News

Nov 30, 2012

प्रधानमन्त्रीका लागि दरखास्त राष्ट्रपति कार्यालयमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
 १४ मंसिर सहमतीय सरकारको नेतृत्व गर्ने होडबाजीमा कांग्रेस सभापति सुशील कोइरालादेखि राजावादी किशोरी महतोसम्मले आफ्नो दाबी गरेका छन् । राप्रपा नेपालका पूर्वउपाध्यक्ष महतोले त बिहीबार आफूलाई ३६ वटा पार्टीको समर्थन रहेको भन्दै राष्ट्रपति कार्यालयमा प्रधानमन्त्रीको दरखास्त नै हालेका छन् । कांग्रेस सभापति कोइराला सहमतीय सरकारको नेतृत्व गर्न आन्तरिक तथा बाह्य छलफलमा छन् । यसबाहेक मधेसी दलका तर्फबाट तमलोपा अध्यक्ष महन्थ ठाकुर, फोरम लोकतान्त्रिक अध्यक्ष विजय गच्छदार, पञ्चायती पृष्ठभूमिका सूर्यबहादुर थापा पनि दौडधुपमै छन् । यसबाहेक नेकपा-माओवादीबाट रामबहादुर थापा बादल प्रस्तावित छन् । राप्रपा नेपालका पूर्वउपाध्यक्ष तथा राजावादी महतोले त बिहीबार राष्ट्रपतिको कार्यालयमा निवेदन नै दर्ता गराए । राप्रपा नेपालका पूर्वउपाध्यक्ष महतो लोककल्याणकारी जनता पार्टीका अध्यक्ष हुन् । आफूसँग निर्वाचन आयोगमा दर्ता भएका ३६ वटा पार्टीको समर्थन रहेको दाबीसहित उनले आफू नै प्रधानमन्त्रीको साझा उम्मेदवार भएको दाबी गरेका छन् । राष्ट्रपति कार्यालयमा हालेको उनको दरखास्त दर्ता नम्बर ८३६ छ । आफ्ना समर्थकसहित राष्ट्रपतिको कार्यालय पुगेका महतोले उम्मेदवारीको निवेदन दर्ता गरेका हुन् । उनको निवेदन दर्ता गर्ने कि नगर्ने भन्ने विषयमा राष्ट्रपति कार्यालयका कर्मचारीबीच केहीबेर छलफलसमेत भएको थियो । उम्मेदवारीको निवेदन लिने निर्णय भएपछि कर्मचारीले दर्ता गरेका थिए । तर, राष्ट्रपतिसँग भेट्न भने समय मागे पनि उनले पाएनन् । निवेदन दर्ता गराएपछि महतोले भने, 'अब म प्रधानमन्त्री बन्ने पक्का भयो । मलाई निर्वाचन आयोगमा दर्ता भएका ३६ दलको समर्थन छ ।' उनले आफू प्रधानमन्त्री भएपछि हिन्दू राष्ट्र र राजासहितको प्रजातन्त्र स्थापना गर्ने घोषणासमेत गरे । जनसंघ पार्टी, लिग नेपाल शान्ति एकता पार्टी, राष्ट्रवादी पार्टी नेपाललगायतका पार्टीहरूले आफूलाई समर्थन गरेको उनको भनाइ छ । 

सूर्यबहादुर थापा लबिङमा 
प्रमुख दलहरूबीच सहमति नभएकै वेला पूर्वप्रधानमन्त्री तथा राष्ट्रिय जनशक्ति पार्टीका सूर्यबहादुर थापाले पनि प्रधानमन्त्री बन्ने चाहना राखेर लबिङ सुरु गरेका छन् । केही समययता भारतीय दूतावासमा उनको भेटघाट तीव्र भएको छ । प्रमुख तीन दलका शीर्ष नेताहरूसँग पनि उनले सम्पर्क गर्दै आएका छन् । स्रोतका अनुसार आफ्ना केही निकट मान्छेहरूसँग थापाले प्रधानमन्त्री बन्ने चाहना प्रकट गर्ने गरेका छन् । विगतमा पटक-पटक प्रधानमन्त्री भइसकेका उनलाई राप्रपा र राजपाका नेताहरूले उम्मेदवारी घोषणा गर्न उचालेका छन् । प्रधानमन्त्रीको साझा उम्मेदवारीका लागि प्रमुख तीन दलमा सहमति हुन नसके तथा उमेर र राजनीतिक वरिष्ठताका कारण थापाले प्रधानमन्त्रीको अवसर पाउनुपर्ने राजपा नेताहरूको दाबी छ ।

चीन‍का सहरी जोडीले दोस्रो सन्तान जन्माउन पाउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
रोयटर्स, मंसिर १३ (एजेन्सी)- चीनमा कायम रहेको एक सन्तान नीतिलाई परिमार्जन गर्न लागिएको परिवार नियोजन कार्यालयका अधिकारीले जानकारी दिएका छन्। संसारकै सबैभन्दा ठूलो जनसंख्या भएको मुलुकमा एक सन्तान नीतिका कारण जनसंख्या लगातार घट्दै आएको छ। यो नीति परिवर्तन भयो भने चीनका सहरी क्षेत्रका जोडीले दोस्रो सन्तान जन्माउन पाउनेछन्। यो सुविधा एउटै बच्चा नजन्माएका जोडीका लागि पनि लागू हुनेछ। चाइना डेलीले राष्ट्रिय जनसंख्या तथा परिवार नियोजन आयोगका पूर्व प्रमुखलाई उदृत गर्दै एक सन्तान नीति हट्न लागेको जनाए। अहिलेको प्रावधान अनुसार आफ्नो कोही नभएको अवस्थामा मात्र सहरी क्षेत्रका जोडीले दोस्रो सन्तान जन्माउन पाउँछन्। ग्रामीण क्षेत्रमा भने यो नीति लत्याउनेहरु कम छैनन्। सन् १९७९ मा जन्मदर नियन्त्रण गर्न लागू गरिएको नीतिले जनसंख्या नियन्त्रण सफलरुपमा गरेको थियो। तर, यसले त्यहाँ विभिन्नखाले समस्याहरु सिर्जना गर्‍यो। अहिले चीनको जनसंख्या १ अर्ब ३४ करोड छ। आर्थिकरुपमा सम्पन्न क्षेत्रमा नयाँ नीति छिटै लागू हुने बताइएको छ। जनसंख्या नियन्त्रण हुँदा चीनमा कामदार नपुग्ने स्थिति बन्दै गएकोमा अर्थविद्हरुले चिन्ता जनाउन थालेका छन्।

निगमलाई चीनबाट ६ वटा जहाज ल्याउने सम्झौता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
मंसिर १५ - नेपाल वायु सेवा निगमले आन्तरिक उडानका ६ जहाज ल्याउन चिनियाँ जहाज उत्पादक एभिक इन्टरनेसनल एसियासँग व्यापारिक सम्झौता गरेको छ । जहाज आउने अन्तिम सम्झौता नभए पनि यसले जहाज ल्याउने बाटो खुला गरेको छ । चीन सरकारले २ वटा अनुदान र ४ वटा सहुलियतपूर्ण ऋणमा जहाज दिन लागेको हो । यी जहाजको मूल्य करिब ३ अर्ब ९ करोड रुपैयाँ (३ करोड ५० लाख अमेरिकी डलर) हो । सम्झौताअनुसार चीन सरकारका तर्फबाट एभिकले ५८ सिट क्षमताको एउटा एमए ६० र १९ सिटको वाई १२ ई जहाज अनुदानमा ल्याउनेछ । एउटा एमए ६० र तीनवटा वाई १२ ई सहुलियतपूर्ण ऋणमा ल्याइन लागेको हो । सम्झौतामा मन्त्रालयका सहसचिव एवं निगम सञ्चालक समिति सदस्य रञ्जन कृष्ण अर्याल, निगमका कामु महाप्रबन्धक राजु केसी र चिनियाँ पक्षबाट एभिक इन्टरनेसनलका एसिया डाइरेक्टर याङ कुम बाङ र एभिकका नेपाल प्रतिनिधि सोङ सियाओ निङले हस्ताक्षर गरे । ३० वर्षमा तिर्ने गरी चीन सरकारले दिने ऋणको रकमबाट जहाज आउनेछ । ५ वर्ष साँवा र ब्याज तिर्नु पर्दैन,' केसीले भने, 'यो सम्झौतालाई जहाज ल्याउने परिपक्व कार्य भन्न सकिन्छ ।' जहाज खरिदमा सधैं विवादमा पर्ने निगमका लागि यसपाला सरकारकै अग्रसरतामा प्रक्रिया अघि बढेको छ । अर्थ मन्त्रालयले लगेको प्रस्ताव मन्त्रिपरिषद्ले पारित गरेपछि यो सम्झौता भएको हो । निगमलाई यी जहाज सरकारले कसरी उपलब्ध गराउँछ भन्ने अझै प्रस्ट छैन । निगमले सरकारले खरिद गरेर उक्त रकम निगमको सेयरमा परिणत गर्न आग्रह गर्दै पत्र पठाएको छ । यसबारे सरकारले निर्णय गरिनसकेको पर्यटन मन्त्रालयका सचिव यज्ञ गौतमले बताए । अर्को चरणमा दुई सरकारबीच र अर्थ मन्त्रायले चीनको एक्जिम बैंकसँग सम्झौता गर्नुपर्छ । त्यसपछि दुई देशका नागरिक उड्डयन कार्यालयबीच पनि सम्झौता हुनुपर्छ । मन्त्रिपरिषद्को मंसिर १० को निर्णयपछिको विकास हो यो,' केसीले भने । यसमा जहाजका पार्टपुर्जा र चालक तथा प्राविधिकहरूको तालिम र जहाज मर्मतका लागि चाहिने पूर्वाधार पनि समावेश रहेको उनले बताए । जहाज ल्याउने विषयमा गम्भीर भए दुई देशको ऋण सम्झौता आगामी फेब्रुअरीको अन्तिमसम्ममा हुनसक्ने सम्झौताका क्रममा उपस्थित एक सदस्यले बताए । एभिकले ऋण सम्झौता भएको तीन महिनामा निगमलाई जहाज उपलब्ध गराउने बताएको छ । यो अवधिमा आउने जहाज अनुदानअन्तर्गतको हुन्छ । ऋण सहुलियतअन्तर्गतको जहाज त्यसको पाँच महिनामा दिने कम्पनीले जनाएको छ । यसअघि चीनले अनुदानमा ३ र ५ जहाज ऋण सहयोगमा दिने भनेको थियो । त्यसपछि फेरि अनुदानको जहाज नेपाललाई वाषिर्क रूपमा दिइने अनुदानमै मिलाएर दिने भनेपछि यी जहाज ल्याउने प्रक्रिया रोकिएको थियो । यिनै जहाज खरिदका विषयमा सहमति नजनाएपछि तत्कालीन अर्थ सचिव कृष्णहरि बाँस्कोटाको सरुवा भएको निकटवर्तीले बताए । हाल आएर नेपाल सरकारले १ दशमलव ७५ प्रतिशत ब्याजमा ऋण सरकारले लिएको ऋण निगमलाई साढे ६ देखि ८ प्रतिशतको बीचमा ब्याज लिएर उपलब्ध गराउने तयारी भइरहेको समेत स्रोतले बतायो । जहाज अभावका कारण बजार हिस्सा गुमाउँदै गएको निगमका लागि जहाज थपिए पनि सञ्चालनको चुनौती भने छ । दुर्गम क्षेत्रमा उड्ने जहाज आफैं मर्मत गर्न नसकेर निगमले दुई ट्वीनअटर यती एयरलाई भाडामा दिएको छ । नेपाली आकाशमा सफलतापूर्वक उडान गरिरहेका बुद्ध र यती एयरसँग प्रतिस्पर्धा गर्नु पनि खासै सजिलो नहुने निगमकै अधिकारी बाउँछन् । 'यी जहाज आएर सफलतापूर्वक चलाउन सकिएन भने निगमको अवस्था अझ बिग्रनेछ,' ती अधिकारीले भने ।

चीनले नेपाललाई आवश्यक सहयोग गर्छ : चिनियाँ राजदूत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
चिनियाँ राजदूत याङ होउलानले नेपालको विकासमा चीनले आवश्यक साथ सहयोग दिने बताएका छन् । राजधानीमा आज आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै नेपालका चिनियाँ राजदूत होउलानलले १९७० को दशकमा चीन पनि अहिलेको नेपाल जस्तै गुज्रिरहेको भन्दै यस्तो जनाएका हुन् । सो साक्षात्कार कार्यक्रममा होउलानले नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे चीनको धारणा पनि भारतको जस्तै रहेको बताए । नेपालको राजनीतिक स्थायीत्व चीन र भारत दुवैको लागि उपयुक्त भएको भन्दै दुवै देश कुनै पनि देशलाई नियन्त्रणमा राख्ने मनसायमा नरहेको स्पष्ट पारे । उनले नेपालको समस्या सहमतिबाटै समाधान हुनुपर्नेमा पनि दुवै देशको निचोड रहेको पनि उल्लेख गरे ।

Nov 28, 2012

विपक्षीले समय थप्न राष्ट्रपतिलाई आग्रह गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
मंसिर १३ - राष्ट्रपति ले दिएको सहमतिको सरकार निर्माण गर्ने समय सिमा सकिने बेला भइसक्दा पनि सहमति हुन नसकेपछि प्रमुख विपक्षी कांग्रेस एमालेबीच केही दिन अझै समय माग्ने समझदारी भएको छ । एमाले मुख्यालय बल्खुमा बसेको दुई दलको बैठकले आवश्यकता अनुसार राष्ट्रपति संगको भेटपछि समय माग्ने बिषयमा औपचारिक आह्वान गर्ने निर्णय गरेको छ । राष्ट्रपति ले दलहरुलाई दिएको एक साताको समयसिमा बिहीबार सकिदैछ । राष्ट्रपति लाई बिहीबार साँझ दलहरुले भेट्ने कार्यक्रम छ । बैठकपछि काग्रेस उपसभापति रामचन्द्र पौडेलले पछिल्लो परिस्थितिबारे समिक्षा भएको र सहमतिका लागि समय माग्नेबारे कुरा भएको जानकारी दिए ।'भोलि समय सकिदैछ,छलफल जारी राख्दै सहमति भएन भने सिमा थप्नेबारे पनि कुरा भएको छ' पौडेलले भने,' राष्ट्रपति लाई भेटेपछि नै त्यो बारे निर्णय हुन्छ । प्रमुख दलहरुबीचको राष्ट्रपति को कदम संबैधानिक कि असंबैधानिक भन्ने विवादले गर्दा सहमति हुन सकेका छैन । सत्तारुढ र विपक्षी दुबै गठबन्धनले सरकारको नेतृत्व दाबी गरिरहेका छन् । दुबै पक्षको विवादले गर्दा एकसाता भित्र प्रमुख दलहरुबीच एउटा बाहेक अरु बैठक समेत भएको छैन । एजेण्डामा प्रवेश गरेर छलफल नै नभई राष्ट्रपति ले दिएको समयसिमा समाप्त हुन लागेको हो ।

भारतमा सत्यमेव जयतेका एक सहभागीको हत्या

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
भारतिय टेलिभिजन कार्यक्रम 'सत्यमेव जयते' का एक सहभागीको हत्या गरिएको छ । बलिउड अभिनेता आमिर खानको लोकप्रिय टेलिभिजन कार्यक्रम 'सत्यमेव जयते' मा परिवारको इज्जतका लागि छोरीको हत्या गर्ने खाप पञ्चायतको निर्णय विरुद्धमा बोल्ने एक सहभागीलाई गोली हानी मारिएको हो । उक्त कार्यक्रममा सहभागी भएका अब्दुल हकिमलाई भारतको उत्तरप्रदेश राज्यमा रहेको बुलन्दसहरमा बिहीबार दिउँसै गोली हानिएको थियो । उनको हत्या भएको बेलामा उनी आफ्नी गर्भवती पत्‍नीको लागि औषधि लिन अस्पताल जाँदै थिए । घटनापछि कार्यक्रम संचालक आमिर खानले प्रतिक्रिया दिँदै अब्दुलको परिवारको सुरक्षा गर्न प्रहरीसँग माग गरेका छन् । अब्दुलकी पत्नी मेहाविसले गाउँलेहरुले आफू र आफ्नी छोरीलाई समेत मार्ने धम्की दिएको बताउँछिन् । खानले घटनाको भत्सर्ना गर्दै उनले यसको विरोध संभव भए जति सबै मञ्चमा गर्ने र पीडित परिवारलाई न्याय र राहत दिलाउन प्रयासरत रहने बताए ।

ग्यालेक्सी-२ नोट बिक्री ५० लाख नाघ्यो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
मंसिर १३ - बिक्री सुरु गरेको एक महिनामै तीस लाख वटा बिक्री भएको सामसुङको पछिल्लो उत्पादन ग्यालेक्सी-२ नोट दुई महिनामा ५० लाख बिक्री भएको छ । सामसुङले बिज्ञप्ती जारी गर्दै यसलाई आफ्नो बिक्री इतिहासमा कोशेढुङ्गा भनेको छ । ५ दशमलब ५ ईन्च भएको सामसुङको यो पछिल्लो स्मार्टफोन यसको अघिल्ला उत्पादन भन्दा तीन गुणा तीव्र बिक्री भइरहेको छ । सामसुङले सुरुमा उत्पादन गरेको सामसुङ ग्यालेक्सी नोट ३० लाख बिक्री हुन ३० महिना लागेको थियो । सामसुङले ग्यालेक्सी-२ नोट दुई करोड बिक्री हुने अनुमान गरेको छ । यो अनुमान उसको पछिल्ला उत्पादनको बिक्रीका हिसाबले दोब्बर हो । एन्ड्रोइड ४ भएको यो फोन व्याट्री व्याकअप, धेरे एप्लीकेशन, राम्रो प्रोसेसर र ठूलो स्कि्रनका कारण चर्चित छ ।

मृत्यु पछि मर्लिनको तस्वीर १५ सय डलरमा बिक्री

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
कुनै जमानामा उत्कृष्ट अभिनेत्रीको रुपमा रहेकी हलिउड अभिनेत्री मर्लिन मुनरोको तस्वीर मरणोपरान्त १५ सय डलरमा बिक्री भएको छ । विद्यार्थी जीवनमा खिचिएको उनको तस्वीर शुक्रबार ब्रिटेनको ग्रेटर मेन्चेस्टर लिलामी प्रक्रियाबाट बिक्री भएको हो । उनले जीवनकालमा तीन जनासँग विवाह गरेकी थिइन् । तर मुनरोको कुनै पनि विवाह टिकाउ भने भएन । उनले सबै जनासँग डिभोर्स गरेकी थिइन् । अहिले बिक्रि भएको उक्त फोटो उनले १५ वर्षको उमेरमा खिचाएकी थिइन् । त्यति बेला उनी लस एन्जल्सको लारेफ एमर्सन जुनियर हाई स्कुलमा अध्ययन गर्थिन् । मुनरो अभिनेत्री मात्र नभएर राम्रो गायिका र मोडल समेत थिइन् । प्रतिभाशाली मानिने मुनरोको निधन ३६ वर्षकै उमेरमा भएको थियो ।

