News

Jan 24, 2014

आजेदेखि सहिद सप्ताह विभिन्न कार्यक्रम गर्दै सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
आजेदेखि सहिद सप्ताह विभिन्न कार्यक्रम गर्दै सुरु भएको छ । विभिन्न समयमा भएका राजनीतिक आन्दोलनका क्रममा विभिन्न सहिदले जीवनको बलिदान गरेको स्मरणमा प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म 'सहिद सप्ताह' मनाउने गरिन्छ । प्रजातन्त्र स्थापनाका लागि आफ्नो प्राणको आहुति दिने ज्ञात–अज्ञात सहिदहरुको सम्झना एक सातासम्म सहिद दिवस मनाउने गरिन्छ। विशेषगरी विक्रम सम्वत् १९९७ मा मारिएका चार वीर सहिदको सम्झनामा सहिद दिवस मनाउँदै आइएको छ । काठमाडौं महानगरपालिकाले यस वर्ष पनि सो सप्ताह मनाउनका लागि मूल समारोह समिति गठन गरी सहिदको सम्झनामा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । नेपालमा जहानियाँ राणा शासनको अन्त्य गर्न चार सहिदले प्राणको आहूति दिएका थिए । हरेक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिएको छ । तत्कालीन राणा शासकले विक्रम सम्वत् १९९७ माघ १० गते सहिद शुक्रराज शास्त्रीलाई टेकु पचलीमा मृत्युदण्ड दिएको थियो ।

No comments: