News

Aug 31, 2011

बुद्धिकर्ण तथा काङसोरे संरक्षण प्रतिष्ठान गठन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
धरानर, गत १३ अगस्त ११ का दिन धरानमा भएको एक भेलाले बुद्धिकर्ण तथा काङसोरे संरक्षण प्रतिष्ठान गठन गरेको छ । पूर्व क्याप्टेन गजरधन तिगेला खेवाहाङको संयोजकत्वमा बसेको भेलाले लोकेन्द्र तिगेला खेवाहाङको अध्यक्षतामा ९ सदस्यीय समिति निर्माण गरेको छ । जसमा उपाध्यक्ष टेकराज तिगेला खेवाहाङ, सचिव कमल तिगेला खेवाहाङ, सहसचिव विश्वास दीप तिगेला खेवाहाङ, कोषाध्यक्ष गंगाहाँङ तिगेला खेवाहाङ र सदस्यहरु क्रमश शिव कुमार तिगेला खेवाहाङ, धनाहाङ तिगेला खेवाहाङ, मोहन तिगेला खेवाहाङ, कमलसिं तिगेला खेवाहाङ रहनु भएको छ । त्यस्तै गरी प्रतिष्ठानको संरक्षक माननीय हरिराज खेवाहाङ (तिगेला), प्रमुख सल्लाहकार गजरधन तिगेला खेवाहाङ, कानुनी सल्लाहकार अधिबक्ता उत्तरमान तिगेला खेवाहाङ रहनु भएको छ ।
बुद्धिकर्णको भग्नावशेष दरबारमा भेला भएर घोषणा गरिएको संरक्षण प्रतिष्ठानले तत्कालिन र दिर्घकालिन योजनाहरु तय गरेको छ । अन्य सहयोगी संघसंस्था, व्यक्ति, नेपाल सरकार संग मिलेर अघि बढ्ने, भग्नावशेष दरवार क्षेत्रको संरक्षण गर्ने र वीरयोद्धा काङसोरेको प्रतिमा निर्माण गर्ने लगायतको गुरुयोजना रहेको बताइएको छ । खेवाहाङ बंशावलीमा पर्ने बुद्धिकर्ण राय र काङसोरेको इतिहास संरक्षण तथा थप खोजअनुसन्धानको लागि प्रतिष्ठान निर्माण गरिएको हो । आज सम्म प्राप्त प्रमाणले बुद्धिकर्ण र काङसोर खेवाहाङ भएको पुष्टि भएको नवगठित प्रतिष्ठानका अध्यक्ष लोकेन्द्र तिगेला खेवाहाङले बताएका छन् । त्यसैगरी इतिहासको लामो अध्ययन अनुसन्धान पछि विश्वासयोग्य प्रमाणको आधारमा बुद्धिकर्ण तथा काङसोरे संरक्षण प्रतिष्ठान गठन गरिएको जानकारी ‘लिम्बुवानको भूमि एवं प्रथागत राजनीति तथा कानुनी ब्यवस्था’ सम्बन्धमा विद्याबारिधि गर्दैगर्नु भएका सचिव कमल तिगेला खेवाहाङले दिएका छन् ।

प्रधानमन्त्रीले सस्तो गाडी चढेपछि महंगा गाडीलाई चुनौती

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ १४- सस्तो गाडी चढेर पदबहाली गरेका प्रधानमन्त्री बाबुराम भट्टराईको पहिलो निर्देशन सुन्न मंगलबार सिंहदरवार पुगेका सचिवहरू आफूलाई पनि त्यस्तै सुझाव आउने सोचिरहेका थिए। महंगा गाडी चढ्नेमध्येका केहीले मुख्सचिव माधवप्रसाद घिमिरेसामु मुखै फोरे, 'हामीलाई महँगो चढ्न अप्ठेरो पर्‍यो, के गर्ने?' भट्टराईले चढेजत्तिको सस्तो गाडी सरकारी कार्यालयमा दुर्लभै भेटिन्छन् बजेट धेरै हुने र विकास आयोजनाहरू सम्हालेर बसेका मन्त्रालयका सचिवहरू चढ्ने गाडी मुख्यसचिवको भन्दा महँगो छ। मुख्यसचिव हुन्डाईको टेराकन एसयुभी चढ्छन्। सञ्चार, भौतिक योजना, अर्थ, वन, पर्यटन, शिक्षा, स्वास्थ्य, कृषि, स्थानीय विकास, श्रम तथा यातायात सचिवले चढ्ने गाडी विलासी र महँगा छन्। उनीहरूले प्रायः टोयोटाको प्राडो, ल्यान्डक्रुजर, जिप चढ्ने गरेका छन्। ऊर्जा र सञ्चार मन्त्रालयका अधिकारीले त विद्युत प्राधिकरण र टेलिकमका करोड रुपैयाँभन्दा बढी पर्ने जिप हड्प्ने गरेको उदाहरण छ। २० वर्षदेखि अधिकांश समय अत्याकर्षक मन्त्रालयमा मन्त्री रहेका नवनियुक्त उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदार समेत यसपालि महँगो गाडीमा खुट्टा राख्न हिच्किचाए। पहिलेका गृहमन्त्रीले प्रहरी प्रधान कार्यालयबाट मगाएर जापानी गाडी चढ्ने गरेका थिए। गच्छदार पनि विगतमा गाडीका सोखिनै हुन्। अहिले भने गृह मन्त्रालयले नियमअनुसार दिने टोयोटाको पुरानो कालो कारमै चित्त बुझाएका छन्। भन्सार सुविधामा लिएको टोयोटाको ल्यान्डक्रुजर उनीसँग छँदैछ।
गृह अधिकारीका अनुसार औपचारिक समारोहका लागि गृह मन्त्रालयले कालो कार उपलब्ध गराए पनि सबैजसो मन्त्रीले विभिन्न परियोजनाबाट डेढ करोड रुपैयाँसम्म पर्ने विलासी गाडी झिकाएर प्रयोग गर्थे। नयाँ मन्त्री आउनेबित्तिकै गाडी व्यवस्था गर्न मन्त्रालयलाई हम्मे पर्थ्यो। महँगा गाडीमा सयर गर्ने लोभ विगतका सबैजसो प्रधानमन्त्रीले देखाएकै छन्। पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई जस्तै निवर्तमान प्रधानमन्त्री झलनाथ खनाललाई पनि विदाइसँगै सरकारले चमेलिया आयोजनाको गाडी किनेर दिएको छ। मन्त्रिपरिषद्ले एक साताअघि मात्र एक करोड दुई लाख रुपैयाँमा गाडी किनेर खनाललाई दिएको हो। यो ऊर्जामन्त्री गोकर्ण विष्टले फिर्ता गरेकै गाडी हो। एमाले नेताहरू केपी शर्मा ओली र भीम रावल महंगा सरकारी सवारी प्रयोग गर्छन्। माधव नेपालको कार्यकालमा कृषिराज्यमन्त्री करिमा बेगमले राम्रो गाडी नपठाएको भन्दै पर्साका सिडिओलाई कुटपिट गरेकी थिइन्। त्यही सरकारमा खेलकुद सहायकमन्त्री रहेकी चन्दा चौधरीले गाडी बिग्रिएपछि सडकमै गाडीमाथि मुड्की बजारेर आक्रोस पोखेकी थिइन्।
सरकारी निकायका समान अधिकारीले पाउने सुविधाका गाडीको मूल्यमा धेरै गुणा फरक भएको महसुस गरी वर्षैपिच्छे मापदण्ड बनाइने गरेको छ। ती प्रतिवेदन त्यसै थन्किएका छन्। यसपालि फेरि त्यस्तै प्रतिवेदन बनाएर मन्त्रिपरिषद् पठाउने तयारी भइरहेको गृह मन्त्रालय स्रोतले जानकारी दियो। प्रस्तावित मापदण्डमा सचिवदेखि जिल्लाका हाकिमसम्मले उस्तै मूल्यका गाडी चढ्ने भनिएको छ। फिल्डका अधिकारीलाई 'फोर ह्विल' आवश्यक पर्ने हुँदा केही महँगो गाडी दिन प्रस्ताव गरिएको स्रोतले बतायो।

यस वर्षको मिस नेपाल मलिना जोशी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
यस वर्षको मिस नेपालको ताज मलिना जोशीले पहिरिएकी छन्। लक्स हिड्न ट्रेजरले आज रानधानीमा गरेको कार्यक्रममा जोशीलाई मिस नेपाल घोषणा गरिएको हो। गत वर्षकी मिस नेपाल सदिक्षा श्रेष्ठले नयाँ मिस नेपाल जोशीलाई ताज पहिर्‍याईदिएकी थिइन्। यस्तै फस्र्ट रनर अपको ताज अनुपमा गुरुङ्गले जितेकी छन् सरिना मास्के सेकेण्ड रनर अप भएकी छन्। मिस नेपालको इतिहासमा यस पटक थर्ड र फोर्थ रनर अप पनि घोषणा गरिएको छ। थर्ड र फोर्थ रनर अपको उपाधी क्रमशः मनिषा विष्ट र नेहा पौडेलले जितेका छन्।

नेकपा माले समाजवादी पार्टीका दुई जना सभाषद निष्कासित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेकपा माले समाजवादी पार्टीका दुई जना सभाषद निष्कासित भएको छन् । माले-समाजवादीले पार्टीका दुई सभासद यदुवंश झा र तीलकबहादुर थापालाई पार्टीबाट निष्कासन गरेको हो । पार्टीहित विपरीत काम गरेका कारण गत बैशाख २५ गते निलम्बनमा परेका सभासदद्वयलाई साउन २७ र २८ गते दल त्याग ऐन अनुसार १५ दिने स्पष्टिकरण सोधिएकोमा सम्पर्कमा नआएकोले पार्टी र सभासदबाटै हटाउने निर्णय गरिएको जनाइएको छ । पत्रकार सम्मलेन गरेर पार्टीको ८२ प्रतिशत केन्द्रीय सदस्यको दुई तिहाई भन्दा बढी बहुमतले कारबाही गरेको सभाषदहरुले नै पत्राचार गरिरहेको भन्दै त्यसप्रति चनाखो रहन पनि आग्रह गरेको छ ।

लडाकुहरु बिहीबारदेखि विशेष समिति मातहत ल्याइने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भाद्र १४ - माओवादी लडाकुहरुका शिविर तथा कन्टेनर बिहीबारदेखि विशेष समिति मातहत ल्याइने भएको छ । सेना समायोजन विशेष समितिको बुधबार बसेको बैठकले लडाकुहरुका शिविर तथा कन्टेनरका साँचो बिहीबार अनुगमनकर्तामार्फत विशेष समितिलाई बुझाउने निर्णय गरेको हो । बाबुराम भट्टराई प्रधानमन्त्री निर्वाचित भएपछि विशेष समितिको बैठक बसेको हो । बुधबार प्रधानमन्त्री भट्टराईको आहृवानमा बसेको प्रमुख तीन दलको बैठकमा माओवादीले लडाकुका हतियार रहेको कन्टेनरको साँचो सरकारलाई बुझाउन सहमति जनाएको थियो ।

पूर्वका जिल्लामा बन्द फिर्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
इटहरी, भदौ १४- संघीय लिम्बुवान राज्य परिषद सन्जुहाङ् पालुङवा समूहले आह्वान गरेको बन्द फिर्ता भएको छ। बन्द फिर्ता भएपछि आज बिहानैदेखि पूर्वका जिल्लामा यातायात सुचारु भएको छ। झापा बिर्तामोडमा गएराति सरकारका तर्फबाट पूर्वाञ्चल क्षेत्रीय प्रशासक धरणीधर खतिवडा नेतृत्वको टोली र संघिय लिम्बूवान राज्य परिषद्का पदाधिकारीबीच भएको वार्तामा ५ बुँदे सहमति भएपछि बन्द फिर्ता भएको हो। वार्तामा सरकारसँग २०६४ चैत ६ गते भएको सहमति कार्यान्वयन गर्ने र अरुणपूर्वका नौ जिल्लालाई लिम्बुवान राज्य सुनिश्चित गर्न असोज ९ गते सरकारसँग पुनः वार्ता गर्ने सहमति भएको परिषदका महासचिब खेसेहाङ खजुमले जानकारी दिए। यसैगरी, थपिएको म्यादभित्र संविधान जारी गर्नुपर्ने, भ्रष्टचार, महंगी नियन्त्रण गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्र तथा धर्मनिरपेक्षता कायम गर्ने सहमति भएको छ। तोकिएको समयमा संविधान जारी गर्न, संविधान मार्फत लिम्बुवान राज्य सुनिश्चित गर्न, शान्ति-सुरक्षा कायम गर्न माग राखेर पालुङ्वा समुहले सोमबारदेखि तीन दिने बन्द आह्वान गरेको थियो। बन्दले गर्दा दुई दिनसम्म पूर्वको जनजीवन कष्टकर भएको थियो।

Aug 30, 2011

चुम्लुङ कोरिया सशक्त बन्दै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/देबेन्द्र सम्बाहाम्फे /कोरिया
किराँत याक्थुङ चुम्लुङ दक्षिण कोरियाको सातौं कार्य समितिको पहिलो बैठकले विभिन्न पदहरू मनोनयन गर्नुका साथै पाँच सदस्यीय सचिबालय समिति गठन गरेको छ |चुमलुङ कोरियाका अध्यक्ष नन्द काम्बाङ्(मिराप)ले दिएको जानकारी अनुसार गत आइतबार आफ्नै कार्यलय ओसान नगरमा सम्पन्न बैठकले सल्लाहाकारहरुमा डि.बि.थेबे,रण बहादुर परा,याम सेर्मा नरेन्द्र चेम्जोङ्लाई र रिक्त महिला सदस्यमा चन्द्रकला थापामगर(लिम्बु)लाई मनोनयन गरेको छ। बैठकमा अध्यक्ष नन्द काम्बाङ्को(मिराप) संयोजकत्वमा पाँच सदस्यीय सचिवालय समिती पनि गठन गरिएको छ समितीमा दिलकुमार लक्सम, मिक्सेन कुरुम्बाङ्, प्रकाश लिङ्देन र ठगिन्द्र फ्याक सदस्यको रूपमा रहने छन् |सो बैठकले आगामी चासोक तङनाम भब्य रुपले मनाउने निर्यण पनि गरेको छ ।

भोलिदेखि माओवादी लडाकुको पुनःवर्गीकरण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ १३- प्रधानमन्त्री बाबुराम भट्टराईले भोलिदेखि माओवादी लडाकुको पुनः वर्गीकरण प्रारम्भ गरिने बताएका छन्। पाँचबुँदे सहमति कार्यान्वयन, अनुगमन विशेष समितिको बैठकमा प्रधानमन्त्री भट्टराईले यस्तो जानकारी गराएको समितिका सदस्य एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले बताए। प्रधानमन्त्रीले सेना समायोजन विशेष समितिमा हेरफेर भएपछि उक्त समितिको निर्णयअनुसार लडाकुहरुको सङ्ख्या निर्धारण, मापदण्ड र प्रारुप प्याकेजमा टुङ्गो लगाइने बैठकलाई जानकारी दिएका छन्। गत जेठ १४ गते संविधान सभाको म्याद थप्ने क्रममा प्रमुख तीन दलबीच भएको पाँच बुँदे सहमति कार्यान्वयनका लागि अनुगमन गर्न सभामुख सुवास नेम्वाङको संयोजकत्वमा संसदमा रहेका दलहरुको प्रतिनिधित्व गरी सो निर्णय समिति गठन गरिएको थियो।
सो समितिले आफ्नो कामको समीक्षा गर्दै समिति आज अन्तिम बैठक बसेको हो। समितिको म्याद यही भदौ १४ गतेसम्म तोकिएको थियो। बैठकमा सदस्यहरुले शान्ति प्रक्रियाको अनुगमनका लागि संसदबाट संसदीय अनुगमन समिति गठन गर्नुपर्ने सुझाव राखेको थियो।

ठमेलमा अपहरणकारी र प्रहरीबीच गोली हानाहन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भाद्र १३ - ठमेलस्थित एक होटलमा राखिएको अपहरितलाई मुक्त गराउने क्रममा मंगलबार दिउँसो प्रहरी र अपहरणकारीबीच गोली हानाहान भएको प्रहरीले जनाएको छ । प्रहरीको गोली लागि एक जना अपहरणकारी घाइते भएका छन् भने प्रहरी तर्फ केही भएको छैन । घाईते शितल तुलाधरलाई प्रहरीले अस्पताल लगेको छ ।दुई दिने देखि अपहरणमा परेका सिंगापुरमा ब्यवसाय गर्ने गोविन्द बहादुर कार्कीलाई शकुसल उद्दार गरिएको छ ।कार्कीलाई अपहरण गरेर ठमेलस्थित होटेल शैलुनमा राखेको जानकारी पाएपछि उद्दार गर्न पुगेको महानगरिय प्रहरी अनुसन्धान शाखाका प्रहरी माथि गोली प्रहर गरेपछि प्रहरीले जवाफी फायरिङ् गरेको जनाएको छ ।प्रहरीले अपहरणमै संलग्न अन्य दुई जना कुशल शाक्य र आशिश मुखियालाई पक्राउ गरेको जनाएको छ । उनीहरुले कार्कीलाई होटलको सातौं तलामा रहेको ५०२ नम्बरको कोठामा राखेको बताइएको छ ।

कांग्रेसद्वारा भट्टराई नेतृत्वको सरकारमा सहभागी हुन अस्वीकार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली कांग्रेसले प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई नेतृत्वको सरकारमा सहभागी हुन अस्वीकार गरेको छ । प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शुसिल कोइरालालाई मंगलबार बिहान कोइराला निवास महाराजगञ्जमा भेटि आफ्नो नेतृत्वको सरकारलाई सहमतिय स्वरुप दिन आग्रह गर्नुभएको थियो ।कोइरालाले सरकारमा जाने कुरा कांग्रेसको प्रथमिकतामा नरहेको भन्दै सरकारको काम हेरेर समर्थन र विरोध गर्ने वताउनुभएको थियो । उहाँले भट्टराईलाई पहिले ईमान्दारिपुर्वक शान्ति प्रक्रिया टुङग्याउन र पुर्व सहमति अनुसार युद्धकालमा कब्जा गरिएका घरजग्गा फिर्ता गर्न भट्टराईलाई सुझाव दिनुभएको थियो ।

माओवादी मन्त्री छान्ने जिम्मा प्रधान मन्त्री, दाहाल र वैद्यलाई

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ १३,माओवादी बैठकले सरकारमा कसकसलाई पठाउने भन्ने जिम्मा प्रधान मन्त्री बाबुराम भट्टराई, पार्टी अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष मोहन वैद्यलाई दिएको छ। स्थायी समिति बैठकले उनीहरुलाई यस्तो जिम्मेवारी दिएको हो। सरकारमा मन्त्रीका रुपमा पठाउने व्यक्तिहरुको नाम चयन गर्नैका लागि बसेको बैठकले विवादका कारण नाम तय गर्न नसकेपछि यसरी नेतात्रयलाई जिम्मा दिनुपरेको हो। प्रवक्ता दीनानाथ शर्माका अनुसार यो समितिले दुई दिनभित्र मन्त्रीका नाम टुङ्गो लगाइसक्नेछ। विवादका कारण हिँजो बसेको बैठकले मन्त्रीको नाम तय गर्न सकेको थिएन।

Aug 29, 2011

के पी सिटौला एन आर एन कोरियाको अध्यक्षमा निर्वाचित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/देबेन्द्र सम्बाहाम्फे
सउल भाद्र १२,गैर आवासीय नेपाली बिचको एकता आजको आवश्यकता भन्ने नारा सहित आइतबार सउल दुङदेमुन जुङग कुमि हलमा भएको तेश्रो अधिबेशनले एन आर एन कोरियाको नया कार्य समिति चयन गरेका छ । अध्यक्ष पदमा २३२ मत प्राप्त गरि के पी सिटौला निर्बाचित भएका छन् । उनको प्रतिद्धन्दि ध्यान राई ९० ले मत पाएका थिए । त्यस्तै आइ सी सी प्रतिनिधीमा डा.देवी बस्नेत,उपाध्यक्ष त्रय राजु क्षेत्री, लोचन राई र मणि लामा सचिब प्रकाश धमला सचिब सह सचिब राजीब भण्डारी कोषाध्यक्ष सिर्जना नेपाली र सदस्यहरु भरत सेढाई,लोकनाथ खरेल,मनोज डाँगी,हरिकृष्णश्रेष्ठ, नारायण थपलिया,सरोज महतो,रुपेश भट्टराई,गोमाकुमारी सापकोटा निर्बाचित भएका छन् । कोषाध्यक्ष र सह सचिब बाहेकका पदमा समझदारी हुन नसकेपछि राती अबेरसम्म मतदान भएको थियो । कुल मतदाता ५२६ रहेकोमा ३८३ मत मात्र खसेको थियो भने मत गणना नेपाली राज दूताबासको सभा कक्षमा गरिएको थियो ।
अधिबेशनका प्रमुख अतिथि एनआरएन अध्यक्ष देबमान हिराचनले एनआरएन धनि गरिबको संस्था नभइ प्रबासमा रहेका सबै नेपालीको साझा सस्था हो भन्दै आठ बर्Èमा यो सस्थाले धेरै काम गरि सकेको बताए । अध्यक्ष हिराचनले प्रबासमा आर्जन गरेको आय र सीप रास्ट्र निर्माण्ँको लागि प्रयोग गर्न सुझाब दिदै नया“ संबिधान शीघ्र निर्माण्ँको लागि प्रबासबाट पनि दबाब दिनु बताए ।
अर्का अथिति एन आर एन हङकङका सदस्य ललित सुब्बाले एनआरएन अभियानले सबै क्षेत्र र बर्गलाई समेट्नु पर्ने बताए । बिशेष अतिथि राजदुत कमलप्रसाद कोइराला, एसिया प्यासिफिक सह संयोजक रुद्र शर्मा, एन आर एन आइसीसी सदस्य गंगा राई, आइ सी सी प्रतिनिधि डा देबी बस्नेत आदि बक्ताहरुले एन आर एनलाई राजनीतिक प्रभाबबाट मुक्त गरि कार्यमुखी बनाउनु पर्ने कुरामा जोड दिएका थिए । जन अधिकार मञ्च कोरियाका अध्यक्ष बिष्णु क्षेत्रीले मजदुरहरुको प्रतिनिधी ब्यपारी हुनु युक्ति संगत नहुने बताउदै एनआरएनमा मजदुरहरु निर्णायक हुनुपर्ने बताए । त्यस्तै सोन्सीकका अध्यक्ष आस्था मल्लले पनि एनआरएनले पत्रकार,मजदुर,महिला,बिध्यार्थीको समस्याहरुलाई सम्बोधन गर्नुपर्ने बताइन् । पहिलो उदघाटन सत्रको अन्तमा नै निबर्तमान अध्यक्षले कार्यअवधि समाप्त भएको घोषणा गरेपछि उपस्थित समुदायबाट आलोचना गरिएको थियो । सो अधिबेशनमा अध्यक्ष बिनोद कुवरको अध्यक्षता र ध्यान राईले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।

गच्छदारले उपप्रधान सहित गृहमन्त्रीमा सपथ लिए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदारले उपप्रधान सहित गृहमन्त्रीमा सपथ लिएका छन् ।मन्त्रालय बाँडफाँड र सरकार संचालनबारे छलफल गर्न आज विहान बसेको एकीकृत नेकपा माओबादी र मधेसी मोर्चाबीचको छलफलमा गच्छदारलाई उपप्रधान सहित गृह दिन माओबादी सहमत भएको हो ।उनी भट्टराई सरकारका सहभागी हुने संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका एकमात्र मन्त्री हुन् । मोर्चाका पाँच दललाई कम्तिमा ११ मन्त्रालय दिने सहमति भएको थियो ।संविधानसभाको म्याद थपका लागि संविधान संशोधन गर्न एक मन्त्री चाहिने भएकाले गच्छदारलाई शपथ गराइएको हो ।

आममाफी दिने सहमतिको विरोध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ १२ - द्वन्द्वका क्रममा भएका मानवअधिकार उल्लङ्घनका मुद्दाको खारेजी तथा दोषीलाई आममाफी दिने एकीकृत नेकपा (माओवादी) र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीचको सहमतिप्रति अधिकारकर्मी र द्वन्द्वपीडितहरूले आपत्ति जनाएका छन्। बेपत्तासम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बेपत्ता नागरिकका परिवार तथा अधिकारकर्मीहरूले दोषीलाई आममाफी दिने माओवादी र मधेसी मोर्चाको सहमतिको विरोध गरेका हुन्। नयाँ सरकार गठन गर्ने क्रममा आइतबार माओवादी र मधेसी मोर्चाबीच माओवादी युद्ध, मधेस आन्दोलन, थरुहट, पिछडावर्गलगायत आन्दोलनका क्रममा लगाइएका मुद्दाहरूलाई खारेज गर्ने र आममाफीको प्रक्रिया थाल्ने सहमति भएको थियो। कार्यक्रममा इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले आफूमाथि लागेका मुद्दा खारेज गर्ने र आफूलाई आफैले आममाफी दिने कार्य गलत हुने भन्दै क्षमादान गर्ने अधिकार पीडितबाहेक कसैलाई नहुने बताए। पीडित परिवारले हतियार उठाए विगतको माओवादी युद्ध फिस्टाको खेल हुने चेतावनी दिँदै उनले हिम्मत भए अपराध स्वीकार्न चुनौतीसमेत दिए।
एड्भोकेसी फोरमका अध्यक्ष मन्दिरा शर्माले देशमा दण्डहीनताको संस्कृति झन झनै बढिरहेको उल्लेख गर्दै बेपत्ता नागरिकका विषयमा गम्भीर हुन सरकारलाई आग्रह गरिन्। बेपत्ता परिवार राष्ट्रिय सञ्जालका अध्यक्ष रामकुमार भण्डारीले द्वन्द्वका दोषीलाई आममाफी दिइए देशमा शान्ति नमिल्ने भन्दै बेपत्ता परिवारलाई राहत नभई आफ्ना आफन्त कहाँ छन् भन्ने सूचना चाहिएको बताए। न्यायका लागि द्वन्द्वपीडित समाजका अध्यक्ष जनक राउतले राज्य र राजनीतिक दलहरूले बेपत्ता नागरिकका विषयमा जवाफदेहिता पूरा गर्न नसकेको बताए।

आजै संविधानसभाको म्याद तीन महिना थपिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानसभाको म्याद सकिन दुई दिनअघि नै आज बेलुकीसम्म तीन महिनाको लागि संविधानसभाको म्याद थपिने भएको छ ।म्याद थपका विषयमा सहमति जुटाउन अहिले दलहरुबीच छलफल चलिरहेको छ । नवनिर्वाचित प्रधानमन्त्री डा. बाबुराम भट्टराईले म्याद थपका लागि आज संविधान संशोधन विधेयक संसदमा पेस गर्नेछन् । संसदमा विधेयक पारित हुन कम्तिमा ७२ घण्टा लागेपनि यसलाई छोट्याएर केही घण्टामा विधेयक पारित गरिने छ ।झलनाथ खनाल नेतृत्वको सरकारले यसअघि नै संविधानसभाको म्याद तीन महिना थप गर्न संविधान संशोधन विधेयक संसदमा दर्ता गरिसकेको छ । यस प्रस्तावमा माओवादीले भने असहमति जनाउँदै आएको छ । तर त्यही प्रस्ताव अनुसार नै आज संविधानसभाको म्याद तीन महिना थपिने बताइएको छ ।

बेपत्ता पारिएकाको नेपाली नागरिकको सङ्ख्या ९ सय ३१

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ १२- राज्य र गैरराज्य पक्षबाट २०५२ फागुन १ गतेदेखि २०६८ साउनसम्मको अवधिमा ९३१ जना नेपाली नागरिकलाई बेपत्ता पारिएको प्रतिवेदन सार्वजनिक भएको छ। प्रतिवेदनमा राज्यबाट ८२१ र गैरराज्यपक्षबाट ११० व्यक्तिलाई बेपत्ता बनाएको उल्लेख छ।बेपत्तासम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा एड्भोकेसी फोरम नेपाल र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा आज यहाँ सार्वजनिक भएको 'उनीहरू कहाँ छन्?' नामक प्रतिवेदनसहितको पुस्तकमा देशका सबै जिल्लामा बलपूर्वक बेपत्ता पारिएकाहरूको सूचीसमेत प्रकाशित गरिएको छ।पुस्तकमा सबैभन्दा बढी बेपत्ता पारिने पाँच जिल्लामा बर्दिया, दाङ, बाँके, सल्यान र रोल्पा रहेका छन्।तर, बलपूर्वक बेपत्ताका घटना नपाइएका जिल्लामा तेह्रथुम, सर्लाही, देलखा, मनाङ, मुस्ताङ, पाल्पा, गुल्मी, प्युठान, डोल्पा, हुम्ला, बझाङ र दार्चुला रहेका छन्।कार्यक्रममा इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले सशस्त्र द्वन्द्वका क्रममा बलपूर्वक बेपत्ता पारिएका नागरिकको अवस्था छानबिन गर्न आयोग बनाउने उल्लेख भएअनुसार सरकारले ढिलै भए पनि बेपत्ता नागरिकको छानबिन र तथ्य पत्ता लगाउने गरी 'व्यक्ति बेपत्ता पार्ने (कसुर र सजाय) विधेयक' संसद्मा प्रस्तुत हुनु सकारात्मक भएको बताए।सो विधेयकप्रति संयुक्त राष्ट्र सङ्घको पनि चासो रहेको प्याकुरेलले बताए।इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले आफ्ना प्रतिनिधिले घटनाको पुष्टि, पुनःपुष्टि गर्न पीडितको थातथलोसम्म पुगेर पुस्तक तयार पारिएको जानकारी दिनुभयो।

अन्तरिम संविधानको दशौँ संशोधन प्रस्ताव बहुमतद्वारा स्वीकृत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
व्यवस्थापिका संसदको आजको बैठकले नेपालको अन्तरीम संविधान-दशौँ संशोधन, २०६८ माथि विचार गरियोस भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री विजयकुमार गच्छदारले सो प्रस्तावलाई प्रस्तुत गर्नुभएको थियो । व्यवस्थापिका संसदको बैठक ३५ मिनेटका लागि स्थगित भएको छ । यस्तै, व्यवस्थाविका संसदको आजै बसेको दोस्रो बैठकले व्यवस्थापिका संसदको कार्यसञ्चालन नियमावली, २०६५ को नियम १५७ बमोजिम सो नियमावलीको नियम ६७ लाई निलम्बन गरियोस भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृति गयो । एनेकपा माओवादीका देवप्रसाद गुरुङ्ले सो प्रस्ताव प्रस्तुत गर्दै हाल उत्पन्न विशिष्ट राजनैतिक परिस्थितिका कारण संविधान संभाको समयावधि थप गर्न लागिएको कताउनुभयो । \
सो प्रस्तावलाई नेपाली काङ्ग्रेसका प्रमुख सचेतक लक्ष्मणप्रसाद घिमिरे र नेकपा एमालेका मुख्य सचेतक भीमप्रसाद आचार्यले समर्थन जनाउनुभएको थियो । उक्त नियम निलम्बन प्रस्तावमा माथिको सामन्य छलफलमा भाग लिदै राष्ट्रिय जनसक्ति पार्टीका डा प्रकाशचन्द्र लोहनीले छ महिनामा संविधान लेखनको एउटा खाका पनि तयार गर्न नसकेको भन्दै यसको जवाफ जनतालाई दिन पर्छ की पर्दैन भन्नुभयो ।
नेपाल मजदूर किसान पार्टीका सुनील प्रजापतिले शान्ति स्थापना र संविधान लेखन भाषणमा नै सिमित भएकोले जनता निरास भएको चर्चा गर्दै निर्धारित समयमै संविधान लेखन शान्ति प्रक्रियाप्रति प्रतिवद्धता देखाउन आग्रह गर्नुभयो ।
नेपाली काँङग्रेसका गगन थापाले थपिएको तीन महिनामाभित्र पनि संसभाको बैठक बस्न नसकेको, संविधानसभाको सूचनाको हकलाई संरक्षण गर्न नसकेको भन्दै यसबाट व्यवस्थापिका संसद र संविधानसभाको जनताको मान मर्दन हुन पुगेको बताउनुभयो । नेकपा मालेका सीपी मैनालीले संविधान सभाको समयावधि वढाउनुपर्छ तर यसको आधार पुष्टि गर्नुपर्छ भन्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिभा राणाले संविधान सभाको म्याद थप्नु आवश्यक रहेको वताउनुभयो । यसपछि छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री एवं गृहमन्त्री विजयकुमार गच्छदारले तीन महिना भित्र शान्ति प्रक्रिया पुरा गर्ने र नयाँ संविधान लेखनका काम पुरा हुन नसकेकाले संविधान सभाको समयावधि तीन महिना थप गर्नु जरुरी रहेको वताउनुभयो । तीन ठुला पार्टीलाई मात्र दोष दिएर संविधान र शान्ति कामको काम पुरा भएन भनेर आलोचना र विरोध गर्न नहुने उहाँले वताउनुभयो । उपप्रधानमन्त्री गच्छदारले जेठ १४ गते संविधान सभाको तीन महिना थप गर्दा ठुलो अविश्वासको वातारण रहेको चर्चा गर्दै यस्तो अविश्वासको वातारण अहिले हटेर गएको छ भन्नुभयो । उहाँले झिनो बहुमत प्राप्त सरकारले केही गर्न सक्दैन भनेर विरोध गर्नुको कुनै न तर्क नभएको भन्दै संविधानको प्रारम्भिक मस्यौदा तीन महिनामा ल्याउने जानकारी दिनुभयो । उपप्रधानमन्त्री गच्छदारले शान्ति प्रक्रिया र संविधान लेखनमा सहयोग पु¥याउनु नै वर्तमान सरकारको प्राथमिकताका काम भएको बताउनुभयो ।

Aug 28, 2011

३५ औँ प्रधानमन्त्रीमा डा. बाबुराम भट्टराई निर्वाचित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
३५ औँ प्रधानमन्त्रीमा डा. बाबुराम भट्टराई निर्वाचित भएका छन् । प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका संसदमा आज भएको निर्वाचनमा भट्टराईले ३४० मत प्राप्त गरेका छन् । अर्का उम्मेदवार रामचन्द्र पौडेलले २३५ मत प्राप्त गरे । व्यवस्थापिका संसदमा भएको निर्वाचनमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई पराजित गर्दै भट्टराई निर्वाचित भएका हुन् । भट्टराई माओवादीका तर्फबाट दोस्रो, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको चौथो र पाँचौ कम्युनिष्ट प्रधानमन्त्री हुन् । उनी यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा अर्थमन्त्री थिए । चौथो शक्ति संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहित संविधानसभाका अधिकांश साना दलको समर्थनमा भट्टराई प्रधानमन्त्री निर्वाचित भएका हुन् ।

को हुन बाबुराम भट्टराई ? - मनऋषि धिताल
बाबुरामको पुस्त्यौली हेर्दा गोरखाको लिगलिगकोटको फेदीमा आएर बसेको बाइस तेइस पुस्ता भयो । इतिहासकार दिनेशराज पन्तका अनुसार द्रव्य शाहलाई लमजुङ्गबाट ल्याएर लिगलिगकोटमा राजा बनाउदा गणेश पाण्डे, नारायण अर्यालहरुसँग मिलेर गजानन्द भट्टराईले ठुलै भूमिका निर्वाह गरेका थिए । उनै गजानन्द भट्टराईका सन्तान हुन बाबुरामका पुस्ता । उनका पूर्खाहरु तत्कालिन गोर्खाली राजपरिवारका ज्योतिषी थिए । बाबुरामका जेठा वा हरिप्रसाद भट्टराईले ज्योतिषी काम गरे । त्यसो त बाबुरामका हजुरबा भैरवप्रसाद भट्टराई पनि किसान थिए र बाबु भोज प्रसाद भट्टराई पनि किसान नै ।
बाबुराम भट्टराई आधुनिक शिक्षा दिक्षा प्राप्त गर्ने गोरखाली भट्टराई खलककै पहिलो पुस्ताका व्यक्ति हुन् । निम्न मध्यम परिवारमा जन्मिएका बाबुराम भट्टराईका एक दीदी एक बहिनी र एक भाई छन् । किसानको छोरा भएकाले उनले बाबु आमालाई खेती किसानीमा सघाउने कुरा स्वभाविकै भयो । उनले आफ्नो बाल्यकालदेखि एस.एल.सी. दिउन्जेलसम्म गाई गोठालो भएर बाआमालाई सघाए । उनले घाँस दाउरा गर्ने, पानी वोकेर ल्याउने र विशेषगरी भाई बहिनी हेर्ने काम पनि गरे । बाआमा पढन जतिकै काम गर्न पनि सिपालु छोरा पाएकोमा दंग थिए ।
दीदीको बाह्र तेह्र बर्षमा विहे भएकाले बाबुरामलाई आफू भन्दा ८/९ बर्ष कान्छा भाई बहिनी हेर्ने जिम्मा आयो । पँधेराबाट पानी बोक्ने, भाई बहिनीलाई लगेर न्वाई ध्वाई गर्ने काम गर्थे । यसबाट बुझिन्छ कि बाबुराम बाल्यकाल बाटै सामाजिक व्यवहारिक रुपमा जिम्मेवार व्यक्तित्वमा विकास हुदै गए । एस.एल.सी. परीक्षा दिनु अघि उनी लुइँटेलमा स्याउले छात्रावासमा बसे । स्याउला ओछ्याएर बस्ने छात्रावासमा आफ्ना सहकर्मीहरुसँग बस्दा बाबुराम पंधेरामा पानी ल्याउन र जंगलमा दाउरा खोज्न जान्थे । खाना पकाउने आलोपालो हुन्थ्यो तर उनी भने भाँडा माझ्नमै बढी रुची राख्थे । उनका सहपाठीहरुउनलाई भाँडा माझ्ने जिम्मा दिन्थे ।
काठमाण्डौंमा कवि लेखनाथको छिडीमा
२०२६ सालको एस.एल.सि.मा वोर्ड फष्ट भएर उच्च शिक्षा हासिल गर्न बाबुराम काठमाण्डौं आए । त्यतिवेला सरकारले जम्मा एकसय रुपैया छात्रबृत्ति दिन्थ्यो । किसान परिवारका बाबुरामले त्यो खर्चले मात्रै महिनाभरी चलाउन कठन थियो । अमृत साइन्स कलेजबाट नजिकै कवि शिरोमणि लेखनाथ पौडेलको घरको छिडीको साँघुरो कोठामा मासिक पचास रुपैयाँमा बाबुराम र उनका तीन सहपाठीले डेरा जमाए । घरबाटै चामल ल्याउने र आवश्यक थप सरसामान यतै किनेर विद्यार्थी जीवनको कठीन यात्रा शुरु गरे । काठमाण्डौं आएपछि बाबुराम र उनका सहपाठीको जीवनमा एउटा क्रान्ती आयो । यहाँ स्टोभमा खाना पकाउन थाले । आफ्ना सहपाठीहरु बीच रमाइलो कुरा पनि चल्यो “विज्ञानले यत्रो प्रगति गरि सकेछ । खाना पकाउने स्टोभ बनिसकेछ । गाउँ जाँदा एउटा स्टोभ लैजानु पर्‍यो र टिकट काटेर गाउँलेहरुलाई हेर्न वोलाउनु पर्‍यो ।
बाबुरामको कवि लेखनाथसँग भेटघाट भएन । किनकि उनी काठमाण्डौं आउनु ५ बर्ष पहिलेनै कवि लेखनाथको निधन भई सकेको थियो । कवि लेखनाथका छोरा सह- सचिव थिए । “हामी सह-सचिवको घरमा बस्न पाएकोमा मख्खै थियौ किनकी विद्यार्थीलाई कहिले काँही सिफारिस आदि गर्नुपर्ने हुन्थ्यो उनीहरु पनि बोर्डफष्ट भएको केटो हाम्रै घरमा बस्छ भनेर मलाई मायाँ गर्थे । कवि लेखनाथकि श्रीमती हुनु हुन्थ्यो, सेतो फुलेकी ।” बाबुराम कलेज जीवनका प्रारम्भिक दिन स्मरण गर्दै भन्छन् ।
साहित्यमा बाबुरामका रुची
कविको छिडीमा डेरा भएकाले होइनकि बाबुराममा साहित्य प्रति पहिलेनै रुची थियो । उनले नेपाली बिषयमा ८१ न्ाम्वर ल्याएका थिए जवकि त्यतिवेलासम्म नेपालीमा सत्तरी भन्दा बढी कसैको हुन्थेन । मदन पुरस्कार गुठीले उनलाई पुरस्कार पनि दिएको थियो । नेपालीमा सबैभन्दा बढी नम्बर ल्याउने विद्यार्थी भनेर । उनी नेपाली साहित्यका भेटेजति पुस्तक पढ्थे । कवि लेखनाथको “तरुणतपसी” पढि सकेका थिए । कवि भूमि शेरचनको “घुम्ने मेचमाथि अन्धो मान्छे” भरखरै छापिएको कविता संग्रह थियो । त्यो उनले निकै रुची राखेर पढे । अहिले पनि उनलाई त्यो कविता संग्रहका कयौ कविता कन्ठस्थ छन् । “मेरो शहरमा एउटा चोक छ । यहाँके छैन सवथोक, रोग, भोक र शोक छ ।” भन्ने कविता र “हुदैन विहान मिरमिरेमा तारा झरेर नगए बन्दैन देश दुईचार सपुत मरेर नगए” भन्ने कविता बाबुरामलाई निकै मन परे । पछि वीपि कोइरालाका कथा, लक्ष्मीप्रसाद देवकोटाका कविता पनि उनले पढे । कवि शिरोमणि लेखनाथ पौडेलको सामन्ती रोमान्टिक खालको, वि.पी र देवकोटाको पुँजीवादी खालको र पारिजात, भूमि शेरचनको साहित्य प्रगतिशिल खालको लाग्न थाल्यो । उनको साहित्यिक अभिरुचीमा पनि त्यसरी नै छाप पर्दै गयो । उनलाई काठमाण्डौंमा पढ्दासम्म विदेशी साहित्यको अध्ययन गर्ने अवसर भने भएन । विज्ञानको विद्यार्थी भएकाले त्यता तिर मात्रै उनको अध्ययनमा वढी समय बित्यो । साहित्यमा स्व.अध्ययन मात्रै भयो ।
काठमाण्डौं र राजनीतिसँग बाबुराम
२०२७/२०२८ तिर राजनीतिक दलहरु प्रतिवन्धित थिए । राजनीतिक गतिविधि भनेका विद्यार्थी गतिविधि मात्रै थिए । कम्युनिष्ट पार्टीहरु पनि फुटेका थिए । काँग्रेस नेताहरु प्रवास तिरै थिए । शेरबहादुर देउवाको नेतृत्वमा नेविसंघ भरखरै गठन भएको थियो । अखिल पनि भरखरै गठन भएको थियो । विद्यार्थीहरु अखिल र ने.वि.संघ भनेर चुनाव लडथे । अमृत क्याम्पसमा भने प्यानल सहित चुनाव हुन्थेन । तर वामपन्थी प्रभाव भने थियो । बाबुरामको राजनीतिक चेतना त्यतिवेला राजतन्त्र विरोधी मात्रै थियो । काँग्रेस वा कम्यूनिष्ट थिएन । उनी राजतन्त्र विरोधी कसरी भए होलान् ? २०१७ सालमा बहुदलिय व्यवस्था खारेज गरी राजा महेन्द्रले निर्दलीय व्यवस्था स्थापना गरेपछि नेपाली काँग्रेसले स-सस्त्र संघर्ष शुरु गर्‍यो । त्यतिवेला उनकि जेठी आमाका दाजु मामा कृष्णप्रसाद न्यौपाने काँग्रेसका नेता थिए । उनी वारेन्टेड रहेछन् र बाबुरामको घरमा भूमिगत बसेका रहेछन् । बाबुरामहरु त्यतिवेला ६/७ बर्षका थिए । उनको घरमा भूमिगत बसेका मामाले राजतन्त्र विरोधी कुराहरु गरिरहने, के के थरि पर्चाहरु लेखिरहने गर्थे । त्यसबाट राजतन्त्र विरोधी प्रारम्भिक चेतना उनमा जाग्यो । पछि २०२५ सालतिर भरत शमशेरले “राजामहेन्द्रका अपराधहरु” भन्ने पर्चा लेखेका थिए । त्यो पर्चा पनि उनै मामा मार्फत उनले पढ्न पाए । राजा भनेको त वदमास पो रहेछ भन्ने उनलाई भित्रदेखि लाग्यो । स्कूले जीवनमा जागेको राजतन्त्र विरोधी भावना अमृत क्याम्पसमा पढ्दा झन बलियो हुदै गयो । त्यतिवेला स्नातक तर्फबाट राष्ट्रिय पंचायत सदस्यमा चुनाव लडेका राजराजाप्रसाद सिंहले जिते । रामराजाप्रसाद सिंहलाई सपथ ग्रहण गर्न दिइएन । उनी राजतन्त्र विरुद्ध गणतन्त्रका पक्षमा उम्मेदवार भएका थिए । उनको गिरफतारी र उनलाई सपथग्रहण गर्न नदिएको विरोधमा अमृत क्याम्पसमा आयोजित विरोध कार्यक्रममा उनी सहभागी भए । यो नै उनको पहिलो राजनीतिक काममा सक्रिय सहभागीता थियो । गणेशमान पुत्र प्रदीपमानसिंह, मनमोहनका छोरा प्रकाश अधिकारी संगै पढथे । अमिक शेरचनका भाई प्रान्ति शेरचन अमृत क्याम्पसका स्ववियू सभापति उम्मेदबार थिए र उनले जितेका थिए । उनी यति वेला आफ्नो ज्ञान वढाउन राजनीतिक नेताहरुसँग भेटघाट गरिरहन्थे । एस.एल.सी. बोर्ड र आइएस्सीको पनि प्रथम विद्यार्थी भएकाले उनलाई सवैले चिन्थे । उनी सुवर्ण शमशेर, सूर्यप्रसाद उपाध्याय जस्ता व्यक्तिहरुसँग ज्ञान हासिल गर्न भेट्थे । तर कुनै राजनीतिले प्रेरित वा राजनीतिक उद्देश्य हासिल गर्नकालागि भने होइन । काठमाण्डौंमा पढ्दा उनको राजनीतिक चेत अंकुरित मात्रै भएको थियो ।
भारतमा अध्ययन र राजनीति
एस.एल.सि. र आईएस्सीमा सर्वप्रथम भएपछि उनी कोलम्बो प्लानमा इन्जिनियरिङ्ग पढन चन्डिगढ गए । चन्डिगढको राम्रो वातावरणमा उनले कलेजको अध्ययन मात्रै हैन स्वअध्ययन पनि गरे । हालका भारतका प्रधानमन्त्री मनमोहन सिंह उति वेला चण्डिगढमा पढाउथे । कार्लमाक्सको कम्यूनिष्ट घोषणा पत्र त कोर्षमा नै थियो । त्यस बाहेक बाबुरामले एक पटक विश्वका सवै चर्चित व्यक्तित्वहरुको जीवनी पढी भ्याउने अठोटै गरे । गान्धीदेखि चे सम्मका जीवनी पढदा उनलाई सबै भन्दा वढी चे को जीवनीले प्रभावित पार्‍यो । उनी दिनभरीनै पन्जाव विश्वविद्यालयको पुस्तकालयमा भेटिन्थे । सत्तरीको दशकको शुरुवातमा विश्वभरीका युवाहरुमा चे को क्रेज अत्याधिक थियो । उनी चे प्रति प्रभावित हुनुका दुईवटा कारण थियो । पहिलो बैचारिक ढंगले उनी कम्यूनिष्ट विचार प्रति आकषिर्त भई सकेका थिए र दोश्रो भारतमा कुल्लीको काम गर्ने लाखौ नेपालीको अवस्था नाजुक थियो । बाबुराम त्यो अवस्थाबाट नेपालीलाई मुक्त गर्ने बाटो के हुनसक्छ भनेर सोची रहेका थिए । उनी चे को सशस्त्र संघर्षको बाटो नै नेपाली दुःखी गरीवहरुको बाटो हो भन्ने निस्कर्षमा पुगी स्ाकेका थिए । भारतमा भएका नेपाली विद्यार्थीलाई संगठित गर्ने उद्देश्यले चन्डिगढमा २०३३ सालमा उनकै नेतृत्वमा नेपाली विद्यार्थी संघ भन्ने एउटा संगठन खुल्यो । बाबुराम २०३४ सालमा त्यो संगठनलाई भारत व्यापी बनाउने तयारी गरे । बाबुरामले २०३४ मा इन्जिनियरिङ्गमा ग्य्राजुयट गरिसके पछि पोष्ट ग्य्राजुयट गर्न दिल्ली आए । बाबुरामकै योजनामा अखिल भारत नेपाली विद्यार्थी संघ बनाइयो । त्यसको पहिलो सम्मेलन चन्डिगढमै भयो र त्यसले पहिलो अध्यक्ष बाबुरामलाई नै बनायो । यो भारतमा भएको कुनै पनि नेपाली संगठनहरुमा पहिलो थियो । यसले पहिलो पटक “फागुन ७” को औचित्य भन्ने विचार गोष्ठीको आयोजना गर्‍यो । त्यो गोष्ठीमा २००७ सालमा भएको आन्दोलन अपुरो रहेको र राजा रहेसम्म प्रजातन्त्र हुदैन भन्ने बिषयमा बाबुरामले आफ्ना खुल्ला विचार राखे ।
बाबुराममाथि आरोपको श्रृङ्खला
जव सबैतिरबाट बाबुराम सर्वप्रथम बन्दै गए, प्रवासमा भएका नेपालीहरुलाई जव उनले संगठित बनाएर नेपालको राजतन्त्र विरुद्धको संघर्षमा लामवद्ध बनाउन थाले तव उनी विरुद्ध षड्यन्त्र र आरोपको श्रृङ्गखला सुरु भयो । नेपालबारे केही गर्नु पर्छ भन्ने सोचका साथ भारतमा डाक्टर, इन्जिनियर, कृषि बिषय पढने विद्यार्थीलाई समेटदै एउटा साझा संगठनका रुपमा बाबुराम भट्टराईले नेतृत्व गरेको अखिल भारत नेपाली विद्यार्थी संघ बन्दै गयो । त्यो संगठन सारमा राजतन्त्र विरोधी थियो । २०३४ असोजमा बाबुराम त्यो संगठनका अध्यक्ष बने । अघिल्लो साल वि.पि. कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्किदा गिरफ्तार भएका थिए । उनी क्यान्सरका विरामी थिए । उनको उपचार गर्न दिनुपर्छ भन्ने आवाज विभिन्न मानवअधिकारवादी संगठनहरुले उठाएका थिए । त्यही वेला बाबुरामले नेपाली विद्यार्थीहरुको साझा संगठनका अध्यक्षका हैसियतले वि.पि. कोइरालाको उपचार हुनु पर्छ भनेर वक्तव्य निकाले । त्यो वक्तव्य निकालेपछि भारत स्थित नेपाली दुतावासले बाबुरामलाई उनको संगठनको अध्यक्षबाट निष्कासन गरिएको वक्तव्य दिन लगायो । वि.पि.को स्वास्थ्य उपचारका पक्षमा वक्तव्य निकाल्नेलाई अध्यक्षबाटै निष्कासन गरिएको खवर पछि बाबुरामको जनसम्पर्क झन् व्यापक हुदै आयो । दुतावासले दिल्ली यूनिटका अध्यक्ष प्रभात घिमिरे र सचिव विनोद श्रेष्ठलाई दुरुपयोग गरेको थियो । पछि भारत भरी हलचल भयो । बाबुरामकै अध्यक्षतामा बसेको अखिल भारत नेपाली विद्यार्थी संघको अर्को बैठकले भारत स्थित नेपाली दुतावासको योजनामा राजतन्त्रका पक्षमा लाग्नेहरुलाई कारवाही गर्‍यो । यो घटनाबाट बाबुराम गणतन्त्रका पक्षमा दरिलो अडान भएका व्यक्तित्व हुन् भन्ने कुरा पुष्टी भयो र उनले नेतृत्व गरेको संगठन जनतन्त्र पक्षीय सबै शक्तिहरुको साझा संगठनका रुपमा झन् स्थापित भयो । नेपाली काँग्रेस, तुलसीलाल अमात्य समूह, तत्कालिन चौम लगायतका दलहरुले त्यसपछि बाबुरामलाई सम्पर्क गर्न थाले । २०३४ सालकै माघमा ओखलढुङ्गाको टिम्वुरवोट काण्डका क्याप्टेन यज्ञ बहादुर थापा र भिमनारायण श्रेष्ठ लगायतलाई पञ्चायती शासकहरुले मृत्युदण्ड दिए । पञ्चायती व्यवस्थाले घटाएको त्यो काण्ड विरुद्ध दिल्लीमा बाबुरामकै नेतृत्वमा विरोध जुलुस निकालियो । यो नै बाबुरामको जीवनमा सहभागी भएको त्यतिवेलाको पहिलो ठुलो राजनीतिक गतिविधि थियो । पञ्चायती सामन्त्त र राजावादीहरुले बाबुरामको गणतन्त्र पक्षीय आन्दोलनलाई रोक्न सकेनन् ।
नेपाली मजदुर, कुल्लीका बीचमा
भारतको पञ्जाव विश्वविद्यालय र जवाहरलाल विश्वविद्यालयका पुस्तकालय पढेर रित्याएका बाबुरामले आफ्नो अध्ययनलाई पुस्तकमा मात्रै सिमित राखेनन् । उनले आफ्नो ज्ञान र भावनालाई भारत स्थित नेपाली विद्यार्थी, मजदुर र जागीरदारहरुबीच पनि साट्न थाले । उनी पुस्तक भित्रको दर्शन मात्र होइन जीवन दर्शन पनि बुझ्न विद्यार्थी र मजदुरबीच झन् भिड्न थाले ।
विद्यार्थीबीच त उनी निर्विवाद स्थापित थिए । उनलाई बैठक गर्दा गर्दा दिन वितेको थाहै हुदैनथ्यो र समय नै पुग्दैनथ्यो । उनलाई एकै दिनमा सयौ चिठी प्राप्त हुन्थ्यो । स्कूल अफ प्लानिङ एण्ड आर्किटेक्चरको पत्र मञ्जुषा बाबुरामलाई पठाइएका चिठीहरुले भरिएको हुन्थ्यो । बाबुराम भन्छन । “अहिलेको जस्तो फोनको व्यवस्था हुने भए फोनबाटै धेरै कुरा हुन्थ्यो होला ।”
दिल्लीमा तुलसीलाल अमात्य समूहको बढी प्रभाव थियो । दिल्लीको मोतिमहल भन्ने होटलमा सय डेडसय नेपाली मजदुर काम गर्थे । बाबुराम उनीहरुका बीचमा गए र संगठन विस्तार गर्न तथा नेपालमा राजतन्त्रका अन्त्यका लागि उनीहरुलाई जागरुक गर्न थाले । उनी नेपाली मजदुर बीच भिज्दै गए । राजु नेपाली -जो हाल एकिकृत नेकपा -माओवादी) का केन्द्रीय सल्लाहकार छन् ) मार्फत् बाबुराम भारतका मजदुरबीच घुलमिल हुन थाले । दिल्लीमा बामदेव क्षेत्री, विष्णुहरि शर्मा, फरिदाबादमा पदम राना, तिलक परियार लगायतका मजदुरसंगको सम्पर्कले उनी नेपाली मजदूरहरू वीच क्रियाशील वन्दै गए । त्यति नै वेला अखिल भारत नेपाली एकता समाज जन्मियो । बाबुराम प्रत्येक शनिबार मजदुर बस्तीमा जाने र प्रशिक्षण दिने जस्ता काममा खट्न थाले । विद्यार्थी र मजदुरबीच उनको सम्बन्ध अझै गाढा भयो ।
बाबुरामकै नेतृत्वमा प्रत्येक बर्ष नेपालका बरिष्ठ व्यक्तित्वहरु र राजनीतिक दलका प्रतिनिधिहरु बोलाएर भारतमा सेमीनारहरु आयोजना हुन थाले । नेपालमा प्रतिवन्धित काँग्रेस, कम्यूनिष्ट सबै पार्टीहरुसँग उत्तिकै सम्पर्क भएपनि बाबुराम बामपंथीहरु पट्टी नै बढी ढल्के । पहिल्लो चरणमा २०३६ सालसम्म उनी चौम र माले दुबैसँग समदुरीमा रहे । उनी यसअघिको दुईबर्ष तटस्थ बस्नुको कारण उनी कसैबाट प्रभावित भएर होइन कि आफै स्वतन्त्र ढंगले राजनीतिलाई बुझेर मात्रै आउनुपर्छ भन्ने विचारका कारणले थियो । बाबुरामले जिउँदा पुस्पलाललाई त भेटन पाएनन । भेटने भन्दा भन्दै तालमेल मिलेन । तर २०३५ सालमा दिल्लीमा निधन भएका पुष्पलालको अन्त्यष्टीमा उनी जमुनाघाटमा पुगेका थिए । त्यहाँ जम्मा १०/१२ जना मात्रै उपस्थित थिए ।
उनी २०३६ सालमा आफ्नो विद्यावारिधिका लागि जवाहरलाल नेहरु विश्वविद्यालयमा भर्ना भए । २०३७ सालमा चीनमा प्रतिक्रान्ति भएपछि तत्कालीन मालेले समर्थन गर्‍यो । र चौमले विरोध गर्‍यो । त्यसपछि बाबुरामले चिनमा प्रतिक्रान्त्रीका विरुद्ध उभिनेहरुलाई समर्थन गरे । माओको देहान्त पछि प्रतिक्रान्ती भयो भन्ने विचार चौमसंग मिलेकाले उनले २०३७ सालमा मोहनविक्रम सिंह मार्फत् त्यो पार्टीको सदस्यता नै लिए ।
बाबुराम २०३७ पछाडी अखिल भारत नेपाली एकता समाजको पश्चिमोत्तर समितिको सभापति बने र मजदुरहरुका बीचमा राजनीतिक काममै खटे । अखिल भारत नेपाली विद्यार्थी संघ छोडेपछि पनि उनी भारतमा छउन्जेल त्यो संगठनको सल्लाहकार तथा सर्वमान्य नेता थिए र मजदुर तथा विद्यार्थीलाई समन्वय गर्दै संघर्षका काममा सरिक गराउथे । २०३६ सालमा राजा वीरेन्द्र दिल्ली गएको वेला उनलाई कालो झण्डा देखाउँदा वावुराम आÏनो जीवनमा पहिलो पटक गिरÏतारीमा परेका थिए ।
प्रकाशनमा उनको रुची थियो
२०३४ सालमै उनले प्रकाशन गरेको “जनमानस” निकै चर्चित थियो । उक्त बाषिर्क पत्रिका रातन्त्रका विरुद्ध सवै एक भएर जानुपर्छ भन्ने बहसमा मुख्यत केन्द्रीत हुन्थ्यो र बाबुरामको बामपंथी सुझावका कारण माक्र्सवादी कोणबाटेै बढी व्याख्या विश्लेषण भएका रचना छापिन्थे । त्यसपछि ‘नेपाली एकता’ भन्ने मजदुरको पत्रिका पनि उनले दर्ता गरे र त्यसको संपादक/प्रकाशक भएर काम गरे । त्यसैको प्रकाशनका क्रममा उनलाई जवाहरलाल नेहरु विश्वविद्यालयको ढोकामा ट्याक्सीले ठक्कर दिएकाले उनी ४८ घण्टा वेहास भए । उनलाई अस्पताल पुर्‍याइए पछि उपचारमा नेपाली विद्यार्थी र विश्वविद्यालय प्रशासनले चासो दियो । त्यो सबैको नैतिक दायित्व नै थियो ।
उनले प्रकाशन गर्ने पत्रिकामा नेपालमा गणतन्त्रको आवश्यकता, गणतन्त्र प्राप्तीको आन्दोलन साथसाथै नेपाल भारत सम्वन्ध बारे हुन्थ्यो । बाबुरामको विधावारिधिको शोधपत्र पनि नेपाल भारत सम्बन्ध बिषयमा नै केन्द्रीत र भारतीय विस्तारवादी उत्पीडनवाट मुक्त नभै नेपालको दिगो विकास सम्भव छैन भन्ने त्यसको निष्कर्ष छ ।
बाबुराम नेपाल फर्के
२०४२ सालमा उनी काठमाण्डौं फर्के । काठमाण्डौं फर्किनु अघिनै उनले निर्णय गरी सकेका थिए कि “म अव पूर्ण कालीन राजनीति नै गर्छु” । उनी मसालको काठमाण्डौं जिल्ला सेक्रेटरी र वागमति व्यूरो सदस्य भएर कम्यूनिष्ट राजनीतिमा सक्रिय भए ।
उनी नेपाली कम्यूनिष्ट आन्दोलनलाई नयाँ ढंगले लैजानु पर्छ भन्ने मान्यता राख्ने भएकाले पुरानै ढाँचा परित्याग गर्न नसक्ने मोहन विक्रमसंग मतभेद बढ्यो । तर उनी संधै क्रान्तीकारी पार्टीहरु विचको एकतामा जोड दिन थाले । त्यतिवेला दुध काण्ड, रंगशाला काण्ड, मेघालयका षडणार्थी बिषयमा उनी संघर्ष गर्न थाले र साझा मञ्च बनाएर पद्मरत्न तुलाधर लगायतसँग पंचायत शासन विरुद्धको आन्दोलनमा सरिक भए ।
२०४६ सालको जनआन्दोलन ताका मसाल, मशाल, सर्वहारा श्रमिक संगठन, शम्भुराम समूह, कृष्णदास समूह आदि मिलेर संयुक्त राष्ट्रिय जन आन्दोलन नामक मोर्चा बन्यो । त्यसको उनी प्रवक्ता बने जुन अघोषित रुपमा संयोजक नै हुन्थ्यो । सोही मोर्चाले २०४६ साल चैत्र २४ गते गरेको वन्द नै त्यो आन्दोलनको उत्कर्ष थियो । र त्यो दिनको उत्कर्षले नै पंचायत व्यवस्थाको अन्त गर्‍यो ।
२०४६ को परिवर्तन पछि नयाँ प्रक्रियामा जानका लागि उनी पार्टी एकताको पहल गर्न थाले । बाबुराम, सिन्धुनाथ प्याकुरेल, काईलावा, दिलबहादुर श्रेष्ठ सिताराम तामाङ्ग लगायत मिलेर पार्टी एकताको लागि २०४७ जेष्ठमा ‘फोरम फर यूनिटी’ बनाए । त्यतिवेला एकता केन्द्र बनेको थिएन । एकता केन्द्र २०४७ मंसिरमा बन्यो । पार्टीगत रुपमा मोहन विक्रमसँग विद्रोह गर्न ढिला भएकाले एकता केन्द्र निर्माणका क्रममा भने बाबुरामहरु अलिढिलो समावेश भए । संयुक्त जनमोर्चा निर्माण गरेर क्रान्तीका लागि नयाँ ढंगले जानुपर्छ भन्दै बाबुरामहरुले एकताकेन्द्रसँग पार्टी एकता गरे । बाबुरामले नेतृत्व गरेको संयुक्त जनमोर्चा नेपाल नै एकता केन्द्रको जनसंघर्ष र चुनावी प्रयोगको मोर्चा बन्यो । यसले २०४८ को चुनावमा ९ वटा सिटमा विजय हासिल गर्‍यो र तेश्रो ठूलो दल भयो ।
सडक र सदन दुवै मोर्चाबाट संयुक्त जनमोर्चा नेपालले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवाललाई लिएर संघर्ष जारी राख्यो । बानेश्वरमा भारतीय पोशाकमै प्रहरी आएर नेपालीलाई गिरफ्तार गरेकाले २०४९ बैशाख २१ गते संयुक्त जनमोर्चाले बन्द आयोजना गर्‍यो । त्यसपछि चैत्र २४ लाई लोकतन्त्रको र बैशाख २१ लाई राष्ट्रियता सम्बन्धी संघर्षको दिनका रुपमा मनाइन थालियो । २०४६ को जनआन्दोलनबाट प्राप्त सिमित अधिकारबाट मात्र पुग्दैन जनतालाई पूर्ण मुक्ति चाहिन्छ भन्दै नेकपा (माओवादी)ले २०५२ जनयुद्ध शुरु गर्‍यो । संयुक्त जनमोर्चा नेपालले बाबुराम भट्टराईकै नेतृत्वमा ४० बुँदे माग तत्कालिन देउवा सरकारसँग राखेर ससस्त्र युद्धमा जाने घोषणा गर्‍यो । र व्यवस्थित युद्धमा उनीहरु सामेल भए ।
२०५२ देखि २०६३ सम्म चलेको जनयुद्धमा बाबुराम चार महिना वार्तामा बस्दा बाहेक सबै समय भूमिगत वसे । तर जनतासंग संधै सम्पर्कमा रहने बाबुराम भूमिगत भए पनि कहिल्यै रहस्यमय पात्र बनेनन् । कहिले दाह्री पालेका, कहिले चे टोपी लगाएका त कहिले फैजी पोशाकका बाबुराम संधै जनताको सम्पर्कमै रहे । भूमिगत होस वा खुल्ला उनको जस्तो सादगी र पारदर्शी जीवन सम्भवतः हालसम्मका राष्ट्रिय राजनीतिमा चर्चित नेताहरु कसैका छैन ।