पारस शाह गाजा तस्करीको आरोपमा थाइल्यान्डमा पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
पूर्वयुवराज पारस शाह एक महिना अगाडी लागू औषध गाजाको विषयमा थाइल्यान्डमा पक्राउ परेको रहस्य खुलेको छ । हिन्दुहरुको महान पर्व दशैँले विश्वभरका नेपालीलाई छपक्कै छोपेका बेला पारस शाह थाइल्यान्डको पर्यटकीय सहर फुकेट बाट पक्राउ परेका थिए । केही समाचार संस्थाले उल्लेख गरे अनुसार पर्यटकीय सहर फुकेटमा रहेको उनको निजी निवासमा थाइ प्रहरीले छापा मार्दा ३ दशमलब ४ ग्राम गाँजा फेला पारेपछि पारस पक्राउ परेका हुन् । एक महिना अघि पक्राउ परेका पारस अहिले थाइल्यान्डको आई अदालतमा लागुऔषध मुद्धाको तारेख धाइरहेका छन् । पारसलाई थाई प्रहरीले एक रात हिरासतमा राखेपछि त्यहाँका एक नागरिकले ठूलो रकम धरौटी राखेर पारसलाई जेलबाट भने छुटाउन सफल भएको बताइएको छ । त्यसरी पारस हिरासतबाट छुटे पनि अहिले अदालतमा तारेख भने धाइरहेका छन् । पारसले लागुऔषध कारोबारको आरोपमा थाई कानुन अनुसार तारेख धाएर यसको अन्तिम फैसला पर्खन तीन महिला लाग्छ । पारसको पासपोर्ट समेत त्यहाँको प्रहरीले जफत गरेको छ भने तारेखका लागि वारेस इन्कार गरेपछि अदालत समक्ष पारस स्वयम् धाइरहेका छन् । पारसले लागु औषध कारोबार गरेको प्रमाणित भए थाई कानुन अनुसार एक वर्ष कैद वा २० हजार भाट बराबरको जरिवान अथाव दुवै सजाय समेत भोग्नुपर्ने हुन्छ । राजतन्त्रात्मक देश थाइल्यान्डको कानुनमा एक नम्बरको लागुऔषध चरेस र हेरोइनसहित पक्राउ परेका लागुऔषध कारोबारीलाई त मृत्युदण्डसम्मको सजाय दिने गरिन्छ । तर पारस शाह भने गाजाको विषयमा पक्राउ परेकाले जेल र जरिवाना भन्दा ठूलो हुन नसक्ने व्यवस्था रहेको छ । यता, पारस पक्राउ परेको जानकारी नेपाली दूतावासलाई कात्तिक ११ मै गराइएको भए पनि अझै सम्म यसलाई गुपचुपमै राखिएको थियो । युवराज हुँदा देखिनै अपराध र चोरी जस्ता मुद्धामा नेपाल भित्रै पनि पटक पटमक नाम मुछिदै आएका पारस पूर्व युवराज बनेपछि समेत विभिन्न आपराधिक काण्डमा जोडिदै चर्चामा आईरहेका छन् । पारसको यो क्रियाकलापले भने थाइल्यान्डमा पुगेर समेत निरन्तरता पाएको छ । 

थप रहस्य यसरि फेला पर्‍यो 
गाँजा तस्करीको अभियोगमा थाईल्याण्डमा पक्राउ पछि जेलसम्म बसेका पूर्वयुवराज पारस शाह पक्राउ पर्दा एक्लै नभएर केटीसहित पक्राउ परेको रहस्य पनि खुलासा भएको छ । उनी नेपालीहरुको महान पर्व दशैंको बेला थाईल्याण्डमा लागू औषध गाजासहित पक्राउ परेका थिए । पक्राउ पछि उनले एक दिन त्यहाँ जेलसमेत बिताउनु परेको थियो भने दोस्रो दिन चाँही एक थाईल्याण्ड नागरिकले उनलाई धरौटीमा रिहा गरेका थिए । जो पारस शाह अहिले पनि अदालतको तारेख भने धाईरहेको बताइएको छ । सोही घटनाको सम्बन्धमा उनका थप रहस्यहरु खुल्दै गएको हो । थाई केही बेवसाइटहरुले उल्लेख गरे अनुसार सो क्रममा उनी पक्राउ पर्दा केटीसहित पक्राउ परेका थिए । तर केटीको नाम भने अहिलेसम्म खुलाइएको छैन । वेबसाइटहरुमा उल्लेख भएबमोजिम कोठामा पुरुष र महिलाबीच झगडापछि होटलवालाले प्रहरीलाई खबर गरेका थिए । खबर पश्चात् त्यहाँ प्रहरी आएको र पछि विवाद मिलाउने क्रममा प्रतिबन्धित लागू औषध फेला परेको थियो । सो घटनामा ती नाम नखुलाइएकी महिलाले अपराध स्वीकार गरिसकेपनि पारसले भने स्वीकार गरेका छैनन् । पारसले त्यही घटनालाई लिएर दुई पटक अदालतको तारिख खेपिसकेका छन् । उनलाई थाई प्रहरीले ३.४ ग्राम गाँजा राखेको अभियोग लगाएको छ । थाई कानुन अनुसार लागु औषध मुद्धा छिनोफानो हुन ३ महिना लाग्नेछ ।

निलो चलचित्र उद्योग अनौठा तथ्यहरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
एक महिनाअघि सम्पन्न अमेरिकी राष्ट्रपति निर्वाचनमा त्यहाँको निलो चलचित्र उद्योग (पोर्न इन्डस्ट्री) बाराक ओबामाको समर्थनमा खुलेरै लागे । अमेरिकी निलो चलचित्र उद्योग विश्वको सबैभन्दा ठूलो उद्योग हो । त्यहाँ केही राज्यमा यो धन्दा पूर्ण रुपमा बैध छ । निलो चलचित्र उद्योगको केही जानकारीलाई हेर्ने हो भने अत्यासलाग्दो छ । हलिउड, बलिउडमा लगातार फिल्मको बजेट बढ्दो छ । निलो चलचित्र उद्योग पनि यसबाट टाढा छैन । सन् २००५ मा बनेको पिराटिस् सबैभन्दा महंगो पोर्न फिल्म हो । यसको कुल बजेट १ मिलियर डलर थियो । इन्टरनेटमा २.६ करोड पोर्न वेबसाइट छन, जब कि विश्वभरका वेबसाइटका १२ प्रतिशत सामाग्री पोर्न हुन्छ । यस्तै इन्टरनेटमा ट्रान्सफर हुने डाटामा ३० प्रतिशत त फोर्न नै हुन्छ भने पीक समयमा चल्तीका साइटहरुमा एक सय गीगाबाइटको दरमा पोर्न डाटा ट्रान्सफर हुन्छ । विश्वभर रहेक सेकेण्डमा करीब ३० हजार मानिस इन्टरनेटमा पोर्न फिल्म हेर्छन् भने अमेरिकामा रहेक ३९ मिनेटमा एक पोर्न भिडियो बन्छ । ‘अलटाइम १०’ को सर्वेले दिएको जानकारीअनुसार विश्वभरका २० प्रतिशत पुरुष कामकै क्रममा पोर्न भिडियो हेर्छन् भने २५ देखि ३३ प्रतिशत महिला इन्टरनेटमा पोर्न फिल्म हेर्न मन पराउँछन् । तर, जम्मा २ प्रतिशतले मात्र पैसा तिरेर वेबसाइटमा यस्ता भिडियो हेर्छन् । यो उद्योगमा पुरुषले भन्दा महिलाले बढी पैसा कमाउँछन् । महिला कलाकारहरु एक सीनका लागि ६ सयदेखि १ हजार डलरसम्म लिन्छन् भने पुरुषले १ सय ५० डलरसम्म । अर्को आश्चर्यजनक पुरा के छ भने पोर्नस्टारहरुमा एसटीडी -सेक्शुअलिटी ट्रान्समिटेड डिजिज) अर्थात यौनसँग जोडिएका समस्या आममानिसको अपेक्षाभन्दा ८० प्रतिशत कम हुन्छ । अमेरिकामा राजनेताहरु निलो चलचित्र उद्योगका बारेमा खुलेर बोल्न चाहँदैनन तर, समर्थन खोज्छन् । उत्तर कोरिया र इरानमा भने पोर्न भिडियो बनाउने र त्यसको ब्यापार गर्नेलाई मृत्युदण्ड दिइन्छ ।

Nov 26, 2012

किङ्स कलेज लन्डनको निष्कर्ष 'चुरोटको असर दिमागमा'

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
किङ्स कलेज लन्डनले गरेको एक अध्ययनले चुरोटको असर दिमागमा समेत पर्ने निष्कर्ष निकालेको छ । किङ्स कलेजले गरेको अध्ययनअनुसार चुरोटको धुँवाले मानिसको दिमागमा मसेत असर पर्ने निष्कर्ष निकालेको हो । चुरोटको धुँवाले स्मरण शक्ति ह्रास हुनेदेखि अध्ययनको क्षमता घट्नेलगायतका समस्या हुने निष्कर्ष निकालेको हो । उक्त कलेजले चुरोट सेवन गर्ने मानिसमा हर्टआट्याएक र मस्तिष्कघातसमेत बढाउँने बताएको छ । कलेजले ८ हजार ८ सय मानिसमा गरिएको परीक्षणले मानिसको दिनमागमा नराम्रो असर पर्ने सार्वजनिक गरेको हो । अध्ययनका क्रममा किङ्स कलेजले अनुसन्धानमा सामेल गरिएका ८ हजार ८ सय मानिसका बीचमा विभिन्न अभ्यास समेत गराएका थिए । त्यस्ता अभ्यासमा चुरोट खाने र नखानेका बीचमा विभिन्न फरक स्वभाव पाइएको समेत सार्वजनिक भएको छ । अनुसन्धानले चुरोट नखाने मानिसहरु चुरोट खानेभन्दा तन्दुरुस्त देखिएको र चुरोटखानेहरु कमजोर भएको बताएको छ । किङ्स कलेजले लामो ८ वर्ष लगाएर अनुसन्धान सम्पन्न गरेको हो ।

पूर्वप्रेमीद्वारा साकिराविरुद्ध मुद्दा दायर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
विश्वप्रसिद्ध गायिका साकिरालाई पूर्वप्रेमी एन्टोनियो डे ला रुआले २० करोड अमेरिकी डलरको दाबी गर्दै मुद्दा दायर गरेका छन् । एन्टोनीयोले उनीसँगको सम्बन्ध विच्छेद भएका कारण आफ्नो कारोबारी साझेदारीमा प्रतिकुल असर परेको आरोप लगाउँदै उक्त रकम क्षतिपूर्तिको माग गर्दै मुद्दा दायर गरेका हुन् । अर्जेन्टिनाका पूर्वराष्ट्रपति फेरनान्डो डे ला रुआका पुत्र एन्टोनियोले साकिराका साथ डेटिङमा रहँदा उनले प्रचारकका रुपमा आफ्नो करियर त्यागेका थिए । एन्टोनियोले साकिराको लाइव नेशनका साथ भएको सम्झौताअनुसार १८ प्रतिशत लाभांस माग गरेका छन् । लाइव नेशन विश्वको सबैभन्दा ठूलो मनोरञ्जन कम्पनी हो । ११ वर्षदेखि डेटिङमा रहेको यो जोडी अगस्ट २०१० मा अलग भएको थियो ।

नेपालको जनसंख्या २,६४,९४,५०४ पुग्यो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
११ मंसिर,नेपालको जनसंख्या २ करेाड ६४ लाख ९४ हजार ५ सय ४ पुगेको छ । गत दश वर्षको तुलनामा यस पटक १ दशमल ३५ प्रतिशतले बढेको हो । यसअघि २०५८ सालको जनसंख्या अनुसार नेपालको जनसंख्या २ करोड ३१ लाख ५१ हजार ४ सय २३ थियो । सोमवार राष्ट्रिय योजना आयोजको हलमा प्रधानमन्त्री डा वावुराम भट्टराईले राष्ट्रिय तथ्यांक विभागले तयार पारेको राष्ट्रिय जनगणना २०६८ सार्वजनिक गर्नु भएको हो । २०६८ को तथ्यांक अनुसार पुरुषको तुलनामा महिलाको जनसंख्या वढि छ । महिलाको जनसंख्या ५२ दशमलब ५ र पुरुषको जनसंख्या ४८ दशमलब ५ रहेको छ । यस्तै तथ्यांकका अनुसार ६० प्रतिशतले १९ वर्ष नपुग्दै विवाह गर्ने गरेका छन् ।

Nov 22, 2012

अशोक राईको अध्यक्षतामा नयाँ पार्टी घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
मंसिर ७ -एमालेका पूर्व उपाध्यक्ष अशोक राईको अध्यक्षतामा एकल जातीय पहिचान पक्षधर पार्टीको घोषणा आज भएको छ । काठमाडौं नयाँबजारस्थित नेपा ब्याङकेटमा बहुपदीय संगठनात्मक संरचना हुने 'संघीय समाजवादी पार्टी' नामक दलको घोषणा गरिएको हो । अधिकांश नेकपा एमाले पक्षधरका नेता तथा कार्यकर्ता रहेको घोषणा कार्यक्रममा नेपाली कांग्रेसका केही पूर्व नेता सहभागी छन् । ९७ सदस्यीय कार्यसमिति सहित बनेको पार्टीमा ८ जना उपाध्यक्ष, १ जना महासचिव, ३ जना उपमहासचिव र ५ जना सचिव छन् । पार्टी उपाध्यक्षहरुमा विजय सुब्बा, दुर्गामणी देवान, प्रेमकृष्ण पाठक, बीरबहादुर लामा, रकम चेम्जोङ, हेमराज राई, महोम्मद रिजवान अन्सारी र गोपाल ठाकुर छन् । महासचिवमा एमालेकै पूर्व केन्द्रीय सदस्य राजेन्द्र श्रेष्ठ छन्। यसैगरी उपमहासचिवमा अजम्बर काङमाङ राई, राधा तिमल्सिना र नोर्साङ शेर्पा छन् भने सचिवहरुमा मीना गुरुङ, हीरालाल चौधरी, कर्ण बहादुर बुढामगर, रामसिंह यादव र डिबि नेपाली छन् । राज्य पुनर्संरचना गर्दा एकल जातीय पहिचानलाई आधार बनाउनुपर्ने अलग धारणा राख्दै एमालेलगायत दल त्यागेकाहरुको हिजोको बैठकले पार्टी नेतृत्वसँगै झन्डा र घोषणापत्र पारित गरेको थियो ।

चार महिनामा एक सय ६८ प्रहरी कारबाहीमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
६ मंसिर : पछिल्लो चार महिनामा महानगरीय प्रहरी आयुक्त कार्यालयअन्तर्गत कार्यरत दुई एसएसपीसहित एक सय ६८ प्रहरी कारबाहीमा परेका छन् । त्यसैगरी उत्कृष्ट काम गरेबापत् तीन सय २३ प्रहरी पुरस्कृत भएका छन् । महानगरीय प्रहरी आयुक्त कार्यालयका अनुसार साउनयता एक एसएसपीलाई निलम्बन गरिएको छ भने अर्का एसएसपीलाई ध्यानाकर्षण गराइएको छ । सुन र विदेशी मुद्रा तस्करीमा संलग्न भएको आशंकामा एसएसपी रविराज श्रेष्ठलाई निलम्बन गरिएको हो भने ध्यानाकर्षण गराइएका एसएसपीको नाम खुलाइएको छैन । त्यसैगरी दुई डिएसपी र तीन इन्सपेक्टर पनि यसअवधिमा कारबाहीमा परेका छन् । दुई डिएसपीलाई विभागीय कारबाही स्वरूप सचेत गराइएको छ । त्यस्तै एक इन्सपेक्टरलाई नसिहत दिइएको छ भने अन्य दुईलाई सचेत गराइएको छ । त्यस्तै आठ सई, १२ असई, ३४ हवल्दार, एक सय चार प्रहरी जवान र प्रहरी परिचर कारबाहीमा परेका छन् । आयुक्त कार्यालयका अनुसार चार महिनाको अवधिमा ८९ जनालाई रेकर्डमा जनिने गरी नसिहत दिइएको छ । १६ जना निलम्बनमा परेका छन् भने ११ जनाको पदोन्नती रोक्का गरिएको छ । त्यस्तै तीनजनाको ग्रेड रोक्का, ६ जनालाई तल्लो टाइम स्केलमा घटुवा, एकजनालाई तल्लो पदमा घटुवा गरिएको छ । दुईजनालाई बर्खास्त गरिएको र १५ जनालाई नोकरीबाट हटाइएको छ । त्यस्तै उत्कृष्ट कार्य गरेबापत् डिआइजीसहितका प्रहरी पुरस्कृत भएका छन् । पुरस्कृत हुनेमा डिआइजीका साथै १५ डिएसपी, ३० इन्सपेक्टर, ५८ सई, ५२ असई, ६० प्रहरी हवल्दार, एक सय ६ जना जवान र एक परिचर छन् । आयुक्त कार्यालयले पत्रकार सम्मेलन गरी बुधबार यससम्बन्धी विवरण सार्वजनिक गरेको हो । आयुक्त कार्यालयले शून्यसहनशीलतालाई अपनाउँदै अनुगमन र सुपरीवेक्षणलाई थप बलियो बनाउने जनाएको छ । आन्तरिक शुद्धीकरणका लागि सुपरीवेक्षणलाई आफूले प्राथमिकतामा राखेको आयुक्त एआइजी नवराज ढकालले बताए । बुधबारको पत्रकार सम्मेलनमा दसैँ, तिहार तथा छठका अवसरमा लागू गरिएको सुरक्षा योजना र त्यसको नतिजाका बारेमा जानकारी दिइएको थियो । प्रहरीको सक्रियताका कारण उपत्यकाका तीनै जिल्लामा अघिल्लो वर्षको तुलनामा डाँका, चोरीलगायतका घटनामा कमी आएको प्रहरीको दाबी छ । ३० असोजदेखि ३० कात्तिकसम्म उपत्यकामा चार हजार एक सय ५५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मुम्बई हमलाका दोषी पाकिस्तानी कसाबलाई फाँसी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
एजेन्सी, मुम्बई, ६ मंसिर : भारतको आर्थिक नगरी मुम्बईमा २६ नोभेम्बर २००८ मा भएको आतंककारी हमलाका एक मात्र जीवित दोषी मोहम्मद अजमल कसाबलाई बुधबार फाँसी दिइएको छ । कसाबलाई महाराष्ट्रको पुणेस्थित येरवडा जेलमा स्थानीय समयअनुसार बुधबार बिहान ७:३० बजे फाँसी दिइएको केन्द्रीय गृहमन्त्री सुशीलकुमार सिन्धेले पुष्टि गरेका छन् । कसाबलाई येरवडा जेलमा दुई दिनअघि सारिएको थियो । कसाबलाई दिइने फाँसीसम्बन्धी योजना अत्यन्त गोप्य राखिएको थियो भने फाँसीको कारबाहीलाई सरकारले 'अपरेसन -एक्स' नाम दिएको छ । त्यस्तै, भारतको महाराष्ट्रका गृहमन्त्री आरआर पाटिलले बुधबार संवाददातालाई कसाबलाई मृत्युदण्ड दिइएको जानकारी दिएका थिए । मुम्बई हमलामा मारिएका नागरिकप्रतिको श्रद्धाञ्जलीका लागि कसाबलाई मृत्युदण्ड दिइएको गृहमन्त्री पाटिलले बताए । मुम्बईमा २००८ मा भएको आतंकवादी आक्रमणका उनी प्रमुख योजनाकार थिए । मुम्बईमा भएको सो आतंककारी हमलाको करिब चार वर्षपछि उनलाई बुधबार मृत्युदण्ड दिइएको हो । यसअघि उनले आफूलाई क्षमादान दिन गरेको अपिललाई भारतीय उच्च अदालतले अस्वीकार गरिदिएको थियो । अदालतको सो फैसलापछि पनि उनले भारतीय राष्ट्रपति प्रणव मुखर्जीसमक्ष मृत्युदण्ड खारेजीका लागि क्षमादान मागेर अपिल गरेका थिए । तर, मुम्बई घटनामा मारिएका परिवारका आफन्तले भने कसाबको योजनाबमोजिम नै मुम्बईमा हमला भएकाले उनलाई क्षमादान नदिन राष्ट्रपतिसमक्ष आग्रह गरेका थिए । समुद्रको बाटो हँुदै पाकिस्तानबाट मुम्बई आइपुगेका पाकिस्तानी आतंकवादी संगठन लस्कर-ए-तोएबासम्बद्ध १० जना हमलाकारीले मुम्बईका शिवाजी रेलवे स्टेसन, ताज होटललगायत विभिन्न स्थानमा गरेको शृंखलाबद्ध हमलामा एक सय ६६ नागरिकको ज्यान गएको थियो भने सयौँ मानिस घाइते भएका थिए । त्यसको प्रत्युत्तरमा सुरक्षाकर्मीले चलाएको करिब ६० घन्टे कारबाहीमा नौ हमलाकारी मारिएका थिए । तर, कसाब भने जिउँदै पक्राउ परेका थिए । पक्राउपछि उनलाई भारतको एक अदालतले २०१० मेमा दोषी ठहर गरेको थियो । तर, पछि उनले उच्च अदालतसमक्ष अपिल गरेका थिए । सिन्धेका अनुसार गृह मन्त्रालयले कसाबले मागेको क्षमादानको अपिल १६ अक्टोबरमा खारेज गरी राष्ट्रपति मुखर्जीसमक्ष पठाएको थियो । राष्ट्रपतिले पनि ५ नोभेम्बरमा कसाबले मागेको क्षमादान खारेज गरी सो फाइल पुनः गृह मन्त्रालय पठाएका थिए । सरकारले भने कसाबलाई २१ नोभेम्बरमा येरवडा जेलमा फाँसी दिने निर्णय गरिसकेको थियो । त्यस्तै, १९ नोभेम्बरमा कसाबलाई मुम्बईको आर्थर रोड जेलबाट पुणेको येरवडा जेलमा सारिएको थियो ।

आयोगमा एक सय चार दल दर्ता भए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
६ मंसिर : निर्वाचन आयोगमा संविधानसभा चुनावअघि र पछि गरी एक सय चारवटा दल दर्ता भएका छन् । यसमध्ये २९ दल संगठन विस्तार प्रयोजनका रूपमा थपिएका हुन् । यी दल वैशाखमा हुने अर्को संविधानसभा चुनावमा सहभागी हुनेछन् । संविधानसभापछि नयाँ-नयाँ दलहरू घोषणा हुने क्रम चलिरहेको छ । अचम्म लाग्ने नामका र नामै नसुनेका दलसमेत निर्वाचन आयोगमा दर्ता भएका छन् । दर्ता भएका पार्टीको नाम जातीय, क्षेत्रीय किसिमका समेत छन् । तर, केही पार्टी सार्वजनिक भए पनि निर्वाचन आयोगमा दर्ता भएका छैनन् । केहीलाई भने आयोगले दर्ता गरेको छैन । संविधानसभा चुनाव प्रयोजनका लागि निर्वाचन आयोगमा ७५ वटा पार्टी दर्ता भएका छन् । संविधानसभा चुनावपछि भने आयोगमा पार्टी दर्ताका लागि ३९ वटा निवेदन परेका छन् । तीमध्ये २९ वटालाई मात्र निर्वाचन आयोगले संगठन विस्तार प्रयोजनका लागि पार्टीका रूपमा दर्ता गरेको छ । ती दलले पनि तोकिएको प्रक्रिया पूरा गरेपछि वैशाखमा हुने अर्को संविधानसभाको चुनावमा भाग लिन पाउनेछन् । राजनीतिक दलसम्बन्धी ऐन २०५८ को दफा ७ अनुसार नयाँ दल दर्ता भएको आयोगले जनाएको छ ।पार्टी  खोल्न र संगठन विस्तार गर्न पाउने संवैधानिक अधिकारअनुसार आयोगले दल दर्ता खुला राखेको छ ।

Nov 20, 2012

अध्यादेश रोकेकोमा राष्ट्रपतिविरुद्ध सर्वोच्चमा रिट दायर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
मङ्सिर ५,सरकारले अनुमोदनका लागि पठाएका अध्यादेशहरु गैरकानुनी रुपमा रोकेको जिकिर गर्दै राष्ट्रपति रामवरण यादवविरुद्ध सर्वोच्च अदालतमा आज रिट दायर भएको छ। अधिवक्ता उद्धवप्रसाद चौलागाइँले दर्ता गरेको रिटको सुनुवाई भोलि हुने भएको छ। रिटमा राष्ट्रपतिले नेपाल स्वास्थ्य सेवा चौथो संशोधन (अध्यादेश २०६९), शिक्षा अध्यादेश २०६९, सत्य निरुपण तथा मेलमिलाप अध्यादेश र केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश रोक्नु गैरकानुनी भएको जिकिर गरिएको छ।

अन्तरिक्षबाट सुनीता फर्किइन् चार महिनापछि

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
कजाकिस्तान , मंसिर ५,चार महिना अन्तरिक्षमा बिताएपछि भारतीय मुलुकी अमेरिकी ४६ वर्षीया सुनीता विलियम्स सुरक्षित धर्तीमा फर्केकी छन् । अमेरिकी अन्तरिक्ष संस्था नासाको स्पेस मिसन एक्सपिडिसन ३३ की कमान्डर सुनीताले दुई सहकर्मीसँगका साथ १५ जुलाई अन्तरिक्षमा पुगेकी थिइन् । उनी अन्तरिक्षमा सबभन्दा बढी समय बिताउने महिला हुन् । विलियम्सले अहिलेसम्म अन्तरिक्षमा ३ सय २२ दिन बिताएको रेकर्ड बनाइसकेकी छन् । उनले यसअघि सन् २००६ मा अन्तरिक्षमा १ सय ९५ दिन बिताएकी थिइन् ।

अमेरिकाले बर्माको अर्थतन्त्र उकास्न सहयोग गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकाले बर्माको अर्थतन्त्र उकास्न सहयोग गर्ने र भविष्यको यात्राको सहयात्री बन्न पनि तयार रहेको बताउनुभएको छ । बर्माको रंगुन विश्वविद्यालयमा विद्यार्थीहरुलाई सम्बोधन गर्दै ओबामाले समाजको माथिल्लो तहबाट गरिएको सुधारले यसको जग तयार गरेका जनताको भावना समेटिनु पर्ने अमेरिकी राष्ट्रपतिको भनाई थियो । तर, यसका लागि अझै लामो यात्रा तय गर्न बाँकी रहेको उनको भनाई थियो । रंगुन विश्वविद्यालय सन् १९८८ मा बर्माको तात्कालीन सैनिक सत्ता विरुद्धको आन्दोलनको केन्द्रविन्दु बनेको थियो । ओबामाले बर्माको राखिन क्षेत्रमा मुश्लिम र बौद्ध समुदायबीचको जातिय हिंसा अत्यका लागि समेत आग्रह गरे । यसअघि ६ घण्टे बर्माको ऐतिहासिक भ्रमणका क्रममा ओबामाले आफ्ना बर्मेली समकक्षी थिन सेन र प्रजातन्त्रबादी नेतृ आङ साङ सु चीसँग भेटवार्ता गरेका थिए । ओबामासँगको भेटका क्रममा सु ची ले अमेरिकी समर्थन प्रति धन्यवाद दिंर्दै अझै कठिन समय बाँकी रहेको उल्लेख गरेकी थिइन् । यसैबीच पहिलो बहालवाला अमेरिकी राष्ट्रपतिको रुपमा बर्मा भ्रमण पुग्ने ओबामाको भ्रमणकै क्रममा बर्माले विभिन्न राजबन्दी रिहा गरेको छ ।

विपक्षीको विरोधका बीच बजेट अध्यादेश सिफारिस

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
५ मंसिर,विपक्षीको विरोधका बीच सरकारले पूर्ण बजेटसम्वन्धी अध्यादेश राष्ट्रपति डा. रामवरण यादवसमक्ष सिफारिस गरेको छ । प्रधानमन्त्री डा. बाबुराम भट्टराई, अर्थमन्त्री वर्षमान पुन अनन्त र मुख्यसचिव लिलामणि पौडेलले शितल निवासमा पुगेर गत वर्षको बजेटको बास्तविक खर्चको दुई त्रितीयांश बराबरको बजेट बुझाउनु भएको छ । यसअघि बसेको मन्त्रिपरिषद् बैठकले ८ महिनाका लागि ३ खर्ब ६४ करोड १० लाख ४४ हजारको बजेट पारित गरेको थियो । बजेटमा संविधानसभा निर्वाचनका लागि झण्डै १० अर्ब छुट्याइएको छ भने गत आर्थिक वर्षका चालू कार्यक्रमहरुका लागि पनि रकम विनियोजन गरिएको छ । मन्त्रालयको बजेटमा २७ प्रतिशतले कटौती गरिएको सरकारका प्रवक्ता सञ्चारमन्त्री राजकिशोर यादवले जानकारी दिनुभयो । अध्यादेश बुझाएपछि अर्थमन्त्री पुनले तत्कालका लागि बजेटको समस्या समाधान भएको बताउनु भयो । ‘गत वर्षको बजेटको बास्तविक खर्चको दुई त्रितीयांश बराबरको बजेट पेश गरेका छौं’ उहाँले भन्नुभयो-’कम से कम अहिलेको जटिलता हल भएको छ । तर, छिटै दलहरु बसेर सहमति बनाएर पूर्ण बेजट ल्याउनुपर्छ । त्यसले मात्र देशको अर्थमन्त्रलाई गति दिन सक्छ ।’ पूर्ण बजेट ल्याउन राष्ट्रपति र गठवन्धनका अध्यक्ष प्रचण्डले प्रयास गरेपनि सहमति नजुटेकाले पूर्ण बेजट ल्याउन नसकिएको उहाँको भनाई छ ।

संविधानसभाको अर्को निर्वाचन आगामी बैसाखमा गर्ने निर्णय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
५ मंसिर,सरकारले संविधानसभाको अर्को निर्वाचन आगामी बैसाखमा गर्ने निर्णय गरेको छ । विपक्षीदलहरुले बैसाखमा चुनाव गर्नुपर्ने माग गरिरहेका बेला मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले एकतर्फीरुपमा चुनाव घोषणा गरेको हो । मंसिर ७ गते घोषित निर्वाचन नहुने भएपछि मन्त्रिपरिषद्को भर्खरै सम्पन्न बैठकले बैसाखभित्र निर्वाचन गर्ने निर्णय गरेको सहकारीमन्त्री एकनाथ ढकालले अनलाइनखबरलाई बताउनुभयो । ‘संविधानसभाको अर्को निर्वाचन वैशाखभित्र गर्ने निर्णय भएको छ’ मन्त्री ढकालले भन्नुभयो- ‘मिति भने राजनीतिक सहमतिमा तय गरिनेछ ।’ संविधान नै नबनाई संविधानसभा भंग हुनु केही घण्टाअघि गत जेठ १४ गते राति सरकारले मंसिर ७ मा संविधानसभा निर्वाचन गर्ने घोषणा गरेको थियो । तर, विपक्षी कांग्रेस-एमालेले निर्वाचनलाई अस्वीकार गर्दै असहयोग गरेपछि र आवश्यक ऐन कानुन संशोधन गर्न समेत सरकार असफल भएपछि चुनावको मिति ५ महिनापछि सारिएको हो ।

Nov 18, 2012

ईजरायलमा हमासको आक्रमणपछि तनाव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
ईजरायलको जेरुसेलमलाई लक्षित गरी प्यालेस्टाइनी लडाकू समूह हमासले रकेट आक्रमण गरेपछि गाजापट्टीमा तनाव बढेको छ । तनाव बढ्दै गएपछि इजरायलले ७५ हजार अतिरिक्त सेनालाई तयार रहन निर्देशन दिएको छ । इजरायलले गाजामा आक्रमण गरी हमासका सैनिक प्रमुखका हत्या गरेपछि शुरु भएको द्वन्द्वमा ३ इजरेली र २८ प्यालेस्टिनीको मृत्यु भइसकेको छ । शुक्रबार राती इजरायलले गाजा क्षेत्रका कयौं घरहरुमा हवाई आक्रमण गरेको छ । हमासले दशकौं पछि जेरुसलेमलाई लक्षित गरी रकेट आक्रमण गरेपछि इजरायलको सहयोगी राष्ट्र अमेरिका समेत क्रुद्ध भएको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई टेलिफोन गरी प्रतिरक्षा गर्ने इजरायलको अधिकारमा साथ दिइरहने प्रतिबद्धता दोहोर्‍याएका छन् । इजरेली आक्रमणमा परी हमासका सैनिक नेता अहमद जवारी र वरिष्ठ कमाण्डरको मृत्यु भएपछि हमासका लडाकुहरु बदला लिने सुरमा छन् । इजरायलले भने गाजा क्षेत्रका ६ सय भन्दा बढी हमास ठेगानाहरु आफ्नो निशानामा रहेको जनाएको छ ।

प्रधानमन्त्रीसँग शरणार्थी बारे अमेरिकी मन्त्रीको छलफल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
मङ्सिर ३- प्रधानमन्त्री बाबुराम भट्टराईसँग प्रजातन्त्र तथा विश्व मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री मारिया ओटेरोले आज उनको कार्यकक्ष सिंहदरबारमा भेटवार्ता गरेका छन्। प्रधानमन्त्री समक्ष उनले भुटानी र तिब्बती शरणार्थी मुद्दा उठाएकी थिइन्। नेपालको तीनदिने भ्रमणका क्रममा शनिबार राति यहाँ आउनुभएकी उपविदेशमन्त्री ओटेरोले भेटमा नेपालको वर्तमान राजनीतिक स्थिति, संविधानसभाको निर्वाचन, राजनीतिक दलहरूसँगको सहमतिको प्रयासबारे जिज्ञासा राखेकी थिइन्। प्रधानमन्त्रीले विपक्षी दलहरूसँग शीघ्र सहमति कायम गरी नयाँ निर्वाचनको घोषणा गर्न तथा शान्तिप्रक्रियालाई निचोडमा पुर्‍याउन सरकार लागिपरेको जानकारी दिएका उनका प्रमुख स्वकीय सचिव गङ्गानारायण श्रेष्ठले बताए। भुटानी तथा तिब्बती शरणार्थीबारे पनि उपविदेशमन्त्री ओटेरोले चासो व्यक्त गर्नुभएकोमा प्रधानमन्त्रीले शरणार्थीसम्बन्धी सबै समस्या समाधान गर्न आफ्नो सरकारको दृढता दोहोर्‍याउनुभएको श्रेष्ठले जानकारी दिए। तेस्रो मुलुक पुनर्वास कार्यक्रमअन्तर्गत अमेरिकाले ६३ हजार भुटानी शरणार्थीलाई आफ्नो भूमिमा पुनःस्थापना गरिसकेको छ। भेटमा नेपालका लागि अमेरिकी राजदूत पिटर डब्ल्यु बोडीका साथै परराष्ट्र मन्त्रालय र यहाँस्थित अमेरिकी दूतावासका वरिष्ठ अधिकारी सहभागी थिए।

आमाको दूधको लागि अडर गरे हुन्छ अनलाइनमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
प्रविधिको विकासले विश्वमा जे पनि पाउँन सहज भइरहेका बेला आमाको दूध समेत अनलाइनमै पाइन थालिएको छ । अमेरिका, क्यानडा, बेलायत जस्ता विकसित देशमा वन्ली द बे्रस्ट डटकमले अनलाइनमै आमाको दूध बिक्री गर्न थालेको हो । यो अनलाइन साइटले आमाको दूधको अडर अनुसार मध्यस्थकर्ताको भूमिका निर्वाहा गर्छ । आमाको दूध चाहिने जो कोहीले पनि उक्त साइटमा अडर गरेअनुसार दूध किन्न सकिने छ । उक्त साइटको मध्यस्थकर्तामा जोकोहीले आमाको दूध किन्न र बेच्न सक्ने छन् । अनलाइनमा आमाको दूधको लागि अडर मात्र दिए पुग्छ । दूध तपाईंको घरमै डेलिभरी गर्ने समेत वेवस्था गरिएको छ । जुन वेवस्थित डेलिभरी हुन्छ । विकसित देशका केही आमाहरुले आफ्नो दूध विक्री गरेर वर्षमा १० हजार पाउन्डसम्म कमाउने गरेको समेत विभिन्न समाचार संस्थाले उल्लेख गरेका छन् । यसरी आमाको दूध समेत किन्न र बेच्न सकिने साइटमा कतिपय दयालु आमाहरुले आफ्नो दूध कुनै रकम नलिइ दिने गरेका छन् ।

गोर्खा भर्ति केन्द्र बन्द गर्ने चेतावनी - गेसो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
मंसिर ३ - गोर्खा भुतपुर्व सैनिक संघ (गेसो)का अध्यक्ष पदमबहादुर गुरुङले गोर्खा भर्ति केन्द्र बन्द गर्ने चेतावनी दिएका छन् । गोर्खा भर्ति रही रहे पनि यसले नेपाललाई कुनै फाइदा नहुने भएकाले यसलाई बन्द गर्नु नै उपयुक्त भएको आशय व्यक्त गरे । नेपाल सरकारले कुनै सम्झौता विना पठाइरहेकोले यसले सरकार समेत गम्भीर नभएको आरोप गुरुङले लगाए । 'सम्झौतामा सेना भर्ति गरेर पठाएका हौं भनेर स्पष्ट जवाफ सरकारले दिनुपर्छ,' आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा गुरुङले भने, 'हैन भने भर्ति केन्द्र भन्द गर्नुपर्छ ।' उनले गोर्खालीहरु कति मारिए त्यसको यकीन विवरण नराखेको र क्षतिपुर्तिका लागी सरकारले पहल नगरेको आरोप लगाए । बेलायतमा सेनामा भर्ति भएर गोर्खा सैनिकलाई खाडी मुलुकमा पठाएर लडाउने गर्दा युवाहरुले ज्यान गुमाउँदै गएको उनले बताए । उनले गोर्खा भर्ति केन्द्रले नेपालमा रेमिटान्स नआउने र यसले नेपाललाई कुनै फाइदा देखिँदैन' उनले भने, 'यसले झनै बेलायत पलायन हुने क्रम बढाएको छ ।' उनले भर्ति भएपछि परिवार नै उतै जाने भएकाले यसले नेपाललाई नोक्सानी मात्र भएको बताए । 'दुई सय वर्ष सम्म गोर्खालीहरु बन्दुक बोकेर लडे देशलाई के फाइदा भयो ?' गुरुङको प्रश्न थियो ।

Nov 16, 2012

२० राज्यलाई अमेरिकाबाट अलग गर्न माग गर्दै निबेदन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
अमेरिकी राष्ट्रपति बराक ओबामा दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि उनका समर्थकहरुले धुमधामसँग खुसी मनाए । पराजित उम्मेबार मिट रोम्नीका समर्थक भने निरास देखिए । निर्वाचनमा हार-जित हुनु स्वभाविक नै हो । तर, ओबामाको जितपछि निराश भएका १ लाख भन्दा बढी अमेरिकीले छुट्टै देशको माग गरेका छन् । अमेरिकाबाट आफ्नो राज्यलाई अलग गर्न माग गर्दै करिव २० वटा राज्यका मानिसले ह्वाइट हाउसमा निबेदन दिएको बीबीसीले जनाएको छ । निवेदनमा रिपब्लिकन उम्मेदबार रोम्नीलाई समर्थन गरिएको छ । अमेरिकाको संविधानमा राज्य देशबाट अलग हुने सक्ने व्यवस्था छैन । तर उनीहरुले अमेरिका बेलायतबाट स्वतन्त्रता हुँदाको घोषणापत्रको एक लाइन उल्लेख गर्दै आफुहरु स्वतन्त्र हुन पाउनुपर्ने जिकिर गरेका छन् । सोमबार रातिसम्म निवेदनबारे हृवाइट हाउसले केही जवाफ दिएको छैन ।

माओवादी अध्यक्ष दाहाललाई झापड प्रहार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
मङ्सिर १ एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई एक सर्वसाधारणले झापड हानेका छन्। पार्टीले भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा आएका एकजनाले हात मिलाइसकेपछि दाहालमाथि झापड प्रहार गरेका हुन्। हात मिलाउन लाइनमार्फत् मञ्चमा पुगेर उनले झापड हानेका हुन्। झापड खाएपछि दाहालको अनुहार मलिन बनेको थियो। निकै सशक्त झापड हानेका कारण अध्यक्ष दाहालको चस्मा फुटेको छ। झापड प्रहार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ। अनुसन्रधान प्रहरीले नियन्त्रणमा लिनुअघि ती व्यक्तिमाथि माओवादी भातृ संगठनका युवाहरुले आक्रमण गरेका थिए। आक्रमणबाट उनको अनुहारमा चोट लागेको छ। अध्यक्ष दाहालमाथि आक्रणम भएपछि भृकुटीमण्डपमा प्रहरीको उपस्थिति बाक्लो पारिएको छ। चियापानमा सर्वसाधारणको उपस्थिति न्युन भए पनि चियापान चलिरहेको छ।

सी जिनपिङ चिनियाँ कम्युनिष्ट पार्टीको शीर्ष नेता चयन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को महासचिव पदमा सी जिनपिङ निर्वाचित भएका छन् । पार्टीको १८ औँ महाधिवेशनबाट सी पार्टीको शीर्ष नेता महासचिव पदमा निर्वाचित भएका हुन् । सिन्ह्वा समाचार संस्थाले उल्लेख गरे अनुसार सी बिहिबार बिहान संसारकै सबैभन्दा ठूलो पार्टी सीसीपीको सर्वोच्च नेतामा निर्वाचित भएका हुन् । चिनियाँ विशेषतासहितको समाजवादको वकालत गर्दै आएका सी सँगै सीपीसीको सात सदस्यीय पोलिटब्युरो स्थायी कमिटी समेत गठन भएको छ । महाधिवेशनबाट गठन भएको ७ सदस्यीय पोलिटब्युरोमा लि केक्विङ, झाङ देजिङ, यु जेङसेङ, वाङ क्विशान र झाङ गाउली रहेका छन् । सी महासचिव पदमा निर्वाचित भए सँगै उनी चीनको आगामी राष्ट्रपति हुने पक्का भएको छ । पोलिटब्युरोका ७ जनाबाट एक जनाले उपराष्ट्रपतिपदको दाबेदारी दिनेछन् । सी सँग चिनीयाँ राजनीतिको राम्रो अनुभव सँगै सन् २००८ मार्चबाट उपराष्ट्रपतिपदमा बसेर काम गरेको समेत अनुभव रहेको छ । सी लाई विचार गरेर बोल्ने तर आफ्नो अडान परिवर्तन नगर्ने हठी नेताका रुपमा चिनिन्छ ।

Nov 14, 2012

एभरेष्ट तार्इ क्वान दो एकेडेमीका खेलाडीहरुले ३७ मेडल जिते

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
सन् २०१२ नोभेम्वर ११ तारीख आर्इतबारका दिन हंगकंगस्थित साम सुर्इ पो स्पार्ट सेन्टरमा चिदो तार्इ क्वान तो एसोसीएसन्ले र्इस्पायरीङग,पुम्से र डेमोस्ट्रेसन तार्इ क्वान दो खेलको आयोजना सम्पन्न गरेको छ । १५ भन्दा बढी तार्इ क्वान दो क्लबका ३०० भन्दा बढी तार्इ क्वान दो खेलाडीहरुले र्इस्पायरीङग,पुम्से र डेमोस्ट्रेसनमा सहभागीता जनाएका थिए । सोहि खेलमा एभरेष्ट तार्इ क्वान दो एकेडेमीका खेलाडीहरुले क्रमश र्इस्पायरीङग खेलतर्फ गोल्डमेडलमा नरीता गुरुङ,रोबेल नाल्वो सिल्भर मेडलतर्फ प्रतीक मगर ,दीक्षा लिम्बु,नामसाङ लिम्बु,जोयेन्द्र लिम्बु,एलीना लिम्बु,सामील इब्राहम,प्रज्वल भुजेल साथै ब्रोन्ज मेडलतर्फ निङवा लिम्बु,सुनिता र सुनिल गुरुङ रहेका छन् । त्यसैगरी पुम्से तार्इ क्वान दो खेलतर्फ गोल्ड मेडलमा श्रीनुर एमी,श्री उमावती,सुमेरेही,फितृदुफिना,लिम्बु सीतल,ननीता गुरुङ,प्रतीक मगर सिल्भर मेडलतर्फ फितृया,कुस्मावती,मेबे सारीका,एलीना लिम्बु,सन्तोष लिम्बु साथै ब्रोन्ज मेडलतर्फ समीता लिम्बु,सीती फतीमाह,इस्ती मुहारुम,लीन इन्दीयानी,रार्इ सयल,श्री अजरयाती,रार्इ नामसाङ,लिम्बु दीक्षा,बिदीप पालुङवा,सञ्जु गुरुङ,बिमल रार्इ ,कोमोरीया रहेका छन्। पुम्से र र्इस्पायरीङ गरेर कुल एभरेष्ट तार्इ क्वान दो एकेडेमीका खेलाडीहरुले गोल्डमेडल ९,सिल्भर मेडल १२ र ब्रोञ्ज मेडल १६ हाँसील गरेका छन् ।उक्त खेलको निर्देशन एभरेष्ट तार्इ क्वान दो एकेडेमीका सञ्चालक चिफ इन्स्ट्रक्टर मास्टर रबिन कुमार नाल्बोले गर्नुभएको थियो। त्यसरी नै सहायक इन्स्ट्रक्टरहरु क्रमश मीलन रार्इ,दिल प्रसाद लिम्बु,सुवित सम्वाहाम्फे,प्रविन नाल्वो,केशव तुम्वाहाम्फे र मनिराज वनेमले खेल संयोजनमा उत्कृष्ठ भूमिका निभाएका थिए । स्मरण रहोस एभरेष्ट ताई क्वान दो एकेडेमीले प्राय हङकङमा सञ्चाल गरिएका ताई क्वान दो खेलहरुमा उच्च स्थान हासील गर्दै आएको छ ।

टाँसिएर सुत्ने नयाँ ब्यापार, एक घण्टाको ६० डलर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विच्छ्यौनामा युवा युवती आनन्दसँग सुतिरहेका छन् । झट्ट हेर्दा तपाईलाई उनीहरु श्रीमान श्रीमती हुन् भन्ने लाग्न सक्छ । तर हैन केही समयपछि त्यही युवती अर्को कुनै पुरुषसँग यसैगरी सुतिरहेको देखिन्छ । उनीहरु पेशेवर कडलर हुन् अर्थात टाँसिएर सुत्ने युवतीहरु हुन् । २९ वर्षीय ज्याकी स्यामुअल अनजान पुरुषहरुसँग प्रतिदिन सुत्नका लागि ३ सय ६० डरल र एक घण्टाका लागि ६० डलर अर्थात ५२ सय ८० रुपैयाँ लिन्छिन् । तर, यसमा कुनै पनि अश्लिल काम गर्न पाइदैन । भित्री बस्त्रले ढाकिएकेा कुनै पनि अंगलाई छुन पाइदैन । सत्ने समयमा उनी पाइजामा लगाउँछिन् । उनले पैसाको कमीका कारण यस्तो पेशा अंगालेकी हुन् । उनी भन्छिन्-’यसमा मलाई केही पनि नराम्रो लाग्दैन । मलाई आफ्नो पढाई र बच्चाका लागि यो काम गर्न मन पर्छ ।’ उनको एक हप्तामा करिव ३ सय पुरुषसँग यसैगरी टाँसिएर सुत्छिन् । उनीसँग टाँसिएर सुत्न आउनेहरुमा अपराधीदेखि सैनिकसम्म छन् । कोही श्रमतीको मृत्यु भएपछि आएका छन् भने कोही पहिलो पटक युवतीसँग सुत्न चाहनेहरु । उनलाई साथीहरुले वेश्यासम्म भन्छन् भने कलेजले निकाल्ने धम्की समेत दिएको छ । टाँसिएर सुत्नु शरीरका लागि पनि लाभदायक भएको उनी बताउँछिन् । उनले आफ्नो सेवाबारे अनलाइनमार्फत प्रचार समेत गराएकी छिन् । आफनो ब्यापार फस्टाएपछि उनले अर्की उक युवतीलाई पनि काम दिएकी छिन् ।

Nov 11, 2012

१२८ औं फाल्गुनन्द लिङदेन जन्मजयन्ती हङकङमा सम्पन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं /लाओती तान्छोहाङ 
हङकङ, १० अक्टुबरको दिन जोर्डन यमाताई कम्यूनिटी सेन्टरको सभाकक्षमा किरात याक्थुङ चुम्लुङ हङकङले १६औं राष्ट्रिय विभुती तथा समाज सुधारक फाल्गुनन्द लिङदेन ज्यूको १२८औं जन्मजयन्ती मनाएको छ । किरात याक्थुङ चुम्लुङ हङकङको अध्यक्ष त्रिभुन लुम्फुङवाको अध्यक्षता सम्पन उक्त कार्यक्रममा हलमा उपस्थित सबै भन्दा ज्येष्ठ व्याक्ति मान बहादुर नाल्बो लाई प्रमुख अतिथी र अतिथीहरुमा जनजाति महासंघका अध्यक्ष एम.बि.थापा, निर्वतमान चुम्लुङ अध्यक्ष कृष्णराज लाओती, मञ्च सम्बद्ध लिम्बूवान राज्य परिषद हङकङ अध्यक्ष बिष्णु इङनाम, इङवा हाइड्रोपावरका राम कुमार इवाराम, लिम्बूवान राष्ट्रिय मोर्चाका अध्यक्ष दिल पालुङवा, जनजाति पत्रकार महासंघका अध्यक्ष भुपेन्द्र चेम्जोङ, याक्थुङ मौलिक धर्मका अध्यक्ष हस्त मास्वा,भयवादी लेखक देश सुब्बा, कवि चन्द्र मादेन, पान्थर मञ्चका उपाध्यक्ष कुमार गुरुङ, तेह्रथुम मञ्चका अध्यक्ष श्याम इङनाम, लिङदेन परिवार प्रतिनिधी डम्बर लिङदेन,सल्लाहकार टंक चङवाङ र जनजाति युवासंघका अध्यक्ष बिजय लिम्बू लाई आशन गराइएको थियो । कार्यक्रम फालगुनन्द लिङदेनको तस्बीरमा दियो र माल्र्यपन गरेर आरम्भ गरिएको थियो । चुम्लुङका सदस्य कमान धोज लाओती ले फाल्गुनन्द लिङदेनको बारेमा जानकारी गराउनु भएको थियो । सम्पूर्ण वक्ताहरुले उहाँले गर्नु भएका कार्यहरु साहासिक , समय अनुकल र अत्यन्तै ब्याबहारिक थियो । चाहे त्यो १० लिम्बू १७ थुम बाट चुम्लुङ बोलाएर गरिएको १० बुदे सत्यधर्म मुचुल्का होस या किरात धर्मको आड बाट सिरिजंगा लिपि लाई सम्रक्षण गर्न । उहाँको यस्तै उच विचारको कदर स्वरुप नेपाल सरकारले उहाँको नाममा हुलाक टिकट र १६औं राष्ट्रिय विभुती पनि घोषणा हुनु भएको छ । सुझाव स्वरुप सबै बक्ताहरुले आउदा दिनहरुमा यो कार्यक्रमलाई ब्यापक र बिस्तृत बनाउनु पर्छ भनेका थिए । स्वागत मन्तवय उपाध्यक्ष कमल कुमारी लिम्बूले गर्नु भएको थियो भने कार्यक्रम सदस्य किरण लिवाङले सञ्चालन गर्नु भएको थियो ।

अमेरिकी गुप्तचर प्रमुखद्धारा राजीनामा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
अमेरिकी गुप्तचर संस्था सीआईएका निर्देशक डेविड पैट्रियसले राजीनामा दिएका छन् । विवाहपछि पनि अर्की केटीसँग सम्बन्ध राखेको खबर सार्वजनिक भएपछि आफ्नो पदबाट राजीनामा दिएका हुन् । उनले त्यस्तो सम्बन्ध रहेको स्वीकार्दै अमेरिकी गुप्तचर संस्थाको प्रमुखका रुपमा आफूले गरेको व्यवहार ठीक थिएन भनेका छन् । पहिले इराक त्यसपछि अफगानिस्तानमा अन्तर्राष्ट्रिय सेनाको कमाण्ड सम्हाल्दै डेविड पैट्रियस २०११ मा सीआईएको प्रमुख बनेका थिए । ११ सेप्टेम्बर २००१ मा आतंकवादी हमला गरिएपछि पैट्रियस अमेरिकाको सबैभन्दा शक्तिशाली सैन्य अधिकारी थिए । इराक र अफगानिस्तानमा उनले गरेको कामको पनि प्रशंसा गरिन्थ्यो । पैट्रियसको राजीनामा बराक ओबामा दोस्रो कार्यकालका लागि निर्वाचित भएको ठीक तीन दिनपछि आएको हो । आफ्नो राजीनामा घोषणा गर्दैगर्दा उनमा पश्चाताप झल्किएको देखिन्थ्यो, समाचारमा उल्लेख छ ।

म्यानमारमा भूकम्प १२ को मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
यंगुन (म्यानमार), कात्तिक २६ (एजेन्सी) - उत्तरी म्यानमारमा गएको भूकम्पमा परी १२ जनाको निधन भएको छ। स्थानीय मिडियाले भूकम्पका कारण पुलहरु भत्केको तथा पुराना घरहरु ध्वस्त भएको जनाएका छन्। भूकम्पको केन्द्र नजिक रहेको दोस्रो ठूलो सहर मण्डल्यमा भने ठूलो क्षति भएको छैन। सीवीएसन्युजका अनुसार भूकम्पमा परी १२ जनाको मृत्यु भएको छ। त्यहाँको भूगर्भ विभागले ६.८ म्याग्नेच्युड क्षमताको भूकम्प मापन गरिएको जनाएको छ। बन्दै गरेका पुलसमेत भूकम्पको चपेटमा परेका छन्। साप्तापहिक इलाभेन म्यागेजिनको अनलाइन संस्करणले ४ जनाको मृत्यु भएको र २५ घाइते भएको जनाएको छ। ८० प्रतिशत निर्माण पूरा भएको पुल भत्कँदा उनीहरु घाइते भएका हुन्। स्थानीय प्रशासनले भने दुई जनाको मृत्यु भएको र १६ जना घाइते भएको जानकारी गराएको छ। भूकम्पमा पर्नेहरु सबै श्रमिकहरु रहेको बताइएको छ। इलाभेन साप्तारहिकका अनुसार दुई गुम्बाहरु भत्केका छन् र त्यसमा परेर दुई जनाको निधन भएको जनाएको छ।

बिक्रीमा सामसुङले एप्पललाई उछिन्यो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
वासिङटन, कात्तिक २४ (एजेन्सी) - यो वर्षको सुरुको तीन महिनामा एप्पलको आइफोन फोर एसलाई सामसुङको ग्यालेक्सी एसथ्रीले बिक्रीमा उछिनेको स्ट्राटेजी एनालिटिक्सले जनाएको छ। आइफोनको नयाँ मोडल आइफोन फाइभ आउने आशामा फोर एसको बिक्री घटेको विश्वास गरिएको छ। आइफोनको बिक्री घट्दै गर्दा ठूलो टचस्क्रिन, आक्रामक वितरण शैली र अपरेटरहरुले दिएको छुटका कारण उत्तर अमेरिका, युरोप र एसियामा ग्यालेक्सी एसथ्री लोकप्रिय भएको सो रिसर्च संस्थाले जनाएको छ। सामसुङको ग्यालेक्सी एसथ्री यो अवधिमा एक करोड ८० लाख वटा बिकेको थियो। योसँगै सामसुङ ग्यालेक्सी एसथ्री विश्वको सबैभन्दा बढी बिक्री भएको स्मार्टफोन पहिलो पटक भएको थियो। सो अवधिमा १ करोड ६२ लाख वटा आइफोन फोरएस बेचेर एप्पल दोस्रो नम्बरमा रहेको थियो। तर सामसुङको यो अग्रता धेरै समय भने कायम रहन सकेन। आइफोन फाइभ मोडल बजारमा आउने बित्तिकै यसले सबैलाई पछि पार्‍यो।

मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषद बेलायतको बिस्तारित बैठक सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/नबराज काम्बाङ्ग लिम्बु र बेलायत 
पहिचान सहितको संघीयता र संघीयता सहितको नयां संविाधानमा नेपालको अरुण, संखुवाखोला र सप्तकोशी नदी पूर्वका नौंवटा जिल्लाहरुलाई ऐतिहासिक पृष्ठभुमीको आधारमा लिम्बुवान स्वायत्त राज्य स्थापनाको लागि निरन्तर आन्दोलनरत मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद बेलायत प्रवास कार्य समितिको मिति २७ अक्टोवर २०१२ मा वेलायतको अल्डरसट स्थित निर्माया रोधीघरमा विस्तारित वैठक सम्पन्न भयो । उक्त बैंठकले श्री सुरज तमुलाई मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद बेलायत प्रवास कार्य समितिको सञ्चार विभाग प्रमुख पदमा चयन गरेको छ । त्यस्तै परिषदले वेलायतको क्षेत्रिय कार्यसमितिलाई सशक्त बनाउने र संगठन विस्तारलाई व्यापक वनाउने निर्ण गरेको छ । स्मरण रहोस यस परिषदले वेलायतमा ८ जुलाई २०१२ मा गठन भएपश्चात आफनो मातहतको ७ वटा क्षेत्रिय कार्य समितिहरु गठन गरिसकेको छ । जस्मा - १) वेल्स, २) डोनकास्टर, ३) रिडिङ, ४) रसमोर, ५) आसफोर्ड, ६) अक्सफोर्ड, ७) फोक्स्टोन क्षेत्रिय कार्य समितिहरु गठन भइसकेका छन र अरु चाडैं नैं गठन हुने क्रममा छन । उक्त बैठकले नेपाल लिम्बुवानमा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद केन्द्रिय कार्य समितिले गरीरहेको लिम्बुवान प्राप्तिको आन्दोलनलाई सशक्त रुपले निरन्तर सहयोग गरिरहने निर्णय गरेको छ । उक्त बैंठकमा अतिथिको रुपमा संघीय लोकतान्त्रिक राष्टिय मञ्च वेलायत प्रवास कार्य समितिका अध्यक्ष श्री देवी वहादुर तुम्बाहाङफे र संघीय मञ्चकै वेलायत प्रवास कार्य समितिका उपाध्यक्ष श्री चुडामणी तुम्बाहाङफे उपस्थित हुनुहुन्थ्यो । सो वैंठकमा वेलायतको सवै क्षेत्रिय कार्य समितिका पदाधिकारीहरु, तुम्याहाङहरु र महिला परिषदका प्रतिनिधीहरुको पनि उपस्थिति रहेको थियो । त्यसैदिन र सोही स्थानमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको छुटटै बैठक वसी श्रीमती नन्दा चेम्जोङलाई संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको अध्यक्ष मण्डल सदस्यको पदमा चयन गरेको छ । सो बैठकको सञ्चालन परिषदको वेलायत प्रवास कार्य समितिका केन्द्रिय महासचिव श्री मान तवेवुङ “नाजम” ले गर्नु भएको थियो भने मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद वेलायत प्रवास कार्य समितिको केन्द्रिय अध्यक्ष श्री लोकेन्द्र तवेवुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

एक महिलाले आफ्नो १८ महिनाको छोरा बेचेर मोबाइल किनेको खुलासा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
भुवनेश्वर - भारतको ओरिसा राज्यको जाजपुर जिल्लामा एक महिलाले आफ्नो १८ महिनाको छोरा बेचेर मोबाइल किनेको खुलासा भएको छ । गरिब परिवारकी राक्षी पात्रले पाँच हजार रुपैयाँमा छोरा बिक्री गरी आएको रकममध्ये १४ सयको एक मोबाइल, ११ सयमा दुई जिन्ससहितका कपडा र ५ सय रुपैयाँ वकिललाई दिएको र बाँकी रमक आफैँसँग राखेको बयान प्रहरीलाई दिएको जाजपुरका एसपी दीपक कुमारले बताएका छन् । जेलमा रहेका श्रीमान्लाई छुटाउन उनले वकिललाई पैसा दिएकी हुन् । यसअघि स्थानीय सञ्चारमाध्यमले राक्षीले कारागारमा रहेका आफ्ना पतिलाई छुटाउन छोरो बेचेको समाचार सम्प्रेषण गरेका थिए । स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार शुक्रबार ओरिसा हाइकोर्टले आफ्नोतर्फबाट एक पिआइइएल दर्ता गरी बच्चा खोजी आमालाई बुझाउन जाजपुर अदालतलाई आदेश दिएको थियो । अदालतको आदेशअनुसार प्रहरीले बच्चालाई कटक जिल्लाको नुआवटना गाउँका बाबुला बेहेराको घरमा मंगलबार राति फेला पारेको थियो । बेचिएको बच्चालाई लिएर जाँदा राक्षीले लिन अस्वीकार गरेको जाजपुरका एसपी दीपककुमारले बिबिसीको हिन्दी संस्करणलाई बताएका छन् । बच्चा लिन उनले अस्वीकार गरेपछि बाल कल्याण समितिमा बुझाइएको थियो । समितिले त्यसपछि बच्चा हजुरबुबा-हजुरआमालाई सुम्पेको छ । घटनापछि राक्षीका बुबा-आमा तथा सासु-ससुराले उनलाई घरमा राख्न इन्कार गरेका छन् । १७ वर्षे राक्षीले सन् २०१० मा मुंडमाल निवासी मनोज पात्रसँग प्रेमविवाह गरेकी थिइन् । मनोज सानोतिनो चोरी घटनामा जेल परिरहने कारणले राक्षी घर छाडेर माइतीमा बस्दै आएको स्थानीयको भनाइ छ । माइतीमा समेत बुबा-आमासँग झगडा भएपछि गत १५ सेप्टेम्बरमा उनले एक रिक्साचालकको मद्दतले बाबुल बेहेरालाई पाँच हजारमा छोरो बेचेको प्रहरीसमक्ष बयान दिएकी छिन् । आफ्नै सन्तान बेच्ने राक्षीविरुद्ध प्रहरीले मुद्दा चलाएको छ । तर, अहिलेसम्म उनीमाथि कुनै कारबाही भएको छैन ।

बर्मामा ६ दशमलव ५ रेक्टर स्केलको भूकम्प

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
बर्मामा आज ६ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको छ । मध्य बर्मामा गएको भूकम्पबाट भएको क्षतीको विवरण भने आइसकेको छैन । बीबीसीका अनुसार बर्माको दोस्रो ठूलो सहर मान्डलेबाट १ सय २० किलोमिटर उत्तरमा केन्द्रविन्दु भएर भूकम्प गएको हो । स्थानीय समय अनुसार आज बिहान ७ बजेर ४२ मिनेट जाँदा भूकम्प गएको बर्माका स्थानीय मिडियाले जनाएका छन् ।

Nov 9, 2012

मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको आसफोर्ड क्षेत्रिय कार्य समिति गठन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद प्रवास कार्य समिति बेलायतले आसफोर्ड क्षेत्रमा आफनो संगठनलाई विस्तार गर्ने क्रममा परिषदकैं सकृय सदस्य श्री खेमराज मादेन ज्युको संयोजकत्वमा भएको भेलाले श्री हेम हुक्पाचोङवाङको अध्यक्षतामा २८ सदसिय आसफोर्ड क्षेत्रिय कार्य समिति मिति २४ अक्टोवर २०१२ का दिन गठन गरेको छ । उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा वेलायत प्रवास कार्य समितिका केन्द्रिय अध्यक्ष श्री लोकेन्द तवेवुङ हुनुहुन्थ्यो भने अर्का अतिथि मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद नेपाल लिम्बुवानको केन्द्रिय सदस्य तथा परिषदको बेलायत प्रवास कार्य समितिका केन्द्रिय उपाध्यक्ष श्री नबराज काम्बाङ्ग हुनुहुन्थ्यो र सो कार्यक्रमको सञ्चालन परिषदकंै बेलायत प्रवास कार्य समितिका केन्द्रिय महासचिव श्री मान तवेवुङ “नाजम” ले गर्नुभएको थियो । उक्त कार्यक्रम आसफोर्ड स्थित गाउले पसलको वैठक कक्षमा सम्पन्न भएको थियो । नवगठित क्षेत्रिय कार्य समितिका पदाधिकारीहरुलाई प्रमुख अतिथि ज्युले परिषदको विधान वमोजिम सपथ खुवाउनुको साथै खादा ओडाएर सम्मान गर्नु भएको थियो । उक्त भेलाले तल दिए वमोजिमका व्यक्तिहरुलाई कार्य समितिको पदाधिकारीहरुमा र्सव-सम्मत चुनेको छ । मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद, आसफोर्ड क्षेत्रिय कार्य समिति, वेलायत 
 १. अध्यक्ष श्री हेम हुक्पाचोङवाङ 
 २. उपाध्यक्ष सुश्री आशा ओख्रावु 
३. सचिव सुश्री भावना सिंघक 
४.अर्थ - सचिव श्री काजिमान फयाम्वु 
५. सह अर्थ-सचिव श्री नगेन्द्र आङवो 
६. सदस्य श्री दल वहादुर र्राई 
७. सदस्य श्री राज लिम्बु 
८. सदस्य श्री जय कुमार थक्लुङ 
९. सदस्य श्रीमती अनिता तवेवुङ 
१०.सदस्य श्री सुरेन्द्र करुम्बाङ 
११.सदस्य श्रीमती आशा फेम्बु 
१२.सदस्य श्री बविन्द्र ताम्लिङ 
१३. सदस्य श्री भक्त वखिम 
१४. सदस्य श्री विपिन साम्रा 
१५. सदस्य श्री डम्वर खापुङ 
१६. सदस्य श्रीमती रेश्मा आङबो 
१७. सदस्य श्रीमती विमला नेम्वाङ 
१८. सदस्य श्री टंक योङहाङ 
१९. सदस्य श्री लोक गुरुङ 
२०. सदस्य श्रीमती निर्मला चोङवाङ 
२१. सदस्य श्री उपेन्द्र पताङवा 
२२. सदस्य श्री हरि नाल्बो 
२३. सदस्य श्री देव सम्वाहाङफे 
२४. सदस्य श्री डिल्लीश्वर याख्खा 
२५. सदस्य श्री विश्व नाल्बो 
२६. सदस्य श्री देवेन्द्र कुमार वनेम 
 २७. सदस्य श्री खगेन्द तावा 
२८. सदस्य श्री बुद्धी लिम्बु

अमेरीकी राष्ट्रपति ओवामाको पहिलो भ्रमण बर्मा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
अमेरीकी राष्ट्रपति बाराक ओवामाले यसै महिना बर्मा भ्रमण गर्नुहुने भएको छ । दोश्रो कार्यकालको लागी अमेरीकी राष्ट्रपति भएपछि ओबामाले पहिलो पटक बिदेश भ्रमण स्वरुप वर्मा भ्रमण गर्न लाग्नु भएको ह्वाईटहाउसले दिएको छ । ओवामाले वर्मा भ्रमणलाई प्राथमिकता दिनुलाई निकै अर्थपुर्ण मानिएको छ । यसअघि गत वर्ष डिसेम्बरमा अमेरीकी विदेशमन्त्री हिलारी क्लिन्टनले बर्मा भ्रमण गर्नुभएको थियो । यही नोभेम्बर १७ देखी सुरु हुने एशीया भ्रमणको क्रममा ओवामाले थाईल्याण्ड र कम्बोडियाको समेत भ्रमण गर्नुहुनेछ । बर्मामा जारी प्रजातान्त्रीक सुधारको अभियानलाई बल दिन र नागरीक अधिकार प्रत्याभुतीको ग्यारेन्टी गराउन ओवामाले बर्मा भ्रमण गर्न लागेको जनाईएको छ । भ्रमणको क्रममा ओवामाले प्रजातन्त्रवादी नेतृ आङ साङ सुची र राष्ट्रपति थेन सेनसँग भेटघाट गर्नुहुनेछ ।

देउवाले नै पत्याएनन् कांग्रेसको आन्दोलनलाई

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई सरकार छाड्न दबाव दिन भन्दै नेपाली कांग्रेसले शुक्रबार बसन्तपुरमा आमसभा गर्‍यो । राजधानी आसपासका जिल्लाबाट समेत कार्यकर्ता ल्याएर कांग्रेस शीर्ष नेताहरुले सरकार र एमाओवादीको उछित्तो काटे र सडक आन्दोलनबाटै बाबुराम सरकारलाई बर्खास्त गर्ने चेतावनी दिए । सरकार ढाल्न आन्दोलनका लागि जुट्नस् भनेर कार्यकर्तालाई भनिरहँदा शीर्ष नेताहरुले भने पार्टी एकीकरण भएको ६ वर्षसम्म पनि मिल्न नसकेको मन अझै मिल्न नसकेको नेताहरुले कार्यकर्ताबाट लुकाउन सकेनन् । आमसभामा सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवाले जुवारी खेले । वरिष्ठ नेता देउवाले संविधानसभा पुनःस्थापनाको विपक्षमा पार्टी उभिएकोमा अमिलो मन बनाए । ‘हामीले ४ वर्षमा संविधान बनाउन सकेनौं । त्यही संविधान बनाउन चुनाव गर्न खोजिरहेका छौं’ उनले भने-’मैले संविधानसभा पुनःस्थापना गरेर संविधान बनाउँ भन्दा कसैले मानेन, मैले कसैलाई मनाउन पनि सकिनँ । मलाई चुनावै चाहँदैन, भत्ता खान समेत भने । संविधान बनाएर चुनावमा जाने कि त्यही संविधान बनाउन चुनावमा जाने ? ‘ वरिष्ठ नेता देउवाले प्रधानमन्त्रीले तत्काल राजीनामा दे भनेकोमा समेत व्यंग गरे । ‘अहिले नै राजीनामा आजै दे भन्नु भो । मलाई खुसी लाग्यो’ हाँस्दै उनले भने-’साथीहरुको ताली बज्यो । सबैले हात उठाए । तर, राजीनामा दिँदै दिँदैन के गर्ने ?’ -सभामा गलल हाँसोको फोहोरा छुट्यो) नेता देउवाले पार्टी नेताहरुले गर्ने भनेको सरकारविरुद्ध आन्दोलनलाई पनि पत्याएनन् । ‘आन्दोलन गर्ने हो कि हैन भन्ने परेको छ यहाँ’ उनले भने-’बीचबीचमा माओवादीसँग कुरा भइराख्या छ भन्ने सुन्छु मैले । आन्दोलन गर्ने हो भने आन्दोलनबाटै कुरा होला नि । भोली नेगोसिएसन होला । आन्दोलन भनेको मुख घोषणा गरेर मात्र हैन, भोली कामले पनि हुनुपर्‍यो ?’ त्यसपछि सभालाई सम्बोधन गर्न आएका सभापति सुशील कोइरालाले देउवाको जवाफ फर्काए । कोइरालाले आन्दोलन र वार्तालाई एकसाथ अघि बढाउने बताए । ‘अघि एक जना साथी (देउवा)ले भन्नुभो । वार्ता गर्ने हैन एउटै कुरा आन्दोलन भन्नुहुन्छ’ उहाँले भन्नुभयो-’हैन । हामी वार्ता पनि जारी राख्छौं । सहमति, सहकार्य, एकता र मेलमिलापलाई हामी छोड्दैनौं । छोड्यो भने माओवादीले छोडुन, हामी छोड्दैनौं ।’

नेपाल टेलिकमको द्रुत गतिको इन्टरनेट २७ गतेदेखि

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
नेपाल टेलिकमले कात्तिक २७ गतेदेखि द्रुत गतिको व्रोडब्याण्ड इन्टरनेट वाइम्यक्स सञ्चालनमा ल्याउने भएको छ । पहिलो चरणमा व्यापारिक प्रतिष्ठान, अस्पताल, शैक्षिक संस्था, वित्तीय संस्था, कूटनीतिक नियोग, पर्यटन व्यावसायी, सरकारी, अर्धसरकारी र गैरसरकारी निकायलगायत संघसंस्थाहरुलाई वितरण गरिने टेलिकम प्रवक्ता गुणकेशरी प्रधानले जानकारी दिनुभयो । वाईम्याक्स नेपालमा उपलब्ध इन्टरनेट सेवा मध्ये सवैभन्दा उच्च गतिको इन्टरनेट सेवा भएको टेलिकमको दावी छ । कम्तिमा २५६ किलोविट प्रतिसेकेण्डका दरले डाटा ट्रान्सफर गर्न सकिन्छ । दोस्रो चरणमा पश्चिम क्षेत्र अन्तर्गतको पोखरा र भैरहवामा सेवा सञ्चालन गर्ने रसेवा प्रारम्भ गरेको एक वर्ष भित्र मुलुकभर सेवा पुर्‍याउने टेलिकमको लक्ष्य छ । टेलिकमले विश्वविद्यालय, अस्पताल, रेष्टुरेन्ट, एयरपोर्ट, पार्क, सपिङ्ग मल, वसपार्क, तथा पर्यटकहरुको आवतजावत वढी हुने क्षेत्रहरुको पहिचान गरी करिब १५ सय स्थानमा बाइफाइ हटस्पट निर्माण गरिने बताएको छ । नेपाल टेलिकम र अमेरिकन कम्पनी एयरस्पान नेटवर्क वीच गत फागुनमा भएको सम्झौता वमोजिम यो सेवा सञ्चालनमा ल्याउन लागिएको हो ।

सरकारले निजामती सेवाका ३२ सहसचिवको सरुवा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
कार्तिक २४ - सरकारले निजामती सेवाका ३२ सहसचिव (प्रथम श्रेणीका अधिकारी) को सरुवा गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले ठूलो संख्यामा सहसचिवहरूको सरुवा गरेको हो । सरकारले सामान्य प्रशासन मन्त्रालयका चण्डिप्रसाद दाहाललाई शान्ति तथा पुनःनिर्माणमा, राष्ट्रिय सुरक्षा परिषदका पूर्णभक्त तण्डुकारलाई महिला, बालबालिका तथा समाजकल्याणमा, लोकसेवा आयोगका महेन्द्रप्रसाद गुरागाईलाई वनमा तथा भूमिसुधारमा, प्रधानमन्त्री कार्यालयका शंकरप्रसाद अधिकारीलाई वातावरण मन्त्रालयमा, सामान्य प्रशासनका गोकर्णमणि दवाडीलाई वातावरणमा, वन मन्त्रालयका एकनारायण अर्याललाई शान्ति तथा पुनर्निर्माणमा, अर्थमन्त्रालयका महेन्द्र थापालाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको छ । अर्थमन्त्रालयका लालशंकर घिमिरेलाई प्रधानमन्त्री कार्यालयमा, शान्ति मन्त्रालयका श्करप्रसाद पाठकलाई प्रधानमन्त्री कार्यालयमा, प्रधानमन्त्री कार्यालयका जगदीश रेग्मीलाई अर्थमन्त्रालयमा, भूमिसुधारका जीतबहादुर थापालाई नेपाल ट्रष्टको कार्यालयमा, गृहका नारायणप्रसाद सञ्जेललाई सञ्चार मन्त्रालयमा, यातायात विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयमा, गृहका चेतनाथ भट्टराईलाई शिक्षामा, गृहका अनिलकुमार ठाकुरलाई शिक्षामा, श्यामराज खनाललाई उद्योग मन्त्रालयमा सारिएको जानकारी एक मन्त्रीले दिए । ती मन्त्रीका अनुसार सामान्य प्रशासनका किशोरजंग कार्कीलाई अर्थमन्त्रालयमा, स्वास्थ्यका सूर्यप्रसाद आचार्यलाई अर्थमा, सामान्य प्रशासनका गणेशप्रसाद पाण्डेलाई अर्थमा, रक्षा मन्त्रालयका भोलाप्रसाद खकुरेललाई अर्थमा, गृहका दामोदर रेग्मीलाई अर्थमा, सामान्यका बेगेन्द्रराज पौडेललाई उद्योगमा, अर्थका महेशप्रसाद दाहाललाई उद्योगमा, ऊर्जाका यादव कोइरालालाई गृहमा, सामान्य प्रशासनका कृष्णहरि पुष्कर कर्णलाई गृहमा, श्रम विभागका महानिर्देशक मानबहादुर विकलाई गृहमा, प्रधानमन्त्री कार्यालयका शरदचन्द्र पौडेललाई भौतिक योजना तथा यातायातमा, अर्थका राजेन्द्रप्रसाद नेपाललाई भौतिक योजनामा, स्वास्थ्यका पदमराज भट्टलाई महिलामा, शान्तिका पुरुषोत्तम पौडेललाई श्रममा, गृहका बीरबहादुर राईलाई सामान्यमा, महिला आयोगका बद्रीप्रसाद पोखरेललाई स्वास्थ्य मन्त्रालयका सरुवा गरिएको छ ।

