News

Oct 31, 2012

'चुनावी सरकारको नेतृत्व दाहालले गरे पनि एमालेलाई स्वीकार्य'

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
नुवाकोट, कात्तिक १५ - नेकपा (एमाले) स्थायी कमिटी सदस्य भरतमोहन अधिकारीले सहमतिको चुनावी सरकारको नेतृत्व पुष्पकमल दाहालले गरे पनि एमालेलाई स्वीकार्य हुने बताएका छन्। बाबुराम भट्टराईको वर्तमान सरकारले राजीनामा दिनुपर्ने बताउँदै आएको विपक्षी गठबन्धनका नेताबाट यस्तो अभिव्यक्ति आएको यो पहिलो पटक हो। यसअघि कङ्ग्रेस नेतृत्वमा सहमतिको सरकार बन्नुपर्नेमा विपक्षी गठबन्धनले जोड दिँदै आएको थियो। प्रेस चौतारी नेपालले आज विदुरमा गरेको पत्रकार भेटघाटमा बोल्दै नेता अधिकारीले सबै संवैधानिक बाधा अड्काउ फुकाएर निर्वाचन गर्नको लागि अहिलेको सरकारलाई कुनै अधिकार नभएकाले चुनावी सरकार बनाउनुपर्ने बताए। पूर्व अर्थमन्त्रीसमेत रहेका नेता अधिकारीले एमाले पूर्ण बजेटको विरोधी नभएको उल्लेख गर्दै पूर्ण बजेटको नाममा भट्टराई सरकारले सत्ता लम्ब्याउने खेल खेल्न लागेको आरोप लगाए। अहिलेको सरकारको सत्ता बहिर्गमनपछि बन्ने सहमतिको चुनावी सरकारले नै पूर्ण बजेट ल्याउने, रिक्त हुन लागेका संवैधानिक निकायको समस्या समाधान गर्ने र निर्वाचन गराउनुपर्ने नेता अधिकारीको धारणा रहेको छ। उनले अब निकासको लागि देशको निर्णय गर्ने कुरा जनतालाई दिनुपर्नेमा जोड दिँदै नेताहरूले ठेकदार बन्ने काम बन्द गर्नुपर्ने बताए। मनमोहन स्मृति प्रतिष्ठानका अध्यक्षसमेत रहनुभएका नेता अधिकारी आज युवासङ्घ नेपाल विदुर नगरसमितिको आयोजनामा बट्टारमा सञ्चालन भएको मनमोहन कप स्मृति कप फुटबल प्रतियोगिताको उद्घाटन गर्न नुवाकोट आएका हुन्।

अफगानिस्तानमा विद्रोहीको आक्रमणबाट दुई गोर्खा सैनिक मारिए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
कार्तिक १५ - अफगानिस्तानमा विद्रोहीको आक्रमणबाट मंगलबार दुई गोर्खा सैनिक मारिएका छन् । काठमाडौंस्थित बेलायती दूतावासले बुधबार जनाएअनुसार हेल्मान्डको नहरे सराज जिल्लामा अपरेसनमा खटिएका बेला एक चेक प्वाइन्टमा अफगानी प्रहरीको पोसाक लगाएका एक बन्दुकधारीको गोली प्रहारबाट उनीहरू मारिएका हुन् । दूतावासद्वारा जारी विज्ञप्तिमा बेलायती सैनिक प्रवक्तालाई उद्धृत गर्दै जनाइएअनुसार मारिनेमा गोर्खा सैनिक फस्ट बटालियन द रोयल गोर्खा राइफल्सका हुन् । मृतकका आफन्तलाई जानकारी भइसकेको भन्दै दूतावासले भने दुवैको नाम खुलाएको छैन । पोखरास्थित कान्तिपुर संवाददाता लालप्रसाद शर्माका अनुसार त्यसरी मारिने दुई नेपालीमध्ये एक जना पोखरा- १० रामबजारका सिद्धान्त कुँवर हुन् । गोर्खा राइफल्स फस्ट बटालियनमा कार्यरत २८ वर्षीय कुँवर सन् २००५ मा बि्रटिस गोर्खामा भर्ना भएका थिए । उनलाई पछिल्लो पटक गत अक्टोवर ३ तारिखमा अफगानिस्तानमा खटाइएको थियो । उनका बाबु श्यामकुमारका अनुसार कुँवर दुई पटक अफगानिस्तानमा बसिसकेका थिए । काठमाडौंस्थित बेलायती दूतावासले परिवारलाई मंगलबारै खबर गरेको थियो । कुूवरले पोखराको एसओएसबाट प्रथम श्रेणीमा एसएलसी र कालिका बहुमुखी क्याम्पसबाट व्यवस्थापन विषयमा प्रवीणता प्रमाणपत्र उत्तीर्ण गरेका थिए । बाबु श्यामकुमारले आफ्नो र दिदीहरूले इच्छाले सिद्धान्त बेलायती सेनामा भर्ना भएको बताए । ७८ वर्षीय श्यामकुमार भारतीय सेना निवृत्त हुन् । मृतक कुँवरका एक दाजु र चार दिदी छन् । आमाको मृत्यु भइसकेको छ । कुवरले अब बिदामा आउूदा विवाह गर्ने योजना बनाएका थिए । उनको शव लिन बाबुसहित ५ आफन्त बेलायत जाने भएका छन् ।

अमेरिकामा आँधीका कारण मृत्यु हुनेको संख्या बाह्र पुग्यो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
अमेरिका 'स्यान्डी' नामक आँधीले विध्वंस पैदा गरेको छ । आँधीको कारण अहिलेसम्म मृत्यु हुनेको संख्या बाह्र पुगेको छ। १ सय ४४ किलोमिटर प्रतिघण्टाको गतिमा आँधी हिजो न्यूर्योक प्रवेश गरेको थियो। आँधीका कारण न्यूर्योक क्षेत्रमा भारी वर्षा, ठुलो हावाहुरी तथा हिउँ परेको छ। आँधीका कारण लाखौं मानिस विस्थापित भएका छन् भने लाखौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। आँधीका कारण अमेरिकाका १२ राज्य जोखिममा परेका छन् भने त्यसमध्ये न्यूर्योक उच्च जोखिममा परेको जनाइएको छ । आँधीकै कारण त्यहाँका पूर्वीय तटमा रहेका राज्यहरु न्यूर्योक, वासिङटनडिसी, मेरिल्याण्ड लगायतमा आपतकालीन अवस्थाको घोषणा गरिएको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले राष्ट्रका नाममा सम्बोधन गर्दै यो एक आपतकालीन अवस्था भएको भन्दै सरकारको पहिलो प्राथमिकता नागरिकको जीवनको सुरक्षा गर्नुभएको बताएका छन् ।

चीनमा पाँच किलो सुनको भारी बोकेर अन्मिइन् बेहुली

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
चीनको दक्षिणी प्रान्त फुजेनमा एक २६ वर्षे युवती पाँच किलो सुनको भारी बोकेर विवाहापछि अन्मिएकी छन् । फुजेन प्रान्तस्थित क्वानझोउकी २६ वर्षे लियु चेङले उनको विवाहामा पाँच किलो सुनका गरगहना लगाएर अन्मिएकी हुन् । पाँच किलो सुनका गरगहना लगाइदिन उनकी आमाले एक घण्टा खट्नु परेको विभिन्न समचार संस्थाहरुले उल्लेख गरेका छन् । छोरीको विवाहालाई महत्वका साथ हेरिने चिनको एक परिवारले यति ठूलो मात्रामा सुनका गरगहना लगाएर छोरीलाई अन्माएका हुन् । चिनियाँ अभिभावकहरु छोरीलाई दिइने सुनको परिणामले छोरीको सौभाग्यलाई चिनाउँने विश्वास गर्छन् । विवाह मण्डपमा पाँच किलो सुनका गहना लागएर उपस्थित भएकी लियुलाई देखेपछि विवाहको निम्तो मान्न आएका लियुका आफन्त चकित परेका थिए । लियुको विवाहाका लागि उनका परिवारले धेरै वर्षअघिदेखि शुद्ध सुनको खोजी गरेका थिए । बेहुली हुँदा लियुले लगाएको सुनको अन्तराष्ट्रिय बजार मूल्य दुई लाख डलरभन्दा माथि रहेको छ । लियुको परिवारले यति ठूलो मात्रामा सुन दिन योग्य परिवारको ज्वाइँ भएकाले सुन दिनु ठूलो कुरा नभएको बताएको छ । बेहुली हुँदा लियुले लगाएको सुनको भारीले गर्दा लियु विवाहाको अवसरमा हिडडुल गर्दा अप्ठेरो गरी हिडेको देखिन्थ्यो ।

Oct 28, 2012

एनेकपा माओवादीले गर्‍यो महत्वपूर्ण तीन निर्णय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
कात्तिक १२ - एनेकपा (माओवादी)ले राजनीतिक सहमति,आगामी महाधिवेशनको तयारी र पार्टी रुपान्तरणका विषयमा महत्वपूर्ण निर्णय लिएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा आज बिहान बसेको केन्द्रीय कार्यालयको बैठकले पार्टी रुपान्तरणका लागि सामूहिक व्यवस्थापन र उत्पादनशील दिशातर्फ लाने आगामी कार्ययोजनासहित महत्वपूर्ण तीनवटा निर्णय लिएको हो। पार्टीलाई रुपान्तरण गर्ने सन्दर्भमा अध्यक्ष दाहालले अब सामूहिक व्यवस्थापन तथा उत्पादनको जिम्मेवारी बहन गर्ने भएका छन् । त्यसैगरी, उपाध्यक्ष एवम् प्रधानमन्त्री डा. बाबुराम भट्टराईले विकास योजना र अर्थ विभागको जिम्मेवारी सम्हाल्ने छन् । अर्का उपाध्यक्ष एवम् उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई अनुशासन फाँटको जिम्मेवारी दिने निर्णय बैठकले गरेको छ। बैठकले महाधिवेशनका लागि गर्नुपर्ने कामका विषयमा छलफल गरी केही निर्णयसमेत लिएको छ। बैठकले महाधिवेशन तयारी समितिको बैठक आगामी मङ्सिर ६ गते बोलाउने निर्णयसमेत गरेको छ। तयारी समितिको बैठक लगत्तै जिल्ला अधिवेशनको प्रक्रिया अगाडि बढाउने तथा पार्टीको महाधिवेशन तोकिएको समय आगामी माघ महिनामा सम्पन्न गर्ने अभियानमा एनेकपा माओवादी जुटेको छ। तयारी समितिको बैठकअघि नै दस्तावेजको तयारीलाई छिट्टै पूर्णता दिने निर्णय पनि बैठकले गरेको छ। बैठकले राष्ट्रिय सहमति निर्माण गरेर अहिलेको राजनीतिक र संवैधानिक गतिरोध अन्त्य गरी निकास निकाल्न दलहरुबीचको वार्ता र छलफललाई गम्भीर महत्वका साथ तीव्रता प्रदान गर्ने निर्णय गरेको उपाध्यक्ष श्रेष्ठले जानकारी दिए । पार्टी अध्यक्ष दाहालले राजनीतिक गतिरोध अन्त्य गर्ने सिलसिलामा शनिबार नेपाली कांग्रेसका सभापति सुशील कोइराला र नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनाल तथा वरिष्ठ नेता माधवकुमार नेपालसँग भएको कुराकानी र छलफलबारेमा बैठकलाई जानकारी गराए । वार्ता र छलफल अहिले निर्णायक टुङ्गोमा पुगिनसकेकाले दलहरुबीचको सहमतिका लागि छलफल र संवादलाई तीव्रता र निर्णायक तुल्याउने निर्णयसमेत बैठकले गरेको छ। अघिल्लो संविधानसभाको निर्वाचनमा सबैभन्दा ठूलो राजनीतिक दल हुनुको नाताले, निर्वाचनको घोषणा गरेको सरकारको हैसियतले एनेकपा माओवादीकै नेतृत्वमा नयाँ निर्वाचनका लागि अहिलेकै सरकारलाई राष्ट्रिय सहमतिको सरकारमा रुपान्तरण गर्दा न्यायोचित र उपयुक्त हुन्छ भन्ने आफ्नो दलको भनाइ रहेको बैठकपछि उपाध्यक्ष श्रेष्ठले बताए ।

भारतमा मन्त्रीमण्डल हेरफेर बिदेशमन्त्रीमा सलमान खुर्सीद

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
भारतीय प्रधानमन्त्री मनमोहन सिंहले बिदेशमन्त्रीमा सलमान खुर्सीदलाई नियुक्त गर्नुभएको छ । आइतवार भएको मन्त्रीमण्डल पुर्नगठनमा यसअघि कानुनमन्त्री रहेका ५९ बषिर्य खुर्सीदलाई बिदेशमन्त्रीको जिम्मेवारी दिइएको हो । कानुनमन्त्रीको जिम्मेवारी अश्विनी कुमारलाई दिइएको छ । युवालाई जिम्मेवारी दिने भन्दै बिदेशमन्त्री एसएम कृष्णासहित चारजना मन्त्री र दुई जना राज्यमन्त्रीले बिहीवार र शुक्रबार राजीनामा दिएका थिए । आइतवार बिहान राष्ट्रपति प्रणव मुखर्जीले नयाँ ७ मन्त्री र १३ राज्यमन्त्रीलाई सपथ गराएका छन् । नयाँ मन्त्रीमण्डलमा कांग्रेस महासचिव तथा भावी प्रधानमन्त्रीका रुपमा हेरिएका राहुल गान्धी निकट धेरै युवा नेताहरुले जिम्मेवारी पाएका छन् । कतिपय राज्यमन्त्रीहरुले फुल मन्त्रीको जिम्मेवारी पाएका छन् । भारतीय संचारमाध्यमहरुले नयाँ मन्त्रीमण्डलमा राहुलको छाप देखिएको टिप्पणी गरेका छन् । यो फेरबदललाई राहुललाई प्रधानमन्त्री बनाउने योजनाको महत्वपूर्ण कडी र सन् २०१४ मा हुने आमचुनावको तयारीका रुपमा लिइएको छ ।

संविधान बनाउने बाटोमा लाग्न राष्ट्रपतिको आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
कार्तिक १२ - राष्ट्रपति डा रामवरण यादवले विपक्षी दलका शीर्ष नेताहरूसँगको अलगअलग भेटमा विद्यमान राजनीतिक गतिरोध चाँडो अन्त्य गरी २०६२/०६३ सालको आन्दोलनको उपलब्धिको रक्षाका लागि छिटो नयाँ संविधान बनाउने बाटोमा लाग्न आग्रह गरेका छन् । शीतलनिवासमा आइतवार काँग्रेसका सभापति सुशील कोइराला र एमालेका अध्यक्ष झलनाथ खनालसँगको भेटवार्तामा राष्ट्रपतिले सो आग्रह गरेका हुन् । दुवै भेटमा राष्ट्रपति डा यादवले संवैधानिक निकायमा पदरिक्तता, बजेटको अन्योललगायत देशको हरेक क्षेत्रमा सङ्कट आउन लागेको परिस्थितिप्रति आफू चिन्तित भएको जनाए । राष्ट्रिय सहमतिका लागि आफूले यसअघि पनि पटकपटक सामूहिक र व्यक्तिगतरूपमा आग्रह गरेको उनले स्मरण गराए । भेटपछि पत्रकारहरूसँग कुरा गर्दै काँग्रेसका सभापति कोइरालाले सहमति गर्ने भनेर नेताहरूबाट आश्वासन मात्रै आउने गरेको तर हालसम्म सहमति नभएकामा राष्ट्रपति चिन्तित रहेको बताए । कोइरालाले आफूले विघटित संविधानसभाको पुनःस्थापनाको पक्षमा काँग्रेस नरहेको र नयाँ निर्वाचनका लागि लाग्नुपर्नेमा जोड दिइएको बताए । यसैगरी, एमालेका अध्यक्ष खनालले सहमतिमा जानका लागि वर्तमान सरकार हट्नुपर्ने, राष्ट्रिय सहमतिका लागि एक वा दुई दलको गठबन्धन मात्रै प्रयुक्त नहुने धारणा राखेका थिए । उनले राष्ट्रिय सहमतिबाट बन्ने सरकारले नयाँ निर्वाचन गराउनुपर्ने पक्षमा एमाले रहेको जनाउँदै एमाओवादी मुलुकको अग्रगतिका लागि इमान्दार भई मार्गप्रशस्त नगरी द्वन्द्वमै जान चाहेको हो भने आफूहरूले पर्वहरू सकिएपछि आन्दोलन गर्ने चेतावनी पनि दिए ।

अमेरिकी निर्वाचन सन् २०१२ लागि खर्च छ अर्ब अमेरिकी डलर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
कात्तिक ११ - यस वर्षको अमेरिकी निर्वाचन खर्च छ अर्ब अमेरिकी डलर हुने अनुमान गरिएको छ र हाल राष्ट्रपति तथा डेमोक्र्याटिक पार्टीका उम्मेदवार बाराक ओबामा तथा म्यासाचुसेट्सका पूर्व गभर्नर तथा रिपब्लिकन पार्टीका उम्मेदवार मिट रोम्नीले प्रति सेकेन्ड २६.८६ अमरिकी डलर खर्च गरिरहेका देखिएको छ। यी अनुमान र खर्च विवरण बीबीसी तथा सीएनबीसीले आफ्नो अनलाईन संस्करणमा दिएका हुन्। यस समयमा दुबै उम्मेदवार निर्वाचनसभा, ब्यानर, टेलिभिजन विज्ञापनमार्फत जनतामा पुगिरहेका छन् । बीबीसीले यस विषयमा अमेरिकी सङ्घीय निर्वाचन आयोगका पूर्व प्रमुख माइकल टोनरलाई प्रश्न गर्दा उनले निर्वाचन खर्चमा हाल सीमा नै नभएको बताए । अमेरिकी अर्थतन्त्र मन्दीबाट गुजि्ररहेको अवस्थामा खर्च त कटौती हुनुपर्ने हो तर टोनरको धारणामा अमेरिकी निर्वाचनमा कम खर्च हुनु आवश्यक छैन। उनले मतदातालाई निर्वाचनमा संलग्न गराउने तथा मतदान केन्द्रसम्म पुर्या्उने जुनसुकै कुरा राम्रै भएको बताए । उनले यो अमेरिकी राजनीतिका लागि निकै राम्रो भएको, यो निकै गहन निर्वाचन भएको र यसमा निकै कुरा दाउमा लागेको उल्लेख गरे । निर्वाचनको दिन आउन एक साता र केही दिनमात्र बाँकी हुँदाको अवस्थामा राष्ट्रपति ओबामा तथा प्रतिद्वन्द्वी रोम्नीबीच भिन्न वैचारिक अवधारणाले अमेरिकालाई नै विभाजित गरिदिएको मेल अनलाइनमा म्याक्स ह्यास्टिङले उल्लेख गरेको छ। यस निर्वाचनमार्फत रोम्नी सरकारी खर्च र कर कटौती गर्न, राष्ट्रपति ओबामाको स्वास्थ्यसम्बन्धी कानुन खारेज गर्न चाहन्छन् भने इरान तथा चीनसँग सङ्घर्ष गर्न चाहँदैनन् । अर्कोतिर राष्ट्रपति ओबामाले आफ्ना नीतिका कारण अर्थतन्त्रले पुनर्स्थापना भएको र बेरोजगारी घटेको दाबी गर्छन् । यस निर्वाचनमा उम्मेदबारबीच अर्थतन्त्र, विदेशनीति, महिला अधिकार, स्वास्थ्य कार्यक्रम जस्ता विषयमा फरकफरक धारणा देखिएका छन्। नोभेम्बर ६ मा हुने निर्वाचनमा राष्ट्रपति ओबामालाई रोम्नीले कडा चुनौती दिनुहुने देखिएको छ र हालका अभिमत सर्वेक्षणहरूले यी दुई उम्मेदवारको लोकप्रियतामा भिन्नता निकै कम देखाएका छन्।

