा सहभागी हुन नाम दर्ता गराएका थिए । ग्राण्ड फिनालेमा हङकङका उत्कृष्ट कोरियोग्राफरहरुले समेत आफ्ना सीप खर्चेका थिए ।
ग्राण्ड फिनाले नाम दिएको कार्यक्रममा सहभागीहरु यस अघिको अडिसन राउण्ड तथा फस्ट राउण्ड पार गरी टपटेनमा छनौट भएका थिए । दान्सिङ सेवा समितिको तर्फाट सहभागी भएकी विजेत सृजना गुरुङ लगायत नमो बुद्ध आमा समुहबाट आएकी सुनिता गुरुङ, किरात याक्थुङ चुम्लुङबाट सहभागी सुकु लिम्बू, पैंयु खोला समाजबाट आएकी प्रिया गुरुङ र तमू ट्यो हृयुलबाट आएकी देवी गुरुङ मात्र प्रतियोगिताको टप फाइभमा पर्न सफल भएका थिए ।
प्रतियोगितीहरुले एकल, सामुहिक तथा युगल नृत्यहरु प्रस्तुत गरेका थिए । ग्राण्ड फिनाले नाम दिएको कार्यक्रममा सहभागीहरु यस अघिको अडिसन राउण्ड तथा फस्ट राउण्ड पार गरी टपटेनमा छनौट भएका थिए ।
अडिसन राउण्ड गत महिनाको २१ मार्चमा सम्पन्न भएको थियो । टप टेनमा पुगेकाहरु पूर्ण केसी, बिपना गुरुङ, सबनम गुरुङ, सोनी गुरुङ र सजना गुरुङले टप फाइभमा पुग्न असमर्थ बनेका थिए । आयोजकले उत्कृष्ट १० औं स्थानमा परेकाहरुलाई नेपालबाट आएका नृत्य निर्देशक मनकुमार श्रेष्ठले कडा प्रशिक्षण प्रदान गरेको जानकारी गराएको थियो ।
दुई चरणमा सम्पन्न कार्यक्रमको पहिलो चरणमा छोटो औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो । फियोनाका अध्यक्ष वसन्त र्राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा हङकङ स्थित महावाणिज्यदूतवासका महावाणिज्यदूत विनोदकुमार उपाध्य प्रमुख अतिथिको रुपमा उपस्थित हुनुहुन्थियो । फियोनाका सदस्य इन्द्र वनेमले स्वागत मन्तव्य तथा फियोनाको सचिव गंगा खतिवडाले पहिलो चरणको कार्यक्रम संचालन गरेका थिए । याउ चि मोङ जिल्ला पार्ष डेरेक हङ तथा पकास्तानी, भारतीय तथा अन्य चीना मुलका व्यक्तिहएको उपस्थिति देखिएको थियो । संचालन संयोजक भिम गुरुङ र श्याम माया लामाले गरेका थिए ।