फ्रान्समा समलिङ्गी विवाहको मस्यौदा विद्येयक पारित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
फ्रान्सको समाजवादी सरकारले रोमस क्याथोलिक चर्च तथा अन्य समूहको विरोधबीच बुधबार समलिङ्गी विवाह तथा धर्मसन्तानको मस्यौदा विद्येयक पारित गरेको छ। परिवार मामिलामन्त्री डोमिनिक बर्टिनोटीले यो अधिकारको समानताका लागि महत्त्वपूर्ण पाइला भएको बताउनु भयो। रष्ट्रिपति फ्राँस्वा अलोन्डले यसलाई आफ्नो निर्वाचनको एक विषय बनाउनुभएको थियो। परिवार मामिलामन्त्रीले यस कानुनले परिवार नष्ट गर्छ भने आरोपलाई भने अस्वीकार गर्नुभयो। अमेरिकी राज्यले राट्रपति बाराक ओबामालाई जिताउने गरी भएको निर्वाचनसँगै गरेको उदारवादी अभिमत सङ्कलनमा गाँजा खान पाउने कुरालाई कानुकी रुप दिने, समलिङ्गी विवाहलाई स्वीकार गर्ने तथा गर्भपतनमा सार्वजनिक कोष खर्च गर्न दिने कुरालाई स्वीकार गरेका छन्। राज्यद्वारा मुलुकभर विभिन्न १७० वटा जनमत सङ्ग्राहमा यी कुरामा निर्णय गरिएको हो।कोलोराडोको गर्भर्नर जोन हिकेनलुपरको राज्यले मनोरञ्जन तथा औषधिकालागी गाँजालाई कानुनी मान्यता दिएको छ। सङ्घीय कानुनले गाँजालाई कानुनी मान्यता दिएको छ, सङ्घीय कानुनी लागूपदर्थका रुपमा लिएको छ।

Nov 8, 2012

माइक्रोसफ्टले विण्डोज लाइभ म्यासेन्जर (डब्लूएलएम) बन्द गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
माइक्रोसफ्टले विण्डोज लाइभ म्यासेन्जर (डब्लूएलएम) बन्द गर्ने भएको छ । अब यसको स्थानमा स्काइपको म्यासेन्जर प्रयोग गरिनेछ । इन्सट्यान्ट म्यासेजिङ टुलको दुनियाँमा म्यासेन्जर सबैभन्दा लोकप्रिय छ । माइक्रोसफ्टले करीब १८ महिला पहिले म्यासेन्जरका लागि स्काइपलाई साढे आठ अर्ब डलर राशी दिने घोषणा गरेको थियो । कम्पनीका अनुसार सन् २०१३ को मार्चबाट चीनबाहेक विश्वभर म्यासेन्जर बन्द हुनेछ । डब्लूएलएम सन् १९९९ मा एमएसएन म्यासेन्जरका रुपमा सुरु भएको हो । त्यसपछि क्रमशः म्यासेजका साथै फोटो, भिडियो, भिडियो कल र गेम पठाउने विकल्पहरु थपिए । इन्टरनेट आंकडाको विश्लेषण गर्ने र्फम कोमस्कोरका अनुसार स्काइपको तुलनामा विण्डोज म्यासेन्जर अहिले पनि धेरै लोकप्रिय छ । यो बजारमा याहूपछि दोस्रो नम्बरमा छ । विण्डेजमा स्काइपको भन्दा धेरै सुविधा पनि छ । हालै सार्वजनिक भएको एक रिपोर्टका अनुसार पछिल्ला दिनमा विण्डोज म्यासेन्जरको प्रयोगकर्ता भने घटेको छ । उसका करीब ८० लाख प्रयोगकर्ता घटेका छन्, जुन एक वर्षमा ४५ प्रतिशतले कमी हो । अर्कोतर्फ स्काइपको प्रयोगकर्ता भने दिन दिनै बढेका छन् ।

एमाओवादी र कङ्ग्रेसको कुरो मिलेन, ३० मिनेट वार्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
कात्तिक २३ - छलफलका लागि एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल निवासमा पुगेका नेपाली कङ्ग्रेसका सभापति सुशील कोइरालासहितको टोली कुरो नमिलेपछि फर्किएको छ। नयाँ सरकार निर्माण र बजेटबारे छलफलमा जुटेका एमाओवादी र कङ्ग्रेसका नेताबीच कुरा नमिलेपछि आधा घन्टामै वार्ता टुटेको थियो। 'उहाँहरुले बाबुराम भट्टराईकै नेतृत्वमा सहमतीय सरकारमा आउनुपर्र्यो भन्नुभयो,' वार्तापछि  कुरा गर्दै कङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलले भने, 'हामीले त्यसमा असहमति जनायौं। र, बाहिरियौं।' पौडेलका अनुसार अध्यक्ष दाहालले राष्ट्रिय स्वरुपको सरकार बाबुरामकै नेतृत्वमा बनाउन र पूर्ण बजेटका लागि सहमति मागेका थिए। तर, कङ्ग्रेस सभापति कोइरालाले त्यसमा असहमति जनाए। 'निर्वाचन र बजेट दुबै यो सरकारबाट हुँदै भन्ने हाम्रो पुरानो अडान नै दोहर्यामयौं,' पौडेलले भने, 'सहमतीय सरकार नबनाई हामी बजेट ल्याउन र चुनाव गर्ने कुरामा सहमति जनाउन सक्दैनौं।' पौडेलले कङ्ग्रेस आन्दोलनबाटै अगाडि बढ्ने जानकारी दिएर फर्केको बताए।

पूर्वराजा ज्ञानेन्द्र शाहको सुविधा खोस्ने चेतावनी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
कार्तिक २३ - प्रधानमन्त्री बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहको सुविधा खोस्ने चेतावनी दिएका छन् । नवलपरासीमा नेताकै शैलीमा भाषण गरेर राजनीतिक दलहरुप्रति असन्तुष्टि राखेको दुई दिनपछि प्रधानमन्त्रीको यस्तो प्रतिक्रिया आएको हो । नेपाल पब्लिक क्याम्पस सङ्घको नवौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री पूर्व राजा आफ्नो हैसियत बिर्सेर सक्रिय हुन खोजिरहेको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिए पूर्व राजाका हैसियतले प्रदान गरिँदैआएका सुविधाहरु खोसिने चेतावनी दिए । प्रधानमन्त्रीले सरकारले उदारतापूर्वक नागार्जुन दरबारमा बस्नेसहितको सुविधा दिएको उल्लेख गर्दै सकृय हुने खोजे सुविधा खोस्न सकिने बताए । सङ्क्रमणको अवस्थामा रहेको मुलुकलाई वर्तमान राजनीतिक सङ्कटबाट जोगाउन समाजका सचेत वर्गले नेताहरुलाई सकारात्मक दबाब दिनुपर्ने उनको भनाइ थियो । प्रधानमन्त्रीले मुलुकलाई आर्थिक सङ्कटबाट जोगाउन बजेट अपरिहार्य रहेको बताए ।

अर्की पोर्न स्टार प्रिया अञ्जली राय पनि बिग बोसमा आउँदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
भारतीय मुलकी अमेरिकी पोर्न स्टार प्रिया अञ्जली राय पनि अब सायद बलिउडमा जम्ने तरखरमा छिन् । त्यसैले त उनी पनि पोर्न स्टार सन्नी लिओन कै बाटो पछ्याउँदै बिग बोसमा आउने भएकी छन् । भारतीय च्यानल कलर्सबाट प्रसारण भइरहेको रियालिटी शो बिग बोसको अघिल्लो संस्करणमा पोर्न स्टार सन्नी लिओनले सहभागिता जनाएकी थिइन् । सन्नीले बिग बोसकै माध्यमबाट आफ्नो बलिउड यात्रा सुरु गरेकी थिइन् । प्रियाले बिग बोसमा सहभागी हुन पाउनु निकै ठूलो उपलब्धि हुने बताएकी छिन् । बिग बोसको माध्यमबाट उनको पब्लिसिटि बढ्ने कुरामा उनी विश्वस्त छिन् । हुन त प्रिया बिग बोसमा सहभागि हुने कुराले नै उनको पब्लिसिटी बढिसकेको छ । अब हेर्न बाँकी छ कि उनले बिग बोसको माध्यमबाट कत्तिको सफलता पाउने हो भनेर ।

अमेरिकाको राष्ट्रपति पदमा पुन: बाराक ओबामा निर्वाचित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
संयुक्त राज्य अमेरिकामा भएको राष्ट्रपति पदको चुनावमा बाराक ओबामा अमेरिकाको राष्ट्रपति पदमा दोस्रो कार्यकालका लागि पुन: निर्वाचित भएका छन् । डेमोक्रेटिक पार्टीका ओबामा रिपब्लीकन उम्मेदवार मिट रोम्नीलाई हराउँदै दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । प्राप्त पछिल्लो मत परिणाम अनुसार राष्ट्रपतिमा निर्वाचित ओबामाले २ सय ७५ ईलेक्टोरल मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्दी रोम्नीले २ सय ३ मत प्राप्त गरेका छन् । राष्ट्रपति निर्वाचनमा निर्णायक मानिएको ओहायो राज्यमा रोम्नीलाई हराएपछि ओवामाको जीत सुनिश्चीत भएको हो । अत्यन्तै प्रतिस्पर्धात्मक भनिएको यस पटकको निर्वाचनमा परिणामलाई मुख्य प्रभाव पार्न सक्ने बढी ईलेक्टोरल भोट भएका राज्यहरुमा ओवामाले वाजी मारे । यसअघि डेमोक्रेटहरुको गढ मानिएको ईण्डीयाना र नर्थ क्यारोलाईना जित्दै रिपब्लीकन उम्मेदवार रोम्नीले आशा जगाएका थिए । तर स्विङ स्टेटको नामले चिनिने कुनैपनि ठुला राज्यमा रोम्नीले आफ्नो पकड देखाउन सकेनन् । यसअघि सन् २००८ को राष्ट्रपति निर्वाचनमा जोन म्याक्केनलाई हराँउदै ओवामा पहिलो पटक राष्ट्रपति चुनिएका थिए ।

Nov 6, 2012

पापोहाङ लाओती सयङ हङकङले बलिहाङ तङनाम मनायो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
हङकङ, ३ नोभेम्बर जोर्डनको इंडिया क्लवमा पापोहाङ लाओती सयङ हङकङले बलिहाङ तङनामको उपल्क्षयमा लाओती र लाओती परिवार संग सम्बधिहरुको भेटघाट सम्पन गरेको छ । औपचारिक कार्यक्रमको अध्यक्षता लाओती सयङ हङकङका अध्यक्ष खगेन्द्र लाओतीले गर्नु भएको थियो । प्रमुख अतिथीमा लाओतीहरुमा जेठो धनबहादुर लाओती,बिशेष अतिथीमा समाजसेवी जसबहादुर ओख्राबो,अतिथीहरुमा किरात याक्थुङ चुम्लुङ हङकङका अध्यक्ष त्रिभुवन लुम्फुङवा,पान्थर मञ्चका अध्यक्ष प्रताप कुमार र्राई,कलाकार राजु आङदेम्बे,सुनिता सम्बाहाङफे,भुपेन यङया र भु.पू अध्यक्षहरु कृष्णराज लाओती,होम लाओती,हेम लाओती लाई आशन गराइएको थियो । कार्यक्रममा सयङको नयाँ सदस्यहरु लाई प्रमाण पत्र बितरण गरिएको थियो । पापोहाङ लाओती सयङ हङकङको प्रत्येक कार्यक्रमहरुमा बिशेष सहयोग गर्ने साथै लिम्बू र पर्ूर्बेली नेपाली लोक गीतका गायक राजु आङदेम्बे र गायीका सुनिता सम्बाहाङफे लाई सम्मान गरिएको थियो । पान्थर मञ्चका अध्यक्ष र चुम्लुङका अध्यक्षले बलिहाङ तङनामको शुभकामना दिनु भएको थियो । लाओती सयङको स्थापनको लागि चाहिने विधान लेखेर सहयोग गर्ने जसबहादुर ओख्राबो लाई उहाँको सहयोगको उच्च कदर गर्दै सम्मान गरिएको थियो । त्यसरी नै पापोहाङ लाओती सयङ हङकङको संस्थापक अध्यक्ष कृष्णराज लाओती लाई पनि सम्मान गरिएको थियो । आफुले गरेको सानो सहयोगले आज सम्मान गर्नु भएकोमा सयङ लाई हार्दिक धन्यवाद भनु भयो । आउदा दिनहरुमा पनि एकअर्कामा सहकार्य र सहयोग अपेक्षका साथ बलिहाङ तङनामको शुभकामना पनि दिनु भयो । संस्थापक अध्यक्ष कृष्णराज लाओती ले पनि बलिहाङ तङनामको शुभकामना दिनु भयो । स्वागत मन्तवय याम लाओती गर्नु भएको थियो भने कार्यक्रम सचिव कमानधोज लाआती ले सञ्चालन गर्नु भएको थियो ।

न्यूयोर्कमा १०३ औं देवकोटा जयन्ति सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
 न्यू योर्क, अन्तरराष्ट्रिय नेपाली साहित्य समाज न्यू योर्क च्याप्टरको आयोजनामा न्यू योर्ककोस्थित ज्यक्सनहाइट्सको हिमालयन याक रेस्टुरेन्टमा गत शनिबार नोबेम्बर ३ का दिन १०३ औं देवकोटा जयन्ति सम्पन्न भयो । संयुक्त राष्ट्रसंघकालागि नेपालका कार्यबाहक स्थायी प्रतिनिधी महामहिम सेवा लम्साल अधिकारीको प्रमुख अथित्यमा सम्पन्न सो कार्यक्रममा वरिस्ठ साहित्यकार तथा समालोचक अमर नेम्बाङ लिम्बूको बिशेष अथित्य तथा प्रा.डा.गोविन्द कोइराला र साहित्यकार चुंडा बसन्त लम्सालको अथित्यमा भएको कार्यक्रमलाई नेपालको राष्ट्रीय गानकासाथ शुरु गर्दै भर्खरै न्यू योर्क तथा छिमेकी राज्यहरुमा भीषण रुपमा नोक्सानी पुर्‍याउँदै गएको "हरिक्यान स्याण्डी"का कारण ज्यान गुमाएका म्रितकहरुको आत्माको चीर शन्तिको कामना गर्दै एक मिनेट मौनधारण गरिएको थियो । वयस्क र बाल कविता प्रतियोगिता गरेर दुई चरणमा बिभाजन गरेर सञ्चालन गरिएको कार्यक्रममा बाल कविता वाचन प्रतियोगिता अन्तर्गत प्रज्ञा सापकोटा,सिम्नी निरौला, सीना निरौला र बिक्रान्त बिष्टले कविता वाचन गरेका थिए भने वयस्क कविता वाचन प्रतियोगितामा देवेन्द्र लिम्बू सम्बाहम्फे, बीरेन्द्रहाङ लाबुङ लिम्बू र अनुपमा सापकोटाले कविता वाचन गरे । सो कार्यक्रममा ज्योती पौडेल,परीता राजभण्डारी,गोविन्द कोइराला,मनु लोहोरुङ, चुंडा बसन्त लम्साल, गीता पन्थ,राजेन्द्र श्रेष्ठ,नगेन्द्र ईङ्नाम "आठराईली",पूनम काफ्ले,मूना बेल्बासे, कमला प्रसाइ र बिनोद रोकाले आ-आफ्ना रचनाहरु वाचन गरेका थिए भने म्रिदुला कोइराला र बिकास बिष्टले गीत प्रस्तुत गरेका थिए । कविता वाचन प्रतियोगितामा बाल प्रतियोगीहरुकातर्फबाट बिक्रान्त बिष्ट प्रथम, सिम्नी निरौला दोश्रो र प्रज्ञा सापकोटा तेश्रो भएका थिए भने बयस्क प्रतियोगीहरुकातर्फबाट बिरेन्द्रहाङ लाबुङ लिम्बु प्रथम, देबेन्द्र लिम्बु दोश्रो र अनुपमा सापकोटा तेश्रो भएका थिए । बिजयी कवि कवयत्रीहरुलाई प्रमुख अतिथी लम्सालले पुरस्कार बितरण गरेकी थिईन । निर्णयक मण्डलीमा ज्योती पौडेल, डा तारा निरौला,कमला प्रसाई र गीता पन्थ रहेका थिए । महाकवि लक्ष्मी प्रसाद देबकोटाको बारेमा अमर नेम्बाङ लिम्बू र गोविन्द कोइरालाले प्रकाश पारेका थिए भने धनीराम सापकोटाले आफ्नो छोटो मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि लम्सालले प्रवासमा रहेर पनि नेपाली भाषा र साहित्यको संरक्षण र सम्बर्दनको निम्ति समाजले गरेको कार्यको प्रसंशा गरिन । कार्यक्रममा संस्थाका सचिव बिकास बिष्टले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष मोहिनी सैंजूले आर्थिक प्रतिवेदन पेश गरेकी थिईन । समाजकी भूतपूर्व अध्यक्ष ज्योति पौडेलले चाँहीं समाजको स्थपना र वर्तमान स्थिति सम्बन्धी प्रकाश पारेकी थिइन । यसै अवसरमा संस्थालाई अमुल्य योगदान दिएबापत पुर्व अध्यक्ष ज्योति पौडेललाई सम्मानित गरिएको थियो । वहाँलाई प्रमुख अतिथी कार्यवाहक महामहिम लम्सालले दोसल्ला ओडाएर कदर पत्र प्रदान गरेकी थिईन । यसै कार्यक्रमको अवसरमा संस्थाका मिडिया को-अर्डिनेटर,पत्रकार तथा साहित्यकार नगेन्द्र ईङ्नाम "आठराईली" को सम्पादकत्व र न्यू योर्कवासी सहित्यानुरागीहरुको पहलमा www.nayarachana.com (नयाँरचना डटकम) नामक साहित्यिक वेबसाईटको समेत उद्घाटन गरियो । उक्त साहित्यिक वेबसाईटलाई बरिष्ठ साहित्यकार एवं समालोचक अमर नेम्बाङ लिम्बूबाट उद्घाटन गरिएको थियो । सचिव बिकास बिष्टद्वारा सञ्चालित कार्यक्रममा उपाध्यक्ष सीता खरेलले उपस्थितिलाई स्वागत गरेकी थिईन भने अध्यक्ष पूनम काफ्लेले उपस्थित पत्रकार तथा साहित्यप्रेमीहरुलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको बिसर्जन गरेकी थिईन । कार्यक्रमको अन्त्यमा देउसी भैलीका गीत गाउँदै सहभागीहरूले सामूहिक नाचगान गरेका थिए । -नगेन्द्र ईङ्नाम "आठराईली"

