News

May 20, 2013

लिरामुमो प्रवास समिति हङकङको विदाई कार्यक्रम

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
हङकङ, १५ मे – लिम्बूवान राष्ट्रिय मुक्ति मोर्चा प्रवास समिति हङकङ द्घारा मोर्चाका केन्द्रिय सदस्य तथा विदेश बिभाग प्रमुख, पाचौं राष्ट्रिय सम्मेलन प्रचार प्रसार प्रमुख रमेस कुमार लिङदेनलाई जोर्डन स्थित एक रेस्टुरेन्टमा बिदाई कार्यक्रम गर्यो । विदाई कार्यक्रममा प्रमुख अतिथि रमेस कुमार लिङदेनले आउने जेठ २८, २९, ३० मा पान्थरको फेदेनमा हुने पाचौं राष्ट्रिय सम्मेलनको वारेमा जानकारी गराए । “लिम्बुवान राज्य सहितको संघिय संविधान निर्माणको वारेमा पहिचान सहितको संघियता, संघियता सहितको संविधान र संविधान सभाबाटै संविधान निर्माण गरिने कुरामा ब्यापक जनमत र्सजान गर्ने” उ
नले जानकारी गराए । जानकारीमा लिङदेनले आफु मोर्चाको केन्द्रिय महा सचिव पदमा उठ्ने समेत जानकारी गराए । दोश्रो संविधान सभाको चुनाव मंसिर सम्ममा हुने वताए । चुनावमा पार्टीले आफुलाई इलाम दुईमा पठाउने समेत वताए । इलाम दुईमा पूर्व सभामुख सुवास नेम्बाङलाई हराउने वताउदै इलाममा आफ्नो पकड राम्रो भएको वताए । मोर्चाको प्रवास समिति हङकङको अध्यक्ष रविन लिङदेनको अध्यक्षतामा भएको औपचारिक विदाई कार्यक्रमका प्रमुख अतिथि रमेश कुमार रहेका थिए भने एकीकृत नेकपा माओवादी पार्टी हङकङका पार्टी सचिव तथा लिम्बूवान राष्ट्रिय मुक्ति मोर्चा नेपालका केन्द्रिय सदस्य जे वी ओख्राबु विशेष अतिथि रहेका थिए । मोर्चाका केन्द्रिय सदस्य तथा प्रवास समिति हङकङका इन्र्चाज हरि पन्धाक, मोर्चाका केन्द्रिय सदस्य तथा प्रवास समिति हङकङका सह इन्र्चाज ज्ञानु मेन्याङवो, प्रमुख सल्लाहकारहरु भुपेन्द्र चेम्जोङ, सल्लाहकार ललित आङबुहाङ, चन्द्र राज सावाँ लिम्बू तारा सीं लिङदेन, तमु राष्ट«िय मुक्ति मोर्चा हङकङका अध्यक्ष दुर्गा गुरुङ, किरात याक्थुङ चुम्लुङको विशेष अतिथि रहेको कार्यक्रमलाई मोर्चाको उपाध्यक्ष हस्त लिवाङले स्वागत मन्तब्य दिएका थिएभने सचिव इन्द्र लक्समले कार्यक्रम सन्चालन गरेका थिए । अन्त्यमा अध्यक्ष रविन लिङदेनले उपस्थित सवैलाई धन्यवाद दिदै मोर्चाले आयोजना गरेको रात्रि भोजनमा उपस्थित सवैलाई सहभागी गराएका थिए ।

इरानमा महिला राष्ट्रपति बन्न बन्देज

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
इरानको एक संवैधानिक संस्थाले आसन्न जुन १४ मा हुने राष्ट्रपति निर्वाचनमा महिलाको प्रतिनिधित्वमाथि प्रतिबन्ध लगाएको छ । संविधानमा महिलालाई राष्ट्रपति पदमा उठ्नबाट बन्देज लगाएको गार्डियन काउन्सिल उलेमा मोहम्मद यजदीले बताए । अर्को महिना हुने यस निर्वाचनका लागि ३० महिलाले प्रत्यासीको रूपमा मनोनयन दर्ता गराएका थिए । नयाँ घोषणापछि उनीहरूको निर्वाचनमा खडा हुने सम्भावना लगभग समाप्त भएको छ । संविधानले स्पष्ट रूपमा यसबारे केही नबोलेको पर्यवेक्षकहरूले बताएका छन् । यो घोषणाले भने यस विषयको बहसमाथि नै पूर्णविराम लगाएको छ । "कानुनअनुरूप महिला न त राष्ट्रपति बन्न सक्छन्, न त उक्त पदका लागि चुनाव लड्न सक्छन् ।" यज्दीले भने । महिलाले संसदीय निर्वाचनमा भने सहभागी हुन पाउँछन् । यस दृष्टिकोणले उक्त मुलुकको ऐन निर्माणमा महिलाको भूमिका हुन्छ । त्यहाँको संविधानअनुरूप वर्तमान राष्ट्रपति महमुद अहमदिनेजादले तेस्रो पटक राष्ट्रपति पदमा उठ्न पाउने छैनन् । यो पदका लागि ६ सय ८६ जनाले नामांकन दर्ता गराएका छन् । उम्मेदवारको अन्तिम सूची मंगलबार जारी हुनेछ । यसमा छनोट गरिएका व्यक्तिहरूको मात्र नाम हुनेछ । सन् २००९ मा ४ सय ७५ मनोनयनमध्ये गार्डियन काउन्सिल चारजनालाई मात्र उक्त पदका लागि योग्य उम्मेदवार ठहर गरेको थियो । विपक्षी दलले उक्त निर्वाचनको विरोध गर्दै सडक प्रदर्शन पनि गरेको थियो । सुधारवादी प्रतिद्वन्द्वी मिर होसैन मुसाबी र मेहदी करौबीलाई नजरबन्द गरिएको थियो ।

निर्वाचनमा एकीकृत माओवादी र मधेशी मोर्चा गठबन्धन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
 आगामी संबिधान सभाको निर्वाचनमा एकीकृत माओवादी र मधेशी मोर्चा सहितको गठबन्धनले एक भएर जाने कार्य योजना तयार गरेको छ । एकीकृत नेकपा माओवादीको कार्यालय कोटेश्वरमा बसेको गठबन्धनको बैठकमा साझा घोषणापत्र लिएर चुनावमा जाने प्रस्ताव गरिएको हो । सचिवालयले गरेको प्रस्तावमा न्यूनतम साझा उम्मेरद्धार बनाउने र त्यसका लागि आर्थिक भौतिक तयारी गर्ने प्रस्ताव गरिएको प्रवक्ता प्रेमबहादुर सिंहले जानकारी दिए । यसै बिच यसबारे अर्को बैठकमा ठोस निर्णय हुने सिंहले जानकारी दिए । गठबन्धन तल्लो तहसम्म विस्तार गर्ने साथै यसअघिका पूर्व निर्णय पनि कार्यान्वयन गर्ने निर्णय भएको छ ।

May 14, 2013

ताप्लेजुङ्ग अग्नि पीडित सहयोग साँझ पूर्ण रूपले सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/ बल्लव रोक्का 
हङ्कङ मे, ८ स्थानीय याउमाताई कम्युनिटी सेन्टरको मुख्य हलमा ताप्लेजुङ अग्नि पीडित सहयोग साँझ नेपालवाट झिकाईएका त्रय कलाकारहरूको साथमा स्थानीय कलाकाराहरूको प्रस्तुति सहित वाक्लो दर्शकहरूको उपस्थितिमा भव्यताका साथ सम्पन्न भएको छ । फुङ्लिङ ताप्लेजुङ वजार सेवा समितिद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेपाली महासंघका प्रदिप थापा,गेट्वे ओभरसिज डोमेस्टि हेल्पर इम्प्लोईमेण्ट लिमिटेडका हेम तवेवुङ,च्याम्वर अफ कमर्शका डासुराम पराजुली, कियाचुका त्रिभुवन लुङ्फूङवा र कार्यक्रम संयोजग जन्द्र मादेन आन्छनद्वारा नेपालवाट आउने कलाकारहरूलाई फूलमालाले स्वागत गरेप
छि सयुंक्त रूपमा रिवन काटेर उद्घाटन गरिएको थियो । नेपालवाट आउने युवाहरू संगीतकार एवं गायक मेघराज मगराती,गायक विक्रम लिम्वू र गायिका प्रमिना (श्रेया) राईले दर्शकहरूलाई भरपुर मनोरञ्जन दिन सफल भएका थिए भने हङकङका स्थानीय कलाकारहरू भाईलोनिष्ट निङ्वा शक्ति मादेन, गंगा कार्की, टोपराज लामा आदिले दर्शकको मन जित्न सफल भएका थिए ।गत माघ २६ गते ताप्लेजुङ वजारमा भिषण आगलागि हुँदा ८ वटा घरहरू खरानी भै करोडौंको क्षति भएकोथियो । सोही अग्निपीडित परिवारलाई सहयोग पुर्याउने उद्वेश्यले नेपालवाट परिश्रम नलिई राहत वटुल्न आयोजकहरूलाई सहयोग गर्नभनि त्रय कलाकारहरू आएकाथिए । पहिलो चरण र दोस्रो चरण गरि राखिएको सो कार्यक्रममा पत्रकार महासंघ हङकङका अध्यक्ष किसन राई,आदिवासी जनजाति पत्रकारमहासंघका अध्यक्ष भुपेन्द्र चेम्जोङ, विभिन्न संघसस्था र वुद्वीजिविहरूलाई आसनग्रहण गराईएकोथियो । उक्त कार्यक्रममा साधारण टिकट दर हङ्कङ डलर १५० थियो भने पाँचसय देखि २१ सये सम्म डलर दिने व्यक्तिहरू स्थल साँझ भित्रै पनि २० जना भन्दा ज्यादा सूर्रीएका थिए । साधारण टिकट वाहेक प्रायोजकहरू सहित हलभित्रै २२ हजार पाँचसये डलर उठेको थियो । सो ताप्लेजुङ अग्नि पीडित सहयोग साँझको सँयोजक चन्द्र मादेन आन्छन्ले आफू ताप्लेजुङ समाज सेवाको अध्यक्ष हुँदा संस्थाको तर्फवाट जिल्लालाई १० वर्ष अगाडी पहिरो पीडित परिवारलाई व्यक्ति,व्यक्ति मागेकै भरमा करिव ८ लाख र पछिवाट पाँचवर्ष अघि अग्नि पीडितलाई साडे चारलाख पठाईएको र आजचाँहि सांस्कृति कार्यक्रम गरि पृथकढङ्गले यानेकी मोही मागी ढुङ्रो लुकाउने भनेझैं राहतै वटुल्ने र आगामी केहिदिन भित्रै सवै पैसाको विवरण सहित नेपाल सम्वन्धित पीडितहरूलाई पठाई सार्वजनिक गरिने कुरोको जानकारी गरिएकोथियो ।उक्त औपचारिक कार्यक्रममा नारायण मादेन र पूर्णिमा शाहद्वारा संचालन गरिएको थियो भने सांस्कृत कार्यक्रम देवराज राईद्वारा उद्घोषण गरिएको थियो । साउन सिस्टममा कम्युनिटी सेण्टरकै कारणले गर्दा केहि प्राविधिक गडवडी भै कार्यक्रम निर्धारित समय भन्दा आधाघण्टा ढिलो ८ वजेदेखि १०/४५ रातिसम्म चलेकोथियो र बीच बीचमा माएक विग्रेर दूःख दिएको थियो ।सो कार्यक्रमको लागि मूलबाटो डट कमले प्रत्यक्ष प्रशारण गरेको थियो ।

अमेरिकाको ४ वर्षका बालक बने मेयर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
हामीकहाँ चुनाव लड्नका लागि उमेद्धार २५ वर्ष उमेर पुगेको हुनुपर्छ । तर अमेरिकाको एक सहरमा भने ४ वर्षका बालक मेयर बनेका छन् । मिनिसोटास्थित डर्सेट टाउनमा ४ वर्षका बालकलाई मेयरमा छनोट गरिएको हो । रोबर्ट टफ्स नामका ती फुच्चे मेयरले उक्त सहरमा विधिको शासन पालना गराउन भरमग्दुर प्रयास गरिरहेका छन् । न्युयोर्क डेलीका अनुसार ती फुच्चे मेयर विज्ञ माझी हुन् र उनलाई नाच्न र गाउनमा पनि शौख छ । अहिलेसम्म आफ्नो केवल १ जना मात्र गर्लफ्रेण्ड रहेको र उनको नाम सोफिया रहेको ती फुच्चे मेयर सगर्व बताउँछन् । गत वर्षको टेस्ट अफ डर्सेट पर्वका बला उन
लाई सहरको मेयरमा चुनिएको हो ।

पाकिस्तानमा तेस्रो पटक प्रधानमन्त्री बन्ने भए नवाज सरिफ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
पाकिस्तानको निर्वाचनको ताजा परिणामले मुहमद नवाज सरिफ तेस्रो पटक प्रधानमन्त्री बन्ने पक्का भएको छ। पाकिस्तानमा हिंसाका बीच शनिबार भएको संसदीय निर्वाचनको परिणामा दुई पटक पाकिस्तानको प्रधानमन्त्री बनिसकेका सरिफ अगाडि देखिएका छन् । ताजा निर्वाचन परिणाम अनुसार सरिफको पार्टी पाकिस्तान मुस्लिम लिगले १ सय १५ स्थानमा जित हासिल गरिसकेको छ । दुई स्थानबाट उमेद्वारी दिएका सरिफ दुवै स्थानबाट विजयी बनेका छन् । पाकिस्तानको संसदीय निर्वाचन २ सय ७२ सिटका लागि निर्वाचन भएको हो । सरिफको पार्टीले निर्वाचन परिणाम आफ्नो पक्षमा पारेका खबर आए सँगै सरिफको पार्टीका समर्थकले विजय उत्सवा मनाउँन थालेका छन् । साथै अन्तराष्ट्रिय तहबाट समेत सरिफलाइृ बधाई दिनेको घुइचो लागेको छ । भारतीय प्रधानमन्त्री मनमोहन सिंहले त सामाजिक सञ्जल ट्वीटर मार्फत बधाई दिइसकेका छन् । सरिफ प्रधानमन्त्री भए पूर्व क्रिकेट खेलाडी इम्रान खानको पार्टी तेहरिक ए इन्साफ प्रमुख प्रतिपक्ष बन्ने निर्वाचन परिणामले देखाएको छ ।

देशभर एकैसाथ आजबाट कक्षा ११ को परीक्षा सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
३१ वैशाख,उच्च माध्यमिक शिक्षा परिषद्ले देशभर एकैसाथ आजबाट कक्षा ११ को परीक्षा सुरु गरेको छ । परीक्षा बिहान ७ देखि १० बजेसम्म सञ्चालन भएको छ । परीक्षामा चार लाख ३५ हजार १८ जना सहभागी भएका छन् । परीक्षामा नियमिततर्फ दुई लाख ६५ हजार ४ सय ५७ र एक्जाम्टेडतर्फ एक लाख ६९ हजार ४ सय ५७ जना सहभागी भएको परिषद्का परीक्षा नियन्त्रक दुर्गा अर्यालले जानकारी दिनुभयो । जसमा छात्रतर्फ दुई लाख १७ हजार १ सय ७५ जना र छात्रातर्फ एक लाख १७ हजार ८ सय ४३ जना रहेका छन् । जेठ १० गतेसम्म सञ्चालन हुने परीक्षाका लागि परिषद्ले देशभर ९ सय ३२ परीक्षा केन्द्र र ३० हजार ६ सय जनशक्ति परिचालन गरिएको उहाँले जानकारी दिनुभयो । अर्यालले परीक्षामा अमर्यादित कार्य गर्ने केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, सुरक्षा गार्ड, जोकोहीलाई छ महिना कैद वा एक लाख जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको जानकारी दिनुभयो । परीक्षाले परीक्षा नै अवरुद्ध गर्ने जस्ता गतिविधि गरेमा दुई वर्षसम्म परीक्षा दिन नपाउने गरी निलम्बन गरिने व्यवस्था गरिएको छ । नक्कली परीक्षार्थी भेटिएमा सार्वजनिक ऐनअन्तर्गत मुद्दा लगाइने छ भने परीक्षा अवधिभर परीक्षा केन्द्रमा परीक्षार्थी र निरीक्षकलाई मोबाइल फोन लैजानसमेत प्रतिबन्ध गरिएको छ । परीक्षालाई शान्ति पूर्णरुपमा सम्पन्न गर्न परिषद्ले सुरक्षा निकायसँग विशेष बैठक गरी सुरक्षा व्यवस्थालाई कडा पारिएको अर्यालले जानकारी दिनुभयो । - See more at: http://www.onlinekhabar.com/2013/05/70682/#sthash.XCaeXnMr.dpuf

आदिवासी जनजाति महासंघको अध्यक्षमा कुमाल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
प्रतिद्धन्द्धी चन्द्रविक्रम राईलाई हराउदै नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा नगेन्द्रकुमार कुमाल निर्वाचित भएका छन् । सोमबार राति भएको निर्वाचनमा प्रतिद्धन्द्धी चन्द्रविक्रम राईलाई १५ मतले पराजित गर्दै कुमाल ३ वर्षका लागि महासंघको अध्यक्षमा निर्वाचित भएका हुन् । खसेको कुल ५३ मतमध्ये कुमालले ३२ मत र राईले १७ मत पाएका थिए । अध्यक्षका अर्का प्रत्यासी नरेश ताम्राकारले तीन मतमात्रै पाए । बिजयी भएपछि अध्यक्ष नगेन्द्रकुमार कुमालले आदिवासी जनजातिको मुद्दालाई स्थापित गराउन आफु नेतृत्वको कार्यसमिति गम्भिर रुपमा लाग्ने बताए । महासंघको महासचिवमा पाँच जना प्रतिस्पर्धीलाई पछि पार्दै पेम्बा भोटे निर्वाचित भए । उनले २२ मत पाएका छन् । उपाध्यक्षमा महिलातर्फ रोश्नी मेचे, हिमालबाट डन्डु शेर्पा, पहाडबाट सूर्यहादुर माझी, भित्री मधेसबाट चिनीलाल माझी र तराइबाट रामअवतार मण्डल निर्वाचित भए । सचिवमा महिलाबाट यशोधा चौधरी, हिमालबाट गणेशलाल थकाली, पहाडबाट यमबहादुर चेपाङ, भित्री मधेशबाट चिनीमायाँ माझी, तराईबाट ध्यानी उँराव निर्वाचित भएका छन् । कोषाध्यक्षमा जगतबहादुर बराम निर्वाचित भए ।

३३ दलद्वारा अख्तियार कार्यालय घेराउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
नेकपा-माओवादी लगायत विभिन्न ३३ दलले आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय घेराउ गरेका छन् । अख्तियारद्वारा दोषी ठहरिएका विवादस्पद छविका लोकमान सिंह कार्कीलाई नै अख्तियार प्रमुखमा नियुक्त गरिएपछि त्यसको विरोधमा आन्दोलन गरिरहेका ३३ दलले आज अख्तियार कार्यालय घेराउ गरेका हुन् । उनीहरुले बिहान ९ बजेदेखि ११ बजेसम्म अख्तियार कार्यालय घेर्दै नाराबाजी गरेका थिए। अख्तियारले सुन तस्करीकाण्डमा ७२ लाखको दोषी ठहर गरेको व्यक्ति तथा शाहीकालिन मुख्य सचिव र जनआन्दोलन दबाउन मुख्य भूमिका खेल्ने मध्ये एक रहेका कार्कीलाई अख्तियार जस्तो महत्वपुर्ण निकायमा प्रमुखको जिम्मेवारी दिएको भन्दै ३३ दलले आयोगको कार्यालयमा २ घण्टा धर्ना दिएका हुन् । आन्दोलनकारीहरुलाई अख्तियारको गेटसम्म पुग्न नदिएपछि उत्ततरतर्फ भाटभटेनी र दक्षिण टंगाल गणेश छेउमा आन्दोलनकारीहरुले धर्ना र नाराबाजी गरेका थिए ।

May 5, 2013

निर्वाचनसम्म मुसर्रफ जेलमै बस्नु पर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
१७ वैशाख, रावलपिण्डी । आगामी मे महिनामा निर्वाचनमा उमेदवार हुने उद्देश्यले स्वदेश फर्किनुभएका पाकिस्तानका पूर्व सैनिक शासक परवेज मुसर्रफको उक्त निर्वाचनको समय जेलमै बित्ने भएको छ । पाकिस्तानमा आगामी महिनाको ११ तारिखमा आम निर्वाचन हुँदैछ । पाकिस्तानी पूर्व सैनिक शासक परवेज मुसर्रफलाई पाकिस्तानका पूर्व प्रधानमन्त्री बेनिजर भुट्टोको हत्यामा संलग्न भएको अरोपमा त्यहाँको एक अदालतले थुनामा राख्ने समय थपिदिएको छ । यसले गर्दा उहाँको निर्वाचन लड्ने समय नै जेलमा बित्ने भएको हो । उहाँलाई पाकिस्तानको रावलपिण्डीस्थित एक आतङ्कवाद विरोधी अदालतले मङ्गलबार थप १४ दिन थुनामा राख्ने आदेश दिएको हो । उहाँलाई पूर्व प्रधानमन्त्री भुट्टोको हत्याको आरोप लगाइएको छ । सो विषयमा अनुसन्धानका लागि उहाँलाई सो थप थुनाको आदेश दिइएको समाचारमा उल्लेख छ । उहाँ यसअघिदेखि नै घरैमा नजरबन्दमा हुनुहुन्छ । उहाँ हाल आफु सत्तामा रहँदा पाकिस्तानका एकजना न्यायाधीशलाई बर्खास्त गरी थुनामा राखेको अरोपमा आरोपमा नजरबन्दमा नै हुनुहुन्छ । सो मुद्धाका लागि उहाँको थुनाको म्याद सकिएपछि उक्त अदालतले उहाँलाई आज थप १४ दिनको थुना तोकेको हो । न्यायाधीशसम्बन्धी मुद्धामा राखिएका उहाँलाई भुट्टो हत्याको अरोपमा गत हप्ता नै अदालतमा उपस्थित गराइएको पाकिस्ताननको रावलपिण्डीबाट विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन् । पाकिस्तानका पूर्व प्रधानमन्त्री बेनिजर भुट्टोको सन् २००७ मा हत्या भएको थियो । आम निर्वाचनको प्रचारमा लागिरहेका बेला उहाँको हत्या गरिएको थियो । हत्याको समयमा मुसर्रफ पाकिस्तानको राष्ट्रपति हुनुहुन्थ्यो । तर उहाँले हत्याको आरोप भने अस्वीकार गर्दै आउनुभएको छ । करिब पाँच वर्षको विदेश पलायनपछि गत महिना मात्र स्वदेश फर्किनुभएका पाकिस्तानका पूर्व राष्ट्रपति मुसर्रफलाई यो समेतगरी तीनवटा छुट्टैछुट्टै अरोप लगाइएको छ ।

लिम्बुवान बन्दको दोस्रो दिन पुर्वको जनजीवन प्रभावित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले आह्वान गरेको बन्दका कारण आज दोस्रो दिन पनि पुर्वको जनजिवन प्रभावित भएको छ। आइतबार बिहानै देखि लामो तथा छोटा दुरीका सवारी साधन चल्न सकेका छैनन् भने बजार ठप्प हुदा यात्रु तथा सर्वसाधारण मारमा परेका छन् । शुक्रबार धनकुटा, तेह्रथुम र पाँचथरको सिमावर्ती गाविस बुधबारेमा मतदाता नामावली संकलनको विरोध गर्ने आफ्ना ७ जना कार्यकर्ताको पक्रउको विरोध गर्दै परिषदले बन्द गरेको हो । शुक्रबार परिषदका केन्द्रीय सदस्य पे्रमदीप थामसुहाङ्ग सहित ७ जना पक्राउ परेका थिए । सार्वजनिक सवारी साधन चल्न नसकेपनि एम्बुलेन्स, कुटनीतिक नियोग, दूध, चिया, पर्यटक, भ्रमण र मोटरसाइकल चन्न छुट दिएको मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषले बताएको छ । हड्ताल ढिला गरी आवाहान भएकाले यात्रु बीच बाटोमानै अलपत्र परेको भन्दै परिषदले हिजो साँझ ५ बजे देखि आज बिहान ५ बजे सम्मका लागि बन्द फिर्ता लिएको थियो भने विहान देखि बन्द जारी रहेको छ । यसैबीच पक्राउ परेका लिम्बुवान कार्यकर्ता रिहा हुन नमानेको धनकुटा जिल्ला प्रशासनले बताएको छ । धनकुटाको राजारानी प्रहरी चौकीले थुनामुक्त गर्दा पनि उनीहरु रिहा हुन नमानी चौकीमै धर्ना दिएर बसेको प्रशासन कार्यालयले जानकारी दिनएको छ । कार्यकर्तालाई रिहा गर भन्दै उनीहरुले बन्दको आयोजना गरेका छन् । तर, हामीले रिहा गर्दा पनि ५ जना कार्यकर्ता रिहा हुन नमानी राजारानी चौकीमै बसिरहेका छन् । ’धनकुटा जिल्ला प्रशासन कार्यालयका एक अधिकारीले भने । ६ नम्बर बुधबारे गाविसमा आयोजित मतदाता नामावली संकलन कार्यको विरोधमा आफूहरुले शान्तिपुर्ण विरोध प्रदर्शन गर्दा प्रहरीले कुटपिट गरी पक्राऊ गरेको आन्दोलनकारी नेता कुमार लिङदेनको आरोप रहेको छ । उता प्रशासनले चाहि“ फोटो खिच्ने क्रममा ल्यापटप फुटाएको हुनाले पक्राऊ गरिएको जिकिर गरेको छ । यसैबीच कुमार लिङदेनले हिजो दिउँसो पुनः ६ नं बुधबारेमा झडप भएको र आफूहरुले मतदाता नामावली संकलन केन्द्र कब्जामा लिएको दाबी गरेका छन् । बुधबारेमा प्रहरी र लिम्बुवान कार्यकर्ता थपिने क्रम जारी रहनुका साथै ठूलो झडपपछि मतदानकेन्द्र कब्जामा लिने क्रममा मोरङका भोजकुमार लावती, विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष जेन्टल लावती र मोरङ लेटाङका धनकुमार लिम्बूलाई प्रहरीले पक्राउ गरेको लिङदेनले बताएका छन् । झडपमा भोजकुमार गम्भीर घाइते भएको उनको भनाइ रहेको छ । रबिन भट्टराई, ताप्लेजुङ

भोकमरीका कारण सोमालियामा २ लाख ६० हजारको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
राष्ट्रसंघको एक प्रतिवेदन अनुसार भोकमरीका कारण सोमालियामा २ लाख ६० हजारको मृत्यु भएको छ। राष्ट्रसंघको प्रतिवेदन अनुसार भोकमरीका कारण मृत्यु हुनेमा अधिकांश बालबालिका रहेका छन् । विश्व स्वास्थ्य संगठनले सोमालियामा भोकमरीका कारण लाखौँ मानिसको मृत्यु हुदा समेत केही गर्न नसकेको उल्लेख गरिएको छ । खाद्यान्नको संकटका कारण त्यहाँ अधिकांश बालबालिकाको मृत्यु भएको उल्लेख गरिएको छ । सन् २०१०–२०१२ को खाद्य संकटका कारण यति ठूलो संख्यामा मानिसको मृत्यु भएको उल्लेख गरिएको छ । सोमालियामा यस अघि सन् १९९२ मा भएको भोकमरीका कारण २ लाख २० हजारको मृत्यु भएको थियो । त्यसपछि भने सन् २०१०–१२ को अवधिमा सबैभन्दा धेरै मानिसको मृत्यु भएको हो । राष्ट्र संघको प्रतिवेदनमा सन् २०१० मा भोकमरीको महामारी फैलिएको थाहा पाएर पनि उचित व्यवस्थापन गर्न नसक्दै धेरै मानिसको मृत्यु भएको स्वीकार गरिएको छ । राष्ट्रसंघको खाद्य तथा कृषि संगठन तथा अमेरिकी सहयोगमा सञ्चालित भोकमरीसम्बन्धी पूर्वचेतावनी प्रणाली सञ्जालले संयुक्त रूपमा तयार पारेको प्रतिवेदनले सोमालियामा दुई वर्षको अवधिमा दुई लाख बढीको मृत्यु भएको तथ्याङक सार्वजनिक गरेको हो । प्रतिवेदनमा उल्लेख भएअनुसार ५ वर्षमुनिका १ लाख ३३ हजार बालबालिकाको मृत्यु भएको छ ।

मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको प्रेस-विज्ञप्ति

मिति २०७०|०१| २० 
 बैशाख २१ गतेदेखि अनिश्चितकालीन लिम्बुवान बन्द आब्हानको प्रेस-विज्ञप्ति: 
चार दलले पहिचानसहितको संघीय गणतन्त्र धर्मनिरापेक्ष्य नेपाललाई उल्टाएर ०४७ सालको संविधान लागूगर्ने वातावरण तयार गर्न चैत्र १ गते असंवैधानिक कदम चालेका छन् | यस कदमको बिरुद्धमा मंच सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद र ३३ दल सुरुदेखि नै आन्दोलित छौं | यही असंवैधानिक कदमको आडमा निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावली र गृह मन्त्रालयले जन्मको आधारमा बितरण गरिएको नागरिकतालाई बंशजको आधारमा वितरण गर्दैछ | यी दुवै कार्यहरु असंवैधानिक छन् र यो संकलन र वितरण प्रक्रिया तुरुन्त रोकिनुपर्छ भनी यस परिषदले आन्दोलन तेज गरेको छ | यसैक्रममा आज बैशाख २० गते धनकुटा, पान्थर र मोरङको सिमाना जोडिएको छ नं. बुधबारेमा ''फोटोसहितको मतदाता नामावली संकलन रोकिनुपर्छ'' भनेर शान्तिपूर्ण आवाज उठारहेका मंच सम्बद्ध स. लि. रा. प. का नेता, कार्यकर्ताहरुमाथि एकात्मक प्रशासनले अमानवीयरुपले दमन गरेको छ | प्रहरीको दमनमा परी के. स. सुकबहादुर थेगिम, एलभी कमान्डर अग्नि पन्धाक गम्भीर घाइते हुनुभएको छ | सोही ठाउंबाट सचिवालय सदस्य प्रेमदीप थाम्सुहाङ, के. स. सुकबहादुर थेगिम, एल भी सिनियर उपकमान्डर मुक्शाम लाबुङ, एल भी कमान्डर अग्नि पन्धाक, इलाम बाँझो गा. बि. स. अध्यक्ष राजन साम्बा, मिक्लुक थुम अदक्ष्य नेल्कन माखिम, पान्थर जि. स. खाम्बेक आङदेम्बेलाई प्रहरीले पक्राउ गरी अत्यन्त दुर्ब्यबहार गरेको छ | त्यसमध्ये सुकबहादुर थेगिम र अग्नि पन्धाकलाई सम्बेदनशील अंगमा सशस्त्र प्रहरीले कुटपिट गरी गम्भीर घाइते बनाएका छन् | एकात्मक सशस्त्र प्रहरीको दानवीय कुकृत्यको भन्डाफोर गर्दै घाइतेहरुको सीघ्र उपचार र गिरफ्तार नेताहरुको विनाशर्त तत्काल रिहाईको माग गर्दछौं| पक्राउ परेका नेताहरुको विनाशर्त रिहाई नभइन्जेल र अवैधानिक नागरिकता वितरण र फोटोसहितको मतदाता नामावली संकलन नरोकिन्जेलसम्म भोलि बैशाख २१ गतेदेखि अरुण–सप्तकोशीपूर्व ९ जिल्ला लिम्बुवानमा अनिश्चितकालीन आमहडताल आह्वान गरिएको छ | सदाझैँ लिम्बुवानका सम्पूर्ण जनताहरु एकात्मकताको बिरुद्ध र संघीय लिम्बुवानको पक्षमा सडकमा ओर्लन अनुरोध गर्दछौं | जय लिम्बुवान ! संघीय अभिभादन !
 ............ 
कुमार लिङ्देन 'मिराक' 
के. अध्यक्ष मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद 
केन्द्रीय कार्य समिति लिम्बुवान, नेपाल

हङकङमा धारावाहिक साझा साहितिक श्रङखलाको वार्षिक सौगात सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/ रविन लिङदेन, 
हङकङ, २९ अप्रिल । धारावाहिक साझा साहितिक श्रङखलाको वार्षिक उत्सव सौगात आइतवार जोर्डनमा सम्पन्न भएको छ । हरेक महिनाको अन्तिम आइतवार हुने धारावाहिक साझा साहित्य श्रङखलाको वाह्रौं श्रङखला अर्थात एक वर्ष पुगेको अवसरमा वार्षिक उत्सव सौगात कार्यक्रम भएको थियो । कवि चन्द्र मादेन आन्छनको संयोजकमा रहेको धारावाहिक साझा साहितिक श्रङखलाको वार्षिक उत्सवको अवसरमा नेतृत्व परिवर्तन भई टोप वाहादुर याख्खाको हातमा गएको छ । ‘नेतृत्व एउटै ब्यक्तिले ओगटि रहनु नहुने, दोश्रो पुस्तालाई हस्तान्तरण गर्दै जानु पर्ने’ कार्यक्रममा वोल्दै कवि आन्छनले आफ्नो नेतृत्व कवि याख्खालाई सुम्पेका थिए । कवयत्रि पुर्णिमा शाहा, सान्ता पन्धाक, गीता पालुङवा, कवि त्रिभुवन लुङफङवा, डि. वि. पालुङवा, टोप वहादुर याख्खा, आसिष साम्पाङ, विष्णु इङनाम, वल्लव रोक्का, हेम थापा, राज तामाङ, चन्द्र मादेन लगायत एक दर्जन भन्दा वढि हङकङका कवि, कवयत्रिले कार्यक्रमको दोश्रो चरणमा आ–आफ्नो कविता वाचन गरेका थिए । चित्रकारले विभिन्न रंग भरेर आर्कशक र महङगो चित्र वनाएझैं कवितामा पनि विभिन्न रंग भरिएको हुनु पर्ने, संख्यात्मक भन्दा गुणत्मक हुनु पर्ने भन्दै कवि दाजु गुरुङले दोश्रो चरणमा भएको कविता वाचन कार्यक्रमको समिक्षा गरेका थिए । औपचारिक कार्यक्रम र कविता वाचन गरि दुई चरणमा भएको “धारावाहिक साझा साहितिक श्रङखलाको वार्षिक सौगात” कार्यक्रम कवयत्रि पुर्णिमा शाहाले संचालन गरेका थिए । उक्त कार्यक्रममा वालकलाकार निङवा सक्ति मादेनले भाइलुन वजाएर मनोरञ्जन दिलाएका थिए भने भैरवी सिंहले नृत्य प्रस्तुत गरेकी थिइन । वार्षिक सौगात कार्यक्रमका प्रमुख अतिथि नेपाली महासंघको सल्लाहकार हेम लिम्बु, विशेष अतिथिमा महासंघको सचिव तथा नेपाली आर्टस एण्ड कल्चर्सका अध्यक्ष नन्द चङसु, किरात याक्थुङ चुम्लुङका अध्यक्ष त्रिभुवन लुङफुङवा, नेपाली साहित्य प्रतिष्ठानका अध्यक्ष टंक सम्हाम्फे, संखुवा सभा समाजका अध्यक्ष प्रेम कोरुङगी लगायतका वक्ताहरुले औपचारिक कार्यक्रममा आ–आफ्नो मन्तब्य राखेका थिए । वरिष्ठ संगितकार दिनेश सुब्बा, चन्द्र दुमि लगायत विधिन्न संघ–सस्था तथा संचारकर्मीहरुलाई कार्यक्रममा आसन ग्रहण गराएको थियो ।