न्युयोर्क टाइम्सको चिनियाँ भर्सनलाई चीनमा प्रतिबन्ध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
अमेरिकी पत्रिका न्युयोर्क टाइम्सको चिनियाँ भर्सनलाई चीनमा प्रतिबन्ध गरिएको छ । चिनियाँ प्रधानमन्त्री वेन जियाबाओको सम्पतीबारे समाचार लेखेपछि न्युयोर्क टाइम्सको चिनियाँ भर्सनलाई चीनमा प्रतिबन्ध गरिएको हो । न्युयोर्क टाइम्सले चिनियाँ प्रधानमन्त्री वेन जियाबाओ अति गरिब परिवारमा जन्मिएको र जियाबाओले राजनीतिक नेतृत्व सम्हालेपछि अकुत सम्पती कमाएको भनी न्युयोर्क टाइम्सले लेखेको थियो । न्युयोर्क टाइम्सले जियाबाओ र उनका नातेदारहरुसँग अहिले २ अर्ब ७० करोड अमेरिकी डलरको पूँजी रहेको खुलासा गरेको छ । जियाबाओकी आमा उत्तरी चीनको एक विद्यालयमा शिक्षक थिइन् भने माओको राजनीतिक क्रान्तिमा सामेल पिता सुँगुर पाल्ने गर्थे । जियाबाओसँग मात्र नभएर उनका नजिकका आफन्तहरु समेत अत्याधिक रुपमा धन रहेको पत्रिकाले जनाएको छ । पत्रिकाले विद्यालय शिक्षाक वेनकी ९० वर्षीया आमा याङ जुयानसँग पाँच वर्ष पहिले १ सय २० मिलियन अमेरिकी डलरको पूँजी भएको उल्लेख गरेको छ । पत्रिकाको अनुसन्धानले चिनियाँ कम्युनिष्ट पार्टीभित्र लोकप्रिय रहेका वेनलाई गम्भीर धक्का पुर्‍याइदिएको चिनियाँ राजनितिज्ञहरु बताउँछन् । पत्रिकाले प्रधानमन्त्री वेनले पदमा रहँदा कमसेकम ३ अरब डलरको सम्पती आर्जन गरेको र त्यसको प्रमाण आफूसँग भएको दाबी गरेको छ । अनुसन्धानमूलक खबर प्रकाशित भए लगत्तै यस बारे माइक्रो ब्लगिङ साइटहरुमा अन्तरक्रिया सुरु भएको थियो । तर त्यस्ता अन्तरक्रिया गर्ने साइटमाथि नै चीनले प्रतिबन्ध लगाएको पत्रिकाले उल्लेख गरेको छ । यसअघि चिनियाँ नेताहरुको कसरी मल्टिमिलेनियर बन्दैछन् भन्ने रिपोर्ट प्रकाशित गरेपछि ब्लुम्बर्गको वेबसाइट पनि चीनले ब्लक गरेको थियो ।

इटलीका पूर्व प्रधानमन्त्रीलाई चारवर्षको जेल सजायँ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
इटलीका पूर्व प्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीलाई करमा अनियमितता गरेको आरोपमा चारवर्षको जेल सजायँ सुनाईएको छ । करमा अनियमितता गरेको आरोपमा उहाँलाई जेल सजायँ सुनाउनुका साथै सार्वजनिक पद धारणमा प्रतिबन्ध लगाईएको हो । बर्लुस्कोनीलाई माफी सम्बन्धि कानून अनुसार १ वर्ष कैद मिनाहा गरिनेछ । इटलीमा जेलमा हुने भीड कम गर्न सन् २००६ देखि कैदको समय घटाउने गरी माफी सम्बन्धि कानून प्रचलनमा ल्याईएको छ । बर्लुस्कोनीलाई पदमा रहँदा आफ्नो मातहतका कम्पनी मार्फत प्रचलित भन्दा धेरै दरमा अमेरिकी चलचित्रको अधिकार खरीद गरेको आरोप लगाईएको छ । अदालतको फैसलापछि प्रतिक्रिया दिंदै बर्लुस्कोनीले आफुलाई दिइएको सजायँलाई असह्य न्यायीक उत्पीडन भन्दै निन्दा गर्नुभएको छ । अवैध यौन सम्बन्ध, अनियमितता लगायत धेरै आरोप लागेका बर्लुस्कोनीमाथि व्यवसायिक गतिविधि सम्बन्धि अपराधमा दोषी ठहर गरिएको यो पहिलो पल्ट हो ।उहाँ र सहयोगीमाथि १ करोड युरो जरिवाना तिर्नुपर्ने फैसला समेत छ ।

Oct 24, 2012

वनमन्त्रीद्वारा अधिकृतसंग दुर्व्यवहार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
महोत्तरी, कार्तिक ८ - आफन्तले गाडी माग्दा नदिएको भन्दै वनमन्त्री यदुवंश झाले महोत्तरीका जिल्ला वन अधिकृत विद्यानाथ झालाई दुव्र्यव्यहार गरेका छन् । मन्त्री झाले सालोका छोराले गाडी माग्दा किन नदिएको भन्दै वन अधिकृत झालाई तथानाम गाली गरेका हुन् । विहान जलेश्वरस्थित वन कार्यालय पुगेर मन्त्री झाले बन अधिकृतलाई पतित, भन्दै तत्काल जागिर खाइदिने धम्कि समेत दिएका थिए । मन्त्रीले गाली गर्ने क्रममा अन्य कर्मचारी र सुरक्षाकर्मी समेत कार्यालयमा थिए । गत असोज २ गते मन्त्रीका सालोका छोरा शीवचन्द्र झाले दशैको खसी लैजान भन्दै वन अधिकृतसँग गाडी मागेका थिए । वन अधिकृत झाले वन अनुगमनका लागि गाडी चाहिने भएकाले निजी प्रयोजनका लागि सरकारी गाडि दिन नमिल्ने बताएका थिए । आफ्ना आफन्तलाई वेवास्ता नगर्न चेतावनी दिदै मन्त्री झा भारत तर्फ लागेका छन् । उनी हरेक पटक जिल्ला पुग्दा भारततर्फ जाने गरेका छन ।

अमेरिकाले कम्प्युटरबाट तेस्रो विश्वयुद्ध’ हुने जनाए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
 न्युयोर्क , कार्तिक ५ - अमेरिकाले तेस्रो विश्वयुद्ध जमिनमा नभएर इन्टरनेट (साइबर स्पेस) मा हुने जनाएको छ । यसबाट जनभन्दा पनि धन र स्रोतको क्षति यसअघिका विश्वयुद्धहरूमा भन्दा निकै ठूलो हुनेछ । अमेरिकी रक्षामन्त्री लियोन प्नेटाले आक्रमणकारीले बैंक तथा वित्तीय संस्थालाई निसाना बनाउन थालेकाले भविष्यमा युद्धको मैदान साइबर स्पेस हुने बताएका छन् । आतंकवादीले पावर गि्रड र सरकारी प्रणालीलाई नष्ट गर्ने क्षमता विकसित गरिरहेको उनले बताए । सबभन्दा बढी सैन्य प्रतिष्ठान भएको अमेरिकाको भर्जिनिया सहरको नोरफोकको एक कार्यक्रममा उनले यो ताजा धारणा सार्वजनिक गरेका हुन् । उनले मुलुकको अगाडि साइबर स्पेसको रूपमा युद्धको नयाँ चुनौती तेर्सिएको बताए । 'यतातिर ध्यान दिनु आवश्यक छ किनकि भविष्यको युद्ध साइबर स्पेसमा हुनेछ,' उनले भने । शंकास्पद इरानी हयाकरले त्यहाँको वित्तीय संस्थानमा लगातार आक्रमण गरिरहेका छन् । आफूले यो वक्तव्य दिइरहेको बेला पनि अमेरिकामा साइबर आक्रमण जारी रहेको उनले बताए । प्नेटाले यो क्रममा कसैको नाम लिएका छैनन् । साइबर स्पेसमाथिको आक्रमण पत्ता लगाउनलाई अमेरिकाले साइबर फोरेनसिकमा उल्लेखनीय लगानी गरिरहेको उनले बताए । 'हामी उनीहरूलाई समाउन र कानुनी दायरामा ल्याउन सक्षम छौं,' उनले साइबर आतंकवादीलाई चेतावनी दिँदै भने ।

Oct 23, 2012

रामबहादुर थापाको नेतृत्वमात्रै स्विकार्यः वैद्य

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
कार्तिक ६ - नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य किरणले कांग्रेसहितका दलको नेतृत्व नस्विकार्ने स्पष्ट गर्दै भावी प्रधानमन्त्रीको रूपमा पार्टीका महासचिव रामबहादुर थापाको नाम प्रस्ताव गरेका छन् । रिपोर्टर्स क्लबको साक्षात्कारमा उनले भने- ‘नयाँ सरकारको नेतृत्व गणतन्त्र, संघीयता र राष्ट्रवादी शक्तिले गर्नु पर्ने भन्दै कांग्रेससहितकाको कसैको पनि नेतृत्व हामी मान्दैनौं । हाम्रो पार्टीबाट बादलजीले नेतृत्व गर्नुपर्छ । यो हाम्रो दाबी हो । प्रधानमन्त्री पद कसैलाई टीको लगाएर दिन सकिँदैन ।’ उनले एमाओवादी सरकार छड्दै नछाड्ने र एमाले कांग्रेसले सरकार नभई नहुने भनेर सत्तालाई केन्द्रमा राखेकाले समस्या समाधान नभएको दाबी गर्दै सरकारलाई नै केन्द्रमा राख्दासम्म सहमति बन्नै नसक्ने ठोकुवा गरे । प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको सरकार हट्नै पर्ने भन्दै उनले अहिले दलहरूबीच सरकार परिवर्तन, नेतृत्व र प्रक्रियाको विषयमा दलहरूबीच छलफलको आवश्यकतामा जोड दिए । संविधानसभाको पुनःस्थापना र निर्वाचन दुवै विकल्पमा आफ्नो पार्टी खुला रहेको भन्दै पुनःस्थापना गर्ने भए संविधानको अन्तरवस्तुमा सहमति गर्नु पर्ने र निर्वाचनमा जाने भए सरकार परिवर्तन गर्नुपर्ने उनको प्रस्ताव थियो । गोलमेच सम्मेलनको अडान राख्दै आएका उनले यसका लागि सर्वोच्च अदालत, राष्ट्रपति र दलहरुबीच छलफल हुनुपर्ने नयाँ प्रस्ताव गरे । यद्यपि उनले अहिलेको संविधानसभाले संविधान बनाउन नसक्ने भएकाले अगाडिको बाटो पहिल्याउन मात्र संविधानसभाको पुनःस्थापना उपयुक्त हुने धारणा राखे । सहमति हुन नसके सडकबाट सरकार परिवर्तन गर्नु र संविधान जारी गर्नुको विकल्प नभएको भन्दै कांग्रेस र एमालेले सडक आन्दोलन सुरु गरे त्यसमा आफ्नो पार्टीको पनि समर्थन हुने स्पष्ट पारे । उनले भने- कांग्रेस र एमाले नाङलो ठटाएर हात्ती तर्साउने योजनामा छन् । मलाई उनीहरूले आन्दोलन गर्लान जस्तो लाग्दैन । यदि सडक आन्दोलन गरे भने हाम्रो समर्थन रहन्छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तामा टिकिरहन पहिला निर्वाचन र पछि संविधानसभा पुनःस्थापनाको प्रस्ताव राखेको आरोप लगाउँदै भने-२५ वर्षसम्म सत्ता बचाउने रणनीति भएको त प्रचण्डले नै भनिसकेका छन् नि । पार्टीको तर्फबाट हालै प्रधानमन्त्रीलाई बुझाएको ७० बुँदे मागमा केही जटिलता देखिएको भन्दै उनले त्यसलाई परिमार्जन गर्ने तयारीमा आफूहरू रहेको खुलासा गरे । उनले आफूहरू भारतसँग सम्बन्ध बिगार्ने पक्षमा नरहेको उल्लेख गर्दै भारतसँग भएका असमान सन्धी सम्झौता खारेज गरेर नेपाली र भारतीय जनताको हितमा हुने गरी गर्नु पर्ने मा मात्रै रहेको स्पष्ट पारे । एमाओवादीका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री आफै सकिएका छन् उनीहरुले हामीलाई केही बिगार्न नसक्ने दाबी गर्दै अब संविधानसभा पुनःस्थापना भए आफूहरूले पनि अलग्गै पार्टीको मान्यता पाउनु पर्ने सहमति पनि हुनु पर्ने बताए । सहमति नभए पुनःस्थापना हुनै नसक्ने उनको ठोकुवा थियो ।

इटालीका पूर्व प्रधानमन्त्री सिल्वियो यौन आरोप अस्वीकार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
इटालीका पूर्व प्रधानमन्त्री सिल्वियो बुर्लोस्कोनीले कम उमेरकी नाइट क्लब डान्सरसँग सेक्सका लागि पैसा दिएको आरोप अस्वीकार गरेका छन् । उनीविरुद्ध मिलानमा मुद्दा चलिरहेको छ । जहाँ बुर्लोस्कोनीले आफ्नो घरमा कहिल्यै सेक्ससँग जोडिएको कुनै कार्यक्रम नै नभएको दावी गरेका छन् । उनी अचानक सुनुवाईमा उपस्थित भएका हुन् । उनले एक पार्टीमा रुवी नामले चिनिएकी करीमा अल-महरुग नामकी युवतीसँग भेटेको भने स्वीकार गरेका छन् । आफूले सोध्दा युवतीले आफ्नो उमेर २४ वर्ष बताएको समेत पूर्व प्रधानमन्त्रीले दावी गरेका छन् । पूर्व प्रधानमन्त्री बुर्लोस्कोनीमाथिपैसा दिएर १७ वषर्ीया युवतीसँग १३ पटक यौन सम्वन्ध राखेको आरोप लगाइएको छ । उक्त समयमा बुर्लोस्कोनी स्वमं ७० वर्षका थिए । बुर्लोस्कोनीमाथि प्रधानमन्त्री हुँदा पदको दुरुपयोग गरी युवतीहरुलाई छुटाउन प्रहरीलाई दबाव दिएको आरोप छ ।

हङकङका सय बढी जनजाति कार्यकर्ताले पनि एमाले छाडे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
कात्तिक ६- दशैँको फुलपातीको दिन हङकङमा सय बढी जनजाति कार्यकर्ताले एमाले परित्याग गरेका छन्। एमाले छाडेका अशोक राईको समूहप्रति समर्थन जनाउँदै 'नेपालमा वैकल्पिक राजनीतिक शक्ति निर्माणलाई सार्थक तुल्याउन' पार्टी परित्याग गरेको उनीहरूले आइतबार घोषणा सभामा जनाए। एमाले हङकङ कमिटिका निवर्तमान अध्यक्ष ओमराज सम्बाहाम्फे सहित अहिले कमिटिमा रहेका चन्द्रकला राई, माया राई, नारायणप्रसाद (हेजेन) राई, किसन राईले पार्टी परित्याग गरेका हुन्। एमालेबाट अलग्गिएका दुई सय २१ कार्यकर्तामध्ये ३१ संगठीत सदस्य छन्, जो पूर्व मालेदेखि एमालेमा लामो समय सक्रिय रहेका पूर्वी पहाडका राई, लिम्बु हुन्। एमाले छाडेर 'अग्रगामी विचार समूह हङकङ' बनाएको उनीहरूले जनाएका छन्। हङकङमा एमालेको संगठीत सदस्यमध्ये बहुमतले पार्टी छाडेको दावी गर्दै एमाले परित्याग गर्ने इन्द्र वनेमले आफुहरूले नयाँ पार्टी गठन गर्न अशोक राईलाई सहयोग गर्ने बताए। 'पहिचानलाई राजनीतिक मान्यता दिइनु पर्छ भन्दा हामीलाई जातीय कुरा गर्‍यो भन्ने अहंकारवादीहरूको प्रतिकार हुनेछ', एमाले परित्याग गर्नुको कारण खोल्दै सम्बाहाम्फेले भने, 'माले-एमालेमा लागेर जवानी र उर्जा सिध्याइयो, तर अहिले जाती र समुदायको अधिकार विरुद्ध उभिएपछि एमाले छाड्न बाध्य भयौँ।' 'एमाले छाडेर जातीय राजनीतिमा नहिंडेको' दावी गरेपनि नारायणप्रसाद राईले आफुलाई नेपाली भन्दा राई महत्वपूर्ण भएको बताए। उनले भने, 'म राई भएको नाताले नेपाली नागरिकता भन्दा राई महत्वपूर्ण हुन्छ, त्यसैले नागरिकता त्याग्न सकिन्छ, पार्टी त्याग्न सकिन्छ तर राई त्याग्न सकिन्न।' संविधानसभा विघटन हुनुमा एमाले मुख्य दोषी रहेको आरोप लगाउँदै एमाले छाड्नेहरूले विज्ञप्तीमा भनेका छन्- 'एमालेले अन्तिम घडीमा पहिचान र संघीयताको विपक्षमा आफूलाई उभ्यायो, पहिचानसहितको संघीयताको पक्षमा दुई तिहाई रहेको अवस्थामा एमालेले समर्थन गर्नुको साटो आफ्ना सभासद्हरुलाई विपक्षमा उभिन निर्देशन दिनुकासाथै बैठक सञ्चालनमा कुनै पहल देखाएन फलस्वरुप संविधान सभा विघटन हुन पुग्यो।'

नेपालको शान्ति प्रक्रियामा युरोपेली परिषदको चासो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
कार्तिक ७ - युरोपेली परिषदका अध्यक्ष भान रोम्प्युले नेपालको शान्ति प्रक्रिया र संविधान लेखन कार्यले छिट्टै पुर्णता पाउने विश्वास व्यक्त गरेका छन् । बेल्जियमको राजधानी ब्रसेल्स स्थित युरोपेली परिषदको सचिवालयमा नेपाली राजदुत राममणी पोख्रेलको ओहोदाको प्रमाणपत्र बुझदै रोम्प्युले सवै राजनीतिक दलको सहमतिका आधारमा नेपालको शान्ति प्रक्रिया र संबिधान लेखनले छिट्टै पूर्णता पाउनेमा विश्वास व्यक्त गरेका हुन् । भेटमा उनले नेपालको ऐतिहासिक राजनीतिक परिवर्तनका लागि आफ्नो सदैव सहयोग हुने वताउनु भएको राजदुत पोख्रेलले जानकारी दिए । उनले युरोपेली सदस्य राष्ट्रहरु नेपालको आर्थिक विकाशको अभियानमा थप सहयोग र सहकार्य गर्ने तयार रहेको वताएका थिए । सो अबसरमा बेल्जियमका लागि नेपाली राजदुत पोख्रेलले मुलुकको जारी राजनीतिक गतिरोध समाधन गर्न दलहरु गम्भीर भएको बताए ।

Oct 20, 2012

गुगलले ल्यायो २१ हजारको ल्यापटप ‘क्रोमबुक’

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
टेक्नोलोजीको दुनियाका दुई ठूला कम्पनी गुगल र सामसुङले मिलेर नयाँ ल्यापटप बनाएका छन् । प्रतिद्वन्द्वी माइक्रोसफ्टलाई कडा चूनौति दिँदै गुगगले सामसुङसँग मिलेर सामसुङ ‘क्रोमबुक’ बजारमा ल्याएको छ । माइक्रोसफ्टलस सर्फस ट्याबलेट लन्च गर्नुअघि गुगलले ‘क्रोमबुक’ ल्याएर ‘द कम्प्यूटर फर बन्ली बन’ भनेको छ । ११ दशमलव ६ इन्च स्क्रीन साइजमा रहेको क्रोम बुक निकै आकर्षक छ । क्रोम बुकमा सामसुङको एआरएम कोर्टेक्स ए १५ प्रोसेसर दिइएको छ भने २ जीबी र्‍याम र १६ जीबीको फ्ल्यास स्टोरेज पनि छ । धेरै यात्रा गर्ने र भिडियो च्याटिङको शोखिनहरुका लागि यो निकै उपयुक्त हुनसक्छ, किनकी यो किनै छरितो र कम ओजनको छ भने यसमा भिडियो च्याटिङको पनि सिस्टम छ । यसको ब्याट्री ब्याकअप पनि अन्य ल्यापटपको भन्दा बढी छ । 
के छ त यसमा 
· ११.६ इन्चको स्क्रीन, १३६६×७६८ 
स्क्रीनज रिज्यूलुशन · ०.८ इन्च मोटाएरु र 
१.१ किलो तौल · ६.५ घण्टा ब्याट्री ब्याकअप 
· सामसुङ एक्सनोस ५ ड्युल प्रोसेसर 
· १०० जीबी गुगल ड्राइब क्याउड स्टोरज २ को साथमा सोलिङ स्टेट ड्राइव 
· वाईफाई सपोर्ट · वीजीए क्यामरा 
· १ यूएसबी ३.० पोर्ट र एक २.० यूएसबी पोर्ट 
· एचडीएमआई पोर्ट · ३.० ब्लूटुथ सपोर्ट 
· मूल्य २४९ डलर अर्थात २१ हजार ४ सय

सहमतिमा आउन सत्तारुढ दलहरुको आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
कात्तिक ४- एमाओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनमा आबद्ध दलहरुको आज बसेको बैठकले राष्ट्रिय सहमतिका लागि लचिलो भएर राजनीतिक निकास खोज्ने निर्णय गरेको छ। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो गठबन्धनको बैठकले संविधानसभाको निर्वाचन वा पुनःस्थापना भन्ने विषयमा दसैँ पछाडि बैठक बसेर जुन विषयमा सहमति हुन्छ त्यसैबाट निकास खोज्ने निर्णय पनि गरेको छ। गठबन्धनको आगामी बैठक कात्तिक १५ गते बस्नेछ। बैठकपछि सो गठबन्धनका प्रवक्ता प्रेमबहादुर सिंहले अहिलेको राजनीतिक समस्याको समाधान निकाल्न अन्य दलहरुलाई सहमतिमा ल्याउनेबारे छलफल भएको र त्यसमा मोर्चा अधिकाधिक लचिलो भएर प्रस्तुत हुने बताए। उनले दसैँ पछाडि बस्ने गठबन्धनको बैठकमा संविधानसभाको निर्वाचन वा पुनःस्थापना जुन विषयमा सहमति हुन्छ त्यसैअनुसार अघि बढ्नेबारेमा पनि छलफल भएको जानकारी दिए। बैठकमा गठबन्धनको हालसम्म भएको कार्यप्रगतिको समीक्षा गरिएको थियो। एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक दलहरुबीच भएको छलफलबारे बैठकमा जानकारी गराएका थिए। हालसम्म राजनीतिक दलहरुबीच भएको बैठकले राजनीतिक निकास दिन नसकेकामा बैठकले गम्भीर चिन्ता व्यक्त गरेको थियो। मुलुकमा विद्यमान राजनीतिक सङ्कटको निकासका लागि सहमतिको विकल्प नभएको भन्दै गठबन्धनले अन्य दलहरुलाई पनि सहमतिमा आउन आग्रह गरेको छ।

प्रधानमन्त्रीले घुस माग्ने श्रममन्त्रीको राजीनामा मागे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
४ कात्तिक,प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ म्यानपावर दर्ताका लागि व्यवसायीहरुसँग घुस माग्ने श्रममन्त्री कुमार बेलबासेलाई राजीनामा दिन निर्देशन दिनु भएको छ । प्रधानमन्त्री भट्टराईले शनिबार विहान मन्त्री बेलबासेलाई टेलिफोन गरी राजीनामा माग्नु भएको हो । बालुवाटार निकट श्रोतका अनुसार प्रधानमन्त्री भट्टराईले राजीनामा दिएर छानविन गर्न सहयोग नगरे बर्खास्त गर्ने चेतावनी दिनु भएको छ । मन्त्री बेलबासेले प्रधानमन्त्री समक्ष भोलिसम्ममा राजीनामा दिने प्रतिवद्धता जनाउनु भएको बुझिएको छ । प्रधानमन्त्री भट्टराईले शनिबार नै माले महासचिव सीपी मौनालीलाई टेलिफोन गरी मन्त्री बेलबासेलाई फिर्ता बोलाउन आग्रह गर्नु भएको छ । मालेका तर्फबाट श्रममन्त्री बन्नु भएका श्रममन्त्री बेलबासेले नयाँ म्यानपावर दर्ताका लागि व्यवसायीहरुसँग साढे २ लाख घुस माग्नु भएको थियो । भ्रष्टाचारविरुद्धको अभियान नेपालले ३ महिना लामो स्टिङ अपरेसनपछि मन्त्री बेलबासे र मालेका बैकल्पिक केन्द्रीय सदस्य भास्कर काफ्लेले म्यानपावर दर्ता गर्न जाने मोटो रकम माग्ने गरेको बिहीबार खुलासा गरेको थियो । अभियानले सार्वजनिक गरेको भिडियो फुटेजमा मन्त्री बेलबासे र काफ्लेले ले पार्टीको कार्यालय निर्माणका लागि भन्दै घुस मागेका थिए ।

चीनमा तत्काल अर्थिक मन्दी नदेखिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
आर्थिक मन्दीको त्रासमा रहेको चीनमा सेप्टेम्बर महिनामा निर्यातमा अपेक्षा गरेभन्दा तीब्र गतिले वृध्दि भएको पाइएको छ। यो समाचारले अर्थतन्त्रमा मन्दीका बारेमा गरिएका चिन्तालाई केही सहज बनएको विश्लेषण गरिएको छ। हालै जारी भन्सार आँकडाले वार्षकरुपमा निर्यात नौ दशमलव नौ प्रतिशतले वृध्दि भएको देखिएको छ। लगातर तीन महिना कमी भएपछि सेप्टेम्बर महिनामा आयत पनि दुई दशमलब चार प्रतिशतले वृध्दि भएको छ। कयौँ आर्थशास्त्रीहरुले सेप्टेमबर महिनामा निर्यात पाँच प्रतिशतले विस्तार हुने पूर्वनुमान गरेका थिए। आँकडाअनुसार तीन महिनामा अमेरिकामा चिनको निर्यात सबैभन्दा तीब्र गतिमा भएको छ तर युरोपेली युनियनमा निर्यात १० दशमलव सात प्रतिशतले घटेको छ। विश्व बैंकले चिनका लागि यस वर्ष गरेको पूर्वानुमानमा मे महिनाको आठ दशमलव दुई प्रतिशतको वृध्दि कटौती गरेर सात दशमलब सात प्रतिशत बनाएको छ।

Oct 19, 2012

बाराक ओबामा र मिट रोमनीबिच चर्को बहस

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
अमेरिकी राष्ट्रपति एवं डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपति पदका उम्मेदवार बाराक ओबामा र रिपब्लिकन पार्टीका उम्मेदवार मिट रोमनीबिच चर्को बहस भएको छ । न्युयोर्क सहरस्थित होफ्स्ट्रा विश्वविद्यालयमा भएको बहसमा दुई उम्मेदवार आत्मविश्वासी र कडा रुपमा पेश भएका थिए । पहिलो बहसमा कमजोर देखिएका ओबामा दोस्रो चरणमा भने बलियो देखिए । आफू बलियो उम्मेदवार भएको प्रदर्शन गर्न पनि ओबामा आक्रामक शैलीमा प्रस्तुत भए । रोमनीले राष्ट्रपतिको नीतिलाई गलत ठहर गरे । उनले पनि आत्मविश्वासका साथ आफ्ना कुरा राखे, तर पहिलेको तुलनामा दोस्रो चरणमा उनले खासै प्रभाव पार्न सकेनन् । अर्थ व्यवस्था, उर्जा, रोजगारीलगायतका विषयमा ओबामा र रोमनीबीच दुईपटक बहस भइसकेको छ । अब उनीहरुबीच तेस्रो बहस अक्टोबर २२ मा हुनेछ । राजनीतिक विशेषज्ञ र सर्वेक्षणका अनुसार दुई उम्मेदवारबीच ६ नोभेम्बरमा हुने चुनावमा कडा टक्कर हुनेछ ।

अमर न्यौपानेको मदन पुरस्कार विजेता कृति "सेतो धरती" कास्कीमा जलाइयो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
उपन्यासकार अमर न्यौपानेद्वारा लिखित उपन्यास सेतो धरती कास्कीको भुजेल सेवा समितिले शुक्रबार जलाएको छ । २०६८ सालको मदन पुरस्कार विजेता उपन्यास सेतो धरती भित्र विभिन्न ठाउँमा अपमानजनक शब्द प्रयोग गरिएको आरोप लगाउँदै पोखराको पृथ्वीचोकमा एक घण्टा सवारी आवागमन ठप्प पारी नाराबाजी गर्दै भुजेल समुदायले पुस्तक जलाएका हुन् । सेतो धरती उपन्यासका पृष्ठ ३२, ३३, ७८, ७९ लगायमा भुजे समुदायका मानिसलाई मैला लुगा लगाएका डोले धर्तीहरु जस्ता अपमानजनक शब्दको प्रयोग भएकाले विरोध स्वरुप पुस्तक जालाएको भुजेल समाजले बताएको छ । समितिका एक सदस्यले भनेका छन् ‘पात्रको नाम नदिई पुस्तकमा समग्र धर्ती जातीलाई नै डोले धर्ती र मैला लुगा लगाएको जस्ता अपमानजनक शब्द पुस्तकमा एक दर्जन ठाउँमा प्रयोग गरिएको छ ।’ भुजेल समुदायले यस्ता शब्दको प्रयोग पुस्तकमा हुँदा सम्पूर्ण भुजेल समुदायलाई अन्याय भएको समेत बताएका छन् । यस्ता अपमानजनक शब्दको प्रयोगमा छुट दिदै जाँदा समग्र आदिवासीको अपमान हुँने भन्दै आन्दोलन कारीले तत्काल त्यस्ता शब्दलाई हटाउँनु पर्ने बताएका छन् । यस विषयमा लेखक सँग भएको कुराकानीमा लेखकले आफूहरुको विचारको सम्मान नगरेको आरोप समेत समुदायले लगाउँदै यस्ता अपमानजनक शब्द पुस्तकबाट नहटाइए आन्दोलन अझ चर्काउँने चेतावनी दिएको छ ।

Oct 16, 2012

लिरामुमो प्रवास समिति हङकङको तेश्रो जिल्ला सम्मेलन अक्टुवर २८ मा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
हङकङ, १३ अक्टुवर,लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा प्रवास समिति हङकङको तेश्रो सम्मेलन यहि अक्टुवर २८ आइतवार हुने भएको छ । हङकङमा सन २००८ बाट सुरु भएको संगठनको तेश्रो जिल्ला सम्मेलन तयारि समिति मोर्चाको कार्यवाहक अध्यक्ष चन्द्रराज सुब्बा साँवाको संयोजकमा गठन भएको सचिव रविन लिङदेनले जानकारी गराए । आत्मनिर्णय अधिकार सहितको अग्रअधिकारको सुनिश्चितताको लागि विसं. २०५८ साल वाट संघर्षरत लिम्बुवान राष्ट्रि मुक्ति मोर्चा, नेपालको पाँचौ राष्ट्रिय सम्मेलन पान्थर जिल्लाको सदरमुकाम फेदेनमा यहि मंसिरको अन्तिम साता हुदैछ । राष्ट्रिय सम्मेलन हुनु अगावै उस्को सम्पूर्ण निकायको अधिवेशन सम्पन्न गरिसक्नु पर्ने भएकोले हङकङमा अक्टुवर २८ को दिन यामतेई कम्युनिटि हलमा हुने सचिव लिङदेनले वताए । एतिहासिकताको आधारमा एकल जातिय पहिचान सहितको स्वायत्त लिम्बुवान राज्य स्थापनको लागि लिम्बुवानवादीहरुले लडाइ लडि रहेको लिङदेनले वताए । संगठन विना कुनैपनि आन्दोलन सफल नहुने भएकोले सम्मेलनको तयारी वृहत रुपले हुदै गरेको उनले जानकारी गराए । सम्मेलन सम्पन्न गर्नको लागि विभिन्न उपसमितिहरु गठन गरिएको छ । उपसमिति संयोजक तथा सहसंयोजकहरुमा रविन लिङदेन, वेदराज लिम्बु, रविन लिम्बु, निर बहादुर लिम्बु, नरेन्द्र केरुङ, बुद्ध वनेम लिङदेन, मनिष खापुङ, नन्द कुमार तुम्वाहम्फे, शेर वहादुर पयाङगु, महा प्रसाद चोङवाङ, धन बहादुर लोक्ताम, अरुण याक्सो, भुपेन्द्र चेम्जोङ, मनकुमार लिम्बु, टंक माङ्मु (चन्द्र) ललित आङवुहाङ, टंक चोङवाङ, टंक सम्बाहाम्फे लगायतका सदस्यहरु रहेका छन् । आत्मनिर्णय अधिकार सहितको अग्रअधिकार, जातिय स्वायत्तता र स्वाशासन, एकल जातिय पहिचान सहितको संघियता, संघियता सहितको संविधान, जस्ता विषयहरुको सुनिश्चितताको लागि प्रवास समिति अन्र्तगत जिल्ला स्तरको मान्यता पाएको हङकङ मोर्चाले नेपालमा हुने गरेको संघर्षहरुलाई सहयोग पु्याउदै आइरहेको छ ।

हङकङमा सहिद 'माङतोक'को पाचौं स्मृति दिवस सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/रविन लिङदेन, 
हङकङ,१० अक्टुवर,लिम्बुवानको आन्दोलनको क्रममा सहिद भएका राजकुमार आङदेम्बे ‘माङतोक’को पाचौं समृति दिवस हङकङमा सम्पन्न भएको छ । आइतबार जोर्ड स्थित फुलबारी क्लबमा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद प्रवास कार्यसमिति हङकङको आयोजनामा उक्त स्मृति दिवस सम्पन्न भएको थियो । माङतोक पाँचौं स्मृति दिवसको अवसरमा बोल्दै नेकपा (एमाले)का निवर्तमान अध्यक्ष ओमराज सम्बाहाम्फेले एमाले परित्याग गरेको बताएका छन् । सम्बाहाङ्फेले आफुलाई एमालेसंग जोडेर कुनैपनि कार्यक्रममा नबोलाउन वा सम्बोधन नगर्न आग्रह गरेका छन् । ‘एमालेमा रहंदा कुवाभित्रबाट देखिएको आकाश मात्र आकस देखिने बताउँदै कुवाबाट बाहिर निस्कनु पर्ने औंल्याए । कुवाबाट बाहिर निस्किएपछि मात्र वास्तविक आकस देखिने भएकोले सबै जातीय, क्षेत्रीय, वर्गीय, लिङ्गीय मुद्घाको योद्घाहरुले एमालेबाट पार्टी परिवर्तन गर्नुपर्ने’ सम्बाहाङ्फेले बताए । आदिवासी जनजाति पत्रकार महासंघको अध्यक्ष तथा सनराईज साप्ताहिकका सम्पादक भुपेन्द्र चेम्जोङले कुनै न कुनै रुपमा सहिद नभई आन्दोलनहरु सफल नहुने बताए । ऐतिहासिकताको आधारमा लिम्बुवान हुने भएकोले त्यो एकै जातिको मात्र नहुने भन्दै सबै जातिको लिम्बुवान हुने बताए । लिम्बुवानभित्र सबै जाति अटाउने, राजनीतिक रुपले सबै जातिको सहभागिता हुने खालको लिम्बुवान हुनेमा एमाले कांग्रेसले जातीयताको झुटा ब्याख्या गरेर भ्रम फैल्याएको बताए । लिम्बुवानको वरिष्ट गायक भगत सुब्बाले माओवादीको बलमा मात्र नेपालमा ठुला–ठुला परिवर्तनहरु सम्भव भएको बताए । संघीयताको विषयमा एमाले र कांग्रेसले नेपाली जनताहरुलाई भ्रम सिर्जना गरी संविधानसभा नै विघठन गरेको सुब्बाले बताए । प्रवास कार्यसमिति हङकङको अध्यक्ष विष्णु इङनामको अध्यक्षतामा भएको कार्यक्रम सचिव झरमान लिङदेनले संचालन गरेका थिए । उक्त कार्यक्रममो प्रमुख अथिति किरात याक्थुङ चुम्लुङका अध्यक्ष त्रिभुवन लुङफङवा रहेका थिए भने विशेष अथिति नेपाली महासंघको अध्यक्ष प्रदिप थापा रहेका थिए । महिला सचिव कुमारी हाङमाले स्वागत मन्तव्यको क्रममा सहिदको सपना पूरा गर्नु पर्ने बताइन । सबैले आ–आफ्नो तर्फबाट एक कदम अघि बढेमा सहिदको सपना पूरा हुने बताइन् । अरुणपूर्व नौं जिल्ला लिम्बुवान हुनुपर्ने माग सहितको आन्दोलनको क्रममा पाँचवर्ष अघि झापा जिल्लाको कमलमा सशस्त्र प्रहरीको गोली लागेर आङदेम्बेको घटना स्थलमै मृत्यु भएको थियो । उनको सम्झनामा मञ्च सम्वद्घ संघीय लिम्बुवान राज्य परिषदले विभिन्न ठाउँहरुमा हरेक वर्ष स्मृति दिवस मनाउने गरेको छ । सहिद स्मृतिमा कि.या.चु. हङकङका निवर्तमा अध्यक्ष कृष्णराज लावती, लिम्बुवान मोर्चाको महासचिव अभिचन्द्र इङनाम, भगिराज चोङबाङ, प्रदीप कन्दङवा, मानवहादुर नाल्बो, मदन कन्दङवा लागायतका वक्ताहरुले नेपालको राजनीति र सहिदको सपनाको वारेमा आ–आफ्नो धारणा राखेका थिए । उक्त अवसरमा पाँचजनाले संगठनमा प्रवेश गरेका छन् ।

