News

Jun 30, 2011

कोरियामा नेपाली विद्यार्थीको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दक्षिण कोरिया, अषाढ १६ - अध्ययनका लागि दक्षिण कोरिया पुगेका एक नेपाली विद्यार्थीको बुधबार राति निधन भएको छ । उदयपुर गाइघाट घर भएका २३ वर्षीय उज्वल अधिकारीको बुसानस्थित आफ्नै कोठामा निधन भएको हो । अधिकारीको शवलाई बुसानस्थित एक अस्पतालमा राखिएको नेपाली विद्यार्थी समाजकी कोषाध्यक्ष ईन्दिरा तिवारीले जानकारी दिइन् । अधिकारी दुई वर्षदेखि बुसानस्थित थोङ म्यङ विश्वविद्यालयमा पर्यटन व्यवस्थापन विषयमा स्नातक गर्दै थिए । अधिकारीको निधनप्रति नेपाली विद्यार्थी समाजका अध्यक्ष प्रकाश धमलालले विज्ञप्ती जारी गर्दै शोक व्यक्त गरेका छन् ।

निगम अध्यक्षमा शाही/कंसाकार र लिम्बू हटाइए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अषाढ १६ - सरकारले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकार र महाप्रबन्धक कुलबहादुर लिम्बूलाई हटाएको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले दुवैलाई हटाउँदै कार्यकारी अध्यक्षमा मनरूप शाही 'नेप्चुन' लाई नियुक्त गरेको छ । दुई वर्षदेखि कार्यकारी अध्यक्ष र महाप्रबन्धकबीचको विवादले निगम धराशायी हुन थालेपछि पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गबहादुर विश्वकर्माले दुवैलाई अवकाश दिन मन्त्रिपरिषद्मा प्रस्ताव लगेका थिए । यता विश्वकर्माले हवाईभन्दा विल्कुलै फरक क्षेत्र साहित्यकार नेप्चुनलाई नियुक्त गरेका छन् । शाहीलाई कार्यकारी अध्यक्षमा गरिएको नियुक्तिबाट निगम कर्मचारीहरू भने आश्चर्यमा परेका छन् । उनीहरूका अनुसार हवाई क्षेत्र प्राविधिक भएकाले यस सम्बन्धित कसैलाई नियुक्त गरिनुपथ्र्यो । 'नयाँ नियुक्त गर्दा अवकाश पाएका भन्दा बढी अनुभवी र जान्नेलाई गर्नुपथ्र्यो,' निगमका एक अधिकारीले भने, 'केही थाहा नभएको व्यक्ति आइदिँदा काम गर्न झन् समस्या आउँछ ।' नबुझेको मान्छेलाई आफ्नो स्वार्थका लागि जसले जता पनि घुमाउन सकिने उनको जिकिर छ ।

शासकीय स्वरुपको विषयमा उपसमितिमा छलफल सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधान निर्माणमा विवादित विषयहरु मध्ये एक महत्वपूर्ण विवादको रुपमा रहेको शासकीय स्वरुपबारे आजदेखि संवैधानिक विवाद समाधान उपसमितिमा छलफल सुरु भएको छ । आजको बसेको बैठकमा राज्यको शासकीय स्वरुपमा राष्ट्रपतीय प्रणाली, संसदीय र मिश्रित प्रणाली कुन हुने भन्ने विषयमा छलफल गरेको थियो । आजको बैठकमा विभिन्न विषयमा छलफल भएपनि कुनै निर्णय भने भएको छैन । दलहरुले आ–आफ्नो धारणा राखेका छन् । आजको बैठकमा न्याय प्रणालीबारे संवैधानिक र सर्वोच्च अदालतको क्षेत्राधिकारका बारेमा उपसमिति तहमा भइरहेको छलफललाई अघि बढाउन नेपाल बार एसोसिएनसनसँग परामर्श लिने निर्णय गरेको छ । बैठकपछि उपसमितिका संयोजक तथा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शासकीय स्वरुपका बारेमा छलफल सुरु भएको बताउँदै कुनै निर्णयमा नपुगेको बताए । संविधानसभामा माओवादीले प्रत्यक्ष राष्ट्रपतिय शासन, काँग्रेसले संसदले प्रधानमन्त्री छान्ने संसदीय पद्धती र एमालेले प्रत्यक्ष प्रधानमन्त्री निर्वाचन गर्ने प्रणाली अघि सारेको छ । प्रमुख दलहरुबीच कार्यकारी प्रमुख राष्ट्रपति वा प्रधानमन्त्री को हुने तथा राष्ट्रपति र प्रधानमन्त्री दुवैको अधिकार बाँडफाँड कसरी गर्ने भन्ने सम्बन्धमा मतभेद रहेको छ ।

टेलिकमले ६ मुलुकमा फोन गर्दा लाग्ने शुल्कमा कटौती

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अषाढ १६ - टेलिकमले ६ मुलुकमा फोन गर्दा लाग्ने शुल्कमा कटौती गरेको छ । शुक्रबारदेखि लागू हुनेगरि १४२४ एक्सेस कोड डायल गरी गरिने फोन शुल्कमा कटौती गरेको हो । नयाँ शुल्कअनुसार शुक्रबारदेखि भारत फोन गर्दा प्रतिमिनेट २ रुपैयाँ ९० पैसा लाग्छ । हाल ४ रुपैयाँ छ । यस्तै साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहाराइन, कुबेत र कतार फोन गर्दा लाग्ने शुल्कमा पनि कटौती गरिएको छ । यी मुलुकमा प्रतिमिनेट २० रुपैयाँ लाग्ने गरेको शुल्क कटौती गरेर शुक्रबारदेखि १२ रुपैयाँमा झारिएको छ । 'महसुल परिमार्जनबाट उपभोक्तालाई सहुलियत पुग्ने अपेक्षा छ,' कम्पनीका सहप्रवक्ता दिनेशदेव पन्तलाई उद्धृत गर्दै जारी विज्ञप्तिमा भनिएको छ ।

Jun 28, 2011

बिवाद मिलाउन दाहाल र बैद्य सहमति नजिक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अषाढ १५ - माओवादी अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष मोहन बैद्य सेना समायोजन तथा सरकारमा समावेशी मन्त्री पठाउने बिषयमा सहमति नजिक पुगेका छन् । सहमति नजिक पुगेकोले बुधबार स्थायी समिति बैठकपछि केन्द्रीय कमिटी बैठक हुने भएको छ । नेपाल सेनाले अघि सारेको महानिर्देशनालय प्रस्ताव अक्षरशः स्वीकार नगरिएको र सरकारमा समावेशी मन्त्री पठाउने र फरक मतलाई पार्टीभित्र (मंच) चलाएर महाधिवेशनसम्म जाने दाहालले बैद्यलाई स्पष्ट गरेपछि दुबै नेता सहमति नजिक पुगेको स्रोतले जनाएको छ ।
दाहाल पक्षका स्थायी समिति सदस्य बर्षमान पुनले सरकार समावेशी बनाउने, कार्यबिभाजन हेरफेर गर्ने र नमिलेका बिषय महाधिवेशनसम्म लैजान प्रमुख तीन नेताहरु सकरात्मक भएको बताए । 'किरणजी (बैद्य) हरु सरकार समावेशी बनाउने, कार्यबिभाजन हेरफेर गर्ने, नमिलेका बिषहरु महाविशनमा लैजाने बिषयमा सकरात्मक हुनुहुन्छ' उनले भने, 'छलफल सकरात्मक दिशातिर अघि बढेको छ ।' दाहालको महाधिवेशनमा जाने, फरक मतबारे फोरम चलाउनेलगायतका प्रस्तावमा उपाध्यक्ष भट्टराई सकरात्कमक रुपमा लिएको पुनले जानकारी दिए । 'महाधिवेशनमा जाने, फरम मतबारे फोरम चलाउने र गुटबन्दी बन्द गर्ने, सरकारमा मिलाएर पठाउने बिषयमा बाबुरामजीसंग पनि सकरात्मक छलफल भएको छ' उनले भने, 'अध्यक्ष गृहकार्यमा व्यस्त हुनुहुन्छ ।'

अमेरिकी सदनमा नेपाली मूलका उम्मेदवार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
न्युयोर्क, अषाढ १५ - नेपाली मूलका एक अमेरिकीले त्यहाँको तल्लो सदन 'हाउस अफ रिप्रेन्जेन्टिभस' मा उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौं इन्द्रचोकमा जन्मिएका दर्शन रौनियारले अमेरिकाको पश्चिमी राज्य वासिङ्टनको एक नम्बर डिस्ट्रिकबाट सन् २०१२ मा कंग्रेस सदस्य हुन डेमोक्र्याट पार्टीबाट उम्मेदवारी दिन लागेका हुन् । अमेरिकामा नेपाली मूलकाले उच्चस्तरको सार्वजनिक पदका लागि उम्मेदवारी दिएको यो पहिलो अवसर हो । बीस वर्षअघि इन्जिनियरिङ अध्ययनका लागि अमेरिका आएका रौनियार डेमोक्र्याट पार्टीका तर्फबाट काउन्टी र डिस्टि्रक लेबलमा एक दशकदेखि सक्रिय छन् । उनी सन् २००८ मा पार्टीका तर्फबाट स्नोमिस काउन्टीको सदस्य चुनिएका थिए । पेसाले उनी व्यापारी हुन् । रौनियारले टेलिफोनमार्फत कान्तिपुरलाई भने, 'जितका लागि सबैका अतिरिक्त अमेरिकामा रहेका नेपाली समुदायबाट सहयोगको अपेक्षा राखेको छु ।' आगामी वर्ष कंग्रेसका लागि वासिङ्टन राज्यबाट नौ सदस्य निर्वाचित हुनेछन् । रौनियारले चुनाव जिते क्यापिटल हिलमा कंग्रेसम्यानका रूपमा उनले सात लाख जनताको प्रतिनिधित्व गर्नेछन् ।

आज असारको पन्ध्र अर्थात दहीचियुरा खाने दिन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आज असार १५ गते । आजको दिनलाई दहीचिउरा खाने दिनका रुपमा मनाइँदैछ । नेपाली समाजमा प्रत्येक वर्षको असार १५ मा धान रोप्ने मध्यसमयको अवसर पारी दहीचिउरा खाने चलन छ । वर्ष दिनका लागि धानको जोहो गर्नका निमित्त असार महिनामा रोपाइँ गरी सोही महिनाको मध्य तिथिका रुपमा सो दिन रोपाइँ गरी दहीचिउरा खाने गरिएको हो । नेपाली समाजमा ‘असारको १५ दहीचिउरा खानू, साउनको १५ खिर’ भन्ने भनाइ छ । मानिसहरू जङ्गली युगबाट खेतीपातीको युगमा प्रवेश गरेपछि नयाँ कार्य गर्दा घाम, पानी, प्रकृतिलगायतका शक्तिलाई कुनै न कुनै स्वरुपमा स्वीकार गरेकाले यो चलन पछि संस्कृतिका रुपमा विकास हुँदै गएको छ । असार महिनामा मानो रोपेर मुरी फलाउनुपर्छ भन्ने मान्यता नेपाली समाजमा रहेको छ । आठ वर्षदेखि सरकारले असार १५ गतेलाई राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका रुपमा देशभर मनाउने नीति लिएको छ ।

चरीमाया तामाङलाई अमेरिकी सम्मान २०११ ट्राफिकिङ इन पर्सन्स

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अषाढ १५ - महिला बेचबिखनविरुद्ध लडेकी चरीमाया तामाङलाई अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले सोमबार सम्मान गरेकी छन् । वासिङ्टनस्थित अमेरिकी विदेश मन्त्रालयले २०११ ट्राफिकिङ इन पर्सन्स (टीआईपी) प्रतिवेदन सार्वजनिक गर्ने क्रममा तामाङलाई २०११ हिरो एक्टिङ टु इन्ड मोर्डन डे स्लेभरी अवार्ड दिएको हो । चरीमाया गरिब परिवारमा जन्मिएकी थिइन् । बाबु बितेपछि झन् गरिबीतिर धकेलिइन् । १६ वर्षको हुँदा उनी भारतमा बेचिइन् । भारतको कोठीमा २२ महिना थुनिएपछि भारत सरकार र झन्डै २ सय नेपालीहरूले उनलाई १९९६ मा उद्धार गरेका थिए । मुलुक फर्किएपछि तामाङले सामाजिक लाञ्छना खेप्नुपर्‍यो र आफ्नै समुदायले बहिष्कार गरे । तर चरीमायाले साहसका साथ आफूलाई बेचबिखन गराउनेविरुद्ध जिल्ला प्रहरीमा मुद्दा हालिन् । बेचबिखन मुद्दा हाल्ने उनी पहिलो हुन् । सन् १९९७ मा जिल्ला अदालतले ऐतिहासिक फैसला गर्दै आठ जनालाई दोषी ठहर गर्दै सजाय सुनायो । त्यसको तीन वर्षपछि तामाङ र अन्य बेचबिखनमा परेका १५ जनाले महिला बेचबिखनविरुद्ध संस्था शक्ति समूह खोले । अमेरिकी विदेश मन्त्रालयले मानव बेचबिखनविरुद्ध अभियान चलाउने विश्वभरका १० जना छानेकामा तामाङ पनि परेकी हुन् । सीमित स्रोतसाधन भए पनि नेपालले मानव बेचबिखनविरुद्ध प्रयासमा सुधार गरिरहेको प्रतिवदेनमा उल्लेख छ । प्रतिवेदनले बेचबिखन उन्मुलनका लागि न्यूनतम मापदण्ड पूर्णरूपमा अझै पालना गर्नुपर्ने पनि औंल्याएको छ । 'नेपालले केन्द्रीय अपराध अनुसन्धानको विशेष युनिट खोल्ने र यसलाई आर्थिक सहायता बढाए पनि पीडितको पहिचान हुन नसक्नु स्थायी प्रकृतिको गम्भीर समस्या हो,' वक्तव्यमा भनिएको छ । यूएसएड लगायत विभिन्न संस्थामार्फत अमेरिकाले मानव बेचबिखनविरुद्ध लड्न थुप्रै कार्यमा नेपाललाई सहयोग गरिरहेको छ ।

प्रधानमन्त्री खनाल र माओवादी अध्यक्ष प्रचन्डबीच भेटवार्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री झलनाख खनाल र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बीच मंगलबार बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिब १ घण्टासम्म चलेको भेटमा नयाँ आर्थिक वर्षको बजेट, पाँचबुँदे सहमति कार्यान्वयन, शान्तिप्रक्रिया र संविधान निर्माणलगायत समसामयिक विषयमा केन्द्रित रहेर कुराकानी भएको बताइएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले उहाँहरुबीच पाँचबुँदे सहमति अविलम्ब कार्यान्वयन गर्ने, प्रतिपक्षलाइ समेत विश्वासमा लिएर बजेट ल्याउने र शान्तिप्रक्रियालाई तीव्रताका साथ अगाडि बढाउने सहमति भएको जानकारी दिनुभयो । भेटमा उपप्रधान एवम् गृहमन्त्री कृष्णबहादुर महरा पनि सहभागी हुनुहुन्थ्यो ।

शासक कर्नेल मुअम्मर गद्धाफीविरुद्ध पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अन्तराष्ट्रिय अपराध अदालत आइसीसीले लिबियाका शासक कर्नेल मुअम्मर गद्धाफीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । मावनताविरुद्धको अपराध र मध्य फ्रेब्रुअरीमा भएको सरकारविरुद्धको विद्रोहपछि नागरिकमाथि आक्रमण गर्न आदेश दिएको आरोप गद्धाफीमाथि लगाइएको छ । गद्धाफीविरुद्धको विद्रोहका क्रममा लिबियामा हजारौंको मृत्यु भएको छ । नेटो सेनाले हवाई आक्रमण गरेपछि गद्धाफीले सत्ता छाडेका छैनन ।

चार जिल्लाका २ सय३५ वटा निजी विद्यालय कारबाहीमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पानीटयाङ्की (मोरङ), अषाढ १४ - पूर्व क्षेत्रको मोरङ, झापा, सुनसरी र इलाम जिल्लामा २ सय ३५ वटा अवैधरूपमा सञ्चालन भइरहेका संस्थागत (निजी) विद्यालयहरू कारबाहीमा परेका छन् । शिक्षा मन्त्रालयले निजी विद्यालयको अनुगमन निरीक्षण गर्न कडा निर्देशन दिएपछि जिल्ला शिक्षा कार्यालयले गरेको पहिलो चरणको अनुगमनमा ती जिल्लाका विद्यालयहरू कारबाहीमा परेका हुन् । क्षेत्रीय शिक्षा निर्देशक हिराप्रसाद ढकालले अनुगमन प्रतिवदेन अनुसार जिल्ला शिक्षा समितिले उनीहरूलाई कसुर अनुसारको कारबाही गर्ने निर्णय गरेको जिल्ला शिक्षा कार्यालय मोरङले पत्रकार सम्मेलनमा जानकारी गराए । उनका अनुसार मोरङमा ५७ वटा, इलाममा ५८ वटा, झापामा ५८ वटा र सुनसरीमा ६२ वटा विद्यालय अवैध र अनियमित रुपमा सञ्चालन भइरहेको पाइएको छ ।निजी विद्यालय सञ्चालनलाई व्यवस्थित गर्न चााडै दोस्रो चरणको अनुगमन पनि थालिने निर्देशक ढकालले बताए ।

सभासद अनिल झा पार्टीबाट निस्कासित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सदभावना पार्टीका सभासद अनिल झा पार्टीको साधारण सदस्य समेत नरहने गरी निस्कासित भएका छन् । सदभावना पार्टीले आन्तरिक छानविन आयोगको प्रतिवेदन अनुसार सभासद झालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निस्कासन गरेको हो । उनलाई पार्टीको अनुशासन उल्लघन गरेको मधेसको नाममा मधेसीलाई बदनाम गरेको मधेसको मुद्दालाई कमजोर बनाएको पार्टीभित्र गुटबन्दी गरेको जस्ता आरोप लगाउँदै सदस्यबाट निश्कासन गरेको हो । पार्टीबाट निश्कासन गरे सँगै सदभावनाले उनी सभासद समेत नरहने स्पष्ट पारेको छ । पार्टीले सभामुखलाई सभासद झा पार्टीबाट निकालिएकोले सभासदबाट हटाउन समेत माग गरिसकेको छ ।