पाकिस्तानमा युवकलाई हेर्ने १५ वर्षे छोरीको ज्यान लिए आफ्नै आमाबाबुले

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
पाकिस्तानकी एक १५ वर्षीया युवतीले युवकलाई हेरेको आरोपमा युवतीका बाबुआमाले एसिड खन्याएर हत्या गरेका छन् । मुस्लिम समुदायमा युवतीले युवकलाई हेर्नु अनैतिक व्यवहार मानिन्छ । त्यहाँ बलात्कृत भएकी युवतीलाई मार्नु सामान्य ठान्ने गरेका समाचारहरु सार्वजनिक हुँदै आएका भए पनि युवकलाई हेरेकै कारण हत्या भएको घटना भने यो पहिलो भएको बीबीसीले बताएको छ । छोरीको हत्या गर्ने आमाबाबुले बीबीसीलाई बताए अनुसार छोरीले पुरुषलाई हेरेर परिवारको मर्यादालाई अपहेलना गरेको भन्दै छोरीको हत्या गरेको स्वीकार गरेका छन् । उनीहरुले भनेका छन् ‘मर्यादाका लागि छोरीको हत्या गरेका हौँ ।’ युवतीको हत्या गर्ने बाबुआमाले युवकप्रति भने कुनै आरोप समेत लगाएका छैनन् । मुस्लिम समुदायमा महिलालाई धार्मिक प्रतिबन्ध भए पनि युवा भने स्वतन्त्र भएको कुरा यो घटनाबाट प्रष्ट हुन्छ । बीबीसीले उल्लेख गरे अनुसार छोरीले युवकलाई हेरेको थाहा पाउँने बित्तिकै बाबुआमाले छोरीलाई कुटपीट गर्न थालेका थिए । कुटपिटकै क्रममा आमाले छोरीलाई एसिड खन्याएर दुई दिनसम्म यातना दिएर मारेका हुन् । छोरीको हत्या गर्ने दम्पत्तीलाई प्रहरीले गत साता पक्राउ गरिसकेको छ । प्रहरीले यो दम्पत्तीलाई कास्मिरको जेल बठाएको बिबिसीले उल्लेख गरेको छ । मुस्लिम धर्म मान्ने देशहरुमा यस्ता घटना धेरै हुने भए पनि यो घटनामात्र प्रतिनिधि भएको मानवअधिकारवादी संस्थाहरुले उल्लेख गरेका छन् ।

सरकारले देशभरका कार्यालयमा विद्युतीय हाजिरी अनिवार्य गर्दै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
कात्तिक २० - सरकारी कर्मचारीको कामचोर प्रवृत्ति निरुत्साहित गर्न सरकारले देशभरका कार्यालयमा विद्युतीय हाजिरी अनिवार्य गर्दैछ। हाजिर गरेर भाग्ने प्रवृत्ति बढेपछि विद्युतीय औंठाछाप हाजिरी मेसिन (फिंगर प्रिन्ट) अनिवार्य गर्ने तयारी भएको हो। सञ्चारमन्त्री राजकिशोर यादवका अनुसार कर्मचारीको पारदर्शिता र नियमितता बढाउन विद्युतीय हाजिरी अनिवार्य गर्ने प्रस्ताव मन्त्रिपरिषद प्रशासन समितिमा छलफलका क्रममा छ। एक साताभित्र समितिले निर्णय गरेर कार्यान्वयन गराउन मुख्य सचिवलाई जिम्मेवारी दिने मन्त्री यादवले बताए। 'अब कर्मचारीहरु कुनै बहानामा हाजिर गरेर टाप कस्न पाउनेछैनन्,' मन्त्री यादवले भने, 'तीन महिनाभित्र सबै सरकारी कार्यालयमा औंठाछाप हाजिरी सुरु गर्छौं।' विद्युतीय हाजिरी कार्यान्वयन गर्न मन्त्रिपरिषद निर्णय कुर्नुपर्दैन। 'साताको दुई दिन बिदा दिने प्रस्ताव मन्त्रिपरिषदको प्रशासनिक समितिमा पुगेको छ,' मुख्य सचिव लीलामणि पौड्यालले नागरिकसँग भने, 'दुई दिन बिदासँग जोडिएकाले यसमा मन्त्रिपरिषद निर्णय कुर्नुपरेको हो, नत्र निर्णय नभए पनि फिंगर प्रिन्टबाट हाजिरी कार्यान्वयन अगाडि बढ्छ।' कर्मचारीलाई कामप्रति जवाफदेही र नियमित बनाउन यस्तो हाजिरी प्रणालीबारे छिट्टै प्रक्रिया थाल्ने उनले जानकारी दिए। सञ्चारमन्त्री यादवका अनुसार कर्मचारीले अब कार्यालय छिर्नासाथ र निस्कने बेला विद्युतीय हाजिरी मेसिनबाट अनिवार्य हाजिर गर्नुपर्नेछ। त्यसबाहेक कुनै कामले बाहिर निस्कँदासमेत डिजिटल मेसिनमा औंठाछाप लगाउनुपर्नेछ। कार्यालयमा यो मेसिन जडान गरिएपछि सुरुमा कर्मचारीको औंठाको नमुना लिइनेछ। सम्बन्धित व्यक्ति स्वयं उपस्थित भएर डिजिटल मेसिनमा औंठाछाप नलगाएसम्म हाजिर हुँदैन। हाजिर भएपछि मात्रै ढोका खुल्नेछ। यसमा कुन व्यक्तिले कति समय बितायो भन्नेसमेत रेकर्ड हेर्न सकिन्छ। हाल नेपालका निजी व्यावसायिक प्रतिष्ठान र केही सरकारी कार्यालयमा यो प्रणाली छ। मन्त्री यादवले रजिस्ट्ररमा हाजिर गर्ने परम्पराले कर्मचारीमा कामचोर प्रवृत्ति बढेको, आउँदै नआई अर्का दिन हाजिर गरेर काम ठग्ने प्रवृत्ति रहेकाले नयाँ हाजिरी प्रणाली ल्याउन लागिएको बताए। 'अहिले दुई बज्नासाथ आधा कर्मचारी निस्किसकेका हुन्छन्,' उनले भने, 'अब चाकरी-चाप्लुसीको भरमा बिदा बस्ने, बढुवा हुने परम्परा रोकिन्छ, कार्यसम्पादन मूल्यांकनका क्रममा डिजिटल हाजिरीलाई आधार बनाइनेछ।' काठमाडौंका सबै कार्यालयमा दुई महिनाभित्र यस्तो मेसिन अनिवार्य गरिने उनले जानकारी दिए। नेपाली बजारमा यस्तो एउटा मेसिनको २५-३० हजार रुपैयाँ पर्छ। सरकारी अधिकारी भने कर्मचारीलाई आफ्नो कामप्रति जवाफदेही नबनाएसम्म जस्तोसुकै मेसिन जडान गरे पनि सेवा प्रभावकारी नहुने बताउँछन्। 'चारैतिर सिसिटिभीले घेरिएको प्रशासनिक केन्द्र सिंहदरबारमै त पटकपटक चोरी हुन्छ,' एक सचिवले भने, 'कर्मचारीलाई जवाफदेही नबनाएसम्म मेसिन जडान गर्दैमा कसरी राम्रो सेवाप्रवाह हुन्छ?' पर्याप्त गृहकार्यबिना मेसिन जडान गरिए खर्चमात्र बढ्ने उनले तर्क गरे।

विश्वका ८६ प्रतिशतको हातमा मोबाइल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
कार्तिक २० - विश्वका ८६ प्रतिशत जनताको हातमा मोबाइल पुगेको छ । केही वर्षदेखि आधारभूत फोन प्रयोगकर्ताको संख्या घटे पनि मोबाइल सेवामा भएको तीव्र विकासले प्रयोगकर्ता बढेको अन्तर्राष्ट्रिय टेलिकम्युनिकेसन युनियन -आईटीयू) को २०१२ को प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा सन् २०११ मा विश्वका ६ अर्ब मानिसले मोबाइल प्रयोग गरेको प्रतिवेदनमा उल्लेख छ । आईटीयूको प्रतिवेदनअनुसार विकसित मुलुकमा मोबाइल प्रयोगकर्ताको संख्या उच्च रहेको छ । 'विकसित मुलुकमा प्रति एक सय जनतामा १ सय २२ जनाले मोबाइल प्रयोग गरेका छन्,' प्रतिवेदनमा छ । अमेरिका र क्यानडामा मोबाइल प्रयोगकर्ताको संख्यामा उच्च वृद्धि भएकाले विकसित देशमा एक जनाले एकभन्दा बढी मोबाइल लिएको पाइएको हो । प्रतिवेदनअनुसार विकासशील मुलुकमा ७८ प्रतिशत जनताले मोबाइल सेवा प्रयोग गरिरहेका छन् । मोबाइल प्रयोगकर्तामा सबैभन्दा बढी संख्या चीनका छन् । चीनमा मात्र १ अर्ब मोबाइल प्रयोगकर्ता छन् । आईटीयूले सन् २०१२ मा भारतमा पनि मोबाइल प्रयोगकर्ताको संख्या १ अर्ब नाघ्ने अनुमान गरेको छ । गत वर्षको तुलनामा ११ प्रतिशत मोबाइल ग्राहक बढेका छन् । विकसित मुलुकमा सन् २०११ मा ११ प्रतिशतले मोबाइल प्रयोगकर्ता बढेका छन् । मोबाइल क्षेत्रमा बढेको प्रतिस्पर्धाका साथै सस्तो सेवा र उपकरणको कारण ग्राहकको संख्यामा उच्च वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । आईटीयूको प्रतिवेदनअनुसार सन् २००५ देखि आधारभूत फोन घनत्व भने घटेको छ । सन् २००५ मा विश्वका झन्डै २० प्रतिशत जनतामा आधारभूत फोन पुगे पनि अहिले घटेर १७ प्रतिशतमा झरेको छ । सन् २००६ देखि सुरु भएको मानिने मोबाइल ब्रोडब्यान्डका ग्राहक बढेर झन्डै १६ प्रतिशतले यो सेवा लिन थालेका छन् । नेपाल तीन स्थान तल झर्‍यो मोबाइल क्षेत्रमा उल्लेख्य प्रगति गरिएको मानिए पनि नेपाल सूचना सञ्चार तथा प्रविधि विकास परिसूचकमा तल झरेको छ । सन् २०१० भन्दा तीन स्थान तल झरेर १ सय ५५ मुलुकमा नेपालमा १ सय ३७ औं स्थानमा आएको छ । नेपाल दक्षिण एसियाली राष्ट्रमा पनि सबैभन्दा कम सूचना प्रविधिको विकास गर्ने मुलुकमा परेको छ । दक्षिण एसियाली मुलुकमा सबैभन्दा अगाडि १ सय ५ औं स्थानमा श्रीलंका रहेको छ । भारत १ सय १९ औं स्थानमा छ । भुटान १ सय १८ स्थान, पाकिस्तान १ सय २७ औं स्थानमा रहेको छ । सबैभन्दा बढी मोबाइल प्रयोगकर्ता भएको चीन ७८ औं स्थानमा रहेको छ । सूचना प्रविधिको क्षेत्रमा सबैभन्दा बढी विकास गर्ने मुलुकको पहिलो स्थानमा एसियाली मुलुक दक्षिण कोरिया छ । दोस्रो स्थानमा स्विडेन, तेस्रोमा डेनमार्क, चौथोमा आइसल्यान्ड र पाँचौंमा फिनल्यान्ड छन् । यी मुलुकहरूको स्थानमा अघिल्लो वर्षको जस्तै छ । नेदरल्यान्ड भने एक स्थानमा माथि उक्लिएर छैटौं स्थानमा छ । लक्जेम्बर्ग एक स्थान तल झरेर सातौं स्थानमा पुगेको छ । जापान आठौं स्थानमा रहेको छ । बेलायत एकै वर्ष ५ स्थानमा माथि उक्लिएर नवौं स्थानमा पुगेको छ ।

क्यानडाले महिलाको यौन उत्तेजना बढाउँने औषधी ल्याउँदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
यौनमा चरमसुखको अनुभूति दिलाउँन महिलाका लागि यौन उत्तेजनात्मक औषधी बजारमा आउँने तयारीमा रहेको छ । टेफिना क्यानाडेली कम्पनीले बजारमा ल्याउन लागेको उक्त औषधीको निर्माणका लागि अमेरिकी, अस्ट्रेलियन कम्पनी र युनिभर्सिटीले साथ दिइरहेको विभिन्न समाचार एजेन्सीले उल्लेख गरेका छन् । पुरुषहरुले यौन उत्तेजना बढाउँन प्रयोग गर्ने औषधी जस्तै यो औषधीको दोस्रो चरणको तयारीको अध्ययन मोनास युनिभर्सिटीका प्रोफेसर सुसान डेभिसले गरिरहेको खुलेको छ । महिलाले यौनको चरमसुख पाउँन प्रयोगका लागि निर्माण भइरहेको औषधीलाई महिला भियाग्रा नाम दिइएको छ । यो औषधीको निर्माण पछि महिलाले यौन सम्पर्क राख्नु दुई घण्टा अघि नाकमा छर्कनु पर्ने बताइएको छ । यो औषधी महिलाको नाकमा छर्किएमा ६ घन्टासम्म लगातार यौन उत्तेजना आउँने विज्ञहरुले बताएका छन् ।

फोरम गणतान्त्रिकको महाधिवेशन आजबाट वीरगञ्जमा शुरु हुँदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
मधेशी जनअधिकार फोरम गणतान्त्रिकको राष्ट्रिय महाधिवेशन आजबाट वीरगञ्जमा शुरु हुँदैछ । पार्टीका कार्यवाहक अध्यक्ष एवम् सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले उद्घाटन गर्ने कार्यक्रम छ । अतिथिको स्वागतका लागि वीरगञ्जमा ३४ वटा स्वागतद्वार निर्माण गरिएको छ। महाधिवेशनमा तराईका २० वटा जिल्ला र काठमाडौ उपत्यकाका तीनवटै जिल्लाबाट गरी १२ सय जना प्रतिनिधि सहभागी हुने महाधिवेशन आयोजक समितिले जनाएको छ । तर, पार्टीको संस्थापन पक्षले भने पार्टीबाट निष्कासित सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादव सत्ताको दुरुपयोग गरी पैसा र पदको बलमा केन्द्रीय सदस्य खरिद गर्ने षडयन्त्रमा लागेको दावी गरेको छ । संस्थापन पक्षले पत्रकार सम्मेलन गरी यादव समूहलाई महाधिवेशनमा बहुमत केन्द्रीय सदस्य उपस्थित गरेर देखाउन समेत चुनौती पनि दिएको छ ।

Nov 4, 2012

प्रचण्डलाई आश्वस्त पार्ने राष्ट्रपतिको प्रयास

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
१९ कात्तिक,राष्ट्रपति डा. रामवरण यादवले गतिरोध अन्त्यका लागि दलहरुबीच हुने सहमति आफूलाई मान्य हुने बताउनु भएको छ । कु गर्ने राष्ट्रपतिको प्रयास असफल भएको समाचार सार्वजनिक भएलगतै यादवले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई शितल निवास बोलाएर यादवले दलहरुको सहमति विना आफूले कुनै कदम नचाल्ने भन्दै आश्वस्त पार्ने प्रयास गर्नु भएको छ । राष्ट्रपतिले बाहिर आएको हल्लाको पछि नलाग्न र छिट्टै सहमतिमा पुग्न आग्रह गर्नु भएको छ । भेटपछि प्रचण्डले भन्नुभयो-’बाहिरको हल्लाको पछि नलाग्नुस्, दलहरुको सहमति विना म कुनै निर्णय लिन्न भनेर उहाँले प्रष्ट पार्नुभयो ।’ सहमति विना आउने बजेट अध्यादेश स्वीकृत गर्न आफूलाई अफ्ठ्यारो पर्ने भन्दै उहाँले छिट्टै सहमति गरी आफ्नो अफ्ठ्यारो फुकाइदिन आग्रह समेत गर्नु भएको छ । भेटमा राजनीतिक गतिरोध अन्त्यका लागि भइरहेको प्रयास र बजेट संकट समाधानबारे छलफल भएको थियो । राष्ट्रपतिलाई भेट्नु अघि प्रचण्डले एमाले अध्यक्ष झलनाथ खनालसँग टेलिफोन वार्ता गर्नु भएको थियो । एमाओवादी प्रवक्ता अग्नि सापकोटाका अनुसार उहाँहरुबीच सहमतिका लागि तत्काल पहल थल्ने सहमति भएको छ । श्रोतका अनुसार प्रचण्ड र खनालबीच राष्ट्रपतिको कु गर्ने असफल प्रयासबारे समेत छलफल भएको थियो । प्रचण्डले कांग्रेस नेताहरुसँग पनि छलफल गर्नु भएको सापकोटाले जानकारी दिनुभयो ।