Aug 27, 2011

सरकारी अस्पतालमा पनि 'टेस्टट्युब बेबी' सेवा उपलब्ध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भाद्र ५ - निःसन्तान दम्पतीलाई खुसीको खबर- अब सरकारी अस्पतालमा पनि 'टेस्टट्युब बेबी' सेवा उपलब्ध छ । त्यो पनि निजी क्षेत्रको दाँजोमा आधाभन्दा कम शुल्कमा । परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा आइतबार औपचारिक रूपमा 'इन भिट्रो फर्टिलाइजेसन' (आईभीएफ) सेवा सुरु भएको हो । अस्पतालका विशेषज्ञहरूलाई भारतबाट आएका बाँझोपन विशेषज्ञ डा. अश्विनी त्रिखाले टेस्टट्युब बेबी सेवासम्बन्धी तालिम दिइरहेका छन् । 'कम्तीमा एउटा सन्तानको चाहना सबैलाई हुन्छ,' त्रिखाले  भने, 'पैसा नभएकै कारण यो सुखबाट वञ्चित हुनु कत्तिको पीडादायी हुन्छ, त्यो निःसन्तानलाई नै सोध्नुस् ।' नेपालमा करिब १८ देखि २० प्रतिशत दम्पतीमा बाँझोपन रहेको विशेषज्ञहरूले जनाए । एक वर्षसम्म प्रयास गर्दा पनि गर्भधारण नहुनेलाई बाँझोपना भनिन्छ । हाल नेपाल र भारतमा भएका निजी क्षेत्रका निःसन्तान केन्द्रहरूको शुल्क महँगो भएकाले मध्यम वर्गीय र विपन्नलाई समेत उच्च स्याहार दिन सकिने गरी नेपाल सरकारले यो सेवा थालेको उनले जनाए ।
'हाल हाम्रो शुल्क करिब १ लाख ५० हजार रुपैयाँ जति हुन आउँछ जुन डेढ वर्षपछि १ लाखभन्दा पनि तल र्झछ,' अस्पतालका निर्देशक डा. लता वज्राचार्यले भनिन् । उनका अनुसार हाल फेलोपिन ट्युबमा अवरोध भएका महिलाका लागि यो सेवा दिइनेछ । डा. त्रिखाका अनुसार यसमा ३५ देखि ४० प्रतिशतसम्म सफलता दर छ । चार दशक नाघेका महिलामा भने यो माध्यमबाट गर्भाधान हुने सम्भावना कम हुन्छ ।
टेस्टट्युब सेवाका लागि अस्पतालमा शल्यक्रिया कक्ष र इब्रायो ल्याब (भ्रूण प्रयोगशाला) बनाइएको छ । भारतबाट आएका एक स्त्रीरोग शल्यचिकित्सक र एक भ्रूण विशेषज्ञले नेपाली चिकित्सा टोलीसँग मिलेर बाँझोपनको उपचार गर्दै तालिम दिनेछन् । महिलाको अण्डबाहिनी नलीमा अवरोधले गर्दा हुने बाँझोपनको मात्र उपचार नभई पुरुषको शुक्रकिटको संख्यामा कमीले गर्दा देखिने बाँझोपनको उपचारसमेत हुने डा. त्रिखाले बताए । त्यसका लागि 'इन्ट्रासाइटोप्लाज्मिक स्पर्म इन्जेक्सन (आईसीआई) सेवा पनि सञ्चालन गर्ने उनले जनाए । उनका अनुसार 'अण्डाणु' उत्पादन नहुने महिलाले अर्काको अण्डाणु दानमा लिएर आफ्नै श्रीमान्को शुक्रकिटको सहयोगले आफैं गर्भधारण गर्न सक्छन् । वीर्यमा शुक्रकिट नहुने दम्पतीले भने वीर्य बैंकबाट दान लिएर श्रीमतीको कोखबाट शिशु पाउन सक्छन् । डा. त्रिखाले यी सबै प्रशिक्षण नेपाली विशेषज्ञहरूलाई दिइने बताए ।

यातायात मजदुर र लिम्बुवान कार्यकर्ताबीच झडप

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
धरान,भदौ १०- यातायात मजदुर र मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका कार्यकर्ताहरुबीच केहीबेर अघि धरानमा झडप भएको छ। झडपको क्रममा दुवैतर्फका गरी कम्तिमा ४ व्यक्ति घाइते भएका छन् भने एक प्रहरीसमेत समान्य घाइते छन्। घटनालगत्तै यातायात मजदुरहरुले यातायात आवागमन ठप्प बनाएका छन्। पुनः झडप हुने आशंकामा लिम्बुवानको कार्यालय रहेको धरान ९, आचार्यलाइनमा सशस्त्र र जनपथ प्रहरी व्यापाक परिचालन गरिएको छ। बिहान पहाडीरुटको बस स्टेण्डमा यातायात मजदुरले लिम्बुवान युवा मञ्चका नगर सदस्य सुरेन लिम्बुलाई कुटपिट गरेको बिषयमा लिम्बुवानको कार्यालयमा छलफल भइरहदा एक्कासी दुवै पक्षबीच झडप भएको हो। लिम्बुवानका कार्यकर्ताहरुले छलफल गर्न भनि बस स्टेण्डबाट २ जना मजदुरलाई आफ्नो कार्यालय ल्याएपछि आक्रोशित तीन दर्जन बढी मजदुरहरुले कार्यालय पुगेका थिए। कार्यालयभित्र दुवैपक्षबीच सहमति भइसकेको अवस्थामा बाहिर एक्कासी मजदुरहरुको समुह आएको र विवाद झिकेर आक्रमण गरेको परिषदका जिल्ला अध्यक्ष डम्बर खजुमले बताए। ‘बिहान हाम्रो कार्याकर्ता विनाकारण कुटिएको बारेमा छलफल भइरहदा एक्कासी मजदुरहरुको समुहले आक्रमण गर्यो'-उनले भने। उनका अनुसार बिहान आफ्नो ससुरालाई धनकुटाको पाखि्रबास पठाउन बसस्टेण्ड पुगेको बेला जर्बजस्ती तेह्रथुमको गाडीमा मजदुरहरुले चढाएको र त्यसको प्रतिवाद गर्दा कार्यकर्ता सुरेन लिम्बुलाई कुटपिट गरेको थियो। त्यही बिषयमा दिउसो करिब साढे एक बजे लिम्बुवानको कार्यालयमा सौहार्दपुर्णरुपमा छलफल भइरहेको उनको भनाई छ। यातायात मजदुरहरुले भने आफ्ना २ जना साथीहरुलाई हातियारसहित आएका लिम्बुवानका कार्यकर्ताहरुले टिकट काउण्टरबाट अपहरणशैलीमा लगेपछि छुटाउन आउदा खुकुरी प्रहार भएको बताएको छ। ‘हाम्रो साथीलाई ल्याएपछि हामीले प्रहरी कार्यालयमा छलफल गर्ने भन्दैथियौं, एक्कासी लिम्बुवानले खुकुरी प्रहर गर्यो'-मजदुर पक्षका दिपक थापाले भने। झडपको क्रममा लिम्बुवानका नरेश लिम्बु र राज लिम्बु घाइते भएका छन् भने मजदुरका जनक लिम्बु घाइते भएका छन्। अर्का एक घाइते मजदुरको नाम खुल्न सकेको छैन। झडपकै क्रममा प्रहरी जवान कुसाहाङ राई पनि घाइते भएका छन्। उनलाई कम्मरमा लाठीले प्रहार भएको थियो भने हातमा सामान्य काटिएको छ। प्रत्यक्ष दर्शी प्रहरीका अनुसार लिम्बुवानका युवाहरु हतियार बोकेका थिए भने मजदुरहरुले लाठी र मुंग्रो बोकेका थिए।

डेढ वर्षीया बालिका सेनाले १७ घण्टापछि जीवितै उद्धार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पहिरोमा परी बेपत्ता भएकी जाजरकोट भगवती-३ की डेढ वर्षीया बालिका मनीषा परियारलाई नेपाली सेनाले १७ घण्टापछि जीवितै उद्धार गरेको छ । बुधबार बिहान उद्धारका लागि घटनास्थल पुगेको नेपाली सेनाको तल्लुस्थित सुरक्षा गुल्मले पहिरो पन्छाउने क्रममा मनीषालाई निगालाको कोक्रोभित्र जीवितै फेला पारेको हो । मंगलबार बेलुका घर माथिबाट आएको पहिरोमा परी एकै परिवारका ३ जनाको ज्यान गएको थियो भने ६ घर पुरिएका थिए । मंगलबार दिउँसो ४ बजे पहिरोमा पुरिएकी उनलाई बुधबार बिहान जिवितै उद्धार गरिएको थियो । 'पहिरोको अवस्था हेर्दा कसैलाई जिवित भेट्ने कल्पना नै थिएन अचानक बच्चा रोएको आवाज सुन्दा अचम्म लाग्यो, हेर्दा जिवित बालिका भेटेपछि खुशी लाग्यो !' नेपाली सेनाका सहसेनानी देवीप्रसाद भुसालले भने । बालिकाको दाहिने हात, टाउकोको बायाँ भाग र आँखामा चोट लागेको छ । उद्धारपछि उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । अहिले बालिकाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन् । उक्त पहिरोमा परी मनिषाका दुई दाजु ६ वर्षीय रमेश, ४ वर्षीय रेशम र बज्यै ५५ वर्षीय देउमति परियारको मृत्‍यु भएको थियो । पहिरो जाँदा बाख्रा चराउन गएकी मनिषाकी आमा सीता र कमाई गर्न भारत गएका बाबु बेदबहादुर भने सकुशल रहेका छन् ।

जीवनसाथी तनावमा भए चाँडै मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भाद्र १० - जीवनसाथी कति शान्त छन्/छिन् भन्ने कुरामा हेक्का राख्नुहोला । यसलाई हलुका हिसाबले नलिनोस् । किनभने जीवनसाथी सधैं तनावमा रहे तपाइको जीवन अवधिसमेत प्रभावित हुन सक्छ । ग्लासगो विश्वविद्यालयका वैज्ञानिक टोलीले यसका लागि पक्षीको अध्ययन गर्‍यो । व्यग्र साथीसँग जोडी कनाउने पक्षी कम उमेरमा मर्ने सम्भावना बढी हुने तथ्य त्यो टोलीले पत्ता लगायो । अनुसन्धाताहरूका अनुसार, चिढचिढो स्वभाव हुने जीवनसाथीसँग जीवनयापन गर्नु सहज हुँदैन । त्यस्ता पार्टनरबाट सुख कम दुःख बढी पाइन्छ । अध्ययन दलका प्रमुख डा. पेट मोनागन भन्छन्, 'अध्ययनको निचोड यत्ति हो- गलत जीवनसाथीको छनोट तपाइको स्वास्थ्यका लागि नोक्सानदायक हुन सक्छ ।'

एमाले निकट एक युवाको गोली हानी हत्या

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चितवन,भदौ १०- आपसी द्वन्द्वका कारण नेपाली काँग्रेससमर्थक युवाहरूको एक समूहले एमाले निकट एक युवाको गोली हानी हत्या गरेका छन्। चितवनको कविलास गाविस ५ केराबारी भन्ने स्थानका काँग्रेस युवा समूहले भरतपुर १ का २८ वर्षिय संजय लामाको शनिबार गोली हानी हत्या गरेका हुन्। घटनामा उनका साथी भरतपुर १२ का विनोद लामा घाइते भएका छन्। नारायणगढ मुग्लिन सडक अन्तर्गत केराबारी भन्ने स्थानको एक होटलमा शनिबार मध्यान्ह सवा १२ बजे साथीहरुसँग खाना खाएर आराम गरिरहेका संजयसहितका युवाहरुमाथि अर्को समूहले गोली प्रहार गरेको थियो। सँगैको साथीलाई गोली छेकेका संजयको उपचारका लागि चितवन मेडिकल कलेज ल्याईपुर्‍याउनासाथ मृत्यु भएको थियो। उनीहरु काठमाडौँट चितवन आउँदै गर्दा केराबारीस्थित एक होटलमा खानाखान बसेका थिए।
खाना खाएपछि होटल बाहिर बसिरहेका थियौं एक्कासी ड्याम ड्याम गोली हाने ,'गोली काण्डमा बच्न सफल घाइते बिनोद लामाले भने। अगाडि अगाडि सडकमा रातो गाडी थियो पछाडि मोटरसाइकलमा चिनेका व्यक्तिहरु नै थिए, उनले भने। उनका अनुसार तीनपटकसम्म गोली हानिएको थियो। घटनास्थलमा उपस्थितहरूका अनुसार गोली हान्ने समूहमा काँग्रेस भ्रातृ संगठन तरुण दलका चितवन अध्यक्ष शिव पौडेल,संगठनकै कुमार गुरुङ,कान्छी भनिने यमबहादुर कार्की, प्रमेश राई, कान कुईए भन्ने अनिल परियार, मुसे भन्ने बचन काकी,साजन गुरुङ, सुरेन्द्र गुरुङ, लुना र सुरेश नामका युवा रहेका छन्। ‘मलाई समेत तीन महिना अघिदेखि मार्ने धम्की दिइरहेका थिए, हत्या भएका संजयका साथी प्रकाश रेग्मीले भने. ‘आजै मार्छु भोली मार्छु भन्थे।' केही दिनअगाडि सोही समूहले आफ्ना साथी सुरज राईलाई नारायणगढ सडकमा खुलेआम आक्रमण गरेको उनले बताए। तर प्रहरीले कारबाही अगाडि नबढाउँदा अहिले हत्यामा उत्रिएको दाबी उनले गरे। चितवनका प्रहरीको लापरबाहीका कारण यो घटना भएको आरोप समेत उनीहरुले लगाए। दुई युवासमुहबीच पटक पटक आपसी झगडा भैरहेकोले घटना निम्तिएको प्रहरीको भनाई छ।
आपसी रिसइबीका कारण गोली प्रहार गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। घटनास्थलबाट गोलीका खोका समेत बरामद गरिएको मुग्लिन प्रहरीले बताएको छ। घटनास्थलमै टोली पठाएर थप अनुसन्धान चलिरहेको चितवनका प्रहरी प्रमुख रविन्द्र शर्माले बताए। घटनापछि आक्रोशित युवा समूहले चितवन मेडिकल कलेज अगाडि ना १७ प २८४७ नम्बरको सो मोटरसाइकल सडकमै जलाएका थिए। मोटरसाइकल कसको हो भन्ने नखुलेको प्रहरीले बताएको छ। घटनापछि आक्रोशित समूहले दिउँसोभर सडक अवरुद्ध पारेका थिए। भरतपुर दिनभर तनाबग्रस्त बनेको थियो। सवारीमा आएका तथा पैदल यात्रु र नजिकका बासिन्दा त्रस्त बनेका थिए। उनीहरुले घटनामा संलग्नहरुलाई कारबाही नगरेसम्म विरोधमा उत्रने जनाएका छन्। अन्य घटना हुन नदिन चितवन मेडिकल कलेज क्षेत्र तथा भरतपुर क्षेत्र वरपर प्रहरी परिचालन गरिएको छ।

Aug 26, 2011

लिम्बुवानी राँके जुलुश र मोटर साइकल र्यालीसहित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/प्रेम तुम्बापो "मिम्जी"
दमक,८ भाद्र २०६८,संघीय लोकतान्त्रिक राष्ट्रिय मंच सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्को आयोजनामा "लिम्बुवान स्वायत्त गणराज्य स्थापनाको लागि एक होऔं" भन्ने मूल नाराका साथ २०६८ भाद्र ७ गते साँझ लिम्बुवानका विभिन्न प्रमुख शहरहरू धरान, इटहरी, सुनसरी; पथरी, उर्लाबारी, मोरङ; दमक, बिर्तामोड, झापा; इलाम बजार, इलाम, फेदेन बजार, पान्थर; फुङलिङ बजार, ताप्लिजोङ, मेयङलुङ बजार, तेह्रथुम; धनकुटा बजार, धनकुटा; चैनपुर/खाँदबारी सङखुवासभालगायतका स्थानमा भब्य राँके जुलुश गरी सोही स्थानबाट सयौको सङख्यामा मोटर साइकल र्यालीसहित सप्तकोशीको कोशी ब्यारेजमा पुगेर संघीयता बिरोधी एकात्मकवादीहरूको पुत्ला दहन गरी कोणसभा गरेर कार्यक्रमको अन्त्य गरिएको थियो |
लिम्बुवान को इटहरी देखी अरुण सप्तकोशीको किनारसम्म करिब १५ सय मोटर साइकल र्यल्ली सम्पन्न भयो | संबिधान सभाद्वारा लिम्बुवान, खम्बुवान , तामाङसालीङलागयातका संघीय गणराज्य स्थापना हुनुपर्ने र लिम्बुवानलाई टुक्राउन नहुने कार्यक्रमको प्रमुक उद्धेश्य थियो | कार्यक्रमको सुरुवा मा एकात्मकवादीहरुको पुत्ला दहन गरिएको थियो | एकात्मकवादीहरूको पुत्लालाई मंच सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका अधक्ष्य कुमार लिङदेन "मिराक" बाट पुत्लामा आगो लगएर दाह संस्कार गरिएको थियो | पुत्लादहनपछि सप्तकोशीपुलको मद्यभागमा संघीयवादी लिम्बुवानी झन्डाहरु गाडिएको छ | कार्यक्रमको अन्तमा कोणसभामा परिणत भएको थियो | कोणसभामा बोल्दै लिम्बुवानका अध्यक्ष्य कुमार लिङदेन "मिराक" ले अरु सबै सबै हारे पनि यी एकत्मकवादीहरूसंग लिम्बुवान कहिलै नहारी आन्दोलन जारी राख्ने बताउनु भयो | लिम्बुवानका उपाध्यक्ष्य तथा आन्दोलन संयोजक ज्ञान बहादुर गुरुङले कार्यक्रमको समापन गर्दै लिम्बुवान आन्दोलन निरन्तर जारी रहने बताउनु भयो |
तत्कालै मंच सबद्ध संघीय लिम्बुवान राज्य परिषदले लिम्बुवानको बिराटनगरमा बिशाल लिम्बुवानी आमसभा गर्ने कार्यक्रम रहेको छ | कार्यक्रमको संचालन लिम्बुवानका सचिवालय सदस्य प्रेमदीप थाम्सुहाङद्वारा गरिएको थियो भने केन्द्रीय सदस्य टीका ढुङगेलले स्वागत गर्नु भएको थियो |

उपनियोग प्रमुख बर्तौलाद्वारा निरिक्षण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/देबेन्द्र सम्बाहाम्फे
कोरिया,भाद्र ७,नेपाली राजदुताबास दक्षिण कोरियाका उपनियोग प्रमुख राजाराम बर्तौलाले छनान औद्योगिक क्षेत्रमा कार्यरत नेपालीहरुको स्थिति निरीक्षण गरेका छन् | तीन दिने निरीक्षण कार्यक्रमबाट फर्केपछि आज जानकारी दिदै बर्तौलाले अन्य मुलुकका कामदारको तुलनामा नेपाली कामदारप्रति काम्पनि संचालक र ब्याबस्थापकहरू सन्तुष्ट रहेको र त्यस क्षेत्रमा नेपाली जोखिममा नरहेको पनि बताए | विभिन्न कम्पनी संचालकहरुलाई नेपालमा उद्योग बिस्तार गर्न आग्रह पनि गरेका बर्तौलाले छनान फरेन वोर्कस सेन्टरका निर्देशक ली हान बोकसंग प्रवासी मजदुर हक हितको बारेमा जानकारी लिएका थिए | यसका साथै उपनियोग प्रमुख बर्तौलाले इ पी एसबाट आएर KBIZ मा तालिम लिइरहेका नेपालीहरुलाई भेटेर काम गर्दा आइपरेका समस्याहरु दुताबासमा निर्धक्क राख्न पनि सुझाब दिएका थिए | उनलाई छनानकै ह्याभन सेन्ट्रल चर्चमा भब्य स्वागत पनि गरिएको थियो|

लिम्बुवानमा मसाल जुलुश र मोटर साइकल र्‍याली हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/डीबी आङ्बुङ लिम्बू
दमक,७ भाद्र २०६८,संविधानसभामार्फत संघीय लोकतान्त्रिक गणतन्त्रात्मक धर्मनिरपेक्ष राज्य नेपालअन्तर्गत जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा आत्मनिर्णयको अधिकार र स्वशासनसहितको लिम्बुवानलगायतका स्वायत्त राज्यहरूको संवैधानिक घोषणा गर्नुपर्ने माग राख्दै मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले गर्दै आएको विभिन्न स्वरुप र चरणको आन्दोलन जारी छ । मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले गर्दै आएको शान्तिपूर्ण तर सशक्त आन्दोलनको क्रम्मा संविधान सभामार्फ् हुने संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता तथा जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा बन्ने आत्मनिर्णयको अधिकार र स्वशासनसहितका अरुणपूर्व नौ जिल्ला लिम्बुवान राज्यको विरोधी एकात्मकवादीहरूको एकात्मक चलखेल र षडयन्त्रको विरुद्धमा यही भाद्र ७ गते साँझ लिम्बुवानका नौवटै जिल्लाका विभिन्न सदरमुकाम र प्रमुख बजारहरूमा राँके जुलुश गरी भाद्र ८ गते दिउँसो लिम्बुवानका विभिन्न जिल्ला र क्षेत्रबाट जम्मा भइआएका हजारौ लिम्बुवानी नेतृत्व तथा कार्यकर्ताहरूको व्यापक सहभागीतामा भव्य मोटर साइकल र्‍यालीसहित लिम्बुवानको विर्तामोड, मदक, झापा; उर्लांबारी, पत्थरी, मोरङ; र धरान, इटहरी सुनसरीहुँदै सप्तकोशी ब्यारेजमा पुगेर एकात्मकवादीहरूको पुत्ला दहन गरी विशेष कोणसभा गरिने कार्यक्रम रहेको जानकारी एक प्रेस विज्ञप्तिमार्फत गराइएको छ ।
मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका वरिष्ठ उपाध्यक्ष ता लिम्बुवान आन्दोलन संयोजक ज्ञानबहादुर गुरुङद्वारा हस्ताक्षरित सो विज्ञप्तिमा उक्त शान्तिपूर्ण आन्दोलनमा व्यापक सहभागीता जनाई लिम्बुवान राज्य प्राप्तिको आन्दोलनमा ऐतिहासिक योगदान पुर्‍याउन सहयोग गर्नहुन सम्पूर्ण लिम्बुवानवासी लिम्बुवानी शुभेच्छुक कार्यकर्ता, बुद्धिजिबी, मजदुर, शिक्षक, विद्यार्थी, व्यापार व्यवशायीलगायत पत्रकारहरूमा हार्दिक अपील गरिएको छ ।
सोही विज्ञप्तिमा हालै, नेपाल सरकार गृह मन्त्रालयले देशमा विद्यमान ठूला समस्या र चुनौतीको पहिचान गरेको भन्दै तयार गरेको अभिलेखमा विभिन्न दश समस्या पहिचान गरेको भनी फेरि पनि लिम्बुवान र यसको आन्दोलनलाई निष्तेज पार्ने कुत्सित नियतले स्वतन्त्र लिम्बुवानको माग गरेर स्वतन्त्र देशको अस्तित्वमै प्रश्न उठाउने गतिविधि भइरहेको भन्ने अनर्गल प्रचारबाजीप्रति गरेको भन्दै सोप्रति मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । विज्ञप्तिमा थप भनिएको छ- ''लिम्बुवानको शान्तिपूर्ण आन्दोलनलाई जबर्जस्त हिङ्सा र विद्रोहतर्फ धकेल्ने षडयन्त्र कोही कतैबाट पनि नगरियोस् भनी चेतावनी दिन चाहन्छौं ।''

निर्माणधीन संविधानमा लाहुरेहरुको चासो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/विश्वास दीप
२२ अगस्त ११, निर्माणाधीन संविधानमा अनिवार्य समेटिनु पर्ने ९ वटा बुदा माथि समिक्षात्मक छलफल सम्पन्न भयो । संवैधानिक समितिका सदस्य तथा सभासद हरीराज लिम्बुको उपस्थिती, चुम्लुङ अध्यक्ष अर्जुन लिम्बु, युवानेता कुमार लिङदेनको आतिथ्य लगायत २ दर्जन समृद्ध नेपालका अभियन्ताहरुको उपस्थिती रहेको थियो । स्वतन्त्र विचार समुह वेलायत, ब्रुनाईले गत बैसाक र जेठमा संविधान सभा हलको ठिक अगाडि उक्त ९ बुदा लेखिएको विशाल होर्डिङ बोर्ड राखेको थियो, उभौली, लोसार तथा विभिन्न अवसरमा ५ सय ९८ जना सभासदहरुलाई शुभकामना कार्ड र गोजी पात्रो प्रदान गरेको थियो । उक्त कार्ड र पात्रोमा पनि सोहि ९ बुदा राखिएका थिए । त्यस्तैगरि नेपाल साप्ताहिक पत्रिका लगायतमा विज्ञापन स्वरुप प्रकाशन गरिएको थियो । यी विभिन्न कार्यहरु डेडलाख रुपैयाको लागतमा सम्पन्न गरिएको थियो । तिनै कार्यहरुको समिक्षा तथा जानकारीको लागि अन्तरक्रियाको आयोजना गरिएको थियो । संचेतना जोगाउने कार्य अत्यन्तै स्रहानिय भएको र यस कार्यमा सहयोग गर्ने सबै लाहूरे दाजुभाईहरु धन्य हुनुहुन्छ, यी ९ बुदाहरुको लागि आफ्नो ठाँउबाट सक्दो पहल गर्ने सभासद लिम्बुले बताउनु भयो । यो कार्यले अत्यन्तै महत्वपूर्ण काम गरेको निश्कर्ष रह्रयो भने यहि सानो सहयोगले पनि ठूलो परिवर्तन गर्न सघाउ पुर्याएको बताउदै यसलाई निरन्तरता दिन बक्ताहरुले आग्रह गर्नुभयो । सन्तराज आङदेम्बे अध्यक्ष रहनु भएको प्रवाह समुहको संयोजक विश्वास दीप तिगेलाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा थर्कदीप तिगेलाले स्वागत मन्तब्य ब्यक्त गरेका थिए भने डि वि आङबुहाङले संचालन गर्नुभएको थियो ।

दाजुले भाइको लिङ्ग काटिदिएपछि गम्भीर घाइते

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पर्वत, भदौ ७- मदिराको उन्मादमा दाजुले भाइको लिङ्ग काटिदिएपछि उनी गम्भीर घाइते भएका छन्। पर्वत जिल्लाको कुर्घा गाविस-५ का ३६ वर्षीय बुद्धिबहादुर नेपालीले आफ्ना २५ वर्षीय भाइ श्यामबहादुरको लिङ्ग काटिदिएपछि गम्भीर अवस्थामा रहेका छन्। घाइते नेपालीको पोखरामा उपचार भइरहेको छ। मदिरा सेवन गरेका दाजु बुद्धिले भाइसँग झगडा गरी भदौ ४ गते लिङ्ग काटिदिएको प्रहरीले जनाएको छ। प्रहरीले अभियुक्त नेपालीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले बताए। उनलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाउने तयारी भइरहेको उनले बताए।

मट्टितेल र डिजेलको भाउ बढ्यो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ ९ नेपाल आयल निगमले डिजेल र मट्टितेलको भाउ आजदेखि लागू हुने गरी एक रुपैयाँ ५० पैसा बढाएको छ। निगमले अरु पेट्रोलियम पदार्थको मूल्य भने यथावत राखेको छ। मूल्यवृद्धिसँगै काठमाडौँ उपत्यकामा डिजेल र मट्टितेलको मूल्य प्रति लिटर ७५ रुपैयाँ पुगेको छ। यसअघि यसको भाउ ७३ रुपैयाँ ५० पैसा थियो।

मधेशी मोर्चाद्वारा सर्वोच्चको फैसला बिरुद्ध प्रदर्शन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भाद्र ९ - सर्वोच्च अदालतले दौरा सुरुवाललाई राष्ट्रिय पोशाक भनेर गरेको फैसलाको बिरोधमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले शुक्रबार विभिन्न जिल्लामा बिरोध प्रदर्शन गरेको छ । पूर्व निर्धारित कार्यक्रम अनुसार मोर्चा कार्यकर्ताले सर्वोच्चको फैसलाको प्रतिलिपी जलाएका छन् । राजधानी काठमाडौं लगायत तराई मधेशका जिल्लाहरुमा मोर्चा सम्वद्ध कार्यकर्ताहरुले उक्त निर्णयको बिरोधमा प्रदर्शन गरेका छन् । मोर्चाले एक भाषा र एक भेषको पञ्चायतकालिन नीति लाद्न खोजिएको बताएको छ । मोर्चाका नेताहरुले बिहीबार उक्त विषयमा संसदमा बिरोध गरेपछि सभामुखले सरकारलाई रुलिङ गरेका थिए । सभामुख सुवास नेम्वाङले हिमाल,पहाड,तराई सबै क्षेत्रका सबै जातिको सांस्कृतिक पहिरन राष्ट्रिय पोसाक भएको तर्फ सरकारको ध्यानाकर्षण गराएका हुन् । मधेशी नेताहरुले दौरा सुरुवालप्रति आफूहरुको कुनै पूर्वाग्रह नभएको भन्दै दैरा सुरुवाल मात्र राष्ट्रिय पोसाक भन्ने निर्णय मान्य नभएको भनेका छन् । परासीमा मोर्चाका कार्यकर्ताहरुले बिरोध र्‍याली गर्नुका साथै जिल्ला अदालत अगाडि सर्वोच्चको फैसलाको प्रतिलिपी जलाए ।

बाबुराम भट्टराईद्वारा प्रधानमन्त्रीको उम्मेदवारी दर्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रस्तावक माओवादी अध्यक्ष पुष्पकमल दाहाल तथा समर्थकमा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासिचव रामबहादुर थापा रहेर माओवादी नेता डा. बाबुराम भट्टराईले शुक्रबार दिउँसो सवा ११ बजे प्रधानमन्त्रीका लागि उम्मेदवारी दर्ता गरेका छन् । अध्यक्ष दाहाल, उपाध्यक्ष श्रेष्ठ, महासचिव थापा, नेताहरु पोष्टबहादुर बोगटी, दिननाथ शर्मा, हिसिला यमीलगायत दुई दर्जन सभासद्हरुसहित आएका भट्टराईले संसदका महासचिव मनोहरप्रसाद भट्टराईको कार्यकक्षमा गएर उम्मेदवारी दर्ता गराएका हुन् । 'शान्ति र संविधानको लागि उम्मेदवारी दिएका हौं' माओवादी अध्यक्ष दाहालले मनोनयन दर्तापछि संवाददाताहरुलाई संक्षिप्तमा भने । माओवादी प्रबक्ता दीननाथ शर्माले उम्मेदवारी दिइसकेपछि पनि सहमतिको प्रयास जारी रहने बताए । प्रधानमन्त्रीका अर्का उम्मेदवार काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले सवा १२ बजेतिर मनोनयन दर्ता गर्ने बताइएको छ ।

राष्ट्रसंघ कार्यलय भवनमा विस्फोट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अबुजा, नाइजेरिया, भदौ ९,नाइजेरियाको राजधानी अबुजास्थित संयुक्त राष्ट्रसंघको कार्यालय रहेको भवनमा शक्तिशाली बम विस्फोट भएको छ। विस्फोटपछि केही मान्छेको शव देखिएको बीबीसी विश्व सेवाले उल्लेख गरेको छ। विस्फोटका कारण भवनको पहिलो तला ध्वस्त भएको छ। उद्दारकर्मीले घाइते तथा शवहरुलाई अस्पताल पुर्‍याइरहेको घटनास्थलबाट बीबीसीले सम्प्रेषण गरेको खबरमा उल्लेख छ। इस्लामिक सशस्त्र समूहले विस्फोट गराएको हुनसक्ने प्रारम्भिक अनुमान सुरक्षाकर्मीले गरेका छन्। एपीलाई उदृत गर्दै राजधानी अम्बुजाका प्रहरी प्रमुखले भनेका छन्- 'घटनामा कति हताहत भए भन्न सक्ने अवस्था छैन।'

Aug 25, 2011

कांग्रेसले प्रधानमन्त्रीमा रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली कांग्रेसले पार्टीका तर्फबाट बहुमतीय सरकारका लागि प्रधानमन्त्री पदमा रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उम्मेदवार तय गर्न पार्टी कार्यालय सानेपामा आज बसेको बैठकले नेता पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । आजको बैठकमा सभापति सुशील कोइरालाले पौडेललाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने गरी गरेको प्रस्तावमा बरिष्ठ नेता देउवाले समर्थन गर्नुभएको थियो । यद्यपी नेता देउवा भने बैठकमा उपस्थित हुनुभएको थिएन । उहाँले फोन गरेर आफ्नो समर्थन रहेको जानकारी गराउनुभएको थियो ।

चार सभासद्‍ आज संसदबाट निस्कासित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ ८ - संवैधानिक राजतन्त्रको वकालत गर्दै आएको दल राप्रपा नेपालका चार सभासद्‍ आज संसदबाट निस्कासित भएका छन्। व्यवस्थापिका संसदको वैठकमा अवरोध गर्न थालेपछि सभासद्‍हरु चन्द्रबहादुर गुरुङ, बबिना मोक्तान, कुन्ती शाही र रामनारायण सिंहलाई एक दिनका लागि 'निलम्बित' गरिएको हो। व्यवस्थापिका संसदको वैठक सुरु भएपछि राप्रपा नेपालका सभासद् रामनारायण सिंहले लामो भाषण गरेका थिए। भाषणको अन्त्यमा उनले संसद अवरुद्ध गर्ने प्रयास गरे। उनीलगायत चार सभासद उठेर नारावाजी गर्न थालेपछि सभामुख सुभाष नेम्वाङले ससम्मान बाहिर निस्कन आग्रह गरेका थिए। तर, उनीहरुले नटेरेपछि सभामुखले मर्यादापालक लगाएर उनीहरुलाई बाहिर निकालेका थिए। आइतबार १ बजे प्रधान मन्त्रीको निर्वाचन गर्ने घोषणा गरेका छन्। घोषणा लगत्तै वैठक समाप्त भएको छ।

गद्दाफीलाई पक्राउ वा हत्या गर्नेलाई १७ लाख डलर पुरस्कार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भाद्र ८ - लिवियाको बिद्रोही सरकारले तानाशाह कर्णेल मुअम्मर गद्दाफीलाई पक्राउ वा हत्या गर्नेलाई १७ लाख अमेरिकी डलर पुरस्कार घोषणा गरेको छ । एजेन्सीहरुका अनुसार म‌गलबार उनको बव-अल-अजिजिय दरवारलाई बिद्रोहीहरुले कब्जामा लिएपनि उनी नभेटिएपछि पुरस्कार घोषणा गरेका हुन् । लिवियामा ४७ बर्ष शासन गरेका गद्दाफी राजधानी त्रिपोली भित्रै वा त्यसैको वरिपरि रहेको अनुमान गरिएको छ । उनको समर्थक सैनिकहरुले अझै पनि राजधानी त्रिपोलीका बिभिन्न स्थानहरुमा बिद्रोहीहरुको प्रतिरोध गर्न छाडेका छैनन् । प्रतिरोध नसकिएकै कारण बिद्रोहीहरुले आफ्नो मुख्यालय बे‌गाजीबाट राजधानी त्रिपोली सार्ने कार्यक्रम पर सारेका छन् । गत आइतवार राती बिद्रोहीहरु विभिन्न नाकाहुँदै राजधानी त्रिपोली प्रवेश गरेका हुन । त्यहाँ गद्दाफी समर्थक र बिद्रोहीबीचको स‌घर्षमा हालसम्ममा चार सय जनाको ज्यान गएको र हजारौ‌ घाइते भएको बताइएको छ ।
गद्दाफीको निवास बिद्रोहीको कब्जामा गएपछि गद्दाफी सरकारका उच्च अधिकारीहरुले बिद्रोहीको समर्थन गर्न थालेका छन् । यद्यपी म‌गलबार गद्दाफीले कि मरिन्छ कि जितिन्छ भन्ने अभिब्यक्ति दिएका थिए । उनले आफ्नो निवास छाड्नुलाई पनि रणनीति बताएका छन् । नाटो सैनिकहरुले केही महिनायता बिद्रोहीहरुको सहयोगका लागि बम बर्षा गर्दै आएका थिए । अहिले पनि बिद्रोहीहरुको सहयोगमा त्रिपोलीमा गद्दाफी समर्थक रहेको स्थानहरुमा बम बर्षाउन काम जारी रहेको छ । अझै पूर्व र दक्षिणका दुई सहर गद्दाफीकै बलियो पकटमा रहेको बताइएको छ । बिद्रोही सरकारका अधिकारीहरुले ति सहरका स्थानीय राजनीतिकर्मीहरुस‌ग कसरी शान्तिपूर्ण ढ‌गले समाधान गर्ने भन्ने सम्बन्धमा छलफल अघि बढाइएको उल्लेख गरेका छन् ।

प्रधानमन्त्रीका लागि भदौ ११ गते आइतवार चुनाव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्रीका लागि भदौ ११ गते आइतवार व्यवस्थापिका संसदमा बहुमतीय प्रक्रियाबाट पहिलो चरणको चुनाव हुने भएको छ । कार्यव्यवस्था परामर्श समितिको बिहीबार बिहान संसद सचिवालयमा बसेको बैठकले प्रधानमन्त्री चयनको कार्यतालिका बनाएको हो । शुक्रबार अपराहृन पाँच बजेसम्म प्रधानमन्त्रीको उम्मेदवारी दर्ताको समय तोक्ने निर्णय गर्दै समितिले ११ गते अपराहृन १ बजे पहिलो चरणको चुनाव गर्ने भएको छ । वैठकले १२ गतेको संसद बैठकमा संविधानसभाको म्याद थपका लागि अन्तरिम संविधान दशौं संशोधन प्रस्ताव पेश गर्ने सहमति भएको वैठकमा सहभागि एक नेताले बताए । दलहरुबीचको सहमतिलाई आजै बस्ने व्यवस्थापिका संसद् बैठकले अनुमोदन गर्ने नेताहरुले बताएका छन् ।

Aug 23, 2011

फेसबुकजस्तै नेपाली वेबसाइट 'नमस्तेमित्र डट कम'तयार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ ४,विश्वभर लोकप्रिय इन्टरनेट सामाजिक सञ्जाल फेसबुकजस्तै नेपाली वेबसाइट तयार भएको छ। 'नमस्तेमित्र डट कम' नामको यो साइट अहिले परीक्षण भइरहेको छ। 'फेसबुक नेपालमा सबैभन्दा बढी हेरिने इन्टरनेट सामाजिक सञ्जाल भएको छ,' युरोपेली राष्ट्र बेल्जियमबाट सञ्चालित नमस्तेमित्रका सञ्चालक नेपालका सुदर्शन सिंखडाले भने, 'इन्टरनेट सामाजिक सञ्जालमा पनि नेपालीपन आओस् भनेर सुरु गरेका हौं।' उनका अनुसार नमस्तेमित्रमा फेसबुकका सबै सुविधा उपलब्ध हुनेछन्। साथी बनाउने, च्याट रुम, ग्रुप बनाउने, फोटो सेयर गर्नेलगायत सुविधा रहेका छन्। 'पहिलो चरणमा हाम्रो सञ्जालमा ५ लाख सदस्य बनाउने लक्ष्य छ,' सिंखडाले भने, 'आवश्यकता अनुसार क्षमता बढाउँदै लान्छौं।' इन्टरनेटका अधिकांश ग्राहकले कम्प्युटरमा बस्नेबित्तिकै फेसबुक खोल्ने गर्छन्। हाल नेपालमा फेसबुक प्रयोगकर्ता १० लाख नाघेको अनुमान छ।

फेसबुकमा ५१ वर्षीय यू-टु गायक बोनोको सेयर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लन्डन, भाद्र ६ - यू-टु गायक बोनो अर्बपति हुँदै छन् र यसको कारण हो- फेसबुक । सोसियल नेटवर्किङ साइट फेसबुकमा ५१ वर्षीय बोनोको सेयर छ । उनको इन्भेस्टमेन्ट कम्पनी एलिभेसन पार्टनर्सले सन् २००९ मा फेसबुकमा २१ करोड डलरको सेयर किनेको थियो । एलिभेसन पार्टनर्समा बोनोका साझेदारमा एप्पलका पुराना मालिक प|mेड एन्डरसन हुन् । उनीहरूले लिएको जोखिमले अब रंग देखाउन थालेको छ । हालै मात्र गरिएको फेसबुकको भ्यालुएसन ६५ अर्ब डलर आँकलन गरिएको छ । यस्तोमा बोनोको सम्पत्ति पनि ९ अर्ब ७५ करोड डलर पुगेको छ । बोनोको आफ्नो ब्यान्ड यू-टु आफ्मा विश्वको सर्वाधिक कमाउनेमा पर्छ । पछिल्लो विश्वव्यापी 'थ्री हन्डे्रड सिक्सटी-टुर' बाट मात्र यू-टुले ७ करोड डलरभन्दा बढी कमाएको थियो ।

माओवादी र मोर्चाको गठनबन्धमा बहुमतको सरकार बन्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संयूक्त लोकतान्त्रिक मधेसी मोर्चा आवद्ध तराई मधेस लोकतान्त्रिक पार्टीका सहमहामन्त्री जितेन्द्र सोनालले एकीकृत नेकपा माओवादी र मधेसी मोर्चाको गठनबन्धमा बाबुराम भट्टराईको नेतृत्वमा बहुमतको सरकार बन्ने बताएका छन् । आज राजधानीमा आयोजित एक कार्यक्रममा उनले माओवादी र मधेसी मोर्चावीचको सहमतिले मात्रै निकास दिन सक्ने दाबि गरेका हुन् । उनले परिवर्तनबाट आचका शक्ति, गणतन्त्र र संघीयतामा कुरा मिल्ने भएकाले मधेसी मोर्चा र माओवादीबीच सहमति बन्ने बताए । यसरी बनेको बहुमतिय सरकार नै मजबुत बन्ने बताउँदै उनले कांग्रेस र एमाले प्रतिपक्षमा बसेर रचनात्मक भुमिका खेल्ने बताए ।

म्याद थपका लागि संविधान संशोधनको प्रस्ताव दर्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भाद्र ६ - सरकारले संविधानसभाको म्याद तीन महिना थप्ने गरी अन्तरिम संविधानको १०औं संशोधन विधेयक संसद सचिवालयमा दर्ता गराएको छ । सरकारका तर्फबाट उपप्रधानमन्त्री भरतमोहन अधिकारीको नेतृत्वमा गएको टोलीलले उक्त संशोधन प्रस्ताव दर्ता गराएको हो । यसअघि मन्त्रिपरिषद् बैठकले संविधानसभाको म्याद तीन महिना थप्ने निर्णय गरेको थियो । माओवादीले छ महिना थप्नुपर्ने भन्दै मन्त्रिपरिषद् बैठक बहिष्कार गरेको थियो । संविधानसभाको म्याद भदौ १४ मा सकिदैंछ । संविधानसभाको म्याद तीन वर्ष तीन महिना हुनेछ भन्ने संवैधानिक व्यवस्थाको ठाउँमा संशोधन गरी संविधानसभाको अवधि तीन वर्ष छ महिना हुनेछ भन्ने उल्लेख गर्न सरकारले प्रस्ताव गरेको छ ।

लिवियन शासक कर्णेल मुआमर गद्धाफीका छोरा सार्वजनिक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लिवियन शासक कर्णेल मुआमर गद्धाफीका छोरा सेफ अल इस्लामले ट्रिपोलीमा भइरहेको विद्रोहीको आक्रमणलाई सरकारले निस्तेज पारेको दावी गरेका छन् । राजधानीमा ट्रिपोलीमा प्रस्तुत भएका इस्लामले सरकारले विद्रोहीको आक्रमणको ढाड भाँचिदिएको उल्लेख गरेका छन् । विद्रोहीले उनलाई पक्रेको दावी गरेको एक दिनपछि सरकारप्रति वफादार सेना रहेको होटलको कम्पाउण्डमा सरकारी गाडीबाट उनले यस्तो अभिब्यक्ति दिएका हुन् । विविसीका समाचारदाताका अनुसार सेफ अल इस्लाम ढुक्कले बोलिरहेका थिए । उनी मगंलबार शुरु भएको घण्टामै होटल परिसरमा सार्वजनिक भएका थिए । सोमबार विद्रोहीहरुले सरकारी प्रतिरोधको भारीमात्रामा सामाना गर्नुपरेको थियो र दुबै पक्षहरुले राजधानी ट्रिपोलीका अधिंकाश भागहरु आफ्नो नियन्त्रणमा रहेको दाबी गरेका छन् ।

नेपाली काङ्ग्रेसले सभासदहरुलाई उपत्यका नछाड्न निर्देशन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ ६,प्रधानमन्त्रीको निर्वाचनका लागि बिहीबार संसदमा कार्यतालिका आउने भन्दै नेपाली काङ्ग्रेसले आफ्ना सभासदहरुलाई काठमाडौँ उपत्यका नछाड्न र बाहिर भए पनि तुरुन्त आउन निर्देशन दिएको छ। काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक लक्ष्मणप्रसाद घिमिरेले सभासदहरुका लागि अत्यन्त जरुरी सूचना जारी गर्दै यस्तो निर्देशन दिएका हुन्। राष्ट्रपतिले सहमतीय सरकार बनाउनका लागि थपेको तीन दिनको म्याद भोलि साँझ ५ बजे सकिँदैछ। सहमतीय सरकार बन्न नसके राष्ट्रपतिले निर्वाचनमार्फत् व्यवस्थापिका संसदबाट बहुमतीय प्रधानमन्त्री चुन्न आह्वान गर्नेछन्।

संविधानसभाको म्याद तीन महिना थप्ने प्रस्ताव लगेपछि माओवादीका बहिष्कार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री झलनाथ खनालले मन्त्रिपरिषदमा संविधानसभाको म्याद तीन महिना थप्ने प्रस्ताव लगेपछि एकीकृत नेकपा माओवादीका मन्त्रीहरुले मन्त्रिपरिषदको बैठक नै बहिष्कार गरेका छन्। सर्वदलिय बैठकमा संविधानसभाको म्याद ६ महिना थप्ने सहमति भएपछि प्रधानमन्त्रीले एमालेको निर्णय भन्दै तीन महिना मात्र थप्ने प्रस्ताव लगेका कारण बैठक वहिस्कार गरेको माओवादी पार्टीका सचिव पोष्ट बहादुर बोगटीले जानकारी दिनुभयो। सर्वदलीय बैठक पछि लगत्तै बसेको मन्त्री परिषदको बैठकमा माओवादीबाट मन्त्री बनेकाहरुले प्रधानमन्त्रीको प्रस्ताव प्रति आपत्ति जनाउँदै बैठक बहिस्कार गरेका हुन्। बैठक शुरु भएलगत्तै प्रधानमन्त्री खनालले नेकपा एमालेले संविधान सभाको म्याद तीन महिना थप गर्ने निर्णय भएको भन्दै प्रस्ताव राखेपछि माओवादी मन्त्रीले आपत्ति जनाएका थिए।

Aug 22, 2011

लिम्बुवान विद्यार्थी परिषदसहित सयौं कार्यकर्ता मञ्चसम्बद्ध लिम्बुवानमा प्रवेश

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
५ भाद्र २०६८,लिम्बुवान विद्यार्थी परिषदका केन्द्रीय अध्यक्ष सजीव योङ्या र महासचिव सुवास लावतीलगायत ७ जना केन्द्रीय पदाधिकारी तथा के.स.हरू र जिल्ला तथा इकाइ समितिका सयौं विद्यार्थीहरु, संलिरापका के.स. तथा कार्यकर्ता, लिम्बुवान युवा परिषद, लिम्बुवान साँस्कृतिक परिषदजस्ता जनवर्गीय संगठनबाट आज लिम्बुवानको फेदेन नगरमा एक पत्रकार सम्मेलन गरी सयौं नेता कार्यकर्ताहरु पालुङवा समूहको संलिराप परित्याग गरी मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदमा प्रवेश गरेका छन् । कार्यत्रममा उहाँहरुको स्वागतार्थ मञ्च सम्बद्ध सलिरापका महासचिव फक्ताङलुङ योङहाङ, सचिवालय सदस्य दिलेन्द्र कुरुम्बाङ, प्रेमदिप थाम्सुहाङ, थाङसाङ लावती के.स. संगम खनाल, सुनिता केरुङलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा अध्यक्ष सजिव योङयाले प्रेस-विज्ञप्ति पढेर सुनाउनुभएको थियो भने महासचिव सुवास लावतीले अबका दिनमा नयाँ जिम्मेवारीअनुसार संघीय विद्यार्थी युनियनमा उत्साहका साथ पार्टी लिएको लक्ष्य पूरा गर्न र लिम्बुवानी विद्यार्थीहरुको हक हितका लागि डटेर कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
नयाँ कार्यकर्ताहरुलाई शुभकामना दिंदै पार्टी तर्फबाट हार्दिक स्वागतका साथ नयाँ जिम्मेवारी र कार्यभार सुम्पिएको जानकारी गराउँदै महासचिव फक्ताङलुङ योङहाङले लिम्बुवान प्राप्तिको आन्दोलनमा मञ्चसम्बद्ध संलिरापले एकीकृत र मूलधारको पार्टी रुप धारण गर्दै लगेको हुँदा लक्ष्यमा पुर्‍याएरै छाड्ने बताउनुभयो र नवकार्यकर्ताहरुलाई धन्यवाद दिनुभयो । त्यसैगरी, सचिवालय सदस्य थाङसाङ लावती र के.स. संगम खनालले शुभकामना व्यक्त गर्दै मुलुकको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दा लिम्बुवान सुनिश्चितताको दिशामा निर्णायक आन्दोलनको खाँचो रहेको औंल्याउनु भयो । त्यसका लागि जुन आजको कदमले पार्टी मूलधारको रुपमा विकसित हुँदै जाने आशा व्यक्त गर्दै लक्ष्यमा पुर्‍याने अठोट व्यक्र गर्नुभयो । कार्यक्रम पान्थर जिल्ला अध्यक्ष लावाहाङ चेम्जोङको अध्यक्षतामा भएको थियो भने के. सचिवालय सदस्य प्रेमदीप थाम्सुहाङले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा पार्टी नेता, कार्यकर्ता, नवप्रवेशी कार्यकर्ता तथा पत्रकार गरी सयौंको उपस्थिति रहेको थियो ।
- दिलेन्द्र कुरुम्बाङ, पान्थर, लिम्बुवान

सरकारी ढुकुटीमा अहिले ५ हजार किलो सुन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भाद्र ५ - सुनको मूल्य बढेर उपभोक्ता मारमा परे पनि सरकारको सम्पत्ति भने बढ्दै गएको छ । सरकारसँग रहेको सुनको मूल्य एक वर्षमै करिब ७ अर्ब रुपैयाँले बढेको छ । सरकारी ढुकुटीमा अहिले ५ हजार किलो सुन छ । पछिल्लो एक वर्षमा सुनको औसत मूल्य (प्रतिदस ग्राम) १४ हजार रुपैयाँले बढेको छ । गत वर्ष यही बेला ३० हजार ९ सय (प्रतिदस ग्राम) रहेको सुन आइतबार ४४ हजार ९ सय २५ रुपैयाँ पुगेको छ । हालको मूल्यअनुसार सरकारसँग करिब २२ अर्ब रुपैयाँको सुन छ । '५ हजार किलोभन्दा बढी सुनमध्ये केही अंश विदेशमा लगानी गरिएको छ,' राष्ट्र बैंक उच्च स्रोतले भन्यो, 'ठूलो मात्रा भने ढुकुटीमै छ ।' सरकारले यस्तो सुन विभिन्न प्रयोजनका लागि प्रयोग गर्ने गर्छ । तर पछिल्ला वर्ष अधिकांश सुन ढुकुटीमै सम्पत्तिका रूपमा रहेको छ । डलर कमजोर हुँदै गएपछि अर्थतन्त्रमा असर पर्न नदिन विश्वका शक्तिशाली मुलुकले सुन खरिद गर्ने गर्छन् । यसले सुनको माग बढ्छ । अहिले विश्व बजारमा सुनको मूल्य अत्यधिक बढ्नुको प्रमुख कारण पनि यही हो । पछिल्लो समय अमेरिकाले ऋण लिन सक्ने दायरा फराकिलो बनाएपछि सुनको माग एकाएक बढेको हो । मुख्य रूपमा चीन र भारतमा यसको माग उच्च छ । सरकारले आफूसँग रहेको सुन विदेशमा लगानी गर्न र अन्तर्राष्ट्रिय मुद्रा कोषमा जम्मा गर्न प्रयोग गर्छ ।
यसबाहेक नोट छाप्न सुरक्षणका लागि पनि यसको प्रयोग गरिन्छ । कोषबाट कर्जा लिन विशेष अधिकार (स्पेसल ड्रइङ राइट) मा यसलाई जम्मा गर्ने गरिन्छ । तर नेपालले विदेशी मुद्रा मात्र कोषमा जम्मा गरेको छ । अर्कोतर्फ नोट छाप्दा सुरक्षणका रूपमा पनि नेपालले २०६३ पछि सुनको प्रयोग गरेको छैन ।
राष्ट्र बैंकको वाषिर्क प्रतिवेदनअनुसार उक्त वर्ष ७० करोड ३० लाख रुपैयाँ बराबरको सुन नोट सुरक्षणका लागि प्रयोग गरिएको थियो । यस्तो सुरक्षणको अन्य कुनै प्रयोग नगरी आफैंसँग राख्ने गर्नुपर्छ । विश्वमा सबैभन्दा बढी सुन अमेरिकासँग छ । वल्ड गोल्ड काउन्सिलका अनुसार अमेरिकासँग ८ हजार १ सय ३३ टन छ । ३ हजार ४ सय १ टन सुनसहित जर्मनी दोस्रो स्थानमा छ । विभिन्न मुलुकले सुन जम्मा गर्ने अन्तर्राष्ट्रिय मुद्रा कोषसँग २ हजार ८ सय १४ टन सुन छ । चीन १ हजार ५४ टनसहित छैटौं र भारत ५ सय ५७ टनसहित ११ औं स्थानमा रहेका छन् । नेपालमा जम्मा भएको सुनबारे भने काउन्सिलले कुनै तथ्यांक दिएको छैन ।

साउनमा ४५ हजार १ सय ६५ जना बिदेसिए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भाद्र ५ - चालू आर्थिक वर्षको पहिलो महिना साउनमा वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा उच्च वृद्धि भएको छ । गत वर्षको सोही महिनाको तुलनामा ५२ दशमलव १५ प्रतिशतको वृद्धि भई साउनमा ४५ हजार १ सय ६५ जना बिदेसिए । यो संख्या गत आवको साउनको भन्दा १५ हजार ४ सय ८० ले बढी हो । वैदेशिक रोजगार विभागका अनुसार एक महिनामा बिदेसिएको यो संख्या हालसम्मकै उच्च हो । राजनीतिक स्थिरता कायम हुन नसक्दा मुलुकमै रोजगारीको अवसर सृजना नहुनु र भएका रोजगारीका अवसर पनि बिस्तारै गुम्दै गएकाले पैसा कमाउन बिदेसिनको संख्यामा यस्तो वृद्धि भएको हो । विभागको तथ्यांकअनुसार वैशाखदेखि बिदेसिने कामदारको संख्यामा लगातार वृद्धि भइरहेको छ । यसअघि असारमा सबैभन्दा बढी कामदार बिदेसिएको तथ्यांकलाई साउनको तथ्यांकले तोडेको हो । वैशाखमा २९ हजार २ सय ७१, जेठमा ४० हजार ४ सय ६१ र असारमा ४४ हजार ७ सय १५ जना बिदेसिएका थिए । 'असारमा ४४ हजार ७ सय १५ जना नेपाली कामको खोजीमा बिदेसिएका थिए,' वैदेशिक रोजगार विभागको तथ्यांकमा भनिएको छ, 'त्यो रेकर्डलाई तोड्दै साउनमा सबैभन्दा बढी कामदार बिदेसिएका हुन् ।' गत आर्थिक वर्षमा पनि बिदेसिनेको कामदारको संख्या उच्च थियो । अघिल्लो आर्थिक वर्षमा २ लाख ९४ हजार कामदार बिदेसिएकामा गत आवमा यो बढेर ३ लाख ५४ हजार पुगेको थियो । यसरी बिदेसिने नेपाली कामदारका लागि मुख्य गन्तव्यमा मलेसिया र खाडी मुलुक रहेका छन् । साउनमा अघिल्ला महिनामा जस्तै कतारमा सबैभन्दा बढी नेपाली गएका छन् । सन् २०२० मा कतारमा हुन लागेको विश्वकपका लागि पूर्वाधार निर्माणको काम तीव्र गतिमा अगाडि बढेकाले कामदारको माग उच्च भएको र त्यहाँ जानेको संख्या बढेको व्यवसायीहरू बताउँछन् । साउनमा सबैभन्दा बढी १५ हजार ७ सय २ जना कामदार कतार गएका छन् । दोस्रो मुख्य गन्तव्य बनेको मलेसियामा यस महिना ९ हजार ६ सय ७२ जना कामदार गएका छन् । तेस्रो गन्तव्य मुलुक साउदी अरबमा ८ हजार ५ सय ३८ जना नेपाली काम गर्न गएका छन् । यस्तै संयुक्त अरब इमिरेट्समा ६ हजार ८ सय ७३ जना गएका छन् । विभागका अनुसार साउनमा कुवेतमा २ हजार ८ सय ८८ जना गएका छन् ।

पत्रकारको तलव कम्तिमा १० हजार ८ रुपियाँ गर्न सुझाव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ ५,न्युनतम् पारिश्रमिक निर्धारण समितिले क वर्गका सञ्चार माध्यममा काम गर्ने पत्रकारको तलव कम्तिमा पनि १० हजार ८ रुपियाँ गर्न सुझाव दिएको छ। यसैगरी ख, ग र घ वर्गका सञ्चार माध्यममा काम गर्ने पत्रकारको तलव भने कम्तिमा पनि ७ हजार ३ सय ६७ रुपियाँ गर्न सुझाएको छ। यो तलवमान ५ सय मेघाहर्जको रेडियोमा समेत लागु गर्न पनि उसले सुझाव दिएको छ। समितिले आज सरकारलाई बुझाएको सुझाव प्रतिवेदनमा यो उल्लेख छ।

विजुक्छेले भने फेरि पनि बहुमतीय सरकार नै बन्नुपर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भक्तपुर, भाद्र ५ - सहमतीय सरकार निर्माणका लागि दलहरु जुटिरहेको बेला नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले भने फेरि पनि बहुमतीय सरकार नै बन्नुपर्ने बताएका छन् । नेपाल मजदुर किसान पार्टीको २१ औँ केन्द्रीय परिषद्को समापनको क्रममा सोमबार भक्तपुरको कमलविनायकमा आयोजना गरिएको पत्रकारसम्मेलनमा बोल्दै अध्यक्ष विजुक्छेले सहमतीय सरकार निरङ्कुश हुने भएकाले बहुमतीय सरकारकै आवश्यकता रहेको बताएका हुन् । सहमतीय सरकारले निरङ्कुश निर्णय पनि गर्न सक्ने र त्यसलाई रोक्न प्रतिपक्ष नहुने भएकाले सहमतीय सरकार बन्न नहुने उनको तर्क थियो । विजुक्छेले सरकारले गर्ने राम्रा निर्णयको समर्थन र नराम्रा निर्णयको विरोध गर्नका लागि प्रतिपक्ष आवश्यक रहेको औँल्याए ।
तीन ठूला दलले निर्माण गर्ने सहमतीय सरकार अन्य साना दलका लागि घातक हुन सक्ने टिप्पणी गर्दै उनले साना दलको कुनै मान्यता नराखी सरकारले गलत निर्णय पनि गर्न सक्ने हुनाले बहुमतीय सरकारको पक्षमा आफू रहेको प्रष्ट पारे । सहमतीय सरकार गठनको सम्भावना न्यून रहेको बताउँदै उनले शान्ति प्रक्रिया र संविधान निर्माण गर्ने कुरा सरकारको नभएकाले त्यसलाई कुनै पनि सरकारले असर नगर्ने उल्लेख गरे ।
अध्यक्ष विजुक्छेले संविधानसभाले संविधान निर्माण गर्ने र शान्ति प्रक्रिया टुङ्गोमा पुर्याउने हुँदा संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरु त्यसमा जिम्मेवार हुनुपर्ने बताए । नेमकिपाले अब बन्ने सरकारले ल्याएको कार्यक्रम हेरेर मात्र सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्नेबारे निर्णय लिने पनि बताए ।

त्रिभुवन विमानस्थलका कर्मचारीले बिना सूचना अचानक हड्ताल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ ५- त्रिभुवन विमानस्थलमा कार्यरत तीन सय कर्मचारीले बिना सूचना अचानक हड्ताल गरेका छन्। विभिन्न सेवा प्रदायक ठेकेदार कम्पनीमार्फत विमानस्थलमा काम गरिरहेका सरसफाइ, सवारी चालक, ट्रली कलेक्टर, जहाज उडान तालिकाबारे जानकारी दिने उद्‍घोषकहरु हड्तालमा उत्रिएका हुन्। 'कर्मचारीहरुले बिना सूचना अचानक काम रोकेका छन्', विमानस्थलका महाप्रबन्धक रतिशचन्द्रलाल सुमनले नागरिकन्युजसँग भने, 'उनीहरुले तलब सुविधा बढाउनु पर्ने माग गरेका छन्।'राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानमा तत्कालै केही प्रभाव नपरे पनि यात्रुहरुलाई भने हड्तालका कारण समस्या परेको छ। हड्ताल लम्बिरहे उडान प्रभावित हुनसक्ने उनले बताए।

Aug 21, 2011

छात्रामाथि हातपात गर्ने शिक्षकलाई एक लाख जरिवाना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लमजुङ, भदौ ४ लमजुङसँगै जोडिएको उत्तरी तनहुँको रूपाकोटस्थित एक विद्यालयका शिक्षकलाई छात्रामाथि हातपात गरेको आरोपमा एक लाख रूपैयाँ जरिवाना गरिएको छ। विद्यार्थीलाई कुटपिट गरेको अभियोगमा शिक्षकमाथि जरिवाना तिराउने यो सम्भवतः देशकै पहिलो घटना हो। तनहुँको रूपाकोट गाउँ विकास समितिको वडा नं. ७ स्थित राष्ट्रिय माध्यमिक विद्यालयका शिक्षक कृष्णविलास पौडेललाई छात्राहरूलाई हातपात गरेको आरोपमा एकलाख १० हजार रूपैयाँ जरिवाना गरिएको हो। गत साउन २७ गते कक्षा ६ का चारजना छात्रालाई हातपात गरेपछि शिक्षक पौडेल फरार भएका थिए। घटनाको भोलिपल्टै बसेको विद्यालय व्यवस्थापन समिति र स्थानीयवासीको संयुक्त भेलाले पौडेलविरुद्ध सो निर्णय गरी पाँच दिनभित्र विद्यालयमा हाजिर नभए जिल्ला शिक्षा कार्यालयमार्फत कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेपछि उनी विद्यालयमा हाजिर हुन आएका थिए। स्थानीयवासीले निज शिक्षकलाई रूपाकोट गाविस र त्यस वरपरसमेत अध्यापन गर्न नपाउने निर्णय गरेको विद्यालयका प्रधानाध्यापक पूर्णप्रसाद अधिकारीले बताए। उक्त जरिवानावापतको रु. एक लाख १० हजार विद्यालयको अक्षय कोषमा जम्मा गर्ने निर्णय भएको अभिभावक चिजा कुँवरले बताइन्।

अपहरणमा परेका न्यौपानेलाई खोजेर ल्याइदिनेलाई लाख रुपैयाँ पुरस्कार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दुई साताअघि अपहरणमा परेका पाल्पा सदरमुकाम तानसेन बारुदखानका १७ वर्षीय किशोर न्यौपानेको अवस्था अझै पत्ता लाग्न सकेको छैन । किशोरका बुबाले पत्रकार सम्मेलन गरी अपहरणमा परेको यतिका दिनसम्म पनि आफ्नो छोरो फेला नपरेकोले छोरालाई खोजेर ल्याइदिनेलाई एक लाख रुपैयाँ पुरस्कार दिने जानकारी दिएका छन् । किशोर गत साउन २२ गतेदेखि घरैबाट अपहरणमा परेका थिए । रामप्रसादले पटकपटक मानवअधिकारकर्मी, सञ्चारकर्मी र प्रहरीलाई आग्रह गरे पनि उनी कहाँ छन् भन्नेबारे अज्ञात नै छ । "अन्तिम पटक आठ दिनअघि अघिल्लो शुक्रबार साँझ ५ बजे अपहरणकारीसँग सम्पर्क भएको थियो, त्यसपछि कोही सम्पर्कमा आएका छैनन्", रामप्रसादले भने, "त्यही भएर आज यस्तो घोषणा गर्नुपर्‍यो । यसबाट छोराको अवस्था पत्ता लाग्छ कि भन्ने आशा लिएका छौँ ।" रामप्रसादले संवेदनशील अवस्था बुझेर फिर्ता वा सुराकी पत्ता लगाउने जोसुकैलाई पुरस्कार दिइने बताए ।

राष्ट्रसंघका महासचिवका विशेषदत टाम्राट राजनीतिक भेटघाटमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भाद्र ४ - नेपाल भ्रमणमा रहेका राष्ट्रसंघीय महासचिव वानकी मुनका विशेषदूत स्यामुअल टाम्राटले आइतबार पनि उच्च राजनीतिक भेटघाटलाई निरन्तरता दिएका छन् । शान्ति प्रक्रिया र संविधान निर्माणमा दलहरुबीच भएको प्रगति बुझ्न नेपाल आएका टाम्राटले सभापति शुशिल कोइरालालाई आइतबार भेट गरेका छन् । भेटमा उनले शान्ति प्रक्रिया र संविधान निर्माणमा चासो राखेका थिए । यस्तै टाम्राटले आइतबार अपरान्ह्र २ बजे उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ । पाँच दिने भ्रमणका लागि नेपाल आएका टाम्राटले शनिबार प्रधानमन्त्री झलनाथ खनालसँग भेटर शान्ति प्रक्रिया र संविधानका लागि जस्तोसुकै सहयोग गर्न राष्ट्रसंघ तयार रहेको भन्दै दलहरुबीच समझदारी कायम हुनुपर्नेमा जोड दिएका थिए । नेपाल बसाइका क्रममा टाम्राटले माओवादी अध्यक्ष पुष्पकमल दाहाल लगायत सरकारका केही मन्त्रीहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ

सहमतिका लागि नेताहरुको दौडधूप, दाहालले प्रधानमन्त्री र कोइराला भेट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ ४- प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल र एकीकृत नेकपा (मओवादी) का अध्यक्ष पुष्पकमल दाहालबीच राष्ट्रिय सरकार गठनबारे छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको छलफल सहमतीय सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा सकिएपछि के गर्ने भन्ने विषयमा केन्द्रित रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। सल्लाहकार थापाका अनुसार उनीहरूबीच शान्तिप्रक्रियाका विवादित विषयहरूमा छिटोभन्दा छिटो सहमति खोजेर सहमतिको राष्ट्रिय सरकार निर्माणका लागि विश्वासिलो वातावरण बनाउनुपर्ने विषयमा कुराकानी भएको थियो। भेटमा एमाओवादी अध्यक्ष दाहालले आफ्नो पार्टीका तर्फबाट सहमतीय सरकारको नेतृत्वका लागि अघि सारेका उम्मदेवार पार्टी उपाध्यक्ष डा बाबुराम भट्टराईलाई सहयोग गर्न आग्रह गरेका थिए। प्रधानमन्त्री खनालले सहमतीय सरकारको विकल्प नभएको बताउँदै आफ्नो पार्टीले कुनै उम्मेदवार अघि नसारेको अवस्थामा अन्य दलका उम्मेदवारलाई सघाउनेबारे पार्टीले निर्णय लिएपछि मात्रै जवाफ दिन सकिने बताएका थिए।