पान्थरमा लिम्बुवानको जनजागरण आमसभा सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/दिलकुमार लावती 
फेदेन (पान्थर) लिम्बुवान अक्टोवर १३, २०१२ । संघीय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद जिल्ला कार्य समिति पान्थरको आयोजनामा फेदेनमा विशाल लिम्बुवान जागरण आमसभा सम्पन्न भएको छ । मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ को प्रमुख आतिथ्यमा सो कार्यक्रम भएको हो । प्रमुख अतिथि लिङ्देनले पान्थरको फेदेन लिम्बुवानको मुटु हो, ढुकढुकी हो भन्नु भयो । एकात्मकवादीहरू पुलिस, प्रशासन र सञ्चारकर्मी छन् भने संघीयवादीहरूसँग एक मुठी माटो र गरिब जनताहरू मात्र भएको बताउनु भयो । वहाँले वर्तमान संविधानसभा प्रचण्ड र सुवास नेम्बाङ्को उधारो राष्ट्रपति बन्ने सपनाले गर्दा हत्या भएको बताउँदै संविधानसभाको हत्याराहरूको भण्डारफोर गर्नैपर्छ एकात्मकवादीहरूलाई लिम्बुवानमा बहिष्कार गरौं भन्नुभयो । संघीयता पहिचान र इतिहासले मात्र बन्छ भूगोलले कहिल्यै नबन्ने दावी गर्दै मिराकले विजयकुमार गच्छेदार र सन्जुहाङ्बीच एकता भएको पार्टीसँग कहिल्यै एकता नहुने बताउनु भयो । उनले लिम्बुवान नभएमा आफ्नै संविधान जारी गर्ने समेत सरकारलाई चुनौती दिए । कार्यक्रममा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिव खगेन्द्र माखिमले ओडारमा बस्ने दुम्सीलाई धुँवा हालेपछि जसरी भाग्छ त्यसैगरी राणाहरूलाई जनताहरूले खेदाएका थिए । अब एमाले, कांग्रेस र एमाओवादीलाई पनि लिम्बुवानबाट खेटाउनु पर्ने बताए । त्यसैगरी मञ्च सम्बद्ध परिषदका महासचिव फक्ताङ्लुङ् योङ्हाङ्ले लिम्बुवान भोलेण्टियर्सहरू लिम्बुवान स्वायत्त राज्य प्राप्तिको लागि जस्तोसुकै आन्दोलन गर्न पछि नपर्ने बताउनु भयो । त्यसैगरी, कार्यक्रममा केन्द्रीय सदस्य संगम खनाल, जेन्टल लावती, जसबहादुर योङ्हाङ्, नेत्र ढकाल, वैकल्पिक केन्द्रीय सदस्य दिलकेशर थापा क्षेत्री, इलाम जिल्ला अध्यक्ष दिलप्रसाद नेम्बाङ्ले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको बारेमा पान्थर जिल्ला उपाध्यक्ष जकेन्द्र लावतीले प्रकाश पार्नुभएको थियो । पान्थरका संघीय कलाकार परिषदले विभिन्न सांगीतिक तथा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेको सो कार्यक्रम पान्थर अन्लाईन डट कमबाट संसारभर प्रत्यक्ष गरिएको थियो भने सुम्हा?त्लुङ् एफएम र इगल एफएमबाट प्रत्यक्ष प्रशारण गरेको थियो ।

अमेरिकी पोर्न इन्डस्ट्री ओबामाको पक्षमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
२८ असोज,यदि तपाई कुनै चुनाव लड्दै हुनुहुन्छ र तपाईको समर्थनमा पोर्न इन्डस्ट्रीका मानिसहरु आए तपाईको प्रतिक्रिया के हुन्छ । यस्तै समर्थन अमेरिकामा आगामी नोबेम्बरमा हुने राष्ट्रपति चुनावमा डेमोक्रेटिक पार्टीका उम्मेदबार वर्तमान राष्ट्रपति बाराक ओबामाले पाएका छन् । अमेरिकाको बयस्क मनोरन्जन उद्योग अर्थात पोर्न इन्डस्ट्रीसँग जोडिएका मानिसहरु ओबामालाई दोस्रो पटक राष्ट्रपति चुन्ने पक्षमा छन् । यस उद्योगसँग सम्वन्धी सामाजिक नेटबर्किङ साइट एक्सबीआर्एजेडले गरेको सर्वेक्षणमा यस्तो तथ्य वाहिर आएको हो । अध्ययनमा पोर्न इन्डस्ट्रीका ३ सय ३९ मानिस सहभागी थिए, जसमा ६८ प्रतिशत ओबामाको समर्थनमा थिए भने १३ प्रहितल रिपब्लिकन उम्मेदबार मिट रोम्नीको पक्षमा । १४ प्रतिशतले भने राष्ट्रपतिमा ओबामा र रोम्नी नभई तेस्रो व्यक्ति चाहेका छन् भने ५ प्रतिशतले यसले कुनै फरक नपर्ने जवाफ दिएका छन् ।

अर्थशास्त्र सम्बन्धी नोबेल पुरस्कार अमेरिकीद्वयलाई

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
अमेरिकाका दुई अर्थशास्त्रीलाई यस वर्षको अर्थशास्त्र सम्बन्धी नोबेल पुरस्कार दिइने भएको छ । अमेरिकन अनुसन्धाता अल्विन रोथ र लोयद स्याप्लीलाई संयुक्त रुपमा अर्थशास्त्रको पुरस्कार दिने घोषणा नोबेल कमिटिले गरेको हो । बिरामीहरुलाई मानव अंग प्रत्यारोपणका लागि तिनको खोजीमा अस्पतालहरुमा चिकित्सक र विद्यालयहरुमा विद्यार्थीहरुलाई काममा लगायँदा कामको बजार प्रक्रियासमबन्धी व्यख्या गर्न सहयोग पुग्ने अनुसन्धान गरेका दुई अर्थशास्त्रीले यो पुरस्कार पाउँने भएका हुन् । यस वर्षको अर्थशास्त्री सम्बन्धी नोबेल पुरस्कार पाउँने अर्थशास्त्रीमा ६० वर्षीया रुथ बोस्टनको हार्वार्ड विश्वविद्यालयका प्राध्यापक हुन् भने ८९ वर्षीया स्याप्ली लस एन्जेल्सको क्यालिफोर्निया विश्वविद्यालयका प्राध्यापक हुन् । दुवैलाई दि रोयल स्वेडिस एकेडमी अझ साइन्सेजले स्थिर स्थान पहिचान र बजार स्वरुपको अभ्यास सिद्धान्तका लागि नोबेल पुरस्कार दिने घोषणा गरेको हो । नोबेल पुरस्कार स्विडेनी उद्योगपति अल्फ्रेड नोबेलले स्थापना गरेका हुन् । नोबेलको सम्झनामा स्विडेनी केन्द्रीय बैंकले अर्थशास्त्रतर्फको यो पुरस्कार स्थापना गरेको थियो । यो पुरस्कारको राशी १२ लाख डलर रहेको छ ।

कम्बोडिया पूर्व राजा सिंहानुकको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
नोमपेन्ह, असोज २९ (रोयटर्स)- कम्बोडियाका पूर्व राजा नरोद्दम सिंहानुकको सोमबार बेइजिङस्थित अस्पतालमा मृत्यु भएको छ। उनी ८९ वर्षका थिए। कम्बोडियालाई उपनिवेशबाट मुक्त गराएपछि उनी देशका सक्रिय राजा बनेका थिए। तर पछि उनलाई खमेर रुज शासनले कठपुतलीका रुपमा राखेका थिए। लाखौँ मर्ने गरी पोल पोटले शासन चलाउँदा उनलाई दरबारभित्रै बन्दी बनाएर शक्तिहीन अवस्थामा राखिएको थियो। उनको शवलाई कम्बोडिया फर्काइँदैछ। उनी केही वर्षदेखि चीनमा स्वनिर्वासनमा थिए।

राष्ट्रपति र प्रधानमन्त्री बीच दुई घन्टा लामो छलफल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
राष्ट्रपति डा.रामवरण यादव र प्रधानमन्त्री डा.बाबुराम भट्टराई बीच दुई घन्टा लामो छलफल भएको छ । पछिल्लो समय राष्ट्रपति र प्रधानमन्त्रीका बीचमा वाक युद्ध चलिरहेका बेला मंगलबार बिहान ९ बजे राष्ट्रपति निवास छिरेका प्रधानमन्त्री ११ बजे बाहिरिएका हुन् । शितल निवासबाट बाहिरिने क्रममा पत्रकार सँग कुरा गर्दै प्रधानमन्त्री भट्टराईले दुई संस्थाका बीचको दुरी बढाउँने गरी आएका टिकाटिप्पणीको भ्रममा नपर्न छलफलका लागि भेटघाट गरेको बताएका छन् । भट्टराईले पछिल्लो समयमा प्रधानमन्त्री र राष्ट्रपतिका बीचको दुरी बढेको टिकाटिप्पणी गलत सावित भएको भन्दै भनेका छन् –‘राष्ट्रपतिसँग सौर्हादपूर्ण ढंगले छलफल भयो ।’ राष्ट्रपति कार्यालयमा भएको भेटवार्तामा प्रधानन्त्री भट्टराई र राष्ट्रपति यादवले दुई घन्टा सम्म राजनीतिक संकटको समाधानका विषयमा छलफल गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । प्रधानमन्त्री कार्यालय र राष्ट्रपति कार्यालयको सहयात्रामा मात्र राजनीति निकास सम्भव हुने विषयमा समेत छलफल भएको बुझिएको छ । भेटमा राष्ट्रपतिले प्रधानमन्त्रीले राजनीतिक सहमति गर्न नसकेको विषयमा प्रश्न गरेका थिए भने प्रधानमन्त्रीले राष्ट्रपतिले पछिल्लो समयमा दिदै आएका अभिव्यक्तिको बारेमा प्रश्न सोधेको कुरा जानकारीमा आएको छ ।

Oct 15, 2012

छोटो लिंग हुनेहरुको प्रतियोगिता : प्रथम हुनेलाई आइफोन उपहार

This summary is not available. Please click here to view the post.

छोरीलाई पिट्ने आमालाई ९९ वर्ष जेल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
वासिङ्टन (एजेन्सीहरू), आश्विन २९ - दुई वर्षीया छोरीको हातमा गुद लगाएर भित्तामा टाँसी अचेत नहुन्जेलसम्म कुटपिट गरेको अभियोगमा अमेरिकी अदालतले एक २३ वर्षे महिलालाई ९९ वर्ष जेल सजाय सुनाएको छ । सन् २०११ को ७ सेप्टेम्बरमा अमेरिकाको डलासमा भएको यो घटनामा आमा एलिजाबेथ ऐस्क्यालोनाको कुटाइबाट छोरी जोसेलिन सेडिलो कोमामा पुगेको 'द डलास मर्निङ न्युज' ले जनाएको छ । उनले आफ्नो अपराध स्विकारेकी छन् । उनले आत्मग्लानिको अनुभूति गर्दै यस्तो व्यवहार राक्षसनीले मात्र गर्न सक्ने बताएकी छन् । 'मैले उसलाई धकेलें, लगातार लात्तीले हानें, मैले ऊसँग यस्तो गर्नु हुँदैनथ्यो,' उनले भनिन् । उनले छोरीलाई पेटमा लात्तीले हानेको, दुधको जगले प्रहार गरेको र भित्तामा टाँसेको प्रहरीले मुचुल्कामा जनाएको थियो । ती बालिकाको स्वास्थ्य अहिले राम्रो छ । चिकित्सकीय जाँचमा यातनाबाट जोसेलिनको मष्तिष्कमा रक्तस्राव भएको, करङ भाँचिएको, हातको छाला उधि्रएको र शरीरभरि गहिरो घाउ देखिएको थियो । पाँच बालबालिकाको पालनपोषणको जिम्मेवारीले तनावमा रहेकाले आवेशमा आएर यस्तो व्यवहार गर्न पुगेको उनले बताइन् । शौच गर्न सिकाउने क्रममा आमाले जोसेलिनलाई कुटेको अन्य सन्तानहरूले प्रहरीलाई बताएका थिए । सजाय सुनाउनुअघि नै न्यायाधीश ल्यारी मिचेलले छोरीसँग क्रूर व्यवहार गर्ने एलिजाबेथलाई कडाभन्दा कडा सजाय दिनुपर्ने बताइसकेका थिए । पाँच दिनको सुनुवाइपछि उनले यो सजाय सुनाएका थिए ।

भारतको आसाममा 'भयवाद' दर्शनमाथि अन्तरक्रिया

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
भारतको आसाममा मासिक रुपमा हुने साहित्यिक कार्यक्रममा यस पटक ‘भयवाद’ दर्शमाथि अन्तरक्रिया भएको छ । भारतको आसाम राज्यको पहाडी कार्विआङलाङ जिल्ला, राजडुबा गाउँमा प्रत्येक महिना ‘बसिबियालो’ साहित्यिक कार्यक्रम हुने गर्दछ । आइतबार बसिबियालो कार्यक्रमले ‘भयवाद’ दर्शनमा अन्तरक्रिया सम्पन्न गर्यो । उक्त कार्यक्रममा ६० कि.मी. टाढाबाट सहभागीहरू साइकलमा आएका थिए । उक्त कार्यक्रमको समिक्षक मोहनसिंह राईलाई नेपाली टोपी ओढाएर शुरु गरिएको थियो । समीक्षक राईले आसन ग्रहन गरेपछि आसाम नेपाली साहित्य सभाका जिल्ला सचिव रन काफ्लेले कार्यक्रम संचालन गरेका थिए । संचालक काफ्लेले नै उपस्थिति भएका स्रोता र देश सुब्बालाई स्वागत गरेका थिए । भयवाद र देश सुब्बाको परिचय पछि उपस्थित स्रोता, पाठक, संगीतकार, विद्यार्थीहरूले सुब्बालाई भय के हो ? कसरी हुन्छ ? घरमा हुने भय, आसामका नेपालीलाई हुने जातीय भय, विद्यार्थीले कसरी भय प्रयोग गर्ने ? विवाहभन्दा अगाडि हुने भय ? संगीतमा भय कसरी प्रयोग गर्ने ? जस्ता व्यवहारिक जीवनमा आइपर्ने भयबारे प्रश्न गरेका थिए । ती प्रश्नहरूको सुब्बाले उत्तर दिएका थिए । ३८ जना उपस्थित उक्त कार्यक्रममा ओम प्रकाश प्रसाई, निरु सापकोटा, शहरमान पौडेल, सन्जीव थापा, टेक बहादुर क्षेत्री, यादव क्षेत्री, ताराबीर क्षेत्री, जित क्षेत्री, उमा देवी, कृष्णा देवी, शेर बहादुर क्षेत्री, राजन बहादुर राई, मोहनसिंह राई, अर्जुन पौडेल, पवित्र देवी, ओम किशोर क्षेत्री, हेम राज क्षेत्री, प्रकाश राई, प्रदिप राई, प्रकाश सुब्बा, रन काफ्ले, लव पौडेल र लंका कलेजका विद्यार्थीले प्रत्यक्ष प्रश्न सोधेका थिए । लव पौडेलको प्राविधिक सहयोग रहेको कार्यक्रमको अन्तिममा गायक, संगीतकार ओम प्रकाश प्रसाईले गीत सुनाएका थिए । स्काइभबाट प्रत्यक्ष कार्यक्रम गर्ने तय भएता पनि नेट कनेक्शन हुन नसकेकोले फोनबाटै प्रश्न उत्तर भएको थियो । भारतको सिलगुढी, ब्रुनाइ पछिको यो भयवादको तेस्रो अन्तराष्ट्रिय कार्यक्रम हो । आसाम राज्यको राजधानी गुहाटीमा ‘भयवाद’ बारे २०१३ को जनवरीमा एउटा कार्यशाला गोष्ठी हुने भएको छ । गोष्ठीमा उत्तर भारतका ७ वटै राज्यबाट ५-५ प्रतिनिधि सहभागी हुनेछन् । प्रतिनिधिहरूलाई भयवादबारे प्रशिक्षण गरिने कार्यक्रममा नेपालबाट भयवाद अध्ययन केन्द्रका अध्यक्ष डा. टंक प्रसाद न्यौपाने, उपाध्यक्ष मुनाराज सेर्मा लिम्बू र सचिव दीपक सुवेदी सहभागी हुने छन् ।

Oct 14, 2012

नेपाली साहित्य प्रतिष्ठान हङकङको १२ औं बार्षीकोत्सव सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
सन् २०१२ अक्टोवर १४ तारीख हङकङस्थित जोर्डनको फूलबारी रेष्टुरेण्टमा नेपाली साहित्य प्रतिष्ठान हङकङको १२ औं बार्षीकोत्सव सम्पन्न भएको छ । नेपाली साहित्य प्रतिष्ठान हङकङका अध्यक्ष टंक सम्वाहाम्फेको सभापतित्वमा प्रमुख अथिति जनजाति साहित्य समूह हङकङका अध्यक्ष भूपेन्द्र चेम्जोङ र बिशेष अथितिमा साब्लाबुङग साहित्यिक मासीकका सम्पादक राज कुमार रार्इ आसीन हुनुहुन्थ्यो। नेपाली साहित्य प्रतिष्ठान हङकङका सदस्य तथा भयवादका प्रवर्तक देश सुब्बाको स्वागत मन्तब्यसंगै कविता बाचन श्रृङखला सुरु गरीएको थियो। कविता वाचन गर्ने कविहरुमा क्रमश पृथ्वीमान थेवे,रीता गुरुङ,अशोक रार्इ,पूर्णीमा शाह,त्रिभुवन लम्फुङा,चन्द्र मादेन आन्छन्,बिष्णु र्इङगनाम,शरण सुब्बा,देश सुब्बा थिए । त्यसैगरी पत्रकारहरु एभरेष्ट साप्ताहिक हङकङका सम्पादक किशन रार्इ र कृष्णराज लावतीको उपस्थिति रहेको थियो। बिदेशबाट पठार्इएका दुर्इ कविता मध्ये कवि बुद्ध चेम्जोङगको कविता रीता गुरुङ, अर्जुन प्रधानको कविता पूर्णीमा शाहले वाचन गरेका थिए । नेपाली साहित्य प्रतिष्ठान हङकङले बिगत सन् २००० देखि क्रमश पुस्तक प्रकाशन साथै साहित्यिक कार्यक्रम सहित बार्षीकोत्सव सम्पन्न गर्दै आएको छ । हङकङमा नेपाली साहित्यको समृद्धि र जगेर्नाको लागि नेपाली साहित्य प्रतिष्ठान हङकङले बिदेशमा उल्लेखनिय योगदान दिदै आएको छ । यहि योगदानलार्इ कदर गर्दै हङकङ नेपाली महासंघले नेपाल पदक प्रथमले समेत बिभूषीत गरी सकेको छ ।

Oct 12, 2012

जनकपुरका होटेलमा वेश्यावृत्ति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
जनकपुरधाम, आश्विन २६ - वेश्यावृत्तिमा संलग्न रहेका महिलाको ग्राहक सुरक्षाकर्मी नै भएपछि जनकपुरको होटेल तथा लजहरुमा वेश्यावृत्ति फस्टाएको छ । जनकपुरको पुरानो बसपार्कलगायत विभिन्न चोकमा रहेका होटेल तथा लजमा खुलेआम वेश्यावृत्ति भएपनि त्यसप्रति स्थानीय प्रहरी र प्रशासन मौन रहँदा यहाँ यौन व्यापार फस्टाएको नागरिक समाजको आरोप छ । कलेज पढ्ने कतिपय युवायुवती नै प्रेमका नाममा खुलेआम वेश्यावृत्तिमा लाग्ने गरेका छन् । यहाँ अश्लील भिडियो पनि थुप्रै भेटिने गरेका छन् । झा थरकी एक युवतीलाई उनको प्रेमीले संसर्ग गर्नुका साथै अश्लील तस्बिर खिँचेर साथीभाइलाई मोबाइलमा एसएमएस गरी पठाउँदा भएको घटना सार्वजनिक भएको सेलाउन पाउँदा नपाउँदै धनुषा प्रहरीले युवतीको अश्लील फोटोसहित एक युवकलाई पक्राउ गरेको छ । सञ्जय गुप्तालाई प्रहरीले युवतीको अश्लील फोटोसहित पक्राउ गरेपछि यो घटनाले जनकपुरमा फेरि चर्चा पाएको छ । गुप्ताले देवीचोक बस्ने एक सिंह थरकी युवतीको अश्लील फोटो उनकै फेसबुकमा राखेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । यस्तै केहीदिन अघि पेसेवर वेश्यालाई भन्सार सशस्त्र प्रहरीका तीन जवानले रेल्वे स्टेसनमा जबरजस्ती यौन सम्पर्क राखेको र पछि ती युवतीसँग झगडा हुँदा तीनै प्रहरी जवानलाई तिनले रेजर ब्लेडले शरीरको विभिन्न भागमा काटिदिएकी थिइन् । जानकारहरुका अनुसार जनकपुरमा केही होटेल तथा लजमा प्रहरीकै मिलोमतोमा यौन व्यापार हुने गरेको छ । स्थानीय सञ्चार माध्यमले जनकपुरका होटेल तथा लजमा खुलेआम वेश्यावृत्ति हुने गरेको समाचार बारम्बार प्रकाशन गरेपनि स्थानीय प्रहरीले वास्ता नगर्दा देह व्यापारले अरु प्रश्रय पाएको नागरिक समाजको भनाइ छ ।

युवतीको अश्लिल फोटो फेसबुकमा पोष्ट गर्ने पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
असोज २६- वेश्यावृत्तिमा संलग्न रहेका महिलाको ग्राहक सुरक्षाकर्मी नै भएपछि जनकपुरको होटेल तथा लजहरुमा वेश्यावृत्ति फस्टाएको छ। जनकपुरको पुरानो बसपार्कलगायत विभिन्न चोकमा रहेका होटेल तथा लजमा खुलेआम वेश्यावृत्ति भएपनि त्यसप्रति स्थानीय प्रहरी र प्रशासन मौन रहँदा यहाँ यौन व्यापार फस्टाएको नागरिक समाजको आरोप छ। कलेज पढ्ने कतिपय युवायुवती नै प्रेमका नाममा खुलेआम वेश्यावृत्तिमा लाग्ने गरेका छन्। यहाँ अश्लील भिडियो पनि थुप्रै भेटिने गरेका छन्। झा थरकी एक युवतीलाई उनको प्रेमीले संसर्ग गर्नुका साथै अश्लील तस्बिर खिँचेर साथीभाइलाई मोबाइलमा एसएमएस गरी पठाउँदा भएको घटना सार्वजनिक भएको सेलाउन पाउँदा नपाउँदै धनुषा प्रहरीले युवतीको अश्लील फोटोसहित एक युवकलाई पक्राउ गरेको छ। सञ्जय गुप्तालाई प्रहरीले युवतीको अश्लील फोटोसहित पक्राउ गरेपछि यो घटनाले जनकपुरमा फेरि चर्चा पाएको छ। गुप्ताले देवीचोक बस्ने एक सिंह थरकी युवतीको अश्लील फोटो उनकै फेसबुकमा राखेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। यस्तै केहीदिन अघि पेसेवर वेश्यालाई भन्सार सशस्त्र प्रहरीका तीन जवानले रेल्वे स्टेसनमा जबरजस्ती यौन सम्पर्क राखेको र पछि ती युवतीसँग झगडा हुँदा तीनै प्रहरी जवानलाई तिनले रेजर ब्लेडले शरीरको विभिन्न भागमा काटिदिएकी थिइन्। जानकारहरुका अनुसार जनकपुरमा केही होटेल तथा लजमा प्रहरीकै मिलोमतोमा यौन व्यापार हुने गरेको छ। स्थानीय सञ्चार माध्यमले जनकपुरका होटेल तथा लजमा खुलेआम वेश्यावृत्ति हुने गरेको समाचार बारम्बार प्रकाशन गरेपनि स्थानीय प्रहरीले वास्ता नगर्दा देह व्यापारले अरु प्रश्रय पाएको नागरिक समाजको भनाइ छ।

साहित्यतर्फको नोबेल पुरस्कार चिनियाँ लेखक मो यानलाई

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार चिनियाँ लेखक मो यानले पाएका छन् । स्विडिश एकेडेमीले यानले लोककथा, इतिहास र वर्तमानलाई मिश्रण गर्दै उत्कृष्ट लेखेको भन्दै साहित्यको नोबल पुरस्कार उनलाई दिने घोषणा गरेको हो । यान चीनको शान्दोङ प्रान्तमा सन् १९५५ मा जन्मिएका थिए । उनी सामान्य किसानको परिवारमा जन्मिएका व्यक्ति हुन् । ५७ वर्षीय यानको उपन्यास, छोटा कथा र विभिन्न विषयमा निबन्धहरु प्रकाशित छन् । उनको वास्तविक नाम गुआन मोय हो । मो यान उनको साहित्यिक उपनाम हो जसको अर्थ "नबोल" हुन्छ । सन् १९८७ को उपन्यास रेड सोर्घुमका कारण विदेशमा उनलाई धेरैले चिन्छन् । यानले चीनको सांस्कृतिक क्रान्तिताका स्कूल छोडेर तेल उत्पादन गर्ने कम्पनीमा काम थालेका थिए । उनी २० वर्षको हुँदा त्यहाँको जनमुक्ति सेनामा भर्ती भएका थिए । उनी सेनामा रहँदा देखि (सन् १९८१) लेख्न थालेका थिए । चिनियाँ सेनाको सांस्कृतिक एकेडेमीको साहित्य विभागमा प्रशिक्षक रहेका उनले लाइफ एन्ड डेथ आर वेयरिङ मि आउट शीर्षकको उपन्यास मात्र ४३ दिनमा लेखेका थिए । ती मध्ये बिग ब्रेस्टस एन्ड वाइड हिप्स, द रिपब्लिक अफ वाइन, द गार्लिक बालादस केही हुन् ।

Oct 11, 2012

आज ५० एसपी र १ सय ३३ डिएसपीको सरुवा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
असोज २५ - नियुक्त भएको एक महिनापछि प्रहरी महानिरीक्षक कुबेर रानाले आफ्नो तजबिजी अधिकार प्रयोग गरी आज ५० एसपी र १ सय ३३ डिएसपीको सरुवा गरेका छन्। आफ्नो इच्छाविपरीत महानिरीक्षक नियुक्त भएपछि सरुवा-बढुवाका लागि प्रहरी प्रधान कार्यालयले पठाएको फाइल गृहमन्त्री विजयकुमार गच्छदारले अघि नबढाएपछि उनले सरुवा गरेका हुन्। एसपी र डिएसपीको सरुवा, बढुवाको अधिकार प्रहरी निरीक्षकमा रहने गर्छ। त्यही अधिकार प्रयोग गर्दै रानाले आज यस्तो निर्णय गरेका हुन्। यद्यपि, अझै डिआइजीको बढुवा बाँकी रहेको छ। एआइजीहरुको हुनुपर्ने नियमित सरुवा पनि भएको छैन। महानगरीय प्रहरी आयुक्तको कार्यालय अझै रिक्त रहेको छ। त्यहाँ अहिले पर्शुराम खत्रीले निमित्त चलाइरहेका छन्। महानिरीक्षक नियुक्त गर्ने क्रममा आफूले इच्छाएको उम्मेदवारलाई प्रधानमन्त्री बाबुराम भट्टराईले अस्वीकार गरी वरियता क्रम अनुसार राना कै बढुवा हुनुपर्ने अडान लिएपछि उपप्रधानमन्त्री समेत रहेका गृहमन्त्री गच्छदार रुष्ट थिए। गृहमन्त्री विजयकुमार गच्छदार भीष्म प्रसाइँलाई महानिरीक्षक बनाउनु पर्ने अडानमा थिए। प्रधानमन्त्री र गृहमन्त्रीबीचको यही विवादका कारण अवकाश हुनु एक महिनाअघि विदा बस्ने प्रचलन अनुसार रवीन्द्रप्रताप शाह विदा बस्न पाएका थिएनन्। शाहको कार्यकालको अन्तिम क्षणसम्म पनि विवाद कायमै थियो।

रसायनशास्त्रको नोबेल पुरस्कार दुई अमेरिकीलाई

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
यो वर्षको रसायनशास्त्र तर्फको नोबेल पुरस्कार दुई अमेरिकीलाई प्रदान गरिएको छ । नोबेल पुरस्कार पाउनेहरुमा रबर्ट जे लेफ्कोविज र ब्रायन के. कोबिल्का छन् । उनीहरुलाई जि-प्रोटिन-कपल्ड रिसेप्टर्स सम्बन्धी अध्ययन गरे वापत नोबेल पुरस्कार दिने घोषणा गरिएको हो । पुरस्कार वापत दिईने ८० लाख स्वीडिश क्रोनर ६९ वर्षीय लेफ्कोविज र ५७ वर्षीय कोबिल्का वैज्ञानिकलाई बराबरी बाँडिने रोयल स्वीडिस एकेडेमी अफ साइन्सेजले जनाएको छ । यस वर्षका लागि भौतिक शास्त्र, चिकित्सा शास्त्रतर्फको नोबेल घोषणा भईसकेको छ । यो वर्ष घोषणा गरिएका तीनै विधातर्फ दुई जनालाई पुरस्कृत गरिएको छ । साहित्य तर्फको नोबेल पुरस्कार बिहीबार घोषणा हुँदैछ भने शुक्रबार शान्तितर्फको नोबेल पुरस्कार घोषणा हुँदैछ । त्यसैगरी अर्थशास्त्रतर्फको नोबेल भने असोज २९ गते घोषणा हुनेछ ।

आइफोन ५ सित प्रतिस्पर्धा गर्न सामसुङको ग्यालेक्सी एसथ्री मिनी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
सउल, असोज २५ (एजेन्सी)- चीर प्रतिद्वन्द्वी एप्पलको आइफोन ५ सित प्रतिस्पर्धा गर्न सामसुङले ग्यालेक्सी एसथ्रीको सानो संस्करण ग्यालेक्सी एसथ्री मिनी आज सार्वजनिक गर्ने भएको छ। सामसुङले आफ्नो नयाँ उत्पादन सार्वजनिक गर्ने कार्यक्रमका लागि एक साताअघि निमन्त्रणा पठाएसँगै यसबारे अनुमान सुरु भएको थियो। आज बिहान सामसुङ मोबाइलका प्रमुख जेके शिनले मिनी ल्याउन लागेको पुष्टि गरेका हुन्। उनले भनेका छन्, 'चार इञ्चको डिभाइसको युरोपमा निकै माग छ। कसैले यसलाई इन्ट्री लेभल डिभाइस भन्न सक्छन्, तर हामी यसलाई मिनी भन्छौँ।' शिनले यसको मूल्य र कहिलेसम्म यसलाई बजारमा ल्याइने भन्ने बारे केही बताएका छैनन्। सामसुङले ग्यालेक्सी एस थ्री फोन लञ्च गरेको १०० दिनभित्र २ करोड वटा बिक्री गरेको थियो। एस टुभन्दा यसको बिक्री दोब्बर हो। एस थ्री नेपालमा पनि ६९ हजार रुपियाँमा बिक्री सुरु भएको थियो। अहिले त्योभन्दा केही सस्तोमा बजारमा यो फोन किन्न पाइन्छ।

भारतमा बलात्कार रोक्न केटीहरुको बिहे छिटो गरिदिनु पर्ने सुझाव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
एक भारतीय नेताले भारतमा बलात्कार रोक्न केटीहरुको बिहे छिटो गरिदिनु पर्ने सुझाव दिएका छन् । भारतीय नेसनल लोकदलका अध्यक्ष ओमप्रकाश चौटालाले १५ वर्ष मै किशोरीहरुको बिहे गरे बलत्कारमा कमि आउने कुरामा जोड दिंदै भाषण गरेका हुन् । बढ्दै गएको बलात्कारको घटनालाई रोक्न सरकार असफल भएको र त्यसलाई रोक्न १५ वर्षमा बिहे गर्नु सही उपाय भएको उनको तर्क थियो । हरियाणा राज्यमा बढ्दो बलात्कारको घटना बढेपछि गाउँ पञ्चायतहरुले विवाहका लागि तय गरिएको उमेरको सीमा हटाएर १५ वर्षमै बिहे गर्नुपर्ने सुझाव दिएका थिए । उनीहरुले किशोरीले छिटै बिहे गरे केटाकेटीहरुमा विचलन नआउने र बलत्कार जस्तो अपराधको घटनामा कमि आउने बताए ।

सिन्धुलीमाढीमा एमाओवादी र कांग्रेस कार्यकर्ता बीच झडप

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
सिन्धुलीमा एकीकृत माओवादी र नेपाली कांग्रेसका कार्यकर्ता बीच झडप हुँदा सदरमुका सिन्धुलीमाढी तनावग्रस्त बनेको छ । माओवादीका कार्यकर्ताले कांग्रेस महासमिति सदस्य नवराज श्रेष्ठको समूहमाथि आक्रमण गर्दा कांग्रेसले प्रतिकार गरेपछि सिन्धुलीमाढी नतावग्रस्त बनेको हो । बिहिबार बिहानै मथौलीमा बस काउण्टर र सडक निर्माणका विषयमा भएको विवाद पछि झडप भएको हो । झडपलाई नियन्त्रण लिन नसक्दा प्रहरीले हवाइ फायर समेत गरेको छ । झडपका क्रममा प्रहरीले माओवादीका तीन र कांग्रेसका तीन गरी ६ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले झडप नियन्त्रणका लागि केही सेल अश्रुग्यास समेत प्रहार गर्नु परेको थियो । माओवादी र कांग्रेस कार्यकताको झडप पछि त्यहाँ सुरक्षा कर्मीको बाक्लो उपस्थिति रहेको छ । बिहानबाटै भएको झडप नियन्त्रणमा आए पनि सदरमुकाम बजार र पसल भने अझैसम्म खुल्न सकेका छैनन् । माओवादीले महासमिति सदस्य श्रेष्ठ सहित अन्य पाँच कार्यकर्तालाई अपहरण गरेको नेपाली कांग्रेस सिन्धुलीले बताएको छ । कांग्रेसले आफ्ना कार्यकर्ताको रिहा तत्काल गर्न समेत माग गरेको छ ।

Oct 10, 2012

एमाओवादीले बनायो महाधिवेशनको कार्यसूची

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
असोज २४- एकीकृत नेकपा (माओवादी)ले आफ्नो महाधिवेशनको कार्यसूचीलाई अन्तिमरुप दिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको एमाओवादी पदाधिकारी तथा सङ्गठन विभागको बैठकले पार्टीको माघमा हुने महाधिवेशनको कार्यसूचीलाई अन्तिमरुप दिएको हो। भोलि बस्ने बैठकले त्यसलाई सार्वजनिक गरी जिल्ला जिल्लामा पठाउने एमाओवादीका प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए। उनले आजको बैठकले जिल्ला संयोजक तथा राज्य संयोजकले केही साताअघि आयोजित कार्यशालामा राखेको धारणालाई आत्मसात गर्दै महाधिवेशनको कार्यसूची र अनुमोदनको कार्यविधि तयार पारेको बताए। एमाओवादीको विगत २२ वर्षदेखि हुन नसकेको महाधिवेशनलाई यसअघि तोकिएकै मिति माघ १४ गते गर्ने निर्णयसमेत गरेको छ। बैठकले मुलुकमा राजनीतिक सङ्कट गहिरिँदै गएको भन्दै सङ्कट समाधानार्थ राजनीतिक दलहरुबीच भइआएका वार्ता र छलफललाई तीव्रता दिने निर्णय गरेको छ। नेपाली काँग्रेस र नेकपा (एमाले) राजनीतिक निकासका लागिभन्दा पनि सरकारलाई नै केन्द्रविन्दुमा राखेर अगाडि बढेका कारण सहमति र राजनीतिक निकास निस्कन नसकेको ठहर गर्दै बैठकले सरकारमा रहेका दलहरूसँग पनि छलफल गरेर सोहीअनुरुपको रणनीति तयार गर्ने निर्णय गरेको छ। आजको बैठकमा दलहरूबीच प्याकेजमा सहमति नहुन्जेल वर्तमान सरकारले राजीनामा नगर्ने विषयमा पनि छलफल भएको प्रवक्ता सापकोटाले जानकारी दिए।

भौतिक शास्त्रको नोबल पुरस्कार फ्रान्सेली र अमेरिकीलाई प्रदान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
नोबल पुरस्कार प्रदान गर्ने क्रममा यो वर्षको भौतिक शास्त्र तर्फको नोबल पुरस्कार फ्रान्सेली सेर्गे हारोचे र अमेरिकी डेभिड जे वाइनल्यान्डले पाएका छन् । उनीहरुले क्वान्टम सिस्टमबारे गरेको खोजका लागि उनीहरुलाई यो प्रतिष्ठित पुरस्कार दिइएको हो । रोयल स्वीडिस एकेडेमी अफ साइन्सेजले पुरस्कार वापत दिइएको ८० लाख स्वीडिश क्रोनर दुई वैज्ञानिकलाई बराबरी बाँडिने जनाएको छ । यसैगरी रसायन शास्त्रको नोबल भोलि, साहित्यको बिहीबार र शान्तिको शुक्रबार घोषणा हुँदैछ । अर्थशास्त्रतर्फको नोबल पुरस्कार भने असोज २९ गते घोषणा हुनेछ । सबै पुरस्कार डिसेम्बर १० मा हस्तान्तरण गरिँदैछ ।

बैंककमा मुस्लिम आतंककारीको आक्रमणमा परी ११ जनाको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
बैंककमा संदिग्ध मुस्लिम आतंककारीले गरेको गोलबारीमा ११ जनाको मृत्यु भएको छ । थाइल्याण्डको सुदूर दक्षिणमा भएको यस आक्रमणमा तीन अर्धसैनिक सहित ११ जनाको मृत्यु भएको प्रहरी स्रोतले मंगलबार जनाएको छ । मुलसमानको बाहुल्य रहेको पत्तानी प्रान्तमा एक ट्रकलाई लक्ष्य गरी भएको आाक्रमणमा तीन अर्धसैनिक सेनाको मृत्यु भएको थियो । पत्तानी प्रान्तमा गत आठ वर्षदेखि भइरहेको हिंसामा हजारौँ नागरिकले ज्यान गुमाइसकेका छन् । सोही दिन भएको छुट्टै बन्दुक आक्रमणमा अर्का चार बौद्धधर्मावलम्बी मारिएको जानकारीमा आएको छ ।

प्रचण्डका हत्यारा विकलाई सर्वस्वसहित जन्मकैद

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
रुपन्देही बुटवलका एमाले कार्यकर्ता प्रचण्ड थैवलाई गोली हानी हत्या गरेको अभियोग लागेका सुजित भनिने खरिन्द्र विकलाई रुपन्देही जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ । विकले बुटवलका एमाले कार्यकर्ता थैवलार्ई गोली हानी हत्या गरेको ठहर गर्दै मंगलबार जिल्ला न्यायाधीश बालिन्द्र रुपाकखेतीको इजलासले यस्तो फैसला सुनाएको हो । थैवको २०६५ चैत १३ गते राति बुटवलमा गोली हानी हत्या भएको थियो । प्रहरीले हत्यामा सुजितको संलग्नता रहेको ठहर गर्दै सरकारी वकिलमार्फत जिल्ला अदालतमा अभियोग दर्ता गरेको थियो । सरकारी वकिलको माग दाबी बमोजिम नै सुजितलाई अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको हो । थैव हत्याको करिब ६ महिनापछि १० भदौ २०६६ मा विकलाई प्रहरीले काठमाडौं सुन्धारास्थित गेस्टहाउसबाट पक्राउ गरेको थियो ।

Oct 6, 2012

नर्तकीले नांगिएपछि हेर्ने हैरान, आयोजकलाई आपत्

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
भारतको हरियाणास्थित सुरजकुण्डमा चलिरहेको अन्तराष्ट्रि टाटु सम्मेलनमा एक जना विदेशी नर्तकीले मञ्चमै कपडा फुकालेर टपलेस बनेपछि दर्शक अचम्ममा परे भने आयोजकलाई आपत् नै पर्यो । सम्मेलनका दौरान आयोजित सांगितिक कार्यक्रममा नाच्नका लागि मञ्चमा गएकी स्पेनी नर्तकी सोफियाले नाच्दानाच्दै सरीरको माथिल्लो भागका कपडा फुकालेर पूरै टपलेस भइन् । सोफिया टपलेस भएपछि त्यहाँ एकछिन सबै अल्लमल्लमा परे, आयोजकलाई अब के गर्ने ? भन्ने दोधार भयो । तत्कालै आयोजकले उनीमाथि हस्तक्षेप गरे र मञ्चमै पुगेर उनको नांगो छातिमा पछ्यौरा लपेटिदिए र मञ्चबाट बाहिर लगे । यस्तो अश्लील हर्कत सोफियाले गरेपछि आयोजकले उनको हुर्मत लिने विचार गरेर किन यसो गरेको ? भनी सोधेछन् । सोफियाले भने त्यसलाई सहज रुपमा लिँदै फायर डान्सका बेला स्पेनमा नर्तकीले कपडा फुकाल्ने चलन भएकाले आफुले पनि त्यसै गरेको तर आफुलाई भारतमा यस्तो काम अपाच्य हुने कुरा आफुलाई थाहा नभएको बताइन् । आफुले गरेको टपलेस नाच सामान्य हो भन्दै उनले आफुले कुनै अश्लील हरकत नगरेको दाबी समेत गरिन् । आलोचकहरुले भने टाटू सम्मेलनमा मान्छेलाई आकषिर्त गर्नका लागि आयोजकले नै सोफियालाई मञ्चमा नांगिन लगाएका दाबी गरेका छन् ।

फेसबुकका प्रयोगकर्ताको संख्या १ अर्ब नाघे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
सामाजिक संजाल फेसबुकका प्रयोगकर्ताको संख्या १ अर्ब नाघेको छ । सन् २००४ मा सुरु भएको फेसबुकले स्थापनाको ८ वर्षमा अपार सफलता हात पार्दै आफ्ना सदस्यसंख्या एक अर्ब नघाउन सफल भएको हो । फेसबुकका प्रयोगकर्ताको संख्या अरब नाघेको खुसीयालीमा यसका संस्थापक मार्क जुकर्रबर्गले आफ्नो फेसबुक पेजमा एक स्टाटस लेख्दै यो सफलताप्रति सबै प्रयोगकर्तालाई हार्दिक धन्यवाद दिएका छन् । उनले फेसबुकप्रति सबैको साथ र सहयोग तथा विश्वास सधै रहिरहने विश्वास पनि व्यक्त गरेका छन् । पछिल्लो वर्षमात्र ६० करोड मानिस मोबाइलमार्फ फेसबुकसँग जोडिएका भन्दै उनले फेसबुकको लोकप्रियतासँगै बढेका केही विकृत्रि्रति समेत चिन्ता जनाएका छन् । खासगरी फेसबुकमा फेक अकाउण्ट खोल्ने तथा फेसबुकमार्फ विभिन्न खालका अनैतिक काम र अपराध समेत हुन थालेको प्रति जुकर्रबर्गले चिन्ता प्रकट गरे । स्मरण रहोस् फेसबुकमा अहिलेसम्म २ खर्ब १९ अर्ब वटा तस्वीर अपलोड भएका छन् भने १.१३ टि्रलियन ‘लाइक’ गरिएका छन् ।

असोजभित्रै प्रधानमन्त्रीले राजीनामा गर्ने माओवादी नेताको दाबी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
आश्विन २० - एमाओवादी पोलिट्ब्युरो सदस्य राम कार्कीले राष्ट्रिय सहमतिको आधारमा नयाँ सरकार चाँडै निर्माण हुने संकेत गर्दै प्रधानमन्त्री भट्टराईले दुई साता भित्रै राजीनामा दिने दाबी गरेका छन् । राजधानीमा शनिबार आयोजित साक्षात्कारमा उनले आगामी सरकार राजनीतिक दलको नेतृत्वमा नै हुनुपर्ने भन्दै कुनैं स्वतन्त्र व्यक्तिको नेतृत्वमा नयाँ राष्ट्रिय सहमतिको सरकार बनाउनु पर्छ भन्ने पक्षमा आफ्नो पार्टी नरहेको प्रष्ट पारे । ‘अब बाबुरामजीले छिट्टै राजीनामा दिँदै हुनुहुन्छ । दलहरुबीच १५ दिन भित्रमा सहमति भएर राष्ट्रिय सरकार निर्माण नभए गणतन्त्र संकटमा पर्छ,’ उनले भने, ‘यो महिनाभित्र सहमति नभए मुलुकमा ठूलो संकट आउँछ र गणतन्त्र नैं कोल्याप्स हुनसक्छ र यस्तो बेला राष्ट्रपतिबाट कु हुनसक्छ ।’ कांग्रेस केन्द्रीय सदस्य रामशरण महतले प्रधानमन्त्री डा. बाबुराम भट्टराईले असोज मसान्तसम्म राजीनामा नदिए राष्ट्रपतिले उनलाई गलहत्याएर हटाउनु पर्ने बताए । ‘वर्तमान कामचलाउ सरकारले धेरै गलत र विवादस्पद काम गरेकोले यसलाई अब धेरै समय राख्नु हुन्न,’ महतले भने ‘यो सरकारलाई हटाएर राष्ट्रपतिले सहमतिको आधारमा नयाँ सरकार निर्माण गर्न निश्चित समय तोकेर दलहरुलाई आव्हान गर्नुपर्छ ।’ ‘पूर्वराजा ज्ञानेन्द्रले शेरबहादुरजी (तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा) लाई असक्षम भनेर निकालेजस्तै गरी राष्ट्रपति डा. रामवरण यादव प्रधानमन्त्रीलाई गलहत्याउन चाहनु हुन्न तर अब धेरै दिन कुरेर बस्न भने मिल्दैन,’ उनले भने । एमाले केन्द्रीय सदस्य रघुवीर महासेठले सहमतिको नाममा वर्तमान सरकारले सत्ताको आयु लम्ब्याउने काम मात्र गरेको टिप्पणी गरे । महासेठले भने, ‘सत्ता छोड्नासाथ माओबादी नै फुट्छ भन्ने डरले पुष्पकमल दाहालले सहमतिको नारा मात्र लगाएका हुन । राष्ट्रिय जनशक्ति पार्टीका सहअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले कात्तिक १५ भित्रमा पनि सरकारले सत्ता नछाडे वा सहमतिको आधारमा अर्को बजेट आउन नसके राष्ट्रपतिलाई अधिकार दिनुपर्ने बताए । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका बरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादवले बर्तमान राजनीतिक संकटको निकास दिन ठूला दलहरु असफल भएकोले अब मोर्चाले राष्ट्रिय सहमतिको सरकारको नेतृत्वको दाबी गर्ने बताए ।

रुसमा अलपत्र नेपाली दुतावासको शरणमा

लिम्वूवान डट व्लगस्पोट डटकम,
काठमाडौं आश्विन २० - अर्न्तदेशिय मानव तस्करहरुको फन्दामा परेर रुस पुगेका १० नेपालीले मस्कोस्थित नेपाली दुतावासमा शरण लिएका छन् । रुसको पिटर्सबर्गमा बस्ने श्रीलंकन एजेन्ट अहसन दाउदको नेटवर्किङ्बाट बिभिन्न नेपाली दलालहरु हुँदै दुई महिनाअघि (जुलाइ ७)मा रुस पुगेका नेपालीले बढीमा साढे ७ लाख रुपैंयासम्म एजेन्टलाई बुझाएका थिए । मस्कोस्थित दुतावासका द्धित्तिय सचिव गेहेन्द्र राजभण्डारीका अनुसार कुनै भिसा, कागजातबिना अवस्थामा रहेका अलपत्र कामदारहरु गत सोमबार पिटर्सबर्गबाट मस्को दुतावास (६ सय किलोमिटर दुरी)मा शरण लिन आएका थिए । 'अहिले दुतावासकै परिसरमा बिचल्ली बेहोर्ने नेपालीहरुलाई राखिएको छ, खानपिनको प्रबन्ध गरिएको छ,'राजभण्डारीले कान्तिपुरसंग फोनमा भने । २७ दिनको पर्यटक भिसामा रुस छिरेका उनीहरु गैर कानूनी अवस्थामा रहेपछि बाहिर हिंडडुल गर्न वा कतै सम्पर्क गर्न पनि असहज अवस्थामा रहेकाले दुतावासले उद्धार प्रकृयालाई तदारुकताका साथ अघि बढाइरहेको उनले बताए । रुसमा गैर कानूनी हैसियतका विदेशीमाथि हदैको कारवाही हुने नियम रहेकाले 'एक्जिट भिसा' दिलाउन पनि अदालती प्रकृयाबाट अघि बढ्नुपरेको र शुक्रबार मात्रै अदालतले यी १० नेपालीलाई १० दिनभित्रमा रुस छाडेर जाने अनुमती प्रदान गरेको राजभण्डारीले जानकारी दिए । यस्तै अदालती निर्णयमा यी नेपालीले कुनै हैसियतमा पनि अबको ५ बर्षसम्म रुसमा प्रवेश पाउने छैनन् । 'पुर्वी सोभियत संघका राज्यहरुमा काम दिलाउने अथवा युरोपेली मुलुकमा छिराउने भनेर एजेन्टहरुले रुसलाई ट्रान्जिटका रुपमा उपयोग गरेको देखिन्छ,'राजभण्डारीले भने-'अब यसतर्फ पनि सचेत हुनैपर्ने देखिएको छ ।' दुतावासको आश्रयमा रहेका १० मध्ये ७ जनाको घरफिर्ती टिकटका लागि -जनही १ हजार डलर) रकमको जोहो उनीहरुले गरेको भएपनि तीनजनाको पैसा जुट्नासाथ नेपाल फिर्ता पठाइने उनले बताए । अन्र्तदेशीय मानवतस्करीको यो संजालमा श्रीलंकन नागरिक दाउदसहित बिष्णु खड्का, महेश नेपाल, सन्तोष नेपाल र श्रृजना थापा रहेका छन् । अलपत्र परेका नेपालीको आग्रहमा उनीहरुको नाम भने दुतावासले खुलाउन चाहेन ।

तालिवानी आतंककारी समूहका वरिष्ठ नेताको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
काबुल - अफगानिस्तानमा अफगान र नेटोसँग आवद्ध सेनाले गरेको संयुक्त कारबाहीका क्रममा तालिवानी आतंककारी समूहका वरिष्ठ नेताको मृत्यु भएको छ । सो कारबाही अफगानिस्तानको राजधानी काबुलदेखि १२० किलोमिटर पूर्वमा पर्ने नान्गहिर प्रान्तमा बिहीबार भएको जनाइएको छ । उक्त कारबाहीबाट त्यहाँका नागरिकहरु निकै हताहती भएका थिए । कारबाहीमा उच्चस्तरीय तालिवानी नेता खान मारिएको नेटोसँग आबद्ध अन्तर्राष्ट्रिय सुरक्षा सहयोग बलले प्रकाशन गरेको विज्ञप्तिमा जनाएको छ । यसैबीच अफगान र नेटोसँग आबद्ध सैनिकको संयुक्त कारबाहीमा अफगानिस्तानको हेल्मान्ड प्रान्तमा एक वरिष्ठ तालिवानी नेता पक्राउ परेको जनाइएको छ ।

Oct 5, 2012

सामाजिक सञ्जालमा बढ्दो विकृति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
१९ असोज,  कम्प्युटर चलाउन जान्ने धेरै मानिसलाई हिजोआज फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालमा लत बसेको छ । साथीहरुसँग भेटघाट र कुराकानी गर्न पाईने, आफ्नो कुरा शेयर गर्न र सुनाउन मिल्ने तथा वर्षौं सम्म भेट नभएका साथीभाइ तथा नातेदारसँग पनि मिल्न पाइने भएकाले सामाजिक सञ्जाल लोकपि्रय हुँदै गएको हो । तर यसको लोकपि्रयतासँगै विकृति र आलोचना पनि उसैगरी बढिरहेको छ । राजनीतिक दलका नेता तथा प्रतिष्ठित व्यक्तित्वको जथाभावी फोटो बिगारेर गाली गर्ने, छाडा र अश्लित शब्द तथा तस्वीरको प्रयोगसँगै आपराधिक क्रियाकलापमा समेत यसको दुरुपयोग हुन थालेको उदाहरण भेटिएको छ । फेसबुककै कारण लामो समयदेखि सम्पर्कबिहीन रहेको मान्छे फेला परेको उदाहरण पनि छ । फेसबुकबाट आपराधिक क्रियाकलाप गरेको कारण प्रहरीको फन्दामा परेको उदाहरण पनि छ । यसलै फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालको लोकप्रियतासँगै दुरुपयोग पनि बढिरहेको छ । संविधानसभा बिघटन भएको आसपासको बेला फेसबुकको दुरुपयोग निकै बढेको पाइयो । नेताहरुलाई जथाभावी भनेर र उनीहरुको फोटो बिगारेर फेसबुकमा राख्ने काम गरियो । त्यो बेला सरकारले सार्वजनिक सूचना नै निकालेर सार्वजनिक व्यक्तिको फोटो बिगारेर तथा गाली गरेर अपमान गर्ने तथा अश्लिल र उत्तेजित तस्वीर राख्ने, शेयर गर्नेलाई समेत कार्वाही गर्ने भन्यो । यसपछि केही मान्छे त हच्किए । तर यो पूर्ण रुपमा नियन्त्रणमा आउन सकेन । अघिल्लो हप्ता काठमाडौंमा सीता एयरको विमान दुर्घटना हुँदा जलेका विभत्स शव फेसबुकमा राख्ने कामको धेरैले बिरोध गरे । यस्ता तस्वीर राख्नेलाई साथीको लिस्टबाट हटाउने काम समेत भयो । तर दुरुपयोग गर्नेहरुको मनोबल अझै घटेको छैन । दुरुपयोग त आफ्नो ठाउँमा छँदैछ । कसैले अर्काको नामबाट समेत एकाउन्ट खोलेर आपराधिक काम गरिरहेको भेटिन्छ । ‘सामाजिक सञ्जाल प्रयोग गर्नेको संख्या बढेसँगै दुरुपयोगको चुनौति पनि बढिरहेको छ, यसलाई रोक्न आवश्यक छ’ इन्टरनेट प्रोभाईडर एसोसिएसन अफ नेपालका अध्यक्ष विनय बोहराले बताउनुभयो । 

कडाईसँगै सचेतना आवश्यक 
नेपालमा फेसबुक प्रयोग गर्नेका संख्या मात्रै १५ लाखको हाराहारीमा छ । ट्वीटर प्रयोग गर्नेहरु पनि उत्तिकै छन् । तर ट्वीटरको तुलनामा फेसबुकमा दुरुपयोग बढी देखिन्छ । जथाभावी तस्वीर राख्न सजिलो भएकाले फेसबुक दुरुपयोगको घटना र प्रहरीमा उजुरी बढी पर्ने गरेको छ । ‘सामाजिक सञ्जालको दुरुपयोग बढिरहेकाले सरकारले नै कडाईका साथ कानुन लागू गर्नुपर्छ’ पूर्व विज्ञान तथा प्रविधिमन्त्री गणेश शाहले भन्नुभयो -’नियन्त्रणको लागि सरकार नै अग्रसर हुनुपर्छ ।’ सरकारले कानुन बनाएर विकृति त रोक्न सक्ला । तर आफ्नो एकाउन्ट अर्कोले दुरुपयोग नगरोस् भन्नाका लागि आफैं नै सचेत हुनुपर्ने आवश्यकता छ । एकातिर भएका कानुन पनि कडाईका साथ लागू भएको छैन । अर्कातिर फेसबुक प्रयोगकर्तामा नै सचेतना देखिँदैन । आफू सजक हुने भने मात्रै पनि ९० प्रतिशत समस्या आफैं समाधान हुन्छ ।

भ्रष्टचार अभियोगमा फिलिपिन्सको पूर्व राष्ट्रपति पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
मनिला - फिलिपिन्सको पूर्व राष्ट्रपति ग्लोरिया आरोयोलाई भ्रष्टचारको आरोपमा त्यहाँको प्रहरीले पक्राउ गरेको छ । पक्राउ गरे लगत्तै उनलाई घाँटीमा समस्या देखिएकाले अस्पताल लगिएको थियो । यसअघि पनि उनलाई आठ महिनासम्म अस्पतालमा राखेर छानबिन प्रक्रिया गरिएको थियो । राष्ट्रपतिको कार्यकाल सकिएपछिको दुईवर्षको अवधिमा उनलाई पक्राउ गरिएको यो दोस्रोपटक हो । उनले फिलिपिन्सको राष्ट्रपति पदमा नौ वर्षसम्म रहेर काम गरेकी थिइन् । फिलिपिन्सको भ्रष्टचारविरोधी अदालतले आरोयोलाई ८ करोड ८० लाख अमेरिकी डलर भ्रष्टाचार गरेको आरोपमा पक्राउ गर्न आदेश दिएपछि उनलाई बिहीबार पक्राउ गरिएको हो । पूर्व राष्ट्रपति आरोयोले आफूलाई वर्तमान राष्ट्रपति बिनिग्नो अक्किनो राजनीतिक पूर्वाग्रहका आधारमा भ्रष्टाचार मुद्धा लगाएको दाबी गरेकी छन् ।

उपाध्यक्ष राईसहित पाँच सयले एमाले छाडे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
आश्विन १८ - 'अग्रगामी विचार समूह' निर्माण गरी पार्टीभित्र वैचारिक संघर्ष गर्दै आएका एमाले उपाध्यक्ष अशोककुमार राईसहित ५ सय १७ नेता कार्यकर्ताले बिहीबार पार्टी परित्याग गरेका छन् । राजधानीको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा कार्यक्रम आयोजना गरी पार्टी परित्याग गरेको घोषणा गरियो । पार्टी परित्याग गर्नेमा उपाध्यक्ष राईसहित पोलिट्ब्युरो सदस्य विजय सुब्बा, केन्द्रीय सदस्य वीरबहादुर लामा, राजेन्द्र श्रेष्ठ, मो. रिजवान अन्सारी, वैकल्पिक केन्द्रीय सदस्य अजम्बर राई काङबाङ, पूर्वमन्त्री रकम चेम्जोङ छन् । पूर्वसभासद्हरु लक्की शेर्पा, योगिलाल यादव, उर्मिला साह, राजकुमार राई, रणध्वज कन्दङ्वा, मंगलसिद्धि मानन्धर, योगिलाल यादव, हितकाजी गुरुङ, भगवती चौधरी, गोपाल ठाकुर, पासाङ शेर्पा र डम्बरसिंह सम्बाहाम्फेले पनि एमाले छाडेका छन् । तर नाम घोषणा भएकामा गुरुङ, चौधरी, साह र सम्बाहाम्फेले मञ्चमा देखिएनन् । पार्टीसँग सहमतिपछि पुनः काममा फर्केका पोलिट्ब्युरो सदस्य रामचन्द्र झाको नाम पनि परित्याग गर्नेमा घोषणा गरिए पनि उनी कार्यक्रमस्थलमा थिएनन् । पुनः काममा फर्केको भनिएका वीरबहादुर लामाले भने पार्टी छाडेको भाषण नै गरे । नेता अजम्बर राई काङबाङका अनुसार ६१ जिल्लाका ५ सय १७ जनाले एमाले परित्याग गरेका छन् । 'जिल्लाको तथ्यांक आउन बाँकी छ,' ईकान्तिपुरसित उनले भने, 'संख्या निकै ठूलो छ ।' गणेशमान गुरुङ, गणेश योञ्जनलगायतका बुद्धिजिवीले पनि पार्टी परित्याग गरेका छन् । पार्टी परित्याग घोषणा गरिए पनि नयाँ पार्टी घोषणा गरिएन । यसअघि नै पार्टी घोषणा गरिसकेका डा. चैतन्य सुब्बा, मल्ल के. सुन्दर, पासाङ शेर्पा, ओम गुरुङ, बालकृष्ण माबुहाङ, जीतपाल किराँती पनि एमाले परित्याग कार्यक्रममा उपस्थित थिए । सभालाई सम्बोधन गर्दै विचार समूहका संयोजक राईले वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि पार्टी परित्याग गरेको बताए । उनले एमाओवादी, कांग्रेस, एमालेका कारण संविधानसभा विघटन भएको आरोप लगाउँदै त्यसमा पनि सवैभन्दा बढी दोष एमालेको रहेको उल्लेख गरे । राईले दलहरुबीच सहमति हुन नसके बाध्यात्मक हुने तेस्रो जनआन्दोलनले गतिरोध तोड्ने चेतावनी दिए । 'सहमतिबाटै गतिरोध तोड्नुपर्छ,' उनले भने, 'अन्यथा तेस्रो जनआन्दोलन कसैले रोक्न सक्दैन ।' उनले सभामा दलहरुमा रहेको संकिर्णता र यथास्थितिवादको विरुद्धमा विद्रोह गरेको उल्लेख गर्दै जनताको अग्रगामी आकांक्षा संयुक्त जनआन्दोलनमै माध्यमबाट भए पनि पुरा गरेरै छाड्ने बताए । "हामीले समानता, न्याय र प्रतिनिधित्वको कुरा गर्दा हामीलाई जातिवादीको विल्ला भिराइएको छ" उनले भने, "महिलाले अंशको कुरा गर्दा घर कलह हुन्छ भन्ने, मुलुकलाई एउटै जाति, भाषा र संस्कृतिमा आधारित हुनुपर्छ भन्नेहरु जातिवादी हुन् ।" दलहरुले याथस्थितिमा रहन चाहेपनि जनताको आकांक्षा भने अग्रगामी रहेको उनले उल्लेख गरे । साथै उनले नेताहरुको यथास्थितिवादी सोच र जनताको अग्रगामी सोचबीचमा अहिले द्वन्द रहेको पनि उनले उल्लेख गरे । आफुहरुले सबै जनताको बीचमा हादिर्कता होस्, एकता होस् र सर्वभौमसत्ता चीरकालसम्म होस् भन्ने चाहेर समानताको कुरा गरेको उनले बताए । "हामीले कसैको बिशेषाधिकार हुँदैन भनेका हौं, सबैलाई समानता हुन्छ भनेका छौं" उनले भने, "यही समानताको कुरा गर्दा हामीलाई जातिवादी भनिएको छ, विभेदकारी भनिएको छ ।" राईले केन्द्रीय कमिटी र केन्द्रीय समन्वय समितिका गरी ६२ जनाको नाम पढेर सुनाएका थिए । बाँकी जिल्लाहरुबाट प्रतिनिधित्व गरेर आउनेहरुको नाम पढ्ने समय नभएको उल्लेख गरेका थिए । उनीहरुले एमालेले आदिवासी जनजातिलगायत उत्पीडित उपेक्षतिहरुको भावना र मागको सम्बोधन गर्न नसकेको उल्लेख गरेका छन् । बुधबार काँग्रेसका पूर्व सभासद् कुमार राईसहित तीन दर्जन नेता कार्यकर्ताले पनि पार्टी परित्यागको घोषणा गरेका थिए ।'