यसरी असफल भयो ‘कु’ गर्ने राष्ट्रपतिको योजना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
१९ कात्तिक,प्रधानमन्त्रीलाई बर्खास्त गरेर सेनाका बलमा आफैले शासन चलाउने राष्ट्रपतिको प्रयत्न बिफल भएको छ । करिव दुई साताअघि जतिबेला राष्ट्रपति सार्वजनिकरुपमा चर्का राजनीतिक भाषण गरिरहेका थिए, त्यतिबेलै ‘कु’को आन्तरिक तयारी तिब्र पारिएको उच्च राजनीतिक स्रोतको दावी छ । तर राष्ट्रपतिले कु का लागि जसजसको सहयोग लिने प्रयत्न गरेका थिए उनीहरुले रातो बत्ति बालिदिएपछि राष्ट्रपति यादवको योजना तत्कालका लागि तुहिएको छ । राष्ट्रपति यादवले आफ्नो प्रयत्न सफल नभएको र हुनुपर्ने नियकाबाट ‘साथ नमिलेको’ सन्देश कांग्रेस-एमालेका नेताहरुलाई दिइसकेका छन् । बिश्वस्त सुत्रका अनुसार राष्ट्रपति यादवले सवैभन्दा पहिले नेपाली सेनाको साथ लिन खोजेका थिए । माओवादीप्रति गरम ठानिएका सेनापति गौरवशमसेरले आफ्नो कदममा मौन समर्थन जनाउने बिश्वासका साथ सेनापतिलाई शितलनिवास बोलाएरै राष्ट्रपतिले ‘मैले लिनुपर्ने भयो, अब सहयोग गर्नु पर्यो’ भन्ने प्रस्ताव राखेका थिए । तर सेनापति राणाले अहिलेको अबस्थामा सवै दलको सहमतिबिना कुनै पनि कदम घातक हुनसक्ने भन्दै सेना राजनीतिमा तानिने कुनै योजनामा नरहेको जवाफ दिएका थिए । अहिलेको स्थीति राजनीतिक कदमका लागि परिपक्क नभएको दवाफ दिंदै राणाले सेना सहयोग नहुने प्रष्ट पारेका थिए । त्यसपछि राष्ट्रपति यादवले नेपालका लागि भारतीय राजदूतलाई बोलाएर ‘लिनैपर्ने अबस्था आएको नत्र माओवादीले सत्ता कब्जा गर्ने’ बेलिविस्तार लगाएका थिए । प्रधानमन्त्रीलाई हटाउनैपर्ने अबस्थामा आफु पुगेको भन्दै यादवले भारतले साथ दिए मुलुकभित्रको स्थीति आफ्नो नियन्त्रणमा हुने बताएका थिए । भारतीय राष्ट्रपति प्रवण मुखर्जीसँग ब्यक्तिगत सम्बन्ध भएपनि सरकारी तहमा सम्बन्ध नभएका कारण राष्ट्रपतिले राजदूतलाई भूमिका खेलिदिन आग्रह गरेका थिए । आफु पनि मधेसी भएका कारण मधेसमा समस्या नहुने, पहाडी क्षेत्रको सेन्टिमेन्ट आफ्नो पक्षमा रहेको, माओवादीबाहेक सवै दलको राजनीतिक समर्थन पनि आफुलाई हुने भन्दै राष्ट्रपतिले सहयोगका लागि आग्रह गरेका थिए । तर भारतीय राजदूतले पनि राष्ट्रपति सक्रिय हुने कुरालाई सर्मथन गर्न नसकिने कूटनीतिक जवाफ दिएका थिए । सेना र भारतकै साथ नपाएपछि राष्ट्रपति यादव तत्कालका लागि हच्चिएको स्रोतको दावी छ । राष्ट्रपति सक्रिय हुन खोजेको र बिभिन्न क्षेत्रमा हारगुहार गरेको खवर माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री बाबुराम भट्टराईसँग पनि पुगिसकेको बताइएको छ । पछिल्लो स्थायी समिति वैठकमा राष्ट्रपतिले कु गर्ने प्रयत्नका साथ को-कोसँग के-के कुरा गरे भन्ने फेहरिस्त पेश गरिएको थियो । एक माओवादी नेताले भने-’राष्ट्रपतिको कु गर्ने प्रयत्न बिफल भएको, सेना र बिदेशीलाई हात लिएर सासन चलाउने उनको भित्री मनसाय छरप्रष्ट भइसक्यो ।’ कु को योजना असफल भएपछि मात्र राष्ट्रपतिले दलहरुको छलफलमा नरम कुरा गरेको उनले दावी गरे ।

अयोग्य लडाकुलाई २ लाख दिने सरकारी निर्णयविरुद्ध निषेधाज्ञा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
कार्तिक १९ - अनमिनले अयोग्य ठहर्‍याएका लडाकुको पुनःस्थापनाका लागि सरकारले प्रतिव्यक्ति २ लाख निर्णयविरुद्ध सर्वोच्च अदालत ले निषेधाज्ञा जारी गरेको छ । न्यायाधीश गिरिशचन्द्र लालको एकल इजलासले उक्त आदेश दिएको हो । अदालत ले अनमिनको प्रमाणीकरणमा नपरेका लडाकुलाई रकम दिने निर्णय भएको भए यथास्थितिमा राख्न आदेश दिएको हो । अन्तरिम संविधान र कानुन विपरीत अख्तियारीभन्दा बाहिर गएर सरकारले निर्णय गरेको भन्दै डेमोक्रेटिक लयर्स एसोसिएसनका अधिवक्ताहरुले बिहीबार सर्वोच्चमा रिट दायर गरेका थिए ।

सँलिराप प्रवास समिति मलेशियाको बैठक सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/ राजकुमार तेयुङ 
मञ्च सम्बद्द मलेशियासँघिय लिम्बुवान राज्य परिषद प्रवास समिति को ऐतिहासिक बैठक आज मलेशियाको राजधानि क्वाललम्पुर स्थित नेपाली रेस्टुँरेन्ट मितेरीको तेस्रो तलामा सम्पन्न भएको छ । प्रेम मादेनको अध्यक्षतामा सम्पन्न भएको बैठकमा आद िबासी जनजाती महासँघ का अध्यक्ष बिष्णु किराँती प्रेम ,मञ्च सम्बद्द सँघिय लिम्बुवान राज्य परिषद प्रवास टदर्थ समिति तेर्थुम का प्रतिनिधी सुरेन मादेन,तेर्थुम ताप्लुङ सुदापका प्रति निधि महेन्द्र तुम्खेवा टाइगर,सँघिय लिम्बुवान राज्य परिषद प्रवास मलेशिया टदर्थ एकाइ कमिटि मलका का अध्यक्ष जय मोक्तान,किराँत धर्म तथा साहित्य उथ्थान सँघ राष्टिय समितिका सचिव पदम फियाक, र अन्य सदस्य हरुको समेत उपस्थीतीले हामि प्रवासमा रहेका सम्पुर्ण लिम्बु र लिम्बुवान भुमि लिम्बुकै हुनु पर्छ भन्दै जोडदारका साथ माग राख्दै परिषद लाइ ससक्त गर्नका लागी सि.सि.ओ.अभियान् सँञ्चालन गर्दै किराँतिहरुको राजा बलिहाङ राजाको बचनलाइ पुरा गर्नको निम्ति आगामि नोभेम्बर 13 मा राजधानि क्वाललम्पुर स्थित् नेपाली रेष्टुँरेन्टहरुमा लारीङगेक,नाम्लीङगेक देउसी भैलो, खेल्ने समेत बैठकले निर्णय गर्यो

आँधीका कारण अमेरिकामा ट्रक बन्दै छन् मतदान केन्द्र

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
गत हप्ता आएको ‘स्यान्डी’ नामक सामुन्द्रीक आँधीका कारण मतदान केन्द्र बनाउँने समय अभाव हुँदा सैनिक ट्रकलाई मतदान केन्द्र बनाउँने योजना सार्वजनिक भएको छ । स्यान्डीले पुर्याएको क्षतिबाट प्रभावित क्षेत्रमा हुने निर्वाचनलाई प्रभावकारी बनाउँन ट्रकलाई केन्द्र बनाउँने समाचार सार्वजनिक भएको हो । आँधी प्रभावित क्षेत्रमा कति निर्वाचन केन्द्र ट्रकका बनाउँने भन्ने विषयको भने टुङ्गो नलागेको समाचार संस्थाहरुले उल्लेख गरेका छन् । अमेरिकी राष्ट्रपति पदका लागि मंगलबार हुने मतदानका लागि वर्तमान राष्ट्रपति बाराक ओबामा र उनका प्रतिद्वन्द्वदी रिपब्लिकन पार्टीका उम्मेद्वार मिट रोम्नीबीच कडा प्रतिस्पर्धा हुँदै छ । ठूलो तयारीका बीच सम्पन्न हुन लागेको निर्वाचनको मुखमा आएको आँधीले अमेरिकामा करोडौँको क्षति भएको छ भने सयौँको ज्यान लिएको छ । आँधी प्रभावित क्षेत्रमा राष्ट्रपति, संसद तथा स्थानीय निर्वाचनका तीन हजार मतदान केन्द्र स्थापना गर्नुपर्ने छ । यी क्षेत्रहरुमा अझैसम्म विद्युत आपूर्ति हुन सकेको छैन् । आँधी प्रभावित क्षेत्रमा भएको क्षतिका आधारमा निर्वाचन क्षेत्र परिवर्तन हुन सक्ने सम्भावना अझै पनि रहेको त्यहाँका निर्वाचन बोर्डका प्रवक्ताले बताएको समाचारमा उल्लेख छ । विशेष तयारी र व्यवस्थित ढङ्गबाट हुने अमेरिकाको निर्वाचन यस पटक भने आँधीका कारण प्रभावित भएको छ ।

Nov 1, 2012

हङकङमा साहित्य श्रृङ्खला कृयाशिल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
हङकङ, अक्टुवर २९ ,नेपाली साहित्यनुरागीहरूको साझा सृङ्खला छैटौं कवि चन्द्र मादेन "आन्छन्"को संयोजकत्वमा स्थानीय सनराईज साप्ताहिकको कार्यालयमा कवि र कवियत्रिहरूको वाक्लो उपस्थितिका साथ सम्पन्न भएको थियो । सदाझैं प्रत्येक महिनाको आन्तिम आईतवार गरिने उक्त कार्यक्रममा कविता वाचन र साहित्यक सम्बन्धि विभिन्न मन्थन भएको थियो । विसुद्व नेपाली वाङ्मयको संमवर्दन र सम्रक्षण गर्ने हेतुले गरिएको सो धाराबाहिक सृङ्खलामा कविहरू टोप बहादुर राई, त्रिभुवन लुङ्फूङ्वा, वल्लभ रोक्का, डि बी पालुङ्वा , दाजु गुरूङ आदिले देश प्रेम र जीवन जगतका कविता र मुक्तकहरू वाचन गरेकाथिए , भने अन्य उपस्थितिहरूले साहित्यको उन्नति र सम्वृद्वीको लागि अवधारणाहरू सुनाएका थिए ।

सरकारको नेतृत्व विवादले शीर्ष बैठक निष्कर्षबिहीन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
१६ कात्तिक,सहमतीय सरकारको नेतृत्वबारे एमाओवादी र कांग्रेस-एमालेले आ-आफ्नो अडान दोहोर्‍याएपछि गतिरोध अन्त्यको प्रयासमा बसेको शीर्ष नेताहरुको बैठक विना निष्कर्ष टुङ्गिएको छ । एमालेका पुराना नेता कृष्णलाल महर्जनको निवास बालकुमारीमा बसेको शीर्ष नेताहरुको बैठकमा संविधानसभा निर्वाचन, सहमतीय सरकार, बजेट लगायतका विषयमा छलफल भएको थियो । आगामी वैशाखमा संविधानसभाको निर्वाचन गर्न सबै दल सहमत भएपनि सहमतीय सरकारको नेतृत्वमा विवाद भएको एमाले नेता महर्जनले जानकारी दिनुभयो । ‘अधिकांश विषयमा सहमति भएपनि सरकारको नेतृत्वमा कुरा मिल्न सकेन’ महर्जनले अनलाइनखबरसँग भन्नुभयो । बैठकमा कांग्रेस-एमालेले संविधानसभा पुनःस्थापनामा छलफल नै नगर्ने बताएपछि एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी वैशाखमा संविधानसभाको नयाँ निर्वाचन गर्ने प्रस्ताव गर्नु भएको छ । ‘पुनःस्थापनाको कुरा कांग्रेस एमालेले अस्वीकार गरेपछि प्रचण्डले वैशाखमा चुनावको प्रस्ताव गर्नुभयो’ नेता महर्जनले भन्नुभयो-’चुनावमा जाँदा बाबुराम नेतृत्वको सरकारमा सहमति हुनु पर्ने उहाँको अडान थियो ।’ प्रचण्डले बाबुराम सरकारलाई राष्ट्रिय स्वरुप दिएर चुनावमा जाने प्रस्ताव गर्नु भएको हो । जवाफमा कांग्रेस-एमालेले भने वर्तमान सरकारलाई कुनै हालतमा स्वीकार नगर्ने अडान लिएका छन् । एमाले नेता माधवकुमार नेपालले प्रचण्डको प्रस्ताव अस्वीकार गर्दै भन्नुभयो-’बाबुराम भट्टराई नेतृत्वमा नै सहमति खोज्ने हो भने सहमति नै हुन्न ।’ एमाओवादीले सहमति नचाहेको भन्दै उहाँले आ-आफ्नो अडान दोहोर्‍याउने हो भने अबको छलफलमा नआउने समेत बताउनु भयो । प्रचण्ड र नेपालले आ-आफ्नो अडान दोहोर्‍याउँदै छलफल नै नगर्ने बताएपछि फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार र तमलोपाका अध्यक्ष महन्थ ठाकुरले अडान छाडेर सहमतिमा आउनु पर्ने भन्दै भोलि पनि छलफल गर्ने प्रस्ताव गर्नु भएको थियो ।

नेपालको ६ गाविसमा नेपाली रुपैयाँ चल्दैन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
बैतडी, कार्तिक १३ - भारतसित सीमा जोडिएका तल्ल्लोस्वराड क्षेत्रका आधा दर्जन गाविसमा नेपाली रुपैयाँ चल्दैन । यहाँका बासिन्दाले भारतीय रुपैयाँबाटै कारोबार चलाउँछन् । भारतीय चम्पावतसित जोडिएका महाकाली किनारका पञ्चेश्वर, शर्माली, महाकाली, गिरेगाडा, रोडिदेवललगायत ८ गाविसमा भारतीय मुद्रा चलनचल्तीमा छ । यहाँबाट सदरमुकाम आउजाउ गर्नसमेत भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्य छ । सडक सुविधाबाट दुई दिन पैदल टाढाका यहाँका बासिन्दाले नेपाली नागरिकताबाहेक अन्य सेवा नपाएको गुनासो गरे । तीन दशकसम्म निर्माणाधीन पाटन-पञ्चेश्वर सडक निर्माण पूरा नहुँदा यहाँका बासिन्दा भारतीय बजारको भर पर्नुपर्छ । सबै कुरामा भारत निर्भर भएकाले स्थानीयले यो क्षेत्रलाई गुमदेश भन्ने गरेको गिरेगाडाका रमेशसिंह भण्डारीले बताए । भारतसित मात्र कारोबार हुने भएकाले सर्वसाधारणले सरकारी निकायबाट आएको बजेट भारतीय रुपैयाँ मात्रै बुझ्ने गरेको शर्मालीका करन साउदले बताए । 'सबै कारोबार भारतमै हुने गरेको छ, नेपालको नागरिकताबाहेक कुनै सुविधा छैन ।' साउदले भने, 'यातायात र सदरमुकामसितको पहुँच नहुँदा नेपाली रुपैयाँ नचल्ने गरेको हो ।' दैनिक उपभोग्यलगायत सबै सामान भारतीय बजारमा खरिद बिक्री गर्नुपर्ने भएकाले भारतीय मुद्रामा कारोबार गर्न सजिलो हुने गरेको स्थानीय व्यापारी बताउँछन् । नुन, तेल र खाद्यान्नलगायत उपभोग्य सामग्रीका लागि भारतीय बजार लुहाघाट, चम्पावत जाने बाध्यता रहेकाले नेपाली मुद्रामा कारोबार नहुने गरेको स्थानीयवासी बताउँछन् । स्थानीय उत्पादन र गाविसमार्फत वितरण गरिने सामाजिक सुरक्षा भत्ता र विकास बजेटसमेत भारतीय मुद्रा सटही गरेर बाँड्नुपरेको महाकाली गाविस सचिव उदयसिंह चाडले बताए । 'सदरमुकाम आएर भारतीय रुपैयाँ साटेर गाउँ जानुपर्छ,' सचिव चाडले भने । त्यस क्षेत्रका आधा दर्जन संघसंस्थाले दर्जनौंपटक ज्ञापन बुझाए पनि यातायातलगायत आधारभूत सुविधा पुर्‍याउन सरकारी पहल नभएको गुनासो गरे । 'पाटन-पञ्चेश्वर सडक निर्माणमा जोड दिन दर्जनौंपटक माग गर्‍र्यौं ।' कुलावका तारा चन्दले भने, 'दलका कार्यकर्ता र कर्मचारी आएको बजेट खानमात्रै लाग्छन्, यातायात नहुँदा स्वदेशको मुद्रासमेत चिन्दैनन् ।' तल्लोस्वराड क्षेत्रको समस्याबारे नेता र जिल्ला परिषद्बाट बर्सेनि आश्वासन पाए पनि सुविधा नपाएको स्थानीयको गुनासो छ ।

अफगानिस्तानमा मारिएका दुई गोर्खा सैनिकमध्ये एक मात्र नेपाली

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कात्तिक १६,अफगानिस्तानको हेल्मन्ड प्रान्तको नहर-ए- सराज जिल्लामा हत्या गरिएका द रोयल गोर्खा राइफल्सको फर्स्ट बटालियनमा कार्यरत दुई जना मध्ये एक जना मात्रै नेपाली रहेको खुलेको छ। मंगलबार भएको घटनामा मारिने दुई जनाको नाम आज सार्वजनिक गरिएको छ। मारिने दुई जना मध्ये एक जना लेफ्टिनेन्ट ड्रममन्ड बाक्स्टर हुन् भने अर्का लान्स कर्पोरल सिद्धान्त कुँवर। अफगानी प्रहरीको वर्दी लगाएका व्यक्तिले गोली हान्दा उनीहरुको मृत्यु भएको थियो।

जर्मनीका युवापिँढीको रुची सेक्समा भन्दा बढी सामाजिक सञ्जाल फेसबुक, ट्विटर र इमेलमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
जर्मनीको युवा पुस्ता सेक्समा भन्दा बढी समाजिक सञ्जाल फेसबुक र ट्विटरमा रमाउँन थालेको सार्वजनिक भएको छ । जर्मनीको एक पत्रिकामा प्रकाशित एक अनुसन्धानात्मक लेखले त्यहाँका युवाको रुची सेक्समा भन्दा बढी समाजिक सञ्जालमा रहेको सार्वजनिक गरेको हो । त्यहाँको एक मनोविज्ञानसम्बन्धी जर्नल ‘साइकोालोजिकल साइन्स’मा उल्लेख गरिए अनुसार त्यहाँका युवा सेक्समा भन्दा बढी सामाजिक सञ्जालमा रमाउँन थालेको सार्वजनिक गरेको हो । जर्मनीका विभिन्न स्कुल र क्याम्पसमा अध्ययनरत छात्रछात्रा गरी २ सय पाँच जनामा गरिएको अनुसन्धानबाट यस्तो तथ्य सार्वजनिक भएको हो । युवा पुस्ताको दैनिक रुची र इच्छाबारे गरिएका प्रश्नमा युवा पुस्ताले सेक्सलाई भन्दा बढी प्राथमिकता सामाजिक सञ्जाललाई दिएको अनुसन्धानले देखाएको छ । स्मार्टफोनको सहायताले गरिएको अनुसन्धानमा उनीहरुका दैनिक रुचि र इच्छाका बारे दैनिक सात पटकसम्म फोन गरेर प्रश्न गरिएको थियो । उक्त पत्रिकाबाट सार्वजनिक गरिएको शोधमा भनिएको छ ‘सेक्स गर्नुभन्दा फेसबुक अपडेट गर्नु वा इमेल चेक गर्नु बढी सजिलो हुनाले जर्मनका युवा पुस्ता यतातिर मोडिएका हुन् ।’ धेरैको रुचीको विषय भए पनि सेक्स तत्काल उपलब्ध हुन नसक्ने तर सामाजिक सञ्जालमा तत्काल कुनै पनि काम गर्न सकिने भएकाले युवा पुस्ता यो तर्फ आकर्षित भएको मानिएको छ । तर यो अनुसन्धाकै आधारमा सम्पूर्ण युवा पुस्ताले सेक्सलाई छोडेर सामाजिक सञ्जालमा रमाउँन सक्ने वातावरण बनी नसकेको सहज अनुमान गर्न सकिन्छ । अनुसन्धानमा संलग्न केहीका धारणाले समेत यस कुराको पुष्टि गर्न सक्छ ।