धनकुटाको छ नं. बुधबारेमा लिम्बुवान र एकात्मक प्रशासनबीच झडप

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
लिम्बुवान, बैशाख २० । एकात्मक कर्मचारी सरकार र प्रशासनले विदेशी दलाल र ४ दलीय सिण्डिकेटको निर्देशनमा पूर्वराजा ज्ञानेन्द्रशैलीको कथित चुनाव गराउन जनतालाई औषधी र नागरिकताको प्रलोभन देखाउँदै जबर्जस्त मतदाता नामावली सङ्कलन गर्नेक्रम्मा धनकुटाको छ नं. बुधबारेमा प्रशासन र लिम्बुवानबीचमा आज झडप भएको छ । पहिचानसहितको संघीयता र लिम्बुवान स्वायत्तताका लागि विगतदेखि नै आन्दोलनरत् संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले यो एकात्मक र अवैधानिक कर्मचारी सरकारलाई लिम्बुवानमा कथित चुनावलको लागि कुनै तयारी नगर्न र पहिले निर्वाचन आयोगले र सरकारले लिम्बुवानसँग गरेको सम्झौता पूरा नगरी कुनै पनि तवरले चुनावी गतिविधि नगर्न पटक पटक आग्रह गरेको थियो । मञ्चसम्बद्ध लिम्बुवानको यो राजनीतिक आग्रहलाई बेवास्ता गर्दै मोरङ, पान्थर र धनकुटाको मध्यक्षेत्र छ नं. बुधबारेमा बैशाख १९ गतेबाट सहायक प्रमुख जिल्ला अधिकारी र सयौंको सङ्ख्यामा प्रहरी तैनाथ गरेर चुनावी तयारीको कार्य सुरुगरेको थियो । एकात्मक प्रशासनको कथित चुनावी तयारीको कार्यलाई राजनीतिक रुपमा रोक्न स्थानीय कार्यकर्तासहित १९ गते लिम्बुवानका एलभी कमिश्नर प्रेम थाम्सुहाङको नेतृत्वमा छ नं. बुधबारेमा लिम्बुवानका कार्यकर्ताहरु जुटेका थिए । पहिले प्रशासनलाई लिम्बुवान र ३३ दलीय आन्दोलनकारी मोर्चाको समेत यो कार्य नगर्न माग रहेको जानकारी गराउँदा पनि अटेर गरी प्रशासनले जबर्जस्त गरी पेल्न थालेपछि दोहोरो झडप भएको लिम्बुवान अध्यक्ष कुमार लिङ्देनले लिम्बुवान, नेपाललाई बताउनु भएको छ । एकात्मक कदमलाई रोक्ने क्रम्मा प्रशासनले दमन गरेपछि दोहोरो झडपको स्थिति बनेको बताइको छ । झडपमा एकात्मक प्रशासनले लिम्बुवानका केन्द्रीय सदस्य सुकबहादुर थेगिम लिम्बूलाई गम्भीर घाइते हुने गरी कुटेको खबर छ । एकात्मक कदमलाई रोक्नेक्रममा आज धनकुटाको छ नं. बुधबारेबाट लिम्बुवानका सचिवालय सदस्य तथा एलभी कमिश्नर प्रेम थाम्सुहाङसहित, केन्द्रीय सदस्य सुकबहादुर थेगिम, एलभी सिनियर उपकमाण्डर मुक्साम लाबुङ, इलाम बाँझो गाउँ अध्यक्ष राजन साम्बा, एलभी फिल्ड कमाण्डर अग्नि फियाक, मिक्लुक थुम अध्यक्ष नेलकन माखिम, दुर्दिम्बा गाउँ अध्यक्ष दलबहादुर तामाङ र पान्थर जिल्ला सदस्य खाम्बेक आङ्देम्बे गरी ८ जनालाई प्रहरी प्रशासनले गिरफ्तार गरेको छ । एकात्मक कर्मचारी सरकार र प्रशासनको ज्यादतीको मुकविला गर्न लिम्बुवानको सबै जिल्ला र थुमबाट कार्यकर्ताहरु धनकुटाको छ नं. बुधबारेतर्फ जान निर्देशन गरेको छ । घट्नास्थल जानेक्रम जारी रहेको लिम्बुावन केन्द्रीय अध्यक्ष मिराक लिङ्देनले बताउनु भएको छ । लिम्बुवानका कार्यकर्ताहरुलाई घट्नास्थलतर्फ जानलाई रोक्नको लागि सशस्त्र प्रहरीहरू जङ्गल र बाटोमा तैनाथ गरिएको छ । यो एकात्मक कदम र प्रशासनिक दमनलाई अविलम्ब रोकेर गिरफ्तार गरिएका लिम्बुवानका नेता तथा कार्यकर्ताहरुलाई विनासर्त तुरुन्त रिहाई नगरे भोलि बैशाख २१ गतेदेखि अनिश्चितकालको लागि अरुणपूर्व लिम्बुवान बन्द गर्न बाध्य हुनेसमेत लिम्बुवान केन्द्रमा सल्लाह भइरहेको अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ले बताउनु भएको छ । - लिम्बुवान नेपाल