भारतमा १७ महिनाको बच्चा पाँच हजारमा बिक्री

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
ओडिसा, जाजपुरकी एक महिलाले मोबाइल र जिन्स पाइन्ट खरिद गर्न आफ्नै बच्चा बेचेको खुलासा भएको छ । प्रहरीले ती महिलाले आफ्नो बच्चा पाँच हजारमा बेचेको र पैसाले मोबाइल र जिन्स किनेको बताएको छ तर महिलाले भने जेलमा बन्धन बनेका पति छुटाउनका लागि बच्चा बचेको बताएकी छिन् । मुंडवाल गाउँकी बीस वर्षीया राखी पात्राले आफ्नो १७ महिने बच्चालाई पाँच हजारमा बिक्री गरी नयाँ मोबाइल, जिन्स, टप र मेमोरी कार्ड किनेको जाजपुरका प्रहरी अधिकृत दीपक कुमारले बताए । ती महिलाले यसअघि आफ्ना पति छुटाउनका लागि बच्चा बचेको भनेर दिएको बयान झुटो रहेको पुष्टि भएको छ । बच्चा बेचेर खरिद गरेको सामान प्रहरीले बरामद गरेको छ । प्रहरीका अनुसार फिर्ता पाएको बच्चा लिन ती महिला आनाकानी गरेपछि बच्चालाई बाल कल्याण समितिको जिम्मा लगाइएको छ । उक्त घटना बाहिर आएपछि ओडिसा उच्च अदालतले निष्पक्ष छानबिन गर्न आदेश दिएको थियो ।

थरुहट तराई पार्टीका अध्यक्ष लक्ष्मण थारु पार्टीबाट निस्कासित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
थरुहट तराई पार्टी नेपालले बिहिबार मधेसी जनअधिकार फोरममा प्रवेश गरेका पार्टीका अध्यक्ष लक्ष्मण थारुलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निस्काशित गरेको छ । बिहिबार आयोजित एक कार्यक्रमका बीचमा थारु मधेसी जनअधिकार फोरम लोकतान्त्रिकमा प्रवेश गरेका थिए । शुक्रबार बसेको थरुहट तराई पार्टीको बैठकले थारुले थरुहट आन्दोलनमा ठूलो धोका दिएको र राजनीतिक गद्धारीका शैलीमा पार्टीको हित विपरित काम गरेको भन्दै पार्टीको साधारण सदस्य समेत नरहने गरी निलम्बन गरिएको विज्ञप्तिमा उल्लेख छ । गतवर्षमात्र गठन भएको थरुहट तराई पार्टीका अध्यक्ष थारु मधेसी जनअधिकार फोरममा प्रवेश गरेलगत्तै पार्टीका कार्यवहाक अध्यक्ष भानुराम थारु, वरिष्ठ नेता गोपाल दहिल, महासचिव नन्द कुमार थारु सँगै केन्द्रीय कार्यसमितिका पदाधिकारीले थारुलाई साधारण सदस्य समेत नरहने गरी निस्काशन गरेको कुरा विज्ञप्तिमा उल्लेख गरेका छन् । पार्टीका कुनै पनि पदाधिकारीलाई जानकारी नदिइ अन्य पार्टीको सदस्यता लिएको समेत थरुहटका नेताले बताएका छ । ३९ केन्द्रीय सदस्य रहेको पार्टीबाट थारु मात्र बाहिरिएको पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Oct 3, 2012

जनजातिको माग सम्बोधन गर्न कांग्रेस तयार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
१७ असोज,नेपाली कांग्रेसले पार्टीका आदिवासी जनजाति नेताहरुले अघि सारेको ११ बुँदे माग तत्काल सम्बोधन गर्ने बताएको छ । जनजाति पूर्व सभासदहरुले पार्टीनै परित्याग गरेको घोषणा गरेपछि कांग्रेसले जनजाति नेताहरुले अघि सारेको माग सम्वोधन गर्नेबारे छलफल थालेको हो । सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा बसेको भीमबहादुर तामाङको नेतृत्वको सुझाव गठित समिति र शीर्ष नेताहरुको बैठकले तत्काल जनजाति नेताहरुको माग सम्वोधन गर्ने निष्कर्ष निकालेको हो । ‘पहिचानको मागलाई पार्टीले तत्काल सम्वोधन गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेका छौं’ संयोजक तामाङले अनलाइनखबरसँग भन्नुभयो । शीर्ष नेताहरुको सहमति लिएपछि जनजाति नेताहरुको मागबारे समितिले तयार पारेको प्रतिवेदन कार्यान्वयन गरिने उहाँले बताउनु भयो । पहिचानका १८ आधारहरु प्रस्ताव गरेको समितिले एकल जातीय पहिचान भने स्वीकार नगर्न सुझाव दिएको छ । ‘पहिचानबारे हामीले १८ बुँदे सुझाव दिएका छौं’ समितिका सदस्य मानवहादुर विश्वकर्माले अनलाइनखबरसँग भन्नुभयो-’एकल जातीय पहिचानलाई भने स्वीकार गर्न सकिँदैन । जनजाति नेताहरुले पनि एकल जातीय पहिचान खोजेका हैनौं भनेका छन् ।’ पूर्व सभासद इद्रबहादुर गुरुङसहितका जनजाति नेताहरुले ११ बुँदे माग बुझाउँदै सम्वोधन नभए पार्टी छाड्ने चेतावनी दिएको थियो । जनजाति नेताहरुको मागबारे सुझाव दिन पूराना नेता तामाङ नेतृत्वमा गठित समितिले झण्डै डेढ महिनाअघि प्रतिवेदन बुझाएपनि छलफल भएको थिएन । तर, कुमार राई लगायतका पूर्व सभासदले कांग्रेस परित्यागको घोषणा गरेपछि कांग्रेसले प्रतिवेदनमाथि छलफल थालेको हो । नेताहरुका अनुसार भोलि शीर्ष तीन नेता र समितिका सदस्यहरुबीच प्रतिवेदनमाथि बुँदागत रुपमा छलफल हुनेछ । शीर्ष नेताहरुको छलफलका आधारमा जनजाति नेताहरुसँग छलफल गरि सहमति खोजिने सदस्य विश्वकर्माले जानकारी दिनुभयो । यसैबीच पूर्व सभासद तथा केन्दि्रय सदस्य कुमार राईको नेतृत्वमा केही जनजाति नेता-कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । काठमाणैंको बौद्धमा पत्रकार सम्मेलन गरि पार्टि परित्याग गर्ने समूहका नेता कुमार राईले जनजातीका मुद्दालाई स्वीकार नगरेको तथा संविभनसभा विगठन गर्न महत्वपुर्ण भूमिका निर्वाह गरेकाले पार्टी छोडेको बताउनुभयो । सवै पार्टीका जनजाति नेताहरु मिलेर नयाँ पार्टी खोल्ने उहाँले बताउनुभयो । पार्टी परित्याग गर्नेमा झण्डै एक दर्जन महासमिति सदस्य र केही जिल्लास्तरका नेता छन् ।

पुरानी पत्नीसित मजा हुँदैन भनी भाषण गर्ने मन्त्रीविरुद्ध मुद्दा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
नयाँ दिल्ली, असोज १७ (एजेन्सी)- पत्नी पुरानी हुँदै गएपछि मजा नआउने भन्दै भाषण गर्ने भारतका कोइला मन्त्री श्रीप्रकाश जैसवालविरुद्ध महिला अधिकारकर्मीले मुद्दा दायर गरेका छन्। महिलाप्रति भेदभाव हुने भाषण गरेको विरोधमा एनजिओ चलाइरहेकी महिला अधिकारकर्मी अनिता दुआले मानहानी र सार्वजनिक रुपमा अश्लील भाषण गरेको आरोप लगाउँदै अदालत गएकी हुन्। प्रमाणका रुपमा उनले समाचारपत्रहरुको कटिङ संलग्न गरेकी छिन्। भारतले आइतबार पाकिस्तानसँग विश्व टी-२० जितेको खुसीमा ६८ वर्षका मन्त्रीले कानपुरको महिला कलेजमा भएको कार्यक्रममा हिन्दीमा यसो भनेको सुनिएको थियो (नेपाली अनुवाद) - 'नयाँ-नयाँ जीत र नयाँ नयाँ विवाह, यसको आफ्नै अलग महत्त्व हुन्छ...जति जति समय बित्दै जान्छ....जीतको यादहरु पुरनो हुँदै जानेछ; जसै समय बित्दै जान्छ, पत्नी पुरानी हुँदै जान्छिन्, त्यो मजा बाँकी रहँदैन। मानहानीको आरोपमा दोषी ठहर भएमा मन्त्रीलाई बढीमा दुई वर्ष कैद सजाय हुनेछ। अश्लील प्रतिक्रियामा दोषी ठहर भएमा उनले बढीमा तीन महिना कैद भोग्नुपर्ने हुनसक्छ। मन्त्रीले आफ्नो भाषणको बीचबाट शब्दहरु जानाजान मेटाएर त्यसो गरिएको दावी गर्दै घटनालाई राजनीतिक रङ्ग दिइएको बताएका छन्। उनले कसैको भावनामा ठेस पुगेको भए माफी माग्छु समेत भनिसकेका छन्। विपक्षी भारतीय जनता पार्टीले मुद्दा उठाएपछि यसले ठूलो रुप लिएको हो।

सिरियामा बम विष्फोट, २७ को मृत्यु ७२ जना घाइते

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
सिरियामा आज भएको कार बम विष्फोटमा परी २७ जना भन्दा बढीको ज्यान गएको छ । दोस्रो ठूलो सहर अलेपोमा भएको तीनवटा कार बम आक्रमणबाट कम्तीमा २७ व्यक्तिको मृत्यु भएको अधिकारीहरुलाई उधृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । उक्त आक्रमणमा अन्य ७२ जना घाइते भएको पनि समाचारहरुमा उल्लेख गरिएको छ । सन् २०११ मार्च महिनादेखि सुरु भएको यस सिरियाली जनआन्दोलन गत अगस्ट २८ देखि गृह युद्दमा परिवर्तन भएको छ । आज भएको उक्त आक्रमण सरकार समर्थक दुई व्यक्तिको शवयात्रालाई लक्षित गरी गरिएको बताइएको छ । आक्रमणबाट कयौं व्यक्तिको गम्भीर घाइते भएको हुनाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । सन् २०११ को मार्च महिनादेखि राष्ट्रपति बसार अल–असादको राजिनामाको माग गर्दै सुरु भएको जनप्रदर्शनको क्रममा हालसम्म ३१ हजारभन्दा बढी नागरिकको ज्यान गइसकेको मानव अधिकारवादीहरूले उल्लेख गरेका छन् ।

पूर्वसभासद राईको नेतृत्वमा कांग्रेस त्यागको घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
आश्विन १७ - पूर्व सभासद कुमार राईसहित करिब तीनदर्जन कांग्रेसका नेता तथा कार्यकर्ताले दल त्यागको घोषणा गरेका छन् । राजधानीको बौद्धमा एक समारोहको आयोजना गरी बुधबार नेपाली कांग्रेस त्यागेको घोषणा गरेका हुन् । 'गणतन्त्र स्थापना गर्ने विन्दुसम्म ल्याउन नेपालीलाई ऐतिहासिक नेतृत्व दिने काम नेपाली कांग्रेसले गरेकै हो,' त्यागपत्र वाचन गर्दै राईले भने, 'तर केन्द्रित सामन्तवादी सत्ताबाट उत्पीडन र विभेदमा पारिएको आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम, महिला, कर्णाली क्षेत्रवासी, सीमान्तकृत, अल्पसंख्यक, पिछडावर्गले भोगेको २ सय ५० वर्षको लामो पीडालाई संविधानसभाबाट संविधान निर्माण गरी संबोधन गरेन ।' संविधान सभा विघटनमा कांग्रेसको भूमिका रहेकोसमेत उल्लेख गरे । 'कांग्रेस उत्पीडित जनताको हक सुनिश्चित नगर्ने भएकाले आजका मितिबाट त्यागेको घोषणा गर्दछौं,' कांग्रेस पार्टी प्रजातन्त्र र लोकतन्त्रको हिमायती दल ठाने पनि बहुलवादी समाजअनुकुल नभएको उल्लेख गर्दै राईले भने, 'उत्पीडनको पक्षमा बोल्ने सम्पूर्ण कांग्रेसका नेता, कार्यकतालाई दल त्याग गर्न आह्वान गर्दछु ।' राई करिब तीनदशकदेखि कांग्रेस राजनीतिमा संलग्न रहेका जिल्ला सभापति र संविधानसभाको समानुपातिकतर्फ सभासद भएका थिए । उनले संविधान संविधानसभामा संघीयताबारे कांग्रेस प्रष्ट हुन नसकेको र उच्चस्तरीय आयोगले प्रस्तुत गरेको १० प्रदेशलाई ठाडै अस्वीकारेको बताए । 'लोकतन्त्रमा विश्वास गर्ने तर बहुमतलाई बारम्बार नकार्दै तानाशाह प्रवृत्तिले कांग्रेसको औचित्य समाप्त भएको छ,' कांग्रेस सिद्धान्तहीन बनेको उल्लेख गर्दै राईले भने, 'कांग्रेसमा एकसय असी डिग्री बिचलन आएको छ ।' कांग्रेसमा आवद्ध आदिवासी जनजाति अगुवाहरुले ११ बुँदे माग कांग्रेस केन्द्रीय कार्यसमितिमा बुझाएको तर गम्भीर नरहेकोले दल त्यागेको दलत्याग समूहको विज्ञप्तिमा छ । एमालेका उपाध्यक्ष अशोक राईले बिहीबार दलत्यागको घोषणा गर्नअघि कांग्रेसका सभासदको नेतृत्वमा पार्टी त्यागको घोषणा गरेका हुन् । कांग्रेस त्याग्नेमा संखुवासभाका पूर्व सांसद दुर्गामणि देवान, सिन्धुलीका उपसभापति बुद्धराज राई, ओखलढुंगाका जुद्धबहादुर राई, म्याग्दीका टिकाप्रसाद गौचन, नवलपरासीका राजकुमार महतो, नुवाकोटका सुवास तामाङ, दोलखाका नोर्साङ शेर्पा, दोलखाकै कोपिला थामीलगायत छन् । राजनीतिक नयाँ शक्ति निर्माणमा जुटेका डा. चैतन्य सुब्बाको प्रमुख आतित्य रहेको उक्त दलत्याग घोषणा सभामा पूर्वसभासद पासाङ शेर्पा, जनजाति नेता बालकृष्ण माबुहाङलगायतले नयाँ राजनीतिक शक्ति निर्माणका पक्षमा विचार व्यक्त गरेका थिए ।

बोक्सीको आरोपमा गाउँ निकाला गर्ने पाँच जना पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
मोरङमा बोक्साबोक्सीको आरोप लगाउँदै वृद्ध दम्पतीलाई गाउँ निकाला गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपछि उनीहरु सबैलाई प्रहरीले मुद्दा दर्ता समेत गरेको छ । मोरङ दर्वेशा–८ का ६० वर्षीय वृद्ध पहाडचन्द्र राजवंशी र उनकी श्रीमती अन्सोदेवी राजवंशीलाई बोक्साबोक्सीको आरोप लगाएर गाउँ निकाला गर्ने सोही ठाउँका श्रवणकुमार राजवंशी, जीतलाल राजवंशी, हरिप्रसाद राजवंशी, चम्पादेवी राजवंशी, शिवनारायण राजवंशी र सुदरी देवी राजवंशीलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय रङ्गेलीले मुद्दा दर्ता गराएको हो । गत भदौ १३ गते दर्वेसा–८ का एक वृद्ध भुइचन्द राजवंशीको मृत्युपछि गाउँलेले वृद्ध दम्पतीलाई बोक्सीको अरोप लगाउँदै गाउँमा कोही बिरामी परे २५ हजार जरिवाना तिर्नुपर्ने तमसुकसमेत गराएका थिए । त्यतिले पनि नपुगेर मलमुत्र खुवाउने तयारी गरेपछि वृद्ध दम्पती भागेर आफन्तको शरणमा पुगेका थिए । मङ्गलबार इलाका प्रहरी कार्यालय रङ्गेलीमा पीडित दम्पतीले जाहेरी दिएपछि अरोपितहरूलाई पक्राउ गरी सामाजिक ऐनअन्तर्गत मुद्दा दर्ता गराएको प्रहरीले जनाएको छ ।