कोइराला र दाहालबीच भेट
यसैगरी सहमतीय सरकार निर्माणका लागि नेतृत्वका दाबी गरेका प्रमुख दल नेपाली काँग्रेसका सभापति सुशील कोइराला र एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालबीच सरकार निर्माणबारे आज बिहान छलफल भएको छ। कोइराला निवास महाराजगन्जमा भएको छलफलमा दुवै पार्टीका नेताले प्रधानमन्त्री पदका आ-आफ्ना पार्टीका उम्मेदवारलाई सघाउन आग्रह गरेका थिए। नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीका अनुसार काँग्रेसले एमाओवादी हतियार र लडाकूविहीन नभइन्जेलसम्म उसको नेतृत्व स्वीकार्न नसक्ने अडान सभापति कोइरालाले राखेका थिए। एमाओवादी अध्यक्ष दाहालले शान्ति प्रक्रियालाई टुङ्ग्याउन सरकारमा आफ्नो पार्टीको नेतृत्व अत्यावश्यक रहेको भन्दै सभापति कोइरालासँग सहयोगका लागि आग्रह गरेका थिए।

क्यानडामा वोइङ ७३७ चार्टर विमान दुर्घटना हुंदा १२ जनाको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
क्यानडामा वोइङ ७३७ चार्टर विमान दुर्घटना हुंदा १२ जनाको मृत्यु भएको छ । येलोनाइफ देखी रिजोलुट खाडी तर्फ गइरहेको उक्त विमानमा चालक दलका चार सहित १५ जना सवार थिए । त्यस क्षेत्रमा क्यानाडियन सेनाले तालिम लिइरहेको बताइएको छ । विमान के कारणले दुर्घटना भएको हो भन्ने कुरा खुल्न सकेको छैन ।

Aug 20, 2011

महिलाहरू भन्दा पुरुष बढी दिलदार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भाद्र ३ - भनिन्छ, महिलाहरू कोमल र हृदयदार हुन्छन् । एक अध्ययनले भने यसलाई खण्डन गरेको छ । पुरुषले जब पहिलोपटक कुनै युवतीलाई मन पराउँछ, उसले आफ्नो हृदय दिइसकेको हुन्छ । यसो गर्नमा महिलालाई करिब ६ पटकको भेटघाट आवश्यक हुन्छ । नयाँ अनुसन्धानअनुसार महिलाको दाँजोमा पुरुषले छिटो आफ्नो माया सुम्पिने गरेका छन् । धेरैजसो पुरुष पहिलो भेटमै आफ्नो मस्तिष्कलाई मुटुको फैसला सुनाउन थाल्छन् । अध्ययनमा सामेल हरेक चारमध्ये एक पुरुषले पहिलो नजरमै प्रेम हुनेमा विश्वास राखे । अध्ययनमा महिला र पुरुषले पहिलो प्रेमबाट मुक्ति पाउन धेरै बढी समय लाग्ने बताए । पहिलो प्रेमबाट अलग हुँदा पुरुषलाई बढी दुःखी हुन्छ । महिला भने आफ्नो फैसलामा खुसी र यथार्थवादी रहन्छन् ।

एपेकबाट पूर्वयुवराज पारसको नाम हटाइयो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/निर्मल श्रेष्ठ
हङकङ, भाद्र ३ - लुम्बिनी विकासका लागि तीन अर्ब अमेरिकी डलर सहयोग घोषणा गर्ने चिनियाँ संस्था एसिया प्यासिफिक एक्स्चेन्ज एन्ड कोअपरेसन फाउन्डेसन (एपेक) मा सहअध्यक्ष रहेका पूर्व युवराज पारस शाहको नाम हटाइएको छ । संस्थामा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसहित ९ सहअध्यक्ष थिए । फाउन्डेसनको आधिकारिक वेबसाइटमा उल्लेख भएका पदाधिकारीमा अहिले शाहको नाम भने छैन । उनको नाम किन हटाइयो भन्ने जानकारी समेत कतै उल्लेख छैन ।
संस्थाको आधिकारिता र विश्वनियताबारे विभिन्न टिकाटिप्पणी हुन थालेपछि शाहले नै आफ्नो नाम हटाउन लगाएको हुनसक्ने एक विश्लेषकले दाबी गरे । दुई विपरीत धारका माओवादी अध्यक्ष दाहाल र पूर्वयुवराज एउदै पदमा हुनुलाई विश्लेषकहरूले रहस्यमय बताउँदै आएका थिए । पूर्वयुवराजले आफू उक्त संस्थामा रहेको वा नरहेको भन्नेबारे अहिलेसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरेका छैनन् । अघिल्लोपटक नेपाल भ्रमणका क्रममा फाउन्डेसनका उपाध्यक्ष जियाओ उनान लगायतको चिनियाँ टोलीले पूर्वयुवराज पारसलाई समेत भेटेको थियो । चिनियाँ टोलीले शाहसँग खिचाएको वेबसाइटमा उपलब्ध तस्बिरसमेत अहिले हटाइएको छ ।
हालै मलेसियामा आयोजित एपेकको बैठकमा सहभागी भएर नेपाल र्फकने क्रममा अध्यक्ष दाहाललाई पूर्वयुवराजको सदस्यताबारे पत्रकारहरूले राखेको जिज्ञासामा कसलाई राख्ने नराख्ने भन्ने जिम्मा संस्थाकै भएको बताएर उनी पन्छिएका थिए । फाउन्डेसनले शाहलाई आफ्नो वेबसाइटमा नेपालका युवराजकै रूपमा चिनाएको थियो । ज्ञानेन्द्र शाह पूर्वराजा भनिए पनि नेपालको संविधानअनुसार पारस राष्ट्र प्रमुख हुने लेखिएको थियो । दाहाललाई भने नेपालमा क्रान्तिकारी परिवर्तन ल्याउने ठूलो पार्टीको अध्यक्ष र विदेश भ्रमण चीनबाट सुरु गर्ने पहिलो नेपाली प्रधानमन्त्रीका रूपमा परिचय गराइएको छ । यसअघिका प्रधानमन्त्रीले पहिले भारत भ्रमण गर्ने परम्परा दाहालबाट तोडिएको समेत उल्लेख छ ।
फाउन्डेसनमा अब ८ सहअध्यक्ष मात्र छन् । अध्यक्ष दाहालसँगै संस्थामा कोलिन हेसल्टिन, ज्याक रोजेन, कोर्न डबरान्सी, लियोन चार्नी, राम्जी सन्बार, स्टीभन क्लार्क, चियोन हिउ किङ छन् । हालै लुम्बिनीको भ्रमणमा आएका कोलिन वरिष्ठ अस्ट्रेलियन कूटनीतिज्ञ र डबरान्सी थाइल्यान्डका पूर्वउपप्रधानमन्त्री हुन् । रोजेन, लियोन र क्लार्क अमेरिकी, हिउ किङ मलेसियाली र सन्बार बेलायती व्यवसायी हुन् । फाउन्डेसनमा उपाध्यक्ष जियाओ उनानबाहेक सबै गैरचिनियाँ छन् । एपेकले आफ्नो भनी उल्लेख गरेको टेलिफोन र फ्याक्स नम्बर हङकङ प्रहरी लाइसेन्स विभागको पुष्टि भएपछि बिहीबार हटाएको थियो ।

मदन पुरस्कार झमककुमारी घिमिरेलाई प्रदान गरिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ ३ (नागरिक)- यस पटकको मदन पुरस्कार साहित्यकार झमककुमारी घिमिरेलाई प्रदान गरिने भएको छ। 'जीवन : काँडा कि फूल' नामक आत्मकथात्मक कृतिका लागि उनलाई यो पुरस्कार प्रदान गर्न लागिएको छ। जगदम्बा पुरस्कार भने नेपाल भाषाका साहित्यकार दुर्गालाल श्रेष्ठलाई दिइने भएको छ। झमककुमारी घिमिरेको जन्म सन् १९८० मा कचिडे, धनकुटामा भएको हो। उनी प्रतिभावान नेपाली महिला स्रष्टा हुन। प्रतिमष्तिस्क रोगद्वारा पीडित छिन्। जन्मदेखि नै हात गोडा नचल्ने, उभिन, हिँड्न, बोल्न नसक्ने उनी सुन्न र बुझ्नचाहिँ सक्छिन। दुवै खुट्टाका ३ औंला मात्र चल्ने उनले त्यही ३ औंलाको सहयोगले धेरै रचना प्रकाशित गरिसकेकी छिन्। औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ बैनीले पढेको र लेखेको देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकी हुन। उनको २०५३ सालदेखि लेखनमा रुचि बढेको हो। केही पत्रिकामा उनका नियमित स्तम्भ पनि छापिन्छन्। झमकले प्रबल गोरखा दक्षिण बाहु चौथालगायत् दर्जनौँ पुरस्कार एवम् सम्मान प्राप्त गरेकी छिन्।
झमक घिमिरेद्वारा लेखिएका पुस्तक यसप्रकार छन्-
सङ्कल्प
आफ्नै चिता अग्निशिखातिर
मान्छेभित्रका योद्धाहरू
सम्झनाका बाछिट्टाहरू
झमक घिमिरेका कविताहरू
जीवन काँडा कि फूल
अवसानपछिको आगमन
क्वाँटी सङ्ग्रह
स्व. ज. मदनशमशेर राणाको स्मृतिमा रानी जगदम्बाबाट स्थापित मदन पुरस्कारको घोषणा २०१२ साल असोज १० गते भएको थियो। पुरस्कार प्रदान गर्ने पहिलो घोषणा २०१३ सालमा भएको हो भने यसको वितरण २०१४ सालदेखि सुरू भएको हो। गुठीको निर्णयअनुसार प्रारम्भमा पुरस्कारको रकम रू ४००० रहेकामा स्वर्णवर्षको अवसरमा २०६१ सालदेखि यसको रकम २००,००० भएको छ।
२०१३ सालमा पहिलोपटक “हाम्रो लोकसंस्कृति”का लागि सत्यमोहन जोशी, “जनरल भीमसेन थापा”का लागि चित्तरञ्जएन नेपाली तथा “अधिकविभव स्थिरविद्युत् उत्पादक” का लागि बलराम जोशीले मदन पुरस्कार प्राप्त गरेका थिए। २०३१ र २०३३ सालमा यो पुरस्कार कसैलाई प्रदान गरिएन।
रानी जगदम्बाको स्वर्गारोहणपछि निजको पुण्य स्मृतिमा गुठीले २०४५ सालमा स्थापना गरेको रू. १००,०००को पुरस्कार जगदम्बा श्री सोही सालबाट नै वितरण भएको हो र हाल यस पुरस्कारको रकम रू. २००,००० छ। २०४५ सालमा नारायणगोपाल गुरूवाचार्यले सर्वप्रथम यो पुरस्कार प्राप्त गरेका थिए।
मदन पुरस्कार एक वर्षभित्र नेपाली भाषामा निस्किएका उत्कृष्ट कृतिमध्ये एक कृतिलाई प्रदान गरिने पुरस्कार हो भने जगदम्बा श्री नेपाली भाषा, संस्कृति, साहित्यलगायतका विविध क्षेत्रमा उल्लेखनीय योगदान पुर्या्उने व्यक्ति वा संस्थालाई प्रदान गरिने पुरस्कार हो।

तराई मुक्ती मोर्चा आजाद समुह र नेपाल सरकार बीच ६ वुंदे सहमती

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संयुक्त जनतान्त्रिक तराई मुक्ती मोर्चा आजाद समुह र नेपाल सरकार बीच ६ वुंदे सहमती भएको छ । रुपन्देहीको लुम्विनी स्थित होटल लेकमा शुक्रवार राती अवेर सकिएको पहिलो चरणको शान्ति वार्तामा आगामी वार्ता सम्मको अवधिमा मोर्चासँग भएका हातहतियारको विवरण सरकारलाई वुझाई वार्ताको क्रममा हतियार नै वुझाउने सहमती भएको छ । अर्को वार्ताको तिथि मिति भने आपसी समझदारीमा तय हुने भएको छ । वार्ता अवधिभर मोर्चाको वार्ता टोलीका सदस्यको सुरक्षाको ग्यारेण्टी सरकारले गर्ने र वार्ता अवधिभर नेपालको संविधान र कानुनले निषेध गरेका गतिविधि मोर्चाले वन्द गर्ने पनि सहमती भएको छ । त्यस्तै आस्थाका आधारमा पक्राउ परेका मोर्चाका नेता र कार्यक्रर्तालाई वार्ता अवधिभरमा मुद्धा फिर्ताको वातावरण तयार गरि रिहा गर्ने सहमती भएको छ । नेपाल सरकारको वार्ता टोलीको नेतृत्व शान्ति मन्त्रि पम्फा भुसालले गर्नुभएको थियो भने मोर्चाको नेतृत्व आजादले गर्नुभएको थियो । तराईमा हिंसारत मोर्चालाई सरकारले राजनितिक शक्तिको मान्यता दिएर शान्ति वार्ताको पत्र पठाएपछि त्यसलाई स्विकार्दै मोर्चाले आजादकै संयोजकत्वमा ७ सदस्यिय वार्ता टोली गठन गरेको थियो ।

इजरायलले पुन: नेपाली कामदारलाई रोजगारीको अवसर प्रदान गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ ३- इजरायलले नेपाली कामदारलाई पुनः रोजगारीको अवसर प्रदान गर्ने भएको छ। सुसारे र कृषि मजदुरका निम्ति आकर्षक गन्तव्यका रुपमा रहेको इजरायल वैदेशिक रोजगार व्यवसायीहरुको अनियमितताका कारण दुई वर्षअघि बन्द भएको थियो। केही व्यवसायीले इजरायल जान चाहनेहरुसँग वास्तविक खर्चभन्दा ज्यादै धेरै रकम असुलेकाले त्यहाँको सरकारले नेपाली कामदार लिन बन्द गरेको हो। इजरायलमा रोजगारीमा जाने अवसर खुलाउन सरकारी स्तरमा पटकपटक भएका छलफल अन्ततः परिणाममुखी बनेको परराष्ट्र मन्त्रालयका एक वरिष्ठ अधिकृतले राससलाई बताए। यसैबीच, परराष्ट्र मन्त्रालयका प्रवक्ता दुर्गाप्रसाद भट्टराईले नेपाली कामदारलाई पुनः कामको अवसर दिने इजरायली सरकारको निर्णयको पुष्टि गर्दै शीघ्र कार्यारम्भ हुने बताए। यसअघि चार हजारको हाराहारीमा नेपाली इजरायल जाने गरेका थिए। घरेलु कामदार र सुसारेका रुपमा त्यहाँ जानेमा महिलाको बाहुल्यता थियो।

Aug 19, 2011

गुगलले मोटोरोला १२ अर्ब ५० करोड डलरमा किन्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
न्युयोर्क, साउन ३१ (रोयटर्स)- गुगल इन्कपोर्रेसनले मोटोरोला मोबिलिटी होल्डिङ्ग इन्कपोर्रेसनलाई १२ अर्ब ५० करोड डलरमा किन्ने भएको छ। गुगलले मोबाइल सफ्टवेयर एन्ड्रोइडको बजार प्रवर्द्धन गर्न र एप्पललगायतका स्मार्टफोनसँग प्रतिस्पर्धा गर्न यो निर्णय गरेको जनाएको छ। गुगलले यसलाई हालसम्मकै ठूलो सम्झौता भनेको छ। यसका लागि गुगलले मोटोरोलालाई प्रतिकित्ता ४० डलर तिनेर्छ। यो मूल्य मोटोरोलाको शुक्रबार न्युयोर्क स्टक एक्सचेन्जमा कायम मूल्यभन्दा ६३ प्रतिशत बढी हो। 'यो सम्झौताबाट गुगलले हार्डवेयर सफ्टवेयर दुवै व्यवसायमा हात हाल्न खोजेको देखिन्छ,' बिजिपि पार्टनर्सका विश्लेषक कोलिन गिलिसले भने। समाचार सार्वजनिक भएपछि मोटोरोलाको सेयर मूल्य सोमबार ५९ प्रतिशत बढेको छ।
गुगलको मोबाइल सफ्टवेयर 'एन्ड्रोइड' ले विश्व स्मार्टफोन बजारको आधा हिस्सा लिएको छ। अनुसन्धान संस्था क्यानलिसले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार एसिया-प्रशान्त क्षेत्रमा यसको दबदबा छ। गुगलले २००५ मा खरिद गरेको 'एन्ड्रोइड'लाई २००८ मा स्मार्टफोनका लागि सार्वजनिक गरेको थियो।
अहिले एन्ड्रोइडको प्रयोग प्रायः सबै ठूला मोबाइल फोन निर्माताहरूले गरिरहेका छन्। जसमा एचटिसी, एलजी, मोटोरोला र सामसङ छन्। क्यानलिसले विभिन्न ५६ मुलुकको बजारलाई हेरेर प्रतिवेदन तयार पार्छ। त्यसमध्ये ३५ मुलुकमा 'एन्ड्रोइड' एक नम्बर स्मार्टफोन प्लेटफर्म रहेको उसले जनाएको छ। यसको बजारको हिस्सा ४८ प्रतिशत छ।
स्मार्टफोन बजारमा गुगलको सबैभन्दा नजिकको प्रतिस्पर्धी एप्पलको हिस्सा १९ प्रतिशतमात्र छ। एप्पलले पनि आफ्नो बजार हिस्सा बढाउन संसारको सबैभन्दा ठूलो मोबाइल निर्माता कम्पनी नोकियालाई पछाडि पारेको छ। स्मार्टफोनको मामलामा सामसङसमेत नोकियाको अगाडि आएको छ। क्यानलिसले नोकियाको कमजोरीको फाइदा उठाएर अघि बढ्न सामसङ अझै सक्षम नभएको विश्ले षण गरेको छ। 'नोकियाको कमजोरीको फाइदा उठाउँदै बजार विस्तार गर्ने सबैभन्दा ठूलो मौका सामसङले पाएको छ, तर अझैसम्म सामसङले विश्व बजारमा पकड जमाउन सकेको छैन, ' प्रतिवेदनमा छ। सामसङले यो वर्ष १ करोड ७० लाख वटा स्मार्टफोन बेचेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४ सय २१ प्रतिशतले बढी हो। कम्पनीले 'एन्ड्रोइड'बाहेक अन्य स्मार्टफोन पनि बिक्री गर्छ।
'एन्ड्रोइड' लोकप्रियताको घोडामा सवार भइरहेको छ, तर यसको बढ्दो लोकप्रियता गुगल र यसका निर्मातालाई टाउको दुखाइ पनि भएको छ। 'ओरेकल' कम्पनीले 'एन्ड्रोइड'विरुद्ध मुद्दा हालिदिएको छ। यो सफ्टवेयरमा मोबाइल ह्यान्डसेट निर्माता एप्पल र माइक्रोसफ्टले पनि दाबी गरेका छन्। माइक्रोसफ्ट र एन्ड्रोइड ह्यान्डसेट बनाउने केही कम्पनीबीच भएको सम्झौताले गर्दा उसले केही रकम त पाइरहेको छ। तर माइक्रोसफ्टले धेरै रकम माग गरिरहेको छ। माइक्रोसफ्टले आफूसँग नोर्टल प्याटेन्ट लाइसेन्स भएको दाबी गर्दै आएको छ। यही लाइसेन्सको बलमा गुगललाई पछार्न अघिल्लो महिना एप्पल, माइक्रोसफ्ट र ब्याल्कबेरी बनाउने रिसर्च इन मोसन(आरआइएम)ले गठजोड गरेका थिए। नोर्टलको प्याटेन्ट लाइसेन्सका कारण गुगललाई मोटो रकम कमाइ हुँदै आएको छ। अब यो गठजोडका कारण नयाँ कानुनी लडाइँ हुनसक्छ ।