सुडान घोटालामा मन्त्री र सचिव विरुद्ध रिट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अषाढ १४ - सुडान प्रकरणमा तत्कालीन गृहमन्त्रीहरू कृष्णप्रसाद सिटौला, वामदेव गौतम र भीम रावल तथा पूर्वगृहसचिवहरू उमेश मैनाली र गोविन्द कुसुम पनि संलग्न भएको भन्दै मुद्दा चलाउन माग गरी अधिवक्ता पवनकुमार खड्काले सोमबार सर्वाेच्चमा रिट दर्ता गराएका छन् । अख्तियारले उनीहरूलाई बचाउने काम गरेको निवेदकको जिकिर छ । 'भ्रष्टाचारमा संलग्न सम्बन्धित निकायका प्रमुखलाई उन्मुक्ति दिई केही तल्लोस्तरका कर्मचारीलाई मात्र मुद्दा लगाउँदा अन्याय हुन जाने र मुद्दा नै अपूर्ण हुन जाने भएकाले' पूर्वगृहमन्त्री र गृहसचिवहरूमाथि छानबिन गरी मुद्दा चलाउन अख्तियारलाई आदेश दिनुपर्ने रिटको माग छ ।

Jun 27, 2011

भौतिक योजना मन्त्रीका प्रमुख सहयोगी पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अषाढ १३ - भौतीक योजना तथा निर्माण मन्त्री टोपबहादुर रायमाझीको प्रमुख सहयोगीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले मन्त्री रायमाझीको प्रमुख सहयोगी लेखिएको परिचय पत्र सहित तेजप्रसाद गौतमलाई पक्राउ गरेको हो । गौतमले परिसरको थुनुवा कक्षमा रहेका २ युवतीलाई छुटाइदिने भन्दै २१/२१ हजार रुपैंया लगेको उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । गौतम सहित अन्य २ पनि प्रहरी नियन्त्रणमा छन् । प्रहरीले उजुरी दिने युवतीको नाम सार्वजानिक गरेको छैन । उनको साथबाट नेपाली सेनामा भर्खरै खुलेको लेफटिने्न्ट पदको एक दर्जन बढि प्रवेशपत्र पनि बरामद गरेको छ ।

पाँच दिनसम्मका लागि राष्ट्रिय जनगणनाको म्याद थप

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अषाढ १३ - जनगणनाका लागि लगत लिने कार्य नसकिएको भन्दै पाँच दिनसम्मका लागि राष्ट्रिय जनगणनाको म्याद थपिएको छ । केन्द्रीय तथ्याङ्क विभागले असार ३ गतेदेखि सुरु गरेको राष्ट्रिय जनगणना आइतबार सकिने भनिए पनि जनगणनाका लागि लगत लिने कार्य पूर्ण रुपमा सम्पन्न भइ नसकेकाले असार १८ गते सम्म म्याद थपिएको हो । तथ्याङ्क विभागका महानिर्देशक उत्तमनारायण मल्लले आइतबार सम्म पहाडी क्षेत्रमा ९५ र सहरी क्षेत्रमा ९० प्रतिशतमात्र जनगणना कार्य सकिएकाले पाँच दिनका लागि समय थपिएको जानकारी दिए । उनले हरेक १० वर्षमा गरिने जनगणनाको एक सताब्दी पुगेको अवसरमा यसपटकको जनगणनालाई विशेष बनाइएको र जनगणनामा छुटेकाहरुलाई आफ्नो विवरण उपलब्ध गराइदिन आग्रह गरे । 'कोही नछुटौं, कोही नदोहोरिऔं, अक्सर बसोवास गरेकै स्थानबाट आफ्नो विवरण लेखाऔं' भन्ने नाराका साथ सुरु भएको जनगणना सम्पन्न भएपछि दुई महिनासम्म जनगणनाको पुनः परीक्षण गरिने र असोज मसान्तसम्म जनगणनाको प्रारम्भिक विवरण सार्वजनिक गर्ने जनाइएको छ । अघिल्लो जनगणनाभन्दा अहिलेको जनगणनामा दुई दशमलव १३ प्रतिशतले जनसङ्ख्या बढ्ने अनुमान विभागले लिएको छ । जनगणनाबाट मुलुकको विकासका कार्यक्रमहरू तर्जुमा तथा सञ्चालनका लागि कुनै जिल्ला, गाउँ, सहर वा बस्तीहरूमा कति जनसङ्ख्या छ र तिनीहरू कसरी छरिएर बसोवास गरिरहेका छन् भन्ने सही रूपमा जानकारी दुरुस्त राख्न मद्यत पुग्ने गरेको छ । राष्ट्रिय जनगणनामा परिवारमा अक्सर बसोवास गर्ने व्यक्तिको नाम तथा थर, परिवारका सदस्यहरूको मुलीसागको नाता, लिङ्ग, उमेर जातजाति, वैवाहिक स्थिति, धर्म, भाषा, नागरिकता, अपाङ्गता सम्बन्धी विवरण, शिक्षा तथा साक्षरताबारे विवरण समेटिएको ५० बुँदे फारम प्रयोग गरिएको छ । व्यक्तिको जन्मस्थल, जिल्लाभन्दा अन्यत्र जन्मस्थल भए बसोवासको अवधि र कारण, पाँच वर्षअघिको बसोवासको स्थिति, जाय जन्म सम्बन्धी विवरण, आर्थिक तथा गैरआर्थिक क्रियाकलाप (पेसा र व्यवसाय) सम्बन्धी विवरण, बालबालिकाको बसोवासको अवस्था समेतको तथ्याङ्क यसपटकको जनगणनामा सङ्कलन गरिनेछ । राष्ट्रिय जनगणनामा ३४ हजार गणक, साढे आठ हजार सुपरीवेक्षक, ३५० इलाका सुपरीवेक्षक र एक हजार व्यवस्थापन सम्बन्धी कर्मचारी परिचालन गरिएको तथ्याङ्क विभाग जनसङ्ख्या शाखाका प्रमुख रुद्र सुवालले जानकारी दिए । विसं २०५८ मा लिइएको राष्ट्रिय जनगणनामा मुलुकमा बसोवास गर्नेको सङ्ख्या दुई करोड, ३१ लाख ५१ हजार ४२३ रहेको थियो । सो अवधिदेखि २०६८ सालसम्मको १० वर्षे अवधिमा जन्म, मृत्यु तथा बसाइसराइका कारण मुलुकको जनसङ्ख्यामा आएको परिवर्तनको सहीरूपमा जानकारी प्राप्त गर्नका लागि एघारौं जनगणना सुरु हुँदैछ । नेपालमा पहिलोपटक विसं १९६८ मा पहिलो राष्ट्रिय जनगणनामा मुलुकको जनसङ्ख्या ५६ लाख ३९ हजार थियो भने त्यसपछि हरेक १०/१० वर्षमा राष्ट्रिय जनगणना हुँदै आइरहेको छ ।

समायोजन प्रस्तावमा पुनर्विचार नगर्ने दाहालको अडान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अषाढ १३ - माओवादी अध्यक्ष पुष्पकमल दाहालले सेना समायोजनका लागि नेपाली सेनामातहत महानिर्देशनालय बनाउने प्रस्तावलाई पुनर्विचार नगर्ने अडान राखेका छन् । उपाध्यक्ष मोहन वैद्य पक्षले उक्त प्रस्तावमा पुनर्विचार गर्न दबाब दिइरहेका बेला दाहालले त्यही मोडेलबाट अघि बढ्ने आफूनिकट नेतासँग बताएका हुन् । दाहाल र वैद्यबीच आइतबार भएको छलफलमा आ-आफ्नो अडानका कारण कुरा मिलेन । वैद्यले सेना मातहतको महानिर्देशनालयमा नेतृत्वसमेत लडाकुको नहुने हो भने समायोजनको प्रस्ताव पुनर्विचार गर्न आग्रह गरेको स्रोतले जनायो । दाहालले उक्त प्रस्तावबारे पार्टीले निर्णय गरिसकेकाले पछि हट्न नमिल्ने भन्दै शान्ति प्रक्रिया अघि बढाउन जोड दिए । त्यसमा वैद्यले फरक मत राखिसकेको हुनाले त्यसलाई छलफल गर्न सकिने तर निर्णय कार्यान्वयनमा लानुपर्ने दाहालको भनाइ थियो । वैद्य पक्षका स्थायी समिति सदस्य सीपी गजुरेलले सेनामातहत महानिर्देशनालय बनाउने स्थायी समितिको निर्णय जारी केन्द्रीय समिति बैठकले पुनर्विचार गर्नुपर्ने जनाए । 'समायोजनका लागि स्थायी समिति बैठकले गरेको निर्णय पुनर्विचार गर्नुपर्छ,' उनले भने, 'पार्टीभित्रको मुख्य अन्तरसंघर्ष पनि यही विषयमा हो ।'

राज्य पुनःसंरचना सम्बन्धमा २५ वटा विवाद बाँकी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अषाढ १३ - नयाँ संविधानमा रहेको राज्य पुनःसंरचना सम्बन्धि विवाद २५ वटामा झरेको छ । यसअघि ७८ वटा विवाद दलहरुबीच राज्य पुर्नसंरचना सम्बन्धमा थियो । नयाँ संविधान विवाद समाधान उपसमितिको बैठकले सोमबार राज्य पुनःसंरचना सम्बन्धि विवाद २५ वटामा झरेको औपचारिक निर्णय गरेको हो । यसअघि सभासद लक्षमण कर्ण संयोजक रहेको कार्यदलले राज्य पुनःसंरचनाका २५ वटा र शासकीय स्वरुपसहित २२ वटा गरी ४७ वटा विवाद बाँकी रहेको प्रतिवेदन बुझाएको थियो । उपसमितिको सोमबार बसेको बैठकले कार्यदलको उक्त प्रतिवेदन स्वीकार गरेको छ । यस्तै कार्यदलले राष्ट्रपति र प्रधानमन्त्रीमा कार्यकारी अधिकार समान हुने गरी फ्रेन्च मोडलको शाशकीय स्वरुप छलफलका लागि प्रस्ताव गरेको छ । प्रस्तावमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति तथा संसदबाट निर्वाचित प्रधानमन्त्रीमा अधिकार बाँडफाँड हुने फ्रेन्च मोडल छलफलका लागि उल्लेख गरिएको छ । बैठकपछि माओवादी अध्यक्ष पुष्पकमल दाहालले नयाँ संविधानमा रहेका विवाद समाधान गर्न राजनीतिक तहमा वार्ता हुने बताए । उनले सबै विषयहरुमा सहमति गरिने जनाए । अर्को बैठक बिहीबार बस्नेछ ।

युएईमा दुई नेपाली बन्धकजस्तै जीवन बिताउँदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अषाढ १३ - नवलपुर-९ सिन्धुपाल्चोकका हरिराम श्रेष्ठ र लालपुर कपिलवस्तुका रामकुमार यादव संयुक्त अरब इमिरेट्स -युएई) को सारजहाँस्थित क्याम्पमा बन्धकजस्तै जीवन बिताउँदै आएका छन् । युएईको आबुधाबीस्थित नेपाली दूतावासका प्रथम सचिव दीपक अधिकारीका अनुसार कम्पनी मालिकले राहदानी र श्रम अदालतमा जरिवाना नबुझाउँदा ती दुई जना स्वदेश फिर्न नपाएका हुन् । मालिकले उनीहरूलाई श्रमको अनुमतिबिना सुरक्षा गार्डको काममा लगाएका थिए । 'हामीलाई अघोषित रूपमा बन्धक बनाइएको छ । क्याम्पबाट बाहिर जान पाउँदैनौं । खानाको टुंगो छैन,' हरिरामले फोनमा भने, '६ महिनादेखि काम र तलबविहीन भएका छौं । पटकपटक मालिकलाई घर जान दिन आग्रह गर्दा धम्क्याउँछ ।'

त्रिसुली नदीको तुइनको खम्वा भाँचिंएर पाँच जना बेपत्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अषाढ १३ गोरखाको घ्यालचोकको –९ बाट पृथ्वी राजमार्गतर्फ जाने त्रिसुली नदीको तुइनको खम्वा भाँचिंएर खस्दा पाँच जना बेपत्ता भएका छन् । तुइनको मान्छे चड्ने बाक्सा त्रिसुली नदीमा झर्दा त्यसमा सवार १० मध्ये पाँच यात्रु हराइरहेका हुन् । बेपत्ता हुनेमा रञ्जित गैरे, मित्रा श्रेष्ठ, रामकुमार श्रेष्ठ, अमृतलाल श्रेष्ठ र राजु सिलवाल रहेका छन् । उनीहरु बिहान तरकारी लिएर राजमार्ग तर्फ जान लाग्दा खम्वा भाँचिएको हो । पाँच जना भने पौडेर निस्किएको स्थानीय कृष्ण नारायण श्रेष्ठले जानकारी दिए । प्रहरी घट्नास्थलतर्फ लागेको छ ।

Jun 26, 2011

लिम्वुवान राष्ट्रिय मोर्चाको विस्तारित वैठक वस्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
३१ जुलाई २०११ मा लिम्वुवान राष्ट्रिय मोर्चा(लिरामो) को विस्तारित वैठक वस्ने भएको छ । विधानसभाव्दारा तोकिएको समयमा संविधान निर्माण नभएको अवस्था र अनिर्णयको वन्दीमा देश गुज्रिरहेको र लिम्वुवान लगायत स्वायत्त राज्यहरुको निर्माणमा प्रश्नचिन्ह खडि्कएको महशुस गर्दै वसेको वैठकले मोर्चाको भावी रणनितीको वारेमा विस्तारिक वैठकले निर्णय गर्ने हिसावले उक्त विस्तारित वैठकको आयोजना गरिएको मोर्चा सम्वन्ध सूत्रव्दारा वुझिएको छ । मोर्चाले सभासदहरु खाली सत्ताको पछाडि लागि जनताको संविधान नलेखि देशको ढुकुकी सिध्याउने काम गरेर देशलाई संविधान प्रदान नगरी अंध्यारोतिर धकेलेकोमा एक विज्ञप्ती मार्फत आफ्नो धारणा अघि सारीसकेको छ ।विज्ञप्तीमा थप भनिएको छ कि अव सत्ताको खेलमा नलागि चाडो भन्दा चांडो संघीय लोकतान्त्रिक संविधान निर्माण गरी स्वायत्त राज्यहरुको स्पस्ट खाका तयार गरी अरुणपूर्व मेची पश्चिम, तिव्वत दक्षिण र भारत उत्तरको भूमि समाविस्ट रहने गरी लिम्वुवान स्वायत्त राज्य भनेर संविधानमा लेखिनुपर्ने जनाएको छ ।

लिम्वुवान राष्ट्रिय मोर्चाको प्रेस विज्ञप्ति

नयां नेपाल निर्माणमा जुटेका सभासदहरु खाली सत्ताको पछि लागेर समय वर्वाद गरिरहेको यथार्थ कहींवाट पनि लुक्न सकेको छैन । उनीहरुलाई जनताहरुले संविधान निर्माणको लागि पठाएका थिए । तर त्यसको विपरित उनीहरु जनताहरुको उत्कण्ठ र्इच्छा र अभिलाषाहरुलाई कुल्चेर क्षतविक्षत वनाईरहेका छन् । यसैक्रममा संविधानसभाको म्याद थपेर पुन सत्ताको खेल शुरु गर्दै जंगे रोललाई पछ्याईरहेका छन् । सवैलाई सत्ता महत्वपूर्ण र जनताको संविधान गौण भएको छ । तसर्थ यसको लागि हामी घोर आपत्ति जनाउदै जनताको संविधान निर्माण चांडै गर्नको लागि जोडदार माग तथा सचेतना प्रदान गर्दछौं ।
नयां नेपालको संविधान भनेको जातिय आत्मानिर्णयको अधिकार सहितको स्वायत्त राज्य व्यवस्थामा आधारित संघीय लोकतान्त्रिक नेपालको संविधान हो । यो जनताको चाहना हो र मूलुकमा स्थायी शान्ति, त्रि्र विकास तथा दिगो संविधानको लागि यो अपरिहार्य छ भन्ने कुरा हामी सवैले भुल्नु हुन्न । तर एकात्मक सर्वसत्तावादी, यथास्थितीवादी तथा वाहुनवादी जंगे सोचले ग्रस्त मानसिक एवं प्रतिक्रियावादी तत्वहरु उक्त कुराको विपरित तथा आफ्नो अनुकुल संविधान जारी गरेर जनताहरुलाई तेस्रो जनआन्दोलनको तयारीमा होमेर मूलुकलाई अस्थिरता तथा अस्तव्यस्त वनाउने चलखेल एवं कसरतमा लागिरहेका कुरा प्रस्ट देखिन आएको छ । लिम्वुवान राष्ट्रिय मोर्चा यसको घोर विरोध गर्दछ ।
हामी लिम्वुवानवादी पनि लिम्वुवान जातिय स्वायत्त राज्य स्थापनार्थ भएको आन्दोलनको क्रममा गरिएका लिम्वुवान र सरकारविचको सम्झौताको कार्यन्वयन चांडो गर्दै अरुण सप्तकोशीपूर्व मेची नदी पश्चिम, तिव्वत दक्षिण र भारत उत्तर यती चार किल्लाभित्रको ऐतिहासिक पृष्ठभूमिको आधारको लिम्वुवान स्वायत्त राज्यको स्वरुपमा कुनै दायांवायां तलमाथि नगरी संविधानमा लिम्वुवान स्वायत्त राज्य उल्लेख गर्न स्मरण गराउदछौं । जय लिम्वुवान ।
मिती-१९ जून २०११

अध्यक्ष
दिल पालुङवा लिम्वु
महासचिव
अविचन्द्र र्इङनाम
लिम्वुवान राष्ट्रिय मोर्चा

अन्तराष्ट्रिय लागू पदार्थ दिवस नेपालमा पनि मनाइँदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आज अन्तराष्ट्रिय लागू पदार्थ दिवस 'लागूऔषधरहित स्वस्थ समाजको लागि विश्वव्यापी सक्रियता' भन्ने नाराका साथ नेपालमा पनि मनाइँदैछ । हरेक वर्ष जुन २६ लाई लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवसका रुपमा मनाउने गरिएको छ । सरकारीस्तरबाट गृह मन्त्रालय अन्तर्गतको लागू औषध नियन्त्रण कार्यक्रम तथा अन्य गैरसरकारी संस्थाले आज विविध कार्यक्रम गरि यो दिवस मनाउँदैछन् ।

कालो सूचीबाट जोगियो नेपाल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अषाढ १२ - कालो धनलाई सेतो बनाउन नदिने (सम्पत्ति शुद्धीकरण रोक्ने) संयन्त्र बनाउन नसकेका कारण खतरामा परेको नेपालले दुई अभिसन्धि अनुमोदन गरेका कारण जोगिएको छ । यससँगै फाइनान्सियल एक्सन टास्क फोर्सको सम्पत्ति शुद्धीकरणको खतरापूर्ण अवस्था (डेन्जर जोन) बाट नेपाल एक तहमाथि उक्लेको छ । कालो सूचीमा परेको भए नेपाली बैंकले खोलेको प्रतीतपत्र विदेशी बैंकले स्वीकार नगर्नुका साथै वैदेशिक सहायतासमेत रोकिने थियो । संसद्ले २ दिनभित्र आतंकवादमा लगानी गर्ने कार्य नियन्त्रण गर्ने अन्तर्राष्ट्रिय महासन्धि' र 'बहुराष्ट्रिय संगठित अपराधविरुद्धको महासन्धि' अनुमोदन गरेपछि नेपाल जोगिएको हो । 'अब नेपाललाई कुनै खतरा छैन,' अर्थसचिव कृष्णहरि बास्कोटाले भने । यसअघि अन्तर्राष्ट्रिय समुदायलाई रिझाउन छुट्टै सम्पत्ति शुद्धीकरण निवारण विभागसमेत गठन गरिएको छ ।

नीति तथा कार्यक्रम असर १९ र बजेट ३० गते

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अषाढ १२ - सरकारको नीति तथा कार्यक्रम सदनमा असर १९ गते र बजेट ३० गते पेश गर्ने कार्यक्रम तय गरेको छ । सभामुख सुभाष नेम्वाङ्ले आइतवार पत्रकारहरुसंगको भेटमा उक्त कुरा जानकारी दिएका हुन् । सबै दलसँगको छलफल र सहमतिमा पूर्वतयारी बजेट ल्याउन सम्भव भएको उल्लेख गर्दै अध्यक्ष नेम्वाङले यही असार १३ गतेसम्म पूर्वबजेटमाथिको छलफल तय गरिएकोमा एक दिन थप गरी १४ गतेसम्म छलफल हुने जानकारी पनि दिए । पूर्वबजेट तयारीका लागि विनियोजित विधेयकका सिद्धान्त, छलफलका निष्कर्ष र सुझावसहित पूर्ण बजेट आउने र यसका लागि सुझाव सङ्कलनार्थ अर्थमन्त्रालयबाट सचिवसहितको एक टोली सदनमा खटिएको जानकारी दिंदै नेम्वाङ्ले संसद् सचिवालयका तर्फबाट पनि प्राप्त सुझावका टिपोट अर्थमन्त्रालयलाई बुझाउने उल्लेख गरे । संविधान लेखनका विषयमा सबै दलका नेताहरूसँग छलफल गरी संवैधानिक समितिअन्तर्गत गठित विवाद समाधान उपसमितिको बैठक सोमबार बिहान गर्न लागिएको पनि उल्लेख गरे । यसैगरी, सबै दलको सहमतिबमोजिम संविधानसभा अध्यक्षको संयोजकत्वमा अनुगमन समिति गठन गर्ने सहमति भएको र सहमतिबमोजिम सो समितिको सदस्यमा एनेकपा (माओवादी)बाट चार, नेपाली काँग्रेसबाट दुई, नेकपा (एमाले)बाट दुई, मधेसी मोर्चाबाट दुई र साना दलबाट दुईजना सदस्य चयन गरिने र महिलाका तर्फबाट भने १९ प्रतिशत सदस्य रहने सो समितिको उपसंयोजक संविधानसभाका उपाध्यक्ष रहने उनले बताए ।

Jun 25, 2011

सिक्किममा पहिरोले ५ नेपालीको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
काँकडभिट्टा, अषाढ ११ - भारतको सिक्किममा अविरल वर्षापछि बिहीबार राति गएको पहिरोमा पुरिएर पाँच नेपाली मजदुरसहित १५ जनाको मृत्यु भएको छ । स्थानीय पत्रकार केएन शर्माका अनुसार मृत्यु हुनेमा एकै परिवारका तीनसहित पाँच नेपाली तथा अन्य १० नेपालीभाषी मजदुर छन् । पश्चिम सिक्किमको सदरमुकाम गेजिङदेखि करिब १५ किलोमिटर टाढाको क्षेत्रमा सोमबार बिहानैदेखि भारी वर्षा भएकाले पहिरो गएको उनले जनाए । घटनामा मृत्यु हुनेमा पाँचथरको रानीटारका दावा तामाङ -६०), सुकमाया छेत्री (५५), टेकबहादुर अधिकारी (३८), उनकी पत्नी जानुका (३०) र एक दूधे बालक छन् । मृत्यु हुने सबै सडक मजदुर हुन् । उनीहरू केही समययता सिक्किमको राजधानी गान्तोक जोड्ने राजमार्ग निर्माणमा संलग्न थिए । सोही पहिरोमा पुरिएर दार्जिलिङस्थित विजनबारीका एकै परिवारका पाँच जना मजदुरको पनि पुरिएर मृत्यु भएको छ । कुमार राई (३५) उनकी पत्नी माया राई (२५), छोरी अनु राई (११) तथा छोराहरू अनुप राई (८) र बुद्ध राई (२) को मृत्यु भएको हो । पश्चिम सिक्किमकै कलुक सिरिवदाम निवासी पुजन सुब्बा (१२), सुजन सुब्बा (८), लिङचोम निवासी फिपराज सुब्बा (२५), माथिल्लो तिकजेक खेवा डाँडाकी प्रमिला गुरुङ (१६) र मनमाया सुब्बा (५५) को पनि घटनास्थलमै मृत्यु भएको सिक्किमका अर्का पत्रकार सरोज गुरुङले फोनमा जानकारी दिए । सडकदेखि करिब सय मिटर माथिदेखि घर सोहोरेर पहिरो खसेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै गुरुङले जानकारी दिएका छन् ।

आफ्नै अपहरणको नाटक गर्ने पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राजविराज (सगरमाथा), अषाढ ११ - नक्कली अपहरणकारी खडा गरी आफ्नै अपहरणको हल्ला फैलाउने एक युवकलाई सप्तरी प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । आफ्नै अपहरणको झुटो हल्ला फैलाउने सप्तरीको नकटी रायपुर–५ निवासी २८ वर्षीय श्रीप्रसाद रामलाई प्रहरीले सार्वजनिक गरेको हो । रामलाई सार्वजनिक गर्ने क्रममा विदेशबाट कमाएर ल्याएको रु पाँच लाख बुवा–आमा तथा परिवारबाट जोगाउन आफ्नै अपहरणको झुटो हल्ला फैलाएको रहस्य पर्दाफास भएको छ । विदेशमा कमाएको पैसा फिरौतीका नाममा बुझाएको जानकारी अभिभावकलाई गराई कमाएको पैसा सञ्चित गर्ने उद्देश्यले अपहरणको नाटक गरेको उनले खुलासा गरे । रक्सीको लतमा लागेका बुवा देवकृष्ण रामले आफूले दुःख गरी कमाएको सबै पैसा सिध्याउन थालेकाले यस्तो नाटक रच्नु परेको उनको भनाइ थियो । गत बुधबार रकम निकाल्न भनी राजविराज आएका रामले मोबाइल नम्बर ९८०७७०१८०२ बाट फोन गरी श्रीमती पुनितादेवी र गाउँकै कमलप्रसाद साहलाई आफू अपहरणका परेको जानकारी दिएका थिए । त्यसपछि रामकी श्रीमती, बुवा, आमा र गाउँले कमलप्रसाद साहले सामूहिक रूपमा जिल्ला प्रहरी कार्यालय आई अपहरणको जाहेरी दर्ता गरेका थिए । जाहेरीका आधारमा खोजतलास सुरु गरेपछि शुक्रबार राम आफ्नै घरबाट फेला परेको सप्तरी प्रहरीले जनाएको छ ।

एसएलसी दिएका १४ जना विद्यार्थीको नतिजा नै आएन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एलएलसी परीक्षा दिएका १४ जना विद्यार्थीको नतिजा नै प्रकाशित नभएपछि उनीहरु अन्यौलमा परेका छन् । बारा जिल्लाको बरियापुरस्थित गढीमाई उच्च माविबाट एसएलसी दिएका उनीहरुको नतिजा नआएको हो । विद्यालयबाट एसएलसी परीक्षा दिएका २ सय २५ मध्येबाट १४ जनाको नतिजा प्रकाशन नभएको हो । उनीहरु स्थगितको सूचीमा पनि छैनन् । नतिजा नआएको उनीहरु अहिले न्यायका लागि दौडधुपमा छन् । उनीहरुले नतिजा नआएको बारे सबैतिर बुझ्दा पनि केही पत्तो नलागे विद्यालय तथा शिक्षा र जिल्ला प्रशासनलाई गुहारेका छन् । विद्यालयले जिल्ला शिक्षा कार्यालयलाई दोष दिएका छन् भने शिक्षा कार्यालयले परिक्षा नियन्त्रण कार्यालयलाई दोष देखाएर पन्छिरहेका छन् । रिजल्ट नआएर भविष्य अन्योलमा परेकाले यसको समाधान गर्न सम्बन्धित कार्यालयसित उनीहरुले माग गरेका छन् ।

दलित जनजाति पार्टीले शनिबार तराई बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दलित जनजाति पार्टीले शनिबार तराई बन्द गराएको छ । बन्दका कारण उक्त क्षेत्रका जिल्लाहरूमा आंशिक प्रभाव परेको छ । सरकारसँग भएको पाँचबुँदे सहमति कार्यान्वयन नभएको र आफ्ना अध्यक्षसहित चार सभासदलाई सभामुख सुवासचन्द्र नेम्वाङले सातदिनका लागि निलम्बन गरिएको विरोधमा जनजाति पार्टीले शनिबार तराई बन्दको आह्वान गरेको हो ।

Jun 24, 2011

माओवादीले महाधिवेशन मिति तोक्ने तयारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अषाढ १० - माओवादीले चर्को अन्तरसंघर्ष कम गर्न महाधिवेशन मिति तोक्ने तयारी गरेको छ । शुक्रबारदेखि बस्ने तय भएको केन्द्रीय समिति बैठकले महाधिवेशन मिति तोक्ने सम्भावना रहेको नेताहरूले बताएका छन् । अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षद्वय मोहन वैद्य र बाबुराम भट्टराईबीच अन्तरसंघर्ष चर्किएपछि करिब २० वर्षदेखि हुन नसकेको महाधिवेशन हुने सम्भावना बढेको हो । महाधिवेशन हुनुअघि फरक मतलाई व्यवस्थित गर्न अध्यक्ष दाहालले विधि प्रस्ताव केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्दैछन् । महाधिवेशन नहुञ्जेलसम्मका लागि फरक विचारलाई आन्तरिक मञ्च (फोरम) मा छलफल चलाएर लैजानेमा दाहाल, वैद्य र भट्टराई सहमत छन् । महाधिवेशन गर्ने विषयमा पनि तीनै नेता सहमत छन् । तीनै नेताबीच धेरै विषयमा फरक-फरक विचार नभएकाले महाधिवेशनबाट सुल्झाउन राजी भएका हुन् ।

अफगानिस्तानबाट सेना फर्काउने ओबामाको भनाई

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अमेरिकी राष्ट्रपति ओबामाले यो वर्षको अन्त्यसम्ममा १० हजार अमेरिकी सेना फर्काउने र सन् २०१२ सेप्टेम्बरसम्ममा २३ हजार सेना अफगानिस्तानबाट फर्काउने बताएका हुन् । अफगानिस्तानमा झन्डै एक लाख अमेरिकी सैनिक कार्यरत छन् । अमेरिकी सेनालाई अफगानबाट हटाउनु अफगानिस्तान युद्धको समाप्ति र अफगानिस्तानको सुरक्षाको जिम्मेवारी अफगान सेनालाई नै हस्तान्तरण गर्ने प्रकि्रया सुरु भएको ओबामाको भनाइ छ । अमेरिकी सैन्य योजनाअनुसार सन् २०१४ सम्ममा अमेरिकी सेनाले सबै सुरक्षाको अभियान अफगानी सेनालाई हस्तान्तरण गरिनेछ ।

जेहेन्दार छोरा अनुत्तिर्ण भएपछि बाबुले आत्महत्या

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एस.एल.सी.परिक्षामा आफ्नो जेहेन्दार छोरा अनुत्तिर्ण भएपछि बाबुले आत्महत्या गरेका छन् । धादिङ जिल्ला छत्रेदेउराली-८ का माइला बिकले छोरा सुनिल बिक एस.एल.सी.परिक्षामा अनुत्तिर्ण भएको पिरमा रोगर नामक विषादि सेवन गरि आत्महत्या गरेका हुन् । उनको कलंकी स्थित शहिद मेमोरियल हस्पिटलमा उपचारका क्रममा मृत्‍यु भएको जनाइएको छ । स्थानिय प्रकाश रानाका अनुसार मृतकका छोरा सुनिल एक जेहेन्दार छात्र रहेको र यसरी अनुत्तिर्ण हुँदा आफ्नो सपना चुँडिएको बताउँदै निरास भएर उनले आत्महत्या गरेका हुन् ।

दुई साताभित्र शान्ति सुरक्षा योजना लागु गर्न संसदीय समितिको निर्देशन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अषाढ १० - संसदको राज्य ब्यवस्था समितिले बिग्रदो शान्ति सुरक्षाको अबस्थालाई ध्यानमा राख्दै यसमा सुधारका लागि दुई साता भित्र कार्ययोजना सार्वजनिक गरी लागु गर्न निर्देशन दिएको छ । साथै राजनीतिक संरक्षणलाई तोड्दै सबै अपराधीहरुलाई कानुनी दायरामा ल्याउन उपप्रधान तथा गृह मन्त्री कृष्णबहादुर महरालाई शुक्रबार निर्देशन दिएका छन् । मन्त्री महराले सिमितको बैठकमा हालै सम्पन्न सुरक्षा बैठकमा प्रमुख जिल्ला अधिकारीहरुले राजनीतिक संरक्षणका कारण अपराधीहरुलाई कारवाही गर्न नसिकएको जानकारी गराएको बताएका थिए । साथै उनले माथिल्लो कर्णालीमा हाल तत्काल सेना परिचालन नभइ सशस्त्र प्रहरीलाई पठाउन लागिएको पनि बताए । 'महत्वपूर्ण संरचनाहरुको सुरक्षामा सेना परिचालन गर्न सकिने शान्ति सम्झौताकै कुरा हो' उनले भने, 'तर, त्यो अबस्था भनेको प्रहरीले नसकेपछिको अवस्था हो ।'

Jun 23, 2011

अख्तियार सचिव काफ्लेलाई हटाउने तयारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अषाढ ९ - सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव भगवती कुमार काफ्लेलाई हटाउने तयारी गरेको छ । प्रधानमन्त्री झलनाथ खनालले छिट्टै आयुक्तहरू नियुक्त गरेर वा अर्को सचिव पठाएर भए पनि उनलाई स्थानान्तरण गर्ने तयारी गरिरहेको स्रोतले बतायो । सिंहदरबार स्रोतका अनुसार सुडान घोटाला प्रकरणमा अख्तियारले गरेको कामकारबाही विवादित भएको र काफ्ले आफैं यूएन पार्कको जग्गा व्यक्तिका नाममा दर्ता गरेको प्रकरणमा मुछिएकाले उनलाई हटाउन लागिएको हो । प्रधानमन्त्रीले संसद्को राज्यव्यवस्था समितिका सभापति रामनाथ ढकाललाई पनि अख्तियारका सम्बन्धमा दुई/तीन दिनभित्रै सार्थक परिणाम दिने प्रतिबद्धता व्यक्त गरेका छन् । समितिमा प्रतिनिधित्व गर्ने विभिन्न दलका सभासदहरूले संवैधानिक निकाय खासगरी अख्तियारमा पदाधिकारी नियुक्त नहुँदा नकारात्मक असर देखिन थालेकाले प्रधानमन्त्रीलाई बोलाएर जवाफ माग्नुपर्ने आवाज उठाइरहनुभएको छ,' सभापति ढकालले भने, 'यही विषयमा मैले प्रधानमन्त्रीलाई दुई/तीन पटक भेटें । मंगलबारको भेटमा प्रधानमन्त्रीले दुई/तीन दिनभित्रै सार्थक परिणाम दिने प्रतिबद्धता जनाउनुभएको छ ।'

बंगलादेशले नेपाललाई दुई बन्दरगाह प्रयोग गर्न दिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अषाढ ९ - बंगलादेशले आफ्ना दुईवटा बन्दरगाह नेपाललाई प्रयोग गर्न दिने विषयमा सहमति दिने संकेत दिएको छ । बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले नेपाललाई तेस्रो मुलुकसंग कारोवार गर्न मुङला र चाटगाउँ बन्दरगाह प्रयोग गर्न दिनेबारे सहमति नजिक पुगेको बताएकी छन् । त्यस विषयमा भारतसंग पनि छलफल भइरहेको प्रधानमन्त्री हसिनाले बताएकी छन् । बंगलादेशी पत्रिका द डेली स्टारले जनाएअनुसार नेपालसंगै भुटानलाई पनि उक्त सहुलियत दिने तयारी भइरहेको छ ।

आतंकवादीको आरोपमा अफगानिस्तानमा नेपाली पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
काबुल (अफगानिस्तान), अषाढ ९ - आतंकवादी गतिविधिमा संलग्न आरोपमा अफगानिस्तानमा एक नेपाली पक्राउ परेको यहाँको जासुसी संस्थाले जनाएको छ । ४० वर्षीय तलकबहादुर (जसको थर उपलब्ध हुन सकेन) नेपालको भएको र उनलाई केही पाकिस्तानीसँग मिलेर आतंकवादी र जासुसी काममा संलग्न भएको आरोप लागेको छ । 'एक नेपाली नागरिकलाई आतंकवादी र जासुसी गतिविधिमा संलग्न रहेको कारण हामीले केही साताअघि हेल्मान्ड प्रान्तमा पक्राउ गरेका छौं,' जासुसी निकाय एनडीएसका प्रवक्ता जनरल लत्फुल्लाह मसालले भने । अफगान सुरक्षा निकायहरूको शक्ति र हतियारहरूबारे सूचना संकलनका क्रममा हालै केही अफगानी पक्राउ परेका थिए । 'उनीहरूले सैनिक प्रतिष्ठान र निकायहरूको तस्बिर खिचेका थिए,' मसालले भने । उनीहरूकै सूचनाको आधारमा विदेशी नागरिक पक्राउ परेका थिए, जसमा एक पाकिस्तानी र एक नेपाली नागरिक छन् ।
चार अफगान सहकर्मीसाथ उनले पाकिस्तानी जासुसी संस्था आईएसआईलाई इमेलमार्फत 'टिप्स र सूचना' चुहाउने काम गरेको एनडीएसका अधिकारी फहिम सुर्तानीले बताए । तलकबहादुर एउटा कन्स्ट्रक्सन कम्पनीमा काम गर्थे । उनले अफगान, विदेशी सुरक्षा निकाय र सैनिक प्रतिष्ठानहरूको धेरै सूचना संकलन गरेको उनको आरोप छ । 'उनको कम्प्युटरमा जेजति सूचना हामीले पायौं, ती सबै गोप्य थिए,' मसालले भने । कम्पनीमा उनको काम के थियो, ती अधिकारीले खुलाउन चाहेनन् । उनले तीनवटा हार्डडिस्कमा सुरक्षा इन्स्टलेसन, एयरपोर्ट आदिका तस्बिरहरू, प्रान्तीय प्रशासकको सुरक्षासम्बन्धी सूचना, हतियार विवरण, सुरक्षा निकाय र सुरक्षा अधिकारीहरूबारे सूचना, हेल्मान्डमा तैनाथ सुरक्षा निकायहरूको गन्ती र प्रकार, उनीहरूको मुभमेन्ट आदि राखिएका थिए । 'यी सबै विशुद्ध सुरक्षा र जासुसी सामग्री थिए,' उनले भने । प्रारम्भिक छानबिनमा नेपाली नागरिकले अपराध कबुल गरेको अधिकारीले बताए ।
'तलकबहादुरले आफूलाई पाकिस्तानी जासुसी संस्था आईएसआईले खटाएको र उनले ती सबै सामग्री आईएसआईलाई पठाएको कबुल गरे,' सुर्तानीले भने, 'जसको प्रमाण हामीसँग सुरक्षित छ ।' उनलाई अफगान कानुनबमोजिम कारबाही हुनेछ । विगतमा केही नेपाली भिसा र केही लागूऔषध कारोबारमा पक्राउ परे पनि हाल कोही पनि नेपाली नागरिक अफगान जेलमा नरहेको कारागार विभागका प्रमुख कर्नल हबिब जान रिझवनले बताए ।

दलित जनजाति पार्टीले आन्दोलन गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कञ्चनपुर, अषाढ ९ - आफ्ना पार्टीका अध्यक्ष बिसेन्द्र पासवनसहित चार सभासद्लाई निलम्बन गरिएको घटनाको विरोधमा दलित जनजाति पार्टीले आन्दोलन गर्ने जनाएको छ । संसद्को आचारसंहिता उल्लङ्घन गरी अमर्यादित कार्य गरेको अभियोगमा दलित जनजाति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवानसहित चार सभासद् चार दिनअघि सातदिनका लागि निलम्बन गरिएका थिए । दलित जनजाति पार्टी कञ्चनपुरका अध्यक्ष गोविन्द नेपालीले सभामुखले ब्राम्हणवादी चिन्तन देखाएर आदिवासी दलित समुदायका सभासद्लाई निलम्बन गरेको आरोप लगाएका छन् । आदिवासी र मुस्लिम समुदायले हकअधिकारका लागि माग राख्दा निलम्बनमा पारेर गैरजिम्मेवार काम गरेको आरोप लगाए । सभामुखले आफूहरूका मागलाई सम्बोधन गर्न बेवास्ता गरी निलम्बन गरेकाले त्यसको विरोधमा देशव्यापी आन्दोलनमा जाने नेपालीले बताए । उक्त पार्टीले सभासद् निलम्बनको विरोधमा प्रशासन कार्यालयलाई ज्ञापन बुझाउनदेखि चक्काजामसम्मका आन्दोलनका कार्यक्रम गर्ने चेतावनी दिएको छ ।

पत्रकारमाथि दुव्र्यवहार गर्ने १३ जना कर्मचारी निलम्बनमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
गत हप्ता चितवनको आँपटारीमा सञ्चारकर्मीहरुमाथि दुव्र्यवहार गर्ने केन्द्रीय बस टर्मिनल भरतपुरसँग सम्बन्धित १३ जना कर्मचारी निलम्बनमा परेका छन् । उनीहरुलाई पत्रकारमाथि दुव्र्यवहार गरेको आरोपमा निलम्बन गरिएको बसपार्क सञ्चालन समितिका अध्यक्ष कृष्णकुमार श्रेष्ठले बताउनुभयो । चितवनको एक सार्वजनिक कार्यक्रममा बोल्दै उहाँले घटनामा संलग्न व्यक्तिहरुमाथि कारबाही गरिएको र यस्ता गल्ती आगामी दिनमा ढाटबाट नहुनेसमेत प्रतिबद्धता जनाउनुभयो । भरतपुरको आँपटारीमा बसपार्क समितिद्वारा सञ्चालित ढाटमा काम गर्दै आएका कर्मचारीहरुले गत शनिबार राजधानीका विभिन्न सञ्चार संस्थासँग आबद्ध पत्रकारहरुलाई दुव्र्यवहार गर्दै अपशब्द बोलेका थिए ।

Jun 20, 2011

४० हजार बिदेसिए अहिलेसम्मकै उच्च संख्या

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अषाढ ६ - जेठमा ४० हजार जना युवा काम खोज्दै बिदेसिएका छन् । गत वर्षभन्दा यस महिनामा २७ दशमलव ९० प्रतिशत बढी युवा बाहिरिएका छन् । त्यसबेला ३१ हजार ६ सय ३६ कामदार बिदेसिएका थिए । चालू आर्थिक वर्षको ११ माहिनामा बिदेसिने संख्या ३ लाख नाघेको छ । वैदेशिक रोजगार विभागका अनुसार यस अवधिमा ३ लाख १० हजार १ कामदार बिदेसिए । यो संख्या गत आर्थिक वर्ष (०६६/०६७) को कुल संख्याभन्दा करिब १५ हजार बढी हो । गत आवमा २ लाख ९४ हजार ९४ जना बिदेसिएका थिए । जेठमा हालसम्मकै उच्च ४० हजार ४ सय ६१ नेपाली कामदार बिदेसिएको विभागको तथ्यांकमा छ । यसले गत असारमा गएका ३२ हजार ८ सय ६९ को रेडर्कलाई तोडेको हो । मुख्य रोजगार गन्तव्य मुलुकको आर्थिक अवस्थामा सुधार आएको र मुलुकमा रोजगारीको अवस्था सिर्जना हुन नसकेकाले बिदेसिनको संख्यामा यस्तो वृद्धि भएको जानकारहरू बताउँछन् । बैदेसिक रोजगारीविज्ञ गणेश गुरुङ मलेसिया, कतारजस्ता मुलुकमा बढेको कामदार मागका कारण एकै महिनामा यति धेरै बिदेसिएको बताउँछन् । 'धेरै कामदारहरू अदक्ष कामका लागि जाने गर्छन्,' उनले भने, 'नेपालीले कम तलबमा पनि काम गर्ने भएकाले माग बढेको हो ।'सन् २०२२ मा हुन लागेको फिफा विश्वकपका लागि कतारले पूर्वाधार निर्माणको कामलाई तीव्रताका साथ अगाडि बढाएकाले माग बढेको वैदेशिक रोजगार व्यवसायी बताउँछन् । जेठमा बिदेसिएका ४० हजारमध्ये १३ हजार ७ सय १९ कतार गएका छन् । ८ हजार ७ सय ४८ जना मलेसिया गएका छन् । तेस्रो गन्तव्य मुलुक साउदीमा ८ हजार २ सय ९६ जना गए । यस अवधिमा संयुक्त अरब इमिरेट्स र कुवेत जाने कामदारको संख्या क्रमशः ५ हजार ४ सय ६७ र २ हजार ९८ छ । वैदेशिक रोजगार व्यवसायीहरू सहज रूपमा पासपोर्ट पाउने अवस्था नभए पनि कामदारको माग उच्च भएकाले धेरै बिदेसिएको बताउँछन् । उनीहरू अझ सहज रूपमा पासपोर्ट उपलब्ध भए अझै बढ्ने बताउँछन् । 'कतार, कुवेत, मलेसियाका साथै कोरियामा पनि नेपाली कामदारको माग बढिरहेको छ,' वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष सोमलाल बाटाजुले भने, 'पासपोर्ट सहज रूपमा आएको भए यो संख्यामा अझ वृद्धि हुन सक्थ्यो ।'

संचारकर्मीद्वारा अर्थमन्त्रीको कार्यक्रम वहिष्कार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विराटनगर, अषाढ ६ - पत्रकार आक्रमणकारीलाई सरकारले कारबाही नगरेको भन्दै विराटनगरका संचारकर्मीले उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारी सहभागी कार्यक्रम वहिष्कार गरेका छन् । राजनीतिक संरक्षणमा रहेको दोषीलाई सरकारले कारबाही गर्न नसकेको भन्दै कार्यक्रम संचारकर्मीहरुले वहिष्कार गरेका हुन् । सोमबार बिहान मन्त्री अधिकारी मोरङ व्यापारसंघको साधारणसभामा सहभागी हुन पुगेपछि उनीहरु कार्यक्रमस्थलबाट बाहिरिएका थिए ।

एसएलसी नतिजाः परीक्षा बोर्ड बैठक सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भक्तपुर, अषाढ ६ - एसएलसी नजिता प्रकाशनका लागि परीक्षा बोर्डको बैठक सुरु भएको छ । बोर्ड बैठकमा शिक्षा सचिव शंकर पाण्डे, शिक्षा विभागका महानिर्देशक लवदेव अवस्थी, पाठ्यक्रम विकास केन्द्रका चित्र देवकोटा, क्षेत्रिय शिक्षा निर्देशक देवकुमारी हुमागाईँ सहभागी छन् । परीक्षा नियन्त्रक सूर्य गौतमले एसएलसीको नतिजा सोमबार दिउँसो साँढे चार बजे प्रकाशित गरिने जनाएका छन् । यसका लागि परीक्षा नियन्त्रकको कार्यालयले बिहानै देखि तयारी सुरु गरेको छ । सोमबार बिहान स‍रोतले केही विद्यार्थीको एक दुई नम्बर नपुगेर फेल भएको पाएपछि पुनः उसको कापी खोजेर हेर्ने काम भइरहेको उल्लेख गर्दै दिउँसोसम्ममा प्रकाशित गर्ने बताएका थिए । परीक्षा नियन्त्रक गौतमले बिहानै सुरक्षाको व्यवस्था गरिदिन प्रहरीलाई समेत जानकारी गराएका थिए । आज तीन बजे नतिजा निकाल्ने भनेर परीक्षा नियन्त्रकले सुरक्षा माग गर्नु भएको छ,’ महानगरीय प्रहरी बृत ठिमीस्थित प्रहरी स्रोतले भने, ‘टोली दुई बजेदेखि नै खटिनेछन् ।’यस बर्ष मुलुकभरबाट ४ लाख ९६ हजार २ सय ४३ जना बिद्यार्थी सहभागी छन् । जसमा नियमित तर्फ छात्र दुई लाख २९ हजार सात सय ९१ जना र छात्रा दुई लाख ६ हजार ६ सय २० जना रहेका छन् । एक्ज्याम्टेड तर्फ छात्र २५ हजार आठ सय पाच जना, छात्रा ३४ हजार २७ जना छन् । खुल्ला विद्यालयका आठ हजार एक सय ४० जना जसमा छात्र चार हजार पाच सय ७८ र छात्रा ३ हजार ६ सय ६२ जना छन् । परीक्षा १० चैत्रदेखि सुरु भई १८ गतेसम्म भएको थियो । परीक्षा नियन्त्रण कार्यालयले एएलसीको नतिजा प्रकाशित गरेपछि नतिजा कान्तिपुरको K'MAZZA सेवामा पनि SMS गरेर प्राप्त गर्न सकिने छ । नतिजा प्राप्त गर्नका लागि: SLC <स्पेश> सिम्बोल न‌. टाइप गरी ८०८० मा SMS पठाउनु पर्नेछ ।

विवाद समाधान उपसमितिमा मिश्रित मोडल प्रस्ताव गरिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राष्ट्रपति प्रत्यक्ष र प्रधानमन्त्री संसदबाट चुनिने र दुवैले कार्यकारी अधिकार बाँड्ने मिश्रित मोडल संविधान निर्माणमा रहेका विवादमा सहमति कायम गर्न गठित कार्यदलले प्रस्तावित गरेको छ। एमालेले प्रत्यक्ष निर्वाचित कार्यकारी अधिकारसहितको प्रधानमन्त्री , कांग्रेसले संसदबाट निर्वाचित कार्यकारी अधिकारसहितको प्रधानमन्त्री र माओवादीले प्रत्यक्ष निर्वाचित कार्यकारी अधिकारसहितको राष्ट्रपति को अडान राख्दै आएको थियो। विवादहरुमा सहमति कायम गर्न सदभावना पार्टीका नेता लक्ष्मणलाल कर्णको नेतृत्वमा कार्यदल गठन गरिएको थियो।कार्यदलको प्रस्ताव माओवादी अध्यक्ष पुष्पकमल दाहाल संयोजक रहेको विवाद समाधान उपसमितिको आगामी बैठकमा प्रस्तुत गरिने छ। कार्यदलले कांग्रेस र माओवादीको प्रस्तावबाट मध्यमार्गी बाटो निस्कने गरी मिश्रित मोडलको प्रस्ताव गरेको हो।

Jun 19, 2011

विश्वव्यापी साहित्य संगालो “यात्रा” भाग–१ को विमोचन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
रुद्र मिश्र, क्वालालम्पुर, यात्रा साहित्य मञ्च फाक्चामारा, तेह्रथुमको प्रकाशनमा गनिन्द्र विवशको सम्पादन रहेको विश्वव्यापी साहित्य संगालो “यात्रा” भाग–१ को विमोचन आज जुन १९ तदनुसार असार ५, २०६८ आईतवारका दिन मलेसियाको क्वालम्पुरस्थित चौतारी रेष्टुरेण्टको सभाहलमा सम्पन्न भएको छ । पुस्तकको विमोचन कार्यक्रमका प्रमुख अतिथि साहित्यकार एवं कार्टुनिष्ट मनि राई “गोठाले” र अनाममण्डली मलेसियाका अध्यक्ष तथा विमोचन कार्यक्रमका सभापति श्रीजन श्रीले सयूंक्त रुपमा गर्नुभएको थियो भने पुस्तकको समिक्षा विभिन्न विधागत आधारमा कवितातर्फ राज कुमार तेयुङ्ग “तरेवा”, गजल र गीततर्फ रुद्र मिश्र र कथा, निवन्ध, संस्मरण आदीको समिक्षा जीवन देवान “गाउँले” ले गर्नुभएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ मलेसिया शाखाका अध्यक्ष विनो लामा, नेपाल सन्देश साप्ताहिकका विष्णु किराँती, याम व्यथित लगायतको उपस्थिती रहेको थियो । पुस्तक प्रकाशनको अवधारणालाई प्रष्ट पार्दै सम्पादक गनिन्द्र विवशले विश्वभरी छरिएर रहेका सवै सर्जकहरुलाई एकै ठाउँमा ल्याउने बताउँदै यात्रा साहित्य संगालो विश्वव्यापी रुपमा प्रकाशित पहिलो साहित्य संगालो भएको दावी समेत गर्नुभयो । अनाममण्डली मलेसियाको आयोजनामा आयोजित उक्त पुस्तक विमोचन कार्यक्रममा अन्य लगभग २० जना सर्जकहरुले आ–आफ्ना रचनाहरु वाचन गर्नुभएको थियो । कार्यक्रममा लगभग ५० जनाको उपस्थिती रहेको थियो भने कार्यक्रमको सभापतित्व अनाममण्डली मलेसियाका अध्यक्ष श्रीजन श्री, स्वागत मन्तव्य मण्डलीका सदस्य एवं यात्राका कार्यकारी सम्पादक भिम “स्नेही” लिम्बुले र संचालन अनाममण्डली मलेसियाका सचिव रुवेन पुनले गर्नुभएको थियो ।

५० प्रजिअ सरुवा, डेढ सयभन्दा बढी डीएसपीको सरुवा आज

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अषाढ ५ - गृह मन्त्रालयले शनिबार ७५ उपसचिवहरू सरुवा गरेको छ । शुक्रबारको मितिमा सरुवा भएका उनीहरूमध्ये करिब ५० जना प्रमुख जिल्ला अधिकारी छन् । मन्त्रालयका उच्च अधिकारीहरूले सरुवा सूचीलाई शुक्रबारै अन्तिम रूप दिने प्रयास गरे पनि प्रभावशाली शक्तिकेन्द्रबाट आएका दबाब थेग्न नसकेकाले सफल भएको थिएन । शनिबार मन्त्री कृष्णबहादुर महरासहितका अधिकारीहरू एकान्त स्थानमा बसी सूची टुंग्याएको स्रोतले बतायो । सह सचिवस्तरका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरे लगत्तैदेखि उपसचिवस्तरका लागि मन्त्रालयमा ठूलो दबाब परिरहेको थियो । प्रभावशाली राजनीतिक दलका नेताहरूले चाहेको अधिकृतलाई आफ्नो जिल्लामा लैजाने गरेका प्रयासका कारण सरुवा प्रक्रिया लम्बिएको थियो । 'एउटै जिल्लामा फरक नेताहरूले अलगअलग अधिकृत मागेपछि उपसचिवस्तको सरुवामा ढिलाइ भइरहेको थियो,' मन्त्रालयका उच्च अधिकारीले भने । स्रोतका अनुसार प्रहरी मुख्यालयले आइतबार डेढ सयभन्दा बढी डीएसपीहरूको सरुवा गर्दैछ । यो फेरबदलमा डीएसपी प्रमुख रहने जिल्ला र विभिन्न निकायका ८० भन्दा बढी इन्चार्जहरू परिवर्तन हुनेछन् ।

पत्रकार महासंघ मोरङद्वारा आन्दोलनको घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल पत्रकार महासंघ मोरङले विराटनगरका पत्रकार खिलानाथ ढकालमाथि भएको आक्रमणका मुख्य योजनाकारहरुलाई अझै कानुनी दायरामा नल्याएको भन्दै आन्दोलनको घोषणा गरेको छ । उक्त शाखाको आइतबार बसेको बैठकले मुलुकमा सरकार रहेको अनुभुति हुन नसकेको निष्कर्ष निकाल्दै संकेतिकरुपमा सरकारमा नभए नभएको अध्ययन गर्न शिवबहादुर कार्कीको संयोजकत्वमा मोहन भण्डारी र विक्रम लुईटेल सदस्य रहेको समिति गठन गरेको छ । समितिले दुई दिनभित्र प्रतिवेदन सार्वजनिक गर्नेछ । यसैगरी फेसबुक अभियान चलाउने, सिठ्ठी जुलुस प्रदर्शन गर्ने र प्रधानमन्त्री, गृहमन्त्री र सञ्चारमन्त्रीलाई एउटै शैली र व्यहोराको एसएमएस पठाउने निर्णय गरेको छ । यस्तै ७ गतेबाट तीन दिन विहान ८ बजेदखि बेलुका ६ बजेसम्म जिल्ला प्रशासन कार्यालय अगाडि रिले अनशन बस्ने र सरकारलाई पावरवाला चस्मा र अभियुक्तको फोटो प्रमुख जिल्ला अधिकारीमार्फत पठाउने निर्णय गरेको छ । महासंघ मोरङ शाखाले असार १० गते बृहत विरोध र्याली प्रदर्शन गर्ने तथा ढकालमाथि भएको आक्रमणका योजनाकार परशुराम बस्नेतलाई पक्राउ नगरेसम्म युवा संघ र सरकारका मन्त्रीहरुको कार्यक्रम बहिस्कार गर्ने निर्णय गरेको छ ।

चार सभासद्लाई सभाहलबाट मार्सलले निकाले, सात दिन निलम्बनमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अषाढ ५ - संसदमा जवाफ दिन रोष्टमतर्फ जान लागेका स्थानीय विकास मन्त्री उर्मिला अर्याललाई अवरोध गरिरहेका सभासद्हरु सभामुखले अन्तिम् चेतावनी दिंदा पनि नमानेपछि मर्यदापालक लगाएर बैठकस्थलबाट निकालिएका छन् । उनीहरुलाई अनुशासन उल्लंघन गरेकोमा सात दिनका लागि निलम्बन गरिएको छ । यस प्रकारको कारवाही भएको ब्यवस्थापिका संसदमा पहिलो पटक हो । प्रधानमन्त्रीले माग सम्बोधन गर्ने तीन बुँदे प्रतिबद्धता जनाउँदा पनि अबरोध कायमै राखेपछि उनीहरुको नारावाजीकै बीच संसदको कारवाही सुरु भएको थियो । निलम्बनमा परेका सभासद्हरुमा दलित जनजाति पार्टीका विसेन्द्र पासवन, स्वतन्त्र सदरुल मियाँ हक, नेपा पार्टीका बुद्धरत्न मानन्धर र संघीय लोकतान्त्रिक मञ्चका रुक्मिनी चौधरी छन् । उनीहरुले नै उठाएकै मागहरुको जवाफ दिनका लागि रोष्टममा जान लाग्दा मन्त्री अर्याललाई अवरोध गरिएको थियो ।

समूहगत समायोजन हुनु पर्ने माओवादी अडान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा माओवादीले लडाकूहरुको समूहगत समायोजन हुनु पर्ने अडान दोहोर्याएको छ । प्रमुख तीन दलको शीर्ष नेताहरुको आइतबार बसेको बैठकमा माओवादीले ८ देखि १० हजार लडाकूलाई समायोजन गर्नु पर्ने र समायोजन समूहगत हुनु पर्ने अडान राखेको हो । जवाफमा कांग्रेस र एमालेले भने समूहगत समायोजन मान्य नहुने भन्दै लचिलो हुन आग्रह गरेको छ । माओवादीले युनिटबाइज कम्पनी वा बटालियनको समूहगत समायोजन हुनु पर्ने अडान लिएको एमाले उपाध्यक्ष अशोक राईले जानकारी दिनुभयो । 'आज आ–आफ्नो पुरानै अडान दोहोर्याउने बाहेक खास केही भएन' बैठकपछि कुराकानी गर्दै राईले भन्नुभयो–'माओवादीले ८–१० हजारको समायोजन, युनिटबाइज समायोजन हुनु पर्ने आफ्नो पुरानै अडान दोहोर्यायो । हामीले तीन वर्षदेखि त्यही कुराको रटान लाएर हुँदैन, लचिलो हुनुपर्यो भनेका छौं ।'
बैठकमा माओवादीले तह निर्धारणका लागि विज्ञहरुको सुझाव लिनु पर्ने प्रस्ताव गरेको छ । उसले नेपाली सेनाको मातहतमा गठन गर्ने भनिएको महानिर्देशनालयको जिम्मेबारी पनि तोक्नु पर्ने बताएको छ । माओवादी नेताहरुको भनाई उदृत गर्दै स्रोतले भन्यो–'समायोजनपछिको जिम्मेबारी कमव्याटन्सकै रुपमा हुनुपर्छ, उनीहरुलाई वाटो खन्ने लगायतका विकास निर्माणका काममा लगाउनु हुँदैन ।'जवाफमा एमाले र कांग्रेसले भने विगतमा भएको सहमति अनुसार नै सेना समायाजनबारे प्रष्ट खाका ल्याउन माओवादीलाई आग्रह गरेका छन् । 'माओवादीले समायोजनको नयाँ मोडलमा जाउँ भनेको छ' बैठकपछि कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले भन्नुभयो–'हामीले शान्ति सम्झौता अनुसार नै समायोजनको खाका बनाउनुपर्छ भन्यौं ।'संविधानसभाको म्याद थपिएपछि पहिलो पटक बसेको तीन दलको बैठकमा बजेट निर्माणका लागि तीनै दलका विज्ञहरु सहितको कार्यदल गठन गर्ने सहमति भएको छ । यद्यपी कुनै पनि दलले नाम दिएका छैनन । यसैगरी विश्वविद्यालय लगायत संवैधानिक निकायहरुमा सहमतिकै आधारमा नियुक्ति गर्ने सहमति पनि भएको छ । जेठ १४ गते संविधानसभाको म्याद थप्ने बेला ५ बुँदे सहमति गरेपछि तीन दलबीच आइतबार पहिलोपटक औपचारिक छलफल भएको हो ।

Jun 18, 2011

सहमतिमा बजेट ल्याउने तीन दलको तयारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रमुख राजनीतिक दलका शीष् नेताहरूले देशको आर्थिक अवस्था अस्तव्यस्त हुन नदिन समयमा नै सहमतिका आधारमा बजेट ल्याउने गरी छलफल प्रारम्भ गरेका छन्। शुक्रबार प्रमुख राजनीतिक दलका नेता र राष्ट्रपति डा. रामवरण यादवबीच भएको छलफलमा मुलुकको जटिल राजनीतिक स्थितिलाई समाधान गर्दै निर्धारित समयमा बजेट ल्याउन तयारी भइरहेको जानकारी राष्ट्रपतिलाई गराइएको थियो। राष्ट्रपति डा. यादवसँगको भेटघाटमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष झलनाथ खनाल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’ र कांग्रेस सभापति सुशील कोइरालाले शान्तिप्रक्रिया र संविधान निर्माणकार्यलाई जनतासमक्ष गरिएको प्रतिबद्धताअनुरूप अगाडि बढाउन आफूहरू गम्भीर रहेकोसमेत स्पष्ट पारेका थिए। कांग्रेस सभापति कोइरालाले भने शान्तिप्रक्रियाका बारेमा माओवादी इमानदार भए कुनै पनि समस्या समाधान गर्न गाह्रो नपर्ने बताउनुभएको थियो। राष्ट्रपति यादवले मुलुकको जटिल स्थित्रि्रति चिन्ता व्यक्त गर्दै तीन दलबीच भएको पाँचबुँदे सम्झौतालाई कार्यान्वयन गर्नुपर्ने र मुलुकको आर्थिक अवस्थालाई व्यवस्थित गर्ने कुरामा पनि सहमतिका आधारमा दलहरू अगाडि बढ्नु अहिलेको प्रमुख आवश्यकता भएकोतर्फध्यानाकर्षा गराउनुभएको बताइएको छ। भेटमा उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारी पनि संलग्न हुनुहुन्थ्यो।

आठ नेपाली युवा चार महिनादेखि मलेसियामा अलपत्र

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अषाढ ४ - करिब चार महिना अगाडि सप्तरीबाट मलेसिया पुगेका आठ नेपाली युवाहरु त्यहाँ काम गर्न नपाएर अलपत्र परेका छन् । राजविराजका एजेन्ट मो. इमामुद्दिनले आठै जना युवाहरुसित जनही ९५ हजार रुपैयाँ लिई काम लगाई दिने भन्दै गत चैत्र १५ गते मलेसिया पठाएका थिए । सप्तरीको बैरवा गाविस ४ निवासी अजाद मन्सुरी, जमिर मन्सुरी, नुरतुज मन्सुरी, मोहरम शेख, नजमुद्दिन सेख, सरफराज मन्सुरी, नसिर मन्सुरी र रजाक मन्सुरीलाई एजेन्ट इमामुद्दिनले मलेसिया पठाएर अलपत्र बनाएका हुन् ।
आठै जना युवाहरु त्यहाँ गएदेखि कुनै किसिमका काम गर्न नसकेको मलेसिया अलपत्र परेका सप्तरी बैरवा गाविसका नसिर मन्सुरीका बुवा फजिल मन्सुरीले ईकान्तिपुरसित भने । ऋण लिएर छोरालाई मलेसिया पठाएपनि एजेन्टको बदामासीका कारण आफ्नो छोरा सहित गाउका अन्य सात जना युवाहरु अहिले त्यहा अलपत्र परेको उनको भनाई छ । ९५ हजार रुपैया लिएर मलेसियामा होम गार्डको काम गरे वापत ८ सय ५० रियाल पाउने भन्दै आठै जनालाई एजेन्ट इमामुद्दिनले मलेसिया पठाएका हुन् । तर, त्यहाँ पुगेका चार महिना हुन लाग्दा पनि आठै जना युवाले कुनै किसिमको काम गर्न नपाएर खान बस्न समेत अप्ठ्यारो भईरहेको छ ।

बक्सिङको ८१ केजीमा दीपक महर्जन पहिलो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राष्ट्रव्यापी बक्सिङ छनोट प्रतियोगिताअन्तर्गत ८१ केजीमा दीपक महर्जन पहिलो भएका छन् । शुक्रबार दशरथ रंगशालाको बक्सिङ जिम हलमा भएको प्रतिस्पर्धामा नेपाल युथ बक्सिङ ग्रुपका दिपकले टीकाथलीका म्याक्स बस्नेतलाई पराजित गरे । पुरुषको ४९ केजीमा एपीएफका लक्षुमन तामाङले नेपाल आर्मीका अमृत केसीलाई, ५२ केजीमा प्रहरीका सुदेश मानन्धरले एपीएफका पुरन राईलाई, ५६ केजीमा एपीएफका युकेश नगरकोटीले चितवनका सविन दराइलाई तथा ६० केजीमा एपीएफका पूर्णबहादुर लामाले प्रहरीका सुमन लामालाई पाखा लगाउदै शीर्ष स्थान कब्जा गरे । त्यस्तै पुरुषको ६४ केजीमा प्रहरीका रत्नबहादुर तामाङले आर्मीका एकबहादुर घलेलाई, आर्मीका सुदन गुरुङले एपीएफका भूपेन्द्र विष्टलाई र ७५ केजीमा आर्मीका उद्धव खत्रीले चपलीका गोविन्द श्रेष्ठलाई पराजित गरे । नेपाल बक्सिङ संघद्वारा आयोजित प्रतियोगिताको महिलातर्फ ४८ केजीमा माला राई, ५१ केजीमा माया चौधरी र ५४ केजीमा सञ्जु लामा शुक्रबार पहिलो भएका छन् । विजेतात्रय एपीएफका हुन् । यस्तै ६० केजीमा एपीएफकी सरस्वती राना मगर, प्रहरीकी मिनास राई पहिलो भइन ।

प्रधानमन्त्री बन्न शेरबहादुर देउवाको दौड तिब्र

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अघिल्लो हप्ता काभ्रेमा भेला सकिए लगत्तै जिल्ला सभापतिहरुलाई भोज खुवाउन हतारिएका कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवाले पछिल्लो समयमा नेता कार्यकर्ताको भेटवार्तालाई तिव्रता दिएका छन् । समसामयिक राजनीतिक विषयमा छलफल भन्दै हुने गरेको भेलामा सरकारको नेतृत्वका विषयमा तात्तातो बहस हुने गरेको स्रोतको भनाई छ । स्रोतका अनुसार झलनाथ खनाल नेतृत्वको सरकारलाई छिट्टै राजीनामा गर्न दबाव दिने र त्यसपछि कांग्रेसको पालो आउने भएकाले देउवालाई सर्वसम्मत उम्मेद्वार बनाउनेबारे भेलामा छलफल हुने गरेको छ । ‘यसअघि रामचन्द्र पौडेल १७ पटकसम्म पराजित भएकाले कांग्रेसले देउवालाई नै उम्मेद्वार बनाउँछ' केन्द्रीय सदस्य महेन्द्र यादवले भने – 'देउवा उम्मेद्वार हुने बित्तिकै उहाँ अरुको पनि सर्वसम्मत बन्नुहुन्छ ।'देउवा पक्षीय नेता यादवको भनाईसँग राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल पनि सहमत छन् । 'सरकारको नेतृत्व गर्ने जिम्मेवारी कांग्रेसमा आएमा देउवाकै सम्भावना बलियो देखिन्छ' दाहालले भने – ‘शायद पौडेल अब प्रधानमन्त्रीको उम्मेद्वार बन्नुहुन्न ।’माओवादीमा अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री नबन्ने भनेर घोषणा गरिसकेको र बाबुराम भट्टराईलाई स्वयं प्रचण्डले बाटो छाडिदिने सम्भावना नरहेको अवस्थामा देउवाको सम्भावना देख्नेहरुको संख्या धेरै छ । त्यसो त माओवादीले समेत एकपटक देउवालाई प्रधानमन्त्रीको कार्ड फालिसकेको छ । यसले पनि उनलाई हौसाएको छ । पार्टीको आसन्न बैठकबाट संसदीय दलको नेतामा पौडेलको सट्टा आफ्नो नाम पारित गर्न उनी अग्रसर देखिएको स्रोतको भनाई छ । तर, देउवाले डाकेको भेलामा सहभागीहरु यस विषयमा कुनै कुरा नभएको दावी गर्छन् । 'सरकारको नेतृत्वबारे कुनै कुरा भएको छैन' नेता गोपालमान श्रेष्ठले भने – 'त्यस्तो अवस्था आएमा पार्टीले उपयुक्त निर्णय गर्छ ।'

दोषीलाई कारबाही नभएको विरोधमा पत्रकार महासंघले दोस्रो चरणको आन्दोलन थाल्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल पत्रकार महासंघले प्रेस तथा पत्रकारहरु माथिको आक्रमणमा संलग्नहरुलाई कारबाही नभएसम्म आन्दोलन जारी रहने बताएको छ । पत्रकार आक्रमणका दोषीलाई कारबाही नभएसम्म महासंघ निरन्तर आन्दोलन गरिरहने महासंघले जनाएको छ । महासंघले पेशागत समूहसँगको छलफलपछि थप कार्यक्रम सार्वजनिक गर्ने घोषणा गरेको छ । आज पहिलो चरणको आन्दोलन कार्यक्रमलाई माईतीघर मण्डलामा समापन गर्दै महासंघ अध्यक्ष शिव गाउँलेले महासंघको आन्दोलनलाई पत्रकारको मात्र भनी नबुझ्न आग्रह गरे । उनले दण्डहिनताविरुद्ध सबै एक ठाउँमा आउनैपर्ने बताउँदै आन्दोलनमा ऐक्यवद्धता जनाउन पेशागत समुहसँग आग्रह गरेका छन् । उनले भोलि बैठकमा पहिलो चरणको आन्दोलनको समीक्षा हुने र कानुन व्यवसायीसहितका पेशागत समूहसँग छलफल गरेर दोस्रो चरणको कार्यक्रम घोषणा गरिने बताए । गाउँलेले पहिलो चरणको आन्दोलनबाट पत्रकार आक्रमणगरी युथ फोर्स जिल्ला नेता मनोज राई पक्राउ परेको र एमालेले आफ्नो धारणा स्पष्ट राखिसकेकाले आन्दोलन व्यर्थ नभएको बताए ।

Jun 17, 2011

नेपाल पत्रकार महासंघले सुरु गरेको आन्दोलन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अषाढ ३ - पत्रकारमाथि भएको आक्रमणविरुद्ध नेपाल पत्रकार महासंघले सुरु गरेको आन्दोलनप्रति प्रमुख मजदुर संगठनका नेताहरुले पनि ऐक्यबद्धता जनाएका छन् । पत्रकार महासंघले बिहीबार सञ्चाग्राममा आयोजना गरेको अन्तर्क्रियामा मजदुर नेताहरुले आक्रमणका दोषिलाई कारबाही गर्नैपर्नेमा जोड दिए । एमाले निकट नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का उपाध्यक्ष हरिदत्त जोसीले पत्रकारले लेख्न र बोल्न पाउनुपर्ने बताए । 'योसँगै मिडियामा धेरै शोषण छ, त्यतातिर पनि महासंघले ध्यान दिनुपर्छ,' उनले भने । कांग्रेस निकट नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य सूर्य नेपालले पनि पत्रकार महासंघको आन्दोलनमा ऐक्यबद्धता जनाए । 'पत्रकारमाथिको आक्रमण निन्दनिय छ, दोषि कुनै पनि बहानामा उम्कनु हुन्न,' उनले भने । माओवादी निकट अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य जनक शर्माले पत्रकारमाथि भएको आक्रमणको भर्त्सना गर्दै अपराधी जोगाउन नहुनेमा जोड दिए । 'आन्दोलनमा हाम्रो संगठनको ऐक्यबद्धता छ, यसमा संगठन भौतिकरुपमा पनि सहभागी हुन्छ,' उनले भने । अन्तर्क्रियामा मजदुर नेताहरु सूर्य ताजपुरिया, सुवर्णजङ्ग सिजापति, विदुर कार्कीलगायतले श्रमजीवीमाथि भएको आक्रमणको विरोध गरे । उनीहरुले पत्रकार र मजदुरबीचको सहकार्यमासमेत जोड दिए । पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेले श्रम गरेर खाने पत्रकारमाथि आक्रमण भएको भन्दै सवै एक हुनुपर्नेमा जोड दिए । 'दोषिलाई कारबाही भएन भने यसको जगमा श्रृजना हुने भयले स्वतन्त्र पत्रकारितालाई बाधा पुर्‍याउँछ,' उनले भने, 'दोषि कानुनी कठघरामा नआएसम्म महासंघ चुप लागेर बस्दैन ।'

४५ हजारभन्दा बढी शिक्षकको एक श्रेणी बढुवा गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अषाढ ३ - सरकारले सामुदायिक विद्यालयमा कार्यरत ४५ हजारभन्दा बढी शिक्षकको एक श्रेणी बढुवा गर्ने भएको छ । शिक्षकलाई पेसाप्रति प्रतिबद्ध र लगनशील बनाउन तथा निजामतीसरह सुविधा दिन बढुवा गर्न लागिएको हो । सरकारको यो नीतिले वर्षौंदेखि बढुवा हुन नसकेकाले राहत पाउने छन् । शिक्षामन्त्री गंगालाल तुलाधरका अनुसार निजामती कर्मचारीको पटक-पटक बढुवा हुँदा एउटै पदमा रहेका शिक्षकको निराशा हटाउन यस्तो तयारी गरिएको बताए । त्यसका लागि सरकारले शिक्षक सेवा आयोगको नियमावली संशोधन गरेको छ । संशोधित नियमावलीअनुसार शिक्षकले तह र सेवाका आधारमा एक तह बढुवा पाउने छन् । संशोधित नियमावलीअनुसार शिक्षक नियुक्तिलाई समेत समावेशी बनाइने छ । 'यसले शिक्षकको निराशा समाधान गरेर पेसाप्रति थप लगनशील बनाउन प्रेरणा दिनेछ,' मन्त्री तुलाधरले बिहीबार कान्तिपुरसित भने, 'यसबाट सरकारलाई ठूलो आर्थिक भार पर्दैन । एक तह बढुवा हुँदा उनीहरूको तलबमान र सुविधा भने बढ्छ । यसले सामुदायिक विद्यालयको गुणस्तर सुधारमा थप सघाउ पुग्छ ।' वरिष्ठता र कार्यसम्पादनका आधारमा ४५ हजार शिक्षक सामेल हुने अपेक्षा गरेको उनले जनाए । यसबारे अर्थ र शिक्षा मन्त्रालयबीच छलफल भइसकेको छ ।

(सिडिओहरुको सरुवाको अन्तिम तयारीमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अषाढ ३ - गृह मन्त्रालयले उपसचिव स्तरका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुको सरुवाको अन्तिम तयारीमा जुटेको छ । झण्डै ५० जिल्लामा उपसचिव स्तरका प्रजिअ छन् । गृह स्रोतका अनुसार शुक्रबार साँझसम्म सरुवालाई अन्तिम रुप दिइने छ । गृहका अधिकारीहरु सरुवाको गृह कार्यमा जुटेका छन् । प्रजिअ ,क्षेत्रिय प्रशासका कार्यालयका उपसचिव तथा सहायक प्रजिअ गरी ७० उपसचिवहरुको सरुवा गर्न लागिएको गृह स्रोतले जनाएको छ । केही समय अगाडि गृहले सह सचिव रहने जिल्लाहरुमा प्रजिअको सरुवा गरेको थियो । त्यस्तै जिल्लामा कार्यरत प्रहरी उपरीक्षकहरुको पनि सरुवा भइसकेको छ ।

क्रान्तिकारीद्वारा झापाका ११ वटा विद्यालयमा तालाबन्दी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अनुमति लिएभन्दा माथिल्लो तहमा विद्यार्थी भर्ना गरेको भन्दै अखिल क्रान्तिकारीले झापाका ११ वटा विद्यालयमा तालाबन्दी गरेको छ । क्रान्तिकारीले झापाको दमक, लखनपुर र धरमपुरका निजी विद्यालयमा तालाबन्दी गरेको हो । स्वीकृत तहभन्दा माथि भर्ना गरेर विद्यार्थीको भविष्य माथि खेलवाड गर्न नपाइने भन्दै क्रान्तिकारीले ती विद्यालयको प्रशासनिक कक्षमा तालाबन्दी गरेपछि पठनपाठन ठप्प भएको छ । क्रान्तिकारीले विद्यालयमा तालाबन्दी गरेपछि लखनपुरको स्मारिका र जनमैत्री, दमकको इमान्युएल, गेस ब्राइटर, सुप्रसन्न, हिमज्योति र एजुकेसनलको अपरेटिभको पठनपाठन रोकिएको छ । लखनपुरको स्मारिक विद्यालयमा पढ्न गएका विद्यार्थी पढाइ नभएपछि घर फर्केको अभिभावकले बताएका छन् ।

Jun 16, 2011

माओवादीका तीनै नेता एउटै मञ्चमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
रौतहट, अषाढ २ - माओवादी भित्र चरम गुटबन्दी भएको बिभिन्न संचारमाध्यमले समाचार प्रकाशित गरेकै बेला तीन शिर्ष नेताहरु एउटै मञ्चमा बसेर आज रौतहटको पिप्रा गाबिसमा कार्यक्रम गर्दैछन । एकिकृत माओबादीका तत्कालीन केन्द्रीय सदस्य तथा दोलखा जनसरकार प्रमुख रितबहादुर खड्को स्मृतिमा आयोजित सभामा भाग लिन एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष बाबुराम भट्टराई र बरिष्ठ नेता मोहन बैध रौतहट आउँदैछन । उनीहरुको साथमा कानुन तथा न्याय मन्त्री प्रभु साह लगाएतका नेताहरु समेत रौतहट आउँदैछन । पिप्रा गाबिसमा आज १२ बजे बिशाल सभा हुने माओवादीले जनाएको छ । ०५९ साल असार २ गते भारतबाट पार्टीको बैठक सकेर रौतहट हुदै मोटरसाईकलमा दोलखा हिडेका सदस्य खड्कालाई रौतहटको पिप्रा गाबिसमा सुरक्षाकर्मिको गोली प्रहार गरेको थियो । उनको घट्नास्थलमा मृत्यु भएको थियो । पार्टीले सदस्य खड्काको स्मृति सभामा कार्यक्रम गर्न लागेको माओबादी सभासद देबेन्द्र पटेलले जानकारी दिए ।

महेश वस्नेतलाई पूर्व क्षेत्रीय प्रहरीले नियन्त्रणमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विराटनगर, अषाढ २ - इटहरीबाट नियन्त्रणमा लिइएका युवा संघका अध्यक्ष महेश बस्नेतलाई प्रहरीको पूर्व क्षत्रीय प्रहरी तालिम केन्द्र पुर्याइएको छ । उनलाई शान्ति सुरक्षामा खलल पुर्याउन सक्ने हुँदा पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । विराटनगरमा प्रशासनले निषेधाज्ञा जारी गरेपछि इटहरी आइपुगेका सत्तारुढ दल एमालेको भातृ संगठन युवा संघका केन्द्रीय अध्यक्ष वस्नेतलाई प्रहरीले बिहीबार बिहान पक्राउ गरेको हो । इटहरीस्थित रिभरसाइड रिसोर्टमा पत्रकार सम्मेलनको आयोजना गरिरहेका बेला वस्नेत पक्राउ परेका थिए । पत्रकारहरुले भने उनको पत्रकार सम्मेलन बहिष्कार गरेका थिए । वस्नेतलाई नियन्त्रणमा लिन ठूलो संख्यामा जनपथ र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । वस्नेतलाई पक्राउ गर्ने क्रममा प्रहरी र संघका कार्यकर्ताबीच झडप भएको थियो । वस्नेतको पक्राउ पछि युवासंघले पूर्व बन्द घोषणा गरेको छ ।
वस्नेतले विराटनगरका पत्रकार खिलानाथ ढकालमाथि आत्रमण गर्ने मुख्य योजनाकार पर्शुराम वस्नेतलाई संरक्षण गर्दै आएका छन् । नेपाल पत्रकार महास‌घको अगुवाइमा आरोपीलाई पक्राउ गर्न माग गर्दै पत्रकारहरु आन्दोलित छन् । बस्नेतले भने परशुराम आफुस‌‌गै भएको दावी गर्दै सक्नेभए पक्रन चुनौती दिएका थिए । त्यही चुनौती र विराटनगरमा परशुरामको पक्षमा गर्न लागेको प्रतिकार सभाका कारण उनलाई पक्राउ गरेको अनुमान लगाइएको छ । प्रहरीले माथिको आदेशमा पक्राउ गरेको बाहेक केही भनेको छैन । बुधबार विराटनगर पुगेका बस्नेतले प्रतिकार सभाको तयारी गरेपछि प्रशासनले बिहीबार बिहानदेखि साँझ सम्ममा निषेधाज्ञा आदेश जारी गरेको छ । पाँच जनाको स‌ख्यामासमेत स‌गै हिड्न निषेध गरिएको छ ।

अश्लील पुस्तक र पत्रपत्रिकासहित चारजना पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अश्लील पुस्तक र पत्रपत्रिकाहरुको प्रकाशनले समाजमा नकारात्मक सन्देश छरेको भन्दै प्रहरीले चारजनालाई पक्राउ गरेको छ । बाग्लुङ जिल्ला हरिचौर-५ घर भएका प्रेमबहादुर अधिकारीले बागबजारमा सञ्चालन गरेको एसपी प्रकाशन प्रालिबाट विभिन्न अश्लील पुस्तक र पत्रपत्रिकासहित चारजनालाई प्रहरीले बुधबार पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सो प्रकाशनका बजार व्यवस्थापक काठमाडौं कालोपुल बस्ने सुनसरी जिल्ला धरान नगरपालिका-७ घर भएका ४० वर्षीय किशोर खड्का, प्रकाशनबाट बिक्री पुस्तकको रकम सङ्कलक बाग्लुङ जिल्ला हरिचौर-५ घर भएका १७ वर्षीय मदन भन्ने यमबहादुर अधिकारी, प्रकाशनको पुस्तक वितरक धादिङ जिल्ला ज्यामरुङ-६ बस्ने ३१ वर्षीया विष्णुबहादुर सिलवाल र प्रकाशनका टाइपिस्ट दोलखा जिल्ला फस्कु-२ बस्ने २१ वर्षीया कल्याण बस्नेत रहेको प्रहरीले जनाएको छ । उक्त प्रकाशनका सञ्चालक प्रेमबहादुर अधिकारी अहिले फरार छन् । सो प्रकाशनबाट प्रहरीले करिब पाँच हजार अश्लील चित्रसहितका पुस्तकहरु, कम्प्युटर, पेनड्राइभ, अश्लील पुस्तकका पाण्डुलिपी, १३ प्रकारका अश्लील पत्रिकाहरु बरामद गरेका थिए । फरार सञ्चालक अधिकारीको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

अल–काइदाले अयमन अल–जवहिरीलाई आफ्नो नयाँ नेता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अषाढ २ - आतंकवादी संगठन अल–काइदाले अयमन अल–जवहिरीलाई आफ्नो नयाँ नेता छानेका छन् । गत महिना पाकिस्तानमा ओसमा विन लादेनको अमेरिकी सैनिकले हत्या गरेपछि अल–काइदाले नयाँ नेता छानेको हो । संगठनको जनरल कमाण्डले बिज्ञप्ति जारी गरि अल–जवहिरीलाई नेता छानेको उल्लेख गरेको बीबीसी अनलाइनले जनाएको छ । साथै उनकै निर्देशनमा अमेरिका र इजरायल बिरुद्ध जेहदी (धार्मिक युद्ध) गर्ने चेतावनीसमेत दिएको छ । इजिप्टमा जन्मिएका जवहिरी लामोसमयसम्ममा विन लादेनको सहायकको रुपमा काम गरेको बताइएको छ । सेप्टेम्बर ११ मा अमेरिकी सहर न्यूयोर्कको वर्ल्ड ट्रेड सेन्टरमा आक्रमण गर्ने तयारीमा पनि उनकै दिमाखले काम गरेको बताइन्छ । 'विन लादेनले अमेरिकीहरुलाई चिहानबाट पनि निरन्तर रुपमा तर्साइ रहनेछन्' जवहिरीले अमेरिकी सैनिकले लादेनको हत्या गरेपछि प्रतिक्रिया दिएका थिए । उनी अफगानिस्तान र पाकिस्तानको सिमा क्षेत्रमा रहेको अनुमान गरिएको छ ।

आज राती शताब्दीकै पहिलो खग्रास चन्द्रग्रहण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आज राती शताब्दीकै पहिलो खग्रास चन्द्रग्रहण लाग्दै छ । आजको राती तर बिहीबारको बिहान १२ बजेर ६ मिनेटमा देखिने खग्रास चन्द्रग्रहण १ बजेर ५७ मिनेट जाँदा मध्य हुनेछ भने ३ बजेर ४७ मिनेटमा अन्त्य हुनेछ । ग्रहण र सूतक अवधिभर बालबालिका वृद्धवृद्धा र बिरामी बाहेक अन्यले भोजन गर्न नहुने नेपाल पंचाङ्ग निर्णायक समितिले जनाएको छ । नेपाल पंचाङ्ग निर्णायक समितिका अनुसार ग्रहणको अशुभ फलबाट मुक्त हुन जप ध्यान दान र होम गर्न उपयुक्त मानिन्छ । यद्यपी साधारण मानिसले ग्रहण अलौकिक र विरलै हुने घटनाका रुपमा लिएको पाइए पनि ग्रहण प्राकृतिक र निरन्तर भइरहने खगोलीय घटनाक्रम हो । पृथ्वीको आधा भागमा रहेका मानिसहरुले एकैपटक चन्द्रग्रहण लागेको देख्न सक्छन् भने सूर्यग्रहणको दृश्य पृथ्वीका केवल सय माइल भन्दा कम चौडाइ र तीन हजार माइल लर्बाइमा बस्ने मानिसहरुले मात्र देख्न सक्ने खगोलवीदहरुले बताएका छन् । विज्ञहरुका अनुसार आगामी सन २०१८ जुलाई २७ मा लाग्ने खग्रास चन्द्र ग्रहण सबैभन्दा लामो हुनेछ भने यो चन्द्रग्रहण सबैभन्दा लामो ग्रहणभन्दा ३ मिनेट मात्र छोटो भएकाले एर्काईसौं शताब्दीको दोस्रो लामो चन्द्रगहणका रुपमा लिइएको छ । यो ग्रहणको खग्रास एक सय एक मिनेट सम्म रहने र आजसम्मको सबैभन्दा अन्धकार युक्त ग्रहण हुने भएकाले यस ग्रहणलाई विशेष रुपमा लिइएको छ ।

Jun 15, 2011

प्रधानमन्त्री र सभामुख मतदाना नामावालीमा दर्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अषाढ १ - निर्वाचन आयोगले अस्थायी बसोबास गर्दै आएको स्थानमा फोटोसहितको मतदाता नामावली दर्ता सुरु गरेको छ । आयोगले बुधबार बिहान संविधानसभा भवन नयाँ बानेश्वरमा इलाम गृह जिल्ला भएका प्रधानमन्त्री झलनाथ खनाल र सभामुख सुवासचन्द्र नेम्वाङको फोटोसहितको मतदाना नामावाली दर्ता गरेको छ । संविधानसभा भवन परिसरमै बुधबार र बिहीबार आयोगले सभासद्हरुको नामावदी दर्ता गर्नेछ । आयोगले उपत्यकाका सवै वडा कार्यालयमा मतदाना नामावली दर्ता गर्ने व्यवस्था मिलाएको जानकारी दिएको छ ।

बेलायतस्थित विद्यार्थीले ४ जुलाई देखि काम गर्न नपाउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लन्डन, अषाढ १ - बेलायत सरकारले अध्यागमन नियन्त्रणकै एक हिस्सा स्वरुप अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई काम गर्न नदिने नियम आगामी ४ जुलाई, २०११ देखि लागू गर्ने भएको छ । अध्यागमन मन्त्री डेमियन ग्रीनले सोमबार लिखित वक्तव्यमार्फत सो घोषणा गरेका हुन् । ४ जुलाई पछि ‘टियर फोर’ अन्तर्गत प्राइभेट कलेज पढ्न भिसा लिने वा भिसा अवधि थप गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीले कत्ति पनि काम गर्न पाउने छैनन् । भिसा लिइसकेका विद्यार्थी भने यस नियमबाट प्रभावित हुने छैनन् । यसअघि फाउण्डेसन डिग्री वा लेभल छ भन्दा माथिको कोर्स पढ्नेले सातामा २० घण्टा र डिपेन्डेन्टले पूरा समय एवं डिग्री लेभलभन्दा तल्लो तहका कोर्स अध्ययनरत विद्यार्थीले १० घण्टा काम गर्न पाउने अधिकार थियो । जुलाई ४, २०११ पछि विश्वविद्यालय वा पब्लिकली फण्डेड एजुकेसन प्रोभाइडर बाहेकका अन्य शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीले कत्ति पनि काम गर्न नपाउने गरि प्रतिवन्ध लगाइने छ । तर, विश्वविद्यालयमा डिग्री लेभल वा सोभन्दा माथिको कोर्सका हकमा भने २० घण्टा र छुट्टीको अवधिमा पूरा समय काम गर्न पाइने छ । लेभल ७ वा सोभन्दा माथिका कोर्सका हकमा विश्वविद्यालयमा भर्ना भएका विद्यार्थीले डिपेन्डेन्ट ल्याउन पाउने र डिपेन्डेन्टले पूरा समय काम गर्न पाउने छन् । साथै सरकारी स्तरबाट आएका विद्यार्थीका परिवारले समेत पूरा समय काम गर्न पाउने छन् । २२ मार्चमा गृहमन्त्री टेरेसा मेले अध्यागमन दुरुपयोग नियन्त्रण गर्न विद्यार्थी भिसा कडाई गर्ने नयाँ नियम सार्वजनिक गरेकी थिइन् । त्यस अन्तर्गत २१ अप्रिलपछि पहिलो चरणमा अंग्रेजी अनिवार्य र यसको ‘रिक्वायरमेन्ट’ बढिसकेको छ । डेभिड क्यामरन सरकार आफ्नो कार्यकाल सन् २०१५ सम्म दुई लाख ३० हजार अन्तर्राष्ट्रिय विद्यार्थी संख्या घटाउने योजनामा दृढ छ । तर, यसबाट उसले २ दशमलव ४ विलियन पाउण्ड गुमाउने चेतावनी दिइएको छ । गृह प्रवक्ताले सन् २०१० मे यता सरकारको नियम उल्लंघन गर्ने ३३ शैक्षिक संस्थाहरुको लाइसेन्स् खारेज गरिसकिएको र अप्रिल २१, २०११ यता मात्र ७ वटा कलेज निलम्वन गरिएको जनाएका छन् । बेलायतमा विद्यार्थीहरुका लागि टियर–४ को व्यवस्था ३१ मार्च २००९ बाट लागू भएपश्चात सरकारले २००९ मा करिव २ लाख ७३ हजार र डिपेन्डेन्टका रुपमा करिव ३० हजार भिसा जारी गरेको तथ्यांक छ । सन् २०१० मा नयां टियर–४ भिसा लिएर आउने नयाँ विद्यार्थी संख्या २ लाख ५३ हजार ८४५ थियो भने १ लाख २० हजार १ सय ६० विद्यार्थीहरुको भिसा अवधि थप भएको थियो ।

प्रहरी प्रधान कार्यालयले ६७ जना एसपी(प्रहरी उपरीक्षक)हरुको सरुवा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अषाढ १ - प्रहरी प्रधान कार्यालयले ६७ जना एसपी(प्रहरी उपरीक्षक)हरुको सरुवा गरेको छ । जेठ ३१ गतेको निर्णय अनुसार एसपीहरुको सरुवा गरिएको हो । काठमाडौं प्रहरी प्रमुखमा कार्यरत केदार रिजाललाई नै राखिएको छ । रमशेप्रसाद खरेललाई पर्सा पठाईएको छ । त्यस्तै,रविन्द्रनाथ रेग्मी(रुपन्देही), रविन्द्रनाथ शर्मा(चितवन), दिलिपकुमार चौधरी(कंचनपुर), यादवराज खनाल(कास्की), भोगबहादुर थापा(ललितपुर), नारायणसिंह खड्का(भक्तपुर), प्रधुम्न कार्की(विराटनागर), राजु मानन्धर(सुनसरी), हरिबहादुर पाल(धनुषा),मोहनराज जोशी(सर्लाही), घनश्याम अर्याल(रौतहट), सुरेश विक्रम शाह(बारा) पठाइएका छन् ।

संवैधानिक समितिका सभापतिद्वारा प्रधानमन्त्रीको राजिनामा माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संवैधानिक समिति सभापति निलाम्बर आचार्यले प्रधानमन्त्री झलनाथ खनालले राजिनामा नदिएसम्म शान्ति र संविधान लेखनको कार्य अगाडि बढ्न नसक्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा सभापति आचार्यले प्रधानमन्त्री खनालले राजिनामा दिएर सहमतिको सरकार नबनेसम्म शान्ति प्रक्रिया र संविधान निर्माणमा अवरोधहरु आई रहने दावी गरे । उनले भने, 'सत्ता साझेदारमा सहमति भए सबै कुरा मिलेर जान्छ ।' आचार्यले शान्ति, संविधान र सहमतिको सरकार एक अर्कासाग सम्बन्धीत भएकाले पनि प्रधानमन्त्रीले तत्काल राजिनामा दिएर मार्ग प्रसस्त गर्नु पर्नेमा जोड दिए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संविधान शंसोधन प्रस्ताव पारित भएकोले पनि कांग्रेसले त्यसको नेतृत्व गर्नु पर्ने भन्दै उनले भने, 'संविधान संसोधन प्रस्ताव प्रमुख प्रतिपक्षीको पारित भयो तर, सरकार पुरानै भएकोले अहिले समस्या उत्पन्न भएको हो ।' राष्ट्रिय सहमतिको सरकार अहिलेको पहिलो आवश्यकता हो तर, त्यसमा खासै प्रगति हुन नसकेकोले समस्या उत्पन्न भएको आचार्यले उल्लेख गरे । उनले दलहरुबीच रहेको अन्र्तद्धन्द्धले पनि शान्ति प्रक्रिया र संविधान निर्माणलाई असर पारेको भन्दै ठूलो दल माओवादी भित्रको अन्र्तद्धन्द्धको लोकतान्त्रिक गणतन्त्रको मुल्य मान्यता अनुसार संवोधन नगरिए यसले पनि शान्ति प्रक्रिया र संविधान निर्माण कार्यालाई अप्ठ्यारोमा पार्ने दावी गरे ।

पत्रकार आक्रमणको विरोधमा हङकङका पत्रकारहरु पनि आन्दोलित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/देवराज राई
नागरिक दैनिकका विराटनगरस्थित संवाददाता खिलानाथ ढकालमाथि समाचारको विषय लिएर जुन ६ का दिन भएको सांघातिक आक्रमणको नेपाल पत्रकार संघ हङकङले घोर भत्र्सना गर्दै हङकङस्थित नेपाली महावाणिज्यदूत मार्फत एक ज्ञापनपत्र नेपाल सरकारलाई बुझाएको छ । नेपाल पत्रकार संघ हङकङले घटनामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) को भातृसंस्था युथ फोर्स नेपालका विराटनगर नगर समितिका अध्यक्ष रोहित कोइराला र मनोज राईलगायत प्रत्यक्ष र मोरङ जिल्ला समितिका अध्यक्ष पर्शुराम बस्नेत अप्रत्यक्ष संलग्न रहेको प्रकाशमा आउनुले नेपालमा पत्रकारिता अति जोखिममा रहेको बताएको छ । साघांतिक आक्रमणमा आरोपितलाई छानबिनको दायरामा ल्याउन सहयोग गर्नुको सट्टा एमालेको भातृसंस्था प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष महेश बस्नतेले सार्वजनिक रुपमा पशुर्राम बस्नतले आफ्नो सम्पर्कर्म रहेको बताउँनुले कानुनी राज्यको उपहास भएको ठहर गर्दै यस घटनाको सम्बन्धमा आरोपित र कानुनको अपहेलना गर्ने सम्पूर्णलाई अविलम्ब गिरफ्तार गरि छानबिन गर्न र दोषीमाथि कडा कारबाही गरेर कानुनी राज्यको प्रत्याभूति गर्न नेपाल पत्रकार संघ हङकङले माग गरेको छ । जुन १५ तारिख अपरान्ह ज्ञापनपत्र बुझाउन हङकङका पत्रकारहरु हङकङस्थित नेपाली महावाणिज्यदूतावास पुगेका थिए । विरोध गर्न कालो पोसाकमा उपस्थित भएका हङकङका सम्पूर्ण पत्रकारहरुको तर्फबाट अध्यक्ष किसन राईले ज्ञापनपत्र महावाणिज्यदूत विनोदकुमार उपाध्यलाई हस्तान्तरण गरेका छन् । यसैबीच,, विराटनगरका पत्रकार खिलानाथ ढकाल लगायत मुलुकका विभिन्न स्थानमा पत्रकारमाथि भएको आक्रमणको बिरोध र दोषीलाई कारवाहीको माग गर्दै नेपाल पत्रकार महासंघले बुधबार देशभर धर्ना तथा प्रदर्शन गरेको छ । पत्रकार ढकालमाथिको आक्रमणका मुख्य योजनाकार भनिएका एमाले मोरङ जिल्लाका युथफोर्स अध्यक्ष पर्शुराम बस्नेतमाथि कारबाही नभएको भन्दै पत्रकारहरु उत्रिएका हुन् ।

संवैधानिक समितिबाट मस्यौदा तोडमोड

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानसभा अन्तर्गतको राज्य पुनर्संरचना तथा राज्य शक्तिको बाँडफाँड समितिका सभापति लोकेन्द्र विष्टले संबैधानिक समितिले अन्य समितिका मस्यौदा प्रतिवेदन तोडमोड गरेको बताउँदै समितिबाट बहुमतले पारित भएर आएका प्रतिवेदनलाई तोडफोड गर्ने हैसियत संवैधानिक समितिसँग नभएको बताएका छन् । संविधानसभा सचिवालय सिंहदरबारमा सञ्चारकर्मीहरु कुरा गर्दै उनले विषयगत समितिका मस्यौदा प्रतिवेदनलाई तोडमोड गरेर संविधानको एकीकृत मस्यौदा तयार गर्नेमात्र संवैधानिक समितिको जिम्मेवारी भएको बताए । राज्य पुनर्संरचना समितिबाट प्रस्तावित १४ प्रदेशको प्रस्तावमा थोरै तलमाथि गर्ने हैसियत संविधानसभाको पूर्ण बैठक वा जनतासामु मात्र भएको बताउँदै समिति सभापति विष्टले समितिबाट पारित भएर आएका प्रतिवेदनलाई तोफाडे गर्ने हैसियत संवैधानिक समितिसँग नभएको दाबि गरे ।१४ प्रदेशको प्रस्तावलाई पहिलो मस्यौदामा समावेश गरेर जनताको राय सुझावका आधारमा परिमार्जन गर्नु राम्रो हुने सभापति विष्टको भनाई छ ।

Jun 14, 2011

बिश्वब्यापी अडियो कविता प्रतियोगिताको समयावधि २ हप्ता थपियो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
ब्रुनाई, बिश्व नेपाली साहित्य महासंघद्वारा आयोजित बिश्वब्यापी अडियो कविता प्रतियोगितामा सहभागी हुनका लागि कविता आईपुग्नुपर्ने अन्तिम मिति यहि जेठ २९ जुन १२ सम्म सम्म राखिएकोमा प्रतियोगितामा सहभागीताका लागि सबैतिरबाट अत्यन्त उत्साह र चासो देखिएकोले सकेसम्म धेरै सहभागिहरुलाई समेट्न सकियोस् भन्ने उद्देश्यले अडियो कविता आईपुग्नुपर्ने अन्तिम मिति २ हप्ताको लागि लागि थप गरिएको छ ।
महासंघको शुक्रबार साँझ बसेको ई-बैठकले २ हप्ताको लागि समयावधि बढाउने निर्णय गरेको हो । प्रतियोगितामा सहभागी हुनका लागि सबैतिरबाट अत्यन्त उत्साह देखिएको छ तर समयको अभाव देखिएकोले ती सबैलाई समेट्न म्याद थप गरेका छौं- महासंघका एक सदस्यले भने । हाल सम्म ७ दर्जन नेपाली भाषाको अडियो कविताहरु विश्वका विभिन्न मुलुकहरुबाट प्राप्त भएको साथै राई बान्तावा तामाङ र अग्रेजी भाषाका कविताहरु पनि अडियोमा प्राप्त भएका छन् । २ हप्ता म्याद थपिएअनुसार बिश्वब्यापी अडियो कविता प्रतियोगितामा भाग लिनका लागि आउँदो असार ११ गते तदनुसार जुन २५ तारिख शनिबार सम्म कविता आईपुग्नुपर्ने महासंघले जनाएको छ । सहभागि बन्न इच्छुकले gfnl@ymail.com र 00673 8893020 मा मोबाइल म्यासेज वा फोन सम्पर्क गर्न आग्रह गरेको छ । कवितालाई अडियोमा बनाउन नसक्नेको लागि आयोजकले शिधै सहयोग गर्नेपनि भनिएको छ । विस्तृत जानकारीको लागि महासङ्घको वेवसाइट www.gfnl.org हेर्न भनिएको छ । यस प्रतियोगितामा विजयी प्रथम, दोस्रो र तेस्रोले पुरस्कार क्रमश नगद रु २० हजार, १० हजार र ५ हजार प्राप्त गर्नेछ । महासंघले कविता बिधाका बिज्ञ ब्यक्तिहरु रहेको महिला, पुरुष, प्रवास र घरदेशको मिलाएर समावेसी ४ सदस्यीय निर्णायकहरु नियुक्त गर्ने निर्णय पनि गरेको छ । स्मरण रहोस, यस प्रतियोगिताको सह-आयोजक प्रवासी नेपाली साहित्य समाजले गतबर्ष विश्वब्यापी खुल्ला अडियो गजल प्रतियोगिता सम्पन्न गरेको थियो । उक्त प्रतियोगितामा विभिन्न मुलकहरुबाट १ सय ७७ वटा गजलहरुको सहभागिता थियो ।

साइबर जाने ? परिचयपत्र बोक्न नभुल्नु होला

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेष्ठ ३१ - इन्टरनेट चलाउन साइबर क्याफे वा सूचना केन्द्र जाने गर्नुहुन्छ ? त्यस्तो हो भने अबदेखि आफ्नो परिचयपत्र बोक्न नभुल्नु होला । नत्र तपाईं इन्टरनेट चलाउन पाउनु हुनेछैन । नियामक निकाय दूरसञ्चार प्राधिकरणले तीन महिनाभित्र साइबर क्याफे वा सूचना केन्द्रलाई ग्राहकको परिचयपत्र हेरेर मात्र चलाउन दिन पाउने व्यवस्था गरेको छ । परिचयपत्र हेर्न र ग्राहकको सम्पूर्ण जानकारी राख्ने व्यवस्था लागू गर्न प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ । 'साइबर क्याफे व्यवस्थापन गर्न ल्याइएको यो प्रावधानपछि यसअघि सेवा प्रदायक र साइबर क्याफेबीच जस्तोसुकै सम्झौता भए पनि त्यो खारेज भई नयाँ व्यवस्था लागू हुनेछ,' प्राधिकरणका प्रवक्ता कैलाशप्रसाद न्यौपानेले भने । उनका अनुसार क्याफे जानेले नागरिकता, सवारी चालक अनुमतिपत्र वा विद्यार्थी परिचयपत्र देखाउनु पर्नेछ । परिचयपत्रका आधारमा क्याफेले इन्टरनेट चलाउने ग्राहकको विवरण राख्नु पर्नेछ । विदेशी नागरिकले साइबर क्याफेबाट इन्टरनेट चलाउन पासपोर्ट देखाउनुपर्ने उनले बताए । 'तीन महिनाभित्र यो व्यवस्था लागू गरिसक्नुपर्छ,' न्यौपानेले भने, 'त्यसभित्र पनि परिचयपत्र र ग्राहकको सम्पूर्ण लगत राख्ने व्यवस्था लागू नगरी क्याफे तथा केन्द्रले सेवा दिएको पाए कारबाही हुनेछ ।' साइबर क्याफेबाट धेरै आपराधिक घटना हुने गरेको तर अपराधी पत्ता लगाउन कठिन भएकाले यो व्यवस्था गरिएको उनले बताए । परिचयपत्र हेरेपछि त्यस आधारमा ग्राहकको सम्पूर्ण व्यक्तिगत जानकारी राख्नुपर्छ । 'व्यक्तिगत जानकारी साथै कुन समयमा साइबरमा पसेको, कति समय इन्टरनेट चलायो र कुन कम्प्युटरबाट चलाएको हो सम्पूर्ण विवरण राख्नुपर्छ,' उनले भने, 'साइबरबाट आपराधिक क्रियाकलाप बढेकाले यस्तो व्यवस्था गरेका हौं ।'

नेपाल बारुदी सुरुङमुक्त भएकोमा बेलायतद्वारा स्वागत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेष्ठ ३१ - बेलायती सरकारले नेपाल बारुदी सुरुङमुक्त देश बनेकोमा बधाइ दिएको छ । नेपालको यस अभियानमा बेलायतले करिव ५८ करोड (५ मिलियन पाउण्ड) रुपैयाँ सहयोग गरेको थियो । फुलचोकीको अन्तिम माइन क्षेत्र हटाएपछि मुलुक मंगलबारदेखि औपचारिक रुपमा बरुदी सुरुङ मुक्त क्षत्रे घोषणा भएको हो । बेलायती दूतावासले जारी गरेको बिज्ञप्तिमा बेलायती बिदेशमन्त्री जेरिमी ब्राउन, डीएफआइडी मन्त्री एलेन डङ्कन र रक्षा मन्त्री अन्ड्रु रोवदनले उक्त घोषणाको स्वागत गर्दै बधाइ दिएको जनाएको छ । 'म यो उल्लेख्नीय प्राप्तिमा नेपाललाई बधाइ दिन चाहन्छु र यस कार्यमा संलग्न सहासीहरुलाई धन्यवाद दिन चाहन्छु । साथै नेपाली भूमी र यहाँको जनताको जीवनमा यस प्रकारको त्रासद हतियारलाई कहिल्यै प्रयोग नगर्नका लागि यो सफलतालाई ओटावा महासन्धीमा प्रवेश गर्ने अवसरको रुपमा लिनको लागि आह्वान गर्दछु' विदेशमन्त्री जेरिमीले भनेका छन् । डीएफआइडी मन्त्री एलनले यसलाई बेलायती सहयोगको राम्रो सदुपयोग भनेका छन् । उनले नेपाली जनता कुनै मृत्यु वा खतरानाक घाउचोट लाग्ने डर बिना नै हिड्न सकिने र किसानहरुले आफ्नो जमिन कुनै डरत्रास जोत्न पाउने अबस्था आएको समेत उल्लेख गरेका छन् । रक्षामन्त्री रोवदनले भने नेपालले पाएको यो सफलता शान्ति प्रकृयामा रहेका अन्य मुलुकहरुको लागि उदाहरण बनेको बताएका छन् । 'बेलायत एक प्रमुख अन्तरराष्ट्रिय सहयोगीको रुपमा यो अभियानमा लामोसमयदेखि सहभागी थियो' उनले भनेका छन् । माओवादीहरु शान्ति प्रकृयामा आएपछि मात्र युद्धका बेला नेपाली सेना र माओवादीले थापेका बारुदी धरापहरुमा परि करि ३ सय जनाले ज्यान गुमाएको बताइन्छ ।

एक अधिकृतसहित ३७ सैनिकलाई कारवाही, २३ जना बरखास्त

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेष्ठ ३१ - तीन महिनाअघि म्याग्दीस्थित ब्यारेकमा भएको घट्ना सम्बन्धमा छानविन पछि नेपाली सेनाले २३ जनालाई बर्खास्त गर्नुका साथै एक अधिकृतसहित केहीलाई घटुवा, बढुवा रोक्का तथा ग्रेट रोक्का गरेको छ । गत चैत्र १४ गते म्याग्दी जिल्लास्थित ईन्द्रबक्स गणका सिपाही राम बहादुर चौधरी दैनिक शारीरिक व्यायामका दौरान मृत्यु भएको थियो । उनको मृत्यु पछि उक्त शारिरीक ब्यायम गराउँदै गरेका सेनानी अरुण बहादुर सिंहको लापरवाहीका कारण मृत्यु भएको भन्दै उनलाई हातपात गरिएको थियो । सैनिक जनसम्पर्क निर्देशनालयदले मंगलबार बिज्ञप्ति जारी गरि घट्नाको छानविन गर्न सेनाको पश्चिम पृतनापति नरबहादुर कँडेलको अध्यक्षतामा गठित समरी जनरल अदालतको फैसला सार्वजनिक गरेको हो । उक्त घट्नामा सेनानी सिंहलाई समेत दोषी ठह्याइ दुई बर्ष बढुवा रोक्का गरिएको छ ।

कारवाहीमा पर्नेको नामावली:

तीन बर्ष कैदा तथा बरखास्त
१. प्यूठ टेक बहादुर कुमाल

दुई बर्ष कैद तथा बरखास्त
२. अमल्दार विजय कुमार यादव
३. अमल्दार राजेश प्रसाद यादव
४. अमल्दार राजेश यादव
५. प्यूठ प्रदिप पोखरेल
६. सिपाही निरज भट्ट
७. सिपाही मिन नाथ

एक बर्ष कैद तथा बरखास्त
८. अमल्दार सविन थुयाजु
९. अमल्दार सुमन अधिकारी
१०. प्यूठ टेक बहादुर भुजेल
११. प्यूठ देव नारायण चौधरी
१२. प्यूठ रामेश्वर चौधरी
१३. सिपाही बिष्णु प्रसाद कोईराला
१४. सिपाही लोक बहादुर श्रेष्ठ

९ महिना कैद तथा बरखास्त
१५. प्यूठ सुरेश राय यादव
१६. सिपाही रामु राय यादव

बरखास्त
१७. अमल्दार अजय थापा
१८. प्यूठ समिन गुरुङ्ग
१९. प्यूठ राज कुमार महतो
२०. सिपाही मदन बहादुर शाही
२१. सिपाही रमेश भुसाल
२२. सिपाही देव कुमार सिंह दनुवार
२३. सिपाही गोविन्द बहादुर बिष्टलाई

दर्जा घटुवा
२४. हुद्दा राधेश्याम डगौरा थारु
२५. अमल्दार सिताराम तामाङ्ग
२६. प्यूठ कमल श्रेष्ठ
२७. प्यूठ राम आशिष महतो
२८. प्यूठ सिकिन्दर राउत कुर्मी

दुई बर्ष बढुवा रोक्का
२९. सेनानी अरुण बहादुर सिंह
३०. सिपाही जित बहादुर खत्री
३१. सिपाही शरण थापा
३२. सिपाही दिपक घिमिरे
३४. सिपाही लवराज साउद
३५. सिपाही लाल बहादुर डाँगी
३६. सिपाही सहदेव आचार्य
३७. सिपाही उमेश खड्का

पत्रकार कुट्ने प्रमुख योजनाकारलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विराटनगर, जेष्ठ ३१ - विराटनगरका पत्रकार खिलानाथ ढकालमाथि आक्रमण गर्ने योजनाकारलाई प्रहरी प्रशासनले अहिलेसम्म पक्राउ नगरेको विरोधमा मंगलबार निस्किएको बृहत् र्‍यालीले जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि धर्ना दिएको छ । स्थानीय सन्सारीमाई स्थानबाट निस्किएको सो र्‍यालीमा विभिन्न राजनीतिक पार्टी, विद्यार्थी सङ्गठन, सञ्चारकर्मी, सर्वसाधारणको उल्लेखनीय सहभागिता थियो । जेठ २२ गते राति पत्रकार ढकाललाई मरणासन्न हुनेगरी भएको आक्रमणका प्रमुख योजनाकार भनिएका युथफोर्स मोरङका अध्यक्ष पर्शुराम बस्नेतलाई प्रहरीले अहिलेसम्म पक्राउ नगर्दा चौतर्फी दबाब बढ्न थालेको छ ।
घटनामा संलग्न अर्जुन राई र रोहित कोइरालालाई प्रहरीले पक्राउ गरे पनि युथफोर्सका बस्नेत भने अझै फरार छन् । राजधानीमा एमालेको भातृ संगठन युवा संघका अध्यक्ष महेश बस्नेतले परशुराम आफुसंग भएको भन्दै पक्राउ गर्न प्रहरीलाई चुनौती दिएको भोलीपल्ट बिराटनगरमा पक्राउ गर्न दवाव दिंदै विरोध प्रदर्शन भएको हो । र्‍याली पछिको कोणसभामा नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य केदार कार्की, वाइसियल मोरङका इन्चार्ज अर्जुन क्रृषिदेव, तरुण दल मोरङका सभापति वाकराज कोइराला, युवा फोरम नेपाल मोरङका अध्यक्ष मोहमद फैयाज, तमलोपाका मोहमद नसरुल, अखिल क्रान्तिकारीका शर्मिला दाहाल र अनेरास्ववियुका प्रेमराज भारतीले घटनाको निन्दा गर्दै अपराधीलाई अविलम्ब पक्राउ गर्न माग गरेका थिए ।

Jun 13, 2011

असार पाँच गतेभित्र विशेष समितिको बैठक मोडालिटि पुर्नस्थापनामा पुग्ने निष्कर्ष

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सेना समायोजन विशेष समितिको बैठकले आगामी असार पाँच गतेभित्र समायोजनको मोडालिटी, संख्या, मापदण्ड, तह, पुर्नस्थापनाका प्याकेज टुङ्गोमा पुर्‍याउने निष्कर्ष निकालेको छ । नयाँ बानेश्वरस्थित समितिको सचिवालयमा बसेको बैठकले आगामी असार पाँच गतेभित्र कार्यतालिका अनुसार समायोजनको मोडालिटि संख्या मापदण्ड र पुर्नस्थापनामा पुग्ने निष्कर्ष निकालेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारका मुख्य सचिव माधव घिमिरेले सेना समायोजनको मापदण्ड, संख्या मोडालिटि र पुर्नस्थापनाको प्याकेजमा छलफल भएको जानकारी दिनुभयो । यस्तै माओवादी लडाकुको शिविर अनुगमका लागि खटिएका एक सय पचास कर्मचारी शिविरका लागि प्रस्थान गरेका छन् । विशेष समितिको सचिवालयबाट एकै साथ भौतिक र आवश्यक पूर्वाधार सहित कर्मचारीहरु अनुगमनका लागि देशभर रहेका लडाकु शिविरतर्फ लागेका हुन् ।

सुडान घोटालामा मुछिएका तल्ला तहका प्रहरीको राजनीतिक भेटघाट सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अहिले सम्मकै ठुलो भ्रष्टाचार मुद्दा सुडान घोटालामा मुछिएका तल्ला तहका प्रहरी अधिकृतहरुले राजनीतिक भेटघाट सुरु गरेका छन् । घोटालामा दोषी रहेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दायर गरिएका २० तल्ला अधिकृतले आज व्यवस्थापिका संसद् अन्तर्गतको राज्य व्यवस्था समितिका सभापति रामनाथ ढकाललाई भेटेका हुन् । ढकालसँगको भेटमा उनीहरुले आफूहरुमाथि बिनाकारण अभियोग लगाइएको भन्दै घटना छानविन गरी सत्यतथ्य बाहिर ल्याउन आग्रह गरेका थिए । खरिद समितिको बैठकमा सहभागी भएर उपश्थितिमा हस्ताक्षर गरेकै कारण भ्रष्टाचार मुद्धा लगाइएको भन्दै उनीहरुले आफूहरुमाथि अन्याय भएको गुनासो सभापति ढकालसँग गरेका छन् । प्रहरी अधिकृतहरु र सभापति ढकालबीच सिंहदरवारस्थित समितिको कार्यालयमा करिब एक घण्टा छलफल भएको थियो । भेटपछि सभापति ढकालले प्रहरी अधिकृतहरुले आफूहरुमाथि अन्याय भएको गुनासो गरेपनि मुद्धा फिर्ताको विषयमा भने दबाब नदिएको जानकारी दिनुभयो । यसअघि उनीहरुले पूर्व प्रहरी महानिरीक्षकहरु ओमविक्रम राणा, हेमबहादुर गुरुङ् र रमेशचन्द ठकुरीलाई भेटी आफूहरु अन्यायमा परेको गुनासो पोखेका थिए ।

पत्रकार ढकाललाई आक्रमण गर्ने अर्का अभियुक्त पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विराटनगर, जेष्ठ ३० - पत्रकार खिलानाथ ढकालमाथि आक्रमणमा संलग्नमध्येका युथफोर्सका सदस्य मनोज राईलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । उनलाई प्रहरीले महेन्द्र मोरङ क्याम्पसनजिकैबाट बिहान पक्राउ गरेको हो । मोरङ प्रहरीका अनुसार राईलाई हिरासतमा राखेर अनुसन्धान थालिएको छ । यसअघि गत जेठ २२ गते घटना भएकै राति प्रहरीले आक्रमणमा संलग्न रोहित कोइरालालाई पक्राउ गरेको थियो । ठेक्कापट्टाको विषयमा भएको विवादपछि कृष्ण यादवको हत्या भएको घटनाका अभियुक्त अभिषेक गिरीलाई मुद्दाको पेसीका लागि मोरङ जिल्ला अदालत लैजाने क्रममा युथफोर्स कार्यकर्ताले अदालत हाताभित्रै आक्रमण गरेको सम्बन्धी समाचार लेखेको भन्दै पत्रकार ढकालमाथि सांघातिक आक्रमण भएको थियो । घटनाका मुख्य दोषी भनिएका युथफोर्स मोरङ अध्यक्ष पर्शुराम बस्नेत भने अझै 'फेला नपरेको' प्रहरीले जनाउँदै आएको छ । पत्रकार आक्रमणमा संलग्न रहेको र निर्देशन दिएको भन्दै नेपाल पत्रकार महासंघ मोरङ शाखाले प्रहरीमा ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएको छ । दोषी सबैलाई पक्राउ गरी कानुनी कारबाही गर्न दबाब दिंदै घटनाको भोलिपल्टैदेखि महासंघले दिनहुँ धर्ना, प्रदर्शन, सभालगायत आन्दोलन गर्दैआएको छ । महासंघले घटनामा संलग्नलाई पक्राउ गरी कारवाही गर्न दवाब दिन देशव्यापी आन्दोलन सुरु गरेको छ ।

पछिल्लो सात बर्षमा नेपालमा गरिबी १० प्रतिशतले घटेको

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पछिल्लो सात बर्षमा नेपालमा गरिबी १० प्रतिशतले घटेको देखिएको छ । केन्द्रीय तथ्यांक विभागले विश्व बैंकको सहयोगमा तयार पारेको जीवनस्तर मापन सर्वेक्षणले गरिबी घटेको देखाएको हो । नेपाल र बंगलादेश हेर्ने विश्व बैंककी देशीय निर्देशक एलिसन गोलिस्टिनको र वासिंङ्टनबाट यो क्षेत्र हेर्ने प्रमुख आन्द्रियास होरावीको परिचय कार्यक्रममा नेपालस्थित निर्देशक सुसन गोल्डमार्कले अर्थमन्त्रालयका अधिकारीहरुलाई उक्त जानकारी गराउनुभएको हो । विश्व बैंकको यो सर्वेक्षण तयार पार्न सबैभन्दा बढी सहयोग गर्ने निकाय हो । भेटमा सहभागी मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार केशव आचार्यले अन्तिम नतिजा नबताए पनि नेपालको लक्ष्यअनुसार गरिबी घटेको जानकारी पाएको बताउनुभयो । नेपाललेयस बर्षको अन्त्यसम्ममा गरिबी २१ प्रतिशतमा झार्ने लक्ष्य लिएको थियो । सन् २००४ मा गरिएको सर्वेक्षणमा नेपालको गरिबी ४२ प्रतिशतबाट घटेर ३१ प्रतिशतमा झरेको थियो ।

Jun 11, 2011

रसिक र जेलभित्रका बमजनलाई प्रवासी पुरस्कार तथा सम्मान घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/विश्वास दीप तिगेला
गत ३ जुन २०११ का दिन सेरिया, ब्रुनाईमा सम्पन्न प्रवासी नेपाली साहित्य समाजको बैठकले 'प्रवासी प्रभात पुरस्कार २०६७' वरिष्ठ साहित्यकार गणेश रसिक (भोजपुर, हाल इलाम) लाई प्रदान गर्ने निर्णय गर्यो । रसिक नाम नेपाली साहित्य र सङ्गीतको क्षेत्रमा आफैमा पूर्ण परिचय हो । लेकाली समूहका संस्थापक रसिकका दुई कथा सङ्ग्रह- क्षितिजलाई छुन खोज्दा २०२४, एउटा साराङ्गीभित्र २०२८, रसिकका गीत सङ्ग्रह २०४५ र पछिल्लो कृति निबन्ध सङ्ग्रह 'दशगजामा उभिएर २०६३' गीति एल्बम 'अन्तराल' लगायत रेडियोमार्फत् वहाको लोकप्रिय लोकगीतहरु पनि सुन्न पाइन्छ । त्यस्तैगरी समाजमा महत्वपूर्ण योगदान पुर्याउनु भएबापत गोर्खा विकास बैंकका पूर्व अध्यक्ष डी. बी. बमजनलाई 'प्रवासी सम्मान २०६७' प्रदान गर्ने निर्णय गर्यो । बमजनले लामो समय बेलायती गोर्खा सेनामा रही अनुशासन, इमान्दारिता र बफादारिता सिकेर समाजका लागि उपयोग गर्दै आउनु भएको छ । हाल वमजनलाई बैकको बिषयमा नेपाल सरकारले जेलमा राखेको छ । साहित्य समाजले गत वर्ष साहित्यकार कृष्ण धरावासीलाई प्रभात पुरस्कार र निर्देशक तथा नायक गोरे गुरुङ (बेलायत) लाई सम्मान गरेको थियो । स्थापनाकालदेखि नै समाजले प्रत्येक वर्ष पुरस्कार र सम्मान प्रदान गर्दै आएको छ । पुरस्कृत व्यक्तिले नगद रु. १५ हजार रुपैयाँ र प्रमाण-पत्र प्राप्त गर्नेछ र सम्मानित व्यक्तिले ताम्रपत्र सहित सम्मान प्राप्त गर्नेछ । पुरस्कार तथा सम्मान समर्पण कार्यक्रम केही हप्ताभित्र काठमाडौंमा आयोजना गरिने कुरा समाजको विज्ञप्तिमा जनाइएको छ । नेपाली साहित्य र नेपाली प्रतिष्ठाको लागि सन् २००१ मा स्थापना भई बेलायत/ब्रुनाईमा क्रियाशिल समाजले प्रत्येक वर्ष उत्कृष्ट एक स्रष्टा छनौट गरी प्रभात पुरस्कार प्रदान गर्दछ । साथै, समाजमा महत्वपूर्ण योगदान पुर्याउनु हुने एक व्यक्तिको छनौट गरी सम्मान गर्दै आएको छ ।

दाहाल र वैद्य पक्षीय कार्यकर्ताको छुट्टाछुट्टै भेला

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेष्ठ २८ - माओवादी नेताहरुको दोहोरो सुरक्षा हटाउने निर्णयमा विभाजित अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष मोहन वैद्य पक्षीय कार्यकर्ताहरुले राजधानीमा छुट्टाछुट्टै भेला गरेका छन् । दाहाल पक्षीय कार्यकर्ताहरुले ललितपुरको पुल्चोकस्थित कृषि विभाग कार्यालयमा र वैद्य पक्षीय कार्यकर्ताहरुले स्वयंभूस्थित आनन्दकुटी विद्यालयमा भेला गरेका छन् । दुवै भेलामा आफूपक्षीय केन्द्रीय नेताहरु सहभागी थिए । दाहाल पक्षीय बुद्धिजिविको भनिएको भेलामा दुई सयभन्दा बढी कार्यकर्ता सहभागी थिए । भेलापछि माओवादी सचिव पोष्टबहादुर बोगटीले शान्ति र संविधानमा पार्टीले लिएको कार्यनीति कार्यान्वयनबारे छलफल भएको जानकारी दिए । उनले कुनै गुटकोमात्र भेला नभएको दाबी गरे । बिहान १० बजेदेखि दुई घण्टा चलेको भेलामा काठमाडौं क्षेत्र नम्वर २ का सभासद् झक्कुप्रसाद सुवेदीलगायत नेता सहभागी थिए ।
यसैगरी वैद्य पक्षीय कार्यकर्ताहरुले पनि शनिबार नै स्वयंभूस्थित आनन्दकुटी विद्यालयमा भेला गरेका छन् । पार्टी र जनवर्गीय गरी करिव तीन सय कार्यकर्ता सहभागी भएको भनिएको भेलामा नेताहरु देवप्रसाद गुरुङ, नेत्रविक्रम चन्दलगायतका नेता सहभागी थिए । भेलामा सहभागीहरुले संस्थापन पक्ष क्रान्तिबाट विमुख हुन खोजेको भन्दै लिगमै ल्याउन आग्रह गरेको एक सहभागीले ई-कान्तिपुरसित भने । नेताहरुले भने पार्टी फुट्ने हल्लामा सत्यता नभएको जिकिर गर्दै क्रान्तिकारी बाटो नछाड्ने दृढता व्यक्त गरेका थिए । माओवादीमा दाहाल र वैद्यसँगै अर्का उपाध्यक्ष बाबुराम भट्टराईले आफ्नो गुटको भेला तीब्र पारेका छन् । दुई दिनअघि गोरखामा त्यसक्षेत्रका भट्टराई पक्षधर कार्यकर्ताहरुको भेला भएको थियो ।

महेन्द्र लावती प्राफेसरमा बढुवा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेष्ठ २८ - एशोसिएट प्रोफेसर महेन्द्र लावती अमेरिकाको वेस्र्टन मिचिगन युनिभरसिटीमा प्राध्यापकमा बढुवा भएका छन् । त्यहांस्थित राजनीतिक विभागमा कार्यरत प्राध्यपक लावती विगत तीन वर्षदेखि एशोसिएट प्रोफेसफरको रुपमा प्राध्पापन गर्दै आएका थिए । लावतीले विभिन्न पुस्तक प्रकाशित र अनुसन्धानमा पुरस्कार प्राप्त गरेका छन् । उनी दी काठमाण्डू पोष्टका स्तम्भकार पनि हुन् ।

बच्चाबच्ची जन्मेकै हुदैनन् तर विवाहको टुङ्गो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बाजुरा, जेष्ठ २८ - बच्चाबच्ची जन्मेकै हु'दैनन् तर विवाहको टुङ्गो लागिसक्छ । १० वर्ष उमेर नपुग्दै उनीहरूको औपचारिक विवाह हुन्छ । बाजुराको विकट बिच्छ्या' गाविसको गुम्बा गाउ'मा अझै पनि गर्भमा छ'दै विवाह छिनिन्छ । गाउ'मा कुनै महिलाको गर्भ रहेको केही महिनामै तिनका परिवारले त्यस्तै अर्की महिलाको गर्भमा रहेको शिशुबीच विवाहको छिनोफानो गर्छन् । त्यहा'का लागि अनिवार्य र स्वाभाविक मानिने यो चलन गुम्बावासीको मौलिक परम्परा हो । पेमा लामा भर्खर दस वर्षकी भइन् तर गएको मंसिर महिनामा उनको विवाह आफूभन्दा ६ वर्ष कान्छा गाउ'कै देवबहादुर लामास'ग भइसक्यो । पेमा र देवबहादुरको जस्तै उमेर समूहका चार जोडी यसै वर्ष विवाह बन्धनमा बा'धिए । दस वर्षअघि नै पेमा र देवबहादुरका बुबाले सम्धी साइनो गा'सिसकेका थिए । पेमाकी आमा पासाङले भनिन्, 'मेरो गर्भ रहेको केही महिनामै देवबहादुरका बुबास'ग कुरा पक्का गरेका थियौं ।'
सदरमुकाम मार्तडीदेखि ४० कोस टाढा रहेको यो गाउ'मा २४ परिवार छन् । अहिले यस गाउ'मा पा'च वर्षमुनिका बालबालिकाको संख्या ३५ छ । उनीहरूको कोस'ग बिहे हुने ? पक्का भइसकेको स्थानीय दोर्जे लामाले बताए । स्थानीयका अनुसार जनजाति समुदायका थापा, गुरुङ, लामा र कु'वरको बसोबास रहेको गुम्बामा फुपू र मामाका छोराछोरीबीचको विवाहलाई प्राथमिकता दिइन्छ । अभिभावकले नै नाबालक उमेरका बालबालिकाको विवाहलाई स्वाभाविक र अनिवार्य ठान्ने परम्परा भएपछि बालबालिकाहरूले त्यसमा नाइनास्ती गर्ने कुरै भएन । 'विवाह भएको कम्तीमा तीन वर्षसम्म बेहुलीले दुलहाको घरमा घरजम गर्नुपर्ने हुन्छ । त्यसपछि दुलही इच्छाअनुसार माइतीमा भेटघाट गर्न जान छुट पाउ'छिन्,', छिमेकी गाउ' देउसैनका धनबहादुर थापाले भने ।