Oct 2, 2012

प्रजातान्त्रिक देशमा आयो ओबामा कण्डम

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
प्रजातान्त्रिक देशमा बस्नुको मज्जा नै बेग्लै । भलै पेटभरी खान नपाइएला तर मुखभरीको तथा मनभरीको कुरा बोल्न पाइने अर्थात् व्यक्त गर्न पाइने । यो अभिव्यक्ति स्वतन्त्रताको चरम उपयोग अहिले अमेरिकामा पनि भैरहेको छ । आगामी राष्ट्रपतिय चुनावका दुइ प्रत्यासी बाराक ओबामा तथा मिट रोम्नीलाई विभिन्न कोणबाट व्यंग गर्ने वा हाँसोको पात्र बनाउने काम भैरहेका छन् । कतिपयले यी उमेद्धारको चर्चालाई व्यापार सँग पनि जोड्ने धृष्टता गरिरहेका छन् । यहीँ मेलोमा एक कण्डम उत्पादक अमेरिकी कम्पनीले ओबामा र रोम्नीको नाममा कण्डम नै उत्पादन गरेको छ । से इट विथ ए कण्डम कम्पनीले ओबामा र रोम्नीको गुणसँग मिल्ने खालका दुइ नयाँ ब्राण्डका कण्डम उत्पादन गरेको जनाएको छ । यो कम्पनीले भावी राष्ट्रपतिका नाममा कण्डम उत्पादन गरेर चर्चा तर विवाद मात्र कमाएको छैन ओबामा र रोम्नीका गुणदोषका बारेमा जनताबीच स्वच्छ टिप्पणी गर्ने मञ्च उपलब्ध गराएको छ । से इट विथ कण्डमका संस्थापक बेन्जामिन शेरम्यानका अनुसार ओबामा कण्डम मजबुत छ, जुन झ्वाट्ट प्वाल पर्दैन, ओबामाको प्रतिबद्धता जस्तो । तर रोम्नी कण्डम भने अली लचक छ र जुनसुकै आसनका लागि पनि उपयुक्त, अर्थात् मुखभित्रको जिब्रो गालासम्मै पुगेजस्तो । ओबामा र रोम्नी कण्डम उत्पादन गर्न पाएकोमा शेरम्यान खुसी छन् । उनका अनुसार यो प्रजातन्त्रको उपज हो । उत्तर कोरियामा भएको भए किम जोङ अन नामको कण्डम उत्पादन गर्न सम्भव थिएन, उनी भन्छन् ।

राजनैतिक निकासको लागी ३३ दलको बैठक आज बस्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
राजनैतिक निकास निकाल्न भन्दै जुटेका प्रमुख तीन दल र मधेशी मोर्चा सहित विघटित संविधानसभाका ३३ दलको बैठक आज बस्ने भएको छ । सेना समायोजन विशेष समितिको सचिवालयमा बैठकले मंगलबार १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा सर्वदलीय बैठक बोलाउने निर्णय गरेको हो। माओवादी प्रवक्ता अग्नि सापकोटाका अनुसार, बैठकमा एकीकृत माओवादीले 'संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन' ले देशव्यापी जनपरिचालन र देशका प्रमुख चार शहरमा गर्ने भनिएको कार्यक्रम स्थगित गर्ने बताएको थियो। उनले विपक्षी दलहरूलाई पनि आन्दोलनका कार्यक्रम घोषणा नगर्न आग्रह गरेको थियो।

कम्बोडियाका प्रजातन्त्रवादी पत्रकारलाई २० वर्ष जेल सजाय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
कम्बोडियाको एक अदालतले ७१ वर्षका पत्रकार माम सोनान्डोलाई २० बर्षे जेल सजाए तोकेको छ । भूमि अधिकार अभियानकर्ताका रुपमा परिचय बनाएका पत्रकार सोनान्डोलाई कम्बोडियाको अदालतले २० वर्षे जेल सजाय सुनाएको हो । सोनान्डोलाई विद्रोहीलाई उक्साएको अरोपमा त्यहाँको अदालतले यस्तो फैसला सुनाएको हो । कम्बोडियाका प्रधानमन्त्रीले समेत सोनान्डोलाई पक्राउ गर्नुपर्ने मागलाई अगाडि सारेका थिए । उनलाई कम्बोडियाको कराँतीका एक स्थानीयले सिर्जना गरेको अलग राज्यको अवधारणको विषयलाई लिएर समेत जरिवाना गरिएको छ । कम्बोडिकाका अधिकारीहरुले भने सरकारले आफ्ना योजनालाई कार्यान्वयन गर्न पत्रकारलाई जेल पुर्याएको बताएका छन् । कम्बोडियाको पूर्वी प्रान्तमा अलग राज्य बनाउने कार्यमा कार्यमा पत्रकार सोनान्डोको संलग्नता रहेको भन्दै उनलाई जेल सजाय सुनाइएको एक न्याधिशले बताएको विभिन्न समाचार संस्थाले उल्लेख गरेका छन् । कम्बोडियाको मानवअधिकारवादी संस्था सँगै एम्नेस्टी इन्टरनेसनलले समेत यसलाई अन्यायपूर्ण कार्य भएको उल्लेख गरेका छन् । पत्रकार सोनान्डोले लामो समयदेखि सरकारको आलोचना गर्दै प्रजातन्त्रको समर्थनमा कलम चलाएकाले उनलाई कैद सजाय सुनाइएको बताइएको छ । पत्रकार सोनान्डो प्रजातन्त्र समर्थित आन्दोलनका अध्यक्ष हुन् । उनी बिहाइभ रेडियो स्टेसनका मालिक एवम् निर्देशक हुन् । उनले लामो समयदेखि रेडियोमा राजनीतिक विषयमा विश्लेषण गर्दै आएका छन् । उनी यसअघि समेत समाचारकै विषयलाई लिएर तीन पटक जेल परिसकेका छन् ।

हङकङमा पानीजहाज ठोक्किदा ३६ को मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
आश्विन १६ - हङकङ स्थित लामा आइलैण्डमा सोमबार राति दुई यात्रुवाहक पानीजहाज (फेरि) ठोक्किदा ३६ जनाको मृत्यु भएको छ । दुबै जहाजमा सवार एकसय बढी घाइते छन् । चीनको ६३ औँ राष्ट्रिय दिवसको अवसरमा हुने आतिशबाजी हेर्न यात्रुहरू प्रर्दशनी स्थलतर्फ आइरहेका थिए । दुर्घटनामा पर्नेहरू मध्ये अधिकांश विद्युत उत्पादक कम्पनी हङकङ इलेक्टि्रकमा कार्यरत कर्मचारी र तिनका परिवार जनाइएको छ । दुर्घटनामा २८ को घटनास्थलमै र बाँकीको अस्पतालमा मृत्यु भएको हो । पाँच विभिन्न अस्पतालमा घाइतेहरूको उपचार भइरहेको हङकङ सुचना विभागले जनाएको छ । आइलैण्डबाट आतिशबाजी हुने स्थल 'भिक्टोरिया हार्बर' तर्फ गइरहेको कम्पनीको जहाज विपरित दिशाबाट आएको जहाजसँग ठोक्किएको हो । यसको केहीबेरमै हङकङ इलेक्टि्रकको जहाज पानीमा डुबेको थियो । करिब १ सय २० यात्रु जहाजमा सवार थिए । हेलिकप्टरसहित परिचालित बचाव टोलीले डुबेकाहरूको उद्धार गरेको हो । दुर्घटनामा परेको अर्को जहाज नियमित यात्रु ओसार्ने हङकङ काउलुन फेरि कम्पनीको हो । उक्त जहाजको अघिल्लो भागमा क्षति पुगेको छ । घटना हुँदा नजिकै रहेको फेरि स्टेशनमा सयौं सर्वसाधारण जहाजको पर्खाइमा थिए । हङकङ इलेक्टि्रकमा ८० बढी नेपाली कार्यरत छन् । घटनामा मंगलबार बिहानसम्म कुनै नेपाली परेको जानकारीमा नआएको सोही कम्पनीमा कार्यरत जगत गुरुङले बताए । ९ बजे सुरु हुने आतिशबाजी हेर्न करिब ८:१५ बजे गुडेको जहाज केहीबेरमै अर्कोसँग ठोक्किएको थियो । घटनास्थल आतिशबाजी गरिने ठाउँभन्दा करिब तीन किलोमिटरको दूरीमा छ । डुबेको जहाज मंगलबार बिहान बाहिर निकालिएको छ । हङकङ संसारकै व्यस्त पोत मध्येको हो । स्थानीय संचारमाध्यमहरूले यस्तो गम्भीर दुर्घटनालाई दुर्लभ भनेका छन् ।

विभिन्न माग राख्दै पूर्व माओवादी लडाकूको आह्वानमा मध्यपश्चिम बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
माओवादीका पूर्व लडाकुले विभिन्न माग राख्दै आह्वान गरेको बन्दका कारण मध्यपश्चिमका विभिन्न जिल्लामा बन्दको प्रभाव परेको छ । मध्यपश्चिमका विभिन्न जिल्लाबाट चल्ने लामो र छोटो दुरीका सवारी साधन चलेका छैनन् । बन्दले यातायात सँगै उक्त क्षेत्रका बजार, कलकारखाना लगायत ठप्प प्राय भएका छन् । मध्यपश्चिम बन्दका कारण पूर्वपश्चिम राजमार्गको समेत अवरुद्ध भएको छ । पूर्व लडाकुले सेना समायोजनका क्रममा छनोट प्रक्रियाका विभिन्न बहाना बनाएर अयोग्यताको बिल्ला भिराएको लगायतका विभिन्न माग राख्दै बन्दको आयोजना गरेका हुन । पूर्व लडाकुले अयोग्यताको बिल्ला खारेज गर्नुपर्ने, स्वेच्छिक अवकाश रोजेका लडाकुलाई सेनासरह एकमुष्ट आर्थिक प्याकेज दिइनुपर्ने, संयुक्तराष्ट्र संघबाट शान्ति कोषमा आएको रकमको सत्य विवरण सार्वजनिक गरिनुपर्नेलगायतका माग राख्दै बन्दको आह्वान गरेका हुन् ।

Oct 1, 2012

सुकीले जीत हासिल गरे उनलाई सहर्ष राष्ट्रपतिका रुपमा स्विकार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
म्यान्मारका राष्ट्रपति थेन सेनले आगामी चुनावमा नेतृ आङ साङ सुकीले जीत हासिल गरे उनलाई सहर्ष राष्ट्रपतिका रुपमा स्विकार गर्न आफू तयार रहेको बताएका छन् । बिबिसँगको कुराकानीमा राष्ट्रपति सेनले जनताले चुन्ने व्यक्तिलाई सबैले मान्नुपर्ने स्पष्ट पारेका हुन् । उनले आफ्नो देशमा सुधारका कार्यक्रम गर्न सुकीसँग मिलेर अघि बढ्न तयार रहेको समेत बताएका छन् । दशकौंदेखि एकछत्र शासन चलाइरहेका सेनले नागरिक नेतृत्वको सरकारका पक्षमा अभिव्यक्ति दिएपछि धेरैले यसलाई नाटकिय परिवर्तनको संज्ञा दिएका छन् । दुइ दिन अघि राष्ट्रसंघको सभामा बोल्दै सेनले सुकीले यु एस कंग्रसनल स्वर्ण पदक पाएकोमा वधाई समेत दिएका थिए।

बंगलादेशमा मुस्लिम समूहद्वारा बौद्धमन्दिरमा आगजनी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
बंगलादेशमा इस्लाम धर्मको अपमान गरेको भन्दै मुस्लिम समूहले चारवटा बौद्धमन्दिर र बौद्ध समुदायका पन्ध्र घर जलाइदिएका छन् । एकजना बौद्धमार्गी पुरुषले इस्लामको अपमान गरेको भन्दै आक्रोशित सो समूहले आइतबार बंगलादेशको दक्षिणपूर्वी कोक्स बजार नजिकका ती बौद्धमन्दिर र घरहरुमा आगजनी गरेका हुन् । त्यहाँका अल्पमत बौद्ध समुदायका सदस्यहरुले अज्ञात व्यक्तिहरु मुस्लिम र बौद्धबीचको सौहार्दपूर्ण सम्बन्ध बिगार्न लागिपरेको गुनासो गरेका छन् । फेसबुकमा पोस्ट गरिएको एउटा तस्वीरले इस्लामको अपमान गरेको भन्दै शनिबार राति नै मुस्लिमहरु सो क्षेत्रका सडकमा उर्लिएका थिए । तिनीहरुले बौद्ध समुदायका व्यक्तिले उक्त तस्वीर पोस्ट गरेको आरोप लगाएका थिए । उक्त घटनापछि प्रहरीले त्यहाँ मानिसहरुको जमघटमाथि प्रतिबन्ध लगाउनुका साथै बौद्ध बाहुल्य क्षेत्रहरुमा थप सुरक्षाकर्मी तैनाथ गरेको जनाइएको छ । पैगम्बर मोहमदलाई अपमानजनक ढंगले अमेरिकी चलचित्र इन्नोसेन्स मुस्लिम्स' मा प्रस्तुत गरिएको विवादलाई लिएर विश्वभरिकै मुस्लिम समुदायले व्यापक विरोध गरिरहेका छन् ।

कांग्रेसद्धारा सभापतिमाथि भएको आक्रमणको छानविन गर्न समिति गठन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
१५ असोज,नेपाली कांग्रेसले पार्टी सभापति सुशील कोइरालामाथि कार्यकर्ताबाट भएको आक्रमणको छानविन गर्न समिति गठन गरेको छ । महामन्त्री प्रकाशमान सिंहको संयोजकत्वमा गठित छानविन समितिमा केन्द्रीय सदस्यहरु कृष्णचन्द्र नेपाली र गगन थापा सदस्य रहेका छन् । कांग्रेस काठमाडौं क्षेत्र नं ४ द्धारा शनिबारका कपनमा आयोजित क्षेत्रिय सम्मेलनको उद्घाटन समारोहमा नेवि संघका पूर्व क्षेत्रीय सभापति प्रवेश बस्नेतले सभापति कोइरालामाथि आक्रमणको प्रयास गरेका थिए । आफूलाई आसन ग्रहण नगराएको भन्दै आक्रोसित बनेका उनले सभापति कोइरालालाई लक्षित गरी फोटो फ्रेमले हानेका थिए । उनले हानेको फ्रेमले लागेर कांग्रेस काठमाडौं क्षेत्र नं ४ सचिवद्धय नवर्दा पोखरेल र श्याम संगत घाइते भएका थिए । घटनापछि क्राओसित कांग्रेस कार्यकर्ताले बस्नेतको रामधुलाई गरेका थिए । बस्नेतलाई जोगाएर प्रहरी समक्ष बुझाउन महामन्त्री सिंह र नेता थापालाई हम्मेहम्मे परेको थियो ।

यति एयरको विमानमा चरा ठोक्किएपछि आकस्मिक अवतरण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
१५ असोज,पोखराबाट काठमाडौंका लागि उडेको यति एयरलाईन्सको जहाज ठूलो दुर्घटनाबाट जोगिएको छ । ९ एन ए जे सी जहाजमा चरा ठोक्किएपछि पोखरा विमानस्थलबाट उडेको ६ मिनेटमै विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो । उडेको केही मिनेटमै जहाज हल्लिँदै अनौठो आवाज आएपछि चालक एस एल मास्केले जहाज फर्काएर पुनः विमानस्थलमै फर्काएका हुन् । जहाजमा रहेका चालकदलका ३ सदस्य र २५ यात्रुसहित सबै २८ जना सकुशल रहेको पोखरा विमानस्थलका प्रमुख प्रतापबाबु तिवारीले जानकारी दिनुभयो । गत शुक्रबार लुक्काका लागि उडेको सीता एयरको डोर्नियर विमान त्रिभुवन विमानस्थल नजिकै चिलसँग ठोक्किएर दुर्घटना हुँदा ७ नेपाली सहित १९ जनाको मृत्यु भएको थियो ।

कांग्रेसका जनजाति नेताहरुले १७ गते पार्टी परित्यागको घोषणा गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
१५ असोज,नेपाली कांग्रेसकास असन्तुष्ट जनजाति नेताहरुले असोज १७ गते पार्टी परित्याग गर्ने भएका छन् । पूर्व सभासदहरु कुमार राई, डीबी लामा लगायतका नेताहरुले पार्टी परित्यागको तयारी गरेका हुन् । ‘काठमाडौंमा रहेका हामी साथीहरुले १७ गते कांग्रेस परित्यागको तयारीमा छौं’ भोजपुरका पूर्व सभापति समेत रहेका राईले अनलाइनखबरसँग भन्नुभयो-’यो सांकेतिक रुपमा मात्र हो ।’ उहाँका अनुसार कांग्रेस परित्यागको तयारी गर्नेहरुमा संखुवासभाका पूर्व सभापति गुर्गामणि देवान, ओखलढुंगाका पूर्व क्षेत्रीय सभापथि जुद्ध राई लगायतका जनजाति नेताहरु रहेका छन् । कांग्रेस परित्यागको तयारीमा रहेका नेताहरु एमालेको अशोक राई लगायतको समूहसँग मिलेर नयाँ पार्टी गठनको तयारीमा छन् । ‘हामी उहाँहरुसँग निरन्तर छलफलमा छौं’-राईले भन्नुभयो । उनीहरुले पार्टीले आफ्नो विचार छाडेको, पहिचानजसहितको संघीयता स्वीकार नगरेको, संविधानसभा संविधान नै नबनाई विघटन गराउन भूमिका खेलेको र सभासदलाई मतदान गर्ने अधिकारबाट बन्चित गरेको लगायतका आरोप लगाएका छन् । पूर्व सभासद इन्द्रबहादुर गुरुङ सहितका समूह भने तत्काल कांग्रेसमा बस्ने भएका छन् । गुरुङको नेतृत्वमा कांग्रेसका जनजाति नेताहरुले पहिचानसहितको संघीयता स्वीकार नगरे पार्टी छाड्ने चेतावनी दिएका थिए ।

इलाममा पहिरोमा परी बेपत्ता भएका मध्ये चारजनाको शव फेला

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
इलामको मेची राजमार्गमा पर्ने कुलुबुङ पाथीभर मन्दिर नजिक गएको पहिरोमा परी बेपत्ता भएका १४ जना मध्ये ४ जनाको शव भेटिएको छ । शव भेटिएका मध्ये ईलामको फिक्कल निवासी शरण प्रधानको मात्र सनाखत हुन सकेको छ । पहिरोमा पुरिएका मध्ये अझै दश जना बेपत्ता रहेका छन् । पहिरोले राजमार्गमा गुडिरहेका पाँच सवारी साधन पुर्दा उनीहरु बेपत्ता भएको प्रहरीले जनाएको छ । उद्धारका लागि प्रहरी, सेना र सशस्त्र प्रहरीको टोली घटनास्थलमा खटिएका छन् । पहिरोका कारण मेची राजमार्ग ठप्प छ । राजमार्ग बन्द भएपछि झापा, इलाम, पाँचथर र ताप्लेजुङबाट छुटेका सयौं सवारी र यात्रु राजमार्गमै अलपत्र परेका छन् ।

गृहमन्त्री गच्छदारलाई कैलालीस्थित विमानस्थलमै कालो झण्डा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
गृहमन्त्री विजयकुमार गच्छदारलाई विपक्षी दलका कार्यकर्ताहरुले कैलालीको गेटा विमान स्थलको विशिष्ट कक्षमै कालो झण्डा देखाएका छन् । प्रशिक्षण कार्यक्रममा सहभागी हुन आज धनगढी पुगेका मन्त्री गच्छदारलाई कार्यकर्ताहरुले कालो झण्डा देखाएका हुन् । कालो झण्डा देखाउदै कार्यकर्ताहरुले सरकार विरुद्ध चर्का नाराबाजी समेत लगाएका थिए । उनीहरुले प्रधानमन्त्रीको राजनीनामा माग गर्दै गच्छदारलाई छेक्न समेत खोजेका थिए । प्रहरीले मन्त्री गच्छेदारलाई कडा सुरक्षा दिएर गेटा विमानस्थलबाट धनगढी पुर्याएको थियो । विपक्षी दलका कार्यकर्ताहरुले सरकार विरुद्ध नाराबाजी गरिरहेका बेला सरकार समर्थित तथा गच्छदार निकट कार्यकर्ताहरुले भने गच्छदारको पक्षमा नाराबाजी गरेका थिए । भोली फूलबारी गाविसमा हुने प्रशिक्षण कार्यक्रममा सहभागी हुन गच्छदार आज धनगढी पुगेका हुन् । गृह मन्त्री यहाँ आउने थाहा पाएपछि यस अघि नै विपक्षी दल निकट संगठनहरुले कालो झण्डा देखाउने बताएका